गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, October 31, 2021

कथा- भाग- ११, एउटा प्रेम यस्तो पनि ।



परदेशी जिबन न हो, सँधैको दैनिकी एउटै हुन्छ प्राय, लाइनमा बसेर बिहान डिउटी जाउ, लाइनमै बसेर बेलुकी फर्क अनी बेलुकी फर्किएर खानापिन बनाउ, भोलिपल्टको लागि तयार गर, प्लास्टिकमा खाना हालेर चिसो फ्रीजमा राख, अनी हरेकदिन फ्रीजमा राखेको खाना बोकेर जाउ, अनी डिउटिमा त्यही खाना खाउ, कहिलेकाहित, टमटर अलिक बढी भएकोछ भनेत दिनको बार बजे खानाखादा सब्जी गनाएको पनि हुन्छ, अझ बिशेष गरेर गर्मी मौसममा खाना गनाएर सबै फ्याक्नुपर्छ, त्यसपछी खल्लो पानी र चिया कफिको भरमै दिन काट्दै खाली पेटनै बस्नुपर्छ, यस्तै रातिको डिउटी गर्नेहरुको पनि हालत उस्तैनै हुन्छ, बेलुकी जाउ बिहान फर्क, जिबन एउटा चक्र भनेजस्तै हाम्रो दैनिक कर्म पनि एउटै गतिमा, एउटै शैलिमा र सँधै एकैनासले दिनरात बित्ने गर्छ, हरेक दिनको एउटै आउजाउ दैनिकी संगै आज पनि रातभरीको डिउटी सकेर भोलिपल्ट उसैगरी सँधाझै एक घण्टाको लामो यात्रापछी, रुम पुगे, रुममा पुग्दा गाडीको थकान र रातभरीको अनिदोले खत्रक्क थाकेको हुन्छु, हतार हतार गरेर युनिफर्म फेरे, वासरुम छिरे, हातमुख धुए, फ्रेस भएर बिहानको नास्ता तताएर खाए, त्यसपछी अगिल्लो दिनको धुन बाकिरहेको आफ्नै केही लुगाहरु बाल्टिमा भिजाएर छोडे, पुन भित्र आएर बेडमा बसे, प्राय म डिउटी हिंड्न अघी र डिउटी बाट फर्किनु अघी अनी रुमपुगेर सुत्नु अघी घरमा कल गर्नेगर्छु सँधै, यो हरेक दिनको दैनिकी जस्तै कल गर्नुपनी मेरो नियमित काम भित्रैपर्छ, त्यसैले बुडिको मेसेन्जरमा कल गरे, कल रिसिभ भएन, पुन नम्बरमा डायल गरे, नम्बरबाट पनि कल नउठेपछी छोरीको मोबाइलमा कल गरे, छोरीले कल उठाउदै बाबा भनी, मैले हजुर भन्दै कलको रिप्लाई, गरे, अनी कस्तोछ तिमीलाई, सञ्चै छौ, छोरीले सञ्चै छु को भावमा उम मात्रै गरी, पुन मैले भाई खोइत भने, भाई ठुलोममिकोमा गाकोछ भनी, मैले ओके भन्दै ममी खोइत भनेर सोधे, ममी लुगा धुदै हुनुहुन्छ भनी, बाबा सुत्नुहुन्छ रे भन ममिलाई मैले भने, बाबा सुत्नुहुन्छ रे ममी भन्दै उस्को ममी चै लाई फोन लगेरदीइन, मेरी बुडी धुदै गरेको लुगा छोडेर हातको चिसो उस्को कम्मरको दुबैभागमा पुच्छ्दै फोन समाएर, कोठामा प्रबेश गर्दै बोल्न थालिन, कस्तोछ हजुरलाई, ठिकैछ, भर्खर डिउटी बाट आएर सुत्न लागेको मैलेभने, सन्चोबिसन्चो र खानपिन भाको छ छैन भनेर सोधखोज भयो दुबैतिर, दुबैतर्फको खोजखबर सकिएपछी मैले कुरालाई अगाडि बढाउदै भने, अनी अरु केछ भन, सबै ठिकैत छ नि, उनी केही अड्किएर बोली, अरु के हुनु, जे हुनुपर्ने त्यो छैन, जे नहुनुपर्ने त्यो भैरहेकोछ, उस्को बोलिमा केही निरासा भाव जस्तो देखियो, मैले उस्ले भन्न खोजेको कुरा लख काटिसकेको थिए, किनकी नजिकै घर भित्र दसैं भित्रीदैथियो, त्यही चाडपर्बको समयमा मेरो अभाव खड्किन्छ उनिहरुलाई सँधै, हरेक साल उसैगरी जसरी यो भन्दा अगाडिको बितेको सालहरुमा भएकोथियो, मैले कुरोलाई टार्दै भने, के हुनुपर्ने अनी के नहुनुपर्ने, सबैत छ, पैसा छदैछ, दसैं भित्रीदैछ, लुगाफाटो, किनमेल, पाहुनापात गर्जो टार्नुपर्ने हैन, त्यसको लागि घरमै पैसा छदैछ, बाँकी नपुगे म पठाइदिउला अर्को हप्ता हाम्रो सेलरी हुँदैछ, मैले निमेशभरमै सास नबिसाइ भने ।

उताबाट केही जवाफ आएन, उ चुपचाप सुनिमात्रै रही, हामी भिडियो कलमा भएकोले उस्को अनुहारको रुपरेखा प्रस्ट देखिन्थ्यो, उस्को अनुहार एकाएक मलिन देखियो, अनुहारमा ज्योति निभेको जस्तो चमक थिएन, हेर्दाहेर्दै भाबुक हुँदै आँखाभरी आशु टप्लक्क खसाइन, त्यसपछी भने मैले अलिक मलिन हुँदैभने, पिर नगर, म नभएत केभो नानीबाबुहरु छदैछन, राम्रो संग टिका लगाउनु, रमाइलो गर्नु तल माइतिमा आमाहरुकोमा बेलुकी जानु, यस्पाली संगै नभएत के भयो, अर्को सालत म तिमीहरु संगै भैहाल्छुनि, किन केको पिर गर्छौ, मैले केही शान्तावना पारामा भने, अनी उस्ले म तिर पुलुक्क हेर्दै भनिन, हजुर आँफै भन्नुहोस्त, सँधै पैसाले मात्रै हुन्छ, तपाईंले हरेक महिनाको पठाएको तनखाले मात्रै सबै कर्महरु पुरा हुन्छन, बिहे भएको यतिका बर्षमा जम्मा चार दसैं मनाएको बाहेक आज कती बर्ष भो संगै चाडपर्ब नमनाएको, याद छ हजुरलाई, तपाईं परदेशिनु भएको आज सत्र बर्ष भयो, न दसैं, न तिहार, न संघार्न्ती, न नयाँ बर्ष, छोराछोरी जन्मिएपछी आजसम्म हजुरले कतिपल्ट टिका लगाइदिनुभयो, तपाईंको हातको टिका मेरो निधारले नपाएको कतिभयो, सानोमा छँदा बाबा कहिले घर आउनुहुन्छ भनेर रुवाउथ्यो, अहिलेत तपाईं बिना पनि बानी परिसकेछ क्यारे छोराछोरिलाई, बाबा दसैंमा आउनुहुन्न भनेर कहिले सोध्दैनन, हरेकदिन जतिजती ठुला हुँदैछन केटाकेटी उतिउती तपाईंबाट टाढा हुँदैछन, हरेक दिन तपाईंको महत्व घट्दैछ नानीबाबुको दिमागमा, हरेकदिन जसो फोन गर्नुहुन्छ मेसेन्जरमा, दसैंतिहार घर भित्रै भित्रीसक्यो, कुनैदिन सुन्नुभयो हजुरले नानीबाबुले बाबा कहिले आउनुहुन्छ भनेर भनेको, बोल्दाबोल्दै फेरी आशु टप्लक्क खसाइन, आफ्नो काधमा झुन्डिएको सलको छेउ तानेर आशु पुछी, म अवाक भएर उस्को कुरा सुनिरहे, चुपचाप् निशब्द, सुन्नुको बिकल्प थिएन म संग, हुनपनी हो, विवाह गरेको एक्काइस बर्ष पुग्दा परदेशमै सत्र बर्ष बिताइसके मैले, आज जान्छु, भोली जान्छु, पर्सी जान्छु भन्दाभन्दै बर्सौबर्स बितेकोछ, त्यसोत हरेक जसो दुईदुई बर्षमा घर बिदामा नगएको पनि हैन, अघिल्लो बर्षमात्रै घरपुगेर फर्किएको हो, तर जतिपटक घर गएपनी कहिले चाडपर्ब कुनै मेला उत्सब परेन, कुनैदिन श्रीमती र छोराछोरिको जन्मदिन संगै बसेर मनाएकोछैन, तर यो सबै हुनुमा मेरो मात्रै गल्ती वा दोश पनिहैन, सन्तानकै शुखसान्ती र सुन्दर बबिस्यको कल्पनामा काधमा जिम्मेवारीको भारी बोकेर परदेश हिंडे, काँधभरी कर्तब्य बोकेर सुख किन्दा किन्दै जिबनले चालिस हिउदा कटेको पत्तै भएन, लक्का जवान हुँदा कालो कपालमा बिदेशिएको अहिले कानको जरिनेर कपाल फुल्न थालेकोछ, आँखा र निधारको बिचमा छाला चाउरी पर्न थालेकोछ, शरीरको हरेक अंगमा दु:खाइहरु थपिएकोछ, रातभर कम्मर कटकट खाने र घुँडा दुख्ने समस्याले छुएकोछ, टाढा सम्म देखिने केही साना द्रिश्य र मसिना अक्ष्यरहरु धुमिलो हुन थालेकोछ, यस्को अर्थ जिन्दगीको रुख बिस्तारै बुढो हुँदै गएर पाउला हरु छिपिएर पातहरु झर्ने तर्खरमा छन, जिबनले भोगाइको बैसाखिहरु च्यापेर सपनाहरु हरेक दिन लंगडा भएकोछ, अपांगता भएकोछ, रहरहरु मुर्छित भएकाछन, कतिपय अवस्थामा चाहेर वा नचाहेरै मनको हरेक त्रिस्णाको तिलान्जली दिनुपरेकोछ, म सोच्दासोच्दै एकोहोरो भएर टोलाएछु, शायद उताबाट उस्ले कतिपल्ट हेलो हेलो भनिहोली, तर मैले केही नसुनेर उस्ले कल काटेको हुनुपर्छ, त्यसैले मैले बाइ भनेको पनि नसुनी अघिनै कल काटिसकेको रहेछ ।

एक्काइस, बाइस बर्षको कल्कलाउदो खाउखाउ लाउलाउ भन्ने उमेर, श्रीमानको न्यानो अंगालोमा रमाउने एउटा बयस्क सपना, हुर्किदै गरेको त्यो कलिलो बैश, चिचिला बस्दै गरेको कयौ मिठा रहरहरु, जती खाएपनी नअघाउने त्यो मिर्गत्रिस्णा, साउन भदौको उर्लेको खहरे झै इच्छ आकांछ्या हरु, हरेक सनिबारको दिन नत्र महिनामा एकैपल्ट मात्रै भएपनी बयस्क जोडी हात समाएर हिंड्ने डुल्ने घुम्ने रहर हरेक नवयौबना नारीमा हुनु कुनै अनौठो कुरा हैन, यो हरेकमा हुन्छ, त्यो हुनुमै बिपरित ध्रुबपटी माया मामता स्नेहाता र आत्मियता अझ प्रगढ हुने एउटा श्रीङ्खला हो, दुई प्रेमिल जोडी श्रीमान श्रीमती बिचको सम्बन्ध मजबुत हुने सेतु पुल हो, जस्ले गर्दा प्रणय बन्धन अझ मजबुत बनाउन मद्धत गर्छ, तर त्यही उमेरमा सबै सपनाहरुको तिलान्जली दिएर कर्तब्य निभाउन हिंडेको श्रीमानको मेहेनत र योगदान लाई साथ दिनुपनी एउटा असल जिबनसाथिको कर्तब्य हो, किनकी दुबैको समझदारीले मात्रै एउटा सफल र सुखी परिवार बन्दछ, दुबैको समझदारीले मात्रै घर घर जस्तो बन्छ चाहे त्यो झुपडिको होस या महलको, यदी सम्बन्धमा सम्झौता वा एक अर्कालाई सहयोग नगरने हो भने, एकले अर्कालाई विश्वाश गर्न नसक्ने हो भने चाहे त्यो सुनको महल नै किननहोस कुरुक्षेत्र जस्तो खरानीहुन केही बेर लाग्दैन ।

एकातिर बैबाहिक जिबन, सुन्दर परिवार, राजकुमार र राजकुमारी जस्ता सन्तान, मेरो प्रतिक्ष्यामा बाटो कुरेर बस्ने मदनको मुना झै श्रीमती अनी मेरो कर्तब्य, मेरो माया मेरो प्रेम, उनिहरुको लागि हिजो जस्तो थियो आज पनि उस्तैछ र भोली पनि उस्तैरहनेछ, तर पनि भनेको बेलामा चाडपर्ब मेला उत्स्ब र जन्म दिन आदी आउँदा साथ दिन नपाउदा भने मन धमिलो हुन्छ, कताकता कागतीको चुक झै मन अमिलो हुन्छ, यता परिवार संगको माया मामाताले मन कटक्क खान्छ भने उता म अरुकसैको सम्झनामा, यादमा मोहमा डुबेर गल्ती गर्दैछु कि भन्ने महसुस गराउछ बेलाबेलामा, जुनबेला देखी स्पेसमा बस्ने बानी लाग्यो मलाई एकहिसाबले भन्ने हो भने कुनै कुलतको संगतमा लागेको सन्तानले ड्रग्स खाएर त्यस्को कुलत छोड्न नसकेको जस्तै मलाई स्पेसको लत लागेको थियो, त्यो भन्दा पनि कठिन मलाई कसैको अद्रिश्य मायाले तानेको थियो, एकोहोरो बनाउदै थियो, चाहेर वा नचाहेरै म हरेकदिन उस्को मेसेज र स्पेसमा उस्को आवाजको ब्यग्र प्रतिक्ष्या गर्थे, अब यस्तो अवस्थामा कहिलेकाही म आँफै सोच्थे मैले मेरो परिवार प्रती गरेको माया होकी बदमासी वा बैमानी, या म परिवारको प्रेमबाट बिस्तारै बिमुख भएको होकी आँफै खोट्याउन सकिरहेको थीन, आखिर मलाई नपुग्दो के थिएन, अरब जस्तो ठाउमा बसेर पनि चित्त बुझ्दो र परिवारलाई सुखशान्ती संग पाल्न र धान्न सक्न्ने मनग्गे कमाएकै थिए, राम्रै कमाइ पनि थियो, चाडपर्ब आउँदा परिवार संगसंगै बस्न मनाउन नपाएपनी साथसहयोग पाएकै थिए, तैपनी त्यो अन्जान मान्छेको कुन चै त्यस्तो मोहले तान्दै थियो मलाई, उ संगको कुन चै त्यस्तो समिप्यता थियो जस्ले उस्को कल्पना र उस्को याद नगरि रहन सक्दिन थिए म, उता घरमा चाडपर्बमा संगै बस्न नपाउदा र मनाउन नपाउदा आशु बगाउने श्रीमती अनी यता उसको हरपलको हरक्षणको याद अनी माया आखिर कुन चै मोहनीले खिच्दै थियो मलाई हरेक दिन उनितिर, मैले जती सोचे पनि उत्तर भने पाउन सकिन, जतिजती उत्तर खोज्थे उतिउती उस्को याद र मोहले तान्थ्यो मलाई, यो मेरो हार थियो वा लाचारी, वा परिवारको विश्वाश प्रतिको गद्धारी, यतिका दिनसम्म म अनुत्तरित नै छु ।

अघिल्लोदिन बेलुकी चन्द्राले भोलिपल्ट केही कुरा सुनाउने भनेर बिदा भएकिथिन, तर अहिले सम्म चन्द्रा आइनन, रातभरीको अनिदो डिउटी आँखामा झपक्क निन्द्राले च्यापेर कतिखेर सुतौ झै भएको थियो, तर अघिल्लो दिनै चन्द्रले आफु र आफ्नो कृष्णको लब स्टोरी सुनाउने संकेत गरेकिथिन, त्यसैले पनि चन्द्रा आउलिन कि भनेर म नसुती पर्खिरहेको थिए, बिहानको सात, आठ हुँदै नौ बज्यो तर चन्द्रा आइनन, बिहानको नौ बजेसम्म पनि चन्द्रा न आएपछी म लुगा फेरेर टेबलमा राखिएको सानो टेबल घडीमा बेलुकीको चार बजेमात्रै उठने आलाराम राखेर बेडमा पुगे, एसी खोलेर ब्लान्केट ओढेर सुत्न मात्रै के लागेको थिए, चन्द्र झुलुक्क टुइटरको डिएममा मेसेज लिएर झुल्की, ओइ मान्छे सुत्नुभो, मेसेजको आवाजले सुत्नै लागेको मान्छे पनि फेरी टाउको उठाएर मोबाइल हेरे, मेसेज चन्द्रा कै रहेछ, हामी केहीदिन देखी मात्रै हो मेसेजमा दोहोरो संबाद हुनथालेको, तर केहीदिनको संबाद भएपनी चन्द्राले बोल्दाबोल्दै हामी दुई बर्सौ देखिको असल साथी हौ जस्तै आत्मिय बनाएकी थिन मलाई, उस्को बोल्ने शैली र हरेक कुरा गराइको अन्दाजी आफ्नै पुरानो मित्रझै गरेर बोल्थी, निर्धक्क बोल्थी, कुनै कुरा सहजै सेयर गर्न सक्ने भएकी थिन, हाम्रो केही दिनको संबादमै, साच्चै भनौभने यत्रो दिनसम्म पनि हामी डिएममा मेसेज गरागर गरेर बोले पनि आपसी ब्यक्तिगत परिचय भने भएकै थिएन, त्यसैले हिजो राती म आँफैले उस्को परिचय मागेको थिए, उस्ले पनि हिजो मात्रै आफ्नो नाम चादनी अर्थात चन्द्रा भएको बताएकी थीन, घर नवलपरासी नाम चन्द्रा भन्दै, तर पनि परिचयपुर्ब नै उनी मलाई कहिले सर त कहिले भौमान अनी कहिले ओइ मान्छे भनेर आत्मिय पारेर सम्बोधन गर्थिन, कहिलेकाहित लाग्थ्यो उस्को सम्बोधनले भन्न खोजेको र सुनाउन खोजेको कथाको पात्र त्यो कृष्ण मै होकी जस्तो कन्फुजनमा राखिन्दिन्थिन, चन्द्राको मेसेजको जवाफ दिदै मैले भने, छैन सुतेको म हजुरलाई नै कुर्दैथिए, उनले उताबाट जवाफ फर्काइ किन नि त्यस्तो नसुतेर कुर्नु पर्ने मलाई, अन्जान बनेर मेसेज फर्काइ, अनी गएको राती भोली म आउछु है के के सुनाउछु भनेर कस्ले भनेकोनी, मैले, जवाफ फर्काए, उताबाट उस्ले हासेको इमोजी मात्रै पठाइन, मैले पुन जवाफ फर्काए, अब हासेरै मात्रै बस्ने होकी कुरा पनि गर्ने हो, उस्ले तुरुन्त जवाफ फर्काइन, कस्तो कुरा गर्नु, म संग त केही छैन, हजुरको भए आँफै भन्नुहोस्न केछ हजुरको, उ अझै अन्जान बन्ने कोशीस गर्दैथिन, मैले तुरुन्तै जवाफ फर्काए अनी गएकोराती कस्ले होनी, मेरो र मेरो कृष्णको लीला सुनाउछु भनेको, सुनाउनुहोस्न अब, मेसेज सिन गरेर उ कतै ब्यस्त बनी वा केही सुन्सान चुपचाप बसिन, केही जवाफ फर्काइनन, म उस्को जवाफ आउछ कि भनेर कुरेर बसे तर मेसेज आएन, मैले पुन मेसेज गरे, ओ हेलो, हजुर अन्लाइन मै होकी अफ भैसक्नु भएको, उताबाट पुन मेसेज सिन गरेको हरियो सिग्नल देखियो, यस्को मत्लब उ मेरो मेसेज पड्दैथिन, तर मेसेजको रिप्लाई भने गरिनन, मलाई अलिअली रिस पनि उठ्यो, आफु भने उसैले केके सुनाउछु भनेकोले अहिलेसम्म पर्खेर बसे उ भने मेसेजको रिप्लाई पनि नगरि पड्दै बस्ने, मलाई झन रिस उठ्यो, र लेखे, हजुर नबोल्ने हो भने मत सुत्छु है, बाइ सि यु टुमरो, अहिलेभने लगत्तै मेसेजको उत्तर फर्काइन, पर्खनुहुहोस्न भौमान, मेरो राम नजिकै हुनुहुन्छ, उस्को मेसेज पढेर एक्लै मुसुमुसु हासे म, र उस्लाई पनि हासेको संकेत पठाएँ, उताबाट उस्ले पनि हासेको संकेत गर्दै इमोजी पठाउदै मेसेज लेखिन, कस्तो अभर पार्ने के हजुरत, मेरो राम आउनुभएको थियो, अफिस जानलाई वहाँको ब्याग तयार बनाउदै थिए, उस्को मेसेज आएसंगै मैले जवाफ फर्काए, मलाई के थाहा त नी, त्यहा के हुँदैछ भनेर, के म ज्योतिसी होर सबै देख्नलाई, हेरन रिस त नाकोको टुप्पोमै छ खुब, फेरी आत्मियता पोखेर जवाफ फर्काइन, के हजुरको फुर्सद मिलेको छैन अझै, मैले सोधे, नाइ नाइ अब फुर्सदै फुर्सद हो दिनभरी, बरु हजुरको पो नाइट डिउटी गरेर आउनुभएको थाक्नु भाको होला सुत्ने पो होकी, उस्ले आसाय ब्यक्त गरी, अँ त्यैत अब सुत्छुनी म, यतिखेर सम्म मान्छेलाई कुराएर, मैले भने, ओके उसोभए कुरा गराउनत, उस्ले भनी, कुरोको चुरो समात्दै मैले सवाल गरे, अनी हिजो के भन्छु भन्नु भएकोनी, म त्यसैलाइ कुरेर बसेको हो खासमा अहिलेसम्म, उताबाट उस्ले है मात्रै जवाफ फर्काइन, पुन उस्को है लाई रिसाउदै भने, केको है नि, छिटो भन्ने कि नभन्ने, बाफरे कत्रो घुर्काइ होके, भन्छु के भन्छु तर कसरी भन्ने मेसेजमा अफ्थ्यारो हुन्छ लेख्नलाई लामो हुन्छ कथा, धेरै छ मनको कुरा भन्नलाई, उसोभए कलमा आउनुहोस मैले भने, तर कसरी उस्ले सोधी, पुन मैले जवाफ फर्काउदै भने ह्वाट्स एप चलाऊनुहुन्छ, उम चलाऊछु उत्तर फर्काइन, उसोभए नम्बर दिनुहोस् म एड गर्छु, त्यता कलमा कुरा गरौला मैले भने, उस्ले हुन्छ भन्दै तुरुन्तै नम्बर पठाइन ९८४२०...... मैले तुरुन्त नम्बर एड गरे व्हाटस एपमा सर्च गरे नाम तर आएन, मैले पुन मेसेज गरे, खैत ह्वाट्स एपमा त देखाएनत हजुरलाई त, उस्ले पुन अर्को नम्बर पठाउदै भनी यस्मा एड गर्नुहोस्त यस्मा पो होकी, उस्ले पुन अर्को नम्बर पठाइन, ९८४२.... ,यो पल्ट पनि उस्को नम्बर देखाएन ह्वाट्स एपमा, मैले तुरुन्तै मेसेज गरे फेरी, खैत आएन हजुरको त, उस्ले उताबाट मेसेज गरिन, हजुरको नम्बर दिनुहोस् म एड गर्छु, मैले तुरुन्त नम्बर पठाएँ ००९६६५७२५९.... उस्ले उताबाट तुरुन्तै एड गरेछिन, ह्वाट्स एपमा मेसेज आयो ।

हामीले नम्बर साटासाट गर्यौ, उस्ले एड गर्दै ह्वाट्स एपमा मेसेज गरिन, हाइ, नमस्ते हजुर, फ्रम नवलपरासी, डु यु नो, ? मैले हाँस्दै जवाफ फर्काए, यस यस आइ नो नमस्कार, नमस्कार फर्काउदै मेसेजमै भने मैले, नम्बर एड गर्ने बित्तिकै ह्वाट्स एपमा देखाउनु पर्ने होइनर, तर कसरी आएनत मेरोमा, मैले जिज्ञासा राख्दै कुरालाई अगाडि बढाए, ढङ्ग धेरै भएर होलानी हाँस्दै मेसेजको जवाफ फर्काइन, होला होला भन्दै मैले पनि रिप्लाई फर्काए मेसेजमै, ह्वाट्स एपमा कल मार्फत बोल्ने भनेर एड भएको हामी दुई अझै मेसेजमै गफ गर्दैथियौ, कलको आसय तर्फ इङित गर्दै भने मैले, समय कस्तोछ हजुरको कल गरुम कि नाइ, उस्ले हाँस्दै मेसेज फर्काइन हाहाहा के भन्नेनी कल गर्दा, मलाईत लाजपो लाग्यो, कलमा बोल्ने भन्ने बितिकै पहिलोचोटी अलिक असहज नै महसु हुदोरहेछ, मलाई पनि कल त गर्ने तर कलमा के भनेर कुरा गर्ने के भन्ने सोच्दै अफ्थ्यारो महसुस गर्दै थिए, उताबाट पुन मेसेजमै संम्सय पोखी, समय छ भन्नु कि छैन भन्नु, पानी पर्दैछ बाहिर, काम छैन, पानी परेको बेला बोल्न मिल्छत होलानी, अनी बोल्नै भनेर नम्बर साटेको होइनर, उस्ले उल्टै प्रश्न गरी, प्रश्न लगतै अर्को मेसेज गरिन, भौमान मलाईत लाज लाग्दैछ, कल गरेर भन्ने चै केनी फेरी, आइ लब यु भन्न् नमिल्ने, नमस्कार सिस भन्छुनी, अरु के भन्नु, रिसाउछ कि भन्दै हासेको र लजाएको दुबै स्टिकर पठाउदै अलिक सहज बनाउदै मेसेज सेन्ड गरे, लजाएको इमोजी मिसाएर उस्ले पुन उताबाट बाँदर खुब लेखी, बोल्दाबोल्दै उस्ले अर्को आत्मियताको शब्द फ्याकी, हाम्रो संबाद भएदेखी आजसम्म सर, भौमान, ओइ मान्छे र बाँदर सम्म पुराएकिथिन मलाई, उस्को सम्बोधन पनि अचम्मको घरिघरी फेरिरहने, तर जतिपटक फेरेपनी मायालु स्नेही सम्बोधन हुन्थ्यो उस्को, उस्को पुन अर्को मेसेज आयो, माया नै नभएपछी त के बोल्नु हौ, हौ भन्दै पुर्बेली लवज टिपेर अर्को ठट्टाको मेसेज पठाइन, मैले पनि उस्को आसाय जान्न चाहन्थे कि आज उ के भन्न् गैरहेकोछ, उस्को मुखबाट मैले के सुन्न पाउने हो भनेर कौतुहल्ता थियो, त्यसैले अन्जान बनेर जवाफ फर्काए, कस्को माया हौ फेरी, उस्कै लवजमा प्रश्न तेर्साए, मेरो आसायको जवाफ आउछ भन्ने थियो मलाई, तर मेरो प्रश्नको जवाफ नदीई उस्ले आँफैले कल गर्ने कुरोको प्रसंग अगाडि बढाइन, लुनत सुभसाइतमा किन ढिला गर्नु, लजाएको इमोजी फ्याकेर मेसेज गरी, यो इमोजी पनि कतिसजिलो जहाँ पनि जतिबेला पनि रिसाएको, हासेको लजाएको, रुएको, माया गरेको सबै इन्नोसेन्ट भाव ब्यक्त गर्न मिल्ने, कतिपय मन र तनको अनुभुती इमोजिबाटै बुझ्नुपर्ने, अनी इमोजिको हरेक स्टिकरले हरेक बिम्बको प्रतिनिधित्व गर्ने त्यो हामीले बुझ्नु पर्ने र भएको र पठाएको इमोजिले बुझ्नुपर्ने कि उसलाई लाज भएकोछ, माया भएकोछ, रिसाएकोछ, बिरामी भएकोछ वा उ कुरा गर्न वा बोल्न लालयित छ भनेर बुझ्नुपर्ने, कतिपय मुखले भन्न खोजेर पनि भन्न नसकेको भाव इमोजिले सजिलै बताइदिने र हरेक संबादमा इमोजिको इमोसेन्सले बुझ्नुपर्ने, कि के भन्दैछ वा के हुँदैछ भनेर, उस्को आसाय संगै मैले पनि केही लजाएको भावमा मेसेज गरे, कसरी कल गर्नु, मेरोत हात कामेको जस्तै भयो, साचिकै मलाई त्यस्तै भएको पनि थियो, एउटा अन्जान मान्छे संग कलमा बोल्दा के भन्ने होला कसरी बोल्ने होला लाज त मलाई पनि भएको थियो, मेरो मेसेज पढे लग्गतै मेसेज गरिन, लेडिज फस्ट, उन्ले आँफै पहिला कल गर्ने आसाय राखी, म अलिकती ढुक्क भए मैले केही बोल्नु नपर्ने भयो पहिला, उनि नै पहिला बोल्ने छिन, म ढुक्क भए ।

उस्ले कल गरिन, हाम्रो पहिलो पटक कल संबाद भयो, मैले कल रिसिभ गर्दै हेलो नमस्कार भने, उस्ले नमस्कार पनि नफर्काइ बोलिन उम हजुर केछ खबर, मानौ नमस्कारको औपचारिकता पनि पुरा नगरि साधारण तरिकाले उस्ले संबाद सुरु गरेकिथिन, उस्को संबादले लाग्थ्यो हामी सालौ देखी छिन छिनमा कुरागर्ने साथी हौँ, जहाँ औपचारिकताको जरुरत पर्दैन, पुरानो मित्रवत व्यबहार जस्तै, मैले ठिकैछ भन्दै जवाफ फर्काए, अनिकेछ खबर, सञ्चै हुनुहुन्छ, मैले सोधे उताबाट कुनै जवाफ आएन, सोचे बोल्नेबेलामा कुन चै आइपुगेछ क्यारे, फेरी बोल्न नपाईने भो यस्तै सोच्दै कुरेर बसे, तर लगत्तै टुरुक टुरुक गरेको आवाज आयो यसो मोबाइल हेरेकोत अघिनै कतिबेला कल ड्रप भैसकेको रहेछ, केही बोर मान्दै मोबाइल हेर्दै भने, थुक्क ! यतिबेलै मान्छेलाई पनि आउनुपर्ने, केले गर्दा कल ड्रप भएको थियो थाहा थिएन, तर मोबाइललाई हेर्दै मोबाइल लाई नै गाली गरे, लगतै रिङ्ग बज्यो, टिरिङ्गग.... उताबाट चन्द्राले नै कल गरेकिथिन, पुन मैले कल रिसिभ गरे, हेलो केभो, मान्छे आको हो ? हैन बत्ती गयो, उस्ले भनी, अनी अहिले केबाट त, मैले सोधे, डाटा खोलेकोनी अर्काको पोइ संग बोल्नलाई, त्यती भन्दै खितिती हासिन, कल संबादमा ठट्टा गर्दै पहिलोचोटी उस्को हासो पनि सुन्नपाए मैले, नारी आवाज कोमल ध्वनी शुरिलो मिठो आवाजमा उस्को हासो आहा कती सुन्दर, मनमनै सोचे, उस्को अर्काको लोग्ने भन्ने ठट्टाको लाइनलाई समाएर जवाफ फर्काए, आफ्नो हुनलाई त पहिलाई भेट्नुपर्छनी, अहिले अर्काको सम्पत्ति भैसकेपछि अर्काको पोइ भन्नपाईन्छ ? मेरो कुराले खित्का छोडेर हाँस्दै जवाफ फर्काइ, त्यस्तो है, बिचरा म ! अनी आफु चै मलाई नहेरेर कता मुन्ट्या थियोनी त्यो बेलामा, आँफैलाई सदासयता पोख्दै मलाई ब्यङ्य कसी, मेरै भाग्य फुटेको होलानी बाहुनिको पोइ हुन नजुरेको, नत्र यतिबेला म बाहुनको ज्वाँई भाको हुन्थेहोला, हाँस्दै जवाफ फर्काए, कुरा पनि कती आको हो के क्षेत्रीनिको पोइलाई, पुन हासिन उनी, संगत नै क्षेत्रीबाहुनको भएपछी मेरो केको दोश, है, गर्दै छोटो उत्तर उस्को, अनी आज सुत्ने हैन, बाहुनिको कुरामा मख्ख परेर आफुलाई नबिगार कान्छा, निन्द्राले सतायो होला सुत्नु पर्दैन अब, उ पुन बोली, त्यही बाहुनिको बोली सुन्न नपाएर कती तड्पिएर बसेका होलान, धन्य मत भाग्यमानी रहेछु कम्सेकम बोलित सुन्न पाएकोछु अनी कसरी सुत्नुनी यस्तो बोली सुन्न छोडेर, मैले जवाफ फर्काए, पुन खितितिती हाँस्दै, त्योत हो माइतिको गाउको उबेलाको ठकुरी मगर र गुरुङ केटा देखी आफ्नै जातका केटाहरु हामी संग बोल्न भनेपछी मरिहत्ते गर्थे, त्यतिबेलाको कुरा के गर्नु अहिले झन दुइजनाको आमा भैसक्दा पनि लाइन मार्न छोड्दैनन मुर्दार हरु, धन्न तपाईंले त कोटा पाउनुभएको छ, लामो हासो फेरी हाहाहा, ए अझ कोटापो ? हाँस्दै प्रश्न गरे मैले, कोटा नभएर केत नत्र त यहाँ कतिजनाले मर्छु झै गरेर मेसेज गर्दा पनि बाल मत्लब देको छुइन, हजुरले त बरु दुई दुईवटा नम्बर पाउनुभो भन्नुन, भोट्या छोरा कम्तिको बाठोछ, भएन भन्ने बहाना गरेर नम्बर लीराखेको हैन एप्स्मा कल रिसिभ नगर्दा यता नम्बरमा गर्नलाई, पुन उस्तै हासो हाहाहा ।

कलको पहिलो भलाकुसरी हाम्रो, निक्कै रोमान्चक ठट्यौली गर्दै कुरा लम्बिदै थियो, शायद थाकेको तन र गलेको मनलाई प्यासपूर्ण नमिठोगरी नारी आवाजको अभाव थियोकी कुन्नी, घन्टौसम्म बोलिरहुँ, कुरा चलिरहोस, उ बोलिरहोस, म सुनिरहुँ झै भएको थियो, मरुभुमिको छातीमा तिर्खाएको ककाकुल एक अंखोरा पानीमा रमाएझै उस्को रेलाठट्टा र मधुर संबादमा रातभरको निन्द्रा र आफ्नो थकान पनि भुल्दै थिए मैले, केही दिनको मेसेज संबाद र आज मात्रै भर्खरै कलसंबादमा जोडीएको हामी, यती नजिक र यती खुला महसुस गरिन कि उनले आफुलाई पिसाबले च्यापेर हैरान भयो ल म सु गरेर आउछु पर्खनुहोस् सम्म भन्न भ्याइन, एकमनले त मेरो सट्टा पनि गरेर आउनुहोस है भन्दै जिस्काउन मन लागेकोथियो, तर जिस्काउन सकिन, मनले जितेर भनेको भएपनी शायद खासै रिसाउदैनथिन होला, किनकी हामी एकलेअर्कालाई घनिस्ट साथीको रुपमा सुइकारीसकेको थियौ, बढीमा हस भन्थिन वा हाँस्दै जान्थिनहोला, तर मेरो आफ्नै मनले आफ्नो सिमाना ननाघ भन्यो र मनलाई बसमा राख्दै हस म पनि पानी पिएर आउछु है भन्दै ढाटे, अनी बाथरुमतर्फ लागे, किनकी मलाई पनि अघिनै देखी पिसाबले च्यापेर हैरान भएको थिए, तर भन्न नसकेर सहेर बसिरहेकोथिए, मैले पनि त्यही मौका छोपेर ओके हस जानुहोस म पनि पानी पिएर आउछु है भनेर पिसाब फेर्नतर्फ लागे, बाथरुममा पिसाब फेर्दा पनि एक्लै मनमनै मुसुक्क हाँस्दै सोचे, मनमा अलिकती पनि पाप नभएको मान्छे नत्र जोकोहिले कहाँ यसरी खुलेर बोल्न सक्छ र एउटा नचिनेको अन्जान मान्छेसंग, यस्तै सोच्दै मलाई भने अलिअली लाज लागिरहेको थियो, अनी दिमागमा के कुराले छुयो कुन्नी पुन मुसुक्कै मुस्कुराउदै रुम फर्किए ।

दुबैजना पिसाब फेरेर आएपछी पुन हाम्रो संबाद सुरुभयो, अहिलेको संबाद भने स्पेस बसाइको प्रसंग निस्कियो, स्पेसमा को कस्को आनिबानी कस्तोछ बाट सुरु भएर को कस्को लभ परेको छ भन्ने सम्मको लख काटेकै भरमा अरुको कुरा काटाकाट भयो, दुबैले अन्दाज गरेकै भरमा उस्को लभ उ संग र उस्ले उस्लाई लब गर्छ भनेर भन्नसम्म भ्यायौ हामीले, मैले पनि जिस्काउदै सोधे उस्लाई, हजुरको चै कोसंग परेकोछ नि भन्न मिल्छ, मेरो प्रश्नले खितितिती हाँस्दै उल्टै मलाई प्रश्न गरिन, तपाईंको भन्नुहोस्न पहिले, मेरोत तपाईंले नसोधे पनि भनिहाल्छुनी, म अकमकिदै केही सम्हालिएर जवाफदिए, छ एउटी बाहुनी, ओहो बाहुनी पो, आस्चर्य प्रकट गर्दै हाँस्दै सोधिन, उम बाहुनी छोटो उत्तर थियो मेरो, उत्सुक्ता सहितको फेरी अर्कोप्रश्न, कोहोनी त्यो बाहुनी, सुनौत हामी पनि, मैले हाँस्दै जवाफ दिए, बाहुनकी छोरी, बाहुनकै बुहारी , घर परासी हाल काठमान्डौ, देखेको छुइन, मिठो बोल्छे, स्वतन्त्र बिचार, खुला सोच, मनकी असल, बौदिक्ताले धनी, प्रीय छिन उनी, पहिलेपहिले डिएम बाट अन्जान बनेर मेसेज गर्थ्यौ अहिले कलमै बोल्न सुरु गरेकाछौ, संक्षिप्तमा जवाफ दिएमैले, शायद कुरो बुझिन कि कुन्नी खितिती हाँस्दै भनिन, अनी बाहुनिलाई पनि थाहाछ त हजुरले माया गर्नुहुन्छ भनेर, खै थाहा छकी छैन तर भनेको पनि छैन, मैले जवाफ फर्काए, ए उसोभए बेलैमा भनिदिनुहोस् है मनको कुरा नत्र अरुको बारीमा फुलेपछी टिप्न पाइन्न फेरी, पछुताएर हेरिरहनुको बिकल्प हुन्ननी भबिस्यमा, जवाफ संगै उस्तै हासो हाहाहा, फुलत अर्काको बारीमा फुलिसकेकी हुन तर अहिले फुलिसकेपछी यही स्पेसले देखाइदियो फुल, मैले टठ्ठा गर्दै जवाफ फर्काए, फुलिसकेको भन्नाले अर्काको बुढी ? आस्चर्य मान्दै प्रस्नबाचक शैलिमा सोधिन, मैले पुन जवाफ फर्काए, उम अर्काको बुढी, अब यो उमेरमा कलिलो बिस बाइसे खोजेर कहाँ पाउछुत नि, त्यो पनि म बुढोलाई तरुनी कहाबाट मिलोस, मनमा तरुनोपन भएपनी ज्यान त बुढो भैसक्योनित, अनी यस्ताले तरुनी पाउछु भनेर सपना कसरी देख्नु, हाँस्दै मेरो जवाफ थियो, राम साचिकै भन्नुभाको होकी आफ्नो दु:ख पोख्नुभाको यतिसारो, फेरी गललल हासिन, अब नभएपछी अहिलेलाई दुखै सम्झिनुहोस्न, उत्तर फर्काए मैले, मनकारीहरुले उद्वार गरेपनी त हुनेनी, मान्छेहरु आफ्नो मनको कुरा पोख्न सक्छन, तर मरिगए म पनि तिमीलाई मन पराउछु भन्ने होइनन कोहिकोहिले, यस्ता निसठुरिको पछी लागेर म कहिले उभोलाग्नु, जिस्काए मैले, कठै बिजोग छ मान्छेको, दु:खपनी अनेक थरिका, सन्तान थरिथरिका भने जस्तै, फेरी हासिन हाहाहा, हासोको फोहोरा पनि रोक्न नपाउदै अर्को सवाल गरिन, म केही गर्न सक्छुत हजुरको लागि, भो पर्दैन भन्दै मैले आफ्नो भाउ बढाए, बढाए के भन्नु उस्को मन चोर्न खोजे, मनमा सोच्दै थिए, एउटिले प्रेम देखाएर प्रश्नहरुको थाक लगाएर बेपत्ता भएको धेरैदिन भएको छैन, अर्कोले के खुशी देवोस मलाई, मनमनै सोचे मैले, दुखेको मनमा खुशी भन्दा धेरै चोटको सम्झना आउनेरहेछ, यादहरुको पहाड उभीनेरहेछ, बरु दुखेको घाउमा थोरै भएपनी मलमपट्टी लगाइदिने साथी भेटेको महसुस भएकोथियो तर प्रेमको नजरले उस्लाई हेर्नसक्ने थीन म, हुनत मलाई थाहा थियो उस्ले पनि आफ्नो दुखेको घाउको केही पाप्राहरु उप्काउदै मलाई देखाउन चाहन्थ्यो, पिडाहरुको कथा सुनाउन चाहन्थ्यो, सुनाएरै आफुलाई शान्ता र सितल बनाउन चाहन्थ्यो, जस्को लागि म बिस्वासिलो पात्र भएर आएको थिए उस्को असलमित्र बनेर 

कल संबादपछी आजकोदिन निरन्तर गफ भैरहयो हाम्रो, रातभरी नसुतेको निन्द्रापनी कता भाग्यो भाग्यो, बरु उल्टै सरिरमा चन्चल्ता र हलुका महसुस भएर आयो, शायद त्यसैले पनि होला, हाम्रो गफ अझै छोटिने छाटकाट देखिदैन, अझै गफ लम्बिदै जादैछ, यसैक्रममा मैले कुरालाई अगाडि बढाउदै सोधे, ए साँची हजुरले हिजो एउटा कुरा भन्नुछ भन्नुभएको थियोनी त्यो केहो, मैले कुरोको बिट घुमाए, उताबाट हाँस्दै उत्तर फर्काइन, बाफरे ! हेरहेर, कती हतार परेको हो मान्छेलाई, लगतै मैले जवाफ फर्काउदै भने, अनी हतार पर्दैनत मान्छेलाई, कतै त्यो मान्छे मै हुँँ कि भन्ने परिराछ आफुलाई चै, हाँस्दै उताबाट है कठैबरा, हाहाहा छोटो जवाफ, अनी उसैले कुरा थपी फेरी, धेरै हतार गर्नुहुदैन के, हातर गरेको कुनै पनि काम राम्रो हुँदैन, समय लागोस तर राम्रो होस थाहाछैन हजुरलाई ? खै होला मलाई थाहा भएन यस्तो कुरा, मैले केही रिसाएको भावमा भने, फेरी उसैले कुरोको मेसो मिलाउदै भनी, अस्ती हजुरले दोश्रो भागको कथा बाचन गर्नुभयोनी, त्यो सुनिरहदा कतिपय ठाउँमा यस्तो लाग्यो, त्यो पात्र मै हुँँ र मेरो कृष्ण, आधासरो कथामा त मै हुँँ कि ! जस्तो लागेको थियो, अनी फेरी हासो, हाहाहा, भनिन्छनी देखेकोले हुँदैन लेखेको चाहिन्छ भनेर, शायद त्यसैले होला, उ मेरो दिलमा लेखिएकोछ, दिमागमा लेखिएकोछ, मनमा लेखिएकोछ, मुटुमा लेखिएकोछ, रहेनछत केवल त्यही एउटा भाग्यमा, जो उस्को भएर जिबनभर सिउदोमा सिन्दुर र गलामा पोते लाएर उस्को हुन सकिन, त्यसैले पनि घरिघरि उस्को यादहरुले सताइरहन्छ, सम्बन्ध जस्तोसुकै होस, राम्रो वा नराम्रो याद त यादै हो, जो हरेकको जिबनमा केहीन केही यादहरु हुन्छन, बस कुनै मिठो त कुनै तितो, उनी संग पनि मेरो तितोमिठो दुबै यादहरुछन, तितो यो अर्थमा कि हामी दुबैले एकलेअर्कालाई प्रेम गर्छौ भन्ने जान्दाजान्दै पनि कहिले भनेनौ, जो जिन्दगीभर याद रहिरहन्छन एउटा तुस बनेर, कास भनेको भए ! भनेको भए र यो कास जिबनभर खट्किरहनेछ मलाई, शायद मलाई मात्रै हैन उस्लाई पनि, अनी मिठो यो अर्थमा कि म आज कसैको सिउदोको सिन्दुर र कसैको धर्म पत्नी भैसकेर पनि हिजो जस्तै आज पनि उतिकै र उस्तै माया गरिरहन्छु, शायद यसैलाई भनिन्छ होला, प्रेम माया वा मोह जेभनेपनी, उनी बोल्दैगइन, बोल्दैगइन, म सुन्दै गए, उ अझै भन्दैथिन, कहिलेकाहित यस्तो लाग्छ, बाउआमाले जन्माइ दिएपछी, जब हुर्कियौ ठुलो भयौ, सहि गलत केहो छुट्याएर आँफै निर्णय लिन सक्नेभयौ अनी यो सबै गर्नसक्ने जिन्दगी चै आफ्नो रे, तर हामीले जिउनुपर्ने चै अरुको लागि ! खुशी रहर र सपनाहरुको तिलान्जली दिएर खोक्रो आदर्शबादी समाजको चौरास्तामा दागबत्ती दिनुपर्ने, चितामा जलिरहेको खुशी देखेर आफुलाई र आफ्नै मनलाई बन्दकी राखेर टुलुटुलु हेरिरहनुपर्ने, रहर, सपना, इच्छाहरुको सामुहिक अन्तिम दहन भैरहेको, हो, खुशीहरुको पहाड देखेकोछु, सपनाको सागरहरु देखेकोछु, माया, प्रेम, सद्भाव, रहर र सपनाहरु आफ्नै अगाडि उभिरहेको देखेकोछु, तर पनि ति सबै खुशी हरुलाई आहा ! भनेर अंगाल्न सक्दिन, किनकी प्रेममा प्राप्ती नै जिबनको अन्तिम सार्थक्ता होइन, त्यस्लाई हेरेर अनुभुती गर्नु, महसुस गर्नु, चिम्लिएका बन्द आँखाले पनि देखेर अन्तरह्रिदयलाई छाम्न सक्नु नै जिबन हो, प्रेम हो, बिनास्पर्स गरेर गरिने अनुभुतिनै आत्मासन्तुस्टिनै लिनु दिनु र जिउनु पनि हो जिबन, शायद यिनै अभाव भित्रको प्राप्ती हामी दुबैकोलागि उ सँधैको लागि मेरो कृष्ण होर, म उस्को सँधै राधा भएर रहनेछु, अनी हामी दुबै आजिबन भनिरहनेछौ कि ! हामी दुबैको बिचको त्यो अभावभित्र हरेक शब्दको पछाडि एटलिस्ट र सिर्फ कास यि दुई शब्दहरु हमेसा हाम्रोलागी एकअर्काको प्रतिद्वन्दी भएर उभिनेछ, यही एटलिस्ट र कास आज जिउने बहाना भएकोछ, किनकी हामीले एकलेअर्कालाई प्रेम गर्छौ भन्ने महसुस जाँदाजान्दै पनि ब्यक्त गर्न सकेनौ वा यो समाज संग युद्ध गर्न सकेनौ । 

बोल्दाबोल्दै उनी अचानक बिचैमा केहीबेर रोकिन, पुन लामो सास तान्दै बोल्न सुरु गरिन, म सुन्दै गए, उनी भन्दै गैन, जाडोमा प्रीय लाग्ने घाम पनि मौसम बद्लिदै जादा मन पर्न छोड्छन, त्यस्तैनै अहिलेको प्रेम पनि शरीर नसाटिदासम्म प्रीय लाग्छन, घन्टौसम्म बोलीरहुँ झै लाग्छन, कहाँ देखौ र कहाँ भेटौ झै भैरहन्छन, तर जब भौतिक शरीरको अस्लील स्पर्सपछी बिस्तारै मन्पर्न छोड्छन, टाढिदै जान्छन, र अन्त्यमा अस्लील प्रेमको हत्या भएरै छाड्छन्, समाप्त हुन्छ, यस्तो प्रबिर्ती अझ बिशेष गरेर नारी पात्रमा भन्दा पुरुष पात्रमा बढी मात्रमा छ, हो त्यस्तैनै अहिलेको नयाँ पिढिका युवायुवतिले प्रेमलाई शरीर संग यौन साट्ने र बैशको भारी बिसौने माध्यमा बनाएकाछन, तर हामीले गरेको त्यो बेलाको प्रेम छुनत परै जावोस आँखाले सिधै हेर्दा पनि कसैले देख्योकी भन्ने भय हुन्थ्यो, आमुने सामने परिहाले डर र लाजले कयौदिन मुटु काप्थ्यो, कौतुहल्ता छाउथ्यो, मन मस्तिस्क र सरिरमा कयौ दिनसम्म तरंग छाउथ्यो, एकातिर बाउआमा  आफन्त ले देख्यो कि भन्ने डर अर्को तिर गाउघरको कसैले देखेर के भन्ला भन्ने पिर तर प्रेम, प्रेमनै रहन्थ्यो, चाहे त्यो स्पर्स बिनाकोहोस, वा एककोस टाढैबाट आँखाले नियालेर होस, तिनै चोखो प्रेमको कारण आज मेरो साथमा राम र कृष्ण दुबैछन, म आँफैलाई धेरै भाग्यमानी सम्झन्छु, मेरो सिउदोको सिन्दुरको हक राख्नेलाई राम सम्झन्छु जस्ले मेरो शरीर संगको हक उसैले मात्रै राख्न सक्छ, अनी मनको भावलाई छुन सक्ने मेरो प्रेमलाई म सँधै कृष्ण सम्झन्छु जो उ बाहेक अब मेरो जिबनमा कोही आउन सक्नेछैन अनन्तकाल सम्म आजिबन, उनी बोल्दाबोल्दै उन्को कुरा बिचैमा काटेर मैले भने तपाईं साह्रै भाग्यमानी, भाग्यमानी मात्रै हैन महाभाग्यमानी त्यो सौभाग्य दुनियाँमा कमैले मात्रै प्राप्त गर्नसक्छ तर मेरो नजरमा त कृष्ण यौनपिपासु, नक्कले केटी घुमाउदै हिंड्ने छद्ममभेषी  बिम्बको रुपमा हेर्छु, मैले यतिभनिसक्दा मेरो कुरो बिचैमा काटेर अब्जेक्सन लगाउदै बोली उ, तर म फरक ढंगले देख्छु कृष्णलाई, राधा लीलालेखन सुन्नुहोस पुरै अनी चिन्नुहुन्छ कृष्ण केहो भनेर, उनी अलिक रिसको भावमा जंगिदै बोली, शायद मैले कृष्ण प्रती गरेको कटाक्ष्यले उस्लाई केही थोरै रिस उठेको हुनुपर्छ, उनी अझ अगाडि भन्दै गइन, मायालाई प्रेमको संज्ञा दिनेहरुले कृष्णको बदनाम गरेकाछन, रुक्मिणी संगत सारिरिक सम्बन्ध नराख्ने कृष्णलाई राधासंग जोडेर आफुलाई तुलना गरेर कृष्ण र राधाको सम्बन्धलाई बदनाम गरेकाछन भाको यतिमात्रै हो, बरु कृष्ण प्रती तपाईंलाई केही सम्सय भए लीलालेखन पुरै सुन्न अनुरोधगरे, कृष्ण प्रतिको सम्मान र उस्को प्रेम प्रती उस्को कती विश्वाश छ भन्ने उस्को लामै व्याख्या गराइले बताउथ्यो, उनको भनाइ प्रती म मौन हुँदै मनमनै भने आज देशमा त नेताले मात्र परिबर्तनको नारा लगाएकाछन, दिनदिनै हत्या हिंसा, बलत्कार चोरीडकैती भएकोछ, दिनदिनै सत्य हराएर असत्यको जित हुँदैछ, त्यसैले जबसम्म असत्यको नाश भएर सत्यले स्थान पाउदैन जुन परिबर्तनको लागि जरुरी छ, त्यस्तै भाव ब्यक्त गर्ने माध्यमा भनेको साहित्य हो, त्यो क्षेत्रमा सत्य छैन, किनकी साहित्यले जती प्रेमको अर्थ बुझ्छ त्यो भन्दा कयौ लाखगुना धेरै प्रेम इश्वरको स्वरुप हो, मायाले गर्दा इस्वर देखी बिमुख छ संसार भने असली प्रेम सन्सारले कहाबाट पावोस । 

रेलाठट्टा र हासोमजाक गर्दागर्दै अन्त्यतिर आइपुग्दा उनी निकै भाबुक र गम्भिर हुँदैथिन, मैले घडी हेरे, ओहो दिउसोको एक बजिसकेछ, मनमनै सोच्दै भने, अबत सुत्नुपर्छ नत्र भरे राती गाह्रोहुन्छ भन्ने सोच्दै उन्लाई भने, चन्द्रा जि, हजुर बोल्दाबोल्दै बिचैमा रोके है मैले, हेर्नुहोस्न यता दिनको एक बजिसकेछ रातिको डिउटिछ अब हजुरको मिलेछ भने भरे राती नत्र भोली फेरी बोलौन है, त्यसो गरे कसो होला? कुरालाई टुङ्याउन खोज्दै मैले असाय प्रकट गरे, चन्द्राले पनि आतिदै भनिन, ला....! मैले त बाबुलाई खाजा खुवाउनै बिर्सेंछु यता चार बज्न लागिसकेछ, हस हजुर पनि आराम गर्नुहोस म पनि खाजा बनाएर खुवाउछु केटाकेटिलाई, हस्त सर बाइ सि यु, हाँस्दै गूड्अनाइट भनिन, मैले पनि हस बाइ भन्दै कल काटे, उनीपनी तुरुन्तै अफलाइन भैन, अनी म पनि सुत्न तर्फ लागे, त्यसपछी रातभरको थकाई र निन्द्राले गर्दाहोला, कतिछिटो भुसुकै निदाएछु ।   

रचना- अर्पण योन्जन (शिरिष) 
मिती- १३, १४ र १५, कार्तिक २०७८ 
तदनुसार- २९,३० र ३१ अक्टोबर २०२१

Tuesday, October 26, 2021

कथा- भाग-१०, एउटा प्रेम यस्तो पनि ।



बेलुकिको चार बज्यो, घडीले चार बजाए संगै आलारम फिट गरेर राखिएको टेबलको घडीले उठ्ने संकेत गर्दै कानको जालिनै फुट्ने गरेर टिङ्रिङ्ग टिङ्रिङ्ग लगतार बजिरहयो, जतिबेला सम्म म उठेर त्यस्लाई अफ गरिन तब सम्म मलाई उठ्न गाली गरिरहयो, सुत्न भनेपछी म साह्रै सौखिन, सुत्योकी मलाई लरतरो निन्द्राले छोड्दै छोड्दैन, जती सुत्यो उती सुत्न मन लाग्छ, अझै झन डिउटी जाने समय भएपछी त अझै दश मिनट जती सुत्न पाएपनी हुन्थ्यो झै, लाग्छ, तैपनी घडीको लगतार कचकचले गर्द म उठे, बाथरुम गए, नुहाइध्वाइ गरेर रूम फर्किए, खाना फ्रीजबाट निकालेर ब्यागमा हाले, अनी आफ्नो युनिफर्म लगाएर तयार भए, दिउसै ड्राइभरले आज बेलुकी अलिक ढिलो हुन्छ होला है भनेर फोन गरेर भनिसकेको थियो, शायद त्यसैले होला म रुम बाट तयार भएर बाहिर गेटमा आएर गाडीको प्रतिक्ष्या गरेको पनि एक घण्टा बितिसकेको थियो, मलाई लामो समय सम्म कुर्नुपर्दा दिक्क लागिसकेको थियो, अलिअली भित्रभित्रै रिस पनि उठ्दै थियो, फेरी एकमन्ले सोचे म रिसाउनुको कुनै तुक छैन, उस्को गल्ती पनि छैन, किनकी उस्ले त दिउसै कल गरेर बेलुकी अलिक ढिलो हुन्छ होला दाई त भनिसकेको थियो, त्यसपछी म फेरी भित्रै रुममा फर्किएर बस्न मात्रै के लागेको थियो, फोनको घन्टी बज्यो, गोजिबाट मोबाइल हतारहतार निकाल्दै रिसिभ गरे, कल ड्राइभर भाईको थियो, दाई सरि है, ढिलो भयो मान्छे ड्रप गरेर आउँदा, हजुर कहाँ हुनुहुन्छ, म बाहिर गेटमा आइसके, बस्नै मात्रै के लागेको थिए उस्को कल पछी हस म आए भन्दै कल काटेर बाहिर निस्किए, गाडीमा बसे, सिटबेल्ट लगाए, गाडी पूर्व तर्फ हुइकियो, हाम्रो काम गर्ने थलो तर्फ, संधै गाडीमा बस्ने बित्तिकै गाडीमा नेपाली दोहोरी घन्काउदै हसिलो मुहारमा गाडी हुइकाउदै ड्राइभिङ्ग गर्ने त्यो भाई आज चुपचाप थियो, मैले उस्को अनुहारमा हेरे, उस्को अनुहारमा प्रस्ट देखिन्थ्यो, उस्लाई आज कुनै तनाब छ भनेर, किनकी उस्को अनुहारमा कुनै खुशीको चमक थिएन उस्को, उसैत कालो बर्णको मान्छे झन चुपचाप भएर एकोहोरो अगाडि बाटोको लेन लाई मात्रै हेरेर ड्राइभिङ्ग गरेरको देखेर आज के भएछ यो मान्छेलाई भन्ने सोच्दै उस्को नियाउरो परेको मुखमा हराएको त्यो हासो र खुशी ल्याउने कोशीस गर्दै कुराको गाठो फुकाए, केभो कालु, आज चुपचाप् छौ, बोल्दा पनि बोल्दाइनौ, केभयो, उनी दाङ तिरको चौधरी भाई थियो, उस्ले आफ्नै भाषा निकाल्दै भन्यो, सारके के भनुम म दाई, आज अफिसमे धनेले मेरो गाडी लगेर गएको थियो, मार्केटमे अर्को गाडीलाई ठोकी दिएर आएछ, मैले बहुत गाली खान पर्‍यो, अथि हामरा दुई हजार रियल काट्छु भनेकोछ अफिसले, बहुत तनाबमा छु दाई, तपाईं आँफै भन्नुहोस् त अरुकसैले गाडी ठोक्छत मेरो के गल्ती, फेरी मैले आफ्नो खुशीले गाडी दिएको पनित हैन, अफिसकै कामले मेनेजरले नै दे भनेर दिएकोत होनी, मेरो केको दोश, निक्कै आक्रोसित भएर रिसले फन्फनिदै आफ्नो कुरा फटाफट भन्यो, मैले उस्लाई शान्तावना दिदै भने, ए ! त्यती नै हो, जाबो त्यतिको लागि केको तनाब लिएकोत नि, पिर गर्नु पर्दैन, सब ठीक हुन्छ, कहाँ ठीक हुनु दाई हामी जस्तो थोरै तनखा हुनेले कौन पैसाले तिर्ने होर, फाइन जती आफ्नो गोजिले भर्ने गाडी चै कौन कौनले ठोक्दै हिंड्ने, अनी घरमे के पठाउछु म, उस्ले आफ्नै भाषाको लवज समाउदै जङ्गिदै तनाबपूर्ण नेपालीमा जवाफ दियो, उस्को जवाफ मलाई खुब रमाइलो लागेको थियो, रमाइलो यो अर्थमा होइन कि उ तनाबमा छ, उस्को पैसा काटिन्छ, रमाइलो यस अर्थमा उस्को नेपाली भाषा पनि आफ्नै जातिय भाषाको लवज मिसिदै आउँदा रमाइलो लागेको थियो, उ बोल्दै जावोस अनी म त्यो बाङ्गोटिन्ङो नेपाली भाषा सुन्दै जाउँ, अनी उस्को त्यो मासुम चिटचिहाट संगै म फिस्स हासे, मेरो हासोले शायद उस्लाई झन तनाब थपिएको हुनुपर्छ, तपाईं हास्नु भाछ, अथि, हामीको कत्रो तनाब छ, उस्ले अरु आफ्नो दिक्दारी प्रस्तुत गर्‍यो, तिमी पिर नगर म हेडअफिसको एच आर डि मा कलगरेर भनिदिउला तिमीले ठोकेको होइन भने, किन तनाब लिन्छौ बेकारमा, मैले यती भनेपछी अलिक हसिलो अनुहार पार्दै भन्यो, होर दाई ? लन हजुरले त्यती भनिदिनुहोस, नत्रत मेरो त पुरै महिनाको तनखा गैहाल्छ, एच आर डि मा हाम्रै नेपाली त्यो पनि आफ्नै साथी भएकोले सजिलो थियो सोदखोज गर्नलाई, त्यसैले मैले पनि तुरुन्तै फोन लगाए अफिसमा, हौ सेवारो है सम्धी साप, साथी पुर्बी नेपालको पान्थर फिदिम तिरको लिम्बु भएकोले मैले लिम्बु भाषामै अभिबादन गरे, किन कि हामी साथी भएपनी एकले अर्कालाई जिस्किएर सम्धी भनेर सम्बोधन गर्थ्यौ, उताबाट पनि जवाफ आयो, हाउ सेवारो है सम्धी साप, अनी केछ हौ सम्धी साप, हौ ठिकैछ हौ भन्दै कुरालाई अगाडि बढाए, हैन आज धनेले गाडी ठोकेको भन्दै थियो यहाँ बिजयले उस्को पैसा कटिनेभो भनेर फुन्फुनाइ रहेकोछत, खै गाडी ठोके भन्दै थिए केटाहरुले इभ्वाइस आकोहोला उस्को नामको, उताबाट साथीको आवाज थियो, अनी फेरी मैले सोधे, हैन धनेले गाडी ठोकेको अनी पैसा चै किन उस्ले तिर्नेनी सम्धी साप, हैन गाडीको इस्तिमारा उस्को नाममा भएकोले उस्को नामबाट काटिने हो तर पैसा चै धनेले तिर्नुपर्छ, साथीको जवाफ थियो, हामीले नेपालमा गाडीको आधिकारीक कानुनी कागजपत्रलाई ब्लुबुक भने जस्तै यहाँ पनि ब्लुबुक संगै गाडीको पनि परिचय पत्र हुन्छ, त्यस्लाई इस्तमारा भन्ने चलन छ अरबिक हरुको भाषामा, यहाँको ईस्लामिक कानुन अनुसार जस्को नाममा गाडी रजिस्टर गरेको हुन्छ उसैको नाममा ट्राफिक फाइन आउने गर्छ, मैले मोबाइलमा कुरा गर्दा स्पिकर आउट गरेर बोलेको हुनाले बिजयले पनि सुनिरहेको थियो, उता बाट सम्धी साप यानिकी मेरो साथीको कुरा सुनिरहेको थियो, उताको जवाफ सुनेपछी भने केही मनमा थोरै सम्सय राख्दै अहिले भने ९५% प्रतिसत अनुहारमा उज्यालोपन ल्याउदै भन्यो, दाई हजुरलाई बहुतबहुत धन्यवाद छ है, अथि दुई दुई हजार रियल काट्दा त, मत मरी हाल्छु, उ केही हलुका हुँदै भन्दैथियो, हुनपनी हो, दुई हजार रियल भनेको नेपाली सानोतिनो चान्चुने रकम थिएन, अहिलेको चलेको रेटमा पनि सिधै ६० हजार नेपाली हुन आउथ्यो, एकपल्ट ट्राफिक भोइलेसन हुँदा नेपाली ६० हजार काटिन थाल्ने हो भनेत सालभरमा लाखौं रुपैया यतै छोडेर घर फर्कनुपर्छ, कयौ ड्राइभर हरुको यस्तै हालत भएर ५/६ महिनासम्म कहिलेकाहित घरमा पैसा नै पठाउन पाउदैनन, यहाँ कम्पनिले पनि जस्को नाममा गाडी दर्ता गरेर देकोछ उसैको जिम्मेवारीमा गाडी छोडेको हुन्छ, ट्राफिक भोइलेसन जती आउछ कामदार आँफैले तिर्न पर्ने नियम बनाउछन, त्यस्तो कम्पनिले यस्तो नियम नबनाउने हो भने ड्राइभरहरुले पनि गाडी जतासुकै कुदाउने लापरबाही गर्ने ट्राफिक नियम पालना नगरेर कम्पनिलाई डुबाएर छोड्छन, त्यसैले त्यस्तो नियम बनाएपछी ड्राइभर आँफैले अलिक ख्याल राखेर गाडी कुदाउछन । 

गाडी १५० को गतिमा हुइकियो, मैले एकसय बिस मुनी कुदाउन आग्र गरे, अघी भर्खरसम्म तनाबमा रहेको अनुहारलाई उज्यालो बनाउदै भन्यो, सर तपाईं नडराउनुहोस् म सुरक्षित पुर्याउछु तपाईंलाई, अघी भर्खर सम्म दाई भनेर सम्बोधन गर्ने मान्छेले बोली फेरेर म अहिले उस्को सर भएकोछु शायद अघिको त्यो अफिसमा कल गरिदिएको असर हुनसक्छ, मान्छेलाई आफुलाई हुदो हुँदा मात्रै बोलाउने सम्बोधन र साईनो बोलिहरु फेर्छन त्यसैले उस्को पनि गल्ती होइन किनकी उ पनि यही धर्तिको मान्छे नै हो, अलिअली त्यो गुण त सबैमा भैनैहाल्छ, एकतमासले हावाको बेगमा गाडी निरन्तर गुडिरहयो, लामो यात्राले गर्दा मलाई केही निन्द्रा जस्तो लागेर आयो, अस्पट महसुस गरे, उस्लाई गाडीमा गित बजाउन आग्रह गरे, उस्ले गीत बजायो, गीत बज्न थाल्यो, चोली के पिछे क्या हे, चुनरी के निचे क्या हे, मैले गित बजेको पाँच सेकेन्ड पनि हुन नपाउदै अनुहार खुम्च्याउदै भने धत यस्तो पनि गीत हुन्छ, त्यो पनि कुन जमनाको गीत हो, मेरो कुरा सुनेर उस्ले हाँस्दै भन्यो, ल सर यस्तै गीत त होनी लामो यात्रामा सुन्ने नत्रत निन्द्रा लागि हाल्छनी, उ दिल खोलेर हास्यो र पुन अर्को गीत फेर्यो, अहिलेभने गित गजबको थियो । 
बर्ष र दिनको रमाइलो चाड 
गाउँघरमा आइपुग्यो 
नेपाली जनको महान पर्ब 
आँगनमा आइपुग्यो 
हो दसैं आयो, दसैं आयो, 
कोदो फुल्यो बारीमा लरी लै 
धानको बाला झुल्यो खेतैमा । 

एक घण्टाको लामो अत्यास लाग्दो यात्रा अनी गाडीको हुइकाइको रफ्तार त्यसमाथी दसैंको गित बज्दा आफ्नो देशमा घर आँगन बाटघाटा जतासुकै दसैं भित्रीएको महसुस भयो, अहिलेनै भर्खरै दगुरेर घर पुगौपुगौ झै जस्तो भयो, गाडीको त्यो रफ्तार अनी दसैंको त्यो घन्किरहेको गितले मनमा केही रोमान्चक थपियो, त्यो हौसिएको मनले मोबाइल हेर्न मन लागेर आयो, त्यसैले डाटा अन गरेर ट्विटरतिर  छिरे, त्यहा कयौ ट्विट हरुको भिड भएको रहेछ, प्राय सबैको ट्विट् पड्दै गए, धेरैजसोले दसैंको शुभकामना पोस्टिदै थिए, जानअन्जान धेरैको दसैं शुभकामनामा मैले पनि लाईक र कमेन्ट गर्दैगए, यसरी नै ट्विटहरु पड्दै जादा एउटा यस्तो ट्विटमा अडिए, मन धमिलो भयो, साचिकै चाडपर्ब नजिकिदैगर्दा हरेक परदेशिएको नेपालीको मन न्यास्रो बनेर रुन्छ, आफन्त वा साथीभाइको गाउको सम्झना आउछ, झन परिवारको त सम्झना र याद भन्ने नआउने कुरै भएन, ट्विट पढे, पोस्टिएको टुइटले मन छुयो, मनमनै ति पोस्टिएको हरेक टुइटहरुको नोमिनेट गरे, नोमिनेट गर्दा मेरो मनले त्यही टुइटलाई टुइट अफ द डे मान्यो, ट्विटमा लेखिएको थियो,आजभोली उ बोल्दैन, खै किन हो कुन्नी थाहा छैन, तर मैले महसुस गर्न सक्छु, घर परिवार बाट टाढा बसेको त्यो पर्देशिलाई, दसैं आउँदा घरपरिवार, इस्टमित्र साथीभाइ आफ्नो जन्मघरको यादले त्यो मनमा कती ज्वराभाटा हरु निस्किएका होलान भनेर, जहाँ छौ, जस्तो अवस्थामा छौ, त्यही खुशी भएर रमाउनु है परदेशी, टुइटको अन्तिममा मुटु अंकित इमोजी पनि पोस्टिएको थियो, टुइट कस्को लागि थ्यियो वा थिएन थाहाभएन, तर टुइटको सारम्सले लाग्थ्यो उ पनि कुनै आफ्नो परदेशिको सम्झनामा, वा कयौ दिन देखी संबादबिहिन भएर बिछिप्त बनेको थियो, उ पनि शायद कोही आफ्नो प्रीय मान्छेको सम्झनामा चाडपर्ब नजिकिदै गर्दा मनहरु बिहल बनेर बिरही भनेको थियो, शायद उ आफ्नो प्यारो मान्छेलाई सम्झना चाहन्थ्यो, खैर जेहोस, यस्ता टुइटहरुले शायद म जस्ता कयौ परदेशिको मन छुएको हुनुपर्छ, मन छुनु मात्रै होइन मन रुएको पनि हुनपर्छ, किनकी जिम्मेवारीको भारिले थिचिएको एउटा परदेशिको बाध्यता यस्तै टुइटहरुले भने जस्तै हुन्छन, कयौ दिन देखी आफ्नो परिवार सखीहरु संग भेट्न रमाइलो गर्न पाएका हुँदैनन तर हरेक परदेशिको आफन्तहरुले यस्तै भन्दा हुन, यस्तै भावहरुमा कती परदेशीहरु आशुको ढिका खसालेर नुनिलो आशुमा रहर र इच्छा हरु साट्न वाध्य हुँदाहुन, जन्म दिने ति बाउआमा, भर्खरै विवाह बन्धनमा बाधिएका नवजोडीहरु होस् या सन्तानका जिम्मेवार पिता बनिसकेका प्रीय दर्शनिहरुको पती हुन ति सबै आफ्नो सपना रहर इच्छा चाहना लाई बन्धकी राखेर, सन्तानको सुन्दर भबिस्य खोज्दै सपनाको पिरामिड बनाउदै एउटा अकल्पनिय सुन्दर र मिठा उडान भरेर परदेशिएका हुन्छन, मरुभुमिको शहर भनेर चिनिने साउदी कतार दुबइ र मलेशिया हरुमा, तिनै टुइटमा भने जस्तै मेरो मन भित्र पनि कयौ ज्वारभाटा हरु उर्लन्छन अनी सेलाउछन मनको अद्रिश्य माझेरिमा । 

गीतको भाव, गाडीको रफ्तार, उराठ लाग्दो मरभुमिको बालौटे जमिनको बिचैबिच लमतन्न परेर सुतेको कालो अलकत्रे सडकलाई थिचोल्दै हामी बल्ल एक घण्टाको यात्रा पछी अफिस पुग्यौ, आजको पहिलो शनिबारको दिन, आजैबाट मेरो पद्दोन्नती भएको जागिरको जिम्मेवारी पनि सम्हाल्नु थियो, म डिउटी कोर्डिनेटर बाट डिउटी अफिसर भएको थिए, जुन मलाई सरप्राइाज्को रुपमा कम्पनिले मेरो जन्म दिनको दिन बर्थ डे मनाउदै दिएको थियो जस्लाई मैले आजबाट निभाउदै थिए, डेढ घण्टा ढिलो गरी पुगेको अफिस्मा रात्रीकाली सबै स्टाफहरु आएर आआफ्नो काममा लागि सकेको रहेछ, अफिसको अफिस ब्वाइ लाई बोलाएर रिसेप्सनमा जम्मा हुन भने, सबैजना भेला भए, सबैलाई रात्रीकालिन अभिबादन गर्दै भने, सबैले मलाई चिन्नै भाकोछ, बस आज देखी मेरो जिम्मेवारि फेरिएकोछ, म तपाईंहरुको डिउटी सिफ्ठ अफिसर हो, केही समस्या भए वा केही आवश्यक परे मलाई भन्नुहोला, बाँकी तपाईंहरु सबैलाई कामको बारेमा थाहा छदैछ, आगामी आउने दिनमा पनि तपाईंहरुको साथ सहयोग, पहिले झै हुनेछ भन्ने विश्वाशछ, कुनै पनि काम सफल तरिकाले सम्पन्न हुनलाई टिमवर्कको आवश्यकता हुन्छ, त्यसैले हामी सबैले एकले अर्कालाई सहयोग गर्दै पारिवारिक बातवरण निर्माण गर्दै हामी हाम्रो काम सम्पन्न गर्नेछौ, अहिलेको लागि पुन एकपल्ट यहाँ हरुको सहयोगको अपेक्ष्या राख्दै धन्यवाद भन्न चाहान्छु, धन्यवाद, मैले छोटो जानकारी दिएपछी सबैले बधाई सर भन्दै आ आफ्नो काममा लागे, म पनि बेलुकिको रिपोर्टिङ र अघिल्लो सिफ्ठ अफिसरले गरेको कामहरुको फेहरिस्ता हेर्दै आफ्नो काम सुरुगर्न तर्फलागे । 


निन्द्राले सताएपनी रातिको डिउटिमा काम भने खासै हुँदैन, त्यसैले केही एमेर्जेन्सी कल र काम बाहेक प्राय अरुकेही हुन्न, स्टाफहरु पनि सबै आआफ्नै अफिसमा कम्युटर र मोबाइलमा घोत्लिएका हुन्छन, टेक्निसियन हरुपनी कोही निदाएका हुन्छन, कोही मोबाइल खेलाउदै बसेका हुन्छन, कोही अफिसको पेन्ट्रीरुममा चियाकफी पिउदै गफिएका हुन्छन, भने कोही रिसेप्सनमा टिभी हेर्दै बसेका हुन्छ, मलाई पनि निन्द्रादेबिले हलुका च्याप्दै थियो, बेलाबेला कुर्सिमै ढल्किदै टहलाउने कोशीस गर्दै थिए भने घरि कम्युटरको अगाडि टेबलमै टाउको राखेर झुलाउथे, जसोतसो निन्द्रा भागाउने कोशीस गर्थे तैपनी रातको बार्ह बजेपछी बिहानको चार बजेसम्म निन्द्रा टार्न हम्मे पर्थ्यो, जब बिहानको चार बज्थ्यो त्यस्पछी भने निन्द्रा आँफै आफ्सेआफ भागथ्यो र फ्रेस महसुस हुन्थ्यो, त्यसैले रातिको बार्ह बजेदेखी बिहानको चार बजेसम्म रातिको डिउटिमा सबैभन्दा मुस्किल समय हुन्थ्यो, मलाई पनि समय कटाउन गाह्रो भयो, एकपल्ट बाहिर निस्किए, अक्टोबर महिनाको अन्तिमतिर भएकोले होला मौसम चिसिदै थियो, सररर एकपल्ट अफिसको चारैतिर एक चक्कर लगाए, त्यतिले नपुगेर गल्फकार को चाबी निकालेर क्याम्प को चारैतिर दुई फन्को लगाए, त्यस्पछी भने गालामा चिसोले हानेपछी भने निन्द्रा लाग्नलाई अलिक कम भयो, भित्र छिरे, क्याम्पको चक्कर लगाएपछी केही ठाउँमा बत्ती बिग्रीएको देखे र रिसेप्सनमा जब अर्डर बनाउन लगाएर इलेक्ट्रीसियन फारुक र पल डिसुजा लाई बनाउन पठाएँ, क्याम्पको उत्तर पटिको भागको बगैचामा पानीको नल फुटेर पानी बाहिर खेर गैरहेको रहेछ, दुइजना प्लम्बर रमेश र भिनेस लाई त्यता पठाएँ, उनिहरु पनि आआफ्नो टुल्स लिएर लोकेशन तर्फ हिंडे, म भने भित्र अफिसमा बसेर केही रिपोर्ट हरु बनाउन लागे, कम्प्युटरमा काम अपडेट गरिसकेर, पुन अघिको जस्तै झुल्न थाले, चिसोमा त्यत्रो राउन्ड लाएर फ्रेस भएर आउँदा पनि निन्द्राले पछ्याउन छोडेन, निन्द्राबाट भाग्न कती कोशीस गर्दा पनि नसकेपछी पेन्ट्रीरुम तिर लागे, कफीम्याट हालेर कप भरी कफी लिएर हातमा चुरोट सल्काउदै अफिस बाहिरको भर्र्याङ्ग मा निस्किएर आकाश नियाल्दै कफिको चुस्किमा चुरोटको धुवाँमा जिबन उत्सर्ग गर्न थाले, आकाशको मध्यभागमा रातको चन्द्रमा आएर खिस्स हासेझै प्रतित हुन्थ्यो, दसैंको नजिकै आएकोले गर्दा होला चन्द्रमा पूर्ण गोलाकार हुने तर्खरमा थियो, हामीले काम गर्ने अफिस देखी दश किलोमिटर पर ग्यास प्लान्ट थियो, प्लान्टको बिजुलिको उज्यालो म भएको ठाउँँ सम्म आएको थियो, चारैतिर सुन्सान चकम्मनता बाहेक केही थिएन, बेलाबेला टाढामा देखिएको मुख्य रोडमा केही गाडीहरुको घ्वाँ... गरेर एकोहोरो आवाज मात्रै सुनिन्थ्यो, रातको त्यो निरास लाग्दो समयमा नत कुनै लाटोकोसेरोको एकोहोरो आवाज, नत कुनै कुकुर भुकेको आवाज, नितान्त शुन्सान समय, कुनै सानो पात खसेपनी खस्याक्क आवाज आउने बातावरण, यस्ता द्रिश्यहरु नियाल्दै छिनभरमा चुरोट र कफी संग आफुलाई साटिए, चुरोटको समाप्ती संगै पुन भित्र प्रबेश गरे मोबाइलमा श्वेताता मैनाली द्वारा लेखिएको शिव पारीयारको आवाज रहेको गित लगाएर कुर्सिमै अगाडि पछाडि गर्दै सानो बच्चा कोक्रोमा झुला खेलेझै झुलिदै मनमा केके अनेकौ तर्कनाहरु सोच्नथाले, के सोचिरहेको थिए, म स्वयमलाई त्यो मध्यरातमा थाहा थिएन बस गित एकोहोरो बज्दै थियो बजी रहयो । 

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी।
समुन्द्रै पारी, जोड्यौ नि दिल, नभेटी नभेटी।२
बारी यो ठुलो, दिलैको मेरो।
रोप्यौ है कान्छी, के त्यस्तो चिज, तिमीले।२
फक्रे नि म त, मायाको डिलमा।२
नभेटी नभेटी।

गीत बज्दै गयो, बज्दै गयो, निरन्तर बजिरहयो, जसरी गितले भन्दै थियो,लगायौ माया साट्यौनी मुटु नभेटी नभेटी, समुन्द्रपारी जोड्यौनी दिल, नभेटी नभेटी, साचैनै गितले भनेजस्तै गरेर जस्ले माया देखाएकी थिन, अनी जस्लाई म माया गर्न थालएको थिए, जस्को सम्पूर्ण मोहमा डुबेको थिए, हरपल हरक्षण यादहरुको पहाड बोकेर, जस्ले मलाई न देखेकी थिन, नत मैले नै उस्लाई, दुबैजना अनभेटी थियौ, अनदेखी थियौ, हामी बिच यदी थियोत केवल सामाजिक संजालले जोडी दिएको भावनात्मक सम्बन्ध र स्नेह मात्र, भौतिक रुपले हामी दुबै अन्जान थियौ एक अर्काको लागि, बेखबर थियौ दुबैको लागि, डिएमको संबाद बाहेक अरु कुनै कम्युनिकेसन भएको थिएन हामी बिचमा, तैपनी हामी कसरी थाहैनपाई नजिकिएका थियौ, कहिलेकाहित सोच्छु, यो भावना र मनको सम्बन्ध मान्छे मान्छे बिचमा कसरी स्थापित हुन्छ होला, कोशौदुरी टाढा भएरपनी यो नास्वर शरीरको रक्तसन्चार हरुले एकले अर्कालाई कसरी अपनत्व बनाइदिन्छ होला, यहाँ सम्मकी मान्छेहरु बिना आवाजमै एउटा अद्रिश्य मेसेजको संबादको भरमै एकअर्कालाई दुबैहुनुको भौतिक महसुस गर्नसक्छन, एकअर्कालाई छुन सक्छन, आलिङन गर्न सक्छन, सरिरको हरेक अंगहरुमा स्पर्स गर्न सक्छन, चुम्न सक्छन, अनी मेसेज र इमोजिकै भरमा छिनभरमै हास्छन, छिनभरमै घुर्काउछन, छिनभरमै रुन्छन, अनी छिनभरमै एकलेअर्कलाई फकाउदै आलिंगनमा कस्छन र एउटा अद्रिश्य तृप्‍तिमा आत्मासन्तुस्टी लिन्छन, जिबन उत्सर्ग भएको ठान्छन, र प्रेमको नाउमा आत्मालिन हुन्छ यो मायाको मायाबी मोहनी मोहमा । 

तीन बर्ष पछी म नेपाल गएको थिए, नेपाल जानु अगाडि महिनौ देखिको प्रेमिल संबादहरुले हाम्रो भरपुर माया, प्रेम बिजारोपण भएकोथियो, म नेपाल आउँदैछु भन्ने उस्लाई सुनाएपछी आएको पहिलो दिननै हाम्रो भेट्ने बाचा भैसकेकोथियो, म नेपाल आउने र दुबैजना भेट्ने उत्सुक्ता र खुशीले उ खुब गदगद भएकिथिन, मेरो नेपाल आगमनले उस्को खुशीको कुनै सिमा थिएन, उ भन्दै थिन महाराज हजुर आउनुभएपछी सबै भन्दा पहिला म हजुरलाई हग गर्नेछु, तपाईंको अंगालोमा आफुलाई बेरेर हजुरको प्रेममा समाहित गराउनेछु, हजुरलाई मेरो दुई हातले बेस्सरी कस्नेछु, जोडले बाधेर हजुरलाई नघाइन्जेल चुम्नेछु, र चुमिसकेर हजुरको दुई कुममा हातराखेर आँखाले भो नभनिन्जेल एकनिमेशले नियाल्नेछु, उ यस्तै केके बर्बराउथिन, समय संगै नेपाल ओर्लिएको थिए, उनी मलाई एयर्पोर्टमै लिन आएकी थिन, हातमा पुष्प गुच्छा र खादा बोकेर पारीजात लेखिएको प्लेकार्ड बोकेर आगमन कक्ष्यको वेटिङ्ग लाइनमा उभिएकी रहेछिन, मलाई देख्ने बित्तिकै ग्वाम्लङ अंगालो हालेर welcome to nepal महाराज भन्दै स्वागत गरिन, त्यसपछी बल्ल हातमा फुलको गुच्छा थमाइ दिदै खादा लगाइदिन, ट्याक्सी उसैले रिजर्भ गरेर पहिले नै ठीक्क पारेर ल्याकिरहेछिन, हामी दुबै ट्याक्सिमा चडयौ, ट्याक्सी एयरपोर्टको मुलढोका हुँदै बाहिरियो, हामी केहीछिनमै पशुपती गौशला, चाबहिल, धोबिखोला, नारायणगोपाल चोक हुँदै गंगाबु बसपार्क पुगेर एउटा होटलामा छिर्यौ, होटेल ओयोमा रुम बुकिङ गरेर हामी रुम भित्र प्रबेश गर्यौ, भित्र मात्रै के पुगेको थियौ उस्ले कफी अर्डर गर्दै कल काटेर पुन एयर्पोर्टको झै झम्टेर फेरी अंगालो हालेर मेरो अनुहारभरी जुठो लगाइ, मभने असहज हुँदै उस्को शरीरमा आफ्नो हातले राम्रो संग कस्न पनि सकिरहेको थिन, उ भने निरन्तर मेरो राजा, मेरो महाराज अनेकन शब्दहरु बक्दै मेरो अनुहारभरी चुम्दैथिन, म उस्को स्पर्स र उस्को प्रेमले बिस्तारै पग्लिदै थिए, उस्को तातोतातो श्वास र उस्को मुखबाट निस्किएको अस्पस्ट आवाजहरुले पग्लिदैथिए, उस्को त्यो न्यानो अंकमालले मेरो सबै शरीर तातिएर आएको अनुभुती गर्दैथिए, उस्को कसिला तर फुल झै कोमल अंगालोमा कसिदै गर्दा उस्को टम्म मिलेको गोरो छाती र उस्को पुट्ट कसिएका बक्ष्यस्थलले मेरो छातीमा स्पर्स गर्दा म भित्रभिरै थकित हुँदैथिए, मेरो सरिरको नसानसामा तिब्रगतिले रक्तसंचार प्रभाह हुँदैथियो, उस्ले अनुहारको सबै भागमा चुमी सकेपछी जब मैले उस्को दुबै गालाको दुई तिर हातको पन्जाले बिस्तारै समातेर उस्को निधार, आँखा गाला हुँदै जब ओठमा चुम्न लागेको थिए अचानक मोबाइलमा रिङ्ग बज्यो, मोबाइलको रिङ्ग बज्दै गर्दा झसँग भएर उस्को गालाबाट हात हटाएर वास्ताबिक्तामा बिउझदा म अफिसको कुर्सिमा बसेर एकोहोरो भएर टोलाई रहेको रहेछु, हतारहतार कल रिसिभ गरे, कल कुनै गेस्टको रहेछ, उस्को रुममा पावर सटडाउन भएकोले कल गरेकोरैछ, मैले रिसेप्सनमा जानकारी गराउदै टेक्नेसियन पठाउन भने, म भने यत्रो बेलासम्म गितको सुरसंगै आफ्नो पनि सुर गुमाउदै कल्पनामै हराइरहेको रहेछु, कहिलेकाही कल्पनाहरुपनी सपना जस्तै मिठा हुन्छन, तर झुटा हुन्छन, असत्यहुन्छन, जसरी सपनाबाट बिउझदा खाली ओछ्यान र संगै एक्लो रिसानी मात्रै हुन्छ, त्यस्तै कल्पनाको संसारपनी मिठो हुन्छ, सुन्दर हुन्छ, छिनभरमै, प्रेम बस्छन, विवाह हुन्छन, दुई जोडीहरु सम्भोग गर्छन, सन्तान जन्मिन्छन, संसारको सबैभन्दा सुखी परिवार बन्छन, तर ति सबै दन्त्यकथाको मिथक जस्तै मिथ्या हुन्छन, जुन मिनेटभरमा कल्पिएर मिनेटभरमै ति घरहरु ध्वस्त हुन्छन, परिवार हरु सबै बिखन्डन हुन्छन निमेसभरमै सकिन्छन, बिलाउछन, समाप्त हुन्छन, शायद पुडापाकाले त्यसैले भनेका होलान सपनामा लड्डु खाए जस्तो जिन्दगीमा हुन्न भुराभुरी हो भनेर । 

फोनको घन्टी संगै टुटेको मेरो कल्पनाको उनिसंगको मधुर मिलन, क्षणभरमै भाताभुङ्ग भयो, सपनाको संसारबाट वास्ताबिक धरतालमा फर्किदा म पसिना पसिना भएकोरहेछु, मुटुको केही चाल बढेकोरहेछ, हात र पाउ केही थर्थराए जस्तो, ओठमा कम्पन भएजस्तो महसुस भएको रहेछ, सम्झिए, कल्पना नै सहि, आहा कतिमिठो मधुरमिलन हामी दुई बिचको, त्यो कम्पन र उस्को तातो उस्णलाई सम्झिदै आँफैलाई लाज लागेर आयो, अफिसको ढोकाबाट बाहिर नियालेर हेरे, कतै मेरो अनुहारको एक्स्प्रेसन प्यासेजको कुनाबाट अरुकसैले हेरिरहेकोछ कि भनेर, कसैलाई देखिन, अनी आँफै पागल झै मुसुक्क मुस्कुराएर ढुक्क बने, घडी हेरे, मध्यरातको १:१५ बजेको रहेछ, यतिमैमा मोबाइलमा मेसेजको नोटिफिकेसन बज्यो, मेसेजमा हेरे, मेसेज तिनै नवआगन्तुक अन्जान मान्छेको थियो, गूड मर्निङ सर, हजुर त, डिउटिमै हुनुहुन्छ होला है, मैले पनि गूड् मर्निङ हजुर, जवाफ फर्काए, हजुर डिउटिमैछु, अनी हजुरको उठ्ने बेला भयो, मैले प्रतिप्रश्न गरे, उनले तुरुन्तै जवाफ दीन, उज्यालो पनि हुन लाग्यो, फेरी निन्द्रा पनि लागेन, हजुर डिउटिमै हुनुहुन्छ होला भनेर बोलाएकी हुँँ, बिहानको उज्यालो पनि खस्न नपाउदै यो झिस्मिसेमै सम्झिन मन लाग्छ र हजुरलाई पनि, उताबाट हासेको इमोजी मात्रै आयो, मैले फेरी अर्को प्रश्न तेर्साए, किन हास्नुभएको मेरो कुराले जोकर जस्तै लाग्यो हो, उताबाट उत्तर आयो, हैन हैन, तपाईंको बोल्ने शैली कती मिठोछ, ठट्टा गरेको पनि कती माधुर्य बोली झै लाग्छ, मेसेजमा पनि बोलिकै झल्को आउने गरेर बोल्नुहुन्छ, उनको प्रसम्सा आयो, म पनि केकम, उत्तर फर्काए, सुरुसुरुमा सबैलाई लाग्ने त्यस्तै हो हजुर, बोली मन पर्छ, साथ मन पर्छ, बात मन पर्छ, दुबैको हात मन्पर्छ, अनी रात मनपर्छ, यि सबै सकिएपछी झर्को लाग्न थालछ, भन्दै हासेको र लजाएको दुइटा इमोजी पठाएँ, उताबाट तुरुन्तै जवाफ आयो, है, कुरा गर्न त कस्ले पो सकोस र हजुरलाई, फेरी हाहाहा, दुबै हास्यौ मेसेज र इमोजिकै भरमा, निन्द्राले थकित हुन लागेको बेला उस्को आगमनले केही फ्रेस महसुस भयो, केही उमंग छाएर आयो र मैले कुरालाई लम्ब्याउदै सोधे, ए साची धेरै दिनदेखी हजुरलाई एउटा कुरा सोध्न मन लागिरहेको थियो, सोध्न सक्छुहोला, उताबाट हस भन्दै हातको थम्स पठाइन, मैले पुन सोधे, सुन्नुहोस्न, हामी बोलेको पनि यतिका दिन भैसक्यो तर आजसम्म तपाईं कोहोभन्ने सम्म पनि थाहाछैन मलाई त, अन्यथा अर्थ नलागोस है हजुर, प्रतेकदिन जसो बोलेकाछौ, दु:खसुख रेलाठट्टा पनि गर्छौ तर आजसम्म हाम्रो औपचारिक परिचयनै छैन, हजुरको शुभनाम केहो, कहाबाट हुनुह्न्छ, केगर्नुहुन्छ, केही थाहाछैन मलाई त, भन्न मिल्छ भने परिचय गरौन, उताबाट हासेको इमोजी संगै जवाफ आयो, अनी मेरो परिचयत टुइटरको प्रोफाइलमै छत पढ्नुभएनर ? मैले जवाफ फर्काए तर त्यहात केही अल्फाबेट र अंकहरु मात्रैछन त, कसरी हजुरको परिचय भयोर त्यस्तो, पुन उताबाट हाँस्दै भनी, सरि सर, मैले हजुरलाई ठट्टा मात्रै गरेको, खासमा मेरो नाम चादनि हो, तर घरका सबैले चन्द्रा भनेर बोलाउछन, साथीहरुले पनि चन्द्रा नै भनेर बोलाउछन, कहिलेकाहित म आँफै झुक्किन्छु मेरो नाम केहो भनेर, अनी कहिलेकाहित सोध्छु आँफैलाई म चादनि हुँँ कि चन्द्रा भनेर, घर नवलपरासी हो, विवाह पस्चात हाल काठमान्डौ, सालले राजाधानी बसेको दश बर्ष भयो, एक सन्तानको आमा, अनी मेरो रामको एक्ली सिता, मास्टर्स सकेर बेरोजगारी ग्रिहिणी भएर बसेकिछु, केही काम छैन, दिनभरी बाबु हेर्ने र बेलुकी श्रीरामजी को सेवा गर्ने, यही हो मेरो परिचय सर, मैले नामको परिचय मागेको उताबाट उन्ले त पुरै जन्म कुन्डलिनै लेखेर पठाइन, मैले धन्यवाद म्याम भन्दै आभार ब्यक्त गरे, त्यसपछी हाँस्दै, आँफैले मेरो परिचय सोध्नलागि अनुरोध गरे,  हजुरको त नामै काफी छ, यदी प्रोफाइलकै वास्तबिक नाम हो भने परिचय मागिराख्न परेन मैले तर अन्य कुनैभए भन्नुभएहुन्छ, उस्को जवाफ पछी उम त्यही भन्दै थम्प्स पठाएँ । 

केही थोरै रेलाठट्टा र परिचयमा रातको दुई बज्न लागेको थियो, मैले कुरालाई अझ अगाडि बढाउँदै भने तर हजुरको नामै काफी छ, कती सालीन, शितल, अनी प्रेमिल, प्रेमिल मात्रै हैन अरबौ मान्छेहरुको प्रेमको बिम्ब जो सधैं चम्किरहन्छ, आकाशमा चादनि बनेर, हरेक प्रेमिहरुले आफ्नी प्रेमिकालाई दिने कोसेली वा उपहार नै पुर्णेको जुन हो, जस्लाई हामी चन्द्रमा, चाँदनी वा जुन भन्ने गर्छौ, उ हरेकलाई बाडिन्छिन, सबैको साझा सामुहिक उपहार बनिन्छिन, तर सँधै अमुल्य र पवित्र बनेर आकाशमा चम्की रहन्छन, हरेक माया गर्ने जोडीहरुको प्रीयसिको बिम्ब बनेर सँधै शितल्ता छरिरहन्छिन, कहिलै नझर्ने, कहिलै नओलाउने गरेर, अजर अमर बनेर त्यो निलो आकाशमा कसैको मन नदुखाइ, मैले उनको नामको यतिलामो व्याख्या सहित मेसेज सेन्ड गरे, उताबाट मेसेज को रिप्लाई तुरुन्तै आयो, आहा मेरो नामको पनि यती मिठो अर्थ हुन सक्छर, कती मिठो बिम्ब बनाएर उभ्याइदिनु भयो मलाई, धन्यवाद हजुरलाई, मैले त आजसम्म मेरो नामको यती मिठो अर्थ निस्कन्छ सोचेको पनि थीन, म प्रेमिहरुको प्रतिक हुँँ वा हुन्छु भन्ने त थाहै थिएन, कवी न पर्नुभो, मलाई फुर्काउदै भनी, उनको कवी भन्ने शब्द संग मैले तुरुन्तै प्रतिबादगरे, कवी चै नभन्नुहोस् है मलाई, मलाई यो कवी भनेको मन पर्दैन, म कविता मन पराउछु, पढ्छु, सुन्छु, कहिलेकाही मनको रहर पोख्नलाई केही थोरै लेख्छु पनि तर म कवी होइन, किनकी ति कविहरुको झुन्डमा उभिन सुहाउदिन, म आफुलाई साहित्यको पूजारी भन्न रुचाउछु तर पारखी हैन, मेरो प्रतिबाद पछी हाँस्दै भनी, ओके हजुर ओके अब देखी कवी नभनौला हस खुश अबत, मैले केही जवाफ फर्काइन, म चुपचाप बसेको देखेपछी उताबाटै पुन अर्को मेसेज आयो, ओ हेलो जि, रिसाउनु भाको होर साचिकै ? प्लिज नरिसाउनुहोस्न है, बिन्तिछ हजुर रिसाउनु भयो भनेत मलाई नरमाइलो लाग्नेछ, तर एउटा कुरा साचोभन्छु, तपाईं मान्नुहोस् नमान्नुहोस् मेरो नजरमा त, हजुर साहित्यकार नै हो, मेसेज संगै हासेको इमिजो पनि, म भने उस्को मेसेज पड्दै उता टुइटरको टिएलमा गएर टुइट पोस्ट गर्दैथिए । 
 
ए दिल तुम बिन कही लग्ता नही हम क्या करे.......!
मनछुने गीत, अनी तिमी संगको आजको संबादले तिमी बाहेक यो मन कतै जानैमान्दैन, कसरी भनौकी म तिमीलाई भित्रभित्रै प्रेम गर्न थालेछु भनेर, टुइटको साथमा हासेर लजाएको स्टिकर पनि पोस्ट गरेको थिए, केहो यस्तो यो, खत्रै टुइट आएछत, हाँस्दै मेसेज गरिन, मैले टुइट गरेको लगतै उन्ले उतापनी हेर्न भ्याइहालेछिन, कोहो त्यो, जो संग प्रेम हुनथालेछ हजुरलाई, लौन मलाई पनि तिब्र जान्ने इच्छा भो, अनी हाँस्दै फेरी इमोजी, म पनि उस्को मेसेज आउने बित्तिकै एक्लै मुसुक्क हासे, सोचे, टुइटले काम गरेछ कि क्यायो, एकमनले त हजुरनै हुनुहुन्छ भनिदिउकी जस्तो लागेको थियो, फेरी त्यतितल गिरेर उस्को अगाडि आफुलाई चिनाउन पनि मन लागेन, र भने, ओइ यो कुरा गोप्यनै राखौला भन्ने गित थाहाछ हजुरलाई, थाहाछ तर किन, उनको प्रश्न, फेरी मैले उत्तर फर्काए, थाहाछ भने बुझ्नुहोस् कि दुलही भनेको घुम्टो भित्र नै भएको सुहाउछ, घुम्टो खोलेर पर्दा हटाएपछी त उ घरकी मालिकनी हुन्छिन, उनी बुहारी  हुन्छिन रहस्य की पोको हैन, जती छुपाउनमा मजाछ, घुम्टो खोलेपछी त्यो मजा कहाँ होलार, मैले हाँस्दै जवाफ फर्काए, उताबाट जवाफ आयो, टिएलमा पनि मलाईनै भनेझै लाग्ने चै किनहोला, संगै हासेको इमोजी, है, भनेर मैले टारिदिदै भने, अनी त्यता त बिहान भैसक्यो होइनर, उठने होलानी अब, उठने हो अब, उठेर चिया बनाउछु सबै बिउँझीसके, तर त्यो भन्दा पहिले हजुरलाई एउटा कुरा भनौकी भनेको सर, तर फुर्सदमा, कस्तो कुरा हो भन्नुहोस्न, मैले सोधे, आज हैन सर भोली भन्छु म, भोली अलिक फुर्सदमा पनि हुन्छु, बरु हजुरलाई पो कस्तो हुन्छ टाइम, मैले जवाफ दिए, डिउटी सकेपछी म खालिनै हुन्छु, भन्दा हुन्छ हजुरले, तर मलाई कौतुहल भोनित, उता बाट हाँस्दै भनी, कौतुहल हुनुपर्दैन, म भोली मेरो र मेरो कृष्णको कथा सुनाउछु, जहाँ हजुर जिबन्त रहनुहुनेछ, यसो भनेपछी म झन अचम्ममा परे, तपाईंको र तपाईंको कृष्णको कथा सुनाउदा म चै कसरी जिबन्त हुन्छुनी? मैले सोधेको जवाफ नदीई सर उज्यालो भैसक्यो अहिले लाई म जान्छु, भोली कुरा गर्नेछु हजुर संग, बाइ सि यु सर, शुभदिन हजुरलाई, यती भनेर उनी हतार हतार अफ्लाइन भैइन, म पनि रातभरीको कामको रिपोर्ट तयार गर्नतर्फ लागे, एकोहोरो बजिरहेको गितको ताल संगै उनिसंगको संबादमा समय कटेको पत्तै पाइन, यतिबेला सम्म बिहानको ४ बजिसकेको रहेछ, रिपोर्ट बनाउने काम सकेर म बाथरुम तर्फ लागे, त्यसपछी मुख धुएर पेन्ट्रीरुम तर्फ छिरे, कफी बनाए, बिहानिको पहिलो तातो बाफ माथि आकाशमा उडाउदै सुरुप सुरुप कफी पिउन लागे ।


रचना- अर्पण योन्जन (शिरिष) 
मिती- ९ र १० कार्तिक, २०७८ 
तदनुसार- २६ र २७ अक्टोबर २०२१ 

Friday, October 22, 2021

कथा- भाग-९, एउटा प्रेम यस्तो पनि ।


भोलिपल्ट बिहान आज शनिबारको दिन पनि मेरो बेलुकिको नाइट डिउटी भएकोले बिहान अलिक अबेर गरेर उठे, बिहान बिउझदा हिजो झै सुर्यले झ्यालको सानो खिट्किनी बाट पर्दालाई धकेल्दै भित्र नियाल्ने कोशीस गर्दैथियो, जसोतसो पर्दाको पारदर्सिता छिचोलेर मेरो सिरानी हुँदै मेरो आँखामा ठोकिन आइपुगेको थियो बिहानैको कलिलो सुर्य, बिहानको तेजिलो तिखो किरणले मेरो आँखाको ज्योति लोलायो, हत्केलाको छायाँ बनाउदै बाहिर पटी नियाले, घाम एकहात माथि आइसकेको रहेछ, तर हिजो जस्तै क्याम्पको कम्पाउन्ड ग्राउन्डमा होहल्ला गेम खेल्ने भिड थिएन, आज शनिबार देखी बिहीवार सम्म प्रायजसो सबैको डिउटी सुरु भएकोहुन्छ, त्यसैले पनि प्राय रुममा एकाध बाहेक सबै सुन्सान नै हुन्छ, त्यसैले बाहिरको होहल्लाको माहोल नदेखेपछी अलिकती नरमाइलो जस्तो लाग्यो, कताकता एक्लो भएको जस्तो महसुस भयो, अल्छिले गाजेर मनलाई भारी बनाउदै बेडमै घरि दाँया घरि बाँया गर्दै पल्टिरहे, केहीबेर पछी केही सिप नचलेर जिउलाई तन्काउदै ताउल बेरेर किचेन तर्फ लागे, किनकी सँधै कफी तोस बनाएर ल्याइदिने मगर भाई बिहानै पाँच बजेनै अफिस गैसकेको थियो, हुँदा प्राय उसैले बनाएर ल्याइन्दिन्छन बसेकै ठाउमा कफी तोस, अनी कहिलेकाही फाट्टफुट्ट मात्रै आफु बनाएर खाने गर्छु, त्यसैले मनले मानिनमानि अल्छि मान्दै किचेन गए, पानी गरम गरेर कफी बनाए ड्राइ तोस बनाएर खाएसके पुन रुम तर्फ नै फर्किए, सँधैको नियमित कर्म झै श्यामपु, साबुन, सेबिङ्ग क्रीम, रेजर बोकेर बाथरुमा तर्फ लागे, बाथरुमको फ्रेसहुने सबै कार्य सकेर पुन बेडमा बसेर नेट अन गरेर मोबाइल तर्फ नजर पुराए, मोबाइल अन गरे, मोबाइल मा नेट खोल्ने बित्तिकै फेसबुक ट्विटर टिकटकको पचासौ नोटिफिकेसन आएको रातो सिग्नल देखायो, पालैपालो सबै एप्लिकेसनको नोटिफिकेसन चिहाए, खासै त्यस्तो केही थिएन फेसबुक टिकटकमा, मात्रै कमेन्ट लाइक गरेको बाहेक अन्य नोटिफिकेसन केही थिएन, दुबैतिरको हेरिसकेर ट्विटर तिर छिरे, ट्विटरको वालभरी गूड मर्निङ अन्य ट्विट हरु असरल्ल छरिएका रहेछन, अनी त्यस्तै गरेर डिएम भित्र पनि प्रबेश गरे त्यहा पनि सबै साथीहरुको गूड मर्निङ विसलाई रिप्लाई गरे, अन्तिममा केहीदिन देखी अन्जान बनेर संग संबादमा रहेकी उनले पनि गूड मर्निङ पठाएकी रहेछिन जसरी हिजो अस्ती पठाउथिन, आजपनी उसैगरी लेखेकीथिन, गूड मर्निङ हजुर, अझै उठ्नु भएको छैन, कुम्भकर्न अझै कती सुत्नुहुन्छ, उठ्ने बेला भाको छैन, मायालु अनी आत्मिय मर्निङ विस थियो उस्को मेरो लागि, मेसेज पढिसकेर मैले पनि जवाफ फर्काए गूड मर्निङ हजुर, आराम छु, आरामको कामना गर्दछु, अनी मत बल्ल उठेको, उठेर पनि खासै केही काम छैन रात्रीकालिन डिउटी हो मेरो भनेर जवाफ सेन्ड गरे, शायद उनी बिहानको गूड मर्निङ विस गरेर बिहानको खानपिन भान्सको धन्दामा ब्यस्त बनेकी थिन होला, त्यसैले मेरो मेसेज सिन गरेको देखिएन, उताबाट जवाफ आएपछी केही अल्छि लाग्यो के गरौ कसो गरौ जस्तो भयो, रुमको बसाइ एक्लोपनलाई भागाउनलाई ठुलो आवाजमा बडेमानको स्पिकरमा शोभा गुर्तुको एउटा हिन्दी गीत बजाए, एकतमासले गीत बज्दै गयो, बजी रहयो एकाग्रतमा झन हराउदै गए, गित एकतामसले बजी नै रहयो,

रंगी सारी गुलाबी चुनरिया रे

मोहे मारे नजरिया सांवरिया रे

जाओ जी जाओ, करो ना बतियाँ

जी बाली है मोरी उमरिया रे

मोहे मारे नजरिया सांवरिया रे

रंगी सारी गुलाबी चुनरिया रे

पहनी सारी गुलाबी चुनरिया रे

मोहे मारे नजरिया सांवरिया रे

रि-मोडमा राखेर छोडि दिएको गित लगतार त्यही गित सकिदै दोहोरिदै बज्दै थियो, फेरी मेरो बानी पनि अचम्मको , मलाई कुनै पनि गित भित्रै दिल देखी मन पर्यो भने कती दिन सम्म त्यही एउटै गित रि-मोडमा राखेर घन्टौसम्म सुनिरहन्छु, गित संगै बगीरहन्छु, नजाने कहाँ कहँ सम्म गितको भावमा बगेर कयौ सपनाहरु देख्छु कयौ रहर हरु सजाउछु, कयौ कल्पनाको उडान भरेर चिसो सगरमाथाको आरोहण गरिरहेको हुन्छु, ति आरोहण भित्र एउटा युगान्तकारी आदिम युगल जोडीहरुको बैशमा एउटा अत्रिप्त प्रेमको प्यास मेटाउछु, अनी भावनाको संसार बाट स्खलित बनेर फेरी सिथिल हुन्छु कयौपटक यसरी नै आरोह गर्छु बेशी झरेझै अबरोह गर्छु, यो कयौ पटक मेरो जिबनमा मस्तिस्कमा दोहोरिरहन्छ,

साच्चै भन्ने हो भने आजसम्म आँफैले कसैसंग भौतिकरुपी मान्छे नारी जाती संग गहिरो प्रेम गरेको छुइन, भलाही मैले बिहे गरेको बिसौ बसन्त पार गरिसकेकोछ, तिनै बैबाहिक जिबनबाट दुई सन्तानहरु भए, मेरो जिबनसाथिले आफ्नो पतिको धर्मपत्नी हुनुको धर्म निभाइ दुई सन्तान दिएर पिता हुने अहोभाग्य जुराइदिएकोछ, हिजो कसैको छोरोबाट आज बाउ भएकोछु, तर पनि आफ्नै परिवारको कर्तब्य नतिक्ताको पती बाउ बाहेक मैले अन्य प्रेम कहिले गरिन वा गर्न जानिन, मेरी उनी कहिलेकाही भन्ने गर्थिन, तपाईंत कस्तो हुनुहुन्छ, कहिले आफ्नो श्रीमतिलाई प्रेम नै जताउनुहुन्न, कुनै दिन तिमीलाई माया गर्छु भनेर माया जताउनुहुन्न, तपाईंकी हो अनी तपाईं मेरो हो भनेर त्यो प्रेम कहिले देखाउनुहुन्न, कस्तो मन है तपाईंकोत, उनी प्रश्न गर्थिन, उनितिर हेर्दा पनि नहेरी कयौपटक जवाफ दिन्थे के माया भनेको गालामा चाटेर वा भनेर मात्रै हुनेहोर, मेरो जवाफ उस्लाई रुखो जस्तो लाग्दो होला अनुहार अध्यारो बनाएर कित भान्सा कोठा तिर लाग्थिन, कित बेडरुमा तिर सरसामन मिलाउन लाग्थिन, हुन पनि हो उनिहरुलाई रेखदेख सबै गर्थे तर माया गर्छु कहिलै भनिन, आज कतै घुम्न जाउ वा कतै बाहिर गएर खाउ कहिले भनिन शायद उस्ले त्यो आत्मियता प्रेम महसुस गर्न चाहन्थिन, त्यो देखावटी ढंग कहिले देखाउन आएन, बरु अरुको कयौ कथा उपन्यास हरु पढेर वा अडियो बुक सुनेर तिनै पात्र भित्र धेरै पल्ट बगेकोछु, तिनै पात्रहरुलाई पटकपटक प्रेम गरेकोछु, मायाले स्नेहाले स्वप्निल मैथुन हरु गरेकोछु, तर मेरो प्रेम आसक्ती ति पात्रहरु लाई अहं फिटिक्क स्विकार्य हुँदैन, उनिहरु मलाई दुत्कार्छन घ्रिणा गर्छन, मेरो दुनियाँको सामु बेइजत गर्छन मौका मिल्ना साथ तिनिहरुलाई एकान्त को बहुपासमा पारेर बलत्कार गर्छु, एक पटक होइन कयौ पटक होइन हजारौ पटक बारबार बलत्कार गर्छु मेरो प्रेमको उपहासलाई बद्ला लिएर छाड्छु, स्वपनाको संसार बाट आफुलाई सिथिल बनाउछु अनी आँफै पुन आत्मा ग्लानिमा जलेर पछुताउछु, जब पछुताउछु तब निन्द्राबाट बिउँझीए झै बिउझदा त्यो एउटा फगत सपना हुन्छ, त्यो एउटा कल्पनासिल्ता बाहेक केही हुँदैन, त्यसैले पनि होला प्राय जसो अरुले लेखेका कथा काहानी उपन्यासहरु पड्दा तिनै कथा भित्रको पात्रहरुलाई प्रेम गर्छु, यौन पोख्छु, पछुताउछु अनी बिउझन्छु, झसंङ हुन्छु, कल्पना भावनाको दुनियाँबाट वास्तविक धरातलमा बिउझदा कुनै पात्र संग यौन समभोगमा होइन वा कुनै पात्र संग प्रेमिल वार्तालाप हैन मत किताब पढिरहेको वा कुनै उपन्यास कथा सुनिरहेको हुनेरहेछु, अनी सम्झन्छु शायद यो पनि कुन्ठित मान्सिक्ताको उपज होला जहाँ प्रेम बास्ना घ्रिणा सबै भरिएको हुन्छ, मान्छेको एक्लोपन वा प्रेममा असफलता हुँदा यस्तै बिकार हरुको जन्म भएर मान्छेले पशुको झै व्यबहार प्रस्तुत गर्छ कलीला फुल्नै लागेका कोपिला झै साना साना बालिका हरु बलत्कार गर्छन, हुनसक्छ यो एउटा मनबैज्ञानिक मान्छेको बिकार पनि हो, किनकी मान्छे जब आफुले चाहेको कुरामा सफलता प्राप्त गर्न सक्दैन, कुनै उस्ले चाहेको लक्ष्यमा पुग्न सक्दैन, वा उस्ले कसैलाई गरेको प्रेम धोकामा बद्लिन्छ तब यस्ता कुन्ठित बिचराहरुको जन्म हुन्छ समाजमा जघन्य ठुलाठुला बलत्कार हत्या जस्ता अपराध हरु हुन्छन, घट्छन, समाजको अर्को पाटोको ऐनाले कुन्ठित अपहेलित अर्को पाटोको ऐनालाई देखेको हुँदैन, यस्तो अवस्थामा असफलता धोका खाएपछी उस्ले जिबन देखी नै बैराग्य बनेर कित पागल बन्छ, कित आत्माहत्या गर्छ, कित बलत्कार वा हत्या गर्छ, यो सबै हामी हाम्रो समाजले गाली दोसारोपण मात्रै गरेर समय फजुल खर्छ गरिरहेका हुन्छौ कि समाजको यो अर्को डर लाग्दो कहाली लाग्दो पाटोलाई हामीले सुक्ष्म तरिकाले नियालेकै हुँदैनौ या नियालेर पनि हामीले ध्यान दिदैनौ,

बितेको नौ महिना देखी जब म स्पेस मा पत्र शंदेश, छोटा कथा र कविताहरु सुनाउन थालेको थिए, त्योबेला देखी अलग्गै रमरस र रौनक थपिएको महसुस हुन्थ्यो, त्यतिबेलाको सुरुवाती दिनमा जोश जाँगर र शरीरमा एक प्रकारको स्फुर्ती जागेर आउथ्यो, मनमा एउटा अलग्गै छुट्टै उमंग छाएर आउथ्यो, दिनप्रतिदिन लेख्न आफुले आँफैलाई उर्जा थपिएको महसुस गर्थे, मेरो निभ्नै लागेको दिप झै कलम को निप पुन मोबाइल को कि-बोर्ड र कम्प्युटरको कि-बोर्ड मार्फत अक्ष्यर हरु शब्दमा पारीणत भएर पोखिन थालेका थिए, त्यहिबेला स्पेसमा झुल्किएर मेरो प्रसम्सा गरेर नथाक्ने तिनै नाम बिहिन अन्जान मान्छेको पत्र संदेश प्राप्त गरेदेखी र उस्को कयौ कुन्ठित म प्रतिको प्रेमको नाजवाफ प्रश्नहरुको थुन्चेले थिची राखेर उत्तरहरुको भरिया बनाएर उनी बेपत्ता भएदेखी म पनि पागल झै भएकोछु, कयौपटक बिर्सने कोशीस गरेकोछु, आफुलाई अनेकौ काम र साथीहरुको संबादमा भुलाउने कोशीस गरेकोछु शायद मैले मित्रताको पाठ पड्दा पड्दै उस्लाई प्रेम गरेको रहेछु, अनी यतिबेला उ प्रती म आकर्सित भएको रहेछु भन्ने उ प्रतिको मेरो आसक्तिले बताउदैछ, हरेक दिन स्पेसको बसाइ र रमाइलो पनि उस्को अनुपस्थितिको उपस्थितीको खाली ठाउँ भर्न सकेकोछैन, आजभोलिको स्पेसमा सबै भएर पनि कोही नभए जस्तो, सबैकुरो भएर पनि केही कुरो हराए जस्तो खल्लो, निरस, र उराठ अनी बिरह लाग्दो हुन्थ्यो मलाई भने, यतिका दिन बितेर आज महिनौ भैसक्दा पनि उस्को झझल्को र उस्को यादले सताउन छोडेको छैन, साच्चै नै यतिबेला भने बल्ल म प्रेममा परेको रहेछु, बल्ल मायाको यो मोहमा फसेको रहेछु,कुनै पनि भौतिक नारी शरीर संग प्रेम गरेको छुइन भन्ने आफ्नै भनाइ गलत साबित हुँदै थियो, किनकी प्रेम यस्तो चिज रहेछ, जो मृत्‍यु जतिकै अप्रीय र सक्तिसाली हुदोरहेछ, जो कताबाट कसरी आउछ र हुन्छ, अनी थाहै नपाई मृत्‍यु तुल्य जिबन दिएर फेरी बेपत्ता हुन्छ, यतिबेला सम्म पनि गित निरन्तर अझै बजिरहेको छ, गीत संगै म आफ्नै भावना संग बगिरहेकोछु, मानौ दुई किनारा समाएर नदी समुन्द्र भेट्न् बगिरहेको छ, त्यस्तै म पनि तिनै अन्जान प्रेमको बहकाउमा उनैको प्रेम पाउन बगिरहेकोछु निरन्तर निरन्तर,

सोच्दा सोच्दै मलाई उकुसमुकुस भयो, उस्को याद र सम्झनाले झन झन गाजेर ल्यायो, मन्लाई सम्हाल्न खोज्छु तर पनि फिटिक्कै मन अडिन मान्दैन, के गरेर कसो गरेर मनलाई शान्ता बनाउ म केही सोच्न सकिरहेको छैन, किन मलाई उस्को प्रतिक्ष्याको घडीले यती ब्यग्रता तुल्याउछ, आखिर दुइचार दिन सामाजिक संजालको स्पेस्मा आवाज सुनेकैभरमा र उस्को म प्रतिको प्रसम्सा कै भरमा म यती कम्जोर भएकोछु, जाबो एउटा उस्को पत्र शंदेश के पाएको थिए त्यसैको शब्दहरुको जालमा परेर म हरेक दिन क्षिण बन्दै जादैछु, म टहलिन कोशीश गर्छु, आफुले आँफैलाई बाहिरी दुनियाँमा निकाल्ने कोशीस गर्छु, लामो सास तानेर पुन बेडमा पल्टिएर दाँया र बाँया गर्दै आँखा चिम्लिएर बिर्सन खोज्छु, भुल्न खोज्छु, तै पनि केही जोडबल लाग्दैन मेरो र अन्त्यमा केही सिप नचलेपछी उस्कोलागी एउटा सानो अन्तिम संदेश लेख्छु |

मेरो जिबनको अभिन्न अंग बनिसकेको प्रीय मान्छे

एउटा सास्वत सत्यलाई पन्छाएर तिमीलाई आफ्नो मनको बगैचामा सजाइ सकेको रहेछु, असिमित मायाहरुले म गाजिसकेको रहेछु, त्यसैले त आज तिम्रो अनुपस्थितिमा आफुलाई पाउन छोडिसकेकोछु, त्यसैले कुनै सम्बोधन तिमीलाई नगरि मेरो पलपल जलिरहेको हृदय देखी गुम्सिएका केही गुम्सुम हरु थोरै तिम्रो सामु पोखौकी भनेर पुन झुल्किएकोछु, थाहा छैन तिमी फर्किएर आउछौ या आउँदैनौ केही थाहा छैन, तैपनी मलाई विश्वाश छ कि तिमी कुनै न कुनैदिन फर्किएर आउनेछौ र तिम्रो कौतुहल अनी मेरो ब्यग्रताको असिमित प्रतिक्ष्याको घडी तोडिदिनेछौ र मलाई यो गुम्सिएको जेलखाना बाट मुक्त गर्नेछौ र एउटा मुक्त आकाशको निलो गगनमा निस्फिक्री स्वतन्त्र उड्न मद्दद गर्नेछौ र आफुलाई पनि म संगै एउटै मनको जाहाजामा उडान भर्नेछौ भन्ने सपना देखेकोछु ।

प्रीय मान्छे, अरुत के भनौ तिमीले कल्पनाको बगैचामा प्रेमको फुल रोपेर माली बिहिन बनाएर चटक्क छोडेर बेपत्त भएदेखी म साचिकै तिम्रो मायाको सन्सारीक मोहमा थकित भएकोछु एउटा कुनै बटुवा पहाड चड्दा थाकेको होस, सुन्दर हिमालहरुको आरोहण गर्दा पनि आरोहिले अक्सिजन नपाएर फोक्सो फुलिए झै तिम्रो प्रेमको अक्सिजन नपाएर जिबनको आरोह उकुस्मुकुस भएको एउटा पर्बतारोही झै भएकोछु, प्रेम र माया संग सख्त घ्रिणा गर्ने मान्छे म तिम्रो आगमन पछी आफुले आँफैलाई प्रेम गर्न थालेकोछु, आफ्नै जिबन प्यारो लाग्न थालएकोछ, चारैतिर जतासुकै सन्सारीक मोह माया मोह भएको देख्न थालेकोछु, तिम्रै देन हुन यि जिबन जिउने कला सिक्न लागेको पनि, तिमी थिएनौत जिबन लाई रंगबिहिन सादा चलचित्रको रिल झै सम्झन्थे म आफुलाई, प्रेममा रमाउनु भनेको कुहिरोमा काग हराए जस्तै आँफैलाई हराउनु हो, पिडा दिनु हो, दु:ख दिनु हो भनेर सम्झन्थे, आज त्यस्तो मान्छे प्रेमिल प्रेमी भएकोछु, मलाई जिन्दगी देखी बाच्ने रहर जागेर आएकोछ, मलाई हरहालतमा बाच्नुछ, जिउनुछ अनन्त अनन्त सम्म तिम्रो प्रेमको मुनामदन भएर ।

तिमीले जुन बेला खोपी शंदेश छोडेर गएकी थियौ, जुन शंदेश पाएर म कती पागल झै भएको थिए, अनी कयौ पटक लगाएर दोर्याइ तेराइ कती पटक पढे त्योत मलाई मात्र थाछ, भगवान भन वा इश्वर जेभन तर प्रेमको मायारुपी परमात्मा अहिले आएर बल्ल बुज्दैछु कि प्रेम साचिकै एउटा अद्रिश्य सक्ती रहेछ, देबहरुको परमात्मा रहेछ, परमात्मा भित्रको आत्मा हरुको अन्तरअत्मा रहेछ, कल्पना भन्दा बाहिरको सक्तिशाली हतियार रहेछ, ब्रम्हाको भ्रम्हास्त्र रहेछ, जस्ले थाहै नपाई अस्त्र प्रहार गर्छ, बिनास गर्छ, तिनै भ्रम्हास्त्रले एउटा अप्रीय कुरुक्षेत्रको अन्त्य गर्छ, अनी तिनै भ्रम्हास्त्रहरुले प्रेमको युद्दमा जित्न नजान्दा मुटु छिया छिया बनाउछ, धुजा धुजा बनाउछ हृदयलाई अनी थाहै नपाई जिन्दगी घाटको मलामी बनाउछ, तर तिनै प्रेम को पर्याबाची मायाले मोह पनि जगाउदो रहेछ, जस्ले जिन्दगी तहसनस पार्ने मात्रै होइन, जुन झै डुब्न लागेको जिबनलाई पनि डुङ्गा झै किनरा तारने रहेछ, जिबन सोचेको भन्दा सुन्दर र अकल्पनिय सुखद प्राप्त गराउदो रहेछ, आज त्यही प्रमाण हौ तिमी मेरो जिबनको लागि किनकी जिबन भुलेको मान्छेलाई जिबन चिनाउने मद्दत गर्यौ तर त्यही जिबन सिकाउने मान्छेले आज यसरी अचानक बेपत्ता भएपछी फेरी जिबनलाई घरको न घाट को सम्झना थालेकोछु, जिन्दगी लाई न मार्न सकेकोछु, न जिउन सिकाउन सकेकोछु बिल्कुलाई भिरको चिन्डो उधो न उभो भने झै भएकोछु ।

प्यारो मान्छे, सामाजिक संजालमा भेटेर सुनेर गरेको आभास द्वारा गरिएको प्रेममा नत तपाईं मेरो लागि भौतिक प्रमाण हुनुहुन्थ्यो, नत म तपाईंको लागि, सिर्फ एउटा ट्विटरको स्पेस्मा भावनात्मक रचनाहरुको सेयर र आत्मिय संबादलेनै त हो हामी नजिकिएको पनि, नत्रत त्यो भन्दा अर्को बैकल्पिक श्रोत साधन र माध्यम नै केनै थियोर, जस्ले हामी दुबैलाइ नजिक तुल्याउने वा पहिचान गराउन सक्ने वस्तुहुन, ति माध्यम हरु नहुँदा नहुदैको बाबजुद पनि हामी एक अर्कामा नजिकिएका थियौ, एकअर्काको आत्मा छाम्न तयार थियौ, एकले अर्कालाई महसुस गर्न सुरुवात गरिसकेका थियौ, त्यसैलेत हामी एक अर्कामा समाहित हुँदैथियौ, नत्र त मैले न हजुरलाई देखेको नत हजुरले मलाई नै, उसोभए यि सब हुँदाहुँदै पनि आज मलाई सवालहरुको पहाड खडा गरिदिएर किन हराउनु भयो, किन बेपत्ता हुनुभयो, आखिर त्यस्तो कुन बिलखबन्दमा पर्नुभयो र, म देखी एकाएक टाढा हुनुभयो, वा मैले कुन जुनिमा तपाईं माथि अन्याय गरेको थिएर त्यो जन्मको बद्ला अहिले यतिबेला लिएझै बदलाको स्वभाब देखानुभयो, जहाँ मान्छेका सम्बन्धहरु अन्जान ब्यक्ती बाट तपाईं तिमी र त हुँदै निरन्तर अगाडि बढीरहन्छन, तर हामीत एक अर्कामा त त, परैजावोस तपाईं बाट अर्को सम्बोधनको खुट्किला पनि चढेकै थिएनौ, जस्को कारण आज पनि म हजुरलाई तिमी भन्न नसकेर तपाईं भनेर पुकार्दैछु, चाहे त्यो मेरो घमन्ड सोच्नुहोस् या आत्मियता नभएको, तर म आज सम्म तपाईं सामु तिमी शब्दको सामु सम्म न-आइपुग्दै प्रेमको रस्वादन देखाएर बिलिन हुनुभो, जो, रातभर देखिने सपनामा हुनुहुन्थ्यो र, बिहान हुँदा सबै बिलिन भए, साच्चै भनुम भने एकले अर्कालाई प्रेमको अनुभुती र आसाय ब्यक्त गरिसक्दा पनि हामी को हौ, के हौ, हाम्रो नाम, जात धर्म ठेगाना केहो, त्यो पनि जान्न नपाउदै बिछोडिए झै बिछोडिन पुगेका छौ, अलाप भएकाछौ, आज सम्म हामी हाम्रै परिचय संग अन्जान छौ कि मेरो लागि तपाईं को परिचय केहो र मेरो परिचय तपाईंको लागि केहो, जहाँ आपसी परिचयको मित्रता वा सम्बन्धको पहिलो खुड्किला पार नगरदै अनुभुतिमा रमाउने कस्तो पागल थियौ हामी जस्को पारीणाम स्वरुप आज तपाईं सामु संपर्क गर्ने कुनै ठेगाना म संग छैनन, यदी हामीले सम्बन्धको पहिलो खुट्किलो भनौ वा औपचारिकता पुरा गरेको भए कम्सेकम आज तपाईं स्पेसमा जोडीन नपाउदा वा मलाई मेसेज गर्न नपाउदा म आँफै कल वा अन्य कुनै उपाय अपनाएर भएपनी तपाईंको खोजखबर गर्न सक्ने थिए, तपाईंको जुन फेसबुकको एकाउन्ट भनेर अन्दाजी लख काटेर त्यो प्रोफाइलको तस्बिर लाई हजुर नै भनठाने तर आज त्यो पनि तपाईं हुनुहुन्न कि भन्ने संका उब्जेकोछ म,मा, किनकी तपाईंको प्रोफाइल भनिएको त्यो फेसबुकको वालमा हरेक दिन जसो म गएर हेर्ने गर्छु, ताकी तपाईंको कुनै न कुनै सुराक मिलोस मलाई र तपाईं सकुशल हुनुहुन्छ भन्ने मात्रै जानकारी पाएभने पनि मेरो लागि आनदको श्वास हुनेछ, तर त्यहा त न कुनै अपडेट छ न केही, बरु भएका सामाग्री पनि उल्टै सबै प्राइभेसी गरिएकाछन ।   

प्रीय मान्छे, एउटा झिनो आसा साचेर हजुरलाई प्रश्न गर्दैछु, आखिर मलाई त्यो स्पेसको बसाइमा त्यतिधेरै हौसला दिएर उर्जा बन्ने किन प्रयत्न गर्नुभयो, मलाई लेख्न वा भन्न मन नलाग्द पनि हरेक दिन मोटिभेट गरिगरी मेरो हौसला किन बुलुन्द गर्नुभयो, तपाईं भित्र यो छ, त्यो छ भन्दै म भित्र प्रबेश गरेर किन मेरो आइडल बन्ने कोशीस गर्नुभयो, अरुत अरु, हामी एक अर्कामा समाजिक संजालमा जोडीएको असल साथी मात्रै हौ भन्ने रटान लगाउदा लगाउदै अन्त्यमा आँफै किन प्रेमको परिभाषा सोध्नुभयो, त्यती मात्रै हैन, म मेरो आफ्नै महाराज लाई भुलेर तिमीलाई प्रेम गर्न थालेछु भनेर उल्टै मलाई प्रेम गर्नुहुन्छ कि हुन्न भनेर प्रश्न किन गर्नुभयो, मैले गरेको प्रेम सहि हो या गलत भनेर मेरो मुखबाट किन उत्तर हरु खोज्नु भयो, जिबनमा बिपरित प्रेम केहो थाहा नपाएको मान्छेलाई किन प्रेम सिकाउनुभयो, सपना देख्न नजान्ने मान्छेलाई किन सपना देख्न सिकाउनुभयो, आखिर अहिले आएर गुमनाम हुनुनै थियोत किन आसाय सम्साय राखेर, प्रेमै प्रेमको फुलबारिमा लगेर छोडि दिनुभयो, तपाईंले नै भन्नु भएको हैन कि म आफ्नो सिउदोको श्रीमान हुँदाहुँदै पनि मेरो महाराज कहिले निदाउछ र म तपाईंको कल्पनामा हराउ झै हुन्छ भनेर, आफ्नो जिबनसाथी मस्त निन्द्रामा हुँदा म भने तिमी भित्र र तिम्रो कल्पनामा कयौ रात छर्लङ्ग भएको पत्तै पाउदिन, तिमीलाई गुमाउने डरमा रातभर कतिबेला कती सिरानी भिज्छन थाहै पाउदिन भनेर भन्नु भएको तपाईंले नै हैन, मलाई मेरो यि सवाल हरुको जवाफ चाहियो, जुनबेला एकदिन यो सन्जालमा फर्किनुहुनेछ, यदी यो माथिको प्रश्न हरुको जवाफ दिने हिम्मत छैन भने मलाई मेरो भावना जस्तो कोमल हृदयमा खेल्ने अधिकार तपाईंलाई कस्ले दियो ।

प्रीय मान्छे, म पनि मान्छे हुँँ, मलाई पनि पिडा हुन्छ, दुख्छ, असैय हुन्छ, भत्भति पोल्छ, चेतनाबिहिन पशुप्राणी लाई त प्रेमले बाधेर राख्छ अनी टुटाउछ भने मत मान्छे हुँँ आखिर, म भित्र चेतना र शंबेदना भन्ने दुबै चिज छ, जस्ले टुट्न फुट्न र रुन सक्छु, त्यसैले मेरो बिन्तिछ, यसरी कसैको भावनामाथी खेल्ने अधिकार हजुरलाई छैन, कसैको निरिहताको शंबेदनशिल्तामा माथि टेकेर हृदयमा प्रहार गरेर चोट बनाउने अधिकार छैन, सक्नुहुन्छ भने प्रेम दिनुहोस म सदैब साथ निभाउन सक्छु, तर यसरी सपनाको आकाश गंगा सयर गराएर म दुर्घटना हुन चाहन्न ।

र, अन्त्यमा भन्न चाहन्छु, तपाईंले इच्छा ब्यक्त गर्नुभएको मलाई छुएर बहने हावाले तपाईंलाई छुएर अंकमाल गरोस, तपाईंको घरको बार्दलिमा बसेर पिएको कफिको तातो बास्फिकरणले मलाई छुएर फर्कियोस र तपाईं लाई अनुभुती देवोस, अबत ति सबै हावा र कफिको बाफ पनि बासी बनेर कतै बिलिन भैसक्यो होला, अब त्यस्ले तपाईं लाई छुला नछुला वा छुएर पनि तपाईंको मन मस्तिस्कमा प्रेमको न्यानो स्पर्स दिन नसक्ला त्यसैले पुन माथिको मेरो सवाल हरुको जवाफको प्रतिक्ष्या गर्दै अर्को मिठो सुनदर चिसो उस्णको शिशिर पठाएको छु, आशाछ त्यस्ले तपाईंलाई छुएर अंकमाल गर्दै भन्नेछ, म पारीजातलाई छुएर फर्किएको हुँँ मलाई अंकमाल गरेर अनुभुती गर कि जहाँ तपाईंलाई तपाईंको पारीजात बाटो कुरेर पर्खिरहेकोछ भनेर, अनी लाखौं माया र चुम्बन हरु पनि, हस्त अहिले लाई यती नै आशाछ दुबै पत्रको आधिहुरी लिएर फर्कनेछौ सँधैलाई प्रेमिल भएर, अनी प्रेमलिन हुनेछौ म भित्र मलाई पराजित गरेरै छाड्ने छौ आशा गर्छु, भन्दै बिदा हुन्छु अहिलाई हस्त बाइ ।

उही हजुरको पारीजात ।

पत्र लेखी सके, पत्र के भनु मेसेज, लेखिसकेर एकपल्ट सरसर्ति आँफै पढे, कतै केही छुट्योकी भनेर दोराएर पढे, जहाँ पुन अर्को पल्ट मेरो माया कतै नछुटोस भनेर, त्यसपछी उस्को ट्विटरको डिएम मार्फत मेसेज सेन्ड गरे, चाहे उ फर्किएर आवोस या नआवोस तर मेसेज लेखिसकेर केही थोरै भए पनि आफुलाई आनन्द महसुस भने गरे, केही हलुका महसुस गरे, लाग्यो मेरो शंदेश उ भएको ठाउमा पुग्यो, र उस्ले पढिसकी म यस्तै खुशीमा आलादित भए, कल्पना मै सहि आफुलाई स्फुर्ती महसुस गरे, शरीर तन्काए टेबलमा राखेको सानो टेबल घडी लाई हेरे, घडीमा दिनको एक बजाइ सकेको रहेछ, ओहो उस्को कल्पना र संदेश लेख्दा लेख्दै आजको सनिबारको दिन पनि जान लागेको थाहै पाइनछु, अनी हतार हतार गर्दै बेड बाट उठे, मोबाइल चार्जमा राखे, किचेन तर्फ लागे, फ्रीजमा खाना सब्जी दाल सबैथोक बनाएर रुमको मगर भाईले राखिसकेको हुनाले, खाना र सब्जी दाल फ्रीज बाट निकालेर माइक्रोवेब मा राख्दै गरम गरे, खान खाए, केहीछिनमा खाना खाइ सकेर पुन रुम फर्किएर बेडमा पल्टिदै घडीमा बेलुकिको चार बजेको आलाराम फिट गर्दै बेडमा आरामको लागि पल्टिए, गीत अझै उस्तै गरेर अहिलेसम्म बजिरहेको थियो लगतार उही गीत, रि-मोडमा भएकोले गर्दा मैले केही गर्नै नपर्ने गीत आँफै सकिदै फेरी दोहोरिदै बज्दै गर्दै थियो ।

रंगी सारी गुलाबी चुनरिया रे

रंगी सारी गुलाबी चुनरिया रे

मोहे मारे नजरिया सावरिय रे

मोहे मारे नजरिया सावरिय रे

रंगी सारी हो

पेहेनी सारी गुलाबी चुनरिया रे

मोहे मारे नजरिया सावरिय रे

मोहे मारे नजरिया सावरिय रे

बेडमा पल्टिएर आराम गर्दैथिए, अचानक मोबाइलमा रिङ्गटोन बज्यो, खाना खाएर ढल्किएर निन्द्रामा झम्किनै लागेको रहेछु, तर्सिएर बिउँझीए, कल रिसिभ गरे, हेलो दाई बेलुकी म आउन अलिक ढिलो हुन्छ होला तपाईं लुगा लाएर तयार भएर बस्नुहोस् है, फोन कम्पनिको ड्राइभरको थियो, मैले हुन्छ भन्ने छोटो उत्तर दिएर कल काटी दिए, त्यसपछी निदाउन लागेको आँखा खुलेपछी फेरी एकछिनको लागि निन्द्रा नै बिच्किएर सुत्नै सकिन, पुन फेरी फेसबुक तिर आँखा घुमाए, त्यता पनि दसैंको टिका लगाएको फोटो र केही फेसबुक फ्रेन्डहरुको जन्मदिनको फोटो बाहेक खासै केही पोस्ट भएकोथिएन, अल्छि मान्दै केही दसैंको फोटोमा बडा दसैं तथा ठुलो टिकाको हार्दिक शुभकामना भन्दै कमेन्ट गरे भने केही चिनेको साथीहरुको जन्मदिनको नोटिफिकेसन र फोटोहरुमा जन्मदिनको शुभकामना भन्दै विस गरे, केहीछिनको फेसबुक को टहल्ता छोडेर टिकाटक तिर छिरे, त्यता पनि खासै केही रमाइलो मनोरन्जन प्राप्त भएन, केही तरुनिहरुको भिडियो र केही बुडीमाउ हरुको भिडियोमा मख्ख पार्दै कमेन्ट गरे, कसैलाई wow you are beautiful लेखे, केहीलाई you are really looking pretty हजुर लेखे, अनी केही उमेर ढल्किएका आन्टी हरुको भिडियोमा भने you are looking gorgeous भन्दै मख्ख बनाउदै कमेन्ट पोस्टिए, मलाई के थियो र, मान्छेलाई मख्ख पार्नुन थियो, जाबो सोसियल मिडियामा आएर मैले कसैलाई नराम्रो भन्नु पर्ने केनैपो थियोर, म प्राय कमेन्ट गर्दा कहिले कसैलाई गाली वा नराम्रो शब्द प्रयोग गरेर कसैको मन दुखाउन चाहन्न, जो मान्छे अन्जान छ जस्ले मेरो केही बिगारेको छैन जस्लाई हामी एक अर्कालाई देखेको चिनेको छैनौ भने तिनिहरुलाई मैले नराम्रो भनेर कसैको चित्त दुखाउनु वा कसैको पन्द्र सेकेन्डको भिडियो हेरेर कसैको मजाक उडाउनुनै केनैपो थियोर ।

टिकटकको भिडियो हेर्दाहेर्दै पुन आँफै फेरी निन्द्रामा झप्किन लागेको रहेछु, मोबाइल हातबाट खसेर मेरो अनुहारमै पर्‍यो, म तर्सिएर उठे, मोबाइल लाई फेरी चार्जमा राखेर एसी खोलेर सुत्न मात्रै के लागेको थिए, पुन उही केही दिन देखी गूड मर्निङ भन्दै आफ्नो मनको सुख दु:ख सेयर गर्दै प्रेमको परिभाषा सोध्ने तिनै अन्जान मान्छे डिएममा मेसेज गर्दै झुल्किन, सर नमस्कार ! आरामै हुनुहुन्छ, उनको मेसेज पढ्ने बित्तिकै जवाफ फर्काए नमस्कार हजुर, आरामै छुत, सवाल झै छोटो उत्तर फर्काए मैले पनि, सरि हजुर, अन्जान्मै उस्ले माफि मागिन, म छक्क पर्दै सोधे, केको सरि नि हजुर, मेरो सवाल हुन नपाउदै उस्ले हासेको इमोजी पठाउदै भनिन हैन आज बिहान गूड मर्निङ मेसेज देखी बिहानभरी र दिनभरी ब्यस्त बने, आज अलिकती घरमा पाहुनाको आवतजावत थियो, त्यसैले हजुर संग दिउसो केही छिन कुरा गर्छु भन्दाभन्दै पनि समय मिलाउन सकिन, त्यसैले सरि मागेकी, उनले लामै स्पष्टिकरण दीन, उन्को स्पस्टिकरणले लाग्थ्यो म उस्को सुख दु:खको बहना सुनिदिने एउटा असल मित्र बनेकोछु, उस्को आत्मिय साथी बनेको रहेछु, तर यता आफ्नो भने अरुकसैको प्रेम पिडामा बिछिप्त बनेर गुम्सुम बनेर बसेकोछु आजसम्म कसैलाई न भन्न् सक्छु, न डाको छोडेर रुएर आफुलाई शान्त पार्न नै सक्छु, तैपनी उनले मलाई आफ्नो बह पोखाउने मिलनसार साथीको रुपमा हेरिसकेकी रहेछिन, त्यसैले त दिनभरी म उस्को खोजिनिती वास्ता नगरि बस्दा पनि मैले कुरेर बसे की ! भन्ने कत्रो पिर बिचरा उस्लाई,र,त माफिको शैलिमा आफुलाई गलत देखाउदै सरि मागिन, सोचे कम्सेकम म कसैको दु:ख सुनिदिन सक्ने हैसियतको त रहेछु, मन्लाई शितल बनाए, र उत्तर फर्काए मैले पनि, हजुरले केही सरि भन्नु पर्दैन, हामी साथी हौ, हजुरले केही बिगारनु भएकोछैन, हजुरलाई फुर्सद मिल्दा कुरा गरौलानी हस भने, उताबाट पनि हस भन्दै छोटो उत्तर आयो, लगत्तै मुटु र नमस्ते गरेको इमोजी संगै अर्को मेसेज गरिन, सर ! आज बोल्न नपाईएला जस्तोछ, हजुर संग धेरै कुरा पनि गर्नुछ, तैपनी आजलाई अहिले नै, गूड् नाइट भने है, भरे फेरी भन्न पाइने होकी हैन, मैले पनि यताको मध्य दिउसो नै हस हजुर गूड् नाइट बाइ भन्दै बिदा गरे, अनी फेरी रेस्ट गर्न भनेर फेरी बेडमा पल्टिए, यो पल्ट भने कसैको कल वा मेसेज आएन त्यसपछी भने मजाले निदाएछु साझको चार बजेसम्म ।


रचना- अर्पण योन्जन (शिरिष)
मिती- ५ र ६ कार्तिक २०७८
तदनुसार- २२ र २३ अक्टोबर २०२१