गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, May 22, 2021

सरकार !!!

 कविता- सरकार !!!

सरकार !!!
मिल्छ भने !
यमलोकमा पनि
तिमी लाई जिताउन
उता पनि चुनावको
एउटा घोषणा गरिदेउ
मिल्दैन भने
कम्सेकम,
मतदान केन्द्र चै
तोकी दिनु है,
किनकी !
म तिम्रो कुर्सिको
कुभलो किन चिताउ ?

यदी मेरो मृत्यु पस्चात पनि
तिम्रो कुर्सी जोगिन्छ भने
भो मलाई अक्सिजन चाहिदैन
भो मलाई भ्याक्सिन हरु चाहिदैन
लास माथि चेस खेल्ने
महंङ्गा हस्पिटल हरु चाहिदैन
जस्ले मेरा सन्तान हरु
मेरो मृत्यु पस्चात
घरबार बिहिनि बनुन
र मलाई
यती महंग्गो बाच्नु छैन
त्यसैले सरकार !
मिल्छ भने उतापनी
एउटा चुनाबको घोषणा गरौ

मत अझ भन्छु सरकार !
शितलनिवास लाई भनेर
एउटा अध्यादेश
घोषणा गरिदिउँ
र स्वर्गलाई पनि
बिघटन गरिदिउँ
र सरकार !
उता पनि
चुनाबको घोषणा गरिदेउ
र मतदान केन्द्रको
ब्यबस्था गरिदेउ
ताकी !
मृत्यु पस्चात
अप्सरा हरु सँगै
तिम्रो कुर्सी जोगाउन
भोट हाल्न पाउँ
किनकी !
म तिम्रो कुभलो किन चिताउँ

सरकार !
मलाई थाहा छ
षड्यन्त्रकारी हरु
त्यतिबेला सम्म
षड्यन्त्र गरिरहन्छन
जतिबेला सम्म
आफु हारेको थाहा पाउदैनन
त्यसैले तिमी
आफ्नो अहंकार
लज्जित बनेको देख्न चाहन्नौ
र,त, महामारिको
विश्वयुद्ध चलिरहदा
चुनाबी महाभारतको
शंख ध्वनिहरुको
आर्तनाद मा तल्लिन छौ
अनी यो
अबिभाजित
आकाशमुनी
प्रेमहरु चिराचिरा पार्न तल्लिन छौ
तिमीलाई त के मत्लब
यहाँ देश हारोस
संबिधान हारोस
कानुन हारोस
जनता हारोस
तर तिमीले,
हार्नु भएन सरकार !

बरु मृत्युको बजारमा
मेरो लासको भाउ कती छ
सोध्न पाए हुन्थ्यो सरकार
किन भने
अक्सिजन भन्दा
महंगो भएर
मलाई चितामा जल्नु छैन
त्यसैले
मिले यमलोक मै
नत्र घाट सम्म पुगे पनि
चिता हरुमा जल्नु अघी
सरकार !!!
घाट घाटमा
मतदान केन्द्र राख्नु
किन कि !
म र मर्ने हरुको पनि
यही अन्तिम इच्छा छ,
तिमीलाई मत दिएर जिताउने ।।।

रचना- अर्पण योन्जन
मिती- शनिबार ८ जेष्ठ ०२०७८
तदनुसार- २२, मे २०२१

No comments: