भाग-१
२०७९ साल पौष १४ गते बिहिबारको दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठामान्डौ लेखिएको एउटा ठुलो र भब्य भवनको भित्रपट्टी पारीजात कक्ष लेखिएको सभाहलमा मान्छेहरुको भिड । भिडहरुमा आम मान्छे देखी लिएर देशका साहित्यकार कवी एबंम लेखक हरुको खचाखच जमघट । त्यसैको अगाडिपट्टिको उच्च रहेको मञ्चमा लहरै राखिएका कुर्सिमा देशका ठुला र कहलिएका भनिएका मुर्धन्य लेखक साहित्यकार विद्वान हरुको आसन ग्रहण । बिभिन्न क्षेत्रको प्राज्ञिक देखी लिएर प्रतिष्ठानका कुलपती सम्मको उपस्थिती र बिराजमान् कुर्सिमा लहरै बसेका अतिथीगणहरुमा एउटा सिकारु लेखकको हैसियतमा म पनि उपस्थित थिएँ ।
कार्यक्रम बिहान एघार बजेबाट भनिएपनी ढिलागरिकन दिनको पौने बार्ह बजेतिर मात्रै गडगडाहट तालिहरुको बिचमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रम सुरुहुँदा मञ्चको अर्को कुनामा पोडियममा उभिएर कार्यक्रम सञ्चालकले आजको कार्यक्रमको प्रमुख अतिथी र अतिथिहरुलाई पुष्पगुच्छहरुले स्वागत गर्दै खादाले ससम्मान गर्न आग्रह गर्दै अगाडि पट्टी राखिएको अग्लो र एउटा ठुलो पानसको दियोमा दिप जलाएर कार्यक्रमको औपचारिक सुरुवात गरियो । पानसमा दिप प्रज्वलन गरिरहँदा सभाहलको उपस्थित भिडबाट तालिहरुको गुञ्जयमान भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलको उपस्थिती मेरो भने नौलो र पहिलो थियो । त्यसैले पनि मलाई रमाइलो र अनौठो लागिरहेको थियो । अझ त्यो भन्दा ठुलोत आजको कार्यक्रमको उदेश्य र आज हुने कुनै एउटा नयाँ नौलो कृतिको स्वरुप देख्न र सुन्न पाइने आशाले मन प्रफुल्लित भएको थियो । एउटा नयाँ युगको सुरुवात लागि एउटा कृतिको जन्म हुँदैथियो । तिनै शिसुको जन्मको शुभ मुहुर्त र न्वारनको लागि एउटा इतिहाँस बनाउन सबैजना त्यहाँ भेला भएका थियौँ ।
मञ्चमा आशिन अतिथिगणहरुको ठीक पछाडिपट्टी कृतिको छायाँ तस्बिर संगै नाम र बिमोचन कार्यक्रम लेखिएको एउटा ठुलो ब्यानर भित्तामा टाँगिएको थियो । पानसमा दिप प्रज्वलन गर्दै औपचारिक सुरुभएको कार्यक्रममा कार्यक्रमको सञ्चालकले प्रमुख अतिथी, अतिथिहरु र उपस्थित गणहरुमा उठेर ससम्मान रास्ट्रीय गितको धुनमा उभिइदिन आग्रह गर्दै भने ।
आजको यस पावन दिनमा, लोक अनी एउटा नयाँ युगको कथा बोकेर आएको "बार्दलिको जून" कृति बिमोचनमा उपस्थित हुनुभएको प्रमुख अतिथी ज्यु ! अतिथिगणहरु ! यस कृतिको लेखक कवी तथा साहित्यकार अभी घिमिरे ज्यु ! र गन्यमान्य कवी लेखक साहित्यकार एबंम सम्पूर्ण महिला तथा सज्जनबृन्द मा मेरो साहित्यिक अभिबादन सहितको हार्दिक नमन ।
आजको दिन हामी अक्षरहरुको वस्तिमा एउटा नयाँ इट थपेर अर्को नयाँ शहरको उत्पती गर्दैछौं । आजको दिनले एउटा नयाँ युगको आरम्भ गर्ने छ, नेपाली साहित्यको आकाशमा । कहिलै नमेटिने इतिहाँसको पाना कोर्नेछ आजको दिनले । आजको दिन यसैमा पनि पवित्र छ, किनभने आज हामी एउटा प्रेम लिएर आएका छौ तपाईंहरुको माझमा । आशा छ, हामीले तपाईंहरुको लागि बोकेर ल्याएको प्रेमले तपाईं हामी सबैलाई स्वच्छ, पवित्र, प्रेम गर्न सिकाउनेछ, आजको मानब युगमा । हामी सबैलाई प्रेमिल हुन सिकाउनेछ । स्नेही हुन सिकाउने छ । आत्मिय हुन सिकाउने छ । अझ त्यो भन्दा महत्वपूर्ण हामीलाई असल मानब धर्म निभाउन सिकाउने छ । यो संगै दुनियाँ कै असल प्रेमी, असल पती, असल अबिभाबक हुन अभिप्रेरित गर्नेछ । त्यसैले पनि आजको दिन साहित्यिक आकाशमा तपाईं हामी जस्ता अक्षरका शब्द प्रेमिहरुलाई खुशी, उर्जा, उन्नती र पवित्र दिन हो भन्ने मलाई लागेको छ ।
यसै सन्धर्भमा अब म ढिला नगरी उपस्थित सम्पूर्ण सहभागी महानुभाव हरुलाई रास्ट्रीय गितमा राष्ट्रको लागि ससम्मान उठेर शिरनत गरिदिनुहुन सादर बिनम्र अनुरोध गर्न चाहन्छु । कार्यक्रम सञ्चालकले यती भनिसक्दा मञ्चमा बसेका सबैजना उठेर छातीमा हात राखेर श्रद्धा भाव ब्यक्त गर्न थाले । रास्ट्रीय गित बजिरहेको थियो ।
सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भै फैलिएको, मेची-महाकाली ।
रास्ट्रीय गितको सम्मान पछी कार्यक्रमको तेश्रो चरण थियो कृति बिमोचनको । कार्यक्रम सञ्चालकले कार्यक्रमको निरन्तर्ता दिँदै बोल्यो । आदर्णीय महिला तथा सज्जनबृन्द मैले कार्यक्रमको सुरुवात बाटै भन्दै आएकोछु । आजको यो पावन दिनलाई हामी बिशेष दिन बनाउने छौं । आजको दिन साँचिकै हाम्रो लागि खुशीको कुरा हो । जो हामी हाम्रो देशको भाषा, कला, सस्क्रिती, साहित्य र सभ्यताको कदर गर्छौं । त्यती मात्रै हैन, दुनियाँको मानचित्रमा हामी एउटा पुरानो र ऐतिहाँसिक सभ्यताका संग्राहलय हौं । तिनै संग्रहालय भित्रको हामी बिभिन्न जाती भाषा सस्कृतिको उत्पती र जन्मदाता हौं । हामी यिनै सभ्यता का जन्मदाता मात्रै होइनौं, हामी यसको रक्षक सिपाहीँ पनि हौं ।
आजको दिन शुभदिन र खुशीको दिन भएपनी हामी संग एकदमै छोटो र थोरै समय भएकोले अब म सिधै कृति बिमोचनको कार्यतालिका तर्फ प्रबेश गर्नेछु । आजको यो एउटा युगको, प्रेमको, सद्भावको, स्नेहको, त्यागको, मानब धर्मको, उर्जा, हौसला र प्रेरणाको एक दस्ताबेजको जन्म दिनको लागि आजको प्रमुख अतिथी यस प्रतिष्ठानका कुलपती ज्यु ! अतिथी गणहरु ! र यस दस्ताबेजका प्रणेयता, श्रोत, जन्मदाता श्री अभी घिमिरे ज्यु ! लगायत अन्य उपस्थित महानुभावहरुमा सम्मान पूर्वक उठेर बिमोचनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु । कार्यक्रम प्रस्तोताले यती भनिसकेपछी सबैजना उठेर तयार भए । मञ्चको अर्को कुनामा रहेको स्वयमसेवकले प्रत्येक अतिथिहरुलाई एक-एक कृति हातमा थमाईदिइन । रंगिन प्लास्टिकले मोरेर कभर गरिएको खोल खोल्दै सबै प्रमुख अतिथी लगायत सबै अतिथिहरुबाट दर्शकदिर्घा तर्फ देखाउँदै कृतिको औपचारिक अनावरण, बिमोचन गरियो । कृतिको अगाडि एउटा कुनै आकृती भएको तस्बिर सहितको "बार्दलिको जून" लेखिएको देखियो ।
"बार्दलिको जून" देखिने बित्तिकै फेरी प्रेक्षालयको भिडबाट तालिको उस्तै गड्गडाहट संग स्वागत भयो । तालिको गुञ्जयमानले हल पुरै उल्लासमय भएको थियो । त्यसपछी पुनह, प्रस्तोताले सबै अतिथिगणहरुमा कृतिको सफलता र शुभकामना ब्यक्त गरे । सबैले कृति माथी आ-आफ्नो बिचार र धारणा राखिसकेपछी प्रस्तोताले कृतिकार अभी ज्युलाई कृतिको जन्म र कृतिको उदेश्य प्रस्ट पारिदिन आग्रह भयो । त्यसपछी अतिथिहरुको बिचमा कुर्सिमा आसिन कृतिकार अभी घिमिरे उठेर पोडियम तर्फ लागेर सबैलाई एकटक नियालेर लामो श्वास तान्दै आफ्नो भनाइ राख्न सुरु गर्यो । उसले आफ्नो कृति माथि बोल्नु भन्दा अगाडि एकपल्ट फेरी तालिहरुको तोरन ध्वनिहरुले हल फेरी गुन्जियो । आफ्नै कृतिको बिषयमा के भनौं भनेर सोच्दै पोडियमको पछाडि उभिएको अभी घिमिरे को अनुहारमा दोधार, असमन्जस, र केही उज्यालो, केही मलिन अनुहारमा प्रस्ट भाव देखिन्थ्यो । मञ्चमा आसिन अतिथी र दर्शदिर्घबाट केहोला भन्ने कौतुहल्ताको साथ सबैजना सुनसान झै मौनता साँधेर सुन्न आतुर देखिन्थे । सबैको अनुहारमा लेखकको भनाइको ब्यग्र प्रतिक्षामा थिए । प्रेक्षालय बिल्कुलै सन्नटा छाएको थियो । यतिकैमा सन्नटामा छाएको प्रेक्षालयको चारैतिर जोडीएको स्पिकरमा एउटा आवाज गुन्जन भयो । एकाएक सन्नटालाई चिर्दै स्पिकरमा आएको आवाजले सबैको ध्यान खिच्यो । यतिबेला अभी घिमिरे बोल्न सुरु गरिसकेका थिए । म लगायत उपस्थित सबैजना चुपचाप भएर सुन्न लाग्यौ । उनी भन्दै गए ।
आजको यस समारोहमा उपस्थित प्रमुख अतिथी, अतिथीगणहरु कार्यक्रम सञ्चालक नबिन भट्ट ज्यु लगायत आमन्त्रीत महानुभावहरु मा मेरो न्यानो अभिबादन सहित हाम्रो निम्तोलाई सुइकारेर पाल्नु भएकोमा हृदय देखी कृतज्ञता प्रकट गर्न चाहन्छु । हो यतिबेला म तपाईंहरुको सामु उभिएर केही भन्न खोजिरहेको बेला जानी नजानी सकी नसकी एउटा डायरी पल्टाउन कोशीस गरिरहेको छु । यो लेखिएर पनि अलिखित जस्तै, अलिखित भएर पनि लेखिएको कथा जस्तै पड्दा पड्दै पाना च्यातिएर हराएको कथाको च्याप्टर जस्तै कसैको जिबनको पानाहरुको च्याप्टर पल्टाउने कोशीस गरिरहेको छु । दुनियाँँमा हरेकका कथा काहानी हुन्छन । कसैको सुखको त कसैको दु:खको काहानी हुन्छन, जुन लेखिदैनन ब्यथा बनेर रहन्छन । जुन लेखिन्छन तिनिहरु कथा वा काहानी बनेर पढिन्छन । हरेकको जिबनमा कयौँ कथाहरु हुन्छन । साच्चिकै भन्ने हो भने मान्छेको जिबन नै आफैमा एक कथा हो । काहानी हो । कुनै एउटा लेखकको उपन्यास जस्तै हो । जस्लाई कागजी रुपमा उतार्न सक्यो भने त्यो पनि एक दस्ताबेज नै बन्छ । लेख्दा लेख्दै पढेपछी उपन्यास बन्छ । जिउँदो मान्छेका मात्रै हैन हरेक दिन सम्सान घाटमा जल्दै गरेको लाशको चितामा कयौ कथाहरु जलिरहेका हुन्छन । हरेक लासमा कयौ काहानी हरु नस्ट बनेर धुवाँ भई हावामा बिलिन हुन्छन । चितामा जल्दै गरेको कयौँ लासहरुको खरानी बनेर नदिमा बग्दै गर्दा लाखौंँ अधुरा सपनाहरु जल्दै गरेका हुन्छन । कयौँ अपुरा रहरहरु जलिसकेका खरानी संगै बग्दै गरेको पानीमा खसेर बगेर जान्छन । जिबन समाप्त हुनु अघिको इच्छा चाहना त कती हो कती । जो हावासंगै कहाँ बिलाउँछ बिलाउँछ । र आकाश गंगामा हराउँछ । तिनै मद्धेको मैले पल्टाउँदै गरेका डायरीका पानाका कथा हुन "बार्दलिको जून" ।
पुर्णेको टहटह चम्किलो उज्यालोमा झल्किने मोतिको बिम्ब हो "बार्दलिको जून" । आकाशमा देखिने सालीन, सितल र सौम्य ताराहरुको प्रेमिल प्रेम कथा हो "बार्दलिको जून" । त्यसैले म हमेसा भन्ने गर्छु कि ! फूल एक रंग अनेक र तिनका वास्ना थरिथरी भएजस्तै मान्छेका पनि जिबन एक तर तिनका रुप अनेक हुन्छन । तर फूलहरुबाट निस्कने वास्नाहरु जस्तोसुकै भएपनी सुभासित हुन्छन, मिठा बास्नादार हुन्छन, मनमोहक हुन्छन, अनी मन मस्तिस्कमा मगमगाइ रहन्छन । तर मान्छेका जिबनहरु बाट निस्कने तिनका सुवास्नाहरु फरक-फरक हुन्छन । ति वास्नाहरु मान्छेको कर्म र तिनले अबलम्बन गर्ने व्यबहारका कारण निर्धारणा हुन्छन । जुन वास्ना सुवासित् होस या दुर्गान्धित । जिउँदो हुँदा तिनका कर्मले आर्जेका वास्नाहरु नै लोकमा कुनै अमर बनेर रहन्छन भने कुनै दुर्घन्ध बनेर लोकलाई लाज बनेर सदियौं सम्म दुर्घन्दित बनिरहन्छन । गनाइ रहन्छन । त्यसैले फूलका रंग अनेक भएजस्तै मान्छेका रंग त अनेक हुन्छन नै तर फूलको बास्ना झै मान्छेका बास्नाको अनेकौ प्रकारका हुँदैनन । मान्छेले दिने वा छर्ने बास्नाहरु सिर्फ दुइटा मात्रै हुन्छन । एउटा असल कर्म अर्को खराब कर्म । जस्लाई हामी पाप र धर्म पनि भन्छौँ । त्यो संगै मान्छेको जिबनले प्रेम र घृणा पनि संगै बोकेका हुन्छन । यिनै भित्रका सुघन्ध, दुर्घन्ध, असल, खराब, पाप धर्म, प्रेम घृणा र मानब धर्मको मानाङ्क हो "बार्दलिको जून" तिनै भित्रको दस्ताबेज हो "बार्दलिको जून" देश र समाज हो "बार्दलिको जून" । जिबन र मृत्यु हो "बार्दलिको जून" । प्रेम र घृणा हो "बार्दलिको जून" । मिलन र बिछोडको बियोग हो "बार्दलिको जून" । त्याग र तपस्या हो "बार्दलिको जून" । अनी सिंगो मानब धर्म सहितको माया गर्ने हरुको मुनामदन हो "बार्दलिको जून" । समाजको सिंगो कथा हो "बार्दलिको जून" । कथा ब्यथाको पिर हरुको पहाड जस्तै हो "बार्दलिको जून" । हो यो एउटा कलीला मस्तिस्कहरुले बेहोरेका जिबनका अनगिन्ति संघर्षको कथा हो "बार्दलिको जून" ।
मैले जिबनमा मानब धर्म भन्दा अरु प्रेम कहिले गरिन । मानब धर्म संग जोडीने हरेक प्रेम मान्छे भन्दा उच्च स्थानमा हुन्छ सँधै । त्यसैले पनि मैले हरेकलाई गरिने समान ब्यबहारको प्रेम भन्दा एउटा पुरुषले अर्को नारिलाई गर्ने प्रेम कहिलै गरिन । मैले गर्ने प्रेम कहिलै एकजना संग मात्रै सिमित रहेन । मैले गर्ने प्रेममा नारी होस् या पुरुष सबैलाई एकैप्रकारको प्रेम गरेँ र गरिरहेँ । आफुले आँफैलाई त जिबनमा कहिलै प्रेम गरिन भने एक्लो प्रेम त म कसरी गर्न सक्थेँ र ? यहाँ मुर्धन्य विद्वान लेखक एबंम कवी साहित्यकारहरु उपस्थित हुनुहुन्छ । यहाँँहरुको अगाडि मैले मायाँ र प्रेमको परिभाषा के लगाउन सकुँला र ? तैपनी आजको यस समारोहमा एउटा डायरीमा जेजे समेटिएका छन तिनै अक्षरहरुमा पोखिएको कथा सुनाउँछु । हामीले सुन्नै पर्ने, पढ्नै पर्ने काहानी सुनाउँछु ।
आज भन्दा सात बर्ष अगाडिको कुरा हो । त्योबेला म संयुक्त राष्ट्र संघको सेभ द चिल्ड्रेन र हुराडेक नेपालको संयुक्त प्रोजेक्टमा काठमान्डौ केन्द्रीत जागिर खान्थे । मैले काम गरेको सस्थाले जोखिममा रहेका बालबालिका र सडक मानबहरुको पनि उद्वार कार्य गर्ने गर्थ्यो । यसै बिचमा नेपाल सरकारको महिला तथा बालबालिका सेवा निर्देशानलय अन्तर्गत महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा अपराध न्युनिकरण कार्यक्रममा भाग लिन कास्की जिल्ला पोखरामा हुन गैरहेको कार्यक्रममा केन्द्रको को-अर्डिनेटर को हैसियतले म र मेरो साथी भनौ हाम्रो कार्यालयको सुचना अधिकृत दीपेन्द्र श्रेष्ठ संगै गएका थियौँ । बालबालिका, महिला बेचबिखनको रोकथाम र उद्वारको मुख्य एजेन्डा रहेको जिल्लाको सि. डि. ओ. को सम्योजकत्व र बालगृहहरुको महासंघ नेपाल र बालन्याय समिती जिल्ला अदालत कास्कीको आयोजनामा उक्त कार्यक्रम हुनगैरहेको थियो । २०७२ बैशाख १२, पछीको भुकम्पले पुराएको क्षति संगै देशको बिभिन्न जिल्लामा बालबालिका र महिला सम्बन्धी असुरक्षा र अपराध दिनदिनै बड्दै गैरहेको थियो ।
गोस्टीको यिनै माथिको बिषयमा तीन दिने बृहत छलफल, दुइ दिन सचेतना अभिमुखिकरण तालिम, एकदिन समिक्षा कार्यक्रम्, र अन्तिम दिन रिफ्रेसमेन्ट कार्यक्रम तय गरिएको थियो । कार्यक्रमको निर्धारित तालिका अनुसार पहिलो दिन मेरो सम्बोधन र पछील्लो कार्यतालिका बमोजिम मैले तालिमको लागि प्रेजेन्टेसन दिनुपर्ने तय भएको थियो । कार्यक्रमको सोही तालिका अनुसार पहिलो र दोश्रो दिनको कार्यक्रम रमाइलो र उत्साहपुर्बक चलिरहेको थियो । जब दोश्रो दिनको कार्यक्रमको मध्यानतर भएको थियो अचानक दिनको दुई बजेतिर मेरो घर काठमाण्डौ बाट भाईको फोन आयो । कार्यक्रमको ब्रेक टाइम भएकोले मैले फोन रिसिभ गर्दै हेलो भने । मैले हेलो भनिसक्दा नसक्दा उताबाट भाईले रुँदै अतालिएको पारामा हड्बडाउँदै बोल्यो । दाई, दाई सबै सकियो । ऊ यती मात्रै भनेर लगतार आवाज निकालेर हिक्क हिक्क गर्दै रुन थाल्यो । मैले पनि हतासिदै सोधे । हैन केभो तिमी किन रुएको ? किन आतिएको ? उताबाट भाई पुन उसैगरी रुँदै बोल्यो, दाई दाई बाबा त बित्नु भयो । ऊ झन सारो रुन थाल्यो । बाबा त बित्नु भयो भनेको सुनेर केही भन्नै सकिन । एक्कासी छाती फुटेर आयो । केहीछिन त म टोलाई रहेछु । अचानक बाबा बित्नु भयो भन्ने खबर सुन्ने बित्तिकै मेरो ओँठतालु नै सबै सुकेको जस्तो अनुभुती भयो । एकाएक तातो रगत बगिरहेको मेरो शरीर चिसो भएर हिउँ जस्तो भएको महसुस भयो । अचानक एक्कासी आफुले टेकेको धर्ती भाँसिएको जस्तो महसुस भयो । शरीर आफैमा लुलो र थररर काँपेको जस्तो लुगलुग भएको थियो । सोच्दा सोच्दै केही भन्ने आँट नै आएन । तैपनी फेरी आफुलाई सम्हालिँदै भाईलाई पुन सोधे । हैन अनी म अस्तिको दिन आउँदा त बाबालाई केही पनि भएको थिएनत ? कसरी यस्तो अचानक भयो ? बाबाले सुसाइट गर्नुभएछ दाई भन्दै झनझन रोकी नसक्नु गरेर ऊ रोइ रहेको थियो । बाबाले सुसाइट गरेको भन्ने सुन्ने बितिकै अघी धर्ती भाँसिएको जस्तो महसुस भएको शरीर झन अहिले त पुरै संसार अन्धकार जस्तो भएर आयो । अचानक एकैछिनको लागि भएपनी सबै संसार लुटिएको, खोसिएको, सबै समाप्त भएको अनुभुती भएको थियो । एक्कासी आफुलाई एक्लो र टुहुरो भएको एक पिडादयी नमिठो कुराले चिमोटेर चियाछिया बनाएको जस्तो भयो । शरीरको सबै भाग टुक्राटुक्रा भएको अनुभुती भयो । सोच्दै नसोचेको अचानक आफ्नो घर भित्रको घटनाले बिछिप्त त बनिसकेको थिएँ । तैपनी मनलाई सम्हाल्दै भाईलाई भने । ल जे हुने भैहाल्यो, अब टारेर टर्दैन, म तुरुन्तै आइहाले पिर नगर, पुलिस लाई खबर गर भने । उसले सबै आएर घटनाको बिबबरण र मुचुल्का तयार पार्दै गरेको बतायो ।
त्यसपछी म तुरुन्त काठमाण्डौ फर्किनु पर्ने भयो । दोश्रो सेसनको ट्रेनर नै मै थिएँ । तालिमको मुख्य मान्छे नै नभएपछी दोश्रो चराणको कार्यक्रमलाई त्यही क्यान्सिल गरेर काठामाण्डौ फर्किउँ कि भनेर सोँचे । तर फेरी अर्को मनले सोचेँ बिभिन्न जिल्लाबाट यतिका ब्यक्तिहरु आएकाछन कसरी प्रोग्रामलाइ क्यान्सिल गर्ने ? अर्को मनले सोचेँ अहिले लाई यही स्थगित गरौँ र पुन फर्किएर आएर अर्को हप्ता पुरा गरौँ ? तर यि दुबै कुरा सम्भव थिएन । किनभने नत कार्यक्रमलाई स्थगित नै गर्न सकिन्थ्यो, नत पोस्टपोन्ड गरेर समय तालिका सार्न सकिन्थ्यो । सार्दा पनि त्यत्रा मान्छेहरुको सहभागिता थियो । फेरी त्यतिका दिन तिनिहरुको समय, त्यो संगै उनिहरुलाई पोखरा जस्तो महंगो ठाउँमा होटलमा सब खाने बस्नेको बन्दोबस्ती गर्नु कमको खर्चिलो थिएन । अन्तमा केही सिप नचलेपछी काठामाण्डौ स्थित हाम्रो अन्तर्देशिय माहासाखाको कार्यालय प्रमुखलाई फोन संपर्क गरेँ । धन्न फोन संपर्क भएको थियो एमडी संग । नत्र मेरो अर्को आइडिया पनि सबै बर्बादै हुन्थ्यो । त्यसपछी आफ्नो घरको सबै समस्याको विवरण सुनाएपछी एम्डिले उसोभए तपाईं तुरुन्त फर्किनुहोला । म पोखरा स्थित बालगृहहरुको महासंघ नेपालको महासचिब बिजय श्रेष्ठलाई भनेर तपाईंको ट्रेनिङ सेसन वहाँलाई चलाऊन भनिदिउँला भनेर भन्नुभयो । त्यसपछी भने मनमा अलिकती भएपनी केही राहत मिलेको महसुस भयो । तत्काल मैले म संगै गएको सुचना अधिक्रित दीपेन्द्र श्रेष्ठ र बालगृहहरुको महासंघ नेपालको महासचिब बिजय श्रेष्ठ लाई सबै विवरण बताएँ । मेरो कुरा सुनिसकेपछी वहाँँहरुले पनि तुरुन्तै सहमती जनाइहाल्नु भयो । मैले म संग भएको प्रेजेन्टेसनको स्लाइड र ल्यापटप फर्किदा लिएर आउनु भनेर दीपेन्द्र श्रेष्ठको जिम्मा लगाएर उपस्थित सबैलाई घटनाको विवरण जानकारी गराएर माफि माग्दै काठमाण्डौको लागि बाटो लागेँ । धन्न गाडी आफ्नै थियो र यातायातको अर्को लफडा भएन । नत्र भनेको बेला गाडी नपाउनु र पोखराबाट काठमाण्डौ उड्ने प्लेनको फ्लाइट पनि नहुन सक्थ्यो । तर आफ्नै गाडी लिएर गएकोले सजिलो भयो । तर सबैसंग बिदा मागेर हिँड्दा चार बज्नै लागिसकेको थियो ।
पोखराबाट कार्यक्रम छोडेर काठमाण्डौतर्फ बाटो त लागे, तर बाटोभरी घरि घरको, घरि कस्को, त घरि आफन्तहरुको फोनकल आएर हैरान थियो । कोही घटनाको बारेमा सोद्थे भने कोही छिटो आउ, तिमी कहाँ आइपुग्यौ भनेर जवाफ दिँदादिँदा हतास र शिथिल बनिसकेको थिएँ । बाटोभरी मनमा उत्साह थिएन । मस्तिक आफैमा शिथिल्ता छाएको थियो । मन उस्तै बेचैन थियो । बाटोभरी आँखामा बाबाको अनुहार सम्झिँदै आँशुले डम्म ढाकेका थिए । बाटोमा कुनै चिया कफी पनि पिउन मन लागेको थिएन । झन त्यस्तो कुरा सुन्नेबित्तिकै खान पिउन पनि हुन्थेन । मनभरी कतिबेला पुगौँ जस्तो मात्रै भैरहेको थियो । तर किनकिन गाडीको गियर जती धेरै बढाउँछु उती ढिलो गाडी कुदेको जस्तो महसुस हुन्थ्यो । गाडीको स्टेरिङ्ग समातेर कुदाउन सम्म हातपाउ चलेका थिएनन । हातखुट्टा सबै लुलो भएको जस्तो अनुभुती थियो आफैमा । बाटोभरी फोनको घन्टी बजेको बजेकै गर्दैथियो । एकातिर गाडीको रफ्तार अर्कोतिर लगतारको फोनकलले रिसिभ गर्दा दुर्घटना होला भन्ने पिर । घरमा के हुँदैछ, कसो गर्दैछ भनेर बेलाबेलामा म आफै पनि सडकको पेटिमा गाडी रोकेर कल लगाउँथे । तारान्तारको खबरहरु त लिइरहेकै थिए । तर बेलाबेला भने पहाडको भित्री खोँच र भिरपाखा जंगल आउँदा भने नेटवर्कले काम नगर्दा दिक्दारी र हैरानी बनाउँथ्यो ।
पोखराबाट हिँडेपछी जसोतसो करिब एक घण्टापछी मुग्लिन त तरियो, तर गाडी भने अगाडि फिटिक्क बड्न सकेन । कारण उहित हो, अरुबेला जस्तै जाडोमौसमको भएपनी सुख्खा यामको सुख्खा पैरो, जसोतसो मुस्किलले आएको बाइकका चालकहरुले अलिक होसियार गरेर जानुहोला बाटोमा पैरो गएर बाटो ब्लक भएको छ भन्थे । गाडीहरु अलिकती थोरै दगुर्थे फेरी उस्तै जाममा घ्याच्छ रोकिन्थे । लगतारको घन्टौंको दिक्दारी लाग्दो गाडीको घ्यारर घ्यारर गर्दै अगाडि बड्दै बल्लतल्ल धार्के खोलाको पुलको मुख सम्म पुगियो । गाडीहरुको जामै-जामको चिप्ले किराको चालमा अगाडि बढेको यात्रामा फेरी जामको अर्को चरण प्रबेश गर्यो । जतिसक्दो छिटो समयमै घरमा पुग्नेपर्ने झन दिक्दारी लाग्दो समय भएको थियो । घरि केको जाम घरि केको जाम गर्दै । बिस्तारै भएपनी गाडीको पाइला त चल्दैनै थियो, यतिकैमा फेरी चक्काजाम भनेको सुनियो उताबाट आउँदै गरेको गाडीको ड्राइभर र यात्रुहरुबाट । जाम भएर लाइनै रोकिएको गाडीहरुको बिचबाट म पनि सडकमै गाडी छोडेर बाहिर निस्किएर अलिक परसम्म हेरे गाडीको लस्कर आँखाले भ्याइनसक्नु ताती थियो दुबैतिर आउने जानेको । अघी भर्खरै सुख्खा पहिरोले थुनेको बाटो अहिले केले रोकिएछ भनेर सोधे उताबाट आउँदै गरेको गाडीको ड्राइभरलाई । बिरगञ्जबाट काठमाण्डौ जाँदै गरेको मालबाहक ट्रकले बाटोमा खेल्दै गरेको बच्चालाई पेलेर मारिदिएछ । उताबाट आउँदै गरेको ड्राइभरले उत्तर दियो । ओ गड ! कुरा सुन्ने बित्तिकै फेरी आँङ नै सिरिङ्ग भयो । यता आफ्नो घरमा पनि दु:खद खबर सुनेर फर्किदै थिएँ पोखराबाट आफ्नो कार्यक्रम नै छोडेर । यता फेरी अर्को नराम्रो खराब समचार सुन्नपर्यो । हैन मलाई दशा पनि ठुलै लागेको छ कि क्या हो ? मनमनै सोचेँ आफैले । झन हतारमा घर पुग्नुपर्ने अब मान्छेको बच्चा नै मारिदिएछ । हे भगवान ! अब कतिबेला खुल्ने हो जाम ? झन अत्यास भयो मलाई । कस्को गल्ती होला ? आज फेरी कसैको जिबन गयो फक्रीन नपाउँदै, काल के भनौ अकालमा गयो कसैको प्राण । गल्ती कस्को होला ? गाडी चालकको वा सडकमा खेल्न छोडिदिने बेमत्लबी बाउआमाको ? कम्सेकम सडकपेटिको घर भएपछी आफ्नो मसिना केटाकेटी कता खेल्दैछन के गर्दैछन अबिभाबकले ख्याल गर्नुपर्छ नि ! सवारी साधन चलाऊने चालकहरु पनि अचाक्लिको हुन्छन । दाँयाबाँया नहेरी जबर्जस्ती सवारीहरु चलाऊँछन । भएको सानो साँघुरो सडक त्यसमाथी पुरै सडक नै मेरो पेवा नै हो भने झैँ गरेर आँखा नै नहेरी जेभेट्यो त्यही पेलपाल गर्दै कुदाउँछन । कम्सेकम बजार बाटोघाटोको सडक पेटिमा घरहरु भएको बिचबाट कुदाउँदा अलिक ध्यान दिनुपर्छनी ! छाडातरिकाले कुदाउँछन । खैर अबिभाबक होस् या चालक गल्ती जस्को भएपनी एउटा बालकले अनाहकमा ज्यान गुमाउनु पर्यो । फूल्दा फूल्दैको कलिलो मुना चुँडे सरह सडकमै बिलाएर गयो । कठै कसरी गयो होला त्यस्तो नाबलकको प्राणपखेरु ? सम्झिदा पनि ज्यानभरी रौँ ठाडाठाडा हुने घटना । एउटा हात गाडीको स्टेरिङ्गमा समातेर अर्को हातले निधारमा राख्दै लामो श्वास ताने ।
जतिसक्दो घर पुग्नुको छट्पटी र मन भित्रको हुटहुटी त छँदैथियो, अझ त्यो भन्दा पनि कस्टकर त अनेक बाहानामा बाटो जाममा पर्दै अत्यास लाग्दो यात्रा हुनुको पिडा झन कस्टकर थियो । त्यसमाथी घरबाट फरक फरक आफन्तजन बाट आएको कलको रिंगले झन हतास बनिसकेको थिएँ । मनमा पिडा र छट्पटी उस्तै एकतमासले चलिनै रहेको थियो । यता स्थानिय मान्छेहरुले सडकको दुबैतर्फको सवारी साधनको आवत-जावत नै रोकेर दोशिलाई कार्यबाही गर, पिडितलाइ उचित क्षतिपुर्ति दे भन्दै नाराजुलुस लगाउँदै सबै सवारी र यात्रुहरु अस्तब्यस्त बनेका थिए । यतिकैमा बिपरित तर्फबाट बल्लतल्ल आएको एउटा बाइकवालाले सुनायो, सडक बिचमा ट्रकलाई आगो लगाइयो र चालकलाइ मराणसन्न हुनेगरी कुटपिट गरे । धेरै खतरा स्थिती छ । मत बल्लतल्ल कसोकसो गरेर आएँ भन्दै सुनाएको देखियो । त्यसपछी लाग्यो आज घर नपुगिने रहेछ । यतै बाटोमै बास बस्नुपर्ने भएछ भन्दै मन मनै डराइरहेको थिएँ ।
झन्डै दिनको चार बजे हिंडेको पोखराबाट तर अहिले धार्के मै बेलुकिको नौ बजिसकेको थियो । गन्तब्य सम्म पुग्न आतुर सबै यात्रुहरुको अनुहार थकित जस्तै देखिन्थे । कोही नेतालाई गाली गर्दै थिए । देशको कानुन यिनिहरुले नै बिगारेको हुन भनेर । कोही सवारी चालक लाई सराप्दै थिए । सबैको अनुहार र मुखमा थकित र अन्यौल्ता संगै दिक्दारिपन प्रस्ट संग झल्कन्थ्यो । यतिकैमा बाटो खुल्यो भन्दै सबै सवारी साधनहरु बिस्तारै अगाडि बढ्न थाल्यो । जब गाडीहरु अगाडि बड्यो तब मेरो पनि मनले केही सान्तिको श्वास फेरेको अनुभुती भयो । र, लामो श्वास तानेर अगाडि बड्न थालेँ । गाडी अगाडि बढेको करिब् एक किलोमिटर अगाडि दुर्घटना भएको ठाउँमा पुगियो । दुबैतिर आँखा डुलाएँ । सडकको दुबै किनारामा ससस्त्र प्रहरिको जत्था तैनाथ भएको देखियो । मान्छेहरुको भिड र नाराजुलुस अहिले पनि उतिकै थियो । सडकको बिचैमा आगोले जलेर कालो अंगार बनेको ट्रक देखियो । सम्झे दुर्घटना त भयो तर यो भौतिक सम्पत्ति जलाएर नस्ट बनाएर न मृत्यु भएको बालक फर्केर आउँछ नत यो ट्रकले न्यान नै दिन्छ । बरु गाडी र चालकलाइ समातेर सम्बन्धित निकायमा जिम्मा लगाएर उचित न्याय मागेको भएपनी त हुन्थ्योनी ! यस्तो परिपाटिको बिकास र अवस्था हाम्रो देशमा कहिलेसम्म चलिरहन्छ होला ? सम्बन्धित निकाय र राज्यको ध्यान यतातिर कहिले मोडिन्छ होला ? म मनमनै यस्तै सोच्दै अगाडि बड्न लागेँ ।
हरेक निर्वाचन आउँदा देशमा नेताले जनतालाई उधारो बिकास को नारा दिन कहिलै पछी पर्दैन । हरेक चुनावमा कुनै न कुनै नयाँँ नयाँँ हत्कन्डा लिएर नेताहरु घर आँगन र दैलो, दैलोमा भोट् माग्न पुग्छ । त्यसैको उपज हो मुग्लिन सडकको बिस्तारको नारा पनि बर्षौँ देखी अलपत्र परेको । यो मुग्लिन थान्कोट खन्डको बाटोमा कुनै न कुनै दुर्घटना र सवारी साधनको भिरबाट खस्ने र सयौँको अनाहकमा ज्यान जाने चलन बर्षौँ देखी चल्दै आएको छ । र कहिलेसम्म हो चलिरहने छ । जबसम्म जनता जागुरुक भएर उठ्दैनन, जाग्दैनन र नेतालाई खबरदारी गर्दैनन । हरेक दिन हामीले यस्ता दुर्गती भोग्नै पर्छ । कम्सेकम यो सडकको स्तरउन्नती भैदिने हो भने सडक दुर्घटना हुनबाट केही हदसम्म भएपनी रोकिन्थ्यो होला । म यस्तै सोच्दै करिब् साडे दश बजेतिर मात्रै थानाकोटको उकालोको नाकढुङ्गा पुगेँ । त्यहाँ पुग्दा भर्खरै फेरी अर्को तिर्थयात्री बोकेर छिमेकी देश भारतबाट आएको यात्रुबाहक बस खसेको रहेछ । त्यहाँ पनि उद्वार गर्ने आर्मी, पुलिस र स्थानियको निकै भिड रहेछ । तर त्यहाँबाट चै हामीहरु बिस्तारै छिचोलेर बल्लतल्ल जसोतसो थान्कोट कटियो । त्यसपछी भने म बल्ल अब चै कतै केही हुन्नहोला भन्ने सोच्दै गाडीको गियरको गती बढाएँ । दिउँसो हिँडे देखिको अहिलेसम्म फोनको घन्टी बज्ने काम भने रोकिएको थिएन । लगातर अलग-अलग मान्छेहरुको फोनकल आएर हैरान बनिसकेको थिएँ । र, अहिले पनि लगातर फोनको घन्टी बजिरहेको थियो । तैपनी त्यहाँबाट भने सान्तले यात्रा अगाडि बड्यो ।
मेरो घर ३२, वडाको पेप्सिकोला भएकोले गर्दा करिब रातको एघार बजेतिर कलंकी पुगेको म त्यहाँबाट सिँधै कोटेश्वर तर्फको बाटोतर्फ लागेँ । काठमाण्डौ र ललितपुरको बिचभाग हुँदै घुमेको चक्रपथ रिंगरोड हुँदै अगाडि बड्न थालेँ । कलंकिबाट अगाडि करिब २५, मिनेटको यात्रा गरेपछी महालक्ष्मीस्थान पुगेपछी सडक किनारको फोहोरको डंगुर थुपारेको दाहिनेपटिको भागमा केही दुइचार जना केटाहरु केही चिजलाई चलाई रहेको वा कुट्पिट गरेको जस्तै मेरो गाडीको हेडलाइटले अस्पस्ट आकृती देखियो । हरेकदिन काठमान्डौको ब्यस्त सडक पेटिमा मान्छेहरुको भिड राती अबेरसम्म देखिनु कुनै नौलो होइन भन्ने सोच्दै म गाडीको रफ्तार द्रुत गतिमा बढाउँदै थिएँ । जतिजती मेरो गाडी अगाडि बड्दै जाँदै थियो उतिउती त्यो झुन्ड भएको तिर मेरो गाडीको प्रकाशले केही अदृश्य आकृती देखिरहेको थियो । गर्दागर्दै आफ्नै गतिमा दगुरी रहेको मेरो गाडी नजिक पुगेपछी त्यो झुन्ड त्यहाँबाट दगुरेको जस्तो देखियो । र त्यहाँ नचिनिने अदृश्य बस्तु मात्रै रहयो । काठमान्डौको त्यो भिडभाडामा हरेकदिन सडकमा बास बस्ने देखी लिएर जाँडरक्सी र नशा सेवन गर्ने फाटाहा ब्यक्तिहरुको समुह पनि हरेक ठाउँमा बिभक्त भएर रहेका हुन्छन । मैले यस्तो सोच्दै आफ्नो गाडीलाई कुनै वास्ता नगरी अगाडि बढाएँ । तर त्यो दिन मलाई अचानक खै किन हो मनमा एक प्रकारको चिसो पस्यो । केही मिटर अगाडि पुगेपछी मलाई गाडीलाई अगाडि बढाउन मनै लागेन । मन भित्र चिसो पस्यो । फेरी मनमनै सोचे, ओहो ! त्यहाँ कुनै अप्रीय घटना त घट्दै छैन ? जस्तो अनुभुती भएको थियो र फेरी केही पर पुगिसकेको मेरो गाडीलाई बिचबाटो बाटै फर्काएर उक्त झुन्ड भएको ठाउँमा पुगेर गाडीको हरन बजाउँदै नजिकै लगेर रोकेँ । शायद उनिहरु पुलिस आएको सम्झिएर हो या मान्छेले देख्यो थाहा पाउँछन भनेर हो हतार हतार सबैजना भागे । मैले गाडीको हेडलाइट बालेर गाडीलाई अझ नजिकै लगेर रोकेँ । त्यसपछी गाडीबाट ओर्लिएर त्यहाँ रहेको आकृती तर्फ बढेँ । नभन्दै अन्दाजी २४/२५ बर्षकी जस्ती देखिने केटी घोप्टी परेर मुख छोपेर सुँकसुँक रुँदै थिईन । म अझ नजिकै पुगेर हेरेँ उनी साँचिकै डराएको अवस्थामा थररर काँपेको सरिरले गाडीको बलिरहेको हेडलाइट उज्यालोलाई लाई छेक्ने कोशीस गर्दै बसेकै ठाउँबाट अलिक पर्तिर सरिन । त्यसपछी मैले अझ उनको नजिकै गएर आफ्नो शरीर केही झुकेको भावमा उनलाई सोधे । को हौ तिमी ? कुनै जवाफ दिइनन । फेरी मैले अर्को प्रश्न सोधेँ । तिमीलाई कस्ले यहाँँ ल्याएको ? कि ! तिमी आफै आएको ? फेरी पनि उनी केही बोलिनन । तैपनी मैले लगतार सोधिरहेँ । ति केटाहरु को थिए ? यहाँ किन आएका थिए ? के गर्दै थिए तिनिहरुले तिमी संग ? के तिनिहरुले तिमीलाई केही नराम्रो हातपात गर्न लागेको थियो हो ? मैले लगातार प्रश्न माथि प्रश्न गरिरहेँ तर उनी केही डराएको भावमा एकोहोरो टाउको निउराएर सुँकसुँक गरेर रुइ मात्रै रहेकी थिइन ।
त्यसपछी मैले उनलाई फकाउदै उनको पाखुरिमा समाएर उठाउन खोज्दै भनेँ । म ति केटाहरु जस्तो फटाहा हैन । म संग डराउनु पर्दैन । आउ म संग हिँड् । म तिमीलाई राम्रोसंग बस्ने खाने ठाउँमा पुर्याइ दिन्छु । उनी अझ डर बोक्दै थिइन शायद । उनको शरीर सबै डरले हो वा रातको चिसो जाडोले लुगलुग काँपिरहेकी थिईन । मैले पाखुरामा समातेर उठाउन खोज्दा पनि उनी बसेको जमिनबाट उठ्न मानी रहेकी थिइनन । मैले फकाउँदै कर गरेर बिस्तारै उठाएँ । तर उनी बसेको ठाउँबाट उठ्न मानिन् वा उठ्न सकिनन । यतिकैमा मलाई मनमा झल्याँस्स एउटा नमिठो कुराको चस्स याद आयो । मनमनै सोँचे कतै ति फटाहा केटाहरुले नराम्रो गलत काम त गरेरनन ? यस्तै सोच्दै गाडीमै छोडेको मेरो मोबाइल ल्याएर उनको शरीर र अनुहार हेरेँ । मोबाइलको सानो उज्यालोमा उनको फोहोर मैलाले र कयौँ दिनदेखी ननुहाएकोले गर्दा होला कपाल जगल्टेर लट्ट परेका थिए, भने केही कपालहरु ठाढा-ठाडा ठिङ्रिङ्ग भएका थिए । अनुहारमा कयौदिन देखीको फोहोर मैला कलेटी परेर कालो मैलो अँध्यारो देखिन्थ्यो । सरिरको लुगाकपडा च्यातिर उस्तै बनेको थियो । अनुहार र हात खुट्टा भरी चोटैचोट जस्तो देखिन्थ्यो । उनको अनुहारभरी फोहोर मैलाले चिन्नै नसकिने गरेर कलेटी परेका थिए । सरिरको लुगाको त कुरै नगरौ फोहोरले मैलिएर र फाटेर दयनिय अवस्था देखिन्थ्यो । सरिरबाट एक प्रकारको खपिनसक्नु गन्ध आइरहेको थियो । तैपनी मैले उठाउने प्रयत्न गरेँ, तर उनी त्यहाबाट फिटिक्क उठ्न मानिन ।
त्यसपछी मैले त्यहाको स्थान ललितपुर महानगरको क्षेत्र पर्ने भएकोले त्यहिँको स्थानिय प्रहरी चौकिमा फोन लगाएँ । नभन्दै फोन लगाएको १५, मिनेट भित्र परबाट प्रहरिको हरियो पहेँलो रंग भएको बत्ती झिलिकमिलिक बाल्दै आउँदै गरेको देखेँ । त्यसपछी हतार-हतार उनिहरु अन्तै मोडिन्छ भनेर सडकको मुख्य भागमै पुगेर हात हलाएँ । प्रहरिको भ्यान म उभिएको ठाउँमा आएर रोकियो । त्यसपछी मैले आफ्नो परिचय र घटनाको विवरण दिँदै भने । मेरो नाम अभी घिमिरे हो । घर पेप्सिकोला काठमान्डौ । म युनिसेफ नेपालको सेभ दि चिल्ड्रेन र हुराडेक नेपालको प्रतिनिधि को-अर्डिनेटर र सामाजिक अभियान्ता भएको बताएँ । अहिले घरमा बुवा बित्नु भएको र पोखराबाट घरको दु:खद खबरले कार्यक्रम नै छोडेर आउनुपरेको ले गर्दा आउँदा आउँदै केही संकास्पद लागेर गाडी रोकेर हेर्दा केटाहरु भागेको र वहाँ चै रुइ रहेको देखेर तपाईंहरुलाई संपर्क गरेको हो । तपाईंहरुले केही गर्न पर्दैन । हाम्रो मानब आश्रम सस्था छ । म उतै लगेर राखी दिन्छु । तर तपाईंहरुको कानुनी कागजपत्र आवश्यक पर्ने भएकोले बोलाएको हुँ । यतिभनेपछी इनिस्पेक्टरको कमान्डमा आएको टोलिले उनिहरु संगै थाना जान र कागजपत्र बनाएर जिम्मा लिनुहोला भने । त्यसपछी प्रहरिको सहयोगले उनिलाई फकाउँदै जबर्जस्ती गाडीमा लगेर थाना पुराएर स्थानिय प्रहरी क्षेत्रधिकारको साक्षी बसेको बकपत्र बनाएर प्रहरिको सहयोगमा उनिलाई लिएर म सिधै आश्रम पुगेर त्यहाँको कर्मचारीको जिम्मा लगाएर घरतिर लागेँ ।
एकातिर घरमा जतिसक्दो चाँडो पुग्नुपर्ने थियो । अर्कोतिर बाटोमा देखिएको दृश्यले गर्दा घर जानुको सट्टा पुलिस थाना र आश्रम तर्फ गएको थिएँ । ति सबै काम सकेर घर पुग्दा रातको १:४५ भैसकेको थियो । उनलाई छोडेर घरमा पुग्दा सबैजना रोएर थकित भएर बसेका जस्ता देखिन्थे । भाई र बहिनी बुवाको लास संगै पोस्टमार्टमको लागि टिचिङ हस्पिटल गएको रहेछ । आमा घरको टिभी कोठामा सबैले घेरिएर रोइरहनु भएको थियो । म पुगेपछी फेरी अर्को रुवाबासी चल्यो । म पनि रुएँ । आमालाई सम्झाएँ तर आफ्नो शिरको श्रीमान अपहत्ते भएर मृत्यु हुँदा कुनचैं नारिको मन अडिन्थ्यो होला र ? आमा पनि रुँदारुँदा बेहाल अवस्थामा हुनुहुन्थ्यो । त्यसपछी म आमालाई सम्झाइ राखेर गाडी लिएर फेरी बिहानको ३, बजेतिर टिचिङ हस्पिटल तिर लागेँ, जहाँ बुवालाई पोस्ट्पार्टमको लागि ल्याइएको थियो । हस्पिटल पुग्दा भाई र बहिनी फेरी मलाई देख्ने बितिकै रुन थाले । म आफै रौँ, की ! अरुलाई सम्झाउँ की ! अफ्ठ्यारो परिस्थितीका बिचमा आफुलाई सम्हाली रहेको थिएँ ।
बुडापाकाले त्यतिकै भनेका होइन रहेछन । जान्न भनेको ठाउँमा जानुपर्छ । खान्न भनेको कुरा खानुपर्छ । जिबनमा पहिलोचोटी मलाई यस्तै भएको थियो । आफ्नै लागि र अन्य अरु धेरैको लागि धेरैपटक हस्पिटल जाने आउने र बिरामी कुरुवा नै भएर पनि बसेको छु । तर जिबनमा मरेको मान्छे राखिने मुर्दाघरमा लासको रुँघाइ कहिलै बस्न नपरोस भन्थेँ । तर आज पहिलोपटक आफैलाई यो बिपत आइपरेको थियो । त्यो पनि आफ्नै घरभित्रको आफ्नै जन्मदाता बुवाको अप्राकृतिक मृत्युले गर्दा मुर्दाघरको चक्कर लगाउनु परेको थियो । त्यसैले बिहानको तीन बजे हस्पिटल पुग्दा पोस्टमार्टम भएकै रहेनछ ।
भोलिपल्ट बिहान उज्यालो भयो, तर दिउँसोको सिफ्ठको कुनैपनी डक्टरहरु आइपुगेकै थिएनन । केही नातेदार आफन्त र हामीहरु कतिबेला डक्टर आइपुग्ने होला भनेर डक्टरको प्रतिक्षा गर्न थाल्यौँ । अघिल्लो दिनदेखी भोकै प्यासै र थाकान त छँदैथियो । झन हिजै ल्याइसकिएको लासको चौबिस घण्टा पुग्न लाग्द पनि पोस्टमार्टम भने भएकै थिएन । यो बिचमा मैले केही नातेदार छिमेकी र आफ्नै सस्थाको साथीहरुलाई कल गरेर पशुपतिमा लाशको सदगदी को बन्दोबस्ती गर्नलाई पठाएँँ । अघिल्लो दिन देखिको अनिदो र थकानले मलिनो र कम्जोर जस्तो अनुहार देखिएको थियो बहिनिको । त्यसैले बहिनिलाई घरमा जाउ भनेर पठाएँँ । त्यसपछी केही साथीहरु र भाई अनी म मात्रै हस्पिटलमा बस्यौँ । यतिकैमा बिहानको करिब् नौ बजेतिर मात्रै डाक्टरहरुको टिम र मेडिकल कलेजका विद्यार्थी सहितको बुवाको लाश राखिएको घर भित्र छिरे । हामी पनि डाक्टरहरु संगै भित्रै छिर्यौँ । पोस्टमार्टमको प्रोसेस सुरु भयो । सबैभन्दा सुरुमा टाउको निधारको भागको छेउबाट चिरेर तालुको भागलाइ छुट्याएर बिभिन्न रिपोर्टहरु लेख्न थाल्यो । त्यसपछी छाती हुँदै पेटको तल्लो भागसम्म् चिरेर सरिरको भित्री अंग हरेकको निरिक्षण गरे । डक्टरले जेजे भन्दै गए अर्को एकजनाले त्यसै त्यसै गर्दैगए । हामी भने आफैलाइ जन्म दिने जन्मदाताको शरीर चिरफार गरेर टुक्रा टुक्रा बनाएर अलग अलग बनाउदै लेखिएको रिपोर्टहरु हेर्दै बेहोस् झै अचेत अवस्थामा नियाली रहेका थियौँ । जस्ले जन्म दियो, जस्ले यो संसार देखायो, जस्ले यो नयाँ बंशको शृजना र सृस्टी गरे, जस्ले हामीहरु यती ठुला हुनलाई यहाँँसम्म रगत पसिना पोखेर ल्याइपुराए, जस्ले आफ्नो भन्दा सन्तानको खुशी र भबिश्यको निम्ती आफुलाई हराएर पनि शिक्षादीक्षा, लालन-पालन गरेर एउटा सभ्य नागरिक बनाउन मुख्य भूमिका खेलेर आज यो सन्सारबाट् बिदा भैसकेर पनि तिनै जिम्मेवारीले खप्लक्क निलेको ब्यक्तिको शरीर चिराचिरा बनाएको थियो । चाहेर वा नचाहेरै हामी आफ्नै जन्मदातालाई धारिलो हतियारले क्ष्यतबिक्षत बनाएर पुन सियोले घोच्दै टालटुल गरेको पिडादयी दृश्य नियाल्न वाध्य थियौँ । जिउँदो हुनु अगाडि गनगन गरेर केके भनिरहने बाउ अहिले टुक्राटुक्रा बनाएर जोड्दा पनि ढुङ्गा झै किंकर्तब्यमुढ भएको थियो । चुपचाप् थियो । आवाज बिहिन थियो । शब्दबिहिन थियो । न दुख्यो भन्नुभो । न ऐया भन्नुभो । आफ्नो आँखै अगाडि त्यस्तो देख्नुपर्दा एउटा सन्तानले कुन मनले थामेको होला त्यो पिडा, भोग्नेले मात्रै अनुमान लगाउन सक्थ्यो । आफ्नै आँखाले यि सबै दृश्य नियाल्नु त छँदैथियो, त्यो संगै संधैलाई हामी टुहुरा भएका थियौं । टुहुरा शब्द आफैमा कती नराम्रो तिखो बचनले घोचेको जस्तो बिसालु तर सत्य यही हो । आजबाट हामी साचिकै टुहुरा भएका थियौँ ।
त्यसो त अहिलेनै हामी सबैलाई छोडेर जाने उमेर वहाँँको भएकै थिएन । भर्खरै मात्रै वहाँँ ६५, बर्षको हुनुभएको थियो । तर मलाई जहाँसम्म लाग्छ वहाँँको मृत्युको कारक तत्व भनेको वहाँँको बिरामनै हो जस्तो लाग्छ मलाई । किनभने बिगत तीन बर्ष देखी वहाँं ब्लड क्यान्सरबाट ग्रस्त हुनुहुन्थ्यो । हामीले इन्डिया, ब्यांकक, र सिंगापुर सम्म लगेर उपचार गरिरहेको थियौँ । हरेक महिना केमो थेरापी र हर्मोन चढाउनुपर्ने वहाँँको सरिरमा । किमो र हर्मोन चढाएर मात्रै पनि नहुने डक्टरको सल्लाह बमोजिम वहाँँको सरिरमा ब्लड पनि फेरिरहनु पर्ने । त्यसमाथी वहाँँको ब्लड पाउनै मुस्किल । चारैतिर अन्य ब्लड सजिलै पाउँदा वहाँँको लागि ओ नेगेटिभ पाउन धौधौ पर्थ्यो । जसोतसो ब्लड खोजेर हरेक महिना ट्रान्स प्लान्ट त हुन्थ्यो तर केमोले नै सबै कपालहरु झरेर, दाँतहरु हल्लिएर कम्जोर हुनुभएको थियो । शायद यही बिरामकै कारणले वहाँँले यस्तो कदम उठाएको पनि हुनसक्छ । मैले मनमनै सोचेँ ।
अन्तत बल्लतल्ल दिनको १२, बजे मात्रै पोस्ट्मार्टम गरेर सकियो । त्यसपछी फेरी कानुनी अड्चनको फुकुवा गरेर मृतकको आफन्तलाई लाश बुझाउनलाई अस्पातल प्रशासन र प्रहरी प्रसासनको रहोबरमा मुचुल्का र लाशको कानुनी कागज पत्र बनाएर बुझ-बुझारत गरेर दिनको दुई बजे मात्रै बुवालाई जिम्मा लिएर हामी टिचिङ हस्पिटलबाट सिँधै पशुपतिको आर्यघाट तर्फ लग्यौ । आफन्त हरुको बिचमा पनि हस्पिटलबाट सिंधै त्यतै लगेर अन्त्यस्टी गरेर घर फर्कने कुरा भयो । बाउको लाश सिँधै आर्यघाट लाने भएपछी छिमेकी, आफन्त र घरमा भएकाहरुलाई सिँधै त्यतै आउन जानकारी गराएर हामी सब बाहनमा बाउको शरीर लिएर पशुपतिको आर्यघाट तर्फ लाग्यौं ।
पशुपतिको आर्यघाटमा पुग्दा दिनको पौने दुई बज्नै लागिसकेको थियो । आफन्त, छिमेकी र मेरो सस्थाको साथीहरु अगाडि नै गएर बाबाको अन्त्यस्टिको सरसामन जुटाएर ठीक्क पारिसकेका थिए । बुवालाई चितामा चढाउन अगाडि मृतकको नाउँमा पुरेतले सबै कर्मकान्ड गरिसकेर तयार गरेर राखिएको चिता माथि चढाइयो । जतिजती बाबाको अन्त्यस्टिको कर्मकान्ड निभाउँदै जान्थेँ उतिउती म रित्तिएको महसुस गर्दै थिएँ । ति सबै कर्मकाण्ड गरिरहँदा मेरो हातपाउहरु काँपिरहेका थिए । पुरेत बाले जेजे गर्नु भनेपनी म आफुलाई सम्हाल्नै सकिरहेको थिन । रुनुत छँदैथियो । आँखाबाट आँशु कती बग्यो त्यसको कुनै लेखाजोखा थिएन । घाटमा कोको आएकाछन छैनन मैले कसैलाई हेर्ने देख्ने केही गर्नै सकिरहेको थिन । होस् भएर पनि बेहोसी जस्तै सबै कर्महरु मैले निभाइरहेको थिएँ । बाबालाई जलाउन ठीक्क पारेको चिताको दुबैतिर अन्य लाशहरु जलिरहेका थिए भने कोही जलाउन तयार गर्दै थिए । मृतकको आफन्तहरु रुने त त्यहा कती थिए, कती । त्यहिनेर हाम्रो बाबाको छेउमै जल्दै गरेको लाशको शायद उसको श्रीमती हुनुपर्छ । अन्दाजी मेरै आमाको उमेरको हुनुहुन्थ्यो । छाती पिटेर रुँदै वहाँ बेहोस् अवस्थामा हुनुहुन्थ्यो । त्यसपछी वहाँ रुइरहेको दृश्यले झल्याँस आमाको सम्झना आयो । फनक्क फर्किएर आमा तर्फ हेरेँ । आमाको पनि उस्तै हाल देखेँ । त्यसपछी झन आफुलाई सम्हाल्नै सकिन । उता भाई र बहिनी पनि रुइरहेका थिए । छेउमा गएर आमाको हात समाउँदै सम्झाउने कोशीस गरेँ । सम्झाउनुत नाम मात्रै थियो । तर म स्वयम आफै सम्हालिनु मुस्किल भएको थियो ।
अन्तत सबै कर्म निभाइसकेपछी चितामा बाबालाई राखेर वहाँँको मुखमा आगोले पोलेर दागबत्ती दिने समय आयो । ओहो त्यो घडी अहिले पनि सम्झन्छु मेरो आफन्त वा अरुकसैलाई जिबनमा आफ्नै हातले दागबत्ती दिननपरोस । सम्झिन्छु आज शरीर भरी काँडा उम्रिएर आउँछ । बाको मुखमा आफ्नै हातले कसरी आगो लगाएँ हुँला ? मनले मानिरहेका थिएनन । दिमागले सोच्न सकिरहेका थिएनन । तैपनी सस्कारको नाउँमा आफ्नै जन्मदाता लाई कसरी त्यो चिताको सरिरमा आगो लगाउनु होला ? कसरी राख बनाएर जलाउनु होला ? वहाँँको सरिरले नभने पनि वहाँँको आत्माले बाबु मलाई पोल्छ आगो नलगान भनेर कती भन्नु भयोहोला ? त्यो समय वहाँँको सरिरमा आगो लगाउन नसकेर आएका मलामिहरुले मलाई समातेर जबर्जस्ती आगो ठोस्न लगाएका थिए । सबैले दुइतिरबाट मलाई आड दिएर बाबाको पार्थिब सरिरलाइ तीन चक्कर लगाएर माटाको सानो घैलामा पानी राखेर पछाडिबाट छोडि दिएर खसालेर फुटाइ दिएँ । शायद त्यसैले होला बुडापाकाले त्यसलाई माना घोप्टिएको दिन भनेर भन्ने गरेको । मेरो बाको पनि त्यो अन्तिम मानो घोप्टिएको थियो शायद । आजबाट वहाँँ यो सन्सारबाट हामीसबैलाई छोडेर निश्ठुरी भएर बिदा हुँदैहुनुहुन्थ्यो । त्यसपछी अघिको जस्तै सबैले चारैतिरबाट मलाई समातेर आगोको राँको समाउन लगाएर अगाडि बढाए । मैले आँखा चिम्लिएर बुवाको मुखमा आगो लगाएँ । पहिलो आगोको लप्का मुखमा दागबत्ती दीसकेपछी सरिरको बिच भाग र पैताला मुनीबाट बलिरहेको आगो लगाएँको थिएँ । त्यसपछी के भयो ? कस्तो भयो ? केही थाहा नपाउने जस्तो बेहोसी जस्तै बनेको थिएँ । मलामीहरु बाको सरिरमा धारिलो चोसा भएको बाँसको घोचाले घोच्दै निमिट्यान्न पार्न खोज्दै थिए । मानौं उनिहरुको मेरो बा दुशमन हुन, उनिहरुलाई बा प्रतिको रिस र दुश्मनी बर्षौं देखी साँध्न थियो । उनिहरुको मन मेरो बालाई रित्याएर शान्ता हुनुथ्यो । उनिहरु भित्र लाग्थ्यो दया माया करुणा र मानब्ता भनेको अलिकती पनि फिटिक्कै छैन । मानौं उनिहरु दानब हुन, राक्षस हुन । मुर्दा पोल्न बसेको घाटको निर्दयी पोडे हुन । त्यतिबेला मलाई यस्तै अनुभुती र पिडा भएको थियो । आजभोलि सोच्छु, देखाउन नमिल्ने मन भित्र भएको पिडा बाढ्न नमिल्ने र उपचार गर्न नमिल्ने औषधी बिहिन घाउहरु धेरै हुँदा रहेछन जिबनमा, म पनि त्यही पिडा र घाऊ संगै रुनु हुन्न लोग्ने मान्छे भन्ने समाजको अगाडि बाँचिरहेको एउटा प्रतिनिधि मान्छे हुँँ । त्यसैले म भन्छु जिबनमा दु:ख, दर्द, पिडा, अभाव वा समस्या भयो भन्दैमा केही गर्ने हिम्मत नै नराखी अल्पबिरामा मै कोहिपनी निराश नहुनुहोस, यहाँ म पूर्णबिराम लागेको अनुभुतिमा पनि मुस्कुराइ रहेको छु ।
बाको शरीर लाई खाएर निस्किएको आगोको लप्काहरुले निर्दयिता रौद्र रुप देखाइ रहेको थियो । आगोको झरिला जवानीमा मेरो बा रित्तिदै हुनुहुन्थ्यो । हेर्दाहेर्दै को भौतिक शरीर सकिदै हुनुहुन्थ्यो । अघी बर्खरै सम्मको सिंगो शरीर कोइला हुँदै खरानी भएर बागमती नदिको पानीमा बगेर बिलीन हुँदै थियो । चिताबाट निस्किएको धुवाँहरु आकासिदै सुन्यतामा मेरो बा पनि हराउँदै हुनुहुन्थ्यो । माथि-माथि सम्म उडिरहेको धुवाँको मुस्लोलाई हेर्दै स्वर्गको भर्र्याङ्ग चढेर बा भगवानहरु भएको ठाउमा अध्यात्ममा लिन हुँदै गरेको अनुभुती भएको थियो । दु:ख पिडा त किताबको ज्ञानले हैन समय परिस्थितीले सिकाउँदो रहेछ । मैले पनि समयबाटै शिक्षा पाएको थिएँ, जब बा गुमाएर टुहुरो महसु गर्दै आफ्नै अगाडि जलिरहेको बाको शरीर खरानी बन्दै गर्दा । आजभोलि मान्छेले लिने डिग्री र पढ्ने बिषयहरु भनेको त फगत रहेछन भन्ने लाग्छ, किनकी सबै भन्दा ठुलो किताब त मान्छेको आफ्नै जिन्दगी रहेछ । जस्ले आफुलाई मात्रै सिकाउँदैन समाजलाइ पनि जिउन सिकाउने रहेछ । त्यसैले सबैभन्दा महत्वपूर्ण बिषय भनेको त आफ्नै जिन्दगी रहेछ । मान्छे त्यसैमा फेल भएभने बाँकी पढाईका बिषयहरु त निरर्थक अर्थहिन रहेछन । किताबी ज्ञान पैसा कमाउनको लागि प्रयोग हुन्छ भने जिबनको किताब आफुलाई बुझ्न सिकाउने दस्ताबेज रहेछ । मैले पनि परिस्थिती संग एक्कासी एकैदिनमा बाको शरीर सकिँदै गर्दा धेरै कुराको ज्ञान र अनुभुती पढिरहेको थिएँ । भौतिक शरीर त क्षणिक पाहुना रहेछन, तर नाश्वर शरीर सकेर जाँदा पनि लोकमा बाँचिरहने भनेको त मान्छेको असल र खराब कामको अवसेश मात्रै रहेछ ।
बाको अन्त्यस्टिको सबै कर्म सकेपछी अस्तु लिएर बेलुकी नौ बजेपछी मात्रै हामीहरु सबैजना घरमा फर्कियौँ । त्यसपछी सुरु भयो, तेर्ह दिने कर्मकाण्ड, आमा र बहिनिको लागि भिन्नै कोठामा बस्ने ब्यब्स्था गरियो भने आँगनमा ढिकुरो बनाएर राखिएको ठाउँमा हामी दुई दाजुभाइ लाई राखियो । घरभरी छिमेकी इस्टमित्र र आफन्तहरुको घुइचो थियो । त्यो दिन हामीले फलफुल खाएर टार्यौ । भोलिपल्ट बिहानै उठेर चोखोनिधो गरेर नुहाइधुवाइ सकेर बाको पुन्यतिथिको कर्म सुरुभयो । पुरेत बा बिहानै आईसक्नु भएको थियो । पुरेत बाले, सबै कर्म सकेर बालाई पिण्ड दिएर सकिएपछी घरभरी आएको आफन्तहरुलाई चिया नास्ताको ब्यबस्था हुँदैथियो । एबम रितले दैनिक तिथिहरु पुरा गर्दै अन्त्यमा तेरौँ दिनको काजक्रीया पनि सकियो । क्रीया सकिएको अन्तिम दिन पुरेत र आफन्तहरुलाई बिदा गरिसकेपछी यतिकैमा परबाट पुलिसको भ्यान आउँदै गरेको देखियो । भ्यान हाम्रै घरमा नजिकै आएर रोकियो । एकमनले त सोचे कुनै सोधपुछको लागि आएकोहोला भनेर, तर हैन रहेछ । गाडीबाट ओर्लिएर इन्स्पेक्टरले हातमा एउटा केही लेखिएको कागजको पाना देखाउँदै भन्यो । यो तपाईंको बाको मर्नु अगाडि तपाईंको लागि भनेर लेखिएको सुसाइट नोट रहेछ । यसमा हामीले त्यस्तो नराम्रो केही कसी भेटेनौँ र वहाँँको इच्छा मुताबिक वहाँँले लेख्नु भएको नोट तपाईंलाई दिन आएका हौँ हामी भनेर हातमा थमाइ दिएर फेरी उसैगरी बिदा मागेर फर्कियो ।
कागजको त्यो लिफा थमाइदिएर गएको दिन त मैले पढिन तर भोलिपल्ट बेलुकी सबैजना भएको ठाउँमा त्यो लिफाफा गोजिबाट निकाल्दै आमालाई देखाउँदै भने, आमाले चुपचाप् केही भन्नुभएन । शायद बाको नाम सुन्ने बित्तिकै वहाँँको गला अबरुद्ध भएको हुनुपर्छ । त्यसैले त्योभन्दा अरु धेरै केही नभनी म लिफा पढ्न् थालेँ । सबैजना वरिपरी बसेर सुन्न थाले, म पड्दै गएँ ।
प्यारो छोरा अभी !
सप्रेम सहित शुभ-आशिर्बाद र माया तिमीहरु सबैलाई । तेरी आमालाई सुनाइ दिनु मेरो धेरै माया र आशिर्बाद छ भनेर । अनी यो पनि भनिदिनु अब यो दुनियाँँमा म नभएपनी तिमीलाई हेर्ने दुई छोराहरु अभी, सुरज र छोरी स्वस्तिमा छिन् भनेर । अब तिमीलाई हेर्ने तिम्रो रेखदेख हेरचाह गर्ने मेरो शरीर हरेक दिन गल्दै गएको छ । मेरो मन मस्तिस्कहरु थाक्दै गएका छन । म आँफैबाट धेरैटाढा जान मन लागेको छ जुन गएपछी फेरी फर्किएर यो सन्सारमा कहिलै आउन मिल्दैन । हो त्यस्तै कहिलै नफर्किने बाटो गरेर जान मन लागेको छ । शायद अब तिमीहरु संग रहन, बस्न खान, रमाउन, जिउन यतिनै लेखेको होलान मेरो भाग्यमा । दैबले भाग्यमा जती लेखिदिएको हुन्छ त्यती सबैले भोग्नै पर्छ । मैले पनि भोगे जती मेरो भागमा परेको थियो । तर अब मेरो सबै मानो सकिएको जस्तो छ । मैले जती खानु थियो, जती लाउनु थियो त्यो सबै पाइसकेको छु जस्तो लाग्छ । त्यसैले प्रत्येक् दिन भित्रभित्रै म टुटी सकेको छु । धमिराले खाएको रुख जस्तै छिद्र छिद्र बनिसकेको छु । त्यसैले हरेक बिहान घरको बार्दलिमा बसेर बिहानै हुस्सुले डम्म ढाकेको यो शहर र सडकहरु हेर्छु तर किनकिन आजभोलि त्यो बिहानी हुनुको भावहहरु दिँदैनन मलाई । बिहानको जाडो मौसमको यो चिसो सिरौटोले मन शितल बनाउनु पर्ने ठाउँमा उल्टै मनहरु भत्भत पोल्छन । शायद यो मेरो जिबनकै अन्तिम ऋतुहरु हुनुपर्छ ।
प्यारो छोरा अभी, तिमी ज्ञानी छौ, समजदार छौ, बुझ्ने छौ, देश दुनियाँँ र समाजलाइ हेर्न सक्ने एक असल नागरिक बनिसकेका छौ, तर तिम्रा दुई भाई र बहिनी अझै सानै छन । नादान छन । उनिहरुको बचपना अझै गएको छैन । त्यो बचपनाले कहिलेकाही तिमीलाई सताउला तर तिमीले माफ गरिदिनु । उनिहरुको लेखाउने पढाउने बिहेदान गराउने जिम्मेवारी तिम्रो काँधमा छोडेर जाँदैछु सदाको लागि यो सन्सारबाट । तिमी यो भन्दा पनि अझ अगाडि राम्रो उन्नती प्रगती गर्दैजानु । लोक समाजमा धेरै नाम र बैभव कमाउनु । कसैको अगाडि फलानको छोरो फलना यस्तो उस्तो भनेर हिंड्ने बद्नामी नबन्नु । आफुभन्दा मुनिका भाईबहिनिहरुलाई पनि तिमीले समातेको समाजको मानब धर्मको कर्म गर्न सिकाउनु । तिमी जस्तै असल र ज्ञानी र गुणी हुन सिकाउनु । कहिलै कसैलाई भनी बिझाउने सस्कार नसिकाउनु जसरी मैले तिमीलाई असल सस्कारमा देशको स्वाभिमानी नागरिक बन्न सिकाएको थिएँ ।
मलाई तिमीहरुबाट कुनै गुनासो छैन । तिमीहरुले सकेको जती, जानेको जती सबै गरेको छौ । कलीला साना उमेरमै मेरो कारणले तिमीहरुले धेरै भोगेका छौ । धेरै दु:ख कस्ट र तनाब भोगेको छौ । जुनदिन् ब्लड क्यान्सरले समातेर हस्पिटलको बेडमा पुगेको थिएँ, त्यही दिन देखी अब धेरै दिन बाँच्दिन भन्ने लागेको थियो । तैपनी तिमीहरुको माया ममता र हेरचाहले मर्न दिएन । म भित्र पनि जिउने चाह र उर्जा झन थपिएको महसुस गरेको थिएँ । तर मेरो बिराम दिनदिनै निकोहोला भन्दा उल्टै झनझन बड्दै जादा तिमीहरुको मनमा हतास थपिएको म प्रस्टै संग अनुभुती गर्थेँ । कहिले भारत, कहिले थाइल्यान्डको ब्यांकक त कहिले सिंगापुर जस्तो बिकसित् मुलुकको सुभिधा सम्पन्न ठाउँमा लगेर औषधी उपचार् गर्न कुनै कसुर छोडेनौ । त्यसैले पनि म धेरै भाग्यमानी बाउ रहेछु तिमीहरु जस्तो असल सन्तान पाएकोमा । एकातिर मेरो स्वास्थ्य स्थिती दिनानुदिन बिग्रदै जानु अर्कोतिर घरको आर्थिक खर्चमा अभावा र रिण थपिदै जानु, म तिमीहरुको अनुहार र आँखाको भाव हेरर पिर, चिन्ता र पिडा थपिएको थाहा पाउँथे । तर चुपचाप् तिमीहरुको महानता नियाली रहेको थिएँ । प्रत्येक् दिन घरमा आर्थिक चाप बड्दै जानुको बोझ मै हो भन्ने सोचेर मैले सदाको लागि तिमीहरुबाट टाढा हुने निर्णय गरेँ र यो गलत कदम उठाउन पुगेँ । गलत के भनौँ हिजो जन्मदा भाग्यमा बिधाताले निधारमा जेजे लेखिदिएको हुन्छ त्यसैको आधारमा मलाई यो आत्माहत्याको बाटो रोज्न पर्ने सोच आएकोहोला शायद । तिमीहरु पिर चिन्ता नलिनु बाउले बुढेशकालमा यस्तो हर्कत गरेर जानुभयो, हामीले समाजमा कसरी मुख देखाउने होला भनेर सके चिन्ता लाग्दो हो । तर त्यस्तो मनमा केही नलिनु किनकी समाज र आफन्त भनेको अर्काको दु:खमा गित गाउनकै लागि मात्रै हो । बाँकी दुइचार दिन पछी सब ठीक हुँदै जान्छ । ढुक्क भएर आफ्नो कर्म गर्न नछोड्नु है ।
अनी छोरा सुरज र छोरी स्वस्तिमा तिमीहरु पनि दाई जस्तै ज्ञानी हुनु । दाई जस्तै असल र गुणी हुनु । समाजको लागि एउटा उधारणिय ब्यक्तित्व बनेर देश र जनताको सेवक बन्नु । आमालाई धेरै माया दिनु । दाजुको अर्ती उपदेश र गाली सुन्नु र मान्नु, तिमीहरुको भाउजु अर्काकी छोरी भएपनी सुशिल छिन, लक्षिनकी छिन, तिमीहरुको भाउजु नभएर तिमीहरुको आमा, दिदी र् साथी जस्तै छिन । उनले देखाएकी राम्रा हरेक बाटोहरुको पदचाप पहिलाउनु । तिमीहरुको खुशीको लागि तिम्रा भाउजुले आमा बाउले जतिकै आफुलाई समर्पित गरेकी छिन । आफुलाई युद्धमा आहुती दिएझैं आफुलाई बली चढाएकी छिन । एउटा अभिभाबकत्व जती निभाउनु पर्ने हो भाउजु बुहारी भएर त्यो भन्दा कयौँ गुणा धेरै कर्तब्य निभाएकी छिन । उनको सँधै सम्मान र इज्जत गर्नु । तिमीहरुले मिलेर बसे लोकलाजले पनि केही भन्न पाउने छैन । नत्र तिमीहरु मिलेर एउटै छानामुनी बस्न सकेनौ भने दुश्मनले ताली बजाउनेछन । भाई फुटे गवाँर लुटे चरितार्थ हुनेछन । त्यसैले एकले अर्कालाई माया सद्भाव र सहयोगी बनेर बस्नु । मेरो धेरै आशिर्बाद रहने छ । माथि आकाशको जून र ताराहरु बनेर तिमीहरुले गरेको हरेक कर्मलाई नियाली रहेको हुनेछु म ।
बुहारी लक्ष्मी जस्तो नाम उस्तै व्यबहार र काम छ तिम्रो । तिमी हाम्रो घरको बुहारी मात्रै होइनौ । तिमी हाम्रो घरको लक्ष्मी हौ । तिमीमा साचिकै भगवान लक्ष्मीले बास गरेकी छिन । तिम्रो हरेक व्यबहारहरु देवताले पालना गरेका कर्म जस्तै लाग्छन मलाई । मलाई ससुरा भएर बुहारी हुनुको आभाष कहिलै दिलाएनौ । सँधै घरको जेठि छोरी जतिकै बनेर यो घरको सारा खुशी समेटेर घरलाइ स्वर्ग जस्तै बनाएकी छ्यौ । आशा छ मेरो बिदाइको समाप्ती पछी पनि तिमीले त्यो कर्म र त्यो भूमिका यो व्यबहार सँधै निभाइरहने छौ भन्ने आशा गरेको छु । अनी एउटा कुरा, तिम्री सासुआमा रातभर खोकी रहन्छिन । उनलाई हरेकदिन जसो थर्मसमा तातो पानी र गिलासमा उनको सिरानी छेउमा राखिदिनु । ताकी तिमीहरु कोही नहुँदा पनि उनी आँफैले पिउन सक्नेछिन । शिरानीमुनी औषधी राख्ने बानी छन उनको सँधै सुत्ने बेलामा उनको शिरानीमुनी हेरेर सुत्नु अगाडि औषधी खुवाइ दिनु । म नभएपनी म नभएको अभाव कहिलै महसुस नगराउनु । उनलाई न्युरोडको मारवाडिको मिठाइ पसलमा बनाएको पेडा र रस्बरिको मिठाइ खुब मन पर्छ । कहिलेकाही ल्याएर थोरै अलिअली गरेर खाना दिनु । धेरै नखुवाउनु है फेरी सुगरले च्याप्छ त्यसलाई । मैले छोडेर गएपछी तिमीहरु टुहुरा जस्तै नहुनु । सन्सारमा कोही पनि कसैको बाउआमा सँधै अजर अमर रहँदैनन । त्यसैले मैले यो धर्ती छोडेपछी तिमीले नै यो घरको संघार सम्हालेर बस्नु । लोकलाई लाज नबनाउनु है बुहारी ! अन्त्यमा तिम्रो शिरमा कर्म दिने बाउको नाताले शुभआशिर्बाद र सँधै सौभाज्ञवती हुनु ।
अन्त्यमा मैले उठाएको कदमबाट मलाई गाली नगर्नू, नरिसाउनु, बस मैले त् तिमीहरुको महानता लाई थेग्न नसकेर मात्रै हो तिमीहरुलाई मेरो कारणले आर्थिक भार नहोस् भनेर यो जिबन त्याग्न तयार भएको । आखिर म बाँच्थे नै कती ? दुनियाँँमा सबैलाई सबै रोग लागेपनी क्यान्सर जस्तो रोग सत्रुलाई पनि नलागोस । यो धेरै जटिल, कठिन र गार्हो बिराम रहेछ । एकातिर उपचार् गरेको बिरामी नबाँच्ने अर्कोतिर धनसम्पत्तिको सबै नाश हुने । त्यसैले आज नभए भोली त म यही रोगको कारण तिमीहरुबाट टाढा त जान छँदैछ । बरु त्यो भन्दा अगाडि म आफै स्वबिबेकले बिदा भएँभने कम्सेकम तिमीहरु आर्थिक संकटमा पर्ने छैनौ । तिमीहरुलाई सहज् हुनेछ । यही सोँचेर हासिखुशी बिदा हुँदैछु । र प्रहरी प्रसानलाई भन्न चाहन्छु । मेरो आत्माहत्याले मेरो परिवारमा कसैलाई केही अफ्ठ्यारो नहोस । कुनैप्रकारको अनुसन्धान वा मानसिक तनाब दिने काम नगरियोस । यो सबै मेरो खुशीले इच्छादहन गरेको हुँँ । कुनैपनी प्रकारको जघन्य रोग लागेको खन्डमा अब आउने नयाँ सरकारले स्वबिबेकले बिरामी वा असक्तले इच्छा मरण गर्न पाउने नियम बनाउनु पर्छ भन्दै जिबनको अन्तिम पाना संगै यो पत्रको पनि अन्त्य गर्न चाहन्छु । र, फेरी पनि तिमीहरु सबैलाई धेरै माया र आशिर्बाद सहित् बिदा हुनचान्छु ।
उही तिमीहरुको बाबा ।
पत्र पड्दा पड्दै सकियो । म लगायत फेरी घरमा भएको सबैमा रुवाइको कारुणिक पोखियो । सबैजना रुएर मन थाम्न गाह्रो भएको थियो । आमाको झन कुरै नगरौँ । पत्र संगै आमालाई सम्हाल्न हम्मेहम्मे परेको थियो । यसरी मेरो जिबनको पहिलो पिडाको सुरुवात भएको थियो । त्यो दिनबाट हामी सबै टुहुरा भएका थियौ । त्यसैले कस्लाई के मन पर्दो होला ? अनी कस्लाई के ! शायद कसैलाई फूल मन पर्छ । कसैलाई प्रेम मन पर्छ । कसैलाई जून मन पर्छ । तर मलाई चै आजभोलि अक्षर हरुको शब्दहरु मन पर्छ । जस्ले मेरो मनलाई सितल बनाउने काम गर्छ ।
रचना- अर्पण योञ्जन "शिरीष"
मिती- ३, नोबेम्बर देखी १०, नोबेम्बर २०२२
No comments:
Post a Comment