गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, May 16, 2022

कथा- भाग- २३, एउटा प्रेम यस्तो पनि ।

भोलिपल्ट १४, फेब्रुवरी सोमबार २०२२ को दिन, स्थानिय समय अनुसार दिनको १, बजे टुइटरको स्पेसमा प्रेम दिवसको बिशेष साहित्यिक बाचन गर्ने भनेकोले, दिउसो चाडै उठ्नुपर्ने हुँदा म बिहान रुममा पुग्ने बित्तिकै सुत्ने तर्खरमा लागे, रातभरीको चिसो र अनिदोत छँदैथियो, त्यसैले पनि चाडै सुत्ने पुर्ने थियो मलाई, १४, फेब्रुवरीको लागि, एक हप्ता अगाडी नै दाई केही लेख्नुहोस है त्यो दिन एकछिन बस्नुपर्छ स्पेसमा भनेर जापानमा अध्ययन मा रहनुहुने बिरोजी भाईले भनिसकेकोले- हुन्छ म एउटा प्रेमपत्र लेख्छु अनी समय मिलेछ भने केही कविता सुनाउल भनेको थिए, त्यसैले पनि मैले टेबलमा रहेको सानो घडीमा दिउसो एक बजेको आलारम लगाए, त्यसपछी मोबाइल र ल्यापटपलाई चार्जमा राखेर आफ्नो बेड भित्र छिरे, जाडो महिना हात खुट्टा चिसो भएकोले भन्ने बित्तिकै केको निन्द्रा लागोस, जिउ नतातिएर बेडमा दाँयाँ र बाँया कोल्टे फेर्दै त्यतिकै पौने घण्टा समय सर्लक्क गयो, निदाउनु खोज्छु निन्द्रा नै लाग्दैन, घरी पछाडी पिठ्युमा त घरी खुटातिर कताबाट चिसो पस्छ, पस्छ, ब्लान्केटलाई यताबाट उता र उताबाट यता च्याप्नुको हैरान, भएभरको ब्लान्केटलाई चारैतिरबाट च्यापे पनि जाडो महिना न हो, शरीर तातिनै हम्मे हम्मे भो, जसोतसो बल्लबल्ल झन्डै एक घण्टा भन्दा बढी भएपछी हलुका जिउ तातिन सुरुभएपछी निन्द्राको पहिलो झप्को झुपझुप भएर आयो, तातिदै गएको सरिरमा निदाउनै लागेको थिए, फेरी अचानक फोनमा रिङ्ग बज्यो, चिसोमा बल्ल शरीर तातिन लागेको बेला फेरी कुन चाहिले कल गर्‍यो भन्दै मनमनै रिसाउदै चार्जमा राखेको मोबाइल तान्दै हेरे, कल चन्द्राको रहेछ, आज निक्कै दिनपछी चन्द्राको कल आएको थियो, कल रिसिभ गर्दै हेलो भने, जवाफमा उताबाट केको हेल्लो नि, अर्काको प्रेम काहानी सुनिसकेर त, मान्छेत बेपत्त पो भयोत, हैन कता हो के आजभोलि, न कुनै टुइट अपडेट न कुनै डिएम, मान्छे त, हरायो त, कि सन्चो छैन हजुरलाई, मैले कल रिसिभ गर्दै यताबाट के हेलो मात्रै भनेको थिए, उनले सास पनि नबिसाइ एकैचोटी पुरै महिना भरिको रिपोर्टिङ माग्न भ्याइ, म हाँस्दै जवाफ फर्काए, काहानी सुनिहाले, त्यती भए मलाई खुराक पुगिहाल्यो, अनी काम सकिएपछी किन कल गर्नुत नि ? हाँस्दै जवाफ फर्काए, ए हो है, मान्छे कती स्वार्थी हुन्छन के, आफ्नो काम बनेपछी त, कुरात त्यस्तो पो, पख्नुन, कुनैदिन मेरो पनि पालो आउँला हजुरलाई यसै भन्ने, हलुका रिसाएको र घुर्काएको भावमा भनी, उनको घुर्काइको जवाफ सकिने बित्तिकै केछ अनी खबर, आज कताबाट सम्झिएर बाटो बिरायौनी यतातिर ? उल्टै मैले प्रश्न तेर्साए, मेरो प्रश्न भुइमा पनि खस्न नपाउदै चन्द्रा बोलिन, ए केरेकेरे ? लाज हुन्न मान्छेलाई, आफु यत्रोदिन सम्म एक मेसेज सम्म नगर्ने, अझ हामीले सम्झिएर कल गर्दा पनि बाटो बिराएर पो ? उनी झनक्क रिसाइन, मैले थाहा पाए, मेरो प्रश्नले उनलाई रिस उठ्यो, त्यसपछी उनको रिस शान्त पार्न खोज्दै मैले हाँस्दै जवाफ फर्काए, हाहाहा, बाहुनिको नाक मात्रै चुचो होला भनेकोत, रिस पनि त्यो चुचे नाकैमा पो रैछ यार, भोटेको छोराको जस्तो थेप्चो कहाँ हुन्छत नि, बाहुनीको, नाक अनुसारको रिस त हुनै पर्‍योनी, यतिभन्दै उनी पनि अलिकती खितितित हासेको सुनियो, मन मनै सोचे अलिकती रिस मरेछ क्यारे, उनको थोरै हासोको भाव बुझेर आँफैले केछ कसोछ सन्चो बिसन्चोको कुरा अगाडि बढाए, दुबैमा एकछिन संबाद भयो, यो कथा लेखिरहदा यहाँँहरुलाई थाहै छ, च्नद्रा पनि टुइटरकै स्पेस मार्फत परिचित भएकी थिन, टुइटरको स्पेस बसाइको क्रममै कथा कविता, प्रेमपत्रहरु बाचन गर्दागर्दै उनले म संग मित्रता बढाएर राम्रो दोस्ती बनेकी थियो, दोश्तिकै क्रममा उनले आफ्नो प्रेमको अतित भन्न भ्याएकी थीइन, भलाही हिजो उनी जस्लाई प्रेम गर्थिन, माया गर्थिन त्यो उनको अतित बनिसकेको छ, एउटा रातमा देखिएको सपना जस्तै बिलिन भैसकेको छ, आज उनको काखमा खेल्ने सानो छोरो छ, श्रीमानको अपहार माया छ, परिवारमा सासु ससुरा सबैको माया पाएको छ, जेहोस् सुन्दर र राम्रो सुखी परिवार चलेकोछ उनको आजभोलि । 

ओइ भोटे, चन्द्राले बोलिन फेरी, मैले हजुर भन्दै जवाफ फर्काए, मेरो जवाफ सुन्ने बित्तिकै पुनह, चन्द्र हाँस्दै बोली, भोटेको छोराको यही मिठो बोलिले गर्दा नै साथीहुन वाध्य बनायो यार, भोटे भन्दा पनि कती मिठो हजुर भनेको नि, मनै देखी भनेकिथिन वा मलाई फुर्काउन, तर उनी मलाई कहिले के, कहिले के, नामले बोलाउथिन, हाम्रो कुरा गराइ पनि अचम्मको हुने गर्थ्यो कहिलेकाहित, हाम्रा गफहरु यस्ता पनि हुन्थेकी हामी सामाजिक सञ्जालले चिनाएको साथी नभएर बच्चै देखी संगै खेल्दै हाँस्दै हुर्केको जस्तै आभास दिलाउथ्यो, साच्चै नै हाम्रो पुरानो मित्रता जस्तै थियो, उनी मलाई फुर्काइ राखेर फेरी एकछिन चुपचाप रहिन, उताबाट सानो बच्चा रुएको आवाज आइरहेको थियो, उनको मौनता र बच्चाको रुवाइले गर्दा म पनि केही नभनी एकछिन सुन्सान भयौ दुबैतिर, केहीछिनको मौनता पछी बच्चा रुएको आवाज अलिक पर सानो हुँदै टाढामा बिलायो, शायद बच्चालाई बोकेर कसैले बाहिर लगेको हुनुपर्छ, त्यसपछी म आँफै बोले यताबाट, ओई बाहुनी कता हराको के तिमी ? मेरो आवाज उता पुग्ने बित्तिकै पख्नुन यहाँ बाबुले फोहोर गर्‍यो के, म सफाइ गरिहाल्छु, यती भन्दै उनिफेरी आवाज बिहिन सुन्सान भैन, म पुन उसैगरी उस्को प्रतिक्ष्या गरेर कलमै बसिरहे, झन्डै १५, मिनेट जती बितेपछी चन्द्रा बल्ल आइन र बोली, अगी म के भदै थिए तिमीलाई, आएर उल्टै मलाई नै सोध्न लागि, कोन्त के भन्न लागिकी थियौ, कसरी थाहा हुन्छ नि मलाई तिम्रो मनको कुरो, भोटे भनेर खुब फुर्काएर आँफै चुपचाप बसेको हैन अघी, मैले बाँकी रहेको कुराको बिटबाट बिषयलाई सम्झाउन कोशीस गरे, ए ए ल ल पख मलाई याद आयो, निकै ठुलै कुरा गर्न लागेकी झै गरेर खुब उत्सुक बनेर भन्न तम्सिदै थिन उनी, केहो छिटो भन मलाई निन्द्राले च्यापी सक्यो, आज फेरी एक बजे उठ्नुछ मलाई, मैले अलिक हतार गर्दै भने, ए सुनन तिमीले मेरो काहानीको अन्तिम भाग तिम्रो आफ्नो ब्लगमा पोस्ट गरेको रैछौ, तर मलाई मन परेन यार, त्यसमा त तिमीले मलाई त पुरै निचो बनाएर लेखेको रैछौ, त्यो पुरै चेन्ज गर, उनको कुरा सुन्ने बित्तिकै अलिकती त, झनक्क रिस पनि उठ्यो, फेरी सम्हालिदै भने, हैन कहाँ तिमीलाई निचो बनाए के मैले, तिमीले जे भन्यौ जे सुनायौ त्यही जस्ताको तस्तै शब्दमा मिलाएर राखेको त होनी, मैले कुनै काल्पानिक्ता थपेको छैन क्यारे, मैले उनको कुराको प्रतिबाद गर्दै जवाफ फर्काए, पुन लगतै उनी बोलिन, तिमीले धेरै ठाउँमा खाली प्रेम प्रेम प्रेम मात्रै उल्लेख गरेको छौ, कतैकतै त, माया पनि लेखन, प्रेम प्रेम लेख्दा म केटा प्रती धेरै आसक्ती भएको जस्तो देखायो, सबै प्रसंगमा जोडीएर आएको त्यो प्रेम प्रेम शब्दले मलाई कम्जोर पात्रको रुपमा देखायो, म त्यस्तो चाहन्न, उनको प्रतिकृया सुनेपछी म पुनह बोले, कुराको र बिषय बस्तुको प्रशंग आउँदा प्रेम लेख्नै पर्छ अनी नलेखे खल्लो हुन्छ तर ठिकैछ तिमीलाई त्यस्तो लाग्छ भने म केही ठाउँहरुमा प्रेम हटाएर माया बनाइ दिउला हस, तर प्रेम र मायामा केछ फरक, आखिर प्रेम भएरै माया लाग्नु हो, अनी माया लागेरै प्रेम हुनुत होनी, आखिर ति दुबै परिपुरक शब्द हैनर ? मैले आफ्नो बिचार राख्दै बोले, त्यसपछी फेरी उनले एकै शब्दमा जवाफ दिईन, हैन, प्रेम र माया फरक र अलग हुन, माया सबैलाई गरिन्छ तर प्रेम एकलाई मात्रै गरिन्छ, त्यो प्रेम म मेरो श्रीमान लाई मात्रै गर्छु, उनको कुरा सुनेर फेरी मन भित्रैबाट झनक्क रिस उठ्यो, तर तिम्रो बिहे हुनुअघी त तिमीले उसैलाई प्रेम गरेको हुनालेत यत्रो काहानी सुनायौ नि हैन ? होला, अहिले समयले तिमीलाई परिस्थितीबस उ बाट आफुलाई टाढा गरायौ, श्रीमान र परिवारलाई माया गर्छौ, प्रेम गर्छौ तर त्यो भन्दा पहिले तिमी उस्को प्रेममा थियौ, त्यही प्रेमको कारण ले तिमीहरु नजिक भयौ अनी टाढियौ पनि, अनी तिमीले जसरी सुनायौ त्यसैगरी राखे मैले, खैर जेहोस तिमीले भनेको ठाउँमा म पुनर्लेखन गर्छु फेरी, त्यहा ब्लगमा पोस्टिएको कुरालाई वास्ता नगर, पछी कृतिको रुपमा आउदा तिमी खुशी हुने गरेर आउछ, मैले तिम्रो आशाय बुझिसके हस, ल म अहिले सुत्छु, समय चिप्ली सक्यो, फेरी ३,४ घण्टा पछी उठ्नुछ, बाइ, शायद उनलाई म रिसाएको जस्तो लागेछ कि केहो कुन्नी, ओइ रिसाको तिमी ? मैले तिमीलाई नराम्रो भन्न खोजेको हैन हौ, धेरै ठाउँमा प्रेम छ, त्यो हटाएर माया राखन मात्रै भन्न खोजेको सरि भोटे, उनको सरिलाई मैले सरि भन्नु पर्दैन भन्दै फेरी बोले, अहिलेलाई मलाई सुत्न दियौ भने त्यही मेहरबानी हुन्छ, मैले हाँस्दै जवाफ फर्काए, बल्ल भोटेको छोरो हास्यो नत्र मलाई कस्तो तनाब भाको यार, उनी पनि यती भन्दै बाइ भनेर फोन राखिन, त्यसपछी पुन म निदाउने कोशीस गर्दै ब्लान्केटले मुख छोपेर अँध्यारो बनाउदै सुस्ताउन तर्फ लागे । 

टेबलको घडीमा आलाराम लगाएर सुतेको मान्छे घडीको आलारम कतिबेला बज्यो त्यो पनि थाहा पाइनछु, झैन्डै दिनको साडे एक बजेपछी जापानबाट बिरोजी भाईले मेसेन्जरमा लगतार कल गरेपछी कलको रिङले बिउँझीएर मात्रै उठे, बिउझेर कल रिसिभ गर्दै सोधे केभो ? ल आज स्पेसमा बस्ने भनेको हैनत अनी, उल्टै केभो पो भन्नुहुन्छ, निन्द्रैमा होकी केहो दाजुत, उताबाट बिरोजिको आवाज आएपछी पो बल्ल झसङ्ग हुँदै बोले, ल ल म आए, तिमी चलाऊदै गर, मत बिर्सिएछु सरी, फ्रेस भएर आइहाल्छु है, भन्दै कल राखेर वासरुम गए, चिसो पानीले हातमुख धुए, त्यसपछी चिसो पानीले अनुहार दिमाग दुबै छङ्ग भएपछी बेडमा बस्दै ल्यापटप खोलेर स्पेसमा छिरे, स्पेसमा छिर्दा युके निवासी गिता पोख्रेल कविता सुनाउदै हुनुहुन्थ्यो, कविता को वाचन सकिएपछी कविता माथि टिकाटिप्पणी भयो, बिरोजिले मलाई पनि माथि स्पिकरमा आउनलाई अनुरोध गर्दै बोल्यो, पारिजात दाजुलाई पनि स्वागत छ, माथि आउनको लागि आग्रह गरे दाजुलाई, हामी नियमित हरेक शुक्रबार बस्ने भएकोले म पनि कुनै निसंकोच केही नभनी स्पिकर एक्सेप्ट गरेर माथि उक्लिएर गिता जि को कवितालाई सानो टिप्पणी गरेर पुन बिरोजिलाई बोल्न आग्रह गरे, त्यसपछी रेडियोमा झै उनी बोल्दै गयो, सबैको नाम पालैपालो भन्दै वाचन गर्न आग्रह गर्दै थियो, सहभागी स्पिकरमा हुनेहरु पनि पालैपालो कोही कविता, कोही गजल, कोही मुक्तक कोही सस्मरण र प्रेमिल पत्रहरु वाचन गर्दै गए, त्यस्मा पनि मलाई अमेरिकाबाट सहभागी हुनुहुने गोबिन्द बेलाबासे सरले पुरानो सस्मरण सुनाउदा आनद आएको थियो, वहाँँको हरेक निबन्ध टाइपका यात्रा सस्मरण बाल्यकालको सस्मरणहरु सुनाइरहदा नयाँ पिढिले नदेखेको र नसुनेको बिषयहरु पनि हुन्थे, तिनले नयाँ पुस्ताकालाई जान्न र बुझ्न मद्धत पुगेको जस्तो लाग्छ मलाई, झन्डै एक घण्टा पछी मेरो पालो आयो, बिरोजिले मेरो नाम लिदै दाजुको सुनौ अब भन्दै मलाई स्पिकर सुम्पिदियो, मैले आफ्नो स्पिकर अन गर्दै बोल्न थाले, त्यो बेला हाम्रो नियमित सुक्रबारे बसाइ नभएर प्रेमदिवसको दिन परेकोले केही बिशेष साहित्यिक वाचन गरौ भन्ने सल्लाह अनुसार बसेका थियौ ।

स्पेसमा वाचन गर्ने मेरो पालो आएको थियो, म स्पेसमा लगतार बोल्न थाले, सुक्रबारे बसाइको नियमित बसाइ झै आज पनि हामी तपाईंहरु संग केही मिठा साहित्यिक कोशेली लिएर हाजिर भएका छौ, यो स्पेस होस्टकर्ता बिरोजी भाईलाई मुरिमुरी आभार ब्यक्त गर्न चाहन्छु, अहिलेसम्म जतिजानाले आआफ्नो रचना सुनाउनुभो यहाँहरु सम्पूर्णलाई हार्दिक आभार हृदय देखिनै, जतिजना सुनाउनलाई आफ्नो पालोको पर्खाइमा हुनुहुन्छ वहाँहरुलाई पनि धर्यताको साथ बसिदिनको लागि बिनम्र अनुरोध गर्दछु, अनी स्पिकरमा बसेर बाचन गर्ने हामीहरुको रचना लाई उत्सुक्ता पूर्वक माया गरेर सुनेर हामीलाई साथ र हौसला दिनुभएकोमा तल लिस्ट्नरमा बस्नेहरु सम्पूर्ण सहभागी हरुमा हार्दिक आभार र न्यानो माया, आजको यो १४, फेब्रुवरीको प्रेमिल दिवसको बसाइमा यहाँहरु सबैमा प्रेम दिवसको शुभकामना सहित सम्पूर्णमा प्रेम बनिरहोस भन्ने कामना गर्न चान्छु, म पनि आज एउटा सानो रचना लिएर हाजिर भएकोछु, यो रचना पत्र बिधामा आधारीत छ, किनभने आज प्रेमदिवस भएको कारणले पनि मैले यो रचना लिएर आएको हुँँ, पत्रको बारेमा म खासै केही भन्दिन, बस वाचन गर्दैजादा पत्रको भूमिका र पत्रले भन्न खोजेको बिस्य यहाँहरुले बुझ्नुनै हुनेछ, भन्ने आशा गर्दै आजको मेरो रचना प्रेमपत्रको वाचन गर्ने अनुमती चाहन्छु, यतिभनेर म आफ्नो रचना वाचन गर्छु ।

एउटै नदि दुइ किनारा बगर मिलेन
तिम्रो मेरो पीडा एउटै तर रहर मिलेन 
एउटै मानो एउटै छानो हुदा पनि हिजो
दुबै हिड्ने सडक एउटै तर शहर मिलेन

प्रीय साथी ! 
सम्बोधन बिहिन सम्बोधन लिएर फेरि आज एउटा अधुरो र अपुरो अनि अकल्पनीय सम्बन्धको यथार्थ लिएर पत्र मार्फत तिमी सामु झुल्किने प्रयास गरेको छु, टुङिएको सम्बन्ध बोकेर पत्र मार्फत फेरि झुल्किदा तिमिलाइ खुब रिस उठ्दो होला तर यो नै अन्तिम पत्र सम्झेर माफी गरिदेउ ल । 
कहिलेकाही परिचीत र सम्बोधित सम्बन्धहरु सम्बोधन बिहिन हुनुपुग्दो रहेछ । थाहा छ मलाई अनि तिमिलाई, हिजो तिम्रो र मेरो बिचमा मनको सम्बन्ध हुँदै सरिरको सम्बन्धले कहिले नछुट्ने कसम खादै एकाकार भएका थियौ, अनि यो पनि थाहा छ हामी दुबैलाई हामी दुबैको स्पर्सबाट एउटा सन्तान को जन्म भएकोछ भनेर, जो आज सबै सम्बन्धहरु तोडेर सिर्फ उसैको सबन्धले मात्रै तिमिलाइ बोलाउने हक छ मलाइ त्यो सानेको आमा भनेर, अनि मेरो सिन्दुर को सम्बन्ध मेटे पनि सानेको आमा र सानेको बा भन्न बाट कसैले वा केहिले रोक्ने छैन हामीलाई, यो स्वतन्त्रता हामी दुबैमा सुरक्षित छ । होला म तिमिलाइ आफ्नो सिन्दुरको हक जताएर जिबनसाथी वा श्रीमती भनेर बोलाउन नसकौला, अनि तिमिले मलाई । तर हामी दुबै त्यस्ता अभागी रहेछौ आफ्नै सन्तानको नामले पुकार्न सक्छौ तर अग्निकुण्ड को फेरो लगाएर जोडेको सम्बन्धको उपमाले बोलाउन सक्दैनौ ।

प्रेमिहरुको प्रेमदिवस भनेर चिनिने यो प्रेम दिवसको दिनले मलाइ पनि खुब सताएको छ, हाम्रो अतीत फेरि एकपल्ट नराम्रो गरि मस्तिष्क भरी दोहोरिएको छ । आजको यो प्रेमिल पबित्र दिनमा कयौ आत्माहरु, प्रणय बन्धन मा बाधिदै होलान, कयौ आत्माहरु  कहिलै नछुट्ने बाचा खादै होलान, अनि कयौ आत्माहरु नास्वर शरीर संग आफ्नो परमात्मा संग लिन भएर जीवन उत्सर्गको बाटोमा एक अर्कामा साटिदै होलान, तर म भने सकिएको टुंगिएको सम्बन्धको लागि वियोगान्त पत्र लेख्दैछु तिमिलाई, अब भन म तिम्रो अभागी प्रेमी हुँ वा असफल पति, जो अतीत लाई आज पनि उतिकै प्रेम गरिरहन्छ, हिजो आज र अनि अनन्त सम्म ।

हो माया, तिमी त सायद सोच्छौ होला अदालतको त्यो कानुनी एक सेतो कोरा कागजले टुक्र्याएको हाम्रो सम्बन्धलाई  सधाको लागि सकियो, मासियो वा मर्यो भनेर ! तर त्यस्तो हैन माया, अदालतले छुटाएको त्यो सम्बन्ध हामी दुबैले बर्षौ सम्म संगै बाचेकाछौ, संगै हासेका छौ, अनि संगै रुएका छौ, कयौ दिन तातो घाम र महिनौ सम्मको झरिबादल बर्खा संगै खेपेका छौ घुम र घुम्टोको सम्बन्ध जस्तै, अझ यसरी भनौ नङ्ग र मासुको सम्बन्ध जस्तै गरेर, अनि त्यति छिटै म कसरी बिर्सौ तिमी संग तिम्रो सिउदोले साटेको मेरो सिन्दुरको नाता संग । हो माया यो समाजले र तिम्रो कानुनले चिनेको सम्बन्ध अदालतको एउटा घोषणाले एउटा कपिको पानामा एउटा कलमको निपले कोरेर हामी बिचको भौतिक दुरि त कोरि दियो, तर मनको भावानाको सम्बन्धको रेखा न कोर्न सक्छ नत मेटाउन नै सक्छ । 

सानेकी आमा एकपल्ट सोचत, तिमिले मलाइ कुन अवस्था बाट उठाएर प्रेम गरेकी थियौ ? अनि तिमि ब्राम्हाण एक बाहुन कि छोरी म एक जनजाती तामाङको छोरो, न हाम्रो जात मिल्थ्यो न धर्म, तिमी जन्मले हिन्दु म जन्मले बुद्धिस्ट, अनि जमिनको बसाइको हिसाबले पनि म कहाँ पुर्बको अनि कहाँ तिमी मध्यपश्चिम को, तर यति हुदाहुदै पनि तिमिले म संग प्रणय बन्धनमा बाधिएर तिम्रो गलामा मेरो नामको पोते झुन्ड्याउन कतिसम्म आफ्नो परिवार संग बिद्रोह र संघर्ष गरेर मलाइ आफ्नो बनाएकी थियौ ? के ती सम्बन्धहरु आज अदालतकै एउटा धर्को अक्षरले टुक्राटुक्रा पारेर हाम्रो सपना तहसनहस गर्छ भन्ने के सोचेकी थियौ र ? वा कुनैदिन सपना सम्म देख्यौ र? हेर माया यो जिबनत नास्वर हो राजा, एकदिन खरानी भएर यो ब्रह्माण्ड बाट बिलिन भएर जानुपर्छ सबैले तर प्रेम र त्यस्को अवसेस त सन्तान को रुपमा बंशहरु यो धर्ती रहेसम्म रहिरहन्छन पुस्तान्तरण हुँदै युगौयुग सम्म, त्यसैले तिमिले जुन भ्रम पालेकी छौ आजसम्म ती सबै झुटा हुन अनि मिथ्या हुन । 

तिमिलाई एउटा कुरा भन्छु है ल, आखिर कहाँ दोश थियोर ममा, वा तिम्रो सोचाइमा ? के त्यति छिटै तिमी भुल्न सक्छौ ? हिजोको हाम्रो संघर्षहरु ? जब हाम्रो बिहे भयो तब त्यो समयमा हामिले आधा पेट खाएर बिताएको रात होस वा पात्लेखेत बन्दकी राखेर सुख किन्न तिमिले मलाइ बिदेश जान कर गरेको पल अनि बिस्तारै फर्किदै गरेको हाम्रो सुख र मुहारको हासो ? के ती संघर्षका दिनहरु कमका थिए ? तिमिलाई मैले परदेशमा हुँदा पनि बारबार भनेकै थिए, अर्काको भुमिमा जेल पस्नु, मैले तिमिलाई पठाएको मोबाइलमा तिमिले भेटाएको अरु कुनै नौटंकी अपरिचित केटिको तस्बिर र मेरो तस्बिर एडिट गरिएका थिए, लेखिएका ती सबै मेसेजहरु सबै मेरो आइडी बाट अरुले नै गरेर मलाइ फसाएको थिए भनेर कयौंपटक भनेको थिए, आखिर त्यस्तो फसाइएको अवस्था बाट दुनियाँ संग पैसा चन्दा संकलन गरेर तिमिले नै होइन मलाई नेपाल झिकाएको पनि ? सोचत हामीले कस्ताकस्ता कठिन घडिहरु समयहरु बिताएको छौ भनेर ? अनि जब म नेपाल फर्किएर आए तब केहिदिन देखि त्यही नक्कली तस्बिर र अलिखित मेसेज कै निहुँ बनाएर हरेक रात झगडा गर्थ्यौ, केहिन केही बाहानामा म संग झगडा गर्दै तिमी बारबार माइत जान थाल्यौ अनि आफै भनत अब हाम्रो सम्बन्धको पहिरो कहाँबाट जान सुरु गर्यो भनेर ।

हो सानेकी आमा ! कयौ त्यस्ता सम्बन्ध हरु हुन्छन जुन सम्बन्धहरु अलिखित हुन्छन अनि लिखितमा टुगिंन्छन, आज त्यो म स्वयमले हाम्रो सम्बन्धबाट थाहा पाउदैछु, सायद तिमिले त बिर्सिसक्यौ होला आजैको दिन अरु सबै प्रणय दिवसको मिलन मनाइ रहदा हामी हाम्रो प्रणय दिवसको अन्तिम सम्बन्ध चितवन जिल्ला अदालतमा समाप्त गर्दैथियौ, आजैको दिन प्रेम दिवस मनाउन हरेक जोडि प्रेमीहरु ट्याक्सी, रिक्सा, बाइक, स्कुटर र साइकल धरिमा जोडि बनेर हिडिरहदा, त्यही अदालतको कठघाराको बहस कक्ष बाट अलगअलग भएर सँधैलाई छुटिएर आआफ्नो बाटो लाग्दै थियौ हामि । अदालत भित्र तिम्रो अगाडी घिटघिटाएको पल अनि अदालतको बाहिर गेटमा निस्किएर हिड्ने बेलामा सानेले मुटु फुट्ने गरि रुएर बाबा बाबा भनेर पछ्याउदा तिमिले नानिको हात सनासोले च्यापे झै च्यापेर राख्दा मेरो मुटु कति भक्कानिएर फुट्यो होला त्यो मलाई मात्रै थाहा छ । अदालतको के कुरा गर्नु सानेकी आमा, मुटु त त्यसै दिन फुटेको थियो जुन रात घरमा फेरि उहीँ फोटो र मेसेजको प्रसंग झिकेर झगडा गरेर नानी च्यापेर निस्कदा आधा त मरिसकेको थिए म, तिमिलाई थाहा छ तिमी निस्कदा टिभी घन्किरहेको थियो, हामी अब कहिले मिलन हुन नसक्ने गरेर त्यो घरको दैलोबाट तिमी निस्कदै गर्दा घन्किरहेको टिभी लाई त के थाहा तर उस्ले गित बजाएर मेरो दुखेको घाउमा नुनचुक छर्किने काम भने गितबाटै गरेको थियो, जुन गित बजिरहेको थियो ।

आधिरात थियो जुनेली बिछोड हुदाको रात
परदेशी तक्दिरले छुटायो तिम्रो मेरो साथ ।
सानेकी आमा ! आजको प्रेम दिवसको पत्रको अन्त्यमा, जिबनभर साथ तिमिले दिन सकेनौ वा मैले, कम्जोरी कहाँ थियो भेटिएन कतै दोशको छुरा,  तैपनी जीवन रहेसम्म मैले जतिको माया गर्ने साथी पाउदैनौ माया, जोबन साटौ भन्ने त कयौ आउलान तर पिर साटौ भन्ने कोहि पाउने छैनौ, किनकी जिबनमा मैले जतिको तिमिलाई अरु कस्ले बुझेको होलार, त्यसैले मलाई थाहा छ, रिस र आबेगमा गरेको निर्णबाट तिमी पनि पक्का थाकेकी छौ र तिमी भित्र कयौ एक्लो हुनुको पिडाको ज्वारभाटा त छदैछ, त्यसमाथि सानेले घरीघरि बाबा खोइ भनेर सोद्धा मुटुमा गाठो पक्का पार्छौ तर आज एक कदम अगाडी बढेर म आफै भन्छु माया कानुनले सम्बन्ध टुङ्गिएको घोषणा गरे पनि मनको सम्बन्ध जतिसुकै टाढा भएपनी टुङ्गिदैन, सकिँदैन अनि मर्दैन यो मनको सम्बन्ध पनि अजिबको हुन्छ, जति पुरानो उति खिल बनेर बसिदिन्छ उल्टै बरु, त्यसैले अलिकति तिमी दुई कदम अगाडि सार दुई कदम अगाडि म सार्नेछु र साने लाई बाबा र आमा मद्धे एक बिनाको अभिभावक बिहिन हुन बाट जोगाउ सबै तिम्रो हातमा छ राजा सबै तिम्रो हातमा, अनि अन्त्यमा तिमी जतिबेला चाहान्छौ दिन रात तिम्रो लागि यो घरको दैलो खुला रहनेछ तिमिलाई स्वागत गर्न लाई । हस्त अहिले लाई कलम बन्द गर्छु, नानी र आफ्नो ख्याल राख्नु समयमा खानु, बिदा ।

उहीँ सानेको बा ।
मिति- १४ फेर्बुवरी २२    

पत्र पढिसके, झन्डै ५ देखी ७ मिनेट जती लागेको वाचन समय, प्रेम पत्रको मेरो प्रस्तुती सकिएपछी सबैले टिकाटिप्पणी गर्न थाले, म उनिहरुको टिप्पणी र शुभकामना ले फुरुङ्ग हुँदै मन मनै लजाउदै थिए, पत्रको भाव र पत्र भित्र कोरिएको बिम्ब बारे सबैले जिस्काउदै थिए, कोहो त्यो सनेकी आमा चै,? भन्दै मलाई आच्छु आच्छु बनाउदै थिए, म सुनेर पनि नसुनेकोजस्तै गरेर डिएम भित्र आएको मेसेजहरु पढ्न थाले, यता पत्र बाचन गरिरहदा कतिपय टुइटे साथीहरुले मेसेज बक्समा मलाई जिस्काएर मेसेज पठाएको रहेछन, ति मद्धे प्राय सबैलाई धन्यवाद र हासेको अनी लजाएको इमोजी पठाउदै जवाफ दिइरहेको थिए, सबैको मेसेजको रिप्लाई दिदैगर्दा यस्तो एउटा मेसेज बक्समा पुगेर मेरो दुबै आँखा टक्क अडिए, म छक्क परे, मेसेज उनैको थियो, कयौ महिना पछी गएको राती मात्रै प्राप्त गरेको पहिलो मेसेज पछी यो उस्को दोश्रो मेसेज थियो मेरो लागि, खुशीको झन्कार शरीरभरी छरिएको जस्तै अनुभुती भयो मलाई, बाफरे, आज म स्पेसमा बाचन गरिरहदा कयौ महिना पछी उस्को उपस्थिती भएको रहेछ, बाचन गर्दा कम्प्युटरमा आँखा भएकोले मैले स्पेसको तल लिस्ट्नरमा आएर सुन्नेहरुको लाइनमा कसैलाई हेर्नै भ्याएको थिईन, इन्बक्समा आएको मेसेजको सिग्नल देख्ने बित्तिकै हतारिदै स्पेसमा गएर हेरे, नभन्दै लिस्ट्नरको सातौ भागमा उनको तिम्रो_निहारिका नाम भएको युजर आइडी देखे, झन अबत मलाई अरु के चाहियो र, जो आज महिनौ पछी स्पेसमा आएको थिन उनी, निहारिका ! उनको नामै काफी  थियो मेरो लागि, साच्चै आज कयौ दिनपछी के भेटाए मैले, के प्राप्त गरे मैले, केही सोच्नै सकिरहेको थिन मैले, बस यती मात्रै भन्न सक्छु कि यतिबेला म भित्रको खुशीको कुनै सिमा थिएन, उनको उपस्थितिले, हतास भएर थररर काप्दै गरेको मेरो हातहरुको माझी औलिले उनको युजरमा छुएर हात हल्लाएको इमोजी सेन्ड गरे, त्यस्पछी उनको रिप्लाई आउछ कि आउँदैन भनेर एकाग्र भएर मोबाइलको स्क्रीनमा हेरिरहे, न भन्दै तत्कालाई उनको हासेको इमोजी को सिग्नल आयो, त्यसपछी त झन खुशीले मेरो खुट्टा नै भुइमा थिएन, फुरुङ्ग हुँदै पुन अर्को मुटुको इमोजी पठाउदै पुनह, मेसेज बक्स भित्र छिरेर उनको मेसेज पढ्न थाले । 

ओ मान्छे नमस्कार, सरी हजुरलाई डिस्टर्ब गर्न आइपुगेकी छु म, साथमा हासेको इमोजी पनि, लगतै फेरी अन्य मेसेजहरु, जतिजती म पत्र पढ्दै जान्छु उती उती मलाई जिस्काउदै, त, कतै डाहा मिश्रीत मेसेज पठाएकी रहेछिन, मेसेज पड्दै गए, ओइ, त्यो कोहो हँ, सानेकी आमा भनेकी ? म यत्रो दिन नहुँदा त खुब चैन भएको जस्तो छत महाराज कोत, खुबै रमाइलो भो हैन म नहुँदा ? आखिर म कोहोर? म आउ जाउ केही मत्लब पनि छैन, सबैको नाम लिदा मलाई त नदेखेको हैन? मेरो त नाम पनि लिनु भएन है? ल ल ठिकैछ म केही भन्दिन, हजुर को जिबन हजुरको खुशी, जसरी चलाऊनु हुन्छ चलाऊन सक्नुहुन्छ, आखिर म को हुँ, र यसरी रिसाउने ? ए साचिकै भन्नुन, म यत्रो दिन न आउँदा अलिकती पनि मेरो मिस भएन है हजुरलाई, के मिस हुनुनी बादरलाइ, स्पेसमा नयाँ नयाँ ठुलाबडा साथीहरु भेटिहालेछ मेरो के याद आवोस, म पो उस्तोत खोज्दै फर्किफर्की आउने, हे भगवान, दुनियाँ संग यही मस्केको देख्नलाई आउनु परेको रहेछ मलाई पनि, यसरी मस्केको देख्नु भन्दा त म पहिलेनै किन बहिरी भैन के, हेरहेर कतिले तारिफ गरेका, साहित्यकार ज्यु खुब फुरुङ्ग भाको होला हैन फुर्केर, तर ओ हेलो, अरुको लागि होला साहित्यकार तर मेरो लागि त सिर्फ बाँदर हो बाँदर, हेरन यत्रो मेसेज लेखिसके आएर हेर्ने पनि हैन है, ल ल अबत मेरो केको आवश्यकता परोस्त सरकार लाई, अँ सुन्नुन साची म नहुँदा कोको संग च्याट गर्नुभो? केको च्याट मात्रै खुब नम्बर मागेर, फेसबुक मागेर इमो र फेसबुक को मेसेन्जर मै भिडियो कल गरिगरी मस्की मस्की गफ गरेको होलानी हैन ? धत म पनि कस्ती होलानी ? आँफै हराउने अनी आँफै अरुलाई हक जताउने, हुनत म को होर तिम्रो लागि हक जताउने, ? म नहुँदा हक जताउने त बनाइ सकेको होलानी यत्रो दिनमा हैन ? ए ए साची आज बिहान महाराज हजुरको मेसेज पाए, पढे, खुशी लाग्यो, धन्यवाद हजुरलाई, तर संकैछ त्यो मेसेज मेरो लागि थियोकी थिएन, यत्रो नयाँ साथीहरु भेटिसकेको रहेछ, मलाई त ठीक्क मात्रै पारेको होलानी बादरले, ह्या यती लामो मेसेज लेखिसके यता आएर छिटो मेसेज हेरेर रिप्लाई गर्नुन हौ, कसम मेसेज नहेर्ने हो ? ल मेसेज नहेर्ने भए म जान्छु है, मलाई स्पेस सिस्पेसमा बस्नु छैन, त्यै छौडी नक्कलीहरु संग दात देखाएर बस्नुन, ओके बाइ, गए म, जान्छु मलाई रिस मात्रै उठ्यो, हैन त्यो कल्चुडिहरुले हजुरको किन तारिफ गर्या भन्या, थपक्क सुनेर मात्रै बसे हुन्न, खुब तारिफ गर्नु पर्ने ? अनी महाराज लाई चाहिएको नै त्यस्तै हैन, नखरमौली हरुको तारिफ सुनेर कान सन्चो भाको होलानी एउटा लाई ? ह्या मलाई रिस उठ्यो है, त्यसपछी रिसाएको रातो इमोजी पनि लगत्तै । 

उनको मेसेज पड्दै गए, ओ माइ गड, मेसेजहरु कस्ता कस्ता थिए, पत्र वाचन गरिरहदा कती धेरै मेसेज गरिसकेकी रहेछिन, उनले गरेको मेसेजहरु सबै यहाँ भनेर भनिसाध्य छैन, बाफरे बाफ, आँफै प्रश्न गर्ने, आँफै उत्तर दिने, आँफै रिसाउने, आँफै फकिने, आँफै घुर्काउने आँफै सम्झाउने, राम, राम, जतिजती उनको मेसेज पड्दै जान्छु उतिउती हासो लाग्दो, उती उती ठिट लाग्दो, कतै हसाउने त कतै माया लगाउने, अनी कतै अचम्म लाग्ने त, कतै अपत्यारिलो लाग्ने, साच्चै भनुम भने उनको मेसेज पढिरहदा, आफ्नै अगाडि उनी रिसाएर ठुस्स परेर बसेकी आक्रिती देखिरहेको थिए म, जती उनलाई सम्झाउन कोशीस गर्थे उती रिसले ठुस्किएर बस्थिन, यस्तै अनुभुती भएको थियो मलाई ति मेसेजहरु पड्दै गर्दा, जेहोस आज म आँफै स्वयम पनि खुशीले मख्ख थिए, म भित्र खुशी ब्यक्त गर्ने कुनै भावहरु थिएन, शब्दहरु थिएनन, बस यतिबेला म उनी भित्र बगिरहेको थिए, उनको मेसेजहरु त्यो इर्श्यालु, मायालु अनी डाहापूर्ण मेसेज कहिलै नसकियोस लगतार बग्दै जावोस म पढिरहुँ तर उनको रिस संगै रिसाएकै इमोजी संगै मेसेज बन्द गरिछिन, इर्श्या र डाहा भित्रको उनको प्रेम र हासो भित्रको खुशीको संगम आज एकैचोटी भएको थियो, साच्चै भनुम भने कालिगन्डकी र कृष्णगण्डकीको पवित्र संगम स्थल देबघाट भएजस्तै भएको थियो मेरो लागि आजको दिन, आजै प्रेमदिवस पर्नु, आजै राती उस्को खोपी संदेश आउनु, आजै उनी कयौदिन पछी स्पेसमा फर्किएर आउनु, अनी इन्बक्स भरी उनको घुर्काइ र माया भरिएको मेसेज हुनु, साँचिकै दुई नदिको संगम जस्तै भएको थियो माया भित्रको संगम, हासो भित्रको मेरो खुशीको संगम ।

मैले पत्र वाचन गरिरहदा उनी एक्लै एकतर्फी आफ्नै सुरमा गरेको उनको मेसेजहरु सबै पढिसके, यो माया प्रेम भन्ने चिज पनि कस्तो हुनेरहेछ, आफुले मन पराएको वा माया गरेको मान्छेको बारेमा अरुकसैले प्रसम्सा वा टिप्पणी गर्दा पनि कत्रो डाहा इर्श्या हुनेरहेछ, रिस उठने रहेछ, मानौ आफुले माया गरेको मान्छेलाई कतिनै अरुले खोसेर लगेको जतिकै हुनेरहेछ, आज उनको पढिसकेको मेसेजले मलाई यस्तै अनुभुती दिएको थियो, ओ गड, उनको मेसेजहरु यस्तो थियो नी, जसरी आजभोलिको उरन्ठेउला मसिना केटाकेटिहरुले गर्छन, उनको मेसेजहरुले उल्टै म भित्र काउकुती लागेर आयो, कताकता लाजको अनुभुती भयो, म आँफै लजाए र अनुहार राती निलो कालो भयो, म एक्लै शर्माएँ, अनी एकपल्ट मुसुक्क हाँस्दै उनको सबै मेसेजको एउटै उत्तर हासेको इमोजी पठाएँ, हाहाहा, यतिकैमा बिरोजिले दाई हजुरको कुनै केही छ कि भनेर बोलायो, उस्को आवाज सुनेपछी म पुन स्पेसको स्क्रीन मै फर्किए ।

स्क्रीन मै फर्किए पनि बिरोजिको आवाज सुनेर पनि नसुने झै गरेर म चुपचाप बसिरहेँ, किनकी म केही बोल्ने अवस्था मै थिन, के भन्ने के नभन्ने दोधारमै थिए, यही भन्छु वा सुनाउछु भनेर मनमा सोच्नै सकिरहेको थिईन, मैले म्युट राखेको माइक नखोलेपछी बिरोजी आँफै बोल्न थाल्यो, शायद दाजुको नेटले काम गरेन जस्तो छ, भन्दै पुन कार्यक्रम लाई अगाडि बढाउँदै अन्य साथीहरुबाट गजल वाचन गराउन लाग्न थाल्यो, म पुन स्पेस सुन्दै मेसेज बक्स मै फर्किए, अनी उनलाई मेसेज पठाउदै भने, माथि आउनुहोस्न प्लिज, धेरै भो आवाज नसुनेको, आज त्यो बोली सुनौत कस्तो हुँदोरहेछ, मेरो मेसेजको लगत्तै उनको जवाफ आयो, म किन आउनु पर्‍यो, कस्को लागि के बोल्ने होर मैले, महाराज को रैछन त बोलिदिने, तारिफ गरिदिने, सुनिदिने, सबै, म आउन पर्छ र ? उनको घुर्काइ अझै सकिएको थिएन, कस्को लागि भनेर बोलिदिने भन्दा पनि यत्रो दिनपछी आउनुभाको केहीत बोल्नुहोस सबैको लागि, मैले नमस्ते गरेको इमोजी पठाउदै अर्को मेसेज पठाएँ, लगतै उनको जवाफ आयो फेरी, ए हो ? मैले सबैलाई बोली सुनाउन ठेक्का लिएर बसेको छुनी, हजुरको लागि त होइन पो, अरुको लागि पो, बोलिदिनु पर्ने है मैले ? हे भगवान अझै उनको रिश मरेको थिएन, त्यसपछी नम्र भावमा मेसेज सेन्ड गरे, सरि हजुर सरि, अरुको लागि हैन मेरै लागि माथि आएर बोलिदिनुहोस भनेको, अब त, आउनुहोस कम्सेकम मत सुन्न पाउछु, बहना जस्को भएपनी, उनी संगको च्याट संबाद चलिरहदा यता स्पेसमा भने एकजना महिला मित्र माथि स्पेसमा आएर सबैलाई अभिबाधन गर्दै सबैको रचना र प्रस्तुतिलाई धन्यवाद र शुभकामना भन्दै थिईन, हामी स्पेसमा बसेको एक बर्ष पुग्दा पनि कहिले माथि आएर केही नबोल्ने मान्छे आज अचानक आएर बोल्दा मलाई पनि ठट्टा गर्न मन लाग्यो र म्युट गरेर राखेको माइकको बाटम अन गर्दै बोले, ओहो ! आज हाम्रो स्पेसमा के हुँदैछ ? कहिलै न आउने मान्छेहरु करोडौ बर्ष पछी आएर पहिलो चोटि बोली सुन्न पाइदैछ, हैन केभो आज यस्तो ? भन्दै म गललल हासे, म संगै बिरोजी, आगन्तुक र स्पेसमा भएका सबैजना हासेको इमोजी पठाउदै एकचोटी हासे, हुनपनी हो, हामीले स्पेसमा वाचन गरिरहदा तिनी प्राय कुनै एपिसोड छुटाउदिनन, तर माथि आएर आजसम्म बोलेको सुनेको थिन, स्पेसमा आएर पनि सुनेर मात्रै बसिरहने माथि स्पिकरमा नबोल्ने मान्छे आज अचानक आएर बोल्दा जिस्काउन मन लागेर त्यती के जिस्काए को मात्रै थिए, अघिनै भित्र डिएममा मान्छेको मेसेजहरुमा आगो लागि सकेको रहेछ ।

ल हजुर अब अरुकै तारिफ गरेर बसिरहनुहोस, म चै लागे, केटी त देख्नै हुन्न हैन, मस्किहाल्नु पर्छ है, छोरा मान्छे न हो, बेहोरा त देखाइ हाल्नु पर्छ ? यत्रो दिनपछी फर्किएर आकोछु म भने उ छ भनेर, उ भने मेरो मेसेजको रिप्लाई दिनुत कता हो कता उल्टै अरुको तारिफ गर्दैमा ठीक्क छ, कसम, आउदिन अब देखी, तपाईं चै हजुरकै प्यारी हरुसंग छिल्लिएर तारिफ गरेर बस्नु है, म आकोत कुनै भ्यालु नै पो रैनछ यार, स्पेसमा चिनेको साथीको नाताले त्यती के ठट्टा गरेको थिए यता पुरै आगो लागिसकेको रहेछ रिसको, बाफरे ! हामी त छदैछौ नि, वहाँ त कहिलै माथि आउनुहुन्न र थोरै रेला गरेको के, किन रिसाइ हाल्नु पर्छ त? मैले मेसेज लेखेर सेन्ड गरे, जान्छु बस्दिन भनेर घुर्काए कि त, अन्लाइन मै रहेछिन, तुरुन्तै मेसेज सिन गरेको हरियो सिग्नल देखियो, लगत्तै मेसेजको जवाफ पनि आयो, ए ! हामीत छदैछौनी भन्नाले म आए पनि न आएपनी कुनै फरक नपर्ने रहेछ हैन, अझ उनको रिसको आगोको लप्का पोखिदै थियो डिएम भरी, मलाई थाहा थियो कि धेरै दिन पछी आउँदा, उनको सोधखोज गरोस, केछ कसो छ, खोजखबर गरोस, महत्व दर्शावोस, माया देखावोस, आसक्ती देखावोस, तर म भने उस्ले मायाको आसक्ती देखावोस, मलाई अनेकन कुराहरु सुनावोस, हरेक कुराहरु सुनाउदा उनी उत्सुक्ता पूर्वक सुनावोस अनी म चुपचाप उनको कुरा सुनिरहुँ मात्रै अ, अ, अनी केभो त्यसपछी ? भन्दै बसिरहुँ जस्तो महसुस भएको थियो, तर यहाँ त, उल्टै मन्तर उल्टो परेको थियो, म हैन उनी हरेक मायाको अनुभुतिको, स्नेहको, उनी नहुदाको खालिपनको, आसक्ती सुन्न खोजिरहेकी थिन शायद, हामी दुबै बिचमा आसक्तिको चाहना थियो, तर दुबैको बिचमा सोचेको भन्दा ठीक फरक भैरहेको थियो, निकैबेर पछी यसरी त हुन्न भन्ने सोचेर आँफै माफि माग्दै भने, सरि हजुर सरि, अबदेखी यस्तो हुन्न हस, खुश अबत, ओके अब पनि खुश नहुने हो भने म कान समातेर उठबस गरेको फोटो पठाउछु हस, भन्दै रुएको इमोजी सेन्ड गरे, त्यसपछी भने बल्ल उनी ठीक ठाउँमा आइन र भो भो धेरै इमोसनल हुनुपर्दैन खुब, म रिसाको छैन भन्दै अर्को मेसेज पठाइन, ओइ मान्छे म अहिले जान्छु, भरे आउछु भ्याएछु भने, अहिले ढिलो भयो लागे म, love you Dear miss you, आएकै दिन सताए है मैले, नरिसाइस्योस ल महाराज, म गए सि यु उम्मा....! जानेबेलामा मिठो शब्दहरु पोखेर मेसेजकै भरमा मिठो चुम्बन पनि गरेर गइन, मैले पनि हस अब मेरो पनि डिउटी जान तयार हुने बेला भयो, म पनि निस्कन्छु, हजुर आफ्नो ख्याल गर्नुहोस है, love you too dear, miss you much मुम्वाआ...! मैले पनि उनकै शैलिमा प्रेमिल जवाफ फर्काए, मेरो मेसेज उता पुगेपछी मेसेज हेरेको मुटुको रातो इमोजी रियाक्ट गर्दै अफ भईन, ल आजको बसै बाट हामी पनि बिदा हुनचाहन्छौ, पुनह अर्को शुक्रबार को नियमित श्रीङ्खलामा भेट गर्ने नै छौ सबैको दिन शुभ रहोस भन्दै बिरोजी ले पनि स्पेस इन्ड गर्न लागेको संकेत सुनियो, त्यसपछी उसले स्पेस बन्द गर्‍यो, म पनि नुहाउन बाथरुम तर्फ लागे ।     

रचना- अर्पण योन्जन (शिरिष)
मिती- १ र २ जेष्ठ २०७९ 
तदनुसार- १५ र १६ मे २०२२

No comments: