समय,न हो, बित्न कतीनैपो लाग्छर ? आजभोलि पर्सी भन्दै क्रमस दिनहरु बित्दै गए, जतिजती दिनहरु बित्दै जादै थिए, उतिउती हामी दुई बिचको प्रेम पनि झाँगिदै जादै थियो, यो बिचमा कती संबाद भयो, मलाई ठ्याइक्कै थाहा छैन, बस आजभोलि म अड्कल गर्न सक्छु हामी दुइको संबादले निम्ताएको प्रेमले अफिसका सबैजना आजित भैसकेका थिए, म भन्दा तलका कोही केही भन्न सक्दैन थिए, बाँकी अरु पनि केही नभन्ने किनकी मलाई मेरो अफिसको हाकिम र डिभिजन हेडको आशिर्बाद मिलेको जतिकै थियो, उनिहरु अफिस आउँदा अफिस ब्याइ भाईले चियापानी दिनुपर्ने ठाउँमा म आँफै नयाँनया अलगलग परिकारको चियाकफी बनाएर खुवाउथे, हाकिमको अफिसमा गएर कहिले फाइलहरु मिलाएको जस्तो त कहिले के सामनहरु मिलाएको जस्तो गरेर चिम्प्लो घस्थे, यहिकारणले पनि मलाई हाकिमले काम बिगारेर पनि केही भन्दैन थिए, तर समयमा कामको रिपोर्टिङ नसक्दा र कामहरुको फाइलहरु अपडेट नहुँदा अरुहरु भने दिक्क भैसकेका थिए, नहोस पनि कसरी ? मैले यतिसम्म गरेको छु कि घरमा हुनुभएको आफ्नो जिउदो बाउलाई पनि बाउ बित्यो भनेर पशुपतिको आर्यघाटमा जलाउन लागेको अन्यको लाशको फोटो इनटरनेटबाट डाउनलोड गरेर कम्पनीमा देखाएर बिदा लिएको थिए, हामी दुइको सम्बन्धले यहाँसम्मको अन्धो बनाएको थियो मलाई, बस हाकिम संगको मेरो उठबसले गर्दा मात्रै अरु केही भन्न सक्दैन थिए, यसरी बिदा लिएर गफ गर्नै भनेर दिनभर रातभर मोबाइलमै झुन्डिएको हुन्थे, अफिसको साप्ताहिक मिटिङमा बस्दा समेत मेरो भागको जिम्मेवारी आउँदा अर्काको टाउकोमा लगाएर तिमीले त्यो रिपोर्ट सकेको छैनौ भनिदिन्थे र उक्त ब्यक्ती तर्फ नजर घुमाएर आँखा झिम्काउथे, बिचरा त्यो ब्यक्ती पनि अंकनिदै आज सक्छु सर भरेसम्म मेलगर्छु भनेर भन्थ्यो, मिटिङ सकिएपछी आएर मलाई गाली गर्थ्यो किन तिमीले मिटिङ मा झुट बोलेको भनेर रिसाउथ्यो, त्यसपछी हाँस्दै जवाफ दिन्थे म, त्यतित सहयोग गरन यार भन्दै गोजिमा दुइचार पैसा हालिदिन्थे, मैले उसको गोजिमा हात लगाएपछी उस्ले कुरा बुझ्थ्योकी उस्को गोजिमा पैसा पस्यो भनेर, अनी उ चुपचाप जान्थ्यो र काम सकेर मलाई मेल गर्थ्यो र त्यही डकुमेन्ट डाउनलोड गरेर पुन म मेल गर्थे, यतिसम्म गरेको छु मैले आफ्नो कामको लापारबाहिमा ।
एकपल्ट कोरोनाको चौथो डोज भ्याक्सिन लगाएर ज्वरो आएको बहना गरेर डिउटी गइन, रुममै सुतेको थिए त्यो दिन दिनभरी, खै किन हो, त्यो दिन दिनभरी बिन्दु पनि अन्लाइनमा आइनन, झन्डै पचास चोटि भन्दा धेरै त मेसेन्जर र नम्बरमा रिङ्ग हाने तैपनी कल रिसिभ भएन, त्यसपछी केही तनाब र रिस बोकेर मुर्मुरिदै ओछ्यान मै पल्टिएर टोलाउदै थिए कतिखेर निदाएछु, एकैचोटी बेलुकी आठ बजे मात्रै बिउँझीए, त्यसपछी हतार हतार खाना खाएर पुन बेडमा पसे, दिनभरित सुतेको मान्छे झन रातिको समयमा केनैपो काम हुन्थ्योर, बेडमा ढल्किएर पुन मोबाइल खेलाउन मै ब्यस्त रहन थाले, यतिकैमा मोबाइल खेलाउदा खेलाउदै फेरी बिन्दुलाई कलगर्न मनलागेर आयो, आज दिनभरी पनि आइन कता गैछे यो केटी भन्दै ९/१० चोटि जती कलगरे तर यो पल्ट पनि उनले कल उठाइनन, त्यसपछी दिक्क मान्दै मोबाइलमा चार्जमा राखेर बेडमै टोलाउदै मनमा अनेकन कुराहरु खेलाउन थाले, जिबनको यत्रो उत्तरधमा कसैसंग बिपरित संगत नगर्दा पनि भएकै थियो, परदेशको जिबन झन्डै १८ बर्ष पारगर्न लागेको थियो, तर आज बिन्दु संग भेटेपछी मेरो दैनिकी नै फेरिएको थियो, समयमा खाना नखानु, समयमा नसुत्नु, अफिस नजानु आफ्नो स्वास्थ्यको पनि ख्याल नगर्नु मेरा यिनै कम्जोरिहरु बन्दै जादै थिए बिस्तारै, शायद समयमा खाना नखानले र नसुत्नाले गर्दा नै होला म निक्कै दुब्लाइ सकेको थिए, अफिसमा र रुमको साथीहरुले पनि सोध्थे कहिलेकाही सर केभो हजुरलाई, घरमा कुनै टेन्सन छ कि किन आजभोलि पुरै दुब्लाउनु भयोत ? खाना पनि समयमा खानुहुन्न, कहिले रातभरी नसुतिनसुती रातभरी मोबालमा एक्लै बोलेर हासेर बस्नुहुन्छ, उताबाट कोही बोलेको पनि सुनिदैन ? कि साउदीको चुडैलले भेट्यो हजुरलाई भन्दै गललल पनि हास्थे, उनिहरु भन्थे म दुब्लाएर सानो खिनाउटे भएको छु, तर मलाई भने त्यस्तो लाग्दैनथ्यो, जस्तो पहिले मेरो शरीर हट्टाकट्टा भरिलो थियो आजपनी त्यस्तै छ जस्तो लाग्थ्यो, बरु उनिहरुले त्यस्तो भन्दा त्यस्तो केही हैन भनेर कुरालाई टार्न खोज्थे म चै, बरु उल्टै मलाई चै उनिहरुले यस्तो कुरा निकाल्यो कि किनकिन कताकता रिस उठेर आउथ्यो र म उनिहरुबाट अलग हुनलाई कतै बाहिर निस्कन्थे र बाहिर रोडतीर एकछिन टहलिएर फर्कन्थे, हरेकदिन यो क्रम बड्दै जान लाग्यो र यसरी नै बित्न लाग्यो ।
धेरै दिन भएको थियो घरमा कल नगरेको, पहिलेको जस्तो दैनिक बिहान दिउसो र बेलुकी घरमा कल गर्न छोडेको निक्कै महिना भएको थियो, आजभोलि हप्तामा एक पल्ट नत्र पन्द्र, बिस, दिनमा मात्रै कलगर्न थालेको थिए, अझ पछील्लो समयमा त, सेलरी आएर घरमा पठाइदिएको दिन मात्रै कल गरेर पैसा हालेको छु है भनेर कलगर्थे, बाँकी दिन भनेको ब्यस्त भएको वा फोन गर्न नमिल्ने ठाउमा भएको कुरा सुनाउथे घरमा भने, उता श्रीमतिले पनि बिस्तारै संका गर्न लागेकी थिइन, कहिलेकाही भन्थिन, आजभोलि किन कल गर्नुहुन्न तपाईं ? उनले यसरी सोद्धा म झर्किएर बोल्थे, भ्याउदा त गरेकै छु नि, नभ्याएको कहाबाट कसरी गर्नु ? उल्टै रिसाउथे, परिवारमा लोग्ने श्वासनी दुई समस्या हुँदा रिसाउछन रे भनेको सुनेको थिए, एउटा अभावमा र अर्को झुट बोल्दा आफ्नो झुटलाई लुकाएर आफु साचो छु, ठीक छु भनेर देखाउनलाई अक्सर मान्छे रिसाउने गर्छन् रे, हो उनले त्यसरी सोद्धा संका नगरोस भनेर आफुलाई सहि देखाउन रिसाएर हप्काएर बोल्थे म पनि, तर खै मनमा कहिलै यो आएन कि पैसा चै यताउता फुर्मास गरौ, मोजमस्ती गरेर उडाउ यस्तो सोच कहिलै गरिन, आफुले खाना नास्ता खाएको बाहेक बाँकी सबै तलब घरमा पठाइदिन्थे र भन्थे, तिमीलाई थाहैछ, मेरो तलब कती आउछ भनेर, त्यो आज पनि पठाएकै छु, यदी अर्कै केटीसंग लागेको भएत पैसा पनि त कम हुन्थ्यो होलानी ? उल्टै प्रतिप्रश्न गर्थे श्रीमती लाई, शायद साबिकको सेम सेलरी पठाउदा उता उनलाई पनि पत्याउन करै थियो, शायद उनी पनि सोच्थिन होला, लोग्ने अन्तै लागेको भएत पैसा पनि त कम पठाउन थालथ्यो वा कुनैन कुनै बहना गरेर पैसा लुकाउन थालथ्यो होला भनेर, तर भनेकै जती हरेक महिना सेलरी आउने बितिकै पठाउनाले उनले पनि संका गर्ने ठाउँभने थिएन, आठ बजे बिउँझीएर खाना खाएर बर्तन सफा गरेर बेडमा पुग्दा ९ बजिसकेको थियो, त्यसैले बिस्तारै रात छिपिदै जादैथियो, म पनि सुस्ताएछु थाहै नपाईकिन, निन्द्रामा सुस्ताउदै गएको मस्तिस्क र आँखालाई अचानक आएको मोबाइलको रिङले झस्काएर उठायो, मोबाइल खेलाउदा खेलाउदै निदाएको अघी छातीमाथि मोबाइल बज्दा मोबाइलको भाईब्रेसनले तर्सिएर बिउँझीए, सोचे यतिराती बल्ल बिन्दु आइछिन भनेर, अनी दिनभरी र साँझमा कल गर्दा रिसिभ नगरेको रिस एकैचोटी पोख्नुपर्यो भनेर, निन्द्रैमा बर्बराउदै कराए, दिउसो त्यत्रो कलगर्दा रिसिभ नगरेको यतिराती के खान कल गरेकोनी काम नपाएर, यती मात्रै के भनेको थिए उताबाट भिन्न आवाज आयो, हैन के भन्नुहुन्छ, दिउसो कतिबेला फोन गर्नुभयो र कराउनुभाको, अरे ! आवाज त अर्कै छत, म छक्क पर्दै झस्किएर मोबाइल हेरे, कल घरबाट बुडीको गरेको रहेछ, त्यसपछी कुरोलाई बनाउदै घुमाएर बोले, दिउसो तिम्रोमा गरेको उठेन अनी फेरी नानीको मोबाइल्मा गरेको, नानीले पनि रिसिभ गरेन, अनी मस्त निन्द्रामा भएको बेला कल गर्छौ तर्सिने गरेर रिस उठ्दैनत ? उल्टै बहाना बनाउदै हलुका कराएको जस्तै पारामा तर स्पष्टिकरण दिए, होर कतिबेला गर्नुभएको थियो, मैले त थाहापाइन त अनी, नानीले पनि बाबाको फोन आको थियो पनि भनिन फेरी, बुडिले जवाफ फर्काइन, त्यसपछी मैले पुन प्रश्न गर्दै सोधे, अँ भन, किन यतिराती कल गरेको ? केभो र कल गरेको तर्सिए पनि मत यतिराती कल आउँदा, आफ्नो जिज्ञासा राख्दै बोले म ।
नेपालको झन्डै मध्यरातमा कल गरेकी श्रीमती अचानक सुकसुक रुन थालिन, उनी रुन थालेपछी भने अलिक मनमा चिसो हुँदै फेरी हडबडाएर सोधे हैन केभयो के ? रुएर बस्ने कि भन्ने पनि ? रुदैगरेको श्रीमतिलाई अलिक रिसाएको भावमा सोधे, यती के मात्रै सोधेको थिए मैले, उनी त झन आधारतामा कस्तो नराम्रो सपना देखे भन्दै डाको छोडेर रुनपो थालिन, त्यसपछी भने बेस्कन मलाई हासो लागेर आयो, जाबो सपना देख्दा पनि रुन्छ त कोही ? म यताबाट हास्न लागे, उनी अझै सुकसुक गर्दैथिन, भन्दैथिन, तपाईं र म खोलामा नुहाउन गएका थियौ, नुहाउदा नुहाउदै ठुलो बाडी आयो, म हतार हतार भागे, तपाईं चै पौडी खेल्दै हुनुहुन्थ्यो, कालोमुस्लो भएर आको भेलबाडिले हजुरलाई बगाएर लाग्यो, म खोलाको किनारै किनार, तपाईंको पछीपछी भाग्न थाले, जतिजती तल भाग्दै जान्छु बाडिले हजुरलाई त्यतिनै छिटो बगाउदै थियो, एकछिन मा तपाईं हराउनुभो, फेरी म बसेर रुन थाले, रुदारुदै एकहुल सुन्दर केटीहरु आए उनिहरुले तपाईंलाई खोजेर ल्याएछन, म खुशी हुँदै तपाईंको अंगालोमा कसिएर रुन खोज्दैथिए, पछीत तिनिहरु त भुतपो रैछन रे, त्यसपछी सबैजना आकाशै गुन्जिने गरेर चित्कार जस्तो डर लाग्दो हासो हाँस्दै तपाईंलाई लिएर आउने ति केटीहरुले फेरी दुइतिर पखेटा बनाएर उडाएर लिएर गयो, म तिनिहरुलाई समात्न फेरी पछाडि दौडन थाले, त्यसपछी तपाईंलाई तिनिहरुले ठुलो भिरमा लगेर माथि उड्दै गरेको ठाउँबाट जमिनमा खसाली दिए, म समाउन खोज्दै थिए, एउटा ठुलो माटोको ढिस्कोमा खुट्टा ठोकिएर लड्न पुगेर झस्किएर बिउँझीए, बिउँझीदा पसिनाले निथ्रुक्क भिझेर मेरो शरीर सबै थुरुरुर कापी रहेको रहेछ, हतार हतार उठेर बत्ती बाले, ओछ्यान मा हेरे, तपाईंलाई देखिन झन आतिए, त्यैबेला नानी बिउँझीयो ममी केभो भन्दै अनी बल्ल झस्किए आधारातमा म सपना देखिरहेकी रहेछु भनेर, बेसरी रुन मन लाग्यो, मलाई एकदमै डर लागि रहेछ बाबा हजुर आउनुहोस अब घरमै, बाहिर बसेको पनि धेरै बर्ष भयो, भो अब बिदेश बस्नु पर्दैन, जती हुन्छ जे हुन्छ यतै गरेर खानुपर्छ, खुरुक्क टिकट काटेर तुरुन्त आइहाल्नु, मत एक्लै बस्न सक्दिन, उनले देखेको सपनाको सबै द्रिश्य बताइ सकेर फेरी सुकसुक रुन थालिन, त्यसपछी भने मैले पुन बोले, धत लाटी त्योत सपना हो, सपनामा देखेको पनि कही साचो हुन्छत, हुनेभएत ओछ्यानमा खोला हुनुपर्ने, बाडी आउनुपर्ने, मलाई बगाउनु पर्ने, त्यो सबै हुन्छत ओछ्यानमा लाटी, त्यो सबै सपना हो, भ्रम हो, सुत्ने बेलामा केके मनमा कुरा खेलाउदै सुतेको थियौ होला अनी त्यस्तो सपना देख्यौ, सुत्ने बेलामा केही नसोची ढुक्कले सुत, यता मलाई केही हुँदैन म ठीक छु, उसैपनी अब यो आउने दसैंमा आउँदैछु अनी किन आतिएकी बेकारमा, सपनामा देखेको सबै पुरा हुनेभएत म संग कहिलेकाही बेसरी पैसा हुन्छ बिउझदा ओछ्यान मा हुन्छु, खोइत मेरो पैसा, धत लाटी, सपनामा देखेको कुरालाई लिएर पनि टेन्सन लिने होत, मैले सम्झाएको पारामा अलिक कराएर भने, सिरानीमा हतियार छुरी खुकुरी केछ राखेर सुत्नु अनी खुट्टा मुनिको धुलोको टिका लगाएर सुत केही हुन्न, आधारातामा केकेले सताएको हुन्छ, पैतालाको धुलोको थुकले टिका लाएपछी भुतप्रेत ले पनि केही गर्दैन भन्ने भनाइ छ बुडापाकाको, त्यसै गरेर ढुक्क भएर सुत, त्यसपछी भने श्रीमती एकोहोरो भएर टोलाउदै बसिरही, र एकछिन मा ल सुते भन्दै कल काटेर उ अफ्लाइन भएर गैन ।
उता फोन कल काटेर श्रीमती त सुतिन होला, तर म भने यता उनको हर्कतले स्तब्ध भए, फेरी आफ्नै ओछ्यानमा बसेर एकतमासले टोलाउन थाले, उनले देखेको सपना, अनी उ आतिएको उनको अनुहारमा देखिएको डर, उनको रुवाइ सबै आँखामा र दिमागामा झल्झली आउन थाल्यो, सयमा पनि कस्तो होला, अझ समयलाई के दोश लगाउ समय भन्दा पनि यो जिबन कस्तो होला, जन्मे पछीको दुइदिनको जिबन नियात्रामा मान्छे आफ्नो घरगाउँ साथीभाइ स्टमित्र, छोराछोरी श्रीमती सम्पूर्ण परिवार संगै हासेर खेलेर किन बस्न रमाउन पाउदैन, बिहान बेलुकी मान्छेलाई एकछाक खान र एक आङ लगाउन त जसरी पनि पुराएकै हुन्छ, तैपनी किन मान्छे प्रिथिबिको ओल्लो कुना र पल्लो कुना भौतारिन्छ, यो सबथोक पाउनलाई खेतिपाती गरेर मात्रै नपुग्ने, ति हरेक आवश्यकता हरुको पदपुर्ती गर्न पैसा नै चाहिने, अचम्म ! अनी यो पैसा भन्ने चिज पनि अजिबको, दुनियाँमा कस्ले यो पैसाको अबिस्कार गर्यो होला, यो पैसा बनाउने मान्छेलाई केको कमी थियो र, पैसाको सुरुवात गर्यो होला, बेलाबेला त, यो पैसा बनाएर दुनियाँलाई अफ्ठ्यारोमा पार्ने त्यो कुन मनुश्यलाई सम्झदा पनि रिस उठेर आउछ, कानको जाली फुट्ने गरेर हिर्काउ झै हुन्छ, तर हिर्काउनु कसरी ? त्यो मरेर कहाँ पुग्यो, कुन सताब्दी बितीसक्यो कसरी पिट्न पाउनु त्यस्लाई ? शायद अहिले सम्म बाचेको हुँदोहोत सन्सारको गरीबहरुले कती पिटाइ गरिगरी मार्थे होलान तिनलाई त, एउटा अनपत्यारिलो तर्क आँफै भित्र उभ्याएर हाँस्दै फेरी सोच्न थाले ।
आखिर यही पैसाले जन्म र मृत्यु बाहेक सबैथोक किन्न पाउने बनाएको छ, संसार यसैको खातिर दुरदराज सम्म पुग्छ, यसैको लागि मान्छे यता देखी उता र उता देखी यता अनी कहाँकहाँ सम्म दौडधुप गर्छ मान्छे, मरी मेट्छ मान्छे, एकपल्ट जन्मिएर मरेर जाने मान्छेको चोलाले आरमले आफ्नो जिबन आफ्नै खुशीले पनि ब्यतित गर्न नपाउने, हरेक दिन हरेक घडी एकले अर्काको अधिनमा चल्नुपर्ने, हेर्दा अरुकै अधिनमा मात्रै चलेको वा आफ्नै अधिनमा मात्रै चलेको जस्तो देखिए पनि आखिर हरेक भूमिकामा मान्छे कुनै न कुनै दोश्रो ब्यक्तिको अर्थात एक अर्काको अधिनमा चलेकै हुन्छन, आखिर त्यो सब के पाउनको लागि यती दौडधुप छ दुनियाँमा मान्छेलाई, आखिर त्यो सब पैसाकै लागि हैन, ? अनी त्यो पैसाको न्युनतम प्रयोग भनेको बाचुन्जेल खान लाउन र बस्नकै लागि मात्रै प्रयोग हुन्छ हैनर ? मान्छेले अनेक टिक्डम गरेर एकले अर्कालाई झुकाएर मासेर रुवाएर वा दु:ख दिएर अकुत पैसा त जोड्छ तर जिबनमा उस्ले प्रयोग गरेको पैसा भन्दा बाँकी पैसा के संगै लिएर जान्छर ? अबस्य जादैन तैपनी किन मान्छे पैसाको पछी म्याराथुनको होडबाजी जतिकै ज्यान फालेर दौडेको छ ? हुनत अरुलाई म के प्रश्न गरौ, म पनि त तिनिहरु भन्दा भिन्न त कहाँ छुर ? आखिर त्यही पैसाको लागि परिवारबाट यती टाढा आकोछु हैनर ? आज तिनै पैसाको कारनले छोराछोरिले बाउ आमा को माया मामाता पाएका छैनन, श्रीमतिले लोग्नेबाट पाउनुपर्ने स्नेह पाएका छैनन, अझ कतिकोत त्यही समय अनुकुल सम्बन्ध र प्रेमलाप वा स्पर्स नहुँदा घरबार बिग्रीएका पनि छन, आखिर केहोत पैसाको जड ? म आँफै प्रश्न भित्र उत्तर र उत्तर भित्रको अर्को उत्पती हुने नयाँ नयाँ प्रश्नको नमिल्दो आफ्नै अनुत्तरित प्रश्नहरुले वाक्क बनेर निरन्तर टोलाई रहे, फेरी आँखाको छबी भरी अगिकै श्रीमतिको नियती सम्झिरहे, आखिर जिबन साथी केहो? जिबन साथी भनेको सुख दु:खमा एक अर्कालाई सघाउदै जिबनभर एक भएर बस्नु हैन ? यदी यस्तो हो भने खैत हामी संगै बसेर जिबन गुजार्न सकेको ? आखिर विवाह गरेको २५, बर्षमा १८ बर्षत दुबैजना एकला एक्लाई बाच्नु परेको छ, जुनबेला सन्तानले बाउको माया मामाता पाउनुपर्ने थियो त्यो बेला एक काख त के एउटा चकलेट सम्म खान पाएन बाउको हातले दिएको, अनी केका लागि यो सम्बन्ध ? केका लागि यो सब दौडधुब र दु:ख सास्ती ? अझै पनि म सोच्दैछु तैपनी अहँ फिटिकक्क कुनै उत्तर हरु पाउदिन म आफु भित्र र कताकता भर्खरै रुएको श्रीमतिको अनुहार र उनको घर फर्कने आग्रह सम्झन्छु अनी लामो श्वास तानेर निराश हुँदै पुन बेडमा पल्टिएर निदाउने प्रयत्न गर्छु ।
टिरिङ टिरिङ, मध्यरातमा आएको कलको आवाजले पुन दोश्रोपल्ट बिउँझीए, मस्त निन्द्रामा भएकोले गर्दा एकछिन सम्म फोनको रिङ्ग बजी रहयो, तैपनी निन्द्रामा भएकोले गर्दा झट्ट कल उठाइन, अघी दुइतिन घण्टा अगाडि मात्रै नराम्रो सपना देखे भन्दै कल गरेको श्रीमतिले फेरी कुन चै सपना देख्यो र कल गरी भन्ने सोच्दै सुतिरहे, तर फोनको पहिलो रिङ सकिएपछी पुन दोश्रो घन्टी पनि लगतार बजिरहयो, त्यसपछी भने दिक्क मान्दै निन्द्रैको सुरमा टेबलामा राखेको मोबाइल तान्दै नाम पनि नहेरी कल रिसिभ गर्दै बोले, अँ भन ? अब फेरी कुनचै सपना देख्यौ र कल गरेकी ? आज रातभरी सुत्न नदिने होकी केहो ? यती भनिनसक्दै उताबाट अर्को आवाज आयो, हैन हजुर बहुलाउनु भयो कि केहो, कस्ले सुत्न दिएन, मत भर्खर कल गर्दैछु, म नहुँदा कस्ले कल गर्यो हँ हजुरलाई ? यो पल्ट भने बिन्दु रहेछ, बिन्दुको आवाज आएसंगै पुन बोले, अघी भर्खरै तिम्रो सौताले फोन गरेकी थिन, सपना नराम्रो देखे भनेर, अनी फेरी उनैले गरेकी हुनकी भनेर भनेको नि, अनी फोन उठाउनु अगाडि नाम हेरिदैनत ? उनले जवाफ दीन, मोबाइलको स्क्रीनमा हेरे, रातको ठीक १२:५० भैसकेको रहेछ, मोबाइलमा देखाएको समयलाई इङित गर्दै जवाफ दिए, यता आधारात भैसक्यो, अनी यस्तो आधारतमा भुतले कल गर्ने बेलामा मान्छेले कल गर्छर ? यतिराती कल गर्ने भनेको भुतले मात्रै हो, जिस्कदै मैले जवाफ फर्काए, बिचरा यत्रो दिन रातभरी दिनभरी कल गर्ने पनित भुत नै त होनी, के आजसम्म मान्छे भन्ठानुभाको थियो मलाई ? म झन ठुलो भुत हो, होसियार है हजुर, उनको हासो संगैको जवाफ थियो, भुत हैन यतिका दिन सम्म कलमा बोल्ने त भुतनी हो, त्यो पनि तनमन सबै खाने, पुन म हाँस्दै जवाफ फर्काए, ए ल ल, अब मैले तनमन पनि खान थाले है ? त्यती धेरै भाकी भए अबदेखी फोन नगर भनेत भैहाल्योनि, केको भुतनी र सुतनी भनिराख्नु पर्छ ? अलिक रिसले च्याठिएको भावमा जवाफ फर्काइन उनले, उनको रिसको पारो चढेको थाहा पाएर अलिक शान्ता पार्न खोज्दै कुरालाई अन्तै मोड्दै जिस्कन लागे, ल ल भो भो, मेरो कान्छु रिसाउनु पर्दैन, तर थाहाछ तिमीलाई ? आजभोलि नेपालमा राष्ट्र ब्यंकले पैसा बाड्दैछ रेन्त हो ? उनको रिस शान्ता पार्न खोज्दै जिस्किए म, ब्यंकले पैसा फिरिमा बाड्ने भएदेखी तिमी किन बिदेश बस्नु पर्थ्यो र ? अनी बाडे पनित तिमीले मलाई सुनाउथ्यौ र? सबैभन्दा पहिला पैसा लिनलाइ आँफै दगुर्थ्यौ होलानी, मलाई केथाहा ? अझ च्याठिदै झन जंगिएर जवाफ फर्काउदै थिन उनी, त्यसपछी लगत्तै मैले ठट्टाकै पारामा अर्को जवाफ फर्काए, त्यै ब्यंकले पैसा फिरिमा बाड्न थालेकोलेत, तिमीले नम्बरबाट कल गरेकीनी? त्यो पनि नेपाल देखी ? महाराज मेसेन्जर अफ गरेर सुतिदिने अनी नम्बरमा त कल गर्नै पर्योनी, नत्र महराजको बोली नसुनी फेरी रात नबित्ला भनेर गरेकिनी, कि गर्न हुन्नथ्यो, अझै उनको रिस मरेको थिएन, घरिघरी रिसाउने त उनको बानी नै थियो, रिसाउनु उनको भागको काम हो भने हरेक पल्टको रिसाइमा फकाउनु मेरो जागिर नै थियो, त्यसैले हरेकदिन हाम्रो यस्तो क्रम चलिरहन्थ्यो, केहीछिनको घुस्सा घुस्सी पछी नम्बरमा बोल्दै गरेको कल काटेर पुन उता फेसबुकको मेसेन्जर तर्फ कल गरेर बोल्न थाल्यौ ।
रात छिपिदै थियो, रातको प्रहर संगै छिपिएको हाम्रो कल संबादहरु पनि उछ्रिङ्गखल हुँदैजादै थियो, जतिजती रातको आयु लम्बिदै जादै थियो उतिउती हाम्रो रसिला गफहरुको तानहरु पनि तन्किदै लम्बिदै जादै थियो, कुरा छोटिने र सकिने त कुनै नामोनिसानै थिएन, रातको त्यो कालो अंध्यारोमा दुबैको बिचमा संबादको भद्धा मजाक र शब्दहरुले रातलाई अझ मादक्ता थपिरहेको थियो, कल संबादको अनुभुतिमै दुबैमा कामबास्ना थप्ने काम भएकोथियो, कहिले प्रेममा कुरा, कहिले ब्यबहारका कुरा कहिले सन्तान जन्माउने कुरा देखी लिएर दुबैको यौनिक सहबास र अनुभुतिका कुराहरुले अझ कामुक्त थपिरहेको थियो, यतिकैमा मैले आज दिउसो र साँझमा कल गर्दा किन नऊठाएकी भनेर कुरा झिके, उनले दिउसो लाइन गएको थियो, बोल्नलाई मोबाइलमा चार्ज पनि थोरै थियो, अनी राती बोल्नलाई चार्ज नपुग्ला भनेर रिसिभ नगरेकी, घरमा सबैजना पनि थियौ त्यसैले पनि बोल्न नमिलेर नऊठाएकी हजुरको कल, तर हजुरको कल आउँदा मैले साइलेन्समा राखेर हेरिरहेकी थिए, उठाउँ भनेपनी घरभरी मान्छे थिए, अनी आँफै भन्नुहोस्त, कसरी उठाउनु ? मैले सोधेको प्रश्नको जवाफ दिदै उल्टै मलाई नै प्रश्न गरी, त्यसपछी मैले पुन कुरालाई अन्तै मोड्दै भने, ओके ठीक छ उसोभए तर एउटा कुरा भनत, म नेपाल आएभने के तिमी मलाई भेट्न आउनसक्छौ ? मैले सोधेको प्रश्नको जवाफ नदिइकन फेरी उल्टै मलाई नै अर्को प्रश्न गरिन, के हजुर मलाई साचिकै माया गर्नुहुन्छ ? यो कस्तो सवाल हो ? माया नगरेको भए आजसम्म कसरी तिमीसंग नजिक भएर बोलिरहेको छुत ? किन मेरो हरेक पारिवारिक देखी लिएर निजी अनुभब र अनुभुतिका कुराहरु कसरी सेयर गरिरहेको छुत तिमी संग, माया गर्छु रत, हरेक कुरा तिमी संग सेयर गर्छु सुनाउछु, भन्छुनी हैनर? यदी माया नहुदो होत, तिमी त्यतिका महिना बेपत्ता भयौ तर पनि तिम्रो अफलाइन छोडेको मेसेजकै भरमा परदेश गएको श्रीमतिले आफ्नो श्रीमान लाई पर्खिए झै तिमी एकदिन त पक्का आउछौ भनेर कुरेर बसे हैनर ? नत्रत बर्सौ देखी सामाजिक संजाल चलाऊदै आएको मान्छे कोहिन कोहित ठोक्किन कसो आउँदैन थिए होला र ? यही स्पेसमा बसेर पनि i love you भनिदिउँ कि केहो भोटेको छोरालाई भनेर जिस्किन न आएका हैनन, तर तिमी थियौ र आजसम्म पर्खिएर बसेनी हैन ? अनी फेरी कसरी सोध्न सक्छौ माया गर्छौ भनेर ? मैले लामै जवाफ दिए, त्यसपछी उनी बोलिन, हो म यही चाहन्छु हजुरबाट, यदी हजुरबाट मैले खोजेको माया जिबनभर पाउछु भने हजुरलाई जाबो भेट्न आउन सक्दिन होलार ? भेट्न मात्रै हैन हजुरले भन्नुभयो भने एयरपोर्टमै लिन पनि आउन सक्छु, बस एकपल्ट तिमी मलाई रिसिभ गर्न आउ मात्रै भन्नुहोस्त, म ट्याक्सी रिजर्भ गरेर हजुरलाई स्वागत गर्न एयर्पोर्टको ढोकामा उभिएर बसेकी हुनेछु हजुरको दाशी, उनी भेट्न आउछिन आउदिनन वा आउन सक्छिन वा सक्दिनन मलाई थाहा छैन तर मैले पनि उनको मुखबाट झुटमुटकै भए पनि यस्तै आस्वसनहरु सुन्न चाहन्थे, म आफ्नो प्रेममा पूर्णछु भन्ने हेर्न चाहन्थे, आफ्नो प्रेममा समर्पण भेट्न चाहन्थे, त्यो समर्पण आज एउटा बिबाहीत नारी भएरहैन एउटी प्रेमिका भएर अशिम माया देखाएकी थिन, एउटा प्रेमी प्रेमिकाले आफ्नो मायामा कतिसम्म गर्न सक्छन त्यो मैले उनी भित्र देखेको थिए, उनले देखाएको समर्पणमा मलाई आज फिटिकै किन यस्तो लागि रहेको थिएन कि म कसैको सिउदोको सिन्दुर हुँँ, कसैको जिम्मेवारी हुँँ, कसैको अबिभाबक हुँँ भन्ने भुलेर म नितान्त एक्लो त्यो पनि सिर्फ उनको लागि मात्रै हुँँ जस्तो महसुस भएको थियो, अनी मेरो लागि उनी पनि कसैकी अर्धाङिनी र जिम्मेवारी बुहारी र ममतामयी आमा हुन भन्ने भुलेको थिए, यतिबेला मैले सिर्फ उनलाई मेरो उनी एक्लो जिबन लिएर उभिएकी मलाई प्राणनाथ सुइकार्न तयार भएर बसेकी प्रेमिका, वा दुलही हुन तयार एउटा नारी जस्तै महसु भएको थियो ।
मध्यरातको चकमन्नता त छँदै थियो, त्योभन्दा एकाग्रता हामी हाम्रो गफमै मस्त थियौ, कुराहरुको प्रशंग चलिरहेकै बेला यतिकैमा पुन अर्को प्रश्न सोधे मैले, काठामान्डौ मै भएको भएत आउन पनि सक्थ्यौ होला तर राजाधानी बाट त्यती टाढा पाल्पा देखी तिमी कसरी आउन सक्छौत नि ? मेरो प्रश्न भुइमा पनि खस्न नपाउदै उनको जवाफ थियो, तपाईं सात समुन्द्र पारी जान सक्नु भयो, बर्सौ देखी परदेश मै हुनुहुन्छ, हरेकपटक बिदामा आउनुहुन्छ, हजुर कसरी जान र आउन सक्नुहुन्छ झन त्यती टाढा ? त्यो पनि आफ्नो गाउघर देश भन्दा पर, जहाँ हाम्रो लागित कल्पना भन्दा पनि टाढाको कुराहो, यदी हजुर त्यती टाढा जान आउन सक्नु हुन्छ भने म आफ्नै देश भित्र जाबो त्यही पाल्पा देखी पनि आउन जान सक्दिन होलार ? प्रतिप्रश्न गर्दै उनको जवाफ फेरी, उनको कुरा सुनेर मैले जिज्ञासा सहितको अर्को प्रश्नगरे, मैले भौतिक दुरिको कुरा गरेको हैन, मैले त तिमी घरबाट के भनेर निस्कन्छौ, के भनेर आउछौ, कस्लाई भेट्न् जान्छु भनेर आछौ कि ! कहाँ जान्छु भनेर आउछौ कि ! के गर्छौ ? तिमी एउटा लोग्नेमान्छे जस्तो हैन कि भन्ने बितिकै फुत्त निस्केर कतै जान सकोस, तिमी मेरो प्रेमिका त हौ, म तिमीलाई माया गर्छु अनी उस्तै तिमी पनि गर्छौ त्यो मलाई थाहा छ, तर बिबाहीत नारिलाई घरबाहिर फुत्त निस्किएर हिंड्न अफ्ठ्यारो हुन्छ, अनी के भनेर बहाना बनाउछौ भनेर सोधेको के ? मेरो सोधाईमा पुन उनी बोलिन, हजुर मेरो प्रेम त होनी ? अनी म हजुरलाई माया गर्छु हैन ? जवाफमा मैले उम भन्ने छोटो उत्तर मात्रै फर्काए, त्यसपछी लगत्तै उनले फेरी भनिन, बस कुरो खत्तम, म हजुरको प्रेम हुँँ, म हजुरको माया हुँँ भने घरबाट कसरी निस्कने त्यो मेरो जिम्मामा छोडिदिनुहोस, त्यसको बिषयमा धेरै टेन्सन नलिनुहोस, कतिनै अहिले नै आउनेबेला भएको जस्तो, यती भन्दै उनी उताबाट खितितिती हासिन, उनको हासो संगैको उत्तरमा म पुन पुलकित हुँदै फेरी अर्को प्रश्न तेर्साए, साच्चै एयर्पोर्टमै लिन आउछौ त ? मलाई त विश्वाश नै छैन यार तिमी लिन आउन सक्छौ भनेर ? उनी पनि उतिकै हौसलायुक्त भनौ कि उत्तेजित हुँदै खुब गफिदै सवाल जवाफ गर्दैथिन, ओके म आए भने चै हजुर के गर्नुहुन्छ नि, चुनौती दिए झै गरेर उनले उल्टै मलाई अर्को प्रश्न सोधिन, जवाफमा मैले भनिदिए बिहे गर्छु, आँट छ ? उनको सोधाई, तिमी हस मात्रै भनन बिहे मात्रै होर, केके गर्ने आँटछ बुझ्यौ ? पुन हाँस्दै अर्को प्रश्न फेरी, केके चै गर्नुहुन्छ नि, हजुर बाघ हैन भालु हैन चिथोर्न खानलाई ? सबथोक गर्न सक्छु महरानी साहेबा, बस तिमीले कुनैकुरामा नाइ नास्ती गर्न पाउदिनौ, जतिबेला म जे गरिरहेको हुन्छु त्यो बेला तिमी चुपचाप सहनु वा साथ दिनुको बिकल्प हुँदैन तिम्रो, मैले हाँस्दै जवाफ फर्काए, बिचरा हेरहेर, कती ठुलो सपना देखेको मान्छेले, यती भन्दै हासिन उनी, म पनि हासे, दुबैजना एकछिन फेरी खित्का छोडेर हास्यौ हाहाहाहा, त्यसपछी कुरालाई अझै कोट्याउदै ठट्टा गर्नथाले मैले, ओके ठिकैछ मैले माने कि, तिमी काठमान्डौ पनि आउछौ, एयर्पोर्टमा लिन पनि आउछौ, अनी बस्ने चै काहानी ? त्योत हजुरको जिम्मा कहाँ बस्ने भनेर, सिधै घरमा लैजानुहुन्छ कि, दरबारमा लैजानु हुन्छ कि, जंगलमा लैजानुहुन्छ कि, होटलमा लैजानु हुन्छ कि, कहाँ लानु हुन्छ, जहाँ लगेर बास बसाउनु हुन्छ त्यही गएर बसि दिन्छुनी, बिदेशबाट पैसा कमाएर फर्किने हजुर, अनी सबै ब्यबस्था मैले गर्नुपर्ने ? अनी फेरी दुबैको हासो एकछिन, हासोपछी पुन म आँफै बोले, ठिकछ, होटेलमै लगेर राखौला, पिर नगर जंगलमा लगेर राख्छ भनेर, तर होटेलमा चै के भनेर नाम लेखाउने नि? बिदेशबाट बुडो आएको, म घरबाट लिन आएको लेखिदिने नि बुडाबुडी भनेर, उनको जवाफ, ओहो बुडाबुडी भन्न हिम्मत आउछ है मैले सोधे, अनी बुडाबुडी नभनेत फेरी युट्युब लिएर पुलिस आइपुग्लानी, फेरी उनको हासो, हो है खुब, मेरो छोटो जवाफ, अनी हैनत ? उनको पनि छोटो जवाफ, त्योत होला ? खै आजसम्म होटलमा यसरी बसेको छैन हेरौ के हुन्छ, त्यतिबेलै थाहा हुन्छ, बरु बेड चै दुइटा लिने कि एउटै ? हाँस्दै अर्को प्रश्न तेर्साए मैले, एकछिन चुपो लागेर लामो लेग्रो तान्दै बोलिन उनी, उम रुम एउटै लिने तर बेडचै दुइटा, भो एउटै रुम भएर पनि दुइटा बेड लिनेभएत मत संगै बस्दिन, बरु पैसा खर्च होस रुम पनि दुइटै लिने कुरै खतम, मैले अन्जान हुँदै रिसाएको भावमा भने, दुइटा चै किनलिने बेकारमा, पैसा त्यस्तो धेरै कमाएर ल्याउन आटेकोछ कि केहो ? उनले भनिन, त्यसपछी पुन म बोले, अनी एउटा रुममा बसेर दुइटा बेड लिने भए किन एउटा रुम लिनेनी, दुइटा रुममा बसे बराबर, म उनको मनको कुरा खोतल्दै अन्जान भनेर सवाल गर्दैथिए, उसोभए रुम एउटै डबल बेडको ठुलो बेडमा दुबैले नछुइकिन सुत्नेनित हुन्न, गफैगफमा अहिले उनी एउटै बेडसम्म आइपुगिन, लगतै मैले अर्को प्रश्न गरे, एउटै बेडमा चै नछुइकिन कसरी सुत्छ हौ मान्छे ? छुइ हाल्छनी, अझै अन्जान हुँदै उनको मनको कुरा खोतल्दै सोद्धै थिए म, उसोभए बिचमा शिरानी राख्ने सिमाना बनाएर अनी सुत्ने, उनले भनिन, अनी राती अँध्यारोमा छिमेकिले जग्गाको सिमाना मिच्यो भनेनी, हाँस्दै अर्को प्रश्न मेरो, मिच्यो भने मिच्यो, केभोत, हाँस्दै उनको जवाफ हाहाहा, मन मनै सोचे अब आया ऊँट पहाडका निचे, आखिर सिमाना मिच्दा पनि चुपो लाग्ने भए त्यत्रो नाटक गरेर किन दुइदुइ बेड लिने भनेकोत नि अघीचै, म हाँस्दै बोले, ओहो, अर्काको करेसाबारी त्यती सजिलै कस्ले दिन्छतनी मास्नलाई, भाउ खोज्नु परेन सरकार, हाँस्दै उनी, फेरी दुबैको हासो हाहाहाहा ।
कुरा लम्बिदै गयो, लम्बिएको कुरा संगै रमाइलो पनि थपिदै गयो, रमाइलो के भनौ दुबैको आत्मारती केन्द्रीत कुराले दुबैतिर कामुक्ता ब्यक्त गरिरहेका थियौ, दुबैमा कामुक्ता झल्किएका थिए हाम्रो संबाद र हासोले, रात छिपिदै जादा यता मेरो मन पनि छिपिदै जादै थियो, अनेकौ अनुभुतिमा रमाउन उद्द्वेलित हुँदैथिए म, शायद त्यता उनी त्यस्तै, त्यसैले त, रातभर नसुतुनसुती चाहिने नचाहिने कल्पनामा चुर्लुम्म डुबेर गफमै बहकिएका थियौ दुबै, त्यसपछी कुराको निरन्तरता दिदै पुन मायालु सम्बोधनले बोलाए मैले, कान्छु, हजुर ! उनको छोटो जवाफ, सुननन यता फेरी म बोले, उम भन्नुन हजुर, उनको जवाफ, पहिलो भेटमा के गर्छौ तिमी ? मैले सोधे, उम हजुरलाई कस्तो लुगा लगाएको मन पर्छ हजुरलाई त्यो भन्नुत पहिले, मेरो प्रश्नको जवाफ नदिई लामो लवज तानेर सोधेकी थिन मलाई, मैले पनि निकै गम खाएर सोच्दै बोले, मलाईत, सारी ब्लाउज लाएको मन पर्छ, ओके उसोभए सुन्नु यता, उनी बोल्दै गैन, म सुन्दै गए, पहिलो कुरोत, हजुर आउने दिन थाहा पाएपछी बसको टिकट काटेर अघिल्लो दिननै काठमान्डौ आइपुग्छु, हजुर नेपाल आइपुग्ने दिन होटल बुके गरेर हजुरलाई मनपर्ने सारी ब्लाउज लाएर तयार हुन्छु, अनी मार्केटमा गएर फूलको एउटा बुके किन्छु, साथमा खादा लिन्छु, त्यसपछी ट्याक्सी रिजर्भ गरेर एयर्पोर्ट आएर आगन्तुक वेटिङ कक्ष्यमा पर्खेर बस्छु, जतिजती हजुरको प्लेनको आगमनको नजिक समय आउछ, उतिउती टिभी स्क्रीनमा दिएको सेड्युल हेर्दै आतिन्छु होला, कतिबेला आउने होला मेरो हजुर भन्दै हतारिन्छु होला, त्यसपछी हजुर आउनु भएको प्लेन बिमानस्थलको जमिनमा तलतल ओर्लिदै गर्दा म स्क्रीनमा हेरेर पक्कै पनि वहाँ चढ्नु भएकै प्लेन हुनुपर्छ भन्दै खुशीले पुलकित भएर उत्सुक्ता बस अधर्य भएर बसेकी हुनेछु, मुटुको चाल द्रुत गतिमा धड्की रहेको हुनेछ, जतिपटक नयाँ नयाँ प्लेन जमिनमा बस्छ उतिनै मेरो छातीहरु ढक्क फुल्नेछ, हातखुट्टाहरु शायद हजुरलाई पाउन लालयित भएर कापी रहेका हुनेछन, त्यसपछी फाइनल्ली हजुर सबै लगेजहरुको आगमन इमिग्रेसन सकेर ट्रलिमा ब्यागहरु ठेलेर मलाई यताउता हेर्दै बिस्तारै बाहिर आउनुहुनेछ, तब म लुकेर हजुरलाई धित मरुन्जेल हेर्नेछु पहिलेत, त्यसपछी जब ट्याक्सी वे मा आएर चारैतिर आँखा घुमाएर खोज्नुहुनेछ मलाई त्यो बेला, म झन हजुरको ठीक पछाडि गएर मुखमा माक्स लगाएर उभिनेछु, ताकी हजुरले मलाई भन्ने बितिकै चिन्न नसकोस, नत्र म सरप्राइज दिन पाउनेछैन, अनी सबैको आफन्तहरुले आफ्नो मान्छेहरुलाई रिसिभ गर्दै हग गरेर लादैगर्दा हजुर हरेस खाएको भावमा हतास हुनुहुनेछ, त्यो हजुर भित्रको छट्पटी मुख थुनेर हाँस्दै खुब हेर्नेछु, जब तपाईं हार मानेर फोन लगाउनुहुनेछ तब म मोबाइल सुइच अफ गरेर झन अगाडि नगैकिन हेरेर बस्नेछु, हजुरले बार बार कल गर्दा पनि मेरो नम्बर सुइच अफ बताएपछी हजुरको चेहेरामा तनाब हेर्न झन मज्जा आउनेछ मलाई, मलाई नदेख्दा र फोन नलागेपछी हजुरले ट्याक्सी खोज्न लाग्नुहुन्छ अनी म ठीक त्यसैबेला हजुरलाई सरप्राइज दिएर एक्कासी पछाडिबाट गएर ग्वाम्लङ हजुरलाई अंगालो मारेर वेलकम महाराज भन्दै विस गर्नेछु, अनी हजुरको हातमा फूलको बुके दिदै खादा लगाइदिएर अनुहार भरी माया गर्नेछु, त्यसपछी हजुर लाजले भुतुकै हुँदै रातो अनुहार पारेर रिसाएको भाव गर्नुहुनेछ, किन मोबाइल अफ गरेको भनेर, अनी म भन्नेछु, मलाई हजुर भित्र मेरो तस्बिर हेर्न मन थियो, तपाईंको अनुहार र आँखामा मेरो खोजी भएको हेर्ने मन थियो, मलाई नदेख्दा हजुर तड्पिएको हेर्ने मन थियो, आखिर प्रेमको तड्पनमा त छ नि मिठासपन पनि हैनर भनेर फकाउने थिए, त्यसपछी ट्याक्सिको पछाडिको सिटमा बस्ने थियौ दुबैजना, ट्याक्सी जब एयरपोर्टको ओरालो हुँदै मुलबाटो तर्फ हुइकन्थ्यो तब म हजुरको दुबैहातको औलाहरु खेलाउदै हजुरको छातीमा टाउको राखेर गफ गर्दै हामी होटल पुग्थ्यौ, बोल्दा बोल्दै उनी टक्क अडिएर चुपचाप बसिन, उनको कुनै आवाज न आएपछी पुन सोधे, अनी त्यसपछी के गर्छौ ? अनी त्यसपछी सक्यो, छोटो जवाफमा हाँस्दै बिन्दु बोलिन, तर उनले म आउने समयको द्रिश्यको अनुभुती सुनाएको भन्दा पनि कुनै कथाको अंश सुनाइ रहेकी जस्तो लागेको थियो मलाई चै, कती मिठो काहानी बुने झै उनी भन्दैथिन, म आउने प्रतिक्षाको घडीको एक एक द्रीश्य हरु, कथा झै बेलिबिस्तार लगाउदै लगतार बोलिरहेकी बिन्दु पुन बोलिन, यती लामो बेलिबिस्तार लगाएपछी कस्तो लाग्योत हजुरलाई मेरो स्वागत गर्ने तरिका, भन्दै खितितिती हास्न लागिन ।
नेपाल आएको कल्पनाको कुरा सुनाइ रहदा मैले सात समुन्द्रपारी छु भन्ने सम्म भुलिरहेको थिए, उनी बोल्दै जाने, म सुन्दै जाने, लाग्थ्यो यतिबेला हाम्रो भेट भएको छ, हामी दुबैजना संगै छौ, एकअर्काको नगिचै छौ, मानौ मैले बोल्दा मेरो मुखबाट निस्किएको तातो स्वासको उनको घाटी र गालामा छुएर बहकी रहेको थियो भने, उनले बोलेको त्यो मिठो मधुर आवजामा उनको कामुक तातो श्वास मेरो अनुहार र कानमा ठोकिएर कतै बहकी रहेको अनुभुती भएको थियो, मलाई यस्तो फिटिकै लागेन कि हामी कोसौ टाढा मध्यरातमा मोबाइलमा बोली रहेका छौ भन्ने नै भुलिरहेको थिए, हाम्रो भेट हुँदाको रमाइलो क्षणहरुको काल्पानिक परिघटनाहरु उनी सुनाउदै जाउन, म लगतार, उम, उम, अ, अ, अनी, त्यसपछी, अ भनन, अनी फेरी, भन्दै सोधी रहुँ, उनी अझै हामी दुइले निभाउने भूमिकाको कृयाकलाप हरु भन्दै जावोस, म त्यसैमा आँखाभरी द्रीश्य राखेर सिनेमा झै हेरी रहुँ, हेरी रहुँ, मात्र सुनिरहुँ आहा ! कती मिठो र सुन्दर पल हुन्थ्यो होला शायद त्यो पल, त्यो घडी, कास.... उनको कुराहरु सुन्दै कतै हराउदै थिए म, प्रश्नै प्रश्न मात्र गरी रहुँ, अनी तिनै प्रशनहरुको जवाफमा हाम्रो सुखानुभुतिको भौतिक द्रिश्यहरु बुनिरहोस यस्तै सोचिरहेको थिए म, यतिकैमा पुन सोधे मैले फेरी, अनी होटलमा पुगेपछी चै के गर्छौ कान्छु ? बाफरे कती धेरै चासो भएको के हजुरलाई, अहिले भर्खरै उडेर आउने बिचार छकी केहो ? यती भन्दै खितितिति हासिन उनी, त्यसपछी के गर्छौ भनन प्लिज, मलाई तिम्रै मुखबाट सुन्न मन लागेको छ, प्याउले पारामा फुर्काउदै बोले मैले फेरी, मेरो मायालु पारामा सोधेको प्रश्नमा लामो स्वर तान्दै बोलिन फेरी, उम... त्यसपछी होटलमा पुगेर रिसेप्सनमा म कफी अर्डर गर्नेछु दुबैको लागि, हजुर वासरुम गएर नुहाएर फ्रेस भएर आउनुहुनेछ, चिसो पानीले भिझेर तौलिले बेरेर रुम छिर्नुहुँदा म हजुरको तैली तानेर हजुरलाई सताउनेछु, हजुर फेरी बाथरुम तर्फ भाग्नुहुनेछ, म हतार हतार बाथरुमको ढोका बन्द गरिदिनेछु, हजुर लाजले भुतुक्क हुनुहुनेछ, अन्त्यमा केही सिप नचलेपछी लाचार भएर हजुरले मलाई नै उल्टै लखेट्नु हुनेछ, त्यसपछी भने म लाजले बेड र रुमको चारैकुना भाग्ने कोशीस गर्नेछु, अन्त्यमा हजुरले मेरो कम्मरमा समातिकिन छोड्नुहुनेछ, दुबैजना एक अर्काको अंगालोमा हुनेछौ, अनी म लाजले निलोकालो हुनेछु, अगी भर्खरै हजुरलाई बेकारमा जिस्काएछु भनेर सोच्नेछु, म हजुरको दुबैहातको बहुपास बाट फुत्किएर भाग्ने कोशीस गर्नेछु, तर म भाग्न सक्ने छुइन, हार मानेर म आफ्नो अनुहार अन्तै फर्काएर मेरो लाज छोप्ने कोशीस गर्नेछु, तर हजुर झन उतौलो हुनुहुनेछ, म रोक्ने असफल प्रयत्न गर्नेछु, तर किमार्थ म सक्ने छुइन रोक्नलाई, आखिरमा हजुर मेरो सिउदोको बिच भागबाट सुरु गरेर मेरो अनुहार भरी चुमेर झुठो लगाउनु हुनेछ, त्यसपछी मेरो पनि बिस्तारै लजाएको नजर हजुरको अनुहारमा उक्लिनेछ, म पनि हजुरको अनुहारभरी चुम्न तल्लिन हुनेछु, दुबैको होसहावास उडिरहेको हुनेछ, दुबैजना मदहोसी भएको हुनेछौ, तपाईं आक्रमक भोको सिंह झै झम्टिनु हुनेछ, म लाचार सिकार झै हजुर भित्र समाहित हुन आफ्नो हातखुट्टा शरीर सबै छोडेको हुनेछु, मनौ त्यो बेला म आफु भित्र नभएर हजुर भित्र नसा नसामा बगिरहेको हुनेछु, शायद हामीमा हाम्रो प्रेमको अलौकिक प्राप्तिमा हुन्थ्यौ या समर्पण वा आबेग दुबैलाइ थाहा हुनेथिएन, दुबै आ आफ्नो सिमारेखा भन्दा बाहिर जान लाग्नै गर्दा होटलको वेटरले ढोकाको बेल बजाउनेछ, तर त्यस्लाई हजुरले बेवस्ता गर्नुहुनेछ, म हजुरलाई आफुबाट झट्कारेर फुत्काउने छु, अनी मेरो सरिरको बिग्रीएको लुगा सम्हाल्दै कपाल र लिपिस्टिक मिलाउदै ढोका खोल्नेछु, हजुर त्यो असफल लडाईं सम्झेर वेटरलाई पनि यती बेलै आउनुपर्ने भन्ने सोच्दै मुसुमुसु हाँस्दै ऐनामा हेर्दै चिसो कपाल कोर्न थाल्नु हुनेछ, कफिको ट्रे दिदै वेटर मेरो अनुहारको बिग्रीएको रंग देखेर हेर्दै मुसुमुसु हासेर फर्कनेछ, म थाहा नपाएको झै गरेर लजाउनेछु, त्यसपछी कफिको कप लिदै दुबैजना होटलको बाल्कोनिमा बसेर परपर सम्म शहरलाइ नियाल्दै कफी पिउने छौ, यती भन्दाभन्दै उनी फेरी टक्क अडिन, म सुन्सान भएर लामो लामो स्वासमा आफुलाई काबुमा राख्ने असफल प्रयास गरिरहेको थिए, उनले यस्ता द्रिश्यहरु पस्किरहदा साँचिकै म उनको सरिरको हरेक अंगहरुमा सल्बलाई रहेको थिए, म आफ्नै बसबाट बाहिरिदै थिए, मेरो सरिरको नसा नसामा एक अलग्गै रक्त संचार भएको अनुभुती हुँदैथियो, मेरो मुटु जोडजोडले उफ्रीरहेको थियो, मेरो मस्तिस्क भित्रको रंगमन्चमा रमाइलो द्रिश्य मञ्चन भैरहेको थियो, तिनै द्रिश्यहरुमा म आगो झै दन्की रहेको थिए, बाफरे, यती धेरै सोच्न कसरी आयो तिमीलाई, हलुका हाँस्दै सोधे मैले, अनी हजुरले यही सुन्न खोज्नु भएको हैन अघी, ? खुब, अनी के ? अनी के ? भनिदिए त, चित्त बुझेन अझै ? कि अझै थपिदिउँ खुराक ? यती भन्दै खित्का छोडेर हासिन, अनी फेरी बोलिन, हैन मान्छेलाई हुने नहुने अचाइदो सोधेर आउने चै कहिले होके महाराज ? उनको सवालमा जवाफ दिदै भने मैले, दसैं भेट्ने गरेर आउछु हौ कान्छु, तर यतिबेला मलाई केही नसोध म केही भन्न सक्ने अवस्थामा छुइन, तिमीले यतिपर लग्यौनी म फर्किनै सकिरहेको छैन, उफ हाम्रो भेटमा यस्तो क्षण पनि आउँला र कान्छु, मैले केही निरासा लाग्दो गरेर सोधे, हजुर ढुक्क भएर बस्नु भए हुन्छ, बरु छिटो आउनुहोस, योत केही हैन, हजुर आउनु भएपछी वास्ताबिक्तामा डुबेर गर्न त अझै केके बाँकी छ,छ, त्यसपछी केही सम्झिए झै गरेर पुन बोलिन, ए साँची दसैंमा हजुर साचिकै आउने नै होर ? मैले उम आउछु भन्ने छोटो उत्तर फर्काए, त्यसपछी उनले फेरी भनिन, दसैं अगाडि आए हुन्न महाराज, कोशीस गर्छु, मिलेसम्म दसैं अगाडि नै आउने प्रयास हुनेछ, नसके तिहारसम्म हरहालतमा आइपुग्छु, काल्पानिक दुनियाँमा डुबेर बोल्दा बोल्दै रात सकिन लागेको पत्तै भएन, मोबाइलको स्क्रीनमा समय हेरे, बिहानको तीन बजिसकेको रहेछ, आँखामा निन्द्रा झप्झप लागेको थियो, तैपनी खै किन हो, हामी घन्टौसम्म बेला न कुबेला सँधै यतिकै केके वार्तालाप मै हराउथ्यौ, त्यसपछी उनी संग छुट्ने कोशीस गर्दैभने, कान्छु उज्यालो हुन लाग्यो, एकछिन सुत्छु है म, अहिले छुटौ हुन्न ? राती डिउटिमा पुगेर बोल्छु फेरी, हस हुन्छ, यता पनि उज्यालो भयो, म पनि अब चिया बनाउन उठ्छु, हजुर आफ्नो ख्याल गर्नुहोला, बाइ सि यु डियर, आराम गर्नुहोस है ल, यतिभनेर उनी कल काटेर गईन, म पनि रातभरी बोल्दा मोबाइलको पावर सकिनै लागेको रहेछ, चार्जमा राखेर सुत्ने तर्खरमा लागे, तर उज्यालो भैसकेको थियो, बाहिर मान्छेहरुको हिंडेको होहल्ला र हिंडेको आवाजहरु आउन थालिसकेको थियो, म भने सुत्ने प्रयास गर्दागर्दै बल्ल निदाउने कोशीस मा थिए, त्यसपछी कतिबेला निदाए, थाहै पाइन ।
रचना- अर्पण योञ्जन- शिरिष
मिती- २०, २१, २५ र २६ जेष्ठ २०७९
तदनुसार- ३,४, ८ र ९ जुन २०२२
No comments:
Post a Comment