गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, February 26, 2023

कथा- बार्दलिको जून- भाग- ८

भाग- ८

उस्को मेसेज पढेर सुतेको अघिल्लो दिनको रात कतिबेला उज्यालो हुन्छ र कलेज पुगौँ झैं भएको थियो । ओछ्यानमा कयौँ पटक कोल्टे फेर्दै छट्पटिमा बितेको थियो । जसोतसो मुस्किलले रात कटेपछी भोलिपल्ट बिहान अलिक चाडै कलेज गएँ । कलेज जाँदा पनि मनभरी एक प्रकारको झंकार भएको थियो । एउटा मनले राजलाइ नियाल्न आतुर थियो भने अर्को मनले उसको सामुने पर्दा के भन्ने होला ? कसरी बोल्ने होला ? शिर ठाडो गरेर नजर जुधाउन त टाढाको कुरा उसको छेउ पर्न पनि हिम्मत थिएन मलाई । तैपनी उस्लाई भेट्ने, देख्ने ब्यग्र हुटहुटी भने थियो आफु भित्र । 

कलेज पुग्ने बित्तिकै सरासर सिँधै लाइब्रेरी गएँ । लाइब्रेरी पुग्दा राज त्यही बसेर पढिरहेको थियो । म पनि उसलाई देखेर पनि नदेखे झैं गरेर केमेस्ट्रिको एउटा गाईड पेपर निकालेर ऊ बसेको अगाडिको टेबलमा बसेर पढ्न थालेँ । पढ्ने त एउटा बहाना मात्रै थियो । मलाई त उस्लाई हेर्नु थियो । उस्को सामु परेर ऊ सँग गफ गर्नु थियो । उस्को नजिक हुनु मलाई कुनै बहानाबाजी को आवश्यकता थियो । त्यसैले त्यहा पुस्तक लिएर उस्को अगाडि गएर बसेको थिएँ । देखेर पनि नदेखे झैँ म आफ्नै सुरमा घोप्टिएर किताब मै अनुहार फर्काएको थिएँ । हुनत किताब के हेर्नु ? किताब हेर्ने बहानामा मेरा आँखाहरु भने उस्लाई नै नियाली रहेको थियो । एकतमासले किताब हेरेको अनुहारले घरिघरी झुक्याएर घोप्टो परेको मेरो शिरले आँखा छलेर उस्लाई नियाल्नमा उद्धत थियो । म अनेक बहाना बाजिमा घरी खोक्दै थिएँ भने घरी गीत गुनगुनाउँदै थिएँ । ताकी मेरो आवाज उस्ले सुनोस र मलाई देखोस् भन्नेमा मेरो ध्यान थियो । तर उस्ले हेर्न त परै जावोस किताबमा घोप्टिएको उस्को अनुहार एकपल्ट सम्म माथि उठाएन ।

धेरैबेरको मेरो प्रयास पछी पनि अगाडि नहेरेपछी रिसले चुर हुँदै त्यहाँबाट म जुरुक्क उठेर हिँड्नै लागेको थिएँ । त्यतिबेला भने उस्को नजर म सँग जुध्यो । जसरी उस्को आँखा मेरो आँखा सँग जुध्योनी उसैगरी मेरो मनमा चट्याङ्ग हाने झैँ ४२० भोल्टको झट्का हानेको थियो । मलाई पनि अचानक अनौठो महसुस भयो । शरीर भरी तरंग छाएको थियो । अचानक मुटुको चाल तिब्र गतिमा बढेको थियो । श्वास रोकिएला झैँ गरेर घाँटी आठयाएको जस्तो भएको थियो । के गरौँ कसो गरौँ जस्तो भएर उकुस्मुकुस भयो । मनमा आएको एकैचोटीको झट्काले बोलौं कि नबोलौँ जस्तो दोधार भएर ठिंङ्ग उभिदै हाइ राज भनेर मुखबाट फुत्किहालेछ । 
हाइ आश्मा तिमी ? उसले पनि मुसुक हाँस्दै बोल्यो ।  
उम म ! तिमी यहाँ के गर्दैछौ ? जवाफ दिदै मैले सोधे
हैन एउटा प्रोजेक्ट गर्नु थियो त्यसैको तयारी गर्दै थिएँ ।
अनी तिमी यहाँ के गर्दै थियौ ? उल्टै उस्को प्रतिप्रश्न थियो ।
उम म पनि केमेस्ट्रिको गाइड पेपर लिनु आको थिएँ । दुई शब्द मात्रै के बोलेका थियौँ यतिकैमा कलेजको घन्टी लाग्यो । त्यसपछी हामी दुबैजना त्यहाँबाट बाइ भनेर छुट्यौँ ।

निक्कै लामो प्रतिक्षा पछी बल्ल ब्रेक भयो । मैले फेसबुकको मेसेन्जर खोलेर हेरेँ । सुरुमै उस्को मेसेज देखायो । हतारिदै मेसेज पढेँ । आश्मा ! ब्रेकमा क्यान्टिनमा आउन सक्छौ ? यदी आयौ भने मलाई मेसेज गर है । मेसेज लाइब्रेरिमा हामी छुटेपछी बिहानै गरेको रहेछ । क्लास सुरु भएपछी मैले बल्ल यतिबेला हेरेको थिएँ । त्यसपछी मैले पनि उस्को मेसेजको जवाफ फर्काउँदै लेखेँ ।
हाइ राज !
उम भन आश्मा ! ऊ अनलाइन मै रहेछ तुरुन्तै जवाफ फर्काइ हाल्यो ।
त्यसपछी फेरी मैले सोधेँ । भन राज किन क्यान्टिन आउँछौ भनेर सोधेको ?
तिमीसँग भेट्न मन लागेको छ 
किन ?
कुरा गर्न ।
कस्तो कुरा होर राज ? मेसेजमै भने हुन्न ?
हुन्छ, किन नहुनु ? तर तिमीसंग भेटेरै भन्नु मन लागेको छ । 
नाइ मत आउँदिन । 
किन आउँदैनौ ?
लाज लाग्छ ।
ल केको लाज नि ? के म तिम्रो लागि अझै अपरिचित छु र ?
त्यस्तो हैन राज ।
अनी के त उसोभए ?
डर लाग्छ ।
केको डर के ? यत्रो मान्छेहरुको अगाडि ? 
उम लाग्दैन त ?
ए उसोभए म बाघ, भालु हो ? जो तिमीलाई देख्ने बित्तिकै खाउँ ?
उम...! त्यस्तो मैले कहाँ भनेको छु र ?
अनी ?
बरु मेरो अर्को घन्टी पछी अफ छ । बाहिर क्याफेमा भेटे हुन्न ? मैले असाय राख्दै सोधे । त्यसपछी फेरी उसले जवाफ तुरुन्तै फर्काइहाल्यो ।
हस ! मेरो क्लास छैन अब, म बाहिर कुरेर बस्छु, तिमी त्यतै आउ है त ? हुन्छ हस आउँछु । मैले क्लास सकिएपछी आउने जनाउँदै बाइ राज भनेर बिदा मागेँ । उस्ले पनि बाइ आश्मा भनेर छुट्टीएको संकेत दियो । त्यसपछी हामी दुबै अफ भयौँ ।

अब पालो थियो कतीबेला क्लास सकिएला र बाहिर निस्कौँला भनेर कुर्ने । क्लासको लेक्चरको गनगन भन्दा बाहिर कतिबेला निस्कने भन्ने हुटहुटिले सताएको थियो । बेन्चको अगाडिपट्टी लेक्चर आफ्नै सुरमा भटभटाइ रहेको थियो । म भने आफ्नै सुरमा टोलाई रहेको थिएँ । मेरो मन र आँखाको चञ्चल्ता सरको आवाज र ब्लाकबोर्डमा भन्दा झ्यालबाट कतै टोलाउनमा ब्यस्त थियो । करिब ४५, मिनेट जतिको स्पिच दिएर क्लासबाट बल्ल बाहिर निस्कियो । त्यसपछी म डेस्कमा रहेको किताब टिपेर त्यहाबाट बिरालोको चालमा निस्किएर सोबिताहरुलाई जान्छु पनि नभनी फटाफट हावाको बेगमा बाहिरिएँ ।

गेट बाहिर पुग्दा राज ठीक कुरेर बसिरहेको रहेछ । त्यसपछी हामी दुबैजना सरासर घण्टाघरको बाटो हुँदै दरबारमार्गको रोड तर्फ हान्नियौँ । बाटोमा दुबैजना के भन्ने के नभन्नेमा चुपचाप् थियौँ । मध्य-दिन हुनै लागेको त्यस्तो ब्यस्त सडकमा पनि एकअर्कामा कुनै दोहोर संबाद थिएनन । साना ठुला गाडी, र मान्छेहरुको भिड थिचोलेर हामी निक्कै पर पुग्यौँ । सडकको त्यो होहल्ला र धुवाँ धुलो खाँदै अझै पनि सुन्सान थियौँ दुबैजना । शायद ऊ मैले केही भनोस भन्न चाहन्थ्यो । म पनि कुराको थालनी उसैले गारोस भन्ने चाहन्थेँ । दुबैजना एकअर्काको बाटो हेर्दाहेर्दै अन्धाधुन्ध जब हामी राजदरबारको गेट अगाडि पुगेर टक्क अडियौँ त्यसपछी पहिलो वाक्य उसैले खोल्यो । कहाँ जाने ? मैले उस्को अनुहार पनि नहेरी जवाफ फर्काएँ । कोनी त कहाँ जाने ? अनी अघी कहाँ जाने भनेर निस्केको त ? उल्टै मलाई नै उस्को प्रश्न थियो । त्यसपछी म उस्को अनुहार तिर फर्किएर लाजले निलोकालो हुँदै मुसुक्क हाँसे एकपल्ट । उसले पनि मुसुक्क हाँसेर नै मौन जवाफ फर्कायो । त्योबेला हामी दुबैजनाको प्रत्यक्ष नजर जुधेको थियो । नजर के जुधेको थियो भन्नु, हंसले ठाउँँ छोड्ला जस्तो गरेर धड्किएको थियो । त्यो कोलाहलमा लाजले घाँटी आठयाएको जस्तो श्वास फेर्न पनि गाह्रो भएको थियो मलाई ।

दुबैको सटिक संबाद पछी फेरी मेरो अगाडि ऊ हिँड्न थाल्यो । म कुनै सानो बालक झैँ खुरुखुरु उस्को पदचाप पछ्याएँ । निक्कै पर पुगेपछी एउटा क्याफेको बाहिर पुगेर ऊ टक्क अडियो । कफी पिउने ? उस्ले सोध्यो । मैले हुन्छको भावमा टाउको मात्रै हल्लाएँ । त्यसपछी सरासर ऊ क्याफे भित्र छिर्यो । मैले क्याफेको बाहिर झुन्डिएको बोर्डमा हेरेँ । मधुश्री क्याफे लेखिएको थियो । त्यसपछी म पनि कुनै आज्ञाकारी बालक झैँ क्याफे भित्र उस्को पछीपछी लागेँ । भित्र पुगेर कुनाको एउटा टेबलमा बस्यौँ । न कुनै हेराहेर, न कुनै संबाद, कस्तो अचम्म होला ? संगै गएका छौँ । अन्धाधुन्द त्यहाँसम्म पुगेर पनि कुनै गफागाफ नहुनु भनेको साँच्चिकै जोकर झैँ नमुना बनेका थियौँ आफैमा । एउटै टेबलमा बसेर पनि अपरिचित ब्यक्ती झैँ संबादबिहिन थियौँ । घरिघरी नचाहेरै मेरो अनुहार र आँखा उस्को अनुहार सँग जुध्न पुग्थ्यो भने, उस्को म सँग । आँखा जुधेको बेला भने दुबैजना पहिलेको झैँ मुसुक्क हाँस्थ्यौँ ।

टेबलमा रहेको मेन्यु देखाउँदै राज बोल्यो । के खान्छौ तिमी ? तिमीलाई जे मन लाग्छ, मैले जवाफ फर्काएँ । त्यसपछी केही अन्कनिएको झैँ गरेर ऊ मेन्युमै घोत्ली रहयो । त्यसपछी मैले नै केही सहज बनाइदिदै बोलेँ । मलाई त मिल्क कफी मन पर्छ । साथमा एउटा ब्रेड भए हुन्छ । त्यसपछी उसले पनि मैले जे भनेको थिएँ त्यही कफी र ब्रेड मगाएर फेरी चुप्चाप बस्यो । टेबलको दुई ध्रुवमा बसेका हामी एकअर्कामा मौन संबाद थियो शायद । म उस्लाई चोरेर हेर्थेँ, ऊ मलाई चोरेर हेर्थ्यो । एकैठाउँमा बसेर पनि हेराइको त्यो लुकामारी साँच्चिकै रोमाञ्चककारी थियो । जतिपटक आँखा जुध्थ्यो उतिपटक मनमा एक प्रकारको झन्कार पैदा हुन्थ्यो । शरीरभरी करेन्ट प्रभाव भएझैँ महसुस हुन्थ्यो । करिब १५/२० मिनेटको गुम्सुम पछी वेटरले कफी र ब्रेड दिएर गयो । दुबैजना नबोली नबोली कफी पिउन थाल्यौँ । त्यसरी कफी र ब्रेड खाँदा पनि दुबैमा लज्जा महसुस भएको थियो । मानौँ  त्यसरी खाँदा मुखबाट कुनै आवाज निस्केला र लाज होला भनेर स्वासको भरमा कफी र ब्रेड खान्थ्यौँ ।

आ-आफुलाई सम्हालेर खाँदा-खाँदै ब्रेडले सर्किएर राज खोक्न थाल्यो । त्यसरी सर्किदा भने ऊ निलो न कालो अनुहार बनाएर लाजले भुतुक्क बनेको थियो । तर मलाई भने उस्को सर्काइमा बिचरा भनेर पानी मगाएर दिनु त कता हो कता उल्टै एक्कासी हासोको फोहोरा छुट्यो । त्यसरी अचानक हाँस्दा भने मेरो मुखभरी भएको कफिको फोहोरा उछिटिएर टेबल र उस्को शरीरभरी भयो । त्यसपछी दुबैजना झन जोडजोडले हाँश्न थाल्यौँ । त्यसरी हाँस्दा भने म उस्लाई नियाल्थेँ भने ऊ मलाई । मानौँ धेरैपछी हामीले मौन ब्रत तोडेका छौँ । त्यसपछी पो बल्ल मैले राज तिमी ठीक त छौ ? भनेर सोध्न पुगेछु । उसले पनि उम ठीक छु भनेर उत्तर फर्कायो ।

रैबेर पछीको हामी दुबैको मौनता तोडिएको थियो । त्यसैले म आफैले कुराको जरो खोतल्दै सोधे । राज तिमीले किन भेट्ने भनेको ? किन केही भन्नु थियो र मलाई ? उम..! केही भन्छु भनेरै तिमीलाई भेट्न् चाहेक थिएँ आश्मा ! केही त्यस्तो भेटेरै भन्नुपर्ने ? पुनह: मैले सोधेँ । त्यसपछी फेरी राज बोल्यो ।
आश्मा सरी !
किन ? केका लागि ?
मैले तिमीलाई सताएकोमा ।
कहिले ?
बुझेर पनि नबुझे झैँ मलाई लज्जित बनाउने कोशीस नगरन आश्मा प्लिज ।
हो भनेको कसम मैले केही बुझिन । आखिर केको लागि तिमीले सरी मागेको ?
तिमीलाई सब थाहा छ आश्मा ! तिमीलाई मैले खुब सताएको छु । मैले चाहेर वा नचाहेरै तिम्रो मन दुखाएको छु । जब मैले त्योदिन तिम्रो बाटो छेकेर त्यो पत्र दिएँको थिएँ । तर असलमा भनुम भने त्यो दिन मलाई रुम फर्किए पछी हातखुट्टा नै काँपेको थियो । यो मैले के गरेँ ? मैले यस्तो गर्नु हुन्थेन । तिमीले के सोच्यौँ होला ? वा कसैलाई भन्यौ होला भनेर म खुद तनाबमा थिएँ । उता तिमीले के सोँच्यौ मलाई थाहा छैन । तर तिमीलाई त्यो पत्र थमाइ दिएर फर्किएपछी मैले गरेको हर्कत देखी आफैलाइ आत्माग्लानी भएको थियो । मन खुब बेचैनिले सताएको थियो । त्यो रात छट्पटिनु मात्रै हैन, रातभर फिटिक्क निदाउन सकिन । कतिबेला उज्यालो हुन्छ र तिमीलाई भेटेर माफि मागौँ झैँ भएको थिएँ । तर भोलिपल्ट म केही बिसन्चो भएर कलेज नै आइन । अनी त्यस्को चौथो दिनबाट ज्वरोले निक्कै नै सतायो । त्यसपछी म हस्पिटल भर्ना हुन परिहाल्यो । तर हस्पिटलमा बस्दा पनि तिमीले के सोँच्यौ होला भन्ने कुराले मात्रै मनमा खाइ रहयो । मन एकठाउँमा थिरमा थिएन । बिरामले थलिएर बेडमा सुतेको अवस्थामा पनि आफुलाई रेस्ट गराउन सकिन । भुल्न खोज्दा पनि तिमीसँग गरेको हर्कतहरुले मलाई भत्भति पोलिरहेको थियो । आज त्यही हर्कतहरुको माफि मागेर म आफुलाई हलुका बनाउनको लागि भनेर तिमीलाई भेट्न् चाहन्थेँ । भेटेर सबै गल्तिको प्रायस्चित गरेपछी मात्रै आफु हलुका हुन्छु भन्ने सोचेर तिमीलाई यहाँसम्म लिएर आएको । प्लिज आश्मा ! म बाट जेजती गल्ती भयो त्यस्को लागि माफि चाहन्छु । त्यसको लागि साँच्चिकै हृदयदेख Thank you so much आश्मा ।

अघी भर्खरैसम्म मौन रहेको ऊ अहिले मकैको फूल उठेको जस्तो एकोहोरो भएर एक्लै बर्बराइ रहेको थियो । म चुप्चाप सुनिरहेको थिएँ । ऊ लगतार बोलिरहेको थियो । अझै पनि ऊ भन्दै थियो । तिमीलाई दु:ख दिन्छु भनेर चाहेर सताएको हैन आश्मा । म तिमीलाई मन पराउँथेँ । तिमीलाई माया गर्थेँ । अनी तिमीसम्म आइपुग्ने कुनै बहाना पनि त थिएन । तिमीलाई आफ्नो मनको कुरा नसुनाइ रहन पनि सक्दिन थिएँ । सुनाउँ भने पनि तिमीले के सोँच्छौ भन्ने डर थियो मनभरी । मेरो कारणले तिमीले धेरै नै मानसिक तनाब पनि झेल्नु पर्‍यो । त्यसले i am extreamly so sorry आश्मा । उस्को लगतारको बिनय पछी मैले पनि पहिलोपटक खुलेर मुख खोलेँ ।

अब सरी को कुरा नै बाँकी कहाँ रहयो र राज ? जबकी तिमीले पठाएको पत्र र इन्बक्सको तिम्रो मेसेजको जवाफ त मैले तिमीलाई दिई नै सकेको छु । यस्को मत्लब अब हामी बिचमा सरी को अर्थ के नै रहयो र ? बस मैले तिम्रो अनुरोध स्विकारीसकेकी छु । मैले आफुलाई तिमीमा समर्प्रीत गरिसकेकी छु राज ! प्लिज ! सरी नभन अब । यदी यही कुराले तिमी मलाई बारबार सरी माग्छौ भने कित तिमीले मलाई माया गरेकै छौनौ, कित तिमीले यतिका दिनदेखी यो कस्ती केटी रहेछ भनेर मलाई जाँचेको हुनुपर्छ । तर यदी तिमी साँच्चिकै मलाई ह्रिदय देखी माया गर्छौ भने सरी भन्नुको अर्थ छैन अब । मेले नउठाउने कदम उठाएकी छु । मैले मेरो बाआमाको सपना र आफ्नै जिम्मेवारी भुलेर तिम्रो अनुरोधलाई आत्मासात गरेकी छु । मैले तिमी माथि दया गरेकी छैन । गर्नुपर्ने पनि छैन । मैले पनि तिमीलाई माया गरेकी छु । बरु भन अब, फूलमा घुमेर जाने भमरा जस्तो बनेर उडेर जानेछैनौ । बटुवाले झैँ कुवाको पानी झैँ पिएर जाने छैनौ । मलाई बाचा गर । तिमी मलाई रुवाउने छैनौ । हुनत तिमीले मलाई र मेरो वास्ताबिक्ता कती बुझेको छौ वा छैनौ तर मलाई लाग्छ मेरो यथार्थ केही बुझेरै यहाँँसम्म को कदम उठाएको छौ भन्ने विश्वाश लाग्छ मलाई । मैले पनि तिम्रो पछाडिको दृश्य केही नहेरी, नसोधी तिमीलाई अपनाएको छु । बस धोका दिन पाउने छैनौ जुन मैले मेसेजमै भनिसकेकी छु तिमीलाई ।

उस्को भनाइ पछी मैले पनि आफ्नो भनाइ स्वासको भरमा फटाफट भनी टुङ्गाएँ । म बोलिरहदा ऊ कुनै आज्ञाकारी कर्मचारी झैँ सुनिरहेको थियो । म उस्को अनुहारतिर नजर पनि नलगाइ भुइतिर हेरेर स्वासको भरमा भनी भ्याएँको थिएँ । ऊ मलाई एकनिमेसले टोलाएर हेरिरहेको थियो । यतिकाबेला सम्म बोल्न सकेका हामी अहिलेभने खै कहाँबाट एक्कासी हिम्मत आएको थियो । त्यसैले उस्ले जस्तो सवाल उठाएको थियो त्यस्को जवाफ पनि म कडारुपमा नडराइ निर्धक्क भनिरहेको थिएँ । यतिकैमा उस्ले आँखा चिम्म गरत भन्यो । मैले त्यस्तै गरेँ । त्यसपछी उसले मेरो दुबै हात तानेर बिस्तारै आफ्नो दुइहातको अंञ्जुलिमा कसेर बोल्यो । गड प्रमिश आश्मा ! म तिमीलाई धोका दिने छैन । तिमीलाई रुवाउने छैन । तिमीसँग छुट्न हैन जुट्न माया गरेको हुँँ । विश्वाश गर । बिस्वासले नै सबैकुरा अडिएको हुन्छ । जुन हरेक ठाउँमा हुनु जरुरी छ । मलाई यती थाहा छ तिम्रो भरोस तोड्ने छैन । तिमीले दिएको मायालाई अपमान हुन दिनेछुइन । प्रमिस आश्मा । ऊ निक्कै बेरसम्म मेरो दुबै हातको हत्केला आफ्नो हत्केलाको बिचमा परेर बोली रहयो । निक्कै भाबुक बनेको थियो । त्यतिबेला मैले एकनिमेसले उस्को अनुहारको भाव र आँखाको भाका पढिरहेको थिएँ । ऊ साँच्चिकै म प्रतिको माया, प्रेम, सद्भाव पोखिरहेको थियो । मैले ऊ भित्र प्रस्टरुपमा उस्को प्रेम पढिरहेको थिएँ ।

यता म भने उसले मेरो दुबै हात समाएर बोलिरहँदा लाजले पानी पानी भएको थिएँ । आफै सरमले भुतुक्क बनेर स्वासले ठाउँँ नै छोड्ला जस्तो भएको थियो । मुटु जोडजोडले उफ्री रहेको थियो । अचानक ज्वरो आएको झैँ मेरो शरीर पुरै तातिएर आएको थियो । आज मलाई पहिलो पटक कुनै पुरुषले छुएको थियो । आज पहिलोपटक प्रेमको भावले कुनै पुरुषले मेरो हत्केला छुएर मेरो मनलाई स्पर्स गरेको थियो । खै कस्तो खालको कम्पन महसु भएको थियो शरीर भरी । त्यसपछी उसले यसो भनिसक्दा मैले मेरो हात उस्को हातबाट खुस्काइ सकेको थिएँ । मैले उस्को अनुहार नियाल्न सम्म सकिरहेकी थिईन । लाजले मेरो ओँठतालु नै सुकेको थियो । म केही भन्न सक्ने इस्थितिमै थिईन । बस उस्को कुरा एकतमासले सुनिरहेको थिएँ ।

करिब डेढ घण्टा जती हामीले त्यहाँ बिताएपछी त्यहाँबाट हामी दुबैजना निस्क्यौ । मलाई बेलुकिको ट्युसन जानु थियो त्यसैले म ट्युसन सेन्टर तर्फ लागे भने ऊ न्युरोडमा एउटा काम छ भनेर त्यतातिर लाग्यो । पुरानो पसपार्कको रोड सकिएर प्रदर्शनी मार्गतर्फ प्रबेश गर्नै लागेको थियो । हातमा भएको मोबाइलको रिंग बज्यो । हेरेँ राज कै रहेछ । अँ राज भन । नाइ त्यस्तो केही हैन । बरु भन तिमी कहाँ पुग्यौ ? उताबाट ऊ बोल्यो । उम प्रदर्सानीमार्ग पुगेँ । मैले जनाउ दिदै जवाफ फर्काएँ । त्यसपछी पुनह: राज बोल्यो आफ्नो ख्याल गर । राम्रो सँग जाउ है । अनी त्यहाँ बाटोको बिचबाट हिँड्ने हैननी । साइड प्यासेजबाट हिँड्नु । मैले मुसुक्क हाँस्दै हस हुन्छ भनेर बाइ राज ! तिमी पनि आफ्नो ख्याल गर है भनेर कल काटिदिएँ ।

उस्ले बोलेको कुरा सम्झेर फेरी एकपल्ट आफै एक्लै हाँसे । सम्झेँ, कती माया गरेको होला राजले मलाई ? किन यतिधेरै माया गरेको होला ? आखिर कोही त रहेछ मलाई पनि माया गर्ने । उसले त्यस्तो भनिरहँदा ऊ मेरो अभिभावक जस्तो महसुस भएको थियो । उस्को रेखादेखले त्योबेला म आफुलाई सानो बालक झैं महसुस गरेको थिएँ । म मनमनै निक्कै नै प्रसन्न र खुशी भएँ । साँच्चिकै भन्नु पर्दा म उस्को एक कलले पुलकित बनेको थिएँ । फुर्किएर हौसिएर हिँड्दा बाटो कतिबेला कटे पत्तै भएन । म त्यतिबेला मात्रै झस्केँ जतिबेला म ट्युसन सेन्टरको बिल्डिङ्ग मा पुगेर क्लासमा बसेर सर प्रबेश गर्नुहुँदा मात्रै थाहा पाएँ । मत अघिनै कतिबेला थाहै नपाई त्यहाँ पुगिसकेको रहेछु । कस्तो अचम्म यो सम्बन्ध भन्ने चिज पनि । जस्ले यती धेरै उर्जा र बेहोसी दुबै दिएको थियो मलाई ।

त्यसपछिका दिनहरु क्रमस बित्दै जान थाल्यो । हामी बिचमा घनिस्ट सम्बन्ध मात्रै होइन एकअर्का बिना एक पल पनि बाँच्न नसक्ने भएका थियौँ । हामी बिचको मायाको बिरुवा यती छिटो झाँगिएको थियोनी दिन दोगुना, रात चौगुना हुँदै हामी भबिश्यको कलपनाको कुरा सम्म गर्न सक्ने भएका थियौँ । बिहे कहिले गर्ने ? सन्तान कती बनाउने ? कस्तो बनाउने ? नाम के राख्ने ? कहाँ पढाउने ? म गर्ववती बन्दा कस्ती देखिन्छु ? अनी तिमी पहिलोपटक बाउ बन्दा कस्तो अनुभव गर्छौ ? पहिला छोरा पाउने कि छोरी ? भनेर आदी जस्ता स्वप्निल सन्सारमा हराएर गफै गफमा घर गृहस्थी बसाउन भ्याउथौँ । भबिश्यको योजना छिनभरमै बनाउँथ्यौँ अनी छिनभरमै फेरी भत्काएर अर्को नयाँ योजना बनाउथ्यौँ । साँच्चिकै हामी प्रेममा एकाकार बनिसकेका थियौ ।

शायद माया हुन्छ नै त्यस्तै, आँखामा हजारौँ सपना आउँछन अनी मनमा अरबौँ रहरहरु जन्मनछन । त्यसरी देखिने सपना र जन्मिने रहरहरु कहिलेकाही पलभरमै भत्कन्थे । त्यसरी कुरै कुरामा सपना र रहर भात्किदा भने निरास बनेर म रुन्थेँ । ऊ मलाई घन्टौसम्म सम्झाउँथ्यो । फकाउँथ्यो । म त्यसरी रुँदा होस या रिसाएर बस्दा वा घुर्काएर ऊ सँग झगडा गर्दा मलाई सम्झाएर, फकाएर घन्टौँ खर्च गर्थ्यो । तर पनि मेरो लहडमा ऊ कहिलै थाक्दैन थियो । भन्थ्यो तिमी जती रिसाउ, कराउ, झगडा गर तर म तिमीलाई माया गर्न छोड्दिन । तिमी बाहेक अन्त हेर्न त के सोँच्न पनि सक्दिन । मलाई कुनैदिन तिमी प्रती वाक्क दिक्क हुनेछैन । झर्को लाग्ने छैन । अझ म चाहन्छु तिमी यसरी नै मलाई सताइ रहु म तिमीलाई एउटा बालक लाई झैँ फकाइ रहन पाउँ । यसो गर्नु मै म तिमी भित्र प्रेम भेट्छु । म कामना गर्छु कि तिमीलाई फकाएर कहिले नथाकुँ । तिमीलाई माया गरेर म कहिले हरेस नबनुँ । आदी यस्तै यस्तै भनेर ऊ मलाई सम्हालिरहन्थ्यो ।

कहिलेकाही म सोँच्थेँ । मैले यती माया र केयरिङ्ग गर्ने जिबनमा सायदै अर्को पुरुष भेटउँदिन । ऊ जतिको मेरो लागि पर्फेक्ट पर्सानालिटी भएको अर्को छोरामान्छे पाउदिन । ऊ मेरो भाग्यमै लेखेर भेटिएको रहेछ क्यारे सायद । म कहाँ जादैछु । के गर्दैछु । किन जादैछु । कतिबेला खाएँ वा खाइन । कतिबेला सुते वा सुतिन भनेर मेरो हरेक गतिबिधिलाई नजिकबाट नियालेर मलाई भन्थ्यो । आश्मा तिमी बच्चै छौ । तिमीलाई यस्तो कुराहरु थाहा छैन । बेलामा सुत । ढिलो सुत्यौ भने भोली फेरी बिरामी हुनलाई ? यसैगरी ऊ मलाई भनिरहन्थ्यो । उस्को केयरिङ्गले म अबोध बालक झैँ महसुस गर्थेँ । साँच्चिकै मलाई केही आउँदैन झै महसुस हुन्थ्यो । मलाई उस्को यस्तो आदतको लत बसिसकेको थियो । हुनत उस्ले यसरी मुखले भन्नु मात्रै, न उस्को मनले मान्थ्यो न मेरो मनले । हामी जब रात परेर खाना खाएर बेडमा पुग्थ्यौँ तब घन्टौसम्म् कुरा गरेर बस्थ्यौँ । जब म ऊ सँग माया गर्न थालेँ तब कती रात कतिबेला सकियो ? कतिबेला सुत्यौँ कती घण्टा कुरा गर्यौ केही पत्तो थिएन । समयको सुत्नु उठ्नु खानु हिँड्नु कुनै लेखाजोखा थिएन । बस घन्टौसम्म बोलिरहन पाउँदा हामी दुबै हराउथ्यौँ कतै । जब भोलिपल्ट उज्यालो भएर कलेज जानेबेलामा आँखा पोलेर भतभत हुन्थ्यो तब थाहा हुन्थ्यो हामी रातभर सुतेनछौँ भनेर ।

हामी बिचमा त्यस्तो के कुरा हुन्थ्यो कुन्नी ! घन्टौँ बोल्दा पनि हाम्रो गफ नसकिएर कल राखिसकेर पनि झन्डै आधा घण्टा जती त मेसेजमा Good night र i love you भन्दै बित्थ्यो । घरि उस्ले बिदा माग्थ्यो घरि म । बाइ भनिसकेर पनि मेसेन्जरको इमोजी पठाएर कतै हराउँथ्यौँ हामी । love, kiss, hug वा गुलाफको फूलको आदी इमोजिहरु पालैपालो आदान प्रादान गरिरहन्थौँ । यसरी रातभर गफिँदा कहिलेकाही त कतिबेला निदाउँथ्यौँ पत्तै हुन्नथ्यो । कहिले ऊ निदाउँथ्यो भने कहिले म । यसरी निदाउँदा भने एकातर्फी मात्रै मेसेज लगतार आइरहन्थ्यो । अनी धेरैबेर पछी पनि कुनै जवाफ नआएपछी भने बल्ल मोबाइल अफ गरेर निदाउँथ्यौँ । त्यो पल, त्यो घडी अनी त्यो अभुतपुर्ब क्षण यहाँ म बयान गरेर पनि सक्दिन । शायद सताब्दिमै कसैले यती मिठो यती गहिरो यदी माया गरेको होस त्यो हामी दुई मात्र थियौँ । त्यो पल सम्झेर आज पनि मेरो मन यही भन्छ । युगौँ युगान्तर हाम्रो जस्तो मायालु जोडी यो दुनियाँमा फेरी जन्मने छैन ।

एकदिन कलेजबाट फर्किएपछी खाना खाइसकेर बेलुकी आफ्नै बेडमा पल्टिएर उस्को फेसबुकको वालमा गएर हेर्दै थिएँ । हेर्दै जाँदा केहीदिन अगाडि मात्रै ऊ कलेज भन्दा बाहिरको साथीहरुसँग घुम्न गएको रहेछ । त्यो मैले उस्ले पोस्टिएको तस्बिरबाट थाहा पाएँ । त्यसपछी उस्ले पोस्ट गरेको फोटोहरु खोतल्दै हेरेँ । तीन जना केटा र तीन जना केटीहरु मिलेर फुल्चोकी घुम्न गएका रहेछन । झट्ट हेर्दा सबैको आ-आफ्नै जोडी बाँधेर गएका जस्ता देखिन्थे । फोटोमा देखिएको भावभंगी हेर्दा लाग्थ्यो तिनिहरु प्रेमी प्रेमिका हुन । त्यहाँ भएको मद्धेको कुनै एकको बर्थ डे परेको रहेछ । ६, जना मिलेर जन्मदिन मनाइ रहेको ठाउँमा एकजना केटीले टाउको माथि राजकुमारीको जस्तो क्राउन लगाएर छोटो लुगामा सजिएर केकमा भएको क्यान्डल निभाउँदै गरेको तस्बिर थियो । त्यसपछी बाँकी फोटोहरुमा सबैले एकअर्कालाई केक खुवाउँदै अनुहारभरी केक दलेर खुब रमाइलो गरेको दृश्य थियो । राजले पनि उक्त केटीलाई केक खुवाउँदै गालामा चुम्बन गरेको र अँगालो हालेको तस्बिर रहेछ । त्यो तस्बिर देखेर मेरो मन भने चिसो भयो । त्यो गालामा चुम्बन गरेको तस्बिरले एकसुरमा काम गरिरहँदा पछाडिबाट आएर कसैले झस्काइ दिएको जस्तै झसंग भएँ ।

क्षणभरमै हातखुट्टा लल्याक लुलुक भएर आयो । टाउकोमा चक्कर लागेको जस्तो भयो । तिनभाउन्न भएर केही नदेखेको झैँ भएँ । एकछिन त त्यहीँ ढल्छु कि झैं भएको थियो । तैपनी मनलाई दर्हो बनाएर अन्य तस्बिरहरु हेर्दै गएँ । अन्य तस्बिरहरु पनि उस्तै गरी खिचिएका थिए । कुनै तस्बिर त्यो केटी राजको काखमा बसेको थियो भने कुनै दुबैले अंकमाल गरेको तस्बिरहरु थिए । झन ति तस्बिरहरुले मेरो होसहावास नै उडाइ दियो । त्यसपछी त अरु के चाहियो । हतार हतार गरेर उस्को फेसबुकको एलबममा गएर अन्य तस्बिरहरु पनि हेर्न मन लाग्यो । एल्बम भित्र छिरेँ । अन्य धेरै तस्बिरहरु थिए । तर मलाई भने राजको त्यो केटीसँगको अन्य तस्बिरहरु छन कि छैनन भन्नेमा ध्यान थियो । त्यसैले अन्य फोटोहरुको वास्तै नगरि म सरासर त्यही केटीसँग मात्रै भएको फोटोहरु खोजिखोजी हेर्नथालेँ । हेर्दैजाँदा अलिक तल पुगेपछी अघिल्लो साल मात्रै कालिन्चोकको हिउँमा हिउँ खेलाउँदै हिउँले हानाहान गरेको र हिउँको ढिस्को माथि उभिएर राजको पिठ्युँमा त्यो केटीलाई बोकेको तस्बिर देखेँ । तस्बिरको क्याप्सन हेरें । लेखिएको थियो । मेरो पुकु र म हिउँमा मस्ती ! त्यसपछी त झन हंसले ठाउँँ नै छोड्यो । म आफुलाई धोका भएको ठानेँ ।

यो मन पनि कस्तो अचम्मको ? मलाई ति तस्बिरहरु हेरेर पुगेन । मलाई त्यो केटीको फेसबुक वाल पनि हेर्न मन लाग्यो । त्यसपछी मैले राजले त्यसलाई ट्याग गरेर पोस्ट गरेको माध्यमद्वारा त्यस्को फेसबुक वालसम्म पुगेर हेरेँ । उनको फेसबुकको वालमा पापाको परि लेखिएको थियो । दुबैले एक अर्काको फोटो, क्याप्सन आदी पोस्टहरुमा लभ इमोजी रियाक्ट र हग गरेको इमोजी सहित एक अर्कालाई कमेन्टहरु गरागर गरेको भेटाएँ । राज र त्यो केटीको कमेन्ट रियाक्ट र तस्बिरहरुले उनिहरु दुबैजना प्रेमी प्रेमिका पक्का हुन भन्नेमा पुगेको थिएँ । त्यसपछी सय डिग्रीको तापमानमा आएको ज्वरो जस्तै शरीर पुरै तातिएर आयो । आँखा, गालाबाट तप्तप रगत चुहिएला जस्तो भएको थियो । मनलाई सम्हाली नसक्नु र आफुलाई काबुमा राख्न नसक्ने भएको थिएँ म । मलाई यस्तो लाग्यो कि राजले म संग प्रेमको नाटक गरेर मलाई टाइम पास गरेको रहेछ । उस्ले क्षणिक रोमान्स र म सँग समय ब्यतित गरेर रमाइलो गर्न चाहन्थ्यो । म उसको मिठोमिठो कुराहरुले ठगिएको महसुस भयो । उस्को मायाजालमा आफु फसेको अनुभुती भएर आयो । आँखाले चारैतिर हेरेँ, सुन्सान सन्नटा छाएको थियो । के गर्ने नगर्ने सोच्नै सकिएरहेको थिईन । त्यसैले मैले आफुले धोका पाएको सम्झिएर फेसबुक र फोन नम्बरमा समेत राजलाइ ब्लक गरिदिएँ । भोलिपल्ट सन्चो नभएको बाहानामा कलेज् पनि गईन । त्यसको लगत्तै अनिश्चित कालको लागि कुनै राजनैतीक दलको आह्वानमा नेपाल बन्द पनि भएको थियो । त्यसपछी भने हप्ता दशदिन जती राज र मेरो कुनै मेसेज, कल संपर्क केही भएन । 

बितेको हप्ता दश दिनमा मैले आफुलाई रित्तिएको पाएँ । सन्सारमा मेरो आफ्नो भन्नु कोही पनि नभएको जस्तो महसुस गरेर बिताएँ । सबै हाँसिखुसी भएको देख्दा म एक्ली टुहुरी जस्तै महसुस गरेको थिएँ । न भोक न प्यास, बिल्कुलै भोको पेटमा बिताएँ दुइदिन त । त्यसपछी भने केभयो भनेर माइजुले कराउनु भएपछी भने अलिअली गरेर खाना खाएँ । तर खाना भने फिट्टिकै रुची थिएन । खाना के खानु ? बरु आफै मरिदिउँ जस्तो भएको थियो । अब मैले कस्को लागि बाँचिदिनु छ र ? जस्तो भएको थियो । दिन कतिबेला बित्यो ? रात कतिबेला पर्‍यो बिल्कुलै बेसुरको बनेको थिएँ । सम्झन्थेँ उसले देखाएको माया र केयर सबै मसँग खेलबाड गर्नलाई देखाएको बनावटी नाटक रहेछ । दिन त जसोतसो बिथ्यो तर रात परेपछी भने रुएरै छर्लंग उज्यालो हुथ्यो । कती रात त रुँदारुँदा थाकेर कतिबेला निदाउथेँ पत्तै पाउँदिन थिएँ । करिब एक हप्ता भन्दा धेरै बन्द कोठा भित्र आफुलाई गुम्साएर रुँदारुँदा आँशु नै रित्याइ दिएँ जस्तो भएको थियो । यतिका दिनमा आफु घुट्घुटिएर बिताएँ । रुएँ, कराएँ चिच्याएँ जे गरेँ त्यो बन्द कोठा भित्र कसैले थाहा नपाउने गरेर आफुलाई खुब दु:ख दिएँ । दु:ख मात्रै होइन रिस वा पश्चाताप खै केले हो कतिपटक त बेड र भित्तामा मुड्की र आफ्नो टाउको नबजारेको पनि हैन । तर त्यसले झन उल्टै आफुलाई पिडा र दुखाई थपेको थियो । तर उस्को हर्कतले मेरो दुखेको मन शान्त हुने कुनै तर्खरमा थिएन ।

कलेज बन्द अवधिभर उस्लाई न मेसेन्जरमा अन्ब्लक गरेँ नत नम्बरमै । यो बिचमा कुनै खोजखबर पनि गरिन । त्यसपछी भने बल्लतल्ल कलेज लाग्यो । जान मन लागि नलागी, कलेज् गएँ । कलेजमा राजलाइ देख्न भेट्न पर्छ भनेर ढिलो गरेर जान्थेँ भने फर्किँदा पनि सबैभन्दा पहिला नै क्लासबाट निस्किएर हिड्थेँ । यो बिचमा उसले बाटो छेक्छ भनेर ट्युसन सेन्टर पनि गईन । कलेजको तेस्रो दिन राजले सोबिता लाई खबर पठाएछ । एकपल्ट राजलाइ भेट रे ! केहो मोरी दरो जमेको छकी क्या हो ? ल बधाई छ है ! यती भनेर जिस्काउँदै सोबिता त्यहाँबाट ओझेल परिई । म भने त्यो दिन पनि उस्लाई नभेटी रुमतर्फ लागेँ । अझ उस्ले बाटो ढुकेर बस्ला कि भनेर मभने भद्रकाली, सिंहदरबार र माइती नेपाल हुँदै अनामनगरको पछाडिको भागबाट त्यती लामो घुमेर रुम गएँ ।

यसरी नै राजको आँखा छल्दै मैले करिब् १५/२० दिनजती कलेज धाएँ । ऊ नजिक पर्न चाहन्थ्यो म छेउमै पर्दिन थिएँ । ऊ भेट्न खोज्यो म मौका छोपेर हिँड्थेँ । यसरी नै दुबैको लुकामारी गर्दागर्दै एकदिन हाम्रो क्लास सकिने अगावै बाहिर ढोकैमा आएर मेरो बाटो कुरेर बसेको रहेछ । म बाहिर निस्किनु बित्तिकै मेरो हातमा च्याप्प समातेर अलिक पर्तिर तानेर बोल्यो । आश्मा के भएको छ तिमीलाई ? किन भेट्न् चाह्दैनौ ? आखिर मैले तिम्रो के बिगारेँ ? के गल्ती गरेँ भन ? मैले कती मेसेज र कल संपर्क गर्न कोशीस गरेँ भनत ? किन ब्लक गरेकी मलाई सबैतिरबाट तिमीले ? यदी बिचबाटोमै छोड्नु थियो त पहिले मेरो प्रेम प्रस्ताबलाइ किन स्विकार्यौ ? म उस्को कुरा सुनेर पनि नसुने झैँ निरवत भएर ठिंग उभिएर सुनिरहेँ । ऊ एक्लै बर्बराइ रहेको थियो भने म किंकर्तब्यमुढ भएर एकोहोरो सुनिरहेको थिएँ ।

ऊ अझै अनेकन बर्बराइ रहेको थियो । मलाई उस्को अनुहार देखेर रिसले चुर-चुर भएको थिएँ भने भित्र कतैबाट भक्कानिएर रुन मन पनि लागिरहेको थियो । आँखाहरु गहरुङ्गा भएका थिए । तैपनी उस्को अगाडि आफुलाई रोक्ने प्रयास गरिरहेको थिएँ । उस्ले मेरो हात समातेर भत्भताइ रहेकोबेला झट्कारेर त्यहाँबाट हिँड्न खोजेँ तर सकिन । कुनै फलामको साङ्ग्लाले बाँधेझैं कसिएर मेरो नाडी उसको हातले समातेको थियो । मैले बल गरेर हिँड्न खोजेको देखेपछी फेरी पनि ऊ मेरो अगाडिपट्टी आएर पुनह: सोध्यो । आश्मा प्लिज ! तिमी यतिकै जान पाउँदिनौ । आखिर मैले त्यस्तो नराम्रो गल्ती के गरेँ र मलाई ब्लक नै गर्नुपर्‍यो तिमीलाई ? तिमीलाई थाहा छ ? आज कतिदिन भयो हामी नभेटेको, नबोलेको ? आखिर किन यस्तो गरिरहेकी छ्यौ ? यदी तिमीले मेरो गल्ती भनेनौ भने कसम म यहाँँबाट तिमीलाई जान दिनेछुइन । जसरी भएपनी तिमीले भन्नै पर्छ आश्मा । आखिर केको सजाय दिँदैछौ मलाई ? ऊ लगतार एक्लै प्रश्न माथि प्रश्न थोपरेर बोलिरहेको थियो । ऊ त्यसरी बोलिरहँदा उस्को आँखा छलेर हेरेँ आँखाभरी आँशु पारेको रहेछ । त्यसपछी भने कताकता माया लागेको जस्तो भएर आयो ।

त्यसपछी उस्को अनुहार पनि नहेरी लामो श्वास तानेर बोलेँ । अझ गल्ती गर्छौ तिमी ! अनी नजाने झैं गरेर उल्टै मलाई सोध्छौ मैले के गरेँ भनेर ? तिमीलाई अलिकती पनि लाज लागेन त्यस्तो गर्नु अघी ? भनत मैले तिम्रो के बिगारिदिएको थिए र यो सब मायाको नाटक गर्यौ ? मैले तिमीलाई पहिलै भनेकी थिएँ । मलाई मायाको झुटो नाटक गरेको मन पर्दैन भनेर । मलाई झुटा सपना पनि मन पर्दैन । आखिर यो सब प्रेमको नाटक गरेर तिमी मलाई के साबित गर्न चाहन्थ्यौ ? यही हैन तिमी पुरुष हौ ? तिमीले चाहयौ भने जस्तोसुकै केटी पनि पट्याउँछौ र आफ्नो पुरुष्वत्वको अहंकार देखाउँछौ हैन ? तर भो राज ! मैले तिम्रो सबै नाटकहरु देखिसकेँ । मलाई यो भन्दा अगाडि अब अलिकती फकाउने कोशीस नगर । मलाई यो भन्दा धेरै तिम्रो अभिनय हेर्नु पनि छैन । अनी तिमी यो पनि बुझिराख ! म तिमीले माफि मागेर वा तिम्रो बहकाउमा आउनेवाला केटी हैन । तिमीले सोँच्यौहोला आज म सँग रमाइलो गर्छौ । अनी भोली फेरी अर्कै केटीसंग प्रेमको गुल खिलाउँछौ हैन ? भनत म जस्ता कती केटीहरुको मन लुट्यौ ? कतिको मन रुवायौ ? आखिर तिमी केटाहरुलाई त्यस्तो गरेर कुन खुशी मिल्छ ? किन गर्छौ तिमी यस्तो ? ठिकैछ राज ! मलाई त मायाको झुटो नाटक गरेर रुवायौ । गल्ती मेरै हो । म तिम्रो हरेक मेसेज र पत्रहरुमा पोखिएको शब्दहरुले बहकिएको थिएँ । तर तिम्रा ति सबै शब्दहरु केटी पट्याउने अस्त्र रहेछन । तिम्रो रामबाणले मलाई त जिउँदै मार्यौ, अब उन्लाई नमार्नु । तिमी खुशी हुनु । तिम्रो नयाँ जिबन सफल बनोस । तिम्रो नयाँ प्रेमको सफलताको शुभकामना तिमीलाई राज ! उस्को बोल्ने पालो सकिएपछी मेरो बोल्ने पालो थियो । ऊ अघी मैले झैं चुपचाप सुनिरहेको थियो । म बोलिरहेको थिएँ ।

म अझै अरु केके बोल्न खोज्दै थिएँ । मलाई बिचैमा रोकेर राज फेरी बोल्यो । ओ हेल्लो ! तिमी यो सब केको कुरा गरिरहेको छ्यौ ? कस्को कुरा गरेकी तिमीले ? अनी मैले तिमीलाई धोका दिएँ रे !? भनत ! कहिले तिमीलाई मैले धोका दिएँ ? तिमी होसमा त छ्यौ ? तिमी सपनामा छ्यौ कि ? भाङ्ग खाएकी छ्यौ ? तिमीले अहिलेसम्म जेजे बोल्यौ त्यो सब सुनेर म आफै अल्मल्ल परेको छु । न मैले तिमीलाई धोका दिएको छु न मैले अरु कसैलाई प्रेमको नाटक गरिरहेको छु । तिमी जे भन्दैछौ त्यो सब मेरो व्यबहार बाहिरको कुरा गर्दैछ्यौ । मैले तिमीलाई माया गरेँ भन्दैमा यो हैनकी म हरेक केटी मान्छेलाई प्रेम गर्दै हिँडौँ, अनी उनिहरुको बैश चाख्दै हिँडौ । तिमीले यसरी सोँच्यौ पनि कसरी ?

ऊ यसरी बोलिरहँदा मैले डाटा खोलेर मोबाइलामा भएको उस्को फेसबुक खोलेर सबै फोटो र कमेन्टहरु देखाएँ । त्यसपछी मैले देखाएको फोटो र कमेन्टहरु हेरेर एउटा हात घुँडामा र अर्को हात निधारमा राखेर सरिरलाइ अलिक घोप्टिएको पोजिसनमा पारेर मरिमरी हाँस्न थाल्यो । त्यसपछी फेरी मैले भनेँ । कुनै ढाकछोप गर्न नसकेपछी म रंगेहात समातिएँ भनेर टार्नलाई हाँसेको हौला हैन ? हाँस, अझै कती हाँस्छौ । तर गूड् बाइ राज ! प्लिज मेरो पिछा नगर । मलाई जान देउ, मलाई एकपल पनि तिमीसंग बस्नु छैन । तिमी जस्तो निच धोकेबाज सँग मलाई एकरती पनि अडिनु छैन यहाँ । तिमी खुशी हुनु राज । मैले यती भनेर हात झट्कारेर फटाफट अगाडि बढेँ । म अलिकती अगाडि मात्रै के बडेको थिएँ उसले पछाडिबाट फेरी बोलायो । आश्मा जानु अगाडि एउटा कुरा सुनेर जाउ । तिमी जे गर्दैछौ त्यो सब गलत गर्दैछौ । तिमीले जे देख्यौ, जे भन्यौ त्यो सब गलत हुन । तिमीलाई म अहिले प्रमाण दिन त सक्दिन तर भोली मलाई दरबारमार्गको मोनालिस क्याफेमा अवस्य भेट्नेछौ । म तिमीलाई त्यहाँ कुरेर बस्नेछु । अनी यथार्थ कुरा केहो त्यहाँ तिमीलाई सब भन्नेछु । ऊ यती भनेर त्यहीँ उभिरहेको थियो । म भने त्यहाँबाट सरासर रुमतर्फ लागेँ ।

भोलिपल्ट कलेज सकिएर उस्ले बोलाएको क्याफेमा जाउँकी नजाउँ भन्दै दोधार हुँदै अगाडि बड्दै थिएँ । अलिकपर पुगेपछी फेरी अर्को मनले भन्यो हैन एकपल्ट गएर भेट्नु पर्‍यो । उस्ले के भन्न् खोजेको हो ? अन्तिमपल्ट गएर भेट्छु र जे भनेको भएपनी सुनिदिन्छु । तर उस्ले घुँडा टेकेर माफि मागेर घिटघिटाए पनि म उसँग फर्कनेछैन अब कुनैपनी हालतमा । मनमा यस्तै कुरा खेलाउँदै रुम हान्निएको पाइला फेरी दरबार्गको मोनालिसा क्याफे तर्फ अगाडि बड्यो । त्यहाँ पुग्दा एउटा टेबला दुइजना सँगै जोडीएर बसेका रहेछन । सँगै मत्लब मैले केहीदिन अगाडि फेसबुकमा देखेको त्यही केटी रहेछ । मनमनै सोँचे, मलाई देखाउन ल्याएको होला ? अर्कोमनले भन्दै थियो । बादरनी अर्काको मान्छे खोस्नेलाई त्यही भुत्लाएर पिटपाट पारीदिउँ । तर आफुलाई सम्हाल्दै उनिहरु भएको टेबलछेउमा पुगेर कड्किएर बोलेँ । भन राज ! किन बोलाएकी तिमीले मलाई ? बसन । बस्न आग्रह गर्दै राज बोल्यो । म यहाँ बस्न नपाएर आएकी हैन, भन के भन्न बोलाएको हौ तिमीले ? मैले यसरी कड्किएर बोल्दा उसँगै बसेको त्यो केटी भने मुसुमुसु हाँस्दै थियो । मानौ ऊ मेरो दुखेको घाउमा नुनचुक छर्की रहेको थियो भने हाँसेर मेरो रिसलाई उपहास गरिरहेको थियो । यतिकैमा त्यो केटी बोलीईन । बस्नुहोस्न । त्यसपछी भने आफ्नो रिसको पारो कन्ट्रोल गर्दै उनिहरु बसेको टेबलको ठीक अपोजिट बसेँ ।

त्यसपछी राज मुसुस्मुसु हाँस्दै मतिर फर्किएर आफ्नो आडैमा भएको केटीलाई देखाउँदै बोल्यो । यतिका दिन तिमीले मलाई ब्लक गर्न परेको मुख्य जड उनी नै हुन । उनको नाम प्रिती ! यानिकी प्रिती रिजाल । मेरो आफ्नै कान्छी बहिनी । हामीहरु काठमान्डौमा दाई भाउजु म र बहिनी चारजना संगै बस्छौ । दाई र भाउजु जब गर्नुहुन्छ । म र बहिनी पड्छौँ । गाउँमा बाआमा मात्रै हुनुहुन्छ । बहिनी यही एउटा प्राइभेट कलेजमा होटल म्यानेजमेन्ट पढ्दैछ । मलाई फिट्टिकै मन नपर्ने बिषय । पढाई सकिएपछी काम पाउन पनि हम्मेहम्मे पर्छ । नेपालमा त्यती ठुलाठुला होटलहरु हामीसबैलाई पर्याप्त जागिर पुग्ने गरेर छँदा पनि छैनन । तर प्लस टु सकेर ब्याचलरको होटल म्यानेजमेन्ट पहिलो बर्ष पड्दैछिन । यती भनिसकेर फेरी म तिर ईशारा गरेर देखाउँदै बोल्यो । उनी चैं आश्मा । हामी एउटै कलेजमा पढ्छौँ । उनी मेरो मिल्ने साथी हुन । यती भनेर राज फेरी मुसुक्क हाँस्यो ।

त्यसपछी भने अघिल्लो दिन मेरो कुरा सुनेर त्यो फोटो हेरेपछी राज मरिमरी हाँस्नुको रहस्य बल्लपो खुल्यो । उस्को कुरा सुनिसकेर कताकता अचाक्ली लाज लागेर आयो । आफैलाइ मन भित्र यो मैले के गरेँ भनेर काउकुती लागेर आयो । पछुतो पनि भयो । तर सरी राज भन्न सकिन । उनिहरुको अगाडि म लज्जित त बनेकै थिएँ अझ त्यो भन्दा धेरै प्रमाण नै जुटाएर देखाउनलाई राजले आफ्नो बहिनिलाई नै लिएर आएको थियो । उनिहरुसँग मैले ठाढो शिर गरेर नजर जुधाउन सम्म सकिन । साँच्चिनै आफुले देखेको सुनेको कुरा पनि साँचो नहुन सक्छन भनेको यही होला । कतिपय आफ्नै आँखाले देखिएका सत्य नहुन सक्छन । आफ्नै आँखाले पनि धोका खान्छन भनेको हो रहेछ । मैले राजलाइ एकबचन पनि नसोधी रिसले आगो बनेको थिएँ । खास केही सोध्न नपाई आफैले आवेसमा आएर मैले उस्लाई ब्लक गरेको थिएँ । ब्लक गर्नु मात्रै हैन झन्डै महिना दिन जती आफु पनि तड्पिएर बस्नु पर्‍यो भने उस्लाई पनि तड्पाएर राखेँ । मलाई मन भित्र लाज र ग्लानीले भरिएर आयो । आफैदेखि रिस उठ्यो । मनमनै भनेँ । अबदेखी केही हुनु वा गर्नु अगाडि मैले उस्लाई सोध्नुपर्छ । हरेक कुराको पर्याप्त जानकारी र सुचनाको आदान प्रदान गरेर मात्रै गर्नु बोल्नु उचित हुन्छ भनेर सोँचे । यतिकैमा राजले चाउमिनको अर्डर गर्‍यो । केहीबेरको पर्खाइ पछी चाउमिन आइपुग्यो । केहीछिन पछी खाइसकेर हामीहरु छुटियौँ । आउँदा बाटोभरी पश्चताप र लाज लागिरहयो । बाटोमा हिँड्दा कतै सरमले एक्लै मुसुक्क हाँस्थेँ भने कतै आफै भित्र मनले राजसँग सरी भन्दै मनभरी कुरा खेलाउँदै रुम पुगेँ ।

आफै देखी लाज, घिन, पश्चाताप, ग्लानी आदी केके भएको थियो, थियो । आफ्नै गल्तिका कारण मन एकछिन पनि थिरमा थिएन । दिमाग हल्लिएको जस्तो भएको थियो भने मन भित्र संकुचित अफ्सोँचले उथपथल भएको थियो । मन बेचैन थियो । आफुलाई सम्झाउन बुझाउन खोज्दा खोज्दै पनि सम्हालिनु गाह्रो भएको थियो । दिउँसोसम्म कुरा नबुझेर उस्लाई चारतिर ब्लक गरेको थिएँ भने अहिले उसँग कसरी बोल्ने होला भनेर छट्पटी छाएको थियो । कुनै कुराको जानकारी नपाई आफुले गरेको ऊ प्रतिको व्यबहार सम्झिएर आफैदेखि रिस पनि उठेको थियो । छि ! कस्तो मान्छे होला म ? भनेर आफैलाइ धिक्कारी रहेको थिएँ । तर जतिकोसिस गर्दा पनि आफु भित्रको गल्ती छुपाउन सकिन र राजलाइ सरी माग्दै ब्लक गरेको फेसबुक खोल्दै मेसेज लेखेँ ।

राज !
सर्बप्रथम त माफि चाहन्छु । थाहाछ मलाई सरी मागेर मेरो गल्तिको प्रायश्चित हुन सक्दैन । किनकी मैले वास्ताबिक्ता नबुझी तिमीलाई ठुलो आरोप लगाएको छु । मैले दाजु बहिनिको जस्तो पवित्र सम्बन्धलाई पाप सोँचेर अपवित्र बनाएको छु । यथार्थ बुझ्नु अगाडि तिमीलाई सोध्न वा तिमीले त्यस्को स्पष्टिकरण दिने मौकै नदिई ब्लक गर्नु अर्को ठुलो अक्षम्य भुल थियो । त्यसैले पनि मैले माफि मागेर पनि तिमीले मेरो गल्तिलाई क्षमा दिन्छौ या दिँदैनौ थाहा छैन । तर यथार्थ नबुझी आक्षेप वा तिमीलाई दोश लगाउनु ठुलो भुल भयो । त्यसैले पनि यदी सक्छौ भने बिन्ती गर्छु राज ! मलाई माफ गरिदेउ । अब देखी संकाको भरमा र आफ्नो आँखाले नदेखी कुनै पनि कुराको आरोप लगाउने छुइन । अर्थात मेरो गल्तिको जे सजाय दिन्छौ म भोग्न तयार छु ।

म के गरौँ राज ? यो मन हुन्छ नै त्यस्तै । आफुले माया गरेको मान्छे अरुकसैको अंगालोमा देख्दा वा साथमा देख्दा कुनचै प्रेमिकाको मन थामिन्छ होला ? हो मैले पनि तिमीलाई प्रिती अर्थात तिम्रो बैनिसँग बिभिन्न पोजमा फोटो पोस्टिएको देखेपछी आफुलाई थाम्न सकिन । रिसको पारो यती माथि पुगेको थियोकी मैले चाहेर पनि रोक्न सकिन । भएभरका तस्बिर र कमेन्टहरु देख्दा मलाई लाग्यो तिमीहरुको सम्बन्ध दाजुबहिनिको जस्तो नभएर अरुनै केही हो भन्ने लाग्यो र वास्ताविक्ता नबुझी तिमीलाई ब्लक गर्न वाध्य भएँ । यथार्थ बुझ्न नखोज्नु मेरो गल्ती भएपनी त्यो अवस्थामा तिमी भएकोभए के गर्थ्यौ भनत ? हो तिमीले पनि मैले झैँ अवस्य त्यस्तै गर्नेथियौ । या,त मलाई एकबचन सोध्दा पनि नसोधी खुब गाली गर्थ्यौ होला । किनकी समय परिस्थितीले नै मान्छेलाई अनेक सोँच्न वाध्य बनाउँछ । त्यही गलत सोँचाइकै कारण दुर्घटना वा घटना घट्न पुग्छन । हो त्यतिबेलाको मेरो रिस र आवेग त्यही गलत बुझाईको परिणा थियो ।

तिमी पनि आफै सोँचत ! यदी मेरा तस्बिरहरु तिमीले नचिनेको कुनै केटाहरुसँग हुन्थ्यो वा देखेको भए तिमीले पनि मैले जस्तै सोँच्ने थियौ । म जस्तै तिमी पनि रिसाउने थियौ । किनकी आवेगमा मान्छेले होस गुमाउँछ । होस् मात्रै हैन राज ! मान्छे त्यतिबेला साँच्चिकै राक्षस बनेको हुन्छ । पशु बनेको हुन्छ । साँच्चै भनौ भने मान्छे त्योबेला अन्धो बनेको हुन्छ । हो म पनि त्योबेला अन्धो भएँको थिएँ । मलाई यस्तो लाग्यो, म आफु तिमीबाट ठगिएको महसुस भएको थियो । तिमीले ठुलो धोका दिएको अनुभुती भएको थियो । एकसब्दमा भन्ने हो भने मैले तिमीलाई माया गरेर जीबनकै सबैभन्दा ठुलो भुल गरेकी भन्ने लागेको थियो । तर दिउँसो क्याफेमा जे प्रमाण दियौ त्यसको लागि मेरो कुनै शब्दहरु छैनन । म आफु साँच्चिकै लज्जित महसुस गरेको छु राज ! म तिम्रो सामु अनुहार देखाउन पनि नसक्ने भएकिछु । एउटा पवित्र सम्बन्धलाई अपवित्र सम्झेर तिमीसँग कसरी म आँखा जुधाउँ ?

राज ! प्रेम जती मिठो र मायालु हुन्छ उतिनै किन यती कठोर हुन्छन ? माया किन यती निर्मोही हुन्छ ? अनी त्यही प्रेमको निम्ती मान्छेको मन किन यतीबिघ्न स्वार्थी बन्छ ? मलाई थाहा छैन राज ! तिमी प्रतिको आघाध माया हो या म भित्रको स्वार्थ, डाहा, इर्श्या, रिस, राग, वा अबुझपनको बहुलठ्ठिपन ? किन किन यो मनले तिमीलाई अरुसँग हाँसेको, बोलेको मस्किएको देख्नै चाहदैन । कतै देखेँ भनेपनी यो मन आतिन्छ । छाती निस्सासिन्छ । रिसले चिटचिट पसिना छुट्छ । आखिर यस्तो हुन्छ किन ? म साँच्चिकै पागल भएकोछु तिम्रो मायाको निम्ती । तिमीसँग बोल्ने केटीहरुलाई काँच्चै निलिदिउँ जस्तै हुन्छ । चिथोरेर चोटैचोट बनाइदिउँ जस्तो हुन्छ । किन यतिधेरै जलन हुन्छ मलाई । हो राज ! केही महिना अघिसम्म तिमी मेरो लागि डरलाग्दो अपरिचित पुरुष थियौ भने अहिले मेरो सरिरको प्राण भएको छौ । तिमीबिना जिउन त के एकपल पनि श्वास लिन सक्दिन जस्तै हुन्छु । कहिलेकाही तिमी अरुकसैको भएको कल्पना गर्दापनि बहुलाउँछु जस्तै हुन्छु । साँच्चिकै म बेकाबु भएकोछु राज बेकाबु ।

एउटा कुरा साँच्चिकै भन्नुपर्दा म तिमीजस्तो हरेक कुरालाई सोँचबिचार गरेर सहि निर्णय लिनै सक्दिन । तिमीले जस्तो म हरेक कुरालाई सहज ढंगले बुझ्न सक्दिन । म लाटी छु । तिमीलाई जस्तै मलाई प्रेम गर्न आउँदैन । तिमीले जस्तै माया पोख्न आउँदैन । तिमीले जस्तै आत्मिय देखाउन आउँदैन । तर मलाई यती थाहाछ राज ! जसरी हावाबिना पात हल्लिदैनन उसैगरी तिम्रो मायाबिना म अलिकती पनि हल्चल हुननसक्ने भएको छु । अक्सिजन बिना जसरी यो धर्ती रहँदैन उसैगरी तिमीबिना म रहन नसक्ने भएको छु । मेरो लागि अब तिमी कम्जोरी भएको छौ । तिमीलाई गुमाउन फिट्टिक्क मन छैन । तिमीसँग कयौँ सपनाहरु देख्न थालेकोछु । यो मनभित्र कयौँ रहरहरु पालेकोछु । कयौँ इच्छा आकाँक्षाहरु मनभित्र सजाएकोछु । थाहाछैन भोली जीबन रहन्छ रहँदैन तर जीबनको अन्त्यसम्म तिम्रो हात समाएर सँगै हिँड्ने उत्कन्ठ चाहनाहरु पलाएकाछन । तसर्थ तिमीलाई पाउनु भन्दा गुमाउनुको ठुलो डर र भय उब्जिएकाछन म भित्र । एउटा माया गर्ने मान्छेको लागि यो गलत पनित हैन । हैन र राज ?।

राज ! आफुलाई नै बिर्सिएर तिमीलाई प्रेम गरेकी छु । एकअर्थमा तिमिमाथी ठुलो भरोसा छ मलाई कि भबिश्यमा कुनैपनी प्रकारको बहानाबाजी गरेर टाढिने कोशीस गर्ने छैनौ । मेरो जात, धर्म र सँस्कृतिले एउटा परम्परा निभाएपनी म हाँसिखुसी तिम्रो धर्म सँस्कार परम्परामा आउन तयार भएकिछु । मैले मेरो परिवारको भन्दा अधिक तिमीलाई प्रेम गरेकोछु । भोली समाजले के भन्ला भन्ने डर र पिर त छँदैछ, त्यो पनि टाउकोमाथी लिएर तिमीसँग एउटै छतको छानामुनी ओत लाग्न तयार छु । तर म अझै पनि भन्दैछु, र यो बराबर हजारपटक भन्छु, कुनैपनी बाहानाबाजिमा मेरो हात छोड्ने छैनौ । मसँगैको पाइला मोड्नेछैनौ । आज निभाएको साथ भोली एक्लै बनाउने छैनौ भन्ने पूर्ण बिश्वासमा बाँचेको छु राज ।

अन्त्यमा मैले गरेको अक्षम्य भुललाई माफि दिन्छौ भन्ने आशा गर्दै हृदयको अन्तरकुनाबाट मिठो माया र चुम्ब्बन पठाएको छु । सहस्र स्विकार्छौ भन्ने मनमा लिएको छु । शायद तिमीलाई मदेखी खुब रिस उठेको हुनुपर्छ । तर जतिनै रिस उठेपनी तिमी मायालु छौ । तिम्रो यही मायालुपनले गर्दा नै तिम्रो सामु आउन वाध्य गरायो मलाई । यही बिस्वासले नै माफि दिन्छौ भनेर क्षमायाचना मागेकिछु तिमीसँग । यदी मदेखी खपिनसक्नु रिस उठेकोभए कम्सेकम हाम्रो मायाको लागि भएपनी माफ गर है ल ? हस्त रात निक्कै छिप्पियो । बाँकी पहिलेको झैँ कलेजमा भेट्ने नै छौँ । मनमा लागेका तितामिठा कुराहरु आपसमा सेयर गर्नेनै छौँ । यतीभन्दै अहिलेलाई बिदालिएँ हस ? बाई राज ।

उही तिमीलाई सदा माया गरिरहने
पागल केटी आश्मा ।

मनभरी केही डर त, केही लाज बोकेर मेसेज लेखिसकेर पठाएँँ । त्यसपछी भने मनमा एकप्रकारको चैनको अनुभुती भयो । आफैलाइ आफ्नो शरीर हलुका भएको जस्तो भानभयो । अघिसम्म छातीभित्र केही अड्किएको जस्तो, ऐठन भएको जस्तो लाग्ने महसुस सबै शान्त, सितल र हलुका भएको थियो । शायद यही हलुकापन र सरिरमा आएको स्फुर्तिले नै तन पनि हावामा तैरिरहेको जस्तो हलुका भएरहोला कती मिठो निन्द्रामा परेछु ।

बेलुका त्यतिबेला सुतेको मान्छे भोलिपल्ट बिहान कलेज जाने घडीको आलाराम बज्दा मात्रै बिउँझिएँ । बिउँझदा शरीर फ्रेस भएको जस्तो अनुभुती भएको थियो भने मन पनि चंगा झैँ हलुका भएको थियो । ओछ्यानबाट बिउँझनु मात्रै, एकैचोटी राती पठाएको मेसेजमा दिमाग गईहाल्यो । सोँचे, राती पठाएको मेसेज उस्ले हेर्यो कि हेरेन ? एक्कासी मनमा हुटहुटी जागेर आयो । त्यसपछी सुतेकै अवस्थामा ओछ्यानबाटै मेसेन्जरको इन्बक्स खोलेर हेरेँ । मेसेज हेरिसकेको रहेछ उस्ले । हेर्न मात्रै हैन मैले पठाएको मेसेजको जवाफ पनि पठाएको रहेछ ।

प्राण भन्दा पनि प्यारी आश्मा ।
माया कती गर्छु नसोध, तर अबिरल बग्ने कहिलै नसुक्ने हिमनदी जतिकै स्वच्छ, निश्चल र अनगिन्ती गहिरो माया तिमीलाई । प्रेमको प्रण भनौँ या मायाको बन्धन ? ति हरेकलाई भाकेर कहिलै नछुट्ने बाचा तिमीलाई । सँगै जिउने, सँगै मर्ने त भन्दिन म, तर तिम्रो आयुको लाख-लाख कामना सहित मेरो आयु पनि तिमीलाई । त्यसैले कती माया गर्छु तिमीलाई म आफैलाइ थाहा छैन । नसोध त्यसको आयतन र परिधी । बस मलाई यती थाहाछ, यो धर्तिको आकार र आयतन भन्दा धेरै माया तिमीलाई ।

प्यारी मुटु ! गल्ती मान्छेबाटै हुन्छ, पिर गर्नुपर्दैन । तर मान्छेबाट गरिएका गल्तिहरु दुइप्रकारका हुन्छन । तिनिहरु एकत मान्छेले नजानेरै भुलबस गर्छन । अर्को जानिजानी वा नियतबस गर्छन । तर यिनिहरुमा पनि फरक केछभने अन्जानमा गरिने गल्ती वा भुललाई मान्छेले नै माफि दिन्छन र भुलबस हुने गल्तीलाई गल्ती भनिदैन । संयोग वा दुर्घटना भनिन्छ । क्षमा दिन सकिन्छ । अर्को, जानेर, बुझेर वा नियतबस गरिन्छ । त्यस्ता भुलहरु क्षम्य हुन्छन । जुन माफि दिएर पनि क्षमदान हुँदैनन । किनकी जानेर गरिएका गल्तिको न कुनै माफि हुन्छ न कुनै प्रयासचित नै । तर तिमीले गरेको भुल नियतबस र जानेर गरेकी थिएनौ । त्यसैले तिमीले माफि माग्नुपर्ने र मैले क्षमादान दिनुपर्ने त्यस्तो केही कारण छैनन ।

तिमीले भनेका कुराहरु सतप्रतिसत सत्य हुन । किनकी तिमीले मेरो बहिनीलाई न देखेका थियौ, नत चिनेको नै ! बिल्कुलै अन्जान थियौ र तिमीले त्यस्तो सोँच्नु स्वभाविक थियो । यस्लाई मैले अन्यथा ठानेको छुइन । यती भन्दाभन्दै पनि एउटा कुरा सत्य केहोभने हामीहरु मान्छे भएर चेतनशिल भईसकेपछी कुनै काम गर्नुपूर्व वा गरिसकेपछी त्यसको परिणाम् थाहा पाएरै अगाडि बढ्नु उत्तम हुन्छन । नत्र कहिलेकाही पछुताएर वा प्रयाश्चित गरेरपनी पुरा नहुने दुर्घटना हुनपुग्छ । यस्मा भने हामीले केही सचेत हुनैपर्छ । तिमीले पनि देखेका ति सबै तस्बिरहरुको गलत अर्थ लगाउनु अगाडि यथार्थ बुझ्न खोजेको भए सुनमा सुगन्ध हुन्थ्यो । तर खैर जेहोस ! तिमीले आफ्नो गल्ती महसुस गरेकीछ्यौ । यही नै ठुलो महानता हो तिम्रो । म यसैमा बेहद खुशी भएको छु । कम्सेकम तिमीले आफ्नो गल्ती त, महसुस गर्यौ ।

प्यारी आश्मा ! हो म तिमीलाई प्रेम गर्छु । प्रेम मात्रै हैन जीबनभर सँगै डोर्याउने सारथी सम्झिएकोछु । एउटा घाम हो भने अर्को छाँया हो । एउटा बषन्त हो भने अर्को फूल हो । एउटा शरीर हो भने अर्को छाँया हो । एउटा मुटु हो भने अर्को धड्कन हो । तिनै मुटु र धड्कन बिचको सम्बन्ध नै मृत्‍यु र जीबन हो । जो हामी हौँ । एकअर्काको हृदयले नै हामीलाई जोडेकोछ । अनी हाम्रो जीबनलाई । त्यसैले म भन्छु अब तिमी मेरो लागि तिमी मात्रै होइनौ । कुनै आश्मा नामको केटी मात्र रहेनौ । त्यतिमात्रै हैन तिमी मेरो प्रेम मात्रै रहेनौ । अब हामी एकअर्काको जीउने बैसाखी हौँ । प्रेमी प्रेमिकाले बाधेको सम्बन्ध मात्र हैन । घाम, पानी, झरि-बादल, बर्षा, हिउँद, दु:ख:सुख, सबै बराबर बाँड्ने छौँ । एकअर्थमा भन्नेहोभने हामी एकरथको दुई पाँग्रा भएर जीबन काट्नेछौँ, यो मेरो बाचा भयो तिमीलाई । न कहिले भुल्ने छु, न कहिले घात गर्नेछु नत रुवाउने नै छु । हमेसा तिम्रो छाँया बनेर हिँडिरहने छु ।

प्यारी आश्मा ! तिमीले समाजको कुरा गरेकी छ्यौ । दुनियाँँले के भन्ला भनेर भनेकी छ्यौ । तिमीले भनेका ति सबै समाज वा यो दुनियाँँसँग मलाई कुनै मत्लब छैन । तिनिहरुले मलाई कुनै फरक पार्दैन, नत कुनै असर नै । यदी फरक पार्छ भने त्यो केवल तिमी मात्र हौ । किनकी तिमीले मेरो हात छोड्यौ भने म, म हुन्न । जस्तो आज छु तिम्रो अगाडि त्यस्तो भोली म रहन्न, किनकी मलाई तिमीबिना रहनै छैन । तिमीबिनाको जीबन कल्पना पनि गर्न सक्दिन । त्यसैले प्रिय आश्मा ! एउटा गीत छ, दुनियाँँलाई टाढा छोड, आफ्नै मनलाई सोधिहेर...! हो दुनियाँँ त अरुको कुरा काट्नकै लागि बनेका हुन । पाप हैन पून्य हो माया । अभिषाप हैन पूजा हो माया । तिमीले सोँच्यौ भने देवताको बास हो माया । आँखा चिम्लिएर हेर्यौ भने मन्दिर, मस्जिद, गुम्बा र चर्चाहरु यि सबै प्रेमकै प्रतिक हुन ।

भन्नेले त यहाँँ के-के भन्छन, भन्छन । आफु जन्मेको कोखलाई त दोष लगाउन नछोड्ने मनुष्यहरुले हाम्रो प्रितलाई दोष देख्नु अनौठो हैन आश्मा । त्यसैले बिन्ती गर्छु तिम्रो सिउँदोको सिन्दुरको हक बनेर अर्को जुनिपनि तिम्रै सौभाग्यको गाँठो बनेर कसिरहने मन छ । तिम्रो भौतिक शरीरलाई मेरो अधिनमा कसेर राख्ने सपना छ । बस मलाई तिम्रो माया र हिम्मतको खाँचो छ । तिमी हुन्छ मात्रै भन म जितेर देखाउनेछु प्रेमको युद्ध, जुन हामीदुबै चाहन्छौँ ।

तिमीले मलाई कुनैदिन भनेकी थियौ । राज ! मलाई लैजानुन अर्कै देशपारी, जहाँँ कसैले नदेखुन । किनकी ! मैले तिमीभित्र त्यो प्रेम भेटेँ जुन आजसम्म मैले महसुस गर्नै पाएको थिईन । हो राज ! म तिमीबाट मात्रै पूर्ण हुनेरहेछु । मेरो मायाको तृस्णा तिमीबाट मात्रै तृप्त हुनेरहेछ, जहाँ तिम्रो माया नै माया होस । मैले थाहा पाइसकेँ राज ।

अनी फेरी यस्तै कुनैदिन भनेकी थियौ आश्मा ! शब्दमा उतारिने प्रेमको ऐना वास्ताविक जीबनमा हेर्न खोजिएको ऐना जस्तै नभईदिनाले नै दुख्ने रहेछ । हो तिमीलाई प्रेमगर्न थालेदेखी तिमीलाई गुमाउछु कि भन्ने भयले घच्घचाउँछ । तिमी अरुकसैको हुन्छौ कि भन्ने डरले सताउँछ ।

तर हैन आश्मा ! प्रेम शब्दमा सिमित रहने हुँदैहैन । योत, त्याग, तपस्या र बिस्वासले नै युगल जोडीहरु बन्दछन । यिनैले मुनामदन जन्मिए । यिनैले प्रेम पूर्ण हुन्छन, सफल हुन्छन । तिमीले भनेजस्तै म न अरुकसैको हुनेछु । नत तिमीबाट अलग नै हुनेछु । जीबनभरको यात्रा सँगै तय गर्नकै लागि तिम्रो हात मागेको हुँँ । त्यसैले आउ मेरो हात समाउ, माया गर्ने अरु जोडीहरुले जस्तै हामी पनि एउटा नयाँँ जीबन जन्मौँ फेरी । प्रेमिल सन्सारमा चखेवाको जोडीजस्तै भएर बाँचौँ हामी । यो समाजलाई छोडेर प्रेम गरौँ, माया गरौँ । दुनियाँँलाई भनौँ कि हामी मर्न सक्छौँ तर छुट्न सक्दैनौँ । हामीलाई खुलेर बाँच्न देउ, माया गर्न देउ खुला आकाशको पंन्छी जस्तै उन्मुक्त । र, पुनश्च: मेरो प्रेम बिन्ती तिमीलाई ।

अन्त्यमा उज्यालो भईसकेको छ । तिम्रो मेसेज पढेर खुशीले पुलकित हुँदै मोबाइलको स्क्रिनलाई सयौँ पटक चुम्बन गर्दै निदाउने प्रयास गर्नेछु । यती भन्दै असिम मायाको चुम्बन पठाएको छु तिमीलाई । लिन्छौ र आँखा चिम्लिएर म भएको अनुभुती गर्छौ भन्ने आशाको साथ बिदा हुन्छु । हस्त बाइ आश्मा ।

उही तिम्रो राज ।

ओ माइ गड ! मेरो मेसेजको जवाफ यती मिठो र प्रेमयुक्त आएको थियो नी ! जुन म यहाँ भावमा ब्यक्त गर्न सक्दिन । बिहान कलेज जानलाई ढिला भईसकेको थियो । तैपनी कयौँपट उस्को मेसेजहरु पढेर आफुलाई तृप्त पारेँ । जतिपटक पड्छु उतिपटक मन भोको हुन्छ । किन-किन बारबार पढेर पनि त्यो मेसेज कहिलै नटुंगियोस, म लगतार पढिरहुँ यस्तै अनुभुती भएको थियो । तर के गर्नु ? कलेज जान ढिला भएकोले हतार हतार गरेर म बाटो लागेँ ।

मिती- १४, फाल्गुन २०७९

No comments: