गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, September 11, 2011

'मेरो स्वाभिमान' !!!

कविता 'मेरो स्वाभिमान' !!!

पहिले म दुखेको
कविता लेखे
अस्ती म भोकाएको
कविता लेखे
हिजो देश दुखेको
कविता लेखे
आज त मेरो
स्वाभिमान नै दुखेछ ।
खै कसरी लेखु अब
मेरो राष्ट्रियता ?
मेरो पहिचान ?
मेरो भाषा ?
मेरो सँस्क्रिती ?
मेरो भुगोल ?
समग्रमा !
मेरो स्वाभिमान ?
*********************
हिजो सम्मत
म मात्र रोएको थिएँ
मेरो भोकमरी मात्र
गरीबी भएर रोएको थियो
मेचीकाली बाट
एउटा पाटो मात्र दुखेको थियो
मेरो देशको भुगोल
कयौँ पटक बलात्‍कृत हुँदा
अश्रु पिडामा छटपटिएको थियो
दशौ बर्षको द्वन्दमा
रक्त आहालमा डुबेको थियो
तैपनी जिउदै छु झै लाग्थ्यो
म मेरो राष्ट्रियता
मेरो चिनारी
अनी
मेरो स्वाभिमान ।
************************
अब त
आफ्नै बाट कसै लाई
मेरो धर्म दुख्न थालेको छ
मेरो जाती दुख्न थालेको छ
मेरो झन्डा दुख्न थालेको छ
मेरो दौरा सुरुवाल दुख्न थालेको छ
मेरो गाई
मेरो लाली गुराँश
मेरो रङ
मेरो डाफे
मेरो सगरमाथा
मेरो बुद्ध
मेरो पशुपती
सिता भ्रिकुटी र जनक र अरानीको हरु
बिभुती भएर दुख्न थालेको छ
हुँदा ! हुँदा !!
मेरो चिनारी आजकाल
स्वाभिमान दुख्न थालेको छ ।
************************
आखिर के खोट देख्यौ र ?
मेरो झन्डामा ?
मेरो दौरा सुरुवाल र टोपिमा ?
र प्रश्न गर्यौ मेरो
राष्ट्र !
राष्ट्रियता !
र स्वाभिमान ! मा ?
यदी तिमी लाई
हिमालको चिनारी छुट्टै
पहाडको चिनारी छुट्टै
तराइको चिनारी छुट्टै
चाहिएको हो भने ?
खोइत मेरो सम्पूर्ण
भुगोल को परिचय ?
के मेरो परिचय
म नेपाली होइन ?
आज मलाई
मेरो भाषा देउ
मेरो जाती धर्म र सँस्कार देउ
हकले उचाल्ने
मेरो देशको झन्डा देउ
अनी मैले टेकेको धर्तिको
मेरो चिनारी
मेरो नाम
मेरो कर्म
अनी म र मेरो
स्वाभिमान देउ ।
***********************
शायद तिमी देश हाँक्ने हरु लाई
मेरो सगरमाथाले थिच्छ होला
मेरो झन्डाले झुकाउँछ होला
मेरो दौरा सुरुवालले पोल्छ होला
मेरो ढेँडो गुन्द्रुकले लाज लाग्छ होला
शायद त्यसैले
आँफैले ल्याएको लोकतन्त्रमा
मेरो स्वाभिमान लाई
सिक्किमा देख्न थाल्यौ
र आज
मलाई बेच्ने सुरसार गर्दै छौ ।
****************************
त्यसैले अब मैले
मेरो भोक रोग

सोक मा मात्र होइन
मैले टेक्ने धर्ती

मेरो चौडा छातीको नाप सँगै
मेरो जाती धर्म बर्गको
मेरो भाषा कला सँस्कृतिको
कविता लेख्नु छ मलाई
मैले गर्ब गर्ने कर्म को
कविता लेख्नु छ मलाई
पौरख र पसिनाले आर्जन गरेको
मेरो राष्ट्र
राष्ट्रियता
र मैले सास फेर्ने
मेरो नेपाल
म नेपाली भनेर
संसारको सामु
हुँङ्कार पिटेर
मेरो स्वाभिमान को
कविता लेख्नु छ मैले ।।।

नोट:- सर्बोच्चको फैसला पछी बिबादित बनेको दौरा सुरुवाल बिषयले गर्दा
वाध्य बनेर लेखेको मेरो कविता । हजुर हरुको प्रतिकृयाको आसामा छु ।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

No comments: