मृत्युको काखमा ममताको छहारी
मृत्युको काखमा
ममताको छहारी😭
म कसरी भनौ
यो तितो सत्य
एक मुठ्ठी श्वास हुदा
तिम्रो छाती चुस्दै
निदाएको म
तिमी थाहै नपाइ
परलोक भएर
तिम्रो छाती
तिम्रो काख
तिम्रो अंगालो
हिउँ झै
चिसो भैसक्दा पनि
तिम्रो न्यानो काख सम्झेर
हिजो जस्तै आज पनि
कुम्भकर्ण झै
म निदाइ रहेछु
तिम्रो न्यानो काख सम्झेर //
सन्तानको प्रेमले
कहिले भोको पेट छु भनेनौ
बिरामले थलिएर जिर्ण हुदा पनि
बिसन्चो छु कहिले भनेनौ
मेरो बात्सल्यमा तिमी खुशी हुदा
दिनरात कहिले भनेनौ
बरु रोगिएको शरीर बोकेर
आफ्नो मुटुको टुक्रा काखी च्यापेर
आफ्नो गन्तव्य नाप्यौ
र, बा लाई भेट्न रवना भयौ
त्यो मृत्युको यात्रा नापेर//
गरिबीले च्यातिएको मन बोकेर
बिबस्थाको पाइला नाप्यौ
फाटेको तन बोकेर
कोखिलामा एउटा दुधे बालक च्यापेर
सुर्य अस्ताउदै गरेको त्यो पाइला
बसको सिटमा थ्याछ राख्यौ
पश्चिम अस्ताउने टुक्रिएको जुन झै
जिन्दगीको अन्तिम यात्रा गर्दै थियौ
फेरि कहिले नफर्किने गरेर //
बेलुकी तिम्रो दूध चुस्दै निदाएको
बिहान म रुदै बिउझ्दा
तिमी आफै कहिले नउठ्ने गरेर
चिरनिदमा सुतिरहेको
तिम्रो तातो काख
चिसो भैसकेको रहेछ,
बसको सिटमा तिम्रो शरीर
निन्द्राले झुकाए झै
तिम्रो शिरले अगाडी अडेसा लगाएर
मलाइ नै नियाली रहेझै
बस भित्र कोलाहल
चिच्याहाट,
मान्छेहरुको भिड अनि हतास
मामु मामु भन्दै
म बिउझिएर रुन थाले
तिम्रो देहले इहलिला समाप्त गरेको
प्राणले शरीर त्यागेर
चिसो अवशेष बनिसकेको
तिम्रो औला समातेर
तिम्रो बुबु चुस्न खोज्दै थिए //
तिम्रो ममताको काख भन्दा
मैले अर्को स्वर्ग देखेको छैन
तिम्रो स्नेहको छाती भन्दा
मैले अर्को सिंहमर्मर देखेको छैन
तिम्रो अंगालो भन्दा
मैले अर्को दरबार देखेको छैन
आमा हृदयको ताजमहल भन्दा
मैले अर्को सुन्दर आकृति देखेको छैन
घाम लाग्दा होस वा पानी पर्दा
तिम्रो पछ्यौराको ओत जस्तो
मैले अर्को छानो देखेको छैन
आफू भोकै आधा पेट बसेर खुवाएको जस्तो
मैले अर्को मीठो गाँस मानो देखेको छैन
ममतामा लुट्पुटाएर सँधै भन्थ्यौ
मेरो राजा
मेरो देवता
मेरो छुनुमुनु
तर अब,
तर अब, कहिले तिम्रो राजाले
त्यो अंमृत झै
पबित्र दूध चुस्न पाउने छैन
तिम्रो देवताले
तिम्रो नानामा कहिले सुसु गर्ने छैन
तिम्रो छुनुमुनुले कहिलै
पिठ्युँमा चढेर खेल्न पाउने छैन
किनकी
बेलुकी तिम्रो न्यानो काखमा निदाएको म
बिहानको सुर्यदय हुन नपाउदै
तिमी अस्ताइ सकेको रहेछौ आमा
कहिले नउठ्ने गरेर
कहिले नफर्किने गरेर
आमा ! आमा !! आमा !!!
रचना- अर्पण योन्जन (शिरिष)
मिति- ६, भदौ २०७८
तदनुसार- २२, अगस्ट २०२१