भाग-२
बुवाको मृत्यु पछी मनमा
आघात पुगेको जस्तै
भएको थियो मलाई
। नत बाहिर
निस्किएर काममा ध्यान
जान्थ्यो नत घरमै
बस्न मन लाग्थ्यो
। जताहेर्यो त्यतै
सुन्सान, अँध्यारो र सन्नटा
छाएको जस्तै लाग्थ्यो
। घरको कोठाकोठा
के नभएको जस्तो,
के नपुगेको जस्तो
अभाव महसुस हुन्थ्यो
। म मात्रै
हैन घरका प्राय
सबैजना मणी हराएर
लठ्ठिएको सर्प जस्तै
भएका थियौँ । हरेकदिन आमाको रुवाइ
अझै रोकिएको थिएन
। घरको मुली
नभएपछी सन्तान मात्रै
होइन घरपनी टुहुरा
हुनेरहेछ । किचेनको
छेउको कोठाबाट घरिघरी
आउने बाबाको आवाज
बन्द भएको थियो
। बेलाबेला त्यो
कोठाबाट बाबाको आवाज
आएको जस्तो भान
हुन्थ्यो । बाबाले
पानी मागेको जस्तो,
केही बोलेको जस्तो,
केही भन्न खोजेको
जस्तो, केही कराइ
रहेको जस्तो अनुभुती
हुन्थ्यो । बाको
आवाजको झझल्कोले खुब
सताउँथ्यो हामीसबैलाई । आवाज आएकोतिर दगुरेर गयो
तर त्यहाँ सुन्सान
र कालो अँध्यारो
कोठामा छाएको सन्नटा
बाहेक केही हुन्नथ्यो
। बाको काजक्रीया
सकिएपछी काममा फिटिक्क
मन गएको थिएन
। त्यसैले एक
महिनाको छुट्टी लिएर
घरमै बसेर मन र मस्तिस्कलाई
हलुका बनाउन कोशीस
गरेँ । अफिसबाट
बिदा पनि मिल्यो,
तर हरेकदिन कुनै
अदृश्य वस्तुले थिचेको
जस्तो शिर भारी
हुन्थ्यो । मन
किनकिन चैनमा थिएन
। त्यसैले साँझ
परेपछी घरको बार्दलिमा
गएर अँध्यारोमा टोलाएर
बलेको बत्तिहरुको झिलिमिली
टोलाउनु मेरो दैनिकी
भएको थियो । हरेक साँझ
बार्दलिमा बसेर सडकको
बत्तिहरु नियाल्दै सोँच्थेँ, सुर्यलाई
फन्को लगाउने पृथिबीको
चक्र जस्तै जिन्दगी
भनेको छुट्टीदै जाने
चक्र न रहेछ । अरुहरु
संग छुटे अतित,
आफैसंग छुटे अन्त्य
। हो बाबा बित्नु भएपछी
वहाँँ आफ्नै लागि
अन्त्य भएको थियो
भने हाम्रो लागि
हिजो, आज र भोली गर्दै
अतित बन्दै हुनुहुन्थ्यो
।
बाबा बित्नु भएपछी
मलाई अझ थाहा भयो कि
आफ्नो बाउ आमा र अबिभाबक
भनेको के हुन भनेर ।
जब मलाई बार्दलिको
त्यो एकान्तको रात
संगको एक्लोपनमा थाहा
भयो सुकिलो तन्नामा
पनि निदाउन कठिन्
हुँदोरहेछ । किनकी
! मान्छेको अक्सर जुन
चिज सकिँदै वा
छुटिँदै जान्छ उसैको
महत्व बढी हुँदोरहेछ
। शायद त्यसैले
होला चिसिदै जाने
त्यो हरेक रातमा
मलाई बा,कै झझल्कोले सताउँथ्यो ।
बार्दलिमा बसेर आकाश
माथिको जून नियाली
रहँदा मेरो वरिपरी
बा, आएर मेरो
कुममा हात राखेको
जस्तै अनुभुती हुन्थ्यो
। यतिबिघ्न आफुलाई
मैले यस अघी कहिलै कम्जोर
र एक्लो महसुस
गरिन जती बाबा
बित्नुभएपछी संसार सुन्य
भएको थाहा पाएँ
। त्यसैले भन्छु
तपाईंसंग भएको आफ्नो
आफन्तको ख्याल र महत्व जिउँदो
छँदै बुझ्ने गर्नुहोस,
नत्र यो सन्सारबाट
बिदा भएपछी माया
गर्नु वा याद गर्नु भनेको
केवल मिथ्या मात्रै
हुन जुन भौतिक
सुख होइनन आँफैमा
पिडा मात्रै हो
पस्चातापको । त्यसैले
आफन्त गुमाएपछिको घाउहरुका
पिडाहरु जिन्दगीका गहना
हुन, जहाँनेर दुख्छ
त्यहीँ मात्रै महसुस
हुन्छ जिन्दगी ।
अन्यथा हामी त छायाँ हौँ
जुन पिडाको कुनै
अनुहार हुँदैनन ।
थाहाछ, मान्छेको जिबनको
मृत्यु अबस्यमभावी छ
तर पनि मान्छे
भौतिक सुखकोको खोजिमा
हरेक बिहान देखी
आधारात सम्म दौडिरहन्छ
। मान्छेलाई न
प्रेमले बाँधेर राख्न
सक्छ, नत मायाले
नै । जबसम्म
जिबन र एक मुठी श्वास
रहन्छ तबसम्म आफन्तको
महत्व र प्रेम माया भुलेर
ऊ भौतिक सुखको
बिलासिताकै खोजिमा रहन्छ
र अन्त्यमा त्यस
सुखको अन्तिम बिन्दु
नभेटेरै रित्तिएर जान्छ,
सकिएर जान्छ, निमिट्यान्न
भएर जान्छ समग्रमा
इहलीला समाप्त भएर
चितामा जलेर जान्छ
जसरी सबै गएकाछन
। तैपनी मान्छेमा
छलकपट, घमण्ड, अहंता,
रिसराग, इर्श्या डाहा
लोभलालच सबै बोकेरै
जिउँछ मान्छे जिउँदो
हुँदासम्म ।
आजभोलि मलाई दिन
भन्दा रात प्यारो
लाग्न थालेको छ
। दिनमा म शुन्य हुन्छु
भने रातमा जून
र तारहरु मेरा
साथी बन्न थालेकाछन्
। दिनको कोलाहल
भिडभाडा भन्दा रातको
शहरको चकमन्नता आफ्नो
लाग्न थालेकोछ ।
साँझको जुनेली र
मध्यरातको लाटोकोशेरोको एकोहोरो कुहु-कुहु गर्ने
मनै बिगार्ने आवाज
प्रेमिल लाग्न थालेकोछ
। त्यसैले आजभोलि
म र मेरो घरको बार्दली
एक आपसमा मित्र
भएका छौँ । हामी दुबैमा
मितेरी साईनो गाँसिएको
छ जसरी रात
सँग अँध्यारोको सम्बन्ध
गासिएको हुन्छ । बाको अन्त्य
पछी हरेक साँझ
बार्दलिमा आएर चुरोटको
खिल्ली अनी मेरो
दोस्ती बड्न थालेको
थियो । अनी त्यो चुरोटको
धुवाँ संग पनि । यसरी
प्रत्येक् रात त्यहाँबसेर
मेरो रात बित्न
थालेको थियो । यतिकैमा अचानक बेलुकी
नौ बजेतिर मेरो
गोजिमा भएको फोनको
घन्टी बज्यो । निकालेर हेरे, फोन
आश्रमबाट आएकोरहेछ । मैले फोन रिसिभ
गर्दै हेलो के भयो भने
। लगत्तै उताबाट
आवाज आयो, सर अस्ती हजुरले
ल्याउनु भएको छोरी
मान्छे त यहाँँ ल्याए देखिको
कुनै केही खानै
मान्दैन । हजुरले
आश्रममा छोडेर जानुभएदेखी
अरु बिरामीले जस्तो
नत कपाल काट्न
दिएकोछ नत लुगा फेर्न नै
मान्छ, केही गर्नै
मान्दैन । केही गर्न खोज्योकी
हामीलाई नै मार्ला
झै गरेर झम्टिएर
केही गर्नै दिदैन
। मिल्छ भने
हजुर भोली एकपल्ट
आउनुहुन्छ कि ! फोन
रिसिभ गरेको केहीबेरसम्म
उताबाट आश्रमको स्वयमसेवक
कर्मचारी थियो जो
लगतार बोलिरहेको थियो
म निरन्तर सुनी
मात्रै रहेको थिएँ
। त्यसपछी उस्ले
बोलिसकेर मैले भोली
आउँछु भनेर गूड्
नाइट पनि नभनी
कल काटिदिएँ ।
र, रातको करिब्
बार्ह बजेतिर मात्रै
तल रुममा ओर्लिएर
सुत्न गएँ ।
एक महिनाको बिदा लिएको
भएपनी बिदा लिएको
आठारौं दिनको भोलिपल्ट
बिहान खाना खाएर
आठ बजेनै अफिस
पुगेँ । अफिस पुग्दा कर्मचारी
जती सबैजना आ-आफ्नै काममा
ब्यस्त थिए । कोही खाना
बनाउनमा ब्यस्त थिए
भने कोही असक्तहरुको
नुहाइ-धुवाइ सरसफाइमा
ब्यस्त थिए । कोही औषधी
खुवाउनमा ब्यस्त थिए
भने कोही रुमको
सरसफाइमा ब्यस्त थिए
। आश्रममा राखिएका
ति असक्तहरु पनि
कोही घाम ताप्दै
थिए । कोही टोलाएर बसिरहेका
थिए भने कोही
आपसमा गफिदै बसेका
थिए । यतिकैमा
हिजो बेलुकी मलाई
फोन लगाउने आश्रमको
कम्पाउन्डर भाई सर
नमस्कार भन्दै अगाडिपट्टी
झुल्कियो । मैले
नमस्कार भाई भन्दै
अभिबादन फर्काएँ ।
त्यसपछी म नहुँदाको
सबै कार्य प्रगती
र बिबरणहरु बताएर
सबै कामको रिपोर्टहरु
बुझायो । त्यसपछी
मैले गएरातिको कलको
बारेमा सोद्धै भने,
अनी केभयो नयाँ
पाहुनाको बारेमा ? किन कल गर्नुभएको ? मेरो सोधाईपछी
कम्पाउन्डर फेरी बोल्यो
। सर हजुरले
ल्याउनु भएकी त्यो
केटी त न खाना खान्छे,
न नुहाउन मान्छे,
नत कपाल काट्न
नै दिन्छे, अहिलेसम्म
त्यस्तै अवस्थामा छ
। हामीले जती
कोशीस गर्दा पनि
सकेनौ । त्यसैले
हजुरलाई कल गरेको
थिएँ । त्यसपछी
उनको कुरा सुनिसकेर
अहिले उनी कहाँ
बसेकी छिन् भनेर
सोधे । खै यतै कतै
होला, कम्पाउन्डर भाईले
उत्तर दियो । त्यसपछी कहाँ बसेकी
छिन् भनेर खोज्दै
गयौँ । कतै भेटिएन ।
फेरी उनलाई राखिएको
रुममा गएर हेर्यौँ
त्यहाँ पनि थिएन
। त्यसपछी कम्पाउन्डर
भाई अलिक डराएको
भावमा अन्य स्टाफलाई
पनि बोलाएर भवनको
चारैतिर खोज्न थाल्यो
। म भने भवनको माथिल्लो
तल्लामा मेरो अफिस
भएकोतिर अगाडि लम्किएँ
। भवनको माथिल्लो
तलाको सिँडिमा के
उक्लिन मात्रै लागेको
थिएँ यतिकैमा सिँडिको
मुनिबाट भुइमा बलौटे
सुकेको माटोमा हातको
औँलाहरुले त्यतिकै केके कोरेर
बसिरहेकी रहेछिन ।
मैले झट्ट देखिहालेँ
। त्यो दिन
पोखराबाट रातिको समयमा
मैले भेटेर ल्याउँदा
जस्तो अवस्थामा थीन,
त्यस्तै अवस्थामा रहेछ
। नत कपाल काटेको छ,
नत नुहाएको छ,
नत लुगाफाटो फेरेर
हेर्न हुने बनाएको
छ । अहिले पनि बिल्कुलै
उस्तै थियो । जुनदिन् मैले भेट्दा
धुलोमैलोले गाँठो परेको
जिंरिङ्ग कपाल, कालो,
मैलो, बादलले डम्म
ढाकेको जस्तो अँध्यारो
अनुहार, कलेटी परेको
ओँठ, चमक हराएको
आँखाको ज्योति, जुन
अवस्थामा भेटेर ल्याएको
थिएँ त्यही अवस्थाको
कालो मैलो घुर्मैलो
बनिसकेको फाटेको जडौरी
जस्तो सरिरको लुगा
अहिले पनि उस्तै
र त्यही अवस्थामा
रहेछिन । त्यसपछी
म माथि अफिसतर्फ
जान छोडेर तिनी
बसेको ठाउँतिर लम्किदै
कम्पाउन्डर भाई भिमलाई
बोलाएँ । भिम र अन्य
स्टाफ पनि तुरुन्तै
हाजिर भैहाले ।
सबैले मिलेर त्यहाँबाट
उठाएर भवनको मुख्य
आँगन पट्टी लान
खोजे । तर उनी त्यहाँबाट
उठ्न मानिन । सबैले हातको
पाखुरिमा समातेर जबर्जस्ती
उठाएर लान खोज्दा
पनि त्यहाँबाट उठ्न
नमानेपछी म उनको
नजिकै गएर बिस्तारै
सानो स्वरमा भने
। यिनिहरु सबै
असल र राम्रा
मान्छे हुन । तिमीले सोचेको
जस्तो नराम्रो खराब
मान्छे यहाँ कोहिपनी
छैनन । तिम्रो
शरीर भरी फोहोर
मैला जमेर गनाएको
छ । यसरी बस्यो भने
बिरामी भैन्छ, बिरामी
भैयो भने आफैलाइ
कस्ट हुन्छ, दुख्छ
। त्यसैले उनिहरुले
तिमीलाई नुहाएर नयाँ
लुगा दिनेछन, कपाल
काटेर सुन्दर राम्री
चिटिक्क बनाउनेछन ।
मिठो खाना खुवाउने
छ ।
मैले यती भनिरहँदा
उनी केही सुनेको
झैँ, केही बुझेको
झैँ र केही भन्न खोजेको
झैँ गरेर एकोहोरो
टोलाएर मेरो अनुहारमा
मात्रै टोलाई रहिन
। त्यसपछी पुन
मैले उनको हातको
नारिमा समातेर बिस्तारै
उठाउन खोजेँ । मैले उठाउन
खोजेको मात्रै के
थिएँ उनी जुरुक्क
उठिन र हामी संगै हिंड्न
लागिन । त्यसपछी
आँगनको अगाडि पट्टिको
खुला चौरमा लगेर
बिहानको पारीलो घाम
लागेको ठाउँमा बसाएर
कपाल काट्नलाई तयार
गरियो । यतिकैमा
मलाई अचानक उनको
त्यो अवस्थाको स्वरुप
बिगारेर कपाल काट्नु
अगाडि उनको तस्बिर
कैद गर्न मन लाग्यो ।
मैले मेरो अफिसबाट
क्यामेर ल्याउन भने
। आश्रमकै एकजना
कर्मचारीले तुरुन्तै क्यामेरा लिएर
आइहाल्यो । त्यसपछी
मैले उनको तस्बिर
खिच्न लागेको थिएँ
। उनी रिसाएको
भावमा भुँईतिर फर्किएर
शिर झुकाएर बसिन
। मैले फेरी
उनलाई राम्री बनाउन
लागेको भन्दै फकाउदै
म तिर हेर्नभने
। त्यसपछी उनले
कुरा बुझे झैँ
गरेर म तिर फर्किएर एकोहोरो टोलाएर
हेरिन । मानौ उनको त्यो
टोलाइमा केही भन्न
चाहन्थिन तर भन्न
सकिनन वा भन्न चाहिनन ।
तर मैलेभने त्यही
समय दुइतिन वटा
तस्बिर कैद गर्न
सफल भैहाले ।
आज पनि उनको
त्यो तस्बिर म
सँग सुरक्षित छ
। हेर्छु उनको
त्यो अनुहार र
त्यो आकृतिमा पिडा
झल्किएको देख्छु ।
कतै दुखेको देख्छु
। कस्ले कसरी
र किन यस्तो
अवस्थामा ल्याइ पुरायो
वा आफै कसरी
यो अवस्थामा आइपुगिन
? तस्बिर लिने बेलामा
एकटकले नियाली रहेको
अनुहारमा झल्किएको तस्बिरले उनी
ठुलै समस्यामा थिईन
। केही भन्न
खोजे झैँ तर भन्न सकिरहेकी
थिनन । उनको तस्बिर हेरेर
यही लख काट्न
सकिन्थ्यो ।
जसोतसो फकाएर कपाल
त काटियो ।
फेरी नुहाउने बेलामा
पानी देख्ने बित्तिकै
नुहाइ दिने मान्छेको
हातमा चिथोरेर भाग्न
खोजिन । त्यसपछी
फेरी म आफै गएर नुहाउनुपर्छ,
राम्री हुनुपर्छ, तिमीलाई
सबैले माया गर्छन्
। तिमी नुहायौ
भने तिमीलाई सबैले
चकलेट दिनेछन, नुहाउनु
पर्छ है भनेर आफुले जन्म
दिएको सन्तानलाई सुम्सुमाएर
फकाए जस्तै फकाएँ
। त्यसपछी महिला
कर्मचारीले पुन नुहाउनलाई
बाथरुम तर्फ लिएर
गए । यो पल्ट पनि
उनले कुरा बुझे
झैँ गरेर चुपचाप्
नुहाउन भित्र छिरिन
। नुहाइसकेर लुगा
फेरिदिएर बाहिर निकालेर
फेरी बिल्डिङ्गको अगाडिपट्टिको
पिँडिमा घाम आएको
तिर ल्याएर राखे
। म सबै दृश्य नियाली
रहेको थिएँ । त्यो दिन
राती मैले उनलाई
टिपेर ल्याएकोले मलाई
चिन्थिन वा मलाई भरोसा गर्थिन
मेरो कुरामा, वा
मैले जेजे भन्यो
त्यही त्यही मान्नु
एउटा सम्योग मात्रै
थियो, के थियो थाहा भएन
। तर उनी अरुले सरसफाइ
र छुन खोज्दा
मान्दिन थीन तर मैले उनको
नजिकै गएर भनेपछी
खुरुक्क मान्थिन ।
अहिले भने अघी
हेर्दाहेर्दैको गनाउने मान्छे
नुहाएर कपाल काटेर
नयाँ लुगा लगाइ
दिएपछी कती भर्खरको
कलिलो मुना झै चिटिक्क परेको सुन्दर
देखिएकी थीन । सानी कालि-काली रंगको,
पातली खिरिलो, कपाल
मुन्डन गरेर कुनै
अंग्रेजी मोडलको जस्तै
सुन्दर बनावट देखिएको
थियो । मधुरा देखिएका आँखा ठुला
तर निली रंगको
सुन्दर देखिएकी थिन
। त्यसपछी सरसफाइ
सकिएसंगै उनको बोलाउने
एउटा नाम राख्ने
भन्ने कुरा भयो
। हुनत आश्रममा
ल्याएपछी सबैलाई बोलाउनलाई
र उनिहरु केहुन
? को हुन भनेर
आफैलाइ चिनाउनको लागि
हरेकलाई एउटा नाम
दिएर बोलाउने चलन
छ । त्यसैले
उनलाई पनि अनेकौ
नाम दिए । कसैले पुकुली
भने । कसैले काली भने
। कसैले कान्छी
भने । सबैले आ-आफ्नो
मन पसन्दको नाम
राखिदिए । तर मलाई भने
किनकिन सबैले राखी
दिएको ति सबै नामहरु मन
परेको थिएन । म भने
एउटा अलग्गै फरक
किसिमको युनिक नाम
दिन चाहन्थे उनलाई
। यतिकैमा निकैबेर
सोचेर मैले उनको
अर्को नयाँँ नामको
न्वारन गरिदिएँ कन्चन
! सबैले आहा कस्तो
राम्रो नाम, ल अब देखी
उनलाई यही नामले
पुकारेर बोलाउने भनेर
सहि थपे । त्यसपछी हिजो उनी
को थिन तर आजदेखी उनको
नयाँ रुप सँगै
नयाँ नाम पनि पाएर आजबाट
कन्चन् बनेकी थिन
उनी ।
कपाल काट्ने र सरसफाइको
काम त सकियो । तर उनको शरीर र अनुहार भरी घाऊ नै घाऊले डम्म ढाकेको थियो । त्यत्रो
नुहाइसकेर पनि उनको शरीरबाट खपिनसक्नु गन्ध अहिले पनि आइरहेको थियो । जताततै पिपै पिपका
पोराहरु देखिन्थे । त्यसैले सरसफाइ सकिएपछी उनको सम्पूर्ण मेडिकल चेकअप गराउनलाई हस्पिटल
लिएर गैइयो । सुरुमा जेनरल फिजिसियन लाई देखाएपछी उनको नबोल्ने आदत र कुनै मानसिक अवस्था
ठीक भएको नभएको कुराहरुको परिक्षण भयो । त्यसपछी डक्टरले सरिरको घाउहरुको लागि औषधी
लेखिदिएर बाँकी मनोचिकित्सकलाई देखाउन सल्लाह दिएर हामी कन्चनलाइ लिएर फेरी आश्रम तर्फ
फर्कियौँ । त्यो दिन दिनभरी उनलाई फकाउँदा र उनको सरसफाइ सकेर हस्पिटल लगेर जेनरल फिजिसियन
लाई देखाउँदैमा समय बितेको थियो । त्यसपछी कन्चनलाई आश्रम पुराएर त्यो दिन रात परिसकेको
हुनाले आश्रमबाट म हतारहतार घर फर्किएँ ।
भोलिपल्ट बिहान सबेरै
उठेर घरमा चिया-कफी पनि नपिइकन म सात बजेनै सरासर आश्रम तर्फ लागे । आश्रम पुग्दा सबैजना
चिया कफी र नास्ता खाँदै थिए । बिहानको सरसफाइ र आश्रममा राखिएका असक्त मान्छेहरुको
रेखदेख र औषधी खुवाउने काम भैइरहेको थियो । म पनि आश्रमकै क्यान्टिनमा गएर एउटा कालो
नेस कफी आफ्नो कपमा राखेर माथिल्लो तल्लामा रहेको मेरो अफिस तर्फ लागेँ । कफी पिउँदै
टेबलुमा राखिएको ल्यापटप खोल्दै ईमेलहरु चेकअप गर्न लागेँ । केही प्राइभेट र केही अफिसियल
मेलहरु आएका रहेछन । मेल चेक गर्दै गएँ, सबैभन्दा पहिले अफिसको मेलहरु सेलेक्ट गर्दै
पढेँ । कती मेलहरु जवाफ फर्काउनु पर्ने खालका थिए भने कती मेलहरु मेरो जानकारीको लागि
मात्रै for your kind info. मात्रै लेखिएको मेलहरु थिए, जस्लाई रिप्लाई गर्नु पर्थेन
। अफिसियल मेलहरुकै लाइनमा एकदिन अगाडि मात्रै अफिसकै अर्को एउटा पनि मेल आएको रहेछ
। जुन मैले केहीदिन देखी मेल चेक् नगरेको हुनाले थाहै पाएको थिन । आज अफिस आएपछी मात्र
बल्ल देखेको थिएँ । त्यसपछी मेल खोलेर हेरेँ, मेल मानब अधिकार सचेतना तथा बिकास केन्द्र
(हुराडेक) नेपाल दोलाखाको रहेछ । २०७३ फाल्गुन ०९ र १० मा हुनगैरहेको दुई दिने क्षमता
अभिवृद्धी तालिममा सहायक प्रशिक्षक को भूमिका निभाइदिनुहुन भन्ने बेहोराको मेल रहेछ
। त्यसपछी सस्थाको कोको रि-प्रेजेन्टेटिभहरु सहभागी रहेछन भनेर मेलको अन्त्यसम्म हेरेँ
। सेभ द चिल्ड्रेन जिल्ला प्रबन्धक दोलाखाको प्रोजेक्ट प्रमुख मनोहर तिम्सिना, हुराडेक
नेपाल दोलाखाको अध्यक्ष अश्विनि अधिकारी, प्रमुख प्रशिक्षक नबिनराज बस्नेत उप-निर्देशक
तथा अनुसन्धान प्रमुख राष्ट्रिय मानब अधिकार आयोग र काठमान्डौ प्रतिनिधि अभी घिमिरे
लेखेकेको रहेछ । यदी कार्यक्रममा भाग लिन सक्ने नसक्ने जानकारी ईमेल प्राप्त भएलगत्तै
जवाफ दिन लेखिएको रहेछ । त्यसैमुताबिक् कार्यक्रममा उपस्थित हुनसक्ने जानकारी दिँदै
मेलको जवाफ फर्काएँ ।
अफिसियल मेलको जवाफहरु
फर्काइसकेर फेरी साथीभाइ र आफन्तको मेलहरु चेक् गरेँ । हुनत आजभोलिको जमनामा छिनभरमा
केछ ? कसोछ ? सञ्चो सुविस्ताको खबरहरु सेकेन्ड भरमा आदानप्रदान हुन्छन । उस्तै बिशेष
खास हतारो परे फोन कल गरेरै कुरा गर्न सकिने जमना पनि छ । तैपनी मेसेन्जर, व्हाटस एप,
भाईबरको प्रयोग हुनु अगाडि देखिनै बिदेशतिर केही टाढा रहेको साथीहरु र आफन्तको खबरहरु
मेल मार्फत नै गर्दै आएका थियौँ । यस्तैमा मेलहरुकै अर्को लाइनमा अस्ट्रेलिया देखी
मेरो कलेज पड्दाको एउटा पुरानो साथीले पनि मेल गरेको रहेछ । त्रीचन्द्र कलेजको आइएसी
र बिएसी पड्दा सम्मको संगै पढेका साथी थियौँ हामी । बिएसी सकेर म युनिसेफ नेपालको जागिर
खान थाले भने उनी चै डक्टर पढ्ने भनेर अस्ट्रेलिया तिर हानिएकी थिन । म यता जागिरे
जिबन र उनी उता गएर विद्यार्थी जिबन बिताउन थालेपछी हाम्रो खासै कुरा भएको थिएन । हामी
दुबैको बिचमा कहिलेकाही मेसेजमै केछ कसो छ को खबर भन्दा लामो कुराकानी भने गर्नै भ्याएका
थिएनौं । म आफ्नै दुनियाँँमा घर व्यबहार र जागिरकै दौरानमा कहिले कता त कहिले कता गर्दै
ब्यस्त हुनथालेँ भने उनी पनि उता गएपछी आफ्नो पढाई र क्यारियरको लागि ब्यस्त बनेकी
थिन । उमेर बड्दै जाँदा मान्छेको जिम्मेवारी र व्यबहार पनि बड्दै जाँदोरहेछ । शायद
त्यसैले अक्कलझुक्कल मा बाहेक हाम्रो संपर्क पातलिनु थालेको थियो । हाम्रो गफगाफ पातलिनु
मात्रै होइन हामी बिचमा कुराकानी नभएको र कुनै ईमेल आदाप्रदान नभएको झन्डै तीन बर्ष
पुगिसकेको थियो । यस्तैमा आज ति इमेलहरुको पंतिका उनको पनि ईमेल थियो । त्यसपछी मैले
यतिका दिनपछी कहाबाट कसरी सम्झेछिन भनेर उत्सुक हुँदै ईमेल खोलेर पढ्न थालेँ । सानो
छोटो ईमेलमा लेखिएको थियो ।
अभी धेरै सम्झना तिमीलाई
!
ओई चिन्यौ के मलाई ?
शायद भुली सक्यौ होला है तिमीले ? नभुल्नु पनि कसरी ? हाम्रो भेट नभएकै चार पाँच बर्षनै
भैसकेछ यार । अबत भुल्यौ पनि होला, साँच्चिकै बिरानो भयौ होला है ? तर धेरै सम्झेको
छु यार । बरु तिमीले पो सम्झिनै छोड्यौ । न कुनै मेल न कुनै मेसेज न कुनै कल न कुनै
खोजखबर साँचिकै हामी दुबैमा बेखबर भयौ है अभी यो बिचमा ?।
यो भन्दा अगाडि नै तिमीलाई
संपर्क गर्न खोजेको थिएँ अभी । तर तिमीलाई भनेको समयमा संपर्क गर्न सकिन । त्यसको लागि
एउटा साथीको नाताले माफि दिन्छौ भन्ने आशा गरेको छु । तिमीलाई त थाहैछ अभी, बिदेशमा
पढ्न त्यती सजिलो छैन । आफै कमाउनु, आफै पढ्ने खर्च जुटाउनु, त्यही भित्रबाट खाना बस्न
ट्रभल सबैको खर्च आफैले आफ्नो कामबाट जुटाउनुपर्छ । त्यसैले कलेज सकिएपछी फ्रीजमा राखेको
चिसो खाना प्लास्टिकको टिफिनमा राखेर झोलामा बोकेर दैनिक रातदिन नभनी खटिनुपर्छ । त्यती
गर्दा पनि कहिलेकाही त कलेजको फि तिर्नै धौ-धौ पर्छ । कलेजको फि पनि केके हो के, कहिले
इन्ट्रान्स भनेको छ, कहिले सेमिनार भनेको छ, कहिले एक्जामिनेसन भनेको छ, कहिले लाइब्रेरी
भनेको छ, कहिले ल्याब टेस्ट भनेको छ, अनेक बाहानामा कमाएको पैसाले कलेजमै फि तिर्दा-तिर्दा
हैरान हुन्छु । तिमीलाई त थाहैछ म नेपालमै पनि पढ्नको लागि परिवारको सहयोगले नसकेर
कहिलेकाही तिमी र अन्य साथीहरुको धेरैको सहयोग लिएको छु । अनी नेपाल छोडेर अस्ट्रेलिया
आएपछी स्वार्थी भयो कुनै कल कन्ट्याक्ट गरेन भनेर नभन है ! किनकी म तिमीलाई राम्ररी
चिन्छु अभी जुन तिमी मात्रै यस्तो साथी हौ जो जिबनमा म कहिलै बिर्सन सक्दिन त्यो तिमी
मात्रै हौ । त्यसैले पनि तिमीले मलाई नजिकबाट बुझ्छौ भन्ने लागेकोछ । बिदेश पढ्न आउँदाको
तिम्रो सहयोग पनि कमको छैन अभी । तिमीले मेरो भबिश्यको लागि मेरो डक्टर बन्ने सपनामा
कती ठुलो गुन लगाएकोछौ । तिमीले आफु चढ्ने बाइक, तिम्रो सिक्री, औँठी बेचेर र लक्ष्मीले लुकाएर राखेको आफ्नो निजी पैसा जुटाएर
मेरो भबिश्यको निम्ती ठुलो लगानी गरेको छौ यार । त्यो तिमीहरु दुइको गुन न तिरेर सक्छु,
न कुनै शब्दले धन्यवाद भन्न सक्छु । सिर्फ तिमीहरुले गरेको त्यो सहयोगलाइ कलियुगको
सुधामा र कृष्णको जस्तै मित्रताको नाम दिन चाहन्छु । अभी, साँचिकै हृदय देखी भन्नुपर्दा
तिमी र लक्ष्मी मेरो लागि मित्रता भन्दा धेरै अभिभाबक हौ र लाग्छ पनि । नत्र त मेरो
परिवारकै हैसियतले मात्रै त म कहाँ यहाँँसम्म आएर पढ्न सक्थेँ र ?।
सर्लाहीबाट कक्षा बार्हको
परिक्षा सकिएपछी डक्टर पढ्छु भन्ने रहरले गाँजेको थियो मलाई । हुनत मेरो पढाई पनि सानैदेखी
राम्रै थियो । स्कुलमा सँधै प्रथम र दोश्रो हुँदै सकाएँ । त्यसपछी सर्लाहीकै चतुर्भुजेश्वर्
जनता मल्टिपल क्याम्पस सुखेपोखरी हरिवनबाट कक्षा एघार र बार्हको परिक्षाको रिजल्ट आउँदा
पनि प्रथम श्रेणिमै पास गरेको थिएँ । कलेजका साथीहरु र गुरुहरुले पनि सबैले डक्टर पढ
भनेर सल्लाह दिनुहुन्थ्यो । तर भित्री इच्छा डक्टर पढ्ने भएपनी परिवारकाले त्यत्रा
पैसा खर्च गरेर पढाउने हिम्मत थिएन । भएको त्यही आँठोपाँजो खेतबारी र सर्लाही बजार
चोकको सानो घर र घडेरी बाहेक केही थिएन । हुनत मेरो डक्टर पढ्ने सपनाको लागि मेरो बाबा
आमाको सबैभन्दा ठुलो योगदान छ । हामीहरु तराइ मधेशी मुलका त्यसमाथी पनि हामीहरु मुस्लिम
परिवारबाट यतिधेरै पढ्नु र अझ डक्टरै पढ्नु वा पढ्नलाई बिदेशै जानत झन कम चुनौतिको
थिएन । समाजमा मुस्लिम परिवारको छोरीले बाहिर गएर पढ्यो भनेर बिरोध र कुरा काट्थ्यो
। जुन कुराले बाउ आमालाई पनि मानसिक तनाब त थपिन्थ्यो नै । तैपनी समाजको वास्ता नगरि
बाबाले डक्टर पढाउन नसकेपनी साइन्स पढाउने हिम्मत गरेर मलाई काठमान्डौ स्थित आफन्तको
घरमा बसेर पढ्नको लागि बातवरण तयार गरिदिनु भएको थियो । त्यसपछी जसरी काठमान्डौ आएर
साइन्स पढ्न थालेँ त्यहिबेला तिमी र लक्ष्मी जस्तो असल साथीहरु पाएर मेरो पढाई र पढ्ने
रहरमा झन उर्जा र हौसला थपिएको थियो । तिमीहरुकै कारणले डक्टर बन्ने इच्छा त्यागेर
तिमीहरु संगै आइएसी र बिएसी सकाएँ । तर त्यतिले मात्रै मेरो डक्टर पढ्ने इच्छामा ब्रेक
लागेन । अन्त्यमा एकदिन डक्टर पढ्न अस्ट्रेलिया पढ्न जाने रहर छ भनेर तिमी र लक्ष्मीलाई
सुनाउँदा मेरो जिबनको अर्को खुट्किलोको दोश्रो योजना त्यही बुनिएको थियो । जसमा तिमी
र लक्ष्मी अबिभावक जस्तै बनेका थियौ त्योबेला । आखिरमा तिमीहरुको सल्लाह र आँट भरोसाले
गर्दा त्यही दिनको एउटै निर्णयले आज MBBS सकेर डक्टरको पहिलो खुट्किलो पार गरेको छु
। यो तिमीहरुकै देन हो अभी ।
त्रीचन्द्र कलेजमा पड्दा
हाम्रो ब्याजको तिमी सबै भन्दा जान्ने, हरेक सेमिस्टारमा तिमी प्रथम हुन्थ्यौ । कलेजको
दिनमा आइएसी र बिएसी सँगै पड्दा तिमी हरेक सेमिस्टारमा प्रथम हुन्थ्यौ । म तिमीलाई
टप्न रातदिन गरेर पड्थे । तर पनि जब सेमिस्टारको रिजल्ट आउँथ्यो तिम्रै नाम पहिलो प्रथम
श्रेणिमा हुन्थ्यो भने मेरो दोश्रो र तेस्रो श्रेणिमा लक्ष्मीको हुन्थ्यो । लक्ष्मी
पनि भन्थिन, ओई मत सक्दिन अभिलाई जित्न । त चै दरो गरेर पढ है त्यस्लाई जित्न दिनुहुन्न
भन्थिन । साँचिकै कती रमाइलो थियो है त्यो केलजको दिन पनि । लक्ष्मी र तिमी त्यहीको
रैथाने बासिन्दा म बाहिर बाट आएको तराइबासी, मैले थारु मैथिली, भोजपुरी र अवधी भाषा
मिसाएर नेपाली बोल्दा तिमीहरु मलाई खुब जिस्काउथ्यौ है ? तिमीहरुले त्यसरी जिस्काउदा
कहिलेकाही धेरै माया अनुभुती गर्थे तिमीहरुबाट भने कहिलेकाही चै तिमीहरुले मेरो बेइज्जत
गरेको जस्तो नमिठो लाग्थ्यो यार । तर आजभोलि सम्झन्छु त्यो बेलाको समय भनेको साचिकै
रमाइलो रहेछ । मित्रताको चोखो सितल सफा सम्बन्ध रहेछ यार । त्यस्तो मित्रता, त्यस्तो
साथी, त्यस्तो समय र त्यो कलेज् दिन अब कहाँ पाईन्छ र यार ? साँचिकै ति दिनहरुको खुब
याद आउँछ । तिमीहरु सबैलाई खुब मिस गरेकी हुन्छु यार अभी ।
यो बितेको बिचमा यतिका
बर्ष तिमी र लक्ष्मीलाई संपर्क गर्न नखोजेको हैन । तर म यता आएपछी मेरो ईमेल आइडी ह्याक
भएर ब्लक नै भयो । त्यसपछी ईमेल नै कती महिना सम्म चलाइन मैले । फोन संपर्क गर्नलाई
यहाँँदेखी महंगो हुने । गरौँ पैसा पनि थिएन त्योबेला । यता आइसकेपछी कसरी पढौँ ? कसरी
खर्च जुटाउँ भन्दैमा दिनरात बित्न थाल्यो । पछी मैले पढ्ने कलेज University of
Sydney School of Medicine, Anderson Stuart Building, Camperdown NSW 2050 धाउनलाई
Beverly Hills, New South Wales 2209, बाट दैनिक एक घण्टा जती लाग्ने भएपछी निक्कै
गाह्रो भएर म कलेजकै आसपास सर्नु पर्यो भनेर Glebe point road को पछाडिपट्टी
Sappho Books, Cafe & Bar store को बिल्डिङमा सरेपछी मोबाइल पनि हरायो । त्यसपछी
त झन तिमीहरुसंग संपर्क बिहिन नै हुनपुगेँ । त्यसपछी पनि तिमीहरुलाई अनेकतरिकाले खोज्ने
कोशीस गरेँ । त्रीचन्द्र कलेज समयमा हामीहरु पड्दा फेसबुकको जमना आइसकेको भएपनी हामी
तिनैजनाले चलाऊदैनथ्यौँ । तैपनी फेसबुकमा भेट्छुकी भनेर फेसबुकको आइडी बनाएर तिमीहरुलाई
खुब खोजेँ । कती सर्च गरेँ । तर कती कोशीस गर्दा पनि तिमीहरुलाई भेटिन । त्यसपछी मनमा
एक न एक दिन त फेला पार्छु भनेर सोँचिरहेको थिएँ । तर पनि कतै केही नामो-निशाना केही
पाउन सकिन । अन्तमा गएको हप्ता केही पुराना बुक र नमिलेका सामानहरु मिलाउन पर्यो भनेर
रुममा मिलाउँदै थिएँ । त्यतिकैमा एउटा टेलिफोन डायरी जस्तै फेला पर्यो । हेरेँ, त्यो
नेपाल छँदाकै कलेज दिनको डायरी रहेछ । पल्टाउँदैजाँदा धेरै साथीहरुको फोन नम्बर, ठेगाना
र ईमेलहरु भेटएँ । जस्मा तिमीहरुको पनि भेट्छुकी भनेर हतारिँदै खोजेँ । नभन्दै दुबैको
ईमेल र फोन नम्बर त भेटएँ । तर हतार हतार गरेर भेटएको त्यो नम्बरमा पटक-पटक कल संपर्क
गरेँ दुबैलाइ । तर कल फिटिक्क लागेन । त्यसपछी अन्तिम आशा मानेर तिमीहरु दुबैलाइ ईमेल
गरेकोछु । आशाछ यो ईमेल तिमीहरुले चलाएको हुनेछौ । नत्र मेरो यो ईमेल र अन्तिम प्रयास
पनि हारमा परिणत हुनेछ ।
अनी भनन यार ! तिमीले
पढाई कहाँँ पुरायौ ? के गर्दैछौ ? कतै बिदेश तिर छौ कि ? नेपालमै कुनै जब गर्दैछौ
? यदी तिमीले यो ईमेल चलाऊँदैछौ भने मेरो इमेलको जवाफ अवस्य लेख्नेछौ भन्ने आशा गरेकोछु
अभी । अनी सुनन यार ! कलेज दिनको तिमीहरुको लभ स्टोरी पनि खुब मजाको थियो यार । साँची
लक्ष्मी र तिमीहरु दुइको त खुब जमेको थियो हैन ? अनी के भयो यार ? तिमीहरुले बिहे गर्यौ
कि गरेको छैनौ ? लक्ष्मी कहाँँ छिन् ? के गर्दैछिन ? तिमीले उसलाई बिहे गर्यौकी को
संग गर्यौ ? यो ईमेल प्राप्त भएपछी यो खुशीको कुराहरु जस्तो भएपनी सेयर गरन है ल मलाई
पनि । किनकी त्यो बेलाको तिमीहरुको प्रेमकहानिको हुलाकी बनिदिने एउटा पात्र म् पनि
हो यार । यदी तिमीहरुको प्रेम सफल भएको हो भने मैले पनि धन्यवाद पाउनुपर्छ अभी । किनकी
कलेजको क्यान्टिन र दरबारमार्गको एलिजा क्याफेमा तिमीहरुको जमघट गराउने प्रमुख पात्र
म पनि हो ? मलाई चै तिमीहरुलाई भेट गराइदिनु, तिमीहरुको पत्र बोकिदिनु, फेरी तिमीहरु
दुइको झगडा हुँदा मैले नै दु:ख पाउने यार । लक्ष्मी पनि अभी रिसाएको छ भनेर मलाई नै
भनिदेउन भनेर भन्थिन, अनी तिमी पनि लक्ष्मी रिसाएकिछिन भनेर मलाई नै गुनासो गर्थ्यौ
। म कस्को गुनासो सुन्नु ? तिम्रो कि लक्ष्मीको ? मत कहिलेकाहित कस्तो हैरानै हुन्थेँ
यार । तर त्योदिनको तिमीहरुको प्रेमकहानी सम्झिदा मलाई पनि कस्तो रमाइलो लाग्छ अहिले
पनि । तिमीहरु एक अर्कालाई खुब माया गर्थ्यौ । एक अर्का बिना एकछिन पनि बस्न सक्दैनथ्यौ
फेरी भेट भयो कि झगडा गरेर मुख फुलाफुल गरेर बस्थ्यौ । अनी तिमीहरुदुबैलाई सम्झाउने
फकाउने काम चै मेरो । कस्तो रमाइलो है अभी त्यो दिन, त्यो समय अनी त्यो कलेजको दिन
। सम्झिदा फेरी पनि त्यो दिन फर्किएर आइदिए जस्तै हुन्छ यार । तर हामीले भनेर नहुने
है, समय र उमेर संगै सबैले आ आफ्नो घर व्यबहार र जिबन चलाऊनै पर्ने । परिवारको खुशी
र जिम्मेवारी चलाऊने पर्ने, त्यसैले पनि अब त्यो सब कहाँँ सम्भव होला र है अभी । जेहोस्
खुब रमाइलो थियो यार ।
अन्त्यमा यतिका समयसम्म
कुनै कल संबाद र ईमेल नगरेको भनेर नरिसाउ है, भन्दै यदी तिमीले अहिले पनि यो ईमेल चलाई
रहेको छौ भने मेरो ईमेल प्राप्त हुनेबित्तिकै मलाई मेरो इमेलको जवाफ लेख्नेछौ भन्ने
आशा राख्दै आजलाई कम्प्युटर बन्द गर्छु । धेरै सम्झना तिमी लाई अभी ।
उही तिम्रो साथी
न्हुर मोहम्मद खातुन
हाल अस्ट्रेलिया सिड्नी
न्हुर र हामी छुटिएको
झन्डै चार बर्ष पछाडि आज उनको यो पहिलो ईमेल प्राप्त गरेको थिएँ । कतै अचम्भित् त कतै
खुशी छाएको थियो मेरो मन भित्र पनि । किनकी कलेज पड्दाको दिनको हामी खुब मिल्ने असल
साथी थियौँ एक-आपसमा । जब उनी घरपरिवार र केही साथीहरुको सहयोगले अस्ट्रेलिया पढ्न
गैइन त्यसपछी भने हाम्रो संपर्क भएकै थिएन । साच्चै भनुमभने ऊनि उता गएपछी निष्ठुरी
जस्तै बनेकी थिईन । लामो समयको ग्याब र संपर्कबिहिन भएकोले गर्दा मेरो मानसपटल भित्र
उनको छबी पनि मधुरो धुमिल बन्दै गैसकेकी रहेछिन । सुरुमा त, मैले उनको ईमेल भनेर चिन्नै
सकिन । कस्को ईमेल रहेछ भनेर सोच्दा-सोच्दै ईमेल पढि सकियो । तर जब ईमेल पड्दै जाँदा
ईमेल सकियो तब थाहा भयो, ईमेल उनैको रहेछ । जुन कलेज दिनको सबैभन्दा धेरै मिल्ने मिलनसार,
मेरो आत्मिय साथी न्हुरको रहेछ । एकमनले त सोँचे, यतिका बर्ष सम्झन जरुरी नठानेकी अहिले
किन सम्झिन पुगिन होला ? कतै आफु डक्टर भएको खुशी हामीलाई सुनाउन सम्झेकी त होइन ?
फेरी अर्को मनले सोँचे, उनले पाएको दु:ख र संपर्क गर्न नसकेको बेहोरा त सबै इमेलमा
उल्लेख गरेकैछिन भने फेरी मैले यस्तो नेगेटिभ नै किन सोँचिहाल्नु ? हुनसक्छ उनले भनेको
जस्तै उनलाई उता गएपछी स्टाब्लिस हुन समय लाग्यो होला । भनेको बेला काम पाइन होला ।
त्यो अभावको बिचमा साथीहरुलाई सम्झिन भन्दा पनि आफ्नो तनाब ठुलो थियो होला उनको लागि
। हुनपनी हो अर्काको देशमा आफैले कमाएर पड्छु भन्ने हिम्मत राखेर गएकी थिन उनी । शायद
यावत कुराहरुले गर्दा पनि भनेको बेलामा संपर्क गर्न सकिनन र हाम्रो फोन नम्बर र् ईमेल
उनको ईमेल ह्याक भएपछी सबै एड्रेस गुमाएकी पनि हुनसक्छ ? जेहोस् ढिलाई भएपनी उनको ईमेल
आएकोछ । साथी भनेर ढिलै भएपनी सम्झिएकिछिन । कम्सेकम हामीले साथीको रुपमा गरेको उनिप्रतिको
सहयोग लाई भगवानको रुपनै ठानेकी रहेछिन । यस्तै सोँच्दै मन अलिक खुशी पनि भयो ।
ईमेलहरु पड्दै गएपछी
अन्तिमको दोश्रो हरफमा उनले लेखेको कुराहरुले मलाई अचानक पुरानो कलेजको त्यो दिनको
सम्झना ताजा बनेर आयो । आइएसी भरना भएर कलेजको सुरुवातीमा एक दिनको कुरा हो । जाडो
मौसमको कठाङ्ग्रीने बिहानैको चिसो मौसम, कलजेको गेटमा गुट्खा खाँदै भित्ताभरी थुक्दै
बरालिने केटाहरुको हुलमा हामी पनि सामेल थियौँ । त्यो गेटमा बरालिएर बस्ने केटाहरु
भनेको न कलेजको कक्षा कोठामा भेटिन्छन् न नियमित तिनिहरु कलेजनै आउने गर्छन् । उनिहरुको
काम भनेको गेट देखी सुरु भएको क्लास हुँदै क्यान्टिन सम्म केटीमान्छेलाई सिटी बजाउनु
र जिस्काउनु बाहेक केही काम थिएन । त्यस्तो हुलिया भएको केटाहरुको बिचमा हामीहरु पनि
कहिलेकाही मिसिन्थ्यौँ र कलेजको गेटको भित्र बाहिर आउने जाने केटीहरुलाई जिब्रो पड्काएर,
सिटी बजाएर, ओ मैया जाने हैनत भन्दै र्यागिङ्ग गर्नमा खुब जोसिन्थ्यौँ । यस्तैमा त्यो
दिनको बिहान कलेजको ड्रेस सारी ब्लाउज नलगाएको गेट भित्र आउँदै गरेको नयाँ केटीलाई
जिस्काउन थाल्यौँ । हेर्दा मधेशी मुलका जस्तो लाग्ने उनको हुलिया देखेर हामीले उनैको
लवज टिपेर बोल्ने कोशीस गर्यौँ र जिस्कायौँ । ओ मैया गे ! अथी काठमान्डौ के ठन्डिमे
जाडो नही लगैछी क्या ? थाहा छैन हामीले त्योबेला कुन भाषामा उनलाई जिस्कायौँ । हामीलाई
लाग्थ्यो हामीले उनलाई भोजपुरी नत्र मैथिली भाषामा जिस्कायौँ भनेर । तर असलमा हामीलाई
नै थाहा थिएनकी हामीले बोलेको कुन चै भाषा थियो भनेर । यसरी कलेजको पहिलो दिन मधेसी
मुलको केटी भनेर उनले लगाएको पोषाक र उनको हाउभाउलाई हेरेरे हामीले खिल्ली उडाउँदै
दुइचार जना मिलेर खुब र्यागिङ गरेका थियौँ । जुन र्यागिङमा परबाट आउँदै गरेको कलेज
ड्रेसको कलेजी रंगको ब्लाउज, ब्राउन र झन्डै उस्तै रंगको देखिने घरेलु सारी, नाकको डाँडामा पावरवाला चस्मा लगाएकी
एउटी सुन्दर केटीले हाम्रो र्यागिङको चंगुलबाट बच्चाएर लगेकी थिन उनलाई । त्यसदिन
उनको अनुहार राति-निलो भएको थियो भने हामी बैशले उन्मत्त भएको केटाहरु खुबै ठुलो काम
गरियो भनेर मख्ख परेको थियौँ । त्यसै दिनको दिउँसो टिफिनको समयमा कलेजको क्यान्टिनमा
तिनै न्हुर लाई बच्चाएर लाने केटीले हामीहरु चिया पिईरहेको ठाउँमा आएर सम्झाएको भावमा
गाली दिएर गएपछी हामी आफैलाइ लाज महसुस भएको थियो । तर त्यो दिन हामीले माफि पनि माग्न
पाएनौँ किनकी कलेजको बिहीवारको दिन भएकोले न्हुर पनि कलेजबाट् आफ्नो रुम तर्फ गैसकेकी
रहेछिन । तर कलेजको साप्ताहिक बिदापछी आईतवारको दिन गेटमै ढुकेर भएपनी उनलाई भेटेर
हामीले न्हुर संग माफि मागेको थियौँ । जुन कालन्तरमा उनी कलेज जिबनको सबैभन्दा मिल्ने
नजिकको साथी बनेकी थिईन भने उनलाई र्यागिङ्गबाट बचाएर लाने त्यो सुशिल केटी मेरो गर्ल
फ्रेन्ड बनेकी थिन । जस्को नाम लक्ष्मी रहेछ । आज तिनै लक्ष्मी मेरो बाउ आमाको प्यारी
बुहारी र मेरो घरब्यबहार धान्ने अर्धाङ्गिनी
बनेकी छिन ।
यो भन्दा पनि अझ रोचनक
र रमाइलो क्षण छ एकपल्टको । आइएसी सकेर कलेजको बिदा हुँदैथियो । कलेज बिदाहुनु अगाडि
कलेजमा बिदाइ कार्यक्रम राखिएको थियो । जुन कार्यक्रममा मैले र लक्ष्मीले पनि गित गाउने
भाग लिएका थियौँ । कार्यक्रम चल्दै गयो, जब कार्यक्रमको मध्यानतर आउँदा कार्यक्रम प्रस्तोताले
हामी दुबैको नाम लिँदै मञ्चमा गीत गाउनको लागि आमन्त्रण गरे । जिबनमा यो भन्दा बाहेक
अगाडि मैले कुनैपनी कार्यक्रममा गीत गाउने वा नाच्ने भाग लिएको थिन र त्यसपछी आजसम्म
लिएको पनि छैन । हाम्रो नाम सुन्ने बित्तिकै लाजले अनुहार रातो न, पिरो भएको थियो भने
उता लक्ष्मीको पनि अनुहारमा निलो-कालो छाएको थियो । हामी दुबै खुब लाजले भुतुक्क बनेका
थियौँ । तैपनी आफ्नो नाम आइसकेपछी माथि मञ्चमा उक्लिएर गीत गाउँ थाल्यौँ । गीत मानसिंग
थुलुङ् र उशाकिरण अधिकारीले गाएको गीत हाँसी राखन मायाँ बोली राखन भन्ने बोलको गीत
थियो ।
धेरैचोटी आँखा जुध्यो
तर तिमी हाँसेनौ
दुई दिनको जिन्दगीमा
के-के हुने हो
हाँसी राखन माया, बोली
राखन
धेरैचोटी भेट भयो तर
डाकै फुटेन
बोल्न त मन लाग्छ बोली
फुटेन
हाँसौ कसरी माया बोलौँ
कसरी
जसोतसो गित गाउँदै त
सक्यौँ तर हामीले सोच्दा पनि नसोचेँको सबैबाट वाह ! वाही र तालिको गड्गडाहट आएको थियो
। विद्यार्थीहरुको भिडबाट one's more भन्दै कराउँदै थिए । सबैको अनुरोधमा हामीले फेरी
दोश्रोपटक गीत गायौँ । त्यसपछी पनि लगतार one's more आइरहेको थियो । त्यसपछी भने मलाई
पहिलोपटक लक्ष्मी प्रती कताकता अचानक एकप्रकारको आकर्षण जस्तै मायाँको अनुभुती भएको
थियो । त्यो रातभर घरमा म फिटिक्क निदाउन सकिन । दिउँसोको त्यो गित गाइले हामीहरु एक
अर्कामा प्रेमको आव्हान गरेझै महसुस भएको थियो । दुबैले जानिनजानी एक सुसुप्त प्रेम
ब्यक्त गरिरहेको जस्तो भएको थियो । त्यो रात म साचिकै पहिलोपटक एउटा असहज र असैय पाराको
ऐठन भएजस्तै उकुसमुकुस महसुस गरेको थिएँ । जती निदाउन खोज्छु उती दिउँसोकै दुबैले गित
गाएको यादको झझल्को मात्र मस्तिस्क भरी छाइरहेको थियो । साँचिकै हामीले आइएसी भरी एक
अर्कालाई आँखा जुधाजुधको भावमै बर्ष काटेका थियौँ । शायद यो भाव र अनुभुती हामीहरु
दुबैतिर भएको हुनुपर्छ । त्यो रात म मात्रै हैन लक्ष्मी पनि छट्पटिएको हुनुपर्छ । शायद
त्यो कालो अँध्यारो रातको कोठा भित्र बेडमा दुबैतर्फ निदाउन नसकेर सयौँ पटक कोल्टे
फेर्दै समय बितेको हुनुपर्छ । यता मलाई पनि यस्तै भएको थियो ।
भोलिपल्ट कलेजको अन्तिम
दिन भएकोले हामीहरु सबैजना मिलेर नगरकोट पिक्निक खान जाने भएका थियौँ । रातभरको अनिदो
र छट्पटिले गाँजेको शरीर भारी र अल्छि आलस्य मान्दै बिहानै उठेर नुहाइ सकेर पिकनिक
जानको लागि भनेर तयार हुँदै थिएँ । यतिकैमा बाहिरबाट आवाज आयो । ओई अभी ? अभी ? ओइ
अभी ? हैन तँ जादैनस कि क्याहो ? सबैजना कलेज पुगेर पनि गाडीमा चडिसक्यो । हैन त चै
अहिलेसम्म ओछ्यान मै छस कि क्या हो ? मैले भित्रैबाट आवाज दिँदै बोले, पखपख आइहाले
। त्यसपछी हतारिँदै टि-सर्ट माथि निलो जिन्सको पेन्ट लगाउदै जुत्ताको तुना पनि नबाँधी
त्यतिकै खुट्टा हुलेर घिसार्दै बाइकको हेलमेट र एउटा ब्याग लतार्दै बाहिर निस्किएँ
। बाहिर निस्कदा सुरज संगै लक्ष्मी र न्हुर पनि आएकी रहेछिन । मैले केही रिसको पारामा
झर्किदै कराएँ । कती हतार परेको के तिमीहरुलाई ? छोड्देनत तिनिहरु जाँदैगर्छन हामी
बाइकमा जाउँला भनिदिएँ । नुहाउने बित्तिकै तहुलियाले टाउकोको पानी पुछ्दै कपाल पनि
नकोरी त्यतिकै बाहिरिदा बाइकको चाबी पनि ल्याउन भुलेछु भित्रबाट । फेरी चाबी लिन भित्र
गएर हतार-हतार गरेर बाहिर निस्किएर सुरजलाई ब्याग बोक्न दिँदै बाइकको ऐनामा नुहाएको
कपाल मिलाउँदै कोर्न लागेँ । यतिकैमा मैले कपाल कोरेको देखेर लक्ष्मी र न्हुर मरिमरी
खुशखुश गर्दै हाँस्न थाले । मैले के खान हाँसेको भन्दै कराएँ उल्टै । त्यसपछी सुरजले
उसको थुतुनो मेरो कानैको आडमा ल्याएर बिस्तारै साउतिको पारामा बोल्यो । मुले तेरो पेन्टको
तल फस्नर खुलैछ, भित्रबाट तेरो निलो चट्डी देखिरहेको छ । त्यसैले हाँसेको तिनिहरु भने
। त्यसपछी भने म लाजले भुतुक्क हुँदै कपाल कोर्न छोडेर अर्कोतिर फर्किएर पेन्टको फस्नर
लगाएर उनिहरुको अनुहारमा हेर्दा पनि नहेरी बाइक स्टार्ट गरेर लक्ष्मीलाई पछाडि राखेर
हुइक्याएँ भने सुरजले न्हुरलाई आफ्नो बाइकको पछाडि राखेर मेरो पछीपछी कलेज तर्फ हुइकियौँ
।
लगभग उज्यालो हुँदानहुँदा
नगरकोट पुगिसक्ने सल्लाह थियो सबैको । तर नेपाली पारा उहित हो, त्यसमाथी विद्यार्थी
जिबन कहाँँ छिटो र सजिलो हुन्थ्यो र, कसैको बसाइ भक्तपुर लोकल बसबाट आउनुपर्ने । कसैको
ललितपुर र थान्कोट तिरबाट आउनुपर्ने । अझ कोहिकोही त सुन्दरिजल् सम्मका साथीहरु आउनुथियो
। त्यो समयमा अहिलेको जस्तो सबैको घरमा बाइक जस्तो सानो छरितो साधन नै कहाँँ हुन्थ्यो
र ? नजिकै हुनेहरु कोही हिँडेर आउनु पर्थ्यो भने कोही सार्वजनिक बस चढेर आउनुपर्थ्यो
। त्यसैले पनि बिहान सबैजना भेला हुँदावर्दा बिहानको आठ बजिसकेको थियो । तैपनी हामीहरु
बल्लतल्ल जसोतसो मध्यपुर ठिमी भक्तपुर हुँदै करिब एक घण्टा बिस मिनेट जती लगाएर नगरकोट
पुग्यौँ । नगरकोट पुग्दा बिहानको सुर्य दुई हात माथि आइसकेको थियो । हामीले बिहानैको
सुर्य उदाउदै गरेको दृश्य अवलोकन भने गर्नै पाएनौँ ।
त्यसपछी भने नगरकोटको
भ्यु टावरमा पुगेर कोही फोटो खिच्न थाले भने कोही खाने कुराको बन्दोबस्ती गर्न लागे
। हाम्रो ब्याजको एकहुल केटा र केटीहरु सबै जोडी बाँधिएर आ-आफ्नो तरिकाले बरालिन थाले
भने म र् लक्ष्मी पनि फोटो खिच्न थाल्यौँ । भ्यु टावरको टपबाट हेर्दा अगाडि पट्टी देखिएको
बुद्ध गार्डन रिसोर्ट, होटल प्याराडाइज, क्लब हिमालय रिसोर्ट, होटल साकुरा दरबार र
त्यो भन्दा माथि देखिएको घना जंगल कुसुम जंगलको माथिल्लो भागसम्म सिराक ओडेको जस्तै
बिहानैको हुस्सु र कुहिरोले डम्म ढाकेको थियो । हेर्दा यस्तो लाग्थ्यो कि स्वर्ग यही
हो बाँकी मिथ्या हुन । साँचिकै नगरकोट आफैमा नाम र यहाँँको बारैकाल कुहिरोले डम्म ढाक्ने
दृश्यले परिचित् छ ।
एबम रितले सबैजना रमाइलो
गर्दै थिए । मलाई भने अघिल्लो दिनको कलेजको प्रोग्रामले गर्दा लक्ष्मी र मैले गाएको
गितको झझल्को आइरहेको थियो भने रातभर कोल्टे फेर्दै निदाउन नसकेको क्षण दिमागमा रुमल्ली
रहेको थियो । किनकिन मलाई अघिल्लो दिनको त्यो प्रोग्राम देखी लक्ष्मी प्रती अलग्गै
महसुस भएको थियो । लाग्थ्यो हामी बर्सौँ देखी एक-अर्कालाई माया गर्छौँ । हामी आपसमा
खुब बेहद प्रेम छ । एक अर्काबिना एकछिन त के एकपल पनि अलग रहन सक्दैनौँ जस्तै अनुभुती
भएको थियो । साँचिकै भन्दा मलाई उनी प्रती पहिलोपटक अचानक प्रेम भएको थियो । माया भएको
थियो । शायद त्यसैले भनिएको होला प्रेम भन्ने शब्द कतिबेला कुनबेला कोसंग किन कसरी
हुन्छ थाहै हुन्न र यो कताबाट आउछ र भैदिन्छ त्योपनी थाहै हुन्न भनेको यही रहेछ क्यारे
शायद । मलाई पनि लक्ष्मी प्रती यस्तै बेतोडको अचानक प्रेम भएको थियो । थाहा छैन त्यो
आकर्षण हो या आत्मा संगको मिलन ?
समय घरकिदै गयो । सबैजना
रमाइलो गर्नमै ब्यस्त थिए । यतिकैमा दिनको बार्ह बजेतिर केटीहरुले खाना खान आवो भनेर
बोलाएपछी चारतिर छर्पस्टिएर रहेको सबैजना भेला भयौँ । सबैजना आ-आफ्नो मनपसन्दको खाने
कुराहरु खान थाले भने कोही हलुका नास्ता मात्रै गरेर रमाउन लागे । तर त्यत्रो भिडमा
मलाई भने खान मन फिटिक्कै थिएन । खाली पेट भएको जस्तो अनुभुती तर भोकै नलागेको जस्तो
पनि महसुस भएको थियो । किनकिन अरुची भएर आएको जस्तो भएको थियो । भित्र पेटबाट केही
चिज हुडल्किएर् घाँटिसम्म आएर अड्किएर फेरी तलतिरै फर्किएको जस्तो असहज महसु भैरहेको
थियो । शायद त्योबेला मलाई लक्ष्मी तिमीलाई प्रेम गर्छु भनेर भन्न खोजेको कुरा भन्न
नसकेर घाँटी भित्रै केही अड्किएको महसुस भएको हुनुपर्छ । तिमीलाई मायाँ गर्छु, तिमीलाई
प्रेम गर्छु लक्ष्मी, मलाई तिम्रो मायाको आवश्यकता भएकोछ भन्न मन लागेको थियो । अर्को
मनले होटलको आँगनको डिलमा फूलिरहेको गूलाफको फूलको थुंगा टिपेर दुबै घुँडा टेकेर सबैको
सामु आफ्नो प्रेमको प्रस्ताब् गरौँ कि जस्तो नलागेको पनि हैन । तर उनको इज्जत र अर्कोतिर
उनले एक्सेप्ट नगरे सबैको सामु मैले कसरी अनुहार देखाउने होला भनेर डर पनि थियो । तर
आज चै काठमान्डौ फर्किनु अगाडि नै कुनैपनी हालतमा भनेरै छाड्ने अठोट लिरहेको थिएँ तर
भन्न सकिरहेको थिईन ।
समय झन्झन उकालो लाग्दै
थियो । भन्ने आँट पनि झन्झन मर्दै जाँदैथियो । मुठी कसेर हिम्मत बटुलेर जतीजती उनको
सामु जान्छु र भन्न तयार हुन्छु हरेकपटक असफल नै हुन्छु । फेरी कोशीस गर्छु फेरी उस्तै
गरेर छाती भित्र बेचैनिको छाती ढक्क फुलेर आउँछ । झनझन जोडतोडले मुटु उफ्रीइन थाल्छ
। उनिभन्दा केही मिटर दुरिमा आफुलाई उभ्याएर हेर्छु र लामो श्वास तानेर आफुलाई रिल्याक्स
फिल गराउँछु । त्यसरी रिल्याक्स फिल गराउँदा भने केही हिम्मत जुटेको जस्तो महसुस हुन्छ
र उनको नजिकै गएर लक्ष्मी भनेर बोलाउँछु । उनी हजुर अभी उम किन भनन भन्ने उनको आवाज
सुन्ने बित्तिकै कताबाट होसहावास उडेर बेपत्ता हुन्छ र फेरी अड्किन्छु । दिनभरिको पटकपटक्
को अथक् प्रयास असफल भएपछी न्हुरलाई बोलाएर भन्न लगाउँछु भनेर न्हुर लाई बोलाएँ । ओई
न्हुर ! उम अभी भनन केभो ? न्हुरले नजिकै आएर भनी । मैले उनलाई भनौँ कि नभनौँ भन्ने
सोच्दै म फेरी केहीबेर अनकनिएँ । त्यसपछी पुन न्हुर आफै बोलिन । अँ अभी भनन किन के
भन्न् बोलाएको ? केही भन्नुथ्यो हो ? उनले यसरी नै लगतार तिन-चार पटकसम्म् भन्न कर
गरिरहिन । त्यसपछी एउटा कुरा भन्छु नाइ नभन है त ल ? मेरो सानो मलिनो बोलिमा ध्यान
दिएर सुन्दै बोली न्हुर फेरी । अँ भन के छिटो, के भन्न लागेको हौ ? फ्याट्ट भनेत भैहाल्योनि
केको अन्कनाएको यत्रोबेर् । कि सन्चो भएन हो ? न्हुर बोलिन । मैले त्यस्तो केही हैन
भनेर फेरी चुपचाप् बसेँ । त्यसपछी भने न्हुरले झर्किदै अलिक रिसाएको पारामा बोली ।
ह्य छिटो भन के, के भन्न लागेको हो ? मलाई दिक्क लागि सक्यो है छिटो भन । न्हुर अलिक
दिक्क मानेको भावमा बोलेपछी पुन मैले भने । ल एउटा कुरा भन्छु कसैलाई नभन है त ? न्हुरले
हस को भावमा मुन्टो हल्लाउदै बताउन इजाजत दिईन । त्यसपछी मैले मन थामेर सास रोक्दै
भने, ओइ लक्ष्मीलाई अभिले मन पराउँछ रे ! तिमीलाई प्रेम गर्छ रे भनिदेउन । मैले निलोकालो
हुँदै आफ्नो कुरा भनिसके । त्यसपछी एकछिन त न्हुर को अनुहार पनि रिसले चुर भएको जस्तो
रातोपिरो भयो । एकमनले त बेकारमा भनेछु भन्ने डर पनि लाग्यो । तर त्यसपछी बिस्तारै
न्हुर बोलिन र भनी । मलाई यस्तो कुरा भन्न नलगाउ है, मलाई मार्छे त्यस्ले । ऊ त्यस्तो
खालको केटी पनि हैन । थाहाछ नि तिमीलाई उनको बानी ? उल्टै डरपो देखाउँदै न्हुरले नभन्ने
संकेत गरिन ।
बेलुकी पाँच बजेतिर सबैजना
घर फर्कने बेला भयो । गाडीमा आएका जती सबैजना बसमा चढे भने बाइक लिएर आउने जती आ-आफ्नो
गर्ल फ्रेन्ड र केटा साथीहरु लिएर फर्किन थाले । हामी पनि बिहान आएको जस्तै न्हुर सुरज
संगै बाइकमा फर्किने भैइनभने म संग लक्ष्मी फर्किने भैइन । बेलुकिको अस्ताउँदो सुर्य
संगै माथि आकाशमा रातो लाली छाएर साँझ ओर्लने तरखरमा थियो । दिउँसोको तरुनो घाम अहिले
डाँडा माथि बुढो मान्छे जस्तै अस्ताउने तरखरमा थियो । बिस्तारै आकाशको साँझ अँध्यारोमा
परिणत् हुँदै धर्तिमा ओर्लिदै थियो । आकाशको क्षितिजमा देखिएको केही फाटेको बादलहरुको
बिचबाट एकहुल चराहरु पनि आफ्नो बासस्थान तर्फ उडिरहेका थिए । साँझ एक प्रेमिल मुडमा
फर्किदै थियो । क्षितिजमा देखिएको आकाश बिस्तारै अँध्यारो हुने तरखरमा थियो । त्योबेला
साँचिकै भन्नुपर्दा नगरकोटको दृश्य कामुक र मदहोसिमा रुपान्तरण हुँदैथियो । त्यतिबेलाको
दृश्य मन भित्र कैद गर्दै म केके सोँचिरहेको थिएँ । अर्को मनले कुनै बहानामा आजको रात
यतै बनाउँ र मैले भन्न खोजेको सबै कुराहरु लक्ष्मीलाई भनिदिउँ । फेरी अर्को मनले सोँचे,
उनित छोरीमान्छे बेलामा घरमा पुगिन भने उनको बाउआमाले मर्छन भन्ने सोँचेर अर्को जुक्ती
लगाएँ । यतिकैमा लक्ष्मीलाई पसलबाट एउटा चुइगम किनेर ल्याउन भनेर बाहाना गर्दै पसल
तर्फ पठाएर त्यहिबेला उनले नदेखी बाइकको स्टार्टअप चक निकालेर गोजिमा हालेँ र बाइकलाई
घरि अटो-सुइच थिचेर स्टार्ट गर्न खोजेको बाहाना गर्थेँ भने घरि किक हानेर स्टार्ट गर्न
खोजेको नाटक गर्थेँ । घरिघरि आफै बाइकबाट ओर्लिएर यताउता हेरेको जस्तो बाहाना गर्थे
। त्यस्तो गर्दै करिब् मैले त्यहाँ दुइघन्टा बिताएँ । त्यसपछी भने रात पर्यो अबचै
जानुपर्छ भन्ने सोँचेर लक्ष्मीलाई पसलमा पानीको बोतल किन्ने बहानामा पठाएर गोजिमा राखेको
बाइकको स्टार्टअप चोक निकालेर हतारहतार लगाएँ । कतै उनले मेरो हर्कत देखिन कि भनेर
उनी पसल गएको तिर एकनजर लगाएँ । उनी पसलेतिरै फर्किएर पानी संगै अरु पनि केही किन्ने
तरखरमा थिन । त्यसपछी मैले फेरी बाइक स्टार्ट गरेँ, बाइक स्टार्ट भयो । त्यतिन्जेल
सम्म लक्ष्मी निकै तनाबमा आइसकेकी थिन । त्यसपछी बाइकलाई गाली गरेको बाहाना गर्दै हामी
त्यहाँबाट हतार-हतार प्रस्थान गर्यौँ ।
करिब सात बजेतिर नगरकोटबाट
हिँडेपछी बाइकको रफ्तार उस्तै गतिमा दौडिरहेको थियो । पछाडिपट्टी बसेर लक्ष्मी केके
गन्थन गर्दैथिन । एक त, बाइकको कुदाइ, हावाको चिसो झोँकाले कानको दुबैतिर हिर्काएको
थियो । त्यसमाथी उनलाई प्रपोज गर्छु भनेर दिनभर भन्न नसकेको कुरा मनभरी खट्पटी रहेको
थियो । फेरी पनि अन्तिम प्रयास स्वरुप भन्छु भनेर सबै हिँडिसकेपछी बाइक बिग्रेको बहानामा
दुई घण्टा ढिलो गरेको थिएँ । जब साँझ पर्छ तब अँध्यारोमा उनको अनुहार नदेखेपछी आफ्नो
मनको कुरा भन्न सक्छु भनेर पनि त्यत्रो नाटक गर्नुपरेको थियो । समय निकै घर्की सकेको
थियो । नगरकोटबाट हिँडेपछी हामीहरु चाँगुनारायण नगरपालिकाको भवन भन्दा अगाडि प्रतिक
क्याफे नजिकै पुगेर कुदाइ रहेको बाइक सडक छेउमा रोकेर सुरजलाई कल लगाएँ । उताबाट कल
रिसिभ गर्दै सुरज बोल्यो । अँ अभी भन के भयो ? कहाँ आइपुग्यौ तिमीहरु ? म न्हुरलाई
उसको डेरामा पुराएर घर जादैछु । तिमीहरु किन ढिलो आएको ? सुरज लगतार प्रश्नहरुको बर्षा
गरिरहेको थियो । के भन्नु नभन्नुको दोसाँधमा अकमकिदै बोल्दै थिएँ । अँ यार ! त्यस्तै
भयो । तिमीहरु हिँडी हाल्यौ तर हाम्रो बाइक नै स्टार्ट भएन । हुन्छ होला भनेर तिमिहरुलाई
कल पनि गरिन । तर गर्दागर्दै ढिलो भयो यार । मैले यती भनिसक्दा उताबाट सुरज फेरी बोल्यो
। ओई अभी एउटा कुरा भन्त, लक्ष्मी त संगै छे ? उम संगै छ । किन सोधेको ? मैले उत्तर
संगै प्रश्न गरेँ । फेरी उताबाट सुरज बोल्यो । मोबाइलको स्पिकर आउट गरेको छस ? नाइ
छैन । मैले छोटो उत्तर फर्काएँ । ए उसोभए भनत आज तेरो काम बन्यो हाहाहाहा ? सुरजले
उताबाट हाँस्दै सोध्यो । मैले कस्तो कुरा होर भन्दै जवाफ फर्काएँ । यतिकैमा फेरी सुरज
बोल्यो । अ मुला झुट नबोल म सँग, म तेरो साथी हुँँ ! मलाई तेरो कुरा थाहा हुन्न ? बरु
भन काम बन्यो कि बनेन नढाटी ? सुरजको कुराले मलाई अलिक असहज जस्तो बनाएको थियो त्योबेला,
किनकी त्योबेला मोबाइल मा सुरज कुरा गरिरहँदा जाडोले काम्दै लक्ष्मी पनि घरमा आउन ढिलो
भयो मामु भन्दै फोनमा बोल्दै थिन । कतै सुरजले भनेको कुरा लक्ष्मीले थाहा पाउलिन कि
भनेर मनमा डर लागिरहेको थियो । म चुपचाप् सुरज कुरा सुनिरहेको थिएँ । यतिकैमा फेरी
उताबाट सुरज बोल्यो । लक्ष्मीलाई फोन देत ! किन यार ? केहीपनी नभन है, मलाई डर लागिरहेको
छ यार । मैले बिस्तारै दबिएको स्वरमा बोलेँ । सुरज फेरी बोल्यो, तेरो लागि हैन न्हुर
को सामन लक्ष्मीको झोलामा छुटेको छ रे ! छकी छैन सोध्नलाई । अनी मोबाइलको स्पिकर आउट
गरेर दे है । सुरजले यती भनेपछी भने मन हलुका पार्दै घरमा आमासंग बोलिरहेको लक्ष्मीलाई
फोनको स्पिकर आउट बनाएर दिँदै बोले । सुरजको कल, न्हुरको सामन तिम्रो ब्यागमा छकी छैन
भनेर सोध्नलाई दिनु भनेको छ । उम बोल । मैले यतिभन्दै लक्ष्मीको हातमा मोबाइल थामाई
दिएँ । उनले पनि घरमा आमासंग बोल्दै गरेको कल बाइ भनेर राखिदिदै सुरज संग बोल्न थालिन
।
लक्ष्मी कहाँ आइपुग्यौ
तिमीहरु ? सुरज बोल्यो उताबाट । लक्ष्मीले आँखाको ईशारा गर्दै कहाँ आइपुग्यो भनेर मलाई
सोधिन । मैले चाँगुनारायण भनेर भने । त्यसपछी लक्ष्मीले चाँगुनारायण भन्दै जवाफ फर्काइन
। मोबाइलको स्पिकर आउट गरेकोले दुबैको संबाद सुनिरहेको थिएँ । यतिकैमा सुरज फेरी बोल्यो
। लक्ष्मी तिमीलाई एउटा कुरा सोध्नु थियो रिसाउँछौ कि ? नाइ किन रिसाउने होर ? भनन
सुरज के सोध्न लागेको तिमीले ? सुरजको जवाफ दिँदै लक्ष्मी बोलिन । म उनिहरु बोलेको
सुनेर अगाडिपट्टी छाती छेउमा हात बाँधेर दाहिने हातको बुढी औँलाको नंग टोक्दै सुनिरहेको
थिएँ । लगतै सुरज बोल्यो फेरी । तिमीहरु दुबैले मेरो आवाज सुनिरहेको छौ ? उम सुनिरहेको
छौं । भन के छिटो के भन्न लागेको हो । लक्ष्मी अलिक हतार गर्दै बोलिन । त्यसपछी सुरज
फेरी बोल्यो । सुन लक्ष्मी त्यो अभी डरछेरुवा डरपोक हो । त्यसले तिमीलाई केही भन्न
सक्दैन । भन्न सक्दैन मात्रै होइन भन्नको लागि त्यस्को छाती भित्र मुटु नै छैन । मुटु
नै नभएपछी बोल्न त्यस्लाई कहाँबाट आँट आवोस । सुरजले यती भनिसक्दा ला.. यसले सब काम
बिगार्ने भयो भन्ने सोच्दै लक्ष्मीको हातमा भएको मोबाइल खोस्न खोजेँ । तर लक्ष्मीले
छोडन अभी के गरेको तिमीले भन्दै अलिक पर्तिर सरिन र बोल्न थालिन । अँ सुरज भन के भन्न
खोजेको तिमीले ? लक्ष्मीले फेरी अघिकै दोराउँदै सोधिन । उताबाट सुरज बोल्दै गयो । लक्ष्मी
हातमा स्पिकर आउट गरिएको मोबाइल सुन्दै गैइन । म पनि नजिकै केही नभनी मनभरी ला.. आज
चै यसले बर्बादै गर्यो, सब सक्यो भन्ने सोँच्दै निशब्द बनेर सुनिरहेको थिएँ ।
यता हामी दुबैजना चुपचाप
सुन्दै थियौँ भने उताबाट सुरज भन्दै थियो । लक्ष्मी प्लिज मेरो कल नकाट है, अन्तिमसम्म
सुन्नुपर्छ हस ? खासमा तिमीलाई अभिले मन पराउँछ । तर ऊ तिमीलाई भन्न सक्दैन । आज पनि
तिमीलाई प्रपोज गर्छु भनेर ऊ तयारी अवस्थामा थियो । तर दिनभरी तिम्रो अगाडि पछाडि घुम्दै
ठीक्क भयो, त्यसले तिमीलाई भन्न सकेन र भन्न् सक्दैन पनि । र हामीलाई भनिदे पनि भन्दैन
। सुन लक्ष्मी त्यो सिँधा छ इमान्दार छ, मेहेनती छ । लगनशिल छ । त्यो उसको आनिबानी
त तिमीलाई पनि थाहा छ । तर पनि उसले तिमीलाई भित्रभित्रै माया गरेको भन्न सक्दैन ।
नाइ नभन प्लिज त्यो मेरो घोइरे घोप्टे साथी हो । तिमीलाई भन्न सक्छ भन्ने त्यसको हिम्मत
पुग्दैन भनेर नै मैले भनिदिएको हुँँ । ऊ तिमीलाई आफुलाई भन्दा बेहद माया गर्छ । प्लिज
नाइ नभन लक्ष्मी ! तिमीले अभी जस्तो सिँधा केटा पाउँदैनौ । असल र चोखो प्रेम मान्छेमा
एकपटक एकजना संग हुन्छ । त्यो अभिको पहिलो प्रेम तिमी हौ र तिमीसंग भएको छ । उसले तिमीलाई
असाध्यै माया गर्छ, प्रेम गर्छ । बाँकी तिम्रो हातमा छ सुइकार्छौ सुइकार्दैनौ । तर
अझै भन्छु अभिको प्रेम सुइकार गर । तिमीले अभी जस्तो असल प्रेमी पाउँदैनौ । थाहा छ
? दिनभरी त्यसले तिमीलाई भन्न नसकेरै त्यसले बाइक बिग्रेको नाटक गरेर तिमीलाई भन्न
ढिला गरेको हो । उसको बाइक बिग्रेको हैन, तिम्रो प्रेमले उसको दिमाग बिग्रीएको हो ।
त्यसैले उसले बहाना गरेर तिमीलाई जसरी भएपनी भन्छु भनेर ढिला गर्ने उपाय झिकेको हो
तर पनि त्यसले अहिलेसम्म भन्न सकेन तिमीलाई । त्यसैले यहिँबाट पनि तिमी थाहा पाउन सक्छौ
तिम्रो लागि उसको छातीभरी माया हुँदाहुँदै पनि भन्न सकेन । यदी यो चोखो मायाँ नभएर
के होत ? यदी ऊ गलत मान्छे स्वार्थ बोकेको हुन्थ्यो भने जमना मै तिमीलाई भनिसक्थ्यो
तर भन्न सकेन । किनकी ऊ तिमीलाई गुमाउन चाहन्न । उसले प्रपोज गरे तिमीले उसको माया
असुइकार गरेर बोल्नै छोडि दियौ भने ऊ सँधैलाई दुखी हुनुपर्छ भन्ने डरले भन्न सकेन ।
त्यसैले त उसको यही महानता तिम्रो लागि चोखो प्रेम हो लक्ष्मी प्लिज नाइ नभन । ल जे
भन्नुपर्ने हो त्यो मैले भनिसके बाँकी तिमीहरुको बिचको कुरा हो । बरु ढिलो भैसक्यो
अलिक छिटो आवो । बाइ ! म पनि घरतिर जादैछु बाटोमा छु । न्हुरलाई उसको रुममा पुराएर
फर्किदैछु । बाँकी तिमीहरुको प्रेम जिबन सफल रहोस् हार्दिक शुभकामना ।
सुरजले फटाफट आफ्नो कुरा
एकै मिनेटमा भनी टुङ्यायो । हामी दुबैजना के भन्नु नभन्नुको अवस्थामा आवाज बिहिन बनेर
सुनिरहेका थियौँ । सुरजको कुरा सुनिरहँदा हामी दुबैमा के बोल्ने भन्ने कुनै जवाफ नै
थिएन आपसमा । लक्ष्मीले त्योबेला के सोची कुन्नी थाहा भएन । तर मेरो भने मन भित्रभित्रै
डरले अब के हुने हो, लक्ष्मीले के भन्ने हो, के सोच्ने हो ? भने डरले एकतमासले ढ्यांग्रो
ठोकिरहेको थियो । जाडो मौसमको त्यो चिस्यानी रुमानी साँझ भएपनी मलाई अघी भर्खरै हावाले
हानेको सिरौटो कता भागीसकेको थियो । शरीर आफैमा थररर काँपेको जस्तो अनुभुती भएको थियो
। मेरो अनुहार भरी पसिना चिट-चिट आएको थियो । सुरजले फोन राखि सकेपछी लक्ष्मीले मेरो
हातमा मोबाइल दिँदै निशब्द आवाज बिहिन भएर उभिएकी थिन । त्यसपछी मैले बाइक स्टार्ट
गरेर पुन आफ्नो गन्तब्य तिर लाग्यौँ । छिपिदै गएको त्यो अँधेरी रातको शहरको कोलाहलको
सडक बिच हामी दुबैजना मौन थियौँ । म एकतमासले बाइक कुदाइ रहेको थिएँ भने लक्ष्मी श्वास
पनि फेर्न बिर्सिएकी झै गरेर चुपचाप् थिन । मेरो मन पनि उस्तै मनभरी केके सोचिन, के
भनिन भन्दै श्वासको रफ्तार र मुटुको धड्किएको चाल संगै अगाडि लम्पसार परेर सुतेको सडक
माथि थियो । अन्तत हामी काठमान्डौको भित्री शहर पुगेर डिल्लिबजार स्थित लक्ष्मीको घरमा
पुगेर बाइक रोकेँ । त्यो बेला न मैले लक्ष्मीलाई बाइ गूड् नाइट भने न लक्ष्मीले नै
मलाई गूड् नाइट जाउ है भनिन । भन्नुत परैजावोस बाइकबाट ओर्लिएर गएपछी पछाडि फर्किएर
सम्म हेरिन । त्यसपछी म फेरी उस्तै मनभरी डर बोकेर घर पुगेर आफ्नो रुममा लुगा पनि नखोली
त्यतिकै बेडमा पल्टिएँ । त्यो रात मलाई निदाउन हम्मे परेको थियो । रातभर मनमा कुरा
खेलाउदा खेलाउदै धन्न बिहानीपख निदाएको थिएँ ।
अघिल्लो दिनको थकान रातभरीको
अनिदोले गर्दा होला भोलिपल्ट बिहान आठ बजेतिर मात्रै बिउँझिएँ । बिउँझुनु मात्रै फेरी
हिजो रातिको कुराले दिमागमा हिर्काउन भ्याइहाल्यो । उठेर बेडमै पल्टेर के गरौं कसोगरौं
जस्तो भयो । एकमनले सोँचे लक्ष्मीलाई कल गरेर माफि मागौँ कि जस्तो लागेको थियो । अर्को
मनले सुरजलाई कल गरेर अब के गर्नेहोला यार भनेर सल्लाह माग्न मन लागेको थियो । फेरी
त्यही अर्को मनले सुरज मुले तैले गर्दा लक्ष्मी म संग रिसाइन । अब त्यो सब झुट हो,
तिमीलाई के भन्छौ भनेर मन चोर्न गरेको प्य्रांक हो भनिदे भनेर भनौँकी जस्तो भएको थियो
। मन आफैमा थिरमा थिएन । के गरौँ र कसो गरौँको स्थितिमा मडारी रहेको थिएँ बेडको ओल्लो
कुना देखी पल्लो कुनासम्म । दिमागमा कुरा खेलाउदा खेलाउँदै झन उकुसमुकुस भएर आएको महसुस
गरेँ मैले । त्यसपछी टेबलमा राखेको मोबाइल तानेर लक्ष्मीलाई कल लगाएँ । तर लामो घन्टी
जाँदा पनि उठाइनन । फेरो लगतार अर्को घन्टी हानिरहेँ जबसम्म उनले रिसिभ गर्दिनन । तर
उनले मेरो कल रिसिभ गर्नुको सट्टा उल्टै झन अघी भर्खरै घन्टी गएको मोबाइलको सुइच अफ
भनेर बताएको थियो । त्यसपछी झन ल केटी त, पक्का रिसाएकी रैछिन् म संग भन्ने लाग्यो
। त्यसपछी त मलाई अरु के चाहियो र ? झन ओठतालु नै सबै सुकेर आयो । लक्ष्मीको मोबाइल
सुइच अफ बताएपछी हतार हतार गरेर सुरजलाई कल लगाएँ । फोनको घन्टी जानेबित्तिकै सुरजले
लरबरिएको आवाजमा बोल्यो । अँ अभी भन के भयो एकाबिहानै ? उताबाट सुरजको यस्तो कुरा सुन्नेबित्तिकै
झननन रिस उठेको जस्तो भएर आयो । र, झोँकिएको पारामा उत्तर फर्काएँ । केको केभो ? त
धेरै बाठो भएर सब काम बिगारिस हैन ? लक्ष्मीले अहिलेसम्म न कल उठाउँछे न SMS गर्छे
। कस्तो तनबामा हालिस यार मलाई । अरे यार ! एकदुइ दिन पर्खिन, तेरो सवालको जवाफ आउँछ
यार । त तातै खाउँ जलाई मारौँ गर्छस, त्यती छिटो त कहाँँ हुन्छत यार । केटामान्छे जस्तो
हो केटीहरु । केटाहरु जस्तो होइनन केटीहरु, उनिहरु अलिक सेन्सेटिभ हुन्छन । त्यसैले
कित उनिहरु भाउ खान्छन कित सोचबिचार गरेर मात्रै जवाफ दिन्छन । तर ढिलाई भएपनी कि हाँ
को जवाफ दिन्छन कित ना,को जवाफ दिन्छन । त ढुक्क भएर बस, आतिनु पर्दैन । दुइचार दिनमा
पनि केही आएन भने म छु मुले तेरो लागि । विश्वाश लाग्दैन तलाई आफ्नो साथी माथि पनि
? उसले यती भनेपछी भने केही मन हलुका भयो र ढुक्क भएर उठेर बाथरुम तर्फ नुहाउन तर्फ
लागेँ ।
कलेज सकिएर पिकनिकबाट
फर्किएको पनि पाँचौँ दिन बितिसकेको थियो । यो बिचमा नत, लक्ष्मीको कुनै फोन कल नै आयो,
नत कुनै मेसेज नै, म भने यता तनाबै तनाबमा दिनहरु काट्दै थिएँ । यताबाट आफुले कल गर्न
खोज्यो कित लगतार घन्टी जान्थ्यो र उठ्दैनथ्यो भने कित घन्टी जाँदाजाँदै अचानक सुइचअफ
भनेर बताउन थाल्थ्यो । त्यसैले पनि मेरो दिनको भोक र रातको निन्द हराम भएको थियो ।
पाँचौँ दिनको बिहान त्यो दिन पनि बिहानै बिउँझिएर आफ्नो बेडमै पल्टिएर लक्ष्मीकै बारेमा
सोँचिरहेको थिएँ । यतिकैमा शिरानीमुनी राखेको मोबाइलको घन्टी बज्यो । सोचेँ पक्कै पनि
लक्ष्मीले गरेकी हुनुपर्छ भन्ने सोच्दै हतार हतार शिरानीमुनी बाट मोबाइल तानेर हेरे
। तर फोन लक्ष्मीको हैन एकाबिहानै न्हुरको रहेछ । अरे ! आज किन बिहान बिहानै कल गरिन
न्हुरले भन्ने सोच्दै कल रिसिभ गरेर हेलो न्हुर भने । तिमी बिदामा तराइ गएनौ भन्दै
सोँधे । उताबाट न्हुरले जवाफ फर्काउँदै बोलिन । अर्को हप्ता जाने । बाबा आउनुहुन्छ
भन्नु भएकोछ अर्को हप्ता, त्यसैले संगै जाने भनेर बसेकी गएकी छुइन । अनी सुनन अभी तिमीलाई
एउटा कुरा भन्नु थियो । न्हुरले यति भनिसक्दा हतारिदै भने मैले । अ भनन छिटो केहो न्हुर
? न्हुर उताबाट हाँस्दै बोलिन । हैन कती हतार के तिमीलाई ? कतै बिदेशै जान लाग्यौ कि
कसो ? खुब फ्लाइट नै छुट्ला झैँ गरेर हतारिएको छौ त ? न्हुर खितितीती हाँस्दै बोलिन
। त्यसपछी उनी फेरी बोलिन । तिमीलाई भेट्नुथ्यो अभी ! आज आउन सक्छौ तिमी मेरो रुममा
? रुममा ? नाइ मत आउँदिन रुममा त । बरु बागबजार आउन मेरो त्यहाँ काम पनि छ । मैले यतिभन्दै
कुरालाई अगाडि बढाएँ । त्यसपछी पुन न्हुर बोलिन । अनी यहाँँदेखी हिंडेर आउन सक्दिन,
त्यहाँसम्म ट्याम्पोमा चढेर आउन चै भाडा कस्ले दिन्छ ? तिमीले ? कि ! लक्ष्मीले ? न्हुरले
लक्ष्मीले भन्ने बित्तिकै पक्कै केहीछ भन्ने सोचेर फेरी हतारिदै बोले म । तिमी जसरी
पनि आउन न्हुर बरु भाडा म दिन्छु । फेरी न्हुर बोलिन । कतिबेला भेट्छौ ? मैले लगत्तै
जवाफ तुरुन्तै फर्काइ हालेँ । तिमीलाई फुर्सद छ भने अहिलेनै भेटौन न्हुर प्लिज । दिउँसो
म फेरी भ्याउँदिन होला ! मैले बहाना गर्दै अहिले नै तुरुन्तै भेट्ने कुरा गरेँ । त्यसपछी
उनी अहिले नै आउँछु भन्दै फोन राखेर अफ भैन भने म हतार-हतार लुगा लगाएर बाइक लिएर बागबजार
तर्फ हुइँकिएँ ।
बागबजार पुगेर कुरेको
करिब आधा घण्टा पछी न्हुरको फेरी अर्को कल आयो । मैले रिसिभ गर्दै बोले । हेलो न्हुर
तिमी कहाँँ आइपुग्यौ ? कि आकै छैनौ ? उताबाट न्हुरले जवाफ दिईन । म आइसके तिमी कहाँनेर
छौ ? लाइफ कम्प्युटर बिल्डिङ्गको अगाडिको युनिटी फुड क्याफेको भित्र छु तिमी त्यतै
आउ । मैले यती भनेपछी न्हुरले हस भनेर फोन काटिदिन । फोन काटेको पाँच मिनेट जतिमा सिसाबाट
बाहिर न्हुर आउँदै गरेको देखियो । न्हुर संगै लक्ष्मी पनि आएकी रहेछिन । न्हुरको पछीपछी
छेलिदै आएको सेतो कुर्था रातो सुरुवाल रातै सल काँधमा भिरेकी लक्ष्मीलाई झट्ट देखिहालेँ
। त्यसपछी त मलाई अरु के चाहिन्थ्यो ? मेरो होसहवसै गुमी हाल्यो । ला अब के भन्ने हुनकी
वा यत्रो मान्छेहरुको बिचमा बेस्सरी गाली गरेर बेइजत गर्ने हुनकी ? आज चै केटो फस्यो
। न्हुरले पनि मलाई फसाइन यार, यो केटीहरुको त भरै हुन्न । कम्सेकम लक्ष्मी पनि आउँदैछिन
भनेको भए त्यसको के बिग्रन्थ्यो ? म मनमनै यस्तो सोच्दै उनिहरु सरासर भित्रै आइरहेको
हेरिरहेको थिएँ । त्यसपछी भित्र प्रबेश गरिसकेपछी म पूर्वपटिको कुर्सिमा बसेको थिएँ
भने उनिहरु दुइजना पश्चिम पटिको कुर्सिमा बस्दै न्हुर बोलिन । केछ अभी खबर ? कस्तो
बित्दैछ तिम्रो बिदाको दिन ? मैले खासै केही छैन । बस दिनभरी घरमा बस्यो सुत्यो खायो,
जानु कतै छैन । बस बित्दैछ दिनहरु । बरु कलेज लागेकै ठीक है न्हुर ? मैले न्हुर तिर
फर्किएर बोल्दै आफुलाई केही सहज बनाउने प्रयत्न गरेँ । न्हुरले पनि अँ यार कलेज् भएन
भनेत कस्तो के नभएको जस्तो खल्लो हुन्छ । साँच्चै नै तिमीले भने जस्तै कलेज लागेकै
ठीक । बरु कम्सेकम भुल्ने बाटो त हुन्थ्यो । न्हुरले मेरो कुरमा सहि थप्दै बोलेपछी
भने अझ सहज् महसुस गरेँ ।
त्यसपछी टेबलमा रहेको
मेन्यु उठाउँदै न्हुरतिर ईशारा गर्दै बोलेँ । तिमीहरु के खान्छौ ? खान्छौ भन्नुको मत्लब
मेरो ईशारा लक्ष्मीतीर थियो । कतै त्यही बाहानामा उनी बोलिहाल्छन कि भन्ने थियो । तर
उनी बोल्नु त टाढाको कुरा, म संग आँखा जुधाएर अरुबेलाको जस्तो सिँधा नजरले हेरेको सम्म
थिईन । तैपनी मैले मेन्युमा भएको लिस्ट हेर्दै एउटा कफिचिनो र प्रन्स क्रीमरोल मगाएँ
। त्यसपछी मेन्यु न्हुरको हातमा दिँदै बोले । अडर गर तिमीहरु पनि के खान्छौ ? त्यसपछी
न्हुरले मिल्क कफी र उस्तै प्रन्स क्रीमरोल मगाइन । त्यसपछी दुबैतर्फ हामीहरुको बिचमा
सन्नटा छाएको थियो । न्हुर मेरो अनुहारमा आँखा जुदाउदै मुसुमुसु हाँस्दै थिन भने मलाई
चै उस्को हसाइले झन लक्ष्मीको अगाडि लाजले असहज महसुस भएको थियो । तैपनी आफुलाई केही
नभएको जस्तो बाहाना गरेर गफिन थाल्यौँ । न्हुर भन्दैथिन सुरजलाई पनि खबर गरेको भए हुन्थ्योनी
। ऊ पनि आउँथ्योकी ? ए अँ है साची ! बोलाएको भए हुन्थ्योनी । कि ! बोलाउत अब ? मैले
गोजिमा भएको मोबाइल निकाल्दै भने । न्हुर फेरी बोलिन । होस् भो छोड्द्यौ, हामीलाई हतार
छ । कफी पिईसकेर गैहाल्छौँ । गैहाल्छौँ ? मैले न्हुरको कुरा सुनेर प्रश्न गरेँ । लगतै
फेरी अर्को प्रश्न गरेँ । न्हुर अघी तिमीले किन भेट्नुछ भनेकी ? केहीपनी भनेनौत फेरी
? न्हुर मेरो प्रश्न सुनेर पुन उस्तै मुसुमुसु हाँस्दै बोलिन । त्योत सरप्राइज हो ।
अहिले जानेबेला मात्रै भन्छु । न्हुरले यती भनिसक्दा मेरो मनमा कौतुहल्ताको आँधी तुफाननै
चल्यो । झन केहोला भनेर मनमा एककिसिमको छटपटी र मनमा सन्त्रास छाएको थियो । यतिकैमा
वेटरले कफी र क्रीमरोल ल्याएर दियो । हामीहरुले गफिदै खाइसक्यौँ । यतिकैमा लक्ष्मीले
दाहिने हातले न्हुरको देब्रे तिग्रामा चिमोटेको ईशारा देखेँ । तर मैले देखेर पनि नदेखे
झैँ बनेर चुपचाप हेरिरहेको थिएँ । लक्ष्मीको चिमोटाइको ईशारा पाएकी न्हुरले म तिर फर्किएर
भनिन । ल अब हामी जान्छौँ है अभी ! पैसा चै तिरनी तिमी । हामीलाई भोक लागेकोले डिल्लिबजार
देखी यहाँँसम्म खाजा खनालाई आएको, त्यो पनि तिमीलाई मुर्गा बनाएर । यती भन्दै कुर्सिबाट
उठ्दै दुबैजना बाहिर निस्कन लागे भने म पनि उनिहरुसंगै उठेर काउन्टरमा गएर बिल बुझाएँ
। त्यसपछी तिनैजना संगै बाहिर निस्कन लाग्यौँ । त्यहिबेलामा न्हुर आफु पछाडि आएर मेरो
हातमा सुटुक्क एउटा कागजको पन्ना दिएझै दिएर बाहिर निस्किन र ट्याम्पो रोकेर बाइ अभी
हामी गयौँ है टेक केयर डियर भन्दै पुतलिसडक तर्फ हुइकिए । म पनि न्हुरले दिएको कागजको
टुक्रा पर्समा राख्दै बाइक लिएर घरतर्फ हान्निएँ ।
न्हुर र लक्ष्मी संग
बागबजारबाट छुटिएर हिँडेपछी करिब् आधा घण्टामा घर आइपुगे । आउँदा बाटोभरी केहोला त्यो
कागजको पाना भित्र भनेर सोच्द्दै आएँ । अनेकन तर्कनाहरु मनभरी कुरा खेलाउदा-खेलाउदै
बागबजारको त्यस्तो ब्यस्तताको सडक र ट्राफिक जाम छिचोलेर कतिबेला पेप्सिकोला स्थित
घरमा पुगेको थिएँ आफैले थाहा पाईन । बस मनभरी कतिबेला घरमा पुगौँ र खोलेर हेरौँ मात्रै
भएको थियो । एकमनले सोच्दै थिएँ, कतै मेरो प्रेम प्रस्ताब लक्ष्मीले सुइकारेकी छिनकी
भनेर खुशी र उमंग थियो भने कतै आइन्दा मेरो सामुन्ने नपर्नु भनेर पो लेखेकी छिनकी भनेर
अर्को मनले सोचिरहेको थिएँ । साचिकै भनौभने मनभरी खुशी भन्दा धेरै डर र सन्त्रास मात्रै
छाएको थियो । घरबाट निस्कदा बागबजार पुग्न जती छिटो र हतारो लागेको थियो उतिनै अन्धधुन्ध
भएको थियो फर्किदा । म आफैलाइ थाहै थिएन कि कतिबेला घरमा आइपुगेँ भनेर । मनभित्रको
उधुम सन्त्रासको बिचमा हतार-हतार गरेर सरासर आफ्नो कोठामा पुगेर बेडमा पल्टिदै सुरुमा
पत्रलाई दुइचार चोटि निधारमा लादै ढोक्दै चुम्बन गरेँ । ताकी पत्र भित्र अशुभ समाचार
नहोस भनेर । साचिकै मान्छेलाई जब कठिन र मुस्किल घडीको अवस्था आइपर्छ अनी तब अघिपछी
याद नआऊने भगवान पनि घरिघरी दिमाग र मनभरी आइदिन्छ । मलाई पनि त्यस्तै भएको थियो त्यो
दिन र पटकपटक भगवानलाई सम्झेर पत्रलाई ढोगेको थिएँ । त्यसपछी फेरी बेडमा पल्टिएकै अवस्थामा
एकपल्ट आँखा चिम्म गरेँ र पुन एकपल्ट पत्रलाई ढोगेर बिस्तारै त्यो कागजको पान्नालाई
उघार्दै पढ्न थालेँ । पत्र पढ्दै गएँ । जतिजती पत्र पड्दै जान्छु उतिउती एकतमासको हुरिबतास
चलेको जस्तो अनुभुती भएको थियो । म आफु स्वयमा ठाउँमा छु, सहिसलामत ठेगानमा छु जस्तो
लागेको थिएन । म आफ्नो रुमको बेडमा छु वा आकाशको हावामा तैरिरहेको छु, म स्वयमलाई थाहा
थिएन । साच्चै भनौँ भने दिमाग खुश्किएको पागल जस्तै बनेको थिएँ । पत्रले मेरो दिमागमा
एककिसिमले घन ठोकेको जस्तै ठोकिरहेको थियो । पत्रमा लेखिएको थियो ।
प्रीय अभी !
यो स्विकारोक्ती सप्रेम
तिमीलाई । भौतिक दुरिको हिसाबले हामी संगै र नजिकै भएपनी भावनात्मक अमरत्व प्रेम तिमीलाई
। एकैचोटी मेरो सिउँदोको भनुम या मेरो हृदयकुञ्जको चोखो मायाँ तिमीलाई । पुर्णेको शितल
जून झैँ सितल प्रेम तिमिलाई । झरनाको छाँगाबाट खसेको सफा पानीको बहाब जस्तै चोखो र
यौबनले सिँगारिएको फूल जस्तै जोबनको आत्मिक प्रेम तिमीलाई । आशा छ, मेरो हृदयको अन्तरकुनाबाट
प्रस्फुटन भएको प्रेमको आँधिबेहेरिलाई सम्हाल्ने छौ । सजाउनेछौ । इज्जत दिनेछौ । आशा
गर्छु मैले सुम्पिएको यो प्रेम, यो मायाको अपमान हुन दिनेछैनौ । प्राप्ती पछीको सफलतामा
अपहेलना पनि गर्नेछैनौ जसको कारणले म टुट्न परोस । यिनै आशाहरुको साथमा तिमीले भन्न
खोजेको कुरा अरुकै मुखबाट सुन्न परेपनी तिमीलाई हेरेर सुइकारेको छु । त्यसैले यो अटुट
प्रेम र माया समर्पित गर्दैछु आजिबन तिमीलाई ।
अभी मलाई थाहा थियो पहिलेनै,
कुनै न कुनैदिन तिमी भित्रको म प्रतिको प्रेम एकदिन पक्का ज्वालामुखी भएर बिस्फोट हुनेछ
। तिमी बिस्फोट भएका लावाहरु जस्तै भएर मलाई लपेट्नेछौ, जलाउनेछौ, तिम्रो प्रेममा,
तिम्रो मायाको आगोमा ध्वस्त बनाउनेछौ । म खाग हुनेछु जलेर । किनकी हामीले त्रीचन्द्र
कलेजको आँगन जुनबेला देखी पाइला नाप्न थालेका थियौँ । त्यहिबेला देखी तिमी फुट्नेमा
पक्का बनिसकेको थिएँ । तिम्रा म प्रतिको हरेक गतिबिधिको सुस्त निगारानी गरिरहेकी थिएँ
। तिम्रो हरेक कृयाकलापले तिमी मेरो सामु आउने बहानाहरु खोजेको प्रस्टसंग थाहा पाउँथे
। मलाई थाहा थियो एकदिन तिमी बर्खाको बागमती जस्तै उर्लेर आउनेछौ मेरो निम्ती । स्रावन
र भदौको मर्स्याङ्दी जस्तै खहरे भएर आउनेछौ । किनकी यो सब मलाई थाहा थियो तिम्रो आँखाको
परेली र ओठको डिलमा पोखिन मात्रै बाँकी थियो । ति सबै बिम्बका अनुभुतिहरु आज ढिलाई
भएपनी तिमी उर्लिएको छौ, पोखिएको छौ । समग्रमा भनौँ भने तिमीले मलाई तिम्रो जिबनको
आधा हिस्सा हुन प्रेमको आह्वान गरेको छौ जस्लाई मैले जानेर वा नजानेरै आत्मासात गरेको
छु ।
प्रीय अभी । केहीदिन
अगाडिसम्म तिमी मेरो लागि अभी मात्रै थियौ । तर अबभने आजको तिम्रो हातमा पड्दै गरेको
यो कागजको टुक्रा संगै हाम्रो सम्बन्ध फेरिएर अभी बाट प्रीय अभी बनेको छौ । हिजो अस्ती
सम्म लक्ष्मी भनेर बोलाउने तिम्रो सम्बोधनहरुमा अब उप्रान्त तिमी मलाई अनेकौँ नाम,
उपनामा, र सर्बनामहरुले बोलाउन सक्नेछौ । जसरी तिमीलाई सहज हुन्छ, त्यसैगरी सम्बोधनहरुको
आफु अनुकुलको नामकरण गर्न पाउनेछौ । जस्ले मलाई शितल र तिम्रो हुनुको अनुभुतीमा बाँधेर
राख्नेछ । हो अभी साच्चै यतिबेला म तिमीसंग सम्बन्ध र हकको कुरा खुलेर गरिरहेकिछु ।
जुन कुराले आज ऊप्रान्त हामी बिचमा अलग्गै छुट्टै भिन्नै अनुभुतिको सम्बन्ध कोरेकोछ,
जुन साधारण मित्रताबाट असाधारण मित्रता भन्दा माथिको सम्बन्धमा प्रेमी प्रेमिका भएर
उभिएकाछौ । तर मैले यो सबै सुइकारोक्ती ब्यक्त गरिरहँदा डर पनि लागिरहेको छ किनकी नारी
हुँँ कतै कहिपुगेर बिखर्छुकी भन्ने डर छ । कतै कुनै मोडमा पुगेर तिमीसंगको सम्बन्धमा
दरार आउँदा मेरो अपमानको घडी आउछकी भनेर डर छ । अनी एउटा कुरा अभी ! मैले तिमिमाथी
अबिश्वास गरेकी होइन, तिमी प्रतिको विश्वाश, भरोसा र मायाले गर्दानै तिमीलाई अपनाएकी
छु । तर तिमीत पुरुष हौ अभी आज म संग छौ भोली अरुकोही संग पनि हुनसक्छौ । तिमीलाई त
के फरक पर्छर अभी, तिमी छोरामान्छेहरुला एउटा छोडेर अर्कोमा स्थानतरण हुन कतिपनी असहज
हुनेछैन । तिम्रो इज्जत जहाँ छोडेको हुन्छौ तिमीले त्यही हुन्छ तर हामी नारी जातिको
इज्जत त एकपल्ट टुटेपछी सकिन्छ, समाजमा न जिउन सकिन्छ न परिवारमा बाँच्न सकिन्छ । एकपल्ट
टुक्रीएको काँचको ऐना जस्तै हुन्छु मत, न जोड्न सकिन्छ त्यसलाई, नत सजाउन सकिन्छ, नत
त्यहा सुन्दर तस्बिर देखिन्छ, नत कुनै छाँया । अब त्यो सबै विश्वास दिलाउने र मेरो
इज्जत बच्चाउने वा मलाई मृत्युको मुखमा धकेल्ने तिम्रो जिम्मा र हातमा छ अभी ।
हो अभी ! पत्र भनौं या
सम्बन्धको पहिलो खुट्किलोमै तिमीलाई यतिधेरै अधिकार दिएर यो पत्र लेखिरहेकी छु । थाहा
छैन तिमी मलाई के सोच्छौ ? अनी मलाई यो पनि थाहा छैन कि तिमी मेरो बारेमा भबिश्यमा
के धारणा बनाउँछौ भनेर । तर मैले तिमीलाई सुइकारेको छु । तिमीलाई आफ्नो भनेर कुरा गर्ने
हक दिएकोछु । मैले विश्वाश गरेको पुरुष ठानेको छु जस्लाई आफ्नो प्रेमको भबिश्य सुम्पिदैछु
। हिजोसम्म प्रेम गर्नुमा तिम्रो आफ्नो मात्रै हात थियो वा तिम्रो हृदयको कुरा थियो
भने आज त्यसलाई सुइकारेर त्यो भन्दा दोब्बर जिम्मेवारी र उत्तरदायित्व निभाउने भूमिका
तिमीलाई सुम्पिएको छु । तिमी त छोरा मान्छे हौ, तर मत छोरी मान्छे । छोरी मान्छेको
मन अतिनै नाजुक हुन्छन । त्यसलाई सानो चोटले पनि दुख्छ । सानोसानो बिषयले पनि चिमोट्छ
। सानोतिनो घटना-परिघटनाले पनि बिचलित बनाउँछ । किनकी छोरीमान्छेहरु यती नाजुक हुनुको
कारणहरु भनेकै पुरुषको दाँजोमा छोरीमान्छेको इज्जत समाजमा अलिक अफ्ठ्यारो असहज र सुक्ष्म
हुनालेनै हो । उनिहरु मान्छे त हुन तर एकपल्ट दाग लागेपछी जती धोइपखाली गरेपनी नमेटिने
गम्भिर दाग बन्छ र रहिरहन्छ । जुन दाग छोरीमान्छेले झैँ छोरामान्छेले बद्नामा हुनपर्दैन
। त्यसैले पनि तिमीले पढिरहेको पत्रसंगै पुनह एकपल्ट भन्दैछु, अब उप्रान्त मेरो इज्जत
तिम्रो हातमा सुम्पिएको छु ।
मलाई पत्र लेख्न आउँदैन
अभी ! त्यसैले यतिसानो पत्रमा मन भित्रको उकुसमुकुस कसरी पोखौँ त्यो मलाई नै थाहाछैन
। जती भन्नुपर्ने हो तिमीलाई त्यती भन्न सकिरहेकी छैन । जती आफ्नो कुरा राख्नुपर्ने
हो त्यती लेख्न सकिरहेकी छैन । तर जती जाने, जती सकेँ, त्यतिनै शायद तिम्रो लागि काफी
होला भन्ने बुझेकी छु । किनकी तिमी एक पुरुष मात्रै नभएर नारिलाई मानसम्मान इज्जत र
प्रेमा गर्ने एक असल, सभ्य प्रेमी पनि हुनेछौ । किनकी यिनैमा मेरो विश्वाश अडिएकोछ
तिमीप्रती । त्यसैले पत्रको अन्त्यमा भन्न चाहन्छु तिमीलाई यो इज्जत तिम्रो दाउमा राखेर
तिमीलाई असिमित र अनगिन्ती माया सुम्पिएकी छु । भन्दै आजलाई यो सानो पत्र जानी नजानी
बन्द गर्छु । बाँकी पत्रलाई आफैले बुझेर, सम्झेर र मैले भन्न खोजेको कुराको तात्पर्य
केलाउनेछौ भन्ने आशागर्दै आजलाई बिदा हुनेछु । बाँकी तिमीलाई केही भन्नुछ भने कल गर्न
सक्नेछौ । नत्र त्यो पनि असहज लागे पत्र लेखेर सुरज नत्र न्हुरको हातमा पठाउनेछौ भन्ने
आशा गरेको छु । त्यो पनि होइन भने हामी फेरी चाँडै कलेजमा भेट्नेनै छौ र आफ्ना मनका कुरा साटासाट गर्नेछौं भन्दै प्रिय अभी आजलाई
बिदा ।
उही आजदेखी तिम्रो भागमा
परेकी
तिम्रो लक्षमी ।
पत्र छोटो तर मिठो अनी
उस्तै अर्थपूर्ण । पत्र पड्दा-पड्दै कतिबेला सकियो मैले थाहै पाइन । पत्रमा उनले उल्लेख
गरेको हरेक शब्द र हरफहरुले प्रेम र त्रास दुबै पोखिएको अनुभुती हुन्थ्यो । कतै प्रेम
पोखिएको आभाष हुन्थ्यो भने कतै अबिश्वास पोखिएको पनि आभाष हुन्थ्यो । खैर जेहोस् कुरा
जेजस्तो भएपनी मैले भन्न नसकेको कुरा सुरजले त्यो पिकनिकको दिन नभनिदिएको भए शायद अझै
कतिदिन म लक्ष्मीलाई भन्न सक्ने थिईन वा आजिबन भन्ने नै थिईन । त्यसैले पत्रलाई हजारबार
चुम्बन गर्दै बेडमा ओल्लोकुना र पल्लो कुनाछेउ गर्दै पल्टिमारेर कतिपटक मडारिएँ मलाई
नै थाहा थिएन । पत्रलाई मात्रै कतिपटक पढे हुँला मैले अनुमान लगाउन सक्दिन । जतिपटक
पढ्छु उतिपटक मेरो पहिलो प्रेम पाउँछु । मेरो जिबनको पहिलो खुशी पाउँछु यतिको खुशी
त मैले आजसम्म कुनैपनी पलमा प्राप्त गरेको छुइन जती लक्ष्मीको सुइकारोक्ती पत्रले दिएको
छ । त्योदिन दिनभरी नै मलाई हावामा उडेको जस्तै हलुका महसुस भएको थियो । आफ्नै पाइतलाले
कहाँ टेकेकोछु त्यो सम्म हेक्का थिएन मलाई, त्यतिधेरै खुशी, उमंगले छुएको थियो मलाई
।
यतिकैमा बाहिरबाट ढोकामा
ढकढक गरेको आवाज संगै सर ! सर !! भन्दै दुइतिन चोटि आवाज दिएको सुनियो । आवाज आएसंगै
होस् खुल्दा म न्हुरको मेल पढिसकेर अफिसको कुर्सिमा बसेर कम्प्युटर अगाडि एकोहोरो भएर
टोलाएर अतितमा पुगेर पो, डुबिरहेको रहेछु । हतार-हतार भित्रै आउनुहोस भनेर मैले भित्रैबाट
कुर्सिमा बसेकै अवस्थामा आवाज दिएँ । ढोका बिस्तारै खोलेर आधा शरीर ढोका बाहिर र आधा
शरीर कोठा भित्र पारेर अफिसकै स्टाफ बोलिरहेको थियो । सर, कंन्चनलाई आज हस्पिटल लाने
भन्नुभएको हैन ? कतिबेला लानु हुने कि आज नलाने सर ? ऊ लगतार बोलिरहेको थियो । त्यसैले
मैले ह्यांगरको कोट झिकेर लाउदै भने । हस हुन्छ तपाईं तयार गर्दै गर्नुहोस, म सानो
काम सकेर आउछु भनेर स्टाफलाई बिदा गरेर म दोलाखाको कार्यक्रमको लागि प्रोजेक्ट बनाउन
लागे ।
बिहानको करिब एघार बजेतिर
कंचनलाई लिएर म हस्पिटल तर्फ हानिए । हस्पिटल पुग्दा मान्छेहरुको घुइचो थियो । मैले
अगाडि नै आश्रमको नाउँमा नाम लेखाइ राखेकोले गर्दा पुग्ने बित्तिकै हाम्रो पालो तुरुन्तै
आइहाल्यो । त्यसपछी भित्र डक्टरको कक्षामा प्रबेश गरेर अघिल्लो दिनको रिपोर्ट देखाउदै
सबै कुराहरु बताएँ । दिनभरिमा कंचनको मेडिकल जाँच गरिसकियो । सबै चेकजाँच र रिपोर्टको आधारमा म तिर फर्किदै डक्टरले भने, लामो समय देखी गहिरो कुनै आघात पुगेको हुनसक्ने नत्र कुनै भबितब्य घटनाहरु देखे भोगेको हुनुपर्छ । त्यसैले उनले मानसिक संन्तुलन गुमाएको हुनसक्ने अनुमान लगाउँदै केही औषधी र ब्यायाम गराउने र काउन्सेलिङको आवश्यकता भएको जानकारी दियो । त्यसपछी त्यहाबाट कंन्चनलाई लिएर
बेलुकी पाँच बजेतिर मात्रै म आश्रममा पुराएर बेलैमा औषधी खान र ब्यायाम गराउन
भन्दै आश्रमको स्टाफलाई भनिराखेर बेलुकी अलिक ढिलोगरिकिन घर फर्किएँ ।
रचना- अर्पण योञ्जन
"शिरीष"
मिती- ९, १६ मंसिर २०७९
No comments:
Post a Comment