गजल १३ आशाढ २०६८
प्रेमको आवाज दिँदा तिम्रो मुटु चर्किएछ
हाँसो दिन खोजे तिमी लाई आँशु दर्किएछ ।
अछुतो त हुन्न मायाँ किन आज भोली
मलाई हेर्ने तिम्रो नजर अन्तै फर्किएछ ।
घमन्ड को बिउ रोपी आनी बानी फेर्यौ
जहाँ जाउँ साथ लाग्ने छायाँ तर्किएछ ।
हिजो सम्म ठिकै थियो तिम्रो मेरो नाता
भेट हुँदा मिठो बोल्ने बोली सर्किएछ ।
आँफैत त्यस्तो होइनौ कस्ले कुरा लायो
गंगा जस्तो तिम्रो मनमा बिष छर्किएछ ।
अर्पण योन्जन
तरहरा-२ सुनसरी
Sunday, July 3, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment