गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, May 28, 2021

प्रिय काली-2

प्रिय काली-2
असिम मायाँको ठेलिहरु केवल तिम्रो लागि ।अनि यो भावसागर बाट कयौ अनुभुति हरुको मीठो चुम्बन ।

काली तिमिलाइ झै मायाको मिठा सम्बोधन हरुले पत्रहरुको सुरुवात त गर्नत आउदैन तर मलाइ यति मात्रै थाहाछ, तिमिलाइ तिम्रो पछ्यौरी समातेर संगै जिन्दगीका आरोह अनि अबरोह गल्छी हरु पार्न गर्न पाउ अफ्ठ्यारा घुम्ती अनि जंघार हरुमा तिम्रो मलमलको पछ्यौरिको सप्को छेउ समाएर संगै तर्न पाउँ बस भगवान संग यहि ठूलो भाकल छ भन्दै पत्रहरुको सुरुवात गर्छु है ल ।
प्यारो कलौटी, तिमिले प्रेमपुर्बक स्पर्श गरि कोरि पठाएको मायालु पत्र हिजो २७ मे २०२१ को दिउँसो टिआर अर्घाखाँची सरको स्पेस मार्फत सार्बजनिक स्थलमा २१ जना पन्चभलादमि हरु साँची राखेर समयमै प्राप्त गरे, थाहा छैन कलौटी तिम्रो पत्र शंन्देश पाएर म कति खुशी भए त्यस्को कुनै लेखाजोखा छैन बस यति मात्रै भन्छु कलौटी पत्र हरु संग शब्द हरु हैन तिम्रो आवाज हरु अनि तिम्रो आकृती पनि संगै आएको छ,
तिम्रो पत्र प्राप्त पछि फेरि उहीँ हाम्रो भेट उहीँ तिम्रो लजालु हेराइ र मुस्कानहरुको ताजा याद भएर आयो, साची तिमी हाम्रो पात्ले खेतको धान गोड्न आउदा लजाएर खाजा नखाइ तिमीले भोकै पेट दिनभरी काम गरेको याद आयो त्यही दिन सबैले तिमिलाइ मेरो नाम संग जोडेर जिस्काउदा अनुहार रातोपिरो हुँदै झुकाएको याद आयो, सायद भगवान्ले पनि यहि चाहानु भएको थियोकी वा तिमी जस्तो सुशील जिबनसाथी पाउनु मेरो अहोभाग्य थियो,
प्यारी यित भए तिमी संगको सुरुवाती दिनको भुल्नै नसक्ने जिबनका क्षणहरु, तर आज पनि साच्चै भन्नू हो भने हिजो जस्तो प्रेम थियो तिमी प्रती मेरो आज झन दोब्बर तेब्बर भएर आएकोछ, तर के गर्ने प्यारी मायाले सन्सार थाम्दैन भने जस्तै भोको पेटले प्रेम नभन्ने रहेछ त्यसैले तिम्रो न्यानो काख छोडेर परदेशको यो ४५ डिग्रीको तातो बाफमा हाम्रो खुशी हरु पूरा गर्न म आफ्नो श्रम बेचेर खुशी हरु धमाधम किन्दैछु तिमी पिर नगर्नु है म श्रम र पसिनाको मूल्य बोकेर चाडै आउनेछु ।
मैले तिमी प्रती कति शब्द खर्च गरौ कलौटी ? जति तिम्रो लागि खर्च गरे पनि अझै कमि नै महसुस हुन्छ जति इज्जत गरेपनी उतिनै कमि महसुस हुन्छ किनकी तिमिले मेरो सिन्दुर र पोते मात्रै ग्रहण गरेनौ मलाइ हाम्रो बंश धान्ने दुई सन्तानहरुको अमुल्य उपहार दियौ मेरो मात्रै हैन हाम्रो बंशको लागि यो भन्दा ठूलो योगदान र उपहार मेरो लागि अरु केही हुनेछैन।
थाहा छ कलौटी तिमी लाई ? सिरान घरे काकाको हातमा तिमीले पठाएको पार्सल गुन्द्रुक र सिन्की लाई आलुको तरकारी बनाएर खाँदा मैले सानो भाँडोको खाना र गुन्द्रुक सकिएको पत्तै पाइन,किनकी त्यहा तिम्रो कती मायाँ मिसिएको छ भन्ने कुरा म बयानै गर्न सक्दिन ।बस यती मात्र भन्छु साच्चै तिम्रो माया नै मीठो होकि या तिम्रो सम्झना, सबै तिम्रो हातहरुले छुएर पठाएको हरेक पार्सल हरुमा मलाइ लठ्ठ बनाउने एकप्रकार को जादु भेटाउछु लाटी ।
र अन्त्यमा ।
बस यो तातो गर्मीमा पनि तिम्रो आत्मीय प्रेम अनि तिमिले दिएको त्यो पारिवारिक सद्भाव मेरो लागि सदैब रिणि हुनेछ,
अ सांची तिमिलाइ एउटा कुरात भन्नै बिर्सिएछु तिम्रो मायालु पत्र पाएकै दिन मेरो जागिरको पदोन्नति भकोछ तिमिलाइ धेरै धेरै बधाइ, अनि मलाइ पनि, र तिम्रो कालेको बाको तर्फ बाट पुनश्च लाखौ चुम्बन सहितको मीठो प्यार सहित तिम्रो पत्रको जवाफी कार्यबाहिको प्रतीक्षा सहित आजलाइ यो आधुनिक कम्प्युटरको किइबोर्ड हरुको निप बन्द गर्दछु ।

उहीँ तिम्रो कालेको बा ।
पारिजात ।

प्रिय काली- Happy Valentine

 Happy Valentine

प्रिय काली
तिम्रो सुकोमोल हात हरुको औँला हरुले चुमी पठाएका १४ फेब्रुवारीको प्रणय बन्धन पत्र मैले समयमै प्राप्त गर्ने आशा गरेको थिए । तर तिमीले पत्र त के एउटा SMS सम्म गरेनौ, मलाई थाहा छ तिमी यतिबेला शायद कुनै बिलख्बन्दमा परेकी छौ । त्यो म बुज्छु तर पनि आजको यस्तो पवित्र र पावन अवसरमा केवल तिमीले मेरो लागि भनेर रात हरु जागै बसी लेखेका ति प्रेमिल मायाँको ठेली हरुको प्रतिउत्तर फर्काउने स्वर्णिम सपना हरु सजाएको थिए । तर म विश्वाशत छु तिम्रो बाध्यता र तिम्रो कार्य ब्यस्तताले तिमीले पत्र लेख्न सकिनौ । तर तिम्रो प्रेमिल पत्र हरु कुनै न आए पनी मैले पनि ढिलो गरी यो पत्र इन्टर्नेटको माध्यम दुवारा पठाउदैछु । यस्मा तिमी मलाई माफ गर्छौ या गर्दैनौ मलाई थाहा छैन । जहाँ सम्म मलाई लाग्छ एक पल्ट त शायद रिस ले मुर्मुरिन्छौ होला ? त्यस्को लागि म राजी छु किन कि मेरो कार्य ब्यस्तताको कारणले भनेको समयमा मैले पनि यो प्रेम पत्र पठाउन सकिन । यस्मा मलाई खेद छ । तर के गरु काली मान्छेले कहिले काहीँ भाबनात्मक भन्दा प्राक्टिकल्ली भएर पनि सोच्नु पर्दो रहेछ ।त्यसैको नियममा म ! पनी बाँधिएर पत्र ढिलो गरी लेख्न वाध्य भए । तर तिमी मेरो स्वप्निल पत्र पाउनको लागि तिमी हरेक दिन शहर बाट फर्कने हरुको रित्तो हात हेर्न घर नजिक को हुलाक पोस्ट अफिस सधैं जसो धाउनु पर्यो होला, शायद छिन् छिन् मा फेसबुकको भित्ता र मोबाइलको SMS को घन्टी आउने बित्तिकै आफ्नै मान्छेको आयोकी भनेर हेर्यौ होला । तर त्यहा मेरो कल र SMS हरु नपाउदा निरास हुन्थ्यौ होला । म त्यस्को लागि पनि मलाई आम माफि दिन्छौ भन्ने ठानेको छु । किनकी तिमी मेरो कोमल हृदय भएकी प्रेम हौ काली हौ मेरो जान हौ ।
थाहा छ काली मैले पनि तिमीले जस्तै १३ फेब्रुवरी को रात भर तिम्रो यादमा शायद भोली बिहान सम्म त केहीन केही तिम्रो खबर हरु पाउनेछु भनेर फेसबुक र मोबाइलको स्क्रिन मा आँखा झिमिक्क नगरि बिताए तर रात ढल्यो तर केही आएन अनी आज १४ फेब्रुवरी २०१६ को बिहान तिम्रो फेसबुकको वाल मा गएर हेर्दा असरल्ल फोटो हरुले सजिएको भेटाए कतै खुशी कतै केही बेजोडको असहज महसुस गरे । तर के गर्नु भगवान को नियम र नियती दुबै लाई सुइकारे मैले । एकातिर तिम्रो बाध्यता र तिम्रो ब्यस्तता लाई बुज्छु र आज सम्म सुइकारेकै छु पनि । थाहा छ तिमी लाई ? तिमी र मैले कयौ रात हरु दिन हरु एक अर्काको दु:ख सुख मा सेयर गर्दै बिताएका थियौ । आज पनि त्यो पल सम्झिदैछु । त्यो पल साचै अनौठो थियो । शायद म मा शब्दमा बर्णन गर्न कुनै त्यस्तो शब्द हरु छैनन । जेहोस् तिमी सँग बिताएको हरेक पल हरु मेरो मन मस्तिक र छाती भित्र सजाएको छु । त्यसैले काली बस यती मात्र भन्छु ,मैले तिम्रो फेसबुकको वाल मा तिम्रो तस्बिर हरु चिहाइ रहदा मासुम आक्रिती ले मलाई जिस्काइ रहेको थियो । तिमी मुसुक्क हासे झै लजाएको प्रतित हुन्थ्यो । तिम्रो तस्बिर ले मुस्कुराउँदै मेरो सम्मुख गालामा हात राखेर नियाली रहेकी छौ झै लागेको थियो । र तिम्रो मायाँ मिसिएको मायालु चुम्बन हरु सिर्फ कल्पना मा हावाको माध्यम दुवारा म सामु आइ पुग्दा त्यो खुशी हरु क्ष्यणिक हो भन्ने पत्तै भएन । जेहोस् ढिलाई भए पनि बाध्यता र ब्यस्तता बाट निस्किएर त्यो प्रेमिल पत्र कोरी पठाउने छौ भन्ने आशाको साथ यो प्रणय दिवसको सानो पत्र सन्देश बन्द गर्छु ल ।
उही तिमी लाई सदा माया गरी रहने
तिम्रो काले....
Note:- पत्र सन्धर्ब प्रेम गर्ने प्रेमिल जोडी हरुको लागि

कालेको आमा !!!

 कविता- कालेको आमा !!!


कालेको आमा !
तिम्रो खुशी खोज्न
हिडेको म
यदि !
बाकसमा फर्किएछु भने
मेरो मृत्युको कफन अगाडी
हातको रातो चुरा फुटाएर,
सिउदोको सिन्दुर नपुछ्नु है ।

अतृप्त तिम्रो प्यासी नयनहरु
काकाकुल झै तिम्रो रहर हरु
छट्पटी रहेका यौबनका तरेली हरु
सपनाहरूको चाङ्ग लगाइ
एक थुन्चे भौतिक बिलासिता खोज्न
तिम्रो सौभाग्य बन्धकी राखेर
जुइन कसेर दसाहरु फ्याक्न
पिठ्युँमा खकनहरु भिरेर
एकथान बाध्यता बोकेर
क्षितिजमा सुर्यदय नहुँदै
एकहुल चराहरु
माथी आकाशमा परदेश लाग्दा
शहर हिडेको म पनि
तिमी सँग कहिले नबोल्ने गरि
चिरनिदमा फर्किएछु भने
कालेको आमा !
हातको रातो चुरा फुटाएर
सिउँदोको सिन्दुर नपुछ्नु है ।।।

हो यहाँ पत्थरहरुको
ठुला घरहरु छन
तिमिले सोचे जस्तै
सुन्दर शहर हरुछन
तर ती ठुला घरहरुमा,
मनहरु धेरै कुरुप र साना छन
कालेको आमा
यहाँ शहरहरु
आफ्नै सँग बेखबर छन
त्यसैले आजभोली
मेरा स्नायु तन्तुहरुको
शक्ति क्षीण हुँदै गएकाछन
मस्तिष्क हरु थकित भएकाछन
र, म जिन्दगी देखि भाग्न थालेको छु
आफ्नै छायाँ संग हित लाएदेखी
म सुन्सान सडकहरुको मीत भएकोछु
यो बिरानो भिडमा
नितान्त एक्लो भएको छु
त्यसैले यो पार्थिब शरिर एकदिन
पक्का ढल्छ थाहा पाएकोछु
मेरो मृत्यु संग
तिम्रो भेट भएछ भने
कालेको आमा
हातको रातो चुरा फुटाएर
सिउदोको सिन्दुर नपुछ्नु है ।

हो कालेको आमा
तिम्रो खुशिको झोली फिर्ता गर्न नपाउदै
आज म थकित भएकोछु
आँखाहरु धुमिल हुनथालेको छ
बोलिहरु मलिन हुनथालेको छ
म निदाउदैछु सँधैलाइ
तिमी संग निस्ठुरी बनेर मृत्यु शैयामा
कालेको आमा
हातको चुरा फुटाएर
सिउदोको सिन्दुर नपुछ्नु है ।

अँ, सुनन कालेको आमा
तिमिलाइ एउटा कुरा त,
भन्नै बिर्सेछु !
स्वभिमानको झोली थापेर
अभिमानको हात नफैलाउनु
किनकी !
तिम्रो हरेक आशुको ढिक्कामा
सेता च्यादर ओढेका
तर काला मन भएका हरु
तिम्रो नारी कोमल्ताको
उद्वार गर्ने बहनामा
तिम्रो बिबस्ता लुट्न
गिद्धहरु झुमिएलान
चिथोर्लान र बिटुलो बनाउलान
बिधुवाको तिम्रो सेतो बस्त्रमा
आमाबस्यको कालो धब्बा झै,
त्यसैले बलियो हुनु
आत्माबिस्वासी हुनु
तिम्रो गलामा पोते झुन्डिए झै
हिम्मतिलो हुनु !
कालेको आमा
तिम्रो खुशी खोज्न
हिडेको म
यदि !
बाकसमा फर्किएछु भने
मेरो मृत्युको कफन अगाडी
हातको रातो चुरा फुटाएर,
सिउदोको सिन्दुर नपुछ्नु है ।

रचना- अर्पण योन्जन- शिरिष
मिति- १३, जेष्ठ २०७८
२६, मे २०२१

प्यारो मान्छे !!!

 कविता= प्यारो मान्छे !!!


प्यारो मान्छे
अनि सानो मान्छे
तर गृहिणी जस्तै
परिपक्व शालिन मान्छे
आजभोलि गहकिला
तिम्रो बिचारहरुमा
म बिस्तारै तिमि भित्र
निर्लज्ज तर प्रेमिल भएर
समाहित हुदैछु
समुन्द्रमा ती हिमनदिहरु झै ।

हो प्यारो मान्छे
छपक्क रात झरेपछि
तारा हरु ओर्लिए जस्तै
म तिम्रो अन्जान शहरमा
तिम्रो शब्द सब्दको बाटो हुँदै
तिम्रो परेलिको आँगनमा
सामिप्यता पोखेर
असरल्ल पोखिदैछु
बिस्कुन झै सपना हरु
तिम्रो पछ्यौरिमा !

प्यारो मान्छे !
भग्नाबसेस बनिसकेका
मुर्छित रहर हरु,
तिम्रो आगमन पछि
युद्धको सिपाही झै
लामबद्ध छन आजभोलि
अनि आतुर छन परेड खेल्न
तिम्रो आत्मिय बगैंचामा
र,त आजभोली मलाइ
ती नागीडाडा हरुमा
बुकि, चाँप र सुनखरी हरु,
फुल्न नपाउदै
बसाइ सर्ने वसन्त जस्तो हैन
भुइ कुहिरो संगै हराउने
भेडीगोठ हरुसंग मीत लाएर
लोकसेवा भिड्ने सपना तुहिए जस्तै
सेन्मिखाको कथा हुनुछैन
त्यसैले तिमी संगै
तिम्रा सुकोमल औलि हरु चिमोट्दै
जिन्दगीको उकाली
उक्लिरहन मन लागेकोछ
मेरो प्यारो मान्छे ।

हो साच्चै प्यारो मान्छे
तिम्रो निस्चल मन भित्र
दुनियाँ सँग बेखबर भएर
तिम्रो चिसो सम्झनाले
आफैलाइ चिमोट्न नपरोस
तिम्रो अभावमा घरीघरी
पाइलाहरु मुर्छित हुननपरोस
साच्चै नै प्यारो मान्छे
अबत जुनिभर तिम्रै भएर
जुनिजुनी बाचिरहनु परोस
यदि यो लिला समाप्त हुन खोजे
तिम्रो न्यानो काखमा
मधुर ध्वनी हरु सुन्दै
सँधैलाइ यी परेलिहरु
सुस्त चिरनिन्दमा
निदाइ रहन परोस
मेरो प्यारो मान्छे ।
प्यारो मान्छे ।।।

रचना= अर्पण योन्जन
मिति= जेष्ठ ११, २०७८
तदनुसार= २५ मे, २०२१

Saturday, May 22, 2021

सरकार !!!

 कविता- सरकार !!!

सरकार !!!
मिल्छ भने !
यमलोकमा पनि
तिमी लाई जिताउन
उता पनि चुनावको
एउटा घोषणा गरिदेउ
मिल्दैन भने
कम्सेकम,
मतदान केन्द्र चै
तोकी दिनु है,
किनकी !
म तिम्रो कुर्सिको
कुभलो किन चिताउ ?

यदी मेरो मृत्यु पस्चात पनि
तिम्रो कुर्सी जोगिन्छ भने
भो मलाई अक्सिजन चाहिदैन
भो मलाई भ्याक्सिन हरु चाहिदैन
लास माथि चेस खेल्ने
महंङ्गा हस्पिटल हरु चाहिदैन
जस्ले मेरा सन्तान हरु
मेरो मृत्यु पस्चात
घरबार बिहिनि बनुन
र मलाई
यती महंग्गो बाच्नु छैन
त्यसैले सरकार !
मिल्छ भने उतापनी
एउटा चुनाबको घोषणा गरौ

मत अझ भन्छु सरकार !
शितलनिवास लाई भनेर
एउटा अध्यादेश
घोषणा गरिदिउँ
र स्वर्गलाई पनि
बिघटन गरिदिउँ
र सरकार !
उता पनि
चुनाबको घोषणा गरिदेउ
र मतदान केन्द्रको
ब्यबस्था गरिदेउ
ताकी !
मृत्यु पस्चात
अप्सरा हरु सँगै
तिम्रो कुर्सी जोगाउन
भोट हाल्न पाउँ
किनकी !
म तिम्रो कुभलो किन चिताउँ

सरकार !
मलाई थाहा छ
षड्यन्त्रकारी हरु
त्यतिबेला सम्म
षड्यन्त्र गरिरहन्छन
जतिबेला सम्म
आफु हारेको थाहा पाउदैनन
त्यसैले तिमी
आफ्नो अहंकार
लज्जित बनेको देख्न चाहन्नौ
र,त, महामारिको
विश्वयुद्ध चलिरहदा
चुनाबी महाभारतको
शंख ध्वनिहरुको
आर्तनाद मा तल्लिन छौ
अनी यो
अबिभाजित
आकाशमुनी
प्रेमहरु चिराचिरा पार्न तल्लिन छौ
तिमीलाई त के मत्लब
यहाँ देश हारोस
संबिधान हारोस
कानुन हारोस
जनता हारोस
तर तिमीले,
हार्नु भएन सरकार !

बरु मृत्युको बजारमा
मेरो लासको भाउ कती छ
सोध्न पाए हुन्थ्यो सरकार
किन भने
अक्सिजन भन्दा
महंगो भएर
मलाई चितामा जल्नु छैन
त्यसैले
मिले यमलोक मै
नत्र घाट सम्म पुगे पनि
चिता हरुमा जल्नु अघी
सरकार !!!
घाट घाटमा
मतदान केन्द्र राख्नु
किन कि !
म र मर्ने हरुको पनि
यही अन्तिम इच्छा छ,
तिमीलाई मत दिएर जिताउने ।।।

रचना- अर्पण योन्जन
मिती- शनिबार ८ जेष्ठ ०२०७८
तदनुसार- २२, मे २०२१

Stop The Abortion !!!

 वास्तबिक घटनामा आधारीत कथा-Stop The Abortion !!!

हेलो, ममि ! दर्शन हजुर लाई !
ममि ! मलाई हेर्नुहोस त ! म !! केही हप्ता अगी मात्र मेरो श्रीजना भएको हो । म तपाईं भित्र बिस्तारै मानबिय रुप धारणा गर्दै छु । ममि ! म अती हतार मा छु । मलाई आसा छ । मेरो आगमन ले यहाँ लाई खुब खुशी मिलेको छ । मलाई हरेक दिन आफ्नो पेट लाई सुम सुमाउदै जिबनका लाखौं सपना हरु बुन्दै हुनु हुन्छ होला है । तर ममी पापा किन हजुर लाई हरेक दिन पिट्नु हुन्छ ? के हाम्रो पापा खराब हुनु हुन्छ हो । कि वहाँ म देखी रिसाउनु भएको छ ? के मेरो आगमन ले वहाँ खुशी हुनु हुन्न ?। शायद सिटी स्कान गर्दा मलाई छोरी भएको पाउनु भयो होला नि ममी ? यदी म छोरी भएकैले गर्दा हजुर लाई पापाले पिट्नु भएको हो भने, पापा पनि त छोरी मान्छे बाटै त जन्म लिनु भएको होनी ! छोरी नभैदिएको भए पापाले हजुर लाई पनि श्रीमती भन्न पाउनु हुन्न थियोनी !होइन र ममी ?।

पापाले हरेक दिन हजुर लाई खुब गाली गर्नु हुन्छ म भित्रै बाट निसब्द सुनी रहेको हुन्छु । जतिबेला रक्सी पिएर पापा हजुर लाई पिट्नु थाल्नु हुन्छ, त्यती खेर हजुर खुब मेरो बच्चाव गर्नु हुन्छ । अनी सबै लाठी मुङ्री हरु आफ्नो टाउको र शरीर माथि थापेर मेरो सुरक्ष्या को लागि योगदान भनु या बलिदान गर्नु हुन्छ । मलाई खुब रिस उठेको हुन्छ, तर म पनि त्यो गर्भसाय भित्र उकुस मुकुस हुन सिवाय केही गर्न पनि त सक्दिन । किन कि म लाचार छु ममी । तर जेहोस् कस्ट हरु शाहएर पनि मलाई बच्चाउनुहोस् ममी ! म यो धर्ती टेक्ने प्रयास गर्दै छु । जब म हजुरको सामु जन्म लिन्छु तपाईंको सारा खुशी लिएर आउछु । मलाई विश्वाश गर्नुहोस । म पनि यदी मलाई सफल अवतरण गराउनु भो भने पछी गएर डक्टर पनि त हुन सक्छु । र सारा गरीब बिरामी हरुको सेवा गर्ने छु हजुर र ति सबै मनुस्य हरु लाई ।

हो आज म १६ हप्ताको भएको छु ममी । हजुर लाई खुब पेट दुखेको छ हो ? कि मैले हजुर लाई धेरै दु:ख दिएँ । कि पापाले हजुर लाई आज पनि गाली गर्नु भयो? कि पिट्नु भयो ? आज हजुर खुब छटपटिनु भाको छ, किन आइया ! आइया !! भन्नु भाको ? म निरन्तर छटपटी रहेको छु । कृपया भन्नुहोस् न ममी । हजुर लाई के भयो ? अनी यो यती ठुलो घरमा कहाँ भित्र लगेको आमा ? कि म माथि हजुर पनि कठोर हुनु भो ? पापाको करले कतै म माथि अन्याय त हुँदै छैन आमा ? please ! मलाई बच्चाउनु होसन । म यो धर्ती टेक्न चाहन्छु । म यो जिबन जिउन चाहन्छु । ममी !? ममी!? ममी!!? ला......हजुर किन बोल्न छाड्नु भो ? उफ...............................!

अँ ! मैले बल्ल थाहा पाए । हजुर हरुले मलाई श्रीजना गर्नु भो तर यो धर्ती टेक्न नपाई बिदा गर्नु भो होइन ? सायद म डक्टर बन्थे होला, अरु कुनै नामी ठुलो मान्छे बन्थे होला तर अन्तिम अवस्थामा आएर हजुर ले पनि मलाई माया मार्नु भयो होइन । तर जेहोस् म यहाँ स्वर्गमा म जस्ता धेरै साथी हरु छौ हामी सुरक्षित पनि छौ । हाम्रो हेर चाह हामी लाई हाम्रो भगवान हरुले गर्दै हुनु हुन्छ । आमा हजुर ले त मेरो सुरक्ष्या गर्न सक्नु भएन तर अरु म जस्ताइ धर्ती टेक्न खोज्ने हरु लाई र लाखौं पापा र ममी हरु लाई भनि दिनुहोस है । हाम्रो श्रीजना हुनु पूर्व अचेत अवस्थामा यौनको भोक मेटाएर फेरी हामीले यो संसार देख्न नपाई बिदा हुन नपरोस है । सबै लाई मेरो सन्देश सुनाइ दिनु होला । यो भौतिक बादी टेक्नोलोजिको प्रयोग गर्न नपरोस र मैले जस्तै यो Abortion भने चिजको सामना गर्न नपरोस । अन्तमा धन्य मेरी आमा !
i love you मेरी ममी !!!
जस्को दुई आँखाले, संसार देख्न पाएन
जस्को दुई हातले, संसार चुम्न पाएन
जस्को दुई खुट्टाले, धर्ती टेक्न पाएन
जस्को यि मुखले, आमा भन्न पाएन

अर्पण योन्जन

Thursday, May 20, 2021

थाहा पाए आमा !!!

कविता- थाहा पाए आमा !!!


थाहा पाए आमा 

बिपत्तिले मेरो देश

आज फेरि दुख्दैछ रे !,

लासले पनि बाग्मतिमा 

पालो मिच्दैछ रे !


मृत्यु उत्सबमा 

शंखहरु रुइ रहदा

उस्को मुटु ढुंगाको भाको छरे 

त्यसैले त नया कुर्सीको लागि

नया लिगलिगे राजा हरु 

बिस्वकिर्तिमानको उन्मादमा

बानेश्वर र शितलनिवासको

पाइला नाप्दैछन रे ।

थाहा पाए आमा 

बिपत्तिमा मेरो देश

आज फेरि रुदैछ रे ।


सुन्दैछु आजभोली 

सत्ताको फोहोरी खेलमा

नेताहरुको मोलमोलाइ हुदा 

यता महामारीको मेला लागेकोछ रे ।

जन्ता आशुको नुन पिउदा 

कस्को कति करोड 

उता नेताको भेला लागेकोछ रे ।

त्यसैले थाहा पाए आमा !

बिबत्तिमा मेरो देश 

आज फेरी रुदैछ रे ।


बिपक्षी भन्छ रे 

यस्लाइ ठोक्न पाए हुन्थ्यो

उता सरकार भन्छ रे 

यस्लाइ जाक्न पाए हुन्थ्यो

बिचरा जन्ता, यता भन्दैछ रे । 

मृत्यु संग भाग्न पाए हुन्थ्यो

त्यसैले थाहा पाए आमा 

मृत्युको शहरमा

आज फेरि मेरो देश रुदैछ रे ।


ठुला राजा भन्छन रे 

बेसारपानी र बेलौतिले 

घार्‍रघुर्‍र पार्नु,

नाकमा बसे हाच्छिउ गर्दै

ख्यार्‍रखुर्‍र पार्नु

तर यता जन्ता 

अक्सिजन नपाइ 

मृत्युको पालो कुर्दैछ रे ।

प्रेम र चेतना शून्य 

महाराज हरु भएपछि 

केनै आशा गर्नु र आमा 

स्वर्गको लागि बैतर्णी तर्नु बाहेक

त्यसैले यी बिबेकहिन हरु बाट 

जिबनदानको आशा गर्नु भन्दा 

अर्को चिताको लागि

जीवन उत्सर्ग गर्नु

धेरै ठूलो महान हो आमा 

लास हरुको बिस्कुन 

लगाउनु अघि 

मृत्यु लाई नमन गरेर 

आफ्नो ख्याल आफै गर्नु आमा,

रैती बिनाको शासन गर्ने हरुलाइ 

आशुको भिख नमाग्नु आमा,

त्यसैले 

थाहा पाए आमा 

लास हरुको बजारमा 

आज फेरि मेरो देश जल्दैछ रे 

लाशले पनि बाग्मतिमा

पालो मिच्दैछ रे ।।।


अर्पण योन्जन 

३, जेष्ठ २०७८

17 may 2021