भाग- ७
खुशी त्यहिँबाट हरायो जुनदिनबाट
बाल्यकाल सकियो ।
खुशी त्यहिँबाट बिलायो
जुनदिनबाट बैशालु आँखाले
देखेको सपना पनि
बिलायो । हो खुशी त्यहिँबाट
अस्तायो जुनदिनबाट जिन्दगीको
घाम डुब्यो ।
अस्ताउनु त एक
बाहाना थियो जहाँँ
जिन्दगीले संघर्षको बाटो समायो
। हो त्यही
आश्चर्य लाग्दो जिबन
डोराएर आजसम्म हिँडिरहेकोछु
एउटा अफ्ठ्यारो साँघुरो
बाटोमा । थाहाछैन
यसको गन्तब्य कहाँँ
पुगेर टुंगिने हो
। यिनै भोगाइहरुमा
जिन्दगीले केही मिठा
केही तिता पलहरु
बाँचेकोछ । कहिले
पुर्णेको जून जस्तै
सुन्दरपलहरु बाँचेकोछ भने कहिले
चुक जस्तो घोप्टिएको
औँशिको कालो रात
बाँचेको छ । तर कस्तो
अचम्म ! खुशीका ति
सुन्दर पलहरु पाहुना
जस्तै आएर गए । अनी
दु:ख, पिडा हमेसा साथमै
रहयो । जुन आएपछी कहिलै
फर्किएर गएनन । जो म
आज आफै भोगिरहेकोछु
।
पहिले पहिले म सोँच्थेँ कस्को लागि स्वर्ग बनायौ भगवान ! यहाँँ कोछर पाप गर्ने !? तर हैन रहेछ, यहाँ पापै पापको मात्र दुनियाँँ रहेछ । पाप र दुश्कर्मले भरिएको मान्छे भन्दा अरु कोही देखिन मैले आजसम्म । शायद त्यसैलेहोला इश्वरले स्वर्ग र नर्कको सृजना गरेका । तर मलाई तिनका पनि भरोसा त छैन । किनकी ति सबै पाप गर्नेहरु कोही नर्क गएको देखेको छुइन आजसम्म, अनी स्वर्ग पनि । त्यसैले तिनिहरु स्वर्ग जान्छन वा नर्क ? आजसम्म थाहा लागेको छैन । कसैले देखेर आएको हैन । तैपनी स्वर्ग हुन्छ भनेको सुनेकोछु । एकमनले सोँच्छु यो स्वर्ग कस्ले देखेर आयो होला ? कस्ले सुनायो होला ? आखिर कोही त होला देखेर आउने ? नत्र कस्ले फैलायो होला यो कुरा धर्मात्मिलाइ स्वर्ग र पापिलाई नर्कमा लगिन्छ भनेर । यदी साँच्चिकै स्वर्ग नर्क हुन्छ भने मलाई हेर्ने मन छ ति पापिहरुलाई नर्क लगेको ।
ऊ मेरो जिबनमा आकाश भन्दा फराकिलो छाती लिएर आएको थियो जहाँ म हराउन सक्थेँ । लाखौंँ सपना अटाउने प्रेमको नयन लिएर आएको थियो जहाँ म बिस्तारै उस्लाई मायाको दृष्टिले नियाल्न थालेको थिएँ । तर समयसंगै धर्ती जत्रो उसको छातीमा म साँघुरो भएको थिएँ । अरबौँ सपना देख्ने आँखामा एक थोपा आँशु नअटाउने भएको थिएँ । उसको लागि लाखौंँमा एक त म छँदै थिएँ, तर म पनि उसको पत्र, मेसेज र ठिठ लाग्दो नयनले बिस्तारै ऊ मेरो लागि हजारौँमा एक हुँदैथियो । हृदयको कुनै एककुनामा सुसुप्त झझल्कोले गाँझ्न थालेको थियो । बिस्तारै मेरो मन मस्तिस्कमा राज गर्दैथियो । बिस्तारै ऊ तिर तानिरहेको मेरो एकोहोरोपनलाई हटाउन खोज्छु तर असक्षम हुँदैथिएँ उसलाई बिर्सनलाई । कहिलेकाहीँ त लाग्थ्यो ऊ मेरो सोँचाइमा नआइ दिएपनी हुन्थ्यो । उसलाई भुल्न वा ऊ बाट सकेसम्म टाढै बस्ने कुनै औषधी भएपनी हुन्थ्यो झैं लाग्न थालेको थियो । सोँच्दा-सोँच्दा म हैरान हुन्थेँ । मुटुको एउटा कुनाले प्रेम चाहन्छ । फेरी दिमागले भन्छ अब्बु-अम्मीको सपना, आफ्नै भबिश्यको सफलता यि चिजहरुको लक्ष बोकेर शहर आएको मैले यो कर्तब्य भुल्नु हुँदैन भन्थ्यो । म साँच्चिकै के सोँच्ने रनभुलमा परेको थिएँ । आत्मा-शान्ति र खुशीको लागि प्रेम छानौँ वा आफ्नो क्यारियर ? मैले दुबैलाई छनौट गर्न सकिरहेको थिईन ।
भनिन्छ जिन्दगी एउटा किताब हो जहाँ भाग्यको किताबमा धेरै कुरा लेखिएको हुन्छ । तर मेरो भाग्यमा त सुखको पाना जहाँँ थियो त्यही पाना च्यातिएको जस्तो लाग्छ । रत आजसम्म पाना पल्टाउँदा पल्टाउदै जिन्दगीको पुरै किताब पल्टियो तर त्यो पाना कतै भेटिएन । जस्को कारण अपूर्ण परिक्षा आज पनि दिईरहेको छु । तर रिजल्ट कहिलै आउँदैन । जुनदिन आउँछ त्यो दिन जिबननै यस धर्तिमा हुँदैन । उफ...! कस्तो कहाली लाग्दो होला यो जिबन अनी संसार ? म वाक्क हुन्छु सोँचेरै । कहिलेकाहीँ त बेहोसी दिमागले उस्लाई धेरै धेरै धन्यवाद भन्न मन लाग्छ । किनकी ! यती कम्जोर अवस्थामा पनि सहन सक्ने शक्तिशाली बनाइदिएको छ । रत आज पनि जिउँदैछु ।
हुनत मौनतामा हराएको मान्छेलाई भिडमा खोजेर नभेटिएको शब्दमा खोजेर कहाँँ भेटियोस ? तैपनी एकएक अक्षर अक्षर शब्दमा जोडेर आजपनी उस्लाई खोज्दैछु । थाहाछ मलाई जितको वरिपरी हो भिड हुने, हारको बोझमा त सबै एक्लै हुन्छन । म पनि एक्लै छु । तर उसलाई यही डायरीमै कैद गरेर किन नहोस् उस्लाई भेट्नुछ मैले । कानुनको कठघरामा उभ्याउन सकिन त केभो ? मनको कठघरमा थुनेर यही डायरीको पाना पानामा त कैद गर्न सक्छुनी ! त्यसैले निरन्तर पोखिरहेकोछु मसिको कालो धब्बाहरु सेतो कागजको पानामा ।
समयले सृजना गरेको परिस्थिती हो या मेरो किस्मतको नियती, जितेर पनि हारेको खेल हो मेरो जिन्दगीको । खेलमैदानको गोलपोस्टमा गरेको गोल फर्किएर पेनाल्टी चुकेको जस्तै खेल हो मेरो जिन्दगी । जितको उर्जा भर्दाभर्दै हारको शुली चढेको पराजयको उपज हो मेरो जिन्दगी । मेरो दयनिय अवस्थाको कसैको हाँसो बनेको उपहास हो मेरो जिन्दगी । तर चाहदा नचाहदै पनि आफ्नै प्रेमकथाको कथाबुन्न बाँचेको जिउँदो मुर्दा हुँँ म । त्यसैले म भन्छु यहाँ कोही भ्रममा नपर्दा हुन्छ कि प्रेम हुनु भनेको खुशी प्राप्त गर्नु हैन । खासमा प्रेम भनेको एउटा अन्धकार सपनामा बाँधी राख्ने मायावी पासो मात्रै हो । खासमा प्रेम गर्नु वा हुनु भनेकै गहिरो चोट हो, पीडाको पहाड हो, दु:खको सागर हो, यो भनाइको अर्थ उसैले बुझ्छ जसले प्रेमको नाउँमा, मायाको नाउँमा धेरैपटक आँशु बगाएको छ । पलपल मरेर आफुलाई जिउँदो राखेको छ । यो कुरा यतिबेला आएर बुझ्दैछु म पनि । तर के गरुँ ? समय धेरै ढिलो भैसकेको छ । फेरी म नउठ्ने गरी लडेको छु । तङ्ग्रिन नसक्ने गरेर गिरेको छु, ढलेको छु । जहाँ उठेर पाइला सार्न सक्ने कुनै गुन्जायस छैन ।
हो त्यसदिनको पत्र अनी हरेकदिनको मेसेजले मलाई उसको मायाको, प्रेमको नशा लागिसकेको थियो । म सोच्मग्न हुनथालेको थिएँ । त्यसपछिका दिनहरु भने पहिले जसरी नै साधारण तरिकाले नै समय बित्न थाल्यो जसरी पहिले कलेज जान्थेँ । कलेज मात्रै हैन पुतलिसडकको ट्युसनसेन्टर सम्म पुगेर पढेर फर्किनु पनि अब म भित्र कुनै डरत्रास थिएन । मनमा कुनै हतोत्साही वा छट्पटी थिएन । थियो त केवल अब उसको अनुहारको, उसको छबिको झझल्को । उसले म प्रती देखाएको मायाको अनुभुती, मेरो रुवाइमा देखाएको सहानुभुती र उसको आत्मियपन । बस यस्तै उसको स्वभावहरुले मलाई बिस्तारै खिच्दै उनितिर लाँदैथियो । जब बेलुकिको खानापछी रुममा पुग्थेँ तब सबैभन्दा पहिले उसको मेसेज आएर बसेको छ कि भनेर हेर्न यो मन आतुर हुन्थ्यो । तर उसको अन्तिम त्यो लामो मेसेज पछी कुनै मेसेज आउन छोडेको थियो । बेलुकिको पढाई र होमवर्क सकेर बेडमा सुत्ने बेलासम्म कुनै मेसेज आएको हुन्नथ्यो । दैनिकजसो आउने उसको मेसेजहरु जब आउन छाड्यो तब मनभित्र एकप्रकारको खुल्दुली र कौतुहल्ता हुनथाल्यो । मनमनै सोँच्न थालेको थिएँ, किन उसले मेसेज गर्न छोड्यो ? कि कतै गयोकी ? ब्यस्त भएर होकी ? कि ! रिसाएर गर्न छोड्यो ? आफै भित्र प्रश्न र उत्तर खोज्थेँ । तर मन शान्त बनाउन सकेको थिईन । म हरेकदिन उसको कुनै खोजखबर नपाउँदा म आफै आतिन थालेको थिएँ । आफ्नै मन केहीपो भयोकी भनेर डराउन थालेको थियो । शायद मैले उस्लाई माया गर्न थालेको रहेछु क्यारे ।
यसरी नै उसको कुनै खबर वा मेसेजबिना करिब दुई हप्ता बित्न लागेको थियो । न उसलाई मोबाइलको नोटिफिकेसनमा पाएँ न कलेज वा ट्युसनसेन्टरमा । ऊ एकाएक दुइहप्ता देखी हराएको थियो । कसैलाई सोध्न वा भन्न पनि सक्थिन । ओई राज लाई देख्यौ भनेर कस्लाई भनौँ ? आज राज आएन कसरी सोधौँ ? हुँदाहुँदा उसलाई नदेखदा यती ब्याकुल हुन थाले कि ! म साँच्चिकै छट्पटिमा पर्न थालेँ । पहिले उसको डरले हिँड्न, खान, बस्न, निदाउन सक्दिन थिएँ । तर अहिले उसको अनुपस्थितिले निदाउन नसक्ने भएकोछु । उसको सुसुप्त प्रेमले खिचिएर एक झुल्को देख्न आँखा लोलाएका थिए । कलेजको लाइब्रेरी होस् या ट्युसनसेन्टरको गल्ली जतासुकै उसलाई नै मेरा आँखाहरुले खोज्न थालेको थियो । यसरी नै त्यो झन्डै दुई हप्ता बित्यो तर कतै देखिन ।
एकदिन बेलुकी सधाको झैं खाना खाएर बेडमा पल्टिएर मोबाइल हेरिरहेको थिएँ । यतिकैमा ऊ यतिका दिनसम्म न आउनुको कारण जान्न मन लागेर आयो । त्यसपछी केही सम्झे झैं गरेर फेसबुक लगईन गरेर उसको वालमा गएर हेरेँ । मलाई लागेको थियो कि यदी ऊ कतै गएको वा केही भएको भए फेसबुकको वालमा कुनै अपडेट पोस्ट गरेको छकी भनेर । नभन्दै दुइदिन अगाडि मात्रै हस्पिटलको बेडमा अक्सिजन लगाएको फोटो पोस्ट गरेको रहेछ । फोटोसंगै सानो स्टाटस पनि पोस्ट गरेको थियो उसले । पढेँ, जिबन आज छ भोली छैन, आखिर केनै रहेछ र यो एकमुठ्ठी श्वासअरुपी प्राण भएको मान्छेको जिन्दगी । बिहान उदाएर बेलुकी अस्ताउँछ भनेर ! शायद अस्ताउन लेखेको छकी केहो कुन्नी बिगत केही दिनदेखी अस्वास्थ्य भएर हस्पिटलको बेडको बास बस्नु परेकोछ । सबैलाई धेरै माया अनी सम्झना । अनी त्यो भन्दा धेरै माया मेरी उनिलाई जस्लाई मैले खुब सताएकोछु । सताउनु मात्रै हैन, म मेरो मृत्यु भन्दा पनि बेहद माया गर्छु । आदी यस्तै केके लेखेको थियो ।
उक्त पोस्ट देखेपछी मन थाम्नै सकिन । एकमनले त सोँचे कतै मेरै कारणले पो केही गरेर बिरामी भयोकी भनेर मुटुले ठाउँँ नै छोड्यो । एकछिनको लागि भएपनी हातखुट्टा चिसो भएर आयो । तैपनी आफुलाई सम्हाल्दै फेरी दोराएर पोस्ट हेरेँ । सबैले गरेको कमेन्ट र स्वास्थ्य लाभको कामनामा मैले पनि आज कसैको लागि पहिलोपटक कमेन्ट गरेँ । लेखेँ, राज स्वास्थ्य लाभको शुभकामना । हजुर ठीक हुनुहुनेछ चाँडै र पहिले झैँ कलेज आउनुहुनेछ । छिट्टै निको भएर फर्किएको हेर्नपाउँ । यस्तै कमेन्ट छोडेर मुटुको चालको तिब्र गतिमा बतासिएको झै भएर उसको प्रोफाइलबाट निस्किएर निदाउन कोशीस गरेँ । फेरी दिमागले निदाउनै दिएन । पुन फेसबुक खोलेर उसको तस्बिर हेरेँ । झन माया लागेर आयो । आफैलाइ पाप गरेकी भन्ने पिर पनि लागेर आयो ।
त्यसदिन देखी अचानक ऊ प्रती खै कस्तो लत लागेर आयो मलाई थाहा छैन । एक झलक उसको तस्बिर नहेरी निदाउन नसक्ने भएको थिएँ उसको त्यो दिनको पोस्टपछी । सोँच्छु, कोही किन यती प्यारो हुनसक्छ एक्कासी अचानक ? तर भयो मलाई । हरेकदिन मलाई ऊ प्यारो लाग्न थालेको थियो । त्यसैले त अबत झन सुत्नु अगाडि उसको एकझलक तस्बिर नहेरी निन्दाउनै नसक्ने भएको थिएँ । जब छट्पटी वा अत्यास लागेर आउँथ्यो तब उसको वालमा गएर फोटो हेरेपछी कतिबेला निदाउँथेँ आफैले थाहा पाउँदिन थिएँ । साच्चिकै मलाई ऊ एक महत्वपूर्ण बिशेष मान्छे लाग्न थालेको थियो । शायद प्रेममा यस्तै हुन्छ होला सबैलाई । त्योबाट म पनि अछुतो रहन सकिन ।
यदी तिम्रो जिबनमा यस्तो माया पाउनु पनि ठुलो कुरा हो । जसले न रुपरंग हेर्छ, न धन दौलत हेर्छ, न तिम्रो हिजोको बिगत हेर्छ न आजको, न कुनै जात-धर्म बर्ग वा लिंग । ऊ केवल तिमीलाई पाउन प्रेम गरिरहन्छ भने तिमी आफुलाई भाग्यमानी सम्झिन्छौ र सिँधै हृदयमा स्पर्श गरेको महसुस गर्छौ । हो यही विश्वाशले भरिएको तिम्रो मुटु कुनैदिन टुट्न पनि सक्छौ । त्यसैले तिमी यदी कसैलाई प्रेम गर्छौ वा विश्वाश गर्छौ भने यतिसारो पनि नगर्नु कि जसको घातले भोली तिमी जिउने कल्पना पनि गर्न छोडिदिनेछौ । हो मैले पनि यही गल्ती गरेकोछु र आज त्यही भोगाइहरु लेख्दैछु, सुनाउँदैछु ।
उसको वालमा स्वाथ्यलाभको कामना गरेको कमेन्टको भोलिपल्ट मनभरी राजको तस्बिर आँखाभरी बोकेर कलेज गएँ । कलेज पुग्दा सोबिता सुचिता, गंगा, मधु, बिनोद, प्रज्वल, प्रणब सबैजना पुगिसकेका रहेछन । आज म अलिक ढिलोगरिकन निस्किएको थिएँ रुमबाट । त्यसैले उनिहरुसंग मेरो भेट भएन बाटोमा । कलेज पुग्दा उनिहरुले ब्रेक पछी राजलाइ हेर्न जाने भनेर सल्लाह गरेका रहेछन । यो कुरा मलाई सोबिताले बताइन । ब्रेकपछी हामी त राजलाइ हेर्न जादैछौँ हस्पिटल त पनि जान्छेस भने हिँड भनिन । उसैत मन आतिएको थियो उसलाई कसरी भेटौँ कहाँँ देखौं कहिले फर्किन्छ भनेर । बस के चाहियो मलाई । झन उनिहरु भेट्न जानेभनेपछी मलाई के खोज्छस कानो आँखो भनेजस्तै भएको थियो । तर कलेज कतिबेला ब्रेक हुन्छ भनेर मन उग्र बनेको थियो । छिनभरमा सकिने दिन पनि महिनौँ जस्तो दिक्क लाग्दो भएको थियो ।
जसोतसो बल्ल ब्रेक भयो । त्यसपछी हामी ललितपुरको ग्वार्को इस्थित बि & बि हस्पिटल तर्फ लाग्यौँ । जाँदा सुचिता, गंगा र मधु, बिनोद, प्रज्वल र प्रणबको बाइकमा गएभने सोबिता र म ट्याक्सी समातेर गएका थियौँ । जाँदा कतिबेला पुगौँ जस्तो भएको थियो । पुगेर सबैभन्दा अगाडि विस गरौँ जस्तो लागेको थियो । सबैको सामु अंकमाल गरेर छातीमा टासेर माफि मागौँ झैं भएको थियो । तर जाँदा जसरी गएको थिएँ ठीक बिपरित त्यहाँ पुग्दा मनभरी डर थियो । कसरी राजको अगाडि पर्ने होला ? के भनेर ऊ सँग नजर जुधाउने होला ? के भनेर बोल्ने होल ? आदी कुरा खेलिरहेको थियो । हस्पिटल पुग्दा ओ पि डि वार्डको दुई नम्बर बेडमा राखिएको रहेछ । हस्पिटल भित्र धेरै भिढ हुनाले सेक्युरिटी गार्डले दुइदुइ जना मात्रै गरेर भित्र छिर्न दियो । सुरुमा केटाहरुले भेटे । त्यसपछी केटीहरुले भेटे । अन्तिममा म एक्लै भएँ । म चाहन्थेँ त्यसतै । उसलाई भेट्ने बेलामा म एक्लो होस, अनी उसको हात समातेर माफि मागौँ । सरि भनौँ, अंगालोमा बेरेर म पनि तिमीलाई प्रेम गर्छु भनौँ झै सोचेको थिएँ । तर भित्र पुगेपछी त्यसो गर्न सकिन । जब भित्र पसेर बेडको सामु पुगेर उसको अनुहार देखेँ तब आफै आत्तिएको झैँ हड्बडाएको झैं भएर डरले लुगलुग काँपेको जस्तो भएको थिएँ । तैपनी आफुलाई सम्हालेर उसको सामु पुगेर सानो मलिनो स्वारमा सोधेँ । राज ! कस्तोछ अहिले ? मैले सोधी नभ्याउँदै उसले आफ्नो अनुहार अर्कोतिर फर्काएर म तिर हेर्दा पनि नहेरी छोटो जवाफ फर्कायो । ठीक छु । सोँचे पक्कै पनि ऊ म देखी रिसाएको हुनुपर्छ । फेरी सोधेँ, खास के भएको तिमीलाई ? ऊ कुनै जवाफबिना अर्कोतर्फ हेरिरहयो । पुन आफैले कुरोको अर्को फुर्को खोलेँ । डक्टरले कहिले डिस्चार्ज दिन्छ भनेको छ ? भोली ! फेरी अघिको जस्तै एउटै वाक्यको छोटो उत्तर थियो उसको । हस छिट्टै निको भएर कलेज फर्किनु है ल । सिघ्र स्वास्थ्य लाभको शुभकामना राज ! यतिभनेर म त्यहाँबाट हतार हतार बाहिर निस्किएँ । निस्कदा उसले Thank you सम्म भनेको सुनिन । फेरी सोँचे, म देखी निक्कै रिसाएको छ । या त मैले कुनै रेस्पोन्स नदिएकोले गर्दा ऊ मसंग बोल्नै चाहदैन । मैले त्यत्रो बोल्दा पनि मन लागि नलागी छोटो उत्तर फर्काएर खुलेर बोल्न पनि चाहेन । शायद त्यतिबेला उसको अवस्था र उसले बाल नदिएकोले गर्दाहोला मलाई पनि अचानक रुन मन लागेर आएछ । तर हस्पिटलको त्यत्रो भिढमा कसरी रुन सक्थेँ र ? छातीभित्रबाट बिस्फोट भएर आएको मेरो रुवाइलाई घाँटिसम्म ल्याएर रोकेको थिएँ । तर जती रोक्ने कोशीस गर्दा पनि आँशु भने आँखाभरी भएको थियो ।
त्यसपछी सलले आँशु पुछ्दै हतार हतार बाहिरिएँ । बाहिर आइपुग्दा सबैजना मलाई पर्खेर बसेका रहेछन । हस्पिटलको आडैमा रहेको आरती खाजाघर रहेछ । सबैले त्यहाँ खाजा खाएर लाग्ने भनेर नास्ताको अर्डर गरे । कसैले म:म: कसैले चाउमिन मगाए । मैले एउटा कफी मात्रै मगाएँ । त्यहाँ भएको मद्धे कसैको अनुहारमा बिरामी साथी भेट्न आएको जस्तो दुखी भाव छँदै थिएन । सबैजना हाँस्दै होहल्ला गर्दै मजाक गर्दै थिए । म भने केही छुटे जस्तो, केही हराए जस्तो एक्लो निरासा महसु गर्दै थिएँ । सबैको अनुहारमा हाँसोको फोहोरा हुँदा मेरो अनुहारमा पानी पर्न लागेको बादल जस्तो कालो धुम्म भएको थियो । त्यहाँ मलाई एक मिनेट पनि रोकिन मन लागेको थिएन । कतिबेला रुम पुगौँ जस्तो मात्रै भएको थियो । करिब त्यहाँ हामीले एक घण्टा जती बिताएपछी अघी आउँदाको जस्तै गरेर कोही बाइकमा फर्किए भने म र सोबिता फेरी उस्तै ट्याक्सी समातेर फर्कियौँ । फर्किँदा कतिबेला फर्कियौँ केही पत्तो पाएको थिईन । अचानक अनामनगरको कुइनोटोमा आइपुगेर सोबिताले ओई ओर्लिदैनस भन्दा पो झसंग झस्केर सम्हालिदै बोले । निदाएछु यार मत । झुट बोल्दै ट्याक्सी बाट झरेर त्यहाँसम्मको भाडा तिरेर सोबितालाई बाइ भनेर सरासर रुमतर्फ लागेँ ।
हस्पिटलबाट डिस्चार्ज भएर पनि राज करिब एकहप्ता जती कलेज् आएन । तर यता मलाई भने उसको यादले सताउँथ्यो । कस्तो भयोहोला ? केभयो होला ? कलेज् कहिले आउँछ होला । कहिले उस्लाई देखौँ जस्तो भएको थियो । कसैलाई प्रेम हुन्छ भने त्यो पागल हुन्छ भनेको सुनेको थिएँ । साचिकै उस्लाई देख्न नपाउँदा म पागल जस्तै भएको थिएँ । दैनिक बाटो कुर्नु मात्रै हुन्थ्यो मलाई । मनले उसैलाई मात्रै खोज्थ्यो भने आँखाले उसैलाई मात्रै नियाल्थ्यो । तर कतिदिनसम्म न ऊ कलेज आयो, नत पुतलिसडकको त्यो गल्लिमा । यता मलाई भने खुब छट्पटी भएको थियो । बाटोमा हिँड्दा अनामनगर देखी पुतलीसडक, प्रदर्शनी मार्ग हुँदै बतासिएको म कतिबेला कलेज पुग्थेँ आफैलाइ थाहा हुन्नथ्यो । अचानक एकाएक उसकोलागी म खुला आकाशमा तैरिरहेको हावा जस्तै बनेको थिएँ । जो बेग हानेर कतिबेला कहाँ पुग्थेँ केही ठेगाना हुन्नथ्यो । हो हरपल हरक्षण होस हराएको पागल जस्तै बतासिएर हिँड्थें । कलेज जानु, रुम फर्किनु म आफैमा समयको बेपर्बाह हुनथालेको थिएँ । धागो चुँडिएको चंगा जस्तो बेटुंगोले उडेको झैं हुन्थेँ । कतिबेला जान्थेँ फर्कन्थेँ केही थाहा हुन्नथ्यो । बिल्कुलै नशामा हिँडेको मान्छे जस्तै ।
समय बित्दै गयो । राज पनि पहिलेको झैं कलेज् आउन थाल्यो । निको भएर पहिलोदिन ऊ कलेज आएको देख्दा पूर्वको क्षितिजमा घाम झुल्किएको जस्तै महसुस भएको थियो । आकाशमा जून र ताराहरु उदाएको झैँ भएको थियो मेरो मनभित्र । यो माया भन्ने चिज पनि कस्तो हुनेरहेछ । हिजोसम्म त्यही अपरिचित मान्छेसंग डराएर लुकेर हिँड्न खोजेँ । तर आज त्यही मान्छेको उपस्थिती पनि मेरो जिबनको खुशीको हिस्सा बन्न लागेको थियो । प्रेमले संसार जित्छ भनेको हो रहेछ । मलाई उसको मायाले जितेको थियो । म उसको मायामा परिसकेको थिएँ । बस मैले आफ्नो एहसास उस्लाई देखाउन सकेको थिईन । ऊ प्रती उर्लिएर आएको प्रेम उसको सामु छताछुल्ल हुनेगरी पोख्न सकिरहेको थिईन । तर म आफुभित्र भने मनको बाँध फुटिसकेको थियो । नजानेरै अन्जानमै म ऊ भित्र समर्पित भैइसकेको थिएँ । त्यसैले कलेजबाट फर्किएपछी एकदिन राती उसको पत्र र मेसेजको जवाफ दिन्छु भन्ने हिम्मत कसेर बेडमा बसेर मेसेन्जरमा जवाफ लेख्न थालेँ ।
राज मिठो सम्झना !
मैले हार खाएँ
तिम्रो सामु । आखिर तिमीले
जितिकन छोड्यौ हैन
? केही हदसम्म मनको
जिद्धी बाँधेर बसेको
म, मलाई पगालेरै
छोड्यौ है ? बधाई
छ तिमीलाई ! जस्ले
तिमीलाई तिम्रो सबै
सवालहरुको जवाफ लेख्न
वाध्य भैईन । तर बिन्ती
गर्छु राज ! तिम्रो
जित मेरो मृत्युको
कारण नबनोस कुनैदिन
यस्तै साँझमा ।
किनकी तिमीले चाहे
जस्तै म बगिकिसकेको
छु अब तिमीभित्र
। यो कती ठीक वा बेठिक छुट्याउने सामर्थ्य छैन म संग यतिबेला । किनकी
सही या गलत छुट्याउने तिम्रै हातमा छोडेकिछु मैले । हो राज मलाई केही आउँदैन ।
म साँचिकै नादन
छु । केही जान्दिन, बस तिम्रो
मायाको अगाडि प्रेमको
घुँडा टेकेर तिम्रो
हुनुको स्विकारोक्ती जनाउन
हाजिर भएकिछु यतिबेला
यही मेसेज मार्फत
। हो राज !
मैले हार मानिसकेको
छु तिम्रो अगाडि
मायाको । मैले घुडा टेकेकोछु
मेरो जिद्धिपन र
त्रासको अगाडि । मैले तिम्रो
हृदयमा चढाएको छु
मेरो प्रेमबिन्ती ।
मेरो केही सिप
चलेन राज । डरको अगाडि
हार मानेरै भबिश्यमा
मलाई घात गर्ने
छैनौ भन्ने आशाको
साथ यो मेसेज
लेखिरहेकी छु ।
छरपस्ट भएको मनहरु सम्हालेर तिमीलाई प्रेम पोख्न बसिरहेकोछु यतिबेला । तिमीलाई तिमीले चाहे जस्तै मायाको नजराना बाड्न बसेको छु । थाहाछ कतिबजेको छ यतिबेला ? हो सुस्ताउँदो रातमा निदाएको शहरमा म एक्लो जागा बसेर तिमीलाई अनुभुती गर्दैछु । तिम्रो बानी कस्तो होला ? तिम्रो आदत कस्तो होला ? कस्तो मान्छेलाई यो मायाको भावना साटिरहेकी छु । एउटा मनले डर मानिरहेको भएपनी अर्को मनले नाइ भन्नै सकिन । मेरो सामु नआउ भनेर नकार्नै सकिन । यो कालो चकमन्न निस्पस्ट अँध्यारो रातमा तिमीलाई तिम्रो सबै सवालहरुको जवाफ लेख्न मेरा हातहरु काँपेकाछन । अझै एकपल्ट भन्दैछु, सहि गलत छुट्याउन सकिरहेकी छुइन । मलाई माफ गर राज ! जानिनजानी प्रेमको फूल चढाउन मायाको परकास्टताको घुँडा टेकिरहेकी छु । तिम्रो प्रेमको आह्वानलाई स्विकारेर तिम्रो मुटुको कुनै कुनामा बास बस्न आएकिछु । आशा छ माफ गर्नेछौ, समयमा तिमीलाई जवाफ दिन सकिन ।
अरे यार केटी मान्छे हुँँ ! तिमी केटा मान्छे जस्तै सहज र हिम्मतिलो त कहाँ हुन्छौँ र हामी छोरीमान्छेहरु ? एक कदम अगाडि पाइला सार्नु अघी दश कदम पछाडि फर्केर हेर्नुपर्छ । कि कतै जिबनको एउटा महत्वपूर्ण अध्याय नछुटोस । किनकी केटामान्छे त खोला तरेपछी लौरो बिर्सने जात हुन । तर हामी केटी मान्छे एकपल्ट लडेपछी फेरी उठेर हिँड्नै नसक्ने भएर जिबन नै उत्सर्ग गर्नुपर्छ एउटा सानो गल्तिको लागि । तिमीले सोँचे जती सजिलो र सहज् छैन छोरी मान्छेको जिबन र इज्जत । माटोको घैला फुटेपछी न टाल्न सकिन्छ, न एकपल्ट चर्किएको ऐनामा सिंगो तस्बिर देख्न सकिन्छ । बिल्कुलै बिटुलो हुन्छ छोरी मान्छेको जिबन र इज्जत । सियोको टुप्पोमा राखेर हिँड्नुपर्छ हामीले । पाइला पाइलामा काँडा भेटिन्छ राज । त्यसैले आकाशपताल् सारा संसार सोँचेर यो फैसला लिएकी हुँँ कि तिमीलाई प्रेम गर्न सकुँ । तिम्रो जिबनको सारथी बन्न सकुँ । कथांकदाचित घात् गर्यौ भने मलाई यो जिबन जिउनु छैन । मैले आफुलाई निमिट्यान्न बनाउनु पर्छ । यो धर्तिमा जिउँदो रहने हक हुनेछैन । जिबनमा पहिलोपल्ट कुनै अपरिचित पुरुषको प्रेम प्रस्ताब स्विकार्दैछु । मेरो सबै विश्वाशमा पक्कै पनि प्रतिघात गर्ने छैनौ भन्ने आशा राख्नुको बिकल्प छैन म सँग ।
हो राज ! ख्याल ख्यालैमा तिम्रो पत्र, मेसेज पढ्दा पढ्दै तिम्रो मनको करिब आइसकेछु जुन मैले पत्तै पाईन । तिम्रो अभाव हुनथालेछ मलाई । तिम्रो अनुपस्थिती मेरो पर्खाइ हुनथालेछ । तिम्रो चोटहरु मेरो पीडा हुनथलेछ । थाहैनपाई तिम्रो हरेक सुखदुख अब मेरो सारथी हुनथालेछ । हिजोसम्म तिम्रो मात्रै थियो होला तर आज हामी दुबैको साझा हुनथालेछन । खै कसरी कहाँँ चुके म थाहैनपाई अनुभुतिमा तिमीभित्र पाउन थालेछु मैले आफुलाई । तर राज मुस्किलले उमारेको तिमी माथिको मेरो बिस्वाशको बिरुवा मर्न नदिनुहै ? कतिपटक आफैलाइ भुलेर तिमिमाथी यो भरोसा जगाएकोछु । यस्लाई निमोठ्ने प्रयास नगर्नु है ?। मैले तिम्रो मनको बगैँचामा एउटा प्रेमको फूल रोपिसकेकोछु । बस अब यस्लाई मलजल गरेर कोपिला हुँदै फूल्ने फल्ने बनाउने जिम्मा तिम्रो हातमा छोडेकोछु ।
प्रिय राज ! एउटा कुरा भन्छु है ! सम्हाल, उमार, फुलाउ हाम्रो मायाको बिरुवालाई । मनको सुन्दर बगैचामा सजाउ तर पुतली बनेर आएर भमरा बनेर चुसेर नजाउ है ? नत्र कलिलो मस्तिस्कले देखेको सपनामा डढेलो लाग्नेछन । बैशालु मनले सजाएको रहरहरुमा खडेरी लाग्नेछन । थाहा छ तिमीलाई ? मलाई मेरी आमाले फूल जस्तै माया गरेर हुर्काएकी हुन । तिमी चैत्रमासको खडेरी बनेर मलाई नसुकाउनु है ? मलाई मेरो बाबाले आफ्नो काँधमा गरिबिको जिम्मेवारी उठाएर पनि राजकुमारी जस्तै बनाएर हुर्काएकी हुन । तिमी क्रुर सासक जस्तै बनाएर मलाई राज नगर्नु है । मलाई मेरी दिदिले कुनै गिफ्टसपको गूड्इया जस्तै गरेर माया गरेर सम्हालेकी हुन । तिमी हृदयबिहिन बनेर मलाई अस्तित्वबिहिन बनाएर सडक र फोहोरको डंगुरमा नफाल्नु है ? त्यसैले बिन्ती राज ! घामपानी बनेर मलाई फक्राउने माली बनेर आउनु तिमी । मलाई फूल बनेर फूलिरहने मन छ । जून बनेर चम्किरहने मन छ । हमेसा म भित्रको चञ्चल्ता पोखेर कोमल गूलाब हुने मन छ । र फेरी भन्दैछु बटुवा बनेर आएर टिपी बाटोमा नमिल्काउनु है ल मलाई ? नत्र मलाई सजाउन सक्दैनौ भने, मेरो अस्तित्व जोगाउन सक्दैनौ भने मेरो निश्चल्ताको सुरक्षा दिन सक्दैनौ भने भो रहर नपाल आफुभित्र । अनी सपना नदेखाउ मलाई पनि । सपना टुट्नु अगाडि नदेखै राम्रो । मलाई सपना देखेर टुटेको भन्दा ननिदाएकै जाती लाग्छ राज ।
म सानोमा छँदा खुब डर लाग्दो सपनाहरु देख्थे । आधारातमा कहाल्लिएर बिउँझन्थेँ । सपनामा मलाई कसैले तानेर लान्थ्यो म डराउँथेँ । मलाई कोही घिसार्दै पिट्दै लान्थे म रुन्थेँ । कोही मलाई भिरबाट धकेलेर गहिरो खोँचमा फ्याँकिदिन्थे म कहालिन्थे । त्यसैले मलाई हरेक सपनाहरु झुटा लाग्छन । डर लाग्छन । मलाई सपनासंग सख्त नफरत छ । त्यसैले पनि दुइदिनको लागि मेरो कलिलो जोबन देखेर आएको हौ भने आजै भन्छु मलाई झुटो सपना देखाएको मन पर्दैन । किनकी म सानैदेखी रातमा देखिने सपना देखी थकित भएकोछु राज । मलाई त कहाली लाग्दो सपना हैन सानामा घरको बार्दलिमा बसेर आकाशमा देखिएको जून देखाउँदै सुनाएको मेरी हजुरआमाको परिको कथा जस्तो हुनुछ । एकादेशको रानी हुनुछ । टाढाबाट घोडाको खुट्टाको टप बजाउदै आउने राजकुमारको कथाको जस्तै राजकुमारी बन्नुछ । साँचै त्यो सपना हैन मेरी हजुरआमाले सुनाएका सबै दन्त्यकथाको पात्र जस्तै रहर लाग्दा जिबन जिउनुछ । त्यसैले भोलिको काहाली लाग्दा सपना हैन बर्तमानको यथार्थ जिउनुछ । मलाई अंगाल, प्रेम गर, आफ्नो मायाको बहुपासामा कस कुनै आपत्ति हुनेछैन तर धोका दियौ भने मेरो अब्बु, अम्मिले आफ्नो रगतको नाता गुमाउनेछ, वहाँँहरुले आफ्नो सपना गुमाउनेछ, आफ्नो राजकुमारी गुमाउनेछ, समग्रमा भनौँ भने तिम्रो घातले म संसार त्याग्नेछु र वहाँँहरुले आफ्नो सन्तान गुमाउनेछ । तिमीलाई त के हुन्छ र । आज एउटा छ भोली अर्कैमा घुम्न पुगिहाल्ने छौ । कोही कसैको जिबन रित्तियोस यहाँ त्यसले तिमीलाई त के फरक पार्छ र ? फरक त मेरो बाउ-आमा, दिदिभाइलाई फरक पर्नेछ किनकी तिम्रो विश्वाघतले म संसार छोड्नेछु । त्यसैले यि सबै तिमीलाई सुनाएर तिम्रो पाउमा आफुलाई सुम्पिँदैछु राज । हो राज तिम्रो पाउमा सुम्पिदैछु ।
प्रिय राज ! अझै पनि म तिमीलाई भन्दैछु । यदी तिमी मलाई प्रेम प्रस्ताव राख्छौ नै भने तिम्रो आफ्नो मनलाई सोधी हेर । बिगतमा कुनै पुरुषको हात नथामेकी म, कुनै अन्जान पुरुषको बहुपासमा नकसिएको म तिम्रो हात थाम्न जाँदैगर्दा तिम्रो हुनको लागि लायक छु या छुइन । तिम्रो जिबनको यात्रामा संगै यात्रा गर्न सुहाउँछु वा सुहाउँदिन । यदी तिम्रो मायाको लागि हकदार हुनसक्छु भने मात्रै मेरो हात थाम्ने कोशीस गर । नत्र तिम्रो मायामा बेहिसाप तरिकाले हारिसकेको छु । त्यसैले एकपल्ट आफैलाइ सोधिहेर । यदी तिम्रो मनले आफ्नो जिबनमा ल्याउन अनुमती दिन्छ भने आउ मायाको दुई कदम अगाडि बढाउ, म दुई कदम तिम्रो सामु बढाउनेछु । तर भबिश्यमा बाटो मोड्न पाउने छैनौ । पाइला हटाउन पाउने छैनौ । कसैको मन र भावना संग खेलेर मिल्काउन पाउने छैनौ । भोली गएर पछुताउनु भन्दा आजै भरपुर तिमीलाई समय दिन तयार छु । मलाई कुनै हातारो छैन । किनकी हतारमा गल्ती गरेर फुर्सदमा मलाई पछुताउनु छैन । यदी हात थामेर छुट्यो भने मलाई रत्तिभर पनि रहर हुनेछैन जिउन, नत एक सिक्काको साहस नै रहनेछ ममा । तर यती भन्दाभन्दै पनि तिम्रो मायाले छुएकोछ मलाई । म अछुतो रहन सकेको छुइन तिम्रो आदतले राज ! बिचार गरहै ।
प्रिय राज ! मैले तिमीलाई दिएको भरपुर समयबाट सहि निर्णय लिन सक्नेछौ प्यारा ! किनकी भोलिको दिनमा यस्तो दिन पनि आउनेछ कि म तिमीलाई प्यारो नलाग्न सक्छु । सडकमा देखिएका सुन्दर केटीहरुको मिलेका शरीर र रुप देख्दा कतै आफुले रोज्न गल्ती गरेको होकी भन्ने लाग्न सक्छ । मेरो सारिरिक बनावटहरु तिमीलाई नमिलेको फिक्का-फिक्का लाग्न सक्छ । प्रेमले बन्द कोठासम्म पुर्याउँदा सबै ठीक भएको सम्बन्ध समाजलाइ हाम्रो परिचय दिनुपर्दा तिमीलाई नसुहाएको महसुस हुनसक्छ । आज सरल, र सिश्ट लाग्ने मेरो चरित्र भन्दा भोली मेरो चित्र नराम्रो लाग्न सक्छ । त्यसैले मेरो अभिमान भन वा स्वाभिमान, भोली तिमीले फ्याँकेर दुत्कारेर अपमानित हुनुभन्दा आजै तिमी प्रती बिस्तारै पलाउँदै आएको मायाको अंकुरनलाई दबाउन सक्छु । रोक्न सक्छु । भोली जुटाउन नसक्ने हिम्मत कम्सेकम आज छ जस्लाई भोली म सहन नसकुँला राज । हुनत तिमीलाई लाग्न सक्छ, तिमीलाई माया गर्न सुरुवात गर्दागर्दै पनि म भित्र यती घमन्डले भरिएको केटी रैछ भनेर ! तर हकिकत केटाहरुको यस्तै आदत हुन्छ । पाएपछी चुसी राखेर मिल्काइ हिँड्ने । म त्यो हुन चाहन्न राज ।
प्रिय राज ! माथिको हरफमा मैले तिमीलाई यसो भनिरहँदा तिमीलाई नराम्रो लाग्न सक्छ । नमिठो लाग्न सक्छ । तर बिन्ती ! तिमी एकपल्ट मेरो ठाउँमा छोरीमान्छे भएर सोँचत ! अनी बुझ्नेछौ कि म किन यस्तो भनिरहेकोछु भनेर । त्यसपछी मलाई बुझ्नेछौ तिमीले कि म गलत बोलिरहेकी छुइन भनेर । आशाछ ! जानअन्जान मा मैले गलतै बोलेको रहेछु भने पनि मेरो नादानी सम्झी माफ गर्नेछौ । मैले कहिँकतै तिम्रो मनै दु:खाएको रहेछु भनेपनी भुलिदिनेछौ । मेरो सबै नादानी र बाल्यपनहरुलाई स्विकार्नेछौ । मलाई सम्हाल्नेछौ । मलाई तिमीले पत्र र मेसेजमा पोखेको माया जस्तै त्यो अनुभुतिमा बाँधेर राख्नेछौ । म सानो बालक झैं बने भनेपनी सम्झाउने छौ । बुझाउने छौ । म तिम्रो सबै महानतालाई हाँसिहाँसी प्रेम गर्नेछु । मेरो जिबनको सुनौलो हिस्सा सम्झनेछु । तिम्रो त्यही अभिभावकत्व भित्र आफुलाई न्यानो सुरक्षित महसुस गर्नेछु ।
एउटा कुरा राज ! तिमीले कयौँ दिनदेखी मेरो पिच्छा गर्दा मलाई खुब डर लागेको थियो । तिम्रो पत्र र हरेकदिन जसो आउने मेसेजले मेरो झन होसहावास नै उडाउँथ्यो । हो म तिमीदेखी आफुलाई लुकाइ लुकाइ हिँड्ने कोशीस गर्थेँ । तिम्रो व्यबहार साँच्चिकै अभद्र लाग्थ्यो । तर यसरी आउने हरेकदिनको मेसेजले मलाई पनि बिस्तारै आफुतिर तानिसकेको रहेछौ । त्यो मैले महसुस गर्न नसकेको कुरा जब तिम्रो मेसेज आउन छोड्यो, मेरो इन्बक्स हरेकदिन रित्तो हुनथाल्यो तब मलाई एक किसिमको बेचैनिले सताउथ्यो । शायद यही नै रहेछ क्यारे प्रेम भनेको । सुनेको थिएँ मान्छेलाई कहिले कतिबेला कहाँ कोसंग प्रेम हुन्छ, माया हुन्छ पत्तै हुन्न । मलाई हरेकदिनको इन्बक्सले प्रेम गर्न सिकाइसकेको रहेछ । अझ तिम्रो अनुपस्थिती हुन छोडेपछी तिम्रो हालखबर बुझन जब तिम्रो प्रोफाइल खोलेर हेरेँ तब त्यहाँ पोस्टिएको क्याप्सन सहितको हस्पिटलको बेडमा तिमी सुतिरहेको तस्बिर देखेपछी त झन तिम्रो मायाको सागर उर्लिएर आएको थियो । कतै मेरै कारणले बिरामी भयौकी भनेर आफैलाइ दोशी सम्झिएको थिएँ । आफैलाइ गाली पनि गरेँ । तर राज सम्पूर्ण विश्वाश खन्याएर तिम्रो अनुरोधलाई स्विकारेकोछु प्लिज मेरो भरोसा नतोड्नु है ल ।
अन्त्यमा राज ! तिमी निको भएर कलेज् फर्किएको छौ । यसैमा मलाई बेहद खुशी मिलेको छ । हिजो मैले तिमीलाई एकनजर देख्नको लागि लाइब्रेरी र क्यान्टिन पटकपटक् धाउनु परेको थियो । हस्पिटलमा मैले बोलाउँदा तिमी अर्कोतिर अनुहार फर्काएर म सँग बोल्न नखोज्दा खुब मन दुखेको थियो । त्यहाँबाट तिमीसंग बिदा मागेर निस्कदा Thank you सम्म भनेनौ । साँचिकै मन रोएको थियो । मन मात्रै हैन राज आँखाले आँशु रोक्न नसकेर सलले मुख छोपेर बाहिरिएको थिएँ । त्यतिबेलाको म भित्रको भक्कानिएको मनको पीडा कित मलाई थाहाछ कित भगवानलाइ मात्रै । अनी आफै भनत ! के यि सबै हुनुभनेको मैले तिमीलाई प्रेम गर्न थालेछु भन्ने प्रमाण हैनन र ? प्रेम देखिदैन राज ! यो हुन्छ आफै । अनुभुती र महसुसले बाँध्छ आफै । जसरी पहिलोपल्ट तिमीलाई मलाई देख्दा भएको हुनुपर्छ । हो राज अब मलाई सहनै सक्ने गरेर तिमीमा प्रेम भएको छ, अचम्म लाग्छ । कताकता आफैलाई लाज पनि लागेकोछ । फेरी यो नसोँच है, केटी पट्टिएछ भनेर । मैले तिम्रो हृदयलाई माया गरेकी हुँँ राज ! हृदयलाई ।
राज ! मेसेज धेरै लामो भयो पढ्न झर्को लाग्छ होला । झर्को नमानी पढ्नु है ल । अनी मैले जानी नजानी जेजे भने लेखें ति सबैको लागि माफि दिन्छौ भन्ने सोँचेकी छु । मेरो मेसेज प्राप्त गरेपछी पढिसकेर तुरुन्तै मलाई जवाफ दिनुपर्छ भन्ने छैन । तिमी आफ्नो ठन्डा दिमागले फुर्सदमा सोँचेर जवाफ लेख्न सक्नेछौ । जतिपनी मेरो माथिको सबै सर्तहरु पुरा गर्न सक्छौ भने तिमीलाई मेरो हृदयको कुनामा हाँसिहाँसी स्वागत छ । आउ हामी संगै हात समाएर किनारा तरौँला । हस्त रात निक्कै छिपियो । भोली बिहानै कलेज जानु छ । यती भन्दै बिदा हुन चाहन्छु । बाहिर रात ढल्किदो छ, रातसंगै मौसम चिसिदो छ त्यो संगै मेरो मन पनि चिसिदो छ । उस्तै बाहिर लाटोकोसेरो र कुकुर भुकेको आवाज अनी मेरो मनको मौनताको एकाग्रता भन्दा अरु केही छैन । छत केवल तिम्रो लागि ढेरसारी माया । बस यती भन्दै अफ भएँ ल । बाइ शुभरात्री ।
तिमीले चाहेकी उही आश्मा ।
आफ्नो छातीको चाल कती थियो भन्ने पनि थाहा नपाई एकनिमेशमै मेसेज लेखिसकेँ । पठाउनु अगाडि पटकपटक पढेँ । जतिपटक पढ्छु आफैले लेखेको मेसेज उतिपटक शब्दहरु बोझिलो लाग्छन । हरेकपटक सेन्ड गर्न भनेर हातको औँलिहरु थिच्न खोज्छु । तर एकतमासको डर भरिएर आउँछ । मुटुको चाल् तिब्र गतिमा दौडीझैं हतास हुन्छु । थररर कामेको जस्ता हुन्छन । जीबन आफैम अन्योलमा उभिएको झैं लाग्छ । त्यसपछी भित्तामा झुन्डी रहेको घडीलाई हेरेँ । मध्यरातको एक बजिसकेको रहेछ । त्यसपछी भने स्वासलाइ लामो तानेर रोकेँ । अनी आँखा चिम्लिएर हिम्मत बटुलेर सेन्ड बटममा ठेली पठाएँँ । पठाइ सकेर आँखा खोलेँ । मेसेज गईसकेको थियो । बल्ल मन हलुका भयो । मुटुको चाल केही मत्थर भएर आएको जस्तो महसुस भयो र निदाउने प्रयत्न गर्न लागेँ । बलिरहेको बत्ती अफ गरेर सिराकभित्र आफुलाई लुकाउने कोशीस गर्न लागे । शायद बिचलित मन आफै थाकिसकेको हुनुपर्छ अनी भने बल्ल निदाएछु ।
भोलिपल्ट बिहान सनिबारको दिन थियो । बिहान अलिक ढिलो उठेँ । बिउँझने बित्तिकै उसले मेसेज हेर्योकी हेरेन भनेर मोबाइल खोलेर हेर्न मन लाग्यो । हेरेँ, म बिउँझदा बिहानको सात बजिसकेको थियो । त्यतिबेलासम्म उसले मेसेज हेरेकै थिएन । अनी फेरी मनमा अर्को तनाब थपियो । जवाफ नफर्काउँदा एउटा तनाब थियो । अहिले पठाउँदा पनि उसले नहेरेकोमा अर्को तनाब थपिएको थियो ।
मन भारी बनाएर बेडबाट उठेर बिहानको नित्यकर्म सके । बिहानै माइजु लुगा धुनमा ब्यस्त हुनुहुन्थ्यो । केटाकेटिहरु खाजा खाएर खेल्दै थिए । हजुरबा-आमा बार्दलिमा बसेर बाहिर कतै टोलाउदै हुनुहुन्थ्यो । माइजुको छोरी नाफिसा र म भने खाना बनाउन तर्फ लाग्यौँ । दुई दिदिबहिनी मिलेर केही छिनमै भान्षाको काम सक्यौ । त्यसपछी दश बजेतिर सबैले खाना खाइ सकेर पुन: सबैजना आ-आफ्नो सुरमा लागे । कोही बाहिर कतै घुम्न निस्किए भने कोही टिभी हेर्नमा ब्यस्त बने । म भने आफ्नै रुममा फर्किएर बेडमा बसेर दोश्रो पटक मोबाइल खोलेर हेरेँ ! अझै उस्को कुनै रेस्पोन्स थिएन । त्यसपछी दिउँसो आराम गर्नु पर्यो भनेर एकछिन सुस्ताउन तर्फ लागेँ ।
जब बेलुकी भयो फेरी उस्तै सँधाको झै माइजु भान्षा कोठामा हुनुथ्यो । हामीहरु टिभी रुममा आफ्नै सुरमा थियौँ । बिस्तारै खानाको समय भयो । सबैले खाना खायौं । बेलुकिको खाना खाइसकेर फेरी आ-आफ्नो रुमतर्फ सुत्न लाग्यौँ । म भने बेलुकिको सबै काम सकेर बेडमा पल्टिएर फेरी मोबाइल खोलेर मेसेज हेर्नतर्फ लागेँ । यो पल्ट भने उसले मैले पठाएको मेसेज हेरेछ । हेर्नु मात्रै हैन जवाफ पनि फिर्ता पठाएको रहेछ । त्यसपछी भने के लेखेको होला ? भन्ने मनमा कौतुहल्ता बोकेर हतारहतार रुमको ढोका बन्द गरेर पढ्न थालेँ । लेखेको थियो ।
प्यारी आश्मा !
हृदय भरिको अशिम माया
तिमीलाई । यतिबेला तिमीलाई के भनेर जवाफ लेखौँ म सोँच्न सकिरहेको छैन । मैले कल्पना
पनि गर्न नसकेको झट्का दिएको छौ यतिबेला । म यो मान्न सकिरहेको छैन तिमीले यो जवाफ
लेख्यौ वा लेख्न सक्छौ भनेर । म भित्र खुशीको कुनै सिमा छैन । तिमीलाई कसरी ब्यक्त
गरुँ म भित्र पोखिएको खुशीको पललाई ? न शब्दमा समेट्न सक्छु, न कुनै हृदयमा सम्हाल्न
सक्छु । साँचिकै मान्छेलाई आफुले चाहेको र सोँचेको भन्दा दोब्बर खुशी मिल्यो भने दिमाग
शुन्य हुँदोरहेछ । हो यतिबेला तिमीले दिएको खुशीले म शुन्य भएकोछु ।
प्यारी आश्मा !
साँच्चिकै नढाँटी भन्नुपर्दा
तिमीलाई पाउन मैले भगवान भाकल गरेकोछु । तिम्रो माया पाउनकै लागि भगवान संग पनि भगवानकै
कसम खाएर तिमीलाई मागेको थिएँ । आज त्यो मेरो मनोकामना पुरा भएको छ । धन्य इश्वर !
जस्ले मलाई तिम्रो मायाको हकदार बनायो । मेरो प्रेमको बदलामा प्रेम नै फिर्ता गरेकोछौ
। मेरो मनले थामिनसक्नु खुशी दिएको छौ । हो म त्यही भगवान संग बेहद खुशी छु आज जसको
कारण मैले तिमीलाई पाएको छु । मायाको एक एक अनुभुतिमा तिमीलाई खोजिरहेको बेला, तिम्रो
जवाफको ब्यग्र प्रतिक्षा बिचमा म रुमली रहेको बेला यस्तोबेला तिमीले मेरो बिन्ती स्विकारेकी
छौ कि जतिबेला मैले आशा मर्नै लागिसकेको थिएँ । मन भित्र निराशाको तुवाँलोले डम्म ढाकेर
सपनाहरु बिलाएकोबेला तिमीले मेरो साथ निभाएकी छौ आश्मा । साच्चिकै एक शब्दमा भन्ने
हो भने अबत मेरो सरीरको रगतको थोपा भन्दा धेरै त तिमी दौडी रहेको छौ । त्यसैले म तिम्रो
प्रेमिल जवाफले पुलकित भएको छु ।
प्यारी आश्मा !
तिम्रो नजवाफ मौनताको
दिन देखी अँध्यारोले छाएको अनुभुती गरेको मान्छे म, तिम्रो आगमनसँगै खुशीका किरणहरु
पनि सँगै फर्की आएकाछन झैं भएको छ मेरो जीबनमा । तिम्रो स्विकारोक्त्तिले मेरो जीबनकै
उदेश्य बद्लिएको झैं लाग्छ । किन थाहा छ ? आज बल्ल बुझ्दैछु एउटा मान्छेको मायाले कती
फरक पार्दछ जिन्दगीमा । हो आश्मा ! तिमी मेरो भाग्यमा लेखिएको रहेछौ । अब विश्वाश भयो
त्यो इश्वरसँग जस्लाई मैले हरेकदिन तिमीलाई मागेको थिएँ । तिमीलाई पाएपछी यतिबेला म
सोँच्दैछु, आफुले चाहेको चिज पाउँदा मान्छे खुशी हुँदोरहेछ । हो म पनि खुशी भएको छु
तिमीलाई पाएर । तर तिमी चिज होइनौ । कुनै वस्तु होइनौ । कुनै साधन होइनौ । तिमी त मेरो
प्रेम हौ । मेरो धढ्कन हौ । मेरो प्राण हौ । मेरो सर्बस्व हौ आश्मा । सबथोक हौ ।
साँच्चै प्यारा !
तिमी धन दौलत, रुपरंग
नहेर्नु । म अरुकसैको सुन्दरता हेर्नेछैन । तिमी जात धर्म नहेर्नु, म समाज हेर्ने छैन
। तिमी सुख खोज्ने छैनौ, म अरुलाई रोझ्ने छैन । तिमी मलाई नफेर्नु, म तिमीलाई फेर्ने
छैन । तिमी प्रेम गर, बदलामा म आजिबन माया गरिरहनेछु । तिमी हात थामिदेउ, म जिबनभर
साथ निभाइ रहनेछु । तिमी श्वास बनेर म भित्र प्रबेश गरिदेउ, म प्राण बनेर बाँचिरहनेछु
। किनकी अब म तिमीलाई कदापी गुमाउन चाहदिन । हो आश्मा ! मेरो जीबनमा तिम्रो आगमनले
म पूर्ण भएको महसुस गरेको छु । तिमीलाई नपाउँदा हरेकरात जसो आँशुले चिसिने यि आँखाहरु
आज खुशीको बर्षाले भिझेकाछन ।
उफ....! पिडामा पनि रुझ्ने यो आँखा, खुशीमा पनि रुझ्ने यो आँखा कस्तो होला है ? तिम्रो मायाको बादलले ढाकेपछी हाँस्दा हाँस्दै रोइदिन्छु । अनी रुँदा रुँदै हाँसिदिन्छु । कस्तो अचम्म होला यो हाँसो र मिलन बिचको संगमा स्थल हुने यो आँखा । तर खैर जेहौन यतिबेला बगिरहेको आँशु भनेको पिडाका होइनन । पिर ब्यथा बेदनाका होइनन । यि आँशुहरु भनेका नितान्त तिम्रो उपस्थितिले दिएका खुशीहरुका हुन । यसमा मलाई दु:ख हैन अनगिन्ती खुशी मिलेको छ । कुनैदिन एक्लोपनको अभाव मेटाउन घरको छतमा गएर रातको जूनलाई नियालेर फर्कन्थेँ । तर अबत रातको जून र तिम्रो मुस्कान एउटै लाग्न थालेकाछन । शायद खुशी यसैलाई भनिन्छ होला ?।
प्यारी आश्मा !
तिमीलाई यो मेसेज लेखिरहँदा
बाहिर सडकमा रात ओर्लिसकेको छ । बिजुलिका पोलहरुमा राता बत्तिहरु बलिरहेकाछन । तिनै
बलिरहेका राता बत्तिहरुलाई एउटा प्रश्न सोध्न मन लाग्यो मलाई । बत्तिहरुमा वरिपरी झुम्मिएका
किराहरुलाई सुनाउन मन लाग्यो मलाई । यदी म भित्र केही पवित्र छन भने त्यो मेरो माया
हो । जुन तिमीमा पोख्न मन लाग्यो । क्षितिजमा शहरको माथि पुर्बी आकाशमा देखिएको जूनसँग
उनको सितल्ता र मेरो माया साट्न मन लाग्यो मलाई । त्यसैले मेसेजको शब्द शब्दमा बगिरहँदा
मात्रै हैन जीबनभर मेरो हात थाम्न सक्छौ ? मलाई आशा छ आश्मा तिमीले मेरो हात छोड्ने
छैनौ ।
अनी सुनन ! हरेस खाईसकेको मनले जब म हस्पिटलको बेडमा सुतिरहेको अवस्थामा मेरो फेसबुकको पोस्टमा तिमीले कामना गरेर गरेको कमेन्ट जब देखेँ । तब मेरो कुनै खुशीको सिमा थिएन । शायद त्यतिको खुशी म आजसम्म भएको छैन । मेरो वालमा तिम्रो कमेन्ट आउनु भनेकै तिमीलाई प्राप्त गरेको झैं भान भएको थियो मलाई । ज्वरोले थालिएर बेडमा अलस-तलस भएकोबेला त्यो देखेपछी एकै झट्कामा शरीर नै हलुका जस्तो भएको थियो । मन फुरुङ्ग भएर हावामा उडेको झैँ भएको थियो । साँच्चिकै भनुमा भने त्यतिबेलाको खुशीको कुनै ठेगाना थिएन । एकमनले त उडेर तिमी कहाँ आइपुग्न मन लागेको थियो । तर के गर्नु ? त्यसो गर्न पनि त सक्दिन थिएँ । जेहोस त्यो क्षण भुईँमा खुट्टा थिएन मेरो । त्यती धेरै खुशी भएको थिएँ ।
त्यसपछी भोलिपल्ट को दिउँसो को त झन बयान गरिसाध्य छैन आश्मा । सन्सारमा यदी मैले केही पाउनु थियो भने त्यो तिमी मात्रै थियौ भने झैं भएको थियो । किनकी कलेजको सबै साथीहरु आएर भेटेर जादा पनि एउटा सहानुभुती मात्रै महसु गरेको थिएँ । तर जब तिमी आयौ मैले संसार पाएँ । मैले बिरामको औषधी पिएँ झैं भएको थिएँ । तिमीले मेरो सबै हालखबर सोधिरहँदा तिम्रो मायाले पग्लिएर आफुलाई थाम्न नसकेर अर्कोपट्टी कोल्टे परेर आँशु लुकाउन वाध्य हुनुपरेको थियो । तर समय पनि कती छोटो उफ..! सानो संबादमै तिमी निस्किएर गईहाल्यौ । मलाई लाग्थ्यो तिमी त्यही मेरो नजिकै बसिदेवोस । तर त्यो सम्भव पनि त थिएन । तिमीले बाइ भनेर त्यहाँबाट निस्कदा मेरो प्राण छुटे झैं भएको थियो । तिम्रो हत्केलाबाट मेरो औँलाहरु छुट्दै गएको जस्तो अनुभुती भएको थियो । तिमीलाई आभाष गर्नै नपाई तिम्रो न्यानो साथ चिसिएको जस्तै अनुभुती भएको थियो । खैर जेहोस, तिमी मलाई भेट्न हस्पिटल सम्म आउँदा भने मैले संसार भुलेको थिएँ । संसार त के आफैलाइ भुलेको थिएँ । एकमनले यस्तो सोँचिरहेको थियो की, तिम्रो उपस्थितिको लागि म हमेसा बिरामी भईरहुँ ! तिमी मलाई भेट्न हरेकदिन हस्पिटल आइरहु । साँच्चिकै यस्तै कल्पनाको सागरमा म हराएको थिएँ आश्मा ।
अन्त्यमा ! मेरो प्रेमको अनुरोधलाई स्विकारेकी छ्यौ । मेरो जीबनमा फूल झैँ भएर फूलेकी छ्यौ । हमेसा यस्तै फूल बनेर फूलिरहनु है ल । अनी यस्तै फूल बनाइ राख्ने प्रण गर्नेछु म पनि । कसम ! बाचा गर्छु । मेरो शिरमा राखेर मुटुमा सजाएको छु । जहाँ राखेकोछु, जहाँ सजाएकोछु, त्यहाँबाट कदापी निस्कन दिनेछैन । जस्तोसुकै परिस्थिती आएपनी तिम्रो हात छोड्नेछैन । अनी फेरी अर्को बाचा गर्छु, तिम्रो जिबनभरको साथ छोड्ने छैन । भौतिक सु:खको खुशी दिन नसकौँला तर जीबनभर तिमीलाई रुवाउने पनि छैन । आउ एकपल्ट फेरी त्यो प्रण गरौँ, जीबनमा कहिले साथ नछुटावोस । मृत्यु आउनु अगाडि एक युग सँगै बाँच्नेछौँ हामी । त्यो पनि अमर चोखो प्रेम बनेर । जसरी चखेवाको जोडी हुन्छन ।
ला..! मेसेज पनि कती लामो भईसकेछ आश्मा ! प्लिज माफ गर है ल ?। झर्को नमानी पढ्नेछौ भन्ने आशा गरेको छु । बाँकी कलेजमै भेटघाट र गफगाफ हुने नै छन । बस यतिबेला हावामा तैरिएर उडिरहेको मनलाई सम्हालेर कल्पनाको भवसागर बाट मायाको अनगिन्ती पुष्पगुच्छा सहित मिठो चुम्बन पठाएको छु । स्विकारन है ल । हस्त अहिलेलाई बिदा चाहन्छु आश्मा ! शुभरात्री आश्मा । उम्मा...।
उही तिम्रो राज ।
मनभरी उत्सुक्ता र कौतुहल्ता बोकेर पटपटक गरेर उसको मेसेज पढेर सकेँ । जतिपटक पढ्छु त्यतिपटक आफुलाई पूर्ण भएको महसुस गर्छु । फेरी हृदयको अर्को कुनै कुनामा खाली भए झैं पनि लाग्छ । जती पढे पनि कताकता न अघाए झैँ, छातीमा टासेर अंकमाल गर्दा पनि कताकता कुनै भाव वा अनुभुती अपुग भए झैं लाग्छ । तैपनी किशोर अवस्थाले यौबनको फूलहरु गुलाबी रंग बनेर फूल्ने तर्खर गरिरहँदा म आफु पनि बैशालु भएको अनुभुती भएको थियो । मेसेज पढ्दै जाँदा आफै भित्र लाजको पोको पनि बिस्तारै फुस्किदै थियो । सरीरको प्रत्येक अंग-अंगमा चुमेझैं प्रतित भएको थियो । पड्दै गरेको मेसेजलाई हजारबार भन्दा धेरै चुम्बन गर्दै आफ्नै मोबाइल लाई छातीमा कतिपटक च्यापे आफैलाइ थाहा छैन । शायद यही होला प्रेम वा माया भनेको । त्यसपछी पुलकित हुँदाहुँदा कतिबेला निदाएँ त्यो रात त्यो पनि मलाई होस-हावास नै थिएन । शायद बिहानको उज्यालोको संकेत भईसकेको हुनुपर्छ ।
मिती- १, फाल्गुन २०७९
No comments:
Post a Comment