क्षितिजमा ढल्दै गरेको घामले होस
या, उदाउँदै गरेको बिहानिले होस
औंसिको कालो अँध्यारोले होस
या, पुर्णेको जूनेली रातले होस
हमेसा तिम्रो यादले सताउँछ प्रीय ।
या, उदाउँदै गरेको बिहानिले होस
औंसिको कालो अँध्यारोले होस
या, पुर्णेको जूनेली रातले होस
हमेसा तिम्रो यादले सताउँछ प्रीय ।
लहरै हिमालको हिउँका लहरले होस
या, तराईका लमतन्न फाँटले होस
पहाडको कसिलो पहराले होस
या, खुला आकाशको मुक्त छातिले होस
हमेसा तिम्रो न्यानो अंकमालले सताउँछ प्रीय ।
या, तराईका लमतन्न फाँटले होस
पहाडको कसिलो पहराले होस
या, खुला आकाशको मुक्त छातिले होस
हमेसा तिम्रो न्यानो अंकमालले सताउँछ प्रीय ।
शिषिरको कठांग्रीने सिरौटोले होस
या, बषन्तको मोहक पालुवाले होस
नदिका अनन्त किनाराले होस
या, समुन्द्रका सालिन लहरले होस
हमेसा तिम्रो केशको स्पर्सले सताउँछ प्रीय ।
या, बषन्तको मोहक पालुवाले होस
नदिका अनन्त किनाराले होस
या, समुन्द्रका सालिन लहरले होस
हमेसा तिम्रो केशको स्पर्सले सताउँछ प्रीय ।
तिमी छौ र पनि छैनौ जस्तो किन ?
तिमी छैनौ र पनि यतैकतै छौ झैँ किन ?
थाहा छ तिमी बोल्दैनौ ती आवाजहरुमा
तैपनी मधुर ध्वनिहरु सुने झैँ किन ?
हमेसा तिम्रो प्रेमिल कामुक्ताले सताउँछ प्रीय ।
तैपनी मधुर ध्वनिहरु सुने झैँ किन ?
थाहा छ एउटा दुखाउने रात तिमिसंग छ
अर्को बिझाउने रात म संग पनि छ
मिलनको तड्पाइ हुस्तै दुबै हृदयमा
सहबास वा मिलनको प्रतीक्षा किन ?
हमेसा तिम्रो नादान छायाँले सताउँछ प्रीय ।
अर्को बिझाउने रात म संग पनि छ
मिलनको तड्पाइ हुस्तै दुबै हृदयमा
सहबास वा मिलनको प्रतीक्षा किन ?
बिना भिडभाडमा हराए जस्तै कहिले
चुपचाप निशब्द बनिदिन्छौ कोलाहलमा किन
नदेखिएको काँचको ऐना अगाडी उभिए झैँ
मदहोसी पिउन इशाराले बोलाउँछौ किन
हमेसा तिम्रो चुरिको आवाजले सताउँछ प्रीय ।
चुपचाप निशब्द बनिदिन्छौ कोलाहलमा किन
नदेखिएको काँचको ऐना अगाडी उभिए झैँ
मदहोसी पिउन इशाराले बोलाउँछौ किन
हमेसा तिम्रो चुरिको आवाजले सताउँछ प्रीय ।
लाग्दैछ पर्खाइको त्यो सबै सिमा तोडि दिउँ
समाजको यो पर्दा सबै चातेर फ्याँकी दिउँ
उघारेर तिम्रो घुम्टो सिउँदोमा सिन्दुर भरिदिउँ
नैतिकताको घेरा तोडिदैछ बिस्तारै सानु
हमेसा तिम्रो मादक्ताले सताउँछ प्रीय ।
समाजको यो पर्दा सबै चातेर फ्याँकी दिउँ
उघारेर तिम्रो घुम्टो सिउँदोमा सिन्दुर भरिदिउँ
नैतिकताको घेरा तोडिदैछ बिस्तारै सानु
हमेसा तिम्रो मादक्ताले सताउँछ प्रीय ।
रचना- अर्पण योञ्जन "शिरीष"
१९ असौज २०७९
No comments:
Post a Comment