गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, February 25, 2022

कथा- भाग- २०, एउटा प्रेम यस्तो पनि ।



करिब झन्डै दुई-हप्ताको लगतारको भ्याइ-नभ्याइको ब्यस्तताको थकाई त छँदै थियो, त्यसमाथी अघिल्लो दिनको झन्डै चौध-पन्द्र घण्टाको लामो यात्राको थकान पनि थपिएको थियो, त्यसैले अगिल्लो दिन बेलुकी सुतेको मान्छे भोलिपल्ट मध्यदिन तिर मात्रै बिउँझीए, उठेर टेबल छेउमै राखेको सानो घडीलाई हेरे, दिनको एक बजिसकेको रहेछ, बिउझदा अलिअली भोक लागेर पेटमा पनि अमिलो महसुस भएको थियो, तैपनी अझै राम्रो संग निन्द्राले भने छोडेकै थिएन, तैपनी मनलाई भारी बनाउदै उठन मन लागि नलागी उठेर बाथरुम गएर ब्रस गरे, नुहाए, त्यसपछी भने केही हलुका अनुभव भयो शरीरलाई, भित्र रुममा आइपुगेर तौलिया सुकाएर लुगा फेरेर किचेन तर्फ लागे, फ्रीज खोलेर हेर्दा साथीले खाना बनाएर राखेको रहेछ, खाना तताएर खाए, त्यसपछी पुन रुममै फर्किए, आजको बेलुकी बाट मेरो पुरानै काममा फर्किनु थियो, त्यसैको तयारीको लागि, धुएर राखेको युनिफर्ममा आइरन लगाएर ह्याङरमा झुन्डाएर राखे, केहीछिन रुम बाहिर राखिएको कुर्सिमा बसेर हात खुट्टाको नङहरु काटे, त्यसपछी पुन भित्र पसेर नजिकै चार्जमा राखेको मोबाइल तानेर मेसेन्जर बाट घरमा कल लगाए, उताबाट कल रिसिभ गर्दै छोरोले बाबा दर्शन भन्यो, भाग्यमानी हुनु, मैले जवाफ फर्काए, अनी दिदी खै,मैले सोधे, दिदी कलेज, छोरोको जवाफ थियो, अनी तिमी ? पुन सोधे मैले, मेरो बिदाछ, पुन छोराको जवाफ थियो, ममी खैत ? पुन सोधे मैले, ममी लुगा धुदै हुनुहुन्छ, छोराले जवाफ फर्काए लगत्तै ममिलाइ फोन देउत मैले भने, बाउ छोराको सवाल जवाफ संगै आमा चै लाई फोन दिन भने, उ दौडदै गएर घरको आँगनको छेउमा रहेको कलमा लुगा धुदै गरेको आमा चै लाई फोन दिदै भन्यो, ममी बाबको फोन बोल्नु रे, बोल्ने ढङ्ग छैन ? बोल्नुहोस् कि बोल्नु रे ? आमा चै छोरातिर जंग्गिदै बोलिन, भयोत अनी किन कराकी ? मैले यताबाट छोरा प्रती माया दर्साउदै भने, त्यसै भन्नु हुन्छ रत टाउकोमा टेक्छन छोराछोरिले, यत्रा-यत्रा भैसके अझै बोल्ने सोमत छैन, कहिले सिक्ने हो अब पनि नसिके, उन्को जंगिने क्रम रोकिएकै थिएन, म हाँस्दै बोल्न थाले, ल ल भो, कती कराउन सकेको, अनी केछ खबर, उम ठिकैछ, दस धार्निको तिग्रा भैसके छोराछोरिले लुगा धुने हैन, म आँफैत होनी घोटिने, जूनी पनि गधाकै पाएको रैछु, तिमीहरुको साखा सन्तानको त मैले कुन जुनिमा रिनै खाको रैछुनि, अझै रिस मरेकै थिएन उन्को, अझै फत्फताउदै थिन निधारको पसिना पुच्दै, उन्को रिस शान्त बनाउन खोज्दै भने भोली पैसा हालिदिन्छु निकाले पछी पायो भनेर खबर गर्नु है, मैले भने, तर मेरो कुरा भुइमा पनि खस्न नपाउदै बुडी पुन अघिको जस्तै जंगिदै बोली, हैन सँधै पैसा मात्रै पठाएर हुन्छ कि घर पनि आउने हो ? घर आउने चै कुनै सुरसार छैन ? सँधै पैसा पैसा मात्रै भनेको छ, जंगिदै बोलेको रिसाइको भावमा बिस्तारै मलिन्ता थपियो, जंगिदै बोलेको उस्को अनुहारमा एकाएक केही उदासिन्ता देखियो, त्यही उदासिन मलिन अनुहारमा उ बर्बराउदै गइन, म सुन्दै हेरिबसे, बिदेश हिंडेको अठार बर्ष बित्यो, पछील्लो पटक बिदा आएर फर्किएपछी, गएको पनि चार बर्ष बितिसक्यो, यता छोराछोरी दिनदिनै हुर्कदैछन, आफु दिनदिनै रोगी हुँदै जादैछु, कुनै दिन लोग्ने श्वासनी भेट पनि हुन नपाई मरिन्छ भन्ने पिर, हरेक दिन सपना पनि नराम्रो नराम्रो मात्रै देख्छु, कहिले भोजभतेर खाएको देख्छु, कहिले बाडिपहिरो गएको देख्छु कहिले घरै अगाडि आँपको रुख ढलेको देख्छु, कतिदिन सपना र मनमा पिर बोकेर बस्नु, चाहिदैन तपाईंको पैसासैसा, खुरुक्क कि बिदा आउनु कि फिनिस आउनु, सक्दिन म यो घरिघरीको भाका खेप्दै घर धान्न, बोल्दाबोल्दै टप्प आशु खसाइन, मैले केही बोल्ने मेसो नै पाइन, तैपनी नम्र सानो बोलिमा सम्झाउने तरिकाले भने, बल्ल,त घरब्यबहार जोडीयो, अब नानीबाबु कलेज् सकिन बाँकी नै छ, भोली उनिहरुको पनि बिहेदान गर्नुपर्ला, घरमा कुटुम्ब आउँला, इज्जत राख्नै पर्‍यो, आँफै पनि दु:ख बिराम भैएला दुइचार पैसा चाहिन्छ अलिअली त जोहो पनि त गर्नुपर्छ, घर आइज भनेर मात्रै हुन्छ, ? श्रीमान श्रीमतिको भावना भन्दा जिम्मेवारी को बोझ ठुलोछ म माथि, तिमीहरुको सुख, तिमीहरुको खुशी, आफन्त र समाजको इज्जत धान्नकै लागि भए पनित दु:ख त गर्नै पर्‍यो बुडी, सम्झाउने प्रयासमा भने मैले, सुँक-सुँक रुदै गरेको अघिको उस्को सुस्क अलिकती मत्थर भएको थियो, र भन्दै थिन, अरु कुरो जान्दिन म यो दसैंमा जसरी भएपनी घर आइपुग्ने नत्र मेरो मरेको मुख देख्नुपर्ला, धम्काउदै तर मायालु पारामा बोली, हस हस, यो पल्ट चै दसैंमा जसरी भएपनी आइपुग्छु, मैले उस्को कुरोमा सहमती जनाउदै भने, नत्र अर्को साल आउछु वा अर्को डिसेम्बर जनवरी सम्म आउछु भन्यो भने आगोमा घ्यु थपिदिएको जस्तै हुनेथियो, र उस्को बर्बराउने क्रम रोकिने थिएन, लोग्नेश्वासनी बिचको माहोल अलिक शान्ता भएपछी जिस्काउदै भने, ल अब फोन राख्छु है, यसो राख्ने बेलामा अलिकती मोइ त देउ, उ आधा हासेको आधा रिसको भावमा बोली, ए त्यस्तो पनि चाहिन्छ है, खुब बुडो हडी हसाउन खोज्छ, त्यस्तो माया चाहिनेलेत खुरुक्क घर आउनेनी, केको नाटक मोबाइलमा, यतिभनेर मैले अर्को जवाफ पनि गर्न नपाउदै फोन राखिदिन, यता म भने एक्लै मुसुमुसु हाँस्दै पुन बेडमा पल्टिएर आराम गर्न तर्फ लागे ।

दुई हप्ताको अन्तराल पछी कारीब ४,बजे घडीको आलारम संगै बिउँझीएर हतारहतार नुहाइधुवाइ सकेर आफ्नो पहिलेकै नियमित काममा फर्किनलाई बाहिर गेटमा गएर गाडी कुर्दैथिए, केहीछिनमै गाडी पनि आइपुगिहाल्यो, त्यसपछी ड्राइभर र म दुइजना एकघन्टाको यात्राको आरम्भ गर्यौ, तर खै आज मलाई केभएको थियो कुन्नी ? दुइहप्ता पछी आफ्नो काममा फर्किदा पनि मनमा उत्सुक्ता थिएन, मनमा चन्चलता थिएन, न शरिरमा स्फुर्ती नत मनमा कुनै उमंग, बस आँफै बोझिलो बनेको थिए, अफिस जादा बाटभरी नानाथरीको कुराहरु मनभरी खेलिरहयो, एकातिर ड्राइभरले आफ्नै रफ्तारमा गाडी हुइकाइ रहेको थियो भने अर्कोतिर छाती भित्र नजानिदो गरेर अनेकौ तर्कनाहरु खेलिरहेको थियो, आँफै भित्र उकुसमुकुस बनेको थिए, सम्झिए, धेरै कुरा, हिजोको एक्लो जिबन, त्यसपछी विवाह, दुई सन्तान, १८ बर्ष देखी लगतार परदेश अनी जिन्दगीले ४०औँ बषन्त सकिएर जिबनको एउटा अध्याय पार गरेकोछ, सोच्दा एउटा सिंगो ईतिहास बनेकोछ समय, तैपनी आजसम्म यो गर्छु, त्यो गर्छु, यसो गर्छु, उसोगर्छु, यती कमाउछु, उती जोड्छु भन्दाभन्दै लक्का जवान हुँदा हिंडेको मुग्लान आज ऐना अगाडि उभिएर हेर्ने हो भने कालै केशहरु सिरु फुले झै सिउदो र कन्सेरिमा सेतै हुन थालेकाछन, आँखा र नाकको डिलको फेदमा छाला चाउरी परेर मुजाहरु देखिन थालेकाछन, तैपनी जिबनले आजसम्म चैनको सास फेर्न पाएको छैन, सुख र शान्तिको आभास पाउन सकेको छैन, सन्तान बढेर अब केही दिनमै पराइ घर जाने र ल्याउने समय आउन लागिसक्यो, तर म अझै यही बालुवाको शहर भनेर चिनिने अरबको तातो गर्मी खाँदै संघर्ष गर्दैछु, यस्तो सोच्दा सोच्दै दिउसो श्रीमतिले रिसाउदै दु:ख बिसाएकी झल्को झन गाढा भएर आयो, उस्को अनुहारमा देखिएको सिथिल्ता, आँखामा देखिएको त्यो ओसिलो आशु टप्प गालाको डिलमा खसेको झझल्कोले झन मन भत्भती पोलेर आयो, आँफैलाई आँफै भित्र बेचैन बनाएर ल्यायो, यतिकैमा गुडिरहेको गाडीको सिटमा ढल्किएकै अवस्थामा लामो श्वास तानेर सुस्ताए, खुम्चिदै गरेको निधार लाई झन चाउरी बनाउदै सुइया सुसाएर श्वास फेर्दा ड्राइभरले पुलुक्क मेरो अनुहार तिर हेरिरहेको थियो, तर मलाई उस्को नियालैले कतिपनी अफ्ठ्यारो लागेको थिएन, म आफ्नै सोचाइमै सुस्ताइ रहेको थिए, साचिकै गहिरो सोचाइमा डुबिरहेको थिए, मानौ यतिखेर म गहिरो निन्दमा छु ।


एक घण्टाको रफ्तार पछी म नियमित आफ्नै काममा बल्ल पुगे, अफिस पुग्दा अफिसको टेक्निसियन र रिसेप्सनको स्टाफहरु आइसकेको रहेछ, welcome to back sir ! सबै स्टाफहरुले स्वागत गरे, मैले पनि सबैलाई धन्यवाद दिदै कामको रिपोर्ट मागे, सबैले आआफ्नो कामको बारे रिपोर्ट गरेर सँधा झै टेक्निसियन हरुलाई उनिहरुको कामको जिम्मा लगाए, रिसेप्सनको स्टाफलाई कसैको फोन आए बोलाउनु है मलाई भनेर म आफ्नो अफिस तर्फ लागे, त्यसपछी अफिस ब्वाइ लाई एउटा कफी बनाएर ल्याउन लगाएर कफी पिउदै हप्ता भरिको अपडेट हेरे, सबै डे-सिफ्ठ को साथीले रिपोर्ट गरिसकेको रहेछ, त्यसैले केही थोरै बाँकी रहेको कामको पनि कम्प्युटर खोलेर डाटा इन्ट्री गरेर रिपोर्ट अपडेट गर्न लागे, आखिर सधैं नियमित गरिरहेको कामको फत्ते गर्न कती समयनै पो लाग्थ्यो र, त्यो पनि केही मिनेटमै काम सके, त्यसपछी भने के गरौगरौ भयो, केही काम नभएपछी गल्फ कारको चाबी लिएर क्याम्पको एक चक्कर लगाएर कता केके भएकोछ हेरेर फर्किए, कतै केही फल्ट देखिएन, काम नभएपछी एकछिन समचारको लिङ्कहरु खोलेर नेपालको खबरहरु पढ्न थाले, समचार भित्र छिरेर यसो देशको बारेमा केही बुझ्न खोज्यो झन मन अत्यास लाग्दो भएर आउछ, आँफैमा तीन भहुन्न रिस उठेर आउछ, हामी सानो छँदा पञ्चायतको बारेमा जती नराम्रा कुराहरु सुन्थ्यौ, आज प्रजातन्त्र, बहुदल हुँदै मुलुक गणतन्त्रत्मक अवस्थामा आउँदासम्म केही बद्लाब आएकोछैन, न युवा स्वरोजगार भएकाछन, न कुनै गतिलो र गर्ब गर्न लायकको कलकारखाना बनेकाछन, नत कुनै रास्ट्रीय महत्वको बाटोघाटो बिजुली बत्ती बनेकाछन, बरु दिनप्रतिदिन देशमा बड्दो बेरोजगारिले गर्दा सिक्षित युवाहरुको जमात बड्दोछ, तिनै बड्दो शिक्षित युवाहरुको एक झुन्ड बिदेश पलायन हुँदैछन भने केही झुन्ड नेताको झन्डा बोकेर हरेकदिन जसो सडक किनारा अबरुद्ध बनाएर भएको बनेको सम्रचनाहरु पनि भात्काउदैछन, समाज दिनदिनै सभ्य र सुसक्रित हुनुभन्दा उल्टै असभ्य र बिग्रह बन्दै जादैछन, कारण यस्तो हुनुभनेको दैनिक शिक्षित युवाको जनसख्या बड्दै जानु र देशमा गरिखाने माध्यमको उध्यम स्वरोजगार नहुनुमा युवामा आएको फ्रस्टेसनको एउटा मुख्य कारण पनि हो, अबको दश बर्ष देश चलाऊने नेताहरुले यस्तै गर्दै जाने होर देशमा युवाको ब्यबस्थापन नगरने हो भने, मुलुक दक्षिणि अफ्रिका जस्तै सोमालिया र इथोपिया हुनबाट कसैले रोक्न सक्ने छैन, समाचार पड्दा पड्दै मन शान्ती हुनुको सट्टा झन रिस, आवेग र नैरश्यता मात्रै भरिन्छ, न हामी जनता सुसस्क्रित सभ्य हुन सक्यौ, नत नेता जनता प्रती उत्तरदायी हुन सके, यो हाम्रो बिडम्बना हो या किस्मत, दुबै खै के भनौ, मनमा यस्तै कुरा खेलाउदै समचारको केही लिङ्कहरु हेरिसकेर मोबाइलमा टुइटर खोलेर स्पेस तिर छिरे, स्पेसमा अमेरिकि परियोजनाको मिलेनियम कर्पोरेसन च्यालेन्ज को बिषयमा गरमागरम बहस चल्दैरहेछ, त्यहा एक घण्टा जती बहस सुनेर बसे, बहस सुन्दा यस्तो लाग्योकी जती बाहिर सडकमा जनता गरमागरम तातिएकोछ उक्त प्रोजेक्टको बिरुद्धमा तर त्यस्को ठीक बिपरित, यो प्रोजेक्ट पास गर्नुहुन्न भन्नेको झुन्ड भन्दा तत्काल पासा गरेर देशलाई सम्रिद्ध बनाउनुपर्छ भन्नेको झुन्ड धेरै देखे, हुनत म यस्ता बिसयहरुमा ज्ञान त राख्दिन तर बाहिर सडकमा जनताको माहोल र भित्र सामाजिक सन्जालको त्यो पनि टुइटरको स्पेसमा पास गर्नुपर्छ भन्ने जनमतको बाहुल्यता देख्दा भने अचम्म लागेर आयो, यदी सम्सदबाट पास् भएको खन्डमा अमेरिकि पारीयोजनाले भबिस्यमा देश बिकास कती गर्ला नगरला तर एकहुल झुन्डलाई स्पेसमा बहस गर्न राम्रै रोजगार दिएकोछ भने उता सडकमा बेरोजगार युवाको झुन्ड पनि राम्रै रोजगार पाएको देखे, अर्काको देशबाट बजेट ल्याएर देश बिकास गर्छु भन्ने नेताहरुले देखाएको चरित्रले अहिले देश र जनतालाई तत्काल कती क्ष्यती पुराउला थाहा छैन तर भबिस्यमा यस्ले बिकासको साटो झन बिकराल अवस्था श्रीजना गर्नेमा दुइमत छैन, यि र यस्तै बहसहरुबाट बाहिर निस्किएर टुइटरको डिएम हेरे, त्यहा साथीहरुको मेसेज आएर थुप्रीएर बसेकोरहेछ, सबैलाई जवाफ फर्काए, त्यस्तैमा चन्द्राको पनि मेसेज बसेको रहेछ, त्यसपछी चन्द्राको मेसेज पढ्न थाले ।

मेरो प्रेमलाई जिबन्त तुल्याउन अनी मलाई मेरो मृत्‍यु पश्चात पनि जिउदो राख्न कोशीस गर्नुहुने मेरो प्रीय लेखक, हामी बोल्दाबोल्दै यती नजिक भएछौ कि मैले सबै सम्बन्ध हरुलाई भुलेर वा मेरो आफ्नो सिमा भुलेर हजुरलाई कहिले तपाईं त कहिले तिमी सम्मको सम्बोधनले मेरो सानैदेखिको बालसखा जस्तै महसुस गरेकिछु र गर्छु, जस्को कारण तपाईंलाई, सर देखिको सुरुभएको सम्बोधनमा बाँदर, भौमान हुँदै कयौ सम्बोधनहरु ले सम्बोधन गरेकिछु, हामी एक आपसमा आजसम्म भेटघाट र देखादेख नभएपनी तपाईं संग भेट भए जस्तै लाग्छ, बर्सौ देखी हामी परिचित छौ जस्तै लाग्छ, त्यसैलेत आज मैले आफ्नो निजी कुरा यहाँ सामु राख्न र सुनाउन सक्ने भएकिछु, आशाछ, यो हाम्रो असल मित्रतालाई गलत अर्थ लाउनु हुनेछैन अनी मलाई कस्ती आईमाई रहेछ भनेर मुल्याङ्कन गर्नुहुनेछैन भन्ने आशा गरेकिछु, किनकी हरेक मान्छेको पुरुष होस् या महिला जिबन विवाह पूर्व वा विवाह पछी कुनै न कुनै सम्बन्धमा हुन्छन वा बस्छन, ति कती सत्य हुन वा पाप म जान्दिन तर हरेकको आफ्नै अतित र बर्तमान हुन्छन तिनै मद्धे मेरो पनि त्यो एक अतित हो, जस्लाई म चाहेर पनि जान अन्जानमा भुल्न सक्दिन, त्यस्लाई न मेटाउन सक्छु नत बिर्सन नै, आशा छ, मेरो कथा लेखिदिएर बजारमा पुस्तकको रुपसम्म आइपुग्दा म केही सहयोग त गर्न सक्दिन, अनी हजुरलाई यही कथा बापतको सहयोग र पुरुश्कार स्वरुप धन्यवाद भनेर म आफुलाई तुच्छ पनि तुल्याउन चाहन्न, र त्यो कदापी गर्न पनि सक्दिन, बस यती भन्न सक्छु मेरो श्वास रहेसम्म मेरो कथाको एक प्रमुख पात्रको रुपमा हजुरलाई सँधै मित्रवत सम्मान गरिरहनेछु त्यो मैले मेरो आफ्नै क्षितिजलाई गरेको प्रेम भन्दा माथि हुनेछ अनी पुजनिय हुनेछ, शायद यही तपाइ प्रतिको विश्वाश र भरोसाको कारण एउटी नारिले एउटा अपरिचित पुरुष लाई आफ्नो जिबन कहानी सुनाइ रहेकिछे, बाचा गर्छु यो सम्मानमा कहिलै आँच आउन दिनेछुइन, यही बाचा संगै मेरो बाँकी काहानी सुन्नुहोस है ल ।

यसरी हामी दिनप्रतिदिन नजिकिदै गयौ तर जब हाम्रो एस.एल.सी को परिक्ष्या २०५८ को बैशाख १० गते सकियो,त्यही बेला देखी घरमा मेरो बिहे गरिदिने कुरा चल्न थाल्यो, त्यसपछी भने म झन क्षितिज प्रती आकर्सित हुनथाले, उस्को अन्देखी र अन्भेटिमा उस्कै बाटो कुरेर बस्ने हुनथाले, जता गयो त्यतै उस्कै छाया देख्न थाले, कोही कतैबाट आउँदै गरेको देख्दा पनि मैले त्यो मान्छेमा क्षितिकै स्वरुप देख्न थाले, यो प्रेम भन्ने पनि कस्तो अचम्मको हुदोरहेछ, थाहा नहुँदा केहो केहो थाहा पाएपछी सहनै गाह्रो, जबसम्म मान्छे कसैको प्रेममा पर्दैन तबसम्म न उस्ले प्रेम बुझ्छ न उस्लाई प्रेमको महत्व नै थाहा हुन्छ, थाहा हुन्छत केवल, परिवार, बाउ-आमा, आफन्त र छिमेकी मात्रै, तर प्रेम जब हुन्छ उस्ले न बाउआमा हेर्छ, न समाज न छिमेकी, हो मलाई पनि मेरो बिहेको कुरो चल्न थालेदेखी क्षितिज प्रती बड्दै गएको प्रेमले यस्तै हुनथालेको थियो, कतिखेर कहाँ भेटौ र मनको कुरा सबै भनिदिउँ कि म तिमीलाई प्रेम गर्छु, मेरो घरमा बिहेको कुरा चल्दैछ कतै भगाएर लैजाउ भनिदिउँ जस्तै लाग्थ्यो, तर अफसोच, नारी न परे, कहाँ त्यो सबै गर्न सक्ने हिम्मत आउथ्यो र ममा, त्यो पनि त्यो समयको कुरा, न अहिले जस्तो कुनै फोन न कुनै फेसबुक र टुइटर, सिर्फ देखादेख र भेटाभेटमै सबै कुरा भन्नु पर्ने अवस्था, भेटै हुँदा पनि भन्न नसकिने, यदी मुस्किलले भन्न आँट गरेपनी कसैले देख्योकी, सुन्योकी भनेर दुनियाँँको नजर हेर्नुपर्ने, साच्चै नै जब प्रेम हुन्छ अनी अनौठो तर मिठो अनुभुती लाग्न थाल्छ, प्रेमिल जोडीहरु त्यही अनुभुतिलाई लिएर बाँच्न थाल्छन, जब कसैलाई भित्रै हृदय देखी माया गरिन्छ साचिकै मनमा एक बेग्लै झन्कार उत्पन्न भएर आउछ, आफुले माया गरेको मान्छेलाई अरुले नहेरोस, माया नगरोस, उस्ले पनि आँफैलाई माया गाह्रोस भन्ने इर्श्या वा भावना चाहना उत्कन्ठ भएर आउछ, मलाई पनि हरेकपल यस्तै भएर आउन थाल्यो, अझ बिशेष गरेर जब घरमा आफ्नै कानमा आफ्नै बिहेको कुरा चल्न थालेको सुन्न थाले, त्यसपछी त म भित्र झन क्षितिज संगको प्रेम अझ उग्र बनेर आउन थाल्यो, कतै बाटोघाटो कुवापधेरोमा भेट भैहाल्छ कि भनेर ब्यग्र प्रतिक्ष्या हुन थाल्यो ।

जब हरेकदिन घरमा मेरो बिहेको कुरा सुन्नथाले, त्यसपछी एकदिन आमाको छेउमा गएर अनुहारको भाव हेर्दै डराउदै मन दरो बनाएर भन्ने हिम्मत जुटाएर भने, आमा म यो बिहेसिए गर्दिन, अहिलेनै मेरो बिहे गर्नेबेला भाको छैन, मेरो कुरा सुनेर आमा एकछिन त म तिर ट्वाल्ल परेर हेर्नुभो त्यसपछी आँगनको सुकाइ राखेको बिस्कुन उठाउदै भन्नुभो, के गर्छस नानी हामी छोरी मान्छेले एकदिन न एकदिन अर्काको घर नगै हुँदैन, अब त १८, बर्षको पनि पुग्नै लागिस, काठमान्डौमा घर भएको राम्रो कुलखान्दानको कुरा आएकोछ, तेरो बिहे भयो भने तैले नै सुख पाउछेस अनी हामीलाई पनि ढुक्क हुन्छ, तेरो दिदिहरुको त बिहे भैसक्यो तेरो पनि भयो भने हामी पनि खुशी हुन्छौ, नानी हामी छोरी मान्छे भनेको अर्काको घर जाने जात हो, त्यस्तो भनेर हुन्न एकदिन न एकदिन त जानै पर्छ, अहिले राम्रो घरको कुरा चल्दैछ, हामीले आफ्नो सन्तानको भलो होस् भनेर चाहन्छौ, आफ्नो छोरीले सुख पावोस भन्ने चाहन्छौ, मलाई त यो कुरा भनिहालिस अब झुकिएर पनि तेरो बाबा संग नभन है नत्र बाबाले तेरो खुट्टा भाचिदेला, मेरो एक शब्द के मात्रै सुनेकी थिन आमाले पुरै महाभारत सुनाउन भ्याइन, म चुपचाप सुनिरहे, त्यसपछी आमाको जवाफअको अर्को सवाल नगरि म कोठाभित्र गएर बेडमा बसेर त्यतिकै टोलाई रहे । 

भोलिपल्ट कुनै एउटा किताब माग्ने बाहाना गरेर क्षितिजको घर गए, जादा मनभरी डर र त्रास भैरहयो, अर्कोतिर गएर क्षितिजलाई केभन्ने होला भनेर मन दोधार भैरहयो, उस्को घरमा पुग्ने बित्तिकै वरैबाट घरको पिढिमा जातोमा कालो मासको दाल पिस्दै गरेकी उस्की आमालाई देखे, त्यसपछी उस्की आमालाई नमस्ते गर्दै सोधे, काकी नमस्ते, क्षितिज कता छ, एउटा किताब माग्नु थियो उ संग, काकिले नमस्ते फर्काउदै भनिन नमस्ते नानी आज कताबाट आइस त हाम्रो घरतिर ? कहिलै न आउनेत तँ त, अँ काकी क्षितिज संग किताब माग्नु थियो अनी आको, मैले जवाफ फर्काउदै भने, ए..! त्योत बिहानै उस्को मामा घर जान्छु भनेर गाको भरे आउछ कि भोली थाहा छैन नानी, तर तँ त्यहा मुढा तानेर बस्दै गर्न नानी म यो सकिहाल्छु, काकी बोलिन, म आँगनको डिलको नाइलनको डोरिले बाटेको बाँसको मुढा तान्दै काकिले जातो पिन्दैगरेको छेउमै बसे, म तिर पनि नहेरी काकी फेरी बोलिन, अनी यस्पाली त तेरो पनि बिहे खान पाइेला जस्तोछ नानी, बिहे खुवाउछस कि नाइ हामीलाई भन्त, म लाजले भुतूक्क भए, न हास्नु न रुनुको अवस्थामा त्यतिकै चुप लागेर घुमिरहेको जातोलाई हेरीरहे, काकिले फेरी म तिर हेर्दै मुसुक्क हाँस्दै मलाई जिस्काउदै भनिन, हलक्क बढेकी राम्री छेस, मिल्ने भएत मेरै घरको बुहारी  बनाउथे तलाइत, काकिको कुराले झन लाजले पानीपानी भए म, तैपनी मनलाई सम्हालेर हिम्मत जुटाएर काकिलाई सोधे, किन काकी हाम्रो बिहे चल्दैन र ? कहाँ चल्छत लाटी तिमीहरुको र हाम्रो गोत्र एउटै हो, हामी सापकोटा र तिमीहरु न्यौपाने भएपनी हाम्रो कौडिन्य गोत्र हो, बिहेबारी चल्दैन, काकिले यती भनिसक्दा मेरो मनमा खै के भयो कुन्नी, म माथि ठुलै बज्रपात भएजस्तै भयो, एकाएक भुइचालो आएर आँफैले टेकेको धर्ती भासिएर तहसनहस भएजस्तै लाग्यो, आफ्नो अगाडि बोल्ने काकी नभएर कोही मेरो प्रेमको बिरोधी उभिएजस्तै लाग्यो, छिनभरमै मलाई ति काकी मेरो दुश्मन जस्तै लागेर आयो, त्यसपछी मेरो मनमा अचानक खै के आयो कुन्नी, ल काकी म गए है भन्दै जुरुक्क उठेर, हिंडे, काकी भन्दैथिन, म चिया बनाउछु नानी पख्पख एकछिन, तर म आफुले टेकेको आफ्नै पाइलाको आवाज पनि नसुनी त्यहाबाट फटाफट घरतर्फ लागे ।

काकिले भनेपछी बल्ल थाहा पाए, हाम्रो एउटै गोत्र भएकोले क्षितिज संग मेरो बिहे नहुने रहेछ, क्षितिज सापकोटा र म प्याकुरेल भएपनी हाम्रो कौडिन्य गोत्र एउटै रहेछ, त्यसपछी म घरमा दौडदै आएर बेडमा ढलेर घोप्टी परेर रुएँ, त्यतिकैमा क्षितिज भन्दै ठुलोठुलो स्वरले कराउँ चिच्याउँ जस्तै लागेको थियो, अचानक आफ्नै कोठा बिरानो जस्तो लाग्यो, सुन्सान र चकमन्नता महसुस भयो, अनी जुरुक्क उठेर बेडमा बसे, खै मनमा केके सोचेसोचे, एकोहोरो भएर बाहिरबाट आमाले चन्द्रा चन्द्रा भनेर कराइराख्नु भएकोरहेछ, एक्कासी भित्र आएर आमाले हैन त के गर्दैछेस हँ ? त्यत्रो घोक्रो सुकिन्जेल कराएको सुन्दिनसन ? गोठमा बस्तु कराउदैछ जा गएर घाँस हालेर आइज, आमा आफ्नै सुरमा त्यती कराइ राखेर पुन बाहिर निस्कनुभो, म पनि मन लागि नलागी उठेर बस्तुलाई घाँस लगाउन गए, तर त्यो दिन मलाई दिनभरी नै आफ्नो आँङमा घाम नलागे जस्तै भयो, कतिबेला रात पर्ला र ढुक्क होला झै भएर आयो, जसोतसो दिनभरिको कस्टकर सोचाइबाट रात त पर्‍यो तर झन त्यो रातभर मनमा अनेकन कुराहरु खेल्न छोडेन, झन हुनेनहुने अनेकौ कुराहरुले रातभर निदाउन दिएन, भोलिपल्ट उज्यालो हुनेबेला मा बल्ल निदाएछु ।

आखिर समय न हो, कस्लेपो रोक्न सक्छर ? यता हरेकदिन हरेकपल हुँदै समय आफ्नै सुरमा घडीको सेकेन्ड सुइ जस्तै कुदिरहेको थियो भने उता क्यालेन्डरको हरेक पाना क्रमस महिना महिना गरेर पल्टिदै जादै थियो, ति दिन महिना बिते जस्तै अनी क्यालेन्डरको मिती पल्टिए जस्तै हरेक दिन मेरो बिहेको कुरा युद्धस्तरमा चलिरहेको थियो, मानौ म बर्षौ देखी बा-आमाको लागि घाडो भएकोछु, बोझ भएकोछु, जबसम्म मेरो बिहे हुनेछैन तब सम्म बा-आमाको टाउकाको भारी हलुका हुनेछैन झै गरेर कहिले कहाँबाट त कहिले कहाँबाट कुटुम्बको कुरो हरेकदिन जसो आइरहन्थ्यो, समय र परिस्थिती लाई म न, रोक्न सक्थे नत दशाग्रह टारे जस्तै टार्न सक्थे, अन्तत काठमान्डौ निबासी आत्रेय गोत्रका राम देबकोटा संग २०५९ साल मंसिर १४ गते विवाह हुनेगरेर २०५८ माघ १६ गते मेरो बिबाहको अन्तिम छिनोफानो भएर फुलमालाको टुङ्गो लाग्यो, त्यसपछी म झन बिछिप्त बने, न क्षितिजलाई भुल्न सक्थे नत उस्लाई अपनाउन सक्थे, शायद हामी बिचमा यो गोत्र भन्ने भाईबान्धबको सम्बन्ध हुँदैनथियो भने शायद म आज उसैको अर्धाङिनी हुन्थे कि वा मेरो कर्म, किस्मत जे भनौ त्यो उस्को हुन लेखेकै थिएन कि ! खैर जेहोस, आखिरमा म एउटा अन्जान पुरुषको सँधैको लागि राम्रो नराम्रो जस्तो भएपनी उस्को अर्धाङिनी हुन जादैथिए, त्यसैको सामाजिक मान्यता अनुसार परम्परागत माघ १६ गते बैदिक रुपले फुलमालाले हाम्रो सम्बन्धको छिनोफानो भयो, जिबनमा पराइ मान्छेको नजर सम्म नहेरेको मान्छे कसैको कल्पनामा हराएर कसैको प्रेममा चुर्लुम्म डुबेर कसैको हातको फुलमाला पहिरिदै थिए, मनमा अनेकौ तर्कना त छदैथियो, संगसँगै मनभरी डर पनि लागिरहेको थियो, तर बा-आमा र समाज स्टमित्रको अगाडि न मेरो तर्कनाले तर्क दिन सक्थ्यो नत कुनै डरले मलाई त्यो परिद्रिश्य बाट अलग गर्न सक्थ्यो, जसरी भएपनी म एउटा अन्जान पुरुषको पछी लागेर जानुनै थियो, त्यसैमुताबिक आउने मंसिरमा बिहे हुने सर्तमा उस्को हातको बरमाला झै फुलमाला पहिरिसकेको थिए, मेरो जिबनको नौलो सुरुवातबाट त्यो दिनको कर्मकान्ड त जसोतसो सकियो तर उनिहरु त्यहाबाट काठमान्डौ फर्किएपछी पनि त्यो रातभर न भोक लाग्यो, न मेरो अगाडि कुनै उज्यालो बत्तिको महसु हुन्थ्यो, नितान्त चारैतिर सुन्सान अँध्यारो र चकमन्नता बाहेक मरो मस्तिस्कले केही देख्न र सोच्न सकिरहेको थिएन, बस... रातभरी पराइ घर र क्षितीज सँगको नजानिदो अप्रत्यासित प्रेमिल महसुसले गिजोलिरहेको थियो, रातभर फिटिक्क निदाउन सकिन, शायद मैले त्यो रात हजार पल्ट ओछ्यानमा दुइतिर कोल्टे फेरेको हुनुपर्छ, न आँखामा निन्द्रा लाग्छ, न मनबाट क्षितिजको अब्यक्त प्रेमको भुत ओर्लेर जान्छ, आखिरमा केही सिप नचलेपछी क्षितिजको लागि भनेर एउटा सानो पत्र लेखे ।

प्यारो क्षितिज !
यो सुन्सान रातमा बलिद्र धारा आँशुको भेल सँगै तिमीलाई अशिम माया र सम्झना, म यस्तो कठिन परिस्थितीमा छु, जुन परिस्थितीबाट तिमीलाई सानो भेट टक्र्याउन गैरहेकी छु, मैले यो पत्र लेख्नु हुन्थ्यो वा हुन्थेन मलाई थाहा छैन, तर केही दिनमै म अरु कसैको अर्धाङिनी हुन जादैछु त्यसैले पनि म अरु कसैको हुनु अगाडि मैले यो तिमीलाई भन्नै पर्छ भनेर तिम्रो सामु मुखले ओकल्न नसकेका इच्छा चाहाना र बेदना दुबै कपी र कलमको साहाराले अक्षर मार्फत तिम्रो सामु भन्ने आँट गरेकिछु, आशा छ तिमीले यो सानो भेट स्विकार्ने छौ ।   

हो क्षितिज, तिमीलाई याद छ ? जब हामी कक्षा ६ मा भर्ना भएर हाम्रो स्कुलको पहिलो दिन जुन दिन एकैदिन परेको थियो, अनी हामी दुबैको बाटो एउटै, अनी स्कुलको पहिलो दिननै साइकल यात्रीले तिमीलाई ठक्कर दिएर लडाएर भाग्न खोज्दा तिम्रो चोट लागेको हात समाउदै तिमीलाई उठाउन मद्धत गरेको सुरुवातबाट हरेक दिन हाम्रो संगै यात्रा सुरु भएको थियो, थाहा छैन त्यो यात्रा हाम्रो भबिश्यको थियो वा बत्किस्मतिको, खैर जेहोस, कक्षा ६ देखी एस.एल.सी दिदा सम्म हामीले कहिले झगडा गर्दै त कहिले दुबै रमाउदै स्कुले जिबनको ५ बर्ष संगै बितायौ, ति ५ बर्षमा हामी बिस्तारै हुर्कदै कलिलो बयस्क किशोर किशोरि अवस्थामा आइपुग्दा सम्म कयौ उतारचढावहरु आए, कहिले तिमी रिसायौ, कहिले म, अनी कहिले मैले माफि मागेत कहिले तिमीले, मलाई थाहाछ तिमीले मलाई मनमनै खुब मन पराउथ्यौ, त्यसैले त तिमीले मेरो लागि भनेर स्कुलमा सरको गाली कयौ पटका खाएको छौ, कक्षा कोठामा कयौपटक त्यत्रा साथीहरुको अगाडि कुखुरा बन्नु परेको थियो, मलाई कसैले केही भन्यो भने पनि तिमी झगडा गर्न पुगिहाल्थ्यौ, मेरो हरेक मुस्किलमा मेरो अंगरक्षक झै ढाल बनेर उभिन्थ्यौ, त्यसैले त म तिम्रो म प्रतिको आदत देखी बारबार तिमी संग तर्किएर रिसाएर वा डराएर छलिएर हिंड्न खोज्थे, तर तिमी भने म स्कुलबाट निस्कनु अगाडि र घरबाट निस्कनु अगाडि नै हरेक दिन जसो बाटोमा आएर मेरो बाटो कुरी बस्थ्यौ, तर मलाई भने किनकिन तिमी देखी रिस उठ्थ्यो, तिमी देखी डर लाग्थ्यो, तिम्रो सामु पर्न नपरे झै हुन्थ्यो, तर जब म जिबनको पहिलो खुट्किलो प्रबेश गर्दैथिए, एउटा सानी बालिका बयस्क यौबनामा प्रबेश गर्दैथिए, जुनबेला म मिन्स भएर डराएर लजाएर कसैको सामु शिर ठाडो गरेर हिंड्न सकिरहेको थीन, हो त्यो बेला तिमीले किसोर अवस्थाको पुरुष भएर पनि तिमीले मलाई अरुको नजर र जिस्काइ बाट बच्चाउन तिमीले आफ्नो झोला बोक्न लगाएर मेरो पछाडिको मिन्सको रगत छोप्न लगाएको थियौ, म नारी भएर पनि मिन्स भनेको केहो थाहा नपाउने बेखबर भएर पनि तिमीले कल्पना लाई खुट्टामा बगेर आएको ब्लडको टाटो मेटाउनलाई बालौटे माटो लगाउन लगाएको थियौ, कल्पना र तिमी दुइले मेरो खुट्टाको पिडुला सम्म बगेर आएको रगतको वरिपरि धुलौटे माटोले पुछपाछ गरेको थियौ, अनी समय संगै हाम्रो सेन्टप र एस.एल.सी परिक्षा भरी तिमीले मलाई दु:ख नदिएको पल अनी हरेकपल्ट लुकिलुकी तिमीले मलाई नियाल्नु त्यो पललाई नै सम्झेर मैले पनि थाहैनपाई तिमीलाई प्रेम गर्न थालेछु, तिम्रो त्यो आत्मिय पलले मलाई कतिबेला नजिक ल्याइसकेछ, जस्को परिणाम आज जिबनको अर्को तेस्रो सुरुवात गर्न जान लाग्द पनि पटक्कै खुशी छुइन, जब मेरो बिहेको कुरा चल्न थाल्यो म झन-झन तिमी प्रती आसक्ती हुँदै जान थालेछु, त्यो मलाई स्वयमलाई थाहा नै भएन, जस्को फलस्वरुप म तिम्रो घरमा तिमीलाई मनको कुरा भन्छु भनेर गएको थिए तर संयोगले तिमी मामा घर गएको रहेछौ र मैले तिमीलाई भन्छु भनेर सोचेर गएको कुरा भन्न पाईन,र जे भयो राम्रै भयो पनि भन्छु, किनकी शायद तिमीले पहिले भन्नु पर्ने ठाउँमा यदी त्यो दिन मैले तिमीलाई भेटेर भनेको भए आज हामी दुबै निक्कै अगाडि पुगिसकेको हुनेरहेछौ, जती आज दुबैले भन्न नसक्दा त यो रातमा निदाउन सकिरहेकी छुइन म, झन तिमी र म मद्धे दुबैमा एकले भनेको भए शायद म आज मेरो बिहेको कुरो छिनी सक्दा जिउदो पनि रहन्न थिए होला, किनकी आजको यो चुक जस्तो कालो रातले मलाई यही भनिरहेको छ, ए साँची अघी तिम्रो घर गएको पछीको बाँकी कुरा त तिमीलाई भन्नै बिर्सेंछु, त्यो दिन म तिम्रो घरमा पुग्दा तिमी थिएनौ, तिम्रो आमा जातोमा मास पिस्दै हुनुहुन्थ्यो, सम्योगले वहाँँले मेरो बिहेको कुरा निकाल्नु हुँदा पो बल्ल थाभयो तिम्रो र मेरो बिहे हुनै नसक्ने रहेछ, किन कि हाम्रो थर फरक भएपनी हाम्रो गोत्र एउटै रहेछ, त्यसपछी एकपलको लागि तिम्रो आमाको कुरा सुनेर मेरो पाइला जमिन मुनी भासिएको जस्तो अनुभुती भएको थियो, एकछिनको लागि वहाँ मेरो प्रेमको दुश्मन झै लागेको थियो, तर यथार्थ यथार्थै हो, वास्ताबिक्ता लाई हामी छोप्न ढाक्न वा लुकाउन सक्दैनौ जो हाम्रो पिता पुर्खाले सदियौ देखी मान्दै आएकाछन, जुन हाम्रो प्रेमको बर्खिलापमा भए पनि हामी दुबैले नकार्न सक्ने थिएनौ, न तिमी न मैले, तसर्थ त्यही दिन देखी मेरो प्रेमको अन्तिम सद्गती भएको थियो, एउटा दु:खको कोलाहलपूर्ण मसानघाट जस्तै ।

मलाई थाहाछ म प्रेमको बिरोधी होइन, तर म हाम्रो सस्कार सस्कृतिको बिरोधी पनि हैन, त्यसैले त्यो दिन तिमीलाई भन्छु भनेर सोचेर तिम्रो घर गएको थिए, तर तिम्रो आमाको मुखबाट जुन कुरा सुन्नुपर्‍यो त्यसपछी झन तिम्रो सामु कहिलै पर्ने कोशीस गरिन, मलाई थाहाछ तिमीले कयौपटक कल्पना लाई खबर पठायौ, मैले खबर पाएको पनि हो, तर हामी एउटै गोत्रको हौ भनेर कसरी भनौ जुन कुराले तिमीलाई पनि दुख्ने थियो, पोल्ने थियो, त्यसैले मैले तिमीलाई दुखाउन चाहिन, तर खै जिबनमा पहिलोपटक कसैलाई मनै देखी मन पराएर हो या दुबैले भन्न नसकेको प्रेमले हो आज मेरो बिहेको महिना र दिन नजिकिदै गर्दा यि सारा कुरा नभनी रहनै सकिन जस्ले गर्दा आज तिमीलाई वाध्य भएर यो पत्र लेख्दैछु, यो पत्र लेख्नुको उदेश्य यती नै होकी म तिमीलाई थाहै नपाई प्रेम गर्न थालेको रहेछु, जुन चाहेर पनि भन्न सकिन र हाम्रो प्रेम सफल नहुने देखेपछी कुनैदिन तिम्रो सामु पर्ने चेस्टा पनि गरिन र तिमी संग घरिघरी भागीरहे, र आज यो नै पहिलो र अन्तिमा पत्र लेख्दैछु कि म तिमीलाई प्रेम गर्थे तर भन्न सकिन अनी तिमीले पनि, तर प्रेम, प्रेम नै रहेछ, सस्कारको बिरुद्धमा जान नसके पनि मनबाट लागेको वा मनबाट कसैलाई गरेको प्रेम निकालेर फ्याक्न पनि त नसकिदो रहेछ, त्यसैले तिमीलाई प्रेम गर्थे, जिबनभर गरिनै रहनेछु बस हाम्रो गोत्र एउटै भएको कारणले तिमीलाई अपनाउन सकिन किनकी प्रेमको अगाडि म चेली माइतिको सम्बन्धलाई पाप बोकाउन चाहन्न थिए, यही जानकारी तिमीलाई दिउँ भनेर यती लेख्ने हिम्मत गरे, सक्छौ भने मलाई माफ गरिदेउ, अनी बिन्ती गर्छु भोली बिहान कल्पनाको हात मार्फत तिमीले यो पत्र पाउने बित्तिकै मलाई प्रमिस गर्नेछौ कि अब देखी आइन्दा हामी भेट्ने छैनौ र बिन्ती गर्छु तिमीलाई यो आसक्ती बाट तिमी पनि निस्किएर मेरो आँखाले हेर, हामी सँधै पवित्र रहनेछौ दुबैमा अब्यक्त प्रेम गरेर पनि । 

हस्त यो सानो भेटमा भन्ने कुरा हरु धेरै हुँदाहुँदै पनि भन्न सकिरहेकी छुइन, धेरै केही लेख्न सकिरहेकी छुइन, शायद अब भएजती सबै भनेर र लेखेर त्यसको औचित्य पनि छैन तर यती प्रमिस गर्छु कि जिबनमा तिमीलाई कहिलै भुल्ने छैन, किनकी जिबनमा पहिलोपटक यदी कसैलाई प्रेम गरेको थिए भने त्यो तिमी थियौ, आशा गर्छु तिमी पनि हाम्रो स्कुले जिबनका तितामिठा सबै क्षण हरुलाई भुल्ने छौ र जिबनको गोरेटोमा एउटा असल नागरिक र साथी भएर अगाडि बढ्नेछौ, तिमी लाई तिम्रो भबिस्य र तिम्रो उच्छ शिक्षाको अग्रीमा शुभकामना ।
 
तितो मिठो सम्झनामा 
उही तिम्रो प्यारो साथी
चन्द्रमा प्याकुरेल (चन्द्रा)

रातको त्यो चकमन्नतामा जसोतसो पत्र लेखिसके, त्यसपछी लेखिसकेको पत्रलाई एकपल्ट सरसर्ती पढे, पत्र पढिसकेर कहाँ सच्याउने, कहाँ मिलाउने केही सोच्नै आएन, बस जतिजती पत्र पढ्दै जान्छु उतिउती आँखाबाट आशुको धारा छुटिरहेका थिए, त्यसोत पत्र लेख्न सुरुवात गर्दा नै आँखाबाट आशुको भेल बगिरहेको थियो, पत्र कहाबाट सुरु गरेर कहाँ लगेर टुङ्याउँ भन्ने म आँफैलाई थाहा थिएन, यहाँँ सम्मकी म स्वयमलाई पत्रमा के लेख्दैछु र के लेखे सम्म थाहा थिएन, यतिबेहोसिमा म त्यो पत्र लेखिरहेको थिए, किनकी हरेक पलहरु मुटुमा गाठो परेर आएका थिए, उ सँगको स्कुले जिबनको तितामिठा सबै सम्झनाहरु मस्तिस्क भरी सिनेमाको रिल झै द्रिश्य हरु दोहोरिएर आएका थिए, अनी म यो पनि सोच्न सकिरहेकी थिन कि म किन यो पत्र लेख्दैछु, यो पत्र प्राप्त गरेपछी क्षितिजले के सोच्ला, के भन्ला, यता मन पनि दोधारमा थियो, खैर जेहोस, जसोतसो पत्र त लेखी सके तर भोली उस्को हातमा पत्र कसरी थामाउने, कल्पनाको हातबाट दिदा पनि घरमा परिवारको सबैलाई भनिदिने होकी भनेर अर्को मनले डर पनि लागि रहेको थियो, त्यो रात आँफैले लेखेको मेरो जिबनकै पहिलो आफ्नै प्रेमपत्र कतिपटक पढेँहुँला, मलाई नै थाहा छैन, हरेक पटक पढिसकेर उस्लाई दिन भनी लेखेको त्यो पत्रमा आफुलाई पूर्ण भएको महसुस गरे, त्योदिन पहिलो चोटि आफ्नै प्रेममा सफलता प्राप्त गरेझै महसुस गरे, पटकपटकको पत्र पढाईपछी उस्को नामले सजिएको अक्षर छेउमा खुब मजाले चुम्बन गरे, अनी पत्रलाई आँखा चिलिएर छातीमा टासेर धेरैबेर सम्म अंकमाल गरेर सिरानीमुनी राखेर निदाउन कोशीसमा लागे, तर उमहुँ ! निन्द्रा फिटिक्क आउन सकेन, पुन उठ्दै पत्र सिरानीमुनी बाट निकाल्दै पढ्दै, छातीमा टासेर अंकमाल गर्दै रुदै यस्तै क्रम त्यो रातभर कयौपटक चलिरहयो, अन्तत बिहानको चारबजे तिर बाहिर खोरमा कुखुराको भाले कुखुरी...काँ.... गरेर बासेको आवाजले अचानक झस्किएर उठेर झ्यालबाट बाहिर नियालेर हेरे, भुइमा उज्यालो खस्नै लागेको रहेछ, त्यसपछी भने खै कुन चै त्यस्तो मनमा एकप्रकारको शान्ता भएको महसुस गरे, त्यसपछी आँखामा लगतार बगिरहेको आशु पुछेर लामो श्वास तानेर ओछ्यानमा पल्टिए र उज्यालो हुने पखको त्यो प्रहरमा निदाए ।

भोलिपल्ट बिहान आमाले घर बाहिर आँगनबाटै नानी नानी भन्दै बोलाएको तिखो आवाजले झस्किएर बिउँझीए, आमाको खिरिलो आवाज र बाहिर घरको धुरिमा कराएको चराचुरुङ्गिको तिखो आवाजले बिउँझीएर भित्तामा झुन्डाएको घडीमा आँखा पुराउदा बिहानको ७ बजिसकेको रहेछ, निदाएको ३ घण्टा जती मात्रै भएको थियो, रातभरीको अनिदो, रुदारुदा सुन्निएका आँखा बिउझदा भत्भति पोलिरहेको रहेछ, ए चन्द्रा त उठिनस नानी, छिटो उठ्न है, अर्काको घर जाने बेला भैसक्यो, अहिले सम्म उठेकी छैन यो केटी, हैन यो केटीले के गरेर खान्छे हँ अर्काको घरमा बुहारी भएर गएपछी, यो पल्ट भने आमाको निक्कै लामै आवाज आयो बाहिर बाट, शायद आमा बाहिर गोठको छेउमा गाई भैंसीलाई दिनलाई कुडो पकाउदै कराउदै हुनुहुन्थ्यो क्यारे, निकैबेर सम्म प्रस्टरुपले आमाको कर्कस सुनिरहेको थियो, त्यसपछी मन नलागि-नलागी उठेर धारामा गएर हातमुख धुएर आएर, पुन कोठा भित्र छिरे, सिरामुनी लुकाइ राखेको बेलुकीको पत्र सुरुवालको इन्जारको घर भित्र घुसाएर लुकाए, ताकी कसैले हातमा के बोकेकी भनेर नसोधोस भनेर, त्यसपछी बाहिर निस्केर आमालाई एकछिन कल्पनाको घरमा पुगेर आउछु है भन्दै बाटो लागे, आमा हैन खाना बनाउन छोडेर कता हिंडेकी फेरी उठ्ने बित्तिकै भनेर कराउदै हुनुहुन्थ्यो, तर म भने आमाको एकोहोरो कर्कस सुन्दा पनि नसुनी आफ्नै सुरमा हतार-हतार गरेर कल्पनाको घर तर्फ लम्किए । 

कल्पनाको घर हाम्रो घर भन्दा करिब १५ मिनेट जतिको मात्रै थियो, त्यसैले घरबाट हिंडेको केही मिनेटमै कल्पनाको घर पुगिहाले, कल्पनाको घरमा पुग्दा कल्पनाको बाबा भैंसी दुदै हुनुहुन्थ्यो, जादाजादै भैंसीको गोठमा दुध दुदै गरेको कल्पनाको बाबालाई मामा दर्शन भने, दर्शन भान्जी आज कताबाट आयौतनी मामाको घरमा ? कल्पनाको बाबा बोल्नुभयो, त्यतिकै आकी मामा भन्दै म सरासर कल्पनाको घरभित्र प्रबेश गरे, घरभित्र पुग्दा कल्पनाको आमा चै भान्सामा बिहानको खाना बनाउन सुरु गर्न लाग्नुभएको रहेछ, माइजु दर्शन, दर्शन ट्क्राए मैले, दर्शन नानी, आज कताबाट आउनुभो, माइजुले पनि उही कुरो दोराएराएर सोध्नुभयो, कल्पना लाई भेट्न आएको माइजु भन्दै म हतारमा कल्पनाको कोठा तर्फ लम्किए किनकी कतिबेला कल्पना लाई भेटौ र सबै बेलिबिस्तार लगाएर त्यो पत्र उनको हातमा थामाएर घर फर्किउँ जस्तै भएको थियो मलाई, तर कल्पनाको कोठामा छिर्न भनेर ढोका छेवैमा मेरो खुट्टा के टेक्न मात्रै लागेको थिए, माइजुले कल्पना त उस्को सानीमाको घर बुटवल गएकी छे भनेर बताउनु भयो, माइजुको कुराले म सुकेको रुखको हाँङ्गा जस्तै खङ्ग्रङ्ग भए, ढोकैनेर पुगेको मेरो पाइला एकाएक रोकियो, कैले गाकी माउजु मैले सोधे, हिजो मात्रै गाकी नानी, माइजु बोल्नुभो, अनी म कल्पनाकै रुमको ढोकैनेर उभिएर फेरी माइजुलाई सोधे, माइजु कैले आउछे अनी त्यो ? खै एकहप्ता बसेर आउछु भनेर गाकी कैले आउछे कुन्नी ? बल्ल-बल्ल घरबाट निस्किएर हिंड्न पाकी अब कताकता घुमेर मात्रै आउछे होलानी, माइजुले बेलिबिस्तार लगाइन, त्यसपछी म ढोकैमा टक्क अडिएको मेरो पाइला पछी सार्दै माइजु तिर फर्किदै भने, ल गए माइजु म, त्यस्लाई भेट्न आकी थिए, हस नानी, माइजुले छोटो उत्तर दीइन, त्यसपछी म घर फर्किए, कल्पनाको हात मार्फत त्यो पत्र क्षितिजको हातमा पुर्याउछु भनेर गएको मान्छे एकाएक उल्टै निराश बनेर फर्किए, शायद त्यो दिन मैले कल्पना लाई नभेटेर ठिकै भयोकी भन्ने पनि लाग्यो, यदी त्यो दिन कल्पनालाई उनको घरमा भेटएको भए त्यो पत्र क्षितिजको हातमा पुग्ने थियो, उस्ले त्यो पत्र पढेपछी उस्लाई झन सहन असैय हुन्थ्यो, शायद म जस्तै उ पनि झन तड्पिन्थ्यो होला, झन मर्महात बन्थ्यो होला, बरु त्यो बेला नभेटेर ठिकै भएछ भन्ने आजभोलि पनि लागिरहन्छ, तर आज पनि सम्झदा त्यो प्रेमको कस्तो भुत सवार थियो म मा उ प्रतिको, कस्तो पागलपन उर्लिएर आएको थियो म मा, अहिले सम्झिदा साचिकै त्यो एक पागलपन मात्रै हैन एकोहोरोपन नै थियो, बहुलठ्ठीपन थियो, त्यो पल आज सम्झिदा कतै मिठो लाग्छ भने कतै आँफैलाई त्यो बेला के भएको थियो भनेर आँफैलाई लाज लागेर पनि आउछ, तर एउटा कुरा पक्का हो, मैले त्यो पत्र क्षितिज सामु पुराउन सकेको भए म आज पनि उस्को सामु निरिह हुन्थे होला, उस्को अगाडि आजपनी कम्जोर देखिन्थे होला, जेभो ठिकै भएछ त्यो बेला भन्ने लाग्छ आज सम्झिदा ।   

घरमा पुगेर सुरुवाल भित्रको इजार भित्र घुसाएर लुकाएको पत्र निकालेर दराज भित्र रहेको मेरो पुरानो किताबको पानाको बिचमा छोपेर लुकाएर राखे, किताब निकालेर पानाको बिचमा त्यो पत्र लुकाउदै गर्दा भाई मेरो कोठाको कुर्सिमा बसेर कपिको पानामा केके लेख्दै थियो, त्यसपछी म भान्सा कोठा तर्फ लागे, आमाले चुलोमा खाना बसाइ सक्नुभएको रहेछ, म सब्जी काट्न थाले, केहीछिनमै सबै काम सकेर बिहानको करिब एघार बजेतिर सबैले खाना खायौ, एबंम रितले हप्ता बित्यो, दुई हप्ता बित्यो, मन भरी बेचैन र छट्पटिले दिनप्रती दिन गिजोलिरहेको थियो, बुटवलबाट कल्पना कहिले फर्किएर आउछिन भनेर अत्यास लाग्थ्यो, तर दोश्रो हप्ता सकेर तेश्रो हप्ता मात्रै के लागेको थियो कल्पना त चितवन टाडी तिरको एकजना केटा संग भागेर बिहे गर्‍यो रे भनेको सुन्न पर्‍यो, कल्पनाको त्यो कुरा सुन्ने बित्तिकै आमालाई सोधे, आमा कल्पना त भागेर बिहे गरिन रे हो, आफ्नै सुरमा काम गर्दै गर्नुभएको आमाले म तिर हेर्दा पनि नहेरी, खै त्यस्तै सुन्छु, तेरो माइजुले त्यस्तै भन्दै हुनुहुन्थ्यो बिहान आएर, त चै त्यस्तो बुद्धी नबिगार है नानी, अझ तेरो त बिहेको कुरा पनि छिनिसकेको छ, तैले त्यस्तो गरिस भनेत हाम्रो त कुलखान्दान सबैको नाकै काटिन्छ बाबै, तैले त्यस्तो गरिस भनेत हामीत मरे पनि हुन्छ, उल्टै मलाई सम्झाउदै आमा त बर्बराउन पो थालनुभयो, एकत कल्पनाको घरमा जादा उन्लाई नभेटेर मनमा छट्पटी भएको थियो, झन उन्ले भागेर बिहे गरेर गैन रे भनेको सुन्दा त क्षितिज सम्म त्यो मेरो मनको भावना, मेरो जिबनकै पहिलो प्रेमपत्र उस्को सामु पुराउने सबै ढोकाहरु बन्दहुन गएको जस्तै भयो, सबै आशाहरु मरेर गयो, त्यस्पछी क्षितिज सामु त्यो पत्र पुराउने सपना बिर्सिएर हरेक रात जसो त्यै पत्र पढ्दै रुदै सिरानी मुनी राखेर निदाउन थाले, रातभर पढ्दै रुदै सिरानीमुनी राखेर निदाउदै अनी उज्यालो भएपछी त्यही दराजको किताबको पानको बिचमा राख्थे, यस्तैमा एकदिन म घरबाट साइकल बनाउन भनेर सभापति चोक गए, चोकबाट फर्कदा बा र आमा घरको पिँढिमा मेरै बाटो हेरेर बसिरहनु भएको रहेछ, साइकल बनाएर म घर पुग्ने बित्तिकै रिसले मुर्मुरिदै बाबा कड्किनुभयो, कहाँ मुन्टिएर आएकी ? लाजसरम भन्ने छ कि छैन तलाई ? सम्झा तेरो छोरीलाई, सम्झिदैन भने यस्ले मेरो मरेको अनुहार हेरोस, भन्दै कड्किएर बा हसिया र दाम्लो लिएर बारीतिर लाग्नुभो, एकछिन त के भएछ भनेर म अचम्म पनि परे, तर तत्कालाई आमाले दराजको किताबको चेपमा लुकाइ राखेको मेरो पत्र हातमा मलाई देखाउदै भन्नुभो, यो तैले के गरेकी हँ ? अलिकती पनि लाज छकी छैन तलाई, मनमा डर भन्ने छैन तलाई, यो चिठ्ठी कस्ले लेखेको ? तैले नै होइन ? हामीलाई सबैलाई जिउदै पोलेर मार्न लागेकी ? त माथि कती विश्वाश थियो हामीलाई ? कम्सेकम हाम्रो छोरी त त्यस्ती छैन, हामीलाई रुएर हिंड्ने बनाउदिन भन्ने लागेको थियो, तर तैले त हाम्रो नाकमा कुकुरको गुहु दल्न लागेको राइछस नि हैन, आमा के के भनेर बक्न थाल्नुभयो, म के भन्नु नभन्नुको दोसाधमा पिढिको खटियामा सास पनि फेर्न बिर्सिएर शिर निहुराएर आमा कराएको एकोहोरो सुनी मात्रै रहे, मेरो होसहावास उडेर हातखुट्टा लुक्लुक कापिरहेको थियो, एकातिर आमा कराइ रहनुभाको थियो, अर्कोतिर कसरी त्यो पत्र पाउनुभो म बुझ्नै सकिरहेकी थिन, धेरैबेरको आमाको गन्थन पछी उठेर पानी थाप्न धारा तर्फ लाग्नुभो, त्यसपछी म उठेर भित्र जादा भाई त्यही कुर्सिमा बसेर टेबलमा खेलिरहेको थियो, त्यो बेला मलाई अचानक याद आयो त्यो पत्र बा र आमाले कहाबाट पाउनुभयो भनेर, जुनदिन मैले पत्र राखेको थिए त्यो दिन भाई पनि त्यही कुर्सिमा बसेर टेबलमा कपिको पानामा चित्र बनाउदै म तिर पुलुकपुलुक हेर्दै खेल्दै थियो, त्यो पत्र त भाईले पो निकालेर आमालाई दिएको रहेछ बल्ल मेरो दिमागमा आयो, एकमन्ले त भाईलाई पिटी दिउँकी जस्तो पनि लागेर आएको थियो, फेरी अर्को मनले सोचे, पिट्यो भनेत यो रुएर झन उधुम गर्छ र आमा झन बहुलाउछ भनेर चुपचाप बसे, किनभने छोरा भएन भनेर हामी सात बहिनी छोरी जन्माउदा जन्माउदा गरेर अन्तिममा एउटा भाई जन्मिएको थियो, त्यसैले भाईलाई कसैले केही भन्यो भने आमा काराइ हाल्नुहुन्थ्यो हामीलाई, आमाले झन रडाको मच्चाउनु हुन्छ भनेरै चुपचाप केही भनिन ।

मेरो कथाको प्रिय लेखक, जिबन एउटा संघर्ष र बगेको नदी जस्तै रहेछ, जसरी नदी बगेर कयौ किनराहरुमा ठोक्किदै समुन्द्र पुग्न संघर्ष गर्छ, त्यस्तै मान्छेले पनि जिबनमा नचाहेका र नसोचेका संघर्षहरु गर्नुपर्दो रहेछ, त्यही जिबनको भोगाइमा मेरो यो अब्यक्त प्रेम पनि बिर्सनै नसकिने एउटा तितो अतित बनेर बसेको छ, जस्लाई म चाहेर न बिर्सन सक्छु न नचाहेरै सम्झिन सक्छु, बस एउटा अतित सम्झेर कहिलेकाही मिठो तितो दुबै कल्पनामा हराउन सक्छु, सिर्फ त्यतिको लागि काम लागेको छ आज मलाई आफ्नै त्यो अतित जो म हरेक दिन हजुरलाई पोखिरहेकी छु, ए ! साची सुन्नुन, आज यती नै है ल बाँदर, बाँकी भोली लेख्छु, नत्र फुर्सद भएछ भने कल गरेर कलमा बताउछु, यता पनि बेलुकिको घरधन्धा को समय भयो, तर सुन्नुन यत्रो मेहेनत गरेर एउटा विश्वाश गरेर आफ्नो प्रेम काहानी सुनाउदैछु, प्लिज कसैलाई नभन्नुहोला है, नत्र त मत मरे पनि हुन्छ फेरी, हजुर माथि ठुलो भरोसा राखेकी छु, अनी विश्वाश छ, ह्यजुरले मेरो कथा लेखेर अवस्य मलाई मृत्‍यु पर्यन्त पनि जिउदो राख्नुहुनेछ, यती भन्दै आज बिदा हुन्छु बाँकी भोली ल, बाइ हजुर , सम्झना धेरै अनी, चन्द्राले पठाएको मेसेज पढ्दा पढ्दै एउटा च्याप्टर पनि क्लोज नभै सकियो, कतै उस्को काहानी सुनेर हास्थे भने कतै मन भाबुक बनाएर म स्वयम आफु पनि आशु झार्न वाध्य हुन्थे, थाहा छैन यो कथा पूर्ण हुँद कस्तो रुप लिन्छ, मेसेज पढि सकेर घडी हेरे, बिहानको २ बजिसकेको रहेछ त्यसपछी कफी को कप लिएर अफिस बाहिर निस्किएर चुरोट तान्दै आकाश नियाल्न थाले, त्यतिकैमा टाढा आकाशमा दुइटा तारा जोडले सुइया... जमिनमा झरेको देखे, सम्झिए तिम्रो प्रेमकथा अवस्य सफल हुन्छ चन्द्रा, किनकी मैले भर्खरै आँखाशाबाट तारा झरेको देखे ।


रचना- अर्पण योन्जन शिरिष)
मिती- २८, माघ र ५, ६, १४ फाल्गुन २०७८  
तदनुसार- ११,१७,१८ र २६ फेब्रुवरी २०२२

No comments: