भोलिपल्ट बिहान २३, नोबेम्बर २०२१ दिन झन्डै अठार घण्टाको लगातारको रफ्तार पछी हामी रहिमा, दमाम, ताइफ, रियाध, मक्का, हुँदै र मक्का पछी आउने साउदी अरेबियाको रुख बुट्यानहरु बिनाको उराठ लाग्दा ठुलाठुला पहाड र तिनका बिचैबिचमा चारलेनको पक्की अलकत्रे काला सडकहुदै कारीब पौने आठ बजेतिर साउदीको पश्चिम भुभाग राबिघ पुग्यौ, रातको केहीछिन चन्द्राको काहानी सुन्दै यात्राको समय कटेको भएपनी बाँकी पुरै रात गाडीको एकोहोरो आवाज र रातभरको चिसो संगै कस्टकर तरिकाले बित्यो, बाटोमा आउने ति अनौठा लाग्ने ढुङ्गै ढुङ्गाको पहाडी द्रिश्य नियाल्नु सिवाय अरु केहीथिएन, त्यो अठार घण्टाको रफ्तारमा हामीले झन्डै चौधसय तिस किलोमिटरको यात्रा पारगर्दै राबिघको त्यो सानो शहरमा बिहानिको पहिलो पाइला टेक्यौ, राबिघ प्रबेशद्वारको सेक्युरिटी चेकपोइन्ट बाट भित्री बजार पुग्दा बिहानको आठ बजेर पन्द्र मिनेट भैसकेको थियो, भित्र बजार प्रबेश गरिसकेर हामी चढेको गाडीलाई बजारको एउटा कुनामा पार्किङ गरेर पछाडि आउने ट्रेलर ड्राइभर र भ्यानको स्टाफ हरुलाई कुर्न लाग्यौ, यसरी कुर्दाकुर्दै झन्डै नौ बजेतिर मात्रै सबैजना आइपुगे, त्यसपछी एउटा इन्डियन कफी सपमा छिरेर बिहानको नास्ता र चिया कफी खायौ हामीले, बाकिअरु स्टाफहरुलाई नास्ता खाँदैगरेको कफी सपमै छोडेर हामी दुइजना सामी मोहम्मद र म होटलको खोजी तर्फ लाग्यौ, सानो शहर त्यसमाथी भएको होटेल र गेस्ट हाउसहरु प्राय सबै भरिभराउ नै थिए, बाँकी भएका होटल र गेस्टहाउस हरुपनी निक्कैनै महङ्गा भएकोले हामीलाई भनेजस्तो होटल पाउनै मुस्किल पर्यो, राबिघमा भएको भएजती प्राय सबै गेस्टहाउस र होटेलमा घुम्दाघुम्दा बल्लतल्ल एउटा गेस्टहाउस भेट्यौ, प्रोजेक्ट इन्चार्ज र मेरो लागि अनी बाँकी साटफहरुको लागि गरेर पाँचवटा रुम बुक गरेर पुन स्टाफहरुलाई कुराएको कफिसपमा गएर ल्याएर होटलमा राख्यौ, यतिन्जेलसम्म दिनको साढे बार्ह बजिसकेको थियो, समय निक्कै बितिसकेको भएकोले सामी मोहम्मदले एकजना स्टाफ लिएर गएर बिहानको खानाको बन्दोबस्ती गरेर खाना लिएर फर्किएर सबजैनाले खाना खायौ, त्यसपछी भने रातभरीको यात्रा र निन्द्राले थकित भएकोले त्यो दिन आराम गर्ने र भोलिपल्ट देखी मात्रै भित्र प्लान्टमा जाने गेटपासको बन्दोबस्ती गर्ने भनेर सबैजना आराम गर्न तर्फ लाग्यौ, शायद अठार घण्टाको गाडीको यात्राले थकित भएरहोला म पनि निदाएछु ।
रातभरको थकानले म यती थकित भएछुकी दिउसो पौने दुइबजे तिर सुतेको मान्छे बेलुकी एकैचोटी आठ बजेमात्रै विउझिए, त्यो पनि स्टाफ लिएर गएको भ्यानको ड्राइभर अज्गर अलीले बेलुकिको खाना लिएर आएर खाना खानु उठाउदा मात्रै बिउँझीए, उनिहरुले खाना खाँदैगर्दा म भने उठेर बल्ल बाथरुममा नुहान तर्फ लागे, केहीछिनको नुहाइपछी फ्रेसहुँदै लुगा फेरर खाना खाए, पुन बेडमा गएर घरतीर फोन लगाउन थाले, बाँकी अन्य स्टाफहरु पनि नयाँ ठाउँमा आएको र होटेलमा बसेको होटेलको रुम र बेडको फोटो खिचेर आआफ्नो घरपरिवारमा पठाउन र गफ गर्नमै ब्यस्त थिए, घरमा बुडिलाई फोन लागाए, तर जतिपटक फोन लगाएपनी फोन नै लागेन, अन्त्यमा केही सिप नचलेपछी छोरीको मेसेन्जरमा कल लगाए, बल्ल कल लाग्यो, फोन लाग्ने बितिकै उताबाट छोरीले बाबा भन्दै कल रिसिभ गरिन, ममिको किन फोन नलागेको भन्दै सोधे, दिउसो लाइन थिएन अनी मोबाइलको चार्ज सकिएर अहिले चार्जमा राख्नुभाकोछ भनी, त्यसपछी भने बल्ल मन ढुक्क भयो, नत्र केही नराम्रो भएरपो कल लागेनकी भनेर मन आतिदैथियो, पुन ममिलाई फोन देउनत भन्दै बोले, छोरीले उताबाट ममित अघिनै निदाइसक्नुभो भनी, त्यसपछी पुन मैले ए ल ल सुत तिमी पनि राती धेरै अबेर सम्म नबस सुत है भन्दै कल काटिदिए, घरमा श्रीमती संग गफ नभएपछी फेसबुक तिर छिरे, फेसबुकमा केही नोटिफिकेसनहरु आएको रहेछ, सरसर्ती सबै हेरे, खासै केही थिएन, त्यसपछी निक्कै दिनभएको थियो स्पेस नछिरेको स्पेस तिर छिरे, त्यतापनी खासै राम्रो केही देखिन, दिनभरी सुतेकोले आँखामा निन्द्रा फिटिक्क लागेको थिएन, त्यसैले राती चन्द्रालाई भनेको थिए सकेसम्म आज घर नजानुहोस है, आजपुरै काहानी सुन्नुछ मलाई भनेर, त्यसैले कतै केही नभेटेपछी रातिको त्यही कुरा सम्झिदै चन्द्रालाई मेसेज गरे, हेलो, नमस्कार, सञ्चै हुनुहुन्छ, घर फर्किनुभयो कि माइतिमै हुनुहुन्छ, छोटोछोटो तर लगतार मेसेज गरे मैले, मेसेज पठाको एक मिनट पनि नहुँदै मेरो मेसेज हेरिएको हरियो सिग्नल देखियो, त्यसपछी चन्द्राको मेसेज कुर्न लागे, नभन्दै चन्द्राले मेसेजको रिप्लाई फर्काउदै लेखिन, हजुर नमस्कार, म फर्किन, अनी हजुरले नै नजानु भन्नु भाको हैन, अनी मत सञ्चैछु, अनी कस्तोछ हजुरलाई, अनी नयाँ ठाउंमा पुग्नुभयोत, कस्तो रहेछ नयाँ ठाउँ, अनी कस्तो लाग्योत त्यहा हजुरलाई, मैलेझै उन्ले पनि एकैचोटी सास नबिसै सबै सोध्न भ्याइ एकैपटकमा, उम सबै ठिकैछ, सञ्चै आइपुगे, ठाउँँ उस्तै हो साउदीमा जता गएपनी बालुवा र सुतेको कालो सडक अनी एउटै कलरका एकैदमले घरहरु बाहेक अरु फरकपो केनैछर, सबै उस्तैत हुन, बस ठाउँँ मात्रै नयाँ हो, नयाँ पनि के भन्नु, म २०१५/१६ तिर पनि बसिसकेको ठाउँँ हो राम्रैछ, अनी तपाईं सुत्ने तर्खरमा होकी केछ अवस्था, मैले उत्तर र प्रश्न एकैचोटी सके, उताबाट चन्द्रा केही हासेको पारामा इमोजी पठाउदै बोली, मेरो कथा सुन्न खुब आतुर छ हैन हजुरलाई, हाहाहा, इमोजिको सांकेतिक हासो उस्को, मैले पनि तुरुन्तै जवाफ फर्काए, उम होतनी, त्यतिको लागित आज हजुरलाई घर नफर्किन भनेको हिजो नै, घर जानबाट बन्चित गरेर राखी राखी पनि नसुन्नुत, बरु बोल्न मिल्ने भए सुरु गर्नुहोस्न हिजोको छुटेको ठाउँबाट, मेरो मेसेज पुग्न नपाउदै चन्द्राले मेसेजको रिप्लाई तुरुन्त गरिन, बाबु भर्खरै निदाएकोछ, उठ्छकी, बिस्तारै बोल्छु है त म, मैले हुन्छ भन्दै हातको बुढीऔलाको थम्प्स पठाउदै सहमती पठाएँ, लगतै चन्द्राले ह्वाट्स एप्समा कल गरिन, मैले कल रिसिभ गर्दै नमस्ते गरे, हेलो नमस्ते, नमस्ते हजुर नमस्ते, अस्तित मलाई नमस्ते नै मात्रै गरीबस्ने भन्नुभएको थियो, अनी, अहिले त आँफै नमस्ते गर्दै हुनुहुन्छत, उन्ले हाँस्दै भनिन, त्योत हजुरलाई भनेको हो, तर कुराको सुरुवातमा औपचारिकता त निभाउनै पर्योनी, मैले जवाफ फर्काए, है भन्दै चन्द्रा बोली, कहाबाट सुरु गरौ मेरो जिन्दगीका कथा भनौ वा भोगाइ, घाऊ अद्रिश्य छन, सम्झिदा आज पनि उतिकै दुख्छन, अतित सम्झिदा आजपनी ताजै बनेर आउछन ति स्मृतिहरु, त्यही भएर हिजो पनि सुनाउदा सुनाउदै बहकिए, मन दुख्यो र सुनाउनै सकिन, सरि है हजुर हिजोको लागी, मन दुखाइको भावयुक्त पारामा सरि भन्दै बोलीइ, सरि भन्नु पर्दैन, भावना हजुरको हो, घटना हजुरको जिबनको हो, सुनाउनु भएको हजुरले हो, बरु सरि त मैले माग्नु पर्नेहो, तपाईंको सबै अतित खोतल्न लगाएकोमा, तर हामीले यो कुरा नखोतल्दा मलाई लेख्न पनि त अफ्ठ्यारो हुनेथियोनी, योत हजुरले जसरी भएपनी भन्नै पर्थ्यो हैनर, मैले यतिभनिसक्दा त्योत हो भन्दै पुन बोलिन, ओके भन्नुहोस उसोभए कहाबाट सुरुगरौ, हिजो जहाँ छोड्नुभएको थियो, त्यहिबाट सुरु गर्नुहोस्न मैले भने, पुन उस्ले हुन्छ भन्दै आफ्नो काहानी सुनाउन सुरुगर्न थालिन ।
ह्जुरलाई त थाहैछ, हामी क्षेत्री बाहुनहरुको घरमा, जतिसुकै सम्पन्न र शहर बजारमा बसेपनी घरमा दुध र चिया खानैको लागि भएपनी प्राय एउटा भैंसी नत्र एउटा गाई मात्रै भएपनी पाल्ने चलन हुन्छ, मेरो बिहे राम्रै घरानामा भएकोथियो, मेरो बिहे पस्चात माइतिमा जस्तै मलाई कुनै कुराको कमित थिएन, तर सम्पन्न र काठमान्डौ जस्तो नेपालकै ठुलो र राजाधानी जस्तो शहरमा घर भएपनी ससुरा बा को लागि भएपनी घरमा गाई पालिएको थियो, किनकी वहाँलाई डेरिमा किनेर ल्याएको दुधको चिया मनै नपर्ने भएकोले, हुनत काठमान्डौ भन्ने बित्तिकै सबैथोक किनेर खानुपर्ने र त्यस्ता घनाजङल जस्तो घरहरु भएको ठाउँमा घास बिना कसरी गाई पाल्छन भन्ने पनि पर्नसक्छ धेरैको मनमा, तर हाम्रो घरमा गाई पालिएको थियो, तिनै गाइले हरेक बर्ष बर्सेनी सन्तान जन्माउछ, तर म हरेक बर्ष बात्सल्य बिहिन भएर हरेक बर्ष उसैगरी अपमान र तिरस्क्रित भएर बस्नुपर्छ, त्यसदिन पनि दिनभरी त्यही गाइको बाच्छा खुस्केर आफ्नो आमाको दुध चुसेर मैले गाली खानु परेको कुरा सम्झिरहे, सम्झिए, सन्तान जन्माएकै निहुँमा यो घरमा पसुको कदर छ बरु, तर मेरो अलिकती पनि कदर छैन, नत माया नत कुनै कसैको दयाभाव, सँधैको गाली र अपमान सिवाय केही पाएकिछैन मैले, कहिलेकाहित बर्सेनी सन्तान जन्माउने त्यो माली गाई देखी पनि मलाई खुब रिस उठ्यो, मनमनै एउटा निर्दोश प्राणी माथि डाहा लाग्थ्यो, जस्ले हरेक साल बाच्छोबाच्छी जन्माएर माया पाउथ्यो भने मैले सँधै तिरस्कार, साच्चै भन्ने हो भने जुनादिन मेरो गर्व तुहिएर म आमा बन्न बन्चित भए, त्यसदिन देखी यता आजसम्म बितेको बर्ष कसरी बित्यो सम्झिनु खोज्छु कहाली लाग्छ, किनकी मेरो दुइदुइ पटक गर्व मिस्क्यारेज भएपछी लगतार अपमानित र अपहेलित हुनुपरेकोछ, मलाई यहाँसम्म सम्झना छकी तिन बर्ष अगाडि हाम्रो घरको अगाडि कम्पाउन्डमा एउटा ठुलो आपको रुख थियो, त्योसाल थामी नसक्नु रुख नै नुहिनेगरेर लटरम्ब आप फलेको थियो, साउन महिनाको अन्तिम सातातिर हुदोहो आँप पाकेर घर आँगन कम्पाउन्डमा मगमग बास्ना नै चलेको थियो, आँपको पाकेको मिठो बास्नाले मलाई आँप खाउ खाउ लाग्यो, त्यसैले मन थाम्न नसकेर मैले रुखमा चडेर दुइदाना आँप टिपेर ल्याएर खाए, त्यो ससुरा बा ले भित्र रुमबाट देखिरहनु भएकोरहेछ, मैले रुख चढेर टिपेर ल्याएको देखेपछी वहाँँलाई खुब रिस उठेको रहेछ, त्यसदिन त केही भन्नु भएन, तर भोलिपल्ट खाने बेलामा काम नलाग्ने यस्तो जंगल पालेर के गर्नु, अलछिने आमाइ मान्छे भएर रुख चढेपछी घरमा लोदर लाग्छ, अलछिन लाग्छ, बरु यस्तालाई बेलाइमा काटेर मिल्काएको राम्रो, मान्छेले दिन नसकेको सन्तान यस्को फल खाएर के गर्नु, न मेरो बंश धान्ने आस, न मेरो अंश खाने आश, भन्दै फत्फताउदै छँदाखादाको आपको रुख काटेर फ्याक्नु भयो त्यो पनि मेरै रिसको कारणले, मेरो कर्मको दोश भनुम वा भाग्यको खेल सन्तान नहुनु मेरो के दोश थियोर, मेरो गर्वलाई लक्षित गरेर बारबार मलाई अपमानित हेला गरेर मेरो शरीर र हुननसकेको सन्तानको दोश त्यो चेत नभएको निर्जिब आँपको फललाई दाजेर काटेर फ्याक्नुको के अर्थ हुन्थ्योर, कहिलेकाही सोच्थे, सन्तान जन्माउन नसकेर परिवार आफन्त र समाजबाट कुरा काटिनु हेला खेप्नु म मात्रै होलाकी अरुपनी छन छोरीमान्छे यो दुनियाँमा, बोल्दाबोल्दै बिचैमा रोकिन चन्द्रा, शायद पुन उनी पुरानो दिनमा पुगिन, जस्ले उस्लाई घरिघरी घोचिरहन्छ, दुखाई रहन्छ, शायद विवाह पस्चातको जिबनको झन्डै सत्र बसन्त उ कहिले भुल्नेछैन, उस्को मौनतालाई सहज बनाउदै मैले सोधे, अनी त्यसपछी के भयो, पुन उनी बोल्न सुरु गरिन ।
भनिन्छ बुहारी को लागि हरेक सासुहरु दुश्मन जतिकै हुन्छन, हरेक घरमा सासु र बुहारीको बिचमा कहिले राम्रो व्यबहार र सम्बन्ध हुँदैन, तर मेरो घरमा भने ठीक उल्टो थियो, मान्छेले उखान टुक्का भनेजस्तो थिएन, रातदिन ससुराले कच्कच गर्दा पनि सासुले कहिलै नराम्रो केही भन्नुभएन, सँधै तेरो ससुरा त्यस्तै हो मन नदुखा भनेर सम्झाउनुहुन्थ्यो, सासु र बुहारी को सम्बन्धको बारेमा जजस्ले जेसुकै नराम्रो उखान टुक्का बनाएपनी शायद एउटी आईमाईको पिडा अर्को आईमाईले मात्रै बुझ्न सक्छ भनेजस्तै देवता समान हुनुहुन्थ्यो मेरो लागि मेरो सासु, कहिकतै गएर आउँदा पनि कुनैन कुनै जडिबुटी लिएर आएर घोटेर खुवाउनुहुन्थ्यो त कहिले केको बुटी ल्याएर कहिले हातको पाखुरी त कहिले कम्मरमा बाधी दिनुहुन्थ्यो, हामी छोरीको कर्म यस्तैहो, पिर नगर, मैले पनि तेरो ससुरा संग बिहे गरेर आएपछी सात बर्ष सम्म सन्तान नजन्माउदा मेरो सासु ससुराबाट यस्तै सहनुपरेको थियो, त्यो पिडा मलाई मात्रै थाहाछ, अझ मेरो पालामात दुबैजनाले उस्तै उतिकै नराम्रो व्यबहार गर्थे तर पनि मैले हार मानिन, हाम्रो बिहे भएको सात बर्ष पछी बल्ल तेरो बुडा मेरो गर्वमा आको हो, जुनदिन तेरो बुडा मेरो पेटमा आयो त्यसपछी मेरो दु:खको दिन गएजतिकै भएको थियो, त्यसपछी मेरो हरेकदिनको दिनचर्या नै बदलिएको थियो, सबैले माया गर्न थाले, सासुससुरा लोग्ने आमाजु नन्दहरु सबैको प्यारो हुनथाले, अनी जुनदिन मैले यस्लाई जन्माए त्यो दिन झन छोरा जन्माएको देखेर तेरो ससुरा र मेरो सासु, आमा-छोरा खुब नाचेका थिए, बहुला जतिकै भएर फुर्किएका थिए, त्यो दिन म कहिले भुल्दिन बुहारी, साँच्चै भनुम भने मलाई तेरो बुडालाई जन्माउदाको पिडा भन्दा धेरै जिबनभर बिझाउने मनको खिल काटेर फ्याकेको जतिकै भएकोथियो, पैतालामा बिझेको काँडा झिकेर फ्याकेको अनुभुती भएकोथियो, तर अहिले त, तेरो मर्म बुझिदिने कम्सेकम मत छुनी, भनेर मलाई सम्झाउदै केके केकेको जडिबुटिको औषधी बनाउदै खुवाउनुहुन्थ्यो, मेरो सासुले गर्नुभएको माया र सहयोग शायद अरुकुनै बुहारीले पाउन सक्दैन जस्तै लाग्छ मलाई, आफ्नो बंश धान्न होस वा अंश खान के चै गर्नुभएन मेरो लागि सासुआमाले, कहिले कुनै हस्पिटल पुर्याउनुहुन्थ्यो, कहिले कुन चै ज्योतिसकोमा चिना हेर्न र झारफुक गर्न पुर्याउनुहुन्थ्यो, वहाँले थाहा पाएको र नाम सुनेको पन्डित, ज्योतिसी, धामिझाक्री बैध्य कतै लान चुक्नुभएन ।
एकदिन यस्तै धामिझाक्री र ज्योतिस पन्डित देखाउनेकै क्रममा ससुराले चरिकोटको भिमेस्वर नगरपालिका आफन्तकोमा कुनै जान्ने ज्योतिस र बैध्य दुबैभएको भन्दै सासुआमाले मलाई लिएर जानु भन्नुभयो, त्यसैले हामी सासुबुहारी भोलिपल्ट चरिकोट तर्फ लाग्यौ, काठमान्डौको कोटेश्वरबाट गाडी चढेर भक्तपुर, साँगा, हुँदै मध्याउपत्यका छाड्दैथियौ, तर जतिजती गाडीले आफ्नो रफ्तार बढाउदै अग्लाअग्ला पहाडहुँदै घनाजंगल छिचोलेर काठमान्डौ उपत्यताकालाई छोड्दैथियो, उतिउती मेरो मन भित्रभित्रै एकप्रकारको अनौठो हुटहुटिले सताउदैथियो, कुदिरहेको गाडीले पहाडहरु छिचोलेर अगाडि उक्लिदै जादा मेरो मन पनि उसैगरी अनेकौ तर्कना खेलाउदै उक्लन्थ्यो, एकातिर सन्तान नजन्माउनुको पिडा बोकेर म एउटा झिनो आशा लिएर जादैथिए भने, अर्कोतिर कहाँ होला, केहोला, कसोहोला, भन्दै मन डरै रहेको थियो, तैपनी चुपचाप जानुको बिकल्प थिएन म संग, बस संगै सासुआमा भएकोले त्यस्तो नराम्रो अनर्थ केही नहोला भन्ने विश्वाशत भने थिए, यसरी हामी एउटा आशालाग्दो रहर बोकेर हिंडेका थियौ, गाडी जतिजती अगाडि बड्दै जान्थ्यो बिचमा सुन्दर र हरियाली बनजंगल घनाबस्ती र बाटको बिचबिचमा सानाठुला बजार चौक र पसलहरु आउथे, बाटोमा आउने हरेक गाउ, मसिना बजार चौक र पसलहरुको नाम त थाहा भएन तर मैले यात्राकै क्रममा सम्झिएका ठाउँहरु भने अहिले पनि याद छन, तिनै मद्धे हामी सासुबुहारी काठमान्डौ छोडेर हिंडेपछी रावत गाउँ, अहिलेको धुलिखेल जिपलाइन, दुलालचोक, चारखोल हुँदै अरानीको राजमार्गको साना तर सुन्दर कालोपत्रे सडकहुदै, दोलालघाट बस बिसौनी पुगेर बिहानको खाना र खाजा खायौ, दोलालघाटमा खाजा नस्ता र खाना सबैको भैसकेपछि गाडी पुन ईन्द्रवती पुल तरेर अगाडि बड्यौ, जसरी बिहानै गाडीले आफ्नो रफ्तार बढाएको थियो, उसैगरी अहिलेपनी आफ्नो गती नापिरहेको थियो, गर्दागर्दै हामीहरु डुम्रे, सिम्ले, सुकुटेबजार, हुँदै सुनकोशिको तिरैतिर हुइकिरहेको थियौ, निकै लामो सुनकोशिको तिरको यात्रा सकिएपछी भने अँधेरी पुल तरेर स्वारा गाउँको उकालो लाग्यौ, त्यो उकालोमा भने मलाई गाडीले घुम्तिहरुमा यता र उता हल्लाउदा हल्लाउदा शरीर नै थकित बनाएको थियो, झन स्वाराको उकालो सकिएर भालुखोपको ओरालो झरेपछी कोक्रोमा बच्चालाई हलाएजतिकै शरीर हलाएकोले बान्ता गर्नथाले, एकछिनको लागि त लाग्यो अब बाच्नु यतिनै रहेछ, सबै पिरब्यथाहरु सकिने भए, न हेला, न अपबचन, न कुनै मुटुनै चुडिने गरेर सुन्नुपर्ने अलछिनी र बाझी शब्दहरुको ओइरो, बस सबै खेल यही ओरालोमै खत्तम हुनेभयो, सबै सकिने भयो, यस्तै सोच्दै म लगतार वाकी रहेको थिए, यसरी लामो यात्रामा कहिलै नहिडेकोले गर्दा मलाई त्योबेला निक्कैनै गाह्रो भएकोथियो, अरानीको राजामार्ग सकिएपछी भने हामी लामासाँघु राजामार्ग हुँदै खरिढुङा, मकैबारी, पुवाँले, कटेर झन्डै नौ घण्टाको अत्यास लाग्दो एकसय तिस किलोमिटरको बसको यात्रा सकेर बेलुकिको झन्डै चारबजे तिर चरिकोटको भिमेस्वर नगरपालिकाको बसपार्कमा अवतरण भयौ, बसपार्कमा पुग्दा हामीलाई लिन एकजना अधबैशो उमेरको लोग्नेमान्छे आएर पर्खिरहेको रहेछ, त्यो मान्छेले सासुलाई भाउजु दर्शन भन्दै नमस्कार गर्यो, बाबु नमस्कार भन्दै सासुले मलाई पनि त्यो ब्यक्तिलाई नमस्कार गर्न लगायो, मैले पनि नमस्कार गरे, त्यसपछी हामी झोला बोकेर उनको पछीपछी लाग्यौ, उनको पछी लागेर गएको पछी मात्रै थाहाभयो कि त्यो मान्छे ससुराबाको आफ्नै फुपुदिदिको छोरो रहेछ, हामी उसैको घरमा गएकारहेछौ, केही मिनेटको हिडाइपछी हामी उनको घरमा पुग्यौ, सबैसंग चिनापर्ची भयो, ससुराका आफन्त पटिका सबै नाता भित्रकै रहेछन, बेलुकिको खानापछी भने मेरो सासु र फुपुसासु र दिउसो हामीलाई लिन आउने फुपुसासुका छोरा साइनोले मेरो काका ससुराहरु सबै गफ गर्दैथिए, त्यसदिन थाकेर पुगेकोले बेलुकी खाना खाइसकेर म भने चाडै सुते ।
भोलिपल्ट बिहानै उठ्यौ हामी, बिहानको चिया नास्ता भ्याएर फुपुसासुले मलाई र मेरो सासुआमालाई लिएर बजारको अलिक तलपट्टी अर्को रोडमा लिएर जानुभयो, त्यो हामी गएको ठाउँँ कालिन्चोक रोडको पछाडिपट्टी सिटिजेन ब्यङ्कको अगाडिको सानोरोडको भित्री गल्लिमा एउटा चेपमा बाहिरबाटै मन्दिर जस्तै सजाइएको घर रहेछ, हामी पुग्दा पन्डित ब्राम्हाण जस्तै लाग्ने कालो र लामालामा कपाल र दारी भएको हेर्दा चालिस बयालिस मात्र पुगेको जस्ता देखिने पूजारी घरभित्रको कुनै द्रिश्यनै नदेखिने गरेर धुपबत्ती सल्काएर एकतमासले केके फलाक्दै पूजा गर्दैथियो, हामी त्यहा पुगेर आँगनमा उभिएको देखेर एउटी तिस पैतिस बर्षकी जतिको देखिने महिलाले घरको आँगनमा बस्ने कुर्सी ल्याइदिदै बस्न आग्रह गरीइन, उनी तिनै पूजारिको धर्मपत्नी रहेछिन, किनकी फुपुसासुले माता जि बा को पूजा सकिने बेला भएन भनेर सोध्नुभएको अन्दाजले चिने मैले, फुपुसासुको सोधाईपछी माता भनिनेले एकैछिनमा सक्नुहुन्छ बस्दै गर्नुहोस्न भन्ने आग्रहले हामी एकछिन त्यो घरको बाहिरै कुर्सिमा बस्यौ, हामी पुगेको झन्डै आधाघन्टा जतिमा भित्र पूजापाठ सकेर पूजारी बाहिर निस्किएर सुर्यलाई अर्ग चढाएर पुन भित्र पस्यो, भित्र पसिसकेर भित्रैबाट हामीलाई कतिकामले आएको भनेर सोद्धै भित्रै आउन बोलायो, हामी तिनैजना भित्र पस्यौ, भित्र छिर्दा घर बाहिरको भन्दा पनि अझ कयगुनाले रंगिबिरंगी तुल धजाहरुले मन्दिर झै बनाएर सजाइेको रहेछ, घरको चारै भित्तामा बिभिन्न देबिदेवताका तस्बिर र पूर्व पटिको भित्तामा पश्चिम फर्काएर शिवजिको सानो मुर्ती राखेर तिर्सुल भाला, घन्टी, रुद्रक्षाको माला, धुप अछेता दियो अनेकै सरसामन राखेर साचिकै मन्दिरनै झै बनाइएको थियो, हेर्दै डरलाग्दो काली खेलाउने जतिकै देखिन्थ्यो, भित्र पसेपछी सासुआमाले सबै समस्या बताउनुभयो, त्यसपछी पुजारिले मलाई नजिकै बस्न आग्रह गर्दै सेतो चामलमा रातो फुक्को अबिरमा मिसाएर आगोको खरानीमा मिसाएर मुट्ठी कसेर के के भन्दै दुइचार चोटि फु-फु गर्दै फुकेर मलाई उकत चामल खान भन्यो, मैले त्यसै गरे, त्यसपछी भोलिपल्ट फेरी बिहानै आउनुभन्दै हामीलाई आजलाई जान भन्यो, हामी पनि त्यहाभित्र पसेर झन्डै एकघन्टा जतिबसेर निस्कियौ, जादैआउँदै गरेर दैनिक जाने र केके फुकेर दिने र खाने गर्दागर्दै चौथो दिन मलाई मात्रै पठाउन भन्दै बिदागरेर पठायो, त्यसै अनुसार चौथो दिन म मात्रै एक्लै गए, त्यो दिनभने मलाई सँधै उस्ले फुक्ने र केके मन्त्र उचारण गर्ने मन्दिर भन्दा अलिक भित्र अर्को अँध्यारो कोठामा लगेर गयो, त्यहा एउटा खाटिया र त्यसमा ओछ्याइेको केही डसना कपडा थियो, त्यहा मलाई सुत्न भन्यो, मनमा केके सोच्दै डराउदै बिस्तारै खटियामा सुते, पूजारिले शिरपुछर गर्दै अछेताले शरीरमा हिर्काउदै खुटाको पैताला मा मालिस गरेझै मुसार्यो, मलाई अलिक केही असहज र संका लाग्यो, तैपनी मैले केही भनिन, चुपचाप, खुट्टा मुसार्न दिए, उ बिस्तारै मेरो खुट्टाको पैतला हुँदै एकैचोटी मेरो कम्मरमा आएर समाउन खोज्यो, अनी त्यसपछी भने मलाई झन डर लाग्यो र त्यस्को नियत ठीक नभएको जस्तो लागेर हतारमा झुरुक्क उठेर मैले प्रतिबाद गर्दै भने, गुरुजी यो के गर्न लाग्नुभएको भनेर सोधे, उ एकछिन ठिङ उभिएर मलाई सम्झाउदै भन्यो, तिमी डराउनु पर्दैन यो सब तिम्रै भलाइकै लागि गर्दैछु म, म जसो गर्छु तिमी आँखा चिम्लिएर बस भगवान शिवको नामलिदै शिव-शिव भन्दै गणेशलाइ सम्झ, किनकी तिमीले शिवजिलाई सम्झिएर गणेश भगवानलाइ दिमागमा ल्यायौ भने गणेश जस्तै तिमीलाई पुत्रलाभ हुनेछ, त्यसैले तिमी आँखा चिम्लिएर चुपचाप बस भन्दै मेरो दाहिने कुममा उस्को बलिस्ट हातले बिस्तारै ठेल्दै सुताउन खोज्यो र मलाई लडाएर पुन अगिकै जस्तै मेरो शरीरको बिभिन्न संबेदनशिल अंगहरु छुन कोशीस गर्यो, यो पल्ट भने म पक्का भएकी यसले औषधी र झारफुक को नाउँमा यो पूजारिले मेरो शरीरक यौनशोषन गर्दैछ भन्ने बुझिहाले र मैले पुन लाताले हानेर झट्कार्दै उठेर उभिए, मैले रिसाउदै भने गुरुजी यो कस्तो खालको उपचार हो, उस्ले शान्ता हुँदै मलाई पुन सम्झाउने कोशीस गर्दै भन्यो, केही हुन्न नानी यो सबै तिम्रो भलाइको लागि हो, मलाई तिम्रो ससुराबाले सबै भनि सक्नुभएकोछ फोनबाट, कि तिम्रो पतिबाट तिम्रो सन्तान हुन सक्दैन, जुन पुरुषमा हुनुपर्ने गुण हो त्यो तिम्रो लोग्नेमा छैन, त्यो मैले पुरा गर्न सक्छु, यदी दुइचार दिन यही बसेर दैनिक धायौ भने र तिमी सहमति गर्न तयार भयौभने भलाई तिम्रै हुनेछ, तिम्रो ससुराले बंश पाउनेछ तिमीबाट, तिम्रो सासुले नाती, तिम्रो लोग्नेले आफ्नो कुलको सन्तान र तिमीले आफ्नो ममताको बात्साल्य पाउनेछौ, तिम्रो जिबन र तिम्रो घरको परिवारमा सबैमा खुशी नै खुशी छाउनेछ, बुझ्ने कोशीस गर, म तिमी संग जे गर्दैछु त्यो शरीरक संपर्क नभएर भगवान शिवको अलौकी प्रशाद र तिम्रो भाग्य हो, यहाँ तिमी जस्ता समस्या लिएर आउने धेरै महिलाहरु छन, मैले ति सबैको यसरी नै उपचार गरिदिएकोछु, तिमी पनि ढुक्क भएर सुइकार गर, तिमीलाई केही असर पर्दैन, उस्ले मलाई सम्झाउने प्रयासमा भन्यो, मैले उक्त पूजारिको कुरालाई प्रतिबाद गर्दै भने, यो सब तपाईं गलत गर्दै हुनुहुन्छ गुरुजी, यो कुनै उपकार गर्दैहुनुहुन्न तपाईं, उपचार र झारफुकको नाउँमा कुनै एउटा मजबुर नारिको सन्तान मोहको कम्जोरी माथि सारिरिक यौन सोसणको फाईदा लिदैहुनुहुन्छ, यदी तपाईं मलाई अझ जबर्जस्ती गर्न खोज्नुभयो भने म चिच्याउनेछु, त्यसपछी तपाईंलाई यहाँबाट मेरै कारनले शहरका सबै मिलेर उठिबास लगाउनेछ, म पुलिस लिएर आउनेछु बुझ्नुभो, आजसम्म कती नारिको यौनशोषन गर्नुभयो त्यो आज म निकाल्छु, सबै पापको घडा पोखिएला होस् गर्नुहोस र आजबाट यस्तो अपराध गर्न छोड्नुहोस, मैले कड्किएर रिसले मुर्मुरिदै यती भनेपछी शायद त्यो पनि डराएछ क्यारे, थरर कापेको आवाजमा दुइहात जोडेर माफि माग्दै नानी कृपा गरेर मेरो इज्जत बचाइ दिनुहोस् अबदेखी म यस्तो गर्नेछैन, कहिकतै कसैलाई केही नभन्नुहोस भन्दै दुईहात जोडेर मेरो पाउ पर्यो, मैले दुबै खुट्टा झट्कारेर त्यहाबाट हतारिदै बाहिर निस्किए, एकातिर रिसले अर्कोतिर डरले हात खुट्टा लुगलुग कमाउदै म पनि फुपुसासुको घर आइपुगे, मेरो सबै हातखुट्टा लल्याक लुलुक गलेको झै भएको थियो, फुपुसासुको घरमा पुगेर म निस्सासिएको जस्तै भएको थिए, कहाँ गएर कस्लाई सुनाउ कस्लाई भनौ, कहागएर डाको छोडेर रौउँ जस्तै भएको थियो, त्यसपछी म बाथरुम तर्फ गए, बाथरुमको सावर नलको पानी पुरै खोलेर शरीर भरी चिसो पानी थापेर आफुलाई सितल बनाउने कोशीस गरे, अनी बाथरुमको सबै पानीको नल खोलेर आफु माथि थापिसकेर, बेस्कन रुए, भित्तामा मुड्की बजारेर चिच्याए, कराए र मनलाई शान्ता बनाएर नुहाएको बहनामा बाहिर निस्किए ।
बिहानको दशबजे तिर खाना खानुलाई सबै डाइनिङ रुममा भेलाभए, म पनि लुगा फेरेर भित्र प्रबेशगरे, सासुले ए त पनि आइपुगिस भन्दै ल खान खानु बस, भन्नुभयो, तर म भने अघी भर्खरैको पूजारिको त्यो हर्कत सम्झिएर केही बोल्नै सकिरहेको थिइन, खान खानु मन त परैजावोस आफ्नै मन आँफै संग नभएको जस्तै भएको थियो, त्यहाबाट कहिले आफ्नो घर फर्कौर यो कुरा कसैलाई सुनाएर धित मरुन्जेल रौउँ झै भएकोथियो, सबैजना खाना खानु बस्यौ, फुपुसासु खाना खाँदै मेरो सासुआमा लाई भन्दै हुनुहुन्थ्यो, त्योत एकदम जान्ने छरे, त्यसले देको औसदी त एकदमै जडिको छरे, जस्तै बिराम पनि चट्टै बनाउछरे, कतिजनाको सन्तान नहुनेहरु यहाँ आएपछी सन्तान भएर खुशी भाकाछन रे, सन्तान भएपछी कतिलेत फर्किएर आएर बक्सिस पनि दिन्छन रे, सासुआमा भने उम उम भन्दै फुपुसासुको कुरामा सही थप्दै खानाखाँदै भन्दैहुनुहुन्थ्यो, उपचारले काम गरिदिए त राम्रै हुन्थ्यो, बरु नाती नातिनी जे भएपनी म पनि फेरी आएर दुइचार पैसा दिन्थे, म भने उनिहरुको कुरा सुनेर आफुले आँफैलाई धिकार्दै मनमनै गाली गर्दै भन्दैथिए, गर्छ त्यस्ले उपचार, मलाई थाहाछ कस्तो खालको उपचार गर्छ भनेर, एकमनले त सोचे, पूजारिको असली व्यबहार केहो पोल खोलिदिउकी जस्तो लाग्यो, फेरी अर्को मनले सोचे, यिनिहरुले बुझ्ने छैनन, बरु उल्टै मलाई नै गलत सम्झिन बेर छैन, आ जेसुकैहोस अब भोली देखी मलाई त्यहा जानुछैन भन्दै मन बुझाए, र सासु तिर फर्किएर भने, आमा भोलिदेखी जान पर्दैन रे, झारफुक सकियोरे, औषधी फुकेर देकोछ गुरुजिले, बरु भोली घरतिर लागौ भने, मेरो कुरा सुनेर सासुले भन्नुभयो, ए होर, ल राम्रै भयो उसोभए भोली बिहान फर्कौला, घरमा सबै काम बितिसक्यो, सासुको कुरा सुनेपछी मन अलिक शान्त भयो ।
त्यो रातभर मलाई निन्द्रा लागेन, दिउसोको त्यो गुरुजिको हर्कतले गर्दा मनमा कुरा खेलिरहयो, यतिबेला मलाई सन्तान नहुनुको पिडा भन्दा अझ ठुलो पिडाको बोझ महसुस भएको थियो, अनी मनमनै सम्झिए, म जस्तै सन्तान नहुने र घरपरिवार समाजबाट अपहेलित हुनुपरेको नारिहरु कतिले आफ्नो अस्तित्व आफ्नो श्रीमान प्रतिको सतित्व चिरहरण गराए होलान, सन्तान हुने आशामा कती त्यो पूजारिको यौन शोषनको सिकार भएहोलान, पूजारीबाट तिनिहरुले सन्तान लाभ त गरेकी गरेनन थाहा भएन, तर नचाहेरै र परिवारको दवाबले आफुलाई लुटाउन कती वाध्य भएहोलान, कतिलाई अन्धबिश्वास थियो त कतिलाई सन्तान सुखमोहले आफु लुटिन वाध्य बनाए होलान, आजसम्म बाजोपनको फाईदा उठाएर कती नारीमाथि सुखभोग गरेहोला त्यो पूजारिले, सोच्दा सोच्दा मलाई निदाउन फिटिकै दिएन, म रातभर तनाब ग्रस्त बनिरहे, सम्भ्रान्त परिवारको छोरी थिए, सम्भ्रान्तै परिवारको बुहारी थिए, अनी एउटा पढेलेखेको शिक्षित श्रीमान र सरकारी उपल्लो दर्जाको कर्मचारीको पढिलेखेकी शिक्षित श्रीमती थिए म पनि, यतिहुदाहुँदै पनि आज म बालबाल यौन शोषन र बलत्कार हुनबाट जोगिएको थिए, म जस्तो जानेबुझेको पढिलेखेको शिक्षित नारिको त यो हालत छ भने गाउँको कुना कन्दरामा अशिक्षित दिदिबहिनीको कस्तो हबिगत होला, गर्ब सुखभोगको अभाभकै कारण बर्सौ देखिको सन्तान अभावमा आफ्नै घरको सदस्यहरुबाट बारबार अपहेलित तुच्छ बचनहरु सुन्दै र खेप्दै आउनुपरेको तितो सत्य थियो मेरो लागि, मलाई साचिकै त्यो एकरात पनि बर्सौ जस्तो महसुस भएको थियो, कतिबेला उज्यालो होला र गाडी चढौला को हुटहुटिले त्यो चुक जस्तो अध्यारो रातमा सताइनै रहयो, रातभरको मनभरिको हुटहुटी र एकप्रकारको छुट्टै नमिठो छट्पटिले हजारपल्ट कोल्टे फेर्दाफेर्दा बल्लतल्ल बिहानको पहिलो डाकको कुखुराको भालेको डाक सुनियो, त्यसपछी भने बल्ल अब चै उज्यालो हुनलाग्यो भन्ने आशाले मन अलिक शान्त बनायो, रातभरको सोच्दासोच्दाको छट्पटिमा फिटिक्क निदाउन नसकेको बिहानिको भालेको पहिलो डाक पछी भने मन अलिक शान्त भएर होकी म उज्यालो हुनेबेलामा फुस्स निदाएछु ।
भोलिपल्ट बिहान उज्यालो हुनेबेलामा मस्त के निदाएको मात्रै थिए एकैछिनमा फुपुका घरका सबै परिवारहरु बिउँझीएर हल्लाखल्ला गर्दै आवाज गर्न थाले, कोही बिहानको पूजापाठ र कोही बिहानको घर सफाइमा लागिसकेका थिए, पहाडको ठाउँँ भएपनी शहरी क्षेत्र भएकोले बिहानै देखी बाहिर मान्छेहरुको होहल्ला सुनिन थालेको थियो, हामी बसेको फुपुसासुको घर चरिकोट ओेएल स्टोर र डेपलभमेन्ट अफ उर्बान दिपआर्ट्मेन्ट बिल्डिङको बिचभागको अगाडिपट्टी लामोसाँघु रामेछाप राजामार्गको मुख्य रोडमै घर भएकोले सडकमा हिंड्ने मान्छेहरुको पदचाप र गाडीको घ्यारघुर गरेको आवाज सुनिन थालेको थियो, म सुतेको रुम पूर्वपटी परेकोले पारीपट्टी काभ्रेको नाम्दु बनगाउँको डाडाबाट निस्किदै गरेको कलिलो घामको किरण म सुतेको ओछ्यान सम्म पदार्पण भैसकेको थियो, मंसिर महिनाको चिसो मौसम र बाहिर कराएको चराचुरुङिको यि सबैको आवाजबाट मेरो पनि अकस्मात आँखा खुल्यो, जिउलाई तन्काउदै हाइ काडेर जुरुक्क उठे, झ्यालको पर्दा अझ हटाएर पछाडि तिर नियाले शहर बिहानै उठिसकेको रहेछ, मान्छे भन्दा छिटो शहरको घरहरुको भान्सा कोठाबाट बिहानैको आगोको धुवहाँरु चिया कफी र नास्ता पाकेको संकेत गर्दै उज्यालो भएको प्रमाण पेश गरिरहेका थिए, यसरी जिबनकै पहिलो लामो र अत्यास लाग्दो रात काटेपछी भोलिपल्ट उज्यालो भएपछी बिहानको चिया नास्ता खाएर काठमान्डौ फर्किने तर्खरमा लाग्यौ, हिंड्नेबेला सम्म फुपुसासु खाना खाएर मात्रै जावो भनेर कराउदै हुनुहुन्थ्यो तर मलाई भने त्यो ठाउँ कहिले छाडौ र मनभरिको बोझलाई हलुका बनाएर लामो श्वास तानौ जस्तै भएकोथियो, तर धन्न सासुआमाले पनि खाना खाएर हिंडेपछी बाटमा गाडीको धुवा धुलो र हल्लाइले वाकवाकी लागेर बमिट हुन्छ बरु भोक लागे बाटोमै खाने भनेर भनिदिनुभएकोले मलाई केही राहत मिलेको थियो, किन कि जतिसक्दो म त्यो ठाउँ छोडेर एउटा जेलबाट छुटेको कैदी जतिकै स्वतन्त्र महसुस गर्न चाहन्थे, हिंड्ने बेलामा पहाडको गाउँको सागसब्जी मिठो हुन्छ भन्दै फुपुसासुले भएभरको पोकोपन्तुरा कसिदिनुभएको थियो, बडेमानको झोलामा स्कुस, रायोको साक, कालो मास, भट्ट आदी केके हालिदिनुभएको थियो, अन्ततत हामी फुपुको घरबाट बिहानको आठबजे तिर निस्कियौ, निस्कदा सागसब्जी बोकेको झोला धेरै र ठुलो भएकोले दक्षिणपट्टी रहेको बसपार्कसम्म पुर्याउनलाई फुपुसासुको छोरा जेठाजु भिमदत्त र वहाँको छोरा निरजदत्त देवरबाबु आउनुभएको थियो, बसपार्क घर देखी अलिक तलैपर्थ्यो, बसपार्क लामोसाँघु रामेछाप राजामार्ग र चरिकोट लामाबगर सडकको मिलनबिन्दु नेपाल क्रेडिट एन्ड कमर्सियल ब्याङ्कको अगाडिपटी मेनरोडमै थियो, त्यसपछी हामी पुन पाचौ दिनको बिहान अन्तत बाटो लाग्यौ काठमान्डौको लागि भनेर, जबसम्म हामी घरबाट निस्किएका थिएनौ तबसम्म एउटा नजानिदो त्रासैत्रासले गाजेझै भयभित थिए म, तर जब घरदेखि निस्कियौ मैले केही राहत काम भएको महसुस गरे, अनी जबसम्म बसपार्कमा पुगेर बसमा चढिएन त्यहा पनि एक सुसुप्त भयले सताइनै रहेकोथियो, तर जब बसको टिकट काटेर बस भित्र छिर्यौ त्यसपछी भने एउटा लामो श्वास फेरे मैले, अनी बिस्तारै गाडी गूड्न लाग्यो, अनिभने पूर्णरुपमा मा भयरहित र् सुरक्षित भएको अनुभुति भएको थियो मलाई, सन्तान हुने मोहले बाध्यताबस मलाई कहाँकहाँ पुराएको थियो, शायद जिबनमै सबैभन्दा धेरै डर र त्रास बोकेको क्षण नै मेरो यही थियो होला, अनी यो म जिबनभर बिर्सन सक्दिन र चाहेर पनि म यो भुलाउन पनि सक्दिन, यो एउटा मेरो जिबनकै नमिठो सपना जस्तै थियो तर वास्तबिक जिबनको भोगाइ, बोल्दाबोल्दै चन्द्र पुन सुन्सान भैन, शायद बोल्दाबोल्दै अतितले उस्लाई घोचेको हुनुपर्छ, मैले यस्तै सोचेर एकछिन चुप लागेर केही भनिन, केही सोध्ने आँट पनि गरिन, तर एकमिनट जतिको मौनता पछी पुन चन्द्रा आँफै बोलिन ।
बिहान नौ बजेतिर गाडीमा चढेको भएपनी हामी काठमान्डौ बेलुकी सात बजेतिर मात्रै पुग्यौ, जाडो महिनाको छोटो दिन भएकोले साँझ झपक्कै परिसकेको थियो, गाडी कोटेश्वर पुगेर अडियो, सासुआमा र म मात्रै भएकोले सकिनसकी बसबाट झोला र सब्जिको भारिहरु निकालेर एउटा ट्याक्सी खोजेर बल्लतल्ल रातिको साडेआठ बजेतिर मात्रै घरमा पुग्यौ, घर पुग्दा पल्ला घरको नरमाया काकिको छोरी शिला आएर खाना पकाएर ठीक्क पारेर राखिदेको रहेछ, पुगेर एकछिन पनि थकाई नमारी लुगा फेरेर खाना खानु बस्यौ घरका सबैजना, वहाँ चै खाना खाइसकेर रुम गैसक्नुभएको थियो, सासु र म खाँदैथियौ, यसै बिचमा खाइसकेर उठेर हात चुठ्न जानेबेलामा ससुरा बा सासु तिर हेर्दै कड्किएर बोल्यो, काम बनोस बनेर पठाएको उल्टै काम बिगारेर आयौ होइन भनेर टेबलको पानीको लोटा उठाउदै बाहिर निस्किए, ससुराले त्यती भन्ने बितिकै मलाई मनमा चिसो पस्यो, शायद त्यो असती पापी पूजारिले ससुरालाई फोन गरेर सबै भनेको हुनुपर्छ, के के भयो भनेर, नत्र किन यसरी सबै काम बिगारएर आयौ हैन भन्दै सासुलाई गाली गर्थेत, त्यतिकुरा सुनेपछी मलाई पनि खान खानु मन लागेन, हात चुठेर जुठोभाडा गर्न तर्फ लागे म, सासु हात धुएर रुम तिर लाग्यो, घरको सबै धन्दा सकेर थकित भएर एकछिन टिभीरुममा गएर थकाई मारे, पन्द्र बिसनेट जती बसिसकेर सुत्नको लागि भनेर आफ्नै रुम तर्फ लागे, रुममा पुग्दा वहाँ ल्यापटमा बसेर अफिसको केके काम गर्दै हुनुहुदोरहेछ, मलाई भित्र प्रबेश गरेको देख्ने बित्तिकै तातोपानी तताएर ल्याउ ल्याउ भन्नु भयो, म पुन किचेन तर्फ गएर तातो पानी तताए, पानी तताइसकेर थर्मसमा लगाउदै एउटा गिलास पनि संगै ल्याएर वहाँको टेबलमा लगेर राख्दै एक गिलास तातो पानी वहाँको अगाडि राखिदिदै भने, काम सकिएन, थाक्नुभाको होला, बरु अहिले सुतेर बिहान अलिक छिटो उठेर गरेपनी त हुन्थ्योनी, शायद मेरो कुरा सुनेर होकी नसुनेरै बुझे झै गरेर मेरो अनुहार तिर पनि नहेरी तिमी सुत्दैगर मेरो अलिकती काम छ भन्नुभयो, म केही बोलिन, चुपचाप ओछ्यानमा गएर पल्टिए, बेडको अर्कोपट्टी पल्टिएर,पुन मनमा कुरा खेलाउन थाले, एकातिर पूजारिको त्यो हर्कतले तनाबयुक्त भएकोथिए, अर्कोतिर गाडीको पहाडी बाटोको लामो यात्राको थकान, तरपनी निदाउनुको सट्टा उल्टै मनमा केके केके नचाहिने कुराहरु खेलिरहेको थिए, मनमनै सोच्दैथिए, पाँच दिनपछी श्रीमती बाहिर गएर आउँदा पनि कुनै खोजखबर छैन, कस्तोभयो यात्रा, केभयो, केके भने, सोध्नुको सट्टा उल्टै घरमा पनि आधारातसम्म अफिसकै कामको चिन्ताछ वहाँलाई, हैन यो लोग्ने मान्छेहरुलाई कुनै पिरचिन्ता हुँदैन कि क्याहो, के भएजती सबै पिरचिन्ता चै हामी आइमेइ मान्छेले मात्रै लिनुपर्छ हो, माया भनेको केहो प्रेम भनेको केहो, सहानुभुती भनेको केहो, के केही थाहा हुन्न यि लोग्नेमान्छे हरुलाई, कि सबै थाहा भएर पनि यिनिहरु थाहा नभएको जस्तै गर्छन, आखिर यो लोग्नेमान्छेहरु केले बनेका हुन्छन, यदी हामी छोरीमान्छे जस्तै काँचो शरीर र आलो रगतले बनेको हुँदोहोत संबेदना हुनुपर्ने हैनर यिनिहरु भित्र, आखिर यिनिहरु बनेका चै केले हुन्छन, जो काठोर पत्थर जस्तै हुन्छन, सम्झेको थिए, केके भयो, के भने भनेर सोध्नुहुनेछ, अनी सबै बताउनेछु भनेर कल्पनामा आस गर्दैथिए म चै, तर बाटभरी जस्तो सोच्दै आकोथिए, ति सबै ठीक उल्टो भैदियो, न केही सोध्नुभयो न म आँफैले केही सुनाउने हिम्मत गरे, यदी सबै कुरा केके भयो र के हुन लागेको थियो भनेर मैले सुनाउन खोजेको थिएभने पनि उल्टै म पतित भएर आन्धबिस्वासमा कसैको हवसको सिकार भएर फर्किए कि भन्ने संका-उपसंका गर्थेहोला, उल्टै चाहिदो-अचाहिदो मनमा कुरा ल्याएर हुनेनहुने सोध्नुहुन्थ्यो होला, यस्तै सोच्दै मैले पनि आँफैले भएको त्यो हर्कत र घटना सुनाउन सकिन, तर म भने आँफै भित्रभित्रै त्यो सम्भावित दुर्घटनाले बिछिप्त बनेको थिए, कस्लाई भनम कस्लाई सुनाउ भएको थियो, तर अफसोच मैले सुनाउने र भन्ने ठाउँ कतै थिएन, बरु कसैलाई सुनाउनुको सट्टा भित्र आँफै जलेर निभ्नुको बिकल्प पनि थिएन म संग, त्यसैले त्यो दिन न मैले केही भन्न सके, न वहाँले सोध्नु भयो केही केके भयो भनेर, वहाँ भने आधारातमा आफ्नै काममा ब्यस्त हुनुहुन्थ्यो, म भने घिल्लो दिनको निन्द्रा र दिनभरिको गाडीको थाकनले एकछिनमै निदाए ।
भोलिपल्ट बिहान उठेर उही सदाको जस्तै दैनिक घरको धन्दा, बिहानै उठ, घर सफासुघर गर, बिहानै सबैको लागि नास्ता खाजाभुजा बनाउ खुवाउ, त्यसपछी बिहानको खानापिना बनाउ अनी फेरी उही घरधन्दा अनी ससुराको कचकच, सँधै उस्तै, उसैगरी लगतार, पहिलेको भन्दा झन किचकिच र सराप बढेको थियो, एकदिन मेरै निहुँमा सासुआमाले ससुरालाई मार झापार्नु भयो मेरै अगाडि, तिमी बुढाले बिर्स्यौ, मैले पनि त तिमी संग बिहे गरेर सात बर्ष पछी मात्रै छोरोको जन्म दिएको थिए भनेर, यस्मा उस्को केको दोश, बुहारी लाई सँधै नराम्रो गाली दिन सक्ने र अलछिनी भन्न सक्नेले कहिले सोच्यौ, उ पनि कसैको छोरी हो भनेर, हाम्री छोरी बिहे भएर गएको एघार बर्षपछी मात्रै जेठो नातीको जन्म भाको हो भनेर भुल्यौ, एघार बर्षसम्म आफ्नो छोरीले जायजन्म नदिएपछी के बुहारी लाई जस्तै यस्तै रातदिनको गालीगलौज र अपमान गर्यौ, यदी गरेनौ भने उ पनि कसैको छोरी हो, हामीले सोच्नुपर्दैन, यस्मा उस्को के दोश, सन्तान जन्माउनु वा नजन्माउनुमा, दुइदुइ पटकसम्म बच्चा गर्वमा आकै हो, अब गर्वमा बच्चा आउँदाआउँदै पनि नबसेपछी त्यो आआफ्नो भाग्यको खेल हो, कर्ममा जे लेखेकोछ त्यो भएरै छाड्छ, तिमीले रातदिन बुहारी लाई सत्तोसराप गरेर तिम्रो लागि भनेर भर्खरै बच्चा उस्को पेटबाट फुत्त निस्कन्छ, तिमीले यो किन सोचेनौ कि कतै कम्जोरी तिम्रो छोरामा पो छ कि भनेर, आफ्नो छोरामा कम्जोरी छकी भनेर नसोच्नु चै के तिमीहरु लोग्ने मान्छे भएकै कारनले हो, यसरी सासुआमा कराउनुहुँदा ससुरा आँगनको डिलमा बसेर सुर्ती तान्दै आकाश तिर धुवा फ्याकेर, त धेरै बाठी नहो है भन्दै कड्किदै थियो, सासुले बोलेको त्यो हरेक एक एक शब्दमा मैले सासुआमा हैन, साचिकै साक्ष्यात मलाई जन्म दिने आमाको आक्रिती देखिरहेको थिए, मैले सासु नपाएर जन्म दिने आमा भेटेको थिए, शायद त्यसैले भनेको होला नारिको पिडा अर्को नारिले मात्रै बुझ्न्सक्छ भनेर, हुनत अरुदिन पनि मलाई मेरो सासुले कहिलै केही नराम्रो गाली गर्नु सराप्नु भएन बच्चाकै बिषयलाई लिएर, बरु सँधै सम्झाउनुहुन्थ्यो, पिर नगर, आ-आफ्नो भाग्य कर्मको खेल हो, तिमीहरुको अझै उमेर छ, आज नभए भोली हुनसक्छ, भोली नभए पछी हुनसक्छ, तर एकदिन न एकदिन त कसो नहोला, बिहे गरेपछी एउटी नारिको कोखमा सन्तान दिनुपर्छ भनेर भगवानलाइ पनि थाहा होलानी, आखिर तिमीहरुको उमेरनै कतिनैपो भाकोछर, बल्ल त तेत्तिस पुगिस, तेरो बुडो अझ त भन्दा एक बर्ष कान्छो हो, भर्खरै बत्तिस बर्षको भयो, लोग्नेमान्छेहरु जिबनभर सन्तान दिनसक्छन, आतिनुपर्ने केही कारण छैन, यस्तै यस्तै भनेर सम्झाउदै मेरो मनलाई सितल्ता भरिदिन्थिन, त्यसैले मैले त्यो दिन देखी सासुमा सासु हैन एउटा भगवान देख्न थाले, वहाँको म प्रतिको सदासयता र माया देखेर म आँफै आफ्नो रुममा छिरेर क्वाँक्वाँ गरेर रुन थालेछु, त्यो दिन देखी म साचिकै मेरो सासु प्रती नतमस्तक छु र सँधै भैरहनेछु, र वहाँ मेरो लागि जन्म दिने आमा भन्दा पनि वहाँ भगवान बनेर रहिरहनुहुनेछ, मैले कतै सुनेको थिए जन्म दिने आमा भन्दा कर्मदिने आमा महान हुन्छिन भनेर, हो यतिबेला मलाई यस्तै महसुस भएको थियो, साचिकै मलाई मेरो सासुआमा कर्म दिने महान आमा भएकिथिन ।
चन्द्रा बोल्दैथिन, मैले मोबाइलको घडी हेरे, रातको बार्ह बजिसकेको रहेछ, यता रातको बार्ह बज्दा नेपालको पौने तीन बजिसकेको हुन्छ, त्यसैले मलाई पनि अगिल्लो दिनको थाकनले निन्द्राले च्यापिसकेको थियो, उता नेपालमा पनि उज्यालो हुनै लागिसकेको थियो, मोबाइलको घडी हेरिसकेर बोल्दै गरेको चन्द्रालाई बिचैमा रोकेर भने, आजलाई सुतौ है चन्द्रा जि, बाँकी भोलीपर्सी सुन्दै गरौला, तर सुनाउनु चै पर्छहै, अब यहाँसम्म त सुनाइसकेपछी, त्यता पनि उज्यालो हुनलाग्यो, हजुरलाई पनि निन्द्राले सतायो होला, सुत्न पनि नदिकन तपाईंको भोगाइ र पिडाहरु सुनाउन कर गरिरहे, सरि है चन्द्रा जि त्यसको लागि, मैले माफि मागेको भावमा औपचारिकता निभाउदै छुटिनलाई आग्रह गरे, उताबाट चन्द्रा बोलिन, हैन ठिकैछ सर, माफि माग्नुपर्ने कारण केहीछैन, मैले सुनाउछु भनेर नै कयौ दिनदेखी कोशीस गर्दैथिए, बस सुनाउन समय मिलिरहेको थिएन, हिजो र आज ढुक्कले सुनाउन पाए, बरु तपाईंलाई सुनाउन पाउदा जिबनभर मैले भोगेको पिडा र दु:ख हलुका जस्तो महसुस भएकोछ मलाई पनि, मलाई आशाछ, तपाईंमा राम्रो लेखनकला छ, मेरो भोगाइलाई सिगारेर मलाई आजिबन जिउदो बनाउनुहुनेछ भन्ने आसा गरेकोछु अनी त्यहा तपाईं पनि मेरो कथाको कथाकार बनेर जिबन्त रहनुहुनेछ, तर थाहाछ हजुरलाई, मत निन्द्रैमा बोलि रहेकिरहेछु, केके सुनाए कुन्नी निन्द्रामा थाहानै पाइन, कुरा टुङिन नपाउदै खितितिती हासिन, खै मैलेत उपन्यास पढे जस्तै लाग्यो, आँखा खोलेरनैत भन्नुभाको होलानी, मैले यहाँबाट देख्ने होइन क्यारे, उस्को जवाफ फर्काउदै मैले भने, त्यसपछी भने फेरी चन्द्रा बोलिन, ठिकैछ आज यता पनि उज्यालो हुनलाग्यो, अब एकछिन भएपनी आराम गर्छु, हजुर पनि सुत्नुहोस, हिजोको थकान होला तपाईंलाई पनि, बरु उता घरमा पुगेपछी बाँकी काहानी कलमा बोल्न नपाए पनि मेसेजमा लेखेर पठाइदिन्छु, चन्द्राले पनि छुटिने अनुमती मागिन, हामी दुबैले अहिलेलाई छुटिने निधो गरेर एक अर्कालाई शुभरात्री गूड्नाइट भन्यौ, गूडनाइट चन्द्रा मैले भने, उताबाट चन्द्रा हाँस्दै बोलिन गूडनाइट हैन गुडमर्निङ भन्नुहोस, यता उज्यालो भैसक्यो, ओके गुडमर्निङ्ग, मैले हाँस्दै जवाफ फर्काए, गुडनाइट सर हजुरलाई पनि, चन्द्राले पनि गुडनाइट विस गरिन र दुबैजना छुटियौ, म पनि मोबाइलको नेट डाटा अफ गरेर सुते ।
रचना- अर्पण योन्जन (शिरिष)
मिती- १५,१६ र १७ मंसिर २०७८
तदनुसार- १,२ र ३ डिसेम्बर २०२१
No comments:
Post a Comment