Tuesday, May 31, 2022
कथा- भाग-२५, एउटा प्रेम यस्तो पनि ।
Monday, May 23, 2022
कथा- भाग-२४ एउटा प्रेम यस्तो पनि ।
दोश्रोपटक उनी स्पेसमा फर्किएर आएपछी हामी पहिलेको जस्तै हरेक सुक्रबारको स्पेसको बसाइ र टुइटरको डिएममा प्राय बिहान बेलुकी दिउसो राती जुनसुकै बेला पनि संबादमा लगतार रहन थाल्यौ, फेरी उस्तै पहिलेको जस्तै रेला, ठट्टा, हासो, मजाक सबै हुनथाल्यो, समयले हामीलाई राम्रै संग साथ दिएको थियो, बिहान उठेर गुडमर्निङ डियर देखी आधारातामा गूडनाइट डियर नभनुन्जेलसम्म घन्टौसम्म च्याटिङमा मस्त रहन्थ्यौ, थाहाछैन हामीमा त्यत्रो समय खर्चिने के गफ निस्कन्थ्यो कुन्नी, कहिलेकाही कुरा गरिसकेर च्याटिङ सुरु गरेको समय र बाइ भनेको समयलाई जोडेर हेर्थ्यौ र एकअर्कालाई सोद्थ्यौ, आज हामीले के गफ गर्यौ यत्रोबेर ? दुबैको आफै प्रतिको प्रश्नमा हामी दुबैसंग कुनै उत्तर हुन्थेन, अनी दुबैजना फेरी मेसेजको भाव र इमोजी कै भरमा निकैबेरसम्म हासिरहन्थ्यौ, साचै भनमभने, हामी दुबैको संबादमा हामीले आफ्नै जिम्मेवारी कामकर्तब्य पनि भुलेर कहिलेकाही त आज सन्चो भएन भनेर कम्पनिमा ढाटेर डिउटी नै नगैकिन उनीसित गफ गरेरै बिताइ दिन्थे, कस्तो अचम्म दिनभर रातभर गफ गरेर नपुगेर डिउटिको समय पनि हापेर म अझ उनिसित भुलिन थाले, उनी पनि घन्टौसम्म मैसित रहन्थिन, लाग्थ्यो उन्ले घरमा केही गर्नैपर्दैन, सबै नोकरचाकर राखेर सुतिसुती खाने महरानी जतिकै घन्टौ सम्म म संगै च्याट मै हुन्थिन, यहाँँसम्मकी बिहान र बेलुकी खाजा र खाना बनाउदा सम्म मोबाइल नै बोकेर च्याट गर्दै चुल्होको सबैकाम भ्याउथिन, दुबैको निकट्ता र च्याटिङको संबाद यतिसम्म हुनथाल्योकी खाना खानै भुलेर गफ मै मस्त हुन्थ्यौ, न दिनभर कसैको वास्ता गर्नुछ, न रातभर निन्द्रा सुत्नुछ, सिर्फ च्याट अनी मात्रै च्याट, च्याटै च्याटले हामी दुबैको आआफ्नो काममा बाधा हुँदैथियो, अझ यहाँसम्म कि मत अफिसको कुनै पनि कामहरु बिर्सन थालेको थिए, कुनै कामको कल रिसिभ गर्यो भने कित जवाफ दिन बिर्सन्थे, कित कामगर्ने मान्छेलाई खबर नै गर्न बिर्सन्थे, अनी गेस्टले रिसाएर पुनह दोराएर कल गरेपछी झसंग हुँदै टेक्निसियन हरु पठाउथे, कहिलेकाहित रातिको डिउटिमा च्याट गर्दागर्दै उज्यालो हुन्थ्योर, रातभरीको कामको प्रगती र फलोअपमा भएको कामको ह्यान्डओभर नै नगरि डिउटिबाट निस्कन थालेकोथिए, बिस्तारै मेरो कामको स्तर घट्दै जादै थियो, मेरो आफ्नो समयमा भएको कामको बिबबरण हरु यात सुरुनै गरेको हुन्नथे, यात अधुरै रहन्थे, म हरेकदिन जसो मेरो आफ्नो मेनेजर बाट गाली खान थालेको थिए, कतिपटक त, म मोबाइलमा घोत्लिएर एकलै हासिरहेको देखेर मेनेजरले पनि गाली गर्न थालेको थियो, खै कस्तो प्रेम, कस्तो माया, कस्तो आत्मियता, अनी कस्तो न्यानो अनुभुती, मलाई यस्तो लाग्दैनथ्यो कि, म परदेशमा छु, अनी उनी नेपालमा, किन मलाई यस्तो लाग्थ्योकी उनी हरदम हरेकपल म संगै छिन, अगाडिपछाडी दाँयाबाँया जुनसुकै बेलापनि, उनी मेरो सम्मुख छिन, यस्तै एकोहोरो पनले गर्दा म बेहोसी झै हुनथालेको थिए, उनको प्रेममा यती चुर्लुम्म डुबेको थिएनी ! म, केहीछिन केहीपल नेपालमा नेटवर्क नहुँदा वा बिजुली बत्ती गएर संपर्क हुन सकेन भने पनि ब्लाककफी र सिगरेट अनिबार्य मेरो दोश्ती हुनथालेको थियो, उनको अनुपस्थिति हुनेबितिकै कित रिस उठ्थ्यो मलाई कित कफी र सिगरेट हुनैपर्थ्यो, तब म शान्ता भएर आकाश तर्फ चुरोटको सेतो धुवा उडाएपछी बल्ल आफुलाई शान्ता महसुस गर्थे, नत्र के नभएको, के नपुगेको, के हराएको वा केही अपुरो अधुरो अभाव भएको जस्तै लाग्न थालेको थियो मलाई ।
तर एउटा कुरा अचम्मको थियो, हामी दुबैमा यतिधेरै संबाद र प्रेम सम्बन्ध स्थापित भएर पनि टुइट्टरको युजर नाम बाहेक, एकअर्काको वास्तविक नाम, जात, धर्म, ठाउँ ठेगाना, पेशा केही थाहा थिएन, तै पनि खै त्यस्तो के थियो हामीमा यती धेरै विश्वाश र एक अर्काको वास्तविक परिचय बिना नै, आपसमा लिन थियौ, प्रेमको अलौकिक सागरमा डुबेका थियौ, अनकन्टार मरुभुमिमा दिसाहिन भएका थियौ, कुनै घनघोर जंगलमा बाटो हराएर पनि लगतार हिडिरहेको मनुश्य जस्तो लगतार प्रेमको त्यो पुन्ज समातेर हिडिरहेको थियौ, न मैले उनले धोका देला भन्ने सोचे न उनले सोचिन, यदी आपसमा धोका दिएछौ भने पनि कहाँ खोज्ने, कस्लाई सोध्ने, भन्ने दिमागमा कहिलै सोचाइ आएन, न, मलाई, न उनलाई, बिल्कुलै अरबसागरको बिचमा हराएको सानो डुङ्गा, नाउ, बोट, जतिकै भौतारी रहेका थियौ, घर, ठेगाना,पेशा धर्म सोध्नुभन्दा पनि एक अर्कालाई आमने सामने सम्मुख उभिएको देख्नु बाहेक हामीले अन्य केही सोच्दैनथ्यौ, सुनेको थिए, कथा उपन्यास हरुमा, प्रेम अजय हुन्छ, अत्रिप्त हुन्छ, अद्रिश्य हुन्छ, अनुभुती र महसुस बाहेक छुन पनि सकिन्छ, चोखो हुन्छ, पवित्र हुन्छ, अनी सफल पनि, मैले यस्तै पढेको सुनेको थिए, तर प्रेम अन्धो हुन्छ देखेको थिन, माया यती एोकोहोरो हुन्छ सोचेको थिन, तर मैले त्यो बेला साचिकै, देखेको पनि थिए, भोगेको पनि थिए, अझ पात्र म स्वयम आफै थिए ।
यो भन्दा पनि अझ अचम्मको रोचक कुरा त अर्कोछ, तपाईं हरुले अहिलेसम्म यो कथा पढिरहदा के एउटा कुरा ख्याल गर्नुभो, शायद गर्नु भएन होला, यदी गर्नुभयो भने पनि विश्वाश लागेन होला, हो तर वास्तबिक्ता यही हो, जुन तपाईंहरु पड्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, हामी भित्र यतिधेरै एकाग्रता मायामा लिप्त हुँदा पनि हाम्रो लामो समयसम्म कुनै कल संबाद भएन, कुनै भिडियो कल गरेर एक अर्कालाई नियालेनौ, महिनौ सम्म खोपी संदेश र च्याटमा दोहोरो मेसेजिङ संबाद गरेकै भरमा पनि कसरी महसु हुन्छ, कसरी अनुभुती हुन्छ, कसरी स्नेह रोपिन्छ, हृदयमा संबेदना कसरी भरिन्छ, कसरी विश्वाश फुल्छ, एक अर्काको भावना प्रती कसरी माया प्रेम जाग्रित हुन्छ, सुन्दै अचम्म अनौठो लाग्छ होला तपाईं हरुलाई, तर हामी भित्र भयो, सत्य यही थियो, आपसमा स्पेसको बसाइको पर्खाइ देखी लिएर महिनौ बित्त्दा सम्म फोन नम्बरहरु एक्स्चेन्ज गर्न जरुरी सम्झेनौ, फेसबुक, व्हाटस एप, भाईबर इमो कुनैपनी सामाजिक सञ्जालमा जोडीन उचित वा आवश्यक ठानेनौ, अहिले सोच्दा पनि मलाई पनि अचम्म नै लाग्छ, महिनौ सम्म मेसेजकै भरमा हामी कसरी समाहित भएर बस्यौ होला, हरेक दिनको च्याटिङ को अक्षरहरुमा प्रत्येक शब्द शब्दमा आपसमा दुबै हुनुको महसुस गर्थ्यौ, दुबै आमने सामने बसेर एक अर्कालाई नियाल्दै लजाएको अनुहारको कल्पनाले मुसुक्क हासिरहेको आभास गर्थ्यौ, हामीले एकले अर्कालाई भौगोलिक दुरिमा छौ, भन्ने महसुस कहिलै भएन, जब गफ सुरु गर्थ्यौ तब अक्षर हरुमै हास्थ्यौ, लजाउथ्यौ, कराउथ्यौ, रिसाउथ्यौ, घुर्काउथ्यौ, रुन्थ्यौ अनी झगडा गर्दै फेरी फकाउथ्यौ पनि, तर दुबै भौतिक शरीर कोसौँ टाढा छौ कहिले भएन, दुबैको महसुस र अनुभुतिलाई कतिपय अवस्थामा त इमोजिहरुले पनि सहयोगी भूमिका निभ्याउथ्यो, रिस्साउनुछ, रातो इमोजी पठाउथ्यौ, रुनुछ, रुएको इमोजी, हास्नुछ, हासेको इमिजो, माया गर्नुछ, मुटुको इमोजी, चुम्बन गर्नुछ, ओठको इमोजी, अचम्म पर्नुछ, छक्क परेको इमोजी पठाउथ्यौ यसरी एक अर्काको फिलिङ्स र इमोसन्स लाई इमिजोको भावहरुले ब्यक्त गर्थ्यौ, तैपनी सात समुन्द्र पारी र वारी छौ भन्ने कहिलै सोचेनौ, शायद यही न्यानोपना नै माया होला, कल्पना र महसु मै जिउनु पनि प्रेम होला, सोच्दा झट्ट अनौठो लागे पनि माया आखिर माया नै रहेछ, अनी उस्तै विश्वाश को सम्बन्ध, प्रेम नहुँदो होत विश्वाश नहुँदो हो, अनी विश्वाश नहुँदो होत, यो अजय सम्बन्ध पनि नहुँदो हो ।
मैले टुइटर चलाएको खासै धेरै बर्ष भएकै छैन, शायद अंग्रेजी महिनाको जुलाई २०१९ बाट होला चलाऊन सुरु गरेको, सुरुवाती दिनमा टुइटर नचिनेको गाउँको मान्छेहरुको बस्ती जस्तै लाग्थ्यो मलाई, कसैले के, कसैले के, पोस्टिएको देखिन्थ्यो, यो टुइटर संग म अभ्यस्त नभएर होकी वा नयाँ भएर हो कुन्नी, त्यतिबेला अहिलेको भन्दा चहलपल अलिक कम नै जस्तो देखिन्थ्यो, आमनागरिकहरु भन्दा पनि छ्द्मभेषी नाम र परिचय राखेर राजनैतिक टिकाटिप्पणी र गालीगलौज गर्नेको झुन्ड धेरै देखिन्थ्यो त्यो बेला, मैले थाहा नपाएर होकी पत्रकार, ठुला ब्यापारी, सरकारी केही ठुला कर्मचारी र नेताहरुको टुइट देखिन्थ्यो, कस्ले कस्लाई त, कस्ले कस्लाई आक्षेपपूर्ण मसिना टुइटहरु हुन्थे, त्यही बेला हो मैले एउटा नवजोडी ले टुइटरलाई धन्यवाद दिदै लेखेको त्यो टुइटमा, टुइटरले भेट गराएको सम्बन्ध आज बिहेमा परिणत भएर जिबनसाथी भएका छौ, हामीलाई दाम्पत्य जिबनको शुभकामना र आशिर्बाद दिनु होला है, यस्तै केही लेख्दै फोटो पोस्टिएको देखेको थिए, फेसबुकमा जस्तै टुइटरमा मान्छेहरु चिनजान, टुइटरमा पनि मेसेजिङ संबादहरु हुन्छन, मलाई थाहै थिएन, यहाँँसम्मकी, लगतारको हरेक टुइटरको लाइक, कमेन्ट र रिटुइटले घनिस्ट बन्छन, त्यही घनिन्स्टता प्रेमसम्म बद्लिएर विवाह सम्म गर्छन, सोचेकै थिन, सम्बन्धको त टाढाको कुरा, मलाई टुइटरमा बोलिने कतिपय भाषाहरु सम्म थाहा थिएन, पछी जब स्पेस आयो, स्पेसमा सबै संग चिनजान र बोलचाल गर्न थालियो, त्यसपछी कुन शब्दको के अर्थ लाग्छ भनेर बल्ल थाहा पाइयो, फेसबुक को प्रोफाइल भने जस्तै, डिपि भनिदोरहेछ, मेसेन्जर भने जस्तै डिएम भनिदो रहेछ, क्याप्सन भने जस्तै टिएल वा टुइट भनिदो रहेछ, अलिक पछी पछी डिएमलाई नेपालीहरुले आफ्नै तरिकाले न्वारन गरेर खोपी संदेश भन्न थालेको पनि सुने, भनेपछी म बिज्ञान र टुइटर संग यती अनबिज्ञ रहेको मान्छेले कहाबाट कसरी विश्वाश गरोस कि टुइटरबाट पनि मान्छे घनिस्ट बन्छन, प्रेम गर्छन्, अनी बिबाहसम्म पुग्छन भनेर, तर जब स्पेस आएर नियमित रुपमा सँधै बस्न र सबैसंग बोल्न थालियो, त्योबेला देखी म उनीसंग नजिकिएको थिए, त्यही स्पेसको बसाइबाटै हामी दुबै प्रेमको चरणसम्म आइपुगेको थियौ, टुइटर मार्फत प्रेम र विवाह असम्भव सोचेको मान्छे म स्वयमा आज गहिरो प्रेममा परेको थिए ।
दिनहरु बित्दै जानथाले, हामी झनझन नजिक हुँदै जादैथियौ, हाम्रो सम्बन्ध झनझन कसिदै जादैथियो, दुबैको बिचमा झाँगिएको प्रेम अझ प्रगाढ हुँदैथियो, हरेकदिनको मेसेजिङ र गफको त कुरै छाडौ के के कुरा हुन्थ्यो, हुन्थ्यो भनी साध्य छैन, घन्टौ कुरा गरिरहनु र गफमै घन्टौ हराउनुत हामी दुबैको दैनिकी नै बनिसकेको थियो, सँधैको जस्तै डिउटिबाट रुममा पुगेर सुत्नु अगाडि उनी संग च्याटमा कुरा गर्न थाले, यस्तैमा दुबैजना गफ गर्दागर्दै खै यतिका दिनपछी मेरो दिमागमा के कुरा आयो कुन्नी मैले ठट्यौली कुरा चलिरहेको बिषयबाट बद्लिएर सिरियस हुँदै उनलाई सोधे, ए हजुर ! यदी रिसाउनु हुन्न भने तपाईंलाई एउटा कुरा सोधुम, मेरो प्रश्न उता पुग्न नपाउदै तुरुन्तै जवाफ आइहाल्यो, केहो त्यस्तो एउटा कुरा, सोधेपछी दुइचार वटानै सोधे हुन्नर? उनको यो जवाफ पाएपछी पुनह अर्को प्रश्न गर्दै सोधे फेरी, हामी बोल्न थालेको कती समय भयो हजुरलाई थाहा छ, हासेको इमोजी संगै उनको जवाफ फेरी, उम... स्पेस आएदेखी को होला, अन्कनिदै लामो लेग्रो तान्दै आएको जवाफलाई अब्जेक्सन लगाउदै भने, त्यस्तो भन्न खोजेको हैन हौ, समय पो कती भयोहोला भनेकोत, खै कती भयो, बिहान देखी बोलेको अहिलेसम्म बोलिरहेको छौ, भयो होला १५,१६ घण्टा भन्दै हासेको इमोजी संगै उनको जवाफ आयो उताबाट, लगत्तै अर्को मेसेज लेखे मैले, ह्य.. हजुर पनि कस्तो कुरै नबुझ्ने के, मैले त्यो समय भनेको हैन, हामी बोल्न थालेको कती महिना भयो पो भनेर सोधेकोत, निक्कै लामो हासेको हाहाहा लेखेको मेसेज संगै उन्को उत्तर आयो, ए त्योत एक बर्ष नाघ्यो, उनको उत्तर आयो, लगतै उनको अर्को मेसेज आयो फेरी, तर यतिका दिनपछी किन सोध्नुभाको तपाईंले चै, म के भनौ वा नभनौको दोधार हुँदै दिमागमा कुरा घुमिरहेको इमोजी पठाएँ, मेरो इमोजी उता पुगे लगत्तै, उनी फेरी बोलिन, ह्य भन्नुन छिटो, किन सोध्नुभाको के तपाईंले, नरिसाउने हो भने मात्रै भन्छु, नत्र भन्दिन होस, घुर्काएको भावमा भूमिका बाध्दै जवाफ फर्काए मैले, ओके बाबा ओके, ल रिसाउदिन, अबत भन्नुहोस् केहो त्यो, किन सोध्नु भएको ? लगतै फेरी उनको मेसेज, त्यसपछी फेरी भूमिका घुमाउदै अन्कनिदै दोधारे मनले अर्को मेसेज पठाएँ, नरिसाउनुहोस् हैत, हस हजुर हस, रिसाउदिन, बरु यो भन्दा धेरै दिमाग चाट्नुभो भने चै पक्कै रिसाउछु, हजुरलाई मैले यतिका दिन कुन चै कुरा गर्न रोकेको छुर, यती ठुलो भूमिका बाधि राख्नु पर्ने, उनको फेरी यतिलामो मेसेज आएपछी रिसाउने होकी भन्ने सोच्दै मन दरो पारेर सोधे, हामी बोलेको यतिका दिन बित्यो, दुबैलाइ प्रेम गर्छौ, शायद अब छुटिनु पर्यो भनेत दुबैलाइ मुस्किल हुन्छहोला तर हामी एकअर्कालाई दुबैको वास्ताबिक नाम, ठेगाना, संपर्क सम्म थाहाछैन है, मैले परिचय माग्ने आसायमा मेसेज सेन्ड गरेपछी, उताबाट उन्ले यती लामो हासेको इमोजी संगै अर्को मेसेज पठाइन, ए त्यती नै पो? त्यतिको लागि अनी यत्रो भूमिका, सिधै घर कहाँ हो, नाम केहो, के थर, हो, सोधे भैहाल्थ्योनि, यतिका भूमिका बाध्नुभो अब झन भन्दिन,लगत्तै उनको अर्को मेसेज आयो, बरु हजुरलाई एउटा कुरा सोध्छु है, के नाम ठाउँठेगाना जातमा हुन्छ र माया, मेरो नाम ठाउँगाउँ लाई पक्कै माया गर्नुभएको होइन होला हजुरले, कि के ? उल्टै मेरो जिज्ञासाको प्रतिप्रश्न, उनको प्रतिप्रश्नले रिसाएको महसु गरे मैले, त्यसैले सम्हालिदै भने, त्यस्तो हैन, दुबैलाइ माया गर्छौ, तर दुबैलाइ नाम जात धर्म, ठेगाना सोध्ने हक त राख्छौनी हैनर ? हो म जात र धर्मलाई विश्वाश गर्दिन, किन कि समाजलाइ एउटा निश्चित परिधि र नियम कानुन भित्र राख्नलाई, धर्म र जात बर्णको बिकास गरियो, कालान्तरमा त्यही आज समाजमा डरलाग्दो बिभेध छ, तर म जात र धर्मलाई मान्दिन, तर एक अर्कालाई जान्न बुझ्न त जरुरी छनी हैनर? जती मलाई हजुरको बारेमा जान्न् जरुरी छ त्यती नै हजुरलाई म प्रती जान्ने जरुरिछ, र त्यो हक हजुरलाई पनि छ, मैले नाम ठेगाना सोध्नुको अर्थ लगाउदै मेसेज सेन्ड गरे, तर मेसेज हेरेको हरियो सिग्नल देखाएन, निक्कैबेर कुरे तर अझै पनि मेसेज हेरेको देखाएन, त्यसपछी रिसाएछ कि केहो भनेर पुन अर्को मेसेज सेन्ड गरे, सरि मेरो आसाय त्यस्तो हैन, बस दुबैलाइ सजिलोको लागि हो मैले सोध्न खोजेको, मेरो गलत इन्टेन्सन थिएन, किन रिसाएर जानुभाको, हे भगवान कम्सेकम जस्तोसुकै रिस उठेपनी बाइ त भनेर जानुपर्छ, कस्तो रिस हो के, नाकैको टुप्पोमा, केही सोध्नै नहुने, रिसाइ हाल्नुपर्छ त अनी, सरि बाबा सरि, ल अब देखी सोद्दिन हस, खुश अबत, लगतार मेसेज सेन्ड गरिरहे, तर लगतारको मेसेज पनि उनले त्यताबाट हेरेको देखिएन, नत मेसेज नै हेरिन उन्ले नत कुनै जवाफ नै, जवाफ त झन कसरी देवोस र, जबकी उनी अफलाइन भएर गैसके कि थिन, त्यसैले पुन मैले sorry dear, but i really love you jaan. अर्को मेसेज पठाउदै, म पनि अफ्लाइन भएर सुत्ने तर्खरमा लागे ।
बिहान उनी संग कुरा गर्दागर्दै सुत्न ढिलो भैसकेकोले बेलुकी बिउझन पनि अलिक ढिलो नै भयो, आँखामा निन्द्रा नै नपुगेर होकी किन आँखा सुन्निएका जस्ता राता राता पार्दै हतार हतार उठेर नुहाएर बेलुकिको डिउटिको लागि तयार भए, ढिलो उठ्नुको नतिजा डिउटी हिंड्ने बेलामा हतार गर्नु हो, युनिफर्म लगाउदै थिए यतिकैमा मोबाइल मा रिङ्ग बज्यो, मोबाइल उठाएर हेरे, फोन ड्राइभरको रहेछ, फोन कल रिसिभ गर्दै भने, ल पर्ख है म आइहाले, त्यती भनेर फोन कल राख्दै हत्तारिदै हुरिएर गेट बाहिर पार्किङ् गरेर राखिएको गाडीमा पुगे, गाडीमा पुग्दा ढिलो हुनलाग्यो भनेर ड्राइभर रिसले चुर भएर बसेको रैछ, त्यसपछी भाई सरि थोरै ढिला भए, आज अलिक पेट दुखेर समय लाग्यो बाथरुममा, झुट बोल्दै ड्राइभरको रिस शान्ता पार्न खोजे, तर मेरो कुराले उस्लाई के छुन्थ्यो र, तैपनी मन लागि नलागी ठिकैछ भन्दै छोटो उत्तर दिएर गाडीको स्टेरिङ्ग बाटरेर दौडाउन थाल्यो, गाडी आफ्नो गती समातेर सयको स्पिडमा एकोहोरो भएर दगुरी रहयो, म भने निन्द्रा नपुगेर पुन गाडी भित्रै निदाउन थाले, करिब एक घण्टाको रफ्तार पछी हामी सबैजना अफिस पुग्यौ र सबैले आ आफ्नो कामको अपडेट लिएर साँझको काममा ब्यस्त भयौ, एक झमटको कामको चाप सकिएपछी अफिस स्टाफ र टेक्निसियनहरु खाना सुरुगर्न थाले, म भने एउटा कफी बनाएर अफिसको कम्प्युटरमा बाँकी रहेको कामको अपडेत सक्न तर्फलागे ।
तुर्किश कफिको कालो तितो कोक्याउने स्वाद र उनी संग बिहान कुरा गरेको सम्झिदै निरन्तर कम्प्युटरमै काम सक्ने भनेर लगतार घोत्ली रहे, यतिकैमा सुपरिटेन्डेन्टको कल आयो, फोन उठाउदै गूड् इभिनिङ सर, थोरै दबिएको सानो स्वरमा अभिबादन स्वरुप चिप्लो दली पठाएँ, उताबाट उस्ले केछ ठीक छ, भनेर सोध्यो, मैले सबै ठीक छ सर जवाफ फर्काए, त्यसपछी बेलुकिको रिपोर्ट पठाउनु भनेर आदेश फर्मान जारी गर्यो, मैले हस बोस म पठाइहाल्छु भनेर गूड् नाइटको अर्को विस फ्याकी दिए, उताबाट उस्ले पनि ओके, टेक केयर, राती अलिक चनाखो भएर बस्नु भन्दै कल राखिदियो, मैले हुन्छ पनि भन्न नपाई फोनको टुटुटुट गर्ने आवाज आयो, फोन राखिसकेको रहेछ, त्यसपछी लगत्तै मैले रिपोर्टिङ बनाइसकेको हुनाले मेल गरिदिए, मलाई थाहा थियो केही दिन देखिको मेरो कामको स्तर घटेकोले याद दिलाउनको लागि भएपनी कल नत्र मेसेज आउछ भनेर, नभन्दै उस्को कल आएको थियो, जुन बेलादेखी जब निहारिका फर्किएर आएकी थिन, त्यही बेला देखी म उनी संगको संबादमा गहिरिदै जादा मेरो हरेक काममा बाधाहरु आउन थालेको थियो, हरेक घडी हरेक समय दिनरात उनी संगको च्याटिङले काम भुल्ने र च्याटिङले नै काममा ढिला हुनथालेको थियो, त्यसैले पनि मेनेजर, सुपरिटेन्डेन, डिभिजिन हेड, सम्मका हाकिमहरु दिक्क लागिसकेका थिए, बस मेरो बिगतमा राम्रो कामको प्रसम्सा र रेकर्ड भएकै कारणले खासै गाली गर्न वा वार्निङ दिएका भने थिएनन, सबैले माया, विश्वाश र भरोसा गर्थे त्यही बिगतको राम्रो कामको प्रसम्साले नै टिकिरहेको थिए म, जस्तोसुकै कम्प्लेन भएपनी ।
मैले साँझको सबै काम सकेर रिपोर्टिङ सम्म भ्याउदा बेलुकिको ९, बजिसकेको थियो, त्यसपछी रिसेप्सनमा गएर सबै नाइट क्रु मेम्बरहरुलाई बोलाएर कामको बाँडफाँड गरे, सुबाषलाइ आर ओ प्लान्ट को पानीको डायमिटर र प्रेसर हेर्न लगाए, सँधै झै राजकुमार, प्रशान्त, फारुक, पल, रमेश, स्रीजित, र विश्वाजितलाई आ आफ्नो कामको एरिया तोकेर जिम्मेवारी दिए, त्यसै मुताबिक सबैजना आ आफ्नो कामको टुल्सहरु तयार गरेर स्टोर रुममा आरामगर्न तर्फलागे, रिसेप्सनको भाईलाई पनि राती निदायौ भने पनि फोन कलको अलिक ध्यान दिनु है भने, त्यसपछी म पनि खाना खानु तर्फ लागे, यतिन्जेल सम्म झन्डै साडे नौ बजिसकेको थियो बेलुकिको, खाना खाइसके, त्यसपछी आफ्नै अफिसमा फर्किएर टेबलमा बस्दै मोबाइल हेरे, कतिबेला काम सकिन्छ र सकेर मोबाइल हेरौ जस्तै भएको थियो, काम गर्दागर्दै कतिपटक त मोबाइलमा हात नपुगेको पनि हैन तर सँधैको कम्प्लेन र किचकिच सुन्नुपर्छ भनेर मनलाई बाधेर बल्लतल्ल काम सकेर यतिबेला मोबाइल छुदै थिए, नत्र त, उनको कुनै मेसेज आयो कि आएन, आए पनि के लेखेर आयो, रिसाइन कि, रिसाएकी छैनन कि, आदी इत्यादी मनमा कुरा खेलाउदै साँझको काम मुस्किलले सकेको थिए ।
हेलो ! हाइ ! ओइ मान्छे ! सुतिसक्नुभो ? ह्य कस्तो मान्छे होला के, कती छिटो सुत्नुभाको, अनी नानाभाती त्यो के मेसेज छोड्नु भएकोनी, म रिसाएर गाको हैन के, तपाईं संग बोल्दाबोल्दै बत्ती गयो त्यसैले अफ भाको हो, गएत म गए है भनेर बाइ भनिहाल्थे नि, त्यो पनि हजुर संग रिसाउनु पर्ने कुरा नै के भाकोछर, यसो अलिकती बत्ती के गाको जेपनी लेखी हाल्नु पर्छ है, मोबाइल खोलेर टुइटरको डिएम भित्र प्रबेश गर्ने बित्तिकै उनको यस्तो मेसेज थियो, उनको मेसेज पढिसकेर, लगत्तै मैले यताबाट मेसेजको रिप्लाई फर्काउदै लेखे, ए, ए, ल,ल ठीक छ, तर त्यता बत्ती गएको मलाई कसरी थाहा हुन्छत नि, मैले केके सोधेकोले रिसाएर पो अफ्लाइन भएर जानुभएछ भनेर सोचिरहेको थिए, सरि अगेन, मेसेज सेन्ड गरे, उता मेरो मेसेज के पुगेको मात्रै थियो तुरुन्तै मेसेज हेरेको हरियो रंग देखियो, लगत्तै उनको मेसेज आयो, हैन जिन्दगी लामो छ महोदय, बिना कारण जिन्दगीभर सरि मात्रै भनेर बस्ने बिचार छ कि केहो? लगतै आएको उनको मेसेजको जवाफ फर्काउदै तत्काल अर्को मेसेज ठेलिदिए मैले पनि, सरि मात्रै हैन, त्यो ज्यानले आटे जिन्दगीभर सेवक भएर बिताइदिने सोच बनाइसके, मेसेज संगै हासेको इमोजी पनि घचेटी पठाएँ, ओहो महोदय, हजुर धेरै पर पुग्नुभो फेरी, भो, त्यती पर चै नपुग्नुहोला, स्वास्थ्य को लागि हानिकारक हुन्छ ज्यानलाई, हाहाहा यती लामो हासोको संकेत संगै उनको ठट्टा थियो म संग, कुरालाई अगाडि बढाउदै उनैले पुन अर्को मेसेज पठाइन, अनी आज महाराजको कुनै काम छैन अफिसमा ? आजत छिट्टै बेलैमा पो, अन्लाइन आउनुभएछ त अनी? उनको जिज्ञासा संगै मैले पनि यताबाट अर्को मेसेज पठाएँ, अनी आफु नि, आफु, आफु पनि त, यतिबेला सम्म नसुतेर के गर्दै बस्नुभाको नि, हैन खाना खाइसकेर सबै सुतिसके, मलाई निन्द्रा नलागेर युट्युब हेर्दै थिए, त्यतिकैमा स्पेस जान मन लागेर स्पेस तिर गएर मान्छेको हल्लाखल्ला सुन्दै थिए, उनको अर्को मेसेज आयो, हल्ला सुन्दै बसेको कि आँफै हल्ला गर्दै चै बसेको, मैले ठट्टा गर्दै पुन अर्को मेसेज पठाएँ, ह्य हैन के, रातिउँधी मलाई स्पेसमा गएर हल्ला गर्न मन लाग्दैन, आधारातमा स्पेसमा गएर हल्ला गर्दा मलाई घरबाट लखेट्दैन कि क्याहो, ओहो हजुरलाई लखेट्ने मान्छे पनि जन्मेको छर यो दुनियाँमा? पत्याइन है मैलेत, उनको लगतारको मेसेज संगै मैले पनि फटाफट सवाल जवाफ गर्दै संबादलाइ अगाडि बढाउदै लगे, दुबैमा संबाद लम्बिदै गयो, ठट्टा मिश्रीत संबाद संगै पुन बिहानको कुरालाई नै दोराए मैले, ए हजुर, मेरो सम्बोधन संगै, हजुर भन्नुन के भन्न लाग्नुभाको, प्रश्न संगै आएको अनुमतीमा पुन अर्को मेसेज पठाएँ, उही बिहानको कुरा के हजुरले त बिहान केही बताउन पनि नपाई बत्ती गैहाल्यो भन्न मिल्छ भने अहिले बताउनुहोस्न प्लिज, तर बिन्ती गर्छु अन्यथा नसोच्नुहोस है, बिन्ती बिसाएको भावमा मैले अर्को मेसेज सेन्ड गरे, ओहो महाराजको दिमागबाट अझै बिहानको कुरा हटेको छैन है, मेसेज संगै आएको उनको निकै लामो हासोको सांकेतिक भाषा थियो, आहाहाहाहाहा..., ठट्टा गरेको हैन के मैले, साचिकै भन्नुहोस्न, कहिलेकाही कुनै आपत बिपत अभर पर्यो भने काम लाग्छ के दुबैलाइ, जानी राख्दा, नराम्रो त हैननी, मैले अलिक अड्डी कस्दै कर्को मेसेज पठाएँ, मेसेज पठाएको केहीसमय सम्म कुनै मेसेजको जवाफ आएन, फेरी सुन्सान छायो दुबैतिर, त्यसपछी अर्को मेसेज पठाउदै सोधे, ओ हेलो निदाउनु भोकी फेरी बत्ती गाको हो? मेसेज पठाइसकेर फेरी एकछिन पर्खिए, यो पल्ट पनि कुनै जवाफ आएन, झन यो पल्ट त मेसेज हेरेको हरियो धर्को पनि देखाएन, सोचे बत्ती गयो कि कुरा गर्दागर्दै निदायो होला भन्ठानेर म फेसबुकतिर गएर टहलिन थाले ।
बैशाख महिना, बिहाको सिजन, फेसबुकतिर छिरेर वाल चाहरेको त, कयौको बिबाहको फोटो र भिडियोहरु अपलोड भएका थिए, कयौको फूलमाला इङेजमेन्ट गर्दै गरेको अनी बधाई तथा शुभकामना पोस्टिएका पोस्टहरु असरल्ल थिए, मैले पनि चिनेका नचिनेका सबैको पोस्टहरुमा, लाइक कमेन्ट गर्दैगए, सबै बरबधु र परिवारलाइ कमेन्टमै भएपनी नयाँ दाम्पत्य जिबनको सफलताको शुभकामना भन्दै दक्षिणा दिनुनपर्ने शुभकामनाहरु कमेन्टमै ठेली पठाएँ, फेसबुकको वालमा चाहर्दा चाहर्दै टुइटरको डिएमको अर्को नोटिफिकेसन बज्यो, सोचे कस्ले यतिराती के पठायो फेरी, त्यसपछी फेसबुक को भित्तो छोडेर टुइटरतिर लागे, मेसेज उनैको रहेछ, सरि, हजुर, जवाफ फर्काउनै पाइन, अनी काम गर्दै हुनुहुन्छ कि निदाउनुभो तपाईं? उनको मेसेज पछी जवाफ फर्काउदै सोधे मैले केभो? बत्ती गयो फेरी ? हैन, टोइलेट जान वहाँँ उठनुभाको थियो त्यसैले नेट अफ गरेकी, तुरुन्तै जवाफ आयो, त्यसपछी लगतै हासेको इमोजी मात्रै पठाएँ मैले, हाहाहाहा, मान्छेको हंसले ठाउँँ छोड्यो हजुरलाई त खुब हास उठेको छ है, उनको गुनासो सहितको मेसेज संगै पुन अर्को मेसेज पठाएँ मैले, अनी अहिले केछत, बोल्न मिल्छ कि सुत्ने हो अब? नाइ वहाँ सुतुसक्नुभो, अब एकछिन बोलौन है अनी सुत्छु म पनि, उनको आग्रह संगै उनै पुरानो कुरा दोराए मैले, हैन ओइ मान्छे अनी साचै नभन्ने हो ? नभन्ने हो भने कसम आज देखी अब कहिलै सोद्दिन, गल्ती भए क्ष्यमा पाउँ ! मेरो मेसेज उता पुग्न पनि नपाई यतिछिटो जवाफ लेख्छिन नि, म छक्क पर्छु घरिघरी त, हैन मेसेज के आउछ भनेर पहिलेनै अड्कल गरेर बस्छिन केहो? जसरी उता मेरो मेसेज पुग्छ त्यसैगरी पढ्ने समय पनि नपाउदै उनको जवाफ तुरुन्त आइसकेको हुन्छ, यतिकैमा मैले जिस्काए, हैन मेरो मेसेज पुग्न पाको पनि हुँदैन कतिछिटो हो के मेसेजको जवाफ, कतै भुत त हैन मलाई मेसेज पठाउने, ठट्टागर्दै हासेको इमोजी संगै अर्को मेसेज पठाएँ मैले, नेपालको यती आधारात भैसक्यो अनी कुन चै मान्छेले गर्छत मेसेज, भुत त होनी म, संगै हासेको इमोजी पनि हाहाहा, ओहो हैन च्याटमा पनि गफगर्ने कुन खाले भुत होत अनी यतिबेला, फेरी ठट्टाकै शैलिमा अर्को मेसेज पठाएँ मैले, तुरुन्तै उसैगरी उनको अर्को जवाफ आयो, भुत भन्ने कुरा पनि खाले, भन्ने हुन्छ र, ठुलो भुत, सानो भुत, तरुनी भुत भन्ने हुन्न क्यारे, भुत भनेको भुतै होनी, तर म चै आत्मा भड्किएको चुडैल भुत है, यतिबेला तपाईं संग च्याट गरेर खुब मस्किरहेकी छु, हाहाहाहा लामो मेसेज संगै उनको हासोको मिश्रीत ठट्टा फेरी उस्तै, फेरी मैले, अर्को मेसेज लेखे अबुइ उसोभएत मलाई त डर लाग्यो है, भो मत बोल्दिन अबदेखी, डर पो लाग्यो, मेसेज संगै हासेको सांकेतिक मेसेज पनि पठाएँ, हाहाहा, त्यस्तो डर लाग्छ है चुडैल भनेपछी, भोभो डराउनु पर्दैन, हजुरसंग च्याट गर्ने भुत ज्ञानी छे, म प्रेम गर्ने भुत परे, हानी गर्ने हैन, उनको मेसेज आयो फेरी, दुबैमा निकैबेरसम्म हासो र ठट्टा सहितको संबाद चल्यो, निकैबेरको रेला पछी उनैले कुराको प्रसंग झिक्दै बोली, ए साची केरे अघी हजुरले भन्नु भएको ? उनको प्रश्न र उत्सुक्ता संगै अर्को मेसेज पठाएँ मैले, ए हजुरलाई पनि पुरानो कुराको याद आउछर? लगतै फेरी उनको अर्को मेसेज आयो, ल चुडैल भनेकी हैनत मैले अघिनै, अनी भुतलाई अहिले को त के, मर्नु अगाडिको जिउदो हुँदा को त, सबै कुरा याद हुन्छ, नामैत चुडैल, जातै भुत, अनी थाहा हुन्नत, फेरी उनको हासो सहितको अर्को ठट्टा, म अर्को मेसेज लेख्न भनेर मोबाइल को किबोर्डमा औंला मात्रै राखेको थिए लगतै उनको अर्को मेसेज आयो, ल अब यो सब हासो मजाक छोड्नुहोस, हजुरलाई खुब खरो पल्टिसक्यो मेरो नाम ठेगाना केहो होला भनेर, हस अब भन्छु हैत ल, त्यसपछी हस हुन्छ भनेर मैले सुइकारोक्ती मेसेज पठाएँ उनले आफ्नो ठेगाना र परिचय दिदै गइन ।
देशमा राजनैतिक परिवर्तन पछी आएको परिवर्तन संगै भएको देशको बिभिन्न भुभागहरुको नामवली संगै लुम्बिनी पश्चिमआञ्चल अहिले लुम्बिनी प्रदेशको ५, नम्बर प्रदेश, जिल्ला पाल्पा, नगरपालिका रामपुर पर्छ, यो जिल्लाको सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौं देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौंको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.३४ वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा वकामलाङ्ग, पश्चिममा हेक्लाङ्ग, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, तनहुँँको घिरिंग गाउपालिका र दक्षिणमा पाल्पा जिल्लाको निस्दी गाउपालिका सिमानामा रहेका छन । यहाँँको जनसंख्या भनेको २०६८ सालको जनगणना अनुसार कुल घरधूरी ८,१३२ जनसंख्या ३५,३९६ मध्ये महिला १९,९५८, र पुरुष १५,४३८ रहेको छ । तिनै १९,९५८ महिला भित्रको म पनि हो । यतिलामो हासेको सांकेतिक संगै उनको मेसेज आयो, मेसेज सबै पढे । बाफरे, पाल्पाको रामपुर, मेरो नाम फलना, भन्दा पुग्ने ठाउँमा त उनले पुरै जिल्लाको इतिहासै खप्लक्कै उठाएर सिंगै नगरपालिको विवरण नै पठाइछिन, हैन यो परिचय पठाउनुभाको कि भुगोल पढाउनुभाको मलाई ? आश्चर्य मान्दै हासेको इमोजी संगै मेसेज सेन्ड गरे मैले, लगत्तै फेरी उनको अर्को मेसेज आयो, जे सम्झनुहोस, हजुरले ठेगाना सोध्नुभो मैले पठाइदिए, कि पुगेन त्यतिले अझै ? नाइ नाइ भोभो पुग्यो यतिभए काफी, यसैले मेरो चक्कर लाग्यो अरु पठाउनुभो भने चै बेहोस् नै हुन्छु, बेहोस् भए भने यतिराती कस्ले पानी छम्किने नि मलाई त्यो पनि अफिसमा हाहाह मैले पनि हाँस्दै मेसेज सेन्ड गरे ।
रात्रीकाली डिउटी अनी उनी संगको संबाद साचिकै रमाइलो बन्दै थियो, हामी दुबैको गफगाफ निक्कै रोचक बन्दै जादै थियो, यतिकैमा पुन मैले उनको नाम सोधेँ, अनी ठेगानाको ठाउँमा भुगोल पढाएर नाम चै भन्नु पर्दैन ? कि ! नामको परिचय पनि कुन्डली नै लेखेर पठाउने बिचार छ ? हासेकै भावमा मैले मेसेज सेन्ड गरे, मेसेज पुगे लगत्तै उनको रिप्लाई आयो, हैन किन ठेगानाले पुरै होस हबासै उड्यो कि केहो मान्छे को ? हाहाह हासेको मेसेज संग आएको उनको मेसेजको जवाफ दिदै लेखे मैले अर्को मेसेज, जादैन त अनी, यस्तै पारा हो भनेत पुरै ब्रंहान्डको ठेगाना पठाउनु बेर छैन हजुरले, यस्तो भुगोलको बिषय पढाएको जस्तो ठेगानाले त मलाई रिंगटा नै चल्यो, है बिचरा भन्दै सटिक जवाफ आयो उनको, ठट्टा सहित आएको उनको मेसेजले दिक्दारी लागेजस्तो भावमा अर्को मेसेज पठाएँ मैले, ह्य दिक्क लाग्यो है मलाई त, जाबो एउटा नाम भन्न पनि यत्रो रस्साकस्सी गर्नुपर्छ है खुब, बरु भन्न नमिल्ने भए होस् भन्दिन भनेत भैहाल्योनि, म करै गर्दिन, कुराको प्रसंग घुमाउँदै के परपर धकेल्दै लानुपर्छ कुराको बाहाना खोज्दै, मैले केही रिसाएको भावमा अर्को मेसेज पठाएँ, त्यसपछी उनको अर्को मेसेज आयो, बाफरे, हैन भोटेको छोराको नाक त नेप्टो हुन्छ भनेको सुनेको थिए त, तर रिस चै किन यती अग्लोनी, घुर्काउन र रिसाउन त कस्ले जितोस र हजुरलाई, लगत्तै पुन अर्को मेसेज पनि आयो उनको, ल हजुर रिसाउदै गर्नुहोस म चै सुते अहिले, भोली बिहानै उठ्नुछ, ब्याङ्क जानुलाई, ब्याङ्क भन्ने बित्तिकै मैले अर्को मेसेज पठाएँ, हस हस सुत्नुहोस तर ब्याङ्क बाट पैसा चै अलिक धेरै निकालेर ल्यानु है मलाई पनि चाहिएको छ, मेरो मेसेज पुग्ने बित्तिकै फेरी उनको मेसेज, नाम सोद्दा सोद्धै दुबैमा निकैबेर सम्म मेसेज को दोहोरी चलिनै रहयो, त्यसपछी उनको अर्को मेसेज फेरी, पैसा त भएपो निकालेर ल्याउनु, बरु खाता खोल्नुछ एउटा, उनको सवालको प्रतिउत्तर दिदै अर्को मेसेज पठाएँ मैले पनि, पैसा छैन भन्ने मान्छेले खाता चै किन खोल्ने त फेरी, मेसेज यती छिटो जाने आउने क्रम थियो नी, हामीमा अलिअली रिसाउदै भएपनी ठट्टा चलिरहेको थियो, मेसेजको रफ्तार उस्तै गतिमा कुदिरहेको थियो, यतिकैमा पुन उनको अर्को मेसेज, पैसा हुँदा मात्रै ब्याङ्क गैन्छ? त्यहाँत हजुरको रिस जम्मा गर्नलाई खाता खोल्न जान लागेकी, पछी हजुर आउने बेलामा कतिहुन्छ सबै डिपोजिट गरेर ब्याज सहितको हजुरलाई बुझाउछु अनी उस्तै फेरी मेसेज संगै हासेको भावको मेसेज पनि हाहाहाहा ।
होन हो, उ भोली बिशेष कामले बाहिर जाने हुनाले चाडै सुत्न लागेको होला भनेर सोच्दै थिए, तर उनित मलाई नै पो उल्टै जिस्काउदै रहेछिन, मेरो रिस ब्याङ्कमा जम्मा गर्न जान लागेकी भनेको सुनेर यता मैले पनि हासो रोक्नै सकिन, त्यसैले मैले पनि हासेको इमो जि र लगत्तै यती लामो हाहाहाहा लेखेर पठाएँँ, त्यसपछी पुन उनैले फेरी अर्को मेसेज पठाइन, ओहो बल्ल महाराजको घैटामा घाम लागेको जस्तो छ है, घाम लागेको हैन, कुरा नै हास्ने गरेपछी नहास्नु त अनी, मैले जवाफ फर्काए, लगत्तै फेरी अर्को मेसेज पठाएँ, ओइ साच्चै नभन्ने हो, भन्छु बाबा भन्छु तर मेरो एउटा सर्त है त, हजुरलाई ! सर्त सहितको बल्ल नाम भन्ने जवाफ आयो, हस हजुर हस, तर केहोनी त्यस्तो मैले मान्नुपर्ने प्रस्ताब चै ? मैले पनि आस्चर्य मान्दै सोधे, पहिलो कुरोत, मैले बाहेक हजुरले मलाई तपाईं भन्न पाउनु हुनेछैन, कित तिमी हैन भने त भने भनेर बोलाएपनी हुन्छ, अनी अर्को कुरा मलाई हजुर वा म्याम भनेर पनि भन्न पाउनुहुने छैन, यदी तपाईं वा म्याम भनेर बोलाउनुहुन्छ भने कित आज सम्म मलाई हजुरले आफ्नो सम्झनु भएको छैन, कित म तपाईंकी हुन सकेकै छुइन, तपाईंकी हुन वा भएको आभास महसुस दिलाउन नसकेको मा शायद मेरो पनि कम्जोरी होला, तर मलाई हजुरले तपाईं भनेर बोलाउनु भएको मन पर्दैन, अब उप्रान्त कित मलाई मेरो नाम बाटै बोलाउनुहोस कित आइन्दा मलाई हजुरकी महसु हुनेगरेर कुनै नाम दिएर बोलाउनुहोस नत्र म मेरो नाम भन्दिन, हस प्रभु हस, अब देखी भन्दिन तपाईं लाई तपाईं, मैले मेसेज पठाएँ, लगत्तै उनको जवाफ आयो पुन, उ, उ मत भन्दैछु तपाईं भन्न पाउनुहुन्न भनेर अनी फेरी केतनी यो तपाईं भनेर, ? के हजुरले आफुलाई महान देखाउन लाग्नु भाको हो, अलिकती रिसाएको भावमा उनको अर्को मेसेजको झटारो आयो, भन्ने बित्तिकै तिमी भन्ने आउछत मुखमा, सुरुदेखी नै तिमी भनेको भएपो भन्ने बितिकै आउछ, हजुरलाई जसरी भएपनी तिमी भने हुन्न,? मैले आफ्नो असहज पोख्दै मेसेज पठाएँ, त्यसपछी भने उनले हार मान्दै अर्को मेसेज पठाइन, हस हजुरको जो इच्छा, तर मेरो नाम बिन्दु, बिन्दु भट्टराई, नाम थाहा पाउनु भयो होला, अबत खुश महाराज ? उनले भनिन, त्यसपछी मैले भने आहा कती मिठो सुन्दर नाम, तर खास यो बिन्दु भनेको केहो ? मैले आफ्नो उत्सुकात सहितको प्रश्न पठाएँ, त्यसपछी पुन उनको अर्को जवाफ आयो, बिन्दु, एक सुरुवाती हो, रेखा हो, अक्षर हो, अनी हरेक यात्रा बिन्दु बाटै सुरु भएर बिन्दुमै समाप्त हुन्छन, जहाँ समाप्त हुन्छ त्यहा पनि बिन्दु नै हुन्छ, किन कि जहाबाट पुन अर्को यात्रा सुरुवात गर्न सजिलो होस, यदी बिन्दुलाई फुलिस्टप लगाइदिने हो भने यात्रा समाप्ती वा अन्योल बन्छ, तर बिन्दु भए सुरुवाती बिन्दु सम्झेर पाइला पुन चाल्न सकिन्छ, पानीको थोपा एउटा बुँद वा एक थोप्ला बिन्दु बाटै सुरु भएर नदि,ताल, र समुन्द्र बन्छन, ति सबै थोपा बाटै सुरुभएर समुन्द्र बनेका हुन, तर यो सबै बिन्दु वा थोप्लोमा एउटा सानो फरक छ, यदी थोप्ला वा बिन्दुलाई जिबनको सुरुवात नसम्झने हो भने, सपना कहिलै पुरा हुँदैन, हरेक मान्छेले आफ्नो सपना पुरा गर्नु अगाडि उ बिन्दुमै हुन्छ, तर जब उसले लक्ष समातेर बिन्दुबाट यात्रा सुरु गर्छ अनी उसले सुन्दर जिबनको बिजय प्राप्त गर्छ, जसरी पानीको बुँद थोपा एक्लै भयो भने सुक्छ, बिलाउछ तर, बिन्दु कहिलै मेटिदैन, हराउदैन, बिलय हुँदैन, त्यसैले त हरेक जिबनको सफलताको यात्रा जुनसुकै समय वा युगमा पनि यात्राहरु बिन्दुबाटै सुरु हुन्छन, त्यसैले मलाई मेरो नाम प्यारो लाग्छ, सुन्दर लाग्छ, त्यसैले म जिबन देखी मेरै नामको प्रेरणाले गर्दा अगाडि बढ्न कहिलै हार खादिन, एकपल्ट असफल भए भने पुन अर्कोपल्ट त्यही टुङिएको बिन्दुबाट पुन सुरुवात गर्छु, हो त्यसैले मेरो नाम बिन्दु हो, म मेरो आफ्नै नामको अन्त्य हैन सुरुवाती हुँँ ! म कहिलै समाप्त वा अन्त्य हुदिन, मेरो सुरुवात सदैब रहस्यमयी छ, म कहिले टुङिदिन, त्यसैले त सुरुवाति अर्थको म बिन्दु हुँँ, बुझ्नु भोनी अबत मेरो नामको अर्थ ? कि, मन परेन महाराज हजुरलाई, ? एउटा नामको व्याख्या र अर्थ यतिधेरै हुन्छ मैलेत सोच्नै सकेको थिईन, तर उनले आफ्नै नामको यती मिठो बर्णन गरिन कि म मेसेज पढेर हेरेको हेरेकै टोलाई रहेछु, यतिकैमा उनको अर्को मेसेजको ट्वाङ्ग आवाज आएपछी पो झसँग भएर निन्द्राबाट बिउँझीए झै भएर हताहतार जवाफ फर्काए, ओहो तपाईंको नामको यती मिठो र अर्थपूर्ण भाव निस्कन्छ मैले सोचेको पनि थिईन, तर हजुरले त कती मिठो व्याख्या गरिदिनुभो, व्याख्या सहितको तपाईंको पूर्ण परिचयलाई धन्यवाद, मैले जवाफ पठाएँ, लगतै उनको अर्को मेसेज आयो, उ, हेर्नुत फेरी, मैले अघिनै भनेको हैन हजुरलाई, मलाई तपाईं भनेको मन पर्दैन भनेर ? अझै फेरी तपाईं है ? हस म चै तिमी भन्छु, हजुर चै मलाई तपाईं भन्नुहोस है सरकार, पुन उनको रिस, ओके बाबा ओके, यती धेरै नरिसाउन तिमी कान्छु, मैले जवाफ पठाएँ, अरे वाह ! तिमी रे ! अनी कान्छु !? ए हजुर लौन प्लिज, एकचोटी फेरी भन्नुहोस्न, उनको मायालु तर प्याउले बनेर पठाएको मेसेजको भावले मैले बुझेको थिए, उस्लाई तिमी वा मैले कान्छु भनेको खुब मन परेछ, मैले थाहा नपाएको अन्जान अभिनय गर्दै सोधे, के भन्नु के फेरी ? अहिले भर्खरै हजुरले के भन्नु भएको थियोनी, प्लिज फेरी त्यही शब्द भन्नुहोस्न प्लिज महाराज, नाइ नभन्नुहोस है, कस्तो सुन्नु मन लाग्यो, यो भन्दा अरु के भनौ कान्छु तिमीलाई, मैले बहना गर्दै तिमी र कान्छु सम्बोधनले बोलाउने बहाना खोज्दै लेखी पठाएँ, मेरो मेसेज पुगे लगतै मुटुको इमो जि र गुलाफको फुलको इमो जि पठाउदै thank you so much my Dear love you much त्यसपछी किस गरेको इमोजिको संकेत, उनको मेसेज पढिसकेर सोचे कहिलेकाही मान्छेलाई वा दुई आत्मालाई प्रेमको नजिक्ता ल्याउन वा प्रगाढता बढाउन नसोचेको सानो सानो कुराले स्नेही, महफिल गराउने रहेछ, साना, सिम्पल शब्दहरुले महत्वपूर्ण भूमिका खेल्दो रहेछ, मैले गरेको सम्बोधनले अरुदिनको भन्दा आज निकै खुशी भएकी थिन उनी, मैले पनि love you much कान्छु लेखी पठाएँ, त्यसपछी उनी झन खुशीले पुलकित हुँदै अर्को इमोजी पठाइन, जहाँ मुटु र किस गरेको दुई इमोजी हरु मेरो मोबाइलको स्क्रिन भरी भएको थियो, मैले पनि त्यही इमोजी पठाएँ, निकैबेर सम्म इमोजी मात्रै आदान प्रदान ओहोरो दोहोर भैरहयो ।
केहीछिनको इमोजी आदान प्रदान पछी उनैले अर्को मेसेज पठाउँदै भनिन, तर हजुरले बोलाँउदा बिन्दु मात्रै भनेर बोलाउनु भए हुन्छ, भट्टराई त नचिनेका र कुनै कागजी र कार्यालयमा लेखाउदा मात्रै प्रयोग हुन्छन, साथीहरुले बिन्दुको सट्टा बिनु पनि भन्छन मलाई, तर हजुरलाई जे इच्छा लाग्छ जसरी बोलाउनु भएपनी हुन्छ, तर मलाई हजुरले मेरो नामले भन्दा अरु कुनै नाम वा अहिले भर्खरै बोलाउनु भएको नाम कान्छु भनेर बोलाउनु भएपनी हुन्छ, मत भन्छु कास यो सम्बोधन सँधै सुनिरहन पाउँ, उनको आग्रह संगै हाम्रो लगतार मिठा मिठा कुरा हरु हुँदै गए, रात लम्बिदै जादै थियो, तर कुरा गर्दागर्दै अचानक बत्ती गयो, बत्ती जाने बित्तिकै अफिस कोठा अँध्यारो भयो, कम्प्युटर सुटडाउन भयो, अफिस अँध्यारो भएको हैन, एउटा खुशी र रोचक गफगाफ भैरहेको बेला बत्ती गएर एकछिन त रिसले पारो चढेर आफ्नै दिमाग घुमिरहेको थियो, त्यसका बाजे, यतिबेलाई बत्ती जानु पर्ने त्यसलाई पनि, रिसले भुन्भुनिदै रिसेप्सनमा गएर पि. ओ. डि. मा फोन लगाए, उता पावर अपरेसन डिपार्ट् बाट जवाफ आयो, ब्याटरी रुममा फल्ट भएको जानकारी आयो, केही समय लाग्छ भन्ने पनि जानकारी आयो, शायद उसले अहिलेसम्म केके मेसेज लेखिन कुन्नी, उनको लगतारको मेसेजमा कुनै जवाफ फर्काइन भनेर कतै रिसाइन कि उनी ? यस्तै सोच्दै म एउटा चुरोटको खिल्ली लिएर अफिस बाहिर निस्किए, चुरोट सल्काए, सल्काएको चुरोटको धुवा अँध्यारो रात माथिको जूनलाई टोलाउदै आकाश तिर उडाउन थाले, धुवा अँध्यारोमा बिलाउदै गयो, अघी सम्म उनी संग कुरा गर्दाको के के नानाथरी दिमागमा कुरा खेलिरहेको थियो, त्यो मस्तिस्कमा घुमेको बिचारहरु पनि अंध्यारोमा चुरोटको धुवाँ संगै हराउदै बिलाउदै गयो, म निरन्तर चुरोटको ठुटोलाई रित्याउन एकतमासले लागि परिरहेँ ।
मिती- ६,७ र १० जेष्ठ २०७९
तदनुसार- २०,२१ र २४ मे २०२२
Friday, May 20, 2022
कविता- देशमा निस्कियो होला चाँद ।
मनको बाँध भत्किएर
आज तिम्रो याद पोखिदा
सम्झनाको बाढहरुमा
हेलिएर बग्दा थाहा भयो
युगौ बितेछ तिम्रो स्पर्स बिना
चिसिएको यो अंगालो प्रिया
त्यसैले !
सपनाहरुले ऐठन भएर बिउझदा
म परदेशमा सुक्क सुक्क रुँदै
त्यो माथिको कालो आकाश नियाल्दा
शायद,
देशमा निस्कियो होला चाँद ।
तुर्किस कफिको कालो लेग्राले
कलेटी परेको जिब्रो
निकोटिनको धुवाँहरुले पहेलै परेका दाँत
चाउरी पर्दैगएको आँखाको डिल
र, खेस्रा बन्दै गरेका गालाको धर्साहरु
तिम्रो यौबनको उर्जा बन्न नसकेको
मानब कंकाल जस्तै बनेको मेरो अस्तित्व
कयौ औंशिको रातहरु संग युद्ध गर्दै
यि आशाको जिजिभिसा हरुपनी
शहिद बनेका आज बर्सौं भएछ
र, यता म परदेशमा मुर्छित हुँदा
शायद,
देशमा निस्कियो होला चाँद ।
परदेशको यो आकाश नियाल्दै गर्दा
तिम्रो खुब याद आएको छ,
लाग्छ किन बर्सौ बित्यो
तिम्रो अभावमा युगौ बित्यो
आज मलाई एक एक पलको सम्झना आउँदैछ
बार्दलिको रेलिङमा अडेशा लागेर
पत्रीकाको पानाहरुमा घोत्लिदै
तातो कफिको एकसर्को घुट्को पिउँदै
घुम्टोले ढाकेको तिम्रो अर्ध चेहेरा नियाल्दा
सानो अंखोराले आँगनको तुलशिलाई पानी चढाउदै
कुन्नी केके भन्थ्यौ तिमी,
निरन्तर, तिम्रो ओठहरु चल्थे
मानौ कि ठुलै भाकल माग्दैछौ तिमी
दोकाँधे बनाएको सारीको पल्लु
टिमिक्क उभार बक्षस्थलमा कसिएका चोली
गलामा झुन्डिएको रातै पोते
अनी निधारको त्यो टिकामा
नव दुलही झै लजाएर
त्यही अंखोराको पानीले
हिर्काइ राखेर तिमी भाग्थ्यौ
म तिम्रो प्रेममा कायल हुन्थे
र, आज फेरी कयौ बषन्त पछी
तिम्रो याद आएको छ प्रिय
शायद,
देशमा निस्कियो होला चाँद
पुर्बी आकाशमा उदाएको
चाँदनी नियाल्दै भन्थ्यौ
सखी, तिम्रो यो न्यानो अंगालो नहुँदा
म यिनै जून र ताराहरु संग बोल्ने गर्छु,
बार्दलिमा गमलाको ढकमक्क फूललाई देखाउदै भन्थ्यौ
हरेक बिहानी फक्रने यिनै कोपिलाहरु संग खेल्ने गर्छु
बिहानिको त्यो चिसो सिरौटो छल्नलाई
तिम्रो प्रेमिल अंकमालको न्यानो आशक्ती मेटाउन
कफिको तातो चुस्किमा आफ्न ओँठहरु जोडेर
तिम्रो छातीमा बास्फिएको महसुस गर्छु
आदी, इत्यादी !
यि र, यस्तै अनेकौ संबादहरुको
अनुभुती गरिरहेको छु आज
शायद,
देशमा निस्कियो होला चाँद
तिम्रो जोबनको पराग सेचन गर्न
अनुरागी अभिलाषा बोकेर
अंजुली भरी प्रेम बोकेर
आँखा भरी सपना बोकेर
अनुभुती भरी स्पर्स बोकेर
तिम्रो अगाडि म हुनुको आक्रिती बोकेर
तिम्रो र मेरो लीलालेखनमा अभ्यसत हुन
म फेरी फर्किदैछु प्रिय !
बैश ढलेर सिउँदो फूल्नु अघी
भौतिक शरीर गलेर,
प्रियाबंदनाको सर्गम सकिनु अघी
तिम्रो यौबनको सिचाइ बनेर आउँदैछु
रत, आज धेरै दिन पछी
परदेशमा क्षितिज नियाल्दा
म कल्पी रहेको छु यतिबेला
शायद,
देशमा निस्कियो होला चाँद ।
मिती- ७, जेष्ठ २०७९