गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, February 16, 2011

आजत बल गरेर भन्छु ठुली एउटा कुरा

आजत बल गरेर भन्छु ठुली एउटा कुरा
तिम्रो लागि किनी ल्याछु हातमा लाउने चुरा ।

भन्छु भन्छु भन्दा भन्दै बैश ढल्ने होकी
धरो धर्म बाचा कसम मनमा छैन छुरा ।

भाग्ने छैन थाक्ने छैन तिम्लाई मायाँ गर्न
आजै देखी सुरु गर्छु मिठा मिठा कुरा ।

भए जती सुम्पी दिउँला रिण परे पनि
प्रेमी दिवश प्रेमी मन सुनाउँला कुरा ।

एक भन्छु दुई भन्छु जसरी नी भन्छु
भन्न खोज्दा तिम्रो सामु अड्किएको कुरा ।



भ्यालेन्टाइनको हार्दिक शुभकामना सबैमा ।।।।



अर्पण

.

No comments: