गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, December 21, 2021

कथा- भाग- १७, एउटा प्रेम यस्तो पनि ।

 

२३, नोबेम्बर २०२१ को दिन हामीहरु राबिघ पुगेदेखी भोलिपल्ट २४, नोबेम्बर देखी सकिएको प्रोजेक्टको बाकिरहेको सबै सामनहरु निकाल्न मै ब्यस्त रहन थाल्यौ, प्रोजेक्ट सकिएर सामन थन्किएको निक्कै महिना भएकोले गर्दा बचेँखुछेको अलिअली सामनहरु पनि प्राय धुलो र बालुवाले हेर्न नहुने भैसकेको थियो, स्टिलहरु खियाले जङ्क लागेर कामै नलाग्ने अवस्थामा थिए भने पोर्टेबल अफिस भित्रको टेबलकुर्सी कम्प्युटर फोटोकपी मेसिन र अन्य स्टेसनरी सामनहरु हेर्नै नहुने भैसकेका थिए, तर प्रोजेक्ट सकिएपछी सबै सामन निकाल्नै पर्ने नियम भएकोले गर्दा हामी त्यहा पुगेकोथियौ, प्रोजेक्ट इन्चार्ज र म सेक्युरिटी अफिसमा मेटेरिल गेटपास बनाउन र कामदार हरुको टेम्पोरेरी एक्सेस बनाउदै कामलाई सहज बनाउदै धमाधम ठुला टेलर हरुमा लोड गर्दै रहिमा तर्फ पठाउन लाग्यौ, लान अलिक अफ्ठ्यारो हुने र काम नलाग्ने केही सामनहरु भने यान्बुको हाम्रो ब्रान्च यार्डमा स्टोर गर्न पठायौ, प्रोजेक्टहुँदा फेब्रिकेट गरिएको आस्थाइ यार्ड भात्काउनलाई राजु न्युरे र हरी माझी लाई जिम्मा दिएर बाँकी कामहरु अन्य कामदार हरुलाई लगाएर जतिसक्दो छिटो निस्कनुथ्यो हामीलाई त्यो ठाउँबाट, बरु सबैलाई पिउने कोककोला, पेप्सी र खाजाको बेबस्ता गरेर भएपनी काम अझ छिटो फत्ते गर्नुथियो, त्यसैले मैले प्रोजेक्ट इन्चार्ज लाई एक्स्ट्रा ओभरटाइम र बोनस दिलाएर भएपनी काम छिटो सकौ भनेर सल्लाह दिएर कामदारहरुलाई बेलुकी छ बजेको समय सम्म र शुक्रबार बिदाको दिनपनी काम लगाएर काम निक्कै तिब्रगतिमा गैरहेकोथियो, त्यसैले कामको दिनभरिको ब्यस्त चापले गर्दा भ्याइनभ्याइ थियो, यता मलाई पनि सास फेर्न सम्म फुर्सद थिएन, दिनभरी भएको सामनहरुको इन्भेन्टरी बनाउनु, हरेक गाडीको नाम नम्बर र ड्राइभरको इम्प्लोइ नम्बर लेख्दै सामनहरु लोडगरेर पठाउनु र गेटपास बनाउन दगुर्दा नै मेरो तोजोहरान भैसकेको थियो, यसरी ब्यस्त र लगातरको कामको थकाईले गर्दा मोबाइलमा फेसबुक, टुइटर तिर हेर्नेसम्म फुर्सद मिलेको थिएन, दिनभरी काम सकेर थकित भएर होटलको रुम फर्किदा केही हेर्नै जागर भएर आउँदैनथ्यो, त्यसैले बेलुकी रुम आयो, सरसफाइ सकेर खाना खायो र घरतिर सन्चोबिसन्चो सोधेर सुतिहाल्थे म, यसरी लगतारको दुइहप्ताको अथक प्रयास पछी ७, डिसेम्बर दिउसोको कारीब ३,बजे तिर बल्लतल्ल काम सक्यौ हामीले, बेलुकी होटलको रुम फर्किएर बेलुकी नै हिंड्ने भनेर सामी मोहम्मदले भनेपछी कामको थकानले एकदिन पनि रेस्ट गर्न नदीने भन्दै कामदारहरुले होहल्ला गरेपछी आठ डिसेम्बरको दिन आराम गरेर नौ डिसेम्बरको बिहानै रहिमा फर्किने कुरा भयो र हामी काम सकिएको दिन र भोलिपल्ट होटल्मै बस्यौ । 

काम सकिएको बेलुकी साँझ सबैजना सरसफाइ सकेर खाना खाएर राबिघ बजार घुम्न जाने भनेर त्यतातिर लागे, म भने पहिलै पनि त्यहा बसिसकेको हुनाले बजार घुम्न खासै चासो लागेन, बरु दुइहप्ता सम्म इन्टरनेटको सवारी नगरेको हुनाले मोबाइलमा डाटा खोलेर फेसबुक र टुइटर तिर टहल्न थाले, फेसबुकको केही नोटिफिकेसन हेरेर टुइटर तिर प्रबेश गरे, निकैदिन देखी टुइटर नछिरेको हुनाले कयौ नोटिफिकेसनहरु जम्मा भएर बसेको रहेछन, ति सबैलाई कमेन्ट र रिटुइट गर्दै सकेपछी डिएमको खोपी संदेश तिर प्रबेश गरे, त्यहा पनि साथीहरुको गूड् मर्निङ गूड नाइट देखी लिएर सर कता हराउनुभयो, सन्चो भएनकी कसो भन्दै निकैनै मेसेजहरु आएका रहेछन, तिसबैलाई निकै ब्यस्त भएको र आफु ठिकै भएको जनाउ दिदै मेसेजको जवाफ फर्काए, दुइहप्ता सम्म ब्यस्त भएर सन्जालमा आउन नपाउदा पनि यतिधेरै साथीहरुले खोजखबर गरेको मेसेज देख्दा भने मनमा निकै नै खुशी छायो, सामाजिक संजालमा भेटिएका साथी भनेर मात्रै पनि नहुने रहेछ, केहीदिनको अनुपस्थिति हुँदा सम्झिने असल साथीहरु पनि हुँदारहेछन, मित्रता होस या अरुकुनै सम्बन्ध एक अर्काको चासो र खोजखबरले पनि मान्छेलाई आत्मियता, प्रेम, सद्भाव र उच्चसम्मान महसुस गराउदो रहेछ, कोही कसैको लागि आफ्नै हुनुको महसु दिलाउदो रहेछ, जस्ले मान्छेलाई मित्रता र सम्बन्ध माथि विश्वाश र अझ प्रेमलाई प्रगाढ बनाउदोरहेछ, मलाई पनि ति सबै मेसेजहरु देखेर साच्चै नै जजस्ले मेसेज गरेर सम्झनुभयो ति सबैमा अझ आत्मिय र सम्मान पलाएको महसुस भयो, मेसेज गर्नेहरुको पुच्छारमा हेरे, चन्द्राको मेसेज रहेछ, मेसेज खोलेर हेरे, मेसेजमा निकै दिनदेखी हेलो हाइ नमस्कार जस्ता कयौ शब्दहरु पठाइेका रहेछन, म ब्यस्त भएकोले गर्दा मेसेज हेर्न नपाएकोले, कि बिरामी हुनुभो तपाईं ? किन यतिका दिनसम्म पनि मेसेज नहेर्नुभएको भन्दै लेखेकी रहेछिन, ए मेरो कथाकार ज्यु ! हजुर कता हराउनुभयो ? सबै ठिकैत छ नि ? भन्दै चन्द्राले पटकपटक लेखेको मेसेजले पनि मनलाई आनन्दित तुल्यायो, कारीब झन्डै नौ दश, दिन जती हेलो हाइ गर्दा पनि मेसेज नफर्काएपछी भने चन्द्राले आफ्नो बाकिरहेको कथा मेसेजमै लेखेकी रहेछिन, मैले उस्ले लेखेर पठाएको बाँकी उस्को जिबनको यथार्थ कथा पढ्न थाले, बाँकी कथा यसरी लेखिएको थियो ।

मेरो प्यारो कथाकार ज्यु !चाहेर वा नचाहेर अर्थात जानेर वा नजानेर खै किन हजुर संग मेरो जिबनको दुखाइ, भोगाइ हरु तपाईं संग सेयर गर्दैछु बिगत केही महिनादेखी, मलाई थाहाछैन मेरो सबैकथा सुनिसकेपछी हजुरले के सोच्नुहुनेछ, के भन्नुहुनेछ, वा आफ्नो घरपरिवार भित्र घटेको आफ्नै जिबन संगको दु:ख अरुलाई सुनाएर बस्ने कस्ती खालको आइम्याइ मान्छे रहेछ भन्नु हुन्छ कि के भन्नु हुन्छ मलाई थाहा छैन, अनी मेरो कथाले सार्थक्ता पाउछ पाउदैन त्यो पनि थाहा छैन, तर म चाहन्छु तपाईंको लेखनकलाको माध्यमद्वारा मेरो कथा पूर्ण होस र म जस्तै सन्तान नहुनुको पिडाबाट गुज्रीएका कयौ दिदिबहिनी हरुले पढ्न पाउन, अनी मेरो आफ्नै प्रेम पनि अरुले पढ्न पाउन म यही कामना गर्छु, मेरो जिबनको भोगाइले ति पीडित र प्रेमिहरुले राधा कृष्णको जस्तै संदेश पाउलान नपाउलान, समाजलाइ एउटा संदेश वा शिक्षा जाला नजाला म भन्न सक्दिन, तर मलाई यो कथा तपाईंको कलम द्वारा पुस्तकको रुपमा आउन पाएछ भने म आफु र आफ्नो दु:ख दर्द पिडामा जिबनको भोगाइ पोखिएको सार्थक्ता पाउनेछु, भाग्यमानी ठान्नेछु, तपाईं प्रती जिबनभर अनुग्रहित हुनेछु । 

म सोच्दैछु यतिबेला कथालाई बाँकी रहेको बिन्दुबाट कसरी सुरु गरौ, कहाबाट सुरु गरौ, जतिछन ति सबै पिडादयी छन, तपाईंलाई आफ्नो ब्यथा सुनाउन अगाडि नै मेरो आँखामा एउटा तितो अतित पोखिएकोछ, सम्झिदा पनि आँखामा आशु ढलपल गर्दै खस्ने कोशीस गर्छन्, गला अबरुद्ध हुनपुग्छन, हुनत यो दुनियाँमा म भन्दा पनि धेरै पिडा र दु:ख पाउने कयौ मान्छे होलान, तर सबैलाई आफ्नै दु:ख ठुला र पहाड झै लाग्छन, हो मलाई पनि अरुको भन्दा मेरो दु:ख भिन्नै लाग्छ, अरुको भन्दा अझ ठुलो पिडा होला भन्ने महसुस हुन्छ, मेरो भन्दा ठुलो दु:ख यो सन्सारमा अरुकसैको छैनहोला जस्तोलाग्छ, मैले जतिको अपहेलना, पिडा यो दुनियाँमा अरुकसैले भोगेको देखेको छैन होलाझै हुन्छ, त्यसैले हरेकलाई हरेकको आफ्नै कथा ब्यथा ठुला लाग्छन, बर्सौ देखी मेरो काखमा सन्तान नहुको पिडा त मैले लग्भग सबै सुनाइसकेकोछु तैपनी सन्तान नहुनुको पिडा म भित्र सकिएका छैनन अझै, त्यसैले यहिबाट पुन सुरु गर्छु सुन्नुहोस हैत ल ।

चन्द्राले मेसेजबाटै आफ्नो पिडा पोख्न सुरु गरिन, उनको मेसेज पड्दापड्दै म एकछिन टक्क अडिए, उनको मेसेजको सुरुवातबाटै मेरो आफ्नै मन भारी हुँदैथियो, म यतिबेला चन्द्राको मेसेज पढिरहदा सोचिरहेकोछु कि बिहेपछी एउटी नारिलाई सन्तान नहुनुमा प्रेम बियोग भन्दा पनि ठुलो पिडा हुनेरहेछ, उसको मेसेज पढिरहदा म मनमनै भन्दैछु कि म उस्को कथालाई न्याया दिन सक्छु कि सक्दिन, मैले उस्लाई जिबन्त बनाउन सक्छु कि सक्दिन, यदी मैले उस्को पिडालाई शब्दमा उतार्न सकिन भने लेख्छु भनेर दिएको बचन शायद निरर्थक बन्छ होला, तर मैले जसरी भएपनी उस्लाई आजिबन जिउदो राख्नुपर्छ, यस्तै सोच्दै म पुन मेसेजमै ध्यान मोडेर पढ्न थाल्छु, मेसेज उसैगरी पोखिएकोछ जसरी दु:खमा आशु पोखिन्छ, आफन्त र ससुराबाको तिखो बचन रातोदिन खानु र सुन्नुत छदैछ मलाई, हुँदाहुँदा छिमेकिको मसिना नानीहरुलाई छुदा खेलाउदा वा बोक्दा पनि बिरामी हुन्छ भनेर अब्जस आउथ्यो, मन भक्कानिएर कतिपल्ट एकान्तमा रुन्थे यस्ता बचनहरुले, मैले छुँदा र खेलाउदा पनि अरुका केटाकेटी बिरामी हुन्छ भन्थे, कयौपटक कोठा थुनेर त कहिले टोइलेटको साँघुरो कोठामा आफुलाई पानीमा भिझाएर डाको छोडेर रुदै भित्तामा हातको मुड्की बजारेर आफुलाई शान्ता पारेकोछु, कयौपटक आफैलाई सराप्दै आफ्नै पेटमा मुक्का हानेकोछु, कयौपटक आत्माहत्या गर्ने कोशीस नगरेको पनि हैन, त्यसरी आत्माहत्याको कोशीस गर्दा आमा र बाउको तस्बिर आँखाभरी झल्झली याद आउथ्यो र मैले यस्तो गर्दा आमा बाउ लाई केहोला, कस्तो होला, समाजले कसरी हेर्ला भनेर सोचाइ आउथ्यो, आत्माहत्याको मनस्थिती तयार बनाउदा पनि मर्न सक्दिन थिए, मर्न पनि त्यती सजिलो कहाँ रहेछर, मर्न पनि कसैको माया बाधक बन्दो रहेछ, मेरो लागि मर्नबाट आमा र बाउको माया नै बाधक थियो र म पटकपटक मर्न बाट बाँचेको थिए, तिनै मायाले मर्न नसक्दा मनलाई सम्हालेर पुन जिबनको तितो यथार्थमा फर्कन्थे, एकदिनको कुरा हो वहाँ अफिसबाट बेलैमा फर्किएर खाना खाइओरी थकाई लाग्यो भनेर आफ्नो बेडमा गएर पल्टिनुभो, म भान्साकोठाको सबै धन्दा सकेर बेडमा जादा बेलुकिको एघार बजाइसकेको थियो, बेडमा पुगेर वहाँसंग केही सल्लाह गरौला भनेर सोच्दै जब बेडमा पुगे वहाँ अगिनै निदाइसक्नु भएकोरहेछ, म भने मनमा अनेकौ कुराहरु खेलाई रहे, त्यो रात निन्द्रा फिटिक्क आएन, जती निदाउन खोज्छु र पनि आँखा झिमिक्क हुँदैन, घरि देब्रे त घरि दाहिने तिर कोल्टे फेर्दै बिहानको दुई बजायो दिवालको घडीले, रातभर मनमा कुरा खेलाउदा खेलाउदै फेरी आत्माहत्याको सोचाइले गाज्यो मेरो मस्तिस्कभरी, चिच्याउन मन लाग्यो, तर चिच्याउनु कसरी, खै किन हो मन भित्र एकतमासले केले-केले छाती ऐठन भएर आयो, मुटुको सबै धमनी हरु बन्द भएझै लाग्यो, सास फेर्न पनि गाह्रो भएर आयो, त्यसपछी भने अब चै जसरी भए पनि यो जिबन रित्याउछु भन्ने सोचेर जुरुक्क उठे, उठेर बेडमा बस्दा शरीर र हातखुट्टा आँफै थररर कापेको जस्तो महसुस भएको थियो, घाँटी र अनुहार भरी चिटचिट पसिना बगेको थियो, अनी सिरानी छेउमा राखेको जगको चिसो पानी गिलासमा सारेर एक गिलास पानी पिए, त्यसपछी भने बल्ल अगी ऐठन भएको जस्तो छाती लामो श्वास तानेर अलिकती हलुका भयो, वहाँ निदाएको पट्टी हेरे, वहाँँको दुबै हात बाधेर शिरमाथी राख्नुभएको थियो, एउटा अबोध बच्चा झै वहाँ मस्त निन्द्रामा हुनुहुन्थ्यो, म बसेको बेडबाट उठेर बिस्तारै वहाँँको खुट्टा मुनी गएर सिराकले छोपिएको दुबै खुट्टा उघारे, आफु भुइमा बसेर वहाँँको दुबै खुट्टाको पन्जा समाएर आफ्नो शिर राखेर ढोगे, र मनमनै भने, आजबाट म यो संसार छोड्दैछु राम, आजसम्म जेजती मैले तपाईंको साथ निभाउदै आए अब उप्रान्त म तपाईंको साथ निभाउन सक्दिन, हाम्रो बिहे भएको पन्द्रबर्ष सम्म सन्तान सुख दिन नसक्दा पनि शायद मेरो मायाको खातिर तपाईंले अर्को बिहे पनि गर्न सक्नु भएन, मेरो कारणले हजुरले न अर्को बिहे गर्न सक्नुहुन्छ, न म हजुरलाई सन्तान सुखको पिता हुने अहोभाग्य जुराउन सक्छु, मलाई यो जिबन साचिकै अब बोझहुन लागेकोछ, अब म यहाँ भन्दा अगाडि तपाईं संगै-संगै हिंड्न सक्दिन, मैले आँफैलाई अन्त्य गर्ने हिम्मत गर्नैपर्छ, किनकी मेरो अन्त्यले नै तपाईं अर्को बिहे गर्नुहुनेछ र तपाईंको बाउले बंश पाउनेछ, अनी तपाइले आफ्नो रगतको सन्तान, पाउनुहुनेछ, यस्तै सोच्दै मैले वहाँँको दुबै पाउको औलिहरु समाएर ढोगे, ढोग्दा मेरो आँखाबाट वहाँँ संग छुटिनुको पिडाले होला शायद गला अबरुद्ध भएको थियो, त्यो सुनसान अँध्यारो रातमा कसैले नदेख्ने गरेर मेरो आँखामा पिडादयी तातो आशु बलिन्द्र धारा भएर छुटिरहेका थिए, वहाँँको पाउ खुट्टा ढोगिरहदा शायद मैले आफुलाई रोक्न सकिन होला र मेरो आँखाबाट बगेको आशु वहाँँको दुबै पाउमा खस्न पुगेछन, शायद मेरो तातो आशुले होकी, थाहा पाएर वहाँ आतिएर बिउझदै खुट्टा झट्कारेर बिउझनु भयो, उठेर बत्ती बालेर हेर्दा मलाई खुट्टा मुनी भुइमा बसेर रुइ रहेको देखेर वहाँ छक्क पर्नुभयो, मेरो नजिकै आएर मेरो दुबै पाखुरामा समाउदै उठाएर सोध्नुभयो, आधारातमा यो तिमीले के गरेकी ? दिमाग खुस्कियो कि केहो? खुट्टामुनी बसेर किन रुएकी ? केभो हँ ! आज तिमीलाई ? वहाँँको बिउझाइले मलाई कतिपनी डर लागेन, कतिपनी असहज महसुस भएन, बरु उल्टै दुबैहातको मुड्किले वहाँँको छातीमा टाउको राखेर हिर्काउदै ग्वाँग्वाँ रुन थालेछु, हो म पागल भैसके, म तपाईंको लागि लायक छुइन राम, मैले हजुरलाई सन्तान सुख दिन सकिन भन्दै बर्बराउन थालेछु, वहाँँले बिस्तारै मलाई बेडमा लगेर राख्दै दुबैहातले च्याप्प कस्नु भयो, मेरो बगिरहेको आशु पुछिदिदै भन्दै हुनुहुन्थ्यो, धत लाटी ! यस्तो पनि सोच्ने हो, तिमीलाई बिहे गरेर ल्याएको यत्रो बर्ष भयो आज सम्म मैले कैले तिमीलाई गाली गरेकोछु ? कहिले कुटपुट गरेकोछु, भनत ? किन बहुलाएकी तिमी यसरी आधारातमा ? बाउ आमाले के भन्छन, आफन्तले के भन्छन, समाजले केभन्छन ? त्यस्को पछी तिमी किन दगुर्छौ ? माया गर्ने मैले हो, तिमी संग जिबन बिताउने मैले हो, जबकी मैले नै आजसम्म तिमीलाई केही भनेको छुइन भने तिमी यस्तो नचाहिने अरुको कुरामा किन मन दु:खाउछौ हँ ? जिबन बिताउने तिमीले म संग होकी बाउ आमा संग ? माया गर्ने त म होनी हैनर ? वहाँँ मलाई शान्तावना दिदै केके भन्दै अंगालोमा कसेर मेरो पिठ्युमा थापाथपाइ रहनुभएको थियो, म धेरैबेर सम्म पनि हिक्क हिक्क गर्दै रुइरहेको थिए, र त्यो रात पनि मेरो जिबन नै टुङ्याउने निर्णबाट बचेँको थिए  ।

भोलिपल्ट उज्यालो भयो, म उठेर बिहानको भान्साको कामधन्दा तर्फ लागे, सबैको लागि चिया बनाएर आआफ्नो कोठामा पुराइदिए, घरका परिवार सबैलाई दीसकेर आफु र वहाँको लागि दुईकप चिया लिएर आफ्नो रुमतर्फ लागे, रुमभित्र पुग्दा वहाँ बिहानै लुगा फेरेर बाहिर निस्कन तयार हुनुहुँदै रहेछ, मैले चिया टेबलमा राख्दै सोधे, कहाँ जान लाग्नु भएको बिहानै, वहाँँले म तिर पुलुक्क हेर्दै मुसुक्क हासेर भन्नुभो, एउटा कायरको लागि गुडिया खोज्न जान लागेको, वहाँँले जवाफ फर्काउनु भयो, म तिर फर्केर मुसुक्क हाँस्दै दिएको जवाफले मलाई अलिकती लाज लागेर आयो, शायद वहाँले जवाफ दिरहदा बेलुकिको मेरो हर्कत वहाँँको दिमागभरी आएको हुनुपर्छ, टेबलमा राखेको चियाको कप समाउदै भन्नुभयो, छिटो लुगा लाएर तयार हौ, मैले वहाँँको यो भनाइमा कुरै बुझ्न सकिन, ल कहाँ जाने होर एकाबिहानै ? हैन हजुर के भन्दैहुनुहुन्छ ? मैले आश्चर्य पोख्दै प्रश्न गरे, मेरो प्रश्नमा पुन जवाफ दिदै भन्नुभयो, आज दुबैजना हस्पिटल जाने, हामी दुबैको संगै चेकप गराउने, मैले कतिपटक भन्दा पनि नमानेको मान्छे आज बिहानै हस्पिटल गएर चेकप गराउने कुरोगर्दै हुनुहुन्थ्यो, एकछिन त म छक्क पनि परे, फेरी अर्को मनले कताकता थोरै खुशी पनि तुल्यायो, अनी फेरी मैले अर्को प्रश्न तेर्साए, अनी खाना बनाउनु पर्दैन, बा र आमालाई पनि त भन्नु पर्छ होलानी ? त्यस्को किन पिर लिन्छौ? खुरुक्क तयार भएर हिडन, त्यसपछी भने म तयार भए, शायद मेरो रातिको त्यो हर्कतले होकी किन हो कुन्नी आज बिहानै वहाँँले यसरी अचानक हस्पिटल गएर दुबैको चेकजाँच गराउने कुराले मलाई अनौठो लागिरहेको थियो, तैपनी आज वहाँँले पनि आफ्नो जाँच गराउने कुराले निकै म प्रशन्न मुद्रामा थिए, बिहानको खाना पनि नबनाइ हामी दुबैजना बाइकमा चढेर चाबिहिल सडक भन्दा अलिकती तल धोबिखोला अगाडि पट्टिको ठुलो भवनमा पुग्यौ, त्यहा नेपालकै प्रसिद्ध नाम चलेको प्रशुती गायनोलोजिस्ट डक्टर भनेर चिनिएका डक्टर भोला रिजालको ओम हस्पिटल रहेछ, काठमान्डौको ब्यस्त धुवाँधुलो थिचोल्दै झन्डै एक घण्टामा मात्रै बिहानको नौ बजेतिर पुगेको थियौ, वहाँँले काउन्टरमा गएर काउसेलिङ्ग टिकट काटेर हामी डक्टरको प्रतिक्ष्या गर्नथाल्यौ, हामी पुग्नुभन्दा अगाडिनै सयौको भिड भैसकेकोले बल्लतल्ल दिउसोको एकबजेतिर मात्रै हाम्रो पालो आयो, हामी दुबैजना भित्र प्रबेश गर्यौ, वहाँँको नाम मात्रै सुनेको मान्छे म हेर्दा पनि डर लाग्दो होला कसरी बताउने आफ्नो कुरा भन्ने लागेको थियो, तर भित्र प्रबेश गरेपछी त मैले सोचेको भन्दा भिन्न सारिरिक बनावट र हाउभाउमा हुनुहुन्थ्यो, जस्तो नाम उस्तै स्वभाव, कालो फ्रेममा पावरवाला सेतो चस्मा लगाएको, देब्रेपटिको भागमा सेतै फुलेको कपालको सिउदो झै काटेको, कपालको धेरैजसो भाग आधा निधार छोपिने गरेर दाहिनेपट्टी फर्काएको, सिउदो काटेर छुट्याइएको कपालको थोरै अगाडि देखिने गरेर कालो कोठी, दुबै कानको जरिनेर मात्रै हलुका कालो कपाल मिसिएको, आखिभौको बिचमा थोरै निधार खुम्चिएको, पाका, परिपक्क सालीन ब्यक्तित्व, भित्र प्रबेश गरेपछी वहाँको अगाडिको सोफामा हामी दुबैलाइ बस्न आग्रह गर्दै भन्नुभो, भन्नुहोस के सेवा गर्न सक्छु म ? वहाँँको पहिलो प्रश्नमा नै परिपक्क्वता र आदरभाव झल्किने सितल स्वाभबले मन छुयो, बिहे भएको कती बर्ष भएको देखी लिएर मेरो समयमै मिन्सुरेसन भाको नभाको सबै सोध्नुभयो, यो भन्दा पहिले कुनै गर्व रहयोकी रहेन, आस्थाइ साधनको कुनै औषधी लिनुभाको थियोकी थिएन, यो भन्दा पहिले कुनै उपचार वा कुनै हस्पिटल गएर कुनै डक्टरलाई देखाउनु भयो कि भएन, हामीदुबैको उमेर सम्म सोध्नुभयो, मिन्सुरेसन समयमै हुने र बिहेपछी दुईपटक गर्ब रहेको तर दुबैपटक नै मिशक्यरेज भएको देखी लिएर हामीले अपनाएको उपचार औषधीमुलो सबै नढाटी बतायौ, डकटर र हामी बिचको सबै सोध्पुछ सकिएपछी गर्नुपर्ने फिजिकल सबै टेस्टको विवरण लेखेर दिनु भयो र पुन हामीले काउन्टरमा गएर अर्को शुल्क काटेर ल्याब टेस्टको लागि तयार भयौ, हामीले डक्टरले भनेबमोजिमको हाम्रो सरिरबाट सबै कुराको ल्याब परिक्ष्यण गरायौ, परिक्ष्यण सकिएपछी रिपोर्ट देखाउनलाई हामीलाई तिनदिन पछी आउनु भनियो, त्यसपछी हामी पुन दिनको चारबजेतिर घर फर्कियौ । 

हस्पिटलबाट फर्किएको रात, कहिले पर्सिको दिन आउँला र रिपोर्टमा के बताउला भनेर मनभरी ब्यग्र प्रतिक्ष्या बनिरहयो, बल्लतल्ल मेरो पर्खाइको घडीसकिएर तीनदिन पछी हामी पुन हस्पिटल गयौ, रिपोर्ट मात्रै देखाउनु पर्ने भएकोले हाम्रो पालो पहिलो चरणमै आइहाल्यो, हामी भित्र डकटरको कोठामा प्रबेश गर्यौ, डकटरले हाम्रो सबै रिपोर्टहरुको पेपर र एक्सरेको रिपोर्ट हेर्दै भन्नुभयो, मेडिकल्लिरुपमा तपाईंहरु दुबैजना सक्ष्यम हुनुहुन्छ, रिपोर्टमा त्यस्तो खराबी केही देखाएको छैन, हामी डक्टरहरुले पनि हामीले जानेको र पढेको सिकेको बिज्ञानले दिएको फल्टहरुलाई हेरेर उपचार गर्ने र सल्लाह दिने हो, त्यसमा कतै खराबी केही देखिदैन दुबैजनामा, बिज्ञानले बताएको चिज जती सबै तपाईंहरुमा भएपछी हामीले अर्को मनगढन्ते सल्लाह सुझाब पनि दिन मिल्दैन, तसर्थ विश्वाश गर्नुहोस, भरोसा राख्नुहोस, तपाईंहरु सन्तान जन्माउन सक्ष्यम हुनुहुन्छ र त्यो एकदिन पक्का हुन्छ, हामी कहिलेकाही बिज्ञानले प्रतिपादन गरेको नियम भन्दा बाहिर गएर इश्वर पनि पुकार्छौ, मलाई विश्वाश छ, तपाईंहरुको त्यो इच्छा इश्वरले पक्का पुरा गर्नुहुनेछ, मैले यो भन्दा अरु केही भन्न सकिन, डकटरले एक्लै आँफै मात्रै फत्फताएर सबै निमेसभरमै बोलिसक्नु भयो, हामी दुबैजना डक्टर बोलेको निरन्तर सुनिमात्रै रहयौ र घर फर्कियौ, बाटोभरी मनले हरेस खाएपनी अर्को मनले हामी दुबैजना सन्तान जन्माउनको लागि शरीरक रुपमा मेडिकल्ली सक्ष्यम छौ भन्ने डक्टरको कुराले भने मनमा थोरै खुशी छाइरहयो, हस्पिटलबाट घर फर्किदा हामी बुडाबुडी दुबैजना चुपचाप थियौ, दुबैको बिचमा आधी पछी छाएको सन्नाटा जतिकै थियो, बाइक कुदाइ रहदा सायद मैले झै वहाँँले पनि मनमा अनेकन कुरा खेलाइरहेको हुनुपर्छ, त्यसैले पनि हामी बिचमा कुनै संबाद बिनै घर आइपुग्यौ, रिपोर्ट बुझेर आको रात पनि मलाई अनेकन कुराले मनभरी तर्कना खेलाई रहयो, डक्टरले भनेजस्तै हामी सक्ष्यम छौ भने आखिर भगवानले हामीलाई किन र कहाँ केको लागि ठगिरहनु भएको छ, म मात्रै त्यस्तो नारी हुँँ जस्को कोखमा सन्तान छैन, आखिर कुन चै त्यस्तो ओखतिमुलो औषधी केमा चै कमिरहयो वा श्रीमान श्रीमतिको बिचमा हुने सहबासमा कुन चै त्यस्तो त्रुटी रहयो र हामीलाई यो असम्भब भैरहेकोछ, आखिर यही कोख भर्नकै लागि हामीले कुन चै देबिदेवताको भाकल गरेनौ, कहाँ चै गएनौ, आखिर गर्नुपर्ने के चै छुटेको थियो हामीमा, आँफै भित्र यस्तै प्रश्नहरुले म वाक्क बनेको थिए त्यो रातभर, हुनपनी जानेको सुनेको देखेको जती सबै झारफुक धामी झाक्री ज्योतिसी त कतिपटक गरियो गरियो, तर ति सबै मिथ्या थिए मेरो हकमा, त्यसोत बिज्ञानले दिएको प्रभिधी पनि प्रयोग नगरेको हैन, कहिले कुन हस्पिटल त कहिले कुन डक्टर गर्दै लाखौं रुपैया पनि खर्च भैसकेको थियो, हामी लोग्ने श्वासनी दुबैको बारबार कयौपटक जचाएर औषधी नखाएको वा डक्टरको सल्लाह मुताबिक सहबासको प्रक्रीया नपुराएको पनि हैन, मेडिकल्ली रुपमा हामीदुबैले USG,HSG र TVS ल्याप्रोस्कोपी प्रबिधी द्वारा चेकजाच पनि कयौपटक र कयौ हस्पिटल र डक्टरहरु द्वारा गरायौ, ति सबै मेडिकल रिपोर्टमा Falapanetube, अर्थात महिलाको मिन्सुरेसन हुँदा बहने डिम्बबाहिनी नली, पाठेघर, डिम्बासाय अर्थात प्रजनन अवस्थाको लागि सबै चाहिने शरीरक र प्राकृतिक बनावोट र सबै हर्मोनहरुको उत्पादन श्वास्थ्य रहेको रिपोर्ट पनि आउथ्यो, श्रीमानको पनि seamen को रिपोर्ट गुणस्तर देखाउदा पनि हामी सन्तान प्राप्ती बाट थकित थियौ, यसैगरी म लग्भग मानसिक रुपले थकित जस्तै बनेको थिए ।

समय बित्दै गयो, म भित्रको तनाब र पिडा घट्नुको सट्टा झन बड्दै जादैथियो, यो धामी झाँक्री र हस्पिटल डक्टर गर्दै म थकित भैसकेको थिए, मेरो म भित्रको पिडा वहाँँलाई सुनाउ, वहाँआँफै यो कथाको सिक्काको अर्को पाटो हुनुहुन्थ्यो, जो सम्बन्धित पिडाको अर्को पाटो भएपछी कस्लाई सुनाउने, आमा बाउ दिदिबहिनी लाई सुनाउ, पिर नगर आतिनुपर्दैन भन्दा बाहेक अरु केही भन्नुहुन्न, छिमेकिलाई कस्लाई भन्न जाउँ, साथीभाइलाई सुनाउँ उनिहरु आँफै टाढिन्थे, बिचरा तलाईपनि कती पिरछ है, भनेर उल्टै नुनचुक छर्किनु सिवाय केही थिएन, आफुलाई दुखेको पिडा कतै पोख्ने ठाउँँ नभएपछी यही तनाबले गर्दा म गहिरो गम्भिर डिप्रेसनमा पुगे, एकान्त बस्न मन पराउने, कसै संग कुरा गर्न मन नलाग्ने, रुइरहुँ जस्तो लागिरहने, मेरो ओरिपरी मान्छेहरु झुम्मिएर मलाई गालीगरिरहेको जस्तो महसुस हुने, साना-साना केही चिजहरु देख्दा पनि अनौठा र डर लाग्ने भएर आउथे, आफु बसेको अर्को कोठामा मलाई मार्न कसैले सल्लाह गरिरहेको झै भान हुने, मरौ-मरौ जस्तो भएर आउने हुनथाल्यो, मेरो यस्तो अवस्था देखेर पनि ससुराबा भने रातदिन अनेकथरी फलाक्न छाड्दैनथिए, दिनरात महिना गर्दै म एकाङ्की हुनथालेपछी मलाई पुन हस्पिटल लगेर काउन्सेलिङ गराएर डिप्रेसन र निन्द्राको औषधी खान दिएर मलाई केही मत्थर बनाउने कोशीस हुनथाल्यो, रातदिनको मेरो समस्याले गर्दा वहाँँलाई पनि दिक्क र सास्ती भएकोथियो, मेरो अवस्थालाई नै देखेर वहाँँले दिनभरी एक्लै नबस घरमा फिलिम हेर, कमेडी सिरियलहरु हेर, गितहरु सुन, फेसबुक हेर भनेर फेसबुक खोलेर हेर्न सिकाउनुभयो, वहाँँले भनेजस्तै दिनभर टिभी हेर्ने, सिरियल हेर्ने र फेसबुकमा गएर अर्काको पोस्टहरु हेर्ने गरेर दिन कटाउन थाले, दिनमा मात्रै हैन निन्द्रा नलाग्द सम्म र औषधीले शरीरमा नभेटेसम्म फेसबुक हेरेर रात कटाउथे, यसरी म एक्लोपनले सजाय भोगिरहेको बेला यस्तैमा एकदिन फेसबुक खेलाउदा खेलाउदै  फेसबुकमा मेरो स्कुल पड्दाको पुरानो साथी मेरो बिहेभएको दश बर्ष पछी अर्थात आज भन्दा पाँच बर्ष पहिले यही फेसबुकको वालमा फ्रेन्ड सजेसनको लिस्टमा देखाएको थियो, छुटिएको बर्सौ पछी फेसबुकको वालमा उस्को नाम देखाउदा मलाई अचम्म लागेको थियो, कताकता कुनै अद्रिश्य खुशी पनि छाएको थियो, त्यो दिन मैले आश्चर्य मान्दै उस्को भित्र वालमा गएर हेरे, उस्को शरीरिक बनावट र अनुहार बद्लिएकोले भन्ने बित्तिकै उही हो भनेर झट्ट ठम्याउन सकिन, त्यसपछी म उस्को फोटो एलबं भित्र छिरेर सबै फोटोहरु हेर्न थाले, फोटो भएजती सबै बाहिर देश युरोपतिर खिचिएको जस्तै थियो, सबै तस्बिरहरु स्कोर्ल गरेर तलसम्म पुगेर हेरे, तस्बिरहरुको अन्तिममा भने उस्को स्कुल पड्दाको सानो खिरिलो खिनौटो काँधमा दाहिनापट्टी  किताबको झोला बोकेको तस्बिर भेटए, त्यसपछी भने उनै हो भन्ने पक्का भयो, उ अर्थात क्षितिज पाठक, स्कुलको उस्को त्यो तस्बिर देख्ने बित्तिकै मैले हतारहतार गरेर फ्रेन्ड रिक्वेस्टको बटम दबाएर रिक्वेस्ट पठाएँ, हुनत मैले फेसबुकमा उस्लाई देखेर फ्रेन्ड रिक्वेस्ट पठाएको देखी लिएर उस्को एक्सेप्ट गरेपछिको मेसेज आउछ कि भनेर त्यो रात प्रतिक्ष्या गर्दै हरेक नोटिफिकेसनको आवाजलाइ पछ्याउनु, छट्पटिमा हतास भएर समय बिताउनुसम्मको घटनाक्रम यो भन्दा अगाडिनै मैले तपाईंलाई भनिसकेकोछु, त्यसैले उस्को एक्सेप्ट र मेसेजको प्रतिक्षा गर्दागर्दै निरासहुँदै त्योरात म आँफै दिमागी तवरले थकित र औषधीले बिस्तारै सरीरमा लाग्दै गएकोलेहोला खै रातको कुन प्रहरमा झपक्क निदाएछु ।

भोलीपल्ट बिहान बाटोमा गाडीहरुको होहल्ला र छरछिमेकको होहल्ला अनी आफ्नै घरको बिहानैको होहल्ला ले सबेरै आँखा खुलिहाल्यो, आँखा खुल्दा रामजी बिहानै उठेर नुहाउन गैसक्नुभएको रहेछ, तन र मन दुबैलाइ भारिबनाउदै म अर्कोतिर कोल्टे फर्किए, कोल्टे फर्किदा सिरानीमा च्यापेर राखेको मोबाइल भुइमा खस्न पुग्यो, सुतेकै अवस्थाबाट हातले तन्किदै भुइमा खसेको मोबाइल टिपे, मोबाइल हातमा आउने बित्तिकै बेलुकी पठाएको फ्रेन्ड रिक्वेस्टको याद आयो, मोबाइलमा फेसबुक खोलेर कतै उस्ले रिक्वेस्ट एक्सेप्ट गर्‍योकी भनेर फेसबुकको नोटिफिकेसनमा आँखा पुराए, सयौ नोटिफिकेसन थिए, थिएन त केवल उस्को नामको नोटिफिकेसन, यो आश भन्ने चिज पनि कती अनौठो हुदोरहेछ, आखिर यही आशैलेत मान्छेलाई डोराएको हुन्छ, आज नभए भोली, भोली नभए पर्सी, अनी पर्सी नभए कुनै दिनको ब्यग्र प्रतिक्षाले मान्छेलाई हमेसा डोराइ रहन्छ, यही आसले नै मान्छेलाई जिउन सहयोग गरिरहेको हुन्छ, यदी मान्छेमा आस नहुँदो होत, मान्छेले चाहेको आटेको कयौ कामहरु पुराहुन नसक्दा हरेस खाएर आत्माहत्या सम्म गर्थेहोलान, जस्तै म आँफै बर्सौँ देखी एउटा खुशीको पर्खाइमाछु, र यिनै आशा मर्दा कहिलेकाही मर्ने कोशीस पनि गरेकोछु, तर कयौपटक मृत्‍युको मुखबाट बचेकोछु, कहिले कसैको मायाले त कहिले आशले, भोली हुने आशको पर्खाइमा, शायद त्यसैलेहोला भैरब अर्यालले भोली निबन्ध लेख्न भ्याए त्यो पनि भोलिको आशैले त होला, यही आशले गर्दा उठेर भान्साकोठा तिर जानुको सट्टा बिउझने बित्तिकै हातमा मोबाइल आउँदासाथ उस्को नोटिफिकेसन हेर्न मन लागेको थियो । 

यसरी बिहानै उस्को नोटिफिकेसन नदेखेपछी उठेर नुहाउन तर्फलागे, नुहाइ सकेर रुममा आइ भान्षामा जाने धोती फेरेर बिहानको नास्ताभुजा र चिया तयार गर्न तर्फ लागे, सबैले बिहानको चिया नास्ता सकेपछी म हतारहतार गरेर बिहानको खाना बनाउन लागे, मैले खाना बनाइसकेर आफ्नो रुममा फर्किदा मेरो श्रीमान रामजी अफिस जानलाई तयार भैसक्नुभएको रहेछ, मैले खाना खाएर मात्रै जान आग्रह गरे, तर हतार छ आज भन्दै खान नखाइ निस्कनु लाग्नुभएको थियो, त्यसपछी मैले अफिसमै खानुहोस भन्दै टिफिनमा खाना राखेर वहाँँलाई ल्याएर दिन खोज्दा-खोज्दै बाइक लिएर चाडै निस्कनु भएको थियो, वहाँ बाइक लिएर बाहिर रोडमा पुगिसक्दा म खानाको टिफिन बोकेर टिभी रुमको ढोकामा उभिएर वहाँ गएको तिर हेरिरहेको थिए, यो कुरा पनि मैले हजुरलाई अगाडि नै भनिसकेकोछु, त्योदिन वहाँ म सँग राम्रोसँग जान्छु गए है पनि नभनी जानुभएको थियो, यसरी जादा मेरो मन भने धमिलो भएकोथियो, म केहीछिन सम्म ढोकामै हातमा खानाको टिफिन बोकेर टोलाई रहेको थिए, केहीछिनमा ससुराको कर्कस आवाज सुनियो त्यसपछी म झसंग हुँदै पुन हातको टिफिन बोकेर भान्सातर्फ लागे, सबैलाई भान्सा गराइसकेर गाइलाई घास हालेर आएर म पनि त्यही टिफिनको खाना खाए, खाए के भनुम, खानामा हात जुठो लगाए झै गरे, आज बिहान वहाँँ जादाको हर्कत सम्झेर म एकोहोरो भएको थिए, खाना फिटिक्क रुचेको थिएन तैपनी खाने कोशीस गरेर सबै काम सके, काम सकेर आफ्नो रुमतर्फ आए, रुममा असरल्ल छरिएका लुगाफाटा मिलाई सकेर पुन बेडमा पल्टिएर युट्युब हेर्न थाले, युट्युबमा अच्युत घिमिरे द्वारा न्यारेसन गरिएको अमर न्यौपानेको सेतो धर्ती उपन्यास राखिएको रहेछ, त्यही सेतो धर्ती लाई सुन्न थाले, उपन्यास भित्रको कथा जतिजती सुन्दै जान्छु उतिउती आँखाबाट आशु झर्न थाल्यो, कथा भित्रको पात्रलाई आँफै जस्तो महसुस भएर आयो, फरक यतिमात्रै हो, सेतो धर्तिमा बाल-बिबाह गरेर जन्म मृत्‍यु विवाह र बिधवा केहोभनेर छुट्याउन पनि नसक्ने उमेरमा बिधुवा भएकी एउटी, बिधवाको कथा थियो, एउटी नारिको पुरा उमेरको संघर्ष र पिडाको कथा थियो, अनी म, परिपक्वा उमेरमा बिहे भएर शिक्षित भएर अनी सदुवा भएर पनि एउटा बालबिधवाको पुरै काहानी झै बर्सौ देखी सन्तान नहुनुको पिडा थियो, हुनत मान्छेको घटना परिघटनाका रुपहरु अलग हुन्छन, घटनाका प्रकार फरक होलान, तर दुखाइको पिडात एउटै होला, कसैलाई बिधुवा हुनुको पिडा होला, कसैलाई धनसम्पती नहुनुको पिडाहोला, कसैलाई रोगको पिडाहोला, कसैलाई भोकको पिडाहोला, कसैलाई प्रेमको बिछोड र बियोगको पिडाहोला, तर मलाई चै सन्तान नहुनुको पिडा थियो । 

करिब कथा सुनेको दुइघन्टा जतिभएको थियो, मोबाइलको स्क्रीन अगाडि धुरधुर गर्दै नोटिफिकेसनको आवाज आयो, युट्युब बन्द गरेर हतारमा फेसबुक खोलेर हेरे, नचिनेको कोही अन्जान मान्छेको फ्रेन्ड रिक्वेस्ट रहेछ, रिक्वेस्ट आएको ब्यक्तिको प्रोफाइल खोलेर हेरे, तर चिन्न सकिन, कोही अपरिचित मान्छेको थियो, त्यसैले वास्ता नगरि एक्सेप्ट नगरि रिक्वेस्टलाई डिलिट गरिदिए, पुन युट्युबमै फर्किएर कथा सुन्न मात्रै के लागेको थिए फेरी मोबाइलको रिङ्ग बज्यो, रामजिले कल गर्नुभएको रहेछ, मैले कल उठाउदै हेलो गरे, वहाँँले उताबाट के गर्दैछौ भनेर सोध्नु भयो, रुममै पल्टेर कथा सुन्दैछु भनेर जवाफ फर्काउदै मैले प्रतिप्रश्न गरे, किन फोन गर्नुभएको, औषधी खायौ तिमीले, मेरो प्रश्नको जवाफ नदिकन सोध्नुभयो, शायद मैले औषधी खान भुल्योकी भनेर याद दिलाउनलाई फोन गर्नुभएको रहेछ क्यारे, वहाँँको सोधाई पछि पो, बल्ल झसंग झस्किए ओहो मैलेत औषधी खानै भुलेछु, मैले औषधी नखाएपनी वहाँँलाई ढाट्दै खाए भनेर जवाफ फर्काए, वहाँँले पुन कतिबेला खायौ भनेर सोध्नुभयो, मैले खाना खानेबित्तिकै भनेर जवाफ दिए, अनी किन नसुतेको त तिमी औषधी खाएर, पुन सोध्नुभयो, कथा सुन्दैथिए अब सुत्छु एकछिनमा भनेर जवाफ फर्काए, ए ल ल धेरै नबस, औषधी खाएर एकछिन सुत, ल अहिले फोन रखे मैले भन्दै कल काटिदिनुभो, एकैछिनमा कल काटिएको टुँक्टुँक आवाज आयो, त्यसपछी भने आतिदै मोबाइल राखेर औषधी खाए, औषधी खाइसकेर पुन फेसबुक खोलेर हेर्न थाले, खै कस्तो बेचैन भएर आएको जस्तो महसुस भयो, कहाँ के नपुगेको वा केही भएको जस्तो, केही हराए जस्तो वा केही पाउनुपर्ने जस्तो मन एकछिन पनि थिरमा थिएन, मनको बेचैन संगै पुन क्षितिजको फेसबुकको प्रोफाइल खोले, पुन दोराएर सबै फोटोहरु हेरे, फोटो हेरिसकेर वालमा फर्किएर उस्को कुनै नयाँ अपडेट छ कि भनेर हेरे, लामो समय देखी कुनै अपडेट गरेको थिएन, त्यसपछी भने मलाई अलिकती आस मर्यो, शायद उ फेसबुकमा एक्टिभ छैन होला भनेर, तैपनी किनकिन हरेक पटकको नोटिफिकेसन आउने बित्तिकै उसैको एक्सेप्ट गरेको नोटिफिकेसनको आवाज होकी भनेर हतारमा खोलेर हेर्नेगर्छु, तर नतिजा सुन्यता भन्दा केही हाता लाग्दैन, पुन निराशा बन्दै फर्कन्छु र पल्टल्छु फेरी बेडमा ।

फेसबुकमा दिनभरिको मेरो र नोटिफिकेसनको लुकामारी पछी बेलुकिको खाना बनाउने बेलाभयो, उठेर भान्साकोठा तिर गएर खाना बनाउन लागे, एकघन्टा भित्र खाना बनाइसकेर तयार पारे, बेलुकी साँझ झपक्क भैसक्यो तर अफिसबाट रामजी आउनुभएन, अरुबेला बेलुकिको चार पाँच बजेसम्म आइसक्नुहुने मान्छे सात बजिसक्दा पनि नआउँदा मन आतिन थालेको थियो, यता ससुराले त्यो आउँदैगर्छ ल खाना पस्क भन्नुभो, खाना पस्किए सबैजनालाई दिए, अरुसबै खाना खाइसकेर आआफ्नो रुमतर्फ लागे, म भने रामजिलाई कुर्दै खाना नखाइ आफ्नो रुममा आएर फोन लगाए, तर फोन लागेन, फोन नलागेपछी पटकपटक कल गर्ने कोशीस गरिरहे तैपनी फिटिक्क फोन संपर्क हुन सकेन, मन झन आतिनु थाल्यो, जतिपटक कल गर्छु उतिपटक तपाईंले संपर्क गर्न खोज्नुभएको मोबाइलको सुइचअफ गरिएकोछ, केहीसमय पछी पुन प्रयास गर्नुहोला मात्रै भन्छ, मनले मान्दैन, पुन लगत्तै फेरी अर्को कल लगाउछु, उसैगरी तपाईंले संपर्क गर्नुभएको मोबाइलको नेटवर्कको ब्यस्तताले गर्दा संपर्क हुन सकेन केहीबेर पछी पुन संपर्क गर्नुहोला मात्रै भनिरहयो, रातको दश बज्न लागिसक्यो, न वहाँ आउनुभयो न कुनै संपर्क हुन सक्यो, नत वहाँ आँफैले कल गर्नुभयो, म झन आतिदै थिए, कुर्दाकुर्दा पनि केहीसिप नलागेपछी सासुमा लाई भने, आमा वहाँ त आउनुभाको छैन, फोन पनि लाग्दैन भने, सासुले अफिसमा काम पर्‍योकी भनेर भन्नुभयो, सँधै साँझहुनु अगावै आइपुग्ने छोरो न आउँदा न सासुलाई पिर छ न ससुरालाई, खाना खाएर ढुक्कले सुत्न लाग्नुभाकोछ, सासुलाई सोद्धा पनि काम परेर ढिला भाको होकी भन्नु हुन्छ उल्टै, यदी कामै परेपनित खबर त गर्नु पर्नेहोनित म आज ढिलो हुन्छ है भनेर, आखिर त्यस्तो केचै काम पर्‍योर मोबाइल नै अफ गरेर राख्नुभाकोछ मनमनै सोचे, एकातिर सोचाइ अर्कोतिर एकतमासले मन आतिएकोछ, उसैत आँफै डिप्रेसन र निन्द्राको औषधी खानुपर्ने मान्छे झन वहाँ न आउँदा र कल संपर्क हुननसक्दा आँफैलाई उकुस्मुकुस भएकोछ, के भयो कसो भयो भनेर मन हुटहुटि भएकोछ, त्यो रात कयौपटक कल संपर्क गर्न खोज्दै खाना नखाइ रुममै बसे, कल गर्दागर्दा थकित भएर रातको एक बजेको हुँदोहो, आधारातमा अचानक फोनको घन्टी बज्यो, म निन्द्राबाटै हतारिदै फोन रिसिभ गरे, त्यति आधारातमा फोन वहाँकै रहेछ, हेलो तपाईं कहाँ हुनुहुन्छ? किन यतिबेला सम्म न आउनुभाको ? मैले हतासहुँदै सोधे, मेरो प्रश्नको जवाफ पनि नदीई उल्टै मलाई नै पो सोध्नुभो, तिमीले खाना खायौ, मैले खाको भनेर ढाटिदिए, अनी औषधी? फेरी सोध्नुभो, उम त्यो पनि खाए, तर तपाईं यती आधारात सम्म कहाँ हो, मैले सोधे, हेरन अपरझट इमेर्जेन्सी अफिसको कामले गर्दा म बिराटनगर जानुपर्ने भयो, हिंड्ने बेलामा अलिक हतार भएकोले तिमीलाई कल पनि गर्न पाइन, बिचबाटोमा पुगेर कल गर्छु भनेको टावर नटिपेर कल नै लागेन, अहिले रत्ननगर ल्याएर खाना खुवाउनलाई बस रोकेकोछ, त्यसैले फोन गरेको बल्ल लाग्यो, आतिनु पर्दैन, तिमी ढुक्कले सुत, अनी त्यसरी जानेभएपछी बिहान भनेर हिंड्नुभएको भए के म रोक्थेर ? अनी लुगाहरु लानुपर्दैनथ्यो, बाइक कहाँ राख्नुभाकोछ, रिसाउदै मैले सोधे, बाइक अफिसमै छोडेकोछु, शायद दुइहप्ता जती लाग्छ होला, फर्किनलाई तिमी बेलैमा खाना खाएर औषधी खानु, मेरो पिर नगर, म कल गर्दैगर्छु, ल अहिले सुत तिमी पनि, बाइ ! वहाँले एकैसासमा सबै भनी टुङ्याउनुभो, मैले आफ्नो ख्याल गर्नुहोस है भनेर फोन राखिदिए, त्यसपछी भने बल्ल मन ढुक्क भयो, आफ्नो शरीरमा श्वास आएजस्तै भयो, अघिसम्म आतिएको मन र मुटु वहाँँको कल आएपछी भने शान्ता भएपछी भान्साकोठामा गएर थोरै खाना खाएर औषधी पनि खाए, पुन रुममा फर्किएर ओछ्यानमा पल्टिए तर मन हलुका भएर पनि होकी निन्द्रै लागेन, पुन पहिलेको झै केके कुराहरु खेल्न थाल्यो, मनले फेरी उही फेसबुकतिरै डोराएर लाग्यो, फेसबुकमा छिरे क्षितिजको फोटोहरु नियाल्न थाले, मनभरी उस्ले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्ला र मेसेज गर्लाकी भनेर आशा लागिरहयो, तर आशा गर्नु सिवाय केही थिएन, न मैले पठाएको रिक्वेस्ट एक्सेप्ट भएको थियो नत कुनै मेसेज, हुनत रिक्वेस्ट एक्सेप्ट नगरि मेसेज आउने कुरा पनि भएन, तैपनी मनले नमान्ने, निक्कैबेर उस्को तस्बिरहरु नियालेपछी मोबाइलको चार्ज पनि सकिन लाग्यो, उठेर मोबाइल चार्जमा राखे, पुन बेडमा पल्टिएर टोलाउदै थिए, औषधीले च्यापेछ क्यारे आँखा बिस्तारै मधुरोहुँदै बन्द हुन खोज्दै थिए, त्यसपछी भने म निदाएछु ।


भोलिपल्ट बिहानै ओछ्यानमै सुतेकै अवस्थामा आँखाखुल्ने बित्तिकै पहिलोपल्ट मोबाइलमै आँखा पुराए, मोबाइल खोलेर फेसबुकको वालमा सरसरती नोटिफिकेसन हेरे, अझै पनि क्षितिजको फ्रेन्ड एक्सेप्ट गरेको नोटिफिकेसनलाई देखाएन, त्यसपछी मनलाई भारी बनाउदै उठेर भान्साको धन्दामन्दा तर्फ लागे, बिहानै उठेर घरधन्दा गर्नु, दिउसो घरको सरसफाइ, लत्ताकपडा धुनु, दिउसोको नास्ताभुजा बनाउनु, गाइलाई घाँस खोले दिनु अनी फेरी बेलुकी भएपछी बिहानको जस्तै उस्तै खानापिना बनाउनमा ब्यस्त हुनु, कुनै कर्मचारीको दिनभरिको अफिसको कामको सेड्युल भन्दा कमको थिएन मेरो, हरेकदिनको यही स्यड्युल अनुसार मेरो दैनिकी बित्थ्यो, तर जतिबेला थोरै खाली रहन्थे, किनकिन मलाई उस्को यादले सताउथ्यो, शायद एकातिर मेरो आफ्नै दु:खपिडा, अर्कोतिर मनलाई शान्तावना दीने आफ्नो कुरा सुनिदिने त्यस्तो कोही साथी नभएर पनि होला, म उस्को न्यानो आत्मियता चान्थे, शायद थोरै केही भएपनी उस्लाई सुनाएर मनलाई शान्त पार्न चाहन्थे, किनकी मेरो नजिकको साथी भन्नु वा मैले सुनाउन सक्ने भनेको पनि उही हो जस्तो लाग्थ्यो, किनकी उ मलाई स्कुल पड्दा देखिनै मन पराउथ्यो, प्रेम गर्थ्यो, आदर गर्थ्यो र उ मात्रै त्यस्तो ब्यक्ती हो जस्ले मेरो भावनालाई बुझ्न सक्थ्यो, त्यसैले म भित्र उस्लाई भेट्ने चाहनाको उत्कन्ठा तिब्रगतिमा पलाएको थियो, हरेक दिन छिनछिनमा उस्ले रिक्वेस्ट एक्सेप्ट गरेर मेसेज गर्‍योकी भन्दै मोबाइल खोल्दै फेसबुक हेरिरहन्थे, तर उस्को एक्सेप्ट गरेको नत नोटिफिकेसन आयो नत कुनै मेसेज, ब्यर्थैमा आजभोलि भन्दाभन्दैमा दिन बित्दै गयो, कतै ब्यग्र प्रतिक्षा त कतै निरासा बोक्दै पाँचौँ दिन बित्यो, पाचौँ दिन बितेको त्यसदिन बिहानको खाना खाएर दिउसो आफ्नै रुमको बेडमा बसेर पल्टिरहेको थिए, पुन फेसबुक हेर्दैगए, फेसबुक हेर्दाहेदै मलाई अचानक क्षितिजले त्यो आइ डि नचलाएर कतै अर्कै आइ डि, पो चलाऊछ कि भनेर मेरो मस्तिस्कमा आयो, त्यसपछी भने मैले हतार हतार गर्दै फेसबुकमा गएर उस्तै नाम सर्च गरेर खोजे, तर त्यहात कयौ क्षितिज लाई देखायो, पुन म निरास हुँदै त्यहा भएको क्षितिजको नामको आइ डि हरुमा फोटो हेर्दैगए, नभन्दै पुछारमा क्षितिज सापकोटा नाम भएको अर्को नाम भेटए, त्यसलाई क्लिक गरेर हेरे, फोटो उसैको रहेछ, त्यसपछी भने मैले त्यो प्रोफाइल खोलेर उस्को एक्टिभ रहेको नरहेको सबै अपडेटहरु हेरे, दुइदिन अगाडि मात्रै कतै यात्राबाट फर्किएको तस्बिर पोस्टिएको रहेछ, त्यसपछी भने मेरो अनुहारमा एकप्रकारको अनौठो चमकले छायो, मनमा भिन्नै अलग्गै रोमान्चक खुशीले छाएको जस्तो महसुस भयो, मैले उस्लाई रिक्वेस्ट पठाउनु अगाडि नै उसैलाई भेटेको जस्तै महसुस भयो, शायद दुइदिन अघी मात्रै अपडेट भएको वालले गर्दा पनि मलाई अबभने उ संग भेट हुन्छ भन्ने पक्का भयो, त्यसैले पनि म भित्र र मेरो अनुहारमा खुशीको रेखा दौडिएको थियो, फ्रेन्ड रिक्वेस्ट पठाउनलाई कतिपनी ढिला गरिन, मैले रिक्वेस्टको बटम दबाएर साथीबन्ने अनुरोध पठाएँ, त्यसपछी भने उस्ले मेसेज देखोस् नदेखोस् कुनै वास्तानै नगरि मैले साथमा एउटा मेसेज पनि लेखी पठाएँ, क्षितिज मलाई चिन्यौ, म स्कुल पड्दाको तिम्रो साथी चन्द्रा, साथी बन्न अनुरोध पठाएकोछु प्लिज एक्सेप्ट गर है, हुनत एकमनले भन्न मन लागेको थियो, म तिम्रो चन्द्रा, जस्लाई तिमी चाहन्थ्यौ, माया गर्थ्यौ, हो म उही तिम्रो हुननसकेको अभागी प्रेमिका भनेर, तर आफुले आँफैलाई सम्हालेर त्यस्तो लेख्ने हिम्मत भने गर्नसकिन, त्यसपछी भने उस्लाई फ्रेन्ड रिक्वेस्ट पठाएपछी खै त्यस्तो कुन मनको सुखको चैन भयो कुन्नी म ढुक्क भएर बेलुकिको घरधन्दा तर्फ लागे । 

कुनै सानो बालकलाई आफुलाई मन परेको खेलौना किनेर दिदा दिनभरिको उस्को सँधैको खेल्ने ब्यस्तता भुलेर त्यही खेलौनामै ध्यान केन्द्रित भएजस्तै मैलेपनी उस्लाई रिक्वेस्ट पठाएपछी भने दिनभरिको समय बितेको र बेलुकिको खानापिन कतिबेला बनाइसके, कतिबेला सबैलाई दिएर आफुले पनि खाए र कतिबेला आफ्नो रुममा आइपुगे भन्ने थाहै पाइन, साचिकै खुशी भन्ने यस्तो चिज रहेछ, जुन हामीले खुला आँखाले देखेर वा मुखले यसैमा खुशी छ भनेर भन्न नसकिदोरहेछ, अनी मान्छेको जिबनमा आफ्नो खुशी केमा छ त्यो पनि थाहा नहुनेरहेछ, भन्नत मान्छेले भन्छन म भाग्यमानी छु, म धेरै खुशीछु भनेर, तर कहिलेकाही मान्छेले नदेखेको र नसोचेको एक सुसुप्त वस्तुमा पनि मान्छेको खुशी लुकेको हुदोरहेछ, जो हामीलाई थाहानै हुन्न, त्यो खुशी आज मलाई एक्टिभ रहेको क्षितिजको फेसबुकको प्रोफाइल देख्दा भएको थियो, रामजी बिराटनगर जानुभएको पनि आज पाँच दिन बितिसकेको थियो, बेलुकी साडेआठ बजेतिर फोन गर्नुभो, सँधाको जस्तै उसैगरी खाना खायौ ? औषधी खायौ ल सुत भनेर फोन काटिदिनु भयो, वहाँँको छोटो फोन संबादपछी मैले पुन एउटा आशा बोकेर फेसबुक खोले, फेसबुक खोल्ने बित्तिकै आँखाको पहिलो नजर नोटिफिकेसनमै पुगिहाल्यो, कयौको नोटिफिकेसनलाई छोडेर उस्को एक्सेप्ट छकी छैन भनेर हेरे, नभन्दै उस्ले एक्सेप्ट गरेर पनि मेसेज छोडेको रहेछ, त्यसपछी भने मलाई खै कस्तो खुशी मिल्यो-मिल्यो, म खुशीले पागल जस्तैभए, उस्को एक्सेप्टले दिएको खुशीले एकपल्ट मोबाइल नै चुम्न पुगे र भन्न मन लाग्यो, धन्यवाद फेसबुक तिमीले आज मेरो हराएको मान्छे भेटाइ दियौ, जो मेरो अतित थियो, प्रेम थियो, जस्लाई म आज बर्सौ पछी प्राप्त गर्दैछु पुन, मनमा यस्तै-यस्तै के-के आयो-आयो, अनी अलिकती मनमा केही लाज केही संकोच त केही कौतुहल्ता बोकेर उस्ले गरेको मेसेज पढ्नलाई हतार हुँदै मेसेजको इन्बक्समा छिरे, हाइ ! चन्द्रा तिमी ? अरे ! कहाबाट तिमी यार, अनी अहिले तिमी कहाँछौ, शायद तिमी अन्लाइन छैनौ जस्तोछ, मेसेज छोडेकोछु अन्लाइन आएपछी मेसेज छोड्नु ल, अनी यतिका बर्षपछी पनि सम्झेर फ्रेन्ड रिक्वेस्ट पठाएकोमा मुरिमुरी धन्यवाद तिमीलाई, हस बाइ ! पछी कुरा गर्दैगर्छु ल, सि यु सुन ।

सानो छोटो तर मेरो लागि करोडौ शब्दहरुको मेसेजको अनुभुती भएको थियो उस्को त्यो सटिक शब्दहरुको मेसेज, शायद त्यो खुशी म आज तपाईं संग यो सटिक मेसेजमा आफ्नो काहानी सुनाउदैगर्दा शब्दमा वा भावमा पोख्न सक्दिन, मेरो प्यारो कथाकार ज्यु तपाईं अहिले यतिमात्रै बुझ्नुहोस कि सन्सारमा यो भन्दा ठुलो मेरो खुशी अरुकुनै हुनेछैन, तपाईं अरुको भावनालाई बुझेर लेख्न सक्ने मान्छे, मेरो खुशीको सिमा केहो र कतिहो त्यस्को मापन तपाईं आँफै लगाउन सक्नुहुन्छ, त्यसैले मेरो खुशी यो अर्थमा पनि बयान गर्न नसकिने अनन्त यसरी थियोकी विवाह पस्चात बर्सौ सम्म मेरो सन्तान नहुनु, पिडामा हरेकदिन बाँच्नु, एकातिर डिप्रेसनको औषधी सेवनगर्नु, अर्कोतिर हरेकदिन जसो म एक्लोपन भएर घरमा समय बिताउनु र आफ्नो दुखेको मन सेयर गर्ने कतै कोही नहुँदा पनि उस्को आगमनले मन प्रफुल्लित थियो, जो उ संग मात्रै म आफ्नो पिर सेयर गरेर केही थोरै भएपनी आफुलाई राहत महसुस गराउन सक्थे, त्यो अनुभुती र विश्वाश उस्ले दिलाउन सक्छ भन्ने मेरो अर्को विश्वाश थियो उनी प्रती, मान्छे हमेसा एक्लोहुँदा कोहिन कोही कसैको सहारा अबस्य खोज्छ, म पनि मान्छे हुँँ शायद त्यसैले पनि उस्को आगमनले यतिबिघ्न खुशी छाएको थियो म भित्र, उस्को मेसेज पढिसकेर मैले पनि मेसेज गरे, हेलो ! केछ खबर तिम्रो, अनी कहाछौ ? धन्न कसरी चिनेछौ है मलाई तिमीले, छोटो मेसेज सेन्ड गरेर कतै अन्लाईमै पो, छकी भनेर एकछिन कुरे, तर उताबाट उस्ले मेसेज सिन गरेको सिग्नल देखाएन त्यसैले अर्को मेसेज छोडेर सुत्ने तर्खरमा लागे म, मलाईत लागेको थियो शायद चिन्दैनौ होला, र मेरो फ्रेन्ड रिक्वेस्ट पनि एक्सेप्ट गर्छौ कि गर्दैनौ भनेर डर लागिरहेको थियो, धन्न चिनेछौ त्यसैमा खुशीछु म, अनी तिमीलाई कहिले फुर्सद मिल्छ मेसेज छोड है ल, बाइ सि यु अगेन, मैले यती मेसेज छोडेर सुत्ने तर्खर गर्दै निन्द्रा र डिप्रेसनको औषधी खाएर सुत्न लागे, शायद केहीबेरपछी औषधी लागेर होला म पनि एउटा खुशीको चैनको श्वास फेरेर बेलैमा निदाए, धेरै दिनपछी त्यो दिन पहिलोपल्ट दिमागमा कुनै कुरा नखेलाई निन्द्रा लागेको थियो मलाई ।


रचना- अर्पण योन्जन (शिरिष) 
मिती- २,३ र ६ पौष २०७८ 
तदनुसार- १७,१८ र २१ डिसेम्बर २०२१

Sunday, December 12, 2021

उज्यालो भएको छैन

बर्मा गयो कर्म संगै गाउँ फेरेपनी
नमेटिने मनको घाऊ नाउँ फेरेपनी !
मरे बरु सुखै लुक्थ्यो पाइला जिन्दगीको
शासन उस्तै जनतालाई ठाउँँ फेरेपनी !!

ए हजुर ! सुन्नुभो !?
यो गीतमा त्यस्तो केही छैन, 
न सुर छ, न ताल छ, न संगित छ 
छत केवल !
शब्दको चित्कार छ, 
सुरको बिरहको आशु छ, 
संगितको दुखाइको तालछ,
म भित्र दुख्नुको पिडाको बेहालछ, 
त्यसैले तपाईंले सुन्ने त्यो गितमा जस्तो 
यो गितमा केही छैन त्यस्तो हजुर, 
किनकी ! यो गीत !  
पेम्बा, डोल्मा र पेमाको गीत हो,
हर्के दाई र मसिने अनी उजेलिको गीत हो, 
यो मेरो देशको स्वाभिमानले हारेको गीत हो,
अनी ! उ बाचेर शहिद मरेको गीत हो 
त्यसैले यो गितमा त्यस्तो केही छैन हजुर 
सिवाय मेरो मृत्‍युको ।

यो कुनै दन्त्य कथाको मिथक हैन 
यो कुनै स्वर्गको परिको कथा हैन
न यो कुनै हजुरमा को 
घोडा र राजकुमारको कथा,
यो कथा त केवल त्यतिबेलाको हो 
जतिबेला तिमीले सुरु गरेको 
नकाम युद्धको कथा हो, 
तिम्रो बिद्रोहको अशान्ती छिरेपछी 
भेँडी गोठ र मेरो खर्कको कथा हो, 
सुनाखरी र चाँप जस्तो चोखो जोबन 
देउरालीमा पाती र एक सुका भेटी चढाएर 
पल्ला गाउँको फुलमाया ङ्योलोस्योले  
टक्राएको एक अंजुली माया 
तिम्रो समानताको नाराले बहकिएर,
नारी कोमल हत्केलाले बन्दुक उठाएर  
भात्काएको प्रेमको कथा हो  
त्यसैले यो मिथक हैन 
सिवाय मेरो प्रेमको कथा । 

स्वर्ग झै मेरो गाउँ
उराठ लाग्दो युद्धमैदान भएपछी 
तिम्रो नजरमा सुराकी 
र, उस्को नजरमा बिद्रोही भएपछी 
तिमीहरुको बन्दुकको निशानाबाट बांच्न 
सप्तकोशी र सुनकोसिको गर्तिर तरेर 
एक मुठ्ठी स्वासको खोजिमा 
आफ्नै भुमिमा पर्देशिएको म 
यस्तै कुनै बिरही साँझमा 
आइपुगेको हुँ ! 
यो काठमान्डुको बिरानो शहरमा 
सिवाय कथित तिम्रो परिवर्तन । 
 
आफ्नै माटोमा परदेशी म 
युद्धले नछुएको यो धनी शहरमा 
नाम्लोको भरिया भएको छु आजकाल 
कहिले बस बिसौनिको कोलाहालमा 
कहिले यो शहरको गल्ली गल्लिमा 
कहिले जिबनको चौरास्तामा
पिठ्युँमा नाम्लो बोकेर 
एक टुक्रा पाउरोटी र चियाको 
जोहो गर्दैछु म जिउनुको बहनामा 
तर आजभोलि सुन्दैछु म 
धेरै भयोरे तिम्रो युद्धले बिश्राम लिएको 
कयौको काख रित्तिएर, सिन्दुर पुछिएपछी 
यहाँ शासन फेरियो रे !
ईतिहास फेरियो रे !
शासन र ईतिहास संगै 
तिम्रो जिबनशैली फेरियो रे !
फेरिएनत केवल ! 
नाम्लो, पिठ्युँ, फाटेको कुर्कुच्चा 
मेरो पशिना अनी मेरो पसिनाको दाम 
आज पनि उस्तैछ म्रित मेरो सपना
सिवाय तिम्रो परिवर्तन ।  

न्याय खल्तिमा बेचिएपछी 
मेरो देशको न्याय हराएर
न्याय आफ्नै खोजिमा छ 
शहरमा बदलाब आएको छ
न यहाँ सडकहरु बोल्छन 
न यहाँ भिडभाडहरु चिच्याउछन 
म सातो गएको जस्तै भएकोछु
त्यसैले म अन्यायले थिचिएर 
न्याय खोज्दै त्यो रातभर बहुलाए रे !  
सुन्नेहरु भन्छन मेरो देशको गित गाएँ रे 
देख्नेहरु भन्छन मत कवाँ कवाँ पो रुएँ रे
सिवाय तिम्रो कथित गोहिको आँशु ।      
 
त्यसैले म कहाँ बिर्सन सक्छुर,  
तिम्रो कथित युद्धको आगो 
सल्किएको मेरो जिबनमा
खरानी झै उडिरहेछ मेरो सपनाहरु 
सुनकोशी र सप्तकोशी बगे झै 
बगिरहेछ मेरा सरिरका रगतहरु 
घरको भित्ता र पाखा पखेरा हुँदै 
गाइको गोठ र पानीको पँधेरा सम्म 
र आज पनि आलै छन
बंमका छर्हा र बारुधको गन्धहरु
त्यसैले आफ्नै गर्भको साँची राखेर
अर्को सुर्यदयको युद्धमा छु  
किनकी ! 
यहाँ अझै उज्यालो भएको छैन 
युवाको हत्केलामा अर्को बिहानी उदाउन
अझै म बिद्रोहको नारा उराल्दैछु 
इन्क्लाब जिन्दाबाद ! जिन्दाबाद !!
सिवाय तिम्रो कथित इन्क्लाब । 

रचना- अर्पण योन्जन (शिरिष) 
मिती- २५, मंसिर, २०७८ 
तदनुसार- ४, डिसेम्बर, २०२१

Friday, December 3, 2021

कथा- भाग- १६, एउटा प्रेम यस्तो पनि ।



भोलिपल्ट बिहान २३, नोबेम्बर २०२१ दिन झन्डै अठार घण्टाको लगातारको रफ्तार पछी हामी रहिमा, दमाम, ताइफ, रियाध, मक्का, हुँदै र मक्का पछी आउने साउदी अरेबियाको रुख बुट्यानहरु बिनाको उराठ लाग्दा ठुलाठुला पहाड र तिनका बिचैबिचमा चारलेनको पक्की अलकत्रे काला सडकहुदै कारीब पौने आठ बजेतिर साउदीको पश्चिम भुभाग राबिघ पुग्यौ, रातको केहीछिन चन्द्राको काहानी सुन्दै यात्राको समय कटेको भएपनी बाँकी पुरै रात गाडीको एकोहोरो आवाज र रातभरको चिसो संगै कस्टकर तरिकाले बित्यो, बाटोमा आउने ति अनौठा लाग्ने ढुङ्गै ढुङ्गाको पहाडी द्रिश्य नियाल्नु सिवाय अरु केहीथिएन, त्यो अठार घण्टाको रफ्तारमा हामीले झन्डै चौधसय तिस किलोमिटरको यात्रा पारगर्दै राबिघको त्यो सानो शहरमा बिहानिको पहिलो पाइला टेक्यौ, राबिघ प्रबेशद्वारको सेक्युरिटी चेकपोइन्ट बाट भित्री बजार पुग्दा बिहानको आठ बजेर पन्द्र मिनेट भैसकेको थियो, भित्र बजार प्रबेश गरिसकेर हामी चढेको गाडीलाई बजारको एउटा कुनामा पार्किङ गरेर पछाडि आउने ट्रेलर ड्राइभर र भ्यानको स्टाफ हरुलाई कुर्न लाग्यौ, यसरी कुर्दाकुर्दै झन्डै नौ बजेतिर मात्रै सबैजना आइपुगे, त्यसपछी एउटा इन्डियन कफी सपमा छिरेर बिहानको नास्ता र चिया कफी खायौ हामीले, बाकिअरु स्टाफहरुलाई नास्ता खाँदैगरेको कफी सपमै छोडेर हामी दुइजना सामी मोहम्मद र म होटलको खोजी तर्फ लाग्यौ, सानो शहर त्यसमाथी भएको होटेल र गेस्ट हाउसहरु प्राय सबै भरिभराउ नै थिए, बाँकी भएका होटल र गेस्टहाउस हरुपनी निक्कैनै महङ्गा भएकोले हामीलाई भनेजस्तो होटल पाउनै मुस्किल पर्‍यो, राबिघमा भएको भएजती प्राय सबै गेस्टहाउस र होटेलमा घुम्दाघुम्दा बल्लतल्ल एउटा गेस्टहाउस भेट्यौ, प्रोजेक्ट इन्चार्ज र मेरो लागि अनी बाँकी साटफहरुको लागि गरेर पाँचवटा रुम बुक गरेर पुन स्टाफहरुलाई कुराएको कफिसपमा गएर ल्याएर होटलमा राख्यौ, यतिन्जेलसम्म दिनको साढे बार्ह बजिसकेको थियो, समय निक्कै बितिसकेको भएकोले सामी मोहम्मदले एकजना स्टाफ लिएर गएर बिहानको खानाको बन्दोबस्ती गरेर खाना लिएर फर्किएर सबजैनाले खाना खायौ, त्यसपछी भने रातभरीको यात्रा र निन्द्राले थकित भएकोले त्यो दिन आराम गर्ने र भोलिपल्ट देखी मात्रै भित्र प्लान्टमा जाने गेटपासको बन्दोबस्ती गर्ने भनेर सबैजना आराम गर्न तर्फ लाग्यौ, शायद अठार घण्टाको गाडीको यात्राले थकित भएरहोला म पनि निदाएछु । 

रातभरको थकानले म यती थकित भएछुकी दिउसो पौने दुइबजे तिर सुतेको मान्छे बेलुकी एकैचोटी आठ बजेमात्रै विउझिए, त्यो पनि स्टाफ लिएर गएको भ्यानको ड्राइभर अज्गर अलीले बेलुकिको खाना लिएर आएर खाना खानु उठाउदा मात्रै बिउँझीए, उनिहरुले खाना खाँदैगर्दा म भने उठेर बल्ल बाथरुममा नुहान तर्फ लागे, केहीछिनको नुहाइपछी फ्रेसहुँदै लुगा फेरर खाना खाए, पुन बेडमा गएर घरतीर फोन लगाउन थाले, बाँकी अन्य स्टाफहरु पनि नयाँ ठाउँमा आएको र होटेलमा बसेको होटेलको रुम र बेडको फोटो खिचेर आआफ्नो घरपरिवारमा पठाउन र गफ गर्नमै ब्यस्त थिए, घरमा बुडिलाई फोन लागाए, तर जतिपटक फोन लगाएपनी फोन नै लागेन, अन्त्यमा केही सिप नचलेपछी छोरीको मेसेन्जरमा कल लगाए, बल्ल कल लाग्यो, फोन लाग्ने बितिकै उताबाट छोरीले बाबा भन्दै कल रिसिभ गरिन, ममिको किन फोन नलागेको भन्दै सोधे, दिउसो लाइन थिएन अनी मोबाइलको चार्ज सकिएर अहिले चार्जमा राख्नुभाकोछ भनी, त्यसपछी भने बल्ल मन ढुक्क भयो, नत्र केही नराम्रो भएरपो कल लागेनकी भनेर मन आतिदैथियो, पुन ममिलाई फोन देउनत भन्दै बोले, छोरीले उताबाट ममित अघिनै निदाइसक्नुभो भनी, त्यसपछी पुन मैले ए ल ल सुत तिमी पनि राती धेरै अबेर सम्म नबस सुत है भन्दै कल काटिदिए, घरमा श्रीमती संग गफ नभएपछी फेसबुक तिर छिरे, फेसबुकमा केही नोटिफिकेसनहरु आएको रहेछ, सरसर्ती सबै हेरे, खासै केही थिएन, त्यसपछी निक्कै दिनभएको थियो स्पेस नछिरेको स्पेस तिर छिरे, त्यतापनी खासै राम्रो केही देखिन, दिनभरी सुतेकोले आँखामा निन्द्रा फिटिक्क लागेको थिएन, त्यसैले राती चन्द्रालाई भनेको थिए सकेसम्म आज घर नजानुहोस है, आजपुरै काहानी सुन्नुछ मलाई भनेर, त्यसैले कतै केही नभेटेपछी रातिको त्यही कुरा सम्झिदै चन्द्रालाई मेसेज गरे, हेलो, नमस्कार, सञ्चै हुनुहुन्छ, घर फर्किनुभयो कि माइतिमै हुनुहुन्छ, छोटोछोटो तर लगतार मेसेज गरे मैले, मेसेज पठाको एक मिनट पनि नहुँदै मेरो मेसेज हेरिएको हरियो सिग्नल देखियो, त्यसपछी चन्द्राको मेसेज कुर्न लागे, नभन्दै चन्द्राले मेसेजको रिप्लाई फर्काउदै लेखिन, हजुर नमस्कार, म फर्किन, अनी हजुरले नै नजानु भन्नु भाको हैन, अनी मत सञ्चैछु, अनी कस्तोछ हजुरलाई, अनी नयाँ ठाउंमा पुग्नुभयोत, कस्तो रहेछ नयाँ ठाउँ, अनी कस्तो लाग्योत त्यहा हजुरलाई, मैलेझै उन्ले पनि एकैचोटी सास नबिसै सबै सोध्न भ्याइ एकैपटकमा, उम सबै ठिकैछ, सञ्चै आइपुगे, ठाउँँ उस्तै हो साउदीमा जता गएपनी बालुवा र सुतेको कालो सडक अनी एउटै कलरका एकैदमले घरहरु बाहेक अरु फरकपो केनैछर, सबै उस्तैत हुन, बस ठाउँँ मात्रै नयाँ हो, नयाँ पनि के भन्नु, म २०१५/१६ तिर पनि बसिसकेको ठाउँँ हो राम्रैछ, अनी तपाईं सुत्ने तर्खरमा होकी केछ अवस्था, मैले उत्तर र प्रश्न एकैचोटी सके, उताबाट चन्द्रा केही हासेको पारामा इमोजी पठाउदै बोली, मेरो कथा सुन्न खुब आतुर छ हैन हजुरलाई, हाहाहा, इमोजिको सांकेतिक हासो उस्को, मैले पनि तुरुन्तै जवाफ फर्काए, उम होतनी, त्यतिको लागित आज हजुरलाई घर नफर्किन भनेको हिजो नै, घर जानबाट बन्चित गरेर राखी राखी पनि नसुन्नुत, बरु बोल्न मिल्ने भए सुरु गर्नुहोस्न हिजोको छुटेको ठाउँबाट, मेरो मेसेज पुग्न नपाउदै चन्द्राले मेसेजको रिप्लाई तुरुन्त गरिन, बाबु भर्खरै निदाएकोछ, उठ्छकी, बिस्तारै बोल्छु है त म, मैले हुन्छ भन्दै हातको बुढीऔलाको थम्प्स पठाउदै सहमती पठाएँ, लगतै चन्द्राले ह्वाट्स एप्समा कल गरिन, मैले कल रिसिभ गर्दै नमस्ते गरे, हेलो नमस्ते, नमस्ते हजुर नमस्ते, अस्तित मलाई नमस्ते नै मात्रै गरीबस्ने भन्नुभएको थियो, अनी, अहिले त आँफै नमस्ते गर्दै हुनुहुन्छत, उन्ले हाँस्दै भनिन, त्योत हजुरलाई भनेको हो, तर कुराको सुरुवातमा औपचारिकता त निभाउनै पर्‍योनी, मैले जवाफ फर्काए, है भन्दै चन्द्रा बोली, कहाबाट सुरु गरौ मेरो जिन्दगीका कथा भनौ वा भोगाइ, घाऊ अद्रिश्य छन, सम्झिदा आज पनि उतिकै दुख्छन, अतित सम्झिदा आजपनी ताजै बनेर आउछन ति स्‍मृतिहरु, त्यही भएर हिजो पनि सुनाउदा सुनाउदै बहकिए, मन दुख्यो र सुनाउनै सकिन, सरि है हजुर हिजोको लागी, मन दुखाइको भावयुक्त पारामा सरि भन्दै बोलीइ, सरि भन्नु पर्दैन, भावना हजुरको हो, घटना हजुरको जिबनको हो, सुनाउनु भएको हजुरले हो, बरु सरि त मैले माग्नु पर्नेहो, तपाईंको सबै अतित खोतल्न लगाएकोमा, तर हामीले यो कुरा नखोतल्दा मलाई लेख्न पनि त अफ्ठ्यारो हुनेथियोनी, योत हजुरले जसरी भएपनी भन्नै पर्थ्यो हैनर, मैले यतिभनिसक्दा त्योत हो भन्दै पुन बोलिन, ओके भन्नुहोस उसोभए कहाबाट सुरुगरौ, हिजो जहाँ छोड्नुभएको थियो, त्यहिबाट सुरु गर्नुहोस्न मैले भने, पुन उस्ले हुन्छ भन्दै आफ्नो काहानी सुनाउन सुरुगर्न थालिन ।

ह्जुरलाई त थाहैछ, हामी क्षेत्री बाहुनहरुको घरमा, जतिसुकै सम्पन्न र शहर बजारमा बसेपनी घरमा दुध र चिया खानैको लागि भएपनी प्राय एउटा भैंसी नत्र एउटा गाई मात्रै भएपनी पाल्ने चलन हुन्छ, मेरो बिहे राम्रै घरानामा भएकोथियो, मेरो बिहे पस्चात माइतिमा जस्तै मलाई कुनै कुराको कमित थिएन, तर सम्पन्न र काठमान्डौ जस्तो नेपालकै ठुलो र राजाधानी जस्तो शहरमा घर भएपनी ससुरा बा को लागि भएपनी घरमा गाई पालिएको थियो, किनकी वहाँलाई डेरिमा किनेर ल्याएको दुधको चिया मनै नपर्ने भएकोले, हुनत काठमान्डौ भन्ने बित्तिकै सबैथोक किनेर खानुपर्ने र त्यस्ता घनाजङल जस्तो घरहरु भएको ठाउँमा घास बिना कसरी गाई पाल्छन भन्ने पनि पर्नसक्छ धेरैको मनमा, तर हाम्रो घरमा गाई पालिएको थियो, तिनै गाइले हरेक बर्ष बर्सेनी सन्तान जन्माउछ, तर म हरेक बर्ष बात्सल्य बिहिन भएर हरेक बर्ष उसैगरी अपमान र तिरस्क्रित भएर बस्नुपर्छ, त्यसदिन पनि दिनभरी त्यही गाइको बाच्छा खुस्केर आफ्नो आमाको दुध चुसेर मैले गाली खानु परेको कुरा सम्झिरहे, सम्झिए, सन्तान जन्माएकै निहुँमा यो घरमा पसुको कदर छ बरु, तर मेरो अलिकती पनि कदर छैन, नत माया नत कुनै कसैको दयाभाव, सँधैको गाली र अपमान सिवाय केही पाएकिछैन मैले, कहिलेकाहित बर्सेनी सन्तान जन्माउने त्यो माली गाई देखी पनि मलाई खुब रिस उठ्यो, मनमनै एउटा निर्दोश प्राणी माथि डाहा लाग्थ्यो, जस्ले हरेक साल बाच्छोबाच्छी जन्माएर माया पाउथ्यो भने मैले सँधै तिरस्कार, साच्चै भन्ने हो भने जुनादिन मेरो गर्व तुहिएर म आमा बन्न बन्चित भए, त्यसदिन देखी यता आजसम्म बितेको बर्ष कसरी बित्यो सम्झिनु खोज्छु कहाली लाग्छ, किनकी मेरो दुइदुइ पटक गर्व मिस्क्यारेज भएपछी लगतार अपमानित र अपहेलित हुनुपरेकोछ, मलाई यहाँसम्म सम्झना छकी तिन बर्ष अगाडि हाम्रो घरको अगाडि कम्पाउन्डमा एउटा ठुलो आपको रुख थियो, त्योसाल थामी नसक्नु रुख नै नुहिनेगरेर लटरम्ब आप फलेको थियो, साउन महिनाको अन्तिम सातातिर हुदोहो आँप पाकेर घर आँगन कम्पाउन्डमा मगमग बास्ना नै चलेको थियो, आँपको पाकेको मिठो बास्नाले मलाई आँप खाउ खाउ लाग्यो, त्यसैले मन थाम्न नसकेर मैले रुखमा चडेर दुइदाना आँप टिपेर ल्याएर खाए, त्यो ससुरा बा ले भित्र रुमबाट देखिरहनु भएकोरहेछ, मैले रुख चढेर टिपेर ल्याएको देखेपछी वहाँँलाई खुब रिस उठेको रहेछ, त्यसदिन त केही भन्नु भएन, तर भोलिपल्ट खाने बेलामा काम नलाग्ने यस्तो जंगल पालेर के गर्नु, अलछिने आमाइ मान्छे भएर रुख चढेपछी घरमा लोदर लाग्छ, अलछिन लाग्छ, बरु यस्तालाई बेलाइमा काटेर मिल्काएको राम्रो, मान्छेले दिन नसकेको सन्तान यस्को फल खाएर के गर्नु, न मेरो बंश धान्ने आस, न मेरो अंश खाने आश, भन्दै फत्फताउदै छँदाखादाको आपको रुख काटेर फ्याक्नु भयो त्यो पनि मेरै रिसको कारणले, मेरो कर्मको दोश भनुम वा भाग्यको खेल सन्तान नहुनु मेरो के दोश थियोर, मेरो गर्वलाई लक्षित गरेर बारबार मलाई अपमानित हेला गरेर मेरो शरीर र हुननसकेको सन्तानको दोश त्यो चेत नभएको निर्जिब आँपको फललाई दाजेर काटेर फ्याक्नुको के अर्थ हुन्थ्योर, कहिलेकाही सोच्थे, सन्तान जन्माउन नसकेर परिवार आफन्त र समाजबाट कुरा काटिनु हेला खेप्नु म मात्रै होलाकी अरुपनी छन छोरीमान्छे यो दुनियाँमा, बोल्दाबोल्दै बिचैमा रोकिन चन्द्रा, शायद पुन उनी पुरानो दिनमा पुगिन, जस्ले उस्लाई घरिघरी घोचिरहन्छ, दुखाई रहन्छ, शायद विवाह पस्चातको जिबनको झन्डै सत्र बसन्त उ कहिले भुल्नेछैन, उस्को मौनतालाई सहज बनाउदै मैले सोधे, अनी त्यसपछी के भयो, पुन उनी बोल्न सुरु गरिन । 

भनिन्छ बुहारी को लागि हरेक सासुहरु दुश्मन जतिकै हुन्छन, हरेक घरमा सासु र बुहारीको बिचमा कहिले राम्रो व्यबहार र सम्बन्ध हुँदैन, तर मेरो घरमा भने ठीक उल्टो थियो, मान्छेले उखान टुक्का भनेजस्तो थिएन, रातदिन ससुराले कच्कच गर्दा पनि सासुले कहिलै नराम्रो केही भन्नुभएन, सँधै तेरो ससुरा त्यस्तै हो मन नदुखा भनेर सम्झाउनुहुन्थ्यो, सासु र बुहारी को सम्बन्धको बारेमा जजस्ले जेसुकै नराम्रो उखान टुक्का बनाएपनी शायद एउटी आईमाईको पिडा अर्को आईमाईले मात्रै बुझ्न सक्छ भनेजस्तै देवता समान हुनुहुन्थ्यो मेरो लागि मेरो सासु, कहिकतै गएर आउँदा पनि कुनैन कुनै जडिबुटी लिएर आएर घोटेर खुवाउनुहुन्थ्यो त कहिले केको बुटी ल्याएर कहिले हातको पाखुरी त कहिले कम्मरमा बाधी दिनुहुन्थ्यो, हामी छोरीको कर्म यस्तैहो, पिर नगर, मैले पनि तेरो ससुरा संग बिहे गरेर आएपछी सात बर्ष सम्म सन्तान नजन्माउदा मेरो सासु ससुराबाट यस्तै सहनुपरेको थियो, त्यो पिडा मलाई मात्रै थाहाछ, अझ मेरो पालामात दुबैजनाले उस्तै उतिकै नराम्रो व्यबहार गर्थे तर पनि मैले हार मानिन, हाम्रो बिहे भएको सात बर्ष पछी बल्ल तेरो बुडा मेरो गर्वमा आको हो, जुनदिन तेरो बुडा मेरो पेटमा आयो त्यसपछी मेरो दु:खको दिन गएजतिकै भएको थियो, त्यसपछी मेरो हरेकदिनको दिनचर्या नै बदलिएको थियो, सबैले माया गर्न थाले, सासुससुरा लोग्ने आमाजु नन्दहरु सबैको प्यारो हुनथाले, अनी जुनदिन मैले यस्लाई जन्माए त्यो दिन झन छोरा जन्माएको देखेर तेरो ससुरा र मेरो सासु, आमा-छोरा खुब नाचेका थिए, बहुला जतिकै भएर फुर्किएका थिए, त्यो दिन म कहिले भुल्दिन बुहारी, साँच्चै भनुम भने मलाई तेरो बुडालाई जन्माउदाको पिडा भन्दा धेरै जिबनभर बिझाउने मनको खिल काटेर फ्याकेको जतिकै भएकोथियो, पैतालामा बिझेको काँडा झिकेर फ्याकेको अनुभुती भएकोथियो, तर अहिले त, तेरो मर्म बुझिदिने कम्सेकम मत छुनी, भनेर मलाई सम्झाउदै केके केकेको जडिबुटिको औषधी बनाउदै खुवाउनुहुन्थ्यो, मेरो सासुले गर्नुभएको माया र सहयोग शायद अरुकुनै बुहारीले पाउन सक्दैन जस्तै लाग्छ मलाई, आफ्नो बंश धान्न होस वा अंश खान के चै गर्नुभएन मेरो लागि सासुआमाले, कहिले कुनै हस्पिटल पुर्‍याउनुहुन्थ्यो, कहिले कुन चै ज्योतिसकोमा चिना हेर्न र झारफुक गर्न पुर्‍याउनुहुन्थ्यो, वहाँले थाहा पाएको र नाम सुनेको पन्डित, ज्योतिसी, धामिझाक्री बैध्य कतै लान चुक्नुभएन । 

एकदिन यस्तै धामिझाक्री र ज्योतिस पन्डित देखाउनेकै क्रममा ससुराले चरिकोटको भिमेस्वर नगरपालिका आफन्तकोमा कुनै जान्ने ज्योतिस र बैध्य दुबैभएको भन्दै सासुआमाले मलाई लिएर जानु भन्नुभयो, त्यसैले हामी सासुबुहारी  भोलिपल्ट चरिकोट तर्फ लाग्यौ, काठमान्डौको कोटेश्वरबाट गाडी चढेर भक्तपुर, साँगा, हुँदै मध्याउपत्यका छाड्दैथियौ, तर जतिजती गाडीले आफ्नो रफ्तार बढाउदै अग्लाअग्ला पहाडहुँदै घनाजंगल छिचोलेर काठमान्डौ उपत्यताकालाई छोड्दैथियो, उतिउती मेरो मन भित्रभित्रै एकप्रकारको अनौठो हुटहुटिले सताउदैथियो, कुदिरहेको गाडीले पहाडहरु छिचोलेर अगाडि उक्लिदै जादा मेरो मन पनि उसैगरी अनेकौ तर्कना खेलाउदै उक्लन्थ्यो, एकातिर सन्तान नजन्माउनुको पिडा बोकेर म एउटा झिनो आशा लिएर जादैथिए भने, अर्कोतिर कहाँ होला, केहोला, कसोहोला, भन्दै मन डरै रहेको थियो, तैपनी चुपचाप जानुको बिकल्प थिएन म संग, बस संगै सासुआमा भएकोले त्यस्तो नराम्रो अनर्थ केही नहोला भन्ने विश्वाशत भने थिए, यसरी हामी एउटा आशालाग्दो रहर बोकेर हिंडेका थियौ, गाडी जतिजती अगाडि बड्दै जान्थ्यो बिचमा सुन्दर र हरियाली बनजंगल घनाबस्ती र बाटको बिचबिचमा सानाठुला बजार चौक र पसलहरु आउथे, बाटोमा आउने हरेक गाउ, मसिना बजार चौक र पसलहरुको नाम त थाहा भएन तर मैले यात्राकै क्रममा सम्झिएका ठाउँहरु भने अहिले पनि याद छन, तिनै मद्धे हामी सासुबुहारी काठमान्डौ छोडेर हिंडेपछी रावत गाउँ, अहिलेको धुलिखेल जिपलाइन, दुलालचोक, चारखोल हुँदै अरानीको राजमार्गको साना तर सुन्दर कालोपत्रे सडकहुदै, दोलालघाट बस बिसौनी पुगेर बिहानको खाना र खाजा खायौ, दोलालघाटमा खाजा नस्ता र खाना सबैको भैसकेपछि गाडी पुन ईन्द्रवती पुल तरेर अगाडि बड्यौ, जसरी बिहानै गाडीले आफ्नो रफ्तार बढाएको थियो, उसैगरी अहिलेपनी आफ्नो गती नापिरहेको थियो, गर्दागर्दै हामीहरु डुम्रे, सिम्ले, सुकुटेबजार, हुँदै सुनकोशिको तिरैतिर हुइकिरहेको थियौ, निकै लामो सुनकोशिको तिरको यात्रा सकिएपछी भने अँधेरी पुल तरेर स्वारा गाउँको उकालो लाग्यौ, त्यो उकालोमा भने मलाई गाडीले घुम्तिहरुमा यता र उता हल्लाउदा हल्लाउदा शरीर नै थकित बनाएको थियो, झन स्वाराको उकालो सकिएर भालुखोपको ओरालो झरेपछी कोक्रोमा बच्चालाई हलाएजतिकै शरीर हलाएकोले बान्ता गर्नथाले, एकछिनको लागि त लाग्यो अब बाच्नु यतिनै रहेछ, सबै पिरब्यथाहरु सकिने भए, न हेला, न अपबचन, न कुनै मुटुनै चुडिने गरेर सुन्नुपर्ने अलछिनी र बाझी शब्दहरुको ओइरो, बस सबै खेल यही ओरालोमै खत्तम हुनेभयो, सबै सकिने भयो, यस्तै सोच्दै म लगतार वाकी रहेको थिए, यसरी लामो यात्रामा कहिलै नहिडेकोले गर्दा मलाई त्योबेला निक्कैनै गाह्रो भएकोथियो, अरानीको राजामार्ग सकिएपछी भने हामी लामासाँघु राजामार्ग हुँदै खरिढुङा, मकैबारी, पुवाँले, कटेर झन्डै नौ घण्टाको अत्यास लाग्दो एकसय तिस किलोमिटरको बसको यात्रा सकेर बेलुकिको झन्डै चारबजे तिर चरिकोटको भिमेस्वर नगरपालिकाको बसपार्कमा अवतरण भयौ, बसपार्कमा पुग्दा हामीलाई लिन एकजना अधबैशो उमेरको लोग्नेमान्छे आएर पर्खिरहेको रहेछ, त्यो मान्छेले सासुलाई भाउजु दर्शन भन्दै नमस्कार गर्‍यो, बाबु नमस्कार भन्दै सासुले मलाई पनि त्यो ब्यक्तिलाई नमस्कार गर्न लगायो, मैले पनि नमस्कार गरे, त्यसपछी हामी झोला बोकेर उनको पछीपछी लाग्यौ, उनको पछी लागेर गएको पछी मात्रै थाहाभयो कि त्यो मान्छे ससुराबाको आफ्नै फुपुदिदिको छोरो रहेछ, हामी उसैको घरमा गएकारहेछौ, केही मिनेटको हिडाइपछी हामी उनको घरमा पुग्यौ, सबैसंग चिनापर्ची भयो, ससुराका आफन्त पटिका सबै नाता भित्रकै रहेछन, बेलुकिको खानापछी भने मेरो सासु र फुपुसासु र दिउसो हामीलाई लिन आउने फुपुसासुका छोरा साइनोले मेरो काका ससुराहरु सबै गफ गर्दैथिए, त्यसदिन थाकेर पुगेकोले बेलुकी खाना खाइसकेर म भने चाडै सुते । 

भोलिपल्ट बिहानै उठ्यौ हामी, बिहानको चिया नास्ता भ्याएर फुपुसासुले मलाई र मेरो सासुआमालाई लिएर बजारको अलिक तलपट्टी अर्को रोडमा लिएर जानुभयो, त्यो हामी गएको ठाउँँ कालिन्चोक रोडको पछाडिपट्टी सिटिजेन ब्यङ्कको अगाडिको सानोरोडको भित्री गल्लिमा एउटा चेपमा बाहिरबाटै मन्दिर जस्तै सजाइएको घर रहेछ, हामी पुग्दा पन्डित ब्राम्हाण जस्तै लाग्ने कालो र लामालामा कपाल र दारी भएको हेर्दा चालिस बयालिस मात्र पुगेको जस्ता देखिने पूजारी घरभित्रको कुनै द्रिश्यनै नदेखिने गरेर धुपबत्ती सल्काएर एकतमासले केके फलाक्दै पूजा गर्दैथियो, हामी त्यहा पुगेर आँगनमा उभिएको देखेर एउटी तिस पैतिस बर्षकी जतिको देखिने महिलाले घरको आँगनमा बस्ने कुर्सी ल्याइदिदै बस्न आग्रह गरीइन, उनी तिनै पूजारिको धर्मपत्नी रहेछिन, किनकी फुपुसासुले माता जि बा को पूजा सकिने बेला भएन भनेर सोध्नुभएको अन्दाजले चिने मैले, फुपुसासुको सोधाईपछी माता भनिनेले एकैछिनमा सक्नुहुन्छ बस्दै गर्नुहोस्न भन्ने आग्रहले हामी एकछिन त्यो घरको बाहिरै कुर्सिमा बस्यौ, हामी पुगेको झन्डै आधाघन्टा जतिमा भित्र पूजापाठ सकेर पूजारी बाहिर निस्किएर सुर्यलाई अर्ग चढाएर पुन भित्र पस्यो, भित्र पसिसकेर भित्रैबाट हामीलाई कतिकामले आएको भनेर सोद्धै भित्रै आउन बोलायो, हामी तिनैजना भित्र पस्यौ, भित्र छिर्दा घर बाहिरको भन्दा पनि अझ कयगुनाले रंगिबिरंगी तुल धजाहरुले मन्दिर झै बनाएर सजाइेको रहेछ, घरको चारै भित्तामा बिभिन्न देबिदेवताका तस्बिर र पूर्व पटिको भित्तामा पश्चिम फर्काएर शिवजिको सानो मुर्ती राखेर तिर्सुल भाला, घन्टी, रुद्रक्षाको माला, धुप अछेता दियो अनेकै सरसामन राखेर साचिकै मन्दिरनै झै बनाइएको थियो, हेर्दै डरलाग्दो काली खेलाउने जतिकै देखिन्थ्यो, भित्र पसेपछी सासुआमाले सबै समस्या बताउनुभयो, त्यसपछी पुजारिले मलाई नजिकै बस्न आग्रह गर्दै सेतो चामलमा रातो फुक्को अबिरमा मिसाएर आगोको खरानीमा मिसाएर मुट्ठी कसेर के के भन्दै दुइचार चोटि फु-फु गर्दै फुकेर मलाई उकत चामल खान भन्यो, मैले त्यसै गरे, त्यसपछी भोलिपल्ट फेरी बिहानै आउनुभन्दै हामीलाई आजलाई जान भन्यो, हामी पनि त्यहाभित्र पसेर झन्डै एकघन्टा जतिबसेर निस्कियौ, जादैआउँदै गरेर दैनिक जाने र केके फुकेर दिने र खाने गर्दागर्दै चौथो दिन मलाई मात्रै पठाउन भन्दै बिदागरेर पठायो, त्यसै अनुसार चौथो दिन म मात्रै एक्लै गए, त्यो दिनभने मलाई सँधै उस्ले फुक्ने र केके मन्त्र उचारण गर्ने मन्दिर भन्दा अलिक भित्र अर्को अँध्यारो कोठामा लगेर गयो, त्यहा एउटा खाटिया र त्यसमा ओछ्याइेको केही डसना कपडा थियो, त्यहा मलाई सुत्न भन्यो, मनमा केके सोच्दै डराउदै बिस्तारै खटियामा सुते, पूजारिले शिरपुछर गर्दै अछेताले शरीरमा हिर्काउदै खुटाको पैताला मा मालिस गरेझै मुसार्यो, मलाई अलिक केही असहज र संका लाग्यो, तैपनी मैले केही भनिन, चुपचाप, खुट्टा मुसार्न दिए, उ बिस्तारै मेरो खुट्टाको पैतला हुँदै एकैचोटी मेरो कम्मरमा आएर समाउन खोज्यो, अनी त्यसपछी भने मलाई झन डर लाग्यो र त्यस्को नियत ठीक नभएको जस्तो लागेर हतारमा झुरुक्क उठेर मैले प्रतिबाद गर्दै भने, गुरुजी यो के गर्न लाग्नुभएको भनेर सोधे, उ एकछिन ठिङ उभिएर मलाई सम्झाउदै भन्यो, तिमी डराउनु पर्दैन यो सब तिम्रै भलाइकै लागि गर्दैछु म, म जसो गर्छु तिमी आँखा चिम्लिएर बस भगवान शिवको नामलिदै शिव-शिव भन्दै गणेशलाइ सम्झ, किनकी तिमीले शिवजिलाई सम्झिएर गणेश भगवानलाइ दिमागमा ल्यायौ भने गणेश जस्तै तिमीलाई पुत्रलाभ हुनेछ, त्यसैले तिमी आँखा चिम्लिएर चुपचाप बस भन्दै मेरो दाहिने कुममा उस्को बलिस्ट हातले बिस्तारै ठेल्दै सुताउन खोज्यो र मलाई लडाएर पुन अगिकै जस्तै मेरो शरीरको बिभिन्न संबेदनशिल अंगहरु छुन कोशीस गर्‍यो, यो पल्ट भने म पक्का भएकी यसले औषधी र झारफुक को नाउँमा यो पूजारिले मेरो शरीरक यौनशोषन गर्दैछ भन्ने बुझिहाले र मैले पुन लाताले हानेर झट्कार्दै उठेर उभिए, मैले रिसाउदै भने गुरुजी यो कस्तो खालको उपचार हो, उस्ले शान्ता हुँदै मलाई पुन सम्झाउने कोशीस गर्दै भन्यो, केही हुन्न नानी यो सबै तिम्रो भलाइको लागि हो, मलाई तिम्रो ससुराबाले सबै भनि सक्नुभएकोछ फोनबाट, कि तिम्रो पतिबाट तिम्रो सन्तान हुन सक्दैन, जुन पुरुषमा हुनुपर्ने गुण हो त्यो तिम्रो लोग्नेमा छैन, त्यो मैले पुरा गर्न सक्छु, यदी दुइचार दिन यही बसेर दैनिक धायौ भने र तिमी सहमति गर्न तयार भयौभने भलाई तिम्रै हुनेछ, तिम्रो ससुराले बंश पाउनेछ तिमीबाट, तिम्रो सासुले नाती, तिम्रो लोग्नेले आफ्नो कुलको सन्तान र तिमीले आफ्नो ममताको बात्साल्य पाउनेछौ, तिम्रो जिबन र तिम्रो घरको परिवारमा सबैमा खुशी नै खुशी छाउनेछ, बुझ्ने कोशीस गर, म तिमी संग जे गर्दैछु त्यो शरीरक संपर्क नभएर भगवान शिवको अलौकी प्रशाद र तिम्रो भाग्य हो, यहाँ तिमी जस्ता समस्या लिएर आउने धेरै महिलाहरु छन, मैले ति सबैको यसरी नै उपचार गरिदिएकोछु, तिमी पनि ढुक्क भएर सुइकार गर, तिमीलाई केही असर पर्दैन, उस्ले मलाई सम्झाउने प्रयासमा भन्यो, मैले उक्त पूजारिको कुरालाई प्रतिबाद गर्दै भने, यो सब तपाईं गलत गर्दै हुनुहुन्छ गुरुजी, यो कुनै उपकार गर्दैहुनुहुन्न तपाईं, उपचार र झारफुकको नाउँमा कुनै एउटा मजबुर नारिको सन्तान मोहको कम्जोरी माथि सारिरिक यौन सोसणको फाईदा लिदैहुनुहुन्छ, यदी तपाईं मलाई अझ जबर्जस्ती गर्न खोज्नुभयो भने म चिच्याउनेछु, त्यसपछी तपाईंलाई यहाँबाट मेरै कारनले शहरका सबै मिलेर उठिबास लगाउनेछ, म पुलिस लिएर आउनेछु बुझ्नुभो, आजसम्म कती नारिको यौनशोषन गर्नुभयो त्यो आज म निकाल्छु, सबै पापको घडा पोखिएला होस् गर्नुहोस र आजबाट यस्तो अपराध गर्न छोड्नुहोस, मैले कड्किएर रिसले मुर्मुरिदै यती भनेपछी शायद त्यो पनि डराएछ क्यारे, थरर कापेको आवाजमा दुइहात जोडेर माफि माग्दै नानी कृपा गरेर मेरो इज्जत बचाइ दिनुहोस् अबदेखी म यस्तो गर्नेछैन, कहिकतै कसैलाई केही नभन्नुहोस भन्दै दुईहात जोडेर मेरो पाउ पर्‍यो, मैले दुबै खुट्टा झट्कारेर त्यहाबाट हतारिदै बाहिर निस्किए, एकातिर रिसले अर्कोतिर डरले हात खुट्टा लुगलुग कमाउदै म पनि फुपुसासुको घर आइपुगे, मेरो सबै हातखुट्टा लल्याक लुलुक गलेको झै भएको थियो, फुपुसासुको घरमा पुगेर म निस्सासिएको जस्तै भएको थिए, कहाँ गएर कस्लाई सुनाउ कस्लाई भनौ, कहागएर डाको छोडेर रौउँ जस्तै भएको थियो, त्यसपछी म बाथरुम तर्फ गए, बाथरुमको सावर नलको पानी पुरै खोलेर शरीर भरी चिसो पानी थापेर आफुलाई सितल बनाउने कोशीस गरे, अनी बाथरुमको सबै पानीको नल खोलेर आफु माथि थापिसकेर, बेस्कन रुए, भित्तामा मुड्की बजारेर चिच्याए, कराए र मनलाई शान्ता बनाएर नुहाएको बहनामा बाहिर निस्किए । 

बिहानको दशबजे तिर खाना खानुलाई सबै डाइनिङ रुममा भेलाभए, म पनि लुगा फेरेर भित्र प्रबेशगरे, सासुले ए त पनि आइपुगिस भन्दै ल खान खानु बस, भन्नुभयो, तर म भने अघी भर्खरैको पूजारिको त्यो हर्कत सम्झिएर केही बोल्नै सकिरहेको थिइन, खान खानु मन त परैजावोस आफ्नै मन आँफै संग नभएको जस्तै भएको थियो, त्यहाबाट कहिले आफ्नो घर फर्कौर यो कुरा कसैलाई सुनाएर धित मरुन्जेल रौउँ झै भएकोथियो, सबैजना खाना खानु बस्यौ, फुपुसासु खाना खाँदै मेरो सासुआमा लाई भन्दै हुनुहुन्थ्यो, त्योत एकदम जान्ने छरे, त्यसले देको औसदी त एकदमै जडिको छरे, जस्तै बिराम पनि चट्टै बनाउछरे, कतिजनाको सन्तान नहुनेहरु यहाँ आएपछी सन्तान भएर खुशी भाकाछन रे, सन्तान भएपछी कतिलेत फर्किएर आएर बक्सिस पनि दिन्छन रे, सासुआमा भने उम उम भन्दै फुपुसासुको कुरामा सही थप्दै खानाखाँदै भन्दैहुनुहुन्थ्यो, उपचारले काम गरिदिए त राम्रै हुन्थ्यो, बरु नाती नातिनी जे भएपनी म पनि फेरी आएर दुइचार पैसा दिन्थे, म भने उनिहरुको कुरा सुनेर आफुले आँफैलाई धिकार्दै मनमनै गाली गर्दै भन्दैथिए, गर्छ त्यस्ले उपचार, मलाई थाहाछ कस्तो खालको उपचार गर्छ भनेर, एकमनले त सोचे, पूजारिको असली व्यबहार केहो पोल खोलिदिउकी जस्तो लाग्यो, फेरी अर्को मनले सोचे, यिनिहरुले बुझ्ने छैनन, बरु उल्टै मलाई नै गलत सम्झिन बेर छैन, आ जेसुकैहोस अब भोली देखी मलाई त्यहा जानुछैन भन्दै मन बुझाए, र सासु तिर फर्किएर भने, आमा भोलिदेखी जान पर्दैन रे, झारफुक सकियोरे, औषधी फुकेर देकोछ गुरुजिले, बरु भोली घरतिर लागौ भने, मेरो कुरा सुनेर सासुले भन्नुभयो, ए होर, ल राम्रै भयो उसोभए भोली बिहान फर्कौला, घरमा सबै काम बितिसक्यो, सासुको कुरा सुनेपछी मन अलिक शान्त भयो ।

त्यो रातभर मलाई निन्द्रा लागेन, दिउसोको त्यो गुरुजिको हर्कतले गर्दा मनमा कुरा खेलिरहयो, यतिबेला मलाई सन्तान नहुनुको पिडा भन्दा अझ ठुलो पिडाको बोझ महसुस भएको थियो, अनी मनमनै सम्झिए, म जस्तै सन्तान नहुने र घरपरिवार समाजबाट अपहेलित हुनुपरेको नारिहरु कतिले आफ्नो अस्तित्व आफ्नो श्रीमान प्रतिको सतित्व चिरहरण गराए होलान, सन्तान हुने आशामा कती त्यो पूजारिको यौन शोषनको सिकार भएहोलान, पूजारीबाट तिनिहरुले सन्तान लाभ त गरेकी गरेनन थाहा भएन, तर नचाहेरै र परिवारको दवाबले आफुलाई लुटाउन कती वाध्य भएहोलान, कतिलाई अन्धबिश्वास थियो त कतिलाई सन्तान सुखमोहले आफु लुटिन वाध्य बनाए होलान, आजसम्म बाजोपनको फाईदा उठाएर कती नारीमाथि सुखभोग गरेहोला त्यो पूजारिले, सोच्दा सोच्दा मलाई निदाउन फिटिकै दिएन, म रातभर तनाब ग्रस्त बनिरहे, सम्भ्रान्त परिवारको छोरी थिए, सम्भ्रान्तै परिवारको बुहारी थिए, अनी एउटा पढेलेखेको शिक्षित श्रीमान र सरकारी उपल्लो दर्जाको कर्मचारीको पढिलेखेकी शिक्षित श्रीमती थिए म पनि, यतिहुदाहुँदै पनि आज म बालबाल यौन शोषन र बलत्कार हुनबाट जोगिएको थिए, म जस्तो जानेबुझेको पढिलेखेको शिक्षित नारिको त यो हालत छ भने गाउँको कुना कन्दरामा अशिक्षित दिदिबहिनीको कस्तो हबिगत होला, गर्ब सुखभोगको अभाभकै कारण बर्सौ देखिको सन्तान अभावमा आफ्नै घरको सदस्यहरुबाट बारबार अपहेलित तुच्छ बचनहरु सुन्दै र खेप्दै आउनुपरेको तितो सत्य थियो मेरो लागि, मलाई साचिकै त्यो एकरात पनि बर्सौ जस्तो महसुस भएको थियो, कतिबेला उज्यालो होला र गाडी चढौला को हुटहुटिले त्यो चुक जस्तो अध्यारो रातमा सताइनै रहयो, रातभरको मनभरिको हुटहुटी र एकप्रकारको छुट्टै नमिठो छट्पटिले हजारपल्ट कोल्टे फेर्दाफेर्दा बल्लतल्ल बिहानको पहिलो डाकको कुखुराको भालेको डाक सुनियो, त्यसपछी भने बल्ल अब चै उज्यालो हुनलाग्यो भन्ने आशाले मन अलिक शान्त बनायो, रातभरको सोच्दासोच्दाको छट्पटिमा फिटिक्क निदाउन नसकेको बिहानिको भालेको पहिलो डाक पछी भने मन अलिक शान्त भएर होकी म उज्यालो हुनेबेलामा फुस्स निदाएछु ।

भोलिपल्ट बिहान उज्यालो हुनेबेलामा मस्त के निदाएको मात्रै थिए एकैछिनमा फुपुका घरका सबै परिवारहरु बिउँझीएर हल्लाखल्ला गर्दै आवाज गर्न थाले, कोही बिहानको पूजापाठ र कोही बिहानको घर सफाइमा लागिसकेका थिए, पहाडको ठाउँँ भएपनी शहरी क्षेत्र भएकोले बिहानै देखी बाहिर मान्छेहरुको होहल्ला सुनिन थालेको थियो, हामी बसेको फुपुसासुको घर चरिकोट ओेएल स्टोर र डेपलभमेन्ट अफ उर्बान दिपआर्ट्मेन्ट बिल्डिङको बिचभागको अगाडिपट्टी लामोसाँघु रामेछाप राजामार्गको मुख्य रोडमै घर भएकोले सडकमा हिंड्ने मान्छेहरुको पदचाप र गाडीको घ्यारघुर गरेको आवाज सुनिन थालेको थियो, म सुतेको रुम पूर्वपटी परेकोले पारीपट्टी काभ्रेको नाम्दु बनगाउँको डाडाबाट निस्किदै गरेको कलिलो घामको किरण म सुतेको ओछ्यान सम्म पदार्पण भैसकेको थियो, मंसिर महिनाको चिसो मौसम र बाहिर कराएको चराचुरुङिको यि सबैको आवाजबाट मेरो पनि अकस्मात आँखा खुल्यो, जिउलाई तन्काउदै हाइ काडेर जुरुक्क उठे, झ्यालको पर्दा अझ हटाएर पछाडि तिर नियाले शहर बिहानै उठिसकेको रहेछ, मान्छे भन्दा छिटो शहरको घरहरुको भान्सा कोठाबाट बिहानैको आगोको धुवहाँरु चिया कफी र नास्ता पाकेको संकेत गर्दै उज्यालो भएको प्रमाण पेश गरिरहेका थिए, यसरी जिबनकै पहिलो लामो र अत्यास लाग्दो रात काटेपछी भोलिपल्ट उज्यालो भएपछी बिहानको चिया नास्ता खाएर काठमान्डौ फर्किने तर्खरमा लाग्यौ, हिंड्नेबेला सम्म फुपुसासु खाना खाएर मात्रै जावो भनेर कराउदै हुनुहुन्थ्यो तर मलाई भने त्यो ठाउँ कहिले छाडौ र मनभरिको बोझलाई हलुका बनाएर लामो श्वास तानौ जस्तै भएकोथियो, तर धन्न सासुआमाले पनि खाना खाएर हिंडेपछी बाटमा गाडीको धुवा धुलो र हल्लाइले वाकवाकी लागेर बमिट हुन्छ बरु भोक लागे बाटोमै खाने भनेर भनिदिनुभएकोले मलाई केही राहत मिलेको थियो, किन कि जतिसक्दो म त्यो ठाउँ छोडेर एउटा जेलबाट छुटेको कैदी जतिकै स्वतन्त्र महसुस गर्न चाहन्थे, हिंड्ने बेलामा पहाडको गाउँको सागसब्जी मिठो हुन्छ भन्दै फुपुसासुले भएभरको पोकोपन्तुरा कसिदिनुभएको थियो, बडेमानको झोलामा स्कुस, रायोको साक, कालो मास, भट्ट आदी केके हालिदिनुभएको थियो, अन्ततत हामी फुपुको घरबाट बिहानको आठबजे तिर निस्कियौ, निस्कदा सागसब्जी बोकेको झोला धेरै र ठुलो भएकोले दक्षिणपट्टी रहेको बसपार्कसम्म पुर्याउनलाई फुपुसासुको छोरा जेठाजु भिमदत्त र वहाँको छोरा निरजदत्त देवरबाबु आउनुभएको थियो, बसपार्क घर देखी अलिक तलैपर्थ्यो, बसपार्क लामोसाँघु रामेछाप राजामार्ग र चरिकोट लामाबगर सडकको मिलनबिन्दु नेपाल क्रेडिट एन्ड कमर्सियल ब्याङ्कको अगाडिपटी मेनरोडमै थियो, त्यसपछी हामी पुन पाचौ दिनको बिहान अन्तत बाटो लाग्यौ काठमान्डौको लागि भनेर, जबसम्म हामी घरबाट निस्किएका थिएनौ तबसम्म एउटा नजानिदो त्रासैत्रासले गाजेझै भयभित थिए म, तर जब घरदेखि निस्कियौ मैले केही राहत काम भएको महसुस गरे, अनी जबसम्म बसपार्कमा पुगेर बसमा चढिएन त्यहा पनि एक सुसुप्त भयले सताइनै रहेकोथियो, तर जब बसको टिकट काटेर बस भित्र छिर्यौ त्यसपछी भने एउटा लामो श्वास फेरे मैले, अनी बिस्तारै गाडी गूड्न लाग्यो, अनिभने पूर्णरुपमा मा भयरहित र् सुरक्षित भएको अनुभुति भएको थियो मलाई, सन्तान हुने मोहले बाध्यताबस मलाई कहाँकहाँ पुराएको थियो, शायद जिबनमै सबैभन्दा धेरै डर र त्रास बोकेको क्षण नै मेरो यही थियो होला, अनी यो म जिबनभर बिर्सन सक्दिन र चाहेर पनि म यो भुलाउन पनि सक्दिन, यो एउटा मेरो जिबनकै नमिठो सपना जस्तै थियो तर वास्तबिक जिबनको भोगाइ, बोल्दाबोल्दै चन्द्र पुन सुन्सान भैन, शायद बोल्दाबोल्दै अतितले उस्लाई घोचेको हुनुपर्छ, मैले यस्तै सोचेर एकछिन चुप लागेर केही भनिन, केही सोध्ने आँट पनि गरिन, तर एकमिनट जतिको मौनता पछी पुन चन्द्रा आँफै बोलिन ।

बिहान नौ बजेतिर गाडीमा चढेको भएपनी हामी काठमान्डौ बेलुकी सात बजेतिर मात्रै पुग्यौ, जाडो महिनाको छोटो दिन भएकोले साँझ झपक्कै परिसकेको थियो, गाडी कोटेश्वर पुगेर अडियो, सासुआमा र म मात्रै भएकोले सकिनसकी बसबाट झोला र सब्जिको भारिहरु निकालेर एउटा ट्याक्सी खोजेर बल्लतल्ल रातिको साडेआठ बजेतिर मात्रै घरमा पुग्यौ, घर पुग्दा पल्ला घरको नरमाया काकिको छोरी शिला आएर खाना पकाएर ठीक्क पारेर राखिदेको रहेछ, पुगेर एकछिन पनि थकाई नमारी लुगा फेरेर खाना खानु बस्यौ घरका सबैजना, वहाँ चै खाना खाइसकेर रुम गैसक्नुभएको थियो, सासु र म खाँदैथियौ, यसै बिचमा खाइसकेर उठेर हात चुठ्न जानेबेलामा ससुरा बा सासु तिर हेर्दै कड्किएर बोल्यो, काम बनोस बनेर पठाएको उल्टै काम बिगारेर आयौ होइन भनेर टेबलको पानीको लोटा उठाउदै बाहिर निस्किए, ससुराले त्यती भन्ने बितिकै मलाई मनमा चिसो पस्यो, शायद त्यो असती पापी पूजारिले ससुरालाई फोन गरेर सबै भनेको हुनुपर्छ, के के भयो भनेर, नत्र किन यसरी सबै काम बिगारएर आयौ हैन भन्दै सासुलाई गाली गर्थेत, त्यतिकुरा सुनेपछी मलाई पनि खान खानु मन लागेन, हात चुठेर जुठोभाडा गर्न तर्फ लागे म, सासु हात धुएर रुम तिर लाग्यो, घरको सबै धन्दा सकेर थकित भएर एकछिन टिभीरुममा गएर थकाई मारे, पन्द्र बिसनेट जती बसिसकेर सुत्नको लागि भनेर आफ्नै रुम तर्फ लागे, रुममा पुग्दा वहाँ ल्यापटमा बसेर अफिसको केके काम गर्दै हुनुहुदोरहेछ, मलाई भित्र प्रबेश गरेको देख्ने बित्तिकै तातोपानी तताएर ल्याउ ल्याउ भन्नु भयो, म पुन किचेन तर्फ गएर तातो पानी तताए, पानी तताइसकेर थर्मसमा लगाउदै एउटा गिलास पनि संगै ल्याएर वहाँको टेबलमा लगेर राख्दै एक गिलास तातो पानी वहाँको अगाडि राखिदिदै भने, काम सकिएन, थाक्नुभाको होला, बरु अहिले सुतेर बिहान अलिक छिटो उठेर गरेपनी त हुन्थ्योनी, शायद मेरो कुरा सुनेर होकी नसुनेरै बुझे झै गरेर मेरो अनुहार तिर पनि नहेरी तिमी सुत्दैगर मेरो अलिकती काम छ भन्नुभयो, म केही बोलिन, चुपचाप ओछ्यानमा गएर पल्टिए, बेडको अर्कोपट्टी पल्टिएर,पुन मनमा कुरा खेलाउन थाले, एकातिर पूजारिको त्यो हर्कतले तनाबयुक्त भएकोथिए, अर्कोतिर गाडीको पहाडी बाटोको लामो यात्राको थकान, तरपनी निदाउनुको सट्टा उल्टै मनमा केके केके नचाहिने कुराहरु खेलिरहेको थिए, मनमनै सोच्दैथिए, पाँच दिनपछी श्रीमती बाहिर गएर आउँदा पनि कुनै खोजखबर छैन, कस्तोभयो यात्रा, केभयो, केके भने, सोध्नुको सट्टा उल्टै घरमा पनि आधारातसम्म अफिसकै कामको चिन्ताछ वहाँलाई, हैन यो लोग्ने मान्छेहरुलाई कुनै पिरचिन्ता हुँदैन कि क्याहो, के भएजती सबै पिरचिन्ता चै हामी आइमेइ मान्छेले मात्रै लिनुपर्छ हो, माया भनेको केहो प्रेम भनेको केहो, सहानुभुती भनेको केहो, के केही थाहा हुन्न यि लोग्नेमान्छे हरुलाई, कि सबै थाहा भएर पनि यिनिहरु थाहा नभएको जस्तै गर्छन, आखिर यो लोग्नेमान्छेहरु केले बनेका हुन्छन, यदी हामी छोरीमान्छे जस्तै काँचो शरीर र आलो रगतले बनेको हुँदोहोत संबेदना हुनुपर्ने हैनर यिनिहरु भित्र, आखिर यिनिहरु बनेका चै केले हुन्छन, जो काठोर पत्थर जस्तै हुन्छन, सम्झेको थिए, केके भयो, के भने भनेर सोध्नुहुनेछ, अनी सबै बताउनेछु भनेर कल्पनामा आस गर्दैथिए म चै, तर बाटभरी जस्तो सोच्दै आकोथिए, ति सबै ठीक उल्टो भैदियो, न केही सोध्नुभयो न म आँफैले केही सुनाउने हिम्मत गरे, यदी सबै कुरा केके भयो र के हुन लागेको थियो भनेर मैले सुनाउन खोजेको थिएभने पनि उल्टै म पतित भएर आन्धबिस्वासमा कसैको हवसको सिकार भएर फर्किए कि भन्ने संका-उपसंका गर्थेहोला, उल्टै चाहिदो-अचाहिदो मनमा कुरा ल्याएर हुनेनहुने सोध्नुहुन्थ्यो होला, यस्तै सोच्दै मैले पनि आँफैले भएको त्यो हर्कत र घटना सुनाउन सकिन, तर म भने आँफै भित्रभित्रै त्यो सम्भावित दुर्घटनाले बिछिप्त बनेको थिए, कस्लाई भनम कस्लाई सुनाउ भएको थियो, तर अफसोच मैले सुनाउने र भन्ने ठाउँ कतै थिएन, बरु कसैलाई सुनाउनुको सट्टा भित्र आँफै जलेर निभ्नुको बिकल्प पनि थिएन म संग, त्यसैले त्यो दिन न मैले केही भन्न सके, न वहाँले सोध्नु भयो केही केके भयो भनेर, वहाँ भने आधारातमा आफ्नै काममा ब्यस्त हुनुहुन्थ्यो, म भने घिल्लो दिनको निन्द्रा र दिनभरिको गाडीको थाकनले एकछिनमै निदाए ।

भोलिपल्ट बिहान उठेर उही सदाको जस्तै दैनिक घरको धन्दा, बिहानै उठ, घर सफासुघर गर, बिहानै सबैको लागि नास्ता खाजाभुजा बनाउ खुवाउ, त्यसपछी बिहानको खानापिना बनाउ अनी फेरी उही घरधन्दा अनी ससुराको कचकच, सँधै उस्तै, उसैगरी लगतार, पहिलेको भन्दा झन किचकिच र सराप बढेको थियो, एकदिन मेरै निहुँमा सासुआमाले ससुरालाई मार झापार्नु भयो मेरै अगाडि, तिमी बुढाले बिर्स्यौ, मैले पनि त तिमी संग बिहे गरेर सात बर्ष पछी मात्रै छोरोको जन्म दिएको थिए भनेर, यस्मा उस्को केको दोश, बुहारी लाई सँधै नराम्रो गाली दिन सक्ने र अलछिनी भन्न सक्नेले कहिले सोच्यौ, उ पनि कसैको छोरी हो भनेर, हाम्री छोरी बिहे भएर गएको एघार बर्षपछी मात्रै जेठो नातीको जन्म भाको हो भनेर भुल्यौ, एघार बर्षसम्म आफ्नो छोरीले जायजन्म नदिएपछी के बुहारी लाई जस्तै यस्तै रातदिनको गालीगलौज र अपमान गर्यौ, यदी गरेनौ भने उ पनि कसैको छोरी हो, हामीले सोच्नुपर्दैन, यस्मा उस्को के दोश, सन्तान जन्माउनु वा नजन्माउनुमा, दुइदुइ पटकसम्म बच्चा गर्वमा आकै हो, अब गर्वमा बच्चा आउँदाआउँदै पनि नबसेपछी त्यो आआफ्नो भाग्यको खेल हो, कर्ममा जे लेखेकोछ त्यो भएरै छाड्छ, तिमीले रातदिन बुहारी लाई सत्तोसराप गरेर तिम्रो लागि भनेर भर्खरै बच्चा उस्को पेटबाट फुत्त निस्कन्छ, तिमीले यो किन सोचेनौ कि कतै कम्जोरी तिम्रो छोरामा पो छ कि भनेर, आफ्नो छोरामा कम्जोरी छकी भनेर नसोच्नु चै के तिमीहरु लोग्ने मान्छे भएकै कारनले हो, यसरी सासुआमा कराउनुहुँदा ससुरा आँगनको डिलमा बसेर सुर्ती तान्दै आकाश तिर धुवा फ्याकेर, त धेरै बाठी नहो है भन्दै कड्किदै थियो, सासुले बोलेको त्यो हरेक एक एक शब्दमा मैले सासुआमा हैन, साचिकै साक्ष्यात मलाई जन्म दिने आमाको आक्रिती देखिरहेको थिए, मैले सासु नपाएर जन्म दिने आमा भेटेको थिए, शायद त्यसैले भनेको होला नारिको पिडा अर्को नारिले मात्रै बुझ्न्सक्छ भनेर, हुनत अरुदिन पनि मलाई मेरो सासुले कहिलै केही नराम्रो गाली गर्नु सराप्नु भएन बच्चाकै बिषयलाई लिएर, बरु सँधै सम्झाउनुहुन्थ्यो, पिर नगर, आ-आफ्नो भाग्य कर्मको खेल हो, तिमीहरुको अझै उमेर छ, आज नभए भोली हुनसक्छ, भोली नभए पछी हुनसक्छ, तर एकदिन न एकदिन त कसो नहोला, बिहे गरेपछी एउटी नारिको कोखमा सन्तान दिनुपर्छ भनेर भगवानलाइ पनि थाहा होलानी, आखिर तिमीहरुको उमेरनै कतिनैपो भाकोछर, बल्ल त तेत्तिस पुगिस, तेरो बुडो अझ त भन्दा एक बर्ष कान्छो हो, भर्खरै बत्तिस बर्षको भयो, लोग्नेमान्छेहरु जिबनभर सन्तान दिनसक्छन, आतिनुपर्ने केही कारण छैन, यस्तै यस्तै भनेर सम्झाउदै मेरो मनलाई सितल्ता भरिदिन्थिन, त्यसैले मैले त्यो दिन देखी सासुमा सासु हैन एउटा भगवान देख्न थाले, वहाँको म प्रतिको सदासयता र माया देखेर म आँफै आफ्नो रुममा छिरेर क्वाँक्वाँ गरेर रुन थालेछु, त्यो दिन देखी म साचिकै मेरो सासु प्रती नतमस्तक छु र सँधै भैरहनेछु, र वहाँ मेरो लागि जन्म दिने आमा भन्दा पनि वहाँ भगवान बनेर रहिरहनुहुनेछ, मैले कतै सुनेको थिए जन्म दिने आमा भन्दा कर्मदिने आमा महान हुन्छिन भनेर, हो यतिबेला मलाई यस्तै महसुस भएको थियो,  साचिकै मलाई मेरो सासुआमा कर्म दिने महान आमा भएकिथिन ।

चन्द्रा बोल्दैथिन, मैले मोबाइलको घडी हेरे, रातको बार्ह बजिसकेको रहेछ, यता रातको बार्ह बज्दा नेपालको पौने तीन बजिसकेको हुन्छ, त्यसैले मलाई पनि अगिल्लो दिनको थाकनले निन्द्राले च्यापिसकेको थियो, उता नेपालमा पनि उज्यालो हुनै लागिसकेको थियो, मोबाइलको घडी हेरिसकेर बोल्दै गरेको चन्द्रालाई बिचैमा रोकेर भने, आजलाई सुतौ है चन्द्रा जि, बाँकी भोलीपर्सी सुन्दै गरौला, तर सुनाउनु चै पर्छहै, अब यहाँसम्म त सुनाइसकेपछी, त्यता पनि उज्यालो हुनलाग्यो, हजुरलाई पनि निन्द्राले सतायो होला, सुत्न पनि नदिकन तपाईंको भोगाइ र पिडाहरु सुनाउन कर गरिरहे, सरि है चन्द्रा जि त्यसको लागि, मैले माफि मागेको भावमा औपचारिकता निभाउदै छुटिनलाई आग्रह गरे, उताबाट चन्द्रा बोलिन, हैन ठिकैछ सर, माफि माग्नुपर्ने कारण केहीछैन, मैले सुनाउछु भनेर नै कयौ दिनदेखी कोशीस गर्दैथिए, बस सुनाउन समय मिलिरहेको थिएन, हिजो र आज ढुक्कले सुनाउन पाए, बरु तपाईंलाई सुनाउन पाउदा जिबनभर मैले भोगेको पिडा र दु:ख हलुका जस्तो महसुस भएकोछ मलाई पनि, मलाई आशाछ, तपाईंमा राम्रो लेखनकला छ, मेरो भोगाइलाई सिगारेर मलाई आजिबन जिउदो बनाउनुहुनेछ भन्ने आसा गरेकोछु अनी त्यहा तपाईं पनि मेरो कथाको कथाकार बनेर जिबन्त रहनुहुनेछ, तर थाहाछ हजुरलाई, मत निन्द्रैमा बोलि रहेकिरहेछु, केके सुनाए कुन्नी निन्द्रामा थाहानै पाइन, कुरा टुङिन नपाउदै खितितिती हासिन, खै मैलेत उपन्यास पढे जस्तै लाग्यो, आँखा खोलेरनैत भन्नुभाको होलानी, मैले यहाँबाट देख्ने होइन क्यारे, उस्को जवाफ फर्काउदै मैले भने, त्यसपछी भने फेरी चन्द्रा बोलिन, ठिकैछ आज यता पनि उज्यालो हुनलाग्यो, अब एकछिन भएपनी आराम गर्छु, हजुर पनि सुत्नुहोस, हिजोको थकान होला तपाईंलाई पनि, बरु उता घरमा पुगेपछी बाँकी काहानी कलमा बोल्न नपाए पनि मेसेजमा लेखेर पठाइदिन्छु, चन्द्राले पनि छुटिने अनुमती मागिन, हामी दुबैले अहिलेलाई छुटिने निधो गरेर एक अर्कालाई शुभरात्री गूड्नाइट भन्यौ, गूडनाइट चन्द्रा मैले भने, उताबाट चन्द्रा हाँस्दै बोलिन गूडनाइट हैन गुडमर्निङ भन्नुहोस, यता उज्यालो भैसक्यो, ओके गुडमर्निङ्ग, मैले हाँस्दै जवाफ फर्काए, गुडनाइट सर हजुरलाई पनि, चन्द्राले पनि गुडनाइट विस गरिन र दुबैजना छुटियौ, म पनि मोबाइलको नेट डाटा अफ गरेर सुते ।


रचना- अर्पण योन्जन (शिरिष) 
मिती- १५,१६ र १७ मंसिर २०७८ 
तदनुसार- १,२ र ३ डिसेम्बर २०२१

Saturday, November 27, 2021

कथा- भाग- १५, एउटा प्रेम यस्तो पनि ।


नोबेम्बर महिनाको दोश्रो हप्ता अर्थात नेपाली मिती अनुसार मंशिर महिनाको पहिलो हप्ता एक गतेको दिन रातभरीको डिउटी गरेर थकित भएर निन्द्राले थाकेको अवस्थामा रुम आएर मस्त निन्द्रामा निदाइरहेको थिए, तर अचानक बिहान दश बजे तिर अफिसबाट एउटा कल आयो, कल ह्युमन रिसर्च डिपार्ट एच आर बाट आएको रहेछ, कल रिसिभ गर्दै हेलो भने, उताबाट हौ सेवारो है भन्ने आवाज आयो, फोनमा बोल्ने आफ्नै साथी रहेछ, हामी साथी साथी बिचमा सम्धी भनेर बोल्छौ, सम्धी साप सुत्नुभाको थियो होला सरि है, उताबाट साथीको आवाज थियो, हौ सेवारो सम्धी साप, भन्दै मैले जवाफ फर्काए, सम्धी साप कती कामले फोन गर्नुभाको होला कुन्नी, मैले आसाय राखे, उताबाट मेरो आसायको जवाफ दिदै साथी बोल्नुभयो, सम्धी साप हजुरले अर्को हप्ता दुई हप्ता जतिको लागि राबिघ जानुपर्ने भयो, किन र सम्धी साप, पुन प्रश्न गर्दै बोले म, त्यहाको प्रोजेक्ट सकिएको धेरै भयो तर त्यहाबाट केही बाँकी रहेको सरसामन आएको छैन, शायद केही अफिसियल सरसामन र केही स्टिल मटेरियल र पोर्टेबल क्याबिन होला, त्यो सबै क्लियरन्स गरेर ल्याउनुपर्ने, फेरी त्यहा सेफ्टी सुपरभाइजर पनि चाहिन्छ, आराम्कोको सर्टिफाइड तपाईं मात्रै हुनुहुन्छ त्यो सबै ल्याउनलाई जानुपर्ने भयो, एकैसासमा भनी टुङ्याउनुभयो वहाँले, कोको जान्छन, अनी कहिले हिंड्नुपर्ने पुन सोधे मैले, वर्किङ्ग क्र्यु १०/१२ जना हुन्छ होला साथमा प्रोजेक्ट इन्चार्जको रुपमा सामी मोहम्मद जान्छ र तपाईं क्र्यु सुपरभाइजर र सेफ्टी सुपरभाइजर को रुपमा जानुपर्ने भयो, तपाईं त पहिले पनि त्यहा बस्नु भएकोले त्यहाको नियम केही थाहा भएकोले तपाईंलाई पठाउन लागेको बाङ्गेले, बाङ्गे हामी नेपाली र इन्डियनहरुले हाम्रो कम्पनिको अपरेसन मेनेजरलाई भन्थ्यौ, किनकी उ एउटा खुट्टा खच्याउदै हिंड्ने हुनाले सबैले उस्को पछाडिबाट बाङ्गे भनेर कुरा काट्थ्यौ, मत डिउटिमा भएको मान्छे कसरी जानेत अनी सम्धिसाप, बरु कुनै नोटिस जारी गर्नुहोस्न है मेरो नाममा मैले आसाय राखे, किनकी बिना नोटिस जादा पछी भब्यतब्य केही भयो भने आफुले भन्ने ठाउँ पाइन्न, अफिसियल पेपर पाएपछी एउटा प्रोजेक्टमा काम गर्दागर्दै अर्को प्रोजेक्टमा जानुपर्दा आफुलाई भनाइ आउने रिक्सबाट बाँच्नलाई सजिलो हुनेहुनाले मैले कुनै मेमो जारी गर्न भने, उताबाट सम्धी साप बोल्दै भन्नुभयो, त्योत पिर नगरनुहोस्न म बनाएर हजुरको हातमा ल्याइदिन्छु, मैले हुन्छ भन्दै जाने अनुमतिदिएर म पुन सुते । 


भोलिपल्ट बिहान म डिउटिबाट पुग्ने बित्तिकै अफिसबाट मेरो नामको मेमो पत्र आयो, मैले पत्र बुझे, मेमो भनेको नेपालमा केहीदिनको लागि कर्मचारी काजमा जादा वा खटाउदा दीइने आस्थाइ सरुवा र जिम्मेवारी पत्र जस्तै हो, त्यसपछी पत्र बुझेको पांचौ दिनमा हामी आठवटा ठुला र लामा ट्रेलर ट्रक तिनका ड्राइभर, अनी पन्द्रजना कामदार सहित राबिघ तर्फ लाग्यौ, अर्थात बाइस नोबेम्बर २०२१ का दिन, बारह जना काम्दार र ड्राइभर गरेर माइक्रोभ्यानमा एघारजना र ल्यान्डक्रुजर ठुलो कारमा हामी चारजाना चढेर आफ्नो गन्तब्य तर्फ लाग्यौ, राबिघ साउदी भुगोलको अन्तिम बोर्डर नजिक पर्छ, जहाँ रेड सि ले वारी र पारीको सिमाना छुट्याइएको समुन्द्रको किनरको छेउमा रहेको लाम्चो आकारमा फिजारिएको सानो शहर हो, जुन शहरको एकसय त्रीसट्ठी किलोमिटर पूर्वपट्टी साउदीको पुरानो राजाधानी शहर जेद्दा छ भने, त्यसको ठीक एकसय असी किलोमिटर पश्चिममा अन्तिम शहर यान्बु अवस्थितछ, राबिघ देखी देब्रे पश्चिमपट्टी अरेबियन सागरको दोस्रो ठुलो समुन्द्र रेड सि महासागर अवस्थित छ, जुन महासागरको पश्चिममा पारीपट्टी इजिप्ट, इथोपिया, सुडान र सोमालिया पर्छ, भने त्यस्को उत्तरी पस्चिममा इजरायल र जोर्डन पर्छ, र दक्षिणमा यमन देश पर्छ, समुन्द्रको छेउमा पूर्ण सेक्युरिटिको साथ ठुलाठुला केमिकल इन्डस्ट्रीयल प्लान्ट हरुछन, जहाँ राबिघ बुल्क प्लान्ट भनेर चिनिन्छ, समुन्द्रबाट मन्थन गरेर निकालिएको कच्चा पदार्थलाई यहाँ प्रसोधन गरेर, बिभिन्न प्रकारको तेल, केमिकल, ग्यास, पोलिप्रोप्लिन केमिकल र सल्फर एसिड हरु उत्पादन गरिन्छ, मट्टितेल देखी लिएर प्लेनमा लगाइने प्लेनको इन्जिल वेल र फ्युअल पनि यही उत्पादन गरिन्छ, यहाँ हाम्रो कम्पनिको पनि कन्ट्राक्टरको रुपमा काम थियो तर यहाँ काम सकिएर अधिकाम्स सरसामन निकालिएको थिएन, त्यही सामनहरु निकाल्न लाई हामीहरु आज त्यता रवना हुँदैथियौ, म यो भन्दा पनि पहिले दुईबर्ष अगाडि बसिसकेको थिए, २०१५ र २०१६ मा, त्यसैले यहाँको भौगोलिक अवस्था र प्लान्टको नियम कानुन मलाई थाहा भएकोले यो टिमसंग मलाई पठाइएको थियो ।


दमाम, रियाद, मदिना र मदिनाको नयाँरुट हुँदै यान्बु प्रबेश हुने पश्चिम प्रोभिन्स तर्फको यात्रामा हाम्रो दिनको एकबजे यात्रा छुट्यो रासतनुरा रहिमा बाट, झन्डै पाँच बर्ष पछी म लामो यात्रामा निस्कदै थिए, लामो यात्रा मलाई खुब मन पर्छ, यात्रामा आउने ठुलाठुला र टाढा सम्म घरहरु नदेखिने अनकन्टार बालुवाको मरुभुमी अनी हावाले बालुवा उडाएर थोपरेर बनेको बालुवाको अग्लाअग्ला राता र खैरा रंगका पिरामिडहरु मलाई असाध्यै खुब मन पर्छ, चारैतिर बालुवाको मरुभुमी तिनका बिचबाट लम्पसार परेर सुतेको काला पक्की अलकत्रे सडक हेर्दै मनमोहक लाग्ने, मानौ त्यो द्रिश्य हेर्दा त्यो कालोपत्रे सडकको अन्त्य कहिछैन, टाढासम्म नियालेर हेर्दा सिधै आकाशमा गएर जोडीए जस्तै लाग्ने, तर जतिजती अगाडि बड्दै गयो उतिउती त्यस्को लम्बाइ बड्दै जाने, बेलाबेलामा बाटको दुबैतर्फ देखिने काला रंगका पत्थरहरुको ठुला र साना पहाडहरुले उस्तै मोहक्ता थपेको हुन्थ्यो, ठाउँठाउमा भेडा बाख्रा र उट चर्दै गरेका द्रिश्यले झन सुन्दरता थपेको देखिन्थ्यो, बाटका दुबैतर्फ घरिघरी सानाठुला गाउँहरु पनि आउँदाथे तर ति सबै गाँको नाम हरु भने मलाई थाहाभएन, गाउ के भन्नु, यहाँको गाउँ भनेको हाम्रो तिरको कुनै ब्यबस्थित सानो शहर जतिकै चिटिक्क हुन्छन,अनी गाउँ भन्ने बितिकै हाम्रो नेपालको जस्तो पहाड अनी तिनका बिचमा तरेली परेका बारीका कात्ला बिचबिचमा खरका र टिनका छाना भएका घर भएजस्तो नहुने, ब्यबस्थित र डिजाइन गरिएका घरहरु हुन्छन, चिटिक्क परेका दुई वा तीन तला सम्मका घरहरु, पूर्वयोजना अनुसार पार्कहरुको ब्यबस्थापन गरी बनाइएका उस्तै सुन्दर र चौढा सडक, पेटी र पार्किङ स्थलहरु, यहाँ हरेक भौतिक श्रोत साधनहरु पूर्वयोजना अनुसार नै बनाइएका हुन्छन, ठीक ठाउमा, सपिङ महल, ब्याङ्क, होटल रेस्टुरेन्ट पार्किङ मस्जिद, र गाडीमा भरिने इन्धन फ्युअल स्टेसनहरु, यि सबैको आ आफ्नो स्थानमा चिटिक्क पारेर बनाइएका हुन्छन, साना तर सुन्दर र ब्यबस्थित देखिने यि शहरहरु जस्तै हामी नेपालीको पनि कल्पना हुन, सपना हुन, जुन हाम्रा देशका नेताले चुनाबताका भोट् माग्न आउँदा स्मार्ट सिटी र मोनो र मेट्रो रेलका सपना देखाउने स्वर्गहरु शायद यिनै गाउंका नमुना हुन, सपना हुन, तर हाम्रो लागि यस्ता भौतिक पूर्वधारहरुको बिकास र योजना अनी उत्पादन भनेका हाम्रा लागि दन्त्यकथाका कथा जस्तै हुन, चुनावमा बाचा गरेका काम पुरा गर्न त टाढाको कुरा हो हाम्रो लागि अझ हाम्रा नेता भनौदाहरु अर्को चुनाव न आउँदासम्म देखासम्म पर्दैनन, भने भौतिक पूर्वधार बिकासको मेरुदण्डत हाम्रो लागि कागजमा कोरिएका फगत एक तस्बिर वा सपना मात्रै हुन । 


नोबेम्बर महिनाको दोश्रो हप्ता जाडो मौसम पलाएर चिसो बातवरण गाडीको झ्याल सिसाबाट बाहिर नियालेर हेर्दा पनि घमाइलो लाग्ने खालको रमाइलो पन, थोरै गाडीको झ्याल खोल्दा पनि बतासिएर आउने चिसो हावाको झोका अनी तिनले गाला नाका कान नै चोमोटे जस्तै चिमोटेर चिसो बतासले शरीर नै सिरिङ्गग हुने गरेर हान्ने, जतिजती गाडीको रफ्तार अगाडि बड्थ्यो उतिउती रमाइलो र मनमोहक लाग्थ्यो मलाई, यात्रा कहिले नटुङियोस झै रमाइलो लागिरहेको थियो, र, हामी दिनको एकबजे हिंडेको साँझको सात बजे तिर एउटा अलड्रेस लेखिएको पेट्रोल स्टेसनमा गएर गाडीमा इन्धर भर्न थालयौ र हामी पनि बेलुकिको खाना खाने तर्खर तर्फ लाग्यौ, सबैले आआफ्नो मनपसन्दी खाना मगाएर खायौ, कसैले रोटी तरकारी खाए भने कसैले खाब्सा राइस मगाएर खाए, कसैले बिर्यानी मगाएर खाए, मलाई चै अल्फाम चिकेन खुब मन्पर्छ, चिकेनलाई बार्बिक्यु बनाएर बनाइएको हुन्छ, यात्रामा मन पर्ने खानाहरुमा यो मेरो मनपर्ने खाना भित्रपर्छ, केही समयको ब्रेकमा खाना खाइसकेर हामी पुन आफ्नै रफ्तारमा पश्चिम तर्फ हानियौ, गाडी पुन उसैगरी एकमासले दौडिन लाग्यो । 



जतिजती रात धर्तिमा झर्दै जान्थ्यो उतिउती चिसो बड्दै जादैथियो, धर्तिमा ओर्लिएको कालो रात र चिसो मौसमले दिनभरिको रमाइलोपन अब बिस्तारै हराउदै जादैथियो, दिनभरिको तातो घामले ओइलाएको साग जस्तै मन बिस्तारै ओईलाउदै थियो, दिनको उज्यालोमा देखिएको बालुवाको खुला मरुभुमी र सानातिना होचा अग्ला पहाडहरुको मनमोहक द्रिश्यहरु पनि हराउदै गएकोथियो, अब बिस्तारै रात छिपिदै जादा सडकमा गाडीहरुको एकोहोरो आवाज बाहेक केही थिएन, नौ बजेतिर मलाई बिस्तारै निन्द्रा लाग्नथाल्यो र गाडीको सिटलाई पछाडि पारेर सिटबेल्ट दरो कसेर निदाउन तर्खरमा लागे । 


रातको चकमन्नता चिसो मौसम अनी गाडीको एकोहोरो आवाज र गाडीमा बजेको अरबिक गितले भनेजस्तो सुत्नै दिएकोथिएन, सुत्नुको नाम मात्रै आँखा उघार्दै चिम्लिदै गर्दै थिए, निदाउनु खोज्नु मेरो प्रयास हुन्थ्यो भने नबुझिने अरबिक गितको धुनको बाजा र चिसोले सताएर घरि यता त घरि उता सिटमै कोल्टेफेर्दै निदाउने असफल कोशीस गर्दैथिए, प्रयास गर्दागर्दै यतिकैमा गोजिमा भएको मोबाइलको नोटिफिकेसनले घुरघुर गर्दै निदाउन लागेको आँखालाई झन निन्द्रा नै बिथोलिदियो, मोबाइल भाईबेरेसनमा राखेकोहुनाले लगतार तीनचार चोटि बजिरहदा पनि वास्तै गरिन, अन्तिममा लगतार मोबाइल बजिनैरहयो, त्यसपछी भने यतिराती कस्ले कल गर्‍योकी मेसेज भन्दै भुन्भुनिदै मोबाइल गोजिबाट निकालेर हेरे, नभन्दै टुइटरको एप्समा हरियो सिग्नलको नोटिफिकेसन देखे, मोबाइलको स्क्रीन खोलेर हेरे, डिएममा मेसेजको हरियो बत्ती देखियो, कस्ले मेसेज गरेछ यतिराती भन्दै मेसेज खोलेर पढे, मेसेज चन्द्राले गरेको रहेछ, हेलो, हेलो, ओ हेलो, हाइ, नमस्ते, हजुरको नाइट डिउटी होकी डेमा हो आजभोलि, निदाउनुभएको हो, किन जवाफ नदिनुभएको, शायद निदाउनु भयोहोला, सरी है मैले हजुरको निन्द्रा बिगारिदिने कोशीसगरे, मेरो कुनै प्रतिकृया नपाएपछी उस्को लगतारको मेसेजले गर्दा मोबाइलमा लगतारा नोटिफिकेसनको आवाज आएको रहेछ, मेसेज हेर्न नपाउदै मैले हाइ लेखेर पठाएँ, उता उनी सुतेकै रहेनछिन, मेरो मेसेजको लगतै मेसेज हेरेको राइट सिम्बोलको टिक मार्क हरियो धर्को देखियो, हरियो धर्को देखिनेबित्तिकै उताबाट चन्द्राले अर्को मेसेज गरिन, नमस्ते, सञ्चै हुनुहुन्छ, उम सञ्चै छु अनी तपाईंलाई मैले सोधे, म पनि सञ्चैछु, चन्द्राको पुन अर्को मेसेज आयो अनी दसैं तिहार कस्तो भयो हजुरको, खासै केही भएन, मुस्लिम कन्ट्री हो, अन्य धर्मको फेस्टिबल आउँदा बिदाहुन्न यहाँ , बस डिउटी जाउ अनी आउ यसरी नै बित्यो यो पल्टको दसैं तिहार चै, मैले जवाफ फर्काउदै भने, अनी तपाईंको कस्तो भयो, मैले सोधे, हाम्रो पनि राम्रै भयो सबै रमाईलै बित्यो यो पल्टको दसैं तिहार, चन्द्राले जवाफ फर्काइन, अनी यतिराती कसरी सम्झनु भयो, घरमा सबैजना संगै होइनर, मैले सोधे, पानी प्यास लागेर बिउँझीएको थिए, पानी पिएर निन्द्रा लागेन अनी हजुरलाई सम्झिएर मेसेज गरेकी, अनी अस्ती तिहारमा माइती आएको थिए, छैट पर्ब मनाएर जानेभनेर बसेकी, अब छैट पनि सकियो भोली लाग्छु घर तिर, चन्द्राको मेसेज आउने बित्तिकै मैले अर्को मेसेज गरे, ओहो यत्रो दिन नसम्झिएको आज सम्झनुभयो है, किन यती राती सम्झनु भयो भनेको त माइतिमा हुनुहुदो रहेछ र पो मलाई सम्झिने पालो आएछ महोदयलाई, मैले ठट्टाको भावमा भने, उताबाट हासोको इमोजी पठाउदै चन्द्राले अर्को मेसेज पठाइन, दसैं र तिहारको ब्यस्त समयले च्यापेर हजुरलाई मेसेज गर्छु भन्दा पनि पाइन, त्यसको लागि सरी तर नसम्झेको चै होइन है सम्झेको छु, त्यही सम्झेरत यतिराती बिउझदा पनि मेसेज गरेकिनी, चन्द्राको अर्को मेसेज नआइपुग्दै पुन अर्को मेसेज गरिन, हैन तपाईं डिउटी मै होकी रुममा सुत्नुभएकोछ, गाडी हिंडेको जस्तो आवाज सुन्छुत, हजुरको सहि अनुमान, म यतिबेला यात्रामै छु, केहीदिनको लागि म अर्को प्रोजेक्टमा जादैछु दुइतिन हप्ताको लागि, मैले जवाफ फर्काए ।


हाम्रो संबाद केही लम्बिएला जस्तै लाग्यो, र, केहीछिनको मेसेजिङ संबादपछी पुन मेसेज लेख्दै भने मैले, गाडी भित्रछु मेसेज लेख्न अलिक अफ्ठ्यारो भयो, बोल्न मिल्छ भने कल गर्नुहोस् अनी ढुक्कले बोलौला, गाडीमा भएकोले गर्दा मेसेज गर्न पनि अलिक अफ्ठ्यारो भएको छ, गाडीको हल्लाइले गर्दा एउटा लेख्न खोज्दा अर्को हुन्छ, मुस्किलले लेख्दैछु म, मैले आसाय राखे, अफ्ठ्यारो त केही छैन म अर्को कोठामा एक्लै सुतेकिछु बस काखमा बाबु सुतेकोछ, बाबुलाई डिस्टर्ब भएर बिउँझीएर रोला कि भनेर मात्रै हो, उन्ले आफ्नो समस्या राखिन, मैले मेसेजको जवाफ दिदै अर्को मेसेज लेखे बिस्तारै बोलौला, म पनि धेरै दिन देखी हजुरलाई सम्झिरहेको थिए, हजुर नहुनुभएकोले मैले मेरो कथालाई अगाडि बढाउनै सकेको छुइन, हजुर संग कल संबादमा प्रत्यक्ष्य बोलेर धेरै कुरा जानकारी लिनुछ र मलाई मेरो कथा पुरा गर्नुछ, मैले आफ्नो कुरा राखे, लगतै चन्द्राको अर्को मेसेज आयो, ठिकैछ उता कल गर्नुहोस, यसरी चन्द्राको अनुमती पछी मैले व्हाटस एप्स बाट कल गरे, कलको रिङ्ग जाने बित्तिकै चन्द्राले कल रिसिभ गर्दै नमस्ते भनी, मैले पनि नमस्ते फर्काउदै हाँस्दै भने, कतिपल्ट नमस्ते गर्नु पर्ने होर, मेसेज गर्दा एकपल्ट, कल गर्दा अर्कोपल्ट, अनी कल राखेर फेरी एकछिनमा कल गर्नुपर्‍यो भने फेरी अर्कोपल्ट, कतिपल्ट नमस्ते गर्ने होर, कि, दिनभरी नै गरिनै रहने, दिनभरी रातभरी नमस्ते नै मात्रै गरिरहने होकी केहो, चन्द्रा पनि उताबाट बच्चा उठ्ने डरले बिस्तारै सासको भरमा हासी, पुन मैले आँफैले कुराको पोको खुस्काउदै अगाडि बढाए, ल म यतिबेला यात्रामा छु, मलाई पनि बाटो कटाउन सजिलो हुनेभयो, हजुरलाई पनि निन्द्रा नलागेकोबेला रात कटाउन सजिलो हुने भयो, यस्को मत्लब हामी यतिबेला एक अर्काको लागि आवश्यक छौ, ल अब कुरोको गाठी चुरो कुरो सुरु गर्नुहोस, म केही सुन्ने उत्सुक्ता बोक्दै चन्द्रालाई हौस्याउन लागे, दसैं र तिहारको ब्यस्तता पछी चन्द्रा र मेरो भेट भएकै थिएन, कहिले उनी आउछिन र उस्को सबै प्रेम काहानी सुनौला भनेर म झन्डै दुइमहिना देखी बाटो कुर्दै थिए, त्यसैले आजको रातभरको यात्रा र चिसो पनलाई भुलाउने आज मेरो दरो खुराक हुनेभो भन्दै चन्द्रालाई आफ्नो कुरा राख्न भने, तर कुरालाई बुझे पनि नबुझे झै गर्दै चन्द्रा बोलिन, के कुरा गर्ने र यतिराती हैट, आस्चर्य पोख्दै हाँस्दै बोलिन उनी हाहाहा, मैले उनको कुरो टुङ्गी नभ्याउदै भने, उही क्यात, अस्तिको हजुरले भन्छु भन्नु भएको हजुरको प्रेमकहानी, मैले यती भनिसक्दा हासेको ठुलो आवाजले बाबु उठ्छ कि भन्दै चन्द्रा फेरी सास दबाएर हाँस्दै बोलिन, ओहो मान्छेका कत्रा दाउ है, खुब उ यात्रा गर्ने उस्को यात्राको समय कटाउनी साथी चै मलाई बनाउने, मान्छेहरु कहासम्मका बाठो खुब, मायालु र आत्मिय पारामा चन्द्रा बोलीइ, अरु जेजस्तो भएपनी आत्मिय बनाएर बोल्ने चन्द्राको शैली भने मलाई खुब मनपर्छ, उस्को कुरा गराइ नै यती आत्मिय हुनेकी हामी बच्पन देखिनै खेल्दै हुर्किए झै सहजै तरिकाले बोल्थिन उनी, कहिकतै हामी बिचमा केही महिना देखी मात्रै बोल्दै आएका नयाँ परिचित साथी हौ भन्ने छनक नै दिन्नथिन । 


रातको त्यो सुनसानमा जाडो महिनाको चिसोलाई छिचोल्दै गाडी आफ्नै रफ्तारमा उसैगरी कुदिरहेकोछ जसरी दिउसो एक बजे हाम्रो यात्रा रासतनुराह रहिमाबाट सुरुभएको थियो, दिउसो देखिएको रातो र खैरो रंगको बालुवाको उराठ लाग्दो मरुभुमी र लम्पसार परेर सुतेको कालो सडकलाइ यतिबेला चारैतिर बिल्कुलाई कालो र अँध्यारो मात्रै देखिएको थियो, सडकको बिचभागमा त कतै सडकको दुबै किनरामा उभिएको बिजुली बत्तिको पोलले थपेको सुन्दरता भन्दा अरु बाँकी केहीथिएन, गाडीको रफ्तार अगाडि बड्दैजादा बिचबिचमा कहिकतै बेलाबेलामा टाढामा देखिने शहर झै देखिने झिलिमिली बत्ती र बिचबिचमा आउने पेट्रोल स्टेसनको उज्यालो बाहेक अन्य केही देखिदैनथियो, कलमा केहीछिन मौनता छायो, उताबाट चन्द्रा केही बोलिरहेकी थिनन, म पनि यताबाट चन्द्रा नै केही बोल्निन कि भनेर बाटो कुर्दैथिए, केहीछिनको मौनता पछी दुबैतर्फ कुनै कुरा नभएपछी मौनतालाई चिर्दै म आँफै बोले, हेलो चन्द्रा हजुर निदाउनु भयो, नाइ निदाएकी छैन, चन्द्रा बोलीइ, अनी किनत चुपचाप सुनसान, मैले पुन सोधे, के भनौ के नभनौको दोधारे स्थितिमा लामो श्वास तान्दै केही असहज र अफ्ठ्यारो मान्दै चन्द्रा बोलिन, म के सुनाउत हजुरलाई, नसुनाउ भने पनि केही दिन देखी हजुरलाई सुनाउछु भन्दै अहिलेसम्म कुराइ राखे, सुनाउ भने भने पनि के सुनाउ, कहाबाट सुनाउ, कसरी सुनाउ, मैले सबै सुनाइ सकेपछी हजुरले मलाई कसरी मुल्याङ्कन गर्ने हो, योत कस्ती आईमाई रैछे भन्नु होला, अनी हजुरले सुनिसकेर कसैलाई भन्नु भयो र मेरो रामले कतैबाट थाहा पाएभने मेरो अहिलेसम्म को वहाँको म माथिको विश्वाश के होला, हुनत म यो भन्दा अगाडि जुन परिस्थितीबाट गुज्रीए अबत त्यो अवस्था त छैन, यदी थाहानै पाउनु भएछ भने पनि केही भन्ने आट बोकेकिछु, कि भन्नेछु, मनले उस्लाई पाए सरिरले हजुरलाई, मनको लागि उनी मेरो कृष्ण हुन भने तपाईं मेरो राम, अब आँफै भन्नुहोस कि तपाईंको अर्धाङिनी राधा हुँदा कृष्णको मात्रै सपना देख्थि, अब मेरो जिबनमा साचिकै तपाईं राम भएर आउनुभएकोछ, तसर्थ मैले तपाईंको शरीर भएर सिता झै हुनुछ, त्यसैले यतिबेला म सिर्फ हजुरकी सिता हुँ, अनी अतित सबैको हुन्छ तर अतितमा अल्झिएर बर्तमानलाई दुखाउनु पनि हुँदैन भनिदिन्छु झै लाग्छ, तैपनी कहाँ बाट सुनाउन सुरु गरौ म, हो म उस्लाई प्रेम गर्छु र आज पनि गर्छु र कालान्तर सम्म शायद गरिरहनेछु तर मेरो काहानी कहाबाट सुरु गरौ, जन्म, स्कुल, कलेज्, विवाह वा बिछोड कहाबाट सुरु गरौ, मलाई भन्नै आइरहेको छैन, लामो सास तान्दै चन्द्रा पुन रोकीन, र उस्को सहजताको लागि मैले भने, ओके तपाईं भन्नुहोस सबै कथा भन्नुहोस, छोटकरीमा भन्नुहोस, म बुझ्छु, तर तपाईंको सजिलोको लागि भन्छु म, तपाईंको बिहे पछी फेरी उ संग कुनै भेट वा संबाद भएको छ कि छैन, मैले कुरालाई सहज्ता बनाउदै सोधे, चन्द्र बोली उताबाट, छ, यदी अहिले पनि तपाईंहरुको बिचमा कम्युनिकेसन छ भने दोश्रोपल्ट कहिले बाट पुन बोल्न सुरु गर्नुभयो त्यहिबाट सुरु गर्नुहोस अनी सुनाउदै जादा कुनै भूमिका बाधिराख्न जरुरी पर्दैन, त्यो तपाईंको हृदयको अन्तरकुनाले आँफै भन्नेछ, जहाँ कुनै तपाईंले फुलबुट्टा भरिरहनु आवश्यक हुन्न, बिषय बस्तुलाई मैले अझ सहज बनाइ दिए, त्यसपछी चन्द्रा पुन लामो श्वास तान्दै बोल्न सुरु गरिन ।  


दश बर्ष पहिले मेरो बिहे भएर जब म काठमान्डौ आए त्यसपछी हाम्रो भेट कहिले भएन, उ कहाछ, कस्तो अवस्थामा छ, के गर्दैछ, बिहे गर्‍यो गरेन, वा भयो भएन, केही थाहा थिएन, त्यो बिचमा उस्को कुनै खोजखबर गर्ने कुनै माध्यमहरु पनि थिएन, एउटा बिबाहित नारी भैसकेपछी मैले पुन दोराएर उस्लाई खोज्ने वा निधोखोजी गर्ने बुझ्ने जरुरी पनि ठानिन, गर्न पनि मिलेन र मेरो नैतीकता र मेरो इज्जतले पनि दिन्थेन त्यसो गर्न, त्यसैले मैले उस्को कुनै खोजखबर पनि गरिन, तर मनैत हो, यदी कोही कसैको मस्तिस्कमा प्यारो तस्बिर बनेर रहन्छ भने मेटाउन नसकिदो रहेछ, शायद यदी कसैले प्रेम गरेर बिछोडीएकोछ भने त्यो कसैले निकालेर फ्याक्न वा मनबाट हाटाउन सक्दैन होला, हो मलाई पनि मन मनै भने उस्को यादले कहिलेकाही खुब सताउथ्यो, खै के थियो कुन्नी उसमा, घरिघरी उस्को यादहरु आइरहन्थ्यो, तर मैले कसैलाई भनीन, कतै सुनाइन र कही पोख्ने कोशीस पनि गरिन, यदी मैले कसैलाई विश्वाश गरेर आफ्नै साथीलाई भन्ने आँट गरेकै भएपनी कहिन कतै बिस्फोट होला र बैबाहिक जिबनमा आँधिहुरी आउँला भन्ने डर थियो म भित्र, त्यसैले पनि मैले आजसम्म कहिकतै कसैलाई भनिन, तर आज किन हो कुन्नी म हजुरलाई भन्ने आँट गर्दैछु, तपाईंलाई मेरो प्रेम पोख्दैछु, मेरो बिहे पस्चात दशबर्ष सम्म बेखबर भएको लामो समयपछी अर्थात पाँच बर्ष अगाडिको कुरा हो, फेसबुक आएपछी मैले भर्खरै फेसबुक खेलाउन जान्ने भएको थिए, दिउसो एकदिन यसै फेसबुक खोलेर मान्छेहरुको स्टाटस हरु पड्दै लाइक कमेन्ट गर्दै बस्दै थिए, फेसबुकको वाल तल तिर झार्दैजादा अलिक तल पुगेपछी फ्रेन्ड रिक्वेस्ट पठाउने फ्रेन्ड सजेसनको ठाँउमा एउटा नाम झुलुक्क देखे, उक्त नाम देखेर म आश्चर्य मान्दै त्यो नाम भएको प्रोफाइल खोलेर हेर्ने कोशीस गरे, त्यो नामको प्रोफाइल हेरे, बिदेश तिर भएको फोटो राखिएको प्रोफाइल थियो, फोटोलाई ठम्याउन सकिन, र आश्चर्य पनि लागेको थियो मलाई, काटाकुटी उस्कै जस्तो अनुहार तर अनुहार र सरिरमा भने केही बदलाब आएको थियो, त्यही बदलाबले गर्दा त्यो नामको मान्छे उनी होइनकी भने जस्तो पनि लाग्यो, उसको प्रोफाइल बाहिरबाट हेरेर ठम्याउन हम्मे परेपछी उस्को फोटो एलबम भित्र प्रबेश गरेर एकएक गर्दै अन्य तस्बिरहरु हेर्न थाले, तस्बिर सबै नयाँ र बिदेश युरोप तिर खिचिएका जस्ता तस्बिर थिए, मैले सबै फोटोहरुलाई स्कोर्ल गर्दै तलतल सम्म हेर्दै गए, अन्त्यमा पुच्छारमा स्कुल पड्दाको बेलाको एउटा खिनौटे पातलो केटोको फोटो देखे र पत्तो लगाइ छोडे त्यो फोटो उसैको थियो, पुन एलबम बाट बाहिर निस्किएर उस्को नाम हेरे, नाम पनि उही मिल्दो थियो, क्षितिज पाठक ।


फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएपछी मलाई रातभर निन्द्रा लागेन, हामी छुटिएको दश बर्ष पछी पहिलोपटक मैले उस्लाई फेसबुकमा अचानक देखेको थिए, त्यसैले यो दश बर्षको अन्तरालमा शायद उस्ले मेरो अनुहार लाई भुलिसकेको पनि हुनुपर्छ, त्यही अनुहार नचिनेर उस्ले मेरो फ्रेन्ड रिक्वेस्टलाई नहेरेर बेवस्ता पनि गरेको हुनुपर्छ, जब उस्को फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएँ त्यसपछी त झन उस्ले एक्सेप्ट गर्‍यो कि गरेन भन्दै मोबाइलको स्क्रिन बेलाबेलामा हेर्न थाले, केही हलुका निन्द्रामा पर्नै लागेको हुन्थे फेरी रातभरी आउने फेसबुकको अन्य नोटिफिकेसनको आवाजले झस्किएर उसैले फ्रेन्ड एक्सेप्ट गरेर कुनै मेसेज पठायो कि भन्दै आँखा उघ्रन्थ्यो, हतारहतार गरेर मोबाइलको स्क्रिन अन गर्थे र हेर्थे तर मेसेज त परैजावोस एक्सेप्ट सम्म गरेको थिएन, उस्को एक्सेप्ट गरेको नोटिफिकेसन नदेखाएपछी घरिघरी बज्ने नोटिफिकेसनको आवाज नै म्युट गरिदिउँकी जस्तो रिस पनि उठ्थ्यो बेलाबेलामा, अनी फेरी सोच्थे अर्को मनले, यदी मैले म्युट गरेर राखे भने फेरी उस्ले एक्सेप्ट गरेर मेसेज गरेको थाहा पाउने छुइन, यस्तै सोच्दै मैले फेसबुकको नोटिफिकेसन पनि म्युट गर्न सकिन, बरु जतिपटक नोटिफिकेसनको आवाज आउछ उतिपल्ट मोबाइलको स्क्रिन हेर्न छाडिन, अर्को मनले सोचे, म तिम्रो चन्द्रा, मलाई चिनेनौ, स्कुल पड्दाको तिम्रो आफ्नो मान्छे, के यती चाडै मलाई र मेरो अनुहारलाइ भुलेको तिमीले, यदी भुलेकै भएपनी ठिकैछ तर प्लिज कम्सेकम एकपल्ट भएपनी फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेर मेसेज गरिदेउ, कुनै पनि हालतमा तिमी संग एकपल्ट बोल्नुछ मलाई, प्लिज फेसबुक खोलन भन्न मन लागेको थियो, तर फेरी सोचे मैले पठाएको मेसेज उस्ले देख्ने छैन, जबसम्म फ्रेन्ड एक्सेप्ट हुनेछैन तब सम्म उस्ले मेसेज देख्नेछैन किनकी मैले पठाएको सबै मेसेजहरु मेसेज बक्सको ड्राफ फोल्डरमा गएर बस्नेछ, अनी कसरी देखोस् उस्ले मेरो मेसेज र एक्सेप्ट गरोस, उँहुँम, यो पनि सम्भब हुँदैन, उस्ले फेसबुक खोल्ला र एक्सेप्ट गरेर हाइ गर्ला भन्ने मेरो सबै आसा र प्रयासहरु निरर्थक भए, म मन मनै थाके, अब मलाई कुनै बिकल्प नभएपछी उस्ले जहिले फेसबुक खोल्नेछ र मेरो रिक्वेस्ट हेरेर एक्सेप्ट गर्नेछ त्यो समय कुर्नुको अर्को बिकल्प हुनेछैन म संग, अन्तिममा केही सिप नचलेपछी मैले यस्तै सोच्दै मनलाई सम्झाए आफुले आँफैलाई, त्यो दिनको रातभर कतिखेर उस्ले एक्सेप्ट गर्ला भनेर सोच्दासोच्दै निन्द्राले थाकेर बिहान उज्यालो हुनै लाग्द थकित भएर निदाएछु, 


रातभर मोबाइलको स्क्रिनमा नोटिफिकेस्नको आवाजको प्रतिक्ष्या गर्दागर्दै बिहानी पख निदाएको मात्रै के थिए, निदाएको केहीबेरमै घडीमा फिट गरेर राखिएको आलारामले बिउझाइहाल्यो, भर्खरै निदाएको हुनाले आँखा खोल्न खोज्दा निन्द्राले पोलेर आँखा हेर्नुभएको थिएन, आँखा खोलेर बाहिर नियाल्न खोजे, आँखा कुनै आगोको धुवाले पोले झै भतभती पोलिरहेको थियो, तैपनी सकिनसकी आँखा मिच्दै बिउझने कोशीस गरे, बिउझदा बाहिर घरको आँगनमा चराचुरुङिको चिरचिरबिर गर्ने आवाजले बिहानी हुनुको संकेत दिइ सकेको थियो, त्यती मात्रै हैन, बाहिर सडकमा बिहानी पखको पैदल यात्रीहरुको आवाज आउन थालेको थियो, घरका अन्य सदस्य हरु पनि उठेर सबैजना हातमुख धुने, नुहाउने गर्न थालइसकेका थिए, सासुआमा बिहानै उठेर बुढीमान्छे पूजाकोठामा सरसफाइ गर्न सुरु गरिसकेकी थिन, उता घरको बाहिर पट्टिको सिकुवामा एउटा मुडामा बसेर बिहानै चुरोटको धुवाँ उडाउदै ससुरा बाउ कराउदै थियो, बुढो मान्छे भन्दैथियो, यो घरका बुहारी हरुलाई लाज छैन, धर्म कर्म छैन, बुहारी भनाउदाहरु तीन हात माथि घाम आउन्जेल सम्म सुत्न पाए पुगिहाल्यो, मान्छेका अरु बुहारी  हरु, घरको धन्दा सकेर बाहिरको मेलापातको काम भ्याउन पनि लागिसक्यो हाम्रा घरका भने अहिलेसम्म ओछ्यान मै बिराजमान होइसिन्छ, माइतिमा तिन्का आमा बाउले अर्काको घरमा गएपछी कसरी काम गर्ने कसरी ठुलाको आदर गर्ने, कसरी सिलस्वभाब राख्ने भनेर अलिकती ढङ्ग पनि सिकाएनन कि क्याहो, कस्तो चै घरका परेछन, अलछिनिहरु भन्दै ससुरोबुढोको एकोहोरो बिहानैको कर्कस सुरु भैसकेको थियो, म हतार हतार गरेर उठेर ब्रस पनि नगरि अनुहार मात्रै धुएर भान्सा कोठामा छिरेर बिहानको चिया नास्ता बनाउनलागे, केहीछिनको भान्साको भलाकुसरी पछी सबैलाई नास्ता र चिया बनाएर दिए, त्यसपछी भने बिहानको खाना बनाउन सुरु गरे, राइस कुकरमा चामल लगाएर ग्यास चुलामा बसाएर सब्जी केलाउन थाले, सब्जी केलाउदै गर्दा मोबाइलमा रिङ्ग बज्यो, माइतिबाट कल आएको रहेछ, मैले कल रिसिभ गर्दै हेलो भने, उताबाट हेलो भन्ने आवाज आयो, आमाको बोली रहेछ चिनिहाले, आमा ढोग गरे, भन्दै कल फर्काए, आमा छोरीको केहीछिनको सन्चोबिसन्चो गफगाफ पछी घरमा सानो पूजा लगाउने भएकोले आइज है नानी ज्वाँई लाई लिएर भन्नुभयो, आमाको कुरा सुनेपछी के गरौगरौ भयो, हस हुन्छ आउछु भनौ भने घरबाट बाहिर निस्किएर छिसिक्क कतै जान दिदैनन, सासुआमा लाई भन्दापनी ससुरोबाउ लाई हिंड्नु अगाडि बारसत्ताइसको कुराको सफाइ दिएर निस्कनुपर्छ, कतै जानुपर्‍यो वा कतै कामले निस्कनु पर्‍यो भनेपनी निस्कनु अगाडि दुनियाँभरको बहाना गरेर नाटक गर्नुपर्छ, नत्र उही सँधैको कच्कच सुरुभैहाल्छ ससुराबुढोको, आउदिन भनौ भने आमालाई कसरी आउदिन भनु, आउदिन भन्दा फेरी आमाले किन आउदिनस भनेर सोध्लिन, सोध्न थालेपछि किन के भाकोछ, ज्वाँईले आउन दिनुहुन्न हो, कि सासुले, केके भनेर सोध्नुहोला र मैले साचो यथार्थ बताएभने आमाले दु:ख मान्नुहोला, म दोधारमा परे, अनी एकछिन घोरिएपछी खै के आयो कुन्नी मनमा र आमालाई ढाट्दै भने, आमा म पर सरेकोछु आज बिहान, त्यसैले म यो पल्ट आउन नपाउने भए, बरु घरमा अर्कोपल्ट पूजा हुँदा आउँलानी, यो पल्ट हजुरको ज्वाँई सापको फुर्सद पनि छैन, मैले ढाट्दै भने, उताबाट आमाले मसिलो नियाउरो मलिनो स्वरमा बोल्नुभयो, ए होर, ल के गर्छस त नि, तेरो भाग्यमै नलेखेपछी, ल आफ्नो ख्याल गरेस, अहिलेलाई फोन राखे है नानी भन्दै फोन राख्नुभयो, म पनि यता निरास बन्दै मोबाइल लाई टोलाई रहे, सोच्दा सोच्दै म एकोहोरो भएछु, टोलाएर एकाग्र भएकोबेला अचानक बाहिर आँगनबाट ससुराले ए बुहारी बुहारी, भन्दै बोलाँउदा पो बल्ल थाहा भयो, मत एकोहोरिएर टोलाइरहेको रहेछु, हजुर बाबा म आए भन्दै बाहिर ससुराबुढाको आवाज आएतर्फ दौडिदै गएर सोधे किन बा, ससुराले घर अगाडिको गोठ तिर देखाउदै भने, त्यहा तेरो साँढेले दाम्लाबाट खुस्किएर दुध जती सबै खाइसक्यो, लगेर अली राम्रो संग बाध, के गर्नु बरु यो घरको पशुले बर्सै पिछे सन्तान दिन्छन, मान्छेको कोखले त आजसम्म एउटा सन्तान दिन सकेन, बुढोले बिहानै सत्तोस्राप गरेर फेरी फलाक्न भ्याइहाल्यो, गाइको बाछाले फुस्किएर उस्को आमाको दुध खादा पनि मेरो गर्वमा सन्तान नाएकोलाई जोडेर बुढोले तिखो बाण हान्न भ्याइहाल्यो, एकाबिहानैको ससुराबुढोको तिखो बचनले आज फेरी मेरो कोखको कम्जोरी देखाउन भ्याइहाल्यो, बिहेगरेको सोर्ह बर्षसम्म पुग्दापनि मेरो जायजन्म भएको थिएन, मलाई हरेक पल्ट हरेक घडी अनी हरेक दिन यही कुरालाई लिएर घरमा झगडा भैरहन्छ, कुनैन कुनै निहुँ निकालेर बाझी र अलछिनी भन्न भ्याइहाल्छन ससुरो, एक नभए अर्को अर्को नभए कुनै पनि बाहाना बनाएर ससुरोले मेरो कोख र मलाई सत्तो सराप गर्न चुक्दैनन, बिबाह पछी मेरो गर्वमा बच्चा नबसेको पनि हैन, बसेकै हो तर दुईदुई पटक गर्व तुहिएर गएको थियो, त्यस्मा मेरो केको दोश, जब दुई चोटि मिशक्यरेज भएपछी भने मेरो गर्व आएको थिएन, गाइको बाछाले फुस्किएर उस्को माउको दुध खाएको बहानामा आज फेरी एकपल्ट मेरो गर्वलाई मेरो कोखलाई तिखो बचन खेप्नु पर्‍यो, चसक्क घोच्यो, मन छियाछिया भएर दुख्यो, मुटु टुक्राटुक्रा भएझै दुख्यो, आज फेरी एकपल्ट म आईमाई हुनुको प्रश्न उठाइयो, मलाई थाहाछ बिबाहपछी कुन चै नारिलाई आफ्नो गर्व भरिएको खुशी देख्न मन लाग्दैन होलार, विवाह गरेको यत्रो बर्ष सम्म के मलाई चै सन्तान सुख प्राप्तिको चाहना नभएको होलार, एउटी नारिले विवाह पस्चात आफ्नो कोख भरेर सन्तानको जन्म दिएर आफ्नो बात्सल्य को सपना देख्न सक्दैन र, वा आफ्नो सन्तानले आफ्नो छाती चुसेको कुन चाँही नारिलाई मन नपर्ला यो धर्तिमा, विवाह पस्चात हरेक नारिलाई सपना हुन्छ कि आफ्नो कोख भरियोस, सन्तानको जन्म दिएर आफ्नो दुध चुसाउन पाइयोस, आफ्नो अगाडि आफ्नो सन्तानले बालसुलभ्ता पोखेर खेलिदेवोस, आफ्नो काखमा आची गरिदेवोस, पिसाप गरिदेवोस र आफ्नो मामातालाई भिझाइ देवोस, यो शायद म मात्रै र मेरो मात्रै होइन संसारमा हरेक नारिको सपना शायद यस्तै हुन्छ,     


गोठमा गएर गाइको बाछोलाई तान्दै दाम्लामा लगेर बाधे, सुम्सुमाउदै त्यो कलिलो अबोध बाछोको नाक कान घाटी शरीर अनी पुच्छर सुम्सुमाएर खेलाए, अनी उस्को टाउको समातेर उस्को थुतुनो अगाडि मोइ खाँदै माया गरे र भने, ज्ञानी भएर बस है, अब फेरी दाम्लो खुस्काएर आमाको बुबु खाने होइननी कालु, त्यहा फेरी आमाको बुबु चोरेर खायौ भने तिमीले गर्दा मैले पनि गाली खानुपर्छ बुझ्यौ, आमाको बुबु खान नपाएकोमा उस्को आँखा रसिलो भएको जस्तो लाग्यो, अनी म तिर पुलुक्क हेरेर बाँ गरेर करायो, म भने उस्को अगाडि कलिलो घाँसहरु राखिदिएर भान्षा कोठातिर लागे, भित्र आउँदा कुकरमा सिटी लागेर पनि भातको पानी सुकेर भात डड्नै लागेको रहेछ, हतारहतार गरेर ज्ञास चुलोबाट कुकर निकाल्दै तरकारी पकाउनलाई कराइ बसाएर सब्जी ओइरिए, यता सब्जी पकाउदै उता बिहानको खाएको नास्ताको झुटो भाडाकुडा सरसफाइ गरीइ भ्याए, केहीछिनको ब्यस्तता पछी घरको खानपिन बनाउने काम पनि सकियो, त्यसैले म सबै धन्दा सकेर बाथरुम तर्फ नुहाउन लागे, बाथरुमबाट नुहाएर फर्किदा मेरो श्रीमान अफिस जाने तरखर गर्दै हुनुहुन्थ्यो, मैले पनि लुगा फेरे, दुबैजना एउटै रुममा आआफ्नो धुनमा भएपनी हामी आपसमा कुनै संबाद थिएन, म आफ्नै सुरमा लुगा फेर्दै थिए भने वहाँ दराजको अगाडि उभिएर कालो पेन्ट र कालो कोर्टमा भित्रपट्टी सेतो सर्ट लगाएर रातो टाइ लगाउन ब्यस्त हुनुहुन्थ्यो, लुगा फेरिसकेर मैले खाना खाने होइन भनेर सोधे वहाँलाई, आज नखाइ जान्छु अलिक हतरछ, वहाँ बोल्नुभयो, उसोभए टिफिनमा लगाइदिन्छु लिएर जानुह्सो अफिसमै खानुहोस् नत्र भोक लाग्छ दिउसो मैले भने, वहाँ केहीपनी नबोली टेबलामा राखेको पर्स गोजिमा राख्दै घडी लगाएर हातमा कालो ब्याग लिएर बाहिर निस्कनुभयो, म वहाँलाई एकछिन पख्नुहोस खाना टिफिनमा लगाइदीइहाल्छु भनेर रोक्दै भान्सा कोठा तर्फ लागे, हतारमा खाना टिफिनमा लगाएर टिभी रुममा मात्रै के पुगेको थिए वहाँ अगिनै कतिछिटो बाहिर निस्किएर बाइक घुरर् स्टार्ट गरेर हिडि हाल्नु भयो, वहाँ बाइक लिएर हुइया हुइकिदा म टिभी रुमको ढोकैमा उभिएर हेरिबसे, बिहानको दश बज्नै लागेको थियो, ससुरो बाहिर आँगनबाट सासुआमा लाई कराउदै भन्न थाले, ए रामेको आमा, हैन आज निसन्तानको पिसाचले खाना नदिने भैन्कि क्याहो, यतिबेला भैसक्यो खाना बोलाउदिनत अलछिनिले, फेरी अर्को बाण, जतिपटक तिखो बचन ओकल्छन ससुराबा उतिउती आफुलाई पत्थर भएकोजस्तो महसुस हुन्छ, हजारौ चट्याङको झट्काले पनि फोर्न नसकेको पहरा झै हुन्छ मेरो छाती, मिनेट मिनेटको तिखो र रुखो बचनले प्रहार गर्दा गर्दा होला शायद कालिगडले हथौडाले हानेको मुर्ती झै भैसकेको थियो मेरो मन, गाली र सराप खादाखादा पोख्त बनेको मेरो मन र मस्तिस्क साचिकै हृदयबिहिन बनिसकेको थियो, विवाह पस्चात दुइदुइ पटक मेरो गर्ब मिस्क्यारेज भएपछी अलिक दिनबाट अलछिनी, बाझी भनेर भनिन थालएकी म आज पन्द्र सोर्ह बर्ष पुगिसकेको थियो, हजारौ लाखौं पटक त्यस्ता तिखा बचन खाँदै सुन्दै र बेहोर्दै आएको, त्यसैले पनि म लग्भग प्राय हृदयदेखी ढुङ्गा बनिसकेको थिए, अलछिनी, थारीई र बाझिको संज्ञा सुन्दासुन्दा ति बचनहरु सुनेपनी नसुनेझै छेक्न सक्ने स्पात झै बनिसकेको थियो मेरो मुटु, जती घोचेपनी नदुख्ने, जती प्रहार गरेपनी नलाग्ने, नछुने प्राय सुन्य जस्तै चेतना बिहिन बनिसकेको थिए, उता बाहिर आँगनबाट ससुराको कर्कस यता म भने टिभीरुमको ढोकामै उभिएर एकनिमेसले केके सोच्दै टोलाइरहेछु, अर्कोपल्ट सासुले बुहारी ए बुहारी भनेर बोलाएपछी बल्ल झसँग भएर हजुर आमा म यतैछु भन्दै भान्सा कोठा तर्फ लागे, घरका बाँकी सबैलाई बोलाएर खाना खानु तयार गरे, सबैले खान खाइसके, अन्त्यमा मैले पनि खाना खाएर दिउसोको धन्दामन्दा सकेर आफ्नो रुम तर्फ लागे, यसरी बिहान उठेर नास्ताभुजा खाना तयार गरेर खाइसक्दा यतिबेला सम्म दिनको बार्ह बजिसकेको थियो ।


रातिको सोच्दासोच्दै भएको अनिदो र बिहानभरिको घर धन्दाले थकित भएको शरीर एकछिन आराम गर्नु पर्‍यो भनेर आफ्नो रुम तिर लागे, तर भित्र पस्दा बेडमा टेबलमा जतासुकै लताकपडा छताछुल्ल भएको रहेछ, त्यसपछी छताछुल्ल भएको कपडाहरु पट्याउदै कुनै दराजमा त कुनै ह्याङरमा झुन्डाएर राखे, त्यसपछी बेडको असरल्ल भएको तन्ना र सिराक मिलाउदै राखेर बेडमा ढल्किएको मात्रै थिए, यतिकैमा मोबाइलमा कल आयो, कल हेरे, कल ठुलि दिदिको नम्बरबाट आएको रहेछ, यतिबेला दिदिले किन फोन गरीई भन्ने सोच्दै कल रिसिभ गरेर हेल्लो भने, उताबाट दिदिको आवाज नभएर सानो कलिलो तोतेबोलिमा आवाज आयो, छानुममी नमस्ते, दिदिको सानो छोरीको आवाज रहेछ, मैले नमस्ते मेरो गूड्डु भन्दै जवाफ फर्काउदै बोले, अनी उसैको तोतेबोली समातेर उसैको पारामा सोधे, अनी केछ मेरो छानो परिको खबर, शायद छेउवैमा आमाचै ले बसेर सिकाउदै थियोहोला, अक्मकिदै बोली, उम... उम लाम्लैछ, त्यसपछी उनी भन्दैथिन, छानु ममी आज मेरो बर्थडे होनी, हजुर आउनुहोस हस, भर्खरै बोली फुट्दै गरेको उस्को तोतेबोलीकै शैलिमा हस भन्दै जन्म दिनको शुभकामना दिदै भने, मेरो छानो गुडियालाइ जन्म दिनको धेरै धेरै आशिर्बाद र शुभकामना हस, अनी मेरो परि छिट्टै सानोममी जत्रै ठुलो हुनु ल, कोमल आवाज हस भन्दै बोली फेरी, छानु ममी म कहिले ठुलो हुन्छु, उस्को अबोध सोधाईले म मुसुक्क नहासी रहन सकिन, म मुस्कुराउदै भने, भोली पर्सी, भोलिपर्सी कहिले हुन्छ छानु ममी, अबोध प्रश्न थियो फेरी उस्को, लाग्थ्यो उस्लाई चाडै ठुलोहुनु हतार थियो, उताबाट उस्को ममी चै गललल हासी, र नानी बाट फोन लिदै म संग दिदी बोल्नु भयो, यस्ले तेरो दिमाग खान्छे के के सोध्छे सोध्छे आजभोलि खुब बोल्ने भएकिछे, अनी केछ तेरो खबर, बेलुकी नानीको बर्थडे मनाइ दिनुपर्‍यो ज्वाँई साप लाई लिएर आइजहै नानी भनेर बिदालिदै बाइ भन्दै फोन राख्नुभयो, मैले पनि हुन्छ दिदी म ज्वाँई लाई भन्छु वहाँले भ्याउनु भयो भने आउछु भन्दै यता बाट पनि कल काटेर राखे ।  


फोन कल राखिसकेर पुन बेडमा पल्टिदै भर्खरै बोलेको त्यो मासुम बोलीलाइ सम्झिए, राम्रो संग बोलिपनी फुटिनसकेको तोतीबोलि सुनिरहुँ झै उस्को त्यो कोमल बोली मेरो कान हुँदै मस्तिस्क र सरिरको सबै नसा नसामा झन्कार भएर बग्यो, कानको द्वारहुँदै हृदयसम्म एउटा मन्दिरको सुरिलो घण्टा झै प्रतिध्वनी भएर गुन्जिरहयो, उस्को बोली सुनेर म थकाईमा मुढो झै ढलेको शरीर छिनभरमै हलुका भएझै फुरुङ्ग भए, उनी भर्खरै चार बर्ष पुरा गर्दैछे, पूर्णरुपमा राम्रोसंग बोली पनि फुटिनसकेको त्यो सारंगिको तार झै मधुर आवाज, भर्खरै बोल्न सिक्दै गरेको मैना चरिको तोते बोलिझै उस्को मुटुछुने मायालु बोलीसंगै उस्को सानो गुडियाझै आक्रिती आँखाभरी झल्झली सम्झना पुगे, गोरो छाला, पुक्क उठेको कोमल गाला, खिरिलो काला आँखा, मोटाएर लोला परेका सुकोमोल उस्को हात, कृष्णको झै सानो पाउ, कमलको फुल झै झल्कने उस्को सम्पूर्ण अनुहार मेरो मस्तिस्क र आँखाभरी नाच्यो, उस्को त्यो सानो आकृतिमा मैले मेरो पेट छामे, आफ्नो पेट छाम्दै मेरो गर्व भित्र भर्खरै पालुवा हुनै लागेको कलिलो नावालाकले बास बसिसकेकोछ, बेडमै पल्टिएर आफ्नै हातले आफ्नै पेटलाई छामे, तर त्यतिले चित्त नबुझेपछी बेडबाट जुरुक्क उठेर दराजमा लगाइएको ठुलो र अग्लो ऐना अगाडि आफुलाई उभ्याएर ऐनामा आफ्नो शरीर हेर्दै पुन आफ्नो पेट सुम्सुमाए, दुबैहातले पालो गरिगरी मुसारे, छामे, आफ्नो पेटमा बड्दै गरेको भ्रुणको कल्पना गर्दै आफ्नो दुबै स्तन नियाले, दुबै स्तनलाई नियालेर कपासको रुइ झै कोमल मसिना हातहरुले स्पर्स गर्दै अर्को स्तनको निप्पल त्यो पूर्ण भएको बालकले स्तनपान गरिरहेको बात्साल्य कल्पना गरे, अनी उस्को त्यो अद्रिस्य आकृतिलाई हेरेर म मुसुस्क्क हासे, म भित्र आमा बन्ने उत्कन्ठ र तिब्र इच्छा जाग्रीत थियो, हरेक नारिलाई विवाह पस्चात आमा बन्ने उत्कन्ठा रहरले च्याप्छ, हरेक नारिले आमा भएपछी मात्रै आफु पूर्णनारी हुनुको सौभाग्य सम्झन्छ, मेरो गर्व नरहेको पनि होइन विवाह भएकै सालमा मलाई गर्व आएकोथियो, तर त्यो बेला मलाई भगवानले आमा बन्ने सौभाग्य दिएन, त्यसपछी भने म एकैचोटी पाँच बर्षपछी पुन दोश्रोपटक गर्ववती भए तर त्योपल्ट पनि गर्व आएको तीन महिना पछी पुन उस्तै घटना दोहोरियो, पुन दोश्रोपल्त पनि म आमा बन्नबाट बन्चित बने, त्यसपछी भने विवाह भएको मितिदेखी अहिलेसम्म लगतार सोर्ह बर्ष सम्म मेरो नारित्वमा आमा हुनुको सौभाग्य मिलेन, र यसरी ऐना अगाडि आफुलाई उभ्याएर एउटा नारी हृदयको बात्साल्यमा म हाराएको थिए, मान्छेहरु भन्छन, छोरा जन्माउनु रहरले हुन्छ भने छोरी जन्माउनु सौभाग्यले मात्र हुन्छ, तर मलाईत यहाँ न रहरले भएको थियो नत भाग्य वा सौभाग्यले, मलाई त भगवानले सम्पूर्ण तरिकाले ठगेको थियो, चाहेर पनि म आमा बन्न सकिरहेको थीईन, शायद आमा बन्नबाट बन्चित सन्सारको ति अभागी नारिहरु मद्धे म मात्रै एक्लो नारी थिएहोला, जस्लाई आमा बन्ने सौभाग्य प्राप्त भएको छैन, पाएको भाग्य पनि कर्मले ठेलेर मलाई अपूर्ण नारी बनाएको थियो, बोल्दाबोल्दै चन्द्रा अर्थात चादनी बिचैमा एकछिन टक्क अडीई, उस्ले आफ्नो पारिवारिक पिडा मलाई सुनाउदा सुनाउदै उ भाबुक बनीई, बिचैमा रोकिएर सुँक्क सुँक्क गरेर रुन लागिई, म पनि उस्को सुक्क सुक्क रुवाइमा केही बोल्नै सकिन, चुपचाप निशब्द बनेर उस्को सुकसुकाइ सुनिरहेँ, केही मिनेटको उस्को रुवाइ र मौनतालाई तोड्दै पुन मैले आँफैले कुरालाई अगाडि बढाउदै सोधे, बोल्न सक्नुहुन्छ भने भन्नुह्सो, अनी त्यसपछी के भयो, मैले प्रश्न राख्दै कुरालाई अझै अगाडि बढाए, सरि, म यहाँ भन्दा अगाडि केही भन्न सक्दिन अब, कृपा गरेर मलाई केही नसोध्नुहोस, पछी मन शान्त भएपछी म आँफै भन्नेछु, चन्द्राले शायद आफुलाई सम्हाल्न गाह्रो भएको हुनुपर्छ उस्ले बाँकी मन शान्त भएपछी बताउने भन्दै बोल्न इन्कार गरिन, उनी अझै सुक्क सुक्क गर्दैथिन, मैले पनि उस्को मन बहकिएको बेला खासै धेरै कुरा सोध्ने आँट गरिन, यता रातभरीको यात्राले थकित हुँदै निन्द्रा लाग्दै थियो मलाई पनि, त्यसैले चन्द्रालाई मिदा माग्ने मनसाय बनाउदै भने, मिल्छभने आज तपाईं काठमान्डौ नफर्किनुहोस, भोलीतिर फर्कनुहोला, राती फेरी हामी बोल्नेछौ र सबै काहानी पुरा गर्नेछौ, अहिले त्यता नेपालमा पनि उज्यालो हुनैलाग्यो रातभर सुत्नुभएकोछैन, बरु थोरै भएपनी आराम गर्नुह्होस हुन्छ, मैले छुट्ने आग्र गर्दै भने, हुन्छ, तर जान्छु कि जान्न आज टुङ्गो छैन, गैनछु भने भरे म आँफै कल गरौला, नत्र फेरी यतापनी समय र परिस्थिती मिलाउन पर्छ, आज त बाबु संग सुतेको थिए र बोल्न पाए, भरे अरु केटाकेटी पनि संगै सुतेभने चै बोल्न पाउदिन होला, उनले दोधार हुँदै भनिन, मैले हुन्छ भन्दै अहिलेलाई छुटिने अनुमती मागेर गूड् नाइट भने, गूड नाइट के भन्नु उता नेपालमा उज्यालो हुनै लागेको थियो भने यतापनी रातको मध्यरात भैसकेको थियो, दुबैजनाले गूड् नाइट भनिसकेर कल राख्यौ, गाडी उस्तै गरेर एकरफ्तारले कुदिरहेको थियो, रातको छिपिदो समयसंगै चिसोले निकै सताउदैथियो तैपनी म टुङ्गोमा नपुगुन्जेल सम्मको लागि निदाउने प्रयासगर्न तर्फलागे ।       


रचना- अर्पण योन्जन (शिरिष) 

मिती- ९, १० र ११ मंसिर २०७८

तदनुसार- २५, २६ र २७ नोबेम्बर २०२१