गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, May 12, 2022

कथा- भाग-२२, एउटा प्रेम यस्तो पनि ।

बिछड़े अभी तो हम, बस कल परसों
जिऊंगी मैं कैसे इस हाल में बरसों
मौत ना आई तेरी याद क्यों आई
हाय लम्बी जुदाई
चार दिनों का प्यार हो रब्बा
बड़ी लम्बी जुदाई, लम्बी जुदाई

८० को दशकमा चर्चित बनेको पाकिस्तानी गायिका रेस्माको गित कम्प्युटरमा बजिरहेको थियो, भारत स्वतन्त्र भएको समयमा जन्मिएकी रेश्मा जब भारत र पाकिस्तान बिभाजन भयो, त्यसपछी रेश्माको परिवार पाकिस्तानमा रहन गएको थियो, तिनै पाकिस्तानी प्रख्यात र ऐतिहासिक गायिका लाई आजपनि भारतियहरु सम्झिने गर्छन्, १९४७ राजस्थानमा जन्मिकी रेश्माको मृत्‍यु ६६ बर्षको उमेरमा पाकिस्तानको लाहोरमा ३, नोबेम्बर २०१३ को दिन क्यान्सरको लामो बिरामी पस्चात भएको थियो, हामी साना छँदा सुनेको गीत आज पनि उतैकै कर्णप्रीय र मिठास लाग्दा छन, उनको पाकिस्तानी र भारतीय स्टुडियोमा रेकर्ड गरिएका केही चर्चित गितहरु म प्राय सुन्नेगर्छु र मन बोझिलो हुँदा आफुलाई हलुका बनाउने कोशीस गर्छु, उन्का दर्जनौ गितहरु मद्धेको लम्बि जुदाइ मलाई सबैभन्दा धेरै मनपर्ने गित हो, आज तिनै गित कम्प्युटरमा लगाएर सुनिरहेको छु, गित लगतार बजिरहेको छ, म अफिसको आफ्नै कुर्सिमा ढल्किएर झुलामा झै आँखा चिम्म गरेर हल्लिरहेको छु, गित संगै म आफ्नै धुनमा बगिरहेको छु । 

सँधैको नियमित रात्रीकालिन डिउटिमा भएकोले सबैजना आआफ्नै अफिस र कुर्सिमा झुलिरहेका थिए, गर्मिलो मौसम सकिएर चिसिदो मौसमको मस्त उमेर छिपिदै थियो, नेपालमा चिसिदो पौष महिना थियो भने यता अंग्रेजी महिनाको फेब्रुवरी महिना मध्यानतर हुने तरखरमा थियो, चिसो जाडो मौसमको समयमा कामको खासै कम्प्लेन हरुपनी आउँदैनन, शायद जाडो महिना भएरहोला गेस्टहरु पनि बाहिर खासै घुम्न ननीस्कने र रुम भित्रै बस्ने हुनाले रिसेप्सनमा पनि खासै कामको कलहरु आउँदैनन, त्यसैले पनि प्लम्बर, इलेक्ट्रीसियन र एसी मेकानिकहरु पनि स्टोर रुममा कोही मोबाइलमा गीत सुन्न त कोही फोन गर्नमा मस्त थिए, कामको चाप खासै नभएपछी म पनि कम्प्युटरमा गीत सुन्नु र मोबाइल तिर छिरेर फेसबुक, टुइटर र टिकटक हेर्नु अनी लाइक कमेन्ट गर्नु बाहेक केही थिएन, फेब्रुवरी महिनाको कठाङ्रीने चिसोले घुँडा भन्दा तलको भाग हिउँ जस्तै बनेको थियो, जाडो छल्नलाई कपडाको जुत्ता, उनिको सक्स र युनिफर्म भित्र पनि टाउजर लगाएर बस्दा पनि नाक, कान र खुट्टाको भाग पुरै डिफ्रीज भित्र राखेको जस्तै चिसिएर कटकट खान्थ्यो, कम्मर माथिको भागमा भने डबल लुगा लगाएर ज्याकेट लगाएपछी न्यानो हुन्थ्यो, तैपनी जाडो महिना न हो, जतिगर्दा पनि रातको त्यो चिसो मौसममा रातभर डिउटी काट्न निक्कै मुस्किल हुन्थ्यो, उठेर अफिसको किचेन तर्फ गए, एककप तुर्किश कफी बनाएर ल्याएर पिउदै लगतार बजिरहेको गित सुन्नथाले । 

लम्बी जुदाइ.... गीत अहिले पनि लगतार बजिनै रहेको थियो, एकातिर रातको चकमन्नता अर्कोतिर गितको शब्दशब्दले मनभित्र कताकता अमिलो बनाउदै थियो, एकाग्रतमा डुबाउदै लादैथियो, आजफेरी कयौ दिनपछी नचाहदा नचाहदै पनि उस्को यादले सताउदैछ, उस्को इन्बक्सको संबादहरुले झस्काउदैछ, तुर्किश कफिको कोक्याउने तितोपनाले आफुलाई भुलाउने कोशीस गर्दागर्दै पनि कयौदिन पछी उनको सम्झना खुब आउन थालेको छ, स्पेसको पहिलो बसाइ बाट सुरु भएको संबादहुँदै कोरोनाको महामारी सम्म आइपुग्दा पुन फर्किएर आउने उस्को बाचा सम्मको प्रत्येक मेसेजहरुले पुन सिनेमाको रिल झै मस्तिक बोथोलिन थालेको छ, उस्ले बोलेको हरेक मेसेजहरुको शब्द शब्दहरुले आज पुन घच्घचाउदै छ, नसम्झिनुलाई कफी पिउछु, गीत सुन्छु, कम्प्युटरमा समाचारहरुको लिङ्क खोलेर पढ्छु, तैपनी मन बिथोलिदैछ, आफ्नै मनलाई सम्हाल्न खोज्दा खोज्दै लथालिङ्ग हुँदैछ, क्रमश यो चिस्यानी रातमा बहकिदैछ वा भत्किने क्रम हुँदैछ लगातर ।

सम्झने बिर्सने, सम्झने बिर्सने, यो श्रीङ्खला पनि लगतार चल्न थालेको आज स्पेस सुरुभएदेखी यता दिन हैन, महिना हैन, ठ्याक्कै बर्षदिन पुगिसकेछ, यिनै बिचमा शायद हामी जोडीएका थियौ टुइटरको स्पेस मार्फत गित, गजल, मुक्त्तक कथा कविता र पत्रहरु बाचन गर्दागर्दै एक अर्काको प्रसम्सा र डिएमको सुरुवाती मेसेज मार्फत, मलाई लाग्छ टुइटरले आफ्नो नयाँँ फिचरसमा पहिलोपटक नोबेम्बर महिनाको २०२० मा लन्च गरेपछी हामी २०२१ को मार्च महिना देखी जोडीएका थियौ नियमित रुपमा, तिनै स्पेस बसाइमै उनी म संग र म उनीसंग एकअर्काको प्रसम्सा गर्दागर्दै नजिकिएका थियौ, यसको अर्थ स्पेसमा जोडीएर आजको यो मितीसम्म आइपुग्दा महिनाले ११ महिना पनि लागिसकेछ, आखिर समय न हो, कस्ले पो रोक्न सक्छर, योत निरन्तर रुपमा दौडिरहन्छ, न यस्ले कसैको आदेश मान्छ, न यस्ले कसैलाई पर्खन्छ, न यस्ले कसैको प्रतिक्ष्यामा आफुलाई भुलाउछ, उत समय न हो निरन्तर चलिरहन्छ, घुमी रहन्छ, हिडिरहन्छ, उस्लाई न कसैको पर्बाह छ, न कसैको चाह वा मोह, उस्लाई त सिर्फ सिङ्गो दुनियाँलाई बोकेर हिंड्नुमा छ, उस्को चलायामान गतिलाई निरन्तर दिनुमा छ, शायद त्यसैले त होला, बगेको खोला, र बितेको समय फर्केर आउँदैन भनेको, सम्झन्छु आज, उस्ले अन्तिम पटकको कोरोनाको कहरले उस्को परिवारमा दु:खद घडी निम्ताएपछी सबै समस्या हल भएपछी पुन फर्केर आउनेछु, हिजो जस्तो प्रेम गर्थे हजुरलाई आज पनि उस्तै प्रेम गर्छु, बस मेरो मज्बुरी र बाध्यतालाई बुझ्ने कोशीस गर्नु भनेर मेसेज छोडेर हराएकी पुन पहिले झै आजसम्म बेपत्ता नै छिन, म बुझ्न सकिरहेको छुइन कि के म साँचिकै कसैको प्रेममा थिए वा कुनै सपना, यदी प्रेममा थिए भने उस्ले फर्किएर आउने बाचा गरेर गएदेखी पुन कतै टिएल र स्पेस अनी मेसेजमा झुल्किएको देखिन, त्यो फगत सपना थियो भनौभने, स्पेसमा मेरो हरेक साहित्यिक बाचनलाइ मन पराएर प्रसम्सा गरेर उनी थाक्दिनथिन, यहाँ सम्म कि टुइटरको मेसेजबक्स सम्म आएर मलाई बधाई र हौसला दिन चुक्दिन थिन उनी, न कहिले कल संबाद भयो, न कहिले अन्य कुनै एपबाट भिडियो कल गरेर देखादेख नै भयो, आखिर त्यस्तो कुन चै आकर्षन थियो हामी दुबैमा र जाबो एउटा डिएमले हामीलाई यती नजिक ल्याइपुरायो, जसको कारण न आज उस्लाई सम्झेर खुशीहुन सकेकोछु नत उस्लाई भुल्ननै । 

साच्चै नै यो, समय, याद सम्झना, माया प्रेम भन्ने चिज पनि अचम्मको नै हुँदोरहेछ, समय रोकेर रोकिदैन, उ आफ्नै रफ्तारमा चलिरहन्छ, याद अर्थात सम्झना कुन अद्रिश्य वस्तुले बनेको हुन्छ कुन्नी छामेर चुमेर वा चिमोटेर थाहा नपाईने तर कुनै वस्तु वा ब्यक्तिमा निकट्ता वा लगाव भएपछी आँफै आइदिने, अनी प्रेम वा माया, यो कसैलाई गर्छु भनेर हुँदैन, त्यो आँफै भैदिन्छ, न कसैलाई गर्दिन भनेर बसमा रहन्छ, न यसले जाती धर्म लिङ्ग बर्ण वा देश सिमाना क्षेत्र भन्छ, यो जहाँ पनि जहिले पनि र जो संग पनि भैदिन्छ, त्यसैले हामी पनि नजिकियौ, हामी बिचको संबादको निकटताले हामीलाई एकअर्कामा प्रेम गरायो, अनी माया, शायद त्यही मायाको नासोले होकी आज याद नगरदा नगरदै पनि बजिरहेको गितको संगितले आज उस्लाई सम्झिन वाध्य बनाएकोछ, आज फेरी महिनौ पछी उस्को नमेटिने झल्को आउन थालेको छ, म त्यसै त्यसै उकुस मुकुश भएकोछु, एकपल्ट आजफेरी कयौ दिनपछी निस्सासिएको छु, उस्को हरेक मेसेजको शब्द भित्र कैद भएर बन्दी बनेकोछु रत आज फेरी म बेचैन भएकोछु ।

कहिलेकाही सोच्छु म आँफै, फूल एक अनी रंग किन अनेक हुन्छन, यौबन एक आकर्षण किन फरक हुन्छन, बास्ना एक बाश्नाको महसुस किन अनेक हुन्छन, त्यस्तै नै हरेक मान्छेको जन्म र मृत्‍यु एकैहुन्छन, तर जन्म र मृत्‍यु एक भएपनी जिबनको भोगाइ किन फरक हुन्छन, धर्तिमा आउनुअगाडी हरेक मान्छेलाई जन्मले मान्छे बनाएर ल्याउछ, अनी मृत्‍यु पस्चात या त, खरानी या त, माटो बनाएर पठाउछ तर यो बिचमा मान्छे जती जिउछ, ति जिउने बिचको समय मान्छे किन कराउछ, चिच्याउछ, रुन्छ, हास्छ, बहुलाउछ, खुशी दुखी किन हुन्छ, यो बिचमा मान्छे लाई किन प्रेमको आवश्यकता पर्छ, किन उ आफु एक्लै जिउन सक्दैन, उस्ले किन सँधै अर्काको सहारा खोज्छ, आखिर जिबन केहो, जिबन भित्रको प्रेम केहो, माया केहो, मान्छेलाई बिपरित लिङ्गी प्रती किन आकर्षण हुन्छ, किन महसुस हुन्छ, किन अनुभुती हुन्छ, म यस्तै सोचिरहेको छु यतिबेला, रातको चिस्यानी मौसम र कठाङ्ग्रीएको मेरो मस्तिस्क लगतार यस्तै सोचाइहरुमा निरन्तर दौडिरहेको छ, जस्को बाबजुद नदेखेको नभेटेको एउटा अद्रिश्य आकृतिलाई आज पनि म उतिकै प्रेम गरिरहेकोछु, उतिकै माया गारिरहेकोछु, उतिकै उ भएको अनुभुतिमा बाचिरहेकोछु, पुन फर्किएर आउने उ प्रतिको पूर्ण विश्वाश बाचिरहेको छ आज पनि म भित्र, उ हुनुको अनुभुती दिलाइरहेको छ म भित्र, शायद यही अनुत्तरित प्रश्न हरुको अपूर्ण उत्तर नैत होला प्रेम भन्नु पनि, शायद दुनियाँले यसैलाई भनेको होला प्रेम, माया अनुभुती, महसुस वा सुखानुभुती ।    

यस्तै-यस्तै नानाभाती सोचाइ र तर्कनाहरुको अपरिपक्वता प्रश्न र उत्तरलाइ सहज्तालाई मेरो अन्तरात्माको गुरुले सरलिकरण गर्न नसकेपछी म वाक्क बने, अनी आफ्नै प्रश्न आफ्नै उत्तर दिन नसक्ने मनलाई तुर्किश कफिको तितोपनाको चुस्किले भुलाउन नसकेपछी कम्प्युटरमा बजिरहेको गितलाइ बन्द गरेर कुर्सिमा लम्पसार पारेर राखेको शरिरलाई उठाएर मिलाउदै अलिक ठाडो भएर बसे र मोबाइल खोलेर स्पेसतिर छिरे, त्यहा केही स्पेसमा मध्यरातको घडीमा पनि मान्छेहरु होहल्ला गर्दैथिए, म पनि भित्र प्रबेश गरेर एकछिन सुनेर बसे, तर आधारातको नयाँ स्पेसमा भएकोले कसैले नचिनेपछी म पुन स्पेसबाट बाहिर निस्किएर उनी संग संबाद गरेको पुरानो डिएमा तिर गएर पढ्न थाले ।

सर नम्स्कार ! मलाई रुवाउनु भयो, साचिकै यथार्थ र वास्तबिक समाजको ऐना बोकेको कविता भन्नुभयो, यती मिठो कविता सुन्न अवसर दिनुभएकोमा यहाँ लाई पुन हार्दिक धन्यवाद र सफलताको शुभकामना । आगामी आउने दिनमा पनि सर हजुरको कलमले निरन्तर्ता पावोस, पुनश्च शुभकामना तथा बधाई। उनको पहिलो मेसेज रहेछ मलाई, जवाफमा मैले पनि केही हासेको र लजाएको इमोजी पठाउदै धन्यवाद भनेको रहेछु, त्यसपछिका दिन भनेको अनगिन्ती र असिमित संबादहरु भएको रहेछ हामी बिचमा, कहिले रेलाठट्टा त कहिले माया प्रेमका गम्भिर कुराहरु भएका रहेछन, मेसेज पड्डै गए, जतिजती पुरानो मेसेजहरु पड्डै जान्छु उतिउती आँफैलाई शर्मा लाग्ने मेसेजहरु पनि भेटउछु, मेसेज पढ्छु काउकुती लाग्छ आँफैलाई, मेसेजको संबादकै क्रममा कतिपटक त सालीन र घुमारो पाराले हामीले प्रेम र यौनका कुरादेखी लिएर विवाह वा एक अर्कामा जिम्मा लाग्ने र जिम्मा लिने सम्मका लाज लाग्ने संबादहरु पनि गरेका रहेछौ, संबाद पड्डै गए झन लाजले भुतुक्क हुँदै रातो निलो कालो भए, लाग्यो ति मेसेजहरु पढिरहदा उनी पनि मेरो दोहोरो संबादमा छिन, उनी पनि म जस्तै उता मुसुमुसु हाँस्दै मेसेज पड्डै होलिन झै अनुभुती भएको थियो मलाई, मेसेजको हासोमजाक कै क्रममा दुबैमा यदी माया बस्यो भने, सर यस्तै हो भने त बर्बाद होला है ? पछी हजुर लाई गाह्रो होला भनेर प्रेमिल ब्यंग्य गरेकी रहेछिन, जवाफमा मैले तपाईं पिर नगरनुहोस म्याम बर्बाद भएछ भने म बेहोरौला नि !भन्दै मेसेजमै हासो मजाक गरेका रहेछौ, त्यसपछिका दिनका कुरा त के गरौ यहाँ, लेखेर भनेर वा उल्लेख गरेर गरिसाध्य छैन, किनकी हामी जब एकअर्कामा प्रेममा परेको कुरा देखी लिएर आजिबन माया गरिरहने संकल्पसम्म भएका रहेछन, तिनै रमाइला संबाद र प्रेमिल संकल्पले नै आज हामी बिच संबादबिहिन संपर्कबिच्छेद हुँदापनि उस्को यादले सताएकोछ, उस्को झल्कोले पुन एकपल्ट छुएको छ, उफ.... कस्तोहोला यो याद भन्ने चिज पनि, किन आइदिन्छ सम्झना, किन भैदिन्छ मन भित्र उथलपुथल यादहरु, अनी किन बेचैन बनिदिन्छ उनको अभावमा यो मनहरु, आखिर केछ हामी बिचमा, जो संग न भौतिक स्पर्श छ, नत भौतिक भेटघाट नै, तैपनी महिनौ सम्म खबर बिहिन भएर बस्दा पनि किन यती धेरै विश्वाश लाग्छ मलाई उनको, आखिर केछ त्यस्तो उनिभित्र टुनामुना गरेझै उनलाई भुल्न नसक्ने हुनुमा, म आँफै अनुत्तरित हुन्छु, म आफ्नै सवालहरुमा, साच्चै अजिब छ उस्को उपस्थिती र यादहरु । 

उनी संगको अतितका पानाहरु सम्झिदै गए, यस्तैमा हाम्रो संबाद सुरुभएको केही महिना भित्रमै म बिरामी भएर अलिकदिन स्पेस गएको थिइन, त्यो समयमा उस्ले मलाई याद गरेकी रहेछिन, ए बैमान नमस्कार ! कस्तोछ हजुरलाई, अलिकती ब्यस्त भएर समयको अभावले यतातिर खासै आउन पाएकोथिन तर तपाईं त बिरामी पर्नुभएछ, आफ्नो ख्याल गर्नुहोस है, म नहुँदा त्यहा धेरै स्पेसमा आएर कविता सुनाएर कवी हुने हैननी भन्द्याछु मैले, बाफरे, हामी बोलेको कयौदिन पछी उस्ले आदेश र धम्किपूर्ण भाषामा प्रेमिल सम्बोधन गरेकी थिन, आज पनि सम्झन्छु त्यो उस्को बैमान सम्बोधन मेरो लागि आज पनि उतिकै प्रेमिल लाग्छ, उतिकै उर्जा बन्छ ताकी म उ आउने प्रतिक्ष्यामा बर्षौ बिताउनु सक्छु, यस्तै यस्तै पुराना मेसेजहरुको हाम्रो संबादहरु पढेर म मिठो अनुभुतिमा हराइरहेको थिए, यतिकैमा लगतार बजिरहेको गितलाइ फेरेर चुमेर पानाभरी भन्ने नारायण गोपालको गित लगाएर एकतमासल सुन्दै कुर्सिमा सुस्ताउन लागे, गित, पुराना याद अनी मेसेजका संबादहरुले कल्पनामा डुब्दाडुब्दै कतिबेला कुर्सिमा निदाएको पत्तैपाइन ।

धुर...धुर...धुर...! भाईब्रेसनमा राखेको मोबाइलको नोटिफिकेसनको आवाजले कुर्सिमा निदाइरहेको झस्किएर बिउँझीए म, यसैत फेब्रुवरी महिनाको जाडो त्यसमाथी खुट्टा झुन्डाएर कुर्सिमै निदाएको म बिउझदा कम्मरमुनिको पुरै शरीर झन चिसोले हिउँ झै बनेको रहेछ, खुट्टा निदाएर झिनिनिनी भएको थियो, कम्मर र घाटिमा कटकट दुखिरहेको रहेछ, चिसो र कुर्सिमा अफ्ठ्यारो गरेर निदाएकोले दुखेको सरिरलाइ फ्रेश बनाउनलाई मोबाइल टेबलमै राखेर अफिसको बाहिर निस्किए, अफिस बाहिर निस्किएर चारैतिर एकचक्कर लगाएर शरिरलाइ चंगा पारे, अघिसम्म दुखेको कम्मर र घाटिलाई पनि मर्याकमुरुक पारेर हलुका बनाए, त्यसपछी झन्डै १५ मिनेट जती बाहिर चिसोमा कसरत गरेपछी फ्रेस भएर पुन भित्र प्रबेश गरेर कफी बनाए, कफिको कप लिएर अफिस भित्र प्रबेश गरेर कुर्सिमा बस्दै मोबाइल तानेर फेसबुक तिर नियाले, धेरैले भ्यालेन्टाइनको शुभकामना पोस्ट गरेकारहेछन, ति पोस्टहरु देखेपछी बल्ल थाहा भयो ओहो आजत १४, फेब्रुवरी भ्यालेन्टाइन अर्थात प्रेम दिवसपो रहेछ, त्यसपछी अचानक झल्यास भए निन्द्राबाट बिउँझीए झै, अघी त्यत्रो समय अगाडि नोटिफिकेसनले बिउँझीएको त कतै कुनै मेसेजपो थियो कि भनेर बल्ल दिमालगे सोच्न भ्यायो, अनी हतारहतार टुइटरको डिएमा तिर छिरे, नभन्दै साथीहरुको शुभकामना आएको रहेछ सबैलाई रिप्लाई फर्काए, तर मन भारी भयो, सबैको शुभकामना आउँदा आजको दिन जस्तो प्रेमिल दिनमा पनि उनको कुनै मेसेजहरु आएनन, यस्तै सोच्च्दै अब आँफै एकपल्ट मेसेज गर्छु, शायद उनले हेर्ला नहेर्ला तर ठिकैछ हेरे कुनै जवाफ त लेख्ला नत्र कुनैदिन त कसो नहेर्ला यस्तै सोचेर मेसेज लेख्ने सोच बनाए, त्यसपछी दुबै खुट्टालाई माथि कुर्सिमै तानेर पलेटी मारेर पुन बसे, पत्र शन्देश लेख्न भनेर जब उनको इन्बक्समा गए त्यहा इनबक्समा मेसेज आएर बसेको देखायो, म छक्क परे, हेरे मेसेज आधा घण्टा अगाडि नै आएको रहेछ, म भित्र खुशी वा एकोहोरोपना केले छुयो थाहैपाइन, मेसेज नै नपढी एकोहोरो भएर टोलाएछु मत, टोलाई रहेको हातबाट अचानक मोबाइल भुइमा खत्र्याक्क खस्यो, झस्किएर भुइबाट मोबाइल टिपेर उनले पठाएको मेसेज पढ्न थाले ।

बैमान मिठो सम्झना !
सम्बोधन नसोध्नु मलाई, त्यो भन्दा किम्ती हजुरको लागि असिमित माया बोकेर ल्याएकी छु, अब कहिलै तपाईंबाट टाढा नहुनेगरेर कयौ दिनको सम्झनाहरु एकैपटक संगालेर ल्याएकी छु, हृदय भित्र सिर्फ हजुरलाई मात्रै सजाएर फर्किएकी छु, आजको यो प्रेम गर्ने प्रेमिल जोडीहरुको पवित्र दिन प्रेम दिवसको दिन, आशाछ यतिका दिनका मेरा सबै खालिपन र अभावहरुलाइ यहाँँले माफ गर्नुहुनेछ, बाचा गर्छु, अब हजुरलाई आजको यो पत्र शंदेश संगै कहिलै एक्लो बनाएर बेपत्ता हुनेछैन हजुरकी प्रेमदाशी, त्यसैले मिठो चुम्बन बोकी ल्याएकी छु हजुरकै निम्ती भनेर आशाछ यो प्रेमिल चुम्बनलाई सहश्र स्विकार्नु हुनेछ र उस्तै मिठा चुम्बनहरु सहित मायालु शन्देशहरु कोरी पठाउनुहुनेछ, प्रतिक्षा को घडी बाधेर बस्नेछु महाराज हजुरकी यो प्रेमदाशी ।

महाराज हजुर प्रती आशा राखेकी छु, हजुर पक्कैपनि मन दुखाएर बस्नुभएको छैन भनेर, किनकी मैले यहाँलाई कोरेको दोश्रो शंदेशमा सबैकुरा भनेकै थिए, सबै अनुकुल्ता मिलेपछी हजुरसामु अवस्य फर्किएर आउनेछु भनेर, हो आज तिनै बचनहरु पुरागर्न फर्किएकिछु हजुरको प्रेमको चराणमा, हजुरको हृदय भित्रको प्रेमकुन्जमा, मेरो हजुरले मलाई बुझ्नुहुनेछ, किनकी म भन्दा हजुर बिबेकी हुनुहुन्छ, ज्ञानी हुनुहुन्छ, मलाई थाहाछ, कतिकुरा त, मैले भनेर वा नभनेर सबैकुरा आँफै बुझ्नुहुन्छ, तसर्थ पनि म हजुर जस्तो कोमल र प्रेमिल मान्छे पाउनुमा आफ्नो अहोभाग्य सम्झन्छु, फुर्काउन खोजेकी होइन, मैले अन्जान मान्छेलाई यही विश्वाश देखेर नै प्रेम गरेकी हुँँ, माया गरेकी हुँँ, जस्लाई मैले न छाम्न पर्छ नत कुनै भौतिक स्पर्स । 

महाराज समय आँफैमा बलवान छ, हरेक जिबनका भोगाइहरु, घटना परिघटना कथा काहानी सबै समयमै भर पर्छ, किनकी समय भन्दा अगाडि र पछाडि केहीहुदैन, हामीभन्दा समय बलवान भएकै कारणले हामी एकअर्कामा चाहेर पनि केही गर्न सक्दैनौ, यदी समय बलवान नहुँदोहोत नत यो टुइटर हुन्थ्यो, नत यो स्पेस नै अनी हाम्रो भेट, आखिर समयनै सबैथोक हुनाले त्यसको अगाडि पछाडि हामी केही गर्न सक्दैनौ जस्को बापजुद हामी अर्काको नाशो हुँदाहुँदै पनि जिबनको उत्तार्धमा भेटहुन आइपुगेकाछौ, शायद यहित होला समय भनेकै, तर आजभोलि त किन लाग्छ समय भन्दा पनि मेरो प्रेम बलवान जस्तो, किनकी मेरो प्रेम बलवान भएकै कारणले तपाईं मेरो बाटो पर्खिरहनु भएको छ र पक्कै अर्कोबाटो रोज्नुभएको छैनभन्ने पूर्ण बिश्वासमा छु राजा, त्यतिधेरै विश्वाश छ मलाई आफ्नो प्रेममा ।

माया कहिलेकाहित सोच्नुहुन्छ होला है, कस्ती संग संगत गर्न आइपुगेछु भनेर, अनी म प्रती दिक्क लाग्छहोला, अचम्म पनि लाग्छहोला, प्रेम गर्छु पनि भन्छे, पर्खेर कुराएर पनि राख्छे, तर कहिलै फर्किएर आउँदैन भनेर, घरिघरी त सोच्नुहुन्छ होला, यो सामाजिक सञ्जाल हो, यहाँ कयौ र सयौ प्रकारको मान्छेहरु आउछन अनी जान्छन, यहाँ कती प्रेम खोज्न आउछन, कोही बास्ना खोज्दै आउछन, कोही रिस राग र घमन्ड बोकेर आउछन, अझ त्यो भन्दा पनि धेरै सञ्जालमा स्वार्थ बोकेर आउने धोकेबाजहरु धेरै आउछन र हराउछन, जो बार्हमासे फुल जस्तै आज फूल्छन भोली ओइलाउछन, कोही रस चुस्न पल्केका भमराहरु आउछन र बैश चुसेर फेरी अर्को कुन बगैचामा पुग्छन, अर्को एउटा सुन्दर बगैचा उजाड बनाएर अर्को बगैचाको कलिलो मुनाहरु चुस्नलाई, घुम्न र डुल्न पल्केका भमराहरु आज यहाँ झुम्मिन्छन र भोली अन्तै कसैको जिबन बिटुलो बनाउन माहिर हुन्छन, तर माया ! विश्वाश गर्नुहोस, मलाई तपाईंको नाम संग लालच छैन, तपाईंको भोगबिलास, पैसासंग लोभछैन, तपाईंको सारिरिक भोकको अभिलाषा छैन, बस म हजुर संग चोखो र अनन्त, अजर, अमर प्रेम चाहन्छु, जुन आजसम्म कुनै पनि इतिहासमा शायद लेखिएका छैनन, वा कोरिएका छैनन, हो म त्यही प्रेम चाहन्छु, जो म बर्षौ देखी प्रेमको भोको छु, मायाको अपूर्ण रित्तो खाली सिसिस भएर बसेकोछु, नितान्त खाली छु, रित्तो छु, त्यो म पूर्ण हुनचाहन्छु । अनी बिश्वासमै आजसम्म नकोरिएको इतिहासकै नौलो अनौठो प्रेमकहानी लेखाउन चाहन्छु, यदी कुनै कथाकारले हाम्रो बारेमा उपन्यास लेखेछन भने पनि युगौ युगान्तर मनुश्यजातिले पढिरहुन, एउटा मुनामदन जस्तै, मलाई मेरो महाराज तपाईं संगको सामिप्यतामा बाधेर माया गरिरहन मन छ, प्रेम रोपी रहन मनछ, जो फुलिरहोस, मखमली फूलझै कहिलै नओइलाउने गरेर, सारा दुनियाँमा बास्ना छरिरहन मनछ, एउटा चोखो प्रेमकथाको जसरी पारिजातले आफ्नो सुबाशना छर्छ, त्यसरी नै म मेरो मायाको बास्ना छरिरहन पाउँ ।

प्यारो महाराज, म चाहन्छु कि मेरो प्रेम बेलि-चमेली जस्तै सँधै सुबासित होस, चम्पा बाबरी जस्तै मगमगै रहोस, लालुपाते जस्तै फुलिरहोस, वास्तविक जिबनमा तपाईंको घरको आँगनको संघारमा फुल्न नसके पनि, तपाईंको हृदयमा सँधै फुलिरहन पाउँ, तपाईंको मनको कुनामा सँधै लुकिरहन पाउँ, म बुझ्छु यो जिबन सँधै एकनास हुँदैन, नास्वर शरीर आज छ भोली हुँदैन तर पनि मेरो प्रेमबिन्ती हजुरलाई यदी अर्को जन्म भएछ भने म तपाईंकी र तपाईं मेरो भएर जन्मन पाउँ, बस यो भन्दा ठुलो आशा अरुकेही राखेकी छैन, र अरु केही मागेकी पनि छैन, अँ साची एउटा कुरा माग्छु है हजुर संग, दिनुहुन्छनी हैन ? मैले माग्छु भन्ने बित्तिकै झस्किनु भयो होला है, भौतिक सुखसुबिधा ऐशर्य के माग्छे यसले भनेर, तर डराउनु पर्दैन त्यस्तो केही हैन, बस मैले त हजुर संग एउटा बाचा मागेकी हुँँ, हजुर, मलाई यती भनिदिनुहोस म बाहेक अरुकसैलाई माया गर्नुहुनेछैन, म बाहेक अन्य कसैलाई गलत नजरले हेर्नुहुनेछैन, धत लाटी, म पनि कस्ती पागल छु है राजा, कती मनमा स्वार्थ बोकेर बोल्छुनी, तर के गरौ राजा, यो माया भन्ने चिज हुन्छनै त्यस्तो स्वार्थी, जो आफ्नो मान्छे अरुकसैको नहोस, हो त्यसैले हजुरले दिनुभएको जुन बाचाले मलाई सन्तुस्टी दिलाउनेछ, आत्माको चैन दिलाउनेछ, मलाई मृत्‍युपर्यन्त पनि जिउदो राख्नेछ, देहको रुइ बनेर अनन्तकालसम्म ।

ए हजुर, एउटा कुरा यता सुन्नुन, हजुर मलाई माया त गर्नुहुन्छ नि है ? मलाई कुनै भ्रममा त राख्नुभाको छैननी हैन, हुनत माथि शंदेश लेख्दै गर्दा म आँफै भित्र तपाईं प्रती गरेको विश्वाशमा प्रश्न सम्सय पोखेर आँफैलाई पिडादिन खोजेको त हैन, अनी हजुरमाथी अबिश्वास पनि हैन, तर नारी हुँँ कोमल छु, त्यसैले यो कोमल तन र मनले तपाईंको मुखबाट तिमीलाई प्रेम गर्छु भन्ने शब्द सुन्न चाहन्छे, सिर्फ त्यती हो राजा, त्यसैले यो तुच्छ प्रश्न राखेको है, नत्रत मलाई पुरापुरा विश्वाश छ आफ्नै मुटुसंग, मलाई खुब बेहद प्रेम गर्नुहुन्छ भनेर, महाराज, अनी अर्को कुरा, मैले पहिलेनै माथि भनिसकेकी छु हजुरलाई, कि ! मलाई तपाईं प्रती कुनै स्वार्थ र भौतिक शुखको चाह छैन भनेर, तर एउटा कुरा पक्का हो राजा, शारिरिक सुखको भौतिक इच्छापुर्तिको चाहना हैन तर मलाई किन यस्तो लाग्छ, मेरो हजुरसंग भेटेर हजुरको न्यानो छातीमा टासिएर आफुलाई बिलय गरिदिउँ, आफुलाई त्रिप्त पारीदिउँ, हजुरको कसिलो अंगालोमा बाधिएर घन्टौसम्म निदाइरहुँ, रुदारुदा गरेर मेरो आशुको सागरले तपाईंको पाखुरी भिजाइदिउँ, शायद म भित्र त्यो भोक छ जुन भोक मैले जिबनमा कहिलै अघाउन सकिन, तर त्यो भोक आवेगको हैन, शारिरिक प्यासको हैन, यौनकुन्ठाको जलन हैन, बस एउटा न्यानो अनुभुतिको अभाव हो राजा, त्यो अनुभुती मैले तपाईं भित्र देखेकोछु, आशाछ एकदिन तपाईंको त्यो छातीमा म चैनको निन्द सुस्ताउन पाउनेछु, त्यो नै मेरो प्रेमदिवसको सबैभन्दा ठुलो उपहार हुनेछ राजा ठुलो उपहार हुनेछ, अनी मैले यस्तो भनिरहदा मलाई गलत त सोच्नुभएको छैन नि है, मलाई थाहाछ हजुरले त्यस्तो सोच्नुहुने पनि छैन ।

ए हजुर, हेर्नुन कतिकुरा भन्छु भनेर आएकी थिए, तर जब तपाईंलाई शन्देश लेख्न बसे, तब भन्छु भनेर सोचेको कुराहरु सबै बिर्सिए, यहाँ आएर लेख्न थालएपछी हुनेनहुने बकम्फुसे कुरा गरेर हजुरको समय बर्बाद गरिरहेकिछु, महिनौ पछी फर्किएर आउँदा पनि प्रेमिल शब्दहरु पोख्न जानिन, मलाई भाव पोख्न आउँदैन, झन यो पत्र वा सन्देश भनेपछी मलाई फिटिक्क लेख्नै आउँदैन, पड्दा पनि किताबको निबन्ध पढे जस्तै लाग्यो होला है, मनको कुरा हजुरले झै मिलाएर लेख्न आउँदैन, हजुरले झै मिलाई-मिलाई राख्न आउँदैन, बस मन भित्र जस्तो आयो त्यस्तै लेखिदिए, तर जस्तो भएपनी यो तपाईंकै प्रेम सम्झिएर शब्दहरुको ग्रहण गर्नुहोस है, मलाई थाहाछ हजुरले बुझ्नुहुनेछ मैले भन्न खोजेका कुराहरु, त्यसैले म ढुक्कछु अनी भन्छु बस आजदेखी म हजुरलाई छोडेर कहिलै एक्लो बनाएर हराउने छैन, सिवाय मृत्‍युले नलगेसम्म, मृत्‍युले नै लगेत कस्को पो केनै लाग्छर दैब संग है, यदी दैबसंग हार खाइनछु भने यो प्रेम सिर्फ हजुरलाई भो, आजिबन अनन्त युगौयुगसम्म राजा युगौयुग । 

ला... कनिकुथी लेख्दा-लेख्दै मेसेज निक्कै लामो भएजस्तोछ, पढ्न पनि झर्को लाग्छ होला झर्को नमानी पढ्नुहोस है प्यारो मान्छे, अनी फेरी एउटा कुरा भनुम, मेसेजको सुरुवातमा बैमान शब्द संग रिस उठेको होला है, जो चै महिनौ हराउछ उनै अर्कालाई बैमान भन्छे भनेर, तर बिन्ती राजा नरिसाउनुहोस है, मैले हजुर मनको कालो हुनुहुन्छ वा बचनको अपरिपक्व हुनुहुन्छ भनेर त्यो शब्दले सम्बोधन गरेकी हैन, मायाँले अनी प्रेमले सम्बोधन गरेकी हुँँ, अनी हजुरलाई याद छ कि छैन, यदी याद छैन भने सम्झनुहोस्त एकपल्ट, मैले हजुरलाई पहिलोपटक सम्बोधन गर्दा बैमान भनेकी थिए, हो त्यहिभएर आज महिनौपछी त्यही शब्दले सम्बोधन गर्न मन लाग्यो, यदी मन दु:खेको भए माफि चाहन्छु तर हजुर रिसाएपनी, मन दुखेपनी, हजुरत मेरो हृदयको बैमान हुनुहुन्छ आज त्यही बैमानले यो अन्तरात्मामा बास गरेकै कारणले यो माया जताइ रहेकिछु, प्रेम पोखिरहेकिछु, अन्त्यमा आजको यो प्रेम गर्ने प्रेमिल जोडीहरुको पवित्र दिनलाई साची राखेर भन्छु अब उप्रान्त हजुरबाट टाढा रहनेछुइन, हराउनेछैन, सँधै-संधै हजुरको हृदयमा प्रेमको फुल बनेर फुलिरहन पाउँ भन्दै न्यानो स्पर्श सहितको मिठो मायाको कोशेली पठाएकोछु हावाको त्यो झोका संगै एकभारी चुम्बनहरु लिनुहोस है ल, उम्मा.......!!!

प्रेम दिवसको अनगिन्ती शुभकामना सहित 
Happy Valentine My Dear love, Love you so much & miss you Dear 

उही हजुरकी प्रेमदाशी

मोबाइलको स्क्रीनमा देखिएको मेसेज पड्दा पड्दै कतिबेला सकियो पत्तै भएन, इन्बक्समा मेसेज स्कोर्ल गर्दै जतिजती तलतिर जान्छु उतिउती मिठामिठा शब्दहरुमा अनुभुती छरपस्ट पारीरहन पाएझै हुन्थ्यो भनेर सोच्दासोच्दै पड्दै गरेको मेसेज सकिएको पनि थाहैपाइन, जब मोबाइलको स्क्रीन स्क्र्ल हुनछाड्यो तब बल्ल झस्किए मेसेज अघिनै कतिबेला सकिसकेको रहेछ, जब मेसेज पढिसके, तब म भित्र छाएको यो एकाएकको खुशी कसरी छताछुल्ल भएको थियो मेरो अनुहारमा, त्यो खुशीको उन्मादमा कतिपल्ट दोराएर पढे त्यो मेसेजलाई म भावमा वा शब्दमा यहाँ उल्लेख गर्नसक्दिन, बस यती बुझ्नुहोस तपाईंहरु कि ! महिनौ पछी छुटिएको आफ्नो प्यारो मान्छे फर्किएर आउँदा वा आफ्नो सबैभन्दा प्रीय बस्तु हराएर पुन भेटिदा जतिखुशी लाग्छ त्यस्को दोब्बर तेब्बर खुशीले मलाई उन्मत्त बनाएको थियो, म स्वयम बिपनामै छु आँफैलाई पत्याउनै गाह्रो भएको थियो, त्यो जाडो महिनाको चिसो मौसममा कुनै पर्बाह थिएन मलाई, चिसोले नाक, कान खुट्टा र हातको औलाहरु कथाङ्रीएका थिए, तैपनी म सपनामा झै थिए त्योबेलाको खुशीमा, एउटा कुरा सोध्न मन लाग्यो तपाईंहरुलाई, के तपाईं यस्तो अन्देखी प्रेममा कहिले पर्नुभएको छ ? अनी आफ्नो निराशामा पुगेको आशाहरु एकाएक आफुले माया गरेको मान्छेको आगमनमा आँफै कल्पनामा हराउनुभएको छ ? छ भने तपाईं पनि आफ्नो खुशी र अनुभुती भन्नुहोस्न ल, तपाईंहरुको र मेरो अनुभुती वा खुशी एकैखाले हुन्छ कि वा फरक ! यदी कुनैदिन मौका मिलेछ भने तपाईंहरु पनि आफ्नो प्रेमको अनुभुती सुनाउनुहोस्न है, साच्चै नै एकाएक आएको उस्को मेसेजले मनमा उमंग त, छाएको थियो नै, अझ, दोहोरिदै बजेको गितको बहाबसंगै अफिस भित्रको त्यो सन्नटामा आज सोच्दा पनि नसोचेको महिनौ पछीको उस्को मेसेजले झस्काइ दिएको थियो, पुन उस्तै उत्सुक्ता थपी दिएको थियो मनभरी, फेरी उस्तै एकाएक अनौठो झंकार गुन्जिएको थियो मस्तिस्क भरी, एकाएक नजानिदो स्फुर्ती भरिएको थियो सरिरभरी, सबैलाई मिलाएर एकै लाइनमा भन्ने होभने कुनै योद्धाले नतिजा आशा नगरेको कुनै एउटा युद्ध जिते झै आज मैले एउटा युद्ध जितेको थिए, मैले बिजय प्राप्त गरेको थिए, आफ्नै प्रेममा, आफ्नै भरोसामा, आफ्नै विश्वाश माथि । 

पटक-पटकको दोराइ-तेराइ मेसेज पढिसकेपछी बल्ल थाहाभयो रात छिपिदै जादाको मौसमले चिसिएर ओठहरु कापी रहेको रहेछ, आँफै पनि हातमा समातेको मोबाइल थरथर काप्दै कुर्सिमा मुर्ती झै भएको रहेछु, निक्कैसमय पछी मात्र थाहापाए, त्यसपछी हावामा उडेको सिमलको भुवा झै फुरुङ्ग हलुका बनाउदै कुर्सीबाट उठेर कक्रीएको सरिरलाइ तन्काए अनी किचेनतर्फ गए, कफी बनाए, कफिको तातो बाफ संग रिसेप्सन र स्टोर रुमतिर गए, सबैजना आआफ्नै शुरमा कोही मोबाइल हेर्दैथिए, कोही निदाइ रहेका थिए, म पुन चुपचाप उनिहरुलाई हेरेपछी फर्किएर आफ्नै अफिसमा गएर बसे, ब्लाक कफिको तातो सुरुप लिदै पुन एकपल्ट उस्को मेसेज पढ्न मन लाग्यो, पुन दोहोराए, आहा मेसेज के भनौ, साक्ष्यात आज उस्को उपस्थिती भएको थियो, कफिको चुस्की लिदैगर्दा उ मेरो सम्मुख बसेर मलाई हेरिरहेको थियो, मलाई यस्तै अनुभुती भएको थियो, त्यो मेसेज हरेकपटक पड्दैगर्दा, मेसेज मेसेज नभएर उस्को भौतीक सरिरको आगमनको अनुभुती भएको थियो मलाई, कास मेसेजलाई उस्को प्रतिबिम्ब देखे जस्तै साचिकै उ मेरो सम्मुख भएको भए, म हराए फेरी, बहकिए फेरी, अनी मनमनै के सोचे कुन्नी लाटा जस्तो, एक्लै मुसुक्क हासे र, उस्को मेसेजको प्रतिउत्तर लेख्न थाले, ओठमा तातो कफी अनी उडिरहेको कफिको उस्तै रापिलो बाफमा म पोखिए, उनको मेसेजको जवाफको निम्ती ।

प्रीय गुमनाम,
बेनामा सम्बोधनले सम्बोधन गरिरहेको छु, आशा छ, बेअर्थी सम्बोधन स्विकार्नुहुनेछ, सिमाहिन असिमित अनन्त र अलौकिक प्रेमिल प्रेमपुन्ज लिएर हजुरको सामु उपस्थित भएकोछु, क्षिण हुँदैगएको आशा, अस्ताउन लागेको क्षितिज, निभ्न लागेको आशाको दियो, पुन एकल्ट, आशाहरु पलाएको छ, क्षितिजहरु मेरो सामु उभिएकाछन, निभ्नै लागेको दिप पुन एकपल्ट प्रज्वलित भएकोछ, मेरो मनको सन्सारमा, मेरो प्रेमको प्रेमनगरमा पुन बसन्तको पालुवहरु पलाएकाछन, र म भित्रको जिजिभिसाहरु पुन एकपल्ट जाग्रित भएकोछ ।

आजसम्म एउटा नाम दिननसकेको हाम्रो सम्बन्धको न्यानो प्रेमिल स्पर्स लिएर हजुरको ति सुकोमोल औलिहरुले चुमी पठाएको १४, फेब्रुवरीको  स्नेही शब्दगुच्छाहरु जब यो बर्फिलो रातमा न्यानोपन बोकेर आयो, तब मेरो खुशीको सिमाहरु सिमाहिन भएकाछन, मैले चुम्न नसकेको आकाश मेरै अगाडि उभिएकोछ, मैले छुन नसकेका यि रातहरु आज मलाईनै अंकमाल गरेर प्रेमिल अनुभुतिहरुले बाधिरहेकोछ, थाहाछैन, कोसौँ टाढा झुल्किने ति जुन र ताराहरु मेरो हृदयको अन्तरकुन्तमा आएर काउकुती लगाइरहेकाछन, जिस्काइ रहेकाछन, म यतिबेला लाजले भुतुक्क भएकोछु, तपाईंको शब्द शब्दमा बहकिदै जादा शर्मले निलोकालो पानीपानी भएकोछु, मेरो खुशीको उमंगहरु कहासम्म उछालिएकाछन, म त्यो तपाईंसंग बयान गर्नसक्दिन, बस, आजसम्म नभेटेको र नदेखेको अपहार खुशीहरु प्राप्त भएकाछन, त्यसको लागि धन्यवाद भनेर आँफैलाई तुच्छ त, बनाउन सक्दिन प्यारु, बस यो स्नेह, यो प्रेम, यो माया, यो बिश्वासको लागि सँधै रिणिछु, सँधै क्रितज्ञ छु, बाचा गर्छु आजैबाट हामी बिचको मायामा कहिलै अबिश्वास रोप्न दिनेछैन, अबिश्वास र संकाको डेरा जमाउन दिनेछैन, जिबनको उत्तार्धमा भेटिएर त, केभो, अब यहाँभन्दा उप्रान्तको बाँकी जिबन तपाईंको विश्वाश र प्रेमपूर्ण न्यानोपनको लागि सँधै अर्पण हुनेछ, सँधै समर्पण हुनेछ, कुनै आग्रह पुर्बाग्रह बिना ।     

सम्योग पनि कस्तो, थाहाछ हजुरलाई ? हरेकदिन जसो कुनैन कुनै बहानामा हजुरको याद न आउनेत हैन, प्राय सम्झेकै हुन्छु, याद गरेकै हुन्छु, तर हरेक पटकको यादहरुमा निराश बन्छु, शक्तिहिन जस्तै क्षिण बन्छु, कुनै अत्यासले सताए झै हतास हुन्छु, सपनाहरु मबाट लाखौं टाढा भाग्न खोज्छन, तर आज खै किनहो, तपाईंको याद खुब आएको थियो, खुब सम्झना भएको थियो, हाम्रो पुरानो दिनको संबादहरु, हामीले गरेका टुइटरको डिएम भित्रको रमाइलो क्ष्यणहरु सम्झदै म हराउदै थिए कतै तपाईं भित्र, त्यस्तो पनि दिन रहेछ हामी बिचमा, जहाँ थाहै नपाई मायाको बिजारोपण भएको रहेछ, कतै उत्सुक्ता त कतै कौतुहल्ता, कतै लज्जा त, कतै भाबुक्ता पोखिने हामी बिचमा संबाद भएका रहेछन, आज तिनै मेसेजहरु सम्झिदै पड्दै पागल जस्तै एक्लै मुसुक्क मुस्कुराउदै हजुरलाई नै कल्पिरहेको थिए, मलाई यस्तो लागेको थियोकी मैले पुरानो मेसेजहरु पढिरहदा तपाईं पनि लजाएर मुसुक्क हाँस्दै त्यही मेसेजहरु पढिरहनु भएको छ जस्तै लागेको थियो, अनी कल्पनामै मैले तपाईंको अनुहारमा अलिकती लाज, अलिकती प्रेम अनी झुकेको त्यो चेहेरामा जमिनतिर दबेको आँखाको भाका पढिरहेको थिए, तपाईं हाम्रो मायामा चुर्लुम्म डुब्नु भएकोथियो, त्यो पल सम्झिएर म पनि यता लाजले भुतुक्क भएर पानीपानी भएको थिए, तर खै किन कुन्नी, आज मलाई धेरैदिनपछी यस्तो महसुस भएको थियो, जसरी अनुभुती गरे उसैगरी आज हजुरको मेसेज आउनुमा कस्तो संयोग होला भनेर म आँफै छक्क परिरहेकोछु, शायद, मन संग मन र मुटु संग को मुटुको सम्बन्ध भनेको यही होला, मैले सम्झिनु अनी तपाईंको मेसेज आउनु, यो संयोग मात्रै होइन, पक्कै हामी बिचमा अघिल्लो जुनिको कुनै अधुरो सम्बन्ध पनि हुनुपर्छ, जो आज पूर्ण हुनलाई हाम्रो पुनह भेट भएकोछ ।

कुनै समय यस्तो पनि थियो, जहाँ आफ्नै मुलुक भित्रपनि एउटा पत्र आदनप्रदान हुन महिनौ समय लाग्थ्यो, यो प्रिथिबी अरबौगुना ठुलोहोला जस्तो लाग्थ्यो, कुनै आफ्नो प्रीयसिले पठाएको पत्र पाउन महिनौ कुरेर पुन त्यसको जवाफ अर्कोतर्फ पुग्दा दुबैतर्फ साल बितेको समय र सम्झनाहरु ताजैछन आजपनी, तर अहिले हिजोको त्यही संसार, त्यही धर्ती आज बिज्ञानले यती साँघुरो बनाइदियो की क्ष्यणभरमै मान्छेलाई आफ्नो खबर र संबादहरु दोहोरो भैदिन्छ, सेकेन्ड भरमा एकले अर्कालाई देखन सुन्न र महसुस गर्न सक्छ, आखिर त्यही बिज्ञानले दिएको सुबिधाबाट हामी पनि अछुतो रहन सकेनौ, आखिर त्यसैले गर्दा सामाजिक सञ्जाल मार्फत हाम्रो पहिलो भेट भएकोथियो, त्यही भेट रेलाठट्ठा र हासो गर्दागर्दै हामी एकार्काको समिपमा आइगेका थियौ, त्यही सामिप्यताले हामीलाई दुबैको परिपुरक बनाइदिएको छ, साच्चै नै सामाजिक सञ्जाल पनि कस्तो अचम्मको है राजा ? यही सन्जालले नजिक भयौ, तर एक अर्काको ब्यक्तिगत निजी परिचयसम्म भएको छैन हामी बिचमा, न मैले हजुरको नाम ठेगाना थाहापाएको छु, न हजुरले मेरो, साचिकै पागलपन नै रहेछ यो सञ्जाल पनि, न परिचय आवश्यक पर्‍यो, न ठाउँ ठेगाना, न कुनै ब्यक्तिगत विवरण, न पेशा न धर्म न क्षेत्र, आखिर कुन चै त्यस्तो भावनाले हामीलाई जोडीदियो, म अचम्ममा पर्छु सोच्दाखेरी आँफै, सम्बन्ध भनेको यस्तो बेसुरको अन्धधुन्ध अन्धो पनि हुँदोरहेछ भनेर, अनी हास्छु पनि बेलाबेला त, खासमा भन्ने हो भने आजसम्म दुबैमा आपसमा बोलाउने र सम्बोधन गर्ने नाम र साईनो सम्म थाहाछैन हामीमा, तैपनी जोडीएकै छ यो मन र मुटु, साच्चै माया भन्ने चिज कस्तो हुन्छ होला है राजा, जस्को कारण दुबैले एकले अर्कालाई जान्न बुझ्न आवश्यक पनि ठानेनौ हामीले । 

प्यारो मान्छे, तर कहिलेकाही भने अफ्ठ्यारो महसुस हुनेरहेछ आँफैमा, हामीले हरेक संदेशमा एकले अर्कालाई आजसम्म कुनै नाम राखेर वा उपनाम दिएर बोलाउन सकेनौ, हामी बिचमा सम्बोधनको त्यस्तो कुनै औपचारिक नामहरु जुरेनन, त्यही गुमनाम र बेनाम हुँदा आज पत्रको सुरुवातिको सम्बोधन नै मैले हजुरलाई बेअर्थी शब्दहरुले गर्नुपर्‍यो, त्यस्को लागि माफि चाहन्छु, आशा छ तपाईंको यो फिर्ती सवारीले हामीलाई अझ परिचित र निकट्ता दिनेछ भन्ने कामना गरेको छु, त्यसपछी सम्बोधनमा कुनै असहज्ता हुनेछैन भन्ने सोचेको छु ।

प्यारो मान्छे, अलिकती प्रसंग बदल्छु है ल, २०२१,को सुरुवाती दिनमा जतिबेला हामी स्पेसमा बस्थ्यौ, त्यो बेलाको जस्तो रमरस र रौनक्ता आज भोली फिटिक्क छैन, हरेक शुक्रबार बस्ने हाम्रो सात्यिक बसाइ पनि आजभोलि किनकिन फितलो महसुस हुन्छ, किनकिन कहानेर नुन नपुगेको तरकारी जस्तै खल्लो लाग्छ, मेरो हरेक रचना र लेखहरुलाई तपाईंको टिप्पणी बिना अपूर्ण र अधुरा जस्तै लाग्छन, अरुले जतिसुकै तारिफ गरेपनी तपाईंको तारिफ र सुझाब बिना खल्लो लाग्छन, त्यहा हरेकको उपस्थिती हुँदा तपाईंको एउटै अनुपस्थितिले स्पेसको सुन्यता चिर्न सक्दैन, यो मनले तपाईंलाई नै खोजिरहेको हुन्छ, मैले कुनै कथा कविता बाचन गरिरहदा स्पेसको उपस्थितिहरुको नाम र तस्बिर तिर पनि आँखा डुलाउदै गर्छु जहाँ तपाईंको उपस्थिती देखोस आँखाले मनले यही भन्छु, मैले रचना पड्दै गर्दा मेरो डिएम भरी पहिलेकै झै असरल्ल हजुरको मेसेजहरुले भरिएको होस, यस्तै खोज्छ मेरो मनहरुले तर हरेक दिन र हरेक शुक्रबार आफुलाई खल्लो र निराश बनाउन सिवाय अरु केही बिकल्प छैन ममा, त्यहा तपाईंको उपस्थिती नहुँदा, तर आजको तपाईंको अचानक आएको संदेशले पुन खुशी छाएको छ, पुन उर्जा थपेको छ, पुन उस्तै गरेरर रौनक्ता थप्ने छ, आशा छ स्पेस पहिले झै रमाइलो र उल्लासमय हुनेछ, अनी हजुर उसैगरी टिप्पणी दिनुहुनेछ, म उसै गरी फुर्किएर बाचन गर्नेछु, बस यही मिठो प्रतिक्ष्यामा छु राजा, यही मिठो पलको पर्खाइमा छु । 

आशा छ, अब पनि पहिले झै गुमनाम हुनेछैन, बेनाम भएर हराउनु हुनेछैन, मलाई बेचैनी र अत्यास लाग्दो बनाएर, बेपत्ता हुनुहुने छैन, हुनत तपाईंले खोपी संदेश मार्फत खबर नगरनु भएको पनि हैन, तपाईंको आफ्नो र आफ्नो परिवारमा भएको र घटेको सबै कुरा संदेशमै जानकारी गराउनु भएकै थियो तर यतिलामो र यत्रो समय हराउनु हुनेछ भन्ने चै मैले कल्पना पनि गरेको थिन, तर ढिलो होस तर छोरा नै होस भन्ने पुरानो रुढिबादी नेपाली उखान भए जस्तै ढिलै भएपनी संदेश मार्फत सँधैको लागि फर्किनु भएको छ, बस यसैमा खुशी छु म, आशा गर्छु अब मलाई एक्लो बनाउनु हुनेछैन, मृत्‍युको समयले हामीलाई अलग नगरेसम्म । 

साच्चै प्यारा, तपाईं त्योदिन खोपी शंदेश छोडेर गुमनाम भएपछी कयौ दिन अनिदो र जागा रातहरु बिताए मैले, कयौ रातको जून र ताराहरुलाई मेरो एक्लोपनको साँक्षी बनाए मैले, कयौ खबरहरु पठाएँ हजुर सामु ति क्षितिज मार्फत, तपाईंको अभावमा कयौपटक रुए, आशु झारे, बगाए, आफुलाई असैय बनाए, ब्यग्र बानए, तर निशब्द भएर भावना बिहिन भएर बस्नुको मेरो अर्को बिकल्प पनि त थिएन, रुनलाई कराउनलाई, चिच्याउन लाई न, तपाईं हुनुहुन्थ्यो, नत कोही, कहाँ कोसंग रुन सक्थे र म, को संग गुनासो पोख्न सक्थे र म, साचिकै निरिह बनेको थिए म, तपाईंको अभावमा, हरेक सुक्रबारको बसाइ खल्लोत थियो नै मेरो लागि, तर त्यो भन्दा पनि अझ धेरै पिडा त मोबाइलमा बजेको नोटिफिकेसनको आवाजले दिन्थ्यो, फेसबुक को मेसेज होस या नोटिफिकेसन, टुइटर को मेसेज होस या नोटिफिकेसन, ति हरेकपट आउने नोटिफिकेसनहरुले हजुरको कुनै नयाँ टिएल र खोपी शंदेशहरु आयोकी भनेर झस्काउथ्यो, अनी त्यो आवाज संगै हतारहतार गरेर मोबाइल हेर्थे, तर त्यहा वाइयातको अचाहिदो मेसेज र नोटिफिकेसन भन्दा केही नहुँदा निरास भएर फर्कन्थे, साचिकै दोहोरो थियो या एकोहोरो मै तिर मात्रै, तर तपाईंको अभावमा धेरै आफुलाई पिडा दिए, हजुरको यादहरुले चिमोटेको बेला आफुलाई निक्कै रुवाए, कहिपटक त डिउटी गर्दा पनि रुएकोछु,  र कालो चस्मा लगाएर अरुको नजर छल्न वाध्य भएको थिए, ओछ्यानमा सुतेको बेला पनि भक्कानिएर सिरानीलाई आशुले भिजाएर मुख छोपेर रोएकोछु, खै किन यतिबिघ्न माया लाग्थ्यो मलाई हजुरको, कुनै जन्मको छुटेको अपुरो प्रेम थियो कि ! हजुर संग ? यस्तै प्रश्न गर्न मन लाग्छ कहिलेकाहित ।

प्यारो मान्छे, यो प्रेम भयो वा गरियो, यो माया हजुरले दर्शाउनुभो वा मैले, यो आवश्यक थियो वा एक्लोपनको अभाव, मलाई थाहा छैन, तर तपाईंको अनुपस्थितिमा यतिका दिन तपाईंको ब्यग्र प्रतिक्ष्या गरेर बिताए, खै त्यस्तो कुन विश्वाश थियो कुन्नी आफु माथि, लाग्थ्यो एकदिन त पक्कै फर्किएर आउनुहुन्छ जस्तो लाग्थ्यो, म झै हजुर पनि मेरो निम्ती तड्पिनु हुन्छ भन्ने लाग्थ्यो, महिनौसम्म टाढा भएर दोहोरो संबाद हुननपाए पनि भुल्नु हुनेछैन, उतिकै, उस्तै प्रेम गर्नुहुन्छ, यस्तै विश्वाश लाग्थ्यो मलाई, त्यो आज महिनौ पछी फर्किएर आएको तपाईंको खोपी संदेशले प्रमाणित गरेको छ मलाई, साचिकै एउटा अटुट र पूर्ण विश्वाश थियो मलाई मेरो आफ्नै प्रेम प्रती, माया प्रती अनी तपाईंको हृदय प्रती त्यो आज सत्य भएकोछ, शायद एक हद सम्म मैले आज हाम्रो मायामा बिजय प्राप्त गरेको छु । खैर जेहोस छोडिदिउँ यस्ता अनुभुतिका कुराहरु, प्रेमका कुराहरु, बस आजबाट म यसैमा खुशी छु कि ! तपाईं पुनह फर्किएर आउनुभएको छ, पुनह उस्तै पहिले झै हाम्रो संबादहरु हुनेछन, पुन उस्तै गरेर सुख दु:ख प्रेम बिछोड सबै यावत सुखानुभुतिहरु सेयर गर्नेछौ, यसैमा चैन को श्वास फेरेको छु आज मैले, यो भन्दा बेहद खुशीको पल मेरो लागि अर्को कुनै हुनेछैन ।

अन्तमा, कुनै जमनाको पत्र झै लामो भयो होला मेसेज पनि, समय र फुर्सद मिलाएर पढ्नुहुन्छ भन्ने आशा गरेको छु, कुनै झर्को र झन्झट नमानी, अनी कती कुरा भन्न नजानेको भएपनि सबै शब्दको भावहरुलाइ मिलाएर मेरो भावनालाई बुझेर पढ्नु हुनेछ, मलाई बुझ्ने कोशीस गर्नुहुनेछ भन्ने बिस्वाशको साथ आजलाई यो खोपी संदेश अन्त्य गर्ने अनुमती चाहन्छु, अनी ए अर्को कुरा सुन्नुन,भोलिदिउसो, स्पेसमा १४, फेब्रुवरी प्रेम दिवसको बारेमा सबैले केहीन केही बाचन गर्ने भनेका छौ, समय र परिस्थिती मिल्यो भने हजुर पनि आउनुहोस्न है, तपाईंको आगमन भयो भने म एकदम खुशी हुनेछु, र पुनश्च अन्त्यमा, हजुरले झै मायाको पुष्पगुच्छा सहित प्रेमिल स्पर्स र चुम्बनहरु पठाएकोछु सम्हालेर स्विकार्नु हुन्छ भन्ने आशा छ, प्यारो मान्छे अहिले लाई अल्पकालिन बिदा । 
Happy valentine my beloved, love you so much & miss you much my love

उही हजुरलाई सदा माया गरिरहने 
हजुरको बैमान पारिजात

खोपी संदेश लेखिसकेर सुरुवात देखी एकपल्ट सर्सर्ती सबै पढे, त्यसपछी सेन्ड गरे, कतै उनी अन्लाई मै छिनकि भनेर एकछिन कुरे, तर १०/१५ मिनेट जती कुर्दा पनि मेसेज हेरेको हरियो सिग्नल नदेखाएपछी मोबाइल चार्जमा राखे, त्यसपछी कालो तितो तुर्किस कफिको चुस्की निल किचेन तर्फ लागे, यति गरिसक्दा यता रातको झैन्डै १२:४५ बजिसकेको थियो, कम्प्युटरको युट्युबमा रिमोडमा राखेको गित अहिले पनि उस्तै गरी बजिरहेको थियो, चुमेर पानाभरी........।

रचना- अर्पण योन्जन (शिरिष)
मिती- २६, २५,२९ र ३० बैशाख २०७९ 
तदनुसार- ८,९,१२ र १३ मे २०२२ 

No comments: