गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, December 10, 2022

कथा- बार्दलिको जून- भाग- ३

भाग- 

समय बित्दै गयो समय संगै कामको चाप पनि बड्दैजादै थियो त्यसैले मैले अफिस बिल्डिङकै माथिल्लो फ्लाटमा आफु बस्ने रुम पनि बनाएको थिएँ अफिसमै बस्ने रुम बनाएपछी मलाई घर जानु-आउनुको अलिकति भएपनी तनाब घटेको थियो कामको चाप नहुँदा केही फुर्सद मिल्दा घरमै गएर बस्ने गर्थे जसले गर्दा घरको व्यबहार हेर्न पनि सजिलो भएको थियो मलाई हुनत कहिलेकाही लक्ष्मी पनि आएर मेरो अफिसको कतिपय काम सघाउथिन तर उनलाई पनि घरको कामधन्दाले नै फुर्सद मिल्दैनथ्यो बिहान उठ्नेबितिकै घरकालाई चिया-नास्ता बनाएर खुवाउनु। त्यसपछी खाना बनाएर कलेज् पठाउनु दिनभरी घरको सफासुघर घर धन्दामै समय अभाव हुन्थ्यो तैपनी कहिलेकाही अफिस आएर मेरो भएभरको लठिपत्र भएको अफिसको कागजपत्र मिलाइदिने काम गरेर सघाउँथिन उनलाई पनि कतितिरको चटारो सम्हालु, उता घरको व्यबहार, यता मेरो अफिसको कती अपुरा कामहरु प्राय सबै उनिनै गरिदिने गर्थिन कामको तिब्र चाप बड्दै गएकोले गर्दा अफिसमै बस्ने सुत्ने खानेको बन्दोबस्ती गरेर सर्नु परेको थियो

यता दैनिक आश्रममा नयाँनयाँ असक्तहरुको आउनेजाने क्रम चलिरहन्थ्यो कती बर्षौंदेखी आफन्त नभेटिएर वा जान नमानेर पनि आश्रममै थिए भने कतीको दिमागी हालत ठीक नभएर पनि आश्रमै रहन वाध्य थिए यिनै अनाथ असक्त हरुमद्धेकै जुनदिन् मैले त्यो रात सडकबाट टिपेर ल्याएदेखी कंञ्चनको भने अरुको भन्दा भिन्न आनीबानी आदत थियो प्राय बाहिर कतै जाँदा आउँदा मलाई टोलाएर चुपचाप निशब्द एकोहोरो भएर हेरिरहेकी हुन्थिन कतिपय अवस्थामा उनको त्यसतो आदतलाई ख्यालै गर्दिन थिएँ भने कहिलेकाही उनको मनमा केहोला ? मनमा के चलेको होला भनेर कुरा खेलाउँदै आफुले आफैलाइ प्रश्न गर्थेँ तर मैले त्यसको कुनै उत्तर पाउन सक्दिन थिए किनकी नत उनी होसमा थिन, नत कुनै आवाज निकालेर बोल्न नै सक्थिन बस मलाई देख्योकी एकटकले टोलाएर मात्रै हेरिरहन्थिन मानौँ उनी मलाई बर्षौं देखी जान्दछिन, चिन्दछिन, बुझ्दछिन झै भान हुन्थ्यो केही बोल्न खोजिरहेकी झैँ प्रतित हुन्थ्यो तर टोलाएर मात्रै हेरिरहन्थिन आश्रममा भएकोहरु कतिपय धेरैजना एकआपसमा संगै खेलेर वा गफिदै बस्थे भने उनि चै हरेकदिन प्रायजसो एक्लै बसेको देख्थेँ कहिले एकान्त ठाउँँ कहिले सुनसान कसैले नदेख्ने ठाउँमा गएर टोलाई रहन्थिन प्राय गरेर अफिसमा हुँदा उनिहरुको रेखदेख् मनिटरिङ्गको लागि पनि उनिहरु बसेको खेलेको, लुगाफाटो लाएको नलाएको वा औषधी खाएको नखाएको हेर्ने कर्मचारीहरुलाई सोधखोज आफैले पनि गर्थेँ कुनैदिन कसैले नुहाउन मानेन, लुगा लगाउन मानेन वा औषधी खाएन भनेर कर्मचारीहरुले पनि गुनासो लिएर आएनन तर कंञ्चनले भने हरेकदिन जसो औषधी खान नमान्ने देखी लिएर खाना खान नमान्ने सम्मको गुनासो गरेर आफै गएर खुवाउने गर्थेँ उनी बोल्दिन थिन तर पनि उनिभित्र त्यस्तो के थियो कुन्नी मैले भनेपछी खुरुखुरु औषधी अन्य खानपिन खान्थिन हरेकदिन जसो उनलाई औषधी पानी गर्दैमा मैले नै खुवाउनुपर्ने छोटो समयमै मैले खुवाउँदा चुपचाप खान्थिन भने मैले नखुवाउँदा नत खाना खान्थिन नत औषधी नै एक प्रकारको आदत जस्तै बसिसकेको थियो उनलाई मैले खुवाए वा फकाएँ भने जेपनी चुपचाप् खाने गर्थिन

समय संगै दिनहरु बित्दै जानथाले एक मानबिय धर्मले कंञ्चन मेरो बिचमा एक सन्तान अबिभाबकको जस्तो न्यानो सम्बन्ध स्थापित बनिसकेको थियो मलाई देखे दिनभरी हसिलो मुहारमा एक्लै भुँइको बालौटे माटोमा मसिनो सिन्काहरुले अनेकन अदृश्य नक्साहरु कोर्दै मेटाउँदै खेल्थिन भने अलिकती यताउता गएभने मेरो अफिस भएको बार्दलिमा आएर बार्दलिको पल्लो छेउको कुनामा एक्लै टोलाएर बसिरहेको हुन्थ्यो उनको यस्तो हर्कत प्राय बाहिर कतै गएर आउँदा उनको अनुहारको भावमा झल्किएको प्रस्टसंग थाहापाउँथे दैनिक सरसफाइ, नियमित खानपिन, ब्यायामा, औषधीले गर्दाहोला सुरुको दिनमा ल्याएको भन्दा उनको स्वभाव निकै चन्चल, उज्यालो हसिलो फेरिएको जस्तो देखिएको थियो उनको दैनिक आनिबानी स्वभावमा बिस्तारै परिवर्तन आउँदैथियो उनको खाने बस्ने सुत्ने हरेक कृयाकलापले पनि उनमा केही परिवर्तन सुधार हुँदै गएको देखिन थालेको थियो सुरुको दिनमा एकान्तमा टोलाएर बस्ने मान्छे, बिस्तारै अलिअली गरेर अरुहरु संगको भिडभाडामा पनि गएर बस्ने भएकिथिन तर पनि अझैपनी उनी एक्लै बस्ने भुँइमा धुलोमा हातले मिलाउदै हातको औँला कहिले सिन्का समातेर नजानिँदो तस्बिरहरु अक्षरहरु जस्तो बनाउँदै मेट्दै फेरी उस्तै बनाउँदै खेलेर बस्थिन उनको यो परिबर्तनले मलाई पनि एक मानबिय धर्मले मनमा एकप्रकारको छुट्टै खुशी मिलेको थियो

दैनिकको खानपान सफासुघ्घर हेरचाहले गर्दा उनमा आएको यो परिवर्तन संगै दिनभरी आश्रमको आँगन पेटिमा दैनिक अनौठा-अनौठा चित्रहरु बनाएर बस्थिन कहिले काँही उनले केही लेख्न खोजेको जस्तो अस्पस्ट कसैको नाम लेखेको जस्तै गर्थिन फेरी झर्किएर रिसाएर मेटेको झैँ हातको पञ्जाले भुइमा लेखिएको त्यो अस्पस्ट अक्षरहरु एकैछिनमा मेटिहाल्थिन फेरी केहीबेर टोलाएर एकोहोरो भएर बस्थिन फेरी टोलाएको एकैछिनमा उस्तै गरेर लेख्न वा चित्र बनाउन सुरु गर्थिन उनको अनुहारमा हलुका नजानिदो पाराले एक सुसुप्त मुस्कान छाएको जस्तो खुशीको झल्को देखिन्थ्यो यस्तो उनको हरकतहरु मैले उनिमा आएको आदतको परिबर्तनहरु कहिले बाहिर जाँदा होस् वा कहिले भित्र फर्किदा कहिले बार्दलिबाट तल भुइतिर निहुरिएर हेर्ने गर्थे लाग्थ्यो उनी बिस्तारै दिमागी तवरले ठीक हुँदैछिन हुनपनी कतिचाँडै उनमा यो आक्रमक परिवर्तन भएको थियो

एकदिन एकाएक उनमा अनौठो स्वभाव देखिन थालेको थियो दिनभर बाहिर धुलाम्मे माटोमा अनेकन चित्र अस्पुस्ट अक्षरहरु लेखेर साँझ ओर्लदै गएपछी आफ्नो रुममा गएर झ्यालबाट बाहिरको दृश्यहरु एकतमासले एकाग्र भएर टोलाएर हेर्थी औषधी खान बोलाउने बित्तिकै खुरुक्क आउने भएकी थिईन नुहाउन होस या लुगा लगाउन वा खाना नै खान किन नहोस सबै कार्यहरु फटाफट मान्न थालेकी थिईन मानौँ ति सबै गर्नलाई उनको हरेक रुटिन थाहा पाएकी झैँ गर्थिन पछील्लो समय कुनै नाइ-नास्ती गर्न छोडेकी थिईन तर जब साँझ ढल्दै जान्थ्यो तब उनको अनुहारमा अनौठो नौलो किसिमको भाव देखिन थालेको थियो शायद दिनभरको उज्यालोमा खेलेर नथाकेर रात पर्दै गएको अँध्यारोमा खेल्न नपाउँदा उनलाई अँध्यारो संग रिस उठेको हुनुपर्छ नत्र उनी भित्र बेस्कन गुनासो हुनुपर्छ ओर्लिदै गरेको रातसंग त्यसैले उनी हरेकदिन आफु बस्ने रुमको भित्रपट्टी गएर बाहिर झ्यालबाट कोही आएको जस्तो, कसैको प्रतिक्षा गरेझैं ब्यग्र बनेर अनुहारभरी निरासा पोखेर नियाल्ने गर्थिन कहिलेकाहीँ रिसले क्रुद्ध भएर हेरेझैं गर्थिन तर जसरी बसेपनी, जसरी हेरेपनी उनको अनुहारको बेखुशी बाहेक अन्य भाव यही भनेर ठ्याक्कै अनुमान लगाउन सकिदैनथ्यो, किनकी उनी नत बोल्थिन, नत केही लेखेर वा ईशारा गरेरै बताउँथिन बिल्कुलै सन्नटा छाएझै एकोहोरो हेर्नु टोलाउनु सिवाय केही थिएन तर कहिलेकाही भने दिनभरिको उज्यालोमा खेलिसकेर उनको आफ्नो रुममा जान छोडेर आफ्नै सुरमा चुपचाप कही नबोली मेरो अफिसको अगाडि पट्टी ढोकामै आएर भित्रतिर मलाई टोलाएर हेर्ने गर्थिन कित बार्दलिको पल्लोछेउको कुनामा गएर साँझ झपक्क् ओर्लिन्जेलसम्म आकाशतर्फ नियालेर बस्थिन उनको यो कृयाकलाप लाई केहीदिनदेखी सुक्ष्म तरिकाले नियाली रहेको थिएँ

भोलिपल्ट एकदिन बिहानको नास्ताभुजा चिया कफी भैसकेपछी सबैजना -आफ्न काममा ब्यस्त थिए आश्रमका सबै पाहुनाहरु पनि बाहिर चौरतिर खेल्दै थिए भने कोही कुनाको छेउछाउतीर बसेर चुरोट तान्दै थिए यतिकैमा माथिल्लो तलामा मेरो अफिसमा बसेकै अवस्थामा बाहिरबाट मान्छेहरुको कराएको आतिएको जस्तो ठुलोठुलो आवाज आयो मान्छे मार्यो ! मान्छे मार्यो ! यस्तो आवाज सुनेर हैन केभयो बाहिर भन्दै दगुरेर बार्दलिमा आएर अगाडिपट्टी आँखा घुमाए नभन्दै अफिसकै कर्मचारी आश्रममा राखिएको पाहुनाहरुको झुन्ड रुवाबासी गरेको सुनियो पनि के भएछ भनेर अहतार-हतार ओर्लिएर गएर हेरेँ आस्रममै राखिएको एकजना बृद्धको निधार हुँदै शरीरभरी रगतपच्छे भएर बगिरहेको देखेँ के भयो ? कसरी रगत बग्यो ? कहाबाट लड्योकी केभयो भनेर सोधेँ त्यही काम गर्ने स्वयमसेविकाले कंञ्चनले ढुंगाले हानेर बा,लाई घाइते नै बनाइदियो भनेर भने त्यसपछी मैले कंञ्चन तिर फर्किएर हेरें अहिले पनि रिसले क्रुद्ध भएको जस्तो हातमा एउटा बडेमानको पत्तथर बोकेर थरर काँपी रहेकी थिईन त्यसपछी बृद्धलाई अफिसको फस्टएड गर्न लगाउन पठाएर कंञ्चनको हात समातेर सिँधै अफिसमा लिएर गएँ भित्रै कुर्सिमा राखेर एकछिनसम्म उनको हाउभाउ नियालेँ त्यसरी नियाल्दा भने मैले उनको गतिबिधी थाहा नपाएको झैं आँखा छलेर हेरिरहेको थिएँ उनी केहीनबोली कुर्सिको छेउमै उभिरहेकी थिईन मानौ यतिबेला उनको अनुहारमा पस्चाताप झल्किएको जस्तो प्रस्ट देखिन्थ्यो

घटना घटेको दोश्रो दिन भएको थियो । कंञ्चनले फेरी अर्को दिन पनि अर्को बृद्धलाई झम्टिएर उसले पिउदै गरेको चुरोटको ठुटो खोसेर सरसरती आफुले पिउन थालेछीन र अर्को हंगामा भएछ । त्यो बेलुकी म फिल्डबाट आएपछी थाहापाएँ । त्यो रात म अफिसको क्वाटरमा नगैई घरमै बसेँ । भोलिपल्ट खाना खाएर मात्रै बिहानको एघार बजेतिर आश्रमतर्फ लागेँ । आश्रममा पुग्दा सँधाझैं सबैजना आ-आफ्नै शुरमा थिए भने, कंञ्चन भने आश्रमकै अर्को एकजना बृद्धले चुरोट खाएको नियालेर एकोहोरो भएर हेरिरहेको देखें । त्यसरी अर्काले चुरोट पिई राखेको टोलाएर हेरिरहेको देखेर मैले मनमनै सोचें र छेउमै गएर कंञ्चनलाई हातको ईशाराले सोधें । तिमी पनि पिउँछौ ? त्यसपछी उनले मेरो अनुहारतीर हेर्दै बृद्धले चुरोट पिएकोतर्फ एकतमासले हेरिरहयो । त्यसपछी मैले स्टाफलाई एउटा चुरोटको डब्बा मगाएर कंञ्चनलाई दिन लगाएँ । स्टाफले त्यसै गर्‍यो । त्यसपछी भने मलाई उनको गतिबिधी अझ नियालेर हेर्न मन लाग्यो । आम-मान्छेले जस्तै सहजै चुरोट पिउने र निभाउने गर्न थाल्यो । मलाई भने उनको यो दैनिक प्रगती हुँदैगएको परिबर्तनले खुशी पनि हुँदैथिएँ भने मनमा दुखी पनि थिएँ । उनी सहज रुपमा आम-मान्छेले झैँ व्यबहार गर्न थालेकी थिन भने जती बोलाउन खोज्दा भने फिटिक्क बोल्दिनथीईन । कतै कुनै शब्द वाक्यहरु बोलिहाल्छन कि भनेर कयौंपटक कोशीस गर्दा पनि फिट्टिक्क बोल्दिनथिन । संभवत मैले जानेर थाहा पाएसम्म मैले देख्दासम्म कहिले बोलेको सुनिएन । कुनैदिन स्टाफहरुले पनि कंञ्चन बोलिन भनेर कसैले भनेन । तर समयसंगै पहिलाको तुलानामा सयौँ गुणा बद्लाब आएको थियो उनमा । आफै नुहाउने, आफै लुगा लगाउने, आफै औषधी खाने देखी लिएर सबैसंग घुलमेल र खेल्ने गर्न थालेकी थिन । कुनैदिन नुहाउ, खाना खाउ, औषधी खाउ भन्नुपरेन । त्यतिछिटो परिवर्तन आएको थियो उनमा ।

बिस्तारै समय बित्दै जानथाल्यो । यसैबिचमा एक महिना अगाडि आएको ईमेलको अनुसार मानब अधिकार सचेतना तथा बिकास केन्द्र (हुराडेक) नेपाल दोलाखामा यही मिती २०७३ फाल्गुन ०९ र १० मा हुनगैरहेको दुई दिने क्षमता अभिवृद्धी तालिममा सहायक प्रशिक्षक को भूमिका निभाउनको लागि म अफिसकै गाडी लिएर फाल्गुन ८, गते दिउँसो दोलखाको चरिकोटतर्फ लागेँ । यता दोलाखा हुराडेक नेपालका प्रमुख अश्विनि अधिकारी, भने म संग लगतार फोन संपर्कमा हुनुहुन्थ्यो । बारम्बार कल गरेर अभी जि कहाँँ आइपुग्नुभो भनेर सोधिरहनु हुन्थ्यो । म भने अफिसबाट हिँडेपछी न्हुरले पठाएको इमेलको बारेमा जवाफ दिन ढिलो भैसक्यो भन्दै मनमा कुरा खेलाउँदै बाटो कटाउँदै थिएँ । यसरी नै अश्विनि अधिकारी,को कल संपर्क हुँदै बल्लतल्ल दोलखाको चरिकोट पुगियो । समयमै हिँडेको भएपनी पुग्नलाई निक्कै ढिला भैसकेको थियो । चरिकोट पुग्दा करिब साँझको सात बजिसकेको थियो । आफ्नै गाडीमा लखतरान भएर पुग्दा अश्विनि अधिकारी जिल्ला प्रसासनको गेटै अगाडी मलाई नै कुरेर बस्नुभएको रहेछ । त्यसपछी हामी त्यहाँ औपचारिक भेटघाट गरेर त्यहाँबाट फेरी रात्रीकालिन बास बस्नलाई द वुड चरिकोट रोसोर्ट तर्फ लाग्यौँ । त्यहाँ पुग्दा रिसोर्टको एउटा हलमा गानाभजना सहितको खाने रमाइलो गर्ने ब्यबस्था पनि मिलाएको रहेछ । प्राय सबैजना त्यही रिसोर्टमा राखिएको हुनाले सबै भेला भएकाथियौँ । एबम रितले त्योदिनको बेलुकिको खानपान र हलुका रमाइलो गरेर बितायौँ ।

भोलिपल्ट बिहान दश बजेबाट महिला तथा बाल कार्यालयको मिटिङ हलमा कार्यक्रम राखिने भएको थियो । तर त्यहा हल सानो भएकोले एघार बजेबाट भिमेश्वर नगरपालिकाको सभाहलमा मिटिङ्ग सारीयो । यसरी कार्यक्रम स्थल सार्न परेकोले झन्डै बार्ह बजे मात्रै कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको सुरुवातमा सबैको ब्यक्तिगत परिचय र कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पार्दै सुरु भयो । त्यो दिन आयोजना प्रमुख र ईमेलमा तोकिए अनुसारको सबै ब्यक्तिहरुबाट शुभकामना र आयोजनाको उदेश्य र कार्यबिधी प्रस्ट्याउँदै बितेको थियो । मुख्य कार्यक्रम भने भोलिपल्ट फाल्गुन १० गते मात्रै भएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्था, संगठन, र महिला तथा बालबालिका बेचबिखन बिरुद्धको अभिमुखी कार्यक्रममा काम गर्ने झन्डै चार दर्जन भन्दा बढीको सस्थाहरुको उपस्थिती थियो । केही पुराना र नयाँँ स्वयमसेवक हरुलाई दिनभरी आफ्नो अनुभव र जोखिममा रहेको बालबालिका तथा महिलाको पहिचान र उद्द्वार कसरी गर्ने ? तिनका कानुनी कार्यवन र क-कस्को सहभागिता हुनुपर्छ । त्यसलाई कसरी समन्वय गर्ने भन्ने आदी धेरै बिषयमा छलफल र तालिमहरु भए । कार्यक्रम निक्कै रोचक र रमाइलो अनी उत्साहजनक तरिकाले साँझको करिब पाँच बजेतिर मात्रै सकियो । त्यसपछी त्यो दिन पनि हामी त्यही रिसोर्टमा बसेर रिफ्रेस भयौ । यतिकैमा रातिको नौ बजेतिर आश्रमबाट कल आयो । कल रिसिभ गर्दै बोले । हेलो भाई भन्नुहोस के भयो ? मैले कल उठाउँदै सोधेको थिएँ । उताबाट आश्रमकै कम्पाउन्डर भाई बोल्दै थियो । सर कंञ्चनले खाना पनि खाएको छैन, आश्रममा पनि छैन । हामीले सबैतिर खोजिसक्यौ कतै भेटिएन । उनको रुम र यताउती कतैपनी छैन । त्यसपछी कंञ्चन हराएको भन्नेबित्तिकै झसंग भएर झस्किएँ । फेरी सम्झिएँ । यस्तो राती कता गैईन त ? कतै मेरो अफिसको बार्दलिमा त गएर बसेकी छैन ? अचानक मलाई मनमा यस्तो सोँचाइ आएको थियो । किनकी हरेक दिन बेलुकी भएपछी आफ्नो रुममा नबस्दा मेरो अफिस रुमको छेउको बार्दलिको पल्लो कुनामा बसेर टोलाउन थालेकी थिईन उनी ।  मनमा अचानक आएको यो कुराले हतार-हतार आश्रमको कम्पाउन्डर भाईलाई कल गरेर मेरो अफिसको बार्दलिमा गएर हेर्नुत भनेर सुझाएँ । उसले त्यसै गर्‍यो । जब ऊ बार्दलिमा गएर हेर्यो तब उसले त्यही अँध्यारोमा एकोहोरो भएर बसिरहेको देखेछ र भन्यो । सर कंञ्चनलाई भेटियो । तपाईंँको अफिसको छेउको कुनामा आएर बार्दलिमा बसेको रहेछ भन्यो । त्यसपछी भने मेरो मन अलिक हलुका शान्ता भयो र म त्यो रात सुत्ने तर्खरमा लागेँ । 

भोलिपल्ट बिहानको चिया नास्ता खाएर म बिहानै काठमाडौ घरतर्फ हानिएँ । बिहान करिब् सात बजेतिर हिँडेको दिउँसोको दुई बजेतिर मात्रै म अफिस पुगेँ । त्यहाँ पुग्दा सबैजना आफ्नै सुरमा थिए । कंञ्चन भने सँधाझैँ जमिनमा अनेकन तस्बिर र केही अक्षरहरु जस्तै लेख्दै मेटाउँदै खेलिरहेको थियो । म आफ्नो हातको ल्याप्टप बोकेर सरासर आफ्नो अफिसतर्फ लागें । यसरी म माथिल्लो तलामा उक्लदै गर्दा भुइमा बसेर अनेकथरी बनाइरहेकी कंञ्चनले देखिरहेकी थिन । म अफिसमा पुगेर कुर्सिमा ढल्किएर आराम गरिरहेको थिएं । आराम गरेको झन्डै दश मिनेट जती मात्रै भएको थियो । त्यसपछी अघी भर्खरसम्म धुलोमा चित्र बनाउँदै बसेकी कंञ्चन सरासर आएर ढोका बाहिरैबाट मलाई रिसाएको भावमा हेरेझैँ एकोहोरो भएर हेरिरहेकी थिन । मानौँ दुईतीन दिन म नहुँदा उनलाई न्याश्रो लागे झै रिसाएर बसेकी जस्तो भाव झल्कन्थ्यो । उनको हेराइमा लाग्थ्यो यतिकादिन तिमी कहाँ गएको थियौ ? किन गएको थियौ ? भनेर रिसले भन्न खोजेझैँ एकटकले हेरिरहेकी थिन । मैले उनलाई ईशारा गर्दै बोलें । तिमी ठीक छौ ? औषधी खायौ कि खाएनौ ? केही भन्नुछ हो तिमीलाई ? उनले जवाफ नदिएपनी मैले आफ्नै सुरमा यस्तै प्र्श्नहरु गरीबसेँ । उनले कुरा बुझेहैं गरेर अनुहार उज्यालो बनाउँदै पुन सँधाको झैं बार्दलिको पल्लो कुनामा गएर बसिन । प्रतेकदिन त्यहाँ आएर बस्नेहुनाले मैले त्यहाँ एउटा काठको कुर्सी पनि राखिदिएको थिएँ । उनी हरेकदिन त्यहाँ आएर बस्न थालेकी थिन । आजपनी त्यसैगरिन । केही नबोली चुपचाप कुर्सिमा गएर बस्दै पुन उस्तै कतै क्षितिजमा नियाले जस्तै गरेर फेरी एकोहोरो टोलाउन थालिन । मैले वास्तै नगरि थाकेको सरिरले ल्यापटप खोल्दै धेरैदिन देखी आएको न्हुरको इमेलको जवाफ लेख्नु पर्‍यो भनेर न्हुरलाई ईमेल लेख्न थालेँ ।

प्यारी न्हुर !

असलाम अलिकुम ! साथै मिठो अनी अबिरल सम्झना र धेरै मायाँ । निक्कै समयपछी एउटा कतै सुनेको, जानेको वा परिचीत नाम झैँ भएर बेवारीसे अवस्थामा करिब एक महिना अगाडि तिम्रो ईमेल आएको थियो । ढिलोगरिकन तिम्रो इमेलको जवाफ फर्काउँदैछु । जवाफी ईमेल ढिलो भएकोमा तिमीले पनि माफि दिन्छौ भन्ने आशा गरेको छु । आशाछ, ढिलैभएपनी मेरो ईमेल प्राप्तपछी तिमी अबस्य खुशी हुनेछौ भन्ने आत्मियपन साँचेको छु मन भित्र । थाहाछ तिमीलाई ? लामो समयपछी आएको तिम्रो ईमेल पड्दैजाँदा सुरुमा त, कस्ले गरेको रहेछ यो ईमेल भन्दै असमन्जसमा पड्दै गएँ । त्यसपछी अलिकतल पुगेपछी तिमीले कलेजदिनको सम्झना गराएको रहेछौ । त्यसपछी भने ईमेल तिनै काली मधिसिनी धोतीनी केटीको रहेछ भनेर मुसुमुसु हाँस्दै खुशीले पढ्न थालेँ । ईमेल पड्दै जाँदा एउटा मनमा खुशी त अर्को मनमा रिस पनि उठ्दै थियो भित्रभित्रै । तर किन थाहाछ ? त्यो पनि भनिदिन्छु । यतिका बर्षसम्म गुमनाम हराएर नसम्झिएको मान्छेले आज कहाँबाट सम्झिन पुगिछिन भनेर रिसले चुर भएर मुर्मुरिदै थिएँ । अर्को मनले सोच्दै थिएँ, आफु डक्टरनी भएको घमन्डमा सुनाउनलाई गरेकी हुनुपर्छ भनेर भित्रभित्रै रिस उठिरहेको थियो । तर ईमेल पड्दैजाँदा तिम्रो ईमेल ह्याक भएको र आर्थिक समस्यामा फसेर तिमीले कल गर्न नसकेको तितो यथार्थ अनी त्यसमाथी झन तिम्रो मोबाइल नै हराएपछी तिमीले चाहेर पनि संपर्क गर्न नसकेको विवरण थाहा पाएपछी भने मन शान्ता भयो, रिस उठेर आएको झाँक पनि सितल भएर आयो । त्यसपछी भने आज फुर्सद निकालेर तिम्रो इमेलको जवाफ लेख्दैछु ।

अनि भो ति सबैकुरा छोड, सबै भन्दा पहिले तिमीलाई डक्टर भएकोमा मुरिमुरी हार्दिक बधाई ! तथा ड्कटरी जिबनको सुरुवाती संगै अब तिमीले MD पनि पुरा गर्नेछौ भन्ने आशा गर्दै त्यसको पनि अग्रीम शुभकामना ! त्यो पनि तिमीले अब पुरा गर्नैपर्छ । यो तिम्रो मित्रताको निस्वार्थ अनुरोध हो । किनकी तिम्रो सफलतामा खुशीहुने र रमाउने साथी मद्धेको म पनि एक हो । त्यसैले पनि तिम्रो हरेक सपनाहरु र तिमीले चालेको पाइलाहरुले सफलताको शिखर चुमुन भन्ने मनकामना छ ।

बिएसी सकेपछी मैले सानोतिनो जब गर्नथालेँ । थालेँ के भनौं एउटा प्राइभेट स्कुलमा म्याथ र साइन्स पढाएर फुर्सदको समयलाई यसो सदुपयोग मात्रै गर्नथालेँ । तिमीत उता अस्ट्रेलिया तिर हानिहाल्यौ । त्यसपछी तिम्रो कुनै खोजखबर संपर्कनै भएन अहिलेसम्म । तर म भने यता सानोतिनो जबमै अल्झिन थालेँ । कमाइ खासै नभएपनी समय कटाउन र परिवारको भरथेग गर्नकै लागि भएपनी दुइचार पैसाको लागि जब गर्नथालेँ । तिमी उता गएपछी करिब एकबर्ष जती मैले शिक्षण पेशा गरेँ । त्यही बिचमा बुवाको पनि पेन्सन पाकेपछी रिटायर्ड भएर घरमै बस्न थाल्नुभयो । त्यसपछी त परिवारको जेठो छोराको हैसियतले पनि थप जिम्मेवारी थपिन पुगेको थियो । भाई र बहिनी पड्दै थिए । बुवाको पेन्सनले मात्रै नपुग्ने । त्यसमाथी आमाबाबा दुबैजना निक्कै पाका पनि भैसक्नु भएको थियो । त्यसैले पनि मैले जेजस्तो भएपनी जब गर्नुपर्ने बाध्यता झन आइपर्‍यो । त्यसैले पढाउने पेशा भएपनी काम नछोडी लगतार गर्न थालेँ भने यता अन्य राम्रो जब पाईन्छ कि भनेर चारतिर प्रयास पनि गर्दै थिएँ । आस्थाइ शिक्षक देखी लिएर लोकसेवा आयोग पासगर्ने सम्मको दौडधुप गर्दैथिएँ । यसै बिचमा सेभ द चिल्ड्रेन युनिसेफ को प्रोजेक्ट डाइरेक्टरको कोटा खुलेको रहेछ । कतै मिलिहाल्छ कि भनेर आवेदन भरेर घर आएको थिएँ । त्यसको दोश्रो हप्ता नाम पनि निस्किहाल्यो । त्यसपछिको अन्तर्वाता पास गरेर तुरुन्तै दोश्रो महिनाबाट नयाँ काम सुरुगरेँ । त्यसपछी लगतार त्यही जब गरिरहेको छु अहिलेसम्म । घरपरिवार् सबै राम्रैसंग चलिरहेको छ । आजसम्म शत्रु कमाएको छु जस्तो त लाग्दैन तैपनी शत्रुनै भएपनी शत्रुको कानमा नपरोस नेपालकै जब भएपनी पारिवारिक भरथेग चलेकैछ । राम्रैछ । जिबन चलेकैछ ।

न्हुर, अनी तिमीले MBBS सकेपछी कुनै जब गर्दैछौ कि फेरी पढाईलाई नै निरन्तर्ता दिँदैछौ ? के गर्दैछौ ? नेपाल घरतिर केकस्तो खबर छ तिम्रो ? बाबा-आमा भाईबहिनी के गर्दैछन ? पढाई गर्दैछन कि जब गर्दैछन ? मेरो ईमेल पाएपछी अर्को इमेलमा डिटेलमा लेख है । यदी नेपालमा परिवारमा कुनै सारोगारो भएको भए मलाई ईमेल गरेर भन्न सक्नेछौ, मैले केही सहयोग गर्न सक्ने रहेछु भने गरौँला । अन्यथा मेरो कुरालाई गलत अर्थ लाउने छैनौ भन्ने आशा गरेको छु ।

ए अँ साँची कलेज सकिएपछी त्यसपछिका दिनहरु खासै कसैसंग भेट भएको छैन । सुरज पनि कोरिया गएको अहिले तीन बर्षनै भैसक्यो । तर ऊ संगभने कहिलेकाही कलमा कुरा हुन्छ । नत्र बाँकी साथीहरु खासै कसैसंग भेट नभएको धेरैभयो । अनी बिएसी पड्दाको हाम्रो बेन्चको जिबन दाहाल थियोनी ! थाहाछ तिमीलाई ? अघिल्लो सालको दसैंमा ऊ आफ्नो घर झापा फर्किदै थियो । तर थानाकोटको ओरालोमा ट्रकसंग ठोकिएर दुर्घटनामा परेर हस्पिटल ल्याउँदा ल्याउँदै बाटोमै प्राण गएर बित्यो । मैले अहिलेसम्म पनि बिस्वासै गर्न सकेको छैन । मरेको छ जस्तै लागेको छैन । तर के गर्नु दैबको नियतिलाई टारेर कस्लेपो टार्न सक्छर ? हिँड्नु अगाडि अघिल्लो दिन मात्रै मेरो घरमा आएको थियो ऊ । निकै तनाबमा जस्तो थियो हेर्दाखेरी । के भएकोछ तिमीलाई ? केही समस्याभए मलाई भन केही सहयोग गर्न सक्छु भने केही गरौँला भनेको थिएँ । झापाबाट फर्किएपछी भनौँला भन्थ्यो । तर झापाबाट फर्किन त के घरमै पुग्ननपाई सँधैलाई अस्तायो एउटा साथी । यतै काठमान्डौ मै ब्यापार सुरु गरेको थियो । शायद भुकम्प पछीको आर्थिक मन्दिले पसलको केही रकम डुबेकोछ भनेर सुनेको थिएँ उसको श्रीमतिबाट । एउटा छोरी भएको थियो अहिले छोरी पनि तीन बर्षकी भएकिछिन क्यारे । अनी उसको श्रीमती कोहो थाहाछ तिमीलाई ? हाम्रो ब्याजको सुनिता डंगोल थियोनी ! हो उही हो । ऊ तराइको ब्राम्हाण परिवारको, यता सुनिता नेवारी परिवारको, तिनिहरुको पनि बिहेपछी अजात भनेर परिवारको दुबैतर्फ मेलमिलाप नै भएको थिएन । बिचरा अहिले सुनिता एक्लो छोरी संगै यतै जमलमा उनिहरुले सुरुगरेको त्यही फेन्सी पसल गरेर बसेकिछिन । बिचरी जिबनको मृत्‍यु भएपछी बिधुवा बनेकी एकल महिलाले त्यो पनि काठमान्डौ जस्तो महंगी शहरमा जसोतसो जेनतेन व्यबहार धानेकोहोला । काखमा सानी छोरी अनी पसल कसरी धानेकिछिन कुन्नी । आफन्त परिवार र माइतिको आमाबाउ र दाजुभाइ पनि कती निस्ठुरी उनको कलिलो टाउकोमा यतिसम्मको बज्रपात पर्दापनी आजसम्म एकपल्ट भेट्न सम्म आएनन । मलाई आफ्नो माइती जतिकै मानेकिछिन त्यसैले कहिलेकाहीँ गएर अलिअली दालचामल र नुनभुटुन किनेर लगिदिने गरेकोछु । नत्र कसरी धान्न सक्छिनहोला सोच्दा पनि कहाली लाग्दो अवस्था भएकोछ उनको पनि । कहिलेकाहिँत सोंच्छु उनिजस्तै अन्तर्जातिय विवाह गर्ने कती युवायुवती आज पनि पारिवारिक हेला र घृणामा बाँचेका होलान ? म छक्क पर्छु । साच्चैनै मान्छेको भाग्य पनि कस्तो-कस्तो है न्हुर । सम्झिदा पनि अचम्म लाग्छ । तिमीले थाहा पायौ कि पाएनौ ? कलेजको दिनमा तिमीलाई खुब मट्स्या भनेर जिस्काउँथ्यो हैन ? तिमी खुब रिसाउँथ्यौ त्यसरी जिस्काउँदा । तर न्हुर अब बिचराले तिमीलाई कहिलै जिस्काउन पाउने छैन । म संगको भेटमा पनि तिम्रो कुरा गरिरहन्थ्यो । ओइ अभी त्यो मट्स्याले त बिर्सियो है हामीलाई त भन्थ्यो । तिमीलाई खुब मन पराउँथ्यो यार त्यो दिनमा । तर तिमी त खै कस्तो मनले बनेकी थियौ कुन्नी ? उसले बराबर तिम्रो पिछा गर्दा पनि कुनै बालै दिन्नथियौ । साँचै तिमी कती कठोर मनको थियौ है न्हुर ? अहिले पनि उस्तै छौ कि बद्लियौ ! कुनै बोइफ्रेन्ड बनायौ ? कि अझैपनि सिंगलै छौ उता गएरपनि ? कतै डक्टर भएर त्यतै डक्टर संगै बिहेत गरिसकेनौ ? कि भोज खुवाउनु पर्छ भनेर आफ्नो बारेमा चै केही नबताएकी ? यदी त्यस्तो हो भने बरु हामीलाई भोज खुवाउनु पर्दैन बरु अर्को इमेलमा तिमी पनि आफ्नो बारेमा सबै लेखेर पठाउन है न्हुर ।

आखिर मान्छेको जिबन न रहेछ, मौसम जस्तै परिवर्तन भैरहन्छ । कहिले घाम, कहिले पानी, कहिले दु:ख त कहिले सुख, अनी जन्म मृत्‍यु मिलन बिछोड यो सबै हाम्रो नियमित जिबनको भोगाइहरु रहेछन न्हुर । असली जिबन भनेकै यिनै रहेछन । जुन तिम्रो हाम्रो कसैको बसमा हुन्न । यो निरन्तर परिवर्तन भैरहन्छ । जसरी औँशी पछी पुर्णे आउँछ भने, उसैगरी पुर्णेपछी औंशी पनि आउँछ । यस्को मत्लब घाम र छाँया बिचको उज्यालो र अँध्यारो रहेछ जिबन । यो कहिले उदाउँछ कहिले अस्ताउँछ । घाम र जून जस्तै । नत्र तिमी हामीलाई नै हेरौँन, हिजोको केही बर्ष पहिलेसम्म तिमीहामी र कयौँ साथीहरु एउटै कलेजमा पड्थ्यौं, हास्थ्यौ, खेल्थ्यौं, बषन्तमा फूलेको फूल जस्तै ढकमक्क फूलेका थियौँ । हेर्दा लाग्थ्यो ति फूलहरु कहिलै ओइलाउने छैनन । साँच्चै नै जिबन कती सुन्दर थियो । तर आज तिनै साथीहरु कोही कहाँ पुगे, कोही कता ? कुनै अत्तोपत्तो छैन । तिमी नै अस्ट्रेलिया गएपछी उतै हरायौ । सुरज आफ्नै काममा ब्यस्त छ । म आफ्नै काम र जिम्मेवारीमा ब्यस्त छु । कोही हामीले हेर्दाहेर्दै मरेर यो धर्तिबाट सदाको लागि अस्ताएर गैसके । जिबनचक्र पनि धर्ती र सुर्यको जस्तै अचम्मको चक्र, जो निरन्तर घुमिरहन्छन । जसरी रुखको पुराना पातहरु झरेर नयाँ पालुवाहरु पलाए जस्तै । समय र उमेरसंगै बड्दै जाने व्याबहारिक जिम्मेवारी पनि थपिदै जाँदारहेछन । यसैबिचमा गएको दुई महिना अगाडि हामीले हाम्रो बुवा पनि गुमायौँ । बिगत केही बर्ष देखी यता क्यान्सर रोगले ग्रस्त हुनुहुन्थ्यो, औषधी उपचार राम्रै चलेको थियो । वहाँँको स्वास्थ्य स्थिती पनि स्थिर नै थियो । तैपनी खै वहाँँमा रोग, उपचार, र औषधीले गर्दा पनि होला डिप्रेसनमा जानुभएछ र गएको दुई महिना अगाडि आत्माहत्या गरेर आफुलाई रित्याउनु भयो । तर रोगले थलिएर बसेपनी, बुढ्यौलिले छुएको शरीर भएपनी आफ्नो शिरमाथी आफ्नो बाउ भएको जस्तो नहुने रहेछ न्हुर । साँचिकै यतिबेला म मेरो सबै परिवार पूर्ण भएर पनि केही अभाव खट्किए जस्तै अभाव खट्किएको महसुस गरेकोछु । आफु भन्दा माथि आफ्नो अभिभाबक भएजस्तो नहुनेरहेछ मान्छेको जिबनमा । त्यसैले यतिबेला, जागिर पैसा परिवार भएर पनि अपूर्ण छु न्हुर । अरे यार न्हुर । मत तिमीलाई ईमेल लेख्दा-लेख्दै बहकिएछु । लेख्दै जाँदा अन्तै मोडिएर कतै बगिरहेछु । हो म बुवा बित्नु भएपछी यस्तै हावा जस्तै भएको छु । मनमा अनेकन तर्कनाहरु आउँछन । तैपनी आफुलाई जसोतसो सम्हालिएर काम गर्दैछु । बस अफिसको जागिर जस्तो उस्तै प्रकृतिको काम भएको अनाथ र असाहाय हरुको लागि सानो एउटा आश्रम चलाएर बसेको छु । यता जागिर गर्दै आफुले भ्याएको र सकेको समाज सेवा पनि गर्दैछु । हेरौं समयले कहाँसम्म साथ दिन्छ । कहाँसम्म लिएर जान्छ त्यहाँसम्म अनाथ र असक्तहरुको अबिभाबक बनेर बाँच्ने धोकोछ । आशा छ वहाँँहरुको आशिर्बादले सदैब सेवा र कर्म गर्न पाउनेछु भन्ने आशा गरेको छु । हेरौँ भगवानले कहाँसम्म साथ दिनुहुन्छ ।

अँ साँची तिमीले सोधेको एउटा कुरा त मैले झन्डै भन्नै बिर्सेंको । तिमीले लक्ष्मीको बारेमा सोधेकी थियौनी ? हो, तिनै कलेज जिबनको लक्ष्मी जो मेरो प्रेम थियो । जसलाई पाउनको लागि कयौँ पटक कयौँ नाटकहरु गर्न परेको थियो । जसको लागि यतिधेरै मरिमेटेर प्रेम गरेँ, हो आज उसैलाई जिबनसाथी बनाएर मेरो वास्ताबिक जिबनको साथी बनाएको छु । हो मैले उनैसंग बिहे गरें । तिमीहामीले चिनेको हिजोको लक्ष्मी जस्ती थिन, आज पनि उस्तैछिन । म आफुलाई कहिलेकाही खुब भाग्यमानी सम्झन्छु । किनकी जस्लाई पाएर मेरो जिबन सहज ढंगले बगेकोछ । जसरी नारायणीको नदी सुसाएको थाहा हुँदैन उसैगरी मेरो पारिवारिक जिबन पनि बगेको छ शान्ता तलाउँको पानी जस्तै सितल र निश्चल बनेर । लक्ष्मीलाई पाउनको लागि पनि सुरज र तिम्रो हात ठुलो छ । त्यसैले यो खुशीको कुरा थाहा पाउने तिम्रो पनि हक छ । तर मैले लक्ष्मीको बारेमा यती भनिरहँदा तिम्रो बारेमा पनी मैले भन्नैपर्छ की ! जसरी लक्ष्मीलाई पाएर म खुशी भएकोछु उसैगरी तिमीलाई पाउने त्यो अन्जान पुरुष पनि जिबनमा खुब खुशी हुनेछ । तिमीलाई पाउने लोग्नेमान्छे साँचिकै भाग्यमानी हुनेछ । तिमी जस्तो मिलनसार, शुशिल, भद्र, तेजस्वी, प्रखर अनी उस्तै मायालु पनि । तिमी छ्यौ नै त्यस्तै । कसम कहिलेकाही त लक्ष्मी मेरो भागमा नपरेको भए तिमीलाई खोसेर भएपनी निकाह गरेर भएपनी ल्याउथेँ जस्तो महसुस हुन्थ्यो । तर यसो भन्दैमा लक्ष्मी मेरो पहिलो रोजाइ र तिमी बैकल्पिक हौ भन्न खोजेको हैन । बस तिम्रो बिद्धता र सालीन्ता नै ठुलो महानता हो न्हुर । कसम तिमीलाई फुर्काएको हैन । तिमीसंग अनुहारको सुन्दरता त छँदैछ । संगै तिमी भित्रको बौदिक सुन्दरता पनि उतिकैछ । सबैसंग मिलेर भिजेर बस्न सक्ने तिमीमा त्यो क्ष्यमता पनि छ । तिमीत एक असल डाक्टर मात्रै होइनौ एक कुशल कुटनैतीक पनि हुनसक्छौ र हौ पनि । किनभने तिमी एक मुश्लिम परिवारमा जन्मिएर पनि तिम्रो हिम्मत लगन्शिल्ता र मेहेनत कमको थिएन । साचिकै तिमी एक बहादुर सिपाहीँ जस्तै brave girl हौ न्हुर । जस्लाई सम्झेर म आज पनि उतिकै तिमीलाई माया सद्भाव र सम्मान गर्न चाहन्छु । मैले देखेको केटीहरुमा तिमी मात्रै त्यस्ती केटी थियौ जो हरेक मुस्किलसंग पनि डटेर लड्नसक्ने तेजस्वी र ओजस्वी थियौ । कलेजको दिनमा तिम्रो वाह वाह गर्नेको कुनै कमी थिएन । तिमी जस्तो शुशिल केटीलाई साथी भन्न पाउनु पनि गर्वले छाती ढक्क फुलेर आउँछ न्हुर । विश्वाश गर । आज त्यसैको फलस्वरुप तिमी अर्काको देशमा गएर डाक्टर बनेकी छ्यौ । बाँकी त हामी माध्यम मात्रै बनेका थियौँ त्योबेला । बाँकी कर्म गर्ने र पुर्याउने त माथि भगवान हुन । अनी तिम्रो आफ्नै हिम्मत र मेहेनतको फल पनि हौ ।

इमेलको अन्त्यमा, मेरो इमेलको प्राप्तीसंगै यसको जवाफ लेख्नेछौ भन्ने आशा गरेकोछु । अब पहिलेको जस्तै हराउने छैनौ भन्ने पनि आशा गरेको छु । न्हुर अनी अर्को कुरा मैले मेरो फेसबुकको एड्रेस र व्हाटस एपको नम्बर पठाइदिएको छु । यदी सम्भव भएसम्म मैले पठाएको नम्बरमा कट्याक्ट र मेसेज गर्न सक्नेछौ । अनी तिम्रो कुनै प्रेम काहानी भए लेखेर पठाउन है, हाम्रो जस्तै तिम्रो पनि लब स्टोरी जान्ने खुब इच्छा छ यार न्हुर । र एकपल्ट अन्त्यमा फेरी भन्न चाहन्छु, यो ईमेल लेखिरहँदा अहिलेसम्म भने हामीसबै सकुसलै छौँ र भगवानको कृपा र अल्लाहको निगाहले तिमीलाई पनि सञ्चै छ भन्ने आशा गरेको छु भन्दै आजकोलागी कम्प्युटर बन्द गर्दछु । बाँकी अर्को इमेलमा सबिस्तार गर्दै जाउँला । बरु भन तिमी नेपाल कहिले आउँदैछौ मिल्छ भने इमेलमा लेख्नु है ल । यती भन्दै बिदा हुनचाहन्छु । हस्त बाइ । तिम्रो मेरो समयनुसारको शुभदिन अनी शुभरात्री न्हुर । तिम्रो उच्च शिक्षाले अझै शिखर चुम्दै जावोस । पुनह एकपल्ट हार्दिक शुभकामना । खुदाफिस ।

उही तिम्रो साथी

अभी घिमिरे ।

कामको ब्यस्तता र चापको बिचमा हतारहतार गरेर जसोतसो जानिनजानी न्हुरलाई ईमेल लेखेर सेन्ड गरिपठाएँ । त्यसपछी मनलाई केही हलुका महसुस गराउँदै जिउ तन्काउँदै अगाडीपट्टी उभिरहेको मान्छेमा नजर पुग्यो । झसंग झस्किँदै हेरेँ, कंञ्चन रहेछ । बाफरे ! त्यतिन्जेलसम्म कंञ्चन त्यहीँ मेरै अगाडी उभिएरै एकतमासले ठिंग उभिरहेकी रहेछिन । त्यसपछी मैले कुर्सिबाट उठेर उनको हातमा समातेर फकाउँदै बिस्तारै बार्दलिको कुर्सिमा लगेर राखेर म पुनह त्यो दिनको आफ्नो नित्यकर्म तर्फ ब्यस्त भएँ ।

No comments: