गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, May 20, 2022

कविता- देशमा निस्कियो होला चाँद ।



मनको बाँध भत्किएर
आज तिम्रो याद पोखिदा
सम्झनाको बाढहरुमा
हेलिएर बग्दा थाहा भयो
युगौ बितेछ तिम्रो स्पर्स बिना
चिसिएको यो अंगालो प्रिया
त्यसैले !
सपनाहरुले ऐठन भएर बिउझदा
म परदेशमा सुक्क सुक्क रुँदै
त्यो माथिको कालो आकाश नियाल्दा
शायद,
देशमा निस्कियो होला चाँद ।
 
तुर्किस कफिको कालो लेग्राले
कलेटी परेको जिब्रो
निकोटिनको धुवाँहरुले पहेलै परेका दाँत
चाउरी पर्दैगएको आँखाको डिल
, खेस्रा बन्दै गरेका गालाको धर्साहरु
तिम्रो यौबनको उर्जा बन्न नसकेको
मानब कंकाल जस्तै बनेको मेरो अस्तित्व
कयौ औंशिको रातहरु संग युद्ध गर्दै
यि आशाको जिजिभिसा हरुपनी
शहिद बनेका आज बर्सौं भएछ
, यता म परदेशमा मुर्छित हुँदा
शायद,
देशमा निस्कियो होला चाँद ।
 
खै किन हो कुन्नी प्रिय
परदेशको यो आकाश नियाल्दै गर्दा
तिम्रो खुब याद आएको छ,
लाग्छ किन बर्सौ बित्यो
तिम्रो अभावमा युगौ बित्यो
आज मलाई एक एक पलको सम्झना आउँदैछ
बार्दलिको रेलिङमा अडेशा लागेर
पत्रीकाको पानाहरुमा घोत्लिदै
तातो कफिको एकसर्को घुट्को पिउँदै
घुम्टोले ढाकेको तिम्रो अर्ध चेहेरा नियाल्दा
सानो अंखोराले आँगनको तुलशिलाई पानी चढाउदै
कुन्नी केके भन्थ्यौ तिमी,
निरन्तर, तिम्रो ओठहरु चल्थे
मानौ कि ठुलै भाकल माग्दैछौ तिमी
दोकाँधे बनाएको सारीको पल्लु
टिमिक्क उभार बक्षस्थलमा कसिएका चोली
गलामा झुन्डिएको रातै पोते
अनी निधारको त्यो टिकामा
नव दुलही झै लजाएर
त्यही अंखोराको पानीले
हिर्काइ राखेर तिमी भाग्थ्यौ
म तिम्रो प्रेममा कायल हुन्थे
, आज फेरी कयौ बषन्त पछी
तिम्रो याद आएको छ प्रिय
शायद,
देशमा निस्कियो होला चाँद
 
पश्चिम ओर्लिएको सुर्य संगै
पुर्बी आकाशमा उदाएको
चाँदनी नियाल्दै भन्थ्यौ
सखी, तिम्रो यो न्यानो अंगालो नहुँदा
म यिनै जून र ताराहरु संग बोल्ने गर्छु,
बार्दलिमा गमलाको ढकमक्क फूललाई देखाउदै भन्थ्यौ
हरेक बिहानी फक्रने यिनै कोपिलाहरु संग खेल्ने गर्छु
बिहानिको त्यो चिसो सिरौटो छल्नलाई
तिम्रो प्रेमिल अंकमालको न्यानो आशक्ती मेटाउन
कफिको तातो चुस्किमा आफ्न ओँठहरु जोडेर
तिम्रो छातीमा बास्फिएको महसुस गर्छु
आदी, इत्यादी !
यि र, यस्तै अनेकौ संबादहरुको
अनुभुती गरिरहेको छु आज
शायद,
देशमा निस्कियो होला चाँद
 
बर्सौं पछी आज फेरी,
तिम्रो जोबनको पराग सेचन गर्न
अनुरागी अभिलाषा बोकेर
अंजुली भरी प्रेम बोकेर
आँखा भरी सपना बोकेर
अनुभुती भरी स्पर्स बोकेर
तिम्रो अगाडि म हुनुको आक्रिती बोकेर
तिम्रो र मेरो लीलालेखनमा अभ्यसत हुन
म फेरी फर्किदैछु प्रिय !
 
तिम्रो कपको कफि चिसिनु अघी
बैश ढलेर सिउँदो फूल्नु अघी
भौतिक शरीर गलेर,
प्रियाबंदनाको सर्गम सकिनु अघी
तिम्रो यौबनको सिचाइ बनेर आउँदैछु
रत, आज धेरै दिन पछी
परदेशमा क्षितिज नियाल्दा
म कल्पी रहेको छु यतिबेला
शायद,
देशमा निस्कियो होला चाँद ।
 
रचना- अर्पण योन्जन- शिरिष
मिती- ७, जेष्ठ २०७९

No comments: