गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, October 15, 2022

प्यारा बिधवा भएकी छु

 

खाउँ-खाउँ लाउँ-लाउँ भन्ने
बिसै बर्षको कलिलो उमेरमा 
मेरो खुशीमा दैब बेखुश भएपछी
मेरो सिउँदोमा आकाश खसेपछी
मेरो जिबनकै पर्खाल ढलेपछी
तिमी हिँड्ने गोरेटोमा मेरो पाइला गलेपछी
तिमीले देह त्यागेकै दिन देखी
प्यारा म बिधवा भएकी छु । 


माइतिको आँगन छोड्नु अगाडि
जग्गेको चार किल्ला बाँधेर
लगन गाँठोको फेरो समातेर 
संगै जिउने संगै मर्ने बाचा गरेर
पल्ला गाउँको पुरेत बा ले
जुठो खुवाइ दिएपछी
तिम्रो हुनुको धर्म निभाएकी थिए मैले । 


सारा गाउँले साक्षी राखेर
जल्दै गरेको चारुको अगाडि
अग्निकुन्डको कसम खाएर 
गलामा पोते लगाएर
त्यस दिनबाट आफ्नो अधिनमा बाधेका थियौ 
कलिलो चोखो सिउँदोमा
तिम्रो नामको सिन्दुर भरेर
तिम्रो जिबनको आधा हिस्सा बनेकी थिएँ 


जग्गेको थालिमा पानी राखेर 
औंठी लुकाइ खेल्दा
तिम्रो हातको स्पर्शले छुँदा
लाजले भुतुक्क बनेकी म
प्रणयबन्धनको पहिलो खेल जितेकी थिएँ
तर मलाई के थाहा प्यारा
त्यो दिनको खेलको जितपछी
जिबनकै ठुलो खेल हार्छु भनेर
साँच्चै नै त्यो कठोर पल
मृत्‍यु शैयामा तिमी निदाए पछी
प्यारा म बिधवा भएकी छु ।


तिमी परलोक भएकै दिन
मेरो नाम बद्लियो,
मेरो परिचय बद्लियो
मेरो रुप बद्लियो
मेरो रंग बद्लियो
मेरो सिउँदोको सिंदुर सँगै
मेरो गलाको पोते चुँडियो
फूल झैं जोबनका सपनाहरु चिमोटिए
यौबनका कलीला रहरहरु निमोठिए
सागरको चितामा तिमी जल्दै गर्दा
मेरो जिबनको रंगहरु जलाउदै गयौ
नदिमा बगेको तिम्रो अस्तुको खरानी सँगै 
मेरो अस्तित्व बगाउँदै गयौ
माइतिमा तिमीले दिएको सौभाग्य सँगै 
मेरो सर्बश्व संसार लिएर गयौ
त्यसैले त आज म
तिम्रो समाजले दिएको उपनाम बोकेर 
प्यारा म बिधवा भएकी छु ।


तिमीले छोडेर गएदेखी
हेरत मेरो सबै परिचय बद्लिएको छ
कोही मलाई अलछिनी भन्छन
कोही मलाई बोक्सी भन्छन
कोही मलाई पोइ टोकुवा भन्छन
कोही मलाई राणी भन्छन
सबै मलाई कुट्छन, पिट्छन
थुक्छन, दुत्कार्छन चिथोर्छन
चुटिएको डामिएको चोटै चोटको अनुहारमा
असलरल्ल केशहरु छोडेर
सेतो बश्त्रले ढाकिएको छु
तिमीले खोसेर लगेको रंग संगै 
प्यारा म बिधवा भएकी छु ।


यदी तिमी
आकाशमा देखिएको त्यो जून संगै
मलाई नियाली रहेका छौ भने 
तिमीलाई मेरो एउटा प्रश्न प्यारा
पुरुष दाशताको प्रतिक
सेतो बस्त्रमा नारी कहिलेसम्म हेपिन्छे
सस्कारको नाउँमा कहिले सम्म दबिन्छे
सतिले जलेको एउटा इतिहाँस
मिथक बनिसक्दा सम्म
नारी कहिलेसम्म
घरको हेला र माइतिको घृणा सहिरहन्छ ?
तिम्रो समाजले बनाएको बिभेदमा
आजसम्म म अनुत्तरित भएकोछु तिमीसंग
त्यसैले तिमीले देह त्यागेकै दिन देखी
प्यारा म बिधवा भएकी छु । 


रचना- अर्पण योञ्जन "शिरीष"
मिती- २९, असौज २०७९ 
 

Tuesday, October 11, 2022

म तलाउ हैन


म तलाउ हैन,
तिमी ढुंगा हानेर
मेरो मौनता लाई तोड्न ।

गल्छी काटेर बगाउ वा पिएर रित्याउ
म तिम्रो प्यासको तिर्खा मेटाउने पानी हैन
जो तिमी पिउन चाहान्छौ
सुकाउन चाहान्छौ
रित्याउन चहान्छौ ।

म डुंगा हैन तिम्रो यौबनको सयर गर्न
किनकी मलाई तलाउ झै शान्त हुन आउदैन
अनि म खहरे झै गड्गडाउन सक्छु
तिम्रो अश्लिल्तामा
तिम्रो यौबनको हवसमा बिद्रोह गर्न सक्छु
किनकी शान्त रहनलाई
म तलाउ हैन ।

हो म पानी जस्तै हुँ
पुर्ण हुँदा चुपचाप रहन्छु
आधा हुँधा छछल्किन्छु
तर तिमिले सोचे जस्तै
म उतौली हैन
किनकी
छछल्किनु पानीको धर्म हो
त्यसैले तिमि मलाई
प्यालाभरी पिउन सक्दैनौ
उन्मादमा तिमी प्यासी
अनि म प्यासा बन्न सक्दिन
पिपासु तिम्रो आवेगको
गिलासको पानी बन्न सक्दिन
किनकी
म घैलाको पानी हैन ।

म मान्छे हुँ तिमी जस्तै
न, कि म धर्ती हैन,
तिमिले चाहे जस्तै
चिराचिरा पारेर जोत्नलाई
तिमिले चाहे जस्तै
म आफ्नो छातिमा
गगन चुम्बी महल ठड्याउनु सक्दिन
तिमिले सपना देखेको शहर जस्तै
म कंकृट भएर उभिन सक्दिन
किनकी
म माटो हैन ।

म आकाश हैन,
तिमिले सोचें जस्तै
सदियौ सम्म झुकी रहनलाई
जस्लाइ तिमी थुक्छौ
दुत्कार्न खोज्छौ
तर म त्यो आकाश हुँ
तिमिले थुकेको थुकको बाछिटा बनेर
तिम्रो अनुहारमा खस्न सक्छु
र, तिमिलाइ बिटुलो बनाउँन सक्छु
त्यसैले चुपचाप झुकिरहने
म आकाश हैन ।

म हिमाल हैन
मलाई किला काँटी ठोक्दै
मेरो अंग प्रत्यंगमा
तिमी आफू आरोहण गर्न
म हिउँ हैन पग्लिएर
तिम्रो बेहोसिको रापले पग्ली बग्नलाई
तर म त्यो हिउँ हुँ
म त्यो हिमाल हुँ
जो सँधै शिर झै उभिरहन्छ
अटल रहिरहन्छ
त्यसैले म पग्ली बिलाउने
म त्यो हिमाल हैन ।

म पहाड हैन
जहाँ म सम्म आइपुग्नलाइ
मेरो छाती र बक्ष्यस्तल हरुमा
गैती, बेल्चा र मेसिनहरु चलाउ
तोड, फोड, भत्काउ
र यौबनको बाटो बनाउ
मलाई बिरुप र कुरुप पहाड जस्तै
मेरो स्वरुप बिगार्नलाई
तर म तिमिले सोचे जस्तै पहाड हैन
म पहारा झैं चट्टान भएर अडिक रहन सक्छु
ज्वाला मुखी झैं बिस्मोट हुनसक्छु
तिम्रो अभिमान लाई ध्वस्त बनाउन सक्छु
र मेरो कौमार्यताको रक्षाको लागि
लाटो पहाड भएर हैन
सिपाही झै भएर उभिन सक्छु
त्यसैले तिमिले सोचे जस्तो
म पहाड हैन ।

तिमिलाइ खुब जाँगर आउँछ हैन ?
बसको यात्रामा हातको औला छुन
भिडभाड र कोलाहल मा
कुहिनाले मेरो पेट, कम्मर,
नितम्ब र स्तन स्पर्श गर्न ?
तर अब होसियार !
आफुलाइ सम्हाल
तिम्रो कुविचार हरुको
तिम्रो यौबन, तिम्रो आँट
तिम्रो साहस, तिम्रो कुदृश्टी
काबुमा राख
र असल पुरुष बनाउ
नत्र म
बिस्फोट हुनसक्छु
बारुद बनेर पड्कन सक्छु
आगो बनेर जलाउन सक्छु
आँधी बनेर ढलाउन सक्छु
स्पातका ताता लावा बन्न सक्छु
र बिद्रोह गर्न सक्छु
र तिमिले सोचेको जस्तो म हैन ।

त्यसैले तिमिले सोचेको
सान्त तलाउँ हुन सक्दिन
पग्लने हिउँ बन्न सक्दिन
पिउने पानी हुन सक्दिन
लाटो पहाड हुन सक्दिन
निरीह माटो हुन सक्दिन
र, यी सबै कदापी हुन सक्दिन
जो तिम्रो ब्यभिचार
निशब्द सहि रहुँ
किनकी
तिम्रो अन्याय सहने
म सान्त तलाउ हैन ।

रचना- अर्पण योञ्जन "शिरीष"
२५, असौज २०७९

सताउँछ प्रीय


क्षितिजमा ढल्दै गरेको घामले होस
या, उदाउँदै गरेको बिहानिले होस
औंसिको कालो अँध्यारोले होस
या, पुर्णेको जूनेली रातले होस
हमेसा तिम्रो यादले सताउँछ प्रीय
 
लहरै हिमालको हिउँका लहरले होस
या, तराईका लमतन्न फाँटले होस
पहाडको कसिलो पहराले होस
या, खुला आकाशको मुक्त छातिले होस
हमेसा तिम्रो न्यानो अंकमालले सताउँछ प्रीय

 

शिषिरको कठांग्रीने सिरौटोले होस
या, बषन्तको मोहक पालुवाले होस
नदिका अनन्त किनाराले होस
या, समुन्द्रका सालिन लहरले होस
हमेसा तिम्रो केशको स्पर्सले सताउँछ प्रीय ।

 

तिमी छौ पनि छैनौ जस्तो किन ?
तिमी छैनौ पनि यतैकतै छौ झैँ किन ?
थाहा तिमी बोल्दैनौ ती आवाजहरुमा
तैपनी मधुर ध्वनिहरु सुने झैँ किन ?
हमेसा तिम्रो प्रेमिल कामुक्ताले सताउँछ प्रीय

 

थाहा एउटा दुखाउने रात तिमिसंग
अर्को बिझाउने रात संग पनि
मिलनको तड्पाइ हुस्तै दुबै हृदयमा
सहबास वा मिलनको प्रतीक्षा किन ?
हमेसा तिम्रो नादान छायाँले सताउँछ प्रीय

 

बिना भिडभाडमा हराए जस्तै कहिले
चुपचाप निशब्द बनिदिन्छौ कोलाहलमा किन
नदेखिएको काँचको ऐना अगाडी उभिए झैँ
मदहोसी पिउन इशाराले बोलाउँछौ किन
हमेसा तिम्रो चुरिको आवाजले सताउँछ प्रीय

 

लाग्दैछ पर्खाइको त्यो सबै सिमा तोडि दिउँ
समाजको यो पर्दा सबै चातेर फ्याँकी दिउँ
उघारेर तिम्रो घुम्टो सिउँदोमा सिन्दुर भरिदिउँ
नैतिकताको घेरा तोडिदैछ बिस्तारै सानु
हमेसा तिम्रो मादक्ताले सताउँछ प्रीय

 

रचना- अर्पण योञ्जन "शिरीष"
१९ असौज २०७९

Sunday, October 2, 2022

तिमी आउनु !


नबस्नु तिमिसंग पिरती बसिगयो
नभेटेको तिम्रो भौतिक शरीर
कल्पनामा तिमिलाइ स्पर्श गरेर
बिटुलो नबन्नुथ्यो बनिसकेँ
तिम्रो लाजको घुम्टो उघारेर
नचुम्नु तिम्रो अंग-अंग चुमिसके
एक प्याला मदहोसी झै पिइसकेँ
आखिर मनको पराग
र आँखाको प्यास न रहेछ अनुभुती
त्यसैले
एकान्तमा एक्लै हुँदा
तिम्रो सम्झनाको घाउले दुख्दा
गोधुलीमा मल्हम बनेर तिमी आउनु ।

नलेख्नु तिम्रो नामको अक्षर कोरिसकेको छु
तिमिलाइ उघारेर सिमा तोडिसकेको छु
तिम्रो सर्बांगतामा स्खलित बनेर
मैले पहाडहरु फोरेर युद्ध मैदान बनाएको छु
जहाँ निश्कर्ष बिहिन लडाइँको
आत्मा समर्पणको तमसुक लेखिएका छन
त्यसैले
नकाम युद्धमा थकित भएर सुस्ताउँदा
मनको शितल छर्न
शिषिरको बतास बनेर तिमी आउनु ।

मलाई किनकिन तिमी फूल भएको फिटिक्क मन पर्दैन
मलाई तिमी जून भएको पनि मन पर्दैन
अनि मलाई तिमी बिहानिको शीत भएको मन पर्दैन
किनकी
फूलहरु निमोठिन्छन, चिमोठिन्छन
सडकमा फ्याँकिन्छन, कुल्चन्छन
अनि फेरि
पुतली र भँवराहरु आएर डसेर जान्छन
उसलाई अलिकति पनि प्रेम हुँदैन
तिम्रो कोमल गुलाबी उमेर संग
त्यसैले तिमि यी मद्धे केही पनि नबन्नु
बरु सुवास्ना बनेर तिमी आउनु ।

जूनलाई दाँजिने तिम्रो बिम्बलाई
अँध्यारो रातले खप्लक्क निल्छन
तिम्रो अनुहारमा कालो ग्रहण लाग्छ
छुन खोज्दा कोसौं टाढा हुन्छौ
अनि फेरि
हेर्दा मोतिका दाना झैँ सुन्दर सितको थोपा
हावाको सानो झोकाले पोखिन सक्छौ
सुर्यको किरण हुर्कँदै जाँदा
छिनभरमै बिलाउन सक्छौ
त्यसैले तिमि
ती फूल, जून र शीत
यी मद्धे केहि पनि नबन्नु है मायाँ
बरु म तिम्रो बिश्वास मा बिचलित हुँदा
अटल रहने आकाश बनेर तिमी आउनु ।

प्रेमका अनेकौं रुपहरुमा
तिमी मलाई बतास बन्नुछैन
हावाहुरी र बेग बन्नुछैन
धर्ती आकाश, आगो पानी
जून घाम तारा अनि गुलाफ केही बन्नुछैन
अनि तिमी मलाइ नदेखेको
बिम्बको आकार बन्नुछैन
छत केवल तिमी मेरो लागि
मैले छुएको स्पर्श भएर आउनु
मैले नियालेको लाजको घुम्टो ओढेर आउनु
हृदयको कलमले कोरेको प्रेम भएर आउनु
अनि तिमी, तिमि नै भएर आउनु है कान्छू
किनकी
तिम्रो प्रेमले म ऐठन हुँदा मलाई बिउँझाउन
त्यही भौतिक बनेर तिमी आउनु ।

यहाँ देवालयहरु छन, तर देवहरु छैनन
यहाँ पुजारीहरु छन, तर धर्महरु छैनन
यहाँ मान्छेहरू छन, तर मानबहरु छैनन
छाती भित्र मुटुहरु छन, तर धड्कनहरु छैनन
यहाँ युगल जोडिहरु छन, तर स्नेहहरु छैनन
यहाँ प्रेमिकाहरु छन, तर प्रेमहरु छैनन
त्यसैले
माया, प्रेम, स्नेह र सद्भावको खडेरीमा
म आकुलव्याकुल अस्तब्यस्त हुँदा
ती चिरागहरु बालेर तिमि आउनु
मायाँ !
तिमी त्यही हौ जो प्रेम बोकेर आउन सक्छौ
तिमी त्यही हौ सद्भाव र अपनत्व बोकेर आउन सक्छौ
त्यसैले यो धर्ती रहेसम्म
बिश्वास बोकेर तिमी आउनु ।

रचना- अर्पण योञ्जन "शिरीष"
मिति- १६, असौज २०७९