गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, March 18, 2022

कविता- झरेको तारा र टुटेको सपना



आमाको स्तनपान गरेर
कोक्रोमा निदाइ रहेकी
छोरीको अनुहारमा हेर्छु
अनी सपनामा झै बर्बराउछु
र, अनायसै बोल्छु
छोरी !
जुन, शब्द देखी आजभोलि मलाई
किन-किन छाती ऐठन भएर आउछ
दुख्छ, पिरोल्छ, भत्भती पोल्छ ।

थाहा छैन मुटुको कुन कुनामा
चिमोटेर रगतका भल्भहरु
बन्द भए जस्तै लाग्छ ।
चिटचिट पसिना आएको अनुहार लिएर
असैय हुँदै फुत्त आँगनमा निस्कन्छु
टोलाउछु, माथि आकाश नियाल्दै
अनी देख्छु, पारी क्षितिजमा
टुटेको सपना संगै आज फेरी
एउटा तारा झर्यो तल धर्तिमा
उ आकाशमा कहिलै नफर्कने गरेर ।

मलाई याद छ आज पनि !
तिमीलाई पाउन तिम्रो आमा संग झगडा गरेको
मेरो पहिलो सन्तान छोरी नै होस् भन्दै,
पिन्डेश्वर, बुढासुब्बा, दन्तकाली र माइ भाकल गरेको
किनकी !
म छोरी नभएको घर सम्झन्थे
लाग्थ्यो, ति घरहरु, घर हैनन
तिई त, केवल, खन्डहर हुन
कंकृटका चारदिवाल मात्रै हुन
तिहार बिनाको दसैं जस्तै,
शृङ्गार बिनाको दुलही जस्तै
फुल बिनाको बषन्त जस्तै
तर आज, समचारको हेडलाइन पढ्दै गर्दा
दुधे-बालक बलत्कार भएको सुन्दै गर्दा
पिपाशु पंजाहरुले,
क्ष्यतबिक्ष्य बनाएको अंगहरु हेर्दा
छोरी तिमीलाई सुरक्षा दिन सक्दिन कि भनेर !
आज तिमीलाई भाकल गरि-गरी मागेकोमा !
डराउछु, तर्सिन्छु, झस्किन्छु !
र, आकाश नियाल्छु !
टुटेको सपना संगै आज फेरी
एउटा तारा झर्यो तल धर्तिमा
उ आकाशमा कहिलै नफर्कने गरेर ।

निश्पस्ट कालो अँध्यारो
यो चिस्यानी रात ओढेर
देखिएको जुनलाई
तिमी संग दाजेर हेर्छु छोरी,
कती सालीन, सितल, सौम्य
मायाँलु, तिमी जस्तै,
न कहिलै तिमी रिसाउछौ
अनी त्यो जुन,
बिल्कुलाई,
देवता जस्तै तिमी दुई ।

अनी फेरी सोच्छु,
ति पुरुष हरुलाई,
छोरी पाउन भाकल गर्ने पनि पुरुष
तिमीलाई जन्म दिने पनि पुरुष
तिम्रो लालनपालन गर्ने पनि पुरुष
तिम्रो कन्यदान गर्ने पनि पुरुष
तिम्रो मामाताको छहारि पनि पुरुष
तिम्रो भबिस्यको कामना गर्ने पनि पुरुष
अनी फेरी किन ?
तिम्रो अस्तित्व मेट्ने पनि पुरुष
तिम्रो सतित्व मेट्ने पनि पुरुष
पुरुष भित्रको म र म भित्रको पुरुष
आखिर ! को हो पुरुष ?
के हो पुरुष ?
किन यती डर लाग्दो छ पुरुष ?
किन कहाली लाग्दो कुरुप छ पुरुष ?
के पुरुष कहिलै देवता हुन सक्दैन ?
आखिर, कहिले फुलिस्टप लाग्छ ?
मेरो यो अनुत्तरित प्रश्नमा
झरेको तारा र टुटेको सपना संगै
फेरी आकाश नियाल्छु
उत्तर हरुको खोजिमा
अनी देख्छु पारी क्षितिजमा
टुटेको सपना संगै आज फेरी
एउटा तारा झर्यो तल धर्तिमा
उ आकाशमा कहिलै नफर्कने गरेर ।

रचना- अर्पण योन्जन(शिरिष)
मिती- ४,चैत्र २०७८
तदनुसार- १८,मार्च २०२२

No comments: