गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, July 10, 2011

आज किन दुख्यो छाती तिम्ले भुल्यौ की

२२ आशाढ २०६८

आज किन दुख्यो छाती तिम्ले भुल्यौ की
रात किन बित्यो त्यसै अन्तै डुल्यौ की ।

संगै काटौ साँझ भन्थे मिठा कुरा गरी
तारा गन्ने नजरमा काँडा सुल्यौ की ।

बाडुली ले सताउँदा याद गर्यौ भन्थे
खैत आज मनको बाग अन्तै फुल्यौ की ।

कोहिली को स्वर बनी कुहु कुहु गर्दै
गोधुली को बाटो गरी अन्तै खुल्यौ की ।

याद पनि आउन्न कि मन्को निस्ठुरी लाई
आफ्नै घरको आँगन भुली अन्तै झुल्यौ कि ।

अर्पण योन्जन

No comments: