गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, March 7, 2023

कथा-बार्दलिको जून- भाग- ९

भाग- ९

फक्रदै गरेको कोपिला ढकमक्क फूल्नु र हुर्कदै गरेको उमेर बैशालु हुनु उस्तै हुन । उदाउँदै गरेको बिहानको सुर्यले चर्किदै गएको दिनको स्वागत गर्नु र पुर्णेमा छिपिदै गएको जूनले शितल्ता दिनु दुबै उमेर चड्दै जानुको प्राकृतिक शन्देश हुन । जन्मनु, हुर्कनु, फक्रनु र बैशालु हुनु सृस्‍टिका अनुपम उपहार हुन । धर्तिका सुन्दर फूलहरु हुन । प्रकृतिको जिबनचक्रलाई जैबिकचक्र हो भन्दा फरक नपर्ला । किनकी धर्तिमा हरेक चिज जन्मन्छन, हुर्कन्छन अनी फेरी अस्ताउछन । यिनैको नियममा मेरो पनि जन्म भएको हुनुपर्छ । मेरो जन्मसँगै म बढ्नुपर्छ, हुर्कनुपर्छ । हो त्यसैले मेरो हुर्कदै गरेको उमेर र चड्दै गरेको बैशालु मनभित्र अनेकौँ रहरहरु पलाउनु कुनै अनौठो कुरा थिएन । म भित्र पनि बढ्दो उमेरसँगै रहहरु पलाउँदै थिए । आँखाभरी मिठामिठा सपनाहरु सजिन थालेकाथिए । त्यसैको उपज थियौँ राज र मेरो झाँगिदै गएको सम्बन्ध पनि ।  

रहर लाग्दा आकाँक्षाहरु बड्दै थिए । असिमित चाहानाहरु चुलिदै थिए । सम्हाली नसक्नु अनगिन्ती खुशीहरु थपिदै थिए । एकअर्थमा भन्नेहो भने राज र मेरो माया, प्रेम सारा कलेज, साथीभाइ सबैतिर छरपस्ट हुँदैथिए । यो बिचमा हाम्रो निकट्ता मात्रै बढेन त्यसले हामी नपुगेको शहरको कुनै रेस्टुरेन्ट, क्याफे, पार्क फिलिमहल कुनै बाँकी थिएन । हाम्रो माया पोख्न कहिले कुनै क्याफेमा पुग्थ्यौँ भने कहिले कुनै पार्कमा । कहिले ब्यस्त सडकहुँदै अस्तब्यस्त हुन्थ्यौँ भने कहिले फिलिमहलको भिढभाढ । दिन दोगुना, रात चौगुना हुँदै हाम्रो माया, प्रेम फैलिन कहिँकतै बाँकी थिएन । कलेजको बिदा आयो की त कहिले कहाँँ पुग्थ्यौँ घुम्नको लागि त कहिले कहाँ !

दिनहरु बित्दै जान थाले । परिवारको जिम्मेवारी र आफ्नै भबिश्य खोज्दै पढ्न भनेर काठमान्डौ आएकी छोरी म राजको मायामा चुर्लुम्म डुबेको थिएँ । राजको प्रेमिल साथ मलाई थियोभने मेरो हात उस्लाई । दुबै एकअर्काको परिपुरक थियौ । बिल्कुलै गणितको कुनै फर्मुला जतिकै भएका थियौँ । जूनदिनदेखी राजको साथ र माया पाएँ त्यसदिनदेखी मन फुरुंग भएको छ । शरीर हावामा उडिरहेको चंगा झैँ भएको छ । बिहानिको शितको थोपा बोकेर फक्रेको फूलझैं फक्रेको छ मेरो बैश । साँच्चै भनुमभने मैले म नै भुलिसकेको छु । म, म हैन झैँ भान हुन्थ्यो कहिलेकाहीँ त । मनमा कौतुहल्ता र उमंग बोकेर फुरुंग भएर हिँड्दा मेरो आफ्नै सरिरले साथ नदिएको झैँ अनुभुती हुन्थ्यो । यतिधेरै काउकुती मनभित्र कहिले महसुस नै गर्न पाएको थिईन । कहिलेकाहीँ आफ्नो कोठाको ऐना अगाडि उभिएर आफुलाई नियाल्थेँ । मस्त तरुनी पाउँथेँ आफुलाई । गाला, ओँठ, घाँटी, छाती अनी कलीला मसिना उम्रदै गरेका पुष्ट बक्षस्थल हरेकले मलाई तरुनो भएको सुचना दिन्थ्यो । आफ्नै सरिरका अंगहरु हेरेर लाजले आयलकायल हुन्थेँ । शायद यही रहेछ प्रेमको अनुभुती अनी बैशालु मनको सपना । म एक्लै दङ्ग पर्थेँ ।

काठमान्डौ छिरेको करिब ९/१० महिनामा बिल्कुलै परिवर्तन भईसकेको थिएँ । गाउँमा हुँदा लाउने खानेको ढाचा यहाँँ आएपछी यो शहरले पुरै बदलेको थियो मलाई । हिँड्ने बोल्ने, तौरतरिका पुरै सिकाएको थियो । सर्लाही जिल्लाको एउटा गाउँको सोझी केटी पुरै आधुनिक बनिसकेको थिएँ । मेरो परिवार मध्यम खालको भएपनी राज उच्च र हुनेखाने धनाड्य परिवारको केटा थियो । गाउँमा बाआमा मात्रै भएपनी धेरै जग्गा जमिन नोकरचाकर भएको रहेछ । काठमान्डौमा घरभाडामा बसेको भएपनी आर्थिक र भौतिक सुखसयलमा बसेको रहेछ । दाजु सरकारी उपल्लो तहको सचिब स्तरको स्थाइ कर्मचारी थियो । भाउजु कुनै प्राइभेट ब्यांकको साखा प्रमुख नै रहेछ । उस्को बहिनी र ऊ चै पड्दै गरेको । राजको त्यही सम्पन्नताले गर्दा नै उसको संगत र मायामा परेपछी मलाई निजी खर्च र किनमेलको लागि कहिले पैसाको चिन्ता लिनुपरेन । चाहिदैन, लिईदिन भनेर कराउँदा कराउँदै पनि ऊ जबर्जस्ती मलाई पैसा लिन वाध्य गराउँथ्यो । लुगाफाटो, जुत्ता-चप्पल, चकलेट र पर्फ्युमको त कुरै नगरौँ । मार्केटमा कुनै नयाँ सामन आयोकी सबैभन्दा पहिला किनेर मलाई ल्याएर सरप्राइज भन्दै दिन्थ्यो । कतिपटक त मैले राजलाइ अनावश्यक फजुल खर्च नगर भनेर कराएको पनि छु । तर ऊ फिटिक्क टेर्नेवाल कहाँ थियो र ! ऊत झन उल्टै मलाई खुशी बनाउन हो या माया देखाउन खर्च नगरि बस्नै सक्दैनथ्यो ।

यसरी नै हाँसी खुशीको साथ प्रेमपूर्ण जीबन ब्यतित हुँदैथियो । यही बिचमा दसैंँ र तिहारको कलेज बिदाको दिन पनि आयो । सबैजना आ-आफ्नो गाउँ फर्कनथाले । राज र म पनि फर्कने भयौँ । दसैंँ बिदामा म आफ्नो घर सर्लाही जिल्ला फर्किने भएँभने राज आफ्नो घर नगई मामा घरमा दसैंँ मनाउन जानेभयो । यतिका महिना हामीहरु एकअर्कालाई एक मिनेट, एकपल पनि नछुटाइ सँगै बितायौँ । क्लासमा पड्दाहोस या रुममा पुगेपछी मेसेज गरागर गरेर सँगै भएको अनुभुती गर्थ्यौँ । तर अब दसैंं-तिहारको बिदाले गर्दा महिनौँ पछी पहिलोपटक हामीहरु छुटिनु पर्दैथियो । जतिजती राज उस्को मामा घर र म आफ्नो घर फर्कने दिन आउँदैथियो उतिउती मन आतिदै थियो । भित्र भित्रै कस्तो नमिठो, नरमाइलो लाग्दैथियो । मनमा घर जानुको खुशी अलिकतिपनी थिएन म भित्र । दिमागभरी राजसँग छुटिनुपर्ने हुटहुटी बाहेक केही थिएन । केहीदिनको लागि छुट्टीनु परेपनी जिबनभरको लागि छुट्टीन जाँदैछौं झैँ भएको थियो । साँच्चै भनौँभने उसँगको छुटिनु पर्दाको पल सम्झिएर डाको छोडेर रुन मात्रै सकेको थिईन । सम्झिदा पनि मुटु फुट्ला जस्तै भएको थियो ।

भोलिपल्ट म बाटो लाग्नुपर्ने थियो । त्यसको अघिल्लो दिन बेलुकी सधाको झैं खाना खाइसकेर आफ्नो बेडमा पल्टिएर राजलाइ कल लगाएँ । तर निक्कैबेर घन्टी जाँदापनी रिसिभ भएन । त्यसपछी नम्बर र मेसेन्जरको इन्बक्समा सानो मेसेज छोडेँ । राज मेरो मेसेज पाउने बित्तिकै कल गर है । त्यसपछी म बेडमै पल्टिएर टोलाउन थालेँ । तर समय कटाउनै मुस्किल पर्‍यो । ओछ्यानमा पल्टिएर सयचोटी भन्दा धेरैपटक त कोल्टे फेर्दै ठीक्क भएको थियो । तर अँह ! जतिकोसिस गरेर समय ब्यतित गर्न खोजेपनी घडीको सुइ भने कतैपुगेर टक्क अडिएको झैं समय नै रोकिएको भान भएको थियो मलाई । न मेसेजको जवाफ आयो नत कलनै । घडी हेरेँ रातको एघार बजिसकेको थियो । त्यसपछी फेरी अर्कोपटक कल प्रयास गरेँ तर लागेन । मन र मस्तिस्कलाई थकित बनाएर छट्पटिमै निदाउने प्रयास गरेँ ।

टिरिङ्ग...! टिरिङ्ग...!! टिरिङ्ग...!!! निन्द्राले झप्कनै लागेको रहेछु, तर्सिएर बिउँझिएँ । हतार हतार गरेर सिरानीमुनी राखेको मोबाइल तानेर हेरेँ, कल राजकै रहेछ । हेल्लो राज ! कहाँ गएको थियौ यतिबेला सम्म ? ओ माइ गड ! मेरो त मुटुनै निस्किएला जस्तो भएको थियो । म बाहिर गएको थिएँ, सारी आश्मा । सरी माग्दै राजले जवाफ फर्कायो ।

अनी कहाँ गएको थियौ ?

दसैंको सपिङ गर्न गएको थिएँ ।

कोको गएको ?

उम... एक्लै ।

तिमी एक्लै ? एक्लै गएकोभए किन सोँचेर उम गरेर बोलेकोनी ? मैले संका जताउँदै सोधेँ ।

त्यस्तो होइन हौ । उम... भनेर थेगो भरेको नि ।

ए ल ल भो । अनी, भन के ल्यायौ मेरो लागि ?

के ल्याएको होला ? आफै गेस गरत !

उम.. कुर्था ?

हैन ।

पेन्ट र टिसर्ट ?

त्यो पनि हैन ।

के उसोभए सारी ब्लाउज ल्यायौ कि केहो ?

उम... अहिले भने मिल्यो । तर कसरी थाहा भयो तिमीलाई मैले सारी किन्छ भनेर ? ऊ हाँस्दै बोल्यो ।

अनी यो भन्दा पनि हैन, त्यो भन्दा पनि हैन । अरु केचै हुन्छत भनेर नि ! त्यसपछी मैले सपिङ्गको कुरालाई अन्तै मोड्दै बोलेँ ।

राज ! सुनन एउटा कुरा !

अँ भन आश्मा ?

हामी छुट्टीनु पर्दा कुनै नरमाइलो लागेको छैन तिमीलाई ?

लागेकोछ नि ! तर सँधैलाई कहाँहोत लाटी ! केहीदिनको लागि त होनी ? राजले केही शान्तावना दिने पारामा बोल्यो ।

उम.. हो, तिमीलाई त कहाँ गाह्रो हुन्छ र ? गएपछी रमाइलोमा भुलिनेहोला ? मलाई पो गाह्रो हुन्छत । त्यतिकादिन कसरी काट्नेहोला ? उफ सोँच्दा पनि पसिना नै छुट्छ राज ! तिमी आफै भनत तिमीबिना म त्यतिका दिन कसरी बिताउनु ? मैले निक्कै लामै ताना बुने ।

त्यस्तो नसोचन लाटी ! के म बिदेशै जान लागेको होर ? हामी आ-आफ्नो घर गएपनी हामीसँग मोबाइल छँदैछ नि । मोबाइलमा कल गरौँला, मेसेज गरौला । किन पिर गर्छौ भनत ?

होला खुब ! तिमी छोरामान्छेहरुलाई त के फरक पर्छर ? मलाई कती गाह्रो हुन्छ त्योत मलाई मात्रै थाहा छ । घरमा बाआमा सबै हुनुहुन्छ । भाई छ । अनी कतिबेला कसरी बोल्नु ? नाइ राज मत मर्छु होला तिमीबिना ! उफ....राज ! मेरो त अहिलेनै छाती फुट्ला जस्तै भएको छ ।

त्यो सब छोड लाटी केही हुन्न । म कल मेसेज गरिरहन्छु हुन्न ? मेरो मनलाई दरो बनाउने प्रयत्नमा राज बोल्यो ।

हस हुन्छ त्योत, तर पनि !

के तरपनी ? केही हुन्न । अँ भन बरु भोलिको लागि तिम्रो सामनहरु सबै तयार गर्यौ के ? सबै सामन अहिले राती नै मिलाएर राख । टिकट बिहान ५, बजेको नै छ । बरु अहिले नै सुत । भोली बिहान उठ्न गाह्रो हुन्छ तिमीलाई । राजले छुट्टीने आसाय रख्दै बोल्यो । मलाई भने अझै बोल्न मन लागिरहेको थियो । एकमिनेट पनि नछुटौ जस्तै भएको थियो मलाई भने । उस्लाई भने सुत्नै हतार थियो । त्यसपछी मैले पनि हस बाइ राज भनेर फोनको माध्यम द्वारै एक चुम्बन गरेँ । उस्ले पनि उताबाट बाइ मेरो जान उम्मा....!!! भनेर चुम्बन गर्दै बिदा माग्यो । त्यसपछी पुनह: फोनलाई टेबलमा फ्याँकिराखेर निदाउन प्रयास गर्न लागेँ ।

भोलिपल्ट बिहान चारबजे नै उठेर म बस्ने घरको बाहिर आएर राजले कल गर्‍यो । मैले कल रिसिभ गर्दै बोलेँ । गूड मर्निङ राज ! गूड मर्निङ जान । राजले जवाफ फर्कायो । अनी कतिछिटो आइपुगेको त तिमी ? मैले प्रश्नगर्दै कुरालाई अगाडि बढाएँ । ल ल भो धेरै कुरालाई ताना नबुन, ढिलो भईसक्यो । कि तिमी अझै तयार भएकी छैनौ ? राजले उताबाट कराउँदै बोल्यो । भईसकेँ, तिमीभन्दा झन चाँडो उठेको हो । मान्छेलाई यहाँ निन्द्रै पुगेको छैन । खुब ! तिमी यसरी आएर कराउँछौ भनेरै तीन बजेनै उठेर नुहाएकी । मैले जवाफ फर्काएँ । राज फेरी बोल्यो ल,ल म बाहिर पर्खन्छु छिटो निस्क अहिले फेरी गाडीले छोड्ला । यतीभन्दै राजले कल राखिदियौ ।

भर्खरै नुहाएर आएको कपाल कोर्न पनि नपाउँदै त्यतिकै छोडेर झोला बोकेर मामा, माइजु र हजुरबा-आमा लाई बिदा मागेर निस्किएँ । वहाँहरुले पनि राम्रोसँग जानुभनेर बिदा गर्नुभयो । बाहिरसम्म सघाउन झोलाहरु बोकेर माइजु र बहिनी आएकी थिन । हामीलाई बाहिर निस्किएको देखेर राजपनी भित्रै गेटसम्म आएर झोला बोक्न सघायो । त्यसपछी हामीहरु कलंकितर्फ हान्नियौँ । 

जसरी भएपनी घर जानु त छँदैथियो तर त्यो भन्दा पनि धेरै पिडा राजसँग छुटिनुको थियो । राज एकतमासले ब्यस्त सडक र गल्लिहरु गर्दै कलंकितर्फ बाइक हुँँइकाइ रहेको थियो । मेरो मन भने भित्रभित्रै आगो लागेको जस्तै भएको थियो । अब कतिदिन उसँग भेट्न नपाउनेहोला भनेर मन आत्तिएको थियो । तर केगर्नु ? जसरी भएपनी जानु त छँदैथियो । नत्र त्यत्रो दशैँ र तिहारको लामो बिदामा काठमान्डौ मै बस्ने कुरा पनि त भएन । यदी म काठमान्डौ मै बसेको भएपनी राज घर जान्थ्यो अनी म जसरी पनि एक्लै नै हुनेथिएँ । त्यसैले पनि म घर जानुको बिकल्प पनित थिएन ।

अन्तत हामी केहीसमयको रफ्तार पछी कलंकी पुग्यौँ । दसैंँमा घर फर्कनेको घुँईचो र बिहान सबेरैदेखी कलंकीको चोक ब्यस्त थियो । साना मसिना नाङ्ग्लामा चुरोट, खैनी र पानपराग, गुट्खा बेच्ने देखी लिएर एकाबिहानै थर्मसमा चिया डुलाउँदै बेच्नेको चर्को आवाज थियो । त्यसमाथी मान्छेको होहल्ला, सान-ठुला गाडीहरुको दिक्दार लाग्दो पँ-पँ गर्ने हरन । त्यस्मा छोटो तथा लामोदुरिका बसका खलासी र कन्डक्टरहरु मरिमरी चिच्याउँदै थिए । भैरहवा, भैरहवा, पोखरा, पोखरा, ए बुर्तिबाङ्ग जाने यता है ! काकाडाभिट्टा, ए धरान, धरान जाने यता आदी इत्यादी घोक्रो सुकिन्जेल चिच्याइ रहेका थिए । हामी त्यहाँ पुग्दा नयाँबसपार्क बाट बस आएकै रहेनछ । त्यसपछी बाइकबाट उत्रीएर हामी पनि केहीछिन प्रतिक्षा गर्यौँ ।

त्यो भिडभाडामा राजलाइ भने हामी छुटिनुको कुनै पिडा नै नभएको जस्तो यताउता हेर्दै टोलाई रहेको थियो । म भने उस्को हातको पाखुरी मुनिबाट आफ्नो हात छिराएर च्याप्प समातेको थिएँ । मानौँ सानो बालक आफ्नो अविभावक सँग छुटिदै गरेको समयको जस्तो अनुहार न्यास्रो मलिन बनाएको थिएँ । थोरै समयको लागिभए पनि उस्को पाखुरी समाएर उभिँदा मन शान्त त थियो तर भित्रभित्रै मुटुभने फुट्ला जस्तो भएको थियो । आँखाभरी टिल्पिल-टिलपिल आँशु रसाएका थिए । साँच्चिकै भनौभने त्यत्रा भिडमा आवाज निकालेर रुन मात्रै सकिरहेकी थिईन ।

यतिकैमा एउटा बस नजिकै आएर घ्याच्च रोक्यो । राजले उक्त बसलाई देख्ने बित्तिकै आश्मा छिटो झोला बोक, तिमी जाने बस यही हो भनेर आतिदै बोल्यो । राजले यती भनिसक्दा मेरोभने छाती ढक्क फुल्यो । सरिरभरी काँडा उम्रिएको जस्तो भयो । शायद अब चै राजसँग साँच्चिकै छुटिनुपर्ने रहेछ भन्ने मेरो मनमा लागेको थियो । गाडीमा चढ्नु अगाडि एकपल्ट राजलाइ जोडले अंकमाल गरेँ । कसैको मत्लब नगरि उस्को गालामा एक चुम्बन पनि गरेँ । राज निलोकालो भयो । शायद उस्लाई मान्छेको अगाडि लाज भएको हुनुपर्छ । उस्ले पनि लजाउँदै मुसुक्क हाँसेर मेरो निधारमा मोइ खायो । उस्ले त्यसरी मेरो निधारमा मोइ खाँदा आत्माविभोर भएकोथिएँ । मन सितल भएको थियो । आत्मिक आनन्द भएको थियो । त्योबेला मलाई उस्को स्पर्स र अंकमलमा कसेर गरेको मेरो निधारको उस्को चुम्बनले राज साँच्चिकै मेरो रहेछ भन्ने न्यानो अनुभुती भएको थियो । त्यसपछी दुबैजना अंकमालबाट छुटिएर अलगहुँदै यताउता हेरेँ । मान्छेहरु हामीले अंकमाल गरेर चुम्बन खाएको दृश्य एकतमासले हेरिरहेका रहेछन । मानौँ, त्यहाँ कुनै जादुगरी हुँदैछ । मलाई पनि लाज लाग्यो । म पनि लाजले शिर निहुराउँदै बसको सिटमा गएर बसेँ ।

दाहिने पट्टिको ५, नम्बर सिट रहेछ । म आफ्नो सिटमा बस्दै झ्यालबाट टाउको निकालेर राजसँग कुरा गर्न खोज्दै थिएँ । राज कराउँदै थियो । ऊ भन्दैथियो, आश्मा टाउको बाहिर ननिकालन अर्को गाडी आएर चोट लाग्छ । तर मलाई भने कुनै पर्बाह थिएन । गाडी नदगुरुन्जेल राजसँगै रहन्छु भन्ने थियो । त्यसैले म झ्यालबाट टाउको निकालेर आँखाभरी आँशु पारेर भन्दै थिएँ । राज प्लिज मेसेज कल गर है । मेरो कुरा सुनेर राजपनि भन्दैथियो । तिमी पिर नगर आश्मा, म बेलाबेलामा कल मेसेज गरिरहन्छु । तिमी आफ्नो ख्याल राख । पुगेपछी पुगेँ है भनेर मेसेज गर्नु । राती हामी बोलौँला । यदी बोल्न मिलेन भने मेसेज भएपनी गरौँला । पिर नगर, फेरी हामी सँधैको लागि छुटिन आटेको पनि त हैन । दसैंँतिहारको बिदाभरी मात्रै त होनी ।

राजले मलाई शान्तावना दिँदै सम्झाइरहेको थियो । उस्को सम्झाइ बुझाईले एउटा मनले माने पनि अर्को मनले मान्न तयार थिएन । म झन घोप्टो परेर रुन थालेँ । त्यसपछी अलिकपर उभिएको ठाउँबाट झ्यालको बाहिरपट्टी नजिकै आएर मेरो हात समाएर मेरो औँलिहरु मुसार्दै राज बोल्यो फेरी । धत लाटी ! घर जाँदा पनि रुन्छ कोही ? खुशी पो हुनुपर्छ त । धत..! मान्छेहरुले हेरिरहेकाछन । ल नरोउ अब । राज निरन्तर बोल्दै थियो । यतिकैमा गाडी पनि घ्यार-घ्यार गर्दै बिस्तारै गूड्दै रोकिदै गरेर हिँड्न थाल्यो । जतिजती गाडी अगाडि बड्दै जान्छ उतिउती मेरो हात राजको हातबाट छुट्दै जान्छ । गाडी अलिकती अगाडि बढेर फेरी घ्याच्च रोकिन्छ फेरी उसैगरेर राज मेरो हात समाउँदै सम्झाउँछ । यो क्रम निक्कैबेर चलिरहयो ।

शायद सबै प्यासेन्जरहरु आइसकेकोले होकी कुन्नी ! अन्तत गाडी बिस्तारै दगुर्न थाल्यो । म अझै पनि आँखामा आँशुको बलिद्रधारा बगाइरहेको छु । राज बिस्तारै दगुरेको गाडीको बाहिरबाट हात समाएर केके भनेर फकाउन खोज्दै पछी-पछी आउँछ । क्रमश: गाडीको रफ्तार बड्न थाल्यो । गाडीको रफ्तार सँगै मेरो हात पनि राजको हातबाट छुट्दै गयो । गाडीको गती अझ तिर्बगतिमा बढ्न थाल्यो । राजको हात छुट्यो । राजसँगै मेरो मन पनि छुट्यो । झ्यालबाट फर्किएर राजतिर फर्किएर हेरेँ । राज पनि मलाई नै टोलाएर हेरिरहेको थियो । उस्को आँखाको भाकासँगै ऊ मलाई बिदाइको हात हल्लाइ रहेको थियो । एकपल्ट मैले पनि उस्ले देख्ने गरेर हात हल्लाएँ । त्यसपछी शहरको ठुलाठुला घर र नागबेली नदिझैँ बाटोले छेकिदै राज अदृश्य भयो । बस निरन्तर भिड छिचोलेर हरन बजाउँदै बेगमा दौडिरहेको थियो, पँ...प, पँ...प । 

दिनभरिको उखुम गर्मी, गाडीको एकोहोरो घुँ.. गर्ने आवाज, जतिबेला पनि खटखट गरेर कराउने थोत्रे सिटमा बसेर कस्टकर यात्रा गर्नुको पिडा जिउ पुरै कर-कर खाएको थियो । यात्रामा फिट्टिक्कै निन्द्रा परेन

। काठमान्डौ छोडेर थान्कोट नाघेर हिँडेको गाडी हेटौँडा पछी आउने घनघोर जंगल आउँदा पनि आँखा झिमिक्क नगरि बित्यो । बाटभरी राजसँग हाँसेको, बोलेको र उसँग बिताएको हरेकपलको यादले सताइ रहयो । यात्रा अवधिभर बेलाबेला राज कल र मेसेज गरिरहन्थ्यो । धन्न मलाई उस्ले भनेको जस्तै बाटोभरी एक्लो महसुसगर्न भने दिएन । के खायौ ? जेपायो त्यही नखाउ है पेट दुख्छ । कहाँ पुग्यौ ? जिउ दुखेको होला है ? घरमा पुग्ने बित्तिकै आराम गर्नु है । आदी केके भनेर कल गरिरहन्थ्यो । यसरी नै लगतार घन्टौँसम्म् राजसँग कुरा गर्दागर्दै दिनको ३, बजेतिर सर्लाही जिल्लाको हरिवन चौकमा गाडी पुगेर रोकियो । म आफ्नो झोला लिएर बाहिर आएँ । बुवा र भाई मलाई लिनआएका रहेछन । त्यसपछी हामी तिनजना साइकलमा घरतर्फ लाग्यौँ । घर पुगेर बेलुकिको ४, बजेतिर राजलाइ मेसेज गरेँ । राज म आइपुगे है । उता राजपनि मैलेगर्दा मन र मस्तिस्क थकित भएको हुनुपर्छ वा कुनै काममा ब्यस्त भएरहोला उस्ले मेसेज हेरेको सिग्नल देखिएन । म पनि थकित भएर आएकोले गर्दा बेडमा पल्टिएर राजको मेसेजको प्रतिक्षा गर्दैथिएँ कतीबेला झपक्क् निदाएछु ।

थकित भएर घरमा पुगेर निदाएको म एकैचोटी ७, बजेतिर मात्रै बिउँझिएँ । त्योपनी अम्मिले आश्मा खाना नहिखबो ? उठल खाना खाइबो तो सुतल । भनेर बोलाउनुहुँदा मात्रै झसँग भएर बिउँझीएँ । बाहिर अरुसँग बोल्दा नेपाली भाषामा बोलेपनी हामीहरु घरमा भने भोजपुरिमै बोल्छौ । आमाले फेरी दोर्याउँदै हाम्रै भाषामा बोलाउदै हुनुहुन्थ्यो । थोडा खाना खैबो बेटी तो सुतल । ना आम्मी ! हम खाना नही खबो । हम बहुत थकाईछी खाना नहिखैबो । मैले भोजपुरिमै जवाफ फर्काएँ । ए बेट्वाका अब्बु ! बेटी खाना नही खबो कहल्छि ओकर थोडा सम्झावो । त्यसपछी आम्मिको कुरा सुनेर मन लागि नलागी उठेर थोरै खाना खाएर फेरी रुमतर्फ आएँ ।

बेडमा पल्टिएर राजको मेसेज आयोकी भनेरे हेरेँ । नभन्दै इन्बक्सभरी मेसेज आएर बसेको रहेछ । आश्मा पुग्यौ ? बाटोमा केही गाह्रो त भएननी ? अनी राती मिल्यो भने कल गर है, नत्र मेसेज भएपनी गर हस ? धेरै याद आएकोछ तिम्रो जान । I miss you lot and love you much my beloved. उस्को मेसेज देख्ने बित्तिकै मन फुरुङ्ग भयो । एकाएक दिनभरिको थकान पनि मेटिएको जस्तो भयो । सरिरमा एकप्रकारको उर्जा भरिएर आयो । मन हलुका भयो । त्यसपछी मैले पनि मेसेजको जवाफ फर्काउँदै लेखेँ ।   

I love you & miss you much my heart. राज हेरन, तिमीबिना यहाँ फिट्टिक्कै मन लागेको छैन । मलाई थाहाछ यो बिदाभरी मात्रै हो त्यसपछी त फेरी हामी भेट हुनेछौँ । तरपनी किनकिन तिमी नभएको जस्तो शुन्य लागेको छ । अधुरो अपुरो महसुस भएको छ आफुलाई । बाटोभरी तिमीले कल र मेसेज गरेपनी तिमी छैनौ झैँ लागिरहयो । मैले बुझिसके राज ! तिमीसँग छुटिएर आएपछी मैले महसुस गरेकी म तिमीबिना बस्न नसक्ने रहेछु । साँच्चिकै भनुम भने म तिमीबिना अपुरो रहेछु । मैले आफुलाई अब तिमी भित्र मात्रै पाउने रहेछु । तिमीबिनाको अस्तित्व मेरो लागि अर्थहिन रहेछन । राज प्लिज बरु मलाई आएर कतै भगाएर लैजाउन । म त्यो कसैले नदेख्ने अनन्त क्षितिजमा तिमीसँग मात्रै रमाउन चाहन्छु । सिर्फ तिम्रो मात्रै भएर रहन चाहन्छु म । मेसेज लेखिसकेर सेन्ड गरेँ । राज अनलाइनमै रहेछ । मेरो मेसेज उता पुग्ने बित्तिकै सिन गरेको हरियो सिग्नल देखायो लगत्तै उस्को मेसेज पनि आयो ।

आश्मा तिमी ?

उम म ! तर किन यसरी अचम्म खाएको तिमीले ? मानौँकि म तिम्रो लागि नयाँँ नाम हो ।

त्यस्तो हैन के काली ।

अनी कस्तो त ?

तिमी अझै सुतेकी छैनौ भन्न खोजेको के ।

ए ए ।

अँ भन के गर्दैछौ ?

बसिरहेकी छु बेडमा ।

खाना खायौ ?

उम खाएँ । अनी तिमीले ?

उम मैले पनि खाएँ ।

अनी तिमी भोली कतिबेला हिँड्छौ ?

भोली नहुनेभयो । पर्सी बिहान मात्रै हिँड्छु ।

अनी तिमीले त भोली बिहानको टिकट छ भनेको हैन ?

हो तर यहाँ अलिकती काम पर्‍यो त्यसैले ।

के काम पर्‍यो त्यस्तो तिमीलाई ? तिम्रो कामको मान्छे त म यता छु । कि अरुनै केहीछ त्यस्तो ? कतै म नहुँदाको फाईदा उठाएको होइनौ नि ?

ह्य त्यस्तो हैन के लाटी ! कती धेरै संका गर्छौ है मलाई ? के ममाथी विश्वाश छैन हो तिमीलाई ?

छ त्योत । तर पनि डर लाग्छ राज । ह्यान्ड्सम छौ, ज्ञानी छौ, बुझकी छौ, समजदार छौ । कतै अरुले नै ढोक्सा थापे भनेत फेरी मस्किदै जान्छौ कि भन्ने डर लाग्छनी राजा । मैले निक्कै लामै कुरालाई तन्काएँ । जान ह्या त्यस्तो हुन्न आफ्नो मान्छेमा विश्वाश गर्न सक्नुपर्छ भनेर सम्झाउन थाल्यो । म उस्को कुरा सुनिरहेको थिएँ । ऊ जती बोल्थ्यो मलाई उती मिठो लाग्थ्यो । ऊ बोलिरहोस, म रातभर उस्को आवाज सुनेर निदाइरहुँ झै लाग्थ्यो । म आजभोलि पनि सम्झन्छु कहिलेकाही कस्तो बेला होला त्यो ? कस्तो उमेर होला त्यो । जुन उमेरमा आफुले मन पराएको मान्छेले जे बोलेपनी मिठो लाग्ने । प्रेमानुभुती हुने । घन्टौं बोलेर वा सुनेर पनि नथाकिने । साँच्चिकै त्यो उमेर एकपल्ट गएपछी कहिले फर्किएर आउँदैन । उमेर मात्रै हैन समय पनि फर्किएर आउँदैन ।

थकित भएर घरमा पुगेर निदाएको म एकैचोटी ७, बजेतिर मात्रै बिउँझिएँ । त्योपनी अम्मिले आश्मा खाना नहिखबो ? उठल खाना खाइबो तो सुतल । भनेर बोलाउनुहुँदा मात्रै झसँग भएर बिउँझीएँ । बाहिर अरुसँग बोल्दा नेपाली भाषामा बोलेपनी हामीहरु घरमा भने भोजपुरिमै बोल्छौ । आमाले फेरी दोर्याउँदै हाम्रै भाषामा बोलाउदै हुनुहुन्थ्यो । थोडा खाना खैबो बेटी तो सुतल । ना आम्मी ! हम खाना नही खबो । हम बहुत थकाईछी खाना नहिखैबो । मैले भोजपुरिमै जवाफ फर्काएँ । ए बेट्वाका अब्बु ! बेटी खाना नही खबो कहल्छि ओकर थोडा सम्झावो । त्यसपछी आम्मिको कुरा सुनेर मन लागि नलागी उठेर थोरै खाना खाएर फेरी रुमतर्फ आएँ ।

बेडमा पल्टिएर राजको मेसेज आयोकी भनेरे हेरेँ । नभन्दै इन्बक्सभरी मेसेज आएर बसेको रहेछ । आश्मा पुग्यौ ? बाटोमा केही गाह्रो त भएननी ? अनी राती मिल्यो भने कल गर है, नत्र मेसेज भएपनी गर हस ? धेरै याद आएकोछ तिम्रो जान । I miss you lot and love you much my beloved. उस्को मेसेज देख्ने बित्तिकै मन फुरुङ्ग भयो । एकाएक दिनभरिको थकान पनि मेटिएको जस्तो भयो । सरिरमा एकप्रकारको उर्जा भरिएर आयो । मन हलुका भयो । त्यसपछी मैले पनि मेसेजको जवाफ फर्काउँदै लेखेँ ।   

I love you & miss you much my heart. राज हेरन, तिमीबिना यहाँ फिट्टिक्कै मन लागेको छैन । मलाई थाहाछ यो बिदाभरी मात्रै हो त्यसपछी त फेरी हामी भेट हुनेछौँ । तरपनी किनकिन तिमी नभएको जस्तो शुन्य लागेको छ । अधुरो अपुरो महसुस भएको छ आफुलाई । बाटोभरी तिमीले कल र मेसेज गरेपनी तिमी छैनौ झैँ लागिरहयो । मैले बुझिसके राज ! तिमीसँग छुटिएर आएपछी मैले महसुस गरेकी म तिमीबिना बस्न नसक्ने रहेछु । साँच्चिकै भनुम भने म तिमीबिना अपुरो रहेछु । मैले आफुलाई अब तिमी भित्र मात्रै पाउने रहेछु । तिमीबिनाको अस्तित्व मेरो लागि अर्थहिन रहेछन । राज प्लिज बरु मलाई आएर कतै भगाएर लैजाउन । म त्यो कसैले नदेख्ने अनन्त क्षितिजमा तिमीसँग मात्रै रमाउन चाहन्छु । सिर्फ तिम्रो मात्रै भएर रहन चाहन्छु म । मेसेज लेखिसकेर सेन्ड गरेँ । राज अनलाइनमै रहेछ । मेरो मेसेज उता पुग्ने बित्तिकै सिन गरेको हरियो सिग्नल देखायो लगत्तै उस्को मेसेज पनि आयो ।

आश्मा तिमी ?

उम म ! तर किन यसरी अचम्म खाएको तिमीले ? मानौँकि म तिम्रो लागि नयाँँ नाम हो ।

त्यस्तो हैन के काली ।

अनी कस्तो त ?

तिमी अझै सुतेकी छैनौ भन्न खोजेको के ।

ए ए ।

अँ भन के गर्दैछौ ?

बसिरहेकी छु बेडमा ।

खाना खायौ ?

उम खाएँ । अनी तिमीले ?

उम मैले पनि खाएँ ।

अनी तिमी भोली कतिबेला हिँड्छौ ?

भोली नहुनेभयो । पर्सी बिहान मात्रै हिँड्छु ।

अनी तिमीले त भोली बिहानको टिकट छ भनेको हैन ?

हो तर यहाँ अलिकती काम पर्‍यो त्यसैले ।

के काम पर्‍यो त्यस्तो तिमीलाई ? तिम्रो कामको मान्छे त म यता छु । कि अरुनै केहीछ त्यस्तो ? कतै म नहुँदाको फाईदा उठाएको होइनौ नि ?

ह्य त्यस्तो हैन के लाटी ! कती धेरै संका गर्छौ है मलाई ? के ममाथी विश्वाश छैन हो तिमीलाई ?

छ त्योत । तर पनि डर लाग्छ राज । ह्यान्ड्सम छौ, ज्ञानी छौ, बुझकी छौ, समजदार छौ । कतै अरुले नै ढोक्सा थापे भनेत फेरी मस्किदै जान्छौ कि भन्ने डर लाग्छनी राजा । मैले निक्कै लामै कुरालाई तन्काएँ ।

जान ह्या त्यस्तो हुन्न आफ्नो मान्छेमा विश्वाश गर्न सक्नुपर्छ भनेर सम्झाउन थाल्यो । म उस्को कुरा सुनिरहेको थिएँ । ऊ जती बोल्थ्यो मलाई उती मिठो लाग्थ्यो । ऊ बोलिरहोस, म रातभर उस्को आवाज सुनेर निदाइरहुँ झै लाग्थ्यो । म आजभोलि पनि सम्झन्छु कहिलेकाही कस्तो बेला होला त्यो ? कस्तो उमेर होला त्यो । जुन उमेरमा आफुले मन पराएको मान्छेले जे बोलेपनी मिठो लाग्ने । प्रेमानुभुती हुने । घन्टौं बोलेर वा सुनेर पनि नथाकिने । साँच्चिकै त्यो उमेर एकपल्ट गएपछी कहिले फर्किएर आउँदैन । उमेर मात्रै हैन समय पनि फर्किएर आउँदैन । कती मिठोपल थियो त्यो जो सपना जस्तै लाग्छ आजपनी ।

आश्मा कल गरौँ ?

हुम ? हुन्न आम्मी हुनुहुन्छ ।

आम्मी भएर केभयो त ? बिस्तारै बोले हुन्न ?

त्यस्तो हैन के राज सँगै सुतेकाछौँ ।

प्लिज आश्मा तिमीलाई हेर्न मन लागेको छ ।

हेर्न त मलाई पनि मन लागेको छ प्रभु, तर कसरी ? भोली नि हस ?

ह्या हुन्न भोली त, आज भोक लागेको छ भोली खाएर हुन्छ तिमीलाई ? हो त्यस्तै हो, अहिले हेर्न मन लागेकोछ भोली भनेर हुन्छ ?

ओके उसोभए म्युट गरेर कल गर अनी हेराहेर मात्रै गर्ने हैत ?

हस हुन्छ ।

राजले कल गर्‍यो । मैले कल रिसिभ गरेर साउन्ड अफ गर्दै आम्मी सुतेकोतर्फ मोबाइल फर्काएँ । त्यसपछी राज ईशाराले बोल्न थाल्यो । मैले पनि ईशाराले नै जवाफ फर्काएँ । आफ्नो हात छातीमा राखेर ऊ मलाई अंकमाल गरेको ईशारा गर्थ्यो । म पनि आफ्नो हात छातीमा टाँसेर अंकमाल गरेर आभाष दिलाउँथेँ । ऊ मेरो निधार, आँखा, गाला, ओँठ हुँदै सरिरको सबै अँग-अँग चुम्न पुग्थ्यो । त्यसरी उस्ले चुम्दा मेरो सरिरमा बिजुलिको झट्का झैँ महसुस हुन्थ्यो । म हराउँथेँ कतै ऊभित्र । काल्पानिक स्पर्सले म पानी-पानी भएर शिथिल हुन्थेँ । श्वास बढेर स्वाँ-स्वाँ लामा-लामा हुन्थे । हातखुट्टामा आएको कम्पनले मेरा ओँठहरु पनि थररर काँपेका जस्ता हुन्थेँ । अनुहारको भावमा रंगको परिवर्तन आउँथ्यो । तैपनी म आफुलाई काबुमा राखेर उस्ले जस्तै चुम्बनको बर्षाहरु पठाउँथे । त्यो रातभर भिडियो कलमा कयौँपटक आफ्नै मोबाइलको स्क्रिन चुमेर पटक-पटक चरमौत्कर्समा पुगेका थियौँ । राजसँगै हुँदा अनुभुती गर्न नपाएको टाढाहुँदा सँगै भएको झैँ एकअर्कालाई स्पर्स गरिरहेका थियौँ । जीबनमा पहिलोपटक सारिरिक आर्गजमको अनुभुती गर्दैथिएँ म । यतिकैमा आम्मी खोक्नु भयो । मैले आत्तिएर हतार-हतार कल काटिदिएर लामो श्वास तानेर आफुलाई सहज बनाउने प्रयत्न गरेँ ।

केभो ? किन काटेको एक्कासी ?

आम्मी बिउँझनु भयो ।

हे भगवान सासुमालाई पनि यतिनैबेला बिउझनु पर्ने ? उफ सुत्नु भनन । यती भन्दै राजले हाँसेको इमोजी पठायो । मैले पनि हाँस्दै लजाएको इमोजी पठाएर आफ्नो भाव प्रस्तुत गरेँ । त्योदिन झन्डै आधारात हामीले मिठा-मिठा सपना देखेर बितायौँ । त्यसपछी राज सुतौँ है भनेर बिदा मागे । राजले हस हुन्छ सुत दिनभरिको यात्राले थाकेको हौला भनेर दुबैजनाले बाइ गूड् नाइट भनेर छुटियौँ ।

हामीहरु मुस्लिम भएपनी हामी बसेको समाज सबै जातजाती मिसिएर बनेको समाज थियो । मुस्लिम, हिन्दू, बौद्ध सबै धर्मका थियौँ । राती अबेरसम्म बसेकोले गर्दा बिहान अलिक ढिलो गरिकिन उठेँ । बिहान उठ्दा बाहिर मानिसहरुको होहल्ला तिब्र बनेको थियो । त्यस्तै गरेर घर पछाडिको आँप, र लिचिको बोटमा चराहरु चिरबिर चिरबिर गर्दै कराउँदै थिए । गाउँको सानो चौक जस्तो भएकोले चियापसल मा चिया पिउने र गफिनेको भिढ बढीसकेको थियो । यता हिन्दूहरुको दसैंँ घरभित्रै भित्रीसकेको थियो । त्यसैले पनि चौकमा निक्कै चहलपहल थियो ।

म पनि थाकेको आलस्य शरीर तन्काउँदै झ्यालको पर्दा हटाउँदै बाहिरतिर हेरेँ । सुर्य छिप्पिएर निक्कै माथि आइसकेको रहेछ । बाहिरबाट छिरेको सुर्यको किरण मेरो ओछ्यानसम्म आएर स्पर्स गरेको थियो । फर्किएर ओछ्यान हेरेँ, केही अनौठो अनुभुती भयो । रातभर राजसँगको संबाद मस्तिस्क भरी आयो । पुन: लाजले निलोकालो भुतुक्क बनेँ । आफु पानीपानी भएर स्खलित भएको ओछ्यानले मलाई गिज्याइरहेको जस्तो अनुभुती भएको थियो जो राजको नाममा म पहिलोपटक समर्पित भएको थिएँ । त्योपनि भिडियो कलको माध्यमबाट । सोँचे कस्तो अचम्म होला ? कतै मैले त्यो सबै हर्कतहरु गलत त गरिन ? फेरी अर्को मनले सोँचे त्यस्तो हैन किनकी म राजलाइ हृदयदेखी माया गर्छु । उस्को खुशी नै मेरो खुशी हो । यस्तो सोँच्दै उठेर आफुलाई ऐना अगाडी लगेर उभ्याएँ । फेरी एकपल्ट आफ्नै रातभरको हर्कत सम्झेर लाजले भुतुक्क भएँ । त्यपछी आ... छि ! भनेर आफैलाइ फट्कारेर नुहाउन तर्फ लागेँ ।

अर्कोदिनको भोलिपल्ट बेलुकी भान्षा कोठामा म खाना बनाउँदै थिएँ । अर्को कोठाको टेबलमा राखेको मोबाइलमा रिंग लगातार बजिरहयो । आश्मा ! तेरो मोबाइल बजेको बजेकै छ, कस्को कल आको हँ ? आम्मिले यतिभन्दै मोबाइल मलाई ल्याएर दिनुभयो । हेरेँ, राजको रहेछ । हेलो राज ! अँ भन ।

हैन तिमी कता छौ के ? यत्रोबेरदेखी कल गरिरहेको छु । किन न उठाएकी ? राज केही रिसाउँदै बोल्यो ।

अरे बाबा ! म खाना बनाउँदै थिएँ । त्यसैले थाहा पाईन सरि नि त । मैले उस्को रिसलाई शान्तापार्न खोज्दै मलिनो स्वरमा बोलेँ ।

अँ सुन, म हिँड्न लागेको है । गाडीमा चढिसकेको छु । भोली उता पुगेर मात्रै कल गर्छु है नत्र चार्ज सकिन्छ फेरी ।

कसरी भोली बेलुकी नि ? तिमीले त भोली बिहानको भनेको हैन ?

हो ! तर यता भाउजुलाई किनमेल गर्न सघाउनु थियो । वहाँँहरु पनि घर फर्किनुहुने त्यसैले गाडी फेर्नु पर्‍यो । राजले स्पष्टिकरण दिँदै बोल्यो ।

हे भगवान ! उसोभए २४, घण्टा म कसरी बस्न सक्छु त तिमीसँग नबोली ?

राती बेलाबेला म मेसेज गर्दै गर्छुनी ।

हस ! शुभयात्रा राज ।

Thank you काली ।

ल अहिले कल राखेँ है ? बाइ जान ।

हस बाइ मेरो मुटु । राम्रोसँग आउनु है । यतिभनेर दुबैले कल राख्यौँ । म पुन: भान्षामै ब्यस्त रहन थालेँ ।

अर्कोदिनको भोलिपल्ट बेलुकी खाना खाएर बेडमा बसेर मोबाइल खोलेर राजको पुरानो मेसेजहरु पड्दै थिएँ । हेरेँ, उस्ले मलाई प्रेम प्रस्ताव राखेदेखिको हिजो सम्मका मेसेजहरु पड्दै गएँ । कती मिठो, कती मायालु । जती पढेपनी अघाइन । हजारौँ पटक पढिरहुँ जस्तो । उस्को मेसेजको प्रत्येक शब्दहरुमा आफुलाई हराइ रहेको पाउँछु । उस्को हरेक भनाइमा म आफुलाई पूर्ण भएको भेटउँछु । सर्बस्व रुपमा आफुलाई राजभित्र सुम्पिएर रित्तोहुन मनलागेर आउँछ । मन खै कहाँ भरिदैन, भरिँदैन । च्याप्प समातेर उसैलाई कप्लक निलिदिउँ जस्तो हुन्छ । सोँच्छु, आखिर माया, प्रेममा शब्दहरु, भनाइहरु किन यती सक्तिशाली हुन्छन ? किन यतिधेरै भावयुक्त प्रेमिल हुन्छन ? जस्को अनुभुती र महसुसले छुँदा मात्रै पनि मन तरंगित हुन्छ । आफुलाई हावामा तैरिरहेको आभाष हुन्छ । आफुलाई आँफैमा काबुमा राख्न हम्मे पर्छ ।

रातिको करिब ९, बजेको हुँदो हो । हाइ आश्मा ! दिनभरी नआएको उस्को मेसेज राती अचानक आएको थियो । मैले पनि जवाफ फर्काउँदै हाइ राज ! तिमी कता हो के यत्रो घण्टा ? यस्तै चाल होभने त तिमीले मलाई जिउँदै मार्छौ राज । थाहाछ तिमीलाई ? दिनभरी मलाई कती छट्पटी भएको थियो तिम्रो कल र मेसेज न आउँदा । अनी तिम्रो मोबाइल चै के गरेर राख्छौ के ? मैले दिक्दारी पोख्दै बोलेँ । राजले पनि तुरुन्तै जवाफ फर्काइ हाल्यो । त्यस्तो हैन । फिलिम हेर्दै आएको बाटोमा चार्ज नै सकिएछ । सरि !

ल,ल भो । सरि मागिराख्नु पर्दैन । अनी भन तिमी कहाँ पुग्यौ ?

उम पुगेँ ।

ए साँच्ची तिम्रो मामा घर चै कहाँँ हो रे !?

ल मैले पहिले नै भनेको हैन ? तिम्रै जिल्ला होनी ।

त्योत थाहा छ तर कुन ठाउँँ भनेको के ?

हरिवन ।

केरे केरे ? हरिवन रे ?

अँ के हरिवन ।

हैन के भन्छौ तिमी ? हरिवन कहाँनेर ?

चौक मै हो के । किन तिम्रो पनि त्यही होकी केहो ?

उम भनन कुन घर हो ? म सब जान्दछु त ।

मैले उत्सुक्ता हुँदै सोधेँ । किनकी हामी दुई यतिका महिना देखी सम्बन्धमा रहेर पनि उस्को मामा घर कहाँ हो भनेर सोधासोध गरेका थिएनौ । बस मेरो घर सर्लाही र उस्को मावली पनि सर्लाही नै भन्ने बाहेक अरु थाहा थिएन वा सोध्ने आवश्यकता नै ठानेका थिएनौ हामीले । यतिकैमा राजले फेरी अर्को मेसेज पठायो ।

कल गरौँ ?

नाइ पर्ख म बाहिर जान्छु अनी आफै गर्छु ।

यतिभनेर म रुमबाट बाहिर बार्दलिमा निस्किएँ । कलिलो रातलाई उज्यालो बनाउन दसैंँ आउनै लाग्दको टहटह जूनले मधुरो प्रकाश छरेर रहर लाग्दो उज्यालो छरेको रहेछ । उस्तैमा मन्द हावाको सिर्सिरेमा बाहिरको मौसम रहर लाग्दो सितल भएको थियो  । त्यसपछी बार्दलिको माथि देखिएको जूनलाई हेर्दै राजलाइ कल लगाएँ । घन्टी लगतार गयो तर उठेन । फेरी गरे फेरी पनि उठेन । त्यसपछी रिसले झोक्किदै मेसेज गरेँ । हैन तिमी कहाँँ गएको के ? कल गर्ने भनेर म झन बाहिर बार्दलिमा आएकोछु । तिमी चै कता हो फेरी एकैछिनमा ? मैले पठाएको मेसेज उताबाट पनि हेरेको सिग्नल देखिएन ।

रिसले आगो बनेर फेरी भित्र जानै लागेको थिएँ । मोबाइलको घन्टी बज्यो । कल राजको थियो । त्यसपछी कल रिसिभ गर्दै बोलेँ ।

हेलो ! त्यत्रो कल गर्दा तिमी कता हँ फेरी ?

म बाथरुम गएको थिएँ के । कस्तो अलिकती पनि ढिलोहुन नहुने महारानी साहेबालाई । राज हाँस्यो ।

म भने बाहिर बार्दलिमा आएर बोल्न खोज्दैछु । तिमीभने एकैछिनमा हराउने । अनी तनाब हुन्नत ?

मैले यती भन्दाभन्दै मेरो आवाज र राजको आवाज इको हुँदै आयो । जतिजती हामी दुबैजना बोल्छौ उतिउती दुबैको आवाज ठोक्किएर आउन थाल्यो । हैन तिमी कहाँ बसेर बोल्दैछौ के ? तिम्रो र मेरो आवाज मलाई नै फर्किएर आउँदैछ त ?

अँ मलाई पनि तिम्रो आवाज त्यस्तै सुनिदैछ । अँ मलाई पनि तिम्रो आवाज त्यस्तै सुनिदैछ ।

राज र म बोल्दाबोल्दै हामी दुबैको आवाज नजिकै सुनिदैथियो । हामी दुबैको आवाजले यस्तो लाग्थ्योकी हामी दुबै एकदमै सामुन्ने छौँ । ऊ मेरो यतैकतै वरिपरी नजिकै छ जस्तो लागेको थियो । फोनमा सुनिएको आवाज र बाहिरी अर्को आवाज छेवैमा मिसिदै थियो । यतिकैमा मेरो आँखा झुलुक्क पल्लो घरको छतको भर्र्याङ्गको ढोकाबाट हाम्रो घरको बार्दली तर्फ अगाडि बढीरहेको देखेँ । राती भएकोले जूनको प्रकाशमा त्यो मेरो नजिकै बढेको आकृतिलाई राम्रोसँग ठम्याउन सकिरहेको थिईन । तर जब मेरो घरको बार्दलीको छेउवैमा आएर छतको पर्खालमा अडेसा लागेर त्यो आकृति बोल्न थाल्यो । त्यो अँध्यारो छायालाई मैले पत्याउन पनि सकिरहेकी थिईन । त्यो छाया त्यही थियो जो राज थियो । म एकछिनको लागि त मुर्ती जस्तै बनेँ । पत्याउनै सकिरहेकी थिईन । जसरी मैले राजतर्फ हेरेँ उसैगरी राजले पनि मतिर फर्किएर छक्क पर्दै बोल्यो ।

अरे ! आश्मा तिमी यहाँ ? मेरो मत्लब तिम्रो घर यहाँँ ?

ओ माइ गड ! उम म यहाँ । तर राज तिमी यहाँ कसरी ?

मेरो मामाको घर यही त होनी ।

बाफरे ! यो कुरा हामीले पहिलै किन सेयर गरेनौँ ? हेर, पहिलेनै यो कुरा थाहा भएकोभए सँगै आउनुहुन्थ्यो नि है ? मैले उत्सुक्ता हुँदै कुरा थपेँ । त्यसपछी हामी वल्लो घर र पल्लो घरको बार्दली र छतमा बसेर निदाउँदै गएको त्यो सुन्सान रातमा जूनलाई साथी राखेर घन्टौँसम्म मिठा-मिठा प्रेमिल कुरा गर्दै बितायौँ । जब बिहानको चहलपहल सुरु हुनलाग्यो तब बल्ल हामी दुबै छुटिएर आ-आफ्नो रुमतर्फ सुत्न गयौँ ।      

त्यसपछिका दिनहरु भनेको प्रतेक रात जब घरका सबै सुतिसकेका हुन्थे तब हामी दुबैजना एउटा छतको पर्खाल र अर्को बार्दलिको कुनामा आएर रातभर कुरा गरेर बस्थ्यौँ । थाहाछैन त्यस्तो रात नै छर्लङ्ग उज्यालो हुनेगरेर के गफ गर्थ्यौँ हामी । जती बोल्यो उती मिठो लाग्थ्यो । बोलिरहुँ झैं हुन्थ्यो । बोल्दाबोल्दै उज्यालो कहिलै नहोस जस्तो लाग्थ्यो । कुरैकुरामा हामी बहकिन्थ्यौँ । घरि रुन्थ्यौँ । घरि हाँस्थ्यौँ । घरि कुरा गर्दागर्दै झगडा पनि गर्थ्यौँ । तर त्यसरी झगडा गर्दा भने राजभन्दा म धेरै रिसाउँथे । खुब घुर्काएर सताउँथे उस्लाई । त्यसरी सताएर घुर्काउँदा मलाई उस्को हुनुको अनुभुती हुन्थ्यो । शायद मैले धेरै घुर्काएकोबेला उस्लाई मन दुख्थ्यो कि कुन्नी ? ख्याल खालैमा एकदिन उस्ले मलाई जिस्काउँदै भनेको थियो । मेरो कमजोरी भनेको तिमी हौ अनि तिम्रो माया । यसैको फाइदा उठाएर मेरो सासै फेर्न गाह्रो हुनेगरेर यती सताएको छौनी एकदिन यसरी हराइदिन्छु त्यसपछि तिमिले खोज्दा पनि भेट्दैनौ, तर ठीक उल्टो भएकोछ आजभोलि । मबाट ऊ हैन उबाट मेरो मन दुखेर हराएको आजसम्म फर्किन सकिन । तर जस्तोसुकै होस् साँच्चै नै ति पलहरु आज पनि उतिकै मिठा लाग्छन जती त्यतिबेला लाग्थे । ति यादहरु आजसम्म मेटिन सकेका छैनन । म कहिलेकाही सोँच्थेँ । यो दुनियाँँमा सायदै यतिको प्रेमिल संसार कसैले देखेको छैनन । हामीले गरेको जस्तो माया आजसम्म कसैले गर्न सकेका छैननहोला । साँच्चै जीबनका भोगाइ, कथा काहानी भुल्न निकै गाह्रो हुन्छ । किताबको पाना सम्झिन गाह्रो, अनी जिन्दगीको पाना बिर्सन गाह्रो, यस्तै रहेछ जिन्दगी भनेको ।

बिस्तारै चिसिदै गरेको मौसम झन रात छिपिदै जाँदा झन चिसो हुन्थ्यो । त्यसरी हरेक रात त्यही छत र बार्दली गर्दै बिताउँदा कहिलेकाही अत्यधिक चिसो महसुस हुन्थ्यो । दुबैले चिसोको अनुभुती गर्दा वारी र पारी गरेर आ-आफ्नै अंगालोलाई अंकमाल गरेर आपसमा न्यानोपनको महसुस दिलाउँथ्यौँ । दुबै एकअर्काको छातीमा टासिएको जस्तै अनुभुती गर्थ्यौँ । कहिलेकाही भने ऊ मेरो बार्दलितिर हात लम्काएर मतिर बढाउथ्यो र मपनी उतिर बढाउँथे । अनी फेरी दुबैको हात लम्काएरै स्पर्स गर्थ्यौँ दुबैलाइ र अलौकिक सन्सारमा लिन हुन्थ्यौँ ।

यसरी नै हामीले कलेज बिदाको सुन्दर पलहरु ब्यतित गर्यौँ । दसैंँ तिहारको त्यो बिदा अवधिभर बिर्सन नसक्ने जीबन बाँच्यौ । प्रेमलाई नजिकबाट अनुभुती गर्न पायौँ । यतिकैमा बिदा पनि सकियो । हामी फेरी काठमान्डौ फर्कने भयौँ । तर तिहार सकिएर म काठमान्डौ फर्किएँ भने राज उस्को गाउँ पहाड पुगेर फर्किनेभयो ।

काठमान्डौ फर्किएर कलेज सुरुभएको पनि दुइहप्ता बितिसक्यो । तर राज गाउँबाट फर्किएर आएन । पटक-पटक मेसेज र कल गरेँ तर नत, कल लाग्थ्यो नत मेसेजको रेस्पोन्स नै । मन बिस्तारै आतिदै थियो । यो मन पनि कतिछिटो दौडिन्छ । कहिले कहाँ त कहिले कहाँ । जब ऊ लामो समयसम्म फर्किएर आएन म हतास हुन थालेको थिएँ । सोचेँ कतै राजलाइ केहीपो भयोकी ? फेरी अर्कोमनले सम्झाउँथेँ आफैलाइ । हैट त्यस्तो त केहीपनी हुन सक्दैन थु थु थु गरेर खराब सोँचाइलाई थुकेर टार्न खोज्थेँ । अनी अर्कोमनले भन्थ्यो कतै राजले अर्को बिहे त गरेन ? यस्तो अनेकथरी सोँच्दा पनि हातखुट्टा गलेर आउँथ्यो । आफै ढल्ला जस्तो महसुस हुन्थ्यो । हैट यस्तो पनि हैनहोला भनेर मनलाई बुझाउन खोज्थेँ । यता गर्दा पनि हैन उता गर्दा पनि हैन । जसोगर्दा पनि आफुलाई चित्त बुझाउने ठाउँँ कतै भेटउँदिन थिएँ । त्यसपछी हतास मनलाई बाँधेर राजलाइ मेसेज लेखेँ

प्रिय मान्छे !

अशिम मायाको कोशेली तिमीलाई ।

हामीले बिताएको त्यो रातलाई सोधेर त हेर ! ऊ कहिलेदेखी एक्लिएको हो भनेर ? आदिमकाल देखी एक्लिएको अँध्यारोले तिम्रो बियोगको प्रित बोकेर आजपनी पर्खिरहेछ । औँशिले पुर्णिमाको प्रतिक्षा गरेजस्तै ऊ केवल तिमी आउने क्षितिज नियालेर ।

हो राज ! तिमी गएको यतिकादिन बितिसक्यो । आखिर किन आउँदैनौ तिमी अहिलेसम्म । कलेजमा पनि कती पढाई छुटिसक्यो । नत तिम्रो फोन लाग्छ । नत मेरो मेसेजको कुनै जवाफ नै आउँछ । आखिर म कस्लाई गएर यो पिर पोखौँ ? कस्लाई भन्न जाउँ ? कस्लाई सुनाउँ ? तिम्रो अनुपस्थितिमा म भित्र बितेको पिडा कस्तोहोला ? के तिमी अलिकती पनि महसुस गर्न सक्दैनौ र ? राज प्लिज ! कि छिटो फर्किएर आइदेउ । कित कुनै एउटा मेसेज त गर ।

तिमीलाई एउटा कुरा भन्नुछ राज । तिम्रो अभावले सताएको एक्लोपनमा मनलाई भुलाउन हिजोराती बार्दलिमा गएर आकाशमा टहटह लागिरहेको जूनलाई हेर्न भनेर गएँ । तर त्यहाँ जून नभएर कालो औँशिको रातले आकाश घप्लक्क निलेको थियो । जुनदिन सर्लाहीको मेरो घरको बार्दली माथि झुल्किएको थियो । तर हिजो जूनको सट्टामा अँध्यारोले निलेको रात बाहेक केहीथिएन । धेरै टाढासम्म नियालेर हेरेँ । बरु आकाशमा लाखौं ताराहरु थिए, थिएनत केवल एउटै जून, सायद त्यसैले होला त्यो दिन धर्तिमा उज्यालो थिएन । तिमी नहुनु र औसिको रातमा जून नहुनु एउटै लाग्छ मलाई ।

बर्खा संग सावनको सम्बन्ध छुटिएर हिउँद लाग्दै गरेको मुसलधारे झरिले निथ्रुक्क भिजाउँदा तिम्रो याद दिलाउँछ नि राज ।

जसरी शिषिरले फूलहरुलाइ निमोठेर जान्छ, उसैगरी तिम्रो यादहरुले निमोठेर जान्छ, एकतमासले मुटुको कुन कुनामा तिमिले छुएको स्पर्सहरुले एक चट्कन हानिराखेर जान्छ, सोच्छु ती प्रेमिल सम्झनाको चट्कनहरु लाई सम्हालेर राखुँ, तर ब्यर्थ हुन्छु , किन थाहा छ ? तिमी छैनौनित यतिबेला सिवाय तिमी हुनुको अनुभुति बाहेक ।

मेरो पागलपन हो या तिमी प्रतिको आसक्ति थाहा छैन, तिमी हुनुको अनुभुतीमा तिमी हुनुको कल्पनामा स्पर्श गरेर आफुलाइ खुशी बनाउछु, त्यो प्रेम हो या आवेग थाहाछैन । राज तिमी हिजोसम्म को थियौ ? अनी के थियौ ? तर तिमी जो हौ तिम्रो प्रेम फक्रेको छ यतिबेला बषन्त जस्तै पोखिएर ।

मैदानबाट उडेको जहाज र रुखको हाँगाबाट उडेको चरा जस्तै उडिरहन्छ यो मन, कास मन उडे जस्तै भौतिक शरीर पनि उड्ने भए बार्दलिको जून टिपेर तिम्रो सामु हाजिर हुनेथिएँ ।

राज तिमी यतिकादिन संपर्कबिहिन हुँदा म यहाँ कसरी बाँचेकोछु या मरेतुल्य भएकोछु । शब्दमा बयान गर्ने मसँग अक्षरहरुको अभाव हुन्छन । भावनाहरु मुर्झाउँछन । बिस्वासहरु डगमगाउँछन र छिनभरमै फेद काटेको रुखजस्तै गर्ल्याम्म ढल्न पुग्छन । तर यस्तो भनेर तिमीप्रती अबिश्वास गरेकी हैन । किनकी मलाई थाहाछ । तिमीलाई मेरो हरेक कुरामा प्रेम छ । म बसेको घरको भित्ता, चुला-चौका, कुर्सि-टेबल, यहाँँसम्मकी म सुत्ने बेडसँग पनि तिमीलाई खुब प्रेम छ । र त, तिमिमाथी आजपनी उतिकै भरोसा र विश्वाश गरेकी छु । भरोसा जताएको छु । जीबन रहला नरहला तर साथ सँधै रहनेछ । आकाशमा देखिने बार्दली माथिको जून जस्तै राज ।

कहिलेकाहँ म रिसाउँदा तिमी भन्ने गर्थ्यौ । नदि-किनरामा उभिएर जब तिमी रिसाउँछौ, घुर्काउँछौ, घरि उत्साहित त घरि छिनभरमै निराशहुने तिम्रो त्यो कोमल मनले क्षितिज नियाली रहँदा तिमीसँगै कुममा कुम जुधाएर उभिँदा हावाले उडाएर सम्हाली नसक्नु भएको तिम्रो सारीको आँचलले मेरो अनुहारमा छुएर उडोस । म तिम्रो मायामा हराइ रहुँ कतै । जसरी कुहिरोमा काग हराउँछ । किनकी अरबौँ मान्छेहरुमा मैले छानेको तिमी एक मान्छे । तर आज तिमीले भनेका शब्दहरुले छुन हैन राज । यि आँखाहरुले तिमीलाई खोजेकाछन । तिमीनहुँदा मन आतिएको छ । कतै मेरो राजलाइ त्यस्तो अनिस्ट केही नहोस ।

तर तिम्रो कुनै कल मेसेज नपाउँदा मलाई किन यस्तो लाग्छ राज ? हिजोसम्म म तिम्रो हुँँ भन्ने मान्छे जब परपर गएको आभाष हुन्छ, तब मृत्‍यु नजिकै आएर बोलाएझैँ लाग्छ । सोँच्छु ! यो मृत्‍युको शहर कहाँहोला ? जहाँ मपनि लम्पसार परेर न उठ्नेगरी चिरनिदमा निदाउन पाएपनी हुन्थ्यो । त्यसपछी थाहाहुनेछ मेरो कुनै गुनासो हुन्थेन तिमीसँग । हो राज ! तिम्रो अनुपस्थितिले आजभोलि मलाई यस्तै अनुभुती गराउँछ ।

तिम्रो कुनै खोज-खबर नपाउँदा नत यो मन अडिएको छ । नत मर्न नै सकेको छु । मर्न पनि त त्यती सजिलै कहाँ काल आउँदो रहेछ र राज ? तिम्रो यादमा तड्पिएर बाँच्नलाई कती पनि मन छैन । हो राज ! निदाउनु अगाडि सिरानीले तिम्रो यादहरु सोध्छन । तर मसँग उत्तरहरु छैनन । किनकी बगिरहेको आँशुले तिमीले हक जमाएको हेर्ने मन गर्छन ।

हे भगवान राजको उपस्थिती बिना यदी बाँच्नुपर्छ भने कोही त आएर भनिदेउ ! मलाई यो अँध्यारो कालो पापी रात किन हरेक साँझ आएर रुवाएर जान्छन ? आखिर मेरो दोश केछ ? जहाँ यो रातसँग म हरेकदिन आँशु बगाउँ ? अनी मेरो दोश यही हैन ? राजलाइ मैले प्रेम गरेँ ? यदी प्रेम पाप हो भने सृस्‍टि किन बनायौ इश्वार ? जहाँ सृस्‍टिको उत्पती गर्यौ त्यहा मनुश्यको जन्म किन दियौ ? यदी सृस्‍टि र जीबनको जैबिक अधिकार दिन्छौ भने खुलेर प्रेम गर्ने हक पनि देउ । तर यसरी तड्पिएर प्रतिक्षा गरेर जिउनु नपरोस ।

यतिका दिनसम्म तिमी फर्किएर न आउँदा मनमा एउटा कुरा आउँछ राज । भोली तिमीसँगै हुन्छु हुँदिन थाहाछैन तर मलाई तिमीले त्यहाँ भेट्नेछौ जहाँ तिमीसँग हजारौँ मिठा पलहरु बिताएकोछु । त्यसैले तिम्रो आगमन अघी म रहिनभने मलाई मेरो शब्द र यादहरुमा खोज्नु है माया ।

यो ऐठन लाग्दो अत्यास हुने समयमा यो रातसँग पनि रिसाउँदै भन्न मन लाग्छ । ए रात ! आइदेउन मलाई तिम्रो अँध्यारो सँगै खप्लक्क खाएर रित्याइ देउन । समाप्त हुनुभन्दा धेरै पिडा भएको छ आफ्नो अस्तित्व जोगाउनु । यतिको पिडा र दुखाइ महसुस हुने त्यस्तो कुन बिष पिलायौ प्रेमको राज ? जो हरेक घडी घरिघरी चोइटिएर जिउन परेको छ । केवल तिम्रो नादानिमा रात लम्बिदो छ क्षितिज मा तिम्रो बाटो पर्खिएर ।

हुनत फर्किएर बाटो मोड्नलाई यात्रामा निस्किएको थिईन । तर गन्तब्य पनि पुग्न नपाई किन लर्खरिन्छ यो पर्खाइको पाइला ? किन डगमगाउँछ विश्वाश ? आखिर कुन त्यस्तो कम्जोर मुटुले बनेकोछ मेरो नाश्वर जहाँ म यती कम्जोर बनुँ । हुनत माया र विश्वाश भनेको पैसाको हिसाब हैन । जो लगेपछी ब्याज सहित चुक्ता होस । माया त हृदयले सृजना हुने अध्यात्मिक अन्तर-आत्माको आवाज हो ।

राज ! तिमी नहुँदाको यो शहर जस्तै कोलाहल छ जिन्दगी । भिडभाडामा हराए जस्तै बेहाल छ जिन्दगी । लाखौंँ ताराहरुको बिचमा जून हराएर सुन्सान आकाश भएजस्तै तिमी बिहिन छ जिन्दगी । अनगिन्ती सपनाहरुको बिचमा लंगडो बनेको रहर बोकेर जीउनु पनि विश्वाश टुट्दै गएपछी आफ्नै श्वास पनि घाँडो लाग्दोरहेछ । हो राज तिमी नहुँदा आजभोलि मलाई यस्तै लाग्न थालेको छ । हो साँच्चै राज ! क्षितिजमा देखिएको जूनलाई छुन र तिमीले दिएको मायालाई जोगाएर राख्नु दुबै मुस्किल भएको छ । त्योभन्दा सजिलो त बरु आत्माहत्या नै होला । कम्सेकम तिम्रो अभावमा तिम्रो मायाको यती पिडा त भोग्न पर्दैनथ्यो होला ।

राज ! यादहरु भनेका सम्झनाको टुक्राहरु हुन । मलाई किन यस्तो लाग्दैछ हरेकदिन चितामा जलिरहेको लाशसँगै जल्न मन छ । इश्वरसँगै यो नास्वर शरीरको आत्मा छोडेर माटोमा गल्न मन लाग्दैछ । यो दुनियाँँसँग टाढा जान मन छ । जहाँ कुनै हृदयमा संबेदना नहोस । मैदानबाट उडेको जहाज र रुखको हाँगाबाट उडेको चरा जस्तै उडिरहन्छ यो मन । काश: मन उडेजस्तै भौतिक शरीर पनि उड्नेभए बार्दलिको जून टिपेर तिम्रो सामु हाजिर हुनेथिएँ ।

दिनको आकाशमा उड्दै गरेको चरालाइ हेरेर टोलाउँदै गर्दा तिम्रो सामिप्यताले सताउँछ राज । जती घनिश्ट बड्दैजान्छ सम्बन्ध उती बड्दै जान्छन सपना । चुमेर अंग-प्रत्यंग उती बल्झन्छ झन बिपना । बस.. तिम्रो एक ईशारा काफी छ म पराजित हुन । उफ.. राज किन यती सताउछौ ? केहीत जवाफ देउ । तिमी ठिकठाक छौ या छैनौ । आतिएको मनलाई सितल बनाइदेउन राज । आखिर कहिलेसम्म यसरी तड्पाएर राख्ने मन छ भन त ?

अन्त्यमा, मलाई यसरी तड्पाएर बिछिप्त बनाएर नराख राज । बरु बिन्ती गर्छु, यतिका दिनको तिम्रो अनुपस्थिति र बेपत्तापनलाई माफ गर्न सक्छु । अब मसँग यो भन्दा धेरै सहन सक्ने क्षमता छैन । मेरो धैर्यताको बाँध भत्कँदैछ । म टुट्दैछु । मलाई र मेरो बेहाल इस्थितिलाई सम्हाल्न चाँडै आउनेछौ भन्ने आशा गरेको छु । तिम्रो उपस्थिती बाहेक अरुमलाई केही चाहिन्न । मात्र तिमी सकुसल आइदेउ ।

यती भन्दै बिदा हुन्छु । बाँकी मनमा गुम्सिएर बसेका अनगिन्ती सपनाहरु तिमी आएपछी सेयर गर्नेनै छु । हस त, बाइ राज ।

उही तिम्रो आश्मा ।

मेसेज लेखिसकेर सेन्ड गर्नु अगाडि एकपल्ट सर्सर्ती पढेँ । त्यसपछी मेसेज गरिपठाएँ । अनी आफुपनि बेडमा पल्टिएर सुत्ने तर्खरमा लागेँ ।

मिती- २३, फागुन २०६९


No comments: