गजल छ माघ २०६७
मिल्छ भने प्रिती रोप्न थोरै दिलमा ठाउँ देउ
सक्छौ भने सिउँदोमा सिन्दुर को नाउँ देउ ।
घुम्दै आउँदा गाउँ बेशिमा रात पर्यो भने
बास माग्दा बलेसिमा सानु एउटा ठाउँ देउ ।
पिर जली मन सबै डढेलो ले खायो भने
छाप्रो हाल्न दिल भित्र सानु एउटा गाउँ देउ ।
तिम्रो लागि मेरो आँशु मुल्यहिन भए पनि
तराजुमा जोखी सही सानु एउटा भाउ देउ ।
साथ दिउँला हात दिउँला तिम्रो अगी पछी
मायाँ गरी बोलाउने सानो एउटा नाउँ देउ ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Thursday, February 10, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment