गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, October 2, 2022

तिमी आउनु !


नबस्नु तिमिसंग पिरती बसिगयो
नभेटेको तिम्रो भौतिक शरीर
कल्पनामा तिमिलाइ स्पर्श गरेर
बिटुलो नबन्नुथ्यो बनिसकेँ
तिम्रो लाजको घुम्टो उघारेर
नचुम्नु तिम्रो अंग-अंग चुमिसके
एक प्याला मदहोसी झै पिइसकेँ
आखिर मनको पराग
र आँखाको प्यास न रहेछ अनुभुती
त्यसैले
एकान्तमा एक्लै हुँदा
तिम्रो सम्झनाको घाउले दुख्दा
गोधुलीमा मल्हम बनेर तिमी आउनु ।

नलेख्नु तिम्रो नामको अक्षर कोरिसकेको छु
तिमिलाइ उघारेर सिमा तोडिसकेको छु
तिम्रो सर्बांगतामा स्खलित बनेर
मैले पहाडहरु फोरेर युद्ध मैदान बनाएको छु
जहाँ निश्कर्ष बिहिन लडाइँको
आत्मा समर्पणको तमसुक लेखिएका छन
त्यसैले
नकाम युद्धमा थकित भएर सुस्ताउँदा
मनको शितल छर्न
शिषिरको बतास बनेर तिमी आउनु ।

मलाई किनकिन तिमी फूल भएको फिटिक्क मन पर्दैन
मलाई तिमी जून भएको पनि मन पर्दैन
अनि मलाई तिमी बिहानिको शीत भएको मन पर्दैन
किनकी
फूलहरु निमोठिन्छन, चिमोठिन्छन
सडकमा फ्याँकिन्छन, कुल्चन्छन
अनि फेरि
पुतली र भँवराहरु आएर डसेर जान्छन
उसलाई अलिकति पनि प्रेम हुँदैन
तिम्रो कोमल गुलाबी उमेर संग
त्यसैले तिमि यी मद्धे केही पनि नबन्नु
बरु सुवास्ना बनेर तिमी आउनु ।

जूनलाई दाँजिने तिम्रो बिम्बलाई
अँध्यारो रातले खप्लक्क निल्छन
तिम्रो अनुहारमा कालो ग्रहण लाग्छ
छुन खोज्दा कोसौं टाढा हुन्छौ
अनि फेरि
हेर्दा मोतिका दाना झैँ सुन्दर सितको थोपा
हावाको सानो झोकाले पोखिन सक्छौ
सुर्यको किरण हुर्कँदै जाँदा
छिनभरमै बिलाउन सक्छौ
त्यसैले तिमि
ती फूल, जून र शीत
यी मद्धे केहि पनि नबन्नु है मायाँ
बरु म तिम्रो बिश्वास मा बिचलित हुँदा
अटल रहने आकाश बनेर तिमी आउनु ।

प्रेमका अनेकौं रुपहरुमा
तिमी मलाई बतास बन्नुछैन
हावाहुरी र बेग बन्नुछैन
धर्ती आकाश, आगो पानी
जून घाम तारा अनि गुलाफ केही बन्नुछैन
अनि तिमी मलाइ नदेखेको
बिम्बको आकार बन्नुछैन
छत केवल तिमी मेरो लागि
मैले छुएको स्पर्श भएर आउनु
मैले नियालेको लाजको घुम्टो ओढेर आउनु
हृदयको कलमले कोरेको प्रेम भएर आउनु
अनि तिमी, तिमि नै भएर आउनु है कान्छू
किनकी
तिम्रो प्रेमले म ऐठन हुँदा मलाई बिउँझाउन
त्यही भौतिक बनेर तिमी आउनु ।

यहाँ देवालयहरु छन, तर देवहरु छैनन
यहाँ पुजारीहरु छन, तर धर्महरु छैनन
यहाँ मान्छेहरू छन, तर मानबहरु छैनन
छाती भित्र मुटुहरु छन, तर धड्कनहरु छैनन
यहाँ युगल जोडिहरु छन, तर स्नेहहरु छैनन
यहाँ प्रेमिकाहरु छन, तर प्रेमहरु छैनन
त्यसैले
माया, प्रेम, स्नेह र सद्भावको खडेरीमा
म आकुलव्याकुल अस्तब्यस्त हुँदा
ती चिरागहरु बालेर तिमि आउनु
मायाँ !
तिमी त्यही हौ जो प्रेम बोकेर आउन सक्छौ
तिमी त्यही हौ सद्भाव र अपनत्व बोकेर आउन सक्छौ
त्यसैले यो धर्ती रहेसम्म
बिश्वास बोकेर तिमी आउनु ।

रचना- अर्पण योञ्जन "शिरीष"
मिति- १६, असौज २०७९

No comments: