गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, February 1, 2022

कथा-भाग-१९, एउटा प्रेम यस्तो पनि ।

 

भोलिपल्ट ९, डिसेम्बर २०२१ का दिन, हामी बिहान चार बजेनै उठेर राबिघ बाट पुन आफ्नै बासास्थान रहिमातर्फ फर्कियौ, जादा मदिनाको पस्चिमी भागको नयाँ रोडबाट गएका थियौ भने फर्किदा मक्काको पुर्बी मोहडाको रोड जेद्ध र ताइफ हुँदै फर्कियौ, राबिघ देखी रहिमा सम्मको हाम्रो यात्रा झन्डै चौधसय किलोमिटरको थियो, अर्थात तेर्हसय पन्चानब्बे किलोमिटरको लामो र अत्यास लाग्दो यात्रा थियो, ठाउँँ ठाउँमा नास्ता खाना र आरामा गर्दै आउँदा हामीलाई झन्डै सत्र अठार घण्टा लाग्नेथियो, तैपनी यात्रा लामोछ भनेर नहिडी पनित नहुने, त्यसैले बिहानैको चार बजेनै डिसेम्बर महिनाको जाडो भैसकेको मौसममा सरिरलाइ स्फुर्ती बनाउदै हामी बाटो लाग्यौ, बाटोको त्यो पनि लामो यात्राको खासै त्यस्तो बर्णनगर्न लायक केही पनि थिएन, बस, जादा जसरी बालौटे रातै देखिने मरुभुमिको बिचमा लम्पसार परेर सुतेको कालोपत्रे सडक र तिनका बिचबिचमा आउने बेलाबेलाको सानातिना शहर र ताइफको रुख बिनाको ढुंगै ढुङ्गाको पहाडको अनौठोपन बाहेक खासै रमिता हेर्दै आउने सुन्दरता केहीथिएन, त्यसैले गाडी आफ्नै रफ्तारमा कुदिरहेको थियो भने म चै ज्याकेट लगाएर गाडीको सिटलाई सुताएर सिटबेल्ट लगाएर मस्तले सुत्ने तरखरमा लागे, गाडी हिंडेको एक घण्टा हुनै मात्रा लागेको थियो हामी जेद्ध सिटी प्रबेश गर्यौ र त्यही बेला मुस्लिमहरुको पहिलो हजान सुरुभयो, टाढाटाढा सम्म अलगअलग मस्जिदहरुबाट अल्लाह अकबर इल्लाल्लाह को एकोहोरो आवाज आउन थाल्यो र म चढेको गाडीको स्टाफहरु सबैजना मुस्लिम भएकोले गर्दा गाडी रोकेर सबैजना मस्जिद तर्फ गएर प्रार्थना गर्न थाले, म भने गाडीको सिटमै बसेर पुन सुस्ताउन लागे, हजान सुरुभएको पन्द्र मिनेट जती भएकोथियो, सबैजना मस्जिदबाट हुलका हुल मान्छेहरु निस्किएर कोही नास्ता खान त कोही चिया कफी पिउन होटल तर्फ लागे भने, कोही मान्छेहरु आआफ्नो गाडी समातेर आफ्नो गन्तब्य तर्फलागे, हामी पनि होटलमा एकएक कप चिया र कफी अर्डर गरेर पेपर कपमा लगाएर बिहानको चिसोमा तातो चिया कफिको सुरुप लिदै अरु यात्रीले झै हामीले पनि यात्राको गन्तब्य नाप्न थाल्यौ, गाडी बिहान हिंडेको रफ्तारमा कतै सय त कतै एकसय बिस हुँदै कतै एकसय पचास सम्मको स्पिडमा बहुला झै भएर दौडन थाल्यो ।

बिहान राबिघबाट हिंडेपछी चारसय अठ्सट्टि किलोमिटर पारगरेर झन्डै पाँच घण्टाको यात्रापछी बिहान नौ बजेतिर हुफायर भन्ने ठाउँमा एउटा अलड्रेस भन्ने पेट्रोल स्टेसनमा पुगेर गाडी रोकियो, यो बिचमा झन्डै साडेचार घण्टा लगतार सुतेपछी म पनि केही फ्रेस भएर गाडी बाहिर निस्किएर सबै साथीहरु संग नास्ताको लागि तयार भयौ, नास्तामा खासै केही थिएन, सबैले इन्डियन परौठा र सब्जी अर्डर गरेर खायौ र पुन आफ्नो गन्तब्य तर्फ लाग्यौ, पहिलेझै पुन गाडी पस्चिमबाट पूर्वतर्फ हुइकिन थाल्यो, यो पटकभने नसुतेर मोबाइलमा युट्युब मार्फत दोहोरी गित खोजेर कानमा इयरफोन लगाएर सुन्दै कालोपत्रे सडकको दुबैतिरको अनकन्टार बलौटे मरुभुमिको मज्जा लिदै भुल्न थाले, गीत बजिरहेको थियो,

घुम्दै आयो फुलमा भमरा 
सानु हितैको मायालाई भुल्ने नगर...

एकातिर दुई हप्ताको ब्यस्तता पछी बल्लतल्ल काम सकेर आफ्नो स्थाइ बासान्थान तर्फ फर्किदैगर्दाको खुशी थियो भने अर्कोतिर लामो यात्राको अत्यास लाग्दो समय मरुभुमिको अनौठो द्रिश्य लाई युट्युबको दोहिरी गितले कतै पिकनिक खान हिंडेको झझल्को दिएको थियो, लामो यात्रा अनी दोहोरी गितको मजा नेपालीलाई त्योभन्दा मिठो र रसिलो गाउँघर सम्झाउने अरु केनैपो हुनसक्थ्यो र, बिहान झिस्मिसेमै हिड्दा निन्द्राले च्यापेको आँखा बिचमा केही घण्टा सुतेर टट्कारो भएकाथिए, त्यसैले कानमा इयरफोन मार्फत गुन्जिएको दोहोरी गितको रोमान्चक यात्रामा रमाउन लागे, गित अहिलेपनि बजिनै रहेको थियो, गित बजिरहेकोबेला यतिकैमा गोजिमा भाईब्रेसनमा राखेको मोबाइलमा तीनचार चोटि घुरघुर गर्दै आवाज आयो, बजिरहेको मोबाइल खोलेर हेरे, टुइटरको डिएममा चन्द्राको मेसेज आएको रहेछ, भर्खरै मस्तिस्क फ्रेस भएर गित र यात्रा संग रमाइलो मानिरहेको बेला आएको मेसेजले केही डिस्टर्ब बनायो, एकमनले सोचे आ.. होस है, भरे रुममा पुगेर जवाफ फर्काउछु जे लेखेको भएपनी भन्ने सोचे, फेरी अर्को मनले तत्कालाई सोचे, हैन केभन्न लागेको होकी मेसेज हेर्नैपर्छ भन्ने भयो, बाहिर स्क्रीनमा चन्द्राको मेसेज हो भन्नेत थाहा भैसकेको थियो त्यसैले भित्र डिएममा प्रबेश गरेर मेसेज हेरे, हेलो, नमस्कार ! कता हराउनुभो हजुर त, यतिलामो काहानी लेखेर हजुरलाई पठाइसके मेसेज हेर्नुभएको हरियो सिग्नल मात्रै देखाउछ, तर किन कुनै रेस्पोन्स नदिनु भाकोनी, ब्यस्त भएर होकी सन्चो हुनुभएन ? उनको जिज्ञासा थियो, मेसेज पढिसकेर हतारमा हेलो नमस्कार चन्द्राजी, म बल्ल कामसकेर फर्किदैछु, आजा यात्रामा छु, अनी म सञ्चैछु, मेरो मेसेज उता पुग्ने बित्तिकै अर्को मेसेज पठाइन फेरी, अनी अहिले बोल्न नमिल्ने हो, मिल्छ किन नमिल्नु मैले जवाफ फर्काए, उसोभए उता कल गरौत, पुन जिज्ञासा राख्दै सोधी, ठिकैछ कल गर्नुहोस्नत उता, मैले जवाफ फर्काए, मेसेज पुग्ने बित्तिकै व्हाटस् एप्समा कलको रिङ्ग बज्यो, टिरिङ्ग, टिरिङ्ग, हेलो नमस्कार है फेरी, अनी केछ खबर, म आँफैले प्रश्न गर्दै कल रिसिभ गरे, उम म ठीक छु, अनी तपाईं, उन्ले भनिन, म पनि ठिकैछु तर आज फर्किदैछु, मैले जवाफ फर्काए, अनी त्यतिलामो मेसेज पठाएर कती कुरा सुनाइसके, मेसेज हेरेको सिग्नल पनि देखिन्छ, फेरी कुनै रेस्पोन्स नै गर्नुहुन्न त अनी, उन्ले सोधिन, हैन चाडै फर्किने भएकोले गर्दा कामको चाप अलिक बड्यो, बेलुकी भएपछी सबै मेसेज त पड्थे तर जवाफ फर्काउन पाएको थीन, उता कम्पनिमा पुगेर आरामले जवाफ दिउला भनेर सोच्दै थिए, सरि है समयमा जवाफ फर्काउन नसकेकोमा, मैले जवाफ फर्काए, ओही दुइचार दिन दोहोरो संबाद नभएको फेरी पुरै डिप्लोमेटिक भएर स्पष्टिकरण दिनुपर्छत अनी, खितिखितिती हाँस्दै उस्को जवाफ थियो, अनी मेसेज पढेर पनि जवाफ नफर्काए पछी सरि माग्नु परेनत, हाँस्दै मैले उल्टै प्रश्न गरे, मेरो प्रश्नको लगतै ओहो अब सरि पनि भन्नुपर्ने, हजुरले आँफैले हामी दुई बिचमा सरि चल्दैन भन्नु भएको हैन, उल्टै अर्को प्रश्न उस्को, उम त्योत हो, तर... मेरो अस्पस्ट जवाफ, के तरनी ? यो तरसर मन पर्दैन है मलाई, उस्को थोरै घुर्काइको शैलिमा हप्काइ थियो मलाई, साच्चैनै चन्द्रासंग कुरागर्न थाल्यो कि सबै तनाबनै हट्ने गरेर आत्मिय नजिक बनाएर गफ गर्ने उस्को शैली नै मिठो थियो, उस्को यही अपनत्व भावले मलाई तानेको थियो र दुबैलाइ यती नजिक ल्याएर उनले आफ्नो प्रेम काहानी सुनाउन सक्ने सम्मको मित्रतामा ल्याइपुराएको थियो, ल ल भो यसरी थर्काउने र कराउने चै उता है मलाई हैन, भएको अधिकार जती आफ्नो कृष्ण लाई अनी मलाई चै सानो कुरामै हप्की र दप्की हाँस्दै जवाफ फर्काए मैले पनि, अधिकार पुरै दिदा फेरी हक जमाउन खोज्छन क्या यो छोरा मान्छेको जात, उस्ले पुन हाँस्दै जवाफ फर्काइहालिन, ओहो त्यस्तो पो ? भो कसैको जुठो माया चाहिदैन, हाहा हाँस्दै पुन जवाफ मेरो, त्यै जुठो माया पाए मान्छे कहाँ देखी कहासम्म सिमा नाघेरा पुग्थ्यो होला अझ घमन्ड के, भो त्यतिसारो घमन्ड पनि राम्रो हुन्न, हामीलाई थाहाछ छोरा मान्छेको घमन्ड, हामी छोरी मान्छेको स्वभाव अगाडि एक मिनेट पनि टिक्दैन भनेर, हाहाहाहा यो पल्ट भने च्यालेन्ज झै गर्दै उस्को लामो हासो थियो, माया त के त्यो शरीर पुरै छुन दिएपनी नलिनेमा पर्छु म, फेरी हाँस्दै अझ घमन्ड गरेको भावमा कुरा चुहाउन खोजे, ओहो हेरहेर, यि छोरामान्छेहरु कस्ता हुन्छन, हुँदाहुँदा कती छिटो सरिरको कल्पनामा पुगेका ? म त्यसै भन्छुत यि छोरा मान्छेको घमन्ड टिक्दैन भनेर, ? हाहाहा हास्दै उस्को जवाफ थियो, उस्को जवाफ आएपनी न कुनै उत्तर न कुनै जिज्ञासा म चुपचाप भए एकछिन,केहीछिनको मौनता पछी उतैबाट पुन चन्द्रा बोलिन, ओ हेलो, मान्छे कता हराएको के फेरी ? कुनै आवाज नै आएनत, कि बेहोस् भैयो, हाहाहा, हाँस्दै पुन ब्यंग्य कसी, हैन हौ यो बोल्ने बाहुनिको फोटो हेर्दैछु क्या, त्यसैले चुपचाप् बसेको, हाँस्दै जवाफ फर्काए, हे भगवान, मान्छे किन सुनसान भयो भनेकोत फेरी कतकता पुगेको के ? उनले भनिन, ज्यान अरुको भएपनी फोटो त हेर्न मिल्छ होलानी केको कच्कचनी फेरी महारानी को चै, मैले जवाफ फर्काए, ओहो हुँदाहुँदा अब महारानी पनि भन्न भ्याउनुभो है, हैन नदिएको हक खोसेर कतिसारो बोल्न सकेको के मान्छेले, पुन उस्को सवाल, आत्मियता देखाउने आँफै अनी उल्टै आरोप लगाउनी केके भन्दै, मैले प्रश्न गरे, लल भोभो यो सब छोड्नुहोस, केके देख्नुभोत फोटोमा, उस्को प्रश्न थियो, के देख्नु र बाहुनी को मिलेको दात, बदामको दाना झै आँखा अनी चिमोटेर चुटाउनु जस्तो नाक, अंगालोमा बेर्दा पनि न्यानो लाग्ला झै मिलेको शरीर, हाँस्दै जवाफ फर्काए मैले, उ कस्तो लाग्योत ? यि केटाको जातलाई अलिकती के मन खोलेर कुरा गरेको सबैतिर पुग्न भ्याइहालेको है, लल भोभो शरीर छुने कल्पना त टाढाको कुरा भयो, सपनामा पनि नदेख्नु, बरु मेरो काहानीको कथाकार लेखक भएकैनाताले अरुत त्यस्तै हो आएपछी नाक चिमोट्ने हक सम्म दिउला, हाहाहा हाँस्दै सवाल जवाफ थियो उनको, अघी भर्खर सम्म दोहोरी गितमा रमाएको मन अहिले चन्द्रा संगको ठट्टाले मन नै हलुका फुरुङ्ग बनाएको थियो, यतिकैमा उनको प्रेमको कुराको प्रसंग कोट्याउदै सोधे मैले, अनी मेसेजमा जती पढे त्योत थाहा पाए अनी बाँकी भाग सुनाउने हैन आज ? ओहो यसो अलिकती कुरा गरौ भन्यो खुब काहानीकै चासो छ है हजुरलाई ? तुरुन्त जवाफ फर्काइ हालिन, हैन के त्यस्तो जती पुरानो भयो त्यती नै गाह्रो हुन्छ नि मलाई लेख्न लाई बरु हजुर समय मिल्दा भन्दै जानुहोस म नोट गर्दै राख्छु, मैले जवाफ फर्काए, त्यस्तो है खुब, अर्काको मनको कुरा चोर्यो अनी आफु कथा लेख्यो कस्तो बाठो है यि साहित्यकार हरु, अर्को ब्यंग्य कस्तै जवाफ फर्काइन, लल हजुरलाई डिस्टर्ब हुन्न भन्ने सुन्नुहोस भन्छु म, तर कहाबाट सुनाउ, स्कुलको लेखेर पठाउनु भएको थियो त्यहिबाट सुरु गर्नुहोस्न मैले काहानीको मेसोको बाटो खोलिदिदै भने, ओके ल सुरु गरे हैत ल, सुन्नुहोस्न, यतिभनेर उनी आफ्नो काहानी सुनाउन सुरु गरिन फेरी ।

बाल्यकाल अनी त्यो बाल्यकालको स्कुल अनी कल्कलाउदो मुना पलाएझै पलाउदै गरेको कलिलो किसोरअवस्ठा दिनप्रतिदिन सारीरिक र मानसिक, रुपले हामी हुर्कदैथियौ, प्रत्येकदिन संगैजानु, संगै आउनु, मौका मिल्दा संगैखेल्नु, हाम्रो दैनिकी निक्कै बाक्लिदै जान थालयो, जतिजती हाम्रो घनिस्टता र मित्रता बाक्लिदै गयो, उतिउती उ म प्रती नजिकिन र आसक्ती हुँदै जानथाल्यो, सामुन्ने नजिक परेर मुखले कहिले भनेन तर म नहुँदा र मेरो पछाडि एकजना मेरै क्लासको मिल्ने साथीलाई मलाई मन पराएको कुरा गर्न थाल्यो, उस्ले म प्रती गर्ने हरेक कुराहरु र व्यबहार हरु मेरो साथी कल्पना थापा बाट थाहा पाउनथाले मैले, शायद किसोरावस्थामा प्रबेश गर्दैगरेको प्राकृतिक नियमनै भएर होकी, उस्को आसक्ती संग म पनि नजानिदो पाराले नजिकिदै थिए वा प्रेम गर्दैथिए, म भन्न सक्दिन तर नजिक हुँदा डराउने र टाढा हुँदा उस्को खोजी गर्ने, माया लाग्ने, हुन थालेको थियो मलाई पनि, कुनै दिन उ स्कुल नआउँदा वा बाटोमा जादाआउँदा मलाई नकुर्दा मेरा यि आँखाहरुले पनि उसैलाई खोज्न थालेको थियो, भलाही मुखले भन्न सक्दिनथिए तर मनले खोज्थ्यो, मस्तिस्कले चाह राख्थ्यो, र उ नहुदाको समय आज किन आएन, के भयो कहाँ गयो भन्ने कुराले सताउथ्यो, शायद त्यो हरेक दिनको संगै आउनेजाने भएकोले नजिक्ता थियोकी वा प्रेम ? त्यो कलिलो कच्चा उमेरको आकर्सणलाई प्रेम भनौ कि वा हामी मानसिकरुपले सक्ष्यम हुँदैछौ भन्ने प्राकृतिक प्रमाण, यसरी नै हामी हरेकदिन जसो संङै हुने र हाम्रो भेटघाट निक्कै बाक्लिदै जान थालएको थियो, कोसोरवस्थाको त्यो समयमा सबै भन्दा बढी मलाई दुई क्ष्यणको याद आउछ, तिनै क्ष्यणले नै मलाई उनिप्रती प्रेमभाव जगाउने सबैभन्दा बढी मुख्य भूमिका खेल्यो, जुन म उ प्रती आकाशर्ण हुनुको पहिलो घटना यस्तो थियो । 

कुरा कक्ष सातमा पड्दाको हो, बैशाख महिनाको दोस्रो हप्ता तिर थियो, स्कुलको टिफिन पछीको अन्तिम घन्टी थियो, तर मलाई अन्तिम घन्टी बज्नु अगाडि नै पेट दुखेर खपी नसक्नु भएको थियो, घरिघरी हुरुक्क हुने गरेर तल्लो पेट कसेर ल्याएको जस्तो गरेर दुख्थ्यो भने घरिघरी बान्ता होला जस्तो गरेर रिङटा चलेर आउथ्यो र थचक्क भुइमा बस्नु झै गरेर पेट कटक्क खान्थ्यो र खपी नसक्नै गरेर दुख्दै थियो, सरले के पढाउदै हुनुहुन्छ त्यो सम्म पनि मैले भ्यौ पाउन सकिरहेको थिइन, मेरो ध्यान जती पढाई भन्दा मेरो पेट दुखाइमा गएको थियो, पेट यतिसारो दुखेको थियो कि बेलाबेलामात म त्यही बेहोस् भएर ढल्छु झै भएको थियो, कतिबेला स्कुलको घन्टी बज्ला र घरतिर दगुरौला झै भएको थियो, स्कुलको कक्ष्या कोठामा सरले पढाएकै अवस्थामा अचानक आफु बसेको बेन्चिमा केही चिसो महसुस भयो, बसेकै ठाउँमा आफुले पिसाब गरेको अनुभुती भयो र आँफैलाई अफ्ठ्यारो महसुस भयो, मनमनै सोचे, ला यो के गरे मैले ? पेटको दुखाइ खप्न नसकेर पिसाब नै छोडेछु भन्ने सोचे,अनी सोचे अब यत्रो मान्छेहरुको अगाडि म कसरी बाहिर निस्कने होला भिझेको लुगा लगाएर भन्दै दिमागमा कुरा खेलाउन थाले, तर पेटको दुखाइ भने अलिक कमभएको जस्तो महसुस गरे मैले त्यो चिसो महसुस गरेपछी, मनमनै मैले योजना बनाए सबैजना निस्किएपछी निस्कन्छु र जान्छु भनेर, नभन्दै क्लासको अन्तिम घन्टी पनि बज्यो, स्कुलको केटाकेटिहरुन हो, गोठमा बाधेर राखेको बस्तु दाम्लोबाट छोडिदा जसरी दगुर्छ खुशी भएर त्यसैगरेर सबैजना छुट्टी-हुरे, भन्दै चिच्याउदै ढोकामा ठेलामठेल गर्दै निस्किए, सबै निस्किएपछी क्लासको दुबैकुनातिर हेरे, कसैलाई देखिन, अनी जुरुक्क उठेर आफु बसेको बेन्चिमा फर्किएर हेरे, पछाडि फर्किएर के हेरेको मात्रै थिए, तीन भाउन्न भएर आयो मलाई र त्यही ढल्छु झै भयो, फेरी जसोतसो आफुलाई सम्हालेर एकछिन ठिङ्ग उभिए, पुन दोराएर हेरे, म बसेको त्यो बेन्चमा रगतै रगतले छ्याप्पै भिजेको थियो, आफुले लगाएको निलो फ्रकलाई तानेर पछाडि पट्टी मुन्टो बटारेर तन्किएर हेरे, फ्रक पनि लछ्य्राप्पै भिजेको रहेछ, त्यो देखेर झन डराए, मनमनै सोचे, ला यो के भएकोहोला, म असमन्जसमा परे, किन कसरी त्यस्तो भयो म आँफैलाई थाहा थिएन, एकछिन त डर लागेको जस्तो हातखुट्टा नै थररर कापेको जस्तो महसुस भयो, तर जसोतसो आफुलाई सम्हाल्ने कोशीस गरे, त्यसपछी मनलाई ढुक्क बनाउने कोशीस गर्दै अफ्ठ्यारो मान्दै निस्किए, ढोकाबाट बाहिर के निस्किएको मात्रै थिए ढोकाको बाहिरपट्टी सर हामीले दिएको होमवर्कको कपिहरु मिलाउदै हुनुहुदोरहेछ, सरलाई देख्ने बित्तिकै मेरो झन सातोपुत्लो नै उड्यो, म झन डराए, उता स्कुलको विद्यार्थीहरु स्कुलको ग्राउन्डमा छरपस्ट भएकाथिए, म फेरी ढोका नजिकै उभिनुभएको सर र त्यो भिडहरुलाई देखेर टक्क अडिए, तर कक्ष्याको ढोकामै उभिएको देखेर मलाई मेरो साथी कल्पनाले छिटो आइजन के हेरेरे बसेको, सबैजना गैसक्यो भन्दै एकोहोरो चिच्याउन थाली, उनको लगतारको चिच्याइले म गाह्रो मान्दै ढोकै छेउमा उभिएको सरलाई छल्ने कोशीस गर्दै अर्को दिशातर्फबाट निस्किए, सरले देख्नुहोला भन्दै सम्हालिएर बिस्तारै अगाडि के बढ्न मात्रै लागेको थिए झन अलिकती दुइचार कदम हिंड्ने बित्तिकै देखिहाल्नुभो, मेरो पछाडिपट्टी फ्रक भिजेको देखेरहोला, सरले अलिक कड्किएर भन्नुभयो, यो नक्कलीलाई लाज छैन ? आफ्नो ख्याल गरेर हिंडेश, त्यो के बिजोक देखाकी ? सरले गाली गर्नुभयो, म झन डराए आज मलाई के भएछ भनेर, म हतारहतार निस्किएर कल्पना भएको ठाउँसम्म पुगे त्यहा पुगेपछी झन सबैले देखे, अबत मेरो शरीरबाट निस्किएको रगतको धारा मेरो फ्रकमा मात्रै होइन, मेरो शरीरको भित्री भाग हुँदै मेरो खुट्टाको तिग्रा हुँदै तल खुट्टाको पछाडिबाट पिडुँला सम्म धारा झै बगेको थियो, मेरो त्यो हालत देखेर के भयो भनेर माया देखाउनु भन्दा बरु उल्टै सबैले जिस्काउन थाले, कोही भने मलाई हेर्दै केटीहरु पनि कानेखुसी गर्दै मुख छोपेर हास्दै थिए, म जसोतसो हतासिएर कल्पनाको ठाउँमा पुगेर कल्पनाको हात समातेर छिटोछिटो हिंड्न लागे, अलिक पर पुगेपछी क्षितिज हामीलाई पर्खिएर बसिरहेको रहेछ, मलाई झन उस्ले देखेर के भाको भनेर सोध्ला भनेर डर लागेर आयो, सोध्यो भने के भाको भन्नु मलाई नै थाहा थिएन कि मलाई के भएको हो, सबै मलाई हेरेर कानेखुसी गर्दै किन हासे, सरले किन गाली गर्नुभयो, म आँफै केही बुझ्न सकिरहेको थिइन, नभन्दै क्षितिजले तिम्रो त पछाडि खुट्टा भरी ब्लड बगेकोछ के भयो भनेर, सोदिहाल्यो, मेरो हात समातेकै अवस्थामा कल्पनाले मेरो अनुहारमा हेरेर मुसुक्क हास्यो, तर कल्पना किन हास्यो मलाई थाहा भएन तर म चुपचाप् हिडिरहे, यतिकैमा क्षितिजले खुट्टामा धुलोमाटो लगाएर पुछ भन्यो र कल्पनाले मेरो खुट्टा भरी धुलो माटो लगाएर पुछिदियो, त्यसपछी क्षितिजले आफुले बोकिरहेको किताबको झोला मलाई दिदै भन्यो, तिम्रो किताब मलाई देउ म बोक्छु तिमी मेरो यो झोला पछाडि गरेर बोक छेकिन्छ भन्यो, मैले अफ्ठ्यारो मान्दै आफ्नो किताब उस्लाई बोक्न दिदै उस्को झोला लिएर पछाडि पिठ्युँमा फर्काएर फ्रकको पछाडिको भाग छोप्ने किसिस गरे, यसरी हामी घर पुग्यौ, पेट अझै शान्त भएको थिएन, बरु एकातिर दुखाइ अर्कोतिर मनभरी डर लागिरहेको थियो कतिबेला घर पुगौला मात्रै भएको थियो, त्यो दिन मलाई नजिकैको घर पनि कोसौ टाढा जस्तो भएको थियो, तर जसोतसो बल्ल घर पुग्यौ, घर पुग्ने बित्तिकै मैले क्षितिजको झोला फिर्ता दिए र आफ्नो किताब लिए, शायद उस्को झोला रगतले भिझ्दा भित्रबाट उस्को किताब पनि भिझेको हुनुपर्छ मलाई त्यो बेला त्यस्तो होसै आएन ।  


त्यसपछी घर पुग्ने बित्तिकै घर भित्र छिर्न मात्रै के आटेकी थिए, गाइको गोठ छेउमा उभिनु भएको आमाले देखेर सोध्नुभयो, के भयो हँ तलाई ? खै ! मैले छोटो उत्तर दिए, त्यसपछी आमा मेरो नजिकै आएर मेरो ओरिपरी घुमेर हेर्नुभयो, मेरो फ्रक थोरैमाथि उठाएर हेर्न कोशीस गर्नुभयो, यो आमा के गर्नुहुन्छ भन्दै आफ्नो हातले आमाको हात झट्कार्दै पुन भित्र जान शरीर के लम्किएको मात्रै थियो, आमा फेरी मलाई रोक्दै कराउनुभयो, ए-ए, भित्र नजा भन्दै कराउनुभो, पुन दोश्रोपटक म ठिङ्ग उभिएर भित्र छिर्नै लागेको म छक्क परेर आमा तिर फर्किएर ट्वाल्ल् हेरिरहे, आमा अझै केके फत्फताउदै हुनुहुन्थ्यो, ला... यो नक्कलीले त गर्न गरिछेनी, फसादै पारीनी यो मुर्दारानीले, आमा किन कराउनुभएको मलाई के भएको अझै ठम्याउन सकिरहेकी थिइन म, पखपख एकछिन बाहिरै बस म हात धुएर आउछु, आमा हतार हतार गरेर हात धुएर दगुरेर आउनुभयो, लाटी, यत्रो ठुलि भैसक्दा पनि हुतीभने एक पैसाको छैन, त भित्र छिर्नु हुँदैन अब अलिकदिन पर सरिछेस बौलाई केटी, आमा कराउनुभयो, म अझै अन्जान नै थिए, छक्क हुँदै उल्टै आमालाई नै प्रश्न गर्दै सोधे होइन यो आमा के भन्छिन, म कहाँ पर सरे, मैले अन्जानमै कराए, हे दैब त आज देखी नछुने भैस, यस्लाई महिनवरी भएको भनिन्छ, त्यसपछी भने बल्ल म झसङ्ग भए, ओहो म पनि महिनवरी भए, मलाई अनौठो प्रश्नले झसङ्ग बनायो आँफै, के गरौ के नगरौ, के भनौ के नभनौ को दोसाधको स्थितिमा उभिरहेँ, आमाले त एकछिन भित्र नजा है म आइहाल्छु भन्दै दौडदै पल्लाघरको काकिकोमा दगुर्नुभो, वहाँ जानेबितिकै आमा संगै काकीलाई लिएर फर्किनुभो, काकी र आमाले हतार हतार गरेर कुडो राख्ने गाइको गोठमा भएको एउटा सानो कोठा सरसफाइ गरेर मलाई त्यहा बस्न भन्नुभयो, आमा र काकिले भने जस्तै किताब सहित म त्यै कोठामा पसे, त्यसपछी आमाले लगाउने केही दुइचार वटा लुगा र ओढ्ने ओछ्याउने सबै ल्याएर दिनुभो, काकिले गोठको त्यो सानो कोठाको ढोकामै उभिएर भन्दै हुनुहुन्थ्यो, हेर नानी तिमी नछुने भएकी हौ, तिमी अब आजबाट ठुलि भयौ, आजदेखी अब सात दिनसम्म छोरामान्छे सँग हेर्न बोल्न हुँदैन, बाहिर निस्किएर घामको उज्यालो हेर्नुहुदैन, सात दिनपछी हामी आँफै तिमीलाई निकाल्छौ, भएको लुगाहरु फेर्दै भित्रै राख्नु, पछी धुवौला, बेलुकी आमाले नत्र म खाना लिएर आउछु, तिमी यही सुत्नुपर्छ, भन्दै सम्झाउन थाल्नुभो, आमाले फेरी पानीको अंखोरा र गिलास लिएर आउनुभो र बाहिरबाटै दिदै भन्नुभो, बाबा आज जिल्ला जानुभाकोछ बेलुकी आउनुभो भने नबोल्नु है, बालाई बोल्न हेर्नहुन्न तिमीले, फेरी आमाको पालो, आमा र काकी पालैपालो मैले गर्न हुनेनहुने, छुनहुने नहुने आदी केके सम्झाएर काकी आफ्नो घरतर्फ जानुभयो भने आमा बेलुकिको घरधन्दामा सँधा झै ब्यस्त हुनुथाल्नुभो ।

उमेरले तेर्ह बर्ष प्रबेश गरिसकेको थिए म,  त्यसैले वहाँँहरुले त्यती कुरा भनेपछी बुझ्न धेरै समय लागेन मलाई, तर घर बाहिर कहिलै एक्लै नबसेको आज अचानक गाइको गोठको फोरैफोर भएको कोठामा एक्लै बस्नुपर्दा अनौठो र डर दुबै लागेको थियो, बेलुकी भयो, बा जिल्लाबाट आइपुग्नुभो, बाले आउँदा आउँदै आँगनको डिलबाटै चन्द्रा पानी लेले नानी खुट्टा धुनुपर्‍यो भनेर आवाज दिनुभयो, बाको आवाज सुन्ने बित्तिकै मेरो मुखबाट बा एकछिन है भनेर पानी लिन दगुर्न मात्रै के लागेको थिए, काकी र आमाले भनेको झल्यास सम्झिहाले, त्यसपछी मुख थुनेर चुपचाप बसे, बा घरको पिढिको कुर्सिमा बस्दै कता गए आज केटाकेटी भन्दै फत्फताउदै हुनुहुन्थ्यो, आमाले प्लास्टिकको बाल्टिमा पानी ल्याएर दिनुहुँदै आज नानी पर सरिछे, भन्नुभो, बाले ए ! भन्ने सटिक जवाफ दिदै अनी कहाँ राखेकी त्यस्लाई बाले आमालाई सोध्नुभयो, गाइको गोठको कोठामा, आमाले बोल्नुभो, अनी त्यस्लाई ओढ्ने ओछ्याउने पानी केके देकोछ, बाले पुन सोध्नुभो आमा संग, म गोठबाटै वहाँँहरुको संबाद सुनिरहेको थिए, रात पर्दै गयो, आमाले खाना ल्याइदिनुभो, खाना खाए, पानी ल्याइदिनुभो, भित्रै चुठेर आफुले खाएको थाल, कचौरा, र गिलास सफा गरेर भुइमा घोप्टाए, जतिजती रात ओर्लदै जान थाल्यो उतिउती गाउँभरिको कुकुरहरु भुक्न थाले, कुकुर भुक्दा झन डर लागेर आउथ्यो, मलाई त्यो रातभर डर त्रास, र छट्पटिमै एक प्रहर पनि नसुती उज्यालो भयो, भोलिपल्ट जब बिहान उज्यालो भएर आमा उठेर गाई भैंसीलाई घाँस खोले कुडो दिन लाग्नुभो अनी बल्ल मनमा ढुक्क भयो र बिहानिपख फुस्स निदाएछु, निदाएको एक घण्टा जती मात्रै के भएकोथियो, घरकोसबै धन्दासकेर चिया ल्याएर मलाई उठाउदै आमाले ढोका ढकढक गरेर उठाउनुभयो, बल्लतल्ल निदाएको म निन्द्राले आँखा पनि उघार्न नसकिनसकी उठेर चिया समाते, र, चिया पनि नपीइ पुन सुते, त्यसपछी एकैचोटी एघार बजेतिर काकिले खाना लिएर आउनुहुँदा मात्रै बिउँझीएर खाना थाप्दै काकिलाई सोधे, काकी अब कतिदिन बस्नुपर्छ मैले यहाँ, हाम्रा पालामा त तेर्ह दिन बार्नु परेको थियो, अब अहिलेत बद्लिएर तिमीहरुको पालामा त सात दिन मात्रै बारेर निकाल्ने चलन बसेको छ, अब आतिनुपर्दैन, आज एकदिन भैहाल्यो, अब छ दिनतहो, काकिले भन्नुभयो, अझै छ दिन, म छक्क र दिक्क मान्दै काकिलाई दिक्दारी पोखे, के गर्छस त बाबै आफ्नो चलचल्तिमा मान्दै बार्दै आको सबैले गर्नै पर्‍यो, यती भन्दै काकी ल खाना खाएर आराम गर है नानी तेरो काका चोकतिर जानुभाको आउनुभाकै छैन, आउनुभयो भने काकालाई खाना दिनुपर्छ, यतिभनेर काकी बाटो लाग्नुभयो ।

हरेक दिन कौतुहल र डरैडरले बल्लतल्ल मुस्किलले सात दिन बित्यो, आमाले बिहानै मलाई कोठाबाट झिकेर पानीको धारातर्फ लानुभयो, भएभरको सात दिनको लुगाफाटो सबै धुइधाइ सकेर नुहाए, त्यसपछी आमाले धारामा दुबैहातको अंजुली बनाएर पानी थाप्दै बिहान पूर्वतिर निस्कदै गरेको कलिलो सुर्यलाई अर्ग चढाएर ढोग्न लगाउनुभयो, आमाले जसोजसो भन्नुभयो मैले उसैउसै गरे, सुर्यको दर्शन सकेपछी घर फर्कियौ र सातौ दिनमा बल्ल म घर भित्र प्रबेश गर्न पाए, सातौ दिनमा घर भित्र प्रबेश गर्न पाउदा मलाई छुट्टै खुशी र आनन्द महसुस भएको थियो, मानौ बिहे गरेर दिएको छोरीलाई पहिलोपटक जन्मघर आउँदा जती खुशीलाग्छ त्यो भन्दा धेरै खुशीको अनुभुती भएको थियो मलाई, मन चन्चल भएको थियो, आफ्नै शरीर हलुका भएको जस्तो भएको थियो, घर भित्र आफ्नो कोठामा गएर अर्को लुगा फेरे, चिसो कपाल लाई तौलियाले फट्कारेर कपालको सबै पानी सुकाउने कोशीस गरे, त्यसपछी ऐना अगाडि उभिएर मखमलको रातो सानो टिका पनि लगाए, त्यसपछी ऐनामा गएर उभिएर आँफैलाई नियालेर हेरे, अगाडिपछाडी घुमिघुमी हेरे, खै किनहो त्यो दिन म आँफैलाई अनौठो बाहेक अरु कुनै महसुस नै भएको थिएन, झन ऐना अगाडि उभिएर आँफैलाई हेर्दा त भर्खरै झुल्कदै गरेको सुर्य जस्तै आफ्नो अनुहार कलिलो मलिनो भएको पाए, मनमा एक प्रकारको तरंग छाएको थियो, आफुले आँफैलाई अब म ठुलि भए, तरुनी भए म पनि आजबाट बयस्क भएको कल्पना गरे, म आफु अब बालक सानै भएको यथार्थलाई भुलिदिए, ऐना अगाडि उभिएर आफ्नै शरीर र अनुहार कतिपटक हेरे आँफैलाई थाहा भएन, अनुहार हेर्दा गालाको दुबैतिर रातोलाली बसेझै देखिन्थ्यो, तलमाथी ओँठको दुबै किनरा हेरे, लाली लगाएको जस्तै देखे, त्यसपछी टम्म मिलेको आफ्नै छाती हेरे, साना तर आफ्नो छातीमा माथि उठ्दै गरेको दुई बक्ष्यस्तल हरु नियाले, जस्लाई मलाई हेरेर गिज्याइरहेको अनुभुती गरे, अनी आँफैलाई लाज लागेर आयो, फेरी एक्लै शर्माएर आँखा चिम्म गरे अनी खोले, साच्चै त्यो दिन म ऐना अगाडि म, म हैन अरु कुनै बयस्क तरुनी उभिएको पाए, जहाँ जस्को भरिभराउ फक्रन लागेको गुलाफको फुलको बिम्ब देखे, अनी सम्झे म पनि आजदेखी मेरी दिदिहरु जस्तै तरुनी भए, म पनि आज देखी मेरी आमा र पल्लाघरको काकी जस्तै आईमाई भए, उनिहरु ठुलि आईमाई तर म सानी आईमाई, अनी फेरी सरमाए लजाए, यतिकैमा भान्सा कोठाबाट आमाले चिया खान बोलाउनुभयो, म झसंग झस्किएर कसैले देख्योकी झै गरेर लजाएर रातोपिरो हुँदै चिया खान तर्फ लागे, त्यसपछी त्यही दिनदेखी स्कुल पनि गए, तर बाटभरी जादा आउँदा र दिनभरी स्कुलमा सबैले मलाई नै हेरिरहेकाछन झै गरेर अफ्ठ्यारो भएर बित्यो, र आज पनि सम्झन्छु त्यो दिन म छोरी मान्छे भएर पनि तेर्ह बर्षको उमेरसम्म महिनवरी थाहा नपाएर क्षितिजले त्यो दिन मलाई मेरो त्यो अवस्था अरुको नजरबाट लुकाउन सहयोग गरेको थियो, उस्ले आफ्नो झोला पिट्युमा बोक भन्दै दिएको थियो, त्यसैले उस्ले गरेको म प्रतिको माया प्रेम जे भनौ वा म प्रतिको उस्को आकर्सण के भनौ तर म उस्को त्यो ब्यबहारले झन उ प्रती आकर्सित हुन थाले, साच्चै भनौ भने अब्यक्त प्रेम गर्न थाले । 

समय बित्दै गयो, हामी कक्ष छ, मा पहिलोचोटी भेटभएर दशौ कक्षमा पुगिसकेको थियौ, त्यस्तैमा अर्को किस्सा छ जस्ले मलाई उ प्रती नजिक हुन झन प्रेरित गरेको थियो, प्राय कुनैदिन म बाट टाढा रहेर हिंड्ने डुल्ने नगरने मान्छे, हरेक दिनजसो कहिन कही कतैन कतैबाट उ मेरो सम्मुख भएर हिड्थ्यो, कयौ बहानामा उ मेरो नजिक आएर कुराकानी गर्थ्यो, त्यस्तै एकदिन चोरमारा देखी माथि गिरुबारी भन्ने ठाउँमा एकादशी मेला लागेको थियो, अरु साथी र आमा संग म पनि गएको थिए, त्यतिबेला चोरमारा देखी गिरुबारिको भुपती चोकसम्म कच्चीबाटोमा थोरै मात्रमा बस र पिकअप गाडीहरु चल्थ्यो, त्यसैले हामीहरु भुपतिचोक सम्म गाडीमा गएर ओर्लिएर अलिकमाथी सम्म हिंडेरै जानुपर्ने भएकोले हामीहरु भिडमा मिसिएर हिड्दै थियौ, खै कसो गरेर मेरो आँखा पछाडि आउँदै गरेको मान्छेहरुको हुलमा आँखा पुग्यो, त्यैबेला उ पनि उस्को अरु केटासाथीहरु संग पछीपछी आउँदै रहेछ, उस्लाई देख्ने बित्तिकै आमाले थाहा पाउने हुन्की भनेर एकछिनत मेरो सातो नै उड्यो, एकतमासले छाती ढक्क फुलेर आयो, डरले हातखुट्टाको कापेको जस्तो भयो, जसोतसो मेला लाग्ने ठाउंमा पुग्यौ, बजार पुगेको आधा घण्टा जतिभएको थियो, मेलामा ल्याएको फिलिम हेर्नलाई उस्को साथीहरु मार्फत सोध्न लगाएछ, त्यसपछी त झन अरु के चाहियोर मलाई झन सातोपुत्लो नै उडेको जस्तो भयो र आमालाई छिटो फर्कौ भनेर गनगन गर्न थाले, आमाले अघी चै किन आकित उम्लिदै भनेर कराउनुभयो, तर आमा जताजता किनमेल गर्न जानुहुन्थ्यो म उताउतै आमाको पछ्यौराको फेरो समाउदै पछीपछी हिड्दैमा दिन बित्यो, दिनको तीनबजे तिर बल्ल बाटोलाग्यौ, त्यसपछी भने बल्ल ढुक्क भयो मन, यस्तै क्रम चल्दाचल्दै हाम्रो दश कक्षको सेन्टटप परिक्ष्या पनि आइपुग्यो, तर परिक्ष्याको लागि तयारी गर्नुपर्ने अवस्थामा पनि उस्ले पिछा गर्नु, कुनै बहानामा भेट्नु वा भेट्न बोलाउने क्रम रोकिएन, शायद बड्दो उमेर संगै होकी रोकिनु भन्दा झन उस्को हर्कतहरु बड्दैथियो, त्यसैले मैले एकदिन मेरो साथी कल्पना मार्फत परिक्ष्या भरी नभेट्न भन्न लगाए, नभन्दै हाम्रो परिक्ष्या नसकुन्जेल कहिकतै भेट्ने वा भेट्न बोलाउने केही गरेन, त्यसपछी हाम्रो भेट अलिक कमै मात्र हुनथाल्यो, त्यसपछी २०५८,बैशाख २ गते देखी सुरुभएर १० गतेसम्म SLC को हाम्रो परिक्ष्या पनि सकियो, मेरो परिक्ष्या बिग्रन्छ भनेर जुन खबर पठाएको थिए मैले कल्पना मार्फत, त्यो दिनदेखी परिक्ष्या अवधिभर न उस्ले भेट्न आयो, न कल्पना मार्फत कुनै खबर नै पठायो, साच्चिकै उस्ले देखाएको सालीन्ता, म प्रतिको उस्को सद्भाव वा उस्ले म प्रती गर्ने प्रेम, म पनि साचिकै पग्लिएको थिए, उ कक्ष्या मा पड्दैगर्दाको १३ बर्षको उमेरमा भएको मेरो पिरियड होस, वा मेरो परिक्ष्यामा उस्ले नपुराएको दख्खल होस, उस्ले मलाई प्रेम गर्छ भन्ने यथेस्ट प्रमाणहरु थिए, म आज पनि सम्झन्छु हाम्रो भेट भएको त्यो पहिलो दिन, जुन साल सेक्सन छुटाएकोले हामी अलगलग क्लासमा थियौ तर पछी अर्को सालबाट हामी दुबैजना कक्ष्या दशसम्म एउटै क्लासमा थियौ, एउटै क्लासमा भएकोले पनि होला, उस्ले कक्ष्या कोठामा रहँदा पटका-पटक मलाई नै लुकिलुकी हेरिरहेको हुन्थ्यो, मैले जे भन्यो त्यही कुरामा होमा हो मिलाउथ्यो, होमवर्क गर्ने बहानामा होस वा नोट सार्ने बहनामा मेरो छेउ आएर बस्नु, कहिलेकाही म बिसन्चो हुँदा होस् वा दुखी हुँदा उ पनि दुखी हुनु, र उ पनि कक्ष्यामा राम्रो पढ्ने विद्यार्थीको रुपमा चिनिनुले पनि मलाई पनि बिस्तारै उस्को प्रभाव पर्दै गयो, त्यसपछी उस्ले थाहा पाउला कि भनेर लुकिलुकी चिहाएर उस्ले चाल नपाउने गरी उसैलाई नियाल थाले, कक्ष्यामा उस्को चियो गर्नु, घरबाट आउँदा होस वा स्कुलबाट छुटेपछी बाटमा संगै जानुआउनु, जब घरको छेउ आइपुग्थ्यो र छुटेपछी उ कुनैघरले नछेलुन्जेल बहना गरेर उभिएर उस्लाई नै हेरिरहनु, जब उ अद्रिश्य हुन्थ्यो, अनी आँफै मनमा काउकुती लागेको जस्तो अनुभुती हुन्थ्यो र आँफै लजाउदै मुसुक्क हासेर घरतिर दगुर्नु, कतै जम्का भेट होलाकी भन्दै आशा लाग्नु मेरो दिनचर्या बन्दैगयो, आफु संग राम्ररी संबाद नभएपनी कल्पनाकै कुरा सुनेको भरमा मायाको आभास हुनथालेको थियो, कल्पना मेरो लागि यस्ती साथी थिन जस्ले मेरो र उस्को हरेक खबरहरु यताको उता र उताको यताको हुलाकिको काम गर्थी, अनी असाध्यै माया गर्नी र मिल्ने साथी पनि थिन, जो उनी संग आज पनि बेलाबेलामा हाम्रो सम्बाद भैरहन्छ, यसरी उस्को हरेक हर्कतले त्यसपछी मलाई पनि लाग्योकी, उ भन्दा राम्रो भेट्दिन शायद जिबनमा, यही सोचेर धेरैपटक उस्को नजिक हुन नखोजेको पनि हैन तर आँटनै आएन, आँट आवोस पनि कसरी ? अहिलेको जस्तो न खुलेको समाज थियो, न कुनै फोन कल वा सामाजिक सञ्जाल, केही थिएन, त्यसैले पनि हामीहरु एक अर्कालाई मन पराएर माया गर्दागर्दै पनि न भन्न सकियो आ आफ्नो मनको कुरा न एकनै हुनसकियो । 

बोल्दा बोल्दै टक्क अडिएर आतिएको भावमा भनी ला... दिउसोको तीन बजिसकेछ, मेरो खाजा बनाउने बेलाभयो अब आजलाई यतिनै है सर, बाँकी म भरे बेलुकी भ्याएछु भने मेसेजमा पठाउँछु नत्र भोली दिउसो मात्रै, समय घर्किसकेको जनाउ दिदै चन्द्रा आतिदै बाइ सर सि यु भन्दै मैले बाइ पनि भन्न नपाउदै कल काटेर हत्तनपत्त गइन, यतापनी दिनको १२:१५ बजिसकेको थियो, सामी मोहम्मदले त्यतिनै बेला रियाध भन्दा झन्डै ५५ किलोमिटर वरै एउटा पेट्रोल स्टेसनमा लगेर गाडी रोक्यो, सबैले टोइलेट गएर फ्रेस भयौ, त्यसपछी सबैजना खाना खान तर्फ लाग्यौ, खाना खाइसकेर पुन गाडी उहिरफ्तारमा दगुर्न थाल्यो, खाना खाइसकेर गूड्इरहेको गाडीमा कोक्रोमा नानी हल्लिएझै आनन्द लागेर होला पुन म निदाएछु, त्यसपछी एकैचोटी बेलुकिको ६ बजेतिर मात्रै हामी हाम्रो स्थाइ बासस्थान रहिमामा आइपुग्यौ, सबैजना थकित भएका थियौ, आआफ्नो सरसामन निकालेर रुममा पुग्यौ, रुम पुगेर बाथरुम गएर हतारहतार गरेर नुहाइध्वाइ सकेर आए, त्यतिन्जेल सम्म बेलुकिको ७ बजिसकेको थियो, तर समयसंगै रुममा भएको मगर भाईले खाना तयार गरिसकेको रहेछ, खाना खायौ दुबैले र खाना खाने बित्तिकै लामो यात्राले थकित भएकोले गर्दा साथी संग कुरा पनि नगरि बेडमा यसो पल्टिएको थिए, मत मस्त निदाइसकेछु ।


रचना- अर्पण योन्जन (शिरिष)
मिती- माघ ७ र १७,१८ माघ २०७८
तदनुसार- जनवरी,२१,३१ र १, फेर्बुवारी २०२२

No comments: