गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, September 29, 2011

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर !!!

संक्रमणकालिन आजको यो परिस्थितीमा सायद हामीले देश लाई नै भुलेको हौकी ? तर होइन ! हामी लाई तराइको २२ जिल्ला मात्र होइन हिमाल देखी तराइ सम्म र मेची देखी महाकाली सम्म हाम्रो भुमी हाम्रो माटो हाम्रो राष्ट्र हाम्रो राष्ट्रियता हाम्रो स्वाभिमान बिभिधताको बिचमा पनि प्यारो लाग्छ ।किन कि बिभिधताको बिचमा एकता कायम गर्न सक्नु नै हामी नेपालीको सुन्दरता र प्रेमको पहिचान हो । त्यसैले यो शब्द चित्र यहाँ हरु लाई पस्कँदै सुझाबको आसा राखेको छु । धन्यवाद !!!
गीत १२ असोज २०६८

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

म कहाँ सँधै हाँसुला आमा पर्देशी माटोमा
टेकुँला धर्ती फर्केर आमा नेपाली बाटोमा
नसोच्नु आमा अर्कैको मायाँ गडेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

अनेकता बिच एकता मेरो अरु काँ पाईन्छ
मरेछु भने जन र कात्रो त्यै माटो चाहिन्छ
नसोच्नु आमा अर्कैको आँगन गोडेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

Monday, September 26, 2011

धर्ती फाट्यो मनै फाट्यो !!!

कविता (धर्ती फाट्यो मनै फाट्यो)
९ असोज २०६८


दैब हरी भुकम्पले
९० साल त कथा भयो
४५ ले जन नै लुट्यो
६८ मा दैब आइ
जन धन सबै भुट्यो
खाटो बसेको घाउमा
अर्को फेरी चोट थप्यो
निस्ठुरी त्यो भुकम्पले
धर्ती फाट्यो, मनै फाट्यो
र त साथी !
फेरी अर्को !
कविता लेख्न मन लाग्यो ।
***********************
राजा भए
हक माग्थेँ !
अन्याय भए
जुलुस गर्थें !
दुस्मन भए
मुद्दा लड्थें
बाबु भए
अंश मांग्थे
भाई भए
पानी बार्थें
छिमेकी भए
सिमा कोर्थें
तर यहाँ त देउतै बैरी
को सँग माग्नु
को संग लड्नु
आइ पर्ने दैब संग
म मनुस्य !
खै कसरी गुहार माग्नु !?
र त साथी !
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो, मनै फाट्यो ।
*************************
शायद उ रिसाएको छ ।
प्रक्रिती हरुको बिरुद्ध
युद्ध गर्ने हरु संग
ठुला ठुला कङ्क्रिटको
पहाड ठड्याउने हरु सँग
मानबिय बिनासको
युरेनियम बनाउने हरु संग
कालो सेतो
ठुलो सानो
धनी गरीब
उचो निचो
यहाँको बिभाज्य
मानब्तारुपी रंग हरु संग
र त साथी !
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो !मनै फाट्यो
*************************
अस्ती सम्म
यहाँ !
देश दुखेको थियो
मेरो गरीबी दुखेको थियो
स्वतन्त्रता स्वतन्त्रता भन्दै
चिच्याएर हामी हरु
लुट्दै थियौ ।
हामी भित्रको
प्रेम हरु भुट्दै थियौ
स्वार्थ सिद्दमा
आफ्नै रगत पनि छुट्दै थियौं
हर पल हर क्ष्यण
प्रतिद्वन्दिको प्रतिकारमा
नयाँ नयाँ तिकडम रच्दै
आफ्नो बचाउ गर्दै थियौ
तर आज त
दैब आँफै आइ लाग्द
केलाई भुट्नु ?
केलाई छेक्नु ?
हेर्दा हेर्दै आफ्नै मृत्‍यु
खै कसरी रोक्नु ?
र त साथी
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो, मनै फाट्यो

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी

Wednesday, September 21, 2011

तिमी मा अनौठो मायाँ फेर्ने रहर !!!

गीत ४ असोज २०६८

तिमी मा अनौठो मायाँ फेर्ने रहर
वस्तु झै किनी किनी तन फेर्ने रहर ।

यसै मा खुशी मिल्छ भने तिमी लाई
बजार मा लागि बरु बेची देउ मलाई
हराउदा कतै त्यो झिलिमिली शहर
वस्तु झैँ किनी किनी तन फेर्ने रहर ।

झरेको त्यो पछ्यौरी सम्हालेर बस्नु
भुलेर प्रित मेरो तिमी त सँधै हाँस्नु
थाहै नदिइ मलाई त पिलायौ जहर
वस्तु झैँ किनी किनी तन फेर्ने रहर ।

तिमी मा अनौठो मायाँ फेर्ने रहर
वस्तु झै किनी किनी तन फेर्ने रहर

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-सुनसरी

Tuesday, September 13, 2011

निस्ठुरी थि भनु भने मायाँ गर्छु भन्थी !!!

२७ भदौ २०६८

निस्ठुरी थि भनु भने मायाँ गर्छु भन्थी
तिम्ले भुले पासो लगाइ मत मर्छु भन्थी ।

समाज लाई लुकाएर तिम्ले देको सिन्दुर
जूनी भरी मेरो सिउँदो मत भर्छु भन्थी ।

नाना थरी कसम खाँदै अँगालोमा मेरो
हजुर लाई जिताउन मत हार्छु भन्थी ।

जस्तै बाधा आए पनि जिन्दगीमा हाम्रो
हाँसी हाँसी प्रेमको सागर मत तर्छु भन्थी ।

देउ न देउ दिल भित्र प्रिती फुल्ने ठाउँ
तिम्रै घरको बलेसिमा मत सर्छु भन्थी ।

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी

Sunday, September 11, 2011

'मेरो स्वाभिमान' !!!

कविता 'मेरो स्वाभिमान' !!!

पहिले म दुखेको
कविता लेखे
अस्ती म भोकाएको
कविता लेखे
हिजो देश दुखेको
कविता लेखे
आज त मेरो
स्वाभिमान नै दुखेछ ।
खै कसरी लेखु अब
मेरो राष्ट्रियता ?
मेरो पहिचान ?
मेरो भाषा ?
मेरो सँस्क्रिती ?
मेरो भुगोल ?
समग्रमा !
मेरो स्वाभिमान ?
*********************
हिजो सम्मत
म मात्र रोएको थिएँ
मेरो भोकमरी मात्र
गरीबी भएर रोएको थियो
मेचीकाली बाट
एउटा पाटो मात्र दुखेको थियो
मेरो देशको भुगोल
कयौँ पटक बलात्‍कृत हुँदा
अश्रु पिडामा छटपटिएको थियो
दशौ बर्षको द्वन्दमा
रक्त आहालमा डुबेको थियो
तैपनी जिउदै छु झै लाग्थ्यो
म मेरो राष्ट्रियता
मेरो चिनारी
अनी
मेरो स्वाभिमान ।
************************
अब त
आफ्नै बाट कसै लाई
मेरो धर्म दुख्न थालेको छ
मेरो जाती दुख्न थालेको छ
मेरो झन्डा दुख्न थालेको छ
मेरो दौरा सुरुवाल दुख्न थालेको छ
मेरो गाई
मेरो लाली गुराँश
मेरो रङ
मेरो डाफे
मेरो सगरमाथा
मेरो बुद्ध
मेरो पशुपती
सिता भ्रिकुटी र जनक र अरानीको हरु
बिभुती भएर दुख्न थालेको छ
हुँदा ! हुँदा !!
मेरो चिनारी आजकाल
स्वाभिमान दुख्न थालेको छ ।
************************
आखिर के खोट देख्यौ र ?
मेरो झन्डामा ?
मेरो दौरा सुरुवाल र टोपिमा ?
र प्रश्न गर्यौ मेरो
राष्ट्र !
राष्ट्रियता !
र स्वाभिमान ! मा ?
यदी तिमी लाई
हिमालको चिनारी छुट्टै
पहाडको चिनारी छुट्टै
तराइको चिनारी छुट्टै
चाहिएको हो भने ?
खोइत मेरो सम्पूर्ण
भुगोल को परिचय ?
के मेरो परिचय
म नेपाली होइन ?
आज मलाई
मेरो भाषा देउ
मेरो जाती धर्म र सँस्कार देउ
हकले उचाल्ने
मेरो देशको झन्डा देउ
अनी मैले टेकेको धर्तिको
मेरो चिनारी
मेरो नाम
मेरो कर्म
अनी म र मेरो
स्वाभिमान देउ ।
***********************
शायद तिमी देश हाँक्ने हरु लाई
मेरो सगरमाथाले थिच्छ होला
मेरो झन्डाले झुकाउँछ होला
मेरो दौरा सुरुवालले पोल्छ होला
मेरो ढेँडो गुन्द्रुकले लाज लाग्छ होला
शायद त्यसैले
आँफैले ल्याएको लोकतन्त्रमा
मेरो स्वाभिमान लाई
सिक्किमा देख्न थाल्यौ
र आज
मलाई बेच्ने सुरसार गर्दै छौ ।
****************************
त्यसैले अब मैले
मेरो भोक रोग

सोक मा मात्र होइन
मैले टेक्ने धर्ती

मेरो चौडा छातीको नाप सँगै
मेरो जाती धर्म बर्गको
मेरो भाषा कला सँस्कृतिको
कविता लेख्नु छ मलाई
मैले गर्ब गर्ने कर्म को
कविता लेख्नु छ मलाई
पौरख र पसिनाले आर्जन गरेको
मेरो राष्ट्र
राष्ट्रियता
र मैले सास फेर्ने
मेरो नेपाल
म नेपाली भनेर
संसारको सामु
हुँङ्कार पिटेर
मेरो स्वाभिमान को
कविता लेख्नु छ मैले ।।।

नोट:- सर्बोच्चको फैसला पछी बिबादित बनेको दौरा सुरुवाल बिषयले गर्दा
वाध्य बनेर लेखेको मेरो कविता । हजुर हरुको प्रतिकृयाको आसामा छु ।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

Thursday, September 1, 2011

युद्धकामी कवी बन्नु छ ।

कविता १४ भदौ २०६८

समाजको
प्रतिबिम्व हरु टिपेर
मैले देखेको
आजको वास्तबिक्ता हरु !
ओकल्न
असफल प्रयास गर्दै छु ।
र यो द्रुव सत्य हो ।
कवी हरुको वस्तिमा
आफुलाई उभ्याउने मेरो दुस्साहस
एउटा पागल कवी हरुको भिडमा
म आफ्नो मस्तिक हरु लाई
जबर्जस्ती स्खलन गराउने
सुर मा छु ।
***********************
मलाई थाहा छ ।
देवकोटा,सम,र घिमिरे हरुको
अनी पारीजात को
कोमल बगैचा हरुमा
सिरिसको फुल भएर फुल्न सक्दिन
लाचार मुनामदन हुन सक्दिन
गौरी हरुको बियोगमा
आँशु चुहाउन सक्दिन
मालती हरुको मंगले हुन सक्दिन
झमक हरुको
फुलको जिबन पनि त हुन सक्दिन
अनी पुरुस्वार्थको निजी उपयोगमा
राणा र शाह युगिन
बसन्ती हुन सक्दिन
पल्पसा क्याफे, क्याक्टस र क्यान्भास भएर
कतै सजिन र फुल्न पनि सक्दिन
अनी त्यसो त म
सेतो बाघ भएर गर्जन पनि त सक्दिन
****************************
तै पनि मेरो
सकी नसकी
घनघस्याको उकालो हरु उक्लने
असफल प्रयास भने हुने छ ।
बाघ झै पहाड बनेर
गर्जने प्रयास हुने छ
चिस्सिएका हिउँ हरुमा
सगरमाथा भएर उभिने प्रयत्न हुने छ ।
किनकी अब मैले
इतिहाँसको
कठोर् पत्थर हरु फोरेर
नयाँ युगको
आरम्भ गर्नु छ ।
अब यहाँ
सिरु हरु फुल्ने साउनको
गीत होइन ।
आरु हरु फुल्ने बैश हरु होइन
मंसिरे पिरतिका भाका हरु होइन
यहाँ अब
कर्म गर्ने हात हरुको
पसिना बगाउने पाखुरी हरुको
चट्टान फोरेर लावा निल्ने हरुको
आवसेक्ता भएको छ ।
किनकी मैले टेकेको धर्ती
र ! तिमी ले टेकेको धर्ती
आज हाम्रो देश
कतै बिस्थापित हुँदै छ
उनै साँडे हरुको
बल मिच्याइँमा ।
**************************
अब मैले हरेक दिन
चालबाजी रात हरुको पहरेदारमा
मेची काली को रक्षा गर्नु छ ।
हरेक सुर्योदय र सुर्यस्त पछी
कयौँ सुस्ता हरु को
पहरेदार गर्नु छ ।
यहाँ पाइला पाइला हरुमा
आफ्नै आमा र चेली हरु
बेचिएर बलात्‍कृत हुँदा
निदाएका कुम्भकर्ण हरु लाई
ब्युँझाउँनु छ ।
चिम्टी सिन्दुरको भरमा
दासता लाद्ने पुरुष हरु लाई
अधिकार र नैतीकताको
पाठ सिकाउनु छ ।
स्वाभिमान र स्वतन्त्रता बिचमा
राष्ट्र राष्ट्रियताको रक्षा गर्ने
हिमायाती योद्धा हरु जन्माउनु छ ।
त्यसैले अब म
प्रेम बियोगमा छटपटिने कवी हरु होइन
परिवर्तनको नारा हरु उरालेर
सडकमा गाउँमा शहरमा
क्रान्तिको राँको सल्काउने
युद्धकामी कवी बन्नु छ ।

अर्पन योन्जन
तरहरा-२ सुनसरी