गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, December 12, 2021

उज्यालो भएको छैन

बर्मा गयो कर्म संगै गाउँ फेरेपनी
नमेटिने मनको घाऊ नाउँ फेरेपनी !
मरे बरु सुखै लुक्थ्यो पाइला जिन्दगीको
शासन उस्तै जनतालाई ठाउँँ फेरेपनी !!

ए हजुर ! सुन्नुभो !?
यो गीतमा त्यस्तो केही छैन, 
न सुर छ, न ताल छ, न संगित छ 
छत केवल !
शब्दको चित्कार छ, 
सुरको बिरहको आशु छ, 
संगितको दुखाइको तालछ,
म भित्र दुख्नुको पिडाको बेहालछ, 
त्यसैले तपाईंले सुन्ने त्यो गितमा जस्तो 
यो गितमा केही छैन त्यस्तो हजुर, 
किनकी ! यो गीत !  
पेम्बा, डोल्मा र पेमाको गीत हो,
हर्के दाई र मसिने अनी उजेलिको गीत हो, 
यो मेरो देशको स्वाभिमानले हारेको गीत हो,
अनी ! उ बाचेर शहिद मरेको गीत हो 
त्यसैले यो गितमा त्यस्तो केही छैन हजुर 
सिवाय मेरो मृत्‍युको ।

यो कुनै दन्त्य कथाको मिथक हैन 
यो कुनै स्वर्गको परिको कथा हैन
न यो कुनै हजुरमा को 
घोडा र राजकुमारको कथा,
यो कथा त केवल त्यतिबेलाको हो 
जतिबेला तिमीले सुरु गरेको 
नकाम युद्धको कथा हो, 
तिम्रो बिद्रोहको अशान्ती छिरेपछी 
भेँडी गोठ र मेरो खर्कको कथा हो, 
सुनाखरी र चाँप जस्तो चोखो जोबन 
देउरालीमा पाती र एक सुका भेटी चढाएर 
पल्ला गाउँको फुलमाया ङ्योलोस्योले  
टक्राएको एक अंजुली माया 
तिम्रो समानताको नाराले बहकिएर,
नारी कोमल हत्केलाले बन्दुक उठाएर  
भात्काएको प्रेमको कथा हो  
त्यसैले यो मिथक हैन 
सिवाय मेरो प्रेमको कथा । 

स्वर्ग झै मेरो गाउँ
उराठ लाग्दो युद्धमैदान भएपछी 
तिम्रो नजरमा सुराकी 
र, उस्को नजरमा बिद्रोही भएपछी 
तिमीहरुको बन्दुकको निशानाबाट बांच्न 
सप्तकोशी र सुनकोसिको गर्तिर तरेर 
एक मुठ्ठी स्वासको खोजिमा 
आफ्नै भुमिमा पर्देशिएको म 
यस्तै कुनै बिरही साँझमा 
आइपुगेको हुँ ! 
यो काठमान्डुको बिरानो शहरमा 
सिवाय कथित तिम्रो परिवर्तन । 
 
आफ्नै माटोमा परदेशी म 
युद्धले नछुएको यो धनी शहरमा 
नाम्लोको भरिया भएको छु आजकाल 
कहिले बस बिसौनिको कोलाहालमा 
कहिले यो शहरको गल्ली गल्लिमा 
कहिले जिबनको चौरास्तामा
पिठ्युँमा नाम्लो बोकेर 
एक टुक्रा पाउरोटी र चियाको 
जोहो गर्दैछु म जिउनुको बहनामा 
तर आजभोलि सुन्दैछु म 
धेरै भयोरे तिम्रो युद्धले बिश्राम लिएको 
कयौको काख रित्तिएर, सिन्दुर पुछिएपछी 
यहाँ शासन फेरियो रे !
ईतिहास फेरियो रे !
शासन र ईतिहास संगै 
तिम्रो जिबनशैली फेरियो रे !
फेरिएनत केवल ! 
नाम्लो, पिठ्युँ, फाटेको कुर्कुच्चा 
मेरो पशिना अनी मेरो पसिनाको दाम 
आज पनि उस्तैछ म्रित मेरो सपना
सिवाय तिम्रो परिवर्तन ।  

न्याय खल्तिमा बेचिएपछी 
मेरो देशको न्याय हराएर
न्याय आफ्नै खोजिमा छ 
शहरमा बदलाब आएको छ
न यहाँ सडकहरु बोल्छन 
न यहाँ भिडभाडहरु चिच्याउछन 
म सातो गएको जस्तै भएकोछु
त्यसैले म अन्यायले थिचिएर 
न्याय खोज्दै त्यो रातभर बहुलाए रे !  
सुन्नेहरु भन्छन मेरो देशको गित गाएँ रे 
देख्नेहरु भन्छन मत कवाँ कवाँ पो रुएँ रे
सिवाय तिम्रो कथित गोहिको आँशु ।      
 
त्यसैले म कहाँ बिर्सन सक्छुर,  
तिम्रो कथित युद्धको आगो 
सल्किएको मेरो जिबनमा
खरानी झै उडिरहेछ मेरो सपनाहरु 
सुनकोशी र सप्तकोशी बगे झै 
बगिरहेछ मेरा सरिरका रगतहरु 
घरको भित्ता र पाखा पखेरा हुँदै 
गाइको गोठ र पानीको पँधेरा सम्म 
र आज पनि आलै छन
बंमका छर्हा र बारुधको गन्धहरु
त्यसैले आफ्नै गर्भको साँची राखेर
अर्को सुर्यदयको युद्धमा छु  
किनकी ! 
यहाँ अझै उज्यालो भएको छैन 
युवाको हत्केलामा अर्को बिहानी उदाउन
अझै म बिद्रोहको नारा उराल्दैछु 
इन्क्लाब जिन्दाबाद ! जिन्दाबाद !!
सिवाय तिम्रो कथित इन्क्लाब । 

रचना- अर्पण योन्जन (शिरिष) 
मिती- २५, मंसिर, २०७८ 
तदनुसार- ४, डिसेम्बर, २०२१

No comments: