भाग- ५
मान्छेलाई कहिलेकाहीँ जब एक्लो
महसुस हुन्छ तब
सुन्सान लाग्छ । जब जिबनको
अगाडि कुनै भबिश्य
देखिँदैन तब संसार
अँध्यारो लाग्छ ।
चिम्लिएर अगाडिको बाटो नियाल्न
खोज्यो भने सबै बाटहरु बन्द
भएझैं लाग्छ । किन लाग्छ
यस्तो मान्छेलाई आफ्नो
लागि आफै भन्दा
अरु कोही छैन
भनेर ? आफ्नो र अरुको लागि
बाँचिरहेको जिबन किन
क्षणभरमै नितान्त एक्लो लाग्न
थाल्छ ? हेर्दाहेर्दैको भबिश्यको
सुन्दर गोरेटो किन
अँध्यारो निस्पस्ट कालो देखिन्छ
? उर्जावान जोस-जाँगर
सबै किन निराशामा
परिणत हुन्छ ? आखिर
जिबनको यो कस्तो
रित हो ? जहाँ
कहिले हाँसोले भरिन्छ
भने कहिले आँशुले
पुरिन्छ ? फूलैफूलको जिबन एकनाश
नभएर किन छिनभरमै
ओइलाई झर्छ ? सबै,
सँधै उस्तै एकनाशको
जिबन चक्र नभएर
किन हरेकपल अलग-अलग नाटक
देखाउँछ ? जिबनको हरेक
दृश्यहरु किन बद्लिरहन्छ
? एउटा नाटकिय दृश्य
नसकिदै किन अर्को
पर्दा उघारिन्छ र
झर्छ उसैगरी ? जसरी
जन्म पछी मृत्यु
किन अनिबार्य छ
धर्तिमा ? छाती भित्र
हिम्मतले कुँदेको केही गर्ने
शक्ति हुँदाहुँदै पनि
किन सुर्य डुबेको
झैं पाइला अस्ताउँछ
अगाडि बड्नबाट ? अचम्म
लाग्छ कहिलेकाहीँ आफैदेखी
र मध्यारतमा सुतिरहेको
शहरलाइ नियालेर चिच्याउन
मन लाग्छ, जोड-जोडले कराउन
मन लाग्छ मानौ
कि त्यसरी कराउँदा
चिच्याउँदा सबै पिरहरु,
निराशाहरु हराएर जाउन,
रित्तिएर जाउन, हो
यस्तै अनुभुती हुन्छ
मलाई कहिलेकाहीँ ।
शायद दिनभरिको कामको
ब्यस्तता, घर-ब्यबहारको
चाप, अनी बुवा
गुमाएपछिको जिम्मेवारीको बोझले गर्दा
पनि होला म यसरी कहिलेकाहीँ
हतास हुनेगर्छु ।
तर फेरी एकैछिनमा
आफुलाई सम्हालेर दर्हो
खुट्टा बनाएर हिंड्न
खोज्छु । शायद यो सबै
आफैले गरिरहेको कर्ममाथिको
जिम्मेवारीले गर्दा पनि
होला फेरी सबै
उराठिला पनहरुलाई भुलेर
उठ्ने कोशीस गर्छु
। फेरी जाँगरको
साथ हिँड्ने जमर्को
गर्छु । अनी सम्झन्छु मनमनै जिबन
भनेकै यहित होला
? बुवा भनिरहनु हुन्थ्यो
जिबनमा सबै कुरा
खानु तर हरेश कहिलै नखानु
केटा भनेर । आज मलाई
बुवाको यही कुराको
सम्झना आउँदा एकपल्ट
फेरी नमज्जाले मन
गिंजोलेको छ ।
कताकता आफैभित्र तन
चिमोटेको जस्तो भएको
छ ।
समय न हो
बित्न कतिपो लाग्छ
र ? आज भन्यो
भोली भन्यो दिनदिनै
उ आफ्नै रफ्तारमा
दौडिरहन्छ । जसरी
सेकेन्ड, मिनेट हुँदै
घण्टा बित्छ अनी
दिन । हो यसरी नै
हरेकदिन पनि जाँदोछ,
हिजो, आज भोली र पर्सी
भन्दै बर्ष बित्दो
छ, त्यसैले समयले
पनि कोल्टो कतिचाँडै
फेरिसकेछ । दिन
महिना गर्दै आज
बुवा बितेको पनि
बर्षदिन नाघिसकेछ ।
आज फेरी मलाई
यही कुराले होकी
बेस्सरी खुब हिर्काएको
छ दिमागमा ।
केही गर्ने, हिँड्ने
बोल्ने कुनै जाँगरनै
चलेको छैन । बेलुकिको खाना खाइसकेर
खै किन हो कुन्नी मलाई
एकान्तमा बस्न मन
लागेर आयो र हातमा चुरोटको
एउटा खिल्ली सल्काएर
घरको छतमा गएर
क्षितिज नियाल्दै जुनेली
रातको जून टोलाउँदै
त्यही जून उभिएको
आकाशतिर फर्किएर एकतमासले
चुरोटको धुवाँहरु छोड्न
थालेँ ।
घरको छतको सिँधा
माथि आकाशमा ताराहरुले
घेरिएर चहकिलो जून
मुसुक्क हाँसिरहेको थियो
। मानौँ उ मेरो मनभित्रको
पिडालाई शितल शान्ता
बनाउन आएकिहोस ।
म तिनै आकाशको
जूनलाई हेरेर टोलाइरहेको
थिएँ । एकातिर
रातको चिसिँदो मौसम
अर्कोतिर जूनको शितल्ता
अनी
एकतमासको एकाग्रता मेरो साथमा
सल्किएको चुरोट, बस
अरुमलाई के चाहियो
? म त्यसैमा एकोहोरो
भएर कतै हराइरहेको
रहेछु । अचानक सल्किदै गएको चुरोटको
ठुटाले पोलेको औंलाको
पिडालेपो बल्लपो झसंग
भएर निन्द्राबाट बिउँझिए
झैं भएछु । एकाग्रतापनबाट के बिउंझिएको
मात्रै थिएँ गोजिमा
रहेको मोबाइलमा व्हाटस
एपको मेसेजको नोटिफिकेसनको
आवाज आयो । यतिबेला कस्ले के
मेसेज गर्यो भन्ने
सोँच्दै गोजिबाट मोबाइल
झिकेर हेरेँ, मेसेज
कुनै अपरिचित नम्बरबाट
आएको रहेछ । त्यो पनि
नचिनेको बिदेशी नम्बरबाट
आएको थियो ।
हेरेँ, मेसेजमा लेखिएको थियो
। अभी के गर्दैछौ ? सुतिसक्यौ कि
बसिरहेको ? ओई चिन्यौ
के मलाई ? भनत
मलाई म कोहो ?
मैले यताबाट मेसेज
हेर्ने बित्तिकै उता
मेसेजकर्ताले पनि मैले
मेसेज हेरिसकेको मेसेजको
सिन गरेको सिम्बोलमा
दुइवटा निलो धर्का
देखिसकेको थियो ।
त्यसैले मैले मेसेजको
जवाफ र सोध्न पनि नपाउँदै
उतैबाट फेरी अर्को
मेसेज तुरुन्तै आइहाल्यो
। ओ माइ गड ! तिमी
पनि अन्लाई नै
मै छौ ? धन्य
भगवान ! मैले मेसेज
पनि गर्नु तिमी
पनि ठीक यसैसमयमा
अन्लाई हुनु यार
। कस्तो टाइमिङ
मिलेको । ओई किन चुपचाप्
बसेको तिमी ? कि
तिम्रो मेसेज अरुले
नै हेर्दै होकी
केहो ? नत्र किन
जवाफ नफर्काएको ? अभी
भनन तिमी अन्लाई
मै हो ? ओ माइ गड
कस्तो नबोलेको के
! रिस उठिसक्यो है
मलाई ?
मैले मेसेज कस्को
हो भनेर ठम्याउन
पनि नपाउँदै मेसेजको
लगतार ओईरो लागिरहेको
थियो । म कुनै जवाफ
नदिईकन चुपचाप् अहिले
पनि हेरिरहेँको थिएँ
। ओई साँचिकै
नबोल्ने हो ? कि ब्यस्त छौ
कुनै काममा ? पुनह
उसैगरी मेसेजको बर्षा
भैरहयो । निकैबेरको
एकोहोरो मेसेजको बर्षा
भएपछी भने मैले
आफ्नो जवाफ फर्काउँदै
लेखेँ । नमस्कार
! हजुर को हुनुहुन्छ
? यहाँँ त हजुरको
नम्बर पनि सेभ छैनत मेरो
मोबाइल मा ? कहाँबाट
पाउनुभयो मेरो नम्बर
? अनी तपाईं नेपालबाट
त पक्कै हैन
? योत बाहिरको नम्बर
हो होइनर ? को
बोल्नु भएको ? हो
म अभी नै हो तर
तपाईंँले खोज्नु भएको
मान्छे र मेरो नाम मिल्न
गएको सम्योग पनि
हुनसक्छ है ! अघी
उताबाट लगतार मेसेजको
बर्षा थियो भने
अहिले म उनले त्यताबाट अर्को मेसेजको
प्रश्न र जवाफ फर्काउन पनि नपाउँदै
मैले यताबाट मेरो
पालो लगतार प्रश्न
माथि प्रश्न गरिरहेँको
थिएँ ।
त्यसपछी फेरी एकछिन
उताबाट मेसेज आउने
क्रम रोकिएर मौनता
छाएको थियो । अनी मेरो
पालो थियो अझै
बर्बराउने । हेलो
हजुर ! सुन्नु भएन
? हजुर को हुनुहुन्छ
? कहाँबाट को बोल्दै
हुनुहुन्छ ? मैले यहाँँलाई
चिन्न सकिन नि
? मैले यताबाट लगतार
प्रश्नहरुको ओइरो बर्षाइरहेँ,
तर जवाफ फर्काउनु
त कताहो कता
उल्टै उताबाट मेसेज
सिन गरेको निलो
धर्को पनि देखिएन
। सोँचे मेरै
नामको कसैलाई मेसेज
गरेको हुनुपर्छ ।
तर गल्तिले मलाई
आएको हुनुपर्छ ।
नत्र कि मलाई नै गरेको
भएपनी मोबाइलमा चार्ज
सकिएको हुनुपर्छ कित
नेटवर्क् गएको हुनुपर्छ
हैनभने बोल्दा बोल्दै
कता गयोत ? को
थियो यसरी चिनेको,
जानेको झैँ गरेर
लगतार मेरो नामै
काडेर हालखबर सोध्ने
? म मनमा यस्तै
प्रश्न खेलाउँदै केहीछिन
मेसेज कुरौँकी भन्दै
दोधारेपारामा दोमन् हुँदै
मोबाइल अफ गरेर रुमतिर झरेँ
। तल रुममा
पुग्दा सबैजना सुतिसकेका
थिए । त्यसपछी
फेरी दोराएर मेसेज
आयोकी भनेर मोबाइलको
स्क्रिन खोलेर हेरेँ
तर कुनै मेसेज
आएको वा यताबाट
मैले पठाएको मेसेज
पनि हेरेको निलो
धर्सो देखाएको थिएन
। त्यसपछी भने
म मोबाइल टेबलमा
भएको चार्जरमा राखेर
सुत्न तर्खरमा लागेँ
।
भोलिपल्ट बिहान सबेरै
उठेर अफिस तर्फ
लागेँ । जाडो महिना सकिएर
गर्मी मौसम लाग्दै
गरेकोले होला मौसम
केही बाफिएको जस्तो
थियो भने, काठमान्डौको
चारैतिर तुवाँलोले डम्म
ढाकेको थियो । बिहानको सुर्य एकाबिहानै
कलिलो हुनुपर्ने ठाउँमा
उल्टै चरक्क् चर्किएको
जस्तो भान भएको
थियो । भुँईमा
उज्यालो झर्नु पूर्वनै
डाँडाभित्ताको माथि-माथी
पहाडको पाखातिर घाम
निस्किसकेको थियो ।
त्यसैले पनि होला
एकाबिहानै सुर्य तन्देरी
बनेर चर्किएको थियो
। म शरीरलाई
आलस्य बनाउँदै अफिसमा
पुगेर सरासर आफ्नो
अफिस कोठातिर लम्किएँ
। माथिल्लो तल्लामा
पुग्दा बिहानै बार्दलिको
पल्लो कुनामा बसेर
त्यही मैले दिएको
डायरीमा कंञ्चनले आफ्नै
सुरमा खै केके लेख्दै थियो
। म त्यहाँ
पुग्ने बित्तिक मेरो
अनुहारमा पुलुक्क हेरेर मुसुस्क्क
हाँस्यो र फेरी उस्तै गरेर
भुइतिर घोप्टिएर त्यही
डायरीमै घोत्लिन थालिन
।
सुरुमा त मैले
कुनै वास्तै गरिन
र सरासर अफिस
भित्र छिरेर आफ्नो
टेबलको अगाडि रहेको
ल्यापटप र पिसी कम्प्युटर खोल्नै लागेको
थिएँ । फेरी अचानक अघी
भर्खरै कंञ्चनले फिसिक्क
हाँसेको याद आयो । त्यो
दृश्य सम्झेर मलाई
अलिक कस्तो अनौठो
जस्तो अनुभुती भयो
। अरे ! कंञ्चनले
हाँसेकी थिईन अहिले
? मैले आफैलाइ मनमनै
प्रश्न गरेँ । अनी फेरी
मनमा आफैलाई बिश्वासै
लागेको थिएन र जुरुक्क उठेर उनी
बसेको ठाउँमा गएर
उनको अनुहार नियाल्न
मन लागेर आयो
। त्यसैले कुर्सिमा
बसिसकेको मान्छे उठेर
फेरी ढोका बाहिर
गएर उनी बसेर
लेखिरहेकी बार्दलिको पल्लो कुनामा
नजर पुर्याउँदै उनको
अनुहारमा हेरेँ ।
उनी अहिलेपनी त्यही
डायरीमै घोप्टिएर एकोहोरो
भएर कुन्नी केके
लेख्दैथिन वा खेल्दैथिन
। उनलाई चुपचाप्
आफ्नै धुनमा देखेपछी
मलाई उनको ध्यान
भंग गरेर म आफुतिर खिच्न
मन लाग्यो र
मैले जानिजानी अन्जान
बनेर खोकेको जस्तो
बहाना गरेँ । अहम ... अहम... ! मैले
खोकिको आवाज गरेपछी
जस्तो मैले सोँचेको
ठीक उस्तै गरेर
उनले मेरो आवाज
आएतिर पुलुक्क हेरेर
पुनह उस्तै गरेर
मुसुक्क हाँसिन ।
त्यसपछी भने म साँचिकै अचम्ममा परेँ
। मैले सोच्न
पनि सकिरहेको थिनकी
आज पहिलोचोटी कंञ्चनले
मुसुक्क हाँसेको देखेको
थिएँ । त्यसपछी
म बिस्तारै उनि
भएको ठाउँतिर पाइला
बढाएँ । तर उनले रिसाएको
झैँ गरेर भुँईतिर
हेरेर लेख्दै गरेको
डायरीलाइ पल्टाएर बन्द गरिन
र मलाई उनी
बसेको ठाउँमा न
आउन ईशारा गर्दैथिन
। त्यो म उनको सारिरीक्
हाउभाउ र प्रस्तुतिले
थाहा पाइरहेको थिएँ
। तैपनी म उनको नजिक
गएर बोलाउन खोजेँ
। कंञ्चन तिमी
बोल्छौ ? प्लिज एकपल्ट
बोलिदेउन ! मैले उनको
शिरमाथी आफ्नो हात
राखेर कपाल सुम्सुमाउँदै
बिस्तारै फकाउँदै भने । तिमी बोल्यौ
भने राम्रो लुगा
किनिदिन्छु । मिठोमिठो
खानेकुरा र चकलेट
किनेर ल्याइदिन्छु प्लिज
एकपल्ट बोलन कंञ्चन
! मैले आफ्नै सुरमा
अनुनय गरेँ । तर उनी
बोल्न त परै-जावोस झन
उनको नजिक पर्दा
चुपचाप उनको हातले
म त्यहाँबाट जावोस
भन्न् चाहन्थ्यो र
ठेल्ने प्रयास गर्दैथिन
। मैले केहीबेर
सम्झाइ फकाइ गरेर
उनलाई बोल्न कर
गरेँ, तर अहँ ढुंगा बोल्ला
तर उनी मरिगए
बोलिनन । बरु उल्टै हातले
मलाई बलजफ्ती धकेलिरहेकी
थिन ।
पटक-पटक जती
फकाएर सोधे पनि
मुसो बिरालोको आवाज
आउला तर उनको बोली त
के झन श्वास
नै अड्किएको झैँ
गरेर चुपचाप बसिन
। त्यसपछी भने
म फेरी अफिस
रुममै फर्किएँ ।
पुन आफ्नो कुर्सिमा
बस्दै अगाडि भएको
ल्यापटप र पिसी कम्प्युटर खोलेर मन
मनै अत्यन्त खुशी
भएको थिएँ । किनकी आज
आश्रममा ल्याएपछिको कंञ्चनको
यो पहिलो हाँसो
देखिएको थियो । तर अझै
पनि उनको बोली
भने सुन्न पाइएको
छैन । त्यसैले
पनि उनले गरेको
हरेक कृयाकलापको शुक्ष्म
ढंगले नियाली रहेको
हुन्छु । जेहोस म त्यो
दिन भ्रममा थिईन
। मैले अफिस
भित्र छिर्दा देखेको
उनको मुस्कान र
अहिले दोश्रोपटक देखिएको
उनको मुस्कान साँचिकै
साँचो थियो । कुनै मेरो
सपना थिएन । मनमनै खुशीले
गदगद भएँ । आफै भित्र
उनको स्वास्थ्य प्रगती
हुँदै जानुको राम्रो
संकेत थियो । मेरो लागि
निक्कै नै खुशीको
कुरा थियो । त्यसैले म आफै मनमनै मुसुक्क
हाँस्दै अफिसको काममा
ब्यस्त रहन थालेँ
।
अफिसको काम गर्दागर्दै
दिउँसोको करिब एघार
बजिसकेको थियो ।
जिल्लाको रेकर्ड, ट्रेनिङ सिड्युल,
समन्वय बिभाग, आगामी
हुने कार्यक्रमको जिल्ला
निरिक्षण, अफिसको आय
ब्ययको क्लोजिङ आदी
अनेकन गर्दागर्दै एकछिन
पनि फुर्सद थिएन
। त्यसमाथी यही
आउने बैशाखमा बैनी
अस्मिताको बिहेको टुंगो
लाग्नेवाला थियो ।
त्यताको पनि दिमागमा
प्रेसर त परेकै थियो ।
अघिल्लो बर्षनै बहिनी
अस्मिताको बिहे गर्ने
कुरा भएको हो । तर
बिचैमा बुवा खस्नु
भएपछी बहिनिको बिहेको
कुरा रोकिएको थियो
। त्यसैले फेरी
यसपाली बुवाको बर्खन्त
सकिएपछी बैशाखमा बिहे
गर्ने कुरा जोडतोडले
चल्दै थियो । यता बहिनिको
बिहेको कुराले जुटाउनु
पर्ने आवश्यक सामाग्री
गरगहना, लुगाफाटो र
पैसाको जोहो गर्नुथियो
। उता अफिसको
काम दैनिक झनझन
बड्दै जाँदैथियो ।
त्यसैले मनमा व्याबहारिक
जिम्मेवारी खेलाउँदा खेलाउँदै काममा
समय गएको पत्तै
हुँदैन थियो । यसरी दिउँसोको
एघार बजीसक्दासम्म एक
गिलास पानी नपिई
काममै ब्यस्त बनेको
थिएँ । यतिकैमा
टेबलमा राखिएको मोबाइलमा
मेसेज आएको नोटिफिकेसनको
आवाज सुनियो ।
नजिकै रहेको मोबाइल
आफ्नो हातमा लिँदै
स्क्रिन अन गरेर हेरेँ ।
मेसेज फेरी उनै
बेलुकिको अपरिचित मान्छेको रहेछ
। मेसेजमा लेखिएको
थियो । सरी अभी ! हिजो
बेलुकी बोल्न खोज्दा
खोज्दै मोबाइल नै
स्विच अफ भएर बोल्नै पाईन
। त्यसैले अहिले
फेरी सम्झिएर तिमीलाई
मेसेज गरेकी हुँ
। उम अनी अर्को कुरा,
मैले खोजेकै अभी
हुनुपर्छ तिमी किनकी
यो नम्बर अरुकसैले
दिएर हैन, मैले
तिमीबाटै पाएर यो
मेसेज गरेकी हुँ
। साचिकै तिमीले
मलाई अझै पनि चिनेनौ यती
भनिसक्दा पनि ?
उताबाट पठाएको मेसेज
हेर्दै मैले जवाफ
लेखी पठाएँ । पुनह एकपल्ट
नमस्कार हजुरलाई ! तपाईं
को हुनुहुन्छ मैले
चिन्न सकिन तर जो भएपनी
हजुरले कस्लाई भेट्न्
वा बोल्न खोज्नु
भएको हो भन्नुभए
अलिक प्रस्ट हुन्थ्योकी
? त्यसपछी उताबाट आश्चर्य
सहितको अर्को मेसेज
आयो । ओहो अहिले पनि
तिमी अन्लाइन मै
? बेलुकी पनि बोल्दाबोल्दै
मोबाइलले धोका दियो
। तर अहिले
चै मोबाइल फुल
चार्ज छ । अनी साँचिकै
तिमीले नचिनेकै हौत
? हैन अलिकती पनि
अनुमान लगाउन सकेनौ
तिमिले ? हाहाहाहा....! हाँसेको इमोजी
सहितको उनको प्रश्न
थियो । त्यसपछी
मैले फेरी अर्को
मेसेज लेखेँ । सरी मैले
चिन्न सकिन तर यहाँँले पनि ढिलानगरी
भन्नुभए हुन्थ्योकी हजुर
!? फेरी अघिको जस्तै
उताबाट हाँसेकै इमोजिमा
अर्को मेसेज आयो
। धत तिमीत
मान्छे कस्तो बुलक्कड
जस्तै भएछौ यार
। तिमीत यस्तो
थिएनौत पहिले त
? कसरी यस्तो भयौ
? हाहाहाहा । एउटा
कुरा सम्झत तिमीले
कस्लाई व्हाटस एपको
नम्बर, र फेसबुकको
एड पठाएको थियौ
? याद भो अब चै ? कि
अझै सम्झिन सकेनौ
? धत लाटा अझै
सम्झिन नसकेको भए
सुन । म न्हुर के
! तिम्रो साथी अस्ट्रेलियाबाट
। जाबो व्हाटस
एप मा आएको नम्बर कुन
देशको भनेर पनि
चिन्न सक्दैनौ ? त्यतिका
बाठो भएर पनि
?। हाहाहा फेरी
हाँसेको इमोजिमा उनको
ब्यंज्ञ सहितको हाँसो
र उनको परिचय
थियो । त्यसपछी
म पनि उनले
खुद आफै आफ्नो
नाम बताएपछी भने
आफैलाइ हाँसो र लाज लाग्दै
बोलेँ । ओहो न्हुर तिमी
पो ? अनी कस्तोछ
अहिले तिमीलाई ? आरामै
छौ ? भन के गर्दैछौ ? अहिले रुमबाटै
होकी अफिसबाट ? उताबाट
उनले न्हुर के
मात्रै भनेकिथिन मेरो
कुनै खुशीको सिमा
थिएन । म उनको परिचय
संगै बेहद खुशी
भएको थिएँ । त्यसैले आफुलाई सम्हाल्नै
सकिरहेको थिईन र
लगतार उनलाई एकोहोरो
प्रश्नहरु थुपारी रहेको
थिएँ ।
त्यसपछी भने दुबैतर्फ
एकले अर्कालाई प्रस्ट
रुपमा चिनेपछी सहज
रुपमा गफगाफ गर्न
थाल्यौँ । एक अर्काको ब्यक्तिगत निजी
जिबन र सुख दु:ख
सबै कुराको सोधासोध
भयो । दुबैमा
धेरैबर्ष पछी बोल्न
पाउँदा भने निक्कै
उत्साहित र खुशी
थियौँ । दुबैमा
एक चन्चलता झै
आश्चर्य पोखिएको थियो
। दुबैजना आपसमा
बोल्दैछौं जस्तो दुबैलाइ
लागेकै थिएन, तैपनी
बोल्दै थियौँ । त्यो दिन
करिब हामी एकघन्टा
जतित च्याट मै
बोलेका थियौँ । यतिकैमा मलाई उनले
ईमेलमा भनेको एउटा
कुराको झल्याँस्स याद
आयो । न्हुर तिमीलाई एउटा कुरा
सोध्नु थियो के सोध्न अनुमती
दिन सक्छौ ? मैले
यती भनिसक्दा न्हुर
बोलिन उताबाट ।
भनन अभी ! तिमीलाई
सोध्न मैले कलेजका
दिनमा पनि कहिलेपो
रोकेको थिएँ र ?
हिजो पनि मेरो
असल साथी थियौ
र आजपनी छौ
। त्यसैले जे
सोध्न मन छ निर्धक्क सोध्न सक्छौ
तर मैले तिमीले
सोधेको प्रश्नको जवाफ
दिन सकिन भने
चै रिसाउन पाउँदैनौ
नि फेरी ? उताबाट
न्हुरले सुरुमै उत्तरको
अंशिक बार लगाइन
। तैपनी सोध्ने
बिचार गरेरै फेरी
म बोलेँ । न्हुर ! तिमीले इमेलमा
लेखेकी छौकी तिमी
कसैलाई प्रेम गर्थ्यौ
तर त्यो तिमीले
भन्नै नपाई तिम्रो
प्रेमको अन्त्य भएको
थियो । अनी तिम्रो इमेलको
भनाइ अनुसार यस्तो
थियो कि तिमी उनलाई आघाध
मायाँ गर्थ्यौ र
त्यो तिम्रो मायाँ
आज पनि छ उसको लागि
। भनन प्लिज
भन्न मिल्छ भने
? लगत्तै न्हुरको उताबाट जवाफ
आयो । भो छोडिदेउ यस्ता कुरा,
जो म मायाँ प्रेम भन्ने
चिजमा विश्वाश नै
गर्न छोडिसकेको छु
। साच्चै भनौँ
भने यो प्रेम
र मायाँ दुई
शब्दबाट धेरै टाढा
पुगिसकेको छु अभी
। अब चाहेर
वा नचाहेरै पनि
यस्ता शब्दहरुको पछी
लागेर हिँड्ने छैन
। बरु यतिकादिन
पछी हाम्रो प्रत्यक्ष
कुरा हुन पाएकोछ
। भन लक्ष्मीलाई
कस्तो छ ? ठीक छिन नि
उनी ? अनी साँची
भन कस्ती भैन
त्यो ? पहिलाको जस्तै
छिन कि बद्लिन
बच्चाको आमा बनेपाछी
? अनी बाबु कत्रो
भयो ? ए साँची बाब्बु कि
नानी रे तिम्रो
बच्चा ? न्हुरले मैले
सोध्न खोजेको कुराको
मेसो पन्साउँदै टार्न
खोजिन र कुरालाई
अन्तै मोडेर लगिन
।
शायद उनलाई यो
कुराले असहज हुन्छ
होला भन्ने सोँचेरै
मैले माफि माग्दै
बोलेँ फेरी । सरी न्हुर
! मैले तिम्रो मन
दुखाएको भए ?। न्हुर बोलिन
फेरी । धत तिमीले पनि
सरी माग्ने हो
? सरी त मैले माग्नुपर्ने किनकी यतिका
बर्ष तिमीहरुको संपर्कमा
आउन सकिन । न्हुरले फेरी कुरालाई
पन्साउँदै लादैथियो । त्यसैले
मैले उनको मनको
कुरा बुझेरै कुरालाई
अन्तै मोडेर फेरी
बोलेँ । अनी साँची तिमी
यसपाली आउछु भनेकी
होइन ? उम आउँछु
भनेकी तर यसपाली
बिदा नमिल्ला जस्तो
छ । अब अर्को नोबेम्बर,
डिसेम्बर सम्म चै
आइपुग्छु होला अभी
। बरु यतिका
बर्ष पछी आउने
साथीलाई स्वागत गर्न
एयर्पोर्ट आएर बस्नेनी
। आखिर अब त्यहाँ मेरो
लागि तिमी र लक्ष्मी बाहेक भन्नु
नै को छर ? बरु नेपाल
बसाइको क्रममा तिम्रै
घरमा पो बसौँ कि भनेको,
बास दिन्छौकी अभी
? न्हुरले निकै लामै
आफ्नो कुरा राखिन
। मैले पनि
न्हुरको कुरालाई उत्तर
दिँदै बोलेँ । एयर्पोर्टमा लिन आउने
र मेरो घरमा
बास बस्नेको कुरा
नगर, तिम्रो लागि
पुरै जिन्दगी बस्छु
भन्छौ भने पनि एउटा रुम
तिम्रो लागि भयो
। मैले हाँस्दै
जवाफ फर्काएँ ।
भो, भो धेरै नफुर्काउ बसेको दुई
दिनमा कहिले जान्छे
भनेर दिक्क मान्छौ
होला खुब अहिले
गफ लगाउछौ ? न्हुर
बोल्दैथिन उताबाट ।
म उनको कुरा
सुनेर इमोजी ले
नै मरिमरी हाँसेको
संकेत दिईरहेको थिएँ
। हाहाहाहा...! त्यसपछी
भने निक्कै बेरको
संबाद पछी ल अभी मेरो
अफिस हिँड्ने बेला
भयो भरे कुरा
गरौँला है म अहिले लागेँ,
ढिला भयो । यती भनेर
न्हुरले बिदा माग्दै
थियो । मैले पनि हस्त
टेक केयर न्हुर
बाइ । फेरी कुरा गर्दैगरौँला
भनेर दुबैजना अफ
भयौँ ।
समय बित्दै गयो,
समयको क्रमसंगै न्हुर
र म प्रायजसो
दैनिक कहिले मेसेजमा
त कहिले व्हाटस
एपको कलमै निरन्तर
संबादमा रहन थाल्यौँ
। हामी बिचको
त्यस्तो खासै ठुलो
र महत्वपूर्ण कुराहरु
त हुन्थेन ।
तैपनी दैनिक खाना
खायौ ? के गर्दैछौ
? सुत्यौ ? कि अफिस
हिंडेको आदी जस्ता
सानातिना कुराहरु लगतार हुन
थाल्यो । कहिले कलेज दिनका
कुरा गर्थ्यौँ भने
कहिले उनी अस्ट्रेलिया
गएपछिका दिनका कुरा
गर्थ्यौँ । कहिले
आफ्नै निजी जिबनका
भोगाइ र संघर्षका
कुरा गर्थ्यौँ भने
कहिलेकाँही आफ्नै घरपरिवार
भित्रका सुखदुखका कुराहरु
गरेर निशब्द बन्थ्यौँ
। यसरी नै हामीहरु हरेकदिन संपर्कमा
रहन थाल्यौँ ।
पहिले पहिले घरको
व्यबहार, अफिसको कामको
चाप, अनी आश्रमको
ब्यस्तता र चिन्ताले
मलाई पनि खुब दिक्क र
अत्यास लाग्दो बनाउँथ्यो
। तर आजभोलि
न्हुर संग संबाद
हुनथालेदेखी यता ब्यस्तताको
बिचमा पनि हरेक
कामहरु हलुका जस्तै
लाग्नथालेको थियो ।
जुनसुकै काम पनि उनिसंग बोल्दाबोल्दै
सकाउँथेँ । कहिलेकाँही
त यस्तो हुन्थ्योकी
उनिसंग कुराकानी गर्दै
काम गर्दा कुन
काम कतिबेला सकियो
भन्ने सम्म पनि
थाहा हुन्नथ्यो ।
अन्तत यतिकै गर्दागर्दै
२०७५, को बैशाख
महिनाको एघार गते
पनि आइपुग्यो ।
बैशाख महिना संगै
बहिनी अस्मिताको पनि
बिहेको दिन आयो । सबैजना
घरमा ब्यस्त हुनथाल्यौँ
। मैले पनि
बहिनिको बिहेको लागि
चाँजोपाजो मिलाउन भनेर
बिस-दिनको लागि
भनेर बिदा लिएको
थिएँ । घरभरी टाढा-टाढा
देखी आउने निम्तालु
पाहुनापात हरुको घुँईचो
उतिकै थियो । सबैजना आ-आफ्नो कामको
जिम्मेवारी निभाउँदै थिए । कोही जग्गे
बनाउन, कोही घरको
वरिपरी रंगिन कागजहरु
काटेर मसिना डोरिहरुमा
गमले टाँसेर तोरन-ध्वजाहरु टाङ्दै थिए
। कोही विवाहको
स्वयम्वर गर्ने मंञ्च
सजाउनको ध्याउन्नमा थिए
। आफ्नो अफिसको
स्टाफ र आश्रमकै
पनि सबै स्टाफहरुलाई
पनि निम्ता गरिएका
थिए । उनिहरु
पनि सबैजना आएर
काम सघाउनमा ब्यस्त
नै थिए । हेर्दाहेर्दैको घर बिहेघरमा
परिणत भएको थियो
। अस्ट्रेलियामा रहेकी
न्हुरलाई पनि मेसेजबाटै
निम्तो कार्डको फोटो
खिचेर पठाएर निम्तो
गरेको थिएँ ।
विवाह दिउँसोको लगन भएकोले
जन्तीहरु बिहान दशबजे
नै आइसकेका थिए
। त्यसपछी एबंम
रितले दिनभर विवाहको
कर्मकान्ड चलिनै रहयो
। पाहुना र
घरगाउँलेहरु आउने जाने
उतिकै घुँईचो थियो
। बुवा पछीको
दाई बुवा समान
म आफै भएकोले
बहिनिको बिहेको लागि
कुनै कसर बाँकी
त छोडेको थिईन
। तैपनी मैले
नदेख्ने नभेट्ने र
नभ्याएको अवस्थामा मेरो आश्रमकै
स्टाफहरुले पनि रेखादेख
गर्न सघाउदै थिए
। घरभरी आफन्त
र छिमेकिको भिड
थियो भने आँगनको
बिचमा जग्गे बनाएर
बेहुला बेहुलिको शुभकार्यको
कर्मकान्ड गर्नेजती सबै पुरेत
बा,ले गर्दै
थिए । छोरी जस्तै बनाएर
हुर्काएको एउटी बहिनी
आज कुटुम्बको हातमा
सुम्पिदै थिएँ ।
एउटा मनले जिम्मेवारी
निभाएकोमा गर्व गरिरहेको
थियो भने अर्को
मनले छोरी जस्तै
गरेर हुर्काएको बहिनिको
बिदाइले भित्रभित्रै मन
रोइरहेको थियो ।
मन भारी हुँदै
थियो । अघिल्लो
साल मात्रै मर्नु
अगाडि भाई र बहिनिको जिम्मेवारीको कुरा
लेखेर मेरो जिम्मामा
छोडेर बुवा बिदा
हुनुभएको थियो ।
त्यो घटना अचानक
दिमागमा झल्याँस्स आयो
। यतिकैमा बहिनिको
गोडा धुँदै गर्दा
आँखाभरी बुवाको छबी
आएर भक्कानिदै रुएको
थिएँ । त्यसरी
म अचानक रुँदा
एकछिनको लागि माहोल
नै स्तब्ध बनेको
थियो । आफन्तहरु
सबैजना सम्झाउँदै थिए
मलाई । छोरीचेलीको
जात जन्मे पछी
पराइ घर जानैपर्छ
। हामीले पनि
कसैको छोरीचेली नै
बिहे गरेर ल्याएका
हौँ । हो हामीले त्यही
सम्झनु पर्छ । हिजो कसैको
छोरी हामीले ल्यायौँ
भने आज हाम्रो
घरको छोरीको कसैको
हातमा सुम्पिएर पराइ-घर पठाउँदैछौँ
। भोली फेरी
हाम्रो सन्तानको पालो
आउँछ । उनिहरुको
पनि त्यस्तै हो
। छोराको लागि
बुहारी बनाएर ल्याउँछौँ
भने हाम्रो छोरी
नातिनाहरु अरुकोमा बुहारी बनाएर पठाउँछौँ
। त्यसैले यो
भगवानको पालादेखी चल्दै
आएको रित हो । यसैले
हाम्रो बंश र सन्तान बृद्धिको
निरन्तर्ता पाउँछ ।
यो प्रकृतिको नियम
पनि हो । यो क्रम
निरन्तर सदियौँसम्म चलिरहन्छ
। त्यसैले हामीले
कन्या अन्माएर कन्यदान
गर्दा आँशु झार्नु
हुँदैन । सबैले यस्तै भन्दै
सम्झाउँदै थिए ।
विवाहमा आएका आफन्त
र गाउँलेहरुको मनमा
कुनै किसिमको पनि
कुरा काट्ने बाटो
नहोस् भनेर खानपिन
र बस्ने पनि
राम्रैसंग ब्यबस्था गरेको थियो
। विवाह घरमा
मात्रै हैन आश्रममा
राखिएका र बाँकी त्यहाँ भएका
स्टाफहरुको लागि पनि
आश्रममै खानपिन भोजको
राम्रो ब्यबस्था गरिएको
थियो । आश्रममा
सुद्ध नाच्ने गाउने
र रमाइलो गर्ने
बाजागाजा सबैथोकको जोरजाम गरिएको
थियो । एउटी मात्रै बहिनी
भएकैले गर्दा पनि
कुनै कुराको कमी
नहोस् भन्न चाहथेँ
म । त्यसैले
पनि विवाह घर
देखी लिएर आश्रमसम्म
सबैकुराको राम्रो बन्दोबस्ती
गरेको थिएँ ।
अन्तत ढिलोगरिकन बेलुकिको करिब
छ बजेतिर मात्रै
बहिनिको बिदाइ भयो
। बिदाइको समयमा
फेरी दिउँसोको जस्तै
एकपल्ट रुवाबासी चल्यो
। यता आमा छाती पिटेर
रुँदै हुनुहुन्थ्यो भने
भाई र लक्ष्मी
पनि सुँक-सुँक्क
गर्दैथिन । म
आमालाई हातले थुम्थुमाएर
शान्तावना दिने असफल
प्रयत्न गर्दैथिएँ ।
तर आमालाई शान्तावना
दिनु मेरो बाध्यता
भएपनी भित्रभित्रै मलाई
पनि त्यसरी अन्माएर
बिदाइ गर्दा छाती
फुटेर आएको थियो
। आफैलाइ सम्हाल्न
मुस्किल भएको थियो
। आफुले आफैलाइ
रुनबाट रोक्न गार्हो
भएको थियो । तैपनी भोली
त बैनी आइहाल्छनी
आमा भन्दै जसोतसो
सम्झाउँदै थिएँ ।
तर जसरी अरुको
घरमा रित अनुसार
आफ्नो छोरी पराइ
घर जान्छे उसैगरी
हाम्रो घरबाट पनि
बहिनी बिदाइ भएर
गैसकेको थियो । त्यसपछी भने जतिजती
साँझ पर्दै जान्छ
उतिउती मान्छेहरुको भिड
पनि कम हुँदैजाँदा
घरमा सन्नटा पनि
छाउँदै थियो । बाँकी टाढाबाट
आएका पाहुना बाहेक
कोही थिएन । त्यसैले समय घरकिँदै
जाँदा केही मसिना
केटाकेटी बाहिर आँगनमा
नाचगान गर्दै थिए
भने म चैँ दिनभरिको ब्यस्तताले गर्दा
होला बेस्सरी थकित
बनेको थिएँ । त्यसैले घरमा भरिएको
पाहुनाहरुको बिचमा एउटा
कोठाको सानो बेडमा
पल्टिएर फुस्स निदाएछु
।
भोलिपल्ट बिहानै उठेर
छरपस्ट भएको सरसामन,
हिसाबकिताब र कुन
चिज कहाँबाट ल्याइएको
हो ति सरसामनहरु
सहि ठाउँमा पुर्याउन
पर्ने र सबै कुराको ब्यबस्थापन
गर्नुपर्ने थियो ।
त्यसैले बिहान छ बजेतिरै उठेर आँगन
देखी पकाउने स्थानसम्म
को रेखदेख गरेर
सामनहरु एकएक गरेर
मिलाउन लगाउँदै थिएँ
। काम गरेकै
अवस्थामा लक्ष्मीले सबैलाई चिया-कफी बनाएर
बाँड्न थालिन । मैले पनि
एउटा कालो कफी
पिउँदै आँगनको छेउको
अर्को कुनामा कुर्सिमा
बसेर पिउदै थिएँ
। कफी पिउँदै
भोली बहिनी दुरनको
फिरन आउने भएकोले
केके सामनको चाँजोपाजो
मिलाउने भनेर मन-मनै कुरा
खेलाउदै थिएँ, भने
आज दुलाहको घरमा
प्रिती भोजको निम्तो
र सम्धी सम्धिनी
ढोकभेट पनि गर्ने
भएकोले त्यता जानुपर्ने
र लानुपर्ने सरसामनहरुको
आफैभित्र लेखाजोखा गर्दै थिएँ
। त्यती बेलासम्म
बिहानको सात बजिसकेको
थियो । केही थन्कोमन्को सकेर फेरी
सबै परिवार र
आफन्त लिएर दुलाहाको
घरतर्फ जानुथियो ।
त्यसैले केही आंशिक
काम सकेर हामीहरु
बिहानको दशबजे तिर
दुलाहाको घरतर्फ लाग्यौँ
।
दिउँसो प्रिती भोजको
खानपान सकेर हामीहरु
ढोकभेटमा ब्यस्त भयौँ
। सबैभन्दा सुरुमा
दुलाहा पक्षको हजुरबा
र आमा हुनुहुँदोरहेछ
। वहाँँहरुबाट ढोकभेटको
कार्यक्रम सुरु भयो
। त्यसपछी सम्धी
सम्धिनीहरुको पालो आयो
। क्रमैसंगले बडाबा,
बडिमा, काका-काकी
मामा-माइजु दाजुदिदी
भाई बहिनी हुँदै
सबैको उमेर र साईनो अनुसारको
ढोकभेट चल्दै गयो
। यता साँझ
पर्नै लागेको थियो
। त्यसैले मैले
बेहुलाको बुवा र
दाइलाई भनेँ । हामी जसरी
भएपनी फर्कनुपर्छ कृपया
अलिक चाँडै रित
पुर्याएर फर्किन पाए
हुन्थ्यो भनेर बिन्ती
बिसाएँ । त्यसपछी
भने दुलाहाको बुवाले
सबैलाई छिटोछिटो सक
वहाँहरुलाई फर्किन ढिलो
हुन्छ भनेर कराउनु
भयो र फटाफट निम्न कार्यहरु
चल्दै गयो ।
बिहेको सबै सम्धी
ढोग सकिएपछी लगभग
सबै कार्यहरु सकिएको
थियो । यतिकैमा
गोजिमा भएको मोबाइलमा
कलको रिङ्ग बज्यो
। गोजिबाट निकाल्दै
हेरे, कल आश्रमको
कम्पाउण्डर भाई भिमको
रहेछ । त्यसपछी
कल रिसिभ गर्दै
बोलेँ । हेलो भिम ! अँ
भन केभयो ? मैले
सोधी नभ्याउँदै उताबाट
हतासिँदै भिम बोल्यो
। सर आश्रममा
त, कंञ्चन छैन,
सबैतिर हामीहरुले खोजिसक्यौँ
तर कतै भेटेनौँ
। त्यसपछी मैले
मेरो अफिसको बार्दलीमा
गएर हेर्न भने
। उताबाट फेरी
भिमले जवाफ फर्कायो
। सर त्यहाँ
पनि हेरिसकेको ।
बिल्डिङ्गको सबैतिर खोजिसक्यौँ
। टोइलेट, बाथरुम,
किचेन र माथि तपाईंको अफिस र बार्दलिमा पनि गएर हेरिसक्यौँ तर कतै देखिँदैन । त्यसपछी
भने मलाई पनि
मनमा अलिक तनाब
भएर आयो । के गरौँ
कसो गरौँ भएर
आयो । ल म आइहाले
भनेर कल काटिदिएँ
। त्यसपछी दुलाहाको
घरमा दुलाहाको बुवाआमा
र दुलाहा ज्वाँईसाप
लाई अलिकती मलाई
हातारो भयो भनेर
जाने अनुमती लिएर
म त्यहाँबाट हतार-हतार आश्रमतिर
लागेँ ।
बेलुकी निक्कै साँझ
परिसकेको थियो, त्यसमाथी
बेलुकिको समय भनेको
कर्मचारी र ब्यापारीहरु
आ-आफ्नो कामधन्दाबाट
घर फर्कने समय
अत्यधिक बाटो जाम
र ठाउँठाउँमा ट्राफिक
जाम भएर हैरान
। मनभरी तनाब
बोकेर म आफ्नो गाडी लिएर
एकाग्र भएर जतिसक्दो
छिटो पुग्ने प्रयत्न
गरिरहेको थिएँ ।
तर प्रयत्न गर्नुभन्नु
मात्रै त्यो बेलुकिको
अस्तब्यस्त सडकलाइ छिचोलेर
अगाडि बड्नु कमको
मुस्किल थिएन । जतिजती ट्राफिक
जाम हुँदैजान्थ्यो, उतिउती
मनमा ब्यग्रता र
बेचैनिले उकुसमुकुस बनाएको थियो
। हतारो त छँदैथियो त्यस्मा पनि
आश्रममा भेटियो भन्दै
बारम्बार कल गरिरहेँको
थिएँ । अर्को मनले कता
गैईन, कहाँ गैइन,
कतै आश्रमकै कुनै
कुनामा पो एोकोहोरो
भएर टोलाएर बसेको
होलाकी भन्दै मनमा
एकतमासले कुरा खेलाउँदै
अगाडि बड्दैथिएँ ।
आश्रम भित्रै कुनै
कुनामा बसेकोहोस् भन्ने
सोच्दै मनमनै भगवान
पनि पुकारीरहेँको थिएँ
। बिहेघर नेपालटार
देखी मलाई पेप्सिकोला
पुग्नुथियो । रिंगरोडको
माथिल्लोबाटो बाट जाँदा
अझ धेरै समय
लाग्ने भएकोले बालाजुबाट
सिँधै भित्रको बाटो
समातेर कान्तिपथ हुँदै
रत्नपार्कको रोड भएर
पृथिबीपथको बाटो समातेर
बल्लतल्ल तिनकुने निस्किएँ ।
त्यसपछी भने अलिक
श्वास आयो । तैपनी अझै
आश्रममा पुग्न निक्कै
समय लाग्नेथियो ।
त्यसैले जतिसक्दो चाँडो
कोटेश्वरको हाइट कटेर
जडिबुटी हुँदै बल्लतल्ल
पेप्सिकोला इस्थित आश्रममा
बेलुकिको ९ बजेतिर
पुगेँ । पुग्ने
बित्तिकै आश्रमको सबै स्टाफहरु
भेला भएर अँध्याँरो
मुख बनाएर बसिरहेको
रहेछन ।
त्यसपछी भिम र
संगिता दिदिलाई सोधे
। कतिबेलासम्म थियो
कंञ्चन ? म उतै
सरको घरमा भएको
सरसामन पुर्याउन ब्यस्त
भएकोले आउन पाएको
थिईन । संगिता
दिदिले कंञ्चन त
छैन आश्रममा भनेर
कल गरेपछी म
त्यतिकै बाँकी काम
छोडेर यतातिर दौडिएँ
तर यहाँँ आएर
चारैतिर खोज्दा पनि
नभेटिपछी तपाईंलाई फोन गरेको
सर, भनेर भिमले
उत्तर फर्कायो ।
त्यसपछी संगिता दिदिलाई
सोँधे, तपाईंले कतिबजेसम्म
देख्नुभएको कंञ्चनलाई ? संगिता दिदी
आँखाभरी डर बोकेर
अगाडिपट्टी हात बाँधेर
बिस्तारै बोल्यो ।
दिउँसोसम्म थियो सर
। तर अहिले
बेलुकिको खाना दिनेबेलामा
खोज्दा थिएन । हामीले चारैतिर
खोज्यौँ तर कतै देखिएन ।
त्यसपछी भिम भाईलाई
कल गरेर बोलाएँ
। कम्पाउन्डको गेट
पनि बन्दै थियो
। कोही बाहिर
पनि गएका छैनौँ
तर खै कसरी कताबाट निस्केर
गईन । सबैजनाले
अस्पस्ट जवाफ दिएपछी
म रिसाउँदै माथि
अफिसतर्फ लागेँ ।
कहिलेकाहीँ म अफिस
खुल्लै छोड्ने हुनाले
माथि अफिसतर्फ गएर
अफिस रुममा हेरेँ
त्यहा पनि थिएन
। नत अफिस भित्र नत
बार्दलिको कुर्सिमै । कहिपनी
थिएन कंञ्चन ।
त्यसपछी मलाई साँचिकै
छट्पटी भयो, न बस्न मन
लाग्यो, न उठेर कतै हिँड्न
मन भो, होस्
हराएको मान्छे जस्तो
एकोहोरो भएर कुर्सिमा
बसेर टोलाउन थालेँ
। कता गयोहोला
? कहाँ गयोहोला ? कता
पुगिन ? अब कसरी कहाँ भेट्ने
भनेर मनभरी तनाबै
तनाब मात्रै भैरहयो
। निकैबेर अफिसभित्र
बसिसकेपछी बाहिर निस्किएर
अरु स्टाफहरुलाई सुत्न
भनेर पठाएँ । संगिता दिदिलाई
राती अलिक चनाखो
भएर सुत्नु है,
कतै बाटो खोज्दै
आउँछिन कि भनेर अर्हाइ राखेर
भिमलाई लिएर म ईलाका प्रहरी
कार्यल तर्फलागेँ ।
मनोहरा खोलाको किनारमा
रहेको काँडाघारी स्थित
ईलाका प्रहरी कार्यलमा
पुगेर रातको झन्डै
११, बजेतिर कंञ्चनको
हुलिया र मेरो र आश्रमको
विवरण टिपाएर खोजी
गरिपाउँ भनेर निबेदन
दिएँर फर्किएँ ।
त्यहाँबाट फर्किदा रातको आधा
भैसकेको थियो । करिब एक
बज्न लागिसकेको थियोहोला
। त्यसपछी आश्रम
आइपुगेर भिमलाई सुत्न
पठाएर म भने अफिसकै आफ्नो
सुत्ने रुममा पुगेर
थाकेको अवस्थामा लखतरान
भएर पल्टिएँ ।
बेडमा पल्टिएँ भन्नु
मात्रै निन्द्रा भने
फिटिक्क परेको थिएन
। कहाँँ कसरी
कता खोज्ने भन्ने
मात्रै पिर परिरहेको
थियो । मानब आश्रमबाटै यसरी मान्छे
हराउनु झन नराम्रो
बिषय थियो । भोली समाचारको
हेडलाइन मै फलाना
आश्रमको लापारबाही भनेर
यती लामालामा समचारहरु
छापिन्छन । एकातिर
जिम्मेवारी बोध नभएको
जस्तो, अर्कोतिर गैर्हजिम्मेवार
भएको जस्तो देखिनेछ
। अनुसन्धान र
अब्जसको बद्नामको बाटो
हुनेछ । मनभरी यस्तो सोँच्दै
मुटुनै फुट्ला जस्तो
भएर बसेको थिएँ
। रातभर फिटिक्क
निन्द्रा नपरेर अनुहारमा
चिटचिट पसिना-पसिना
भएको थिएँ । तैपनी निदाउने
प्रयास भने गर्दैथिएँ
।
एकातिर बहिनिको बिहेको चटारो,
थाकन र पारिवारिक
ब्यस्तता थियो भने
अर्कोतिर कंञ्चन हराएर
अर्को तनाब थपिएको
थियो । त्यो रातभर जती
कोशीस गर्दा पनि
निदाउन नसकेपछी बेडमै
दुइतिर पल्टिदा-पल्टिदै
भोलिपल्ट छर्लंङ उज्यालो
भयो । त्यसपछी
फेरी बिहानै जुरुक्क
उठेर हातमुख धुइवरी
कफी पनि नपिईकन
गाडी लिएर पुन
प्रहरी कार्यालय पुगेर
चाँडो भन्दा चाँडो
खोजिदिन आग्रह गरेर
फर्किएँ । फर्किदा
म संगै प्रहरिको
एउटा टोलिपनी आयो
। आश्रममा आएर
त्यहाँको दृश्यहरु सबै मुचुल्कामा
उठाएर सबैसंग उनको
आनिबानी र आदत बारे सोध्पुछ
गरेर जतिसक्दो चाँडो
खोजी गर्नेछौं भनेर
फर्किएर गए । म भने
अफिसमा आएर पुनह
एकाग्र भएर सोच्मग्न
हुनथाले ।
यतिकैमा तलबाट संगिता
दिदिको सर ! सर
! भनेर कराएको आवाज
सुनियो । म झसंग भएर
झस्किएर कतै कंञ्चन
पो भेटिएछ कि
भनेर हतारिदै केभयो
भन्दै तलतिर झरेँ
। तर तल झर्दा कंञ्चन
हैन उनको रुम
सफा गर्दा उनको
बेडको शिरामुनी एउटा
केके लेखिएको डायरी
भेटिएकोछ भनेर हातमा
ल्याएर थमाइ दिदै
भनिन । हेरेँ त्यही मैले
किनेर ल्याएर दिएको
खाली डायरी केही
लेखिएको अवस्थामा थियो
। त्यसपछी म
त्यो डायरी लिएर
सरासर फेरी अफिसतर्फै
लागेँ र कतै यस्मा केहीत
लेखेर छोडेकी छैन
भन्ने सोँच्दै डायरी
पल्टाएर हेरेँ । जसरी त्यो
डायरी पल्टाएर हेरेँ
त्यहाँ त मैले कल्पना पनि
गर्न नसकेको दृश्य
देखिरहेको थिएँ ।
सुरुमा खासै वास्तै
गरिन केहोला यस्
भित्र भनेर बेवास्ता
गर्दै पल्टाउँदै थिएँ
। तर जतिजती
पल्टाउँदै जान्छु उतिउती
कुनै कथा जस्तो,
वा कुनै मनको
भाव पोखे जस्तो
लेखिएको भेटएँ । हेर्दै गएँ
त्यतिका दिनमा त्यो
डायरी उनले पुरै
लेखी भ्याएको रहेछ
। हामी कसैलाई
लाग्दैनथियो कि उनी
लेख्न पढ्न पनि
सक्छिन भनेर । तर त्यो
डायरी पनि कहिलेकाँही
धुलौटो माटोमा अनेक
अक्षर र तस्बिरहरु
कोरेको देखेर उनलाई
खेल्ने भुलिने बाटोहोस
भनेर दिएको थिएँ
। तर हामीले
लेख्ने भन्दा पनि
अनुच्छेद, र प्याराग्राफहरु
मिलाएर सुन्दर अक्षरहरुले
लेखिएको भेटाएँ ।
मत एकछिन त छक्क पनि
परेँ । त्यस्तो
सडकमा भेटिएको फोहोरी
होस् गुमाएकी केटीले
कसरी लेख्न सक्छिन
भनेर पत्याउनै गार्हो
भएको थियो मलाई
। उनले लेखेको
अक्षर हेर्दा लाग्थ्यो
कुनै उच्चशिक्षा हासिल
गरेको शिक्षित ब्यक्तिको
जस्तो थियो । न व्याकरणको
गल्ती, न कुनै शब्द संरचना
नै । बिल्कुलै
एउटा प्रोफेसनल लेखकले
लेखे झैँ सुन्दर
अक्षरमा लेखिएका थिए
। त्यसपछी मैले
आखिर केछत यो डायरी भित्र
? के लेखेकी छिन
त, भनेर बिस्तारै
पढ्न थालेँ । डायरीमा लेखिएको थियो
।
यो आकाशमा देखिने
जून पनि कति बैमान छ,
तैपनि मेरो लागि
ऊ मायालु छ,
सालिन छ, सितल छ, अनि
उ सान्त छ सँधै ।
कुनैबेला स्वर्ग जस्तो
सानो परिवार थियो
मेरो पनि । अब्बु, अम्मी,
दिदि भाई र म ।
हो त्यही समयमा
मेरो यो आकाशको
जूनसंग घनिस्टता बढेको
हो । त्यही बेलादेखी मैले हरेक
पन्द्र दिनमा आकाशमा
देखिने जूनलाई प्रेम
गरेँ । प्रेम मात्रै हैन
मैले यसैको लागि
आफ्नो जिबन पनि
रित्तो बनाएँ । त्यही जिबन
आज बेवारीसे बनेर
अर्को नयाँँ बार्दलिको
खिड्किबाट हरेक रात
उदाउने यो जूनलाई
हेरेर अतित नियाल्ने
गर्छु । कुनै समय थियो
। मेरो घरको
बार्दलिमा बसेर हरेक
रात यही जूनलाई
नियाल्छु म र
उसलाई छुन खोज्छु,
अंगाल्न खोज्छु ।
त्यसैले त यो जूनसंगै अजिबको सम्बन्ध
छ उनको र मेरो ।
म जति उनलाई
प्रेम गर्छु, अंकमाल
गर्न खोज्छु उति
ऊ म बाट टाढा भएर
बसिदिन्छ । हरेक
रात बार्दलिमा बसेर
उनलाइ नियाल्न खोज्छु
तर उनी हमेसा
म संग लुक्न
खोज्छ, भाग्न खोज्छ
। म उनलाई हेरेर टोलाउन
खोज्छु, हराउन खोज्छु
तर उनी भने कहिले बादलमा
लुकेर छुपाउँछ आफुलाई,
कहिले झरी भित्र
लुकाउँछ, कहिले औसिको
कालो रातमा कैद
गराउँछ । हरेकदिन
उनी म संग लुकामारी गरिरहन्छ ।
तर म कहिले थाक्दिन, कहिले गल्दिन,
कहिले सुस्ताउँदिन उनलाई
हेरेर अनि उनको
पर्खाइमा । हमेसा
उनलाई नियाल्न, अंगाल्न
स्पर्श गर्न, चुम्न
छुन म व्यग्र
बन्छु । तर कस्तो अचम्मको
नाता ? म नजिकिन
खोज्छु उ भाग्न खोज्छ ।
आज फेरी धेरैपछी
ठाउँँ फरक भएपनी,
जिबनको भोगाइ फरक
लिएर, उस्तै यो
बार्दलिमा हरेक रात
बित्न थालेको छ
मेरो जिबन । फेरी उसैगरी
मेरो घाऊ कोटिएको
छ, बल्झिएको छ,
अनी दुखेको छ
बेस्सरी, जसरी क्यान्सरको
सफल उपचार पछी
पनि बल्झन्छ ।
हो मेरो जिबनको
घाऊ पनि बल्झेको
छ । म फेरी एकपल्ट
त्यहाँ पुगेकोछु जहाँ
मेरो घरको बार्दलिबाट
देखिने आकाशमा उदाएको
सफा, शितल, निश्चल,
र शान्त जून
उदाउने गर्थ्यो ।
जोसंग मेरो गहिरो
सम्बन्ध बनेको थियो
। जोसंग मेरो
मुटुको एकएक धड्कनहरु
साटिएका थिए । हो आज
तिनै धड्कनहरु फेरी
एकपल्ट नराम्रोसंग धड्किएकोछ
। उसैगरी मेरो
शिरमाथीको यो आकाश
माथि यो जून फेरी उदाएकोछ
। उनी मात्रै
उदाएन, उनिसंगै अस्ताएको
मन पनि उदाएको
छ । र अतित फेरी
प्रेमिल भएर उभिएको
छ । जसरी बिगतमा उभिएको
थियो ।
यो शहरको आमानबिय
कोलाहलमा उसैत म
हराएकै थिएँ । हराउनु मात्रै
हैन, जुनदिन आफ्नै
प्रेमसंग हारेको थिएँ
त्यसैदिन म आफु
पनि मरिसकेको थिएँ
। जिबन त जिउँदो श्वास
चल्नु भन्नु मात्रै
थियो जबकी बाँचेको
जिबनको कुनै सार्थक्ता
हुँदैन भने त्यस्तो
जिबन बाँचेर पनि
मुर्दासरी जस्तै हो
। जस्लाई कुनैपनि
न हुरिबतासले छुन्छ,
न कुनै घामपानिले
पिरोल्छ, न कुनै
पिरब्यथाले रुन्छ, न
कुनै समस्याले सताउँछ
केवल ऊ जिउँदो
मुर्दा भन्दा सिवाय
अरु केहीहैन ।
मत भन्छु यो
मान्छेहरुको शहर हैन,
योत केवल स्वार्थ
कुरेर बस्ने ब्वाँसाहरुको
कंक्रिटको जंगल हो
। यो शहरलाई
आकाश माथिबाट प्रदुसित
बायुमन्डलले मात्र छोपेको
छैन यहाँँको मान्छेहरुको
मनहरु पनि तुवाँलोले
ढाकेको जस्तै कालो,
अँध्याँरो मनहरुले ढाकेको छ
। त्यसैले त
यहाँ शहर शहर हैन, शहररुपी
राक्षसहरुको बस्ती हो
। जहाँ कोही
कसैको अस्तित्व लुटोस,
कसैले कसैको हत्या
गरोस् तर उ चुपचाप् हेरिरहन्छ ।
रमिता बनेर ताली
बजाइ रहन्छ । अरुको मृत्युमा
यहाँ उत्सवहरु मनाइरहन्छन
। हो यस्तो
हृदयबिहिन पापिहरुको शहर हो । यही
शहरले मेरो सुन्दर
जिबनमा आगो लगाएकोछ
। मेरो अस्तित्व
र मेरो संसार
लुटेकोछ । त्यसैले
यो शहरसंग मेरो
कहिले दोस्ती भएन
। यो हमेसा
मेरो दुश्मन बनेर
उभिरहयो । रातभर,
दिनभर रत म मृत्युको कहालीलाग्दो जिबन
बाँचिरहेको छु आज
पनि ।
हो मलाई यो
शहरको कोलाहल र
भिढभाढ देखी सख्त
एलर्जी छ । गुनासै गुनासोले
मेरो जिबन भरिएको
छ । जुन गुनासोहरुको उत्तर म कहिले पाउन
सक्ने छुइन यो शहरसंग ।
त्यतिधेरै रिस छ
मलाई यो शहरसंग
। तर यति हुँदाहुँदै पनी आज कयौ दिनपछी
यो नयाँँ बार्दलिको
एकछेउमा बसेर उही
पुरानै जूनसंग म
प्रश्न गरिरहेको छु
। आखिर मेरो
जिन्दगी जलाएर राख
बनाउनु नै थियोत
किन शितल जूनको
नाटक बनेर आयौ
? आखिर ध्वस्त नै
बनाउनु थियो त ज्वालामुखी भएर किन आएनौ ? आकाशको
उल्का लावा भएर
किन खसेनौ मेरो
भाग्यमाथी ? यस्तै अनगिन्ती
अनुत्तरित प्रश्नहरुसंगै आज पनि किन म
यो जूनसंग प्रेम
गरिरहेको छु ? थाहाछैन
मलाई उनी त्यस्तो
कुन शितल्ता दिन्छिन
? र म आज पनि हिजोको
मेरो बिगत जस्तै
उतिकै प्रेम गरिरहेको
छु यो बारदलिको
आकाशबाट देखिने जूनसंग
। आखिर त्यस्तो
किन लगाव छ मेरो बार्दलिको
जून संग ? म आफै सोँच्दासोँच्दै
अवाक्क हुन्छु ।
फेरी अर्को मनले
सोँच्छु उनको र मेरो कुनै
जुनिको सम्बन्ध हुनुपर्छ
। उनको र मेरो बिचमा
बोछोडिएको अपुरो कथा
हुनुपर्छ । अधुरो
काहानी हुनुपर्छ, जुन
आज मैले पुरा
गर्नैपर्छ । शायद
त्यसैले पनि बार्दलिको
जूनसंग मेरो अजिबको
लगाब छ । अनि अचम्मको
प्रेम पनि । यहि आकाशको
जूनसंगै मेरो घरको
धुरीमाथी उदाउने जूनसंग
मेरो जिबनको प्रेमकथा
यसरी सुरु हुन्छ
। जसरी हावाहुरी
बतासिएर आउँछ र छिनभरमै तहसनहस बनाएर
जान्छ र उजाड बनाउँछ ।
हो उसैगरी बेग
हानेर आएको थियो
ऊ मेरो जिबनमा
र गयो पनि उसैगरी ध्वस्त
बनाएर । त्यसैलेत
यो डायरीको पाना-पाना भरिरहेकोछ
एकएक पिडाका अक्षरहरुले,
एकएक आँशुका बुँदहरुले,
रंगिदैछन अनी लेखिँदैछन
मेरा आफ्नै जिबनकहानी
।
प्रेम भनोस वा
माया, यस्लाई जसरी
भनोस, कसैले आफ्नै
तरिकाले ब्याख्या गरोस
वा बुझोस, जसरी
बुझोस तर यो अचम्मको शब्द छ । दुई
अक्षरको एक शब्दले
जीवन कसैको बषन्तको
हरियाली झैं सुन्दर
बनाएकाछन, कसैको सहरामरुभुमी
झै उजाड बनाएको
छन, भने कोहि
मृत्युको मुखबाट फर्किएर
दोश्रो जुनि जिउँछन
। अनी कोही
भएको यही जुनि
पनि समाप्त गरेर
यो धर्तिबाट सँधैलाई
समाप्त हुन्छन ।
सकिन्छन, अस्ताउछन कहिले नझुल्कने
गरेर । यो माया प्रेमको
शब्द एक भएपनी
अनुभुति धेरैहुने ।
त्यसैले ब्यक्ती अनेक
भए जस्तै तिनका
जीवन पनि फरक हुन्छन् । तर प्रकृति र प्रबिर्ती
जस्तोसुकै भएपनि अनेकौं
नाटक खेल्नुपर्ने जिन्दगीको
। अचम्मको कथा
छ यहाँ हरेकको,
त्यस्तै कथाहरूमा मेरो
पनि एउटा कथा
थपिएको छ यो दुनियाँमा । हुनत हरेकको यो
सिंगो जिबननै एउटा
कथाहरुको दस्तावेज रहेछ । अनि हामी
कलाकार र यो धर्ती आफैमा
रंगमञ्च रहेछ । त्यसैले म पनि यहि दुनियाँको
मान्छेहरुको भिडमा अर्को
एउटा मान्छे हुँ,
भने त्यस नाटकीय
जिबनबाट टाढा रहन
कहाँ सक्छु र
? न म न अरुकोही ? कोहिपनी अछुतो
छैन जिबनको नाटकबाट
।
सायद मार्सल र
रबिन्सको अर्थसाश्त्रको नियम भएजस्तै,
अल्जेब्रा र गणितको
फरमुला भएजस्तै अनि
बिज्ञानले प्रतिपादन गरेको ठोस
र तरलको मापन
गर्न सक्ने मेसिनहरु
भैदिएको भए म पनि आज
यो मायाँ, प्रेम
र जिबनलाई जोडघटाउ
र मापन गर्ने
थिएँ, यस्को मुल्य
र मापन कति
हो भनेर । तर जिबनलाइ
भोग्दै जाँदा अनुभुतीले
भोगिने मुल्यांकन भन्दा
अरु न मापन गर्न सकिन्छ
नत थपघट नै । बिल्कुलै
नमिलेको गणितको अंक
जस्तो । हो मेरो सम्पुर्ण
जीवन फरमुला बिनाको
जस्तै भएकोछ । न छाँटकाट
गर्न मिल्ने न
जोडघटाउ गुणा भागा
गर्न मिल्ने ? कस्तो
कालिगडले बनाउँदै गर्दाको बिग्रेको
मुर्ति जस्तै, जो
बोल्दैन निर्जीव रहिरहन्छ
। हो त्यस्तै
स्वास भएको तर निर्जीव मुर्ति भएको
छु म पनि ।
जिन्दगी एउटा भिजेको
कागज जस्तै भएको
छ, न,त, जलाउन मिल्छ
न,त केही लेख्न ।
आत्माहत्याको बाटो रोज्न
सकिन, जिबन जिउन
पनि त सकिन । सोँचे
जस्तै किन जिबन
बन्न सकेन ? म
आँफै छक्क पर्छु
। त्यसोत बादलले
पनित झर्नुपर्छ पानी
बनेर, शितले आकाश
छोड्नुपर्छ, भुँईमा झर्नकै
लागि फूल फूल्नुपर्छ,
यही सम्झेरै जिन्दगी
बुझ्नकै लागि बाँचेर
हेरेँ । उफ बाँच्न पनित
सजिलो कहाँरहेछ ? जिउनुको
अर्थ नै कती संघर्ष गर्नुपर्दोरहेछ
। आखिर एकदिन
त, मर्नुनैछ तैपनी
त्यती सजिलै श्वास
कहाँँ जाने रहेछर
? शायद मैले जिबनमा
यो भन्दा पनि
अझ कठिन् भन्दा
कठिन् समय र परिस्थितीको सामना गर्नुपर्ने
भाग्यमा लेखेरै होला
आजसम्म जिउँदो लाश
बनेर भएपनी बाँचिरहेकै
छु ।
म सानो छँदा
मलाई मेरो अब्बु
भन्नुहुन्थ्यो, सबैको मायाँलु
भएर फूल जस्तै
बनेर बाँच्नु भनेर
। तर हैन रहेछ ।
बैशालु भएर फूल जस्तै फूलेर
सबैको मायाँलु हुनुपनी
अभिसाप नै रहेछ । यदी
म बैशालु हुन्थीन
भने आज कसैको
नजरमा पर्ने थिएन
। यदी कसैको
नजरमा पर्थिन भने
मैले आज यो नारकिय जिबन
पनि भोग्न पर्दैनथ्यो
। शायद बैशालु
उमेर संगै गुलाबी
रंगमा फक्रँदै गरेको
उमेरले सप्तरंगी इन्द्रेनी
झैँ कयौँ सपनाहरु
पनि देख्ने थिईन
होला । यदी म भित्र
सपना उम्रन्न थियो
भने रहरहरु पनि
पलाउने थिएनन यि
निर्दोश आँखा भित्र
। आज तिनै मायाँलु फूलजस्तो जोबनले
गर्दा नै मलाई जिबनको दोसाँधमा
ल्याएर उभ्याइदिएको छ
। न जिबनको
उसपार तर्न सक्छु
। नत वारी किनरामै फूल्न सक्छु
। बिल्कुलै बषन्त
सकिँदै गर्दा शिषिरले
मुर्झाएको सयपत्री फूल जस्तै
मुर्झाएको छु ।
सानो उमेरमै त्यो
पनि छोटो समयमै
मैले कती केके
भोगे, भोगे, यहाँ
शब्दहरुले ब्यक्त गर्नै
सक्दिन । आवाजहरुले
चिच्याउन सक्दिन ।
एकएक वाक्यहरु गरेर
भन्न पनि सक्दिन
। तर मलाई बिधिले यती
अन्याय गरेको छनी,
फक्रँदै गरेको जोबन
दिएर मलाई झुक्याएको
छ इश्वरले ।
जन्मदै अल्लाहको नाउँमा
हजान पढ्न लगाएर
उप्परवाले पनि ढाँटेको
छ । म हरेकपटक हरेकबाट कुनै
न कुनै माध्यमद्वारा
ठगिएको छु । अनी म
कस्को विश्वाश गरुँ
? मान्छेको ? भगवनाको ? इश्वरको वा
अल्लाहाको ? आखिर यहाँ
को सत्य छन
? को साँचो छन
? मैले आजसम्म पत्याउन
सकिन । कसैलाई
विश्वाश गर्न सकिन
। जिबनले मलाई
यसरी नै अबिश्वास
हुन सिकायो त
म के गरुँ
? त्यसैले आजसम्म जती
बुझ्न खोज्छु उती
गम्भिर मोडमा पुगेको
पाउँछु आफैलाइ ।
न जिबन बुझ्न
सकेँ नत भगवानलाइ
। आजसम्म अनुत्तरित
छु यि सबै कर्महरुसंग । हो जिबन यस्तै
भएको छ जंगली फूल झैँ
। न शुवास्ना
न सुन्दरता ।
बिल्कुलै बेरंगी रंग
झैँ ।
घटनाक्रमसंगै
यो शहरमा धेरै
भौतारिएको छु ।
कहिले चर्को घाममा
भौतारिएको छु, कहिले
मुसलधारे झरिमा भौतारिएको
छु । कहिले चिसो बतासले
हिर्काउँदा भौतारिएको छु भने कहिले जिउनकै
लागि डस्पिनको फोहोर
र सडक किनरामा
फ्याँकिएको सडेगलेको खाना खोज्दै
भौतारिएको छु ।
त्यसैले यो शहरमा
मन बिसाउने चौतारो
देखी तन बिसाउने
शरीरसम्म भेटिन्छन् । तर सबै कुराको
मर्मत हुने शहरमा
एउटा बिग्रीएको जिन्दगी
बनाउने ठाउँँ कतै
भेटिएन । जहाँँ फेरी जिबन
उही पहिलेको जस्तै
सुन्दर बनोस । सबैले वाह
भनुन, तर यो शहरमा एउटै
यही मन बनाउने
नत कुनै हस्पिटल
भेटएँ ! नत कुनै अध्यात्मको मन्दिर वा
मस्जिद !? नत कुनै
ग्यारेज । सोँच्दा
पनि सबै अस्तब्यस्त,
शहर र जिबन उस्ताउस्तै ।
खुला आँखाले देख्दा
यो शहरलाइ जती
सुन्दर देखिन्छ अनी
यि शहरका सुकिलामुकिला
मान्छेहरुलाई । तर
बाहिरी आँखाले देखिएका
ति मान्छेहरुको सुन्दर
भौतिक शरीर भित्रको
मनहरु उतिनै निर्दयी
छन । उती नै हृदयबिहिन
छन जहाँ कसैको
भावना र जोबनसंग
खेलबाड गरेर तहसनह्स
बनाएर जान्छन र
उल्टै प्रश्न गर्छन्
आफ्नै जिबनसंग खेलबाड
गरेर ध्वस्त बनाउन्जेल
सम्म के हेरेर
बसेको थियौ भनेर
। तर कसैलाई
विश्वाश गरेर त हेर ! तिमी
आफै पनि लुटिएको
ध्वस्त भएको थाहै
पाउँदैनौ । हो
म पनि कुनैबेला
यसरी नै लुटिएँ,
जसरी ब्वाँसाले सिकार
गर्छ । उसैगरी
एउटा पिपाशुको जालमा
परेर आफुलाई क्ष्यतबिक्ष्यत
बनाएँ । त्यसैको
परिणाम् भोगिरहेको छु
आजसम्म म पनि । त्यसैले
हरेक दिन, हरेक
रात आफ्नै जिबन
अँध्यारो र सुनासन
एक्लो लाग्छ मलाई
। जसरी आकाश
जस्तै सुनसान जिन्दगी
अनी तारा जस्तै
अनगिन्ती छरिएका छन
सपनाहरु । जबकी जिउने रहर
लाग्दा-लाग्दै पनि
आफ्नै श्वास पनि
घाँडो लाग्न थाल्छ
।
यो बार्दलिमा बसेर आकाशमा
देखिएको जूनलाई नियाल्दै
आज आफ्नै कथा
लेख्नु मेरो रहर
हैन बाध्यता बनेको
छ । तिनै बाध्यताहरुमा बिगतलाई नसम्झुँ,
भन्दाभन्दै पनि याद
आइदिन्छ मस्तिस्कभरी ।
अनी चिमोट्छ आफैलाइ
आफ्नै बिगतले ।
फेरी एकतमासले सताउँछ
त्यही अतितले ।
हुनत हरेकपटक हरेकपल
बिर्सन वा भुल्न
कोशीस नगरेको पनि
हैन, गरेकै हो
। हजारबार छाती
पिटेर चिम्लेको आँखालाई
ति घाउहरु बिर्सन
खोजेकै हो । तर याद
गर्दिन भुल्छु भन्नु
त एउटा बहाना
मात्रै रहेछ । किनकी यहाँ
हरेक रात कसरी
बित्छ त्यो त म आफैलाइ
पनि थाहा छैन
। हो त्यहाँसम्मको
बेहोसिले सताउँछ मलाई
मेरो बिगतको घाउले
। आज त्यही
घाऊ यो डायरी
मार्फत पोखेर आफुलाई
शान्ता पार्न खोजिरहेको
छु । एउटा कोसिसले आफ्नै मन
सितल बनाउने प्रयत्न
गरिरहेको छु ।
जुन ऊ भन्दा प्यारो त
उनले दिएको पिडाहरु
भएको छ । जस्ले मेरो
जिबनको साथ कहिलै
छोड्ने छैनन । तिनै कथा-ब्यथाहरु पोखिरहेको छु
आज यो डायरी
भित्र ।
समय र परिस्थिती
अनुसार अहिलेको नयाँ
पिँढिमा कोरिदै गरेको
प्रेमको नयाँँ परिभाषा
सफल भए विवाह,
असफल भए आत्माहत्या
। तर मैले आत्माहत्या रोजिन । मैले युद्ध
र शान्तिको बाटो
रोजेर आज यो कथा लेख्न
सक्ने भएको छु । नत्र
अरु कम्जोर प्रेमिकाहरुले
जस्तै मैले पनि
आत्माहत्या गरिसकेको हुन्थेँ होला
। तर मैले त्यसो नगरेर
केही हदसम्म युद्ध
जितेको छु । मैले संघर्ष
नामको परिभाषा बदलिदिएको
छु । जुन परिभाषा प्रेमको निराशा
वा आत्माहत्या हैन
। तर यति हुँदाहुँदै पनि म पनि केही
हदसम्म हार भने खाएकै हुँँ
। किनकी जुन
युद्धको जित पछी मैले यो
शहरमा आफुलाई परिचय
बद्लिएर उभ्याउन सकिन
। साँच्चिकै कम्जोर
बनेको थिएँ म । मान्छेलाई
त्यतिबेला मृत्युको डर हुनेरहेछ
जतिबेला आफ्नै सन्तान
आफुबाट टाढा हुनपरोस
। जस्ले गर्दा
मैले अहिलेको यो
बर्तमान भोगी रहेकोछु
। गल्ती त मैले गरेकै
हो जहाँ ढुंगालाई
पुजेर देउता बनाएँ
त्यसैले आज मर्नु
न बाँच्नुको बनाएको
छ । जसको कारणले आफ्नै
शिर लुकाएर दुनियाँँको
अगाडि परिचय बादलनु
परेको छ ।
यो बाध्यता भन्ने शब्दनै
नभैदिएको भए शायद
आज कयौँको मन
टुट्ने थिएन । अनी मैले
पनि । तर यो मान्छेको
जिबनमा आइपर्ने बाध्यता
र काश भन्ने
शब्द कती सजिलो
अनी कठिन् भएर
बसिदिन्छ । जस्लाई
हरेकले प्रयोग गर्छन्
सजिलै र कयौँको
जिबन नै अन्त्य
हुन्छन । को कहिले कतिबेला
अस्ताउँछन पत्तैहुन्न । आफ्नो स्वार्थ पुरा भएपछी
हरेकले कती सजिलै
प्रयोग गरिदिन्छ काश,
मेरो बाध्यता नभैदिएको
भए !? आदिआदी भनेर
पन्छिदिन्छन र अर्कोले
त्यही काश र बाध्यतामा चित्त बुझाएर
जिउन्दगी मार्ने वा
जिउने कोशीस गर्नुपर्छ
। यसैले हजारौँको
जिबन उजाड बनाएकाछन
। सम्झिन्छु आजभोलि
उसको मायाँ बर्षातको
पानी जस्तै रहेछ
! उस्लाई पिउने चाहनामा
आँखाको आशुले हत्केला
भिज्यो तर अंञ्जुली
खाली रहयो जसरी
आज म यो सन्सारको रित्तिएको एक
अभागी खालि-शुन्य
ब्यक्ती हुँ । भुल्ने भुलाउने
भनेको त दिमागको
खेल हो भन्थेँ
म पहिले-पहिले,
तर हैन रहेछ
। आज पनि जतिसुकै भुल्न खोज्दा
पनि त्यो पिपासुलाई
न दिमागले भुल्न
दिन्छ, न दिलले । मनले
त भन्छ भेटेर
काँच्चै खुन निलौँ
तर मान्छे हुँ
मानबता भित्र प्रेम
लिएर बाँचेको छु
। फेरी त्यही
अपराधीको दया लागेर
आउँछ र आफैलाइ
सम्हाल्छु ऊ जस्तै
अपराधी हुनबाट ।
हुनत कस्लाइपो थाहा
हुन्छर कस्को कस्तो
स्वभाव र बानी छ भनेर
! नजिकिदै गएपछी थाहा
हुनेहो मान्छेको स्वभाव
र व्यबहार ! नत्र
कसलाई पो थाहा हुन्छ मयुरले
पनि सर्प खान्छ
भनेर । हो मैले पनि
उस्लाई चिन्न सकिन
जसरी मयुरको स्वभाव
सर्प खाने हुन्छ
भनेर । म यसरी नै
डसिएको थिएँ उसको
जालमा परेर त्यो
पनि प्रेमको ।
शायद अब उसको बिषालु प्रेमले
डसिएको मेरो जिबनको
दागहरु कहिले मेटिने
छैनन, जो मनको सेतो पर्दामा
झुठको कालो रंगले
पोतिदिएको छ ।
मान्छेको जीवन नै
एउटा अलिखित तर
कथाहरुले भरिएको डायरी
जस्तै लाग्छ, त्यसैले
आफ्नै जिबनमा कागजको
डायरिको कहिलै आवश्यक
परेन, तर आज आफै त्यही
कागजको डायरी मार्फत
आफुलाइ पोखिरहेकोछु, जुन
सब्दमा उतारेर पनि
आफुलाई सितल बनाउन
सकेको छुइन । हो म
आज त्यही डायरी
पल्टाउदैछु तपाईहरुको सामु ।
जीवन आफैमा संघर्ष
को कथा हो, जहाँ हजारौं
पाना हुन्छन ।
ती मद्धे कति
लेखिन्छ र पढिन्छन
कति लेखिदैनन र
खरानी वा हावामा
बिलाएर जान्छन जुन
कहानी बन्दैनन ।
हो आज म त्यस्तो कहानी भनिरहेको
छु । जुन कहानि मेरो
घरको बार्दलिमा आएर
छिनभरमै हराउने जुन
जस्तैछ । हो म त्यही
कहानी लेख्दैछु जुन
मेरो बार्दलिक जून
हो । जहाँ हजारौँ सपनाहरु
समिटिएर एकैचोटी हत्या
गरिएकाछन । जिउँदो
सरिरले साँचेको भौतिक
सुख, अनगिन्ती आँखाले
देखेका सपना र रहरहरुको एकैचोटी बलिदान
भएकोछ । तिनै हत्या गरिएका
बलिदानिपूर्ण सपना र
रहरहरुको कथा हो
यो । नसोँचिएको
फूल फूलेर फक्रन
नपाउँदै निमोठिएको फूल
जस्तो जोबनको कथा
हो यो । बिहानिको घामको पहिलो
किरण पर्नु पूर्वनै
कर्कलाको पातमा टप्किएको
शितको थोपा पोखिएको
कथा हो यो । जुन
अब ति सबै रहर, खुशी,
सपना र इच्छा चाहनाहरु कहिलै दोहोरिने
छैनन मेरो जिबनमा
।
सर्लाहीको सानो गाउँ
जहाँबाट उच्च शिक्षा
पढ्न भनेर २०६९
को मंसिर महिनाको
पहिलो हप्ता म काठमान्डौ तर्फ हिँडे
। त्यहाँ बस्दा
खान बस्नको कुनै
कठिनाई थिएन मलाई
। किनकी काठमान्डौको
अनामनगर इस्थित हाम्रो
आफन्तको घर थियो । हाम्रो
मावली पट्टिको त्यै
घरमा बसेर दिदिले
पनि पढेर BSC सकेपछी
डक्टर पढ्न अस्ट्रेलिया
गएकिथिन । हो त्यही आफन्तको
घरमा मलाई पनि
खान बस्नको लागि
बन्दोबस्ती गर्नुभएको थियो मेरो
अब्बुले । कलेजमा
भदौको अन्तिम सातानै
फर्म भरेर आफ्नो
एड्मिसन गरिसकेको थिएँ
। त्यसैले मलाई
कलेज् खोज्नु र
एड्मिसन गर्नुको कुनै
झन्झट थिएन । बस खुरुखुरु
पढेर उच्च-शिक्षाको
आफ्नो सपना पुरा
गर्नुथियो । देशको
बिभिन्न जिल्लाबाट आउने
हरेक युवाको लागि
काठमान्डौ अवसर र
सपनाको शहर हो । त्यही
सपनाको शहरमा ठुलो
रहर बोकेर भित्रीने
काठमान्डौको हरेक घरमा
कोहिन, कोही घरभाडामा
होस या होस्टेलमा
बसेर यहाँ कयौँ
युवाहरु अवसर र उच्च-शिक्षाको
लागि आउने गर्छन्
र आफ्नो सपना
पुरागर्न तर्फ लाग्छन
। जसरी अरुले
आ-आफ्नो जिम्मेवारी
पुरा गर्छन् आफ्नो
क्यारियर र परिवारको
सपना संगै । मैले पनि
त्यसै गरेँ जसरी
अरुले गर्छन् ।
मंसिरको अन्तिम साताबाट
BSC को पहिलो बर्षको
पढाई पनि सुरुभयो
। म पनि कलेज् जान
थालेँ ।
काठमान्डौ बसाइको कलेज
जिबनको दैनिक सबैसंग
घुलमेल र परिचय बड्दै गयो
। बिस्तारै म
पनि काठमान्डौसंग परिचीत
हुनथालेँ । परिचीत्
मात्रै हैन अभ्यस्त
पनि हुनथालेँ ।
समयहरु बित्दै जान
थाले । समयसंगै
बड्दै गएको परिचय
र बोलचालमा प्राय
कलेजको साथीहरु नै
थिए । यस्तैमा
परिचय हुनेहरुमा सोबिता
नकर्मी, सुचिता महर्जन,
गंगा पाण्डे, मधु
आचार्य, बिनोद थापा,
प्रज्वल, प्रणब र
राज रिजाल आदी
थिए । राज
BSC दोश्रो बर्षको विद्यार्थी
रहेछ । ऊ बाहेक अरुसबै
हामीहरु एउटै ब्याचको
थियौँ । दिनहरु
पुरानो हुँदैजाँदा हामी
नौ-जना हमेसा
संगै कलेज् जाने
र आउने गर्न
थाल्यौँ । जतिजना
थियौँ ति सबैको
बस्ने ठाउँँ पनि
संयोगले हामी एकैतिरका
थियौँ । राज पुतलीसडकमा बस्थ्यो भने
मधु माइतिनेपाल छेउमा
बस्थ्यो । बाँकी हामीहरु सबैजना अनामनगरको
आसपास बस्थ्यौँ ।
मेरो चै अनामनगरको
कर्नर अगाडि घट्टेकुलो
जाने सानो बाटोको
अगाडिको चौथो घरमा
बस्थेँ । त्यसैले
मधु पनि सिंहदरबारको
पछाडि म्युजिक नेपाल
भवनको अगाडिको रोडहुँदै
अनामनगर आएर हामीसंगै
मिसिएर जान्थ्यो ।
त्यसपछी फेरी पुतलिसडकमा
हामीहरुलाई राज कुरेर
बसिरहेको हुन्थ्यो । त्यहाँबाट
हिँडेपछी पुतलिसडकको डेलाइट क्याफेमा
भेला भएर सबैजना
मिसिएर पर्दशनी मार्ग
हुँदै कलेज् पुग्थ्यौँ
हामीहरु ।
हामी मद्धे राज
अघिल्लो ब्याचको भएकोहुनाले
ऊ संग भने मेरो निक्कै
पछी मात्रै भेटघाट
र चिनाजन भएको
थियो । ऊ संगको परिचय
र घनिस्टता संगै
मेरो जिबनले पनि
अर्को मोड लियो
। ऊ यसरी आएको थियोनी
हाम्रो ग्रुपमा, आउँदा
अन्जान बनेर आएको
थियो । तिनै अन्जान मान्छे
पछी गएर मेरो
सबैभन्दा मिल्ने घनिस्ट
नजिकको साथी बनेको
थियो राज । हामी घुलमिल
भएको धेरैपछी राज
भन्थ्यो, मैले तिमीलाई
पहिलोपटक लाइब्रेरिमा देखेको थिएँ
। मेरो खुब
तारिफ गरेर भन्थ्यो
ऊ । त्यो दिन लाइब्रेरिमा
देखेपछी कयौँ दिनदेखी
उसले मेरो पिछा
गर्ने र म कहाँ जान्छु
के गर्छु कता
बस्छु आदी सबै नोटिस गरेको
हुन्थ्यो रे ।
उसको कुरा सुनेर
म हाँसेर उडाइ
दिन्थेँ । त्यसरी
म हाँस्दा भने
उसको खिल्ली उडाएको
जस्तो सम्झिन्थ्यो कि
केहो कुन्नी ! अनुहार
खिन्न र मलिनो बनाउँथ्यो । तैपनी ऊ मेरो
प्रसम्सा र तारिफ
गरेर कहिलै थाक्दैन
थियो । मेरो रुप र
सुन्दरताको बर्णन त
कती हो कती । कहिलेकाहीँ
त मलाई यस्तो
लाग्थ्योकी ! ऊ हमेसा
मेरो बर्णन गर्न
र प्रसम्सा गर्नमै
आफ्नो समय खर्चेको
जस्तो महसुस हुन्थ्यो
।
उसले गरेको मेरो
प्रसम्सा र हाँसोमजाक
गर्दागर्दै हामीहरु बिस्तारै नजिकैदै
थियौँ सायद । किनकी कहिलेकाही
ऊ कलेज नआएको
दिन त्यो दिननै
मलाई खल्लो जस्तो
अनुभुती हुन्थ्यो ।
मणी हराएको सर्प
जस्तै अनुभुती हुनथालेको
थियो । यस्तैमा
कहिलेकाहीँ मलाई जिस्काउँदै
सोबिता भन्थिन ।
केहो केटी पारा
? ठीक चाला छ जस्तो छैननी
तेरो ? अलिक होस
गर है मोरी । आजभोलिको
केटाको भर हुन्न
। नभेटुन्जेल केके
नै, भेटेपछी सस्तो
। होस् गर मोरी पछी
पछुताउलिस । उनको
कुरालाई ह्या त्यस्तो
केही हैन भनेर
म उडाइ दिन्थेँ
। तर बाहिरी
मुखले भनेपनी राज
कलेज न आएकोदिन
कतिबेला क्लास सकिएला
जस्तै हुन्थ्यो ।
सायद म उसको आत्मिक मिलनमा
थाहै नपाई नजिकिदै
थिएँ ।
उसले मलाई कलेजमै
देखेको भएपनी मैले
भने उसलाई देखेकै
थिईन । सायद देखेर पनि
मैले ख्याल नै
नगरेको हुनसक्छ ।
कारण ऊ हाम्रो
ब्याचको नभएर पनिहोला
मैले धेरैपछिसम्म पनि
ख्यालै गरेकी थिईन
। तर मैले आजपनी याद
गर्दा उसको र मेरो पहिलो
भेट बागबजारको एउटा
ट्युसन सेन्टरमा पढ्न
जाँदा बाहिरपट्टी भएको
थियो । मेरो बसाइ अनामनगर,
त्यहाँदेखी हरेकदिन म पुतलिसडकको
एनएमबी ब्याँङ्क छेउको
बिल्डिङको तेस्रो तलामा
रहेको प्रगती ट्युसन
सेन्टरमा पढ्न जान्थेँ
। कलेज सकिएपछी
सिँधै ट्युसन सेन्टर
गएर पढिसकेर बेलुकी
रुम फर्किनु मेरो
दैनिकी नै थियो । कहिले
हिँडेर त कहिले सानो लेडिज
साइकलमा चडेर जाने
आउने गर्थेँ प्राय
।
काठमान्डौ आएकोपनी करिब चार
महिना कटिसकेको थियो
। जाडो मौसमको
अन्तिम-अन्तिमतिर भएकोले
होला फाल्गुन महिनाको
सरिरको छालानै चिमोट्ने
चिसो सिरौटो सहितको
जाडो निक्कै थियो
। त्यो फागुन
महिनाको चिसो जाडोमा
जब म बेलुकी
ट्युसन सकेर रुम
फर्किन्थेँ तब साइकल
चढेर एउटा केटा
मेरो पछीपछी आउँथ्यो
। ऊ हरेकदिन
मैले पढ्ने ट्युसनको
बिल्डिङ को बाहिर
पेटिमा कसैलाई प्रतिक्षा
गरे झैँ कुरेर
बसिरहेको हुन्थ्यो । तर ट्युसन सकिएपछी
हरेकदिन मेरो पछाडि
नत्र अलिकती केही
अगाडि गरेर हिँड्थ्यो
। सुरुको दिनमा
त मेरो पछाडि
को आउँछ वा जान्छ वास्तै
गरेको थिईन । त्यसतो शहरको
भिडमा को-कस्को
अघिपछी हिँड्छ याद
गरेर साध्य पनि
हुन्थेन । लाखौंँको
त्यो भिडमा कयौँ
नयाँँ अनुहार दौडिरहन्छन
। आखिर त्यसैले
त यो शहर भएको छ
।
हरेकदिन समय बित्दै
गयो, आजभोलि भन्दै
दिनहरु घट्दै थिए
। ऊ त्यसरी
नै मेरो ट्युसन
सकिएपछी अघिपछी गरेर
हिड्थ्यो । यसरी
हरेकदिन अगाडिपछाडी भएर
हिँड्दा अलिकपछी भने
मैले पनि उस्लाई
नोटिस गर्न थालेँ
। कहिले अगाडि
त कहिले पछाडि
गर्दै हिँड्ने मान्छे
जब पुतलिसडकबाट अनामनगरको
उकालो सकिएर ईलाका
प्रहरी कार्यालयको ओरालो
भन्दा अलिक तलसम्म
जान्थ्यो । त्यहाँ
पुगेपछी आर्मी क्वाटरको
बाहिरी वालको अडेसा
लागेर उभिएर फेरी
कसैलाई पर्खिए झैँ
गरेर उभिएर बस्थ्यो
। म घट्टेकुलो
प्रबेश गर्ने सानो
गोरेटो नपुगिन्जेल त्यही
बसिरहन्थ्यो । त्यसपछी
ऊ कता जान्थ्यो
मलाई केही थाहा
हुन्नथ्यो । सुरु-सुरुमा त
सोचेँ, ऊ पनि म जस्तै
ट्युसन पढेर त्यहिबाटो
आफ्नो घर वा रुममा फर्किन्छ
भनेर । त्यसैले
पनि मैले धेरैदिनसम्म
ऊ आएको गएको
कुनै वास्तै गरिन
। तर हरेकदिन
उसको त्यो कृयाकलाप
दोहोरिएपछी भने मनमा
अलिकती डरको चिसो
पसेको थियो । मैले पनि
ट्युसन क्लासबाट बाहिर
निस्कदा बाहिर ऊ छकी छैन
भनेर चिहाएर मात्रै
बाहिर निस्कन थालेको
थिएँ । ताकी उसले मलाई
नदेखोस र मेरो पिछा नगरोस
भनेर । तर पनि मैले
जती चलाख गरेपनी
झन्झन दिनप्रतिदिन उसले
मेरो पिछा बढाउँदै
लान थाल्यो ।
जब मैले पक्का
निर्क्योल गरेँकी अब
चै ऊ मलाई नै पिछा
गरिरहेको छ भनेर
। तब मैले बाटोको दाँयाबाँयाँ
कतै नहेरी आफ्नो
रुम मात्रै पुग्ने
कोशीस गरेर आफ्नो
डराएको पाइला उचाल्न
थालेँ । यसरी नै यो
क्रम जारी नै रहयो ।
हरेकदिन यो कार्य
दोहोरिन थाल्यो ।
मेरो ट्युसन सकिनु
अनी ऊ मेरो पछी लाग्नु
कुनै जासुस कर्मचारीको
जस्तो लाग्थ्यो ।
मानौँ म पुलिसको
नजरमा परेको एउटा
अपराधी जस्तै, अनी
ऊ मेरो निगारानी
गरे झैँ गुप्तचर
प्रहरी जस्तो हरेकदिन
पिछा गरिरहन्छ ।
।
एकदिन फागुन महिनाको
अन्तिम दिन थियो
। हमेसाको झैँ
म ट्युसन क्लासबाट
बाहिर निस्किएँ ।
आफ्नो डराएको केही
उत्साहित चनाखो आँखा
वरपर घुमाएर त्यो
मेरो पिछा गर्ने
मान्छेलाई हेरेँ, कतै
देखिन । त्यसपछी
भने मनमा ढुक्क
मानेर म आफ्नो साइकल लिएर
फटाफट अगाडि लम्किएँ
। निक्कैपर पुग्दासम्म
उस्लाई अगाडिपछाडी दाँयाँबायाँ
कतै देखिन । त्यसपछी भने आफ्नो
मनलाई अझ ढुक्क
र शान्त बनाउँदै
अगाडि बढेँ । पुतलिसडक सकिएर अनामनगरतर्फ
जाने उत्तरतर्फ मोडिए
म । ठीक त्यही समयमा
मलाई पछाडि कसैले
excuse me भनेर बोलाएको सुनेँ । मनभरी डर
बोकेर हतारमा अगाडि
लम्किरहेको पछाडिबाट कसैले बोलाएको
सुनेर टक्क अडिएर
पछाडि फर्किएर हेरेँ
। त्यसरी पुलुक्क
फर्किएर हेर्दा त्यही
पिछा गर्ने केटो
रहेछ । त्यसपछी
त झन मनमा डर पलाएर
आयो । आफ्नै हातखुट्टा थररर काँपेको
जस्तो लल्याकलुलुक भएर
आयो । जतिसक्दो
छिटो आफ्नो पाइला
अगाडि बढाउन खोज्थेँ
। उती पाइला
पछाडि धसिएको जस्तो
महसुस हुन्थ्यो ।
हेल्लो excuse me भनेर दोश्रोपटक
फेरी बोलायो ।
आवाज अघिकै त्यही
केटाको थियो । तैपनी म
त्यहाँ अडिएर ऊ संग बोल्न
सक्ने अवस्थामा थिईन
।
यतिकैमा उसले साइकल
डोराएर हिँडिरहेको मान्छे
साइकल चडेर मेरो
छेवैबाट हुइँकाएर लगेर
मेरो अगाडि बाटो
रोकेर फेरी बोल्यो
। हाइ ! मेरो
नाम राज ! तिम्रो
नाम केहो ? म
अहिले पनि नबोली
अगाडि बढ्न खोज्दै
थिएँ । पुनह मलाई रोक्न
खोज्दै बोल्यो ।
प्लिज तिमीले जे
सोँचेको छौ तिमीले
सोँचेको जस्तो मान्छे
म हैन । बस धेरैदिन
देखी तिमीसंग बोल्न
मन थियो मलाई
। तर तिम्रो
पिछा गर्नु सिवाय
बोल्न आँट आएको
थिएन । प्लिज आज तिम्रो
नाम त बताएर जाउ ।
मेरो नजिकै आएर
मेरो हात समाउला
झैँ गरेर फेरी
बोल्यो ऊ । प्लिज बोलन,
तिम्रो नाम केहो
? कहाँँ पढ्छौ ? त्यसपछी
उसको जिद्धिपछी भने
मैले छोटो उत्तर
दिएँ । आश्मा
! त्यसपछी भने मुसुक्क
हाँस्दै thank you भनेर त्यहाँबाट
ऊ आफ्नो साइकल
मोडेर फेरी पुतलिसडकतर्फ
नै हुइँकियो ।
म भने डरले
त्यहाँबाट अझ छिटोछिटो
प्रस्थान गरेँ ।
अलिक माथि डाँडामा
पुगेर फर्किएर एकनजर
घुमाएर हेरेँ । हावा जस्तो
बेग हानेर हुइँकिएर
साइकलमा बतासिएको मान्छे
रोडको मोहोडामा पुगेर
मलाई फर्किएर म
हिँडेको हेरिरहेको रहेछ
। डरै-डरमा
टाडैबाट फेरी हामी
दुबैको आँखा जुधेको
हुनुपर्छ । किनकी
उसको अनुहार देख्ने
बित्तिकै मेरो मन
फेरी एकपल्ट झस्कियो
। अनी आफै झसंग डराउँदै
फेरी हिँड्न मात्रै
के लागेको थिएँ
। त्यत्रो भिडबाट
छेलिनु अगाडि हात
हल्लाएर ईशारा गर्यो
। सायद ऊ मलाई हात
हलाएर बाइ भन्न्
खोजिरहेको थियो ।
म चुपचाप आफ्नो
रुम तर्फ लागेँ
।
जबसम्म रुम पुगिन
तबसम्म मनमा एकतमासको
डर भने लागि
रहयो । बाटोमा
मात्रै हैन रुममा
पुगेर पनि त्यै
मान्छेको डरले मन
एक बेचैन् भएर
ढुक्ढुकी रहेको थियो
। आफै भित्र
उकुसमुकुस भएर गुम्सिएको
थिएँ । कस्लाई
भन्ने कस्लाई सुनाउने
केही सोँच्न सकिरहेको
थिईन । न कसैलाई भन्न
सक्थेँ न आफैले त्यो मान्छेको
हर्कत पचाउन सक्थेँ
। आफैभित्र गुम्सिनु
सिवाय केही थिएन
मेरो लागि । बेलुकिको खाना खानु
पनि फिट्टिक्क मन
लागेको थिएन । कताकता आफैमा
मन हतास भएको
जस्तो, कुनै आवेगले
चुरचुर भएको जस्तो,
के गरौँ नगरौँको
दोसाँधको इस्थिती जस्तो हतोत्साहित
भएको थिएँ । तैपनी आफु
बसेको घरको माइजुले
नानी खाना खान
आउनु भनेपछी मन
लागि नलागी गएर
खाना खाएँ । तर म
आफैलाइ थाहा थिएन
कि मैले खान
कती खाएँ कतिबेला
खाएँ कतिबेला सकेँ
केही थाहा पाईन
। निमेशभरमै खाना
खाइसकेर भान्षाको झुठोभाँडा
सफाइ सकेर आफ्नो
रुमतर्फ लागेँ ।
दिउँसोको कलेजको केही
प्रोजेक्टहरु तयार गर्नुथियो
। प्रोजेक्ट तयार
गर्न बसेँ । तर खै
त्यति रातीसम्म पनि
उही झल्को आइरहेको
थियो । प्रोजेक्ट
तयार गर्छु भन्छु
हुँदैहुँदैन । जती
कोशीस गर्दा पनि
ध्यान उतै त्यही
मान्छेको हर्कततिर मोडिएर गैईहाल्ने
। त्यसपछी केही
सिप नचलेर अब
जसरी भएपनी सोबितालाई
भन्छु भनेर रातको
करिब् दशबजेतिर उनको
मोबाइलमा कल लगाएँ
। फोन घन्टी
लगतार गैरहयो तर
फोन उठेन । त्यसपछी सोबिता निदाइन
होला भन्ने सोँचेर
म पनि बेडमा
लठिपत्र छरिएको किताब
र कपिहरु टिपेर
टेबलमा राख्दै आ..
होस् है आज गर्दिन भनेर
सुत्ने तर्खरमा लागेँ
। तर यता पल्टिन्छु हुँदैन उता
पल्टिन्छु हुँदैन आँखाभरी
उही मान्छे लगतार
आइरहन्छ । त्यसपछी
दिक्क मान्दै उठेर
बत्ती बालेर सुत्ने
प्रयास गरेँ र जबर्जस्ती मोबाइल बन्द
गरेँ । सायद् एघार बजिसकेको
हुनुपर्छ भर्खरै निदाउन
झप्किन मात्रै लागेको
थिएँ अचानक तर्सिने
गरेर मोबाइलको रिंग
बज्यो । सातो गएको जस्तो
हड्बडाउँदै मोबाइल तानेर
हेरेँ । कल सोबिताको रहेछ । त्यसपछी भने अँ भन केभयो
किन कल गरेकी
यतिबेला ? सुतेकी छैनस
त ? मैले रिसिभ
गर्दै बोलेँ । लगत्तै सोबिता
बोलिन उताबाट ।
ल अघी तैले
नै कल गरेको
हैन ? मोबाइल साइलेन्समा
रैछ त्यसैले थाहा
पाईन । अहिले किताब थन्काएर
सुत्न लागेको तेरो
मिस कल देखेँ
अनी किन गरेकीथिस
भनेर कल ब्याक
गरेकी नि । त सुतेको
छैनस अनी ? कल
गर्नुको कारण प्रस्ट्याउँदै
सोबिता बोलिन । उम सुत्न
लागेको थिएँ तेरो
कलले बिउँझिएँ ।
मैले जवाफ फर्काएँ
। उम भन किन गरेकीथिस
अघी ? फेरी सोबिता
बोलिन । हैन के गर्दैछस
भनेर गरेकी थिएँ
। अघी सुनाउँछु
भनेर गरेकी कल
अहिले मुखैमा आएर
पनि खै के सोचेँ कुन्नी
फेरी, भन्न उचित
नलागेर घाँटिसम्म आएको
कुरा पनि टार्दै
बोलेँ ।
रातको मध्यरात भैसकेको थियो
। घरका सबै
आ-आफ्नै रुममा
सुतिसकेको हुनुपर्छ । बाहिर गल्लितिर पनि कोही
कतै हिँडेको देखिँदैन
। बाटोमा सानो
केही हिँडेपनी खस्रक्क
आवाज आउने सुनसान
थियो बाहिर पनि
। उठेर झ्यालबाट
परपरसम्म हेरेँ ।
कसैको घरको झ्यालमा
मधुरो बत्ती बलिरहेको
थियो भने, कसैको
घरको झ्यालमा अँध्यारो
बत्ती निभीईसकेको थियो
। घट्टेकुलो जाने
र अनामनगर को
मुख्य रोड निस्कने
रोडमा ठिँङ्ग उभिएका
बिजुलिको पोलमा बलेको
मधुरो बत्ती बाहेक
केही थिएन । यतिकैमा पल्लो घरको
छतबाट अर्को घरको
छतमा डरलाग्दो केही
भुर्र उडेर गएको
जस्तो देखियो ।
यतिकैमा एकोहोरो त्यो
रातलाई नै चिर्ने
गरेर मेरो आँङ
नै सिरिङ्ग पारेर
लाटोकोसेरो डरलाग्दो आवाजमा कराउन
थाल्यो । त्यसपछी
भने झ्यालको पर्दा
हावाले पनि हल्लिएलाकी
जस्तो गरेर बिस्तारै
पर्दा झारेर बेडमा
हेर्दा पनि नहेरी
पछाडिपट्टी पाइला सारेरेर
बेडमा थ्याच्छ बसेर
हतार-हतार सिराकभित्र
गुटमुटिएर लामोलामो श्वास तान्दै
सुतेँ । सायद् रातको एक
बजेको हुनुपर्छ ।
त्यसपछी भने कतिबेला
निदाएँ थाहै पाईन
।
मिती- ४, माघ
२०७९
No comments:
Post a Comment