कविता (धर्ती फाट्यो मनै फाट्यो)
९ असोज २०६८
दैब हरी भुकम्पले
९० साल त कथा भयो
४५ ले जन नै लुट्यो
६८ मा दैब आइ
जन धन सबै भुट्यो
खाटो बसेको घाउमा
अर्को फेरी चोट थप्यो
निस्ठुरी त्यो भुकम्पले
धर्ती फाट्यो, मनै फाट्यो
र त साथी !
फेरी अर्को !
कविता लेख्न मन लाग्यो ।
***********************
राजा भए
हक माग्थेँ !
अन्याय भए
जुलुस गर्थें !
दुस्मन भए
मुद्दा लड्थें
बाबु भए
अंश मांग्थे
भाई भए
पानी बार्थें
छिमेकी भए
सिमा कोर्थें
तर यहाँ त देउतै बैरी
को सँग माग्नु
को संग लड्नु
आइ पर्ने दैब संग
म मनुस्य !
खै कसरी गुहार माग्नु !?
र त साथी !
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो, मनै फाट्यो ।
*************************
शायद उ रिसाएको छ ।
प्रक्रिती हरुको बिरुद्ध
युद्ध गर्ने हरु संग
ठुला ठुला कङ्क्रिटको
पहाड ठड्याउने हरु सँग
मानबिय बिनासको
युरेनियम बनाउने हरु संग
कालो सेतो
ठुलो सानो
धनी गरीब
उचो निचो
यहाँको बिभाज्य
मानब्तारुपी रंग हरु संग
र त साथी !
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो !मनै फाट्यो
*************************
अस्ती सम्म
यहाँ !
देश दुखेको थियो
मेरो गरीबी दुखेको थियो
स्वतन्त्रता स्वतन्त्रता भन्दै
चिच्याएर हामी हरु
लुट्दै थियौ ।
हामी भित्रको
प्रेम हरु भुट्दै थियौ
स्वार्थ सिद्दमा
आफ्नै रगत पनि छुट्दै थियौं
हर पल हर क्ष्यण
प्रतिद्वन्दिको प्रतिकारमा
नयाँ नयाँ तिकडम रच्दै
आफ्नो बचाउ गर्दै थियौ
तर आज त
दैब आँफै आइ लाग्द
केलाई भुट्नु ?
केलाई छेक्नु ?
हेर्दा हेर्दै आफ्नै मृत्यु
खै कसरी रोक्नु ?
र त साथी
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो, मनै फाट्यो
अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी
Monday, September 26, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment