गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, December 21, 2021

कथा- भाग- १७, एउटा प्रेम यस्तो पनि ।

 

२३, नोबेम्बर २०२१ को दिन हामीहरु राबिघ पुगेदेखी भोलिपल्ट २४, नोबेम्बर देखी सकिएको प्रोजेक्टको बाकिरहेको सबै सामनहरु निकाल्न मै ब्यस्त रहन थाल्यौ, प्रोजेक्ट सकिएर सामन थन्किएको निक्कै महिना भएकोले गर्दा बचेँखुछेको अलिअली सामनहरु पनि प्राय धुलो र बालुवाले हेर्न नहुने भैसकेको थियो, स्टिलहरु खियाले जङ्क लागेर कामै नलाग्ने अवस्थामा थिए भने पोर्टेबल अफिस भित्रको टेबलकुर्सी कम्प्युटर फोटोकपी मेसिन र अन्य स्टेसनरी सामनहरु हेर्नै नहुने भैसकेका थिए, तर प्रोजेक्ट सकिएपछी सबै सामन निकाल्नै पर्ने नियम भएकोले गर्दा हामी त्यहा पुगेकोथियौ, प्रोजेक्ट इन्चार्ज र म सेक्युरिटी अफिसमा मेटेरिल गेटपास बनाउन र कामदार हरुको टेम्पोरेरी एक्सेस बनाउदै कामलाई सहज बनाउदै धमाधम ठुला टेलर हरुमा लोड गर्दै रहिमा तर्फ पठाउन लाग्यौ, लान अलिक अफ्ठ्यारो हुने र काम नलाग्ने केही सामनहरु भने यान्बुको हाम्रो ब्रान्च यार्डमा स्टोर गर्न पठायौ, प्रोजेक्टहुँदा फेब्रिकेट गरिएको आस्थाइ यार्ड भात्काउनलाई राजु न्युरे र हरी माझी लाई जिम्मा दिएर बाँकी कामहरु अन्य कामदार हरुलाई लगाएर जतिसक्दो छिटो निस्कनुथ्यो हामीलाई त्यो ठाउँबाट, बरु सबैलाई पिउने कोककोला, पेप्सी र खाजाको बेबस्ता गरेर भएपनी काम अझ छिटो फत्ते गर्नुथियो, त्यसैले मैले प्रोजेक्ट इन्चार्ज लाई एक्स्ट्रा ओभरटाइम र बोनस दिलाएर भएपनी काम छिटो सकौ भनेर सल्लाह दिएर कामदारहरुलाई बेलुकी छ बजेको समय सम्म र शुक्रबार बिदाको दिनपनी काम लगाएर काम निक्कै तिब्रगतिमा गैरहेकोथियो, त्यसैले कामको दिनभरिको ब्यस्त चापले गर्दा भ्याइनभ्याइ थियो, यता मलाई पनि सास फेर्न सम्म फुर्सद थिएन, दिनभरी भएको सामनहरुको इन्भेन्टरी बनाउनु, हरेक गाडीको नाम नम्बर र ड्राइभरको इम्प्लोइ नम्बर लेख्दै सामनहरु लोडगरेर पठाउनु र गेटपास बनाउन दगुर्दा नै मेरो तोजोहरान भैसकेको थियो, यसरी ब्यस्त र लगातरको कामको थकाईले गर्दा मोबाइलमा फेसबुक, टुइटर तिर हेर्नेसम्म फुर्सद मिलेको थिएन, दिनभरी काम सकेर थकित भएर होटलको रुम फर्किदा केही हेर्नै जागर भएर आउँदैनथ्यो, त्यसैले बेलुकी रुम आयो, सरसफाइ सकेर खाना खायो र घरतिर सन्चोबिसन्चो सोधेर सुतिहाल्थे म, यसरी लगतारको दुइहप्ताको अथक प्रयास पछी ७, डिसेम्बर दिउसोको कारीब ३,बजे तिर बल्लतल्ल काम सक्यौ हामीले, बेलुकी होटलको रुम फर्किएर बेलुकी नै हिंड्ने भनेर सामी मोहम्मदले भनेपछी कामको थकानले एकदिन पनि रेस्ट गर्न नदीने भन्दै कामदारहरुले होहल्ला गरेपछी आठ डिसेम्बरको दिन आराम गरेर नौ डिसेम्बरको बिहानै रहिमा फर्किने कुरा भयो र हामी काम सकिएको दिन र भोलिपल्ट होटल्मै बस्यौ । 

काम सकिएको बेलुकी साँझ सबैजना सरसफाइ सकेर खाना खाएर राबिघ बजार घुम्न जाने भनेर त्यतातिर लागे, म भने पहिलै पनि त्यहा बसिसकेको हुनाले बजार घुम्न खासै चासो लागेन, बरु दुइहप्ता सम्म इन्टरनेटको सवारी नगरेको हुनाले मोबाइलमा डाटा खोलेर फेसबुक र टुइटर तिर टहल्न थाले, फेसबुकको केही नोटिफिकेसन हेरेर टुइटर तिर प्रबेश गरे, निकैदिन देखी टुइटर नछिरेको हुनाले कयौ नोटिफिकेसनहरु जम्मा भएर बसेको रहेछन, ति सबैलाई कमेन्ट र रिटुइट गर्दै सकेपछी डिएमको खोपी संदेश तिर प्रबेश गरे, त्यहा पनि साथीहरुको गूड् मर्निङ गूड नाइट देखी लिएर सर कता हराउनुभयो, सन्चो भएनकी कसो भन्दै निकैनै मेसेजहरु आएका रहेछन, तिसबैलाई निकै ब्यस्त भएको र आफु ठिकै भएको जनाउ दिदै मेसेजको जवाफ फर्काए, दुइहप्ता सम्म ब्यस्त भएर सन्जालमा आउन नपाउदा पनि यतिधेरै साथीहरुले खोजखबर गरेको मेसेज देख्दा भने मनमा निकै नै खुशी छायो, सामाजिक संजालमा भेटिएका साथी भनेर मात्रै पनि नहुने रहेछ, केहीदिनको अनुपस्थिति हुँदा सम्झिने असल साथीहरु पनि हुँदारहेछन, मित्रता होस या अरुकुनै सम्बन्ध एक अर्काको चासो र खोजखबरले पनि मान्छेलाई आत्मियता, प्रेम, सद्भाव र उच्चसम्मान महसुस गराउदो रहेछ, कोही कसैको लागि आफ्नै हुनुको महसु दिलाउदो रहेछ, जस्ले मान्छेलाई मित्रता र सम्बन्ध माथि विश्वाश र अझ प्रेमलाई प्रगाढ बनाउदोरहेछ, मलाई पनि ति सबै मेसेजहरु देखेर साच्चै नै जजस्ले मेसेज गरेर सम्झनुभयो ति सबैमा अझ आत्मिय र सम्मान पलाएको महसुस भयो, मेसेज गर्नेहरुको पुच्छारमा हेरे, चन्द्राको मेसेज रहेछ, मेसेज खोलेर हेरे, मेसेजमा निकै दिनदेखी हेलो हाइ नमस्कार जस्ता कयौ शब्दहरु पठाइेका रहेछन, म ब्यस्त भएकोले गर्दा मेसेज हेर्न नपाएकोले, कि बिरामी हुनुभो तपाईं ? किन यतिका दिनसम्म पनि मेसेज नहेर्नुभएको भन्दै लेखेकी रहेछिन, ए मेरो कथाकार ज्यु ! हजुर कता हराउनुभयो ? सबै ठिकैत छ नि ? भन्दै चन्द्राले पटकपटक लेखेको मेसेजले पनि मनलाई आनन्दित तुल्यायो, कारीब झन्डै नौ दश, दिन जती हेलो हाइ गर्दा पनि मेसेज नफर्काएपछी भने चन्द्राले आफ्नो बाकिरहेको कथा मेसेजमै लेखेकी रहेछिन, मैले उस्ले लेखेर पठाएको बाँकी उस्को जिबनको यथार्थ कथा पढ्न थाले, बाँकी कथा यसरी लेखिएको थियो ।

मेरो प्यारो कथाकार ज्यु !चाहेर वा नचाहेर अर्थात जानेर वा नजानेर खै किन हजुर संग मेरो जिबनको दुखाइ, भोगाइ हरु तपाईं संग सेयर गर्दैछु बिगत केही महिनादेखी, मलाई थाहाछैन मेरो सबैकथा सुनिसकेपछी हजुरले के सोच्नुहुनेछ, के भन्नुहुनेछ, वा आफ्नो घरपरिवार भित्र घटेको आफ्नै जिबन संगको दु:ख अरुलाई सुनाएर बस्ने कस्ती खालको आइम्याइ मान्छे रहेछ भन्नु हुन्छ कि के भन्नु हुन्छ मलाई थाहा छैन, अनी मेरो कथाले सार्थक्ता पाउछ पाउदैन त्यो पनि थाहा छैन, तर म चाहन्छु तपाईंको लेखनकलाको माध्यमद्वारा मेरो कथा पूर्ण होस र म जस्तै सन्तान नहुनुको पिडाबाट गुज्रीएका कयौ दिदिबहिनी हरुले पढ्न पाउन, अनी मेरो आफ्नै प्रेम पनि अरुले पढ्न पाउन म यही कामना गर्छु, मेरो जिबनको भोगाइले ति पीडित र प्रेमिहरुले राधा कृष्णको जस्तै संदेश पाउलान नपाउलान, समाजलाइ एउटा संदेश वा शिक्षा जाला नजाला म भन्न सक्दिन, तर मलाई यो कथा तपाईंको कलम द्वारा पुस्तकको रुपमा आउन पाएछ भने म आफु र आफ्नो दु:ख दर्द पिडामा जिबनको भोगाइ पोखिएको सार्थक्ता पाउनेछु, भाग्यमानी ठान्नेछु, तपाईं प्रती जिबनभर अनुग्रहित हुनेछु । 

म सोच्दैछु यतिबेला कथालाई बाँकी रहेको बिन्दुबाट कसरी सुरु गरौ, कहाबाट सुरु गरौ, जतिछन ति सबै पिडादयी छन, तपाईंलाई आफ्नो ब्यथा सुनाउन अगाडि नै मेरो आँखामा एउटा तितो अतित पोखिएकोछ, सम्झिदा पनि आँखामा आशु ढलपल गर्दै खस्ने कोशीस गर्छन्, गला अबरुद्ध हुनपुग्छन, हुनत यो दुनियाँमा म भन्दा पनि धेरै पिडा र दु:ख पाउने कयौ मान्छे होलान, तर सबैलाई आफ्नै दु:ख ठुला र पहाड झै लाग्छन, हो मलाई पनि अरुको भन्दा मेरो दु:ख भिन्नै लाग्छ, अरुको भन्दा अझ ठुलो पिडा होला भन्ने महसुस हुन्छ, मेरो भन्दा ठुलो दु:ख यो सन्सारमा अरुकसैको छैनहोला जस्तोलाग्छ, मैले जतिको अपहेलना, पिडा यो दुनियाँमा अरुकसैले भोगेको देखेको छैन होलाझै हुन्छ, त्यसैले हरेकलाई हरेकको आफ्नै कथा ब्यथा ठुला लाग्छन, बर्सौ देखी मेरो काखमा सन्तान नहुको पिडा त मैले लग्भग सबै सुनाइसकेकोछु तैपनी सन्तान नहुनुको पिडा म भित्र सकिएका छैनन अझै, त्यसैले यहिबाट पुन सुरु गर्छु सुन्नुहोस हैत ल ।

चन्द्राले मेसेजबाटै आफ्नो पिडा पोख्न सुरु गरिन, उनको मेसेज पड्दापड्दै म एकछिन टक्क अडिए, उनको मेसेजको सुरुवातबाटै मेरो आफ्नै मन भारी हुँदैथियो, म यतिबेला चन्द्राको मेसेज पढिरहदा सोचिरहेकोछु कि बिहेपछी एउटी नारिलाई सन्तान नहुनुमा प्रेम बियोग भन्दा पनि ठुलो पिडा हुनेरहेछ, उसको मेसेज पढिरहदा म मनमनै भन्दैछु कि म उस्को कथालाई न्याया दिन सक्छु कि सक्दिन, मैले उस्लाई जिबन्त बनाउन सक्छु कि सक्दिन, यदी मैले उस्को पिडालाई शब्दमा उतार्न सकिन भने लेख्छु भनेर दिएको बचन शायद निरर्थक बन्छ होला, तर मैले जसरी भएपनी उस्लाई आजिबन जिउदो राख्नुपर्छ, यस्तै सोच्दै म पुन मेसेजमै ध्यान मोडेर पढ्न थाल्छु, मेसेज उसैगरी पोखिएकोछ जसरी दु:खमा आशु पोखिन्छ, आफन्त र ससुराबाको तिखो बचन रातोदिन खानु र सुन्नुत छदैछ मलाई, हुँदाहुँदा छिमेकिको मसिना नानीहरुलाई छुदा खेलाउदा वा बोक्दा पनि बिरामी हुन्छ भनेर अब्जस आउथ्यो, मन भक्कानिएर कतिपल्ट एकान्तमा रुन्थे यस्ता बचनहरुले, मैले छुँदा र खेलाउदा पनि अरुका केटाकेटी बिरामी हुन्छ भन्थे, कयौपटक कोठा थुनेर त कहिले टोइलेटको साँघुरो कोठामा आफुलाई पानीमा भिझाएर डाको छोडेर रुदै भित्तामा हातको मुड्की बजारेर आफुलाई शान्ता पारेकोछु, कयौपटक आफैलाई सराप्दै आफ्नै पेटमा मुक्का हानेकोछु, कयौपटक आत्माहत्या गर्ने कोशीस नगरेको पनि हैन, त्यसरी आत्माहत्याको कोशीस गर्दा आमा र बाउको तस्बिर आँखाभरी झल्झली याद आउथ्यो र मैले यस्तो गर्दा आमा बाउ लाई केहोला, कस्तो होला, समाजले कसरी हेर्ला भनेर सोचाइ आउथ्यो, आत्माहत्याको मनस्थिती तयार बनाउदा पनि मर्न सक्दिन थिए, मर्न पनि त्यती सजिलो कहाँ रहेछर, मर्न पनि कसैको माया बाधक बन्दो रहेछ, मेरो लागि मर्नबाट आमा र बाउको माया नै बाधक थियो र म पटकपटक मर्न बाट बाँचेको थिए, तिनै मायाले मर्न नसक्दा मनलाई सम्हालेर पुन जिबनको तितो यथार्थमा फर्कन्थे, एकदिनको कुरा हो वहाँ अफिसबाट बेलैमा फर्किएर खाना खाइओरी थकाई लाग्यो भनेर आफ्नो बेडमा गएर पल्टिनुभो, म भान्साकोठाको सबै धन्दा सकेर बेडमा जादा बेलुकिको एघार बजाइसकेको थियो, बेडमा पुगेर वहाँसंग केही सल्लाह गरौला भनेर सोच्दै जब बेडमा पुगे वहाँ अगिनै निदाइसक्नु भएकोरहेछ, म भने मनमा अनेकौ कुराहरु खेलाई रहे, त्यो रात निन्द्रा फिटिक्क आएन, जती निदाउन खोज्छु र पनि आँखा झिमिक्क हुँदैन, घरि देब्रे त घरि दाहिने तिर कोल्टे फेर्दै बिहानको दुई बजायो दिवालको घडीले, रातभर मनमा कुरा खेलाउदा खेलाउदै फेरी आत्माहत्याको सोचाइले गाज्यो मेरो मस्तिस्कभरी, चिच्याउन मन लाग्यो, तर चिच्याउनु कसरी, खै किन हो मन भित्र एकतमासले केले-केले छाती ऐठन भएर आयो, मुटुको सबै धमनी हरु बन्द भएझै लाग्यो, सास फेर्न पनि गाह्रो भएर आयो, त्यसपछी भने अब चै जसरी भए पनि यो जिबन रित्याउछु भन्ने सोचेर जुरुक्क उठे, उठेर बेडमा बस्दा शरीर र हातखुट्टा आँफै थररर कापेको जस्तो महसुस भएको थियो, घाँटी र अनुहार भरी चिटचिट पसिना बगेको थियो, अनी सिरानी छेउमा राखेको जगको चिसो पानी गिलासमा सारेर एक गिलास पानी पिए, त्यसपछी भने बल्ल अगी ऐठन भएको जस्तो छाती लामो श्वास तानेर अलिकती हलुका भयो, वहाँ निदाएको पट्टी हेरे, वहाँँको दुबै हात बाधेर शिरमाथी राख्नुभएको थियो, एउटा अबोध बच्चा झै वहाँ मस्त निन्द्रामा हुनुहुन्थ्यो, म बसेको बेडबाट उठेर बिस्तारै वहाँँको खुट्टा मुनी गएर सिराकले छोपिएको दुबै खुट्टा उघारे, आफु भुइमा बसेर वहाँँको दुबै खुट्टाको पन्जा समाएर आफ्नो शिर राखेर ढोगे, र मनमनै भने, आजबाट म यो संसार छोड्दैछु राम, आजसम्म जेजती मैले तपाईंको साथ निभाउदै आए अब उप्रान्त म तपाईंको साथ निभाउन सक्दिन, हाम्रो बिहे भएको पन्द्रबर्ष सम्म सन्तान सुख दिन नसक्दा पनि शायद मेरो मायाको खातिर तपाईंले अर्को बिहे पनि गर्न सक्नु भएन, मेरो कारणले हजुरले न अर्को बिहे गर्न सक्नुहुन्छ, न म हजुरलाई सन्तान सुखको पिता हुने अहोभाग्य जुराउन सक्छु, मलाई यो जिबन साचिकै अब बोझहुन लागेकोछ, अब म यहाँ भन्दा अगाडि तपाईं संगै-संगै हिंड्न सक्दिन, मैले आँफैलाई अन्त्य गर्ने हिम्मत गर्नैपर्छ, किनकी मेरो अन्त्यले नै तपाईं अर्को बिहे गर्नुहुनेछ र तपाईंको बाउले बंश पाउनेछ, अनी तपाइले आफ्नो रगतको सन्तान, पाउनुहुनेछ, यस्तै सोच्दै मैले वहाँँको दुबै पाउको औलिहरु समाएर ढोगे, ढोग्दा मेरो आँखाबाट वहाँँ संग छुटिनुको पिडाले होला शायद गला अबरुद्ध भएको थियो, त्यो सुनसान अँध्यारो रातमा कसैले नदेख्ने गरेर मेरो आँखामा पिडादयी तातो आशु बलिन्द्र धारा भएर छुटिरहेका थिए, वहाँँको पाउ खुट्टा ढोगिरहदा शायद मैले आफुलाई रोक्न सकिन होला र मेरो आँखाबाट बगेको आशु वहाँँको दुबै पाउमा खस्न पुगेछन, शायद मेरो तातो आशुले होकी, थाहा पाएर वहाँ आतिएर बिउझदै खुट्टा झट्कारेर बिउझनु भयो, उठेर बत्ती बालेर हेर्दा मलाई खुट्टा मुनी भुइमा बसेर रुइ रहेको देखेर वहाँ छक्क पर्नुभयो, मेरो नजिकै आएर मेरो दुबै पाखुरामा समाउदै उठाएर सोध्नुभयो, आधारातमा यो तिमीले के गरेकी ? दिमाग खुस्कियो कि केहो? खुट्टामुनी बसेर किन रुएकी ? केभो हँ ! आज तिमीलाई ? वहाँँको बिउझाइले मलाई कतिपनी डर लागेन, कतिपनी असहज महसुस भएन, बरु उल्टै दुबैहातको मुड्किले वहाँँको छातीमा टाउको राखेर हिर्काउदै ग्वाँग्वाँ रुन थालेछु, हो म पागल भैसके, म तपाईंको लागि लायक छुइन राम, मैले हजुरलाई सन्तान सुख दिन सकिन भन्दै बर्बराउन थालेछु, वहाँँले बिस्तारै मलाई बेडमा लगेर राख्दै दुबैहातले च्याप्प कस्नु भयो, मेरो बगिरहेको आशु पुछिदिदै भन्दै हुनुहुन्थ्यो, धत लाटी ! यस्तो पनि सोच्ने हो, तिमीलाई बिहे गरेर ल्याएको यत्रो बर्ष भयो आज सम्म मैले कैले तिमीलाई गाली गरेकोछु ? कहिले कुटपुट गरेकोछु, भनत ? किन बहुलाएकी तिमी यसरी आधारातमा ? बाउ आमाले के भन्छन, आफन्तले के भन्छन, समाजले केभन्छन ? त्यस्को पछी तिमी किन दगुर्छौ ? माया गर्ने मैले हो, तिमी संग जिबन बिताउने मैले हो, जबकी मैले नै आजसम्म तिमीलाई केही भनेको छुइन भने तिमी यस्तो नचाहिने अरुको कुरामा किन मन दु:खाउछौ हँ ? जिबन बिताउने तिमीले म संग होकी बाउ आमा संग ? माया गर्ने त म होनी हैनर ? वहाँँ मलाई शान्तावना दिदै केके भन्दै अंगालोमा कसेर मेरो पिठ्युमा थापाथपाइ रहनुभएको थियो, म धेरैबेर सम्म पनि हिक्क हिक्क गर्दै रुइरहेको थिए, र त्यो रात पनि मेरो जिबन नै टुङ्याउने निर्णबाट बचेँको थिए  ।

भोलिपल्ट उज्यालो भयो, म उठेर बिहानको भान्साको कामधन्दा तर्फ लागे, सबैको लागि चिया बनाएर आआफ्नो कोठामा पुराइदिए, घरका परिवार सबैलाई दीसकेर आफु र वहाँको लागि दुईकप चिया लिएर आफ्नो रुमतर्फ लागे, रुमभित्र पुग्दा वहाँ बिहानै लुगा फेरेर बाहिर निस्कन तयार हुनुहुँदै रहेछ, मैले चिया टेबलमा राख्दै सोधे, कहाँ जान लाग्नु भएको बिहानै, वहाँँले म तिर पुलुक्क हेर्दै मुसुक्क हासेर भन्नुभो, एउटा कायरको लागि गुडिया खोज्न जान लागेको, वहाँँले जवाफ फर्काउनु भयो, म तिर फर्केर मुसुक्क हाँस्दै दिएको जवाफले मलाई अलिकती लाज लागेर आयो, शायद वहाँले जवाफ दिरहदा बेलुकिको मेरो हर्कत वहाँँको दिमागभरी आएको हुनुपर्छ, टेबलमा राखेको चियाको कप समाउदै भन्नुभयो, छिटो लुगा लाएर तयार हौ, मैले वहाँँको यो भनाइमा कुरै बुझ्न सकिन, ल कहाँ जाने होर एकाबिहानै ? हैन हजुर के भन्दैहुनुहुन्छ ? मैले आश्चर्य पोख्दै प्रश्न गरे, मेरो प्रश्नमा पुन जवाफ दिदै भन्नुभयो, आज दुबैजना हस्पिटल जाने, हामी दुबैको संगै चेकप गराउने, मैले कतिपटक भन्दा पनि नमानेको मान्छे आज बिहानै हस्पिटल गएर चेकप गराउने कुरोगर्दै हुनुहुन्थ्यो, एकछिन त म छक्क पनि परे, फेरी अर्को मनले कताकता थोरै खुशी पनि तुल्यायो, अनी फेरी मैले अर्को प्रश्न तेर्साए, अनी खाना बनाउनु पर्दैन, बा र आमालाई पनि त भन्नु पर्छ होलानी ? त्यस्को किन पिर लिन्छौ? खुरुक्क तयार भएर हिडन, त्यसपछी भने म तयार भए, शायद मेरो रातिको त्यो हर्कतले होकी किन हो कुन्नी आज बिहानै वहाँँले यसरी अचानक हस्पिटल गएर दुबैको चेकजाँच गराउने कुराले मलाई अनौठो लागिरहेको थियो, तैपनी आज वहाँँले पनि आफ्नो जाँच गराउने कुराले निकै म प्रशन्न मुद्रामा थिए, बिहानको खाना पनि नबनाइ हामी दुबैजना बाइकमा चढेर चाबिहिल सडक भन्दा अलिकती तल धोबिखोला अगाडि पट्टिको ठुलो भवनमा पुग्यौ, त्यहा नेपालकै प्रसिद्ध नाम चलेको प्रशुती गायनोलोजिस्ट डक्टर भनेर चिनिएका डक्टर भोला रिजालको ओम हस्पिटल रहेछ, काठमान्डौको ब्यस्त धुवाँधुलो थिचोल्दै झन्डै एक घण्टामा मात्रै बिहानको नौ बजेतिर पुगेको थियौ, वहाँँले काउन्टरमा गएर काउसेलिङ्ग टिकट काटेर हामी डक्टरको प्रतिक्ष्या गर्नथाल्यौ, हामी पुग्नुभन्दा अगाडिनै सयौको भिड भैसकेकोले बल्लतल्ल दिउसोको एकबजेतिर मात्रै हाम्रो पालो आयो, हामी दुबैजना भित्र प्रबेश गर्यौ, वहाँँको नाम मात्रै सुनेको मान्छे म हेर्दा पनि डर लाग्दो होला कसरी बताउने आफ्नो कुरा भन्ने लागेको थियो, तर भित्र प्रबेश गरेपछी त मैले सोचेको भन्दा भिन्न सारिरिक बनावट र हाउभाउमा हुनुहुन्थ्यो, जस्तो नाम उस्तै स्वभाव, कालो फ्रेममा पावरवाला सेतो चस्मा लगाएको, देब्रेपटिको भागमा सेतै फुलेको कपालको सिउदो झै काटेको, कपालको धेरैजसो भाग आधा निधार छोपिने गरेर दाहिनेपट्टी फर्काएको, सिउदो काटेर छुट्याइएको कपालको थोरै अगाडि देखिने गरेर कालो कोठी, दुबै कानको जरिनेर मात्रै हलुका कालो कपाल मिसिएको, आखिभौको बिचमा थोरै निधार खुम्चिएको, पाका, परिपक्क सालीन ब्यक्तित्व, भित्र प्रबेश गरेपछी वहाँको अगाडिको सोफामा हामी दुबैलाइ बस्न आग्रह गर्दै भन्नुभो, भन्नुहोस के सेवा गर्न सक्छु म ? वहाँँको पहिलो प्रश्नमा नै परिपक्क्वता र आदरभाव झल्किने सितल स्वाभबले मन छुयो, बिहे भएको कती बर्ष भएको देखी लिएर मेरो समयमै मिन्सुरेसन भाको नभाको सबै सोध्नुभयो, यो भन्दा पहिले कुनै गर्व रहयोकी रहेन, आस्थाइ साधनको कुनै औषधी लिनुभाको थियोकी थिएन, यो भन्दा पहिले कुनै उपचार वा कुनै हस्पिटल गएर कुनै डक्टरलाई देखाउनु भयो कि भएन, हामीदुबैको उमेर सम्म सोध्नुभयो, मिन्सुरेसन समयमै हुने र बिहेपछी दुईपटक गर्ब रहेको तर दुबैपटक नै मिशक्यरेज भएको देखी लिएर हामीले अपनाएको उपचार औषधीमुलो सबै नढाटी बतायौ, डकटर र हामी बिचको सबै सोध्पुछ सकिएपछी गर्नुपर्ने फिजिकल सबै टेस्टको विवरण लेखेर दिनु भयो र पुन हामीले काउन्टरमा गएर अर्को शुल्क काटेर ल्याब टेस्टको लागि तयार भयौ, हामीले डक्टरले भनेबमोजिमको हाम्रो सरिरबाट सबै कुराको ल्याब परिक्ष्यण गरायौ, परिक्ष्यण सकिएपछी रिपोर्ट देखाउनलाई हामीलाई तिनदिन पछी आउनु भनियो, त्यसपछी हामी पुन दिनको चारबजेतिर घर फर्कियौ । 

हस्पिटलबाट फर्किएको रात, कहिले पर्सिको दिन आउँला र रिपोर्टमा के बताउला भनेर मनभरी ब्यग्र प्रतिक्ष्या बनिरहयो, बल्लतल्ल मेरो पर्खाइको घडीसकिएर तीनदिन पछी हामी पुन हस्पिटल गयौ, रिपोर्ट मात्रै देखाउनु पर्ने भएकोले हाम्रो पालो पहिलो चरणमै आइहाल्यो, हामी भित्र डकटरको कोठामा प्रबेश गर्यौ, डकटरले हाम्रो सबै रिपोर्टहरुको पेपर र एक्सरेको रिपोर्ट हेर्दै भन्नुभयो, मेडिकल्लिरुपमा तपाईंहरु दुबैजना सक्ष्यम हुनुहुन्छ, रिपोर्टमा त्यस्तो खराबी केही देखाएको छैन, हामी डक्टरहरुले पनि हामीले जानेको र पढेको सिकेको बिज्ञानले दिएको फल्टहरुलाई हेरेर उपचार गर्ने र सल्लाह दिने हो, त्यसमा कतै खराबी केही देखिदैन दुबैजनामा, बिज्ञानले बताएको चिज जती सबै तपाईंहरुमा भएपछी हामीले अर्को मनगढन्ते सल्लाह सुझाब पनि दिन मिल्दैन, तसर्थ विश्वाश गर्नुहोस, भरोसा राख्नुहोस, तपाईंहरु सन्तान जन्माउन सक्ष्यम हुनुहुन्छ र त्यो एकदिन पक्का हुन्छ, हामी कहिलेकाही बिज्ञानले प्रतिपादन गरेको नियम भन्दा बाहिर गएर इश्वर पनि पुकार्छौ, मलाई विश्वाश छ, तपाईंहरुको त्यो इच्छा इश्वरले पक्का पुरा गर्नुहुनेछ, मैले यो भन्दा अरु केही भन्न सकिन, डकटरले एक्लै आँफै मात्रै फत्फताएर सबै निमेसभरमै बोलिसक्नु भयो, हामी दुबैजना डक्टर बोलेको निरन्तर सुनिमात्रै रहयौ र घर फर्कियौ, बाटोभरी मनले हरेस खाएपनी अर्को मनले हामी दुबैजना सन्तान जन्माउनको लागि शरीरक रुपमा मेडिकल्ली सक्ष्यम छौ भन्ने डक्टरको कुराले भने मनमा थोरै खुशी छाइरहयो, हस्पिटलबाट घर फर्किदा हामी बुडाबुडी दुबैजना चुपचाप थियौ, दुबैको बिचमा आधी पछी छाएको सन्नाटा जतिकै थियो, बाइक कुदाइ रहदा सायद मैले झै वहाँँले पनि मनमा अनेकन कुरा खेलाइरहेको हुनुपर्छ, त्यसैले पनि हामी बिचमा कुनै संबाद बिनै घर आइपुग्यौ, रिपोर्ट बुझेर आको रात पनि मलाई अनेकन कुराले मनभरी तर्कना खेलाई रहयो, डक्टरले भनेजस्तै हामी सक्ष्यम छौ भने आखिर भगवानले हामीलाई किन र कहाँ केको लागि ठगिरहनु भएको छ, म मात्रै त्यस्तो नारी हुँँ जस्को कोखमा सन्तान छैन, आखिर कुन चै त्यस्तो ओखतिमुलो औषधी केमा चै कमिरहयो वा श्रीमान श्रीमतिको बिचमा हुने सहबासमा कुन चै त्यस्तो त्रुटी रहयो र हामीलाई यो असम्भब भैरहेकोछ, आखिर यही कोख भर्नकै लागि हामीले कुन चै देबिदेवताको भाकल गरेनौ, कहाँ चै गएनौ, आखिर गर्नुपर्ने के चै छुटेको थियो हामीमा, आँफै भित्र यस्तै प्रश्नहरुले म वाक्क बनेको थिए त्यो रातभर, हुनपनी जानेको सुनेको देखेको जती सबै झारफुक धामी झाक्री ज्योतिसी त कतिपटक गरियो गरियो, तर ति सबै मिथ्या थिए मेरो हकमा, त्यसोत बिज्ञानले दिएको प्रभिधी पनि प्रयोग नगरेको हैन, कहिले कुन हस्पिटल त कहिले कुन डक्टर गर्दै लाखौं रुपैया पनि खर्च भैसकेको थियो, हामी लोग्ने श्वासनी दुबैको बारबार कयौपटक जचाएर औषधी नखाएको वा डक्टरको सल्लाह मुताबिक सहबासको प्रक्रीया नपुराएको पनि हैन, मेडिकल्ली रुपमा हामीदुबैले USG,HSG र TVS ल्याप्रोस्कोपी प्रबिधी द्वारा चेकजाच पनि कयौपटक र कयौ हस्पिटल र डक्टरहरु द्वारा गरायौ, ति सबै मेडिकल रिपोर्टमा Falapanetube, अर्थात महिलाको मिन्सुरेसन हुँदा बहने डिम्बबाहिनी नली, पाठेघर, डिम्बासाय अर्थात प्रजनन अवस्थाको लागि सबै चाहिने शरीरक र प्राकृतिक बनावोट र सबै हर्मोनहरुको उत्पादन श्वास्थ्य रहेको रिपोर्ट पनि आउथ्यो, श्रीमानको पनि seamen को रिपोर्ट गुणस्तर देखाउदा पनि हामी सन्तान प्राप्ती बाट थकित थियौ, यसैगरी म लग्भग मानसिक रुपले थकित जस्तै बनेको थिए ।

समय बित्दै गयो, म भित्रको तनाब र पिडा घट्नुको सट्टा झन बड्दै जादैथियो, यो धामी झाँक्री र हस्पिटल डक्टर गर्दै म थकित भैसकेको थिए, मेरो म भित्रको पिडा वहाँँलाई सुनाउ, वहाँआँफै यो कथाको सिक्काको अर्को पाटो हुनुहुन्थ्यो, जो सम्बन्धित पिडाको अर्को पाटो भएपछी कस्लाई सुनाउने, आमा बाउ दिदिबहिनी लाई सुनाउ, पिर नगर आतिनुपर्दैन भन्दा बाहेक अरु केही भन्नुहुन्न, छिमेकिलाई कस्लाई भन्न जाउँ, साथीभाइलाई सुनाउँ उनिहरु आँफै टाढिन्थे, बिचरा तलाईपनि कती पिरछ है, भनेर उल्टै नुनचुक छर्किनु सिवाय केही थिएन, आफुलाई दुखेको पिडा कतै पोख्ने ठाउँँ नभएपछी यही तनाबले गर्दा म गहिरो गम्भिर डिप्रेसनमा पुगे, एकान्त बस्न मन पराउने, कसै संग कुरा गर्न मन नलाग्ने, रुइरहुँ जस्तो लागिरहने, मेरो ओरिपरी मान्छेहरु झुम्मिएर मलाई गालीगरिरहेको जस्तो महसुस हुने, साना-साना केही चिजहरु देख्दा पनि अनौठा र डर लाग्ने भएर आउथे, आफु बसेको अर्को कोठामा मलाई मार्न कसैले सल्लाह गरिरहेको झै भान हुने, मरौ-मरौ जस्तो भएर आउने हुनथाल्यो, मेरो यस्तो अवस्था देखेर पनि ससुराबा भने रातदिन अनेकथरी फलाक्न छाड्दैनथिए, दिनरात महिना गर्दै म एकाङ्की हुनथालेपछी मलाई पुन हस्पिटल लगेर काउन्सेलिङ गराएर डिप्रेसन र निन्द्राको औषधी खान दिएर मलाई केही मत्थर बनाउने कोशीस हुनथाल्यो, रातदिनको मेरो समस्याले गर्दा वहाँँलाई पनि दिक्क र सास्ती भएकोथियो, मेरो अवस्थालाई नै देखेर वहाँँले दिनभरी एक्लै नबस घरमा फिलिम हेर, कमेडी सिरियलहरु हेर, गितहरु सुन, फेसबुक हेर भनेर फेसबुक खोलेर हेर्न सिकाउनुभयो, वहाँँले भनेजस्तै दिनभर टिभी हेर्ने, सिरियल हेर्ने र फेसबुकमा गएर अर्काको पोस्टहरु हेर्ने गरेर दिन कटाउन थाले, दिनमा मात्रै हैन निन्द्रा नलाग्द सम्म र औषधीले शरीरमा नभेटेसम्म फेसबुक हेरेर रात कटाउथे, यसरी म एक्लोपनले सजाय भोगिरहेको बेला यस्तैमा एकदिन फेसबुक खेलाउदा खेलाउदै  फेसबुकमा मेरो स्कुल पड्दाको पुरानो साथी मेरो बिहेभएको दश बर्ष पछी अर्थात आज भन्दा पाँच बर्ष पहिले यही फेसबुकको वालमा फ्रेन्ड सजेसनको लिस्टमा देखाएको थियो, छुटिएको बर्सौ पछी फेसबुकको वालमा उस्को नाम देखाउदा मलाई अचम्म लागेको थियो, कताकता कुनै अद्रिश्य खुशी पनि छाएको थियो, त्यो दिन मैले आश्चर्य मान्दै उस्को भित्र वालमा गएर हेरे, उस्को शरीरिक बनावट र अनुहार बद्लिएकोले भन्ने बित्तिकै उही हो भनेर झट्ट ठम्याउन सकिन, त्यसपछी म उस्को फोटो एलबं भित्र छिरेर सबै फोटोहरु हेर्न थाले, फोटो भएजती सबै बाहिर देश युरोपतिर खिचिएको जस्तै थियो, सबै तस्बिरहरु स्कोर्ल गरेर तलसम्म पुगेर हेरे, तस्बिरहरुको अन्तिममा भने उस्को स्कुल पड्दाको सानो खिरिलो खिनौटो काँधमा दाहिनापट्टी  किताबको झोला बोकेको तस्बिर भेटए, त्यसपछी भने उनै हो भन्ने पक्का भयो, उ अर्थात क्षितिज पाठक, स्कुलको उस्को त्यो तस्बिर देख्ने बित्तिकै मैले हतारहतार गरेर फ्रेन्ड रिक्वेस्टको बटम दबाएर रिक्वेस्ट पठाएँ, हुनत मैले फेसबुकमा उस्लाई देखेर फ्रेन्ड रिक्वेस्ट पठाएको देखी लिएर उस्को एक्सेप्ट गरेपछिको मेसेज आउछ कि भनेर त्यो रात प्रतिक्ष्या गर्दै हरेक नोटिफिकेसनको आवाजलाइ पछ्याउनु, छट्पटिमा हतास भएर समय बिताउनुसम्मको घटनाक्रम यो भन्दा अगाडिनै मैले तपाईंलाई भनिसकेकोछु, त्यसैले उस्को एक्सेप्ट र मेसेजको प्रतिक्षा गर्दागर्दै निरासहुँदै त्योरात म आँफै दिमागी तवरले थकित र औषधीले बिस्तारै सरीरमा लाग्दै गएकोलेहोला खै रातको कुन प्रहरमा झपक्क निदाएछु ।

भोलीपल्ट बिहान बाटोमा गाडीहरुको होहल्ला र छरछिमेकको होहल्ला अनी आफ्नै घरको बिहानैको होहल्ला ले सबेरै आँखा खुलिहाल्यो, आँखा खुल्दा रामजी बिहानै उठेर नुहाउन गैसक्नुभएको रहेछ, तन र मन दुबैलाइ भारिबनाउदै म अर्कोतिर कोल्टे फर्किए, कोल्टे फर्किदा सिरानीमा च्यापेर राखेको मोबाइल भुइमा खस्न पुग्यो, सुतेकै अवस्थाबाट हातले तन्किदै भुइमा खसेको मोबाइल टिपे, मोबाइल हातमा आउने बित्तिकै बेलुकी पठाएको फ्रेन्ड रिक्वेस्टको याद आयो, मोबाइलमा फेसबुक खोलेर कतै उस्ले रिक्वेस्ट एक्सेप्ट गर्‍योकी भनेर फेसबुकको नोटिफिकेसनमा आँखा पुराए, सयौ नोटिफिकेसन थिए, थिएन त केवल उस्को नामको नोटिफिकेसन, यो आश भन्ने चिज पनि कती अनौठो हुदोरहेछ, आखिर यही आशैलेत मान्छेलाई डोराएको हुन्छ, आज नभए भोली, भोली नभए पर्सी, अनी पर्सी नभए कुनै दिनको ब्यग्र प्रतिक्षाले मान्छेलाई हमेसा डोराइ रहन्छ, यही आसले नै मान्छेलाई जिउन सहयोग गरिरहेको हुन्छ, यदी मान्छेमा आस नहुँदो होत, मान्छेले चाहेको आटेको कयौ कामहरु पुराहुन नसक्दा हरेस खाएर आत्माहत्या सम्म गर्थेहोलान, जस्तै म आँफै बर्सौँ देखी एउटा खुशीको पर्खाइमाछु, र यिनै आशा मर्दा कहिलेकाही मर्ने कोशीस पनि गरेकोछु, तर कयौपटक मृत्‍युको मुखबाट बचेकोछु, कहिले कसैको मायाले त कहिले आशले, भोली हुने आशको पर्खाइमा, शायद त्यसैलेहोला भैरब अर्यालले भोली निबन्ध लेख्न भ्याए त्यो पनि भोलिको आशैले त होला, यही आशले गर्दा उठेर भान्साकोठा तिर जानुको सट्टा बिउझने बित्तिकै हातमा मोबाइल आउँदासाथ उस्को नोटिफिकेसन हेर्न मन लागेको थियो । 

यसरी बिहानै उस्को नोटिफिकेसन नदेखेपछी उठेर नुहाउन तर्फलागे, नुहाइ सकेर रुममा आइ भान्षामा जाने धोती फेरेर बिहानको नास्ताभुजा र चिया तयार गर्न तर्फ लागे, सबैले बिहानको चिया नास्ता सकेपछी म हतारहतार गरेर बिहानको खाना बनाउन लागे, मैले खाना बनाइसकेर आफ्नो रुममा फर्किदा मेरो श्रीमान रामजी अफिस जानलाई तयार भैसक्नुभएको रहेछ, मैले खाना खाएर मात्रै जान आग्रह गरे, तर हतार छ आज भन्दै खान नखाइ निस्कनु लाग्नुभएको थियो, त्यसपछी मैले अफिसमै खानुहोस भन्दै टिफिनमा खाना राखेर वहाँँलाई ल्याएर दिन खोज्दा-खोज्दै बाइक लिएर चाडै निस्कनु भएको थियो, वहाँ बाइक लिएर बाहिर रोडमा पुगिसक्दा म खानाको टिफिन बोकेर टिभी रुमको ढोकामा उभिएर वहाँ गएको तिर हेरिरहेको थिए, यो कुरा पनि मैले हजुरलाई अगाडि नै भनिसकेकोछु, त्योदिन वहाँ म सँग राम्रोसँग जान्छु गए है पनि नभनी जानुभएको थियो, यसरी जादा मेरो मन भने धमिलो भएकोथियो, म केहीछिन सम्म ढोकामै हातमा खानाको टिफिन बोकेर टोलाई रहेको थिए, केहीछिनमा ससुराको कर्कस आवाज सुनियो त्यसपछी म झसंग हुँदै पुन हातको टिफिन बोकेर भान्सातर्फ लागे, सबैलाई भान्सा गराइसकेर गाइलाई घास हालेर आएर म पनि त्यही टिफिनको खाना खाए, खाए के भनुम, खानामा हात जुठो लगाए झै गरे, आज बिहान वहाँँ जादाको हर्कत सम्झेर म एकोहोरो भएको थिए, खाना फिटिक्क रुचेको थिएन तैपनी खाने कोशीस गरेर सबै काम सके, काम सकेर आफ्नो रुमतर्फ आए, रुममा असरल्ल छरिएका लुगाफाटा मिलाई सकेर पुन बेडमा पल्टिएर युट्युब हेर्न थाले, युट्युबमा अच्युत घिमिरे द्वारा न्यारेसन गरिएको अमर न्यौपानेको सेतो धर्ती उपन्यास राखिएको रहेछ, त्यही सेतो धर्ती लाई सुन्न थाले, उपन्यास भित्रको कथा जतिजती सुन्दै जान्छु उतिउती आँखाबाट आशु झर्न थाल्यो, कथा भित्रको पात्रलाई आँफै जस्तो महसुस भएर आयो, फरक यतिमात्रै हो, सेतो धर्तिमा बाल-बिबाह गरेर जन्म मृत्‍यु विवाह र बिधवा केहोभनेर छुट्याउन पनि नसक्ने उमेरमा बिधुवा भएकी एउटी, बिधवाको कथा थियो, एउटी नारिको पुरा उमेरको संघर्ष र पिडाको कथा थियो, अनी म, परिपक्वा उमेरमा बिहे भएर शिक्षित भएर अनी सदुवा भएर पनि एउटा बालबिधवाको पुरै काहानी झै बर्सौ देखी सन्तान नहुनुको पिडा थियो, हुनत मान्छेको घटना परिघटनाका रुपहरु अलग हुन्छन, घटनाका प्रकार फरक होलान, तर दुखाइको पिडात एउटै होला, कसैलाई बिधुवा हुनुको पिडा होला, कसैलाई धनसम्पती नहुनुको पिडाहोला, कसैलाई रोगको पिडाहोला, कसैलाई भोकको पिडाहोला, कसैलाई प्रेमको बिछोड र बियोगको पिडाहोला, तर मलाई चै सन्तान नहुनुको पिडा थियो । 

करिब कथा सुनेको दुइघन्टा जतिभएको थियो, मोबाइलको स्क्रीन अगाडि धुरधुर गर्दै नोटिफिकेसनको आवाज आयो, युट्युब बन्द गरेर हतारमा फेसबुक खोलेर हेरे, नचिनेको कोही अन्जान मान्छेको फ्रेन्ड रिक्वेस्ट रहेछ, रिक्वेस्ट आएको ब्यक्तिको प्रोफाइल खोलेर हेरे, तर चिन्न सकिन, कोही अपरिचित मान्छेको थियो, त्यसैले वास्ता नगरि एक्सेप्ट नगरि रिक्वेस्टलाई डिलिट गरिदिए, पुन युट्युबमै फर्किएर कथा सुन्न मात्रै के लागेको थिए फेरी मोबाइलको रिङ्ग बज्यो, रामजिले कल गर्नुभएको रहेछ, मैले कल उठाउदै हेलो गरे, वहाँँले उताबाट के गर्दैछौ भनेर सोध्नु भयो, रुममै पल्टेर कथा सुन्दैछु भनेर जवाफ फर्काउदै मैले प्रतिप्रश्न गरे, किन फोन गर्नुभएको, औषधी खायौ तिमीले, मेरो प्रश्नको जवाफ नदिकन सोध्नुभयो, शायद मैले औषधी खान भुल्योकी भनेर याद दिलाउनलाई फोन गर्नुभएको रहेछ क्यारे, वहाँँको सोधाई पछि पो, बल्ल झसंग झस्किए ओहो मैलेत औषधी खानै भुलेछु, मैले औषधी नखाएपनी वहाँँलाई ढाट्दै खाए भनेर जवाफ फर्काए, वहाँँले पुन कतिबेला खायौ भनेर सोध्नुभयो, मैले खाना खानेबित्तिकै भनेर जवाफ दिए, अनी किन नसुतेको त तिमी औषधी खाएर, पुन सोध्नुभयो, कथा सुन्दैथिए अब सुत्छु एकछिनमा भनेर जवाफ फर्काए, ए ल ल धेरै नबस, औषधी खाएर एकछिन सुत, ल अहिले फोन रखे मैले भन्दै कल काटिदिनुभो, एकैछिनमा कल काटिएको टुँक्टुँक आवाज आयो, त्यसपछी भने आतिदै मोबाइल राखेर औषधी खाए, औषधी खाइसकेर पुन फेसबुक खोलेर हेर्न थाले, खै कस्तो बेचैन भएर आएको जस्तो महसुस भयो, कहाँ के नपुगेको वा केही भएको जस्तो, केही हराए जस्तो वा केही पाउनुपर्ने जस्तो मन एकछिन पनि थिरमा थिएन, मनको बेचैन संगै पुन क्षितिजको फेसबुकको प्रोफाइल खोले, पुन दोराएर सबै फोटोहरु हेरे, फोटो हेरिसकेर वालमा फर्किएर उस्को कुनै नयाँ अपडेट छ कि भनेर हेरे, लामो समय देखी कुनै अपडेट गरेको थिएन, त्यसपछी भने मलाई अलिकती आस मर्यो, शायद उ फेसबुकमा एक्टिभ छैन होला भनेर, तैपनी किनकिन हरेक पटकको नोटिफिकेसन आउने बित्तिकै उसैको एक्सेप्ट गरेको नोटिफिकेसनको आवाज होकी भनेर हतारमा खोलेर हेर्नेगर्छु, तर नतिजा सुन्यता भन्दा केही हाता लाग्दैन, पुन निराशा बन्दै फर्कन्छु र पल्टल्छु फेरी बेडमा ।

फेसबुकमा दिनभरिको मेरो र नोटिफिकेसनको लुकामारी पछी बेलुकिको खाना बनाउने बेलाभयो, उठेर भान्साकोठा तिर गएर खाना बनाउन लागे, एकघन्टा भित्र खाना बनाइसकेर तयार पारे, बेलुकी साँझ झपक्क भैसक्यो तर अफिसबाट रामजी आउनुभएन, अरुबेला बेलुकिको चार पाँच बजेसम्म आइसक्नुहुने मान्छे सात बजिसक्दा पनि नआउँदा मन आतिन थालेको थियो, यता ससुराले त्यो आउँदैगर्छ ल खाना पस्क भन्नुभो, खाना पस्किए सबैजनालाई दिए, अरुसबै खाना खाइसकेर आआफ्नो रुमतर्फ लागे, म भने रामजिलाई कुर्दै खाना नखाइ आफ्नो रुममा आएर फोन लगाए, तर फोन लागेन, फोन नलागेपछी पटकपटक कल गर्ने कोशीस गरिरहे तैपनी फिटिक्क फोन संपर्क हुन सकेन, मन झन आतिनु थाल्यो, जतिपटक कल गर्छु उतिपटक तपाईंले संपर्क गर्न खोज्नुभएको मोबाइलको सुइचअफ गरिएकोछ, केहीसमय पछी पुन प्रयास गर्नुहोला मात्रै भन्छ, मनले मान्दैन, पुन लगत्तै फेरी अर्को कल लगाउछु, उसैगरी तपाईंले संपर्क गर्नुभएको मोबाइलको नेटवर्कको ब्यस्तताले गर्दा संपर्क हुन सकेन केहीबेर पछी पुन संपर्क गर्नुहोला मात्रै भनिरहयो, रातको दश बज्न लागिसक्यो, न वहाँ आउनुभयो न कुनै संपर्क हुन सक्यो, नत वहाँ आँफैले कल गर्नुभयो, म झन आतिदै थिए, कुर्दाकुर्दा पनि केहीसिप नलागेपछी सासुमा लाई भने, आमा वहाँ त आउनुभाको छैन, फोन पनि लाग्दैन भने, सासुले अफिसमा काम पर्‍योकी भनेर भन्नुभयो, सँधै साँझहुनु अगावै आइपुग्ने छोरो न आउँदा न सासुलाई पिर छ न ससुरालाई, खाना खाएर ढुक्कले सुत्न लाग्नुभाकोछ, सासुलाई सोद्धा पनि काम परेर ढिला भाको होकी भन्नु हुन्छ उल्टै, यदी कामै परेपनित खबर त गर्नु पर्नेहोनित म आज ढिलो हुन्छ है भनेर, आखिर त्यस्तो केचै काम पर्‍योर मोबाइल नै अफ गरेर राख्नुभाकोछ मनमनै सोचे, एकातिर सोचाइ अर्कोतिर एकतमासले मन आतिएकोछ, उसैत आँफै डिप्रेसन र निन्द्राको औषधी खानुपर्ने मान्छे झन वहाँ न आउँदा र कल संपर्क हुननसक्दा आँफैलाई उकुस्मुकुस भएकोछ, के भयो कसो भयो भनेर मन हुटहुटि भएकोछ, त्यो रात कयौपटक कल संपर्क गर्न खोज्दै खाना नखाइ रुममै बसे, कल गर्दागर्दा थकित भएर रातको एक बजेको हुँदोहो, आधारातमा अचानक फोनको घन्टी बज्यो, म निन्द्राबाटै हतारिदै फोन रिसिभ गरे, त्यति आधारातमा फोन वहाँकै रहेछ, हेलो तपाईं कहाँ हुनुहुन्छ? किन यतिबेला सम्म न आउनुभाको ? मैले हतासहुँदै सोधे, मेरो प्रश्नको जवाफ पनि नदीई उल्टै मलाई नै पो सोध्नुभो, तिमीले खाना खायौ, मैले खाको भनेर ढाटिदिए, अनी औषधी? फेरी सोध्नुभो, उम त्यो पनि खाए, तर तपाईं यती आधारात सम्म कहाँ हो, मैले सोधे, हेरन अपरझट इमेर्जेन्सी अफिसको कामले गर्दा म बिराटनगर जानुपर्ने भयो, हिंड्ने बेलामा अलिक हतार भएकोले तिमीलाई कल पनि गर्न पाइन, बिचबाटोमा पुगेर कल गर्छु भनेको टावर नटिपेर कल नै लागेन, अहिले रत्ननगर ल्याएर खाना खुवाउनलाई बस रोकेकोछ, त्यसैले फोन गरेको बल्ल लाग्यो, आतिनु पर्दैन, तिमी ढुक्कले सुत, अनी त्यसरी जानेभएपछी बिहान भनेर हिंड्नुभएको भए के म रोक्थेर ? अनी लुगाहरु लानुपर्दैनथ्यो, बाइक कहाँ राख्नुभाकोछ, रिसाउदै मैले सोधे, बाइक अफिसमै छोडेकोछु, शायद दुइहप्ता जती लाग्छ होला, फर्किनलाई तिमी बेलैमा खाना खाएर औषधी खानु, मेरो पिर नगर, म कल गर्दैगर्छु, ल अहिले सुत तिमी पनि, बाइ ! वहाँले एकैसासमा सबै भनी टुङ्याउनुभो, मैले आफ्नो ख्याल गर्नुहोस है भनेर फोन राखिदिए, त्यसपछी भने बल्ल मन ढुक्क भयो, आफ्नो शरीरमा श्वास आएजस्तै भयो, अघिसम्म आतिएको मन र मुटु वहाँँको कल आएपछी भने शान्ता भएपछी भान्साकोठामा गएर थोरै खाना खाएर औषधी पनि खाए, पुन रुममा फर्किएर ओछ्यानमा पल्टिए तर मन हलुका भएर पनि होकी निन्द्रै लागेन, पुन पहिलेको झै केके कुराहरु खेल्न थाल्यो, मनले फेरी उही फेसबुकतिरै डोराएर लाग्यो, फेसबुकमा छिरे क्षितिजको फोटोहरु नियाल्न थाले, मनभरी उस्ले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्ला र मेसेज गर्लाकी भनेर आशा लागिरहयो, तर आशा गर्नु सिवाय केही थिएन, न मैले पठाएको रिक्वेस्ट एक्सेप्ट भएको थियो नत कुनै मेसेज, हुनत रिक्वेस्ट एक्सेप्ट नगरि मेसेज आउने कुरा पनि भएन, तैपनी मनले नमान्ने, निक्कैबेर उस्को तस्बिरहरु नियालेपछी मोबाइलको चार्ज पनि सकिन लाग्यो, उठेर मोबाइल चार्जमा राखे, पुन बेडमा पल्टिएर टोलाउदै थिए, औषधीले च्यापेछ क्यारे आँखा बिस्तारै मधुरोहुँदै बन्द हुन खोज्दै थिए, त्यसपछी भने म निदाएछु ।


भोलिपल्ट बिहानै ओछ्यानमै सुतेकै अवस्थामा आँखाखुल्ने बित्तिकै पहिलोपल्ट मोबाइलमै आँखा पुराए, मोबाइल खोलेर फेसबुकको वालमा सरसरती नोटिफिकेसन हेरे, अझै पनि क्षितिजको फ्रेन्ड एक्सेप्ट गरेको नोटिफिकेसनलाई देखाएन, त्यसपछी मनलाई भारी बनाउदै उठेर भान्साको धन्दामन्दा तर्फ लागे, बिहानै उठेर घरधन्दा गर्नु, दिउसो घरको सरसफाइ, लत्ताकपडा धुनु, दिउसोको नास्ताभुजा बनाउनु, गाइलाई घाँस खोले दिनु अनी फेरी बेलुकी भएपछी बिहानको जस्तै उस्तै खानापिना बनाउनमा ब्यस्त हुनु, कुनै कर्मचारीको दिनभरिको अफिसको कामको सेड्युल भन्दा कमको थिएन मेरो, हरेकदिनको यही स्यड्युल अनुसार मेरो दैनिकी बित्थ्यो, तर जतिबेला थोरै खाली रहन्थे, किनकिन मलाई उस्को यादले सताउथ्यो, शायद एकातिर मेरो आफ्नै दु:खपिडा, अर्कोतिर मनलाई शान्तावना दीने आफ्नो कुरा सुनिदिने त्यस्तो कोही साथी नभएर पनि होला, म उस्को न्यानो आत्मियता चान्थे, शायद थोरै केही भएपनी उस्लाई सुनाएर मनलाई शान्त पार्न चाहन्थे, किनकी मेरो नजिकको साथी भन्नु वा मैले सुनाउन सक्ने भनेको पनि उही हो जस्तो लाग्थ्यो, किनकी उ मलाई स्कुल पड्दा देखिनै मन पराउथ्यो, प्रेम गर्थ्यो, आदर गर्थ्यो र उ मात्रै त्यस्तो ब्यक्ती हो जस्ले मेरो भावनालाई बुझ्न सक्थ्यो, त्यसैले म भित्र उस्लाई भेट्ने चाहनाको उत्कन्ठा तिब्रगतिमा पलाएको थियो, हरेक दिन छिनछिनमा उस्ले रिक्वेस्ट एक्सेप्ट गरेर मेसेज गर्‍योकी भन्दै मोबाइल खोल्दै फेसबुक हेरिरहन्थे, तर उस्को एक्सेप्ट गरेको नत नोटिफिकेसन आयो नत कुनै मेसेज, ब्यर्थैमा आजभोलि भन्दाभन्दैमा दिन बित्दै गयो, कतै ब्यग्र प्रतिक्षा त कतै निरासा बोक्दै पाँचौँ दिन बित्यो, पाचौँ दिन बितेको त्यसदिन बिहानको खाना खाएर दिउसो आफ्नै रुमको बेडमा बसेर पल्टिरहेको थिए, पुन फेसबुक हेर्दैगए, फेसबुक हेर्दाहेदै मलाई अचानक क्षितिजले त्यो आइ डि नचलाएर कतै अर्कै आइ डि, पो चलाऊछ कि भनेर मेरो मस्तिस्कमा आयो, त्यसपछी भने मैले हतार हतार गर्दै फेसबुकमा गएर उस्तै नाम सर्च गरेर खोजे, तर त्यहात कयौ क्षितिज लाई देखायो, पुन म निरास हुँदै त्यहा भएको क्षितिजको नामको आइ डि हरुमा फोटो हेर्दैगए, नभन्दै पुछारमा क्षितिज सापकोटा नाम भएको अर्को नाम भेटए, त्यसलाई क्लिक गरेर हेरे, फोटो उसैको रहेछ, त्यसपछी भने मैले त्यो प्रोफाइल खोलेर उस्को एक्टिभ रहेको नरहेको सबै अपडेटहरु हेरे, दुइदिन अगाडि मात्रै कतै यात्राबाट फर्किएको तस्बिर पोस्टिएको रहेछ, त्यसपछी भने मेरो अनुहारमा एकप्रकारको अनौठो चमकले छायो, मनमा भिन्नै अलग्गै रोमान्चक खुशीले छाएको जस्तो महसुस भयो, मैले उस्लाई रिक्वेस्ट पठाउनु अगाडि नै उसैलाई भेटेको जस्तै महसुस भयो, शायद दुइदिन अघी मात्रै अपडेट भएको वालले गर्दा पनि मलाई अबभने उ संग भेट हुन्छ भन्ने पक्का भयो, त्यसैले पनि म भित्र र मेरो अनुहारमा खुशीको रेखा दौडिएको थियो, फ्रेन्ड रिक्वेस्ट पठाउनलाई कतिपनी ढिला गरिन, मैले रिक्वेस्टको बटम दबाएर साथीबन्ने अनुरोध पठाएँ, त्यसपछी भने उस्ले मेसेज देखोस् नदेखोस् कुनै वास्तानै नगरि मैले साथमा एउटा मेसेज पनि लेखी पठाएँ, क्षितिज मलाई चिन्यौ, म स्कुल पड्दाको तिम्रो साथी चन्द्रा, साथी बन्न अनुरोध पठाएकोछु प्लिज एक्सेप्ट गर है, हुनत एकमनले भन्न मन लागेको थियो, म तिम्रो चन्द्रा, जस्लाई तिमी चाहन्थ्यौ, माया गर्थ्यौ, हो म उही तिम्रो हुननसकेको अभागी प्रेमिका भनेर, तर आफुले आँफैलाई सम्हालेर त्यस्तो लेख्ने हिम्मत भने गर्नसकिन, त्यसपछी भने उस्लाई फ्रेन्ड रिक्वेस्ट पठाएपछी खै त्यस्तो कुन मनको सुखको चैन भयो कुन्नी म ढुक्क भएर बेलुकिको घरधन्दा तर्फ लागे । 

कुनै सानो बालकलाई आफुलाई मन परेको खेलौना किनेर दिदा दिनभरिको उस्को सँधैको खेल्ने ब्यस्तता भुलेर त्यही खेलौनामै ध्यान केन्द्रित भएजस्तै मैलेपनी उस्लाई रिक्वेस्ट पठाएपछी भने दिनभरिको समय बितेको र बेलुकिको खानापिन कतिबेला बनाइसके, कतिबेला सबैलाई दिएर आफुले पनि खाए र कतिबेला आफ्नो रुममा आइपुगे भन्ने थाहै पाइन, साचिकै खुशी भन्ने यस्तो चिज रहेछ, जुन हामीले खुला आँखाले देखेर वा मुखले यसैमा खुशी छ भनेर भन्न नसकिदोरहेछ, अनी मान्छेको जिबनमा आफ्नो खुशी केमा छ त्यो पनि थाहा नहुनेरहेछ, भन्नत मान्छेले भन्छन म भाग्यमानी छु, म धेरै खुशीछु भनेर, तर कहिलेकाही मान्छेले नदेखेको र नसोचेको एक सुसुप्त वस्तुमा पनि मान्छेको खुशी लुकेको हुदोरहेछ, जो हामीलाई थाहानै हुन्न, त्यो खुशी आज मलाई एक्टिभ रहेको क्षितिजको फेसबुकको प्रोफाइल देख्दा भएको थियो, रामजी बिराटनगर जानुभएको पनि आज पाँच दिन बितिसकेको थियो, बेलुकी साडेआठ बजेतिर फोन गर्नुभो, सँधाको जस्तै उसैगरी खाना खायौ ? औषधी खायौ ल सुत भनेर फोन काटिदिनु भयो, वहाँँको छोटो फोन संबादपछी मैले पुन एउटा आशा बोकेर फेसबुक खोले, फेसबुक खोल्ने बित्तिकै आँखाको पहिलो नजर नोटिफिकेसनमै पुगिहाल्यो, कयौको नोटिफिकेसनलाई छोडेर उस्को एक्सेप्ट छकी छैन भनेर हेरे, नभन्दै उस्ले एक्सेप्ट गरेर पनि मेसेज छोडेको रहेछ, त्यसपछी भने मलाई खै कस्तो खुशी मिल्यो-मिल्यो, म खुशीले पागल जस्तैभए, उस्को एक्सेप्टले दिएको खुशीले एकपल्ट मोबाइल नै चुम्न पुगे र भन्न मन लाग्यो, धन्यवाद फेसबुक तिमीले आज मेरो हराएको मान्छे भेटाइ दियौ, जो मेरो अतित थियो, प्रेम थियो, जस्लाई म आज बर्सौ पछी प्राप्त गर्दैछु पुन, मनमा यस्तै-यस्तै के-के आयो-आयो, अनी अलिकती मनमा केही लाज केही संकोच त केही कौतुहल्ता बोकेर उस्ले गरेको मेसेज पढ्नलाई हतार हुँदै मेसेजको इन्बक्समा छिरे, हाइ ! चन्द्रा तिमी ? अरे ! कहाबाट तिमी यार, अनी अहिले तिमी कहाँछौ, शायद तिमी अन्लाइन छैनौ जस्तोछ, मेसेज छोडेकोछु अन्लाइन आएपछी मेसेज छोड्नु ल, अनी यतिका बर्षपछी पनि सम्झेर फ्रेन्ड रिक्वेस्ट पठाएकोमा मुरिमुरी धन्यवाद तिमीलाई, हस बाइ ! पछी कुरा गर्दैगर्छु ल, सि यु सुन ।

सानो छोटो तर मेरो लागि करोडौ शब्दहरुको मेसेजको अनुभुती भएको थियो उस्को त्यो सटिक शब्दहरुको मेसेज, शायद त्यो खुशी म आज तपाईं संग यो सटिक मेसेजमा आफ्नो काहानी सुनाउदैगर्दा शब्दमा वा भावमा पोख्न सक्दिन, मेरो प्यारो कथाकार ज्यु तपाईं अहिले यतिमात्रै बुझ्नुहोस कि सन्सारमा यो भन्दा ठुलो मेरो खुशी अरुकुनै हुनेछैन, तपाईं अरुको भावनालाई बुझेर लेख्न सक्ने मान्छे, मेरो खुशीको सिमा केहो र कतिहो त्यस्को मापन तपाईं आँफै लगाउन सक्नुहुन्छ, त्यसैले मेरो खुशी यो अर्थमा पनि बयान गर्न नसकिने अनन्त यसरी थियोकी विवाह पस्चात बर्सौ सम्म मेरो सन्तान नहुनु, पिडामा हरेकदिन बाँच्नु, एकातिर डिप्रेसनको औषधी सेवनगर्नु, अर्कोतिर हरेकदिन जसो म एक्लोपन भएर घरमा समय बिताउनु र आफ्नो दुखेको मन सेयर गर्ने कतै कोही नहुँदा पनि उस्को आगमनले मन प्रफुल्लित थियो, जो उ संग मात्रै म आफ्नो पिर सेयर गरेर केही थोरै भएपनी आफुलाई राहत महसुस गराउन सक्थे, त्यो अनुभुती र विश्वाश उस्ले दिलाउन सक्छ भन्ने मेरो अर्को विश्वाश थियो उनी प्रती, मान्छे हमेसा एक्लोहुँदा कोहिन कोही कसैको सहारा अबस्य खोज्छ, म पनि मान्छे हुँँ शायद त्यसैले पनि उस्को आगमनले यतिबिघ्न खुशी छाएको थियो म भित्र, उस्को मेसेज पढिसकेर मैले पनि मेसेज गरे, हेलो ! केछ खबर तिम्रो, अनी कहाछौ ? धन्न कसरी चिनेछौ है मलाई तिमीले, छोटो मेसेज सेन्ड गरेर कतै अन्लाईमै पो, छकी भनेर एकछिन कुरे, तर उताबाट उस्ले मेसेज सिन गरेको सिग्नल देखाएन त्यसैले अर्को मेसेज छोडेर सुत्ने तर्खरमा लागे म, मलाईत लागेको थियो शायद चिन्दैनौ होला, र मेरो फ्रेन्ड रिक्वेस्ट पनि एक्सेप्ट गर्छौ कि गर्दैनौ भनेर डर लागिरहेको थियो, धन्न चिनेछौ त्यसैमा खुशीछु म, अनी तिमीलाई कहिले फुर्सद मिल्छ मेसेज छोड है ल, बाइ सि यु अगेन, मैले यती मेसेज छोडेर सुत्ने तर्खर गर्दै निन्द्रा र डिप्रेसनको औषधी खाएर सुत्न लागे, शायद केहीबेरपछी औषधी लागेर होला म पनि एउटा खुशीको चैनको श्वास फेरेर बेलैमा निदाए, धेरै दिनपछी त्यो दिन पहिलोपल्ट दिमागमा कुनै कुरा नखेलाई निन्द्रा लागेको थियो मलाई ।


रचना- अर्पण योन्जन (शिरिष) 
मिती- २,३ र ६ पौष २०७८ 
तदनुसार- १७,१८ र २१ डिसेम्बर २०२१

No comments: