संसार का ति आमा हरुमा समर्प्रित !
२६ आशाढ २०६८
आमा बनाइ कोख मेरो भरी दियौ तिमीले
दश महिना गर्भ बसी जन्म लियौ तिमीले ।
तिमी आउँदा यो धर्ती मा पिडा मैले भुले
रगत को डल्ला बाटै दुध पियौ तिमीले ।
दिन महिना गन्दा गन्दै बर्सीको नि भयौ
जिबनका सारा खुशी दिएको थियौ तिमीले ।
आँखाको नानी बनी आगनि मा खेल्दा
ताते गर्ने कलीला ती पाइला खियौ तिमीले ।
जब आयौ खुसी बनी बहर छायौ सबै
फाटेका ति नाता हरु सबै सियौ तिमीले ।
अर्पण योन्जन
तरहरा-२ सुनसरी
Sunday, July 10, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment