२९-०७-२०११
युग हाँक्ने बहनामा
ईतिहास रच्ने दाउमा
तिमी त ! युद्द लड्ने मान्छे!!
आज कसरी तिमी लाई ?
म्रुत्युरुपी काँडा ले घोच्न थाल्यो ??
म मेरै !प्रश्नको ?
अनुत्तरित जवाफले अवाक छु ।
***********************
तिमी पहाड हरु टेकेर
सगरमाथा को उचाइ नाप्ने मान्छे
चट्टान हरु फोरेर आगो निल्ने मान्छे
पाइला पाइला हरुमा
ज्वालामुखी ओकल्ने मान्छे
हरेक श्वासमा हिम्मत बटुल्ने मान्छे
आज कसरी ? आफ्नै अगी
मृत्यु उभिएको देख्न थाल्यौ ?
*************************
हिजो सम्म संसार बदल्छु भन्थ्यौ
देशको मुहार फेर्छु भन्थ्यौ
युद्ध प्राप्तिको उन्मादमा
मादल ठोकेर
क्रान्तिको गीत गाउछु भन्थ्यौ
म एक्लै सामन्तिको तह लाउछु भन्थ्यौ
त्यो आदम्य साहस हरुको बिचमा
खै कसरी मृत्यु हरुले डराउन थाल्यो तिमी लाई
र ! मृत्यु संग भाग्न थाल्यौ ।
*******************************
मलाई थाहा छ ।
चैत्रको हुरी र पुष माघको ठिहिमा
कौडेलको उक्लाई
अनी ! हात्ती लेकको थकाई
र ! बर्तुङ को ओराली झरेर
रानी घाट तर्दै
जल्जला पहाड उकल्ने तिमी
कयौ रात हरु त !
सिद्ध बाबाको आँगनिमा
बन्दुक को सिरानी लगाउँदै
होलेरिमा बम को गोला फ्याँकेर
कालिको गर्तिरमा
लेफ्ट राइट गर्दै परेड खेल्ने तिमी
खै कसरी आज मृत्यु लाई
नजिक बाट देख्न थाल्यौ ?
अनी !
दियो, बाती, तेल संग जिबन नाप्न थाल्यौ ।
*******************************
त्यसैले तिमीले
मृत्यु संग डराउन सुहाउँदैन
बिबस्ता सँग भाग्न मिल्दैन
युद्ध र ईतिहास संग थाक्न मिल्दैन
कयौ पल्ट मृत्यु लाई
हत्केलामा लिएर हिंडेको मान्छे
सानो पराजय लाई मृत्यु देख्न हुन्न
किनकी !
रगत को आहालमा तिमीले सुरु गरेका
युद्ध हरु !अन्त्य होइन !!
युद्ध बिन्दुमा पुगेका छन ।
कयौ पल्ट गर्बधान गरिएका
सम्भिधान को थाती हरु !
आज पनि तुहिने तरखरमा छन
त्यसैले तिमी ले
म्रुत्यु होइन यहाँ
यमराज हरु सँग लड्नु छ
र कयौ मृत्यु हरुको परजयमा
तिमीले !
कयौ को भाग्य र कर्म
लेखेर मात्र बिस्राम लिनु छ ।
हजार पल्ट आउने
मृत्यु हरु लाई जितेर ।
पटक! पटक!! पटक !!!
अर्पण योन्जन
तरहर-२ सुनसरी
Friday, July 29, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment