गजल माघ १८/२०६७
किन होला तिर्सनाले पिरोल्दै छ मलाई
साँझ पख सम्झनाले पिरोल्दै छ मलाई ।
धेरै भयो इन्टरेनेट मा भेट नभाको पनि
पिर माथि पिर थपी छिरोल्दै छ मलाई ।
बर्सौ भयो जस्तो लाग्छ मन को दुरी बड्दा
शिर माथि भिर राखी सिरोल्दै छ मलाई ।
घात गरे जस्तो लाग्छ उनको मनमा मैले
हात माथि पाप राखी निरोल्दै छ मलाई ।
सपनिमा झस्काउछ उनको छायाँ पनि
म्रिग त्रिस्णा शिरानीमा बिरोल्दै छ मलाई ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Wednesday, February 2, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment