गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, February 13, 2011

खै बुज्यौ र? मैले पनि तिम्लाई मायाँ गर्छु

गजल फाल्गुन १/२०६७

श्रदेय आदर्णीय दिदी निर्मला अवस्थी ज्युको मिठो गजल पढे पछी एउटा पाको रचनाले
अर्को नयाँ रचनाको जन्म गरायो । यदी यस्मा मेरो कम्जोरी वा गल्ती हरु भए अग्रज
सर्जक हरुले गल्ती त औलाउने हुनेनै छ भन्ने आशा राखेको छु । प्रस्तुत छ उक्त
प्रतिउत्तर गजल ।

खै बुज्यौ र? मैले पनि तिम्लाई मायाँ गर्छु
भने देखी साँझ पख सँधै बेशी झर्ने गर्छु ।

स्थिर राख पापी मनलाई डुलाई राख्नु हुन्न
यस्पालिको मंसिरमा त्यतै बसाइ सर्छु ।

के सम्झ्यौ र ?तिम्ले पनि मेरो चोखो मायाँ
भन्छौ भने तिम्रो सामु माना पाथी भर्छु ।

हुन्न अब किनारमा दुबै जना वारी पारी
आँट गरी लौरी टेकी खोली अब तर्छु ।

जुनि भरी ढुक्क परि संङ्गै बस्न लाई
जिन्दगीमा आइ परेको बाधा हरु टार्छु ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी

No comments: