गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, September 7, 2019

उही तिम्रो प्रीय साथी बादर !!!

कविता= उही तिम्रो प्रीय साथी बादर !!!

प्रीय साथी सम !!!
खै कसरी सम्मान गरु म !
तिम्रो न्यानो मित्रता
अनि ! तिम्रो अनुरोधलाई

तिमी भन्छौ नि, लेखे लेख भनेर,
सायद अबत लेखाइ मेरो लागि
निप भाचिएको कलम
मसि पोखिएको कागज को पन्ना
अनि कुहिरोमा हराएको काग झै
साच्चै म हराइ सके यी अक्षरहरु बाट
अनि भन्छौ कति मीठो सम्भोदनमा
ए ! बादर !! खुरुक्क लेख्न थाल्ने है !!!

हो सम ! तिमिले भने जस्तै
कवि बन्ने धोको थियो मेरो पनि
स्वरै नभए पनि ।
गायक बन्ने धोको थियो मेरो पनि
धोकैधोकोमा भने जस्तै
मनले कहाँ कवि बनिदो रैछर
धोकैधोकोमा कहाँ गायक बनिदो रैछर ।
त्यो सब हुनलाइ त,
लगन मेहनत, बौद्धिक्ता अनि !
पैसैपैसा हुनुपर्दो रहेछ
रत हार खाए मैले यी निस्ठुरी अक्षर हरु सँग

कसैको छोरिको सिउदोको
सिन्दुर पति हुनुको अर्थमा
सन्तान हरुको बा ! भएपछि
रगतको भोको पेट पाल्ने बाध्यतामा
बा ! बनेर जिम्मेवारी को
भारी बोकेर पर्दिसिए पछि
टाउको माथी एक गर्दै कयौ भारिहरु थपिए
नाम्ला हरु कयौ जुइना चुडिएर फेरिए
सपना, रहर, इच्छा हरु
कयौ पटक फेरिए
फेरिएका कयौ सपना सँग
कयौ अनुहारको पसिना फेरिए
भरभराउदो उमेरमा
पर्देशिएको चहकिलो अनुहार
बिस्तारै मुझा पर्दै फेरिए
तर मेरो जिबनको जुइना फेरिएन
त्यसैले त आजभोली
यो कविहरुको भिडमा
मेरो कलम हरुको निप भाचिएर
बिधुवा बनेर
सिन्दुर बिहिन भएकाछन
बिधुवा भएर सेतो बस्त्रमा ।

प्रीय साथी सम ।
भो यो निप भाचिएको कलममा
मसि भर्ने कोशिश नगर
उसैत म बिधवा बनिसकेको छु
अक्षर हरुको बस्तिमा
ब्यर्थैमा रंग भर्ने कोशिश नगर
मरेको यो जिउदो आत्मामा
जीवन भर्ने कोशिश नगर
रंग हरु पोखिएर
बेरंगी भएको यो जिबनको पर्खाल लाई
फेरि रंग भर्न कोशिश नगर
मुर्छित मस्तिष्क मा
फेरि सपना भर्ने कोशिश नगर

सम्झ एकछिनको लागि
ल फेरि रंग भरिएछ रे !
सपना बिउझिएछ रे !
मैले देखेको उडान फेरि उस्तै गरि
निलो आकाशमा उडान भरेछु रे
तर समसानघाटामा पुगेको मुर्दा उठेर
तिम्रो मित्रताको रिण कसरि चुकाउन सक्छु र !?
यदि पनि त्यो चिताबाट उठेर
पुन त्यही घाटमा
यदि पुगे भने म
सम ! तिमिलाइ ठूलो पाप लाग्ने छ ।
त्यसैले डर लाग्छ
मित्रताको सुगन्धमा
कतै दुर्घन्ध भै फुल्नु पो पर्छ कि ।?
त्यसैले बिन्ती गर्छु
आज देखि कहिले
ए बादर ! लेखे लेख नभन है !
किन कि म कवि हैन
तिम्रो न्यानो अनुरोधलाई
म न्याय गर्न सक्दिन !!!
हस्त बिदा है !
उहीँ तिम्रो प्रीय साथी
बादर ! बादर !! बादर !!!

रचना - अर्पण योन्जन
मिति २१ भदौ, २०७६ रातको १ बजे
हाल साउदी अरेबिया 

No comments: