कविता - ए साइला !!!
ए साइला !
धेरै पछि आज तिम्रो
बासुरिको धुन सुन्न मन लाग्यो ।
धेरै भो तिम्रो बासुरिको रुवाइ
नसुनेको पनि मैले
बजाइ देउन एकफेर
त्यो मुर्चुङ्गाको गनगने धुन
टाकिको पत्ताको सुसेली
बिनायोको ट्याउँ ट्याउँ
आज पनि उसैगरी ।
किनकी आज मलाइ
धित मरुन्जेल रुन मन लागेको छ ।
थाहाछ साइला !?
गाउँ छोडेर हिडेको त्यो दिन
आज ठ्याक्कै छब्बीस बर्ष बितेछ,
आँखा भरी सपना सजाएर
गाउँ छोडेको दिन
आमा भित्र थैलिको कुना बाट
पचास रुपैयाँ झिकेर
बाटो भरी खाने मकै भटमास
पोको पार्दै ठुलो मान्छे बनेस कान्छा
घर नबिर्सेस, चिट्ठी लेख्दै गरेस
तेरो दाजुले पढी हाल्छ
पैसा धेरै कमाएर म बुढी आमालाइ पालेस
अंध्यारोमा सुक्क सुक्क रुदै
आमाले एउटा झोलामा पोको थमाइ दिनु भो
अनि म मोक्तानको काइला मामा माइजू सँग
हल्दार को छोरो मोहन काकाको गाडी चडेर
उ बेलाको लागि पर्देश मधेश झरे ।
हिड्ने बेलामा गोठको बाछो फुँफुँ गर्दै थियो
लाली गाई ग्वाँ... ! गरेर कराउदै थियो
घामले पारी लालिखर्कमा
चिहाउने कोशिस गर्दैथियो
मैले उकाली ओरालि गर्ने त्यो गोरेटो हरु
कान्छा जानेनै भैस त भन्दै थियो ।
गोले डाँडाले मलाइ चिहाएर हेर्न सिवाय
बिचरा केही बोल्न सकेन ।
कैजले पाखाले भन्दै थियो
कान्छा त गएपछी त
म पनि सुन्ने हुन्छु होला
मेरो छातिमा कस्ले गाइबस्तु चराउछ होला
मेरो शरीर भरी फुलेको धयारोको रस
कस्ले चुसी दिन्छ होला
अनि भस्मे फाडेर कोट्याउदै
कस्ले सिलो सखरखन्ड कोट्याइ खान्छ होला
त्यो जुनेली घारिमा कस्ले लुकामारी गर्छ होला
अब जानेनै भैस कान्छा ?
माया नमारे फर्किएर आउदै गरेस है ।
म जवाफ बिहिन निर्मिमेस
त्यो रोधन, त्यो अनुरोध
नसुनेझै मन भरी गहरुङ्गो
अत्यास बोकिरहेको थिए
सायद म यति कठोर हुन्छु सोचेको पनि थिन
त्यसैले त मन भित्रभित्रै जवाफ दिदै थिए
कहाँ बिर्सन्छु र ? मेरो बालसखा नै तिमी हरु हौ
मेरो पाइला पाइला तिमी हरुको
छातीमा दौडिएर बितेको छ
तसर्थ एकदिन अबस्य आउछु
मेरो जवाफ यस्तै थियो, तर अनसुनी
तल फुल्व बेसि हरुले
अनि भाङ्ग्टेको गैरिले
सोध्दै थियो ।
सेतै फुलेका सिरुहरुले भन्दै थियो
कान्छा अब कहिले घाँस काट्न आउदैनस हो ?
हिटिको धाराले आँसु बगाउदै भन्दै थियो
एक अँजुली चिसो मेरो पानी
पिएर गएस है कान्छा !
सके त फर्किदा जिउदै बगिरहेको हुन्छु
वा ! सुकेर मरिसकेको हुन्छु
दैबको खेल कस्ले देखेको हुन्छ र ?
यी सबै सबैको रोदनपुर्ण आसक्ती
बितेको पनि आज छब्बीस बर्ष बितेछ ।
सुन्छु आजभोलि त सबैले बिर्से रे भन्छ
गाउँ बाट आउने जाने हरु
पुराना भएर सबै बद्लिए रे
चिराचिरा भएको छ रे मेरो प्यारो गाउँ
खै सबै बिकास ! बिकास भन्दै कराउदै
चिराचिरा पार्न तम्सेका छन रे ।
शहर देखि मैले खेलेको गाउँ सम्म
भुमाफिया पुगेको छ रे
आज सबैले भौतिक सुख खोज्दै
मुग्लानी भाको छ रे
र सोच्दैछु म !
साच्चिकै म कति कठोर
कति निर्दयी, अनि कति निस्ठुरी भएछु
म ! मैले मेरो बालसखा बाल आँगन
भुलेर नफर्किदा
मेरो गाउँ पुरानो भएर
मेरो घरको बलेसि बिरानो भाको छ रे ।
धनुस झै शरीर भइसकेको मेरि आमा
मेरो कान्छा एकदिन त पक्कै आउँछ भनेर
बाटोभरी आँखा बिछ्याएर
माटाको घैलामा
कोदोको निख्खुर जाँड हालेर
नौ सिङ्गे भाले साचेर
पाथीभरा देबि लाई भाकल मागेको छ रे
मेरो कान्छा आउँछ एकदिन त पक्का भनेर
त्यसैले आज म
न असल सखा हुन सके
न असल छोरा हुन सके
कङ्क्रीट हरुले पुरिएको शहरमा
भौतिक सुख खोज्दाखोज्दै
मायाँ, प्रेम, स्नेह र अपनत्व बाट
धेरै टाढा पुगिसकेछु
र आज आत्माग्लानी को बोधमा
बेस्सरी रुन मन लागेको छ
त्यसैले बजाइ देउन तिम्रो त्यो
बासुरिको सुरिलो धुन ।
एक पल्ट धित मरुन्जेल रुएर
यो मन पखाल्न चाहान्छु
साइला ! बजाउन त्यो बासुरिको धुन
बिन्ती छ मेरो साइला !!!
रचना- अर्पण योन्जन
मिति २२ भदौ २०७६
रातको १ बजे
हाल साउदी अरेबिया ।
ए साइला !
धेरै पछि आज तिम्रो
बासुरिको धुन सुन्न मन लाग्यो ।
धेरै भो तिम्रो बासुरिको रुवाइ
नसुनेको पनि मैले
बजाइ देउन एकफेर
त्यो मुर्चुङ्गाको गनगने धुन
टाकिको पत्ताको सुसेली
बिनायोको ट्याउँ ट्याउँ
आज पनि उसैगरी ।
किनकी आज मलाइ
धित मरुन्जेल रुन मन लागेको छ ।
थाहाछ साइला !?
गाउँ छोडेर हिडेको त्यो दिन
आज ठ्याक्कै छब्बीस बर्ष बितेछ,
आँखा भरी सपना सजाएर
गाउँ छोडेको दिन
आमा भित्र थैलिको कुना बाट
पचास रुपैयाँ झिकेर
बाटो भरी खाने मकै भटमास
पोको पार्दै ठुलो मान्छे बनेस कान्छा
घर नबिर्सेस, चिट्ठी लेख्दै गरेस
तेरो दाजुले पढी हाल्छ
पैसा धेरै कमाएर म बुढी आमालाइ पालेस
अंध्यारोमा सुक्क सुक्क रुदै
आमाले एउटा झोलामा पोको थमाइ दिनु भो
अनि म मोक्तानको काइला मामा माइजू सँग
हल्दार को छोरो मोहन काकाको गाडी चडेर
उ बेलाको लागि पर्देश मधेश झरे ।
हिड्ने बेलामा गोठको बाछो फुँफुँ गर्दै थियो
लाली गाई ग्वाँ... ! गरेर कराउदै थियो
घामले पारी लालिखर्कमा
चिहाउने कोशिस गर्दैथियो
मैले उकाली ओरालि गर्ने त्यो गोरेटो हरु
कान्छा जानेनै भैस त भन्दै थियो ।
गोले डाँडाले मलाइ चिहाएर हेर्न सिवाय
बिचरा केही बोल्न सकेन ।
कैजले पाखाले भन्दै थियो
कान्छा त गएपछी त
म पनि सुन्ने हुन्छु होला
मेरो छातिमा कस्ले गाइबस्तु चराउछ होला
मेरो शरीर भरी फुलेको धयारोको रस
कस्ले चुसी दिन्छ होला
अनि भस्मे फाडेर कोट्याउदै
कस्ले सिलो सखरखन्ड कोट्याइ खान्छ होला
त्यो जुनेली घारिमा कस्ले लुकामारी गर्छ होला
अब जानेनै भैस कान्छा ?
माया नमारे फर्किएर आउदै गरेस है ।
म जवाफ बिहिन निर्मिमेस
त्यो रोधन, त्यो अनुरोध
नसुनेझै मन भरी गहरुङ्गो
अत्यास बोकिरहेको थिए
सायद म यति कठोर हुन्छु सोचेको पनि थिन
त्यसैले त मन भित्रभित्रै जवाफ दिदै थिए
कहाँ बिर्सन्छु र ? मेरो बालसखा नै तिमी हरु हौ
मेरो पाइला पाइला तिमी हरुको
छातीमा दौडिएर बितेको छ
तसर्थ एकदिन अबस्य आउछु
मेरो जवाफ यस्तै थियो, तर अनसुनी
तल फुल्व बेसि हरुले
अनि भाङ्ग्टेको गैरिले
सोध्दै थियो ।
सेतै फुलेका सिरुहरुले भन्दै थियो
कान्छा अब कहिले घाँस काट्न आउदैनस हो ?
हिटिको धाराले आँसु बगाउदै भन्दै थियो
एक अँजुली चिसो मेरो पानी
पिएर गएस है कान्छा !
सके त फर्किदा जिउदै बगिरहेको हुन्छु
वा ! सुकेर मरिसकेको हुन्छु
दैबको खेल कस्ले देखेको हुन्छ र ?
यी सबै सबैको रोदनपुर्ण आसक्ती
बितेको पनि आज छब्बीस बर्ष बितेछ ।
सुन्छु आजभोलि त सबैले बिर्से रे भन्छ
गाउँ बाट आउने जाने हरु
पुराना भएर सबै बद्लिए रे
चिराचिरा भएको छ रे मेरो प्यारो गाउँ
खै सबै बिकास ! बिकास भन्दै कराउदै
चिराचिरा पार्न तम्सेका छन रे ।
शहर देखि मैले खेलेको गाउँ सम्म
भुमाफिया पुगेको छ रे
आज सबैले भौतिक सुख खोज्दै
मुग्लानी भाको छ रे
र सोच्दैछु म !
साच्चिकै म कति कठोर
कति निर्दयी, अनि कति निस्ठुरी भएछु
म ! मैले मेरो बालसखा बाल आँगन
भुलेर नफर्किदा
मेरो गाउँ पुरानो भएर
मेरो घरको बलेसि बिरानो भाको छ रे ।
धनुस झै शरीर भइसकेको मेरि आमा
मेरो कान्छा एकदिन त पक्कै आउँछ भनेर
बाटोभरी आँखा बिछ्याएर
माटाको घैलामा
कोदोको निख्खुर जाँड हालेर
नौ सिङ्गे भाले साचेर
पाथीभरा देबि लाई भाकल मागेको छ रे
मेरो कान्छा आउँछ एकदिन त पक्का भनेर
त्यसैले आज म
न असल सखा हुन सके
न असल छोरा हुन सके
कङ्क्रीट हरुले पुरिएको शहरमा
भौतिक सुख खोज्दाखोज्दै
मायाँ, प्रेम, स्नेह र अपनत्व बाट
धेरै टाढा पुगिसकेछु
र आज आत्माग्लानी को बोधमा
बेस्सरी रुन मन लागेको छ
त्यसैले बजाइ देउन तिम्रो त्यो
बासुरिको सुरिलो धुन ।
एक पल्ट धित मरुन्जेल रुएर
यो मन पखाल्न चाहान्छु
साइला ! बजाउन त्यो बासुरिको धुन
बिन्ती छ मेरो साइला !!!
रचना- अर्पण योन्जन
मिति २२ भदौ २०७६
रातको १ बजे
हाल साउदी अरेबिया ।
No comments:
Post a Comment