८ स्रावण २०६८
अँधेरिमा लुट्यौ तिम्ले मरी मरी बाँचेको छु
दु:खाएर भित्री मुटु घरी घरी हाँसेको छु ।
तापै तापको राप माथि सेकिएर बरु आँफै
तिम्रो लागि भने जती काँडा माथि नाचेको छु ।
तिम्ले पो भुल्यौ होला यौबनको लाज सरम
हृदयका चोट हरु छाती भित्र साँचेको छु ।
बिधुवा को सिउँदो जस्तो घुम्टो भित्र लुकाएर
फुल उन्ने धागो माथि तिरस्कार लाई गाँसेको छु ।
भित्री मन नबुज्ने लाई हुन्न रैछ मायाँ दिँदा
साँचो कुरा लुकएर दुनियाँ लाई ढाँटेको छु ।
अर्पण योन्जन
तरहरा-२ सुनसरी
Friday, July 29, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment