कविता= म एक दिन पक्का रंगित बनेर उर्लनेछु ।
हरेक साँझ
मेरो घरको कौसी अगाडि
जब म फुल हरुमा
जिबन भरिरहेको हुन्छु
थोपा थोपा रंगित हरु बटुलेर
अनी मेरो घर अगाडिको
पर्खालमा उभिएर
जब मेरो उध्रीएको चोली तर्फ नियाल्छौ
र, एक टकले नियाली रहन्छौ
एक दिन होइन, दुई दिन होइन
हरेक साँझ अनी बिहान
मेरो गरिबिले उध्रीएको
चोली हेर्न वा मेरो बिवस्था हेर्न
मानौ तिम्रो डिउटी हो,
र, नियाली रहन्छौ ।
म ! तिम्रो, म माथि,
र्याल बगाउने
आहार झै बनेकोछु
र, तिमी आजभोलि
मेरो संकाको घेरामा बाधिदैछौ
हरेक दिन !
शायद मेरो मौनता लाई तिमीले
मौन स्विकृती ठन्दै हौला
तर, यो सब झुटो हो, की !
मेरो तिमी प्रतिको मौन स्विकारोक्ती भन्दा पनि
ज्वालामुखी बनेर
लावा ओकल्न आतुर हुँदैछन
मेरो मौनता हरु !
जुन दिन एटंम बनेर खस्नेछु
नगासाकी र हिरोसिमा झैँ
अनी हरेक दिनको तिम्रो डिउटी
छताछुल्ल हुनेछ समाजमा
र, कहिले देखिने छैनौ
मेरो गरिबिको
उध्रेको चोली हेर्न
उही मेरो घरको संघार अघी
अनी मैले कहिले महसुस गर्नु पर्ने छैन
नारी हिंसाको एउटा अध्याय सहन
त्यसैले आजै देखी भन्छु तिमीलाई
मेरो मौनतालाई
तिम्रो बास्नाको स्विकारोक्ती नसम्झ
किनकी !
म एक दिन पक्का रंगित बनेर उर्लनेछु ।
तिम्रो गिद्दे नजर र नरपिसाचु बास्नाको निम्ती ।।।।
रचना= अर्पण योन्जन
Thursday, February 6, 2020
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment