गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, October 22, 2019

दाजै ! बहिनिको अन्तिम चिठी ।

कविता - दाजै ! बहिनिको अन्तिम चिठी ।

दाजै !  प्रणाम !
बहिनिको तर्फबाट !
सायद भुली सक्नु भयो कि !
तपाइँको एउटि बहिनी छ नि !
बा र आमाको भौतिक संसर्ग बाट
एउटै रगत र एउटै कोख बाट
जन्मिएको हामी दुई सन्तान
जम्मा दुई बर्ष ले मात्र फरक

तर आज बर्षौ भएछ
त्यो माइती गाउँ  नदेखेको
संगै हुर्की खेलेको त्यो घुरेन नछुएको
बा, आमा ले आंगान पोलेर
मारे पाप, पाले पुन्य भन्दै
बोकेर त्यो जग्गे घुमाउदै
कुटुम्बको जिम्मा लगाउदा
सबै भन्दा धेरै भक्कानिएर रुने
तपाईं नै होनि !? दाजै !
तर आज बर्सौ भएछ
त्यो पबित्र आगन नटेको दाजै ।

हजुर लाई थाह छ, हाम्रो त्यो बालसखा ?
बा ले नुनको ढाकर बोक्न धरान जादा
फर्किएर झुम्रोको पुतली ल्याउनु भएको थियो
लगभग उस्तै उमेरका हामी
तानातान गर्दै म धेरै रुदा
हजुर आफैले फकाउदै
मेरो हातमा थमाउनु भएको थियो
त्यो झुम्रो को पुतली !

साच्चै म सारै चकचके नि दाजै ?
कौशिको फर्सिको बियाँ पोखाउदा
अम्बाको रुख बाट लड्दा
पानी बोक्ने माटाको घैला फुटाउदा
त्यो कालो कुखुराको माउको
अन्डा फुटाउदा !
घाँस काट्ने भएर हातको औला काट्दा
परालको माचमा आगो लगाउदा
कयौ त्यस्ता मीठो सम्झना हरुमा
कहिले बा ! ले त कहिले आमाले पिट्नु खोज्दा
सँधै मलाइ बचाएर !
हजुर पिटाइ खानु हुन्थ्यो नि है दाजै ?

आज सम्झिदा लाग्छ हजुर लाई
खुब दुख दिएको रहेछु नि दाजै उ बेला ?
त्यसैले त आमा बा को सेस पछि
कहिले फर्केर लिन आउनु भएन
सायद बालपनका बिझाइ सम्झेर नै होकि !
आज सम्म लिन आउनु भएन,
माओवादी को जनयुद्ध संगै
सिउदोको सिन्दुर गुमाए पछित
न जिबनभरिको खसम, न बा, आमा
न माइती नै ! नितान्त टुहुरी दाजै ।

सम्झिदा कयौ तितामिठा याद हरुछन
तर आज जुन सम्झना आकोछ हजुरको
त्यो बर्सौ भयो म टुहुरी भएको
दाजै आमा बा पछि को
बा आमा त हजुर नै हैन र ?
नौ डाडा पारी माइती गाउँ छेकिने गरेर
पराइ घर बिदा गरेपछी
आज बर्षौ भो दाजै
न त्यो गाउँ देख्न पाएँ
न त्यो आगन टेक्न पाएँ

यस्पाली पनि !
दर खाने अघिल्लो दिन सम्म
बाटोभरी आँखा बिछ्याएर बित्यो
क्षितिजको रबि पारी डाडा भित्र लुक्यो,
दाजै ! यसपालिको दशैमा पनि
सायद ! मेरो निधार रित्तै नै हुन्छ होला ?
बर्षौ देखि मेरो दाजै लाई कुरि बस्ने
लालुपाते, सयपत्री र मखमली पनि
सायद ओइलिएरै झर्छ होला
आँगन भरी दाजै ।

 दाजै !
दिन बित्यो रात बित्यो
जुगौ बित्यो आज
रोउ भने आँसु छैन
नरौ भने गुमसुम छ छाती
कुन जुनिको कर्म थियो र ?
रिण तिर्दैछु दैब माथी
आधारातमा बलेसिमा कुकुर भुक्यो भने
मेरो दाजै आउने बाटो काडा फुक्यो भने
सम्झिनु बहिनिको चोला उठ्यो
चिम्लिएको आखा भित्र एउटा जीवन छुट्यो
नसजाउनु मेरो शरीर हरियो बाँस माथी
र एउटा फुल चढाइ दिनु मेरो लास माथी
दाजै ! पक्कै एउटा फुल चढाइ दिनु
मेरो लास माथी, मेरो लास माथी, मेरो लास माथी ।।।

रचना - अर्पण योन्जन
मिति - भदौ २४, २०७६
 रातको १२:४४
हाल साउदी अरेबिया

No comments: