भाग-४
काठमान्डौको शहरी जिबन
र दैनिकको ब्यस्तता
उहित हो, हरेकदिन
बिहान घाम झुल्कनु
अगाडि र बेलुकिको
जून उदाउनु अघिसम्म
सबै ब्यस्त रहन्छन
। यहाँ मान्छे
मात्रै हैन सहरका
घरहरु र सडकहरु
पनि ब्यस्त रहन्छन
। काठामान्डौ यस्तो
शहर हो जहाँ राम्रा नराम्रा
सबै कर्महरु हुन्छन
। हुनत हरेक
शहरहरु हुन्छन नै
त्यस्तै । अझ काठमान्डौ त देशैकै
राजाधानी न पर्यो,
यहाँ देशको बिभिन्न
जिल्ला देखी सुरक्षित
भबिश्य खोज्दै आएर
कतित शहरमै बर्सौं
सम्म गुमनाम हुन्छन
भने कोही गैरह
कानुनी गर्ननहुने कर्महरु
पनि गरेर बद्नाम
भएर जिउँछन ।
शहरको कुन सडक,
कुन गल्ली, कुन
घर, कुन होटल
रेस्टुरेन्ट्, कुन पार्क,
कहाँ कहिले कस्को
जिबन लुटिन्छ पत्तैहुन्न
। यहाँ एकले
अर्काको लुटेर बाँच्छन
जिबन । शहर यस्तो ठाउँ
हो जहाँ न मानब्ता हुन्छ न मानबिय कर्म
नै, बिल्कुलै निर्मोही
कठोर र आफैमा हरेक ससस्त्र
हुन्छन जुन कतिबेला
आफैलाइ घातक हुन्छन
। हो यहाँ मान्छे यसरी
नै जिउँछन ।
कोही जागिरको नाउँमा
लुट्छन र लुटिन्छन,
कोही ब्यापारिको नाउँमा
लुट्छन र लुटिन्छन
। कोही बिरामीको
नाउँमा लुट्छन र
लुटिन्छन तैपनी हरेक
दिन ब्यस्तताको बिचमा
बाँचेकैछ काठामान्डौ । कहिलेकाँही
त यहाँ हरेकले
हरेकलाई लुछेको देख्दा
यो शहर भन्दा
सुन्दर ठाउँ अरु
कहाँहोला भनेजस्तै हुन्छ । लुटिने, भुटिने, मारिने,
बेचिने, किनमेल र
सौदाबाजिको सेयर मार्केटको
कारोबारी बजार जस्तै
लाग्छ शहर । जहाँ कुनै
एकले अर्को कुनै
एकलाई नढाँटी पैसा
कमाउनै सक्दैन ।
त्यसैले त यहाँ मान्छेको मुल्य भन्दा
पैसाको मुल्य महँगो
हुन्छ । यदी पैसा जस्तै
मान्छेको मुल्य महँगो
भैदिएको भए न कोही लुटिन्थ्यो,
न कोही मारिन्थ्यो,
न कोही बेचिन्थ्यो
न कोही बलत्कार
हुन्थ्यो । आज
तिनै मानब धर्मको
अभावकै कारण सडकको
गल्लि-गल्ली र मठ-मन्दिर
घरको पेटि-पेटिमा
मुर्दा जस्तै बनिसकेका
जिउँदा लाशहरु भेटिन्छन्
। जो आफैमा
जिउन बोझ त भएको हुन्छ
नै, देश र शहरको पनि
सुन्दरता र त्यहाँको
समाजको ऐना छर्लङ्ग
उदाङ्गिएको हुन्छ ।
त्यसैले गाउँका बुढापाकाहरु
भन्ने गर्छन शहरमा
प्रेम हुँदैन ।
हो यिनै अरुको
बेमत्लबी शहरको कोलाहल
बिचमा म पनि हरेकदिन परिचित् छु,
जसरी अरु परिचित
र अभ्यस्त छन
यो शहरसंग ।
त्यसैले हरेक बिहान
मर्निङ वाल्क देखी
आफ्नो दैनिकीको सुरुवात
गर्छु म । बिहानै उठेर
पाँच, छ किलोमिटर
दौडिएर आश्रममा आइपुगेपछी
नुहाइधुँवाइ सकेर बिहानको
तातो चुस्किको एक
कप कफी पिउँदै
कामको थालनी गर्छु
। त्यसपछी कम्पाउन्डको,
सरसफाइ, मान्छे बस्ने
कोठा टोइलेट, किचेन
सबैको सरसफाइ र
निरिक्षण सकेर, असक्तहरुको
नास्तापानी, खानपान औषधी
आदिको हेरचाह गर्छु
। जसरी हिजो
गर्थें, आजभोलि र
पर्सी पनि उसैगरी
म आफ्नो कर्म
गरिरहन्छु । ति
सबै सकिएपछी आफ्नो
अफिसमा बसेर केही
अफिसियल र प्राइभेट
इमेलहरु हेर्छु र
काम अनुसारको जवाफहरु
लेखेर पठाउँछु ।
कतैबाट सुचना आए
असक्तहरुको उद्वारमा खटिन्छु भने
कहिलेकाही चै अफिसको
कामले जिल्ला बाहिर
पनि जाने आउने
गर्छु । यसरी जिल्ला बाहिर
जाँदाभने सबैभन्दा, धेरैचैं धादिङ,
मकवनपुर, चितवनको माथिल्लो पहाडी
ईलाका, काभ्रे, सिन्धुपाल्चोकको
मेलाम्ची सम्म र
पोखरा, बाग्लुङ, तनहुँ,
र पूर्वको झापासम्म
पुगेर आफ्नो कार्य
गरेर फर्कन्छु ।
जिल्लामा महिला बेचबिखन
बिरुद्धको अभिमुखिकरण तालिम र बालबालिकाहरु जोखिममा रहेको
कसरी उद्वार र
तिनको ब्यबस्थापना गर्ने
भनेर तालिम दिँदै
हिँड्नु मेरो कर्म
र धर्म दुबै
भएकोछ मेरो जिबनमा
। त्यसैले पनि
म हरेक महिना
जसो काठामान्डौ बाहिरनै
रहने गर्छु । तरपनी आश्रममा
कसैको औषधी उपचारको
बारेमा बारम्बार जानकारी
लिईरहेकै हुन्छु ।
त्यस मद्धेमा पनि
कंञ्चन म नहुँदा
भने खाना नखाने
र औषधी नखाने
गरेर स्टाफहरुलाई हैरान
नै बनाएको खबर
आउँथ्यो । कहिलेकाँही
त फोनमा फकाएरै
भएपनी खाना र औषधी खुवाउनु
पर्थ्यो । आश्रममा
ल्याएको कयौँ महिना
बितिसकेको थियो ।
तैपनी उनको साधारण
आदतमा परिबर्तन आएको
बाहेक औषधी र खाना खुवाउन
खुब हम्मे पर्थ्यो
। प्रायजसो मेरो
हातले खुवाउने बानी
जतिकै परिसकेको थियो
। त्यसैले पनि
जिल्लाबाहिर जानुपर्दा फोनमै मैले
बोलेको आवाज दिएर
भएपनी खाना खुवाउनु
पर्थ्यो । थाहा छैन उनमा
कस्तो परिवर्तन आएको
थियो कुन्नी ? चुपचाप
नियालेर हेर्नु सिवाय
केही बोल्दिनथिन ।
तैपनी मैले भनेको
कुरा सुनेर बुझेझैं
उनी मोबाइलमा मेरो
आवाज सुनिसकेपछी भने
खाना र औषधी दुबै खान्थिन
। शायद उनी
सबै बुझ्ने भएकी
थिन तर पनि उनी कहिलै
बोलेको सुनिएन ।
मलाई पनि जिल्ला
बाहिर रहनुपर्दा भने
उनैको सबैभन्दा धेरै
पिर लाग्थ्यो ।
खै किनहो कुन्नी
उनको हेरचाहमा मलाई
आफ्नै सन्तानको हेरचाह
गरेको जस्तै आनन्दको
अनुभुती र ढुक्क लाग्थ्यो । हुनत आश्रममा भएको सबै
मेरो उमेरको भन्दा
धेरथोर जस्तोसुकै उमेर
समुहको किन नहोस
ति सबैलाई आफ्नै
सन्तानको अनुभुती हुन्थ्यो ।
सबैलाई गर्ने मायाँ
र हेरचाह उतिकै
बराबरी हुन्थ्यो ।
तैपनी कंञ्चनलाई गर्ने
हेरचाह र मायाँ भने छुट्टै
भिन्नै स्नेहको न्यानो
निकट्ताको अनुभुती हुन्थ्यो ।
म हरेकदिन घरबाट आउँदा
होस या अफिसकै
क्वाटरमा बसेको बेला
किन नहोस् म कंञ्चनको गतिबिधिलाई निक्कै
नजिकबाट नियाली रहेको
थिएँ । उनमा धेरै कुरामा
निक्कै राम्रोसंग सुधार
भएको परिवर्तन देखिरहेको
थियो । त्यसैले
पनि धेरै दिनदेखी
म उनको हरेक
कृयाकलापको सुक्ष्म तरिकाले अध्ययन
गरिरहेको थिएँ ।
प्राय उनी कित एक्लै बस्थिन
भने कित उनी भुँईमा बसेर
अनेकन नजानिदो पाराले
केही तस्बिर र
केही नामहरु लेखेर
मेट्दै फेरी लेख्दै
गरेर खेलिरहन्थ्यो ।
त्यसरी धुलोमाटोमा लेखेर
मेटाउँदा भने घरिघरी
रिस उठेको झैं
वा झर्को लागेको
झैं गरेर अनुहारमा
रिसको भाव र झर्कोपना झल्किएको प्रस्ट
देखिन्थ्यो । शायद
उनको मनभित्र केही
उर्लेर आउँथ्यो र
लेखेर आफुलाई शान्त
बनाउँथ्यो । त्यसरी
खेल्दाखेल्दै अचानक उनी
द्रवित हुन्थिन र
फेरी ति तस्बिरहरु
मेटाउँथ्यो । ऊ
केही भन्न, लेख्न
चाहन्थ्यो । केही
प्रस्ट्याउन चाहन्थ्यो । आफु भित्रको मनको आँधितूफान
लेखेर वा कसैलाई
ब्यक्त गरेर शान्ता
हुन चाहन्थ्यो ।
यस्तैमा एकदिन म बाहिरबाट आउँदै थिएँ
। उनी सधाझैं
उसैगरी भुइमा बसेर
केके-केके अस्पस्ट
नामहरु लेखेको जस्तै
लाग्यो । मैले उनको नजिकै
गएर हेर्ने कोशीस
गरेँ । तर म उनको
नजिकै पुग्नु अगाडि
नै हातले हतारहतार
गरेर मेटाएर अदृश्य
बनाइहालिन । त्यसपछी
म उनको नजिकै
गएर शिरमाथी हात
राखेर कपाल खेलाउँदै
एकोहोरो बोलेँ, उनी
कुरा बुझेझैँ गरेर
एकतमासले मेरो अनुहारमा
हेरिरहेकी थिन ।
म बोल्दै गएँ
। तिमी केही
भन्न चाहन्छ्यौ हो
? कि तिमीलाई लेख्न
पढ्न पनि आउँछ
? भनत केही लेख्न
बनाउन चाहन्छौ तिमी
? कपी कलम ल्याइदिउँ
? उनले मेरो प्रश्नको
जवाफ देलाझैँ गरेर
एकोहोरो मैले सोधिरहेँ
। थाहा थियो
उनी बोल्दिनन तरपनी
किनकिन मलाई उनको
त्यो दैनिकको धुलो
माटोमा लेख्दै मेट्दै
गरेको दृश्यले जवाफ
देलाकी झैं महसुस
हुन्थ्यो । उनको
आँखामा फर्किएको ज्योति
र अनुहारको चमक्ताले
पनि उनी केही
भन्न खोजेझैं वा
बोल्न सक्ने जस्तै
लाग्थ्यो । हुनत
उनको अनुहारको उज्यालोपन
हेरेर मलाई यस्तो
लाग्नु स्वाभाबिक नै
थियो । किनकी हरेक कर्म
गरेपछी त्यसको प्रतिफल
पाउने आशा सबैमा
हुन्छ । त्यो आशा म
मा पनि थियो
। जुन आशा आश्रममा ल्याएपछी उनको
औषधी उपचार र खानपान हेरचाहले
पनि हरेकदिन स्वास्थ्यमा
सुधार हुँदैजादै थियो
भने मलाई आफुले
गरेको कर्म प्रती
विश्वाश र आशा भरोसा थियो
। उनी एकदिन
पक्कै ठीक हुन्छिन
भनेर । तर मलाई यस्तो
आशा लाग्नु स्वाभाबिक
भएपनी उनमा देखिएको
बद्लावसंगै बोलिको परिवर्तन
भने कहिले आएको
देखिएन । शायद उनी जन्मजातै
बोल्दिनथिन वा कुनै
गम्भिर मानसिक आघातमा
थिन । मैले उनलाई गरेको
प्रश्नको नत जवाफ
पाउँथे नत उनी बोल्न नै
सक्थिन, केवल उनी
मैले यावत कुराहरु
सोधिरहँदा भने मेरो
अनुहारमा एक्टकले एकोहोरो भएर
सुइकारोक्तिको भाषा बोलेझैँ
हेरिरहेकी थिन ।
मलाई लाग्यो उनी
मेरो प्रश्नको जवाफ
हेराइको भाकाले दिईरहेकिछीन
। आँखाको भाकाले
बोलिरहेकिछिन । मलाई
यस्तै महसुस भएको
थियो त्यो दिन
।
भोलिपल्ट बिहान स्वयम्भु
मार्गको एयर्पोर्ट गेटको
ठीक अगाडिपट्टी रहेको
save the children को country
office मा बिहानै देखी
यच.आइ.भि. तथा लागुऔसध
रोकथामको एकहप्ते कार्यशाला गोष्टी
भएकोले गर्दा बिहानको
कफी पनि नपिइकन
म त्यतातिर लागेँ
। काठमान्डौको अस्तब्यस्त
ट्राफिक र धुवाँधुलोलाई
छिचोल्दै करिब आठ
बजेतिर अफिस पुगेँ
। अफिस पुग्दा
सहभागिहरू खासै कोही
आइपुगेको थिएनन ।
त्यसैले फेरी म त्यहाँबाट निस्किएर अलिकती
अगाडि रहेको प्यासन
क्याफेमा आएर एउटा
तातो ब्लाक नेसकफी
अर्डर गरेर पिउन
लागे । यतिकैमा
आश्रमबाट कल आयो
। कल त्यहिँको
भान्से संगिता दिदिको
रहेछ । मैले हेलो दिदी
केभयो भन्दै कल
रिसिभ गरेँ । यतिकैमा उताबाट संगिता
दिदी बोल्नुभयो ।
सर कंञ्चनले नास्ता
र औषधी नै खान मान्दिनन
त के गर्नु
? त्यसपछी मैले कंञ्चन
त्यहिछ भनेर सोधेँ
। दिदिले उताबाट
उम भनेर त्यही
भएको जानकारी दिनुभयो
। त्यसपछी मैले
मोबाइलको स्पिकर आउट
गरेर उनको अगाडि
राखिदिनु भनेर अराएँ
। वहाँँले मैले
भनेजस्तै त्यस्तै गर्नुभयो ।
त्यसपछी मैले कंञ्चनलाई
फकाउँदै भने । अहिले तिमीले
नास्ता र औषधी खानुपर्छ है भरे म आउँदा
चकलेट ल्याइदिन्छु भनेर
भनेँ । त्यसपछी
भने उनले बुझिन
या बुझिनन मैले
फोन कलबाट देख्ने
कुरो पनि भएन । शायद
कंञ्चनले टाउको हल्लाइन
होलिन । त्यसैले
उताबाट संगिता दिदीले
भनिन, अब खान्छिन
होला भनेर हस सर बाइ
भनेर कल काटिदिन
। लगत्तै उताबाट
कल काटिने बित्तिकै
फोनको टुँ-टुँ गरेको आवाज
सुनियो । यतिन्जेलसम्म
कफी बनेर आइसकेको
थियो । मैले पनि बिहानको
तातो कफिको सुर्की
लिँदै केहीछिन मै
पिइसकेर पुनह अफिस
तर्फ लागे ।
अफिस पुग्दा त्यतिबेला
भने सबैजना आइसकेर
मिटिङहलमा बसिसकेका रहेछन । त्यसपछी औपचारिक परिचय
मार्फत गोष्टी सुरुभयो
। सबैको परिचय
हुँदैजाँदा जब इन्डिया
देखी आएको पाहुनाको
परिचय दिने पालोआयो
तब उसको परिचय
सुनेर गललल हाँसोको
फोहोराले हलनै गुञ्जायमान
भयो । बिचरा ति पाहुनापनी
हामीहरु सबैजना हाँसेको
देखेर ऊ आफु पनि हाँस्न
थाल्यो । एकछिनको
लागि भएपनी मिटिङ्गहलको
माहोल रमाइलो भएको
थियो । उसको नाम सुन्दा
यस्तो लाग्थ्योकी त्यो
नाम उनी एउटाको
मात्रै नभएर चार-पाँच जना
ब्यक्तिको नाम जस्तो
सुनिन्थ्यो । गोष्टिको
प्रमुख बक्ताहरु मध्य
एशियाको क्षेत्रीय कार्यालय
UAE बाट मोहम्मद बिन
अलसलाल र पूर्व क्षेत्रीय कार्यालय इन्डिया
देखी भने स्वामी
कृष्णकुट्टी भेन्कटा नारायण पिल्लाई
आएको रहेछ । उसैको नाम
सुनेर सबैजना हाँसेका
थिए । शायद उनी दक्षिणी
भारतका हुनुपर्छ ।
किनकी मैले एकबर्ष
अगाडि गोवामा चलेको
साताब्यापी गोष्टिमा भाग लिन जाँदा केरला
र तामिलनाडु प्रान्तका
केही हिन्दूहरुको यस्तो
नाम हुन्छ भनेर
थाहा पाएको थिएँ
। जहाँँ केरला
र तामिलनाडुको प्रान्तमा
हजुरबाको नाम, बाउको
नाम र आफ्नो पनि नाम
जोडेर राखिने चलन
रहेछ । त्यसैले
पनि उनिहरुको यतिलामो
नाम हुनगएको रहेछ
। अझ त्यहाँको
नाम राख्ने प्रचलन
यहाँँसम्म रहेछकी बाजे,
बाउ भए उनिहरुको
नामबाट र नभए आमाको नाम
र स्थानिय ठेगाना
वा गाउँटोलको नामबाट
पनि मान्छेको नाम
राखिँदो रहेछ । मैले पहिलोपटक
त्यो चलन त्यहाँबाट
सुनेको थिएँ । जेहोस कार्यक्रम
भब्यरुपमा सम्पन्न भयो । कार्यक्रमा सकिँदा बेलुकिको
आठ बजिसकेको थियो
। त्यसैले म
त्यहाँबाट निस्किएर हिंड्दा साडे
आठ बजिसकेको थियो
भने आश्रमको रुममा
पुग्दा ९:१५ रातिको बजिसकेको
थियो ।
जब म आफ्नो
अफिसको फ्लाट हुँदै
आफ्नो रुमतर्फ उक्लदैथिएँ
। तब बार्दलिको
पल्लो कुनामा एक्लै
बसेर आकाशतिर टोलाएर
जूनलाई एकोहोरो भएर
नियाली रहेको थिन
कंञ्चन । जब उनी आकाशतर्फ
नियालेर एकतमासले कतै
हराउँदै थिन वा रमाउँदैथिन, थाहाभएन ।
तर ऊ केही खोजिरहेको थियो त्यो
अँध्यारो संग, आकाशमा
देखिएको बार्दलीमाथी आएको
जूनलाई नियालेर ऊ
कतै गुमनाम हराइरहेकी
थिन । मानौँ बार्दली माथिको आकाशमा
आएको जूनसंग उनको
गहिरो नाता होस
। हो उनी यसरी नै
एकोहोरो भएर जूनलाई
हेरेर टोलाइरहेकी थिन
। यसरी टोलाई
रहेकी उनलाई देखेर
मलाई उनको नजिकै
जान मन लाग्यो
। म बिस्तारै
उनको नजिकै गएँ
। अहिलेपनी उनको
ध्यान म तिर नगएर आकाशमा
देखिएको जून हेर्नमै
ब्यस्त थियो । एकोहोरो भएर जूनलाई
नियालिरहेकी कंञ्चनको अनुहारलाई हेर्दै,
त घरी आकाशमा
चम्केको सेतो सितल
जूनलाई हेर्दै म
पनि टोलाइरहेको थिएँ
। घरी आकाशको
जूनलाई हेर्थेँ भने
घरी जूनलाई नियालिरहेको
उनको अनुहारलाइ नियाल्थेँ
। यसरी दुबैतर्फ
बराबर उनिहरु दुबैलाइ
हेर्दा कंञ्चनलाई भने
कुनै असर परेको
थिएन । म त्यहाँ आएकोछु
वा उनको सम्मुख
उभिएकोछु भन्नेसँग कुनै सरोकार
नै थिएन । वा थाहा
पाएर पनि म उनको अगाडि
हुनुको कुनै बाधा-ब्यबधान हुनपुगेको थिएन
। अहिले पनि
उनी ढुक्कसंगले जून
नियाल्नु सिवाय उनको
ध्यान कतै मोडिएको
थिएन । केहीबेर
उनलाई हेरेपछी म
त्यहाँबाट सिँधै आफ्नो
रुमतर्फ गएर लुगाफाटो
फेरफार गरेर वासरुम
गैइ फ्रेस भएर
पुनह रुममै फर्किएर
बेडमा पल्टिएँ ।
पल्टिएको केही मिनेट
मात्रै भएको थियो
शायद दिनभरिको थकानले
होकी कतिबेला निदाएछु
पत्तै पाईन । भोलिपल्ट बिउँझिदा मात्रै
थाहा भयोकी मत
अघिल्लो दिन सुतेको
मान्छे भोलिपल्ट बिहान
आठ बजेसम्म निदाइरहेको
रहेछु ।
सँधाझैं भोलिपल्ट बिहान फेरी
सबैजना चियानास्ता गरेर
स्टाफहरु आ-आफ्न
काममा ब्यस्त भए
भने, कोही आश्रमका
पाहुनाहरुको रेखादेखको लागि औषधी
खुवाउने र खेलाउनेतर्फ
लागे । म पनि बिहानै
उठेर बाहिर कतै
जानुथ्यो र सबेरै
उठेर कफी र नास्ता खाएर
निस्कन लागेको थिएँ
। यतिकैमा त्यो
बिहानै चिसो भुइँमा
बसेर कंञ्चन सँधैको
झैं उस्तै बालौटे
माटोमा अनेक चित्रहरु
कोर्दै खेलिरहेकी थिईन
। उनको त्यो
दृश्य देखेर म पनि उनको
नजिकै गएर उनले
के लेखिरहेकिछिन भनेर
नियालेर हेर्नथालेँ ।
माटोको त्यो धुलौटे
माटोमा अस्पस्ट केही
तस्बिरहरु कोरिएका थिए । त्यो देखेर
मलाई अचम्म लाग्यो
। म एकोहोरो
भएर चुपचाप त्यो
उनले बनाएको चित्रहरु
हेरिरहेको थिएँ ।
माटोमा कोरिएको उनको
त्यो अस्पस्ट तस्बिरमा
तराइको कुनै गाउँ
वा सानो बजार
जस्तै झल्किने घरै-घरको तस्बिरहरु
कोरिएका थिए । जहाँ साना-ठुला घरहरु,
पसलको झल्को आउने
दृश्यहरु र केही
बाटघाटा र स्थानको
वस्तुस्थिती झल्कने तस्बिर
कोरेकी थिईन । जसमा आँगनामा
केही गरिरहेकी जस्तो
देखिने नारी आकृतिको
दृश्य थियो भने
छेउमै सानो कलिलो
बच्चाको खेलेको दृश्य
देखिन्थ्यो । त्यसको
केही अलिक छेउमा
छोरामान्छेको आकृतिमा केही गरिरहेको
जस्तो तस्बिर थियो
। यस्तै दृश्यमा
ति तस्बिरहरु बनाउँदा
बनाउँदै उनको आँखा
अचानक म तिर पर्यो र
मेरो अनुहारमा हेर्दै
हतार-हतार हातले
कोरिएको त्यो धुलो
माटोले एकैछिनमा मेटेर
जमिनको धुलोलाई आफ्नै
अवस्थामा फर्काइदियो । त्यसपछी
भने केहीदिन देखी
मैले नियाली रहेको
त्यो हर्कत आज
झन प्रस्ट भएको
थियो । उनी केही लेख्न,
भन्न वा ब्यक्त
गर्न चाहन्थिन भन्ने
पटक-पटक उनले
बनाएको दृश्यहरुले बताउँथ्यो
। त्यसपछी म
उनलाई केही नभनी
त्यहाँबाट फटाफट बाहिर
निस्किएँ ।
समय बित्दै जानथाल्यो
। समयसंगै दैनिक
कामको चाप पनि बड्दै जाँदैथियो
। म कहिले कुनै जिल्ला
त कहिले कहाँ
दौडिरहनु पर्ने बाध्यता
थियो । एकातिर
जागिरको आफ्नै प्रेसर
थियो भने अर्कोतिर
आफैले सञ्चालन गरेको
आश्रम पनि चलाऊनुपर्ने
बाध्यता थियो । त्यसमाथी घर-ब्यबहारको
आर्थिक गर्जो पनि
टार्नुपर्ने । घर
धान्नु र भाई र बहिनिलाई
पनि पढाउनु थियो
। तर धन्न यता लक्ष्मीले
पनि सानोतिनो जब
गर्थिन र मलाई केही थोरै
भएपनी भरथेग भने
भएकोथियो । त्यसैले
घरको ब्यस्तता भन्दा
आफ्नै जागिर र आश्रमकै ब्यस्ततामा अल्झन्थेँ
म । यसरी अफिस र
आश्रमको रेखादेखले गर्दापनी
प्राय म आश्रमै
मै बास बस्न
वाध्य हुन्थेँ ।
बाहिर अफिस जाउ
अनी फेरी आश्रम
आउ गर्दागर्दै कंञ्चनलाई
मैले हरेकदिन भुँइको
धुलोमा अनेकथोक लेखेर
र चित्र बनाएर
त्यही मुर्त चित्रहरुमै
घन्टौँसम्म घोत्लिरहेको देख्थेँ ।
यो उनिभित्रको देखिएको
स्वास्थ्य परिवर्तन र त्यो कृयाकलाप हेरेर म निक्कै खुशी
पनि हुँदैथिएँ ।
त्यसैले उनी केही
लेख्न चाहन्छिन वा
कनेकुथी लेखेर वा
बनाएर उनी आफुलाई
भुलाउने प्रयास गर्छिन
भन्ने सोँचेर मैले
एकदिन बाहिरबाट एउटा
डायरी र कलम ल्याएर उनको
हातमा थमाइदिँदै भनेकोथिएँ
। ल अबदेखी
यहाँ धुलोमा नलेख्नु
अनी नखेल्नु पनि
है ल । तिमीलाई केही लेख्न
बनाउन मन लाग्छ
र आउँछ भने
यस्मा लेख्नु भनेर
उनको हातमा दिएको
थिएँ । त्यसदिन
मैले उनको हातमा
लेख्ने कलम र डायरी ल्याएर
दिँदा मेरो मुखमा
एकतमासले ट्वाल्ल् परेर एकोहोरो
नियाली रहेकिथिन ।
त्यसदिन देखी उनी
भुँईको माटोमा लेख्न
र बनाउन छोडेकी
थिईन । त्यसपछी
उनको अर्को अनौठो
बानी थपिएको थियो
। हरेकदिन धुलौटे
माटोमा खेलेर समय
बिताउने कंञ्चन मैले
डायरी र कलमा ल्याएर दिएदेखी
त्यहाबाट हराएर कित
उनी आफ्नै रुममा
एक्लै बस्थिन भने
कित साँझ पर्दै
गएपछी सँधै उनी
आएर बस्ने बार्दलिको
पल्लो कुनामा आएर
एक्लै चुपचाप त्यही
डायरी र कलमसंग
घन्टौँ बिताउन थालेकी
थिन । अझ त्यो बार्दलिमा
बस्ने र आफ्नै सुरमा डायरीसंग
खेल्ने उनको शैली
पनी अचम्मको थियो
। महिनाको हरेक
जुनेली रात आएपछी
रातबिरात गरेर उनी
त्यहाँ बस्थिन र
खै केके लेखेर
आफुलाई ब्यस्त राख्थिन
। अनी जब औँशिको कालो
अँध्यारो रात आउँथ्यो
त त्यही बार्दलिमा
सोही ठाउँमा बसेर
राति अबेरसम्म चुरोटको
धुवाँसंग खेलिरहेकी हुन्थिन ।
त्यसरी भुलिदा उनी
कित टाढाटाढा देखिएको
शहरको उज्यालो संग
हराउँथिन भने कित
आकाशमा देखिएको ताराहरुलाई
हेरेर टोलाएर कतै
हराइरहेको जस्तो भानहुन्थ्यो
।
यता न्हुरको ईमेलको जवाफ
फर्काएदेखी फेरी लामो
समयसम्म कुनै ईमेल,
मेसेज वा कल आएको थिएन
। हुनत मैले
उनलाई पठाएको इमेलमा
मेरो फेसबुक आइडी
देखी लिएर व्हाटस
एपको नम्बरसम्म् पठाएको
थिएँ । तरपनी फेरी उहि-पहिलेको जस्तै संपर्कबिहिन
बनेकिथिन । मैले
पनि यता कामको
ब्यस्तताले गर्दा अर्को
ईमेल लेख्न भ्याएको
थिईन । त्यसैलेफेरी
आज न्हुरलाई अर्को
ईमेल लेखेर रिमाइन्डर
गर्नुपर्यो भनेर अफिसको
कम्प्युटरमा बसेर आफ्नो
ईमेल खोलेर भित्र
प्रबेश गरेँ । त्यसपछी मेसेज टाइप
गर्नुपर्यो भनेर न्यु
मेसेज बक्समा क्लिक
गर्नै लागेको थिएँ
अचानक प्राप्त इमेलहरुको
लिस्टमा न्हुरको नाम
भएको ईमेल झट्ट
देखिहालेँ । त्यसपछी
भने मेरो ईमेल
प्राप्त गरिछिन भनेर
हतारहतार मेल खोलेर
हेरे । उनले मेलमा लेखेकी
थिन ।
प्यारो अभी
मिठो सम्झना ! साथै मेरो
ईमेल प्राप्त गरेकोमा
म एकदमै खुशी
भएकोछु । मैलेत मनले हरेशनै
खाइसकेको थिएँ ।
कतै तिम्रो नम्बरमा
कल संपर्क नभएजस्तै
कतै तिम्रो यो
इमेलको ठेगाना पनि
गलत हुनेछ र मेरो इमेलहरु
बेवारीसे हुनेछन भनेर
। तर धन्य अल्लाहको निगाहको कारणले
तिमीले मेरो ईमेल
प्राप्त गरेछौ र जवाफ लेखी
पठाएछौ । यसको लागी मुरिमुरी
धन्यवाद अभी तिमीलाई
। मैले त आशा मारिसकेको
थिएँ कतै तिमीहरुसंग
संपर्कबिहिन पो बन्छुकी
भनेर । तर ढिलैभएपनी मेरो आशा
निराशामा परिणत हुनपाएन
। त्यसैलेपनि पुनश्च
एकपल्ट तिमीलाई र
हाम्रो पुनह भेट
गराइदिनुहुने तिनै अल्लाहा
लाई सुक्रान भन्न
चाहन्छु । अर्थात
धन्यवाद भन्न चाहन्छु
अभी ।
अनी तिम्रो इमेलको
जवाफ फर्काउँदै गर्दा
तिमीलाई मैले माफि
माग्नै पर्छ अभी
। किनकी तिम्रो
ईमेल प्राप गरेर
पनि मैले समयमा
तिमीलाई जवाफ फर्काउन
सकिन । आशाछ तिमीले मेरो
बाध्यता र ब्यस्ततालाई
बुझिदिन्छौ भनेर ।
किनकी जुनदिन मैले
तिम्रो ईमेल प्राप्त
गरेँ त्यहिदिन मेरो
डक्टरी जिबनको पहिलो
क्यारियर सुरुवात गर्न जाँदथिएँ
। मैले MBBS सकिएपछिको
पहिलो जागिरको सुरुवात
गर्न जाँदैथिए ।
एउटा सानोसानो प्राइभेट
हस्पिटलमा जेनेरल फिजिसियनको
रुपमा जोइन्ट भएपछी
त्योदिन मेरो जिबनकै
पहिलो खुट्किलो र
पहिलो अनुभव बटुल्न
गैरहेकी थिएँ । साँच्चैनै अभी तिमी
मेरो लागि लक्की
छौ यार । नेपालमै हुँदापनी तिमीले
सहयोग गरेको हरेक
काममा म सफल हुन्थेँ । आजफेरी
बर्सौँ पछी यता तिम्रो ईमेल
प्राप्त गरेकैदिन उता
मेरो जागिरे जिबनको
पहिलोदिन थियो ।
अनी तिमीलाई मेरो
क्यारियरको हरेक कार्यमा
तिमीलाई लक्की नभनेर
केभनौँत यार । ? हो अभी
तिमी मेरो जिबनको
क्यारियरमा सुरुवाती दिनदेखिनै साचिकै
लक्की छौ यार । नत्र
कलेज दिनको ति
दिनहरु सम्झत एकपल्ट
। यता अस्ट्रेलिया
आएर पढ्नुपनी तिम्रै
करले थियो । तिम्रै उर्जा
थियो । नत्रत म डक्टर
नपढ्ने भनेर तिमीहरुसंगै
बिएसी सकाएँ । अन्तत मेरो
मनको भित्री इच्छा
तिमीलेनै थाहा पाएर
यता आएर डाक्टर
पढ्न खुब कर गरेको थियौ
। सम्झनाछ तिमीलाई
? सम्झत त्योदिन ।
२०६९, को बैशाख
महिनाको सनिबारको दिन,
तिमी, सुरज, लक्ष्मी
र म चारजना
मिलेर थान्कोटको त्रीभुवनपार्क
घुम्न भनेर गएका
थियौँ । हाम्रो
बिएसी को अन्तिम
बर्ष पनि थियो
त्यो बर्ष । पछीसम्मलाई सम्झना हुन्छ
भनेर तिमीले नै
घुम्न जान कर गरेको थियौ
र लक्ष्मीलाई कती
मुस्किलले मनाएर गएका
थियौँ हामीहरु ।
त्यहिदिन सबैको भबिश्यको
योजना र लक्ष्यहरु
एकआपसमा सेयर हुँदा
मैले पनि अस्ट्रेलिया
गएर डक्टर पढ्ने
रहर थियो तर सकिन भनेर
सुनाउँदा त्यहिनै पहिलोपटक तिमीले
तिमी जसरी पनि
जान्छौ भनेर हौसला
भरेको थियौ । मैले मेरो
घरको स्थिती र
बाआमाको इच्छाको कुरा
सुनाएको थिएँ तिमीहरु
तिनजनालाई । तिमीहरु
तिनैजनाले मेरो मरिसकेको
इच्छामा फेरी उर्जा
भरिदियौ र त्यही उर्जाले मैले बाआमालाई
मनाउने हिम्मत बटुलेकी
थिएँ । आखिर त्यही पहिलो
योजनानै मेरो अस्ट्रेलिया
यात्राको कारक बन्यो
। सुरुमा घरमा
अबु,ले पैसा जुटाउन सक्दिन
भन्दै हुनुहुन्थ्यो ।
आम्मि,ले पनि छोरीमान्छे त्यती टाढा
गएर पढ्नुहुन्न अफ्ठ्यारो
पर्छ, कसरी पढ्न
सक्छस भनेर पिर
गर्दै हुनुहुन्थ्यो ।
तर पछी तिमी
खुद स्वयम मेरो
अब्बु,संग भेटेर
आफै पढ्न जाने
झैं गरेर सम्झाइबुझाई
अनुरोध गरेको थियौ
। अन्तत मेरो
जिद्धी र तिम्रो
अनुनयपछी मलाई अस्ट्रेलिया
पढ्न पठाउन राजी
हुनुभएको थियो ।
जसको फलस्वरुप आज
म यहाँ डक्टर
भएकोछु यतिबेला ।
त्यसैले गर्बको साथ
भन्छु अभी तिमी
लक्ष्मी र सुरज जस्तो साथी
मेरो जिबनमै कहिलै
भेट्ने छुइन । अनी यो
पनि भन्न चाहन्छु
मेरो मन भित्र
तिमीहरुले जुन ठाउँँ
लिएकोछौ त्यो ठाउँँ
अरुकुनै पनि साथीहरुले
लिन सक्दैनन जिबनभर
अभी । हो थाहाछ, मान्छेको
जिबनमा कैयन मान्छेहरु
परिचय हुन्छन, साथी
बन्छन तर जसरी बन्छन उसैगरी
छुटिन्छन पनि ।
तर तिमीहरु जस्तो
साथी त, मैले जिबनमा अर्को
जुनिमा पनि भेट्नेछुइन
। तिमीहरु त,
मेरो भबिश्य र
सपनाको लागि साथी
होइनौ उप्परवाला अल्लाह
जस्तै लाग्छ । तिमीले पुझ्ने
भगवान जस्तै लाग्छौ
तिमीहरु ।
तिमीलाई एउटा जरुरी
कुरा भन्नुथियो अभी
। हुनत मैले
अघिल्लो ईमेलमै भनौं
कि जस्तो लागेको
थियो, तर तिमीले
यो ईमेल चलाएको
छौ या छैनौ भनेर थाहा
नपाउँदा तिमीलाई भन्न
खोजेका मेरा कुराहरु
सबै ब्यर्थ हुनेछन
भनेर भनिन । अनी अर्कोमनले
फेरी सोँचेकी यदी
अघिल्लो इमेलको जवाफ
आएछ भने लेखौँला
भनेर लेखिन । त्यो कुरा
आज तिमीलाई भन्दैछु
है ल । यो कुरा
सिर्फ मैले तिमीलाई
मात्रै सेयर गरेकी
हुँँ पहिलोपटक नत्र
यो भन्दा अगाडि
कसैलाई भनेकी सम्म
छुइन मैले । कसैलाई भनेर,
सुनाएर पार लाग्ने
खालको कुरा पनि
हैन । यस्मा मलाई तिम्रो
ठुलो सहयोगको खाँचोछ
अभी । त्यो काम तिमीले
मात्रै गर्न सक्छौ
जस्तो लाग्छ । एकत तिमी
त्यही काठमान्डौकै लोकल
स्थानिय बासिन्दा त्यसमा
पनि तिमीलाई त्यहाँको
सडक-पेटी गल्लिगल्लीको
परिचय थाहाछ । त्यसैले पनि तिमीले
मलाई सहयोग गर्नेछौ
भन्ने आशाछ ।
हो अभी ! तिमीले
अघिल्लो इमेलको जवाफ
लेख्दै मेरो घरको
हालखबर सोधेको थियौ
। बाआमा, भाई,
बहिनिको बारेमा खबर
पुछेको थियौ । तर आज
नमिठो तितो सत्य
बताउँदैछु तिमीलाई । कहाँबाट
कसरी सुरुगरेर तिमीलाई
कसरी भनौं म दोधारमा परेकोछु ।
मेरो घरको, मेरो
परिवारको बेहाल स्थितिमा
खै कसरी तिमीलाई
सुनाउँ ? यो ईमेल
तिमीलाई लेख्दै गर्दा
मेरो हातहरु काँपेकाछन
। मस्तिस्कबाट निस्कने
शब्दहरु मनको द्वारहुँदै
ओठसम्म आएर थरथर
काँपाकेछन । भन्न
लेख्न सकिरहेकी छुइन
अभी । साँचिकै
म यता अस्ट्रेलिया
आएपछी हाम्रो परिवारमा
कस्को आँखा लाग्यो
अभी, जुन परिवार
आज छिन्नभिन्न बिखन्डन
जस्तै बनेर बिल्लिबाठ
भएकोछ । हेर्दाहेर्दैको
हाम्रो त्यो सानो
संसार ध्वस्त भएकोछ
। न जोडेर जोड्न सकिन्छ
न टालेर टाल्न
सकिन्छ न भुलेर भुल्न सकिन्छ
। बिल्कुलै सपनामा
जलेको बन जस्तै
जलेर खाग बनेकोछ
। थाहाछैन त्यस्तो
सानो सुन्दर घरपरिवारमा
कस्को आँखा लाग्यो,
कस्को बद्दुवा लाग्यो
जसले गर्दा परिवार
परिवार छैन, पुरै
सम्सानघाट बनेकोछ हाम्रो
परिवार अभी ।
म यता आएकै
साल जुन घरमा
बसेर म पड्थें
त्यही घरमा बहिनी
पनि ब्याचलर पढ्न
भनेर काठमान्डौ आएको
थियो । तर त्यही कलेजमा
पढ्ने क्रममा कुनै
एउटा केटासंग प्रेमको
चक्करमा परेर बच्चाको
आमा बन्नेवाला बनेछिन
। पछी उनको
लभ परेको केटाले
नसुइकारेपछी घरमा बाआमालाई
यो कुरा थाहा
भएछ । थाहा नहोस पनि
कसरी ? पढ्न पठाएको
मस्त तरुनी छोरीको
पेटमा दैनिक बड्दै
गएको गर्भले बताउँदै
थियो कि छोरीले
कुनै नाजायाज सम्बन्ध
बनाएकिछिन भनेर ।
त्यहाँबाट सुरुभएको हाम्रो घरको
दशा साँचिकै राहु,केतु, सनी
नै बनेर आएको
थियो । एक सोच्दै नसोचेको
अकल्पनिय आँधितुफान जतिकै बनेर
हाम्रो घरभित्र मडारिएर
छिरेको थियो त्यसपछी हाम्रो घरको
उँधोगतिको दिनगन्ती सुरुभएको थियो
। उता बैनिको
त्यस्तो अवस्था, यता
म परदेशमा, घरमा
अब्बु, अम्मिलाई पर्न
पिर परेको थियो
। यता केटा
र केटाको परिवारले
हाम्रो हैन भनेर
बखेडा झिकेको थियो
। जतिगर्दा पनि
केहीसिप नचलेपछी अब्बुले
बहिनिलाई सर्लाहीको घरमा लगेर
गाउँकै एकजना केटालाई
फकाएर निकाह कबुल
गरेर बिहेको टुङ्गो
लगाएको थियो । तर जुनदिन
बारात लिएर दुलाहा
हाम्रो घरमा पुग्यो
त्यहिदिन बहिनिले आफ्नो रुममा
एउटा चिट्ठीले लेखेर
त्यहाबाट भागेर कता
गयो केही पत्तो
भएन । उता दुलाहा पक्षकोले
हाम्रो अपमान गर्यो
भनेर बबाल झगडा
गरेछन र त्यही अपमान सहन
नसकेर अब्बु,ले
घरपछाडीको आँपको रुखमा
गएर पासो लगाएर
आत्माहत्या गर्नुभएछ । यता बरातिको होहल्ला, उता
अब्बु घरमा नभेटिएपछी
भाग्यो भनेर चारैतिर
खोजतलास गरेछन र कसैले आँपको
रुखमा झुन्डिएको अवस्थामा
देखेछन र सबैजना
त्यता दौडिएर गएर
हेर्दा अब्बु,को
मृत्यु भैसकेको रहेछ
। एकत हाम्रो
मुस्लिम परिवारमा यस्तो
प्रेम गर्नुनै बन्देज
हुन्छ त्यसमाथी झन
बहिनिले कसैको गर्भनै
बोकेपछी त झन अरु केनैपो
चाहियोर ? अब्बु,को
त्यो अवस्था देखेर
आमा पनि बेहोस्
भएर ढल्नुभएछ ।
भाई सानै, यसरी
यो अचानक घटेको
सपना जस्तै दर्दनाक
घटनापछी हाम्रो हेर्दाहेर्दैको
परिवार भत्कियो, लड्यो,
ढल्यो अब कहिले
त्यो घर घर भएर उठ्दैन
अभी । त्यो घर तहसनहस
भैसकेको छ । त्यसैले पनि म मानसिकरुपले पनि बिछिप्त
बनिसकेको थिएँ र
तिमीहरुलाई भनेको बेलामा
संपर्क गर्ननसकेको एउटा
प्रमुख कारण यो पनि थियो
।
त्यो घटनापछी अब्बु,को
कफन् दफ्नाएर काजक्रीया
सकेपछी त्यहाँ आमा
र भाईलाई पनि
बस्न गार्हो भयो
। त्यसैले सर्लाहीको
घरखेती छोडेर इन्डियाको
पटियानी स्थित मामा
घर गएर बस्नुभएकोछ
। बहिनी कहाँछिन,
कस्तो अवस्थामा छिन
कुनै अत्तोपत्तो टुंगो
केहीछैन । यसरी हेर्दाहेर्दैको सुन्दर परिवार
आगोले खाएको घर
जस्तै खन्डहर बन्यो
अभी । म यताछु, न
आउन सक्छु यस्तो
बेलामा, नत केहीगर्न
सक्छु, साचिकै लाचार
र निरिह बनेर
बस्न वाध्यछु ।
त्यसैले अभी तिमीलाई
मेरो सानो अनुरोध,
आखिर अरु जेजे
हुनुत भैसक्यो, तर
बहिनी कहाँ कस्तो
अवस्थामा छिन उनको
खोजिको लागि तिमीले
यती सहयोग र कस्ट उठाउनेछौ
भन्ने आशा गरेको
छु । तिमीले
यती गरिदियौ भने
अभी साँचिकै जिबनमा
तिम्रो ठुलो उपकार
र रिण सम्झनेछु
म । तिम्रो
यो उपकार जिबनमा
म कहिले बिर्सने
छैन । तिम्रो
यो मायाँ, साथ-सहयोग र
उदार हृदयको लागि
म सदैब आभारी
रहनेछु । शायद म २०१७,
को डिसेम्बर सम्ममा
नेपाल आइपुग्नेछु र
मलाई मेरो बहिनिको
खोजखबर गर्न सहयोग
गर्नेछौ भन्ने ठुलो
अपेक्षा गरेकोछु अभी
। कलेज जिबनमा
तिमीसंग परिचित् भएपछी
धेरै दु:ख दिएकोछु तिमीलाई, प्लिज
यो पल्ट पनि
नाइ नभन न है ल
! बरु त्यसको बदलामा
मैले तिमीलाई के
सहयोग गर्नुपर्छ भने,
भन म सहयोग गर्न तयार
छु । तर जसरी भएपनी
मैले मेरो बहिनिलाई
खोज्नुछ । लास-सास जस्तो
अवस्थामा भएपनी मेरो
बहिनिलाई भेटाउन पाएँभने
पुग्छ मलाई अरु
केही चाहिँदैन अभी
। प्लिज यती
सहयोग गर, नाइ नभन न
है ल !
इमेलमा तिमीले एउटा
कुरा सोधेको थियौ
अभी । मैले बिहे गरेँ
या गरिन वा कसैसंग लभ
गरेको छु छुइन भनेर ।
हो अभी ! मैले
आजसम्म नत बिहे नै गरें
नत कसैसंग लभ
नै, आजपनी उस्तै
सिंगलछु जतिबेला तिमीहरुले
मलाई एक्लै देखेको
थियौ । शायद यो जुनिमा
त मलाई मेरो
भाग्यमा मिंगल हुने
लेखेकै छैनहोला ।
एकत तिमीले सुनिहाल्यौ
मेरो बैनिले कसैलाई
विश्वाश गरेर गरेको
प्रेमको परिणाम्, त्यो
म चाहन्न ।
अर्को कुरा हाम्रो
समाजमा प्रेमलाई बर्जित
छ । बुर्का
भित्र छोपिएको हाम्रो
सस्कृतिमा विवाहपुर्ब हामी गैरपुरुषलाई
प्रेमगर्ने छुटछैन ।
जसरी औंशिको आकाशमा
छोपिएको जूनलाई धर्तिमा
प्रकाश छरेर रमाउने
हक छैन । उसैगरी पुर्णेको
जून बनेर चम्कने
हक हामी ईस्लाम
महिलाहरुमा हुँदैन ।
हामीहरु बाउ-आमा माइती र
समाजको परिधिमा बाँधिएका
हुन्छौं । हामीहरु
विवाह अघी प्रेम
हैन, बिबाहपछी आफ्नो
सोहोरलाई प्रेम गर्छौँ
। उनिहरुमै हाम्रो
सम्पूर्ण जिबन समर्पित
हुन्छन । त्यसैले
पनि कालो बुर्काभित्र
हामीलाई प्रेम गर्ने
हक छैन ।
जिबनमा मैले कसैलाई
प्रेमनै नगरेको चै
हैन, प्रेम गरेको
थिएँ, गर्थें र
अहिले पनि तिनै
ब्यक्तिलाई आजिबन गरिरहन्छु
। जुन मेरो
जिबनमा एक आदर्श
ब्यक्तित्व बनेर आजपनी
छ । तर केवल सिर्फ
म उस्लाई प्रेम
गर्छु । तर मैले उस्लाई
गरेको प्रेम आजसम्म
ऊ स्वयमलाई थाहापनी
छैन कि म उसको प्रेममा
थिएँ वा छु भनेर ।
तैपनी जिबनभर मैले
प्रेमगर्ने पुरुष भएर
उभिएकोछ ऊ मेरो जिबनमा ।
यही अब्यक्त र
अन्जानी महसुस नै
मेरो प्रेम हो
जस्लाई म खुब मायाँ गर्थेँ
। जो आज ऊ मेरो
हैन तर पनि ऊ मेरो
प्रेमको पहिलो र अन्तिम पात्र
हो । तिमी र लक्ष्मी
आपसमा प्रेममा रहँदा
अनी सुरजले बिनितालाई
गरेजस्तै म पनि
उस्लाई प्रेम गर्थेँ
। कलेज जिबनको
पहिलो पुरुष, अनी
पहिलो प्रेम हो
ऊ । तर पछी थाहा
भयो ऊ कसैको प्रेममा पागल बनेको
रहेछ । जसलाई पाउन ऊ
हरेकपल तड्पन्थ्यो ।
जब उसले आफुले
चाहेको प्रेम पायो
तब उसको अनुहारको
खुशी देखेर मैले
उसलाई गर्ने प्रेम
बिस्तारै भुलाउँदै गएँ । उनिहरुको त्यो प्रेम
मायाँ देखेर कयौँपटक
एकान्तमा नटोलाएको र इर्श्या
नलागेको पनि हैन । साँच्चै
भनुँम भने एकान्तमा
धेरैचोटी आफुलाई लुकाएर
रुएको पनि छु । हो
म त्यहाँसम्मको हदमा
पुगेर उसलाई मायाँ
गर्थेँ, चाहन्थेँ ।
तर मैले उस्लाई
गर्ने प्रेम र चाहत भनेको
मेरो मनको आबेग
मात्रै थियो । किनकी मैले
उसलाई प्रेम गर्नु
भनेको दुधमा बिष
मिसाउनु बराबर थियो
। कारण मैले
तिमीलाई अघिनै भनिसकेको
छु कि हामी ईस्लाम महिलामा
विवाहपूर्ब त्यो पनि
ईस्लाम धर्म मान्नेभन्दा
बाहिर गएर प्रेम
गर्नु भनेको आफैलाइ
मार्नु सरह हुन्थ्यो
जसको परिणाम् बहिनिको
प्रेमद्वारा अब्बु,ले
प्राण त्याग्नु परेको
जस्तै हुनेथियो मेरो
कारणले । कमसेकम
म मेरो प्रेमको
लागि त्यो सब त्याग गर्न
सक्दिनथिएँ । ममा
त्यत्रो हिम्मत थिएन,
ताकी समाज र आफ्नो जातिय
धर्मसंग बिद्रोह गरेर
परिवारनै तहसनहस पारौँ
। हो ममा त्यो हिम्मत
थिएन जसरी बहिनिले
गरेको गल्तिले हामीले
अब्बु,लाई गुमाउन
पुग्यौँ । यस्तै धार्मिक र जातिय संस्कारकै कारणले पनि
मैले आफ्नो प्रेमलाई
कहिलै छताचुल्ल हुनदिईन
। तर यतिहुँदाहुँदै
पनि आजसम्म म
उसलाई आदर्श पुरुषको
रुपमा प्रेम गरिरहनेछु
। शायद उसलाई
जुन मुटुले प्रेम
गरेकोछु अब उप्रान्त
अब म अर्को पुरुषलाई आजिबन प्रेम
गर्नै सक्दिन ।
अनी जुन बिबाहको
कल्पना गर्छु म शायद बिहे
गरेर मेरो शरीर
एउटालाई प्रेम गरेर
अर्कोलाई सुम्पिन वा छुवाउन
पनि सक्दिन ।
किनकी ऊ नै मेरो जिबनको
पहिलो प्रेम थियो,
अनी मेरो मन-मस्तिस्कमा बसेको पहिलो
पुरुष थियो । यसरी मैले
गरेको प्रेमको सुरुवातै
नभैई अन्त्य भएको
प्रेम हो मेरो । फूल
बनेर फूल्न त टाढाको कुरा
टुशापनी लाग्न नपाउँदै
चिमोटिएको, कुल्चिएको प्रेम हो
मेरो । जुन अब जिबनमा
कहिलै हुनेछैन अभी
।
सानो एउटा हरफमा
सबै मेरो प्रेमको
अनुभुतिहरु यहाँँ समेट्न
त सक्दिन तर
अंकुरन हुननपाउँदै दबिएको
मेरो प्रेमको यथार्थ
त थाहा पाइहाल्यौ
अभी । मेरा पनि सपना
थिए । ति सपनाहरुमा कयौँ रहरहरु
मुर्छित बनेर मुर्दा
बनेकाछन । नारी हुँँ नारी
हुनुको पूर्णता कहिलेकाँही
खोज्छ यो मनले तर मनैत
हो अभी । यो कहिले
के सोच्न पुग्छ
त, एकैछिनमा उडेर
कहाँकहाँ पुग्छ पखेटा
पलाएको उडी हिँड्ने
चरी जस्तै । तर चरी
त शरीर प्राण
भएको सजिब प्राणी
हो, भौतिक हो,
तर मन भौतिक
हैन, एउटा आभाष
हो, अनुभुती मात्रै
हो जस्लाई आफ्नो
बहसमा राख्ने काम
पनि हाम्रो आफ्नै
मनले गर्छ त्यसैले
अब उप्रान्त म
यो प्रेम र माया भन्दा
धेरै परछु । अब अरु
कुनै त्यस्तो चाह
छैन न प्रेमको,
न मायाँको, न
विवाहको । सिर्फ डक्टरी जिबनबाट
आर्जेको ज्ञानले दिनदुखिको
सेवा गर्ने इच्छा
राखेकोछु । हुनसक्छ
भबिश्यमा समय र
परिस्थितीले साथ दिएछभने
तिम्रो मित्रताको असल
हात समातेर तिम्रो
आश्रमको असक्तहरुको सेवा
गर्ने अवसर मिलोस
भन्ने चाहन्छु ।
इमेलको अन्त्यमा तिमी र लक्ष्मीको प्रेम सफल
भएकोमा औधी खुशी
छु । तिमीहरु
दुबैलाइ ढिलैभएपनी बैवाहिक
जिबनको सफलता र सदैब त्यो
हात र पाउको साथ एकैसाथ
जिबनभर चलिरहोस् भन्ने
हार्दिक शुभकामना ब्यक्त
गर्नचाहन्छु । फलोस,
फूलोस, तिमीहरुको सुन्दर
परिवारमा कसैको पापी
नजर नलागोस ।
सानो मान्छेलाई पनि
मेरो धेरै मायाँ
र अल्लाहको निगाहले
शुभआशिर्बाद । अनी
मैले तिम्रो फेसबुकमा
फ्रेन्ड रिक्वेस्ट सेन्ड
गरेकोछु, यसो हेरेर
एक्सेप्ट गर्नु है
ल अभी । अनी मैले
तिम्रो what's app नम्बर सेभ
गरेर राखेकोछु ।
समय र परिस्थिती
मिलाएर त्यता पनि
म मेसेज र कल गर्नेछु
भन्दै बाँकी फुर्सदमा
अर्को इमेलमा कुरा
गर्दै गरौँला ।
हस्त अहिलेलाई कम्प्युटर
बन्द गर्छु अफिस
जान पनि ढिला
भैसक्यो । ईमेल प्राप्त गर्ने बित्तिकै
अर्को इमेलको जवाफ
लेख्नु है । नत्र उता
नम्बर र फेसबुकको
मेसेन्जरमा कुरा गरौँला
। हस्त बाइ
।
उही प्यारी साथी
न्हुर मोहम्मद
ओ माइ गड
! जब मैले न्हुरको
ईमेल पढिसकें तब
म छाँगाबाट खसेको
जस्तै अनुभुती भयो
। जतिजती उनको
ईमेल पढ्दै जान्छु
उतिउती आफुलाई छातीमा
ऐठन भएजस्तै महसुस
गर्दैथिएँ । मैले
केही सोँच्न सकिरहेको
थिईन कि यती छोटो समयमै
उनको शिरमाथी यती
ठुलो बज्रपात परेको
होला भनेर । साच्चिकै ब्यबहारमा अलिकती
पनि नडुबेकी केटीको
शरिरमा दु:खको पहाडले खप्लक्क
थिची सकेको रहेछ
। हिजो जस्तै
लाग्छ ति कलेजका
दिनहरुमा कती हाँसिमजाक
रमाइलो गर्थ्यौँ ।
उनी तराइको मधेशी
मुलको भएकै कारणले
मट्स्या भनेर बोलाउँथ्यौं
। आज तिनै नादान लाग्ने
अपरिपक्व मान्छेलाई समयले कती
चाँडै परिपक्व बनाइ
सकेको रहेछ । जिबनलाई कसरी बुझ्ने
र त्यसलाई कसरी
चलाऊने भन्ने आफ्नै
जिबनमा अर्को ठुलो
पाठ पढिसकेकी रहेछिन
। सोच्दा पनि
नसोँचेको नाटकको कुनै
दृश्य झैं उनको
जिबनमा कथाहरुको पर्दा
खसिसकेको रहेछ ।
साँच्चै भनौँ भने
सिंगो आकाशले उनको
सम्पूर्ण जिन्दगीलाई खप्लक्क निलेर
राखेको रहेछ । सम्झिंदा पनि विश्वाश
नै गर्न नसकिने
मान्छेको जिबनमा घटना
परिघटना आइपर्छ त्यो
पनि अन्सुनी बिना-जानकारी पत्तैहुन्न ।
कहाँ कताबाट कतिबेला
कसरी कुन दशाले
जिन्दगीको दिशा बद्लिन्छ
थाहै नहुने । यस्तै भएको
रहेछ न्हुरको जिबनमा
पनि ।
तर एउटा कुरा
न्हुरले मायाँ गरेको
मान्छे कोहोला ? कलेजको
दिनमा आखिर उनले
कस्लाई मन पराएकी
थिईन ? उनले मन पराएको मान्छेलाई
उनले किन भन्न
सकेन ? त्यतिका बर्ष
संगै कलेज् पड्यौं,
कतिपय ठाउँमा एउटा
क्लासमेटको नाताले सँगै
घुमफिर गर्नपनी गयौँ
। तर उनले कस्लाई मन
पराउँथिन भन्ने छनक
सम्म थाहा दिएन
हामीलाई । सुरजको
आफ्नै गर्लफ्रेन्ड थियो,
म लक्ष्मिलाई प्रेम
गर्थे, आखिर उनैसंग
मेरो बिहे पनि
भयो । आखिर को थियोत
न्हुरले मन पराएको
केटा ? त्यतिका बर्ष
संगैहुँदा न्हुरलाई हामी सबैको
कस्को कोसंग लभ
परेकोछ भनेर प्राय
थाहा हुन्थ्यो ।
थाहा हुने मात्रै
हैन हामीहरु सबैको
चिठ्ठी बोकिदिने हुलाकिको
काम पनि प्राय
उनै गर्थिन ।
हामी सबैको प्रेमकहानिमा
उनी उतिकै सहयोग
गर्थिन । फेरी हाम्रो ग्रुपबाट
उनी कहिलै अरुको
ग्रुपमा मिसिएर पनि
हिँडिनन । आखिर को थियो
त्यो मान्छे जस्लाई
न्हुरले माया गर्थ्यो
। यस्तो सोँच्दासोँच्दै
यो कुराले भने
मलाई निक्कै गिँजल्यो
। निकैदिनसम्म उनको
यो कुरा मनमा
खेलिरहयो । कलेजको
ति दिनका केटाहरु
सबैलाई सम्झिएँ तर
मनले यही हो भनेर फिटिक्क
भनेन । ताकी कोही केटा
माथि मलाई संका
होस । जती सम्झना कोशीस
गर्दा पनि भ्यौ
पाउन सकिन । र, पछी
मैले समय बित्दै
गएपछी यो कुरालाई
दिमागबाटै निकालेर फ्याँकिदिएँ ।
पछी बिस्तारै यो
कुराको सम्झना गर्नै
छोडिदिएँ ।
रचना- अर्पण योन्जन
"शिरिष"
मिती- १४, पौष
२०७९
१२-२८-२०२२
No comments:
Post a Comment