गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, September 1, 2011

युद्धकामी कवी बन्नु छ ।

कविता १४ भदौ २०६८

समाजको
प्रतिबिम्व हरु टिपेर
मैले देखेको
आजको वास्तबिक्ता हरु !
ओकल्न
असफल प्रयास गर्दै छु ।
र यो द्रुव सत्य हो ।
कवी हरुको वस्तिमा
आफुलाई उभ्याउने मेरो दुस्साहस
एउटा पागल कवी हरुको भिडमा
म आफ्नो मस्तिक हरु लाई
जबर्जस्ती स्खलन गराउने
सुर मा छु ।
***********************
मलाई थाहा छ ।
देवकोटा,सम,र घिमिरे हरुको
अनी पारीजात को
कोमल बगैचा हरुमा
सिरिसको फुल भएर फुल्न सक्दिन
लाचार मुनामदन हुन सक्दिन
गौरी हरुको बियोगमा
आँशु चुहाउन सक्दिन
मालती हरुको मंगले हुन सक्दिन
झमक हरुको
फुलको जिबन पनि त हुन सक्दिन
अनी पुरुस्वार्थको निजी उपयोगमा
राणा र शाह युगिन
बसन्ती हुन सक्दिन
पल्पसा क्याफे, क्याक्टस र क्यान्भास भएर
कतै सजिन र फुल्न पनि सक्दिन
अनी त्यसो त म
सेतो बाघ भएर गर्जन पनि त सक्दिन
****************************
तै पनि मेरो
सकी नसकी
घनघस्याको उकालो हरु उक्लने
असफल प्रयास भने हुने छ ।
बाघ झै पहाड बनेर
गर्जने प्रयास हुने छ
चिस्सिएका हिउँ हरुमा
सगरमाथा भएर उभिने प्रयत्न हुने छ ।
किनकी अब मैले
इतिहाँसको
कठोर् पत्थर हरु फोरेर
नयाँ युगको
आरम्भ गर्नु छ ।
अब यहाँ
सिरु हरु फुल्ने साउनको
गीत होइन ।
आरु हरु फुल्ने बैश हरु होइन
मंसिरे पिरतिका भाका हरु होइन
यहाँ अब
कर्म गर्ने हात हरुको
पसिना बगाउने पाखुरी हरुको
चट्टान फोरेर लावा निल्ने हरुको
आवसेक्ता भएको छ ।
किनकी मैले टेकेको धर्ती
र ! तिमी ले टेकेको धर्ती
आज हाम्रो देश
कतै बिस्थापित हुँदै छ
उनै साँडे हरुको
बल मिच्याइँमा ।
**************************
अब मैले हरेक दिन
चालबाजी रात हरुको पहरेदारमा
मेची काली को रक्षा गर्नु छ ।
हरेक सुर्योदय र सुर्यस्त पछी
कयौँ सुस्ता हरु को
पहरेदार गर्नु छ ।
यहाँ पाइला पाइला हरुमा
आफ्नै आमा र चेली हरु
बेचिएर बलात्‍कृत हुँदा
निदाएका कुम्भकर्ण हरु लाई
ब्युँझाउँनु छ ।
चिम्टी सिन्दुरको भरमा
दासता लाद्ने पुरुष हरु लाई
अधिकार र नैतीकताको
पाठ सिकाउनु छ ।
स्वाभिमान र स्वतन्त्रता बिचमा
राष्ट्र राष्ट्रियताको रक्षा गर्ने
हिमायाती योद्धा हरु जन्माउनु छ ।
त्यसैले अब म
प्रेम बियोगमा छटपटिने कवी हरु होइन
परिवर्तनको नारा हरु उरालेर
सडकमा गाउँमा शहरमा
क्रान्तिको राँको सल्काउने
युद्धकामी कवी बन्नु छ ।

अर्पन योन्जन
तरहरा-२ सुनसरी


































No comments: