गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, February 16, 2011

मिठा मिठा सपना देख्ने आज शिरानी हरायो

गजल ४ फाल्गुन २०६७



मिठा मिठा सपना देख्ने आज शिरानी हरायो
तिम्रो लागि आँशुले भिज्ने आज शिरानी हरायो ।

औँठी रुमाल चिनो के के साटेका थ्यौ देउरालीमा
प्रिती गाँस्ने चौतारीमा आज निसानी हरायो ।

तन फुल्यो मन फुल्यो आज बैश पनि फुल्यो
फुल जस्तो फुल्ने यिनै आज जवानी हरायो ।

कोइली गाउँथी रुख बसी चरी डाली बसी
सँधै आउने मिर्मिरेको आज बिहानी हरायो ।

लेख्दै थिए हामी दुइको पल पलको कथा हरु
तिम्रो मेरो सम्बन्धको आज काहानी हरायो ।



अर्पण तामाङ (योन्जन)

तरहरा-२ सुनसरी

हाल दोहा कतार

.

No comments: