गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, May 31, 2022

कथा- भाग-२५, एउटा प्रेम यस्तो पनि ।


समय बित्दै गयो, दिन प्रतिदिन हामी नजिक हुँदैगयौ, कुनैदिन र समय हाम्रो संबाद बिनाको सायदै हुन्नथ्यो, हामी दुइको संबाद बिनाको कुनैदिन बित्नु वा समय सकिनु भनेको कित कुरा गर्दा मैले घुर्काएर केही समय नबोलेको हुनुपर्थ्यो कित उनी रिसाएर नबोलेको हुनुपर्थ्यो, तर यसरी रिसाएर नबोल्दा भने त्यो केही समयको लागि मात्रै हुन्थ्यो, त्यसमा पनि म रिसाए भने बडिमा एकदुई घण्टा मात्रै, नत्र त्यो भन्दा धेरै लामो समय भनेको एकदिनको दिनभरी हुन्थ्यो, त्योभन्दा धेरै समयसम्म रिसाएर म उनी संग नबोली बस्नै नसक्ने, तर उनी रिसाउदा भने निक्कै लामो समयसम्म पनि रिसाउने, म रिसाए भने चै उनी कुनै बहना वा मेसेज गरेर नफकाउने, उल्टै मैले नै सरि नित, अबदेखी रिसाउदिन, भन्दै हार मानेर मेसेज गर्नु पर्ने, उनलाई भने फकाउदा पनि अनेक बहाना खोज्नु पर्ने, उनलाई बोल्ने बनाउनलाई भएभरको नानाथरी उखान टुक्का खोजेर हसाउने ठट्यौली पाराको मेसेजहरु लेखेर पठाउनु पर्थ्यो, तब बल्ल, रिसाउदै अँ भन के भो? केको नाटक गरीबसेको नि, फकाउन र फुर्काउन त कसैले हजुरबाट सिकोस, अब यो रिसायो है भनेपछी खुब फकाउन आउछ हैन महाराजलाई, भन्दै मेसेज गर्थिन, यसरी रिसाउने, कराउने, झगडा गर्ने, घुर्काउने अनी फेरी फकाउने दुबैतर्फबाट हुन्थ्यो, तर थोरै म तिर हुन्थ्यो भने धेरै चै उनितिर हुन्थ्यो, यस्तो क्रम कयौपटक चलिरहन्थ्यो, रिसाउनु र घुर्काउनु बाहेकको हाम्रो संबाद नभएको समय भनेको कित सुतेको बेला कित उनको उता बत्ती गएको बेला, नेपालमा प्राय बत्तिको भरोसा नहुनाले बोल्दा बोल्दै कतिपटक लाइन गैरहन्थ्यो, बस यही दुई अवस्थामा बाहेक हामी चुप लागेर बस्नै सक्दैन थियौ, अझ बत्ती जादा पनि मोबाइलको रिचार्जमा डाटा तानेर पनि मेसेज गरागर गर्थ्यौ, नत्र उनलाई कित मलाई दुबैतिर बोल्न नपाउदा मनभरी के नभकोए जस्तो हुटहुटी जागेर आउथ्यो, कहिलेकाही त उनको त्यता रिचार्ज पनि सकिएको हुन्थ्यो, त्यस्तो अवस्थामा भने म आफ्नो मोबाइलमा रिचार्ज गरेर भए पनि अन्तरास्ट्रीय रिचार्ज एक्स्चेक्न्ज गर्थे र बोल्थ्यौ त्यसरी पनि, नत्र दुबैजना एकछिन भएपनि नबोली थिर भएर बस्नै सक्दैनथ्यौ, शायद यहित रहेछ क्यारे माया भनेको ।

समय क्रममा हामी दुइको फोन नम्बर साटासाट देखी फेसबुकको आइडी सम्म साटासाट भयो, पहिले टुइटरको डिएम मात्रै हाम्रो संबादको एक मात्र बिकल्प थियो भने, अहिले हाम्रो, फेसबुक देखी लिएर, व्हाटस एप, इमो भाईबर र मेसेन्जर सम्म साटासाट भएका थिए, फेसबुक र फोन नम्बर एक्स्चेन्ज पनि अचम्मको तरिकाले भएको थियो, हुनत सुरुवाती समयमा स्पेसमा हाम्रो परिचय भएर मेसेजिङ गफहरु सुरु भएदेखी नै एक अर्काको फेसबुक मागा माग नभएपनी दुबैतिर एक अर्काको आइडी लुकिलुकी सुटुक्क गएर हेरेर फर्किने गरेका थियौ, सुरुमा मैले उनको फेसबुक टुइटरकै ह्यान्डलबाट छकी भनेर खोज्दा निहारिका नामबाटै भेटाएको थिए, तर मैले उनलाई फेसबुक माग्न वा तिम्रो फेसबुक मैले भेटएनी भनेर भन्न सकेको थिईन, मैले पनि टुइटरमा भएको नामबाटै फेसबुक खोलेको हुनाले कयौपटक उनले पनि त्यता जादै मेरो वाल हेरेर फर्किदो रहेछिन, तर न मैले तिम्रो फेसबुक हेरे भन्ने, न उनले, दुबैले नभनी नभनी मौन बसेरै चोरीचोरी फेसबुक हेरेर आत्मा सन्तुस्टी लिन्थ्यौ, तर दुबैले आपसमा माग्न भने सकेका थिएनौ, त्यो कुरा पछी हामी दुई पूर्णरुपले दिल खोलेर बोल्न थालेपछी एकअर्काको बारेमा बताएको थियौ, समय क्रमसंगै हामी नजिकिदै जादा जब उ घरमा सबै परिवार बिरामी भएर लामो समयको ग्याबमा मात्रै आइन, हो त्यही बेला देखी कम्युनिकेशनको लागि आपतकालिन अन्य बिकल्प पनि हुनुपर्छ भनेर हामीले फेसबुकमा एक अर्कालाई एड गरेका थियौ, तर फेसबुकमा एड भएर पनि लामो समय सम्म हाम्रो कुनै कल संबाद भने भएको थिएन, एकपल्ट दुबैले कलमा कुरा गरौ भनेर मेसेन्जरमा कल गर्यौ, तर कल गरेर पनि दुबैमा दोहोरो संबाद भएन, संबाद त टाढाको कुरा, कलमा मुसाको आवाज सम्म आवात जावात भएन, कारण हामी दुबैमा लाज लागेको थियो, म सोच्थे, उनी पहिला बोलुन र त्यसपछी म जवाफ फर्काउछु भनेर बाटो कुर्थे, उनी पनि यताबाट पहिला म बोल्छु र जवाफ फर्काउला भनेर बाटो कुरेर बस्दिरहेछिन, त्यो कुरा आजभोलि हरेक दिनको ठट्टा हुँदाखेरी निस्कन्छ प्रसंग बेलाबेलामा, अनी हास्छौ दुबैजना बेस्सरी, म सोच्ने उनी बोलोस, उनी सोच्ने म बोलोस, आखिर कल गरेर पनि दुबैजना बोल्न नसेकेर दुबैमा एक अर्काको बाटो कुर्दाकुर्दै झन्डै ४/५ मिनेट जती सासको भरमा मौनतमा बित्यो, दुबैले संयोग झै एकैसाथ कल राखिदियौ र पुन मेसेजमा हाहाहा गरेर हासेको मेसेज र इमोजिले संकेत गरेर खुब पेट मिचिमिची हासेका थियौ ।

दुबैको बिचमा कुरा गरेर कहिले नथाक्ने भएका थियौ हामी आपसमा, झन गफ सकिने कुरै भएन, यस्तैमा एकदिन हामी त्यतिकै हासोमजाक गर्दै थियौ,कुरा गर्दागर्दै लगतार हाम्रो काल्पानिक कुरा तर्फ रोमान्टिक भएर मोडिन थाल्यो, दुबैजना भावनामा डुबेका थियौ, दुबै कल्पनामा चुर्लुम्म डुबेका थियौ, डुब्दाडुब्दै यती पर पुगेछौ की फर्कने छाँटकाट नै थिएन हामीमा, लगतार काल्पानिक दुनियाँँमै हराउदै बार्तालापमा तल्लिन थियौ, गफ पनि कस्ता कस्ता अपत्यारिला हुन्थे हाम्रो, यस्तै कुरैकुरामा एकदिन दिउसोको समयमा कुरा गर्दै थियौ हामी, त्यो दिन साप्ताहिक बिदा भएकोले म पनि ढुक्कले नै गफिदै थिए, खुब मुडमा बसेर बहुला जस्तो मेसेजको भावभंगिमा हाँस्दै मेसेजको दोहोरी नै चलिरहेको थियो, ओइ मान्छे साँची नेपाल चै कहिले आउनुहुने तपाईं? उनको सोधाई थियो, म बसमा छु अहिले, मैले उत्तर फर्काउदै मेसेज पठाएँ, बसमा ? कहाँ जादै होर यतिबेला ? कतै जादैछु पनि भन्नु भएको थिएनत मलाईत ? आश्चर्य मान्दै जवाफ आयो उनको, पुन मैले अर्को जवाफ फर्काए, तिम्रो घर आउँदैछु के पाल्पा, बजार छेउ आइपुग्न लागे, हासेको इमोजी संगै मेसेज पठाएँ मैले, हे भगवान गफ पनि कती आउन सक्या के यो मान्छेलाई ? अझ मेरो घर आइपुग्न लागेरे, कतिनै साचिकै आएकै जस्तो, नपत्याए नपत्याउनु म आइपुगे क्यारे, हाँस्दै जवाफ फर्काए मैले, यदी साचिकै आउनुभाको हो भने ल भन्नुत कहानेर हुनुहुन्छ अहिले, साचिकै पत्याएको झै गरेर सोधिन उनले पनि, लगतै मैले जवाफ फर्काए, भर्खरै रामपुर बसपार्क ओर्लिए, अहिले पश्चिम देब्रे पटिको गाहा होटेलमा बाहिर उभिएर चिसो पिउदैछु, हासेको इमोजी पठाउदै मेसेज सेन्ड गरे मैले, ओइ मान्छे साँचिकै जस्तो लाग्यो यार मलाई त, नत्र कसरी थाहा भयो हजुरलाई त्यो होटेलको नाम ? उत्सुक्ता पूर्वक सोधिन उनले, साचिकै नपत्याको होत ? अरु पनि भनिदिउँ कि ! मैले पुन मेसेज पठाएँँ, ल ल भन्नु त अरु केके छ त्यसको वरिपरी ? मलाई तौलिन खोज्दै उनको मेसेज अर्को आयो, साथमा हासेको इमोजी पनि, मैले पनि हाँस्दै तुरुन्तै अर्को मेसेज पठाइहाले, उम... सिधा एउटा रोड गएकोछ त्यसको देब्रेपट्टी गाहा होटल र अलिकती अगाडि दाहिनेपट्टी ग्यालेक्सी किचेन भन्ने होटल छ, विवरण सहितको मेसेज पठाएँ मैले, अनी फेरी मेसेजमै भएपनि दुबैमा हासोको फोहोरा हाहाहा, दुबै हास्यौ, यतिकैमा पुन मैले अर्को मेसेज पठाएँ, हैन गफिएर हाँस्दै बस्ने कि मलाई बाटो पनि देखाउने ? मान्छेको मनै सिरिङ्ग हुने गरेर ठट्टा नगरनुत खुब, कतिनै यही आएको जस्तो, उनको मेसेज थियो, अरे, मान्छेलेत अझै नपत्याएको यार, बाटो देखाउ के छिटो कहानेर हो, मलाई घामले पोलिसक्यो, फेरी हासेकै भावमा मैले अर्को मेसेज पठाएँ, त्यसपछी भने हार मानेको भावमा उनले अर्को मेसेज पठाइन, लु हजुर साचिकै यहाँ आउनुभाको हो भने तपाईं उभिएको ठाउँको फोटो पठाउनु त, अनी विश्वाश गर्छु, नत्र कसरी विश्वाश गर्नु हजुर आउनु भाको कि हैन भनेर, पर्‍यो फसाद, अब के गर्ने कहाबाट फोटो खिचेर पठाउनु, अत्तालिदै हतार हतार गरेर बसपार्कको एड्रेस हाने गोगलमा गएर, नभन्दै होटलहरुको फोटोहरु अपलोड भएको रहेछ, हतार हतार गरेर फोटो सेभ गर्दै उनलाई फोटो पठाउदै मेसेज लेखे, विश्वाश नगरेको हैन, यि यो चै के होनी, उता मेसेज र फोटो पुगे लगत्तै छक्क परेको इमोजी पठाउदै लामो हासेको मेसेज गरिन, हाहाहा कती बाठो के हजुरत, साचिकै यही आउनुभएको जस्तो, उनको मेसेज आयो, पुन मैले जवाफ फर्काउदै पठाएँ, हैन बल्लतल्ल आइपुगेको रामपुरमा यस्तो टन्टलपुर घाममा उभाएरै मार्ने बिचार छकि केहो मलाई महरानीको हँ ? ओके बाबा ओके, तपाईं उभिनु भएको होटलको रोडबाट सिधा अगाडि आउनुहोस, त्यसपछी पहिलो इन्टरसेक्सन रोड आउछ, त्यसपछी अलिकती अगाडि आउने, अनी दोश्रो इन्ट्रसेक्सन आइपुगेपछी दाहिने पट्टिको पहिलो रोडको उत्तरतर्फ लाग्नुहोला, म घर बाहिर निस्किएर बसेको हुन्छु, लगतै उनको हासेको संकेत पनि हाहाहा, त्यसपछी दश मिनेट जती मैले मेसेज गरिन, केहीछिन मेसेज नगएपछी उतैबाट उनैले अर्को मेसेज गरिन, हैन रामपुर आको मान्छे कता हराउनुभो के फेरी, मेसेज सेसेज केहीपनी छैनत, कि बाटोमै निधाउनु भो, म उनको मेसेज हेर्दै खुब मरिमरी हाँस्दै थिए, हाँस्दा हाँस्दा पेट नै दुखेर हैरान भएको थिए म आजको हाम्रो संबादले गर्दा, त्यसपछी मेसेजको जवाफ लेख्दै उत्तर फर्काए मैले, केको निदाउनु, रामतुलसी हाइस्कुलको अगाडि आइपुगे, अब त्यहाबाट कता मोडिनेनी, मेरो मेसेजमा हासेको रियाक्ट गर्दै अर्को मेसेज आयो उनको फेरी, स्कुलको अगाडिको रोडबाट उभोपट्टी लाग्नुहोस अब, मैले पनि उनको मेसेजमा हासेको रियाक्ट गर्दै तुरुन्त जवाफ फर्काए, हे भगवान कता हो के, मत यता श्रीनगर न्यु होटल लेखेको अगाडि पो आइपुगेत, मेरो मेसेज उता के पुगेको थियो लगत्तै हासेको रियाकटमा अर्को मेसेज गरिन, ह्य धेरै माथि र पर पुग्नुभएछ तपाईं त, अलिक यतै होके पहिलो रोड भनेको मैले, हजुर त कता दोश्रो रोडबाट उभो लाग्नु भएछ, त्यसपछी मेसेजकै भावमा त्यहाबाट फर्किएर उनले भनेको बाटो समातेको अभिनयमा अर्को मेसेज गरे पुन, ल त्यहाबाट फर्किएर पहिलोबाटो बाट उभो लागे, अब कता जाने, बाटोको निर्देशन खोज्दै पठाएको मेसेजमा उनले बोलिन फेरी, अझै माथि आउनुहोस, त्यसपछी भने नजिकै पुगेको भावमा भने मैले, एउटा निलो ब्याग बोकेकोछु, सेतो सर्ट र कालो जिन्स पेन्ट लगाएको छु तर मैले चै कसरी चिन्ने नि तिमीलाई ? चिन्नु पर्दैन म आँफै चिन्छु, उनको जवाफ थियो, ओहो क्या बाठो मान्छे त, खुब आफुले पहिले देखोस् भनेर होला, अनी मैले चै चिन्नुपर्दैन, नत्र अरुकै मान्छेलाई गएर बोलाए भनेत पिटाइ खान्छु होलानी, मेसेज सेन्ड गरे, त्यसपछी हासेको रियक्ट गर्दै फेरी उनको अर्को मेसेज आयो, पिट्दैन कसैले, कस्ले पिट्ने हिम्मत गर्छनी रामपुरमा म हुँदाहुँदै, धक्कुपूर्ण उनको मेसेज, म हास्दै अर्को मेसेज पठाएँ, खैत कहानेर होके देखिन त तिमीलाई, कालो भेस्ट र हरियो लुङ्गी लगाएको होची होची चस्मा लगाएकी एकजना छोरी मान्छे घरबाहिर मोबाइल खेलाउदै बसेको देखेकोछु त्यही हो तिमी ? मेरो मेसेज पुगे लगतै पुन उस्तै हासेको रियाक्ट संगै अर्को मेसेज आयो, हैन मत अग्ली छु, घरमा बस्दा लगाउने बुट्टेदार म्याक्सी लगाएकी छु, लगतै अर्को मेसेज फेरी उनैको, कस्तो खाले सेतो सर्ट र कालो पाइन्ट हो हजुरले लगाउनु भएको चै ? एउटा मोटे मोटे ठुलो भुँडी देखिएको भोटे जस्तो देखी राख्या छु, होकी होइन भनेर बोलाउन सकिन, संगै हासेको इमोजी पनि, मलाई थाहा थियो आजको संबादले खुब पेट मिचिमिची हाँस्दै थियौ शायद दुबैतिर, हासोको फोहोरा थाम्नै सकिन, बेसरी खित्का छोडेर हासेछु, रुमको भाईले पनि केभो हौ सर खुस्कियो कि केहो आज हजुरको, रुमको भाईले त्यती भन्दा पो झसंग हुँदै सम्यमित भएर अर्को मेसेज पठाएँ पुन, ह्य यो गर्मिमा मरे क्या मत, यता जादा हुन्न, उता जादा हुन्न, हिड्दा हिड्दा मेरो तोजोहरान खुस्किसक्यो, खुरुक्क फोन नम्बर दिनु, सजिलो हुन्छ, पुन हासेको र लजाएको इमोजी पठाउदै मेसेज सेन्ड गरे, है कठैबरी बिचरालाई, ल म नम्बर पठाइदिन्छु, तुरुन्तै अर्को नम्बर लेखिएको मेसेज आयो,  ०७५४०० उनले पठाएको नम्बर हेर्ने बितिकै अर्को मेसेज सेन्ड गरे मैले, ह्य यो हैन के, योत ल्यान्डलाइनको नम्बर हो, मोबाइल नम्बर दिनु सजिलो हुन्छ, त्यसपछी अर्को मेसेज आयो फेरी नम्बर लेखिएको ९८४० ४२.. Thank you, बल्ल सजिलो हुनेभो कल गर्नलाई, हासो हासोमै आज मान्छेको घरको र मोबाइल नम्बर पनि भेटियो, मैले मेसेज पठाएँ, राम, मान्छेहरु हेर कती बाठा, नम्बर खुस्काउनलाई अनेक बहना गरेर गफिएर अन्त्यमा नम्बर लिई छोड्नुभो हैन, म कस्तो सोजी के, गफ गर्दागर्दै हजुर त साँचिकै यही आउनुभाको जस्तो फिल भएको, हामी मेसेजमा ठट्टा गर्दैछौ भन्ने पनि बिर्सिएको, हे भगवान के गर्ने होला के यस्तो बाठो मान्छेलाई मैले, हासेको भावमा उनको मेसेज आयो, म मरी मरी पुन हास्न लागे, उनिपनी शायद उता हाँस्दै थिन क्यारे, हासेको मेसेज लगतार सेन्ड गर्दैथिन, हाहाहाहा, आमाले पनि कराउनुभो किन बहुलाई जस्तो एक्लै हासेकी भनेर, झस्किएर हतार हतार युट्युबमा कमेडी हेरेको हासो लाग्यो भनेर ढाटी दिए, फसाउछ होला यो मान्छे ले मलाई कुनदिन, भन्दै उनको अर्को मेसेज आयो फेरी, हैन आज खाना खाने मन छैन हजुरको, समय त, निक्कै गयोत त्यहा, जानु खुरुक्क खाना खानु अनी पछी बोलौला फेरी, मोबाइलमा चार्ज पनि सकियो, म पनि चार्जमा राख्छु एकछिन, हस अहिले जानु, पछी फेरी बोलौला, ओके बाइ सि यु डियर, त्यसपछी उनको च्याट बन्द भयो, छुट्न मन त थिएन तर धेरैबेर देखिको च्याटिङ र उनको आग्रहलाई टार्नै सकिन मैले, त्यसैले मैले पनि हुन्छ भनेर बाइ टेक केयर डियर भन्दै मेसेज बन्द गरिदिए, आज बिदा भएकोले पनि हाम्रो गफ निकै रमाइलो हुँदैथियो, कल्पनामा चुर्लुम्मा डुबेर आपसमा संगै भएको वा भेट भएको महसुस गरेर गफ गर्नु हाम्रो दैनिकी नै थियो, त्यसैको सानो अंश थियो यो पनि ।

गफ गर्न हामी दुबैलाइ कस्ले जितोस, यसरी नै हरेक दिन गफिदै एक आपसमा संगै भएको महसुसमा हराउथ्यौ हामी, गफिदै जादा कहिले काही छुन्थ्यौ हामी एक अर्कालाई, अंकमाल गर्थ्यौ, अंगालोमा कसेर चुम्थ्यौ दुबैलाइ, कहिले टिभी रुम, कहिले भान्सा कोठा त कहिले सोफामै बसेर एक अर्काको छातीमा खुब कसिन्थ्यौ हामी, प्रेममा हराउथ्यौ, प्रेमलिन हुन्थ्यौ, हामी भन्दा अर्को संसार छ भन्ने पनि भुल्थ्यौ कहिलेकाहि त, बर्तमान समाज लाई बिर्सिएर हामी आँफैमा हराउनु, एकाग्र हुनु, आलिंगनमा कसिएर एक अर्कालाई भोक र प्यासपूर्ण चुम्नु हाम्रो काल्पानिक संबादको सिनहरु पनि हुने गर्थे कहिलेकाही, वास्ताबिक जिबनमा मान्छेले भोग्ने प्रेम र परिवार भन्दा भिन्न र अलौकिक अनौठो अबिस्मरणिय, सुखमा हराउथ्यौ हामी, मान्छेले साचिकै भौतिक जिबनमा भोग्ने तनको सुख भन्दा काल्पानिक सुखमा धेरै खुशी हुन्थ्यौ हामी, यहाँँसम्म कि संबादमै काल्पानिक रस्वादनमा हुन्थ्यौ हामी, शायद मान्छेले जती भौतिक जिबनमा एक अर्काको तन छुएर सारिरिक सुख प्राप्त गर्छन त्यो भन्दा दोब्बर संबादमै रस्वादन लिन्थ्यौ हामी, पछील्लोपटक हामी च्याटमा भन्दा कलमा धेरै बोल्न थालेको थियौ, लेखेर मेसेज पठाउनु अनी फेरी फेसेजको पर्खाइ गर्नुभन्दा कलमै बिना मेहनत आवाज मार्फत सिधै बोल्यो, कुरै खतम, मेसेज लेख्ने झन्झट कस्ले गरिरहोस, त्यसैले पछील्लो समय मेसेन्जर र फोन नम्बरबाट हामी आफ्नो अनुभुतिहरु सेयरगर्न थालेको थियौ, कलमा संबादहरु कस्ता हुन्थे भने एउटा असल र प्रेमिल पतिपत्निको सम्बन्ध देखी लिएर प्रेमी प्रेमिकामा हुने संबादहरु जस्ता पनि संबाद गर्थ्यौ हामी, कहिले भर्खरै प्रेम अंकुरन हुँदैगरेको प्रेमी प्रेमिकाको भूमिकामा कुनै चिस्यानी डाडापाखा, बन जंगल पार्कमा डुल्थ्यौ हामी, एकअर्काको काखमा पालैपालो आफ्नो शिर राखेर आकाश नियाल्दै घन्टौ सम्म गफिन्थ्यौ, यसरी गफिदा कुनै सुन्दर प्रकृतिको कल्पना गर्थ्यौ दुबैजना, लेकाली ठाउँँ, धुपी रुखका बुट्टाहरु, कटुसको रुखमा लेउ लागेर झ्याउ पलाएको सुन्दर प्रक्रिती, लालिगुरास फुलेर पुरै पाखा रातै भएको सुन्दर कल्पना गर्थ्यौ, भुइ कुहिरोले डम्म ढाकेको, कुहिरो भित्र बस दुई जोडीहरु भेडाबाख्रा हरुसंगै डुल्थ्यौ, कहिले हिमालको चिसो बतास आइपुग्ने पाखा खर्कहरुको बिचमा अनी देउरालीहरुमा बुद्धका ठुलाठुला गुम्बा र मानेहरु भएको कल्पना गर्थ्यौ, जहाँ आँखा चिम्लिएर एकअर्कालाई मागेको भाकल गर्थ्यौ, अनी ति नागी डाडाहरुको उकाली ओरालिहरुमा  दुबैजना हात समातेर उक्लने चढने गर्थ्यौ, यसरी अलग र भिन्न कल्पनामा हराएर घन्टौसम्म कुराकानीमा लिनहुनु हाम्रो प्रेमको आभासमा हराउनु मात्रै हैन, एक अर्काको समय कटाउने सजिलो माध्यम पनि भएको थियो, कहिले म अफिस जान्थे, त कहिले उनी माइत जान्थिन, म अफिस जादा घरबाट निस्कने बेलामा उनको दुइगाला समातेर निधार र ओठमा चुमेर बिदा हुन्थे, उनी दैलोमा उभिएर शुभयात्राको हात हल्लाइ रहेकी हुन्थिन, कहिलेकाही उनी माइत जान्थिन, तर उनी माइता जादाको बखत म घरमा केही पकाउदिन थिए र भोकै बस्थे, म त्यो सबै उनलाई फोनमा बताउथे, अनी उ माइतबाट तुरुन्तै घर आउथिन, टेबलमा राखेको मेरो पर्सबाट पैसा चोरेर उल्टै मलाई नै अभर पर्दा रिण दिनु अनी अफिसबाट घर फर्कदा सागसब्जी आदी किनमेल गरेर फर्किनु हाम्रो काल्पानिकताको यस्ता अनौठा संबादहरु हुन्थे, कहिलेकाही लाग्छ हामी जतिको प्रेम गर्ने जोडी यो दुनियाँँमा सायदै अरु कोहिहोला, प्रेमका यस्ता काल्पानिक द्रिश्य मा हराउदा हामी कहिलेकाही ठाउँकुठाउँ भौतिक सुखमा पनि हराउथ्यौ, फोन संबादको त्यो रोमान्टिक पल यती मिठो हुन्थ्योनी त्यो यहाँ भन्न पनि सरम लाग्ने खालका हुन्थे कहिलेकाही ।

बेलुकिको चार बज्नै लागेको थियो, मोबाइलको घन्टी बज्यो, फोन उठाएर हेरे, घरबाट उनैले गरेको रहेछ, हेलो किन गरेकी कल ? फोन रिसिभ गर्दै बोले मैले, हजुर अफिसबाट निस्कने बेला भएन बाबा, मायालु आवाजमा बोलेकी थिन उनी, उम भयो अब, आधा घण्टा पछी निस्कन्छु, किन के भयो ? केही ल्याउन छ कि ? मैले सोधे पुन, हजुरलाई फुर्सद मिल्छ भने मार्केटबाट सब्जी पनि लिएर आउनुहुन्छ कि भनेर, उनले भनिन, के के ल्याउनुपर्ने, मैले सोधे पुन, अरुधेरै खासै केही ल्याउनुपर्दैन, हरियोपरियो सब्जिहरु छन भने जे ल्याउनुभए पनि हुन्छ हजुरले, उनको जवाफ थियो, हस हुन्छ ल्याउला म, यतिभनेर बाइ गर्दै कल राखिदिए, त्यसपछी अफिसमा भएको अलिकती थोरै केही कामहरु सकेर कम्युटर सटडाउन गरेर आफ्नो झोला लिएर निस्किए म, शहरको चाप, त्यसमाथी बेलुकी सबै अफिसहरुको छुट्टी एकै समयमा हुने भएकोले गाडी कुद्ने रोडहरु निक्कै ब्यस्त र ठाउँँ ठाउँमा ट्राफिक जाम हुँदै अलिकती ढिलो गरिकिन घर पुगे म, घरको मुलगेटमा पुगेर बाइकको हरन बजाउदै गेट खोलेर भित्र प्रबेश गर्दै बाइकलाई पार्किङ् गराएर घर भित्र प्रबेश गरे, म भित्र टिभी रुममा पुग्ने बितिकै मेरो हातको झोला खोसेर टेबलमाथी राख्दै मेरो लगाएको कोट खोल्न सघाइन, भर्खरै फुकालेको मेरो कोट दराजको ह्यङरमा राख्दै, हजुर बस्दै गर्नुहोस म पानी लिएर आउछु, यती भनेर उनी भित्र भान्सामा गएर तुरुन्तै एक गिलास चिसो पानी लिएर आइन, त्यसपछी मलाई पानी दिदै पुन बोलिन, हजुर पानी पिएर वासरुम गएर फ्रेस भएर आउनुहोस म कफी लिएर आउछु, त्यतिभनेर म बसेको अगाडिको सानो टेबलमा पानीको गिलास राखिदिएर पुन उनी भान्सा कोठा तर्फै लागिन, म चिसो पानी पिएर लामो सास फेर्दै हातखुट्टा धुनलाई तौलिया लिएर वासरुम तर्फ छिरे, म हातखुट्टा धुएर फर्किसक्दा उनी उसैगरी मिठो मुस्कानमा ब्लाक कफिको सेतो कप लिएर हाजिर भैन, फ्रेस भएर टिभिको समाचार हेर्दै बसेको म जब उनको दोश्रोपटक आगमन भयो मेरो दुबै नयनहरु भान्सा कोठाबाट आउँदै गरेको उनको आकृतितर्फ मोडियो, पातली, टम्म मिलेको कम्मर, हरियो ब्लाउज, हरियो सारी, हरियो निधारमा टिका, हरियो पोते, हरियो चुरा, अनी सिउदोमा रातो सिन्दुर र हातको पाखुराभरी मेहेन्दिले रंगिएको सुन्दर हस्टपुस्ट नारी, गुलाबी रंगका लिपिस्टिक लगाएको ओठमा मुसुक्क मुस्कान, झट्ट हेर्दा कुनै र्‍याम्पमा हिडिरहेकी एक पोख्त र सिपालु मोडल जतिकै, म छक्क परेर हेरेको हेरै भए, उनी मेरो सम्मुख कफिको कप लिएर उभिरहेकी थिन, म अझ टोलाई रहे, यतिकैमा उनी बोलिन, ओ हेलो महाराज कफी लिने हैन ? कि कता हराउनुभाको आज, कतै अफिसमा कुनै परिको आगमन त भएको थिएन मेरो बुडोको, ब्यंग्य कस्तै बोल्दा मात्रै म झस्किएर ए तिमी ? आश्चर्य भावमा बोल्दै कफी समाते, त्यसपछी पुन म तातो कफिको कप संगै टिभिमा दिएको समाचार तर्फ मोडिए, हजुर टिभी हेर्दै गर्नुहोस म सब्जी बनाइ सक्छु हस राजा, उनी यती भनेर फेरी भान्सा कोठा तर्फै लागिन ।

टिभिमा दिइरहेको समाचार सकिएर बिज्ञापन बज्न थाल्यो, तर आज मलाई किन किन उनको आकृतिले तानेको थियो, जानेर पनि अन्जान बनेर म उनिलाई वास्ता नगरेको जस्तो गरेर टिभी हेर्न ब्यस्त बनेको थिए, केहीछिन आफुलाई टिभी रुममै भुलाउने प्रयास गरे, तर सकिन, असफल भए म, किन थाहाछ ? आज जतिको सुन्दर मैले उन्लाई कहिले देखेको थिइन, मुलायम उनको हिडाइ, कुममा भिरेको सारीको सप्को घुमाएर कम्मरमा सिउरेको द्रिश्य, सिउदो र ओठको लाली बाहेक आज पुरै हरियो पहिरनमा सजिएकी उनी, कम कामुककी देखिएकी थिननन उनी, हेर्दै अंगालोमा कसिहालौ जस्तो, आहा धपक्क बलेको थियो उनको त्यो गोरो बर्णको अनुहार, मन थाम्न सकिन, त्यसपछी उनी संग जिस्कने बहाना खोज्दै चिसिएको कफिको कपमा हातको चोर औंला भिजाएर तातो कफिले पोलेको बहाना गर्दै म पनि भान्सा कोठा तर्फ प्रबेश गरे, आत्था पोल्यो, हर्को हातले कफिमा डुबाएको औंला समाउदै उनको अगाडि पुगे, मानौ उनको अगाडि पुग्दा मलाई निकै पिडा भएको छ, कफिमा डुबाएको औंला लाई आफ्नै मुखले फुकदै फु फु गर्दै निधारको मासु खुम्च्याउदै पुगेको थिए उनको सामु, म आतिएको देखेर उनी पनि अतालिदै ला.. के भयो हजुरलाई ? कस्तो होला के हजुरको त ढङ्गै छैन केटाकेटी जस्तो, अलिक होसियार गर्नुपर्छनी, ल हेरत औंला त सबै भुसुक्कै डडाउनु भएछ, भन्दै अतालिएर मेरो चोर औंला उनको मुख भित्र लगेर बेस्सरी चुस्न थालिन, ताकी त्यसरी पोलेको ठाउमा नदुखोस् र फोका नऊठोस भन्ने चलन छ हामी नेपाली समाज कहाँ, त्यो उनले पनि गरिन, म भित्रभित्रै खुब हाँस्दै थिए, बस उनको अगाडि खित्का छोडेर हास्न मात्रै सकिरहेको थिन, तर मेरो झुट र हासो रोक्नलाई मलाई हम्मे हम्मे भएको थियो, अनुहार चाहुरी पारेर मेरो चोर औंला लगतार चुस्न थालिन, जतिबेला उनी हतास भएर औंला आफ्नो मुख भित्र लिएर आँफैलाई भएको जस्तै पिडा महसुस गर्दैथिन, त्यही बेला म भने उनको त्यो मासुम अनुहार निरन्तर नियाली रहेको थिए, मुहारको अगाडि पट्टी थोरै केही छरपस्टिएर आएको उनको कपाललाइ मैले बिस्तारै आफ्नो स्वासले फुक्न थाले, त्यसरी फुक्दा मेरो स्वासले उडाएर उनको मसिना तर पाताला केशरासीलाई उडाएर अलिक माथि धकेली दिन्थ्यो, दुइतिन चोटि मैले त्यस्तो गरेपछी उनले थाहा पाएछिन र मेरो औंला उनको मुखबाट निकालेर मेरो अनुहार तर्फ पुलुक्क हेर्दै एकछिन छक्क परिन, त्यसपछी लजालु पाराले आँखा जमिनतिर पारेर कस्तो छ अहिले हजुरलाई, अलिक पोलेको कम भयो, उनको सोधाई थियो, मैले उम भयो, घरमै यती राम्री डक्टर भएपछी निको हुन्नत अनी, नपोलेको घाऊ निको हुनलाई कती समय लाग्छर ? कस्तो कस्तो घाऊ त निको हुन्छ तिम्रो सामु परेपछी, जाबो चिसो कफिमा डुबाएको औंला लाई पनि निको हुन समय लाग्छर ? उनको दुबै कुममा मेरो आफ्नो हात राख्दै बोले म, त्यसपछी भने मैले उनलाई झुक्काएको भनेर बल्ल बुझेछिन र दुबै हातको मुट्की पारेर मेरो छातीको बिचमा हिर्काएर हजुर पनि खुब, अर्कालाई अत्याउन कम्ती खप्पिस हुनुहुन्छ, साचिकै पोलेको भए, अलिकती रिसाएको तर मायालु भावमा बोलिन उनी, पोलेको थिएन ठिकैछ तर पोलेकै भए पनि यती माया गर्ने जिबनसाथी भए अरु मलाई के चाहियो र ? मैले जवाफ फर्काए, त्यसपछी लगतै उनी बोलिन, उम होला खुब, अर्कालाई तर्साएर चेब्रो घस्नुहुन्छ है, बाठो कही नभएको छुच्छो, यती भनेर मलाई धकेली राखेर उनी पुन किचेनको ग्यास चुल्होको अगाडि उभिएर मार्बलको स्ल्याप अगाडि सब्जी काट्न थालिन, चिसिएको कफिलाई एकै सुरुपमा पिएर म भान्साकै डाइनिङ टेबलमा बसेर उनलाई नियाली रहन थाले ।

ऐया मरे, ठुलो आवाजमा चिच्याइन उनी, लगत्तै सब्जी काट्दै गरेको छुरी स्ल्याबमा फुत्त फ्याकेर देब्रे हातको औलालाई दाहिने हातले अठयाएर भुइमा थचक्क बसिन, केभो भन्दै म अतालिएर उनको दुबै कुममा समातेर माथि उठाए, उनले हात काट्यो भनिन, मैले के गरेर काटेकी त अनी, ध्यान चै कता थियो नि त्यत्रो हात काटुन्जेल, अलिक होसियार भएर काट्नु पर्दैन, भन्दै हात तान्न खोजे तर उस्ले दुख्यो दुख्यो भनेर हुरुक्कै हुँदै हात दिन मानिनन, त्यसपछी दगुर्दै टिभी रुममा राखेको फस्टएड को डब्बाबाट ब्यान्डेज, डिटोल र हेन्डिप्लास्टर लिएर आए, तर म भित्र किचेनमा पुग्दा उनी मरिमरी हाँस्दै रहेछिन, मैले केभो खुस्कियो कि दिमाग भन्दै कराए, खुस्किदैन त अनी ? कस्तो लाग्यो त मेरो नाटक, खुब हजुरलाई मात्रै नाटक गर्न आउछ भन्ने सोच्नु भएको हैन, हामी झन महान कलाकार, खुब अगी अर्कालाई झुक्याउदा कस्तो भाको थियो ? अर्काको हंस नै उड्नी गरेर, अहिले कस्तो भो हजुरलाई ? हो त्यस्तै हुन्छ हामीलाई पनि, त्यसैले नहुने र नभएको कुरामा कहिलै पनि मजाक नगर्नु, थाहाभो अबत ? हाँस्दै दुबैहातको पाखुरी बजाउदै खुचिङ खुचिङ भन्दै रमाउन लागिन, त्यसरी उनी खुशीले उफ्रीदा मलाई पनि उतौलो बनाएको थियो उनको कृयाकलापले, त्यसपछी म उनलाई समाउन भनेर लखेट्न थाले, उनी भने किचेनको टेबलको देब्रे तिर त घरि दाहिने तिर हुँदै, मलाई झुकाउदै भाग्न थालिन, यसरी भाग्दा घरि पल्लो कुना त घरि ओल्लो कुना गर्थियौ दुबैजना, अन्त्यमा उनी भाग्दा भाग्दै थकित भएपछी ग्यासको चुलाको स्ल्याबमा गएर अडेसा लागेर मुर्छा परेर हाँस्न थालिन, म त्यही गएर च्याप समातेर मेरो अंगालोमा कसेर केहीछिन चल्नै दिइन ।

केहीछिनको भाग दौड र रस्सा कस्सिले दुबैजना थकित भयौ, दुबैजना केहीछिन एक अर्काको अंगालोमै सुन्सान भयौ, केहीबेर पछी जोडले कसेको मेरो दुबै हातको अंगालो बिस्तारै खकुलो हुँदै जानथाल्यो, उनी पनि निशब्द भएर उनको कम्मरमा समाएको मेरो हातको पन्जाहरुलाई समातेर चुपचाप थिइन, त्यसपछी उनको पिठ्युँ आफुतिर फर्काएर उन्को कुममा आफ्नो चिउडो अड्याएर कानको छेउमै आफ्नो मुख लागेर लब यु कान्छु भने, शायद मेरो मुखबाट निस्किएको तातो स्वासले गर्दा होला उनिपनी आँखा चिम्लिएर लब यु टु महाराज भन्दै लामो सास फेरिन, उनले लब यु टु फर्काएपछी म झन कहाँ रोकिन्थे र, म उनको दुबै कानको जरी हुँदै निधार, आँखा, गाला, ओठ, चिउडो, घाटी हुँदै छातीको मध्य भागसम्म चुम्बनको बर्षाहरु बर्षाउन थाले, मेरो दुबैहातको औलाहरु उनको कोमल बक्षस्थल र नाबिको ओरिपरिको भागमा मादक्ता पोखेर सल्बलाई रहेका थिए, साच्चै भनौ भने, दुबैजना एक अर्कामा गुमनाम भएका थियौ, छुट्टै अलौकिक सन्सारमा हराउदै थियौ, दुबैको छातीमा मुटुको गती बडेर लामो लामो श्वास छोडि रहेका थियौ, दुबै सिथिल हुँदै पग्लिदै थियौ, जसरी चर्को गर्मिमा बरफ पग्लिन्छ, म उनको हरेक सर्बाङतामा उद्देलित हुँदै थिए भने, उनी पनि बन्द गरी चिम्लिएका आँखाले कामुक्तको सिमारेखा नाघ्दै थिइन, अस्पस्ट र अधुरो अपूर्ण वाक्यहरुमा उनी मलाई रित्याउन अनुरोध गर्दैथिन, जिबनकै चरमसुखको अन्तिम बिन्दुमा प्रबेश गर्दै थियौ हामी दुबैजना, यतिकैमा बाहिरबाट कोही आएको आवाज आयो, ला बाहिर कोही आए जस्तोछ म अहिले फोन राख्छु है, भरे कल गर्छु, भनेर हतार हतार फोन काटेर गइन, त्यसपछी फोन काटिएको टुटुटु गर्ने आवाज संगै म सिथिल भए, ओ सिठ, यतिबेलै फेरी कस्लाई आउनु पर्ने, कसम यस्तो बेलामा आउनेत अहिले फर्किदा बाटोमा गाडीले हानेर मरिजावोस, यस्तै भन्दै म पनि फोन राखेर सुस्ताउन थाले, केही बेर मौनतामा बसेपछी अघी भर्खरै गर्मिएको तन र मन अहिले चिसिएर हिउँ जस्तै बनेको थियो, त्यसपछी म आफ्नो काममा लागे, यो माथिको सबै द्रिश्य हरु हामी फोन संबादमा रहदा कल्पिने र एकअर्का भित्र हराउने दैनिक कृयाकलापहरु थिए, यसरी नै प्रत्येक दिन आत्मिक सन्सारमा हराउनु र प्रेम गर्नु हाम्रो अधिकार भित्र परिसकेको थियो, दुबैले बाहिरी दुनियाँ हामीले भुलिसकेका थियौ, हिजो एउटा असल साथी हौ भनेर सुरुवात भएको मित्रता आज छुट्नै नसक्ने प्रेमी प्रेमिकामा परिणत भैसकेका थियौ, फोन संबादमा हुने यस्तै काल्पानिक सिनहरुले हामीलाई रोमान्चित बनाइ दिन्थ्यो, अलग्गै भिन्नै सन्सारमा बिलय हुन मद्धत गर्थ्यो, यसरी नै हाम्रो हरेक घडी, हरेक क्ष्यण हरेक मिनेट मिनेटमा गासिनु अब आवश्यक मात्रै हैन अपरिहार्य जतिकै भैसकेका थियौ, शायद यो पागलपन थियो वा प्रेम थाहा छैन, आज पनि सोच्छु त्यो प्रेम थियो वा आत्माको क्षय ? अनी फेरी सोच्छु आँफै, शायद एउटा यस्तो पनि प्रेम हुनेरहेछ दुनियाँँमा ।

रचना- अर्पण योञ्जन- शिरिष 
मिती- १३ र १४ जेष्ठ २०७९ 
तदनुसार- २७ र २८ मे २०२२ 
 

No comments: