गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, May 28, 2021

कालेको आमा !!!

 कविता- कालेको आमा !!!


कालेको आमा !
तिम्रो खुशी खोज्न
हिडेको म
यदि !
बाकसमा फर्किएछु भने
मेरो मृत्युको कफन अगाडी
हातको रातो चुरा फुटाएर,
सिउदोको सिन्दुर नपुछ्नु है ।

अतृप्त तिम्रो प्यासी नयनहरु
काकाकुल झै तिम्रो रहर हरु
छट्पटी रहेका यौबनका तरेली हरु
सपनाहरूको चाङ्ग लगाइ
एक थुन्चे भौतिक बिलासिता खोज्न
तिम्रो सौभाग्य बन्धकी राखेर
जुइन कसेर दसाहरु फ्याक्न
पिठ्युँमा खकनहरु भिरेर
एकथान बाध्यता बोकेर
क्षितिजमा सुर्यदय नहुँदै
एकहुल चराहरु
माथी आकाशमा परदेश लाग्दा
शहर हिडेको म पनि
तिमी सँग कहिले नबोल्ने गरि
चिरनिदमा फर्किएछु भने
कालेको आमा !
हातको रातो चुरा फुटाएर
सिउँदोको सिन्दुर नपुछ्नु है ।।।

हो यहाँ पत्थरहरुको
ठुला घरहरु छन
तिमिले सोचे जस्तै
सुन्दर शहर हरुछन
तर ती ठुला घरहरुमा,
मनहरु धेरै कुरुप र साना छन
कालेको आमा
यहाँ शहरहरु
आफ्नै सँग बेखबर छन
त्यसैले आजभोली
मेरा स्नायु तन्तुहरुको
शक्ति क्षीण हुँदै गएकाछन
मस्तिष्क हरु थकित भएकाछन
र, म जिन्दगी देखि भाग्न थालेको छु
आफ्नै छायाँ संग हित लाएदेखी
म सुन्सान सडकहरुको मीत भएकोछु
यो बिरानो भिडमा
नितान्त एक्लो भएको छु
त्यसैले यो पार्थिब शरिर एकदिन
पक्का ढल्छ थाहा पाएकोछु
मेरो मृत्यु संग
तिम्रो भेट भएछ भने
कालेको आमा
हातको रातो चुरा फुटाएर
सिउदोको सिन्दुर नपुछ्नु है ।

हो कालेको आमा
तिम्रो खुशिको झोली फिर्ता गर्न नपाउदै
आज म थकित भएकोछु
आँखाहरु धुमिल हुनथालेको छ
बोलिहरु मलिन हुनथालेको छ
म निदाउदैछु सँधैलाइ
तिमी संग निस्ठुरी बनेर मृत्यु शैयामा
कालेको आमा
हातको चुरा फुटाएर
सिउदोको सिन्दुर नपुछ्नु है ।

अँ, सुनन कालेको आमा
तिमिलाइ एउटा कुरा त,
भन्नै बिर्सेछु !
स्वभिमानको झोली थापेर
अभिमानको हात नफैलाउनु
किनकी !
तिम्रो हरेक आशुको ढिक्कामा
सेता च्यादर ओढेका
तर काला मन भएका हरु
तिम्रो नारी कोमल्ताको
उद्वार गर्ने बहनामा
तिम्रो बिबस्ता लुट्न
गिद्धहरु झुमिएलान
चिथोर्लान र बिटुलो बनाउलान
बिधुवाको तिम्रो सेतो बस्त्रमा
आमाबस्यको कालो धब्बा झै,
त्यसैले बलियो हुनु
आत्माबिस्वासी हुनु
तिम्रो गलामा पोते झुन्डिए झै
हिम्मतिलो हुनु !
कालेको आमा
तिम्रो खुशी खोज्न
हिडेको म
यदि !
बाकसमा फर्किएछु भने
मेरो मृत्युको कफन अगाडी
हातको रातो चुरा फुटाएर,
सिउदोको सिन्दुर नपुछ्नु है ।

रचना- अर्पण योन्जन- शिरिष
मिति- १३, जेष्ठ २०७८
२६, मे २०२१

No comments: