लेखन मिती 2004-06-21
लेखक:-अर्पण तामाङ
पस्चताप-कथा
सधाझै बर्सेनी चाड पर्ब हरु नेपालको जातिय सस्क्रिती र आ आफ्नै धर्म
बिशेषता अनुसार बेला मौसम र महिना हरुमा बिभिन्न खाले चाड पर्ब हरु आइ
रहन्छन। जस्तै दसैं तिहार तिज चैते दसैं माघेसङ्क्रान्ती ल्होसार आदी पर्ब
नेपालको सास्कृतिक पहिचान र मेलमिलाप को एउटा पर्ब र माध्यम हो। यि
पर्ब हरु मद्धे दसैं र तिहार नेपाली हरुको बिशेष मुख्य चाड हो। आज पनि
गएको साल जस्तै यस्पाली पनि दसैं र तिहार आएको छ। बर्षातको रितु पार
गरेर ग्रिस्म रितुमा प्रबेश गरेको छ। तल बेसी फुल्व फ्याट तिर पौरखी हात
हरुले बगाएको पसिनाको मुल्य एउटा सुनको मुल्यमा पारीणत भएर खेतका
आलिमा पहेलै धानका बाला हरु झुलेका छन। घरको वरपर बिभिन्न जातको
फुल हरु फुलेर भाई टिकाको पर्खाइमा बसिरहेका छन,साच्चै भन्ने हो भने
गोदावारी,मक्खमलि,लालुपाते,र सयपत्री फुलका गुच्छा हरुले आफ्नो उन्मत्त
जवानी पोखेर आ आफ्नो सुन्दर्ताको होड बाजी गरिरहेको झै लाग्थियो।कसैको
चेलीले आफ्नो कुनै माइतिको निधारमा नौरङ्गी टिका लगाएर उनी हरुको
सुन्दरता लाई अर्काको गला भरी पहिराइदिने मा र आफु अर्काको गला भरी
गमक्क सजिन पाउने कल्पनामा होडबाजी गरिरहेको झै भान हुन्थ्यो र कोही
साना साना कलीला कोपिला हरु पनि हतार हतार फक्रने तयारीमा तछड
माछाड गर्दै भलाकुसरी गरिरहेका थिए भने अर्का तिर तिनिहरुको उन्मत्त बैश
देखेर रश चुस्न आतुर पापी भमरा हरु पनि काम थिएनन। चारै तिर बाट
मौका मिल्योकित उनिहरुको बैश चुस्न आतुर थिए,उता सधाझै घरको पल्लो
छेउ र घर मास्तिर काद्लामा लालुपाते फुलले पनि आफ्नो यौबन छर्लङ्ग
पोखिरहेको थियो । यता बारीका कात्ला र डिल तिर लहरै उभिएका टाकिका
बोट हरुले पनि सेताम्मे फुल हरु फुलेर स्वर्गको एक टुक्रा झै प्रतित गरी
रहेको थियो । बारीमा कोदाका बाला हरु झुलेर एक आपसमा हिउद लागेको
बखान गरी रहेझै लाग्थ्यो । लाग्थ्यो आज हाम्रो गाउमा ब्रम्हन्ड बाट भगवान
बिष्णुले स्वर्गको एक चोइटा धर्तिमा खसाली दिएझै। यसै पनि बहिनी मेनकाले
पौरानीक कालमा असुर हरुको नाश गरेर आफ्नो माइती हरुको रक्षा गरी शान्ती
र सम्म्रिदी को कामना गरी लामो आयुको बरदान माग्ने समय,
त्यसैले हल्तिहारको अगिल्लो दिनको सांझ आज लक्क्षिमी पूजाको
दिनको सांझ थियो आजको दिन ले मलाई प्रतेक बर्ष झै एउटा तितो तर
सत्य घटनाले घोची रहन्छ चाहेर पनि म यो दिन भुल्न सक्दिन।किन कि जब
लक्क्षिमी पूजाको दिन आउछ अनी मेरो दिमाखमा एउटा पुरानो अतित सिनेमाको
रिल झै घुमेर मलाई नराम्ररी झस्काउछ । हुनत मेरो जिबन ले धेरै बशन्त हरु
पार गरिसकेको छ जिन्दगीले धेरै उतार चढाब र घाम पानी बेहोरी सकेको छ।
जती जती साल र महिना बित्दै जान्छ त्यती त्यती उमेर ले मृत्युको उत्सब
डाकी रहेको हुन्छ जिबनको हरेक पल लाई जन्म र मृत्यु बिचको तिता मिठा
अनुभब हरुलाई पाइला सरि जिबन नापिरहेको छु। एउटा बाचानु को अर्थ बोकेर
तर त्यही बाच्नु को अर्थले नजानिदो पाराले कहिले काही पस्चातापको भुमरिमा
अचम्म गरी नभुल्ल्ने पस्चातापले पोली रहन्छ।लाग्छ जिबनमा यो भन्दा ठुलो
भुल अब कहिल्यै हुने छैन। यो च्याट पटी मेरो जिबन भर रहने छ । र मेरो
यो देहलीला समाप्त नभये सम्मा रहिनै रहनेछ। जुन दिन अर्को दुनियाँको
लीलामा चडनेछु त्यस दिन मात्र दन्किरहेको आगोको चितामा राख भएर
आत्मले शान्ती पाउला,नत्र त्यस भन्दा अगी शान्तिको सास कहिल्यै फेर्न
पाउने छुइन।
आजको दिन हरेक साल मेरो आँखा आशुले भिज्ने गर्छ तैपनी मनको
बोज आखाको आशुले नपखालिदो रहेछ। किन कि आज भन्दा बार्ह बर्ष अगिको
कुर हो,त्यतिबेला म सरकारी जागिरको सिल्सिलामा कहिले कहाँ कहिले कहाँ
दौडी रहनु पर्थ्यो,त्यसैले मैले मेरा घरका परिवार सङ्ग बसेर सङ्गै दसैं तिहार
चाड बाड मनाउन पाको थिन,मैले सङ्गै चाड बाड र दसैं तिहार मनाको भनेकै
मेरो बिहे गरेको साल थियो ,त्यो साल पनि बिहेगरे पछी रितिरिवाज निभ्याउन
लाई श्रीमतीको माइती पटी सबै आफन्तकोमा दसैंको जमरा र टिका थाप्नु जानु
पर्ने चलन भकोले गर्दा नत्रबुवा आमा र दिदी बहिनी हरु सङ्ग राम्ररी दशै र
तिहार मनाउन पाएकै थिन। उश साल खुब रमाइलो भाको थियो किन कि हामी
घरका सबै परिवार बसेर दसैं मनाको भनु नै पहिलो चोटि यही थियो अनी
आमा र बाबाले हामी सबै र मलाई पनि टिका लगाइ दिदै भन्नु भाको थियो ,
ल तेरो दिदी बहिनी हरुको पनि सबैको बिहे भएर सबै आ आफ्नो घर गई
सके अब त तेरो पनि बिहे भयो बाबु दुइ दिन आउने छोरी चेली र
कुल्कुटुम्बको चित्त नदुखाउनु जोरिपारी इस्टमित्र छरछीमेकी सबै लाई दाहिना
राखी खानु कसैको दिल दु:खाउनु हुन्न जोरी पारी हसाउनु हुन्न छोरा
छोरीको राम्रो हेरबिचार गर्नु बुहारी पनि अर्काको छोरी भये पनि हाम्राइ छोरी
समान हो,सधैं ठुला र घर व्यबहारको हेर्बिचर गर्नु ,हामी भनेका अब आज
होकी भोली हो दादा माथि पुगेको जुन घाम कुनै पनि बेला अस्ताउन सकिन्छ
हाम्रो भर भरोसा नगरनु अब तिमी हरुले भन्दै आशिर्बाद दिदै टिका लगाइ दिनु
भको थियो,त्यसो भन्दै टिका लगाइ दिदै गर्दा मेरो आँखा भरी आशुले आँखा
डम्म ढाकेको थियो,मेरो मन एक प्रकार ले ढक्क फुलेको थियो यसरी नै
त्यो सालको दसैं तिहार सकिएको थियो ।क्रमस फेरी दिन हरु बित्न थाले
समय को चक्र घुम्दै साल महिना र बर्ष निक्कै बिती सकेको थियो त्यस
पछी को दसैं र तिहार फेरी सँगै कहिल्याइ मनाउन पाइएन,त्यस पछी को
तीन बर्ष पछी मलाई जन्माउने यो संसार देखाएर औंला समातेर हिंड्न
सिकाउने मेरो जन्म दाता बाबा र आमा पनि बिती सक्नु भको थियो समय
ले यती चाडै कोल्टे फेरे छ म स्वयम लाई दिन बर्ष र समय हरु बितेको
पत्तै भएन यो लामो समयको बिचमा मैले केही आमूल्य चिज हरु गुमाए
र जिन्दगी चलाऊने केही चिज र सफलता पनि पाएको थिए यसै क्रममा
मेरो पनि जागिर मा पदोन्नति भएर जि सि अ बाट क्षे सि नी भाको
थिए त्यही कारणले पनि मैले एक जगा ठाउँ कही बस्न पाउदिन थिए
किन कि कहिले कहाँ कहिले कहाँ दौडी रहनु पर्थियो बिभिन्न जिल्ला
घुमेर त्यहाको शैक्षिक गतिबिधी बुज्नु र त्यस्को समस्याको हल्ल गर्नु
मेरो पेशा मर्यादाको काम र जिम्मेवारी थियो ।यस्तैमा सात बर्ष पछी
म दिपायल धनगढी बाट अचानक एक्कासी पूर्वाञ्चलको धनकुटा म
सरुवा भएर गए,र फेरी त्यही साल मेरो घर पांचथर को भारापामा
गएको थिए त्यस साल पनि दसैं र तिहार परेको रहेछ !त्यती खेर
म आउने थाहा पाएर दिदी र बहिनी हरु पनि सबै जना घरमा आएका
रहेछन,सोछे यसपाली पनि खुब रमाइलो हुने भो भाईटिका साथ साथै
देसुशी भईलो र नाचगाना गर्नु पर्ला भनेर सोछेको थिए। आज झै त्यो
दिन अर्थात बर्सौ पहिले आज जसरी नै घरका सबै जना गाइतिहारको
औशी को दिन लक्क्षिमी पूजा गर्न तयार गर्दै थिए,दिदी हरु सयपत्री
र मक्खमली फुलका माला हरु उन्दै थिए बाहिर झिलिमिली बत्तिहरुको
उज्यालोमा चिमेकका चेलीबेटी हरु भाईलिनी खेल्दै थिए,उनी हरु भन्दै
थिए।
छानामाथी घिरौला के के दिन्छौ हेरौला
ए औशिको दिन गाइतिहारो भईलो ।।
दिने भये सिदा देउ नदिने भये बिदा देउ
ए औशिको दिन गाइतिहरो भाईलो।। आदी ....
मेरी श्रीमती आस्था घरको मुल पूजा कोठामा तावा,खड्कुरा,
सुन,चादि,पैसा,दियो,कलश, ठीक्क पारेर पूजा थालीमा फल फुल
केरा सन्तोला मिठाइ बुनियां आदी ठीक्क पारेर पूजा गर्दै थिन र हामी
हरु पनि घरका सबैजना पूजा कोठा तर्फ लाग्यौ पूजा गर्न भनेर नानी
हरु रङ्गी चङ्गी झिर्झिरे हरु बाहिर बाल्दै खुशी मनाइ रहेका थिए,
यतिकैमा पूजा पनि सकियो र आस्थाले प्रशाद बाड्नको लागि प्लेट
हरुलिन लाई भान्सा कोठा तिर लागि दिदी हरु फेरी माला उन्नमै
ब्यस्त भए म टिभी खोलेर समाचार हेर्नमा ब्यस्त भए,यतिकैमा
आस्था कराउदै कोठामा प्रबेस गरी मैले के भो भनेर सोधे र उनले
नानी हरु लाई दोसदिदै भनी होइन यो केटा केटी हरुलेत केही पनि
न राख्ने भये मत हैरान नै भईसके बा भनी र नानी हरु लाई बोलाएर
नसोदी यहाँको जुलबी कस्ले खायो हं भन्दै कुटी र नानी हरु रुदै
उनिहरुको फुपु भएका ठाउँ तिर दगुरे र मैले पनि आस्था लाई गाली
गरे किन चाड बाड को बेला नानी हरु लाई कुटेको त्यसमाथि पनि
दिदी हरु घरमा आउनु भाको बेला भने र आस्थाले पनि हो त है किन
कुटिकी हुंली मैले नानीहरु लाई आ,,खाइत हाले भनी पुन भित्र प्रबेश
गरी। म पनि प्रशाद लिएर आमा र बाबाको कोठा तिर प्रशाद दिन लाई
गए यतिकैमा म बाबा र आमाको कोठा मा मात्रा के पुग्न आटेको थिए
बा भन्दै हुनुहुन्थियो खाउन खाउ अनी आमा बा लाई नकर्दै कराउदै
हुनुह्न्थियो आमा भन्दै हुनुहुन्थियो अहिले बुहारी ले बाडी त हाल्थी
किन चोरेर ल्याको केटा केटीको जस्तो बानी गर्नु पर्छ हजुर लाई पनि
भन्दै हुनुहुन्थियो ।बाबा अझै खाना लाई ढिपी गर्दै हुनुहुन्थियो म
पनि ढोका को जस्केलामा एक चाइना लुकेर चिहाएर कुरा सुनी बसे
बा अझै पनि आमा लाई खाना कर गर्दै आमा लाई भन्दै हुनुहुन्थियो
मैले पनि एक्छिन त मन मनै सोछे क् गर्नु भाको ले बाबा ले पनि
भनेर अलिकती रिस उठ्यो तर बाबा को कुरा सुन्दै गए आमेइ मान्छेको
भागमा मायां गर्छु भन्दा पच्दैन बुजेउ थाहा छ तिमी लाई तिमी लाई
आसद्यै जुलबी मन पर्थियो म उहिलेनै नुन बोक्न धारन जदा माडवाडिको
दोकान बाट किनेर ल्याएको जुलबी खुब मिठो मानेर खाएकी थियौ
त्यसैले मलाई अझै त्यो दिनको याद छ। खाउन खाउ तिमी सानो
चाडआ भाई बहिनी हुर्कायौ होला ठुलो भये पछी अर्काको घरमा बिहे
गरेर आयौ अनी त झन सासु ससुरा र लोग्नेको हेरबिचरा गर्दै छोरा
छोरी भयो त्यस पछी मुखमा हालेको गास पनि निकालेर नानी हरु लाई
खुवायौ हुर्कायौ अहिले बुडा बुडी भाईयो अहिले पनि नाता नतिनी भन्दै
बस्छौ अनी भन त तिम्रो मनको इच्छा कहिले पुग्छ? हामीत बुडा बुडी
मान्छे डाडा माथिको घाम भोली मरियो भने तिम्रो इच्छा पुरा हुन्छ
भन्नु भयो र धेरै बेरको कर पछी आमाले जुलबी मुखमा लाउनु भयो
अनी मलाई पनि बल्ल पो थाहा भयो छोरा त बाबा पो हुनुहुदो रहेछ।
अनी आमा भन्दै हुनुहुन्थियो छोरा र छोरी र नाता नातिनाले खाए भने
हाम्रो पेट भरिहाल्छनी उनी हरु सन्तुस्टी भएपो हाम्रो मन पनि सन्तोक
हुन्छ ।नानी हरुको दिल दु:खनु हुन्न के भन्दै आफ्नो मामातामायी
बात्सल्य पोखिरहेको थियो अनी मैले पनि सोचे साच्छैनै हामी छोरा
छोरी जतिनै ठुला भये पनि जतिनै व्याबहारिक भये पनि अझ हाम्रो
पनि काखमा नानी हरु हुन्जेल सम्म पनि ब आमाको आँखामा
छोरा छोरी प्रती मामातामयी छातीमा बात्सल्य पोखेर आँखामा र
ओठमा मायाको खोलो छर्पस्टिएर पोखिदो रहेछ। आखिर आज म झन्डै
चालिसको दसक पार गर्न लागेर पनि मैले ब आमा को हृदय भाबना
माया प्यार र चाहन हरु लाई बुजेको रहेनछु। अनी खै के बुज्लान मेरा
ति अबुज नाबालक हरुले? मलाई त्यसइ त्यसइ आत्मा भित्र च्याट
पटी भयो किनकी छोरा छोरी हुनु को अर्थ मैले बुजिरहेको रहेनछु ।
छोरा हुनुको अर्थमा म आँफैलाई धिक्कर लागेर आयो उहा हरुको मामाताले
मलाई झन पोली रहेको थियो भित्र भित्र बाट पस्चाताप भाईरहेको थियो
आज जिन्दगीको लामो यो मोडमा आएर बा आमाको दस धारा दुद र
रगतको अनी त्यो दस महिना गर्भको अनी यो धर्ती देखाएर हातको औंला
समाइ ताते बाबु भन्दै लद्छकी भन्दै चिसो मन पारेर धर्ती सँग हिंड्न
सिकाको मुल्यको अर्थ बुज्दै छु बा आमा हुनु को अर्थ बुज्दैछु मान्छे
सँग धन दौलत र सम्पत्ति मात्रा भएर नपुग्दो रहेछ माया मता बिनाको
सम्पत्तिको कुनै अर्थ नलाग्ने रहेछ तर मैले बा आमाको दुद्को धाराको
मुल्य चुकाउन सकेको रइनछु अनी मन मनै सोछे एउट देशको जिम्मेवार
नागरिक ले त आफ्नो बा आमाको मनको भाबना बुज्न सकेको रहेनछु
भने झन ति नपडेका र समाज केहो भनेर नबुजेका ले के गर्दा होलान
बा आमा लाई ?यो प्रश्न सँगइ म आँफै भित्र आत्मा ग्लानी ले मन
छट्पटियो आँफैमा एक प्रकारको पस्चाताप भएर आयो छोरा हुनुको
अर्थमा। अनायसै आँखा बाट मेरो आशु बगेछ म भित्र भित्रै रुन
थालेछु। अनी एक मन ले त सोचे बा रा आमाको सामुन्ने गएर
उहा हरुको पाउमा शिर राखेर मन्को धोको पुगिन्जेल रोउ कि जस्तो
भो तर मैले बा आमाको खुट्टामा शिर राखेर रुदैमा आमा बा को यो
कर्मको मुल्य चुकाउन सक्ने थिन अर्को कुरो उहा हरुको अगाडि रोएर
उहा हरुको मनको बोज झन बड्ने थियो. त्यसैले पाप माथि झन
पापको बोज हुने थियो । हुन पनि हो सानोमा लड्छकी दु:ख बिराम
पो पर्छकी मेरो नानी बाबा लाई केही पो हुन्छ कि भनेर हामीलाई भर
पेट खुवाएर अनी आफ्नो आङ नाङो पारेर ममता को छहारि मुनी
हुर्काउनु भो त्यस पछी जब हामी ठुला भैयो अनी हाम्रो बिहे दान
गरिदिनु भो अनी हामी आ आफ्नो काम व्यबहारको शिल्शिलामा
लाखापाखा भईयो पछी हाम्रा पनि सन्तान भये त्यस पछी त बा
आमाको मनको इच्छा त परै जावस साधारण सोध पुछ पनि गरिएन
आफनै सन्तान लाई हुर्काउन पढाउन खर्छ बर्चमा ब्यस्त भईयो यही
व्याबहारिक पनले गर्दा कहिल्याइ पनि बा आमाको मनको इच्छा
सोधिएन र बुजिएन पनि सधैं भरी आफ्नो सन्ततिको मात्र भबिश्य
सोची रहयौ । त्यसो त आस्था पनि सधैं घर मै हुन्थी,तै पनि अर्का
को छोरी एउटा बुहारी मात्र न हो,जस्लाई छोरा को साइनोले मात्र
बाधेर ल्याएको हुन्छ। शायद यही सोचाइ को कारण भन्न लाई अफ्ठेरो
मान्नु हुदो होला,हुन सक्छ आस्था ले पनि छोरा छोरी र घर को आफ्नै
ब्यस्तता को कारण बा आमा को मन को इच्छा सोदिनन होली,यस्तै
सोच्दै म हतार हतार बजार तिर लागे बजार बाट हतारमा जुलबी किनेर
ल्याए र बा आमा को कोठा तिर लागे उहां हरुको ममता ले जलेको मेरो
मुटु लाई शान्त पार्दै खुट्टा ढोगेर जुलबी दिए र आमा र बा को
काखमा धेरै बेर रुये र आमा बा पनि एक चाइना त छक्क पर्नु भो र
शायद उहा हरुले पनि मेरो मनको भाब बुज्नु भएछ क्यारे उहा हरु पनि
म सङ्गै रुन थाल्नु भो अनी हाम्रो रुवाइ सुनेर दिदी बहिनी र आस्था
पनि भित्र आए। एक छिन् त वाल्ल परे उनी हरु पनि हामी रुएको देखेर
फेरी दिदी र बहिनी पनि रुन थाले भने आस्था ले छेउमै बसेर शिर नत
गरिन शायद उनलाई पनि के गरौ के गरौ भयो होला। आफुले लोग्ने
नभएको बेला मा सासु ससुराको ख्याल नगरे जस्तो अफ्ठेरो महसुस
भयो होला ।र पनि आमा अझै भन्दै हुनुहुन्थ्यो त जती नै ठुलो भए
पनि हाम्रो आँखामा सधैं सानो नै छस र सानो नै हुनेछस त तेरो छोरा
छोरी को लागि ठुला होलास तर बा आमा को लागि आफ्नो सन्तान सधैं
सानो नै हुन्छ । त्यसैले तेरो बाला पन अझै गाको छैन जस्तो लाग्थ्यो
तर त हामी ले सोचे को भन्दा पनि ठुलो भैसकेछस् बाबु हिजो हामी ले
जन्माएका सन्तान तिमी हरु कती चाडै ठुला ठुला मान्छे पनि भै सके छौ ।
अब त तेरो बा र म भने को त डाडा माथिको घाम जुन जस्तै हौ आज
होकी भोली हो भै सक्यौ त्यसैले बा आमा को लाख लाख शुभ आसिर्बाद
सधैं तिमी हरु लाई यस्तै र यसरी नै हामी जिउदो छौन्जेल हासी खुशी
देख्न पाउ हामी लाई यो बुदेश कालमा केही चाहिदैन भोको पेत हुँदा खान
देओ शरीर लुगा फाटेर नाङ्गो हुँदा एक सरो लुगा हाली देओ बस त्यती
भये पुग्छ हामी लाई बरु छोरा छोरी को भबिस्य हेर बिहे भएर गाको दिदी
बहिनी लाई हेर उनी हरुको दिल लाई पनि नरुवाउनु जोरी पारी छिमेकी
समाज लाई दाहिना राखेर खानु लोक म किर्ती होस् जता ततै तिमी हरुको
नाम चलोस भन्दै आमा मेरो टाउको मुसारी रहनु भाको थियो म सानु
नाबालक झै म आमाको काखमा आफ्नी टाउको राखेर आमाको न्यानो
बात्सल्य अनुभब गरी रहेको थिए । गर्दा गर्दै एक छिन् अगाडि को
रुवा बासी फेरी हासो म फेरिएको थियो । त्यस्तै नै ठ्याक्कै आज म
बर्सौ पछी घर आको छु पहिले को झै यसपाली पनि दिदी बहिनी हरु आका
छन केटा केटी हरुपनि बाहिर खेल्दै छन दिदी हरु उही पारामा सयपत्री फुलका
माला हरु उन्दै छन आस्था त्यसरी नै लक्ष्मी पूजा गर्न लाई सामग्री तयार
पार्दै छिन् उसै गरी घर को सजी सजाउ छ तर मेरो लागि बितेको त्यो बर्ष
फेरी कहिल्याई फर्केर आउने छैन ।अब फेरी बा आमा लाई त्यसरी नै जुलबी
खुवाउन पाउने छुइन । आज बा आमा बित्नु भको पनि यती का बर्ष भैसक्यो ।
तर पनि त्यही कुरा ले किन किन मलाई नराम्ररि घोची रहन्छ । र हरेक बर्ष
को तिहार ले जसरी मलाई घोची रहन्छ त्यसरी नै हरेक छोरा छोरी लाई बा
आमा जिउदो हुँदै केही गर्न र उहा हरुको मन को इच्छा बुजेर हरेक ले सेवा
गर्न प्रेरणा मिलोस भन्न चाहन्छु। किन कि बेलामा आमा बा को सेवा
नगरेर म जस्तै बिती सकेको कुरामा पस्चाताप गरी फुर्सदमा पछुताउनु
नपरोस । किन कि आज म मेरा घरका सबै सदस्य छन र पनि मलाई
नितान्त एक्लो महसुस भएको छ । र मलाई सधैं यही कुरा ले पिरोलेर म
पस्चाताप म जली रहन्छु । र अन्त म फेरी म के भन्न चाहन्छु भने यदी
हजुर हरु को साथमा बा आमा हुनुहुन्छ भने जिउदो हुँदै सेवा गर्नु होस् र
पस्चाताप गर्न बाट बच्नुहोस् । आखिर कुरा जे होस् यस्पाली पनि त्यही
झकी झकाउ छ केटा केटी हरु देउशी भैलो खेलदै छन छिमेक का काकी
दिदी र बहिनी हरु घर को आगनमा भैलिनि खेल्दै छन उनी हरु सबै
जना स्वर म स्वर मिलाएर अझै भट्ट्याइ रहेका थिए ।
भैलिनि आयौ आगन,बडारि कुडारि राखन
ए ! औशिको दिन गाइतिहारो भैलो ।
यो घरकी मात कस्ती छिन्
लक्ष्मी माता जस्ती छिन् ।
छन्न माथि घीरौला
के के दिन्छौ हेरौला
घोडा बान्ने तबेला
हामी लाई भयो अबेला
दिने भये सिदा देउ
नदिने भये बिदा देउ
ए औशिको दिन गाइतीहारो भैलो
अर्पण तमाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Thursday, April 22, 2010
Tuesday, April 20, 2010
भो !रहर कती पालुं
कबिता लेखन मिती 2006-02-06
भो !रहर कती पालुं
मनका तर्कना आँखा भरी साचेर
सब ब्यर्थ नै छ भने
सपना किन साच्नु ?
बिछोडको न्याउल भएर
किन गीता गाउँनु ?
ब्यर्थै रानी बनको मुटु जल्छ भने ?
आखिर!
जिन्दगी एकै छिनको न रहेछ !
इन्द्रेनी को रङग सङ्गै
सिम सिम पानीमा फुङ्ग उडी जाने
साउनको भेल जस्ताइ उर्लेर
भदौको खहरे जस्तै !
खहरिने बैसाली जिबन
किन जिउन खोज्छ अपहार रहर बोकेर
अपितु !म्रित्यु!! तर आँफै सामु
किन्तु! डर कती नबोकी
किन बिजय! खोज्छु मृत्यु सङ्ग ?
उफ !हार मेरो अबस्य छ ।
जानी छ एक दिन सब मोह त्यागी
जलिरहेको आगोको रापमा
फुङ्ग धुवां र खरानी सङ्गै
आफन्त को आशु साचेर
बियोगको तितो अतित बनेर
भो !फेरी पनि रहर साच्नु छैन मलाई !!
त्यसैले!
भो! रहर कती पालुं
मन को तर्कना आँखा भरी साचेर
ब्यर्थै सपना किन सजाउनु ?
मृत्यु को अगाडि!
यमराजको !प्रतिद्वन्दी भएर ।।।
अर्पण तमाङ
हासपोसा-२ तरहरा सुनसरी
हाल दोहा कतार
भो !रहर कती पालुं
मनका तर्कना आँखा भरी साचेर
सब ब्यर्थ नै छ भने
सपना किन साच्नु ?
बिछोडको न्याउल भएर
किन गीता गाउँनु ?
ब्यर्थै रानी बनको मुटु जल्छ भने ?
आखिर!
जिन्दगी एकै छिनको न रहेछ !
इन्द्रेनी को रङग सङ्गै
सिम सिम पानीमा फुङ्ग उडी जाने
साउनको भेल जस्ताइ उर्लेर
भदौको खहरे जस्तै !
खहरिने बैसाली जिबन
किन जिउन खोज्छ अपहार रहर बोकेर
अपितु !म्रित्यु!! तर आँफै सामु
किन्तु! डर कती नबोकी
किन बिजय! खोज्छु मृत्यु सङ्ग ?
उफ !हार मेरो अबस्य छ ।
जानी छ एक दिन सब मोह त्यागी
जलिरहेको आगोको रापमा
फुङ्ग धुवां र खरानी सङ्गै
आफन्त को आशु साचेर
बियोगको तितो अतित बनेर
भो !फेरी पनि रहर साच्नु छैन मलाई !!
त्यसैले!
भो! रहर कती पालुं
मन को तर्कना आँखा भरी साचेर
ब्यर्थै सपना किन सजाउनु ?
मृत्यु को अगाडि!
यमराजको !प्रतिद्वन्दी भएर ।।।
अर्पण तमाङ
हासपोसा-२ तरहरा सुनसरी
हाल दोहा कतार
क्रान्ति गरेर गरिदैन नेता ज्यु !
कबिता लेखन मिती 2006-02-06
क्रान्ति गरेर गरिदैन नेता ज्यु !
योत आँफै हुन्छ !
जब जब स्याल र ब्वासा हरु
गाउ र शहर हरुमा पसेर
कुखुराको माउ र चल्ल हरु टिपे सरी
राजधानी र दरबारका ब्वासा हरुले
देश चलाऊने नाममा
परिवर्तन को सपना साचेर
स्वतन्त्रताको कल्पना गरी
खुला आकाश मुनी छलाङ मार्न
खोज्ने ति अबोध पाउ हरु
अनी!
स्वत्रन्तताको सेनानी हरु लाई
सामन्तिका बुट हरुले कुल्चे पछी
गरीबको झुपडी र बस्ती भित्र
भोक रोग र अभाब बाडे पछी
अन्याय र अत्त्याचार गोली बनेर
भोको पेटमा जब बर्सिन्छ!
अनी!
बिद्द्रोहको नारा उरालेर
भोको पेट उत्त्रिन्छ अनी सडकमा
ब्वासा र स्याल हरु लखेट्न
आवाजमा मुट्ठी हरु लिएर
गाउं गाउं र शहर हरुमा
नौलो बिहानिको रातो लाली ल्याउन
अनी!
रक्त रन्जित बनेर छर्पस्टिन्छ
हरेक को घर दैलो अंगन अनी
चौरास्ता हरुमा !
शान्तिको जब दियो बल्छ
अनि! बज्छ !!
नौमती बाजा र खैजडी
एउटा निलो आकाशको फेदमा
चार जातमा छत्तिस बर्ण डोर्याउदै
जितको नाममा स्वतन्त्र भएर ।
हो! यसरी क्रान्ति हुन्छ नेता ज्यु!!
क्रान्ति गरेर गरिदैन !
यो त आँफै हुन्छ नेता ज्यु!!!
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
क्रान्ति गरेर गरिदैन नेता ज्यु !
योत आँफै हुन्छ !
जब जब स्याल र ब्वासा हरु
गाउ र शहर हरुमा पसेर
कुखुराको माउ र चल्ल हरु टिपे सरी
राजधानी र दरबारका ब्वासा हरुले
देश चलाऊने नाममा
परिवर्तन को सपना साचेर
स्वतन्त्रताको कल्पना गरी
खुला आकाश मुनी छलाङ मार्न
खोज्ने ति अबोध पाउ हरु
अनी!
स्वत्रन्तताको सेनानी हरु लाई
सामन्तिका बुट हरुले कुल्चे पछी
गरीबको झुपडी र बस्ती भित्र
भोक रोग र अभाब बाडे पछी
अन्याय र अत्त्याचार गोली बनेर
भोको पेटमा जब बर्सिन्छ!
अनी!
बिद्द्रोहको नारा उरालेर
भोको पेट उत्त्रिन्छ अनी सडकमा
ब्वासा र स्याल हरु लखेट्न
आवाजमा मुट्ठी हरु लिएर
गाउं गाउं र शहर हरुमा
नौलो बिहानिको रातो लाली ल्याउन
अनी!
रक्त रन्जित बनेर छर्पस्टिन्छ
हरेक को घर दैलो अंगन अनी
चौरास्ता हरुमा !
शान्तिको जब दियो बल्छ
अनि! बज्छ !!
नौमती बाजा र खैजडी
एउटा निलो आकाशको फेदमा
चार जातमा छत्तिस बर्ण डोर्याउदै
जितको नाममा स्वतन्त्र भएर ।
हो! यसरी क्रान्ति हुन्छ नेता ज्यु!!
क्रान्ति गरेर गरिदैन !
यो त आँफै हुन्छ नेता ज्यु!!!
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
पूर्व दिशा हेर साथी
कबिता लेखन मिती 2006-02-27
पूर्व दिशा हेर साथी झलल घाम लाग्यो
आयो बिहान उज्यालो भयो छाडेर रात भाग्यो ।
बास्न थाले भालेले डाँक चरिले गीत गाउँन
घाम्को झुल्को किरण छायो जनतामा मित लाउन।।
हुन्न अब गरेर अल्छि जागेर उठन लाई
बज्दैन ताली एकमा हात्ले एकभै जुट्नलाई।
हलो कोदालो गैती र झ्याम्पल लिएर उठन
खुंडा र तर्बार खुकुरी भिरी शाहसलीइ जुटन ।।
गएको साल सामन्ती मास्यौ यो साल हाम्रै हो
दसैं र तिहार देउशी र भईलो तिज पनि राम्रै भो ।
सङ्गिनी बालन झुमेर नाचेउ सस्क्रिती साच्नलाई
सेलो र चन्डी च्याब्ब्रुङ गुन्जियोस मिलेर बांच्न लाई ।।
दौरा र सुरुवाल गल्बन्दी टोपी चौबन्दी फरिया
हाम्रैछ आफ्नो पाखुरी दरो चाहिदैन बिदेशी भरिया।
न कैल्यै भयौ अर्काको दाशी अंग्रेजी सरकारको
झुक्दैन कैल्यै चन्द्र र सुर्य गोर्खाली तर्बार को ।।
अर्पण तामाङ
तरहरा-२सुन्सरी

Monday, April 19, 2010
नेता हरु लाई खबरदारी गरौ ।।
नेता हरु लाई खबरदारी गरौ ।।
आदर्णीय !
देश बिदेश विश्वभरी छरिएर रहनु भएका इन्टर्नेट फेस्बुक नेपाली साथी
हरुमा म तपाईं हरुकै इन्टर्नेट साथी अर्पण तामाङ को हार्दिक नमस्कार एबम
अभिबादन !
खास मैले यो लेख अडियो मार्फत तपाईं हरुको सामु राखने कोशीस
गरेको थिए तर मेरो नेट स्लो भएको कारनले गर्दा म सफल भईन त्यसैले
लेखेर नै तपाईं हरुको माझमा मेरो मनको खुल्दुली मेटाउदै छु । मलाई आशा
छ यहाँ हरुले मेरो लेख पढि सके पछी मलाई कांदमा कांद मिलाउनु हुन्छ भनेर।
तपाईं हामीलाई थाहा छ,हाम्रो देश यती खेर कठिन परिस्थिती बाट
गुज्रिरहेको छ। यस्तो हुनु भनेको तपाईं हाम्रो पनि दोस छ किन कि हिजो को
राजनीतिक भरौटे हरुलाई हामीले भोट् दिएर विश्वाश गर्नु नै ठुलो भुल थियो
किन कि हामी नेपाली जनता ले देशको लगभग साठ्ठी बर्ष देखिको थाती रहेको
सम्भिधान सभाको चुनाव दुवारा देशको मुल कानुन बनाउन लाई यानिकी देशको
सम्भिधान बनाउन लाई हामीले हाम्रा नेता हरु लाई जिम्मेदारी सुम्पेका थियौ। दुई
बर्षको लामो समय पाएका हाम्रा नेता हरुले तपाईं हाम्रो जनभाबना र जन
आन्दोलन को शहीद हरुको जन चाहना र सपना लाई सर्कार बनाउने खेलमै
आफ्नो समय खर्ची रहेकाछन। मलाई लाग्छ तपाईं हामीले दिएका सम्भिधान को
म्यान्डेट को समय भनेको अब चालिस दिन भित्रै सकिदैछ । त्यस पछी मुलुक
कता र कुन दिशा तिर जानेछ त्यती मात्र होइन देशको राष्ट्रियता र हाम्रो मौलिक
हक अधिकार हाम्रो सार्भभौमिक्ता र तपाईं हाम्रो भबिस्य,कता तिर जाने छ
यो समयकै गर्वमा निहित छ।
त्यसैले हाम्रो देश नेपाल हो हामी नेपाली हौ हामी जती सुकै सम्म्रिद्ध र
सु-शिक्षित भएर संसारका जुनसुकै कुनामा रहे पनि हामी लाई हाम्रो देशको कला
सस्क्रिती भेश भुसा जाती धर्म लिङ्ग बर्ण र राष्ट्रिय भौमिक्ता प्यारो लाग्छ।
आदर्णीय देशभक्त साथी हरु ! आज मुलुक तपाईं हामीले भरोसा गरेका
राजनैतीक पार्टिका नेताहरुको बैमनस्य हठ र अकर्मन्यताले गर्दा देशमा अमन
चैन को ठाउमा दिनानु दिन अस्थिर्ता आरजक्ता बड्दै गएको छ,म र त भन्ने
होड्बाजी मा तेरो र मेरोमा मुलुक बिखन्डन हुँदै छ मधिसे पहाडे हिमाली भनेर
हामीलाई लडाईं रहेका छन । त्यसैले देशको बिसम परिस्थितीमा बाध्यताबस गांस
बास र कापासको खोजिमा निक्लिएका हामी नेपाली हरुले जे जसरी सकिन्छ
आ-आफ्नो ठाउँ बाट कलम चलाऊन जान्ने ले कलम्को शहाराले नजान्नेले आवाज
दिएर हुन्छकी के गरेर हुन्छ तपाईं हाम्रो आवाज लाई नेपाली आकाशको धर्ती
सम्म नेता हरुलाई खबरदारी पुर्याउ भन्न चाहन्छु । तपाईं हामी सबैले मिलेर एक
स्वरमा भनौ हामीलाई तोकिएको समय भित्र देशको सम्भिधान देउ सक्दैनौ भने
नेपाली जनताको शिर माथि राजनीति नगर । दुइसय चालिस बर्से शाही शासन त
नेपाली जनताले धुलो बढारे जस्तो बढारे भने तिमी नेता हरु भनेका हाम्रा ब्यक्तिगत
अधिकारको अंमुल्य भोट् हरुले नेता बनेका हौ । तिमी हरु लाई भढार्न नेपाली जनता
लाई कती पनि हिच्किचाहट हुनेछैन ।
त्यसैले आदर्णीय साथी हरु! हामीले यो आवाज लाई नेपाली आकाशमा पुर्याउ
भन्न चाहन्छु।तपाइ हाम्रो देश प्रतिको सानो कन्जुक्स्याइले भोली देश लेन्डुप दोर्जेको
सिक्किम भारत भए जस्तै भोली हामी पनि भोली कसैको अधिनमा बांच्न नपरोस र
हामी कुनै दिन नेपाली थियौ र हाम्रो देश नेपाल थियो भन्ने दिन नआवोस नेपाली
जनता लाई यो दुर्भाग्यको कथा नबनोस । र यसो भनेर मैले छिमेकी मित्र राष्ट्र हरु
लाई दोस दिन खोजेको होइन मैले त नेपाली दाजु भाइ तथा दिदी भहिनी हरु लाई
देशको सम्भिधान मुल कानुन नभएको मुलुकमा जे पनि अनिस्ट हुन सक्छ भन्न
मात्रा खोजेको हुं।
त्यसैले आदर्णीय मित्र हरु यो मेरो कुनै भाषाण व बक्तब्य होइन यो मेरो
तपाईं हरु जस्तै नेपाली मन बोलेको हो । फेरी पनि मुलुकमा नेता हरु लाई खबर्दारी
गर्ने समय भएको छ,अब तपाईं हामीले पठाएको रेमिट्यन्सले मात्र पुग्दैन कलम
र आवाजको खबर्दारी आबसेक्ता भएको छ,दश बर्ष सम्म गृह युद्दले खाएको हाम्रो
मुलुक फेरी पनि सोमालिया इथोपिया र सुडान जस्ता मुलुक हुन बाट जोगाउनु छ,
पुर्बमा कोशीले बगाउदा र पश्चिममा भोकमरिले सताउदा मात्रा होइन अब देशमा देशको
मुल कानुन सम्भिधान नबनुन्जेल सम्म खबर्दारी गर्न ढिला भाईसकेको छ । फेरी
पनि कलम चलाऊने र कोक्क्रो हल्लाउने हात हरु लाई बन्दुक समाउन बाट जोगाउनु छ।
तपाईं हाम्रो यो खबर्दारी अभियान ले सारा नेपालीको सुखको अभियान बनोस। र राष्ट्र
सम्भिधान बिहिन हुन बाट बचोस् भन्न चाहन्छु। तपाईं हाम्रो सानो अभियान ले सारा
नेपालीको भाग्यको रेखा कोरोस हामीले जस्तै भोली को शन्तती ले दु:ख नपाउन र
बैदेशिक रोज्गार्को खोजिमा निस्कनु नपरोस मलाई आशा छ मेरो यो अभियान लाई
आ आफ्नो ढङ्ग बाट यो आवाज लाई अगाडि बडाउनु हुनेछ ।
हस्त धन्यबाद ।।
हामीलाई तोकिएको समयसिमा =सम्भिधान देउ ।
हामीलाई तोकिएको समयसिमा =सम्भिधान देउ ।।
हामीलाई तोकिएको समयसिमा =सम्भिधान देउ ।।।
तपाईंहरुको साथी !

Sunday, April 18, 2010
Tuesday, April 6, 2010
कैले देखी मायां लाएं मैले तिमी सङ्ग 'गजल
गजल लेखन मिती 2010-03-27-6pm
कैले देखी मायां लाएं मैले तिमी सङ्ग
के भनेर नाता जोडे आज तिमी सङ्ग ।
एकै नजर मात्र हाम्रो भेट भाको थियो
भक्कानिएको मुटु जोडे मैले तिमी सङ्ग ।
उती धेरै होइन हाम्रो नजर हाना हान
थाहै नपाई मायां साटे मैले तिमी सङ्ग ।
जती गर कम हुन्न तिम्रो मायां मलाई
त्यै मायांमा हराइ दिन्छु आज तिमी सँग।
कैले देखी बैश साटे मैले तिमी सँग
दुइटा मुटु एउटै भयो आज तिमी सँग।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
कैले देखी मायां लाएं मैले तिमी सङ्ग
के भनेर नाता जोडे आज तिमी सङ्ग ।
एकै नजर मात्र हाम्रो भेट भाको थियो
भक्कानिएको मुटु जोडे मैले तिमी सङ्ग ।
उती धेरै होइन हाम्रो नजर हाना हान
थाहै नपाई मायां साटे मैले तिमी सङ्ग ।
जती गर कम हुन्न तिम्रो मायां मलाई
त्यै मायांमा हराइ दिन्छु आज तिमी सँग।
कैले देखी बैश साटे मैले तिमी सँग
दुइटा मुटु एउटै भयो आज तिमी सँग।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Subscribe to:
Posts (Atom)