गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, May 20, 2021

थाहा पाए आमा !!!

कविता- थाहा पाए आमा !!!


थाहा पाए आमा 

बिपत्तिले मेरो देश

आज फेरि दुख्दैछ रे !,

लासले पनि बाग्मतिमा 

पालो मिच्दैछ रे !


मृत्यु उत्सबमा 

शंखहरु रुइ रहदा

उस्को मुटु ढुंगाको भाको छरे 

त्यसैले त नया कुर्सीको लागि

नया लिगलिगे राजा हरु 

बिस्वकिर्तिमानको उन्मादमा

बानेश्वर र शितलनिवासको

पाइला नाप्दैछन रे ।

थाहा पाए आमा 

बिपत्तिमा मेरो देश

आज फेरि रुदैछ रे ।


सुन्दैछु आजभोली 

सत्ताको फोहोरी खेलमा

नेताहरुको मोलमोलाइ हुदा 

यता महामारीको मेला लागेकोछ रे ।

जन्ता आशुको नुन पिउदा 

कस्को कति करोड 

उता नेताको भेला लागेकोछ रे ।

त्यसैले थाहा पाए आमा !

बिबत्तिमा मेरो देश 

आज फेरी रुदैछ रे ।


बिपक्षी भन्छ रे 

यस्लाइ ठोक्न पाए हुन्थ्यो

उता सरकार भन्छ रे 

यस्लाइ जाक्न पाए हुन्थ्यो

बिचरा जन्ता, यता भन्दैछ रे । 

मृत्यु संग भाग्न पाए हुन्थ्यो

त्यसैले थाहा पाए आमा 

मृत्युको शहरमा

आज फेरि मेरो देश रुदैछ रे ।


ठुला राजा भन्छन रे 

बेसारपानी र बेलौतिले 

घार्‍रघुर्‍र पार्नु,

नाकमा बसे हाच्छिउ गर्दै

ख्यार्‍रखुर्‍र पार्नु

तर यता जन्ता 

अक्सिजन नपाइ 

मृत्युको पालो कुर्दैछ रे ।

प्रेम र चेतना शून्य 

महाराज हरु भएपछि 

केनै आशा गर्नु र आमा 

स्वर्गको लागि बैतर्णी तर्नु बाहेक

त्यसैले यी बिबेकहिन हरु बाट 

जिबनदानको आशा गर्नु भन्दा 

अर्को चिताको लागि

जीवन उत्सर्ग गर्नु

धेरै ठूलो महान हो आमा 

लास हरुको बिस्कुन 

लगाउनु अघि 

मृत्यु लाई नमन गरेर 

आफ्नो ख्याल आफै गर्नु आमा,

रैती बिनाको शासन गर्ने हरुलाइ 

आशुको भिख नमाग्नु आमा,

त्यसैले 

थाहा पाए आमा 

लास हरुको बजारमा 

आज फेरि मेरो देश जल्दैछ रे 

लाशले पनि बाग्मतिमा

पालो मिच्दैछ रे ।।।


अर्पण योन्जन 

३, जेष्ठ २०७८

17 may 2021

No comments: