नोबेम्बर महिनाको दोश्रो हप्ता अर्थात नेपाली मिती अनुसार मंशिर महिनाको पहिलो हप्ता एक गतेको दिन रातभरीको डिउटी गरेर थकित भएर निन्द्राले थाकेको अवस्थामा रुम आएर मस्त निन्द्रामा निदाइरहेको थिए, तर अचानक बिहान दश बजे तिर अफिसबाट एउटा कल आयो, कल ह्युमन रिसर्च डिपार्ट एच आर बाट आएको रहेछ, कल रिसिभ गर्दै हेलो भने, उताबाट हौ सेवारो है भन्ने आवाज आयो, फोनमा बोल्ने आफ्नै साथी रहेछ, हामी साथी साथी बिचमा सम्धी भनेर बोल्छौ, सम्धी साप सुत्नुभाको थियो होला सरि है, उताबाट साथीको आवाज थियो, हौ सेवारो सम्धी साप, भन्दै मैले जवाफ फर्काए, सम्धी साप कती कामले फोन गर्नुभाको होला कुन्नी, मैले आसाय राखे, उताबाट मेरो आसायको जवाफ दिदै साथी बोल्नुभयो, सम्धी साप हजुरले अर्को हप्ता दुई हप्ता जतिको लागि राबिघ जानुपर्ने भयो, किन र सम्धी साप, पुन प्रश्न गर्दै बोले म, त्यहाको प्रोजेक्ट सकिएको धेरै भयो तर त्यहाबाट केही बाँकी रहेको सरसामन आएको छैन, शायद केही अफिसियल सरसामन र केही स्टिल मटेरियल र पोर्टेबल क्याबिन होला, त्यो सबै क्लियरन्स गरेर ल्याउनुपर्ने, फेरी त्यहा सेफ्टी सुपरभाइजर पनि चाहिन्छ, आराम्कोको सर्टिफाइड तपाईं मात्रै हुनुहुन्छ त्यो सबै ल्याउनलाई जानुपर्ने भयो, एकैसासमा भनी टुङ्याउनुभयो वहाँले, कोको जान्छन, अनी कहिले हिंड्नुपर्ने पुन सोधे मैले, वर्किङ्ग क्र्यु १०/१२ जना हुन्छ होला साथमा प्रोजेक्ट इन्चार्जको रुपमा सामी मोहम्मद जान्छ र तपाईं क्र्यु सुपरभाइजर र सेफ्टी सुपरभाइजर को रुपमा जानुपर्ने भयो, तपाईं त पहिले पनि त्यहा बस्नु भएकोले त्यहाको नियम केही थाहा भएकोले तपाईंलाई पठाउन लागेको बाङ्गेले, बाङ्गे हामी नेपाली र इन्डियनहरुले हाम्रो कम्पनिको अपरेसन मेनेजरलाई भन्थ्यौ, किनकी उ एउटा खुट्टा खच्याउदै हिंड्ने हुनाले सबैले उस्को पछाडिबाट बाङ्गे भनेर कुरा काट्थ्यौ, मत डिउटिमा भएको मान्छे कसरी जानेत अनी सम्धिसाप, बरु कुनै नोटिस जारी गर्नुहोस्न है मेरो नाममा मैले आसाय राखे, किनकी बिना नोटिस जादा पछी भब्यतब्य केही भयो भने आफुले भन्ने ठाउँ पाइन्न, अफिसियल पेपर पाएपछी एउटा प्रोजेक्टमा काम गर्दागर्दै अर्को प्रोजेक्टमा जानुपर्दा आफुलाई भनाइ आउने रिक्सबाट बाँच्नलाई सजिलो हुनेहुनाले मैले कुनै मेमो जारी गर्न भने, उताबाट सम्धी साप बोल्दै भन्नुभयो, त्योत पिर नगरनुहोस्न म बनाएर हजुरको हातमा ल्याइदिन्छु, मैले हुन्छ भन्दै जाने अनुमतिदिएर म पुन सुते ।
भोलिपल्ट बिहान म डिउटिबाट पुग्ने बित्तिकै अफिसबाट मेरो नामको मेमो पत्र आयो, मैले पत्र बुझे, मेमो भनेको नेपालमा केहीदिनको लागि कर्मचारी काजमा जादा वा खटाउदा दीइने आस्थाइ सरुवा र जिम्मेवारी पत्र जस्तै हो, त्यसपछी पत्र बुझेको पांचौ दिनमा हामी आठवटा ठुला र लामा ट्रेलर ट्रक तिनका ड्राइभर, अनी पन्द्रजना कामदार सहित राबिघ तर्फ लाग्यौ, अर्थात बाइस नोबेम्बर २०२१ का दिन, बारह जना काम्दार र ड्राइभर गरेर माइक्रोभ्यानमा एघारजना र ल्यान्डक्रुजर ठुलो कारमा हामी चारजाना चढेर आफ्नो गन्तब्य तर्फ लाग्यौ, राबिघ साउदी भुगोलको अन्तिम बोर्डर नजिक पर्छ, जहाँ रेड सि ले वारी र पारीको सिमाना छुट्याइएको समुन्द्रको किनरको छेउमा रहेको लाम्चो आकारमा फिजारिएको सानो शहर हो, जुन शहरको एकसय त्रीसट्ठी किलोमिटर पूर्वपट्टी साउदीको पुरानो राजाधानी शहर जेद्दा छ भने, त्यसको ठीक एकसय असी किलोमिटर पश्चिममा अन्तिम शहर यान्बु अवस्थितछ, राबिघ देखी देब्रे पश्चिमपट्टी अरेबियन सागरको दोस्रो ठुलो समुन्द्र रेड सि महासागर अवस्थित छ, जुन महासागरको पश्चिममा पारीपट्टी इजिप्ट, इथोपिया, सुडान र सोमालिया पर्छ, भने त्यस्को उत्तरी पस्चिममा इजरायल र जोर्डन पर्छ, र दक्षिणमा यमन देश पर्छ, समुन्द्रको छेउमा पूर्ण सेक्युरिटिको साथ ठुलाठुला केमिकल इन्डस्ट्रीयल प्लान्ट हरुछन, जहाँ राबिघ बुल्क प्लान्ट भनेर चिनिन्छ, समुन्द्रबाट मन्थन गरेर निकालिएको कच्चा पदार्थलाई यहाँ प्रसोधन गरेर, बिभिन्न प्रकारको तेल, केमिकल, ग्यास, पोलिप्रोप्लिन केमिकल र सल्फर एसिड हरु उत्पादन गरिन्छ, मट्टितेल देखी लिएर प्लेनमा लगाइने प्लेनको इन्जिल वेल र फ्युअल पनि यही उत्पादन गरिन्छ, यहाँ हाम्रो कम्पनिको पनि कन्ट्राक्टरको रुपमा काम थियो तर यहाँ काम सकिएर अधिकाम्स सरसामन निकालिएको थिएन, त्यही सामनहरु निकाल्न लाई हामीहरु आज त्यता रवना हुँदैथियौ, म यो भन्दा पनि पहिले दुईबर्ष अगाडि बसिसकेको थिए, २०१५ र २०१६ मा, त्यसैले यहाँको भौगोलिक अवस्था र प्लान्टको नियम कानुन मलाई थाहा भएकोले यो टिमसंग मलाई पठाइएको थियो ।
दमाम, रियाद, मदिना र मदिनाको नयाँरुट हुँदै यान्बु प्रबेश हुने पश्चिम प्रोभिन्स तर्फको यात्रामा हाम्रो दिनको एकबजे यात्रा छुट्यो रासतनुरा रहिमा बाट, झन्डै पाँच बर्ष पछी म लामो यात्रामा निस्कदै थिए, लामो यात्रा मलाई खुब मन पर्छ, यात्रामा आउने ठुलाठुला र टाढा सम्म घरहरु नदेखिने अनकन्टार बालुवाको मरुभुमी अनी हावाले बालुवा उडाएर थोपरेर बनेको बालुवाको अग्लाअग्ला राता र खैरा रंगका पिरामिडहरु मलाई असाध्यै खुब मन पर्छ, चारैतिर बालुवाको मरुभुमी तिनका बिचबाट लम्पसार परेर सुतेको काला पक्की अलकत्रे सडक हेर्दै मनमोहक लाग्ने, मानौ त्यो द्रिश्य हेर्दा त्यो कालोपत्रे सडकको अन्त्य कहिछैन, टाढासम्म नियालेर हेर्दा सिधै आकाशमा गएर जोडीए जस्तै लाग्ने, तर जतिजती अगाडि बड्दै गयो उतिउती त्यस्को लम्बाइ बड्दै जाने, बेलाबेलामा बाटको दुबैतर्फ देखिने काला रंगका पत्थरहरुको ठुला र साना पहाडहरुले उस्तै मोहक्ता थपेको हुन्थ्यो, ठाउँठाउमा भेडा बाख्रा र उट चर्दै गरेका द्रिश्यले झन सुन्दरता थपेको देखिन्थ्यो, बाटका दुबैतर्फ घरिघरी सानाठुला गाउँहरु पनि आउँदाथे तर ति सबै गाँको नाम हरु भने मलाई थाहाभएन, गाउ के भन्नु, यहाँको गाउँ भनेको हाम्रो तिरको कुनै ब्यबस्थित सानो शहर जतिकै चिटिक्क हुन्छन,अनी गाउँ भन्ने बितिकै हाम्रो नेपालको जस्तो पहाड अनी तिनका बिचमा तरेली परेका बारीका कात्ला बिचबिचमा खरका र टिनका छाना भएका घर भएजस्तो नहुने, ब्यबस्थित र डिजाइन गरिएका घरहरु हुन्छन, चिटिक्क परेका दुई वा तीन तला सम्मका घरहरु, पूर्वयोजना अनुसार पार्कहरुको ब्यबस्थापन गरी बनाइएका उस्तै सुन्दर र चौढा सडक, पेटी र पार्किङ स्थलहरु, यहाँ हरेक भौतिक श्रोत साधनहरु पूर्वयोजना अनुसार नै बनाइएका हुन्छन, ठीक ठाउमा, सपिङ महल, ब्याङ्क, होटल रेस्टुरेन्ट पार्किङ मस्जिद, र गाडीमा भरिने इन्धन फ्युअल स्टेसनहरु, यि सबैको आ आफ्नो स्थानमा चिटिक्क पारेर बनाइएका हुन्छन, साना तर सुन्दर र ब्यबस्थित देखिने यि शहरहरु जस्तै हामी नेपालीको पनि कल्पना हुन, सपना हुन, जुन हाम्रा देशका नेताले चुनाबताका भोट् माग्न आउँदा स्मार्ट सिटी र मोनो र मेट्रो रेलका सपना देखाउने स्वर्गहरु शायद यिनै गाउंका नमुना हुन, सपना हुन, तर हाम्रो लागि यस्ता भौतिक पूर्वधारहरुको बिकास र योजना अनी उत्पादन भनेका हाम्रा लागि दन्त्यकथाका कथा जस्तै हुन, चुनावमा बाचा गरेका काम पुरा गर्न त टाढाको कुरा हो हाम्रो लागि अझ हाम्रा नेता भनौदाहरु अर्को चुनाव न आउँदासम्म देखासम्म पर्दैनन, भने भौतिक पूर्वधार बिकासको मेरुदण्डत हाम्रो लागि कागजमा कोरिएका फगत एक तस्बिर वा सपना मात्रै हुन ।
नोबेम्बर महिनाको दोश्रो हप्ता जाडो मौसम पलाएर चिसो बातवरण गाडीको झ्याल सिसाबाट बाहिर नियालेर हेर्दा पनि घमाइलो लाग्ने खालको रमाइलो पन, थोरै गाडीको झ्याल खोल्दा पनि बतासिएर आउने चिसो हावाको झोका अनी तिनले गाला नाका कान नै चोमोटे जस्तै चिमोटेर चिसो बतासले शरीर नै सिरिङ्गग हुने गरेर हान्ने, जतिजती गाडीको रफ्तार अगाडि बड्थ्यो उतिउती रमाइलो र मनमोहक लाग्थ्यो मलाई, यात्रा कहिले नटुङियोस झै रमाइलो लागिरहेको थियो, र, हामी दिनको एकबजे हिंडेको साँझको सात बजे तिर एउटा अलड्रेस लेखिएको पेट्रोल स्टेसनमा गएर गाडीमा इन्धर भर्न थालयौ र हामी पनि बेलुकिको खाना खाने तर्खर तर्फ लाग्यौ, सबैले आआफ्नो मनपसन्दी खाना मगाएर खायौ, कसैले रोटी तरकारी खाए भने कसैले खाब्सा राइस मगाएर खाए, कसैले बिर्यानी मगाएर खाए, मलाई चै अल्फाम चिकेन खुब मन्पर्छ, चिकेनलाई बार्बिक्यु बनाएर बनाइएको हुन्छ, यात्रामा मन पर्ने खानाहरुमा यो मेरो मनपर्ने खाना भित्रपर्छ, केही समयको ब्रेकमा खाना खाइसकेर हामी पुन आफ्नै रफ्तारमा पश्चिम तर्फ हानियौ, गाडी पुन उसैगरी एकमासले दौडिन लाग्यो ।
जतिजती रात धर्तिमा झर्दै जान्थ्यो उतिउती चिसो बड्दै जादैथियो, धर्तिमा ओर्लिएको कालो रात र चिसो मौसमले दिनभरिको रमाइलोपन अब बिस्तारै हराउदै जादैथियो, दिनभरिको तातो घामले ओइलाएको साग जस्तै मन बिस्तारै ओईलाउदै थियो, दिनको उज्यालोमा देखिएको बालुवाको खुला मरुभुमी र सानातिना होचा अग्ला पहाडहरुको मनमोहक द्रिश्यहरु पनि हराउदै गएकोथियो, अब बिस्तारै रात छिपिदै जादा सडकमा गाडीहरुको एकोहोरो आवाज बाहेक केही थिएन, नौ बजेतिर मलाई बिस्तारै निन्द्रा लाग्नथाल्यो र गाडीको सिटलाई पछाडि पारेर सिटबेल्ट दरो कसेर निदाउन तर्खरमा लागे ।
रातको चकमन्नता चिसो मौसम अनी गाडीको एकोहोरो आवाज र गाडीमा बजेको अरबिक गितले भनेजस्तो सुत्नै दिएकोथिएन, सुत्नुको नाम मात्रै आँखा उघार्दै चिम्लिदै गर्दै थिए, निदाउनु खोज्नु मेरो प्रयास हुन्थ्यो भने नबुझिने अरबिक गितको धुनको बाजा र चिसोले सताएर घरि यता त घरि उता सिटमै कोल्टेफेर्दै निदाउने असफल कोशीस गर्दैथिए, प्रयास गर्दागर्दै यतिकैमा गोजिमा भएको मोबाइलको नोटिफिकेसनले घुरघुर गर्दै निदाउन लागेको आँखालाई झन निन्द्रा नै बिथोलिदियो, मोबाइल भाईबेरेसनमा राखेकोहुनाले लगतार तीनचार चोटि बजिरहदा पनि वास्तै गरिन, अन्तिममा लगतार मोबाइल बजिनैरहयो, त्यसपछी भने यतिराती कस्ले कल गर्योकी मेसेज भन्दै भुन्भुनिदै मोबाइल गोजिबाट निकालेर हेरे, नभन्दै टुइटरको एप्समा हरियो सिग्नलको नोटिफिकेसन देखे, मोबाइलको स्क्रीन खोलेर हेरे, डिएममा मेसेजको हरियो बत्ती देखियो, कस्ले मेसेज गरेछ यतिराती भन्दै मेसेज खोलेर पढे, मेसेज चन्द्राले गरेको रहेछ, हेलो, हेलो, ओ हेलो, हाइ, नमस्ते, हजुरको नाइट डिउटी होकी डेमा हो आजभोलि, निदाउनुभएको हो, किन जवाफ नदिनुभएको, शायद निदाउनु भयोहोला, सरी है मैले हजुरको निन्द्रा बिगारिदिने कोशीसगरे, मेरो कुनै प्रतिकृया नपाएपछी उस्को लगतारको मेसेजले गर्दा मोबाइलमा लगतारा नोटिफिकेसनको आवाज आएको रहेछ, मेसेज हेर्न नपाउदै मैले हाइ लेखेर पठाएँ, उता उनी सुतेकै रहेनछिन, मेरो मेसेजको लगतै मेसेज हेरेको राइट सिम्बोलको टिक मार्क हरियो धर्को देखियो, हरियो धर्को देखिनेबित्तिकै उताबाट चन्द्राले अर्को मेसेज गरिन, नमस्ते, सञ्चै हुनुहुन्छ, उम सञ्चै छु अनी तपाईंलाई मैले सोधे, म पनि सञ्चैछु, चन्द्राको पुन अर्को मेसेज आयो अनी दसैं तिहार कस्तो भयो हजुरको, खासै केही भएन, मुस्लिम कन्ट्री हो, अन्य धर्मको फेस्टिबल आउँदा बिदाहुन्न यहाँ , बस डिउटी जाउ अनी आउ यसरी नै बित्यो यो पल्टको दसैं तिहार चै, मैले जवाफ फर्काउदै भने, अनी तपाईंको कस्तो भयो, मैले सोधे, हाम्रो पनि राम्रै भयो सबै रमाईलै बित्यो यो पल्टको दसैं तिहार, चन्द्राले जवाफ फर्काइन, अनी यतिराती कसरी सम्झनु भयो, घरमा सबैजना संगै होइनर, मैले सोधे, पानी प्यास लागेर बिउँझीएको थिए, पानी पिएर निन्द्रा लागेन अनी हजुरलाई सम्झिएर मेसेज गरेकी, अनी अस्ती तिहारमा माइती आएको थिए, छैट पर्ब मनाएर जानेभनेर बसेकी, अब छैट पनि सकियो भोली लाग्छु घर तिर, चन्द्राको मेसेज आउने बित्तिकै मैले अर्को मेसेज गरे, ओहो यत्रो दिन नसम्झिएको आज सम्झनुभयो है, किन यती राती सम्झनु भयो भनेको त माइतिमा हुनुहुदो रहेछ र पो मलाई सम्झिने पालो आएछ महोदयलाई, मैले ठट्टाको भावमा भने, उताबाट हासोको इमोजी पठाउदै चन्द्राले अर्को मेसेज पठाइन, दसैं र तिहारको ब्यस्त समयले च्यापेर हजुरलाई मेसेज गर्छु भन्दा पनि पाइन, त्यसको लागि सरी तर नसम्झेको चै होइन है सम्झेको छु, त्यही सम्झेरत यतिराती बिउझदा पनि मेसेज गरेकिनी, चन्द्राको अर्को मेसेज नआइपुग्दै पुन अर्को मेसेज गरिन, हैन तपाईं डिउटी मै होकी रुममा सुत्नुभएकोछ, गाडी हिंडेको जस्तो आवाज सुन्छुत, हजुरको सहि अनुमान, म यतिबेला यात्रामै छु, केहीदिनको लागि म अर्को प्रोजेक्टमा जादैछु दुइतिन हप्ताको लागि, मैले जवाफ फर्काए ।
हाम्रो संबाद केही लम्बिएला जस्तै लाग्यो, र, केहीछिनको मेसेजिङ संबादपछी पुन मेसेज लेख्दै भने मैले, गाडी भित्रछु मेसेज लेख्न अलिक अफ्ठ्यारो भयो, बोल्न मिल्छ भने कल गर्नुहोस् अनी ढुक्कले बोलौला, गाडीमा भएकोले गर्दा मेसेज गर्न पनि अलिक अफ्ठ्यारो भएको छ, गाडीको हल्लाइले गर्दा एउटा लेख्न खोज्दा अर्को हुन्छ, मुस्किलले लेख्दैछु म, मैले आसाय राखे, अफ्ठ्यारो त केही छैन म अर्को कोठामा एक्लै सुतेकिछु बस काखमा बाबु सुतेकोछ, बाबुलाई डिस्टर्ब भएर बिउँझीएर रोला कि भनेर मात्रै हो, उन्ले आफ्नो समस्या राखिन, मैले मेसेजको जवाफ दिदै अर्को मेसेज लेखे बिस्तारै बोलौला, म पनि धेरै दिन देखी हजुरलाई सम्झिरहेको थिए, हजुर नहुनुभएकोले मैले मेरो कथालाई अगाडि बढाउनै सकेको छुइन, हजुर संग कल संबादमा प्रत्यक्ष्य बोलेर धेरै कुरा जानकारी लिनुछ र मलाई मेरो कथा पुरा गर्नुछ, मैले आफ्नो कुरा राखे, लगतै चन्द्राको अर्को मेसेज आयो, ठिकैछ उता कल गर्नुहोस, यसरी चन्द्राको अनुमती पछी मैले व्हाटस एप्स बाट कल गरे, कलको रिङ्ग जाने बित्तिकै चन्द्राले कल रिसिभ गर्दै नमस्ते भनी, मैले पनि नमस्ते फर्काउदै हाँस्दै भने, कतिपल्ट नमस्ते गर्नु पर्ने होर, मेसेज गर्दा एकपल्ट, कल गर्दा अर्कोपल्ट, अनी कल राखेर फेरी एकछिनमा कल गर्नुपर्यो भने फेरी अर्कोपल्ट, कतिपल्ट नमस्ते गर्ने होर, कि, दिनभरी नै गरिनै रहने, दिनभरी रातभरी नमस्ते नै मात्रै गरिरहने होकी केहो, चन्द्रा पनि उताबाट बच्चा उठ्ने डरले बिस्तारै सासको भरमा हासी, पुन मैले आँफैले कुराको पोको खुस्काउदै अगाडि बढाए, ल म यतिबेला यात्रामा छु, मलाई पनि बाटो कटाउन सजिलो हुनेभयो, हजुरलाई पनि निन्द्रा नलागेकोबेला रात कटाउन सजिलो हुने भयो, यस्को मत्लब हामी यतिबेला एक अर्काको लागि आवश्यक छौ, ल अब कुरोको गाठी चुरो कुरो सुरु गर्नुहोस, म केही सुन्ने उत्सुक्ता बोक्दै चन्द्रालाई हौस्याउन लागे, दसैं र तिहारको ब्यस्तता पछी चन्द्रा र मेरो भेट भएकै थिएन, कहिले उनी आउछिन र उस्को सबै प्रेम काहानी सुनौला भनेर म झन्डै दुइमहिना देखी बाटो कुर्दै थिए, त्यसैले आजको रातभरको यात्रा र चिसो पनलाई भुलाउने आज मेरो दरो खुराक हुनेभो भन्दै चन्द्रालाई आफ्नो कुरा राख्न भने, तर कुरालाई बुझे पनि नबुझे झै गर्दै चन्द्रा बोलिन, के कुरा गर्ने र यतिराती हैट, आस्चर्य पोख्दै हाँस्दै बोलिन उनी हाहाहा, मैले उनको कुरो टुङ्गी नभ्याउदै भने, उही क्यात, अस्तिको हजुरले भन्छु भन्नु भएको हजुरको प्रेमकहानी, मैले यती भनिसक्दा हासेको ठुलो आवाजले बाबु उठ्छ कि भन्दै चन्द्रा फेरी सास दबाएर हाँस्दै बोलिन, ओहो मान्छेका कत्रा दाउ है, खुब उ यात्रा गर्ने उस्को यात्राको समय कटाउनी साथी चै मलाई बनाउने, मान्छेहरु कहासम्मका बाठो खुब, मायालु र आत्मिय पारामा चन्द्रा बोलीइ, अरु जेजस्तो भएपनी आत्मिय बनाएर बोल्ने चन्द्राको शैली भने मलाई खुब मनपर्छ, उस्को कुरा गराइ नै यती आत्मिय हुनेकी हामी बच्पन देखिनै खेल्दै हुर्किए झै सहजै तरिकाले बोल्थिन उनी, कहिकतै हामी बिचमा केही महिना देखी मात्रै बोल्दै आएका नयाँ परिचित साथी हौ भन्ने छनक नै दिन्नथिन ।
रातको त्यो सुनसानमा जाडो महिनाको चिसोलाई छिचोल्दै गाडी आफ्नै रफ्तारमा उसैगरी कुदिरहेकोछ जसरी दिउसो एक बजे हाम्रो यात्रा रासतनुराह रहिमाबाट सुरुभएको थियो, दिउसो देखिएको रातो र खैरो रंगको बालुवाको उराठ लाग्दो मरुभुमी र लम्पसार परेर सुतेको कालो सडकलाइ यतिबेला चारैतिर बिल्कुलाई कालो र अँध्यारो मात्रै देखिएको थियो, सडकको बिचभागमा त कतै सडकको दुबै किनरामा उभिएको बिजुली बत्तिको पोलले थपेको सुन्दरता भन्दा अरु बाँकी केहीथिएन, गाडीको रफ्तार अगाडि बड्दैजादा बिचबिचमा कहिकतै बेलाबेलामा टाढामा देखिने शहर झै देखिने झिलिमिली बत्ती र बिचबिचमा आउने पेट्रोल स्टेसनको उज्यालो बाहेक अन्य केही देखिदैनथियो, कलमा केहीछिन मौनता छायो, उताबाट चन्द्रा केही बोलिरहेकी थिनन, म पनि यताबाट चन्द्रा नै केही बोल्निन कि भनेर बाटो कुर्दैथिए, केहीछिनको मौनता पछी दुबैतर्फ कुनै कुरा नभएपछी मौनतालाई चिर्दै म आँफै बोले, हेलो चन्द्रा हजुर निदाउनु भयो, नाइ निदाएकी छैन, चन्द्रा बोलीइ, अनी किनत चुपचाप सुनसान, मैले पुन सोधे, के भनौ के नभनौको दोधारे स्थितिमा लामो श्वास तान्दै केही असहज र अफ्ठ्यारो मान्दै चन्द्रा बोलिन, म के सुनाउत हजुरलाई, नसुनाउ भने पनि केही दिन देखी हजुरलाई सुनाउछु भन्दै अहिलेसम्म कुराइ राखे, सुनाउ भने भने पनि के सुनाउ, कहाबाट सुनाउ, कसरी सुनाउ, मैले सबै सुनाइ सकेपछी हजुरले मलाई कसरी मुल्याङ्कन गर्ने हो, योत कस्ती आईमाई रैछे भन्नु होला, अनी हजुरले सुनिसकेर कसैलाई भन्नु भयो र मेरो रामले कतैबाट थाहा पाएभने मेरो अहिलेसम्म को वहाँको म माथिको विश्वाश के होला, हुनत म यो भन्दा अगाडि जुन परिस्थितीबाट गुज्रीए अबत त्यो अवस्था त छैन, यदी थाहानै पाउनु भएछ भने पनि केही भन्ने आट बोकेकिछु, कि भन्नेछु, मनले उस्लाई पाए सरिरले हजुरलाई, मनको लागि उनी मेरो कृष्ण हुन भने तपाईं मेरो राम, अब आँफै भन्नुहोस कि तपाईंको अर्धाङिनी राधा हुँदा कृष्णको मात्रै सपना देख्थि, अब मेरो जिबनमा साचिकै तपाईं राम भएर आउनुभएकोछ, तसर्थ मैले तपाईंको शरीर भएर सिता झै हुनुछ, त्यसैले यतिबेला म सिर्फ हजुरकी सिता हुँ, अनी अतित सबैको हुन्छ तर अतितमा अल्झिएर बर्तमानलाई दुखाउनु पनि हुँदैन भनिदिन्छु झै लाग्छ, तैपनी कहाँ बाट सुनाउन सुरु गरौ म, हो म उस्लाई प्रेम गर्छु र आज पनि गर्छु र कालान्तर सम्म शायद गरिरहनेछु तर मेरो काहानी कहाबाट सुरु गरौ, जन्म, स्कुल, कलेज्, विवाह वा बिछोड कहाबाट सुरु गरौ, मलाई भन्नै आइरहेको छैन, लामो सास तान्दै चन्द्रा पुन रोकीन, र उस्को सहजताको लागि मैले भने, ओके तपाईं भन्नुहोस सबै कथा भन्नुहोस, छोटकरीमा भन्नुहोस, म बुझ्छु, तर तपाईंको सजिलोको लागि भन्छु म, तपाईंको बिहे पछी फेरी उ संग कुनै भेट वा संबाद भएको छ कि छैन, मैले कुरालाई सहज्ता बनाउदै सोधे, चन्द्र बोली उताबाट, छ, यदी अहिले पनि तपाईंहरुको बिचमा कम्युनिकेसन छ भने दोश्रोपल्ट कहिले बाट पुन बोल्न सुरु गर्नुभयो त्यहिबाट सुरु गर्नुहोस अनी सुनाउदै जादा कुनै भूमिका बाधिराख्न जरुरी पर्दैन, त्यो तपाईंको हृदयको अन्तरकुनाले आँफै भन्नेछ, जहाँ कुनै तपाईंले फुलबुट्टा भरिरहनु आवश्यक हुन्न, बिषय बस्तुलाई मैले अझ सहज बनाइ दिए, त्यसपछी चन्द्रा पुन लामो श्वास तान्दै बोल्न सुरु गरिन ।
दश बर्ष पहिले मेरो बिहे भएर जब म काठमान्डौ आए त्यसपछी हाम्रो भेट कहिले भएन, उ कहाछ, कस्तो अवस्थामा छ, के गर्दैछ, बिहे गर्यो गरेन, वा भयो भएन, केही थाहा थिएन, त्यो बिचमा उस्को कुनै खोजखबर गर्ने कुनै माध्यमहरु पनि थिएन, एउटा बिबाहित नारी भैसकेपछी मैले पुन दोराएर उस्लाई खोज्ने वा निधोखोजी गर्ने बुझ्ने जरुरी पनि ठानिन, गर्न पनि मिलेन र मेरो नैतीकता र मेरो इज्जतले पनि दिन्थेन त्यसो गर्न, त्यसैले मैले उस्को कुनै खोजखबर पनि गरिन, तर मनैत हो, यदी कोही कसैको मस्तिस्कमा प्यारो तस्बिर बनेर रहन्छ भने मेटाउन नसकिदो रहेछ, शायद यदी कसैले प्रेम गरेर बिछोडीएकोछ भने त्यो कसैले निकालेर फ्याक्न वा मनबाट हाटाउन सक्दैन होला, हो मलाई पनि मन मनै भने उस्को यादले कहिलेकाही खुब सताउथ्यो, खै के थियो कुन्नी उसमा, घरिघरी उस्को यादहरु आइरहन्थ्यो, तर मैले कसैलाई भनीन, कतै सुनाइन र कही पोख्ने कोशीस पनि गरिन, यदी मैले कसैलाई विश्वाश गरेर आफ्नै साथीलाई भन्ने आँट गरेकै भएपनी कहिन कतै बिस्फोट होला र बैबाहिक जिबनमा आँधिहुरी आउँला भन्ने डर थियो म भित्र, त्यसैले पनि मैले आजसम्म कहिकतै कसैलाई भनिन, तर आज किन हो कुन्नी म हजुरलाई भन्ने आँट गर्दैछु, तपाईंलाई मेरो प्रेम पोख्दैछु, मेरो बिहे पस्चात दशबर्ष सम्म बेखबर भएको लामो समयपछी अर्थात पाँच बर्ष अगाडिको कुरा हो, फेसबुक आएपछी मैले भर्खरै फेसबुक खेलाउन जान्ने भएको थिए, दिउसो एकदिन यसै फेसबुक खोलेर मान्छेहरुको स्टाटस हरु पड्दै लाइक कमेन्ट गर्दै बस्दै थिए, फेसबुकको वाल तल तिर झार्दैजादा अलिक तल पुगेपछी फ्रेन्ड रिक्वेस्ट पठाउने फ्रेन्ड सजेसनको ठाँउमा एउटा नाम झुलुक्क देखे, उक्त नाम देखेर म आश्चर्य मान्दै त्यो नाम भएको प्रोफाइल खोलेर हेर्ने कोशीस गरे, त्यो नामको प्रोफाइल हेरे, बिदेश तिर भएको फोटो राखिएको प्रोफाइल थियो, फोटोलाई ठम्याउन सकिन, र आश्चर्य पनि लागेको थियो मलाई, काटाकुटी उस्कै जस्तो अनुहार तर अनुहार र सरिरमा भने केही बदलाब आएको थियो, त्यही बदलाबले गर्दा त्यो नामको मान्छे उनी होइनकी भने जस्तो पनि लाग्यो, उसको प्रोफाइल बाहिरबाट हेरेर ठम्याउन हम्मे परेपछी उस्को फोटो एलबम भित्र प्रबेश गरेर एकएक गर्दै अन्य तस्बिरहरु हेर्न थाले, तस्बिर सबै नयाँ र बिदेश युरोप तिर खिचिएका जस्ता तस्बिर थिए, मैले सबै फोटोहरुलाई स्कोर्ल गर्दै तलतल सम्म हेर्दै गए, अन्त्यमा पुच्छारमा स्कुल पड्दाको बेलाको एउटा खिनौटे पातलो केटोको फोटो देखे र पत्तो लगाइ छोडे त्यो फोटो उसैको थियो, पुन एलबम बाट बाहिर निस्किएर उस्को नाम हेरे, नाम पनि उही मिल्दो थियो, क्षितिज पाठक ।
फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएपछी मलाई रातभर निन्द्रा लागेन, हामी छुटिएको दश बर्ष पछी पहिलोपटक मैले उस्लाई फेसबुकमा अचानक देखेको थिए, त्यसैले यो दश बर्षको अन्तरालमा शायद उस्ले मेरो अनुहार लाई भुलिसकेको पनि हुनुपर्छ, त्यही अनुहार नचिनेर उस्ले मेरो फ्रेन्ड रिक्वेस्टलाई नहेरेर बेवस्ता पनि गरेको हुनुपर्छ, जब उस्को फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएँ त्यसपछी त झन उस्ले एक्सेप्ट गर्यो कि गरेन भन्दै मोबाइलको स्क्रिन बेलाबेलामा हेर्न थाले, केही हलुका निन्द्रामा पर्नै लागेको हुन्थे फेरी रातभरी आउने फेसबुकको अन्य नोटिफिकेसनको आवाजले झस्किएर उसैले फ्रेन्ड एक्सेप्ट गरेर कुनै मेसेज पठायो कि भन्दै आँखा उघ्रन्थ्यो, हतारहतार गरेर मोबाइलको स्क्रिन अन गर्थे र हेर्थे तर मेसेज त परैजावोस एक्सेप्ट सम्म गरेको थिएन, उस्को एक्सेप्ट गरेको नोटिफिकेसन नदेखाएपछी घरिघरी बज्ने नोटिफिकेसनको आवाज नै म्युट गरिदिउँकी जस्तो रिस पनि उठ्थ्यो बेलाबेलामा, अनी फेरी सोच्थे अर्को मनले, यदी मैले म्युट गरेर राखे भने फेरी उस्ले एक्सेप्ट गरेर मेसेज गरेको थाहा पाउने छुइन, यस्तै सोच्दै मैले फेसबुकको नोटिफिकेसन पनि म्युट गर्न सकिन, बरु जतिपटक नोटिफिकेसनको आवाज आउछ उतिपल्ट मोबाइलको स्क्रिन हेर्न छाडिन, अर्को मनले सोचे, म तिम्रो चन्द्रा, मलाई चिनेनौ, स्कुल पड्दाको तिम्रो आफ्नो मान्छे, के यती चाडै मलाई र मेरो अनुहारलाइ भुलेको तिमीले, यदी भुलेकै भएपनी ठिकैछ तर प्लिज कम्सेकम एकपल्ट भएपनी फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेर मेसेज गरिदेउ, कुनै पनि हालतमा तिमी संग एकपल्ट बोल्नुछ मलाई, प्लिज फेसबुक खोलन भन्न मन लागेको थियो, तर फेरी सोचे मैले पठाएको मेसेज उस्ले देख्ने छैन, जबसम्म फ्रेन्ड एक्सेप्ट हुनेछैन तब सम्म उस्ले मेसेज देख्नेछैन किनकी मैले पठाएको सबै मेसेजहरु मेसेज बक्सको ड्राफ फोल्डरमा गएर बस्नेछ, अनी कसरी देखोस् उस्ले मेरो मेसेज र एक्सेप्ट गरोस, उँहुँम, यो पनि सम्भब हुँदैन, उस्ले फेसबुक खोल्ला र एक्सेप्ट गरेर हाइ गर्ला भन्ने मेरो सबै आसा र प्रयासहरु निरर्थक भए, म मन मनै थाके, अब मलाई कुनै बिकल्प नभएपछी उस्ले जहिले फेसबुक खोल्नेछ र मेरो रिक्वेस्ट हेरेर एक्सेप्ट गर्नेछ त्यो समय कुर्नुको अर्को बिकल्प हुनेछैन म संग, अन्तिममा केही सिप नचलेपछी मैले यस्तै सोच्दै मनलाई सम्झाए आफुले आँफैलाई, त्यो दिनको रातभर कतिखेर उस्ले एक्सेप्ट गर्ला भनेर सोच्दासोच्दै निन्द्राले थाकेर बिहान उज्यालो हुनै लाग्द थकित भएर निदाएछु,
रातभर मोबाइलको स्क्रिनमा नोटिफिकेस्नको आवाजको प्रतिक्ष्या गर्दागर्दै बिहानी पख निदाएको मात्रै के थिए, निदाएको केहीबेरमै घडीमा फिट गरेर राखिएको आलारामले बिउझाइहाल्यो, भर्खरै निदाएको हुनाले आँखा खोल्न खोज्दा निन्द्राले पोलेर आँखा हेर्नुभएको थिएन, आँखा खोलेर बाहिर नियाल्न खोजे, आँखा कुनै आगोको धुवाले पोले झै भतभती पोलिरहेको थियो, तैपनी सकिनसकी आँखा मिच्दै बिउझने कोशीस गरे, बिउझदा बाहिर घरको आँगनमा चराचुरुङिको चिरचिरबिर गर्ने आवाजले बिहानी हुनुको संकेत दिइ सकेको थियो, त्यती मात्रै हैन, बाहिर सडकमा बिहानी पखको पैदल यात्रीहरुको आवाज आउन थालेको थियो, घरका अन्य सदस्य हरु पनि उठेर सबैजना हातमुख धुने, नुहाउने गर्न थालइसकेका थिए, सासुआमा बिहानै उठेर बुढीमान्छे पूजाकोठामा सरसफाइ गर्न सुरु गरिसकेकी थिन, उता घरको बाहिर पट्टिको सिकुवामा एउटा मुडामा बसेर बिहानै चुरोटको धुवाँ उडाउदै ससुरा बाउ कराउदै थियो, बुढो मान्छे भन्दैथियो, यो घरका बुहारी हरुलाई लाज छैन, धर्म कर्म छैन, बुहारी भनाउदाहरु तीन हात माथि घाम आउन्जेल सम्म सुत्न पाए पुगिहाल्यो, मान्छेका अरु बुहारी हरु, घरको धन्दा सकेर बाहिरको मेलापातको काम भ्याउन पनि लागिसक्यो हाम्रा घरका भने अहिलेसम्म ओछ्यान मै बिराजमान होइसिन्छ, माइतिमा तिन्का आमा बाउले अर्काको घरमा गएपछी कसरी काम गर्ने कसरी ठुलाको आदर गर्ने, कसरी सिलस्वभाब राख्ने भनेर अलिकती ढङ्ग पनि सिकाएनन कि क्याहो, कस्तो चै घरका परेछन, अलछिनिहरु भन्दै ससुरोबुढोको एकोहोरो बिहानैको कर्कस सुरु भैसकेको थियो, म हतार हतार गरेर उठेर ब्रस पनि नगरि अनुहार मात्रै धुएर भान्सा कोठामा छिरेर बिहानको चिया नास्ता बनाउनलागे, केहीछिनको भान्साको भलाकुसरी पछी सबैलाई नास्ता र चिया बनाएर दिए, त्यसपछी भने बिहानको खाना बनाउन सुरु गरे, राइस कुकरमा चामल लगाएर ग्यास चुलामा बसाएर सब्जी केलाउन थाले, सब्जी केलाउदै गर्दा मोबाइलमा रिङ्ग बज्यो, माइतिबाट कल आएको रहेछ, मैले कल रिसिभ गर्दै हेलो भने, उताबाट हेलो भन्ने आवाज आयो, आमाको बोली रहेछ चिनिहाले, आमा ढोग गरे, भन्दै कल फर्काए, आमा छोरीको केहीछिनको सन्चोबिसन्चो गफगाफ पछी घरमा सानो पूजा लगाउने भएकोले आइज है नानी ज्वाँई लाई लिएर भन्नुभयो, आमाको कुरा सुनेपछी के गरौगरौ भयो, हस हुन्छ आउछु भनौ भने घरबाट बाहिर निस्किएर छिसिक्क कतै जान दिदैनन, सासुआमा लाई भन्दापनी ससुरोबाउ लाई हिंड्नु अगाडि बारसत्ताइसको कुराको सफाइ दिएर निस्कनुपर्छ, कतै जानुपर्यो वा कतै कामले निस्कनु पर्यो भनेपनी निस्कनु अगाडि दुनियाँभरको बहाना गरेर नाटक गर्नुपर्छ, नत्र उही सँधैको कच्कच सुरुभैहाल्छ ससुराबुढोको, आउदिन भनौ भने आमालाई कसरी आउदिन भनु, आउदिन भन्दा फेरी आमाले किन आउदिनस भनेर सोध्लिन, सोध्न थालेपछि किन के भाकोछ, ज्वाँईले आउन दिनुहुन्न हो, कि सासुले, केके भनेर सोध्नुहोला र मैले साचो यथार्थ बताएभने आमाले दु:ख मान्नुहोला, म दोधारमा परे, अनी एकछिन घोरिएपछी खै के आयो कुन्नी मनमा र आमालाई ढाट्दै भने, आमा म पर सरेकोछु आज बिहान, त्यसैले म यो पल्ट आउन नपाउने भए, बरु घरमा अर्कोपल्ट पूजा हुँदा आउँलानी, यो पल्ट हजुरको ज्वाँई सापको फुर्सद पनि छैन, मैले ढाट्दै भने, उताबाट आमाले मसिलो नियाउरो मलिनो स्वरमा बोल्नुभयो, ए होर, ल के गर्छस त नि, तेरो भाग्यमै नलेखेपछी, ल आफ्नो ख्याल गरेस, अहिलेलाई फोन राखे है नानी भन्दै फोन राख्नुभयो, म पनि यता निरास बन्दै मोबाइल लाई टोलाई रहे, सोच्दा सोच्दै म एकोहोरो भएछु, टोलाएर एकाग्र भएकोबेला अचानक बाहिर आँगनबाट ससुराले ए बुहारी बुहारी, भन्दै बोलाँउदा पो बल्ल थाहा भयो, मत एकोहोरिएर टोलाइरहेको रहेछु, हजुर बाबा म आए भन्दै बाहिर ससुराबुढाको आवाज आएतर्फ दौडिदै गएर सोधे किन बा, ससुराले घर अगाडिको गोठ तिर देखाउदै भने, त्यहा तेरो साँढेले दाम्लाबाट खुस्किएर दुध जती सबै खाइसक्यो, लगेर अली राम्रो संग बाध, के गर्नु बरु यो घरको पशुले बर्सै पिछे सन्तान दिन्छन, मान्छेको कोखले त आजसम्म एउटा सन्तान दिन सकेन, बुढोले बिहानै सत्तोस्राप गरेर फेरी फलाक्न भ्याइहाल्यो, गाइको बाछाले फुस्किएर उस्को आमाको दुध खादा पनि मेरो गर्वमा सन्तान नाएकोलाई जोडेर बुढोले तिखो बाण हान्न भ्याइहाल्यो, एकाबिहानैको ससुराबुढोको तिखो बचनले आज फेरी मेरो कोखको कम्जोरी देखाउन भ्याइहाल्यो, बिहेगरेको सोर्ह बर्षसम्म पुग्दापनि मेरो जायजन्म भएको थिएन, मलाई हरेक पल्ट हरेक घडी अनी हरेक दिन यही कुरालाई लिएर घरमा झगडा भैरहन्छ, कुनैन कुनै निहुँ निकालेर बाझी र अलछिनी भन्न भ्याइहाल्छन ससुरो, एक नभए अर्को अर्को नभए कुनै पनि बाहाना बनाएर ससुरोले मेरो कोख र मलाई सत्तो सराप गर्न चुक्दैनन, बिबाह पछी मेरो गर्वमा बच्चा नबसेको पनि हैन, बसेकै हो तर दुईदुई पटक गर्व तुहिएर गएको थियो, त्यस्मा मेरो केको दोश, जब दुई चोटि मिशक्यरेज भएपछी भने मेरो गर्व आएको थिएन, गाइको बाछाले फुस्किएर उस्को माउको दुध खाएको बहानामा आज फेरी एकपल्ट मेरो गर्वलाई मेरो कोखलाई तिखो बचन खेप्नु पर्यो, चसक्क घोच्यो, मन छियाछिया भएर दुख्यो, मुटु टुक्राटुक्रा भएझै दुख्यो, आज फेरी एकपल्ट म आईमाई हुनुको प्रश्न उठाइयो, मलाई थाहाछ बिबाहपछी कुन चै नारिलाई आफ्नो गर्व भरिएको खुशी देख्न मन लाग्दैन होलार, विवाह गरेको यत्रो बर्ष सम्म के मलाई चै सन्तान सुख प्राप्तिको चाहना नभएको होलार, एउटी नारिले विवाह पस्चात आफ्नो कोख भरेर सन्तानको जन्म दिएर आफ्नो बात्सल्य को सपना देख्न सक्दैन र, वा आफ्नो सन्तानले आफ्नो छाती चुसेको कुन चाँही नारिलाई मन नपर्ला यो धर्तिमा, विवाह पस्चात हरेक नारिलाई सपना हुन्छ कि आफ्नो कोख भरियोस, सन्तानको जन्म दिएर आफ्नो दुध चुसाउन पाइयोस, आफ्नो अगाडि आफ्नो सन्तानले बालसुलभ्ता पोखेर खेलिदेवोस, आफ्नो काखमा आची गरिदेवोस, पिसाप गरिदेवोस र आफ्नो मामातालाई भिझाइ देवोस, यो शायद म मात्रै र मेरो मात्रै होइन संसारमा हरेक नारिको सपना शायद यस्तै हुन्छ,
गोठमा गएर गाइको बाछोलाई तान्दै दाम्लामा लगेर बाधे, सुम्सुमाउदै त्यो कलिलो अबोध बाछोको नाक कान घाटी शरीर अनी पुच्छर सुम्सुमाएर खेलाए, अनी उस्को टाउको समातेर उस्को थुतुनो अगाडि मोइ खाँदै माया गरे र भने, ज्ञानी भएर बस है, अब फेरी दाम्लो खुस्काएर आमाको बुबु खाने होइननी कालु, त्यहा फेरी आमाको बुबु चोरेर खायौ भने तिमीले गर्दा मैले पनि गाली खानुपर्छ बुझ्यौ, आमाको बुबु खान नपाएकोमा उस्को आँखा रसिलो भएको जस्तो लाग्यो, अनी म तिर पुलुक्क हेरेर बाँ गरेर करायो, म भने उस्को अगाडि कलिलो घाँसहरु राखिदिएर भान्षा कोठातिर लागे, भित्र आउँदा कुकरमा सिटी लागेर पनि भातको पानी सुकेर भात डड्नै लागेको रहेछ, हतारहतार गरेर ज्ञास चुलोबाट कुकर निकाल्दै तरकारी पकाउनलाई कराइ बसाएर सब्जी ओइरिए, यता सब्जी पकाउदै उता बिहानको खाएको नास्ताको झुटो भाडाकुडा सरसफाइ गरीइ भ्याए, केहीछिनको ब्यस्तता पछी घरको खानपिन बनाउने काम पनि सकियो, त्यसैले म सबै धन्दा सकेर बाथरुम तर्फ नुहाउन लागे, बाथरुमबाट नुहाएर फर्किदा मेरो श्रीमान अफिस जाने तरखर गर्दै हुनुहुन्थ्यो, मैले पनि लुगा फेरे, दुबैजना एउटै रुममा आआफ्नो धुनमा भएपनी हामी आपसमा कुनै संबाद थिएन, म आफ्नै सुरमा लुगा फेर्दै थिए भने वहाँ दराजको अगाडि उभिएर कालो पेन्ट र कालो कोर्टमा भित्रपट्टी सेतो सर्ट लगाएर रातो टाइ लगाउन ब्यस्त हुनुहुन्थ्यो, लुगा फेरिसकेर मैले खाना खाने होइन भनेर सोधे वहाँलाई, आज नखाइ जान्छु अलिक हतरछ, वहाँ बोल्नुभयो, उसोभए टिफिनमा लगाइदिन्छु लिएर जानुह्सो अफिसमै खानुहोस् नत्र भोक लाग्छ दिउसो मैले भने, वहाँ केहीपनी नबोली टेबलामा राखेको पर्स गोजिमा राख्दै घडी लगाएर हातमा कालो ब्याग लिएर बाहिर निस्कनुभयो, म वहाँलाई एकछिन पख्नुहोस खाना टिफिनमा लगाइदीइहाल्छु भनेर रोक्दै भान्सा कोठा तर्फ लागे, हतारमा खाना टिफिनमा लगाएर टिभी रुममा मात्रै के पुगेको थिए वहाँ अगिनै कतिछिटो बाहिर निस्किएर बाइक घुरर् स्टार्ट गरेर हिडि हाल्नु भयो, वहाँ बाइक लिएर हुइया हुइकिदा म टिभी रुमको ढोकैमा उभिएर हेरिबसे, बिहानको दश बज्नै लागेको थियो, ससुरो बाहिर आँगनबाट सासुआमा लाई कराउदै भन्न थाले, ए रामेको आमा, हैन आज निसन्तानको पिसाचले खाना नदिने भैन्कि क्याहो, यतिबेला भैसक्यो खाना बोलाउदिनत अलछिनिले, फेरी अर्को बाण, जतिपटक तिखो बचन ओकल्छन ससुराबा उतिउती आफुलाई पत्थर भएकोजस्तो महसुस हुन्छ, हजारौ चट्याङको झट्काले पनि फोर्न नसकेको पहरा झै हुन्छ मेरो छाती, मिनेट मिनेटको तिखो र रुखो बचनले प्रहार गर्दा गर्दा होला शायद कालिगडले हथौडाले हानेको मुर्ती झै भैसकेको थियो मेरो मन, गाली र सराप खादाखादा पोख्त बनेको मेरो मन र मस्तिस्क साचिकै हृदयबिहिन बनिसकेको थियो, विवाह पस्चात दुइदुइ पटक मेरो गर्ब मिस्क्यारेज भएपछी अलिक दिनबाट अलछिनी, बाझी भनेर भनिन थालएकी म आज पन्द्र सोर्ह बर्ष पुगिसकेको थियो, हजारौ लाखौं पटक त्यस्ता तिखा बचन खाँदै सुन्दै र बेहोर्दै आएको, त्यसैले पनि म लग्भग प्राय हृदयदेखी ढुङ्गा बनिसकेको थिए, अलछिनी, थारीई र बाझिको संज्ञा सुन्दासुन्दा ति बचनहरु सुनेपनी नसुनेझै छेक्न सक्ने स्पात झै बनिसकेको थियो मेरो मुटु, जती घोचेपनी नदुख्ने, जती प्रहार गरेपनी नलाग्ने, नछुने प्राय सुन्य जस्तै चेतना बिहिन बनिसकेको थिए, उता बाहिर आँगनबाट ससुराको कर्कस यता म भने टिभीरुमको ढोकामै उभिएर एकनिमेसले केके सोच्दै टोलाइरहेछु, अर्कोपल्ट सासुले बुहारी ए बुहारी भनेर बोलाएपछी बल्ल झसँग भएर हजुर आमा म यतैछु भन्दै भान्सा कोठा तर्फ लागे, घरका बाँकी सबैलाई बोलाएर खाना खानु तयार गरे, सबैले खान खाइसके, अन्त्यमा मैले पनि खाना खाएर दिउसोको धन्दामन्दा सकेर आफ्नो रुम तर्फ लागे, यसरी बिहान उठेर नास्ताभुजा खाना तयार गरेर खाइसक्दा यतिबेला सम्म दिनको बार्ह बजिसकेको थियो ।
रातिको सोच्दासोच्दै भएको अनिदो र बिहानभरिको घर धन्दाले थकित भएको शरीर एकछिन आराम गर्नु पर्यो भनेर आफ्नो रुम तिर लागे, तर भित्र पस्दा बेडमा टेबलमा जतासुकै लताकपडा छताछुल्ल भएको रहेछ, त्यसपछी छताछुल्ल भएको कपडाहरु पट्याउदै कुनै दराजमा त कुनै ह्याङरमा झुन्डाएर राखे, त्यसपछी बेडको असरल्ल भएको तन्ना र सिराक मिलाउदै राखेर बेडमा ढल्किएको मात्रै थिए, यतिकैमा मोबाइलमा कल आयो, कल हेरे, कल ठुलि दिदिको नम्बरबाट आएको रहेछ, यतिबेला दिदिले किन फोन गरीई भन्ने सोच्दै कल रिसिभ गरेर हेल्लो भने, उताबाट दिदिको आवाज नभएर सानो कलिलो तोतेबोलिमा आवाज आयो, छानुममी नमस्ते, दिदिको सानो छोरीको आवाज रहेछ, मैले नमस्ते मेरो गूड्डु भन्दै जवाफ फर्काउदै बोले, अनी उसैको तोतेबोली समातेर उसैको पारामा सोधे, अनी केछ मेरो छानो परिको खबर, शायद छेउवैमा आमाचै ले बसेर सिकाउदै थियोहोला, अक्मकिदै बोली, उम... उम लाम्लैछ, त्यसपछी उनी भन्दैथिन, छानु ममी आज मेरो बर्थडे होनी, हजुर आउनुहोस हस, भर्खरै बोली फुट्दै गरेको उस्को तोतेबोलीकै शैलिमा हस भन्दै जन्म दिनको शुभकामना दिदै भने, मेरो छानो गुडियालाइ जन्म दिनको धेरै धेरै आशिर्बाद र शुभकामना हस, अनी मेरो परि छिट्टै सानोममी जत्रै ठुलो हुनु ल, कोमल आवाज हस भन्दै बोली फेरी, छानु ममी म कहिले ठुलो हुन्छु, उस्को अबोध सोधाईले म मुसुक्क नहासी रहन सकिन, म मुस्कुराउदै भने, भोली पर्सी, भोलिपर्सी कहिले हुन्छ छानु ममी, अबोध प्रश्न थियो फेरी उस्को, लाग्थ्यो उस्लाई चाडै ठुलोहुनु हतार थियो, उताबाट उस्को ममी चै गललल हासी, र नानी बाट फोन लिदै म संग दिदी बोल्नु भयो, यस्ले तेरो दिमाग खान्छे के के सोध्छे सोध्छे आजभोलि खुब बोल्ने भएकिछे, अनी केछ तेरो खबर, बेलुकी नानीको बर्थडे मनाइ दिनुपर्यो ज्वाँई साप लाई लिएर आइजहै नानी भनेर बिदालिदै बाइ भन्दै फोन राख्नुभयो, मैले पनि हुन्छ दिदी म ज्वाँई लाई भन्छु वहाँले भ्याउनु भयो भने आउछु भन्दै यता बाट पनि कल काटेर राखे ।
फोन कल राखिसकेर पुन बेडमा पल्टिदै भर्खरै बोलेको त्यो मासुम बोलीलाइ सम्झिए, राम्रो संग बोलिपनी फुटिनसकेको तोतीबोलि सुनिरहुँ झै उस्को त्यो कोमल बोली मेरो कान हुँदै मस्तिस्क र सरिरको सबै नसा नसामा झन्कार भएर बग्यो, कानको द्वारहुँदै हृदयसम्म एउटा मन्दिरको सुरिलो घण्टा झै प्रतिध्वनी भएर गुन्जिरहयो, उस्को बोली सुनेर म थकाईमा मुढो झै ढलेको शरीर छिनभरमै हलुका भएझै फुरुङ्ग भए, उनी भर्खरै चार बर्ष पुरा गर्दैछे, पूर्णरुपमा राम्रोसंग बोली पनि फुटिनसकेको त्यो सारंगिको तार झै मधुर आवाज, भर्खरै बोल्न सिक्दै गरेको मैना चरिको तोते बोलिझै उस्को मुटुछुने मायालु बोलीसंगै उस्को सानो गुडियाझै आक्रिती आँखाभरी झल्झली सम्झना पुगे, गोरो छाला, पुक्क उठेको कोमल गाला, खिरिलो काला आँखा, मोटाएर लोला परेका सुकोमोल उस्को हात, कृष्णको झै सानो पाउ, कमलको फुल झै झल्कने उस्को सम्पूर्ण अनुहार मेरो मस्तिस्क र आँखाभरी नाच्यो, उस्को त्यो सानो आकृतिमा मैले मेरो पेट छामे, आफ्नो पेट छाम्दै मेरो गर्व भित्र भर्खरै पालुवा हुनै लागेको कलिलो नावालाकले बास बसिसकेकोछ, बेडमै पल्टिएर आफ्नै हातले आफ्नै पेटलाई छामे, तर त्यतिले चित्त नबुझेपछी बेडबाट जुरुक्क उठेर दराजमा लगाइएको ठुलो र अग्लो ऐना अगाडि आफुलाई उभ्याएर ऐनामा आफ्नो शरीर हेर्दै पुन आफ्नो पेट सुम्सुमाए, दुबैहातले पालो गरिगरी मुसारे, छामे, आफ्नो पेटमा बड्दै गरेको भ्रुणको कल्पना गर्दै आफ्नो दुबै स्तन नियाले, दुबै स्तनलाई नियालेर कपासको रुइ झै कोमल मसिना हातहरुले स्पर्स गर्दै अर्को स्तनको निप्पल त्यो पूर्ण भएको बालकले स्तनपान गरिरहेको बात्साल्य कल्पना गरे, अनी उस्को त्यो अद्रिस्य आकृतिलाई हेरेर म मुसुस्क्क हासे, म भित्र आमा बन्ने उत्कन्ठ र तिब्र इच्छा जाग्रीत थियो, हरेक नारिलाई विवाह पस्चात आमा बन्ने उत्कन्ठा रहरले च्याप्छ, हरेक नारिले आमा भएपछी मात्रै आफु पूर्णनारी हुनुको सौभाग्य सम्झन्छ, मेरो गर्व नरहेको पनि होइन विवाह भएकै सालमा मलाई गर्व आएकोथियो, तर त्यो बेला मलाई भगवानले आमा बन्ने सौभाग्य दिएन, त्यसपछी भने म एकैचोटी पाँच बर्षपछी पुन दोश्रोपटक गर्ववती भए तर त्योपल्ट पनि गर्व आएको तीन महिना पछी पुन उस्तै घटना दोहोरियो, पुन दोश्रोपल्त पनि म आमा बन्नबाट बन्चित बने, त्यसपछी भने विवाह भएको मितिदेखी अहिलेसम्म लगतार सोर्ह बर्ष सम्म मेरो नारित्वमा आमा हुनुको सौभाग्य मिलेन, र यसरी ऐना अगाडि आफुलाई उभ्याएर एउटा नारी हृदयको बात्साल्यमा म हाराएको थिए, मान्छेहरु भन्छन, छोरा जन्माउनु रहरले हुन्छ भने छोरी जन्माउनु सौभाग्यले मात्र हुन्छ, तर मलाईत यहाँ न रहरले भएको थियो नत भाग्य वा सौभाग्यले, मलाई त भगवानले सम्पूर्ण तरिकाले ठगेको थियो, चाहेर पनि म आमा बन्न सकिरहेको थीईन, शायद आमा बन्नबाट बन्चित सन्सारको ति अभागी नारिहरु मद्धे म मात्रै एक्लो नारी थिएहोला, जस्लाई आमा बन्ने सौभाग्य प्राप्त भएको छैन, पाएको भाग्य पनि कर्मले ठेलेर मलाई अपूर्ण नारी बनाएको थियो, बोल्दाबोल्दै चन्द्रा अर्थात चादनी बिचैमा एकछिन टक्क अडीई, उस्ले आफ्नो पारिवारिक पिडा मलाई सुनाउदा सुनाउदै उ भाबुक बनीई, बिचैमा रोकिएर सुँक्क सुँक्क गरेर रुन लागिई, म पनि उस्को सुक्क सुक्क रुवाइमा केही बोल्नै सकिन, चुपचाप निशब्द बनेर उस्को सुकसुकाइ सुनिरहेँ, केही मिनेटको उस्को रुवाइ र मौनतालाई तोड्दै पुन मैले आँफैले कुरालाई अगाडि बढाउदै सोधे, बोल्न सक्नुहुन्छ भने भन्नुह्सो, अनी त्यसपछी के भयो, मैले प्रश्न राख्दै कुरालाई अझै अगाडि बढाए, सरि, म यहाँ भन्दा अगाडि केही भन्न सक्दिन अब, कृपा गरेर मलाई केही नसोध्नुहोस, पछी मन शान्त भएपछी म आँफै भन्नेछु, चन्द्राले शायद आफुलाई सम्हाल्न गाह्रो भएको हुनुपर्छ उस्ले बाँकी मन शान्त भएपछी बताउने भन्दै बोल्न इन्कार गरिन, उनी अझै सुक्क सुक्क गर्दैथिन, मैले पनि उस्को मन बहकिएको बेला खासै धेरै कुरा सोध्ने आँट गरिन, यता रातभरीको यात्राले थकित हुँदै निन्द्रा लाग्दै थियो मलाई पनि, त्यसैले चन्द्रालाई मिदा माग्ने मनसाय बनाउदै भने, मिल्छभने आज तपाईं काठमान्डौ नफर्किनुहोस, भोलीतिर फर्कनुहोला, राती फेरी हामी बोल्नेछौ र सबै काहानी पुरा गर्नेछौ, अहिले त्यता नेपालमा पनि उज्यालो हुनैलाग्यो रातभर सुत्नुभएकोछैन, बरु थोरै भएपनी आराम गर्नुह्होस हुन्छ, मैले छुट्ने आग्र गर्दै भने, हुन्छ, तर जान्छु कि जान्न आज टुङ्गो छैन, गैनछु भने भरे म आँफै कल गरौला, नत्र फेरी यतापनी समय र परिस्थिती मिलाउन पर्छ, आज त बाबु संग सुतेको थिए र बोल्न पाए, भरे अरु केटाकेटी पनि संगै सुतेभने चै बोल्न पाउदिन होला, उनले दोधार हुँदै भनिन, मैले हुन्छ भन्दै अहिलेलाई छुटिने अनुमती मागेर गूड् नाइट भने, गूड नाइट के भन्नु उता नेपालमा उज्यालो हुनै लागेको थियो भने यतापनी रातको मध्यरात भैसकेको थियो, दुबैजनाले गूड् नाइट भनिसकेर कल राख्यौ, गाडी उस्तै गरेर एकरफ्तारले कुदिरहेको थियो, रातको छिपिदो समयसंगै चिसोले निकै सताउदैथियो तैपनी म टुङ्गोमा नपुगुन्जेल सम्मको लागि निदाउने प्रयासगर्न तर्फलागे ।
रचना- अर्पण योन्जन (शिरिष)
मिती- ९, १० र ११ मंसिर २०७८
तदनुसार- २५, २६ र २७ नोबेम्बर २०२१